मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

अभिव्यक्तिमाथि अत्याचार

हेर न त्यो केटालाई, कस्तो कालो, कस्तो घिनलाग्दो,’ टिकटकमा यो आवाज भाइरल बनेको छ। केटीको आवाजमा प्रनेश गौतमले बोलेको यो संवाद कैयौंले जस्ताको तस्तै उतारेका छन्। तर व्यंग्य विधामा उदाउँदै...

जनता र संसद्बीचको सञ्चार

हामी तपाईंबाट शासित हुन मञ्जुर छौँ तर तपाईंंले गर्ने शासन हाम्रो मताधिकारको सम्मान गर्ने हुनुपर्छ भन्ने सिद्धान्तका आधारमा राष्ट्रको नीति र विधि तर्जुमा गर्ने जनप्रतिनिधिहरू सम्मिलित संस्था संसद्को प्रत्येक क्रियाकलापको...

किन चाहिन्छ काउन्सिल ?

पेसालाई स्वस्थ, मर्यादित, अनुशासित र जिम्मेवार बनाउनका लागि आचारसंहिता तयार पारी त्यसको कार्यान्वयन गर्न विभिन्न क्षेत्रमा काउन्सिल गठन हुने गरेको पाइन्छ । बार, नर्सिङ, इन्जिनियरिङ, मेडिकल आदि काउन्सिल तत्–तत् क्षेत्रलाई...

मेयरको मनपरी

रुवान्डाका तीन पत्रकारविरुद्ध सन् १९९४ मा नरसंहार गर्न उक्साएको आरोपमा कारबाही भएको डेढ दशक पुगिसकेको छ। अन्तर्राष्ट्रिय अपराध अदालत (इन्टरनेसनल क्रिमिनल कोर्ट) ले २००३ डिसेम्बरमा ती पत्रकारमध्ये नरसंहार, नरसंहारका निम्ति...

मिडिया कानुन र रक्षात्मक सत्तापक्ष

एक महिनायता प्रेस, शैक्षिक र मानव अधिकार जगतका असन्तुष्टि, आक्रोश र विरोधहरू सार्वजनिक भइरहेका छन् । तत्तत् क्षेत्रसम्बद्ध क्रमशः मिडिया काउन्सिल ऐन, सूचना प्रविधि ऐन, विश्वविद्यालय ऐन र मानव अधिकार आयोग...

खतरामा नाकको डाँडी

पूरै संघीय सरकार स्वतन्त्र पत्रकारितालाई अप्ठ्यारोतिर धकेल्ने अभिप्रायसाथ अघि बढिरहेका वेला इटहरी सहरका मेयर साहेबले पत्रकारको नाकको डाँडी फुटाउने बडो ‘तामसी’ अठोट गरेका छन् । उनको विचारमा पत्रकारका खिलाफ अदालत जाने...

नयाँ विज्ञापन नीतिले अर्थतन्त्रमा पार्नसक्ने असर

विज्ञापन नियमनको लागि भन्दै सरकारले अघि सारेको ‘विज्ञापन विनिमय विधेयक’ प्रतिनिधिसभामा पुगेको छ। राष्ट्रियसभाले पारित गरेको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पास भई कानुन बनेर आएमा नेपालमा प्रसारण हुँदै आएका विदेशी...

मेयरको मनोमानी

कुनै नागरिकले सामाजिक सञ्जालमा राज्यको कुनै पदाधिकारीलाई कुनै लाञ्छना लगाए प्रहरीले पक्राउ गर्छ । गर्ने गरेको छ । साइबर अपराध कानुन लगाएर हतकडीसमेत पहिर्‍याइदिन्छ । अपराधीका रूपमा चित्रित गर्दै प्रचार गर्छ । सामाजिक रूपमा...

अपरिहार्य प्रेस स्वतन्त्रता

संविधानको प्रस्तावनाविपरीत हुने गरी ल्याइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने भन्दै देशका सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूसमेतले पनि आपत्ति जनाउ“दै आन्दोलनको उद्घोष गरेका छन् । संविधानको प्रस्तावनामै...

कठपुतली मिडिया काउन्सिल

अहिले मिडिया काउन्सिल विधेयक संसदमा विचाराधीन छ। यस विधेयकले लगभग ‘दुई–तिहाइ’ बहुमतको वर्तमान सरकारलाई आलोचनाबाट जोगाउने उद्देश्य राखेर नेपाली प्रेसको घाँटी अँठ्याउने चेष्टा गरेको छ। यस विधेयकविरुद्ध पत्रकारहरूले देशव्यापी विरोध...

