समाचार बन्न नसकेका विभेदका ती घटना

पत्रकारिताका दौरान भेटेका–भेटिएका कैयौँ सूचना समाचार बनेनन् । धेरैजसो सूचना समय अन्तरालमा क्रमशः बिर्सिएँ । तर, केही बिर्सिनै नसक्ने त्यस्ता सूचना पनि थिए, जुन समाचार बनाउन नसकेकोमा वेलावेला सम्झिँदा पछुतो हुन्छ । समाचार बन्न नसकेका ती सबै सूचना ‘सेल्फ सेन्सरसिप’को फन्दामा परे त ? त्यसो पनि होइन । पक्कै पनि ‘सामाजिक सद्भाव’ बिथोलिन सक्ने त्रासमा परे ।

 

यो संस्मरणमा उधिन्न खोजेको विषय के भने, जातीय हिंसाबाट पीडित दलितहरू आफूमाथिको विभेद र तिरस्कारलाई कतिसम्म सहन बाध्य छन् भन्ने हो । उनीहरू कथित समाजको डरमा आफूमाथिको अपराध कसरी सहेर बस्छन् भन्ने हो । दलित समुदायमाथि विभिन्न समयमा भएका हिंसा र अपराधलाई समाचारको रूपमा ‘एक्स्पोज’ गर्न नपाउँदा या नसक्दा आफू पनि यो जघन्य मानवीय अपराध ढाकछोप गर्न साक्षी बसेझैँ लाग्छ । आज म एउटा संस्मरण लेख्दै छु । संस्मरणमा ती घटना समेटिएका छन्, जुन सूचना पाएर पनि मैले समाचार लेख्न सकिनँ ।

 

समाचार नबनाउन पीडितहरूले नै आग्रह गरे । उनीहरू भन्दै थिए, ‘समाचार बनेपछि सामाजिक सञ्जालमा हामीमाथि गालीको वर्षा हुन्छ । त्यसको कसरी सामना गर्ने ? पहिला–पहिलाको केसमा कस्तो भएको थियो ?’

 

सबैभन्दा बढी जातीय विभेद कसलाई हुन्छ ? यसको सहज जवाफ आउँछ– नेपाली समाजको संरचनागत रूपमा पिँधमा पारिएका दलितलाई । ‘शिक्षित’ अधिकांश नेपाली समुदायले तर्क गर्छ दलितलाई आर्थिक रूपमा सम्पन्न र शिक्षित बनाउन सके विभेद आफैँ मासिएर जान्छ । तर, यो तर्कको कुनै तुक छैन । आर्थिक रूपमा जति नै मजबुत र शिक्षित किन नहोस् दलितमाथिको विभेद उही र उस्तै छ । मात्रै विभेदको स्वरूप फेरिएको छ ।

 

‘दलित’ भन्न पनि नरुचाउने आफूलाई धनाढ्य र शिक्षित ठान्ने कतिपय ‘शुद्र’हरू आफूमाथिको विभेद बाहिर ल्याउन पनि हच्किन्छन् । किनकि तिनलाई समाजको डर छ । आर्थिक रूपले सम्पन्न र शिक्षित परिवारका एक दलितमाथिको हालैको एउटा जातीय विभेदको घटना हेर्दा लाग्यो, दलितहरू समाजसँग किन यति धेरै त्रस्त बनेका होलान् । जातीय सद्भाव बिथोलिन्छ भनेर हो या किन हो ?

 

हालैको एक घटना जोड्न चाहेँ । त्यो घटनाले अहिले पनि मेरो मथिंगल हल्लाइरहेको छ । जातीय विभेदमा परेको परिवार शिक्षित र आर्थिक रूपले सम्पन्न थियो । त्यो परिवारले आफ्नो परिचय गोप्य राख्न खोजेकाले मैले यहाँ उनको परिचय उल्लेख गर्न चाहिनँ । तर, घटना भने जस्ताको तस्तै उल्लेख गर्छु ।

 

०००

 

एक हप्ताअघि मोरङको एक पालिकामा राष्ट्रिय दलको पदाधिकारीमा रहेका एक दलित परिवारमाथि जातीय विभेद भएको सूचना आयो । दलित अधिकारकर्मीमार्फत आएको सूचनालाई पछ्याउँदै पीडित (भनिएका)सम्म पुगेँ । मलाई सूचना दिने ती दलित अधिकारकर्मीले उत्साहित हुँदै सुनाएका थिए, ‘शिक्षित र आर्थिक रूपमा सम्पन्न परिवार छ । यो परिवार विभेदविरुद्धको लडाइँमा उदाहारण बन्छ ।’

 

घटनाको प्रारम्भिक विवरण सुनाएपछि दलितमाथि भएको त्यो अपराधमाथि समाचार लेख्नैपर्छ भन्ठानेँ । पीडितलाई र स्रोतलाई भेट्न करिब तीन घन्टा पर्खनुपर्‍यो । भेटपछि घटनाबारे जानकारी लिएँ । गाउँमा कथित उच्च जातको घरमा पुराण रहेछ । त्यहाँ त्यो दलित परिवारलाई पनि बोलाइएकोरहेछ । तर, पूजा गर्ने वेला ‘तिमीहरूका लागि पूजा गर्ने ठाउँ होइन, पूजाको थाल दे म गरेर ल्याइदिन्छु’ भन्दै पूजा सामग्री खोसेर अपमान गरिएको रहेछ । शिक्षित परिवारले तत्कालै प्रहरीमा जातीय तथा अन्य छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐनअनुसार जाहेरी पनि दिएका रहेछन् । पीडक घरमै हुँदा पनि प्रहरीले पक्राउ गरेको रहेनछ ।

 

अघिल्लो दिनसम्म प्रहरीले पक्राउ नगरेको दुखेसो गर्ने त्यो दलित परिवार समाजको डरले पछि हटिसकेका रहेछन् । झन्डै तीन घन्टा पर्खाएका ती पीडितले करिब ५० जनाको संख्याले परिवारलाई घेरेर बाहिर निस्कन नदिएको जानकारी दिए । केहीबेरपछि आइपुगेका पीडित र उनको श्रीमान् मुद्दालाई कमजोर बनाउने योजनामा पुगिसकेछन् । घरमा आएर पीडकले माफी मागेकाले माफी दिएको ती पीडित परिवारले बताउँदै थिए । बरु उल्टै मुद्दा कमजोर बनाउन के प्रक्रिया अपनाउनुपर्छ भनेर सोध्दै थिए । यद्यपि, माफी दिनुको कारण भने समाजको डर नै थियो ।

 

ती पीडित महिला भन्दै थिइन्, ‘भोलि समाजमा एक्लै बनाए भने ? नानीहरू एक्लै छाडेर हिँड्नुपर्छ । भोलि त्यही समाजमा बस्नुपर्छ । समाजको डर लागेर माफी पो दियौँ ।’ अब समाचार नबनाउन हामीलाई उनीहरूले नै आग्रह गरे । उनीहरू भन्दै थिए, ‘समाचार बनेपछि त सामाजिक सञ्जालमा हामीमाथि गालीको वर्षा हुन्छ । त्यसको कसरी सामना गर्ने ? पहिला–पहिलाको केसमा कस्तो भएको थियो ?’

 

यो त भयो ताजा घटना । एक वर्षअघि झापाको दमकमा अर्को यस्तै प्रकृतिको घटना भयो । दलितसँग अन्तर्जातीय विवाह गरेकी एक महिलालाई चिना हेराउँदा दलितसँग विवाह गरेको भन्दै ज्योतिषले ती महिलालाई तथानाम गालीगलौज गरेर पठाएछन् । महिलाको परिवारसँग सम्पर्क गरेँ । पीडित परिवार आर्थिक रूपले सम्पन्न थियो । बोल्न सक्नेले यस्ता कुरा बाहिर ल्याएमा बोल्न नसक्ने दलितमाथिको विभेद पनि कम हुन सक्थ्यो । हामीले आग्रह गर्‍यौँ । बल्लतल्ल मुद्दा दर्ता गर्न उनीहरू राजी भए । तर, समाचार लेख्ने वेलामा भने उनीहरू पन्छिए । उनीहरूको भनाइ थियो, ‘समाचारमा आयो भने हामीलाई फेसबुकमा गाली गर्नेछन् ।’

 

पछिल्लो समय सामाजिक सञ्जालमा दलितमाथि हुने आक्रमणले पनि दलितहरू विभेदविरुद्ध खुल्न सक्दैनन् । सामाजिक सञ्जालले पीडकलाई नै प्रश्रय दिइरहेको छ । जसकारण, शिक्षित दलितहरूले पनि आफूमाथि भएको विभेदको अपराध बाहिर ल्याउन सकेका छैनन् ।

 

दलितलाई समाजको डर छ । तर, वर्षौँदेखि दलितलाई विभेद र दलनमा राखेको यो समाज दलितमाथि अपराध गर्नुलाई ‘गर्व’ ठान्छ । दलितले थिचोमिचो सहँदा शान्त रहेको समाज, दलितले ‘चोट लाग्यो, ऐया’ भन्दा भड्किन्छ । आफूमाथि विभेद भयो भन्दा समाजको एकतामा खलल पुगेको ठानिन्छ । के यो समाजको एकताको ठेक्का दलितले मात्र लिएका छन् ? समाजको एकताका लागि दलितले अपमानित भएर र विभेद सहेर बस्नुपर्ने हो ? यी दुई घटनाले मेरो दिमागमा यही प्रश्न उब्जायो ।

 

पछिल्लो समय सामाजिक सञ्जालमा दलितमाथि हुने आक्रमणले पनि दलितहरू विभेदविरुद्ध खुल्न सक्दैनन् । सामाजिक सञ्जालले पीडकलाई नै प्रश्रय दिइरहेको छ । जसका कारण शिक्षित दलितहरूले पनि आफूमाथि भएको विभेदको अपराध बाहिर ल्याउन सकेका छैनन् ।

 

जातीय विभेदलाई कानुनले दण्डनीय अपराध मानेको छ । जातीय विभेद अन्त्य गर्न संसद्ले जातीय तथा अन्य छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन बनाएको छ । यो सरकारवादी मुद्दा पनि हुन्छ । तर, जातीय विभेदको मुद्दालाई कमजोर बनाउन राज्य नै लाग्छ । पहिलो कुरा त जातीय विभेदको जाहेरी दर्ता गर्न पीडितलाई निकै सकस हुन्छ । दर्ता भए पनि उल्टै अभद्र व्यवहारको जाहेरी दर्ता गरेर मुद्दा चलाइन्छ । अदालतले साक्षी खोज्छ । विभेदमा परेको दलितको पक्षमा साक्षीको बयान दिन कोही तयार हुँदैनन् । यसको एउटा उदाहरण हुन्, मोरङको पथरी शनिश्चरे– ४ का डिमोने कामी । डिमोनेको न्यायको पर्खाइमा २५ माघ ०७७ मृत्यु भयो ।

