मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

चौथो अंग : व्यक्ति, पद र सम्बन्धकेन्द्रित छन् नेपाली मिडिया

विन्दा पाण्डे राज्य समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले संसदमा सबैजसो समुदायको उपस्थिति हुन थालेको छ। 'जसको सवाल, उसैको सहभागिता' धेरै हदसम्म कार्यान्वयन भएको छ। दलित, पिछडिएका समुदाय, सीमान्तकृत समुदायको आवाज पनि...

मोफसलमा शीर्ष समाचारको असान्दर्भिकता

पोखरीहरूको जीर्णोद्धारले राजनीतिकर्मीको भोट नबढ्ला, तर त्यो नगरी नहुने काम हो भन्ने कुरा ‘राष्ट्रिय मिडियाहरू’ ले बारम्बार उठाइराख्नुपर्ने हुन्छ । जेष्ठ ३१, २०८० जलेश्वरमा अहिले प्रचण्ड गर्मी छ । जुन ८ बिहीबारको...

समाचार बन्न नसकेका विभेदका ती घटना

पत्रकारिताका दौरान भेटेका–भेटिएका कैयौँ सूचना समाचार बनेनन् । धेरैजसो सूचना समय अन्तरालमा क्रमशः बिर्सिएँ । तर, केही बिर्सिनै नसक्ने त्यस्ता सूचना पनि थिए, जुन समाचार बनाउन नसकेकोमा वेलावेला सम्झिँदा पछुतो हुन्छ । समाचार...

विज्ञापन बोर्डद्वारा सर्वोच्चको आदेशको अवज्ञा

काठमाडौं । सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गर्ने गराउने मुख्य उद्देश्य राखेर सरकारद्वारा नै गठन गरिएको विज्ञापन बोर्डले नै सर्वोच्च अदालतले विभिन्न मितिमा समानुपातिक विज्ञापन सम्बन्धमा गरेका आदेशहरूलाई निरन्तर अवज्ञा...

मिडियामाथि भ्रमको खेती

यतिबेला मूलधारका व्यावसायिक र स्वतन्त्र मिडियामाथि चौतर्फी आक्रमण भइरहेको छ। यी मिडियामा आएका केही अपूर्ण समाचार र गल्तीलाई आधारित बनाएर समग्र मूलधारका मिडियाको विश्वसनियतामाथि प्रश्न उठाई उनीहरूको साखलाई खत्तम पार्ने...

पत्रकारितामा परीक्षा प्रणाली लागू गर्नुपर्छ : अध्यक्ष बस्नेत

मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ। स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नागरिकप्रति...

स्वायत्त सार्वजनिक सेवा प्रसारण

सन् १९८२ ताका फोकल्यान्ड युद्धको क्रममा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले प्रसारण गरेको बेलायतको राष्ट्रिय सुरक्षासम्बन्धी समाचार सामग्रीलाई लिएर तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले बीबीसीले शत्रु (अर्जेन्टिना) लाई सहयोग गरेको भन्दै...

नियन्त्रित होइन, स्वतन्त्र र स्वायत्त

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको अनिवार्य सर्त हो । स्वतन्त्र मिडियाबिना लोकतन्त्रको परिकल्पना गर्न सकिन्न । सरकारले मिडियाको स्वामित्व लिने, सञ्चालन वा नियन्त्रण गर्ने अवधारणा लोकतन्त्रअनुकूल होइन । तर, राष्ट्रिय एकताको प्रवर्द्धन गर्न...

संकुचनमा स्वतन्त्रता

स्वतन्त्रताबारे सर्वमान्य सिद्धान्त छ– हरेक व्यक्ति जन्मजात स्वतन्त्र हुन्छ। मानिसलाई सबैभन्दा प्यारो लाग्ने कुनै कुरा छ भने त्यो स्वतन्त्रता नै हो। स्वतन्त्रता दर्शन र कानुनमात्र होइन, यो अनुभूति हो। पछिल्लो...

गोपनीयताको हकमाथि अनुसन्धानको खतरा

दूरसञ्चार ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक, २०७९ ले सञ्चारका माध्यम प्रयोगबाट हुने आन्तरिक संवादमा अतिक्रमणको प्रस्ताव गरी संविधानप्रदत्त नागरिकको गोपनीयताको अधिकारमा अनुसन्धानको अर्काे खतरा थपिदिएको छ। एनसेलमा सरकारले लिन...

