मिडिया नीतिसम्बन्धी समाचारहरू

मिडिया नीतिसम्बन्धी समाचारहरू

२१ सम्पादकले भने- मिडिया काउन्सिल विधेयक फिर्ता लेऊ

नेपालका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन आग्रह गरेका छन्। बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै २१ जना सम्पादकहरूले विधेयक लोकतान्त्रिक मूल्य मान्यता र...

‘ढुक्क हुनुस्, काउन्सिल विधेयक सच्चिन्छ’

काठमाडौं : संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन गरिने प्रतिबद्धता जनाएका छन्। विधेयकका प्रावधानलाई लिएर आन्दोलनरत नेपाल पत्रकार महासंघको ध्यानाकर्षणपत्र बुझ्ने क्रममा नेम्बाङले बुधबार महासंघले राखेका...

सरकारले भन्यो : मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन, प्रोसेसमा जान्छ

९ जेठ, काठमाडौं । सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयक आफ्नो प्रक्रियामा अघि बढ्ने बताएका हुन् । ‘व्यवसायिक...

सम्पादकहरुको सामूहिक वक्तव्य- प्रेस सम्बन्धी विधेयक संविधानको मर्म र भावना विपरीत

काठमाडौँ — नेपालका विभिन्न सञ्चार माध्यममा आवद्ध सम्पादकहरुको समूहले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै संसदमा पेश भएको प्रेस सम्बन्धी विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म-भावना विपरीत रहेको बताएको छ। संसदमा...

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भनेः मिडिया काउन्सिल विधेयकमा त्रुटी छ, सच्याउनुपर्छ

काठमाडौं– सञ्चार क्षेत्रका जानकारले मिडिया काउन्सिल सम्बन्धी विधेयक सच्याउन माग गरेका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल र प्रधानमन्त्री केपीशर्मा ओलीका...

मिडिया काउन्सिल विधेयक विधेयक फिर्ता लिन आग्रह

मकवानपुर– मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्था हटाउन तीन नम्बर प्रदेशसभामा सांसदहरुले माग गरेका छन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे...

‘काउन्सिल विधेयक प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण’

काठमाडौँ — संविधानको प्रस्तावनाविपरीत आएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले  प्रेस र विचार अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ लगायतले आन्दोलन गरिरहेका बेला उनीहरुले त्यसको समर्थन...

पत्रकार दोस्रो चरणको आन्दोलनमा

काठमाडौं – नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहित ल्याइएको मिडिया काउन्सिल विधेयक सच्याउन सरकार तयार नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आइतबार...

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

नागरिक समाजका अगुवाले सरकार अधिनायकवादको बाटोमा गएको भन्दै आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। लोकतन्त्रलाई दीगो र स्थायित्व बनाउन नागरिकले बहुमत दिए पनि सरकार भने जनताका अधिकारमा अंकुश लगाउन उद्धत...

मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिन्छ : मन्त्री बाँस्कोटा

काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन्। पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर...

नेकपाले काउन्सिल विधेयक सच्याउने

काठमाडौँ — सत्तारूढ दल नेकपाले मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याउने भएको छ । विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा शीर्ष नेताहरू पुगेका हुन् । सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर...

यसरी बन्यो मिडिया काउन्सिलको ‘कालो विधेयक’

संचार तथा सूचनाप्रविधि मन्त्रालयले १४ माघ २०७५ मा ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठायो । विधेयकमा प्रस्तावित प्रावधानहरूलाई कानूनी...

‘प्रेसमाथि अंकुश लगाउने विधेयक संसदबाट पारित हुँदैन’

विभिन्न राजनीतिक दलका नेताले प्रेसमाथि अंकुश लगाउने कुनै पनि विधेयक संघीय संसद्बाट पारित हुन नदिइने प्रतिबद्धता जनाएका छन् । रिपोटर्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा नेताहरुले सरकारले संसदमा दर्ता गरेको मिडिया...

सञ्चार विधेयक पास हुन दिदैनौँ : देउवा

विराटनगर — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसद्मा पास हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले संसद्मा दर्ता गरेको...

‘प्रेसमाथि अङ्कुश लगाउने विधेयक संसद्‌बाट पारित हुँदैन’

काठमाडौँ — विभिन्न राजनीतिक दलका नेताले प्रेसमाथि अङ्कुश लगाउने कुनै पनि विधेयक सङ्घीय संसद्‌बाट पारित हुन नदिइने प्रतिबद्धता जनाएका छन् । रिपोटर्स क्लबद्वारा शनिबार यहाँ आयोजित साक्षात्कारमा नेताहरुले सरकारले संसद्‌मा दर्ता...

पत्रकारलाई राजाको पालामा भन्दा १० गुणा बढी जरिबाना

काठमाडौं । सरकारले संसद्मा हालै दर्ता गरेको ‘मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा राजाको सक्रिय शासनकालमा भन्दा १० गुणा बढी जरिबानाको व्यवस्था गरिएको छ ।...

पत्रकारलाई एक करोड जरिवाना गर्ने प्रस्तावबाट पछि हट्यो प्रदेश सरकार

३ जेठ, जनकपुरधाम । प्रदेश २ सरकार पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने प्रस्तावबाट पछि हटेको छ । बिहीबार प्रदेशसभामा दर्ता भएको सञ्चारसम्बन्धी विधेयकमा प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतामा आँच...

प्रदेश २ मा पनि उस्तै सञ्चार विधेयक, समाचार लेख्दा १ करोड

जनकपुर — प्रदेश २ को सरकारले प्रदेशसभामा बिहीबार दर्ता गरेको सञ्चार ऐन विधेयकमा पनि प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच पुर्‍याउने खालको समाचार सम्प्रेषण गरेमा १ करोडसम्म जरिवाना गरिने...