 

न्यायको पर्खाइमा अशक्त शरीरले जातीय विभेदविरुद्धको लडाइँ लडे । अदालतबाट पनि न्याय नपाएपछि उनी निराश थिए । न्याय नपाई डिमोनको मृत्यु भयो । ०७६ असोजमा दलित भएकै कारण होटेलमा चिया पिउनबाट वञ्चित गरिएको थियो, डेमोनेलाई । नजिकै टलकबहादुर पाण्डेले सञ्चालन गरेको होटेलमा सधैँ चिया खान जाने डिमोनेलाई त्यस दिन भने ‘होटेलभित्र ठूला जातिकाहरू मात्रै बसेर खाने’ भन्दै उनलाई बाहिर बसेर खान बाध्य पारिएको थियो । होटेलका टलकबहादुर पाण्डे र चिया खान आएका रुद्रबहादुर कटुवालले हातपात गर्दै ‘यहाँ बाहुनहरूले खाने हो, कामी त बाहिर बसेर खानुपर्छ’ भन्दै निकाले । त्यसपछि उनी मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय पथरी पुगे । प्रहरीले बल्लतल्ल जातीय विभेदको मुद्दा त दर्ता गर्‍यो, तर उनले उल्टै दुःख पाए । उनलाई अभद्र व्यवहारको मुद्दा लगाएर पाँच दिन हिरासतमा थुनियो । पछि जिल्ला प्रशासन कार्यालयले एक हजार धरौटीमा छाड्यो ।

 

जातीय रूपमा गालीगलौज गर्दै होटेलबाट लखेटिएका डिमोनेको मुद्दालाई जिल्ला अदालत मोरङले जातीय विभेद नभएको भन्दै खारेज नै गरिदियो । अर्थात्, पीडकले सफाइ पाए । नशाको बिरामले थलिएका डेमोनेले मृत्युको एक वर्षअघि रिर्पोटिङका लागि पुगेको सन्दर्भमा मसँग भनेका थिए, ‘गरिब र सानो जातको हुनुजतिको पीडा त अरू केही नहुनेरहेछ । न्याय माग्न जाँदा पनि उल्टै हिरासतमा हालियो ।’

 

डेमोने ओछ्यानमा थलिएर पनि न्याय खोजिरहेका थिए । तर, जातीय विभेदको मुद्दामा प्रहरी संवेदनशील नहुँदा न्यायको सपना पूरा नहुँदै डेमोनेको जीवन सकियो । प्रहरीले भएको मुद्दा नष्ट गर्दा, पीडितविरुद्ध उल्टै मुद्दा चलाउँदा उनको मुद्दा कमजोर भएको थियो । डेमोनेको यो पीडा सुन्दा दलितमाथि हुने हिंसा र अपराधलाई प्रहरीले नै वैधानिकता दिएको भान हुन्थ्यो । मिलेर बसेको समाजलाई भड्काएको आरोपमा वरिपरिका गाउँलेले डेमोनेसँग मृत्युको अन्तिम स्वाससम्म बोलेनन् । डेमोनेमाथि जातीय विभेद हुँदा प्रत्यक्षदर्शी धेरै थिए । तर, सबै गैरदलित । उनीहरूले डेमोनेको पक्षमा चुइँक्क बोलेनन् । बरु उल्टै उनीविरुद्ध दर्ता भएको अभद्र व्यवहारको मुद्दाको साक्षी बने । जसकारण, डेमोने न्याय नपाई यो ‘पापी’ संसारबाट बिदा भए ।

 

मुद्दा दर्ता गर्न गएका शिक्षित दलित पनि यो घटनादेखि सचेत छन् । मैले सुरुमा प्रस्तुत गरेको उदाहरणका पीडित शिक्षित थिए । तर, उनीहरूलाई डेमोनेलाईझैँ अभद्र व्यवहारमा मुद्दा दर्ता गराएर उल्टै हिरासतमा कोच्ने पो हुन् कि भन्ने डर थियो । घरमा माफी माग्न आएका पीडकले माफी नदिए पूजा नै भाँडेको आरोपमा अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गर्ने गाइँगुइँ हल्ला चलाइएको पीडित सुनाउँदै थिए । पीडित महिला भन्दै थिइन्, ‘मलाई नै मुद्दा दर्ता गर्ने भन्दै थिए । त्यसैले माफी दिएँ । बरु अब दर्ता भएको मुद्दा कसरी कमजोर बनाउन सकिन्छ । त्यतातर्फ छलफल गरौँ न !’

 

गणतन्त्र स्थापनापछि देशमा विभेदविरुद्ध कानुन बन्यो । विभेदलाई राज्यले फौजदारी अपराध मान्यो । मुद्दा पनि सरकारवादी हुने भयो । तर, व्यवहारतः कानुन कार्यान्वयन हुन सकेन । पीडित अहिले पनि समाजको डरले प्रहरीसम्म पुग्न सकेको छैन । पुगेका घटनालाई पनि प्रहरीले संवेदनशील रूपमा हेर्दैन । जातीय विभेदका मुद्दामा प्रहरी प्रमाण संकलनमा चुकेका उदाहरणहरू पत्रकारिताका दौरानमा धेरै देखेको छु ।

 

यस्तो अवस्थामा २१ जेठ अर्थात् आइतबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै छ । नवराज विकहरूले अन्तर्जातीय विवाह गरेकै कारण मर्नुपर्ने, दलितले मन्दिर पसेर पूजा गरेका कारण, धारा छोएका कारण र दलित भएकै कारण विभेद र अपमानित भएर बाँच्नुपर्ने यो गणतान्त्रिक व्यवस्थामा भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना !

Bill on public service broadcasting will curtail editorial freedom: Experts

Ensure Labour Rights Of Journalists

In a recent Facebook post, Janmadev Jaisi, one of media rights activists in Nepal, published that Jyoti (name changed) and Bipana (name changed) got justice. As he was constantly looking on labour rights issues, it was not hard for me to understand that the journalists received their pending salary. This is one of the stories of ‘win’. The cases, however, don’t represent the whole. The fight of many media workers for justice in similar cases, has not reached a logical conclusion. Working for prolonged hours and even during weekend without getting salary at least for few months is the everyday reality of the most of media workers in private media.

According to the Federation of Nepali Journalists (FNJ), more than 300 journalists from print, online and broadcast media filed report of alleged unfair treatment by their employers in 2021-22 while FNJ’s report also shows that around 200 journalists got their labour rights issue addressed last year. It is equally important to note that the number of journalists remaining silent despite facing labour exploitation is quite higher. The data altogether led to predict that thousands of journalists and media workers in Nepal, have been facing different sorts of labour rights violations such as illegal sacking, underpay, non-payment, illegal retrenchment, delayed payment in 2022- 2023.

Labour exploitation

More importantly, labour exploitation of women journalists is more severe due to increased gender pay gap. They are placed at front row to send to leave without pay, retrenchment and pay cut, among others. All those who dared to report the case are not lucky like Jyoti and Bipana. A television journalists whom I talked to, claimed that his accumulated salary due is more than Rs 500,000. The television journalist and his team has recently filed a case against the television-owner in cheque- bounce case as the cheque the television provided was bounced due to insufficient cash in the bank account.

Further, despite the advocacy efforts of FNJ, Nepal Press Union (NPU) and Working-journalist Association of Nepal (WOJAN) organising demonstration, media house visit, submission of memorandum and position papers, etc., many of the agreements made are not implemented or partially implemented. This apart, there are many untold stories of the psychosocial upheaval either due to the labour exploitation or the systematic harassment on journalists and media workers by their employers following their fights for rights.

The economic exploitation of media workers begins right from the very day a journalist/ media worker joins a media house. Generally, journalists in most of the private media houses are hired based on recommendation. The formal recruitment process that comprises of assessing the human resource need, preparing job descriptions, devising recruitment strategy, screening and shortlisting candidates, conducting examination/ interviews, evaluation and making the offer, is not followed. The newly-hired media workers falsely believe that the hiring managers’ trust in the former’s capabilities had led to the process getting waived off.

The media house, then asks the newly-hired journalist to start the work sooner hinting that necessary administrative formalities such as signing the contract can be done later. The journalists show unnecessary gratitude to the hiring manager by agreeing to sign the contract later. Unfortunately, ‘the later’ that the media-management promised, will never come to some while others who received the contract document after ‘few months’, will be not in a position to negotiate their salary  and other benefits. Most of them accept what was offered because they don’t like to quit the job raising voice against the employer.

The second phase of exploitation takes place upon completion of the first month. In case where journalists and media workers are not given contract document, they are not considered for salary deposit. Rather they get fringe amount in cash from media houses that too if continuously followed up. These workers are more vulnerable to other sorts of exploitation as well. Such a phenomenon has a multiplier effect. When staffs are fired simply for asking salary, journalists, despite having contract document, can’t ask for the insurance, travel expenses and other benefits.

According to the International Federation of Journalists (IFJ), the economic exploitation of journalists had gone into stratosphere during the outbreak of COVID-19. A senior reporter of a reputed daily newspaper in Kathmandu, recalled his salary getting deducted by 60 per cent following the outbreak. Media employer used COVID-19 as an excuse to arbitrarily cut salaries, send editorial staffs and media workers on unpaid leave or force them to volunteer.

Fear of management 

Despite getting exploited, journalists cannot raise their voices against employers because doing so may minimise their chance of receiving a job even in other media houses. Other journalists also hesitate to support you fully in fear of being a target of media management. In such situation, the journalist fighting for labour rights may feel betrayed.  The root cause of the current labour exploitation lies in the tendency of the media employers to think journalists as dispensable. Despite inflation has skyrocketed, journalists are grossly unpaid or underpaid.

Minimum pay scale of journalists, set by the government, is Rs. 24,375 that is not enough for living but most of the media houses hardly abide by the provision. It is true that many media houses are facing losses due to shrinking of advertisement revenue and sales. However, this doesn’t provide the media employers any excuse to further exploit media workers.

(Pokharel is former South Asia Coordinator of International Federation of Journalists (IFJ) [email protected]

Self-regulation to make media sector accountable: PM Dahal

KATHMANDU: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has called for the development of a self-regulation system to make the media sector dignified, responsible and accountable.

Extending greetings on the occasion of World Press Freedom Day here today, he mentioned the Constitution of Nepal secures full press freedom and the government has emphasized on restructuring, policy and legal reforms for the protection, promotion and development of the media sector to thereby realize the constitutional provision.

“Press freedom is not concerning the press only but an integral issue of the overall society and a democratic system. The government is well aware of the importance of a free press for the strengthening of democracy.”