डाटा प्रोटेक्सन कानुनको आवश्यकता

नेपालमा डाटा प्रोटेक्सनको बहस दुई घटनापछि अघि बढेको हो । पहिलो, २०६९ जेठ १८ मा काठमाडौंमा न्यायाधीश रणबहादुर बमको हत्याको अनुसन्धान गर्न गठित टिमबाट भएको गोपनीयता हकको उल्लंघन । यस टिमले ५...

सङ्घीय संरचनामा सञ्चार

नेपालको संविधानबमोजिम सङ्घीय संरचनामा अधिकार बाँडफाँटका बारेमा गरिएका नीतिगत व्यवस्थालाई परिमार्जन गर्नुपर्ने देखिएको छ । कार्यविभाजन नियमावली २०७४ मा तोकिएका अधिकारलाई अभ्यास गर्ने क्रममा भोगिएका समस्या र आएका चुनौतीलाई सम्बोधन...

आमसञ्चारमा विश्वव्यापी आक्रमण

आमसञ्चार र राजनीतिक नेतृत्व वर्गको टकराव सञ्चारमाध्यमको उत्पत्तिजत्तिकै पुरानो हो । राजनीतिक नेतृत्व वर्ग र सञ्चारमाध्यमबीच घनिष्ठ सम्बन्ध पनि एउटा वास्तविकता हो । बेइमान राजनीतिक नेताहरू टेलिभिजन र सञ्चारमाध्यमहरूमा भ्रामक, झूटा वा...

निर्वाचनमा फैलिएका मिथ्या सूचना

दुई वर्षअघि भारतको दिल्ली विधानसभा चुनावको पूर्वसन्ध्यामा भारतीय जनता पार्टी (भाजपा) का नेता मनोज तिवारीका दुईवटा भिडियो सामाजिक सञ्जालमा भाइरल भए । हरियाणवी र अंग्रेजी भाषामा बोलिएका ती भिडियो भारतमा मात्र...

भ्रस्टाचार नियन्त्रणमा खोज पत्रकारिता

विश्वभरका खोजमूलक पत्रकारिताको अथक प्रयासबाट भ्रस्टाचार निवारणमा ठूलो सहयोग पुगेको छ। वेबसाइट, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल र पत्रकार जगत्ले इमान्दारितापूर्वक गरिएको प्रयासबाट यस अपराध नियन्त्रण गर्नमा सहयोग पुग्दै आएको छ।...

अभिव्यक्ति स्वतन्त्रताको चाड गाेरखापत्र विशेष, ब्यानर, शनिवार

गाईजात्रा एउटा उत्सव हो । यसलाई हाँसो, रोदन अनि शान्ति मिश्रित एउटा चाडका रूपमा लिइन्छ । गाईजात्रा काठमाडौँ उपत्यकाका तीन सहर ललितपुर, भक्तपुर र काठमाडौँमा तीन पृथक् शैलीमा मनाइन्छ तर...

पत्रकारिताको कसीमा ‘युट्युबर’

नेपाल पत्रकार महासङ्घको विधानको परिभाषाअनुसार, पत्रकार भन्नाले– छापा, प्रसारण तथा अनलाइन जस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आबद्ध यस विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन/पुनर्लेखन...

मिडिया कानुनको बहस

गण्डकी प्रदेश सभाले सूचनाको हकसम्बन्धी विधेयक पारित गरेको छ। विधेयक पारित गर्दै गर्दा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीले गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने यो विधेयक अन्य प्रदेशको...

डिजिटल नेपालको आधार तयार

वर्तमानमा इन्टरनेट सूचना प्रविधिको निकै सशक्त माध्यम हो। शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवाजस्ता आमसरोकारका विविध पक्षलाई इन्टरनेटको माध्यमबाट प्रभावकारी तवरले सञ्चालन गर्न निकै सघाउ पुग्छ। सूचना प्रविधिको यस युगमा पनि भौगोलिक...

विज्ञापन बजारमा पारदर्शिता

आचारसंहिता आफैंमा कानुन होइन, यो नैतिक बन्धन हो। जुन सामाजिक मूल्य र मान्यतामा आधारित हुन्छ। जसको पालना नगर्दा सामान्य खालका कारबाही भए पनि नैतिकतामाथि प्रश्न उठ्ने गर्छ। विज्ञापन आचारसंहितासमेत त्यसैमा...