तथ्यको कसीमा मिडिया विद्येयक

मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभामा दर्ता भएपछि एक प्रकारको तरंग उत्पन्न गराइएको छ। अध्यादेशका रूपमा जारी भएर यसले कानुनको हैसियत प्राप्त गरेको होइन। त्यसैले, दर्ता भएकै आधारमा आकाश खसिहालेजस्तो...

अन्तरविरोधभित्र मिडिया विधेयक

हाम्रो दैनिक जीवनमा मिडिया र राज्य दुवैले दरिलोसँग प्रभाव पारेको हुन्छ । बहुसंख्यक सर्वसाधारणले यी दुवैलाई निर्देशात्मक र नैतिक सैद्धान्तिक मान्यतामा ग्रहण गरिएको पाइन्छ । सैद्धान्तिक तहमा पहिलोलाई सत्यतथ्य सूचना प्रवाह गरी...

नेपाली प्रेस पक्षकारिताबाट तथ्यकारितामा जानुपर्छ

हामी बाह्रौ गणतन्त्र दिवसको उत्सवमा छौं । गणतन्त्र प्राप्तिका लागि नेपाली नागरिक र प्रेसको भूमिका त्यतिकै महत्वपूर्ण छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग बलियो बनाउन जुट्नुपर्ने बेला नेपाली...

गुगलमा गोपनीयताको सवाल

प्रविधि क्षेत्रमा गुगलले सयौँ उत्पादन बजारमा ल्याएको छ । तिनले कुनै न कुनै ढंगले दैनिक जीवनमा उपभोक्तालाई सघाउ पु-याइरहेका हुन्छन् । जस्तो कि दिनभरको कामको थकानपछि हाम्रा उत्पादनले तपाईंको घरसम्मको सबैभन्दा छोटो...

मिडिया विधेयक सकारात्मक

मिडिया काउन्सिल विधेयकको चर्चाले सञ्चार जगत् तरङ्गित छ । मिडिया काउन्सिलसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रियसभामा दर्ता गरेपछि यसले चर्चा पाएको हो । सो...

प्रतिष्ठाको हठ

मिडिया काउन्सिल सम्बन्धी विधेयकको चौतर्फी चर्को विरोध भइरहे पनि सरकार सुन्ने पक्षमा देखिएको छैन । यो विधेयकले सोझै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गराउने प्रयास गरेको छ । प्रेसको स्वनियमनको...

प्रेसमाथि अंकुशको अर्थ

नेपालको प्रेसजगतकाे सकारात्मक वा नकारात्मक पक्षबारे टिप्पणी धेरै गरिन्छ, गर्नु पनि पर्छ । प्रेस गलत बाटोतिर मोडिँदै छ भने गम्भीर विमर्श पनि आवश्यक हुन्छ । विकृति छोप्न खोजेर हु“दैन । तर, प्रेसजगत्को जग डगमाएको...

प्रेसलाई पढाउने सरकार

मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार छ, जसका नेताहरु हिजो प्रेस जगत्सँग सहकार्य गर्दै लोकतन्त्र ल्याउन सरिक थिए, तर आज उनीहरु नै प्रेससँग टाढिएका छन् । उनीहरुका लागि प्रेस...

को हुन् पत्रकारका शत्रु ? कसले गर्दैछ विरोध ?

एकजना सरकारी कर्मचारी सेतो नम्बर प्लेटको गाडीमा चढेर वनभोज वा बिहेभोजमा गए भने उनी कोसँग सबैभन्दा बढी डराउँछन् ? ताप्लेजुङका मेयरले सरकारी गाडी दुरुपयोग गर्दा कसले खबरदारी गर्‍यो ? कर्मचारी/नेताले...

दन्तबझान पत्रकारिता

एउटै कुरालाई प्रस्तुतिको माध्यमले कतिसम्म फरक पार्ने रहेछ भन्ने राम्रो उदाहरण हो, अन्तर्वार्ता । छापासँग गरिने कुराकानी वा अन्तर्वार्ता रेडियो (श्रव्य) र टेलिभिजन अनि यूट्यूब (श्रव्य–दृश्य) सँग गरिंदाको प्रस्तुति र...