In the message, Prime Minister Dahal said the restructuring of the Nepali media sector in accordance with the fundamentals of the Constitution including the purpose of the federal democratic republic is the major need of the hour.

In this regard, initiatives such as the establishment of the Mass Media Authority for the regulation of the media, the restructuring of the Press Council, the recognition of the media as a communications service industry, and the proportional distribution of public advertisements have been undertaken.

Likewise, others include accident and health insurance for journalists, the provision of living allowances for senior journalists and journalists with disabilities and the establishment of an integrated mass media development fund.

Prime Minister Dahal also expressed the commitment to formulate necessary laws and structures to ensure freedom of press and expression.

The new news age

The mainstream and online media have a voracious appetite for hard news because they need to keep feeding the beast. Press meets are cheap to cover on deadline, they do not need much context or analysis.

Politicians know that, and provide reporters with soundbites masquerading as ‘news’. In this symbiotic politico-media landscape, politicians know that journalists know that it is all spin. But they still need it for their perpetual news machines.

Politicians play to the gallery, and the mainstream media laps it all up to push it out as straight news through social media handles.  As politics and media merge, it is also getting difficult to tell the difference between what used to be the mass media and social media.

The tail is wagging the dog. Social media videos and posts by politicians become grist for the mass media, which then pushes it out as news via the same platforms on the social web. The public therefore has no need to subscribe to or read newspapers, or tune into the evening news on radio or tv. Everything they want to know is right there on their smartphones.

In the past, newspapers competed with radio and tv. More recently, the legacy media vied for readership with news portals. Now, online news sites have also become legacy media since they rely on the same revenue sources: advertising or corporate promoters. Paywalls, subscriptions and crowd-funding have not worked in Nepal for online media.

The real mass media in this new news age is TikTokYouTube and Facebook. Information has to compete with entertainment for eyeballs, and it is a losing battle.

At a time when journalism has an ever more important role in safeguarding democracy and press freedom against populist demagogues, media companies are at their financially weakest, struggling for revenue, and to remain relevant.

International Press Freedom Day on 3 May serves as a reminder that a financially dependent media cannot be politically independent. Governments around the world know this, and are glad the press is no longer holding power to account.

Much of this was on display this week as Prime Minister Pushpa Kamal Dahal, the RSP’s Rabi Lamichhane, and Gagan Thapa of the NC all took to social media either directly or through legacy media reporters to position themselves in the new scenario after by-elections.

Between inaugurating a new cable car and attending a trade union event on 1 May, Prime Minister Dahal squeezed in a meeting with Rabi Lamichhane of the RSP.

Dahal and Lamichhane lead the third and fourth largest parties in Parliament, and need each other. Lamichhane’s political capital went up after his party’s wins in last week’s by-elections. Lamichhane is driving a hard bargain, and is not in a mood to settle for anything less than Home Minister and deputy prime minister.

If Dahal does not maintain the magic 138 votes in Parliament, he will have to seek a third vote of confidence. For his part, Lamichhane needs the post to make his dual passport case go away.

In the coming days, it will be revealing to read into social media posts of politicians, as journalists try to go beyond the soundbites to make sense of why they are saying what they are saying.

 

प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दाे

नेपालमा पछिल्लो समय गैरराज्यपक्षबाट पनि प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको सरोकारवालाले बताएका छन्। ३० औं विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा फ्रिडम फोरमले मंगलबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रमका सहभागी वक्ताले गैरराज्यपक्षबाट सञ्चार क्षेत्रमाथि आक्रमण बढिरहँदा चुनौती थपिएको बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सूचना प्रविधिको वदलिँदो स्वरूप र आम सञ्चारका क्षेत्रमा गैरराज्यपक्षको पहुँच बढ्दै जाँदा चुनौती पनि सोहीअनुसार थपिँदै गएको बताए। उनले भने, ‘इन्टरनेटका माध्यमबाट सञ्चारकर्मीलाई बेडरुममै धम्कीको सामना गर्नुपरिरहेको छ।’

महासंघकै पूर्वसभापति तारानाथ दाहालले पत्रकारितामाथि ‘सामूहिक आक्रमण’ भइरहेको बताए। ‘विगतमा पत्रकार भनेपछि समाजमा राम्रो छाप थियो। राजनीतिक नेताभन्दा राम्रो सम्मान थियो,’ उनले भने, ‘अहिले पत्रकारितामाथि गालीगलौज गरेर जनमानस भड्काउने र त्यसबाट पत्रकार तथा सञ्चारगृहमाथि आक्रमणसम्म गराउने पवबृत्ति मौलाएको छ। जुन एकदमै खतरा छ।’

नेपालमा पछिल्लो समय गैरराज्यपक्षबाट पनि प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको सरोकारवालाले बताएका छन्।

फ्रिडम फोरमका अध्यक्ष विनोद अधिकारीले विगतमा राज्य पक्षबाट मात्रै मिडियामाथि सुरक्षा चुनौती रहेकोमा अहिले गैरराज्यपक्षबाट बढी देखिइरहेको बताए।

‘हिजो पत्रकारले राज्यसँग डराउनुपर्थ्याे। डराईडराई भए पनि आफ्नो कर्तव्य पालन गरेर जनतालाई सुसूचित पार्ने कर्तव्य पत्रकारले पूरा गरिरहेका थिए,’ उनले भने, ‘अहिले गैरराज्य पक्षसँग पत्रकार डराइरहेका छन्। जुन निकै भयानक छ।’

गोगो फाउन्डेसनका केदार खड्काले नेपाली समाज र राजनीतिक दलले भारतको ‘गोदी मिडिया’ जसरी पत्रकारितालाई नियन्त्रण राख्न खोजिरहेको बताए। उनले भने, ‘अहिलेसम्म आफ्नो पक्षमा नलेखिए हस्यौली र ठट्यौली पारामा पत्रकारितामाथि आक्रमण भइरहेको छ। कतिपय अवस्थामा खुल्लमखुला धाकधम्की आउन थालेका छन्। यसले भारतीय चरित्र स्थानीयकरण गर्न खोजिएको डरलाग्दो दृश्य देखिन थालेको छ।’

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले संविधानमा प्रेसमैत्री भए पनि कार्यान्वयनमा समस्या रहेकाले चुनौती थपिएको बताए। ‘संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार चाहिने थप कानुन बन्न सकेका छैनन्। राज्यले कानुन बनाउन खोज्दा पनि कहीँ न कहीँ प्रेसलाई नियन्त्रणमा राख्न खोजेको आशंका उत्पन्न हुने गरेका छन्,’ उनले भने।

गोगो फाउन्डेसनका केदार खड्काले नेपाली समाज र राजनीतिक दलले भारतको ‘गोदी मिडिया’ जसरी पत्रकारितालाई नियन्त्रण राख्न खोजिरहेको बताए।

प्रेस स्वतन्त्रताको वातावरण बनाउन भएका कानुन कार्यान्वयन गर्ने, अभाव भएका कानुन निर्माण गर्ने र सम्पादकीय स्वतन्त्रतासहित बहुलवादमा आधारित नागरिक अभिव्यक्ति न्युज रुममा समेट्नुपर्ने उनले बताए।

पत्रकार रामजी दाहालले पत्रकारकै संस्थाहरू राजनीतिक नेतृत्वबाट मिडियामाथि धावा बोल्दा चुपचाप लाग्दा जोखिम बढेको बताए। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भनेको प्रशंग उठाउँदै त्यस्ता आक्रमणमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार हकहितमा कार्यरत संस्थाहरू चुप लागेर बस्न नहुने बताए।

पत्रकार कुन्दन अर्यालले मिडिया क्षेत्रको नीतिगत विकासमा काम गर्ने संस्थामा राजनीतिक नियुक्तिलाई निरुत्साहित गर्नुपर्ने बताए। ‘राजनीतिक नियुक्तिले तटस्थतामा शंका पैदा गर्छन् त्यसैले यसमा ध्यान दिनुपर्छ,’ उनले भने।

उलंघनका ४० घटना

सन् २०२२ को मे देखि २०२३ अप्रिलसम्म नेपालमा ४० प्रेस स्वतन्त्रता उलंघनका घटना दर्ता भएको फ्रिडम फोरमले जनाएको छ। फ्रिडम फोरमको तथ्यांक अनुसार ४० घटनामा आठ महिला र चार मिडिया हाउससहित ७९ सञ्चारकर्मी प्रभावित भएका छन्। अघिल्लो वर्षमा ५५ घटनामा ९६ सञ्चारकर्मी प्रभावित भएका थिए।

‘सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक’

काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नका लागि आवश्यक कानुन र संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको स्मरण गर्दै यसलाई कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, संवद्र्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको बताउनुभएको छ। उहाँले सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना गर्न पहल भइरहेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “प्रेस काउन्सिलको पुनर्संरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बिमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी गराउँदछु।”

उहाँले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो र लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको बताउनुभएको छ।

फरक विचारमाथि ‘साइबर बुलिङ’

काठमाडौँ — डेढ महिनाअघि नाबालिगमाथि बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेसँग युवा नेताहरूले हात मिलाएको तस्बिर ट्वीटरमा लुना भट्टराईले लेखिन्, ‘तिमीहरूको अनुहार यही हो, हाँसेर बलात्कारलाई सदर गर्ने ।’

ट्वीट कांग्रेस सांसद प्रदीप पौडेल र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहप्रति लक्षित थियो । तस्बिरमा शाहले खादा र माला लगाएका लामिछानेसँग हात मिलाएका छन् । नेता पौडेल उनीहरूको बीचमा उभिएका छन् । तीनै जना प्रसन्न मुद्रामा देखिन्छन् ।

भट्टराईको ट्वीटमा समर्थन जनाउनेभन्दा उल्टै चरित्र हत्या गर्ने खालका नकारात्मक कमेन्ट निरन्तर आउन थाले । उनी त्यतिखेर लन्डनमा थिइन् । नेपाल र बेलायतको समयमा फरक हुने भएकाले उनले कमेन्टहरू हेर्न भ्याएकी थिइनन् । नेपालबाट भने उनका साथी, आफन्तहरूले ‘लुना तिमी ठीक छौं, लन्डन बसाइ रमाइलोसँग बिताऊ, ट्वीटरको कमेन्ट हेर्दै नहेर’ भनेर सन्देश पठाइरहेका थिए । आलोचनात्मक विचार सामाजिक सञ्जालमा राख्दा यसअघि पनि निकृष्ट प्रतिक्रिया झेल्दै आएकी उनले साथी, आफन्तहरूको सन्देशको अर्थ बुझिहालिन् ।

सार्वजनिक बहस, व्यक्ति, विषयमाथि सामाजिक सञ्जालमा विचार राख्दा, प्रश्न उठाउँदा तनाव बेहोर्नु परिरहेको सुनाउँदै उनले सोमबार संवाददातासँग भनिन्, ‘डेढ सयजति कमेन्टहरू आएको रहेछ, कतिपय आज पनि हेर्दै हेरेको छैन । मलाई लाग्छ, सामाजिक सञ्जालमा आलोचनात्मक विचार राख्दा साइबर बुलिङ नभोग्ने महिला सायदै छैन होलान् ।’ लैंगिक, यौनिक आक्षेप आउने हुँदा सामाजिक सञ्जालमा विचार व्यक्त गर्न उनले कम गरिसकेकी छन् । ‘पहिले दिनमा ५० वटा ट्वीट गर्ने रहेछु, अचेल एक–दुई दिनमा एउटा । हप्तामा ५ वटा आर्टिकल सेयर गर्थे, अचेल एक–दुइटा,’ उनले भनिन्, ‘आलोचना गर्नै नपाउने, गर्न त गर तर गाली खान तयार हौं भन्ने बनाइदिएको छ । बुलिङ हुन्छ कि भनेर केही कुरा लेख्नुपर्‍यो भने नि १० चोटि सोच्नुपर्ने भइसकेको छ ।’

लुनाले फरक विचार राखेकै कारण सामाजिक सञ्जालमा खेदो भनेको खेप्नुपरेको जस्तै अनुभव छ आफूमाथि यौन दुर्व्यवहार भएको विषय सामाजिक सञ्जालमा व्यक्त गरेकी लेखक सरिता तिवारीको । गत असार २५ मा फेसबुकमा सवा दुई घण्टा ‘लाइभ’ गर्दै तिवारीले अर्का लेखक संगीत श्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको विवरणहरू सार्वजनिक गरिन् । उनले लाइभ गर्दैगर्दा सान्त्वना दिने प्रतिक्रियाहरू मात्रै आएनन्, उनैमाथि चारित्रिक प्रश्न, लाञ्छना लगाउर्दै मानहानि/बेइज्जती पनि सुरु भयो । ‘मैले भोगेको दुर्व्यवहारविरुद्ध संगठनको आन्तरिक तहमा कुरा राखें, सुरुमा सुने, पछि प्रभावमा परेर यो विषयलाई सामाजिक सञ्जालमा धकेल्नुपर्छ, उसको बेइज्जत हुन्छ भनेर लागेका थिएँ, नाम नलिएरै ‘स्ट्रङ’ भन्ने मान्छे, देशकै चर्चित स्तम्भकार र कानुन व्यवसायी भनेर विषय नै फितलो तरिकाले किनारा लगाउन खोजेपछि लाइभ बोलेकी थिएँ,’ उनले त्यो दिन सम्झँदै भनिन्, ‘मानसिक रूपमा यी-यी खालका कुराहरू सामना गर्नुपर्ने हुन सक्छ भनेर पहिल्यै तयार भएर बोलेकी थिएँ । सामाजिक सञ्जालमा विभाजित मात्रै होइन, डरलाग्दो गरी खनिने रहेछन् ।’

वैशाखको १० को उपनिर्वाचनअघि चितवनकी एक किशोरीले आफूले घण्टीमा नभई रूखमा भोट हाल्ने भनी युट्युबरसँग बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकले उनीमाथि सामाजिक सञ्जालमा अश्लील गालीगलौज गरे । उपनिर्वाचनमा विजयी भएपछि वैशाख १३ मा लामिछानेले ती किशोरीसँग भेटेरै माफी मागे । उनले भने, ‘छोरीजस्तो मान्छे, बहिनीजस्तो मान्छेलाई कतिले नराम्रो भने, जोजल्ले गाली गर्‍यो, त्यो मैले भनेर भनेको होइन कहिल्यै पनि ! जसले गरेको भए पनि सबैको तर्फबाट मैले माफी मागें ।’ आफूलाई लागेका कुरा भन्न पाउने लोकतन्त्रको सुन्दर पक्ष बताउँदै लामिछानेले भनेका छन्, ‘तिमीलाई म मन नपर्दा पनि मज्जासँग गाली गर्न पाइन्छ राजनीतिमा, विरोध जसको पनि गर्न पाइन्छ, लोकतन्त्रमा सुन्दरता भनेको आफूलाई लागेको कुरा भन्न पाउने हो ।’ लामिछानेले यसो भन्दै गर्दा यसमा लोकतन्त्र नदेखिएको र आफ्नी छोरी, परिवारमाथि नै सामाजिक सञ्जालमा आक्रमण भएपछि साइबर अपराधअन्तर्गत उजुरी प्रक्रियामा जाने सोचमा बनाइसकेको अभिभावकले भनिरहेका भिडियोमा देखिन्छन् । लामिछानेले माफी मागेपछि भने नजाने मनसाय व्यक्त गरेका छन् ।

अधिवक्ता एवं डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले सामाजिक सञ्जालमा युवाहरू जुट्ने बनाएर रक्तदान गर्ने, रगत व्यवस्थापन गर्ने, अन्य सामाजिक कार्य गर्ने, सचेतनाका कार्यहरू गर्ने, उद्यम व्यवसायहरू गर्ने, बेथिति भ्रष्टाचारविरुद्ध प्रश्न गर्ने सकारात्मक कार्यहरू हुँदै आए पनि पछिल्लो समय मनपरी लेखेर खेदो खन्नेजस्ता नकारात्मक गतिविधिहरूको देखिन थालेको बताए । ‘कसैले स्वतन्त्र, स्वच्छ आलोचना गर्दा पनि साइबर बुलिङ गर्ने, समूहकै रूपमा आएर, झुन्ड नै आएर लखेट्ने, विचार राख्न नदिने हुन थालेको छ,’ उनले भने, ‘सार्वजनिक महत्त्व, सार्वजनिक व्यक्ति र नीतिगत विषयमा बोल्दा पनि साइबर सेमिङ गर्ने, जात, लिंग, वर्णका आधारमा समूहगत आक्रमणको प्रवृत्ति बढेको छ ।’ घृणास्पद टिप्पणी गर्ने, हिंसालाई दुरुत्साहन गर्ने, यौनजन्य नकारात्मक टिप्पणीहरू गर्ने प्रवृत्तिले नागरिकहरूले बिनाडर, त्रास, धाकधम्की आफूलाई लागेका कुरा व्यक्त गर्न पाउने वाक स्वतन्त्रताको अधिकारमा असर पारेको बताए । ‘आफूलाई लागेको कुरा बोल्दा गाली खाइन्छ भन्ने लागेपछि मान्छेहरूमा ‘सेल्फ सेन्सरसिप’ हुन थाल्छ, सामाजिक सञ्जालमा जसको समूह बलियो छ, उही मात्र हाबी हुने भयो,’ सिग्देलले थपे । समर्थक भनिने, समूह, झुन्डहरूले गर्दा वाक स्वतन्त्रताजस्तो लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासनमाथि नै आक्रमण बढेको राजनीतिक विश्लेषक हरि शर्मा बताउँछन् । ‘अहिले जुन किसिमको प्रवृत्ति देखिइरहेको छ, यसलाई लोकतान्त्रिक मूल्य मान्यताको स्खलन भइरहेको भनिरहेका छन् । जहाँसम्म अर्कालाई शारीरिक, मानसिक आघात नपुर्‍याएर, लागेको कुरा भन्न पाउनु, अरूको आत्मसम्मानको ख्याल राख्नु स्वतन्त्रता हो,’ उनले भने, ‘अरूलाई आज असुरक्षित महसुस गराइरहँदा भोलि आफूलाई पनि असुरक्षा हुन सक्छ भन्ने ख्याल गर्नुपर्छ ।’

इन्टरनेटको सुरक्षित प्रयोगका क्षेत्रमा काम गर्दै आएको चाइल्ड सेफ नेटको सन्दर्भ सामग्रीअनुसार सामाजिक सञ्जाल, गेमिङ प्लेटफर्म, कम्प्युटर/मोबाइल फोनका प्लेटफर्महरूमार्फत अरू कसैको बारेमा अपमानजनक ढंगले व्यक्तिगत वा निजी जानकारी, नकारात्मक, हानिकारक, झूटा सामग्री पठाउने, पोस्ट गर्ने वा सेयर गर्ने कार्यलाई ‘साइबर बुलिङ’ भनिन्छ । केही साइबर बुलिङ आपराधिक मनसायका पनि हुने गर्छन् । उजुरीहरूको अनुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्युरोले साइबर बुलिङका केसहरूलाई साइबर अपराधअन्तर्गत अभिलेख गर्दै आएको साइबर ब्युरो कार्यालयका एसपी पशुपति रायले बताए ।

काठमाडौंको भोटाहिटीस्थित ब्युरोको कार्यालयमा आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म साइबर अपराधका १६ हजार ६ सय ७० उजुरी आएका छन् । जसमध्ये ३ सय ४८ वटा मात्रै विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता भएर न्यायिक प्रक्रियाका लागि अदालत पठाइए । महिला र पुरुषका १५ हजार ३ सय ६५ उजुरीमध्ये पीडित हुनेमा महिला १० प्रतिशतभन्दा बढी छन् । उजुरी दिने महिला ५५ प्रतिशत र पुरुष ४५ प्रतिशत छन् । यसैगरी पीडित बालिकाहरू बालकको तुलनामा तेब्बर बढी छन् । उजुरी दिने बालिका ७६.१४ प्रतिशत र बालक २३.८६ प्रतिशत छन् । एसपी राय भन्छन्, ‘उजुरी दिने ५५ प्रतिशत महिला र ७६.१४ प्रतिशत बालिका भनेका साइबर बुलिङका शतप्रतिशत पीडित हुन् । पुरुषलाई, बालकलाई साइबर बुलिङ भएका केस एकदमै कम आउँछन् । साइबर अपराधमा देखिने पुरुष र बालकको तथ्यांक भनेको अधिकांश ह्याकिङ गरेर, विद्युतीय विवरण दुरुपयोग गरेर, ठगी गरेर भएका घटना आउने हुन् ।’

‘साइबर बुलिङ : नेपालका लागि उदीयमान चुनौती’ शीर्षकमा नौ वर्षअघि प्रकाशित जर्नलमा नेपालमा बढ्दो विद्युतीय उपकरण तथा प्रविधिको प्रयोगसँगै साइबर बुलिङ चुनौती बढिरहेको उल्लेख गरिएको थियो । साइबर ब्युरोमा उजुरी आएका वार्षिक तथ्यांकहरूको विश्लेषण गर्ने हो भने पनि बर्सेनि कम्तीमा एक हजारका दरले वृद्धि भइरहेको देखिन्छ । पानस साउथ एसियाले २०७८ फागुनमा प्रकाशित ‘राजनीतिमा सक्रिय महिलामाथि सञ्चारमाध्यममा हुने लैंगिक हिंसाको विश्लेषण’ मा फेसबुक तथा ट्वीटर स्त्रीद्वेषी अभिव्यक्तिहरूलाई प्रचारप्रसार गर्नेका लागि व्यापक रूपमा प्रयोग भइरहेका मञ्चका रूपमा पाएको उल्लेख गरेको छ ।

थारू समुदायमा भएको पितृसत्तात्मकता ‘भलमन्सा प्रथा’ का बारेमा इन्दु थारूको लेख प्रकाशित भएपछि सामाजिक सञ्जालमा सेयर गरिन् । उनको लेख थारू महिला किन मुखिया हुन पाउँदैनन् भन्नेमा केन्द्रित थियो । थारू अधिकारकर्मीसमेत रहेकी उनलाई अरू अगुवाहरूले थारू समुदायको बद्नाम गर्‍यो भन्दै फेसबुकमा गाली गरे । ‘भलमन्सा प्रथालाई सांस्कृतिक दृष्टिकोणबाट प्रजातान्त्रिक छ भनेर पहिले मैले बोल्दाचाहिँ प्रशंसा गर्थे, तर त्यो भलमन्सा प्रथालाई मैले लैंगिक दृष्टिकोणबाट लेख्दा गाली गरे,’ उनले सुनाइन् ।

राजनीतिक, धार्मिक, लैंगिकता विषयमा आलोचनात्मक विचार व्यक्त गर्दा बढी ‘साइबर बुलिङ’ हुने गरेको समाजशास्त्री निर्मला ढकालले अनुभव सुनाइन् । ‘आलोचना गर्न पाउनु भनेको लोकतन्त्रको सुन्दर पक्ष हो, वाक् स्वतन्त्रता हाम्रो अधिकार हो । तर, मानवअधिकार हनन, लैंगिक हिंसा, पढ्नै नसकिने स्तरको चारित्रिक हत्या भइरहेको हुन्छ,’ उनले भनिन्, ‘मैले जे देख्छु, योबाहेक अरू खालको आलोचना सुन्न चाहन्न भन्ने समस्याग्रस्त मानसिकता हाबी हुँदै गइरहेको छ, यसको मारमा महिला र बालिकाहरू छन् ।’

समाजशास्त्री ढकालले हक अधिकार, नारीवाद, महिला विचारधाराका, कानुन पालनाको कुरा गर्दासमेत सामाजिक सञ्जालमा आक्रमण हुने गरेको बताइन् । ‘आफ्नो हक अधिकार, नारीवाद, महिला विचारधाराका बारेमा बोल्दा, कानुनमा यस्तो भनिएको छ, यस्तो हुनुपर्नेमा किन त्यस्तो भयो भनेर कुरा उठाउँदा पनि आक्रमण गर्छन्,’ उनले भनिन् । सामाजिक सञ्जालमा अराजक तवरले खेदो गर्ने प्रवृत्ति निकै बढेको देखिएको उनले बताइन् ।

‘चितवनकी किशोरीले बोलेको कुरा कुनै पुरुष वा किशोरले बोलेको भए त्यसरी गाली गरिँदैनथ्यो होला, सिधै चरित्रमाथि जाइलाग्ने हुन्न थियो । श्रीमान्–श्रीमती नै राजनीतिमा छन् भने, श्रीमान्लाई भन्दा श्रीमतीलाई लक्षित आक्रमण गरिन्छ,’ लेखक तिवारी भन्छिन्, ‘मलाई मात्रै होइन, नाबालकहरू नै पीडितहरू भएका छन्, उमेर नै नपुगेका बच्चीहरूलाई झुन्ड लागेर चुप लाग्न बाध्य गरिरहेका छन् । समाजको मनोवैज्ञानिक संरचना नै खराब रहेछ जस्तो लाग्छ ।’ सामाजिक सञ्जालमा स्वस्थ आलोचना नरुचाउने जमातको अराजकता बेलगाम देखिएको उनको भनाइ छ । ‘किन यस्तो भयो भन्दा सामाजिक सञ्जाल यस्तो रहेछ, भन्ने व्यक्ति र सुन्नुपर्ने आमनेसामने हुँदैन,’ उनी भन्छिन्, ‘सन्दीप लामिछानेकै केसमा पनि केटी लगाएर फसायो भन्छन्, मुद्दा अध्ययन गर्दा कहीँ कसैले प्रयोग गरेको नै देखिँदैन । भन्ने मान्छेले त्यसरी बोल्न पाउँदा मजा मान्दो रहेछ ।’

साइबर अपराधका उजुरीलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान तथा कारबाही गर्दै आएको छ । तर १६ वर्षअघि बनेको उक्त ऐन परिस्कृत साइबर अपराधहरू सम्बोधन गर्न पर्याप्त नरहेको अधिवक्ता आशंकन मल्ल बताउँछन् । ‘मानवीयताको नाताले पनि आलोचनात्मक टिप्पणीमाथि आक्रमण गर्ने कुरालाई हेर्ने जनशक्ति र क्षमता प्रहरी प्रशासनमा छैन । यो त डिजिटल लिटेरेसीको कुरा पनि हो, कसलाई के लेख्नु हुने/नहुने भन्ने कुरा भारतको केरलामा कक्षा ४ बाटै पढाउँछ,’ उनले भने ।

समाजशास्त्री ढकाल पनि आफूमाथि साइबर आक्रमण गर्नेहरूविरुद्ध उजुरी लिएर दुई–तीन पटक साइबर ब्युरो पुगिन् । तर ब्युरोले समस्यामाथि गम्भीरतापूर्वक चासो नदेखाएको उनले अनुभव गरेकी छन् । भन्छिन्, ‘तपाईंलाई फेसबुकमा गालीगलौज त गरेको छ नि, अरूको जस्तो फेक एकाउन्ट बनाएर नांगो तस्बिर हालेको छैन भन्ने, पीडितमैत्री र छिट्टै अनुसन्धान गरौं, कारबाही प्रक्रियामा जाऔं भन्ने प्रहरी प्रशासनमा पाइएन ।’ ब्युरोका एसपी रायले भने सीमित स्रोतसाधन र जनशक्तिको बाबजुद प्रहरीले गुनासा र उजुरीमा सक्दो काम गरिरहेको बताउँछन् ।

आफ्नो सुनाउन अरूको पनि फरक मत सुन्नुपर्छ : हरि शर्मा‚ राजनीतिक विश्लेषक

फरक मतको स्वीकार्यता जरुरी छ । आफ्नो सुनाउन अरूको पनि फरक मत सुन्नुपर्छ । स्वतन्त्रता सभ्य समाजको परिचय हो । सामाजिक सञ्जालमा प्राविधिको विकास र प्रयोगसँगै मर्यादाको परिधि हुनुपर्छ । यो प्लाटफर्म बजारले सिर्जना गरेकाले कसले नियमन गर्ने ? पहिले ट्याब्लोइट पत्रिकाहरूले पनि यस्तै अर्काको व्यक्तिगत विषयमाथि लेख्थे । त्यतिबेला ती पत्रिकाहरू पढ्ने र हेर्नेको पहुँचमा मात्रै पुग्थ्यो । तर, अहिले सामाजिक सञ्जालको परिधि ठूलो छ । नागरिकबीचमा मर्यादाको अभाव देखिएछ । राज्य पनि नियमनभन्दा नियन्त्रणमा लाग्ने गरेको छ । नियन्त्रण गर्न सम्भव छैन । स्वनियम उपयुक्त हुन्छ । अमर्यादित कुरा आफैंले रोक्ने हो । अहिले लेख्ने, पढ्ने, सुन्ने, हेर्ने, बोल्ने ठूलो डिजिटल प्लाटफर्म छ । अहिले हामी सुरुवाती चरणमा छौं, गन्जागोल लागिरहेको छ, तर समयक्रममा अवश्य पनि बिस्तारै नियमन हुँदै जान्छ ।

कारबाही गर्नु राज्यको दायित्व हो : सन्तोष सिग्देल‚ अधिवक्ता एवं डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक

राज्यको भूमिका अभिव्यक्ति स्वतन्त्रतामा अनावश्यक बन्देज नलगाउनु मात्र होइन, नागरिकले स्वतन्त्र रूपमा अभिव्यक्ति राख्नका लागि वातावरण तयार गरिदिनु पनि हो । अनलाइनमा जे बोले पनि हुन्छ, अरूलाई थर्काउन, तर्साउन पाइन्छ भन्ने स्थापित हुँदै छ । कारबाही हुने हो भने सचेतनाको पनि काम गर्छ । भारतमा अमूक दल, संगठनको कार्यकर्ताले समूह नै परिचालन गरी अनलाइनमा विपरीत विचार तथा अभिव्यक्तिको प्रतिरोध गर्ने गरेको देखिन्छ । नेपालमा पनि दलहरूले साइबर विङ बनाएको र उनीहरूका बारेमा कसले के भन्छ, त्यसको निगरानी र प्रतिरोध गरिने भन्ने सुनिएको थियो । यो राम्रो होइन । नेपाली समाज बोल्न भन्न पाउने, सुन्न पाउने थियो । तर जसरी अफलाइनमा हाम्रो वर्चस्व, प्रभुत्व छ, सामाजिक सञ्जालमा पनि त्यो वर्चस्व कायम हुनुपर्छ, अरूले हाम्रो आलोचना गर्नै पाउनु हुँदैन भन्ने सोच बढेको छ ।

विज्ञापन बोर्डद्वारा सर्वोच्चको आदेशको अवज्ञा

काठमाडौं । सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गर्ने गराउने मुख्य उद्देश्य राखेर सरकारद्वारा नै गठन गरिएको विज्ञापन बोर्डले नै सर्वोच्च अदालतले विभिन्न मितिमा समानुपातिक विज्ञापन सम्बन्धमा गरेका आदेशहरूलाई निरन्तर अवज्ञा गर्दै आएको पाइएको छ ।

सरकारले ११ वर्षअघि नै समानुपतिक विज्ञापन प्रणाली लागू गर्न गृहकार्य गरेपछि त्यसलाई रोक्न ठूलो प्रयास भएको थियो । सरकारले सूचनातथा विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका २०६९ जारी गर्दै समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने गृहकार्य गरेको थियो तर त्यो कार्यान्वयनहुन सकेन । विज्ञापन बोर्डले समानुपातिक विज्ञापन रोक्न गरिएका चलखेललाई साथदिँदा सर्वोच्चको आदेशको अवज्ञा भएको स्रोतको दाबी छ ।

सरकारद्वारा जारी समानुपातिक विज्ञापनसम्बन्धी निर्देशिकाको खारेजीको मागगर्दै विभिन्न विज्ञापन एजेन्सीका साथमा देजबहादुर कटुवालले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ साल साउन २६ गते उक्त रिट निवेदन खारेज गर्दै सरकारले जारी गरेको निर्देशिका कार्यान्वयन गर्न बाटो खोलेको थियो ।

यसअघि २०६९ सालफागुन २० गते सर्वोच्चअदालतका न्यायाधीश गिरीशचन्द्र लालको एकलइजलासले सो सम्बन्धमा छलफल भई निष्कर्षमा नपुगेसम्मका लागि उल्लिखित निर्देशिकाका र्यान्वयन नगर्नू, नगराउनू भनी विपक्षीका नाममा तत्कालीन अन्तरिम आदेश जारी गरेको थियो । प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सरकारले २०६९ चैत १ गतेदेखि उक्त निर्देशिका लागू गरेको थियो ।

की एडभटाइजिङ, कम्युनिकेसन डेभलपमेन्ट ग्रुप र नेपाल विज्ञापन संघसमेत तेजबहादुर कटवालले उक्त निर्देशिका खारेज गरी पाऊँ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालयर सूचना विभागलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सरकारी विज्ञापन प्रकाशन प्रशारणमा कमिसनतन्त्र हाबी भएर व्यापक अनियमितता भएको पाइएपछि सरकारले नियम कानुन बनाएर त्यसलाई नियमन गर्न खोज्दा त्यसलाई कार्यान्वयन हुन नदिन निश्चित व्यक्तिहरूको रिट निवेदन परेपनि त्यसका पछाडि ठूलो शक्तिलागेको थियो । अहिले सरकारी विज्ञापन वार्षिक रूपमा४अर्ब रुपियाँभन्दा बढी रहेको छ । सो रकममा लगभग ८० प्रतिशत रकम घोटाला हुने गरेको स्रोतको दाबी छ ।

सरकारले समानुपातिक विज्ञापन प्रणली लागू गर्न यसअघि २०६५ सालमा सूचना विभागका तत्कालीन महानिर्देशक श्रीधर गौतमको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । त्यसमा उपत्यका एफएम मञ्चका भरत शाक्य,साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालका देवप्रकाश त्रिपाठी, नेपाल समाचारपत्रका पुष्करलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गोविन्द आचार्य र नेपाल विज्ञापन संघका राजकुमार भट्टराई सदस्य रहेकाथिए ।

सरकारी विज्ञापनलाई कसरी समानुपातिक बनाउन सकिन्छ भन्ने बारेमा सुझाव दिन उक्त कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले विज्ञापन प्राधिकरण गठन गरी त्यसमार्फत सबै सरकारी सूचना सञ्चार माध्ययमहरूलाई समानुपातिक रूपमा वितरण गर्न सरकारलाई सुझाव दिएको थियो ।

सरकारले सांसद राधेश्याम अधिकारीको संयोजकत्वमा २०६३ जेठ २९ र २०६३ असार १९ गते निर्णयअनुसार १३ सदस्यीय उच्चस्तरीय मिडिया सुझाव आयोग २०६३ गठन गरेको थियो । त्यसले पनि समानुपातिक किसिमबाट विज्ञापन वितरण गर्नुपर्ने र त्यसका लागि सरकारले विज्ञापन प्राधिकरण गठन गर्नुपर्ने सुझाव दिएको थियो ।

त्यसपछि सरकारले राष्ट्रिय विज्ञापन नीतिसम्बन्धी  कार्यदल गठन गरेको थियो । त्यसमा नेपालपत्रकार महासंघले समानुपातिक तरिकाले विज्ञापन वितरण गरिनुपर्ने सुझाव दिएको थियो । साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालले पनि सरकारी विज्ञापनको समानुपातिक वितरण नै पत्रकारिताको विकासको सबैभन्दा उत्तम विकल्प हुने निष्कर्ष सहितको सुझाव दिएको थियो ।

उच्चस्तरीय मिडिया सुझाव आयोग २०६३ को प्रतिवेदनमा पनि समानुपातिक विज्ञापन प्रणाली लागू गरिनुपर्ने उल्लेख छ । २०५६ माघ ११ मा गठित कार्यदलले पनि त्यही निष्कर्ष निकालेको छ ।

सरकारी सूचनातथा विज्ञापन समानुपातिक प्रणाली नीति २०६६को अवधारण पत्रमा पनि उच्चस्तरीय मिडिया आयोगको प्रतिवेदनलाई नै आधार बनाएको छ । ती सबैको सुझाव र प्रतिवेदनको गहन अध्ययन र विश्लेषणपछि सरकारले सूचनावा विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो ।

त्यसलाई कार्यान्वयन हुन नदिन सर्वोच्च अदालतमा रिट निवेदन हालिएपछि केही समय कार्यान्वयनमा अवरोध आएको थियो । उक्त मुद्दामा तत्कालीन कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश सुशिला कार्कीको संयुक्त इजलासले न्यायाधीश गिरीश चन्द्रलाल कर्णको एकल इजलासले २०६९ फागुन २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने परमादेश जारी गरेपछि निर्देशिकाका र्यान्वयनको चरणमा प्रवेश गरेको थियो ।

त्यसपछि पत्रकार किशोर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सो निर्देशिकाले समस्त मिडियाको हकमा समानुपातिक विज्ञापन वितरणको व्यवस्थालाई लागू गर्न कुनै व्यवधान भएको देखिएन भनी निर्देशिका कार्यान्वयन गर्न नरोक्नू नरोकाउनू भनी अन्तरिम आदेश दिएको थियो । उक्त आदेशपछि विज्ञापन बोर्ड गठनको बाटो खुलेको थियो ।

विज्ञापन बोर्ड गठनको उद्देश्य सबै सरकारी विज्ञापन एकै ठाउँमा ल्याएर सञ्चार माध्यमहरूलाई समानुपातिक ढंगले वितरण गर्ने, त्यसको भुक्तानीदिने र बिलको ३ प्रतिशत कमिसन लिएर बोर्ड सञ्चालन गर्नु हो । यसअघि सूचना विभागले दिँदै आएको लोक कल्याणकारी विज्ञापन वितरण गरेर त्यसमा कमिसन खाएर फेरि पनि निर्देशिका कार्यान्वय नहुन अवरोध सिर्जना गर्नेहरूकै पक्षमा विज्ञापन बोर्डले लबिङ गरिरहेको पाइएको छ । विज्ञापन बोर्डको यस्तो लबिङका कारण बोर्ड आफैंपनि सर्वोच्च अदालतको आदेश अवज्ञा गर्न उद्यत देखिएको स्रोतको दाबी छ ।

मिडियामाथि भ्रमको खेती

यतिबेला मूलधारका व्यावसायिक र स्वतन्त्र मिडियामाथि चौतर्फी आक्रमण भइरहेको छ। यी मिडियामा आएका केही अपूर्ण समाचार र गल्तीलाई आधारित बनाएर समग्र मूलधारका मिडियाको विश्वसनियतामाथि प्रश्न उठाई उनीहरूको साखलाई खत्तम पार्ने प्रयास भइररेको छ। कतिपयले विषयवस्तुलाई यसरी प्रस्तुत गरिरहेका छन् कि अब मूलधारका मिडियालाई कसैले अब पत्याउँदैन्, विश्वास गदैन भनी भ्रम फैलाउने काम भइरहेको छ।

मूलधारका मिडियाले पहिला र अहिले समाजमा व्याप्त विकृति र विसंगतिलाई बाहिर ल्याएका कारण पनि केही व्यक्ति योजनावद्ध रूपमा आक्रमण गरिरहेछन्। निश्चय नै सूचना प्रविधिमा आएको व्यापक क्रान्तिले सूचनाको स्रोतमाथि जनताको सिधै पहुँच स्थापित गरेको छ। अनि नयाँ–नयाँ सामाजिक सञ्जालले पनि सामान्य जनतालाई सूचना प्राप्तिका लागि सहज बनाइदिएको छ। परम्परागत मिडियाको विकल्पमा आएका नयाँ मिडिया स्थापित हुँदै गएका छन्। अखबारलाई अनलाइनले र टेलिभिजनलाई युट्युब च्यानलले र रेडियोलाई अनलाइनले चुनौती थपेका छन्।

अखबारी पत्रकारिता यतिबेला पाठक, स्रोत र पहुँच सबै हिसाबले कठिन अवस्थामा छ। तर, यसको अर्थ यो होइन कि यी सञ्चारमाध्यमको उपादेयता सकिएको छ। बरु यी माध्यमको आवश्यकता र औचित्य पहिलेको तुलनामा झनै बढिरहेको छ। यतिबेला जनताको हातहातमा मोबाइल पुगेको छ। प्रत्येक दिन उनीहरूले सूचना, विश्लेषण र समीक्षाको बाढी आएको छ। जसले गर्दा के सत्य हो वा गलत भन्ने खुट्याउन सर्वसाधारणलाई निकै कठिन छ। यतिवेला धेरै सर्वसाधारण गलत र मिथ्या सूचनाको शिकार भइरहेका छन्।

विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमका सम्बन्धमा यथार्थ जानकारी र विश्लेषण पाउन भने मुस्किल परिरहेको छ। किनकि जनताले उपयोग गरिरहेका सामाजिक सञ्जालहरूमा यथार्थ सूचनाभन्दा बढी भ्रामक सूचना फैलिरहेको छ। कुनै पनि विषयको पृष्ठभूमि, सन्दर्भ र यथार्थमा जानेभन्दा पनि केही शब्द र छोटो संक्षित शब्द र भिडियोलाई आधार बनाएर सर्वसाधारणले कुनै पनि घटना र व्यक्तिप्रति धारणा बनाइरहेका छन्। कुनै पनि नेता र व्यक्तिले कुनै पृथक सन्दर्भमा बोलेका कुरालाई बंग्याएर प्रस्तुत भइरहेको छ। धेरैले त्यसलाई नै अन्तिम सत्य ठानिरहेका छन्। जसले कतिपय विषयमा गलत जनमत बनिरहेको छ, जुन प्रजातन्त्रका लागि घातक छ।

सामाजिक सञ्जालमा आएका विषयवस्तुको फिल्टर कसैले गरेको हुँदैन, न त कुनै गल्ती र अपराधका लागि कसैलाई जिम्मेवार नै बनाउन सकिन्छ। कसैको चरित्रहत्या र मानहानिमा भएमा त्यसको कानुनी उपचार खोज्ने सहज प्रक्रिया छैन। यस सन्दर्भमा मूलधारका स्वतन्त्र र स्वायत्त मिडियाको आवश्यकता झनै बढेर गएको छ, घटेको होइन। यसका लागि सबैभन्दा पहिला सर्वसाधारणमा मूलधारका मिडिया र न्यु मिडिया र सामाजिक सञ्जाल कसरी सञ्चालन हुन्छ भन्ने विषयलाई खुट्याउनु पर्ने हुन्छ। नेपालमा मात्र होइन, मूलधारका मिडियाका कमजोरी हुने हुन्छन्। हालै अमेरिकाको फक्स न्यूल च्यानलले सन् २०२० मा राष्ट्रपतिको निर्वाचनको समयमा गरेको एक गल्तीका कारण उसलाई भारी मात्राको जरिवाना तिराइएको छ। गल्तीका कारण विश्वका कतिपय मिडिया बन्दसमेत भएका छन्। मूलधारका मिडियामा एक तहको राजनीतिक र कर्पाेरेट प्रभाव निश्चय नै हुन्छ। त्यसैले पनि मिडियाको राजश्वको वैकल्पिक स्रोतबारे बहस भएका छन्। सिधै कर्पाेरेट स्वार्थ नहुने मिडिया पनि सञ्चालनमा छन्।

तर, मूलधारको मिडियालाई सामाजिक सञ्जालको विषयवस्तुसँग दाँजेर दुबै यस्तै हुन् भन्ने खतरनाक भाष्य निर्माण गर्न खोजिएको छ। यसमा मिडियाका केही विज्ञ नै लागेको देखिन्छ। यसले सर्वसाधारणमा झनै अन्योल सिर्जना गरेको छ। मूलधारका मिडियाका समाचार र विचार विभिन्न तहको निगरानीपछि मात्रै प्रकाशित हुन्छन्। एक संवाददाताले लेखेको समाचार न्यूज डेस्कका विभिन्न तहमा चेकजाँच भएर मात्र प्रकाशित हुन्छ। यहाँ प्रकाशक, सामाजिक र संवाददाताको स्पष्ट परिचय खुलेको हुन्छ।

प्रकाशित सामग्री कसैलाई चित्त नबुझेमा त्यसको खण्डन छाप्न र चित्त नबुझेमा अदालतमा नै जान सकिन्छ। यी सामग्रीको अनुगमन गर्न प्रेस काउन्सिल लगायतका निकायसमेत छन्। आफ्नो विश्वसनियताप्रति चनाख रहेका मूलधारका मिडियाले सामग्री प्रकाशनमा हमेशा होसियारी अपनाउने गर्छन्। यतिमात्र होइन, कुनै पनि समाचार सन्तुलित होस् भन्नेमा सचेत रहन्छन्। सकेसम्म विषयलाई संलग्न सबैलाई विचार राख्न दिन्छन्।

यतिबेला समाजका विभिन्न वर्गबाट मूलधारका मिडियामाथि प्रश्न उठाउने काम भइरहेको छ। यसले पनि यसको महŒवलाई उजागर गर्छ। समाजको अपेक्षा छ कि मूलधारका मिडियाले कम गल्ती गरुन्, उनीहरूका समाचारमा समस्या कम होउन्। नयाँ मिडिया र सामाजिक सञ्जालमा जहाँ निकै समस्याग्रस्त समाचार आइरहेछन्। तिनका बारेमा त्यति बहस भइरहेको छैन। किनकि त्यस्ता प्लेटफर्मको अपनत्व कसले लिएको छ भन्ने विषयमा धेरैलाई जानकारी छैन। त्यसैले यतिबेलाको आवश्यकता भनेको मूलधारका स्वतन्त्र मिडियाको प्रकृति र यसको महŒवबारे अझ बहस गर्न आवश्यक छ। तर, एउटा यथार्थ के हो भने मूलधारका मिडियामा आउने विषयवस्तु र नयाँ विभिन्न प्लेटफर्ममा आउने विषयवस्तुको तुलनै हुन सक्दैन। यसको मतलब सूचना प्रविधिले ल्याएका नयाँ प्लेटफर्मलाई अन्यथा ठानिएको होइन। उनीहरूले मूलधारका मिडियाले कभरेज गर्न नसकेका थुप्रै विषयवस्तु बाहिर ल्याएका छन्।

तर, मूलधारका मिडियामाथि भएका योजनाबद्ध आक्रमण र उनीहरूको साखलाई खत्तम पार्न भएका प्रयासप्रति भने सचेत हुनैपर्छ। पत्रिका बिक्री र सर्कुलेसन घट्यो र टेलिभिजनको दर्शक केही घटे र रेडियोको स्रोता घटे भन्ने आधारमा उनीहरू कमजोर भए र उनीहरूको औचित्य सकियो भन्ने गलत बुझाइ छ। यी मिडियाको लामो इतिहास, विश्वसनियता र यिनले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिका छ।

मिडियामाथि भएका योजनाबद्घ आक्रमण र उनीहरूको साखलाई खत्ताम पार्न भएका प्रयासप्रति भने सचेत हुनैपर्छ।

प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम बनाइने छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम नल्याउने प्रतिबद्धता जनाएका छन्। नेपाल रिपब्लिक मिडिया प्रालिको १५औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘नागरिक नायक–२०८’ घोषणा तथा सम्मान समारोहको उद्घाटन गर्दै उनले भने, ‘मैले पहिले पनि भनेको छु, यसपटक नराम्रो काम केही गर्दिनँ र गर्न पनि दिन्नँ। झन् संविधानले दिएका अधिकारहरू कुण्ठित गर्ने किसिमका कुनै ऐननियम आउन दिइनेछैन, प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम बनाइनेछैन।’

उनले नेपाली प्रेसलाई समृद्ध र शक्तिशाली बनाउनेगरी काम गर्न सरकार अग्रसर रहेको पनि बताए। ‘सरकारले सञ्चार क्षेत्रलाई राष्ट्रिय सेवामूलक उद्योगका रूपमा घोषणा गरेर यसको विकासका लागि आवश्यक कदमहरू चालिरहेको छ,’ उनले भने, ‘यसैगरी पत्रकारको पेसागत र भौतिक सुरक्षाको ग्यारेन्टी गर्नेगरी सरकार अघि बढिरहेको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम नल्याउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री दाहालले नेपाल रिपब्लिक मिडिया प्रालि देशको राजनीतिक इतिहाससँग जोडिएको बताएका छन्। उनले नेपाल रिपब्लिक मिडिया प्रालिको स्थापना लोकतन्त्र दिवससँग जोडिएकाले नेपालमा यसको महत्व पनि सोहीअनुसार विशिष्ट रहेको बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसको प्राप्तिका लागि भएका आन्दोलनसँग यसको गहिरो नाता छ,’ प्रधानमन्त्री दाहालले भने, ‘१५ वर्षअघि लोकतन्त्र दिवसकै अवसरमा देशको आवश्यकतालाई ध्यानमा राखेर सञ्चार सेवा सुरु गरेको यस संस्थाले समाजलाई पनि महत्वपूर्ण योगदान दिँदै आएको छ।’

प्रधानमन्त्री दाहालले नेपाल रिपब्लिक मिडिया प्रालि देशको राजनीतिक इतिहाससँग जोडिएको बताएका छन्। उनले नेपाल रिपब्लिक मिडिया प्रालिको स्थापना लोकतन्त्र दिवससँग जोडिएकाले नेपालमा यसको महत्व पनि सोहीअनुसार विशिष्ट रहेको बताए।

विगतमा व्यवस्थाको परिवर्तनका लागि भएका संघर्षमा राजनीतिक दल र सञ्चार क्षेत्र मिलेर अघि बढेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि त्यस्तै आवश्यकता रहेको बताए। उनले भने, ‘अहिले पनि परिवर्तनलाई उल्टाउन चाहने शक्तिहरू सल्बलाउन खोजेका छन्। त्यसैले अझै पनि त्यो सहकार्यको आवश्यकता पर्न थालेको छ।

‘सबै विज्ञापन एक द्वार प्रणालीमा लैजाने प्रयासमा छौं’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्ने गरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन्। सरकारी विज्ञापनमा देखिएको चुहावट र बिचौलियापन रोक्न सके मात्र नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीले भाग्दै आएको समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्ने उनले बताइन्। सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र बिचौलियाले पैसा लिने गरेको आफूले पाएको उनले बताइन्। उनले भनिन्, ‘त्यसलाई मात्र रोक्न सकियो भने सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुने छ। त्यसले श्रमजीवी पत्रकारहरूको पनि हित हुने छ।’

विज्ञापनमा एक द्वार प्रणाली लागु हुँदै श्रमजीवी पत्रकारले समयमा सेवा सुविधा नपाउने समस्या समाधानमा पनि सहयोग पुग्ने उनको दाबी छ। ‘अब विज्ञापनको सबालमा यस्तो हुँदैन। पत्रकारिता पेसा र पत्रकारलाई बलियो बनाउन विज्ञापन एक द्वार प्रणालीमा जाने छ, ‘उनले भनिन्, ‘विज्ञापनमा हुने चुहावट रोकिएमा मिडियामा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा जान समस्या हुँदैन।’

मुलुक संघीयतामा गइसकेकाले संघ, प्रदेश र स्थानीय तहका विज्ञापनलाई कसरी एक द्वार प्रणालीमा लैजान सकिन्छ भन्नेमा केही व्यावहारिक कठिनाइ रहेको मन्त्री शर्माले बताइन्। त्यसलाई व्यावहारिक रूपमा कसरी समाधान गर्न सकिन्छ सुझाउन पनि मन्त्री शर्माले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिलाई आग्रह गरेकी छन्।

नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका समस्याप्रति आफू जानकार रहेको बताउँदै मन्त्री शर्माले वैदेशिक रोजगारमा भएका श्रमिक सामाजिक सुरक्षा कोषमा समेटिए पनि पत्रकारहरू नसमेटिनु दुःखद भएको बताइन्। ‘वैदेशिक रोजगारमा भएका कामदारलाई सामाजिक सुरक्षा कोषमा समेटिसकिएको छ। अब पत्रकारलाई सामाजिक नसमेट्ने भन्ने हुँदैन’, उनले भनिन्, ‘नीतिगत रूपमा व्यवस्था गरेर सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले पहल गर्ने छ।’

‘अब विज्ञापनको सबालमा यस्तो हुँदैन। पत्रकारिता पेसा र पत्रकारलाई बलियो बनाउन विज्ञापन एक द्वार प्रणालीमा जाने छ, ‘उनले भनिन्, ‘विज्ञापनमा हुने चुहावट रोकिएमा मिडियामा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा जान समस्या हुँदैन।’

पत्रकारिता पेसालाई व्यवस्थित र मर्यादित बनाउन सक्रिय पत्रकारलाई मात्रै पत्रकार महासंघमा समेट्न पनि उनले आग्रह गरिन्। त्यसले पत्रकारहरूको हकहित र सुविधा उपलब्ध गराउन सरकारलाई सहज हुने बताइन्। सरकार सञ्चारसँग सम्बन्धित विभिन्न कानुन निर्माण गर्ने क्रममा रहेको जनाउँदै शर्माले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रविरोधी कानुन निर्माणका पक्षमा नरहेको जनाइन्। नेपाल ऐन केही संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमलाई नियमन गर्ने कानुनी व्यवस्थाको तयारीमा रहेको जानकारी दिइन्। त्यस विषयमा महासंघसँग आवश्यक छलफल र परामर्श गरेर अघि बढ्ने मन्त्री शर्माले बताइन्।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको टोलीले नेपाल पत्रकारहरूले मुलुकमा जब लोकतान्त्रिक शासन व्यवस्था कमजोर बन्छ त्यस्तो अवस्थामा ‘फन्टलाइन’मा उभिएर त्यसको रक्षाका लागि भूमिका निर्वाह गरेको स्मरण गराएको थियो। साथै, सञ्चार प्रतिष्ठानमा समयमा पारिश्रमिक पाउनेदेखि श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक नपाउने समस्या विद्यमान रहेको जनाउँदै त्यसले गर्दा पत्रकार परिचय पत्र (सूचना विभागले जारी गरेको प्रेस पास) बाट वञ्चित हुनुपरेको उल्लेख गरेका छन्।

प्रेस पास अभावमा श्रमजीवी पत्रकारहरू सूचनाको पहुँचसम्म पुग्नसमेत कठिनाइ भइरहेको जनाउँदै सहज प्रेस पास उपलब्धताका लागि आवश्यक वातावरण मिलाउन पनि आग्रह गरिएको छ। लोकतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउन स्वतन्त्र प्रेसको आवश्यकता पर्ने जनाउँदै २०७२ सालको भूकम्प, नाकाबन्दी हुँदै कोरोना महामारीसहितका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्दा त्यसको मारमा नेपाली सञ्चार माध्यम र सञ्चारकर्मी पनि परेको उल्लेख गरिएको छ। सञ्चार माध्यमबिनाको पत्रकार र पत्रकारबिनाको सञ्चारमाध्यम दुवै सम्भव नभएको जनाउँदै प्रतिष्ठान प्रदेश समितिले श्रमजीवी पत्रकाको हितमा हुने गरी सञ्चार प्रतिष्ठानलाई सहयोग पुग्ने बजेट निर्माणका लागि पनि ध्यानाकर्षण गराएको छ।

नेपालको कर प्रणालीमा गुगल दर्ता

काठमाडौँ, वैशाख ८ गते । विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। “गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको छ,” उहाँले भन्नुभयो।

विभागका अनुसार सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको हो । विद्युतीय सेवा करको प्रशासन हेर्ने गरी विभागले ललितपुरको हरिहरभवनस्थित ठूला करदाता कार्यालयलाई जिम्मेवारी तोकेको छ। सरकारले चालु आर्थिक वर्ष २०७९/८० देखि गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तलाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लागू गरेको छ। यसअनुसार गुगलले नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर आर्जन गरेको कुल आम्दानीको दुई प्रतिशत रकम अबदेखि नेपालमा बुझाउनुपर्नेछ। यद्यपि गुगलले नेपालबाट गर्ने वार्षिक आम्दानीको सरकारसँग आधिकारिक तथ्याङ्क भने छैन।

‘सर्च इन्जिन जायन्ट’का रूपमा चर्चिच गुगलका युट्युब र एन्ड्रोइड अपरेटिङ सिस्टम नेपालमा लोकप्रिय छन्। यसबाहेक गुगलले वेब ब्राउजिङ, क्लाउड कम्प्युटिङ, जिमेल, म्याप्स, फोटोज्लगायतका सेवा पनि उपलब्ध गराइरहेको छ।

विद्युतीय करमा कम आकर्षण

करको दायरा विस्तार गर्ने उद्देश्यसहित सरकारले चालु आवदेखि लागू गरेको विद्युतीय सेवा करमा भने खासै आकर्षण देखिएको छैन। विभागका अनुसार अहिलेसम्म गुगलबाहेक अस्ट्रेलियास्थित इबिस्को इङ्क मात्र अहिलेसम्म यस्तो करमा दर्ता भएका छन्। विश्वका ठूला प्रविधि कम्पनीको नेपालमा समेत उपभोग बढिरहेको र त्यसलाई पनि करको दायरामा ल्याउन सकिने निष्कर्षसहित नेपालमा यस किसिमको नयाँ कर शीर्षक थपिएको थियो। यद्यपि अहिलेसम्म दुईवटाबाहेक अरू कम्पनी भने दर्ता हुन आएका छैनन्।

आर्थिक ऐन, २०७९ ले वार्षिक २० लाख रुपियाँभन्दा बढीको कारोबार गर्ने गैरबासिन्दा व्यक्ति यस्तो करमा दर्ता हुनुपर्छ। त्यसरी दर्ता भएका व्यक्तिले आय वर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिल गर्नुपर्नेछ। तोकिएको समयभित्र कर दाखिल नगरेमा वार्षिक कारोबार रकमको ०.१ प्रतिशत प्रतिवर्षका दरले हुने रकम शुल्क लाग्नेछ। कर तिर्नुपर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ। यसरी दाखिला भएको आयमा आयकर भने नलाग्ने व्यवस्था गरिएको छ।

कानुनी रूपमा सुविधा उपलब्ध गराउँदा पनि दर्ता नभएपछि सरकारले यसमा आकर्षण बढाउन थप प्रयास गर्ने भएको छ। त्यस्ता कम्पनीलाई करमा दर्ता हुन आह्वान गर्ने कार्यक्रमलाई बढाउने र आवश्यकताअनुसार कम्पनीसँग सम्पर्क राखेर पनि दर्ता हुन आउन आग्रह गर्नेजस्ता कार्यक्रम आगामी वर्षमा अगाडि बढाइने राजस्व सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो।

आन्तरिक राजस्व विभागले पनि कर प्रणालीमा दर्ता हुन सहयोग होस् भन्ने उद्देश्यसाथ अनलाइनबाटै दर्ता हुन सक्ने व्यवस्था गरेको प्रवक्ता प्याकुरेलले जानकारी दिनुभयो। “आवश्यक कागजात पूरा गरेर अनलाइनबाटै करमा दर्ता गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि नेपाल आउनुपर्छ भन्ने छैन।”

गुगलजस्तो प्रसिद्ध कम्पनी नेपालको कर प्रणालीमा दर्ता हुँदा त्यसले भविष्यमा अन्य कम्पनीलाई पनि दर्ताको प्रक्रियामा ल्याउन सहयोग पुग्ने विभागले जनाएको छ।

महिला राजनीतिज्ञको समाचार सम्प्रेषणमा गोरखापत्र अग्रस्थानमा

काठमाडौं, वैशाख ६ गते । महिला राजनीतिकर्मी र उहाँहरुले उठाउँदै आएका सवालहरुलाई स्थान दिनेमा गोरखापत्र सबैभन्दा अगाडि रहेको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याक)ले बुधबार काठमाडौंमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

म्याकले आठवटा राष्ट्रिय दैनिकहरुको जनावरी, फेब्रवरी र मार्च गरी तीन महिनामा प्रकाशित गरेका तीन हजार १७६ वटा राजनीतिक समाचारहरुको विश्लेषण गर्दा गोरखापत्र सबैभन्दा अगाडि रहेको तथ्याङ्कले देखाएको छ ।

अध्ययन अवधिमा गोरखापत्रले जम्मा ६८१ वटा राजनीतिक समाचारलाई स्थान दिएको र तीमध्ये ४९ वटा समाचार महिला राजनीतिक र उहाँहरुले उठाएका सवालसँग सम्बन्धित रहेको पाइएको छ ।

त्यस्तै, अध्ययन अवधिमा महिला राजनीतिकर्मीहरुले समाचारपत्रहरुमा प्राप्त गरेको स्थानलाई हेर्दा पनि गोरखापत्रले २५.५ प्रतिशत दिएको देखिएको छ भने दी राइजिङ नेपालले १७.७ प्रतिशत स्थान दिएको छ ।

यस बाहेक दी काठमाडौं पोष्टले १२, कान्तिपुर दैनिकले ११.५, दी हिमालयन टाइम्सले ६.८, नयाँ पत्रिकाले ८.३ र नागरिक दैनिकले ५.७ प्रतिशत स्थान दिएको अध्ययनले देखाएको छ ।

राष्ट्रिय दैनिक पत्रिकहरुले महिला राजनीतिककर्मीका बारेमा समावेश गरेका समाचारका प्रकृतिलाई अध्ययन गर्दा ५५ प्रतिशत सकारात्मक समाचार, ४२ प्रतिशत नकारात्मक र ३ प्रतिशत तटस्थ प्रकृतिका समाचार छन् ।

अध्ययन अवधिमा महिला राजनीतिकर्मीहरुले समाचारपत्रहरुमा प्राप्त गरेको स्थानलाई हेर्दा पनि गोरखापत्रले २५.५ प्रतिशत दिएको देखिएको छ भने दी राइजिङ नेपालले १७.७ प्रतिशत स्थान दिएको छ ।

म्याकले गरेको अध्ययनले निर्णय गर्ने तहमा पुगेका र पदमा भएका महिलालाई सञ्चार माध्यमले स्थान दिने गरेको, महिला राजनीतिकर्मीका अन्तर्वार्ता र भनाइले ज्यादै कम स्थान पाएको, महिला राजनीतिकर्मीसँग महिलाकै सवालमा मात्र केन्द्रित भएर सञ्चारकर्मीले कुराकानी गर्ने गरेको देखिएको छ भने पुरुष राजनीतिककर्मीसँग भने राष्ट्रिय र समसामयिक विषयमा कुराहरु गर्ने गरेको पाइएको छ ।

त्यस्तै, मुलुकमा खराब राजनीतिक परिस्थितिलाई लिएर पत्रकार तथा लेखकहरुले पुरुष राजनीतिकर्मीलाई बढी दोषरोपण गर्ने गरेको पाइएको छ भने महिला राजनीतिककर्मीहरुले यस मामिलामा जस अपजस दुबैबाट टाढा रहेको अध्ययनले देखाएको म्याकका अध्यक्ष अनिता विन्दुले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न पार्टीका राजनीतिक दलका नेत्रीहरुले आफूले मिडियामा बोलेका कुराहरुले आफ्नो बारेमा वा पार्टी राजनीतिको बारेमा अनावश्यक तरङ नआओस् भन्नेमा सचेत हुने गरेको बताउनुभयो ।

पूर्व उपसभामुख नेपाली कांग्रेसका नेत्री पुष्पा भुसाल सञ्चारकर्मीले प्रश्न गर्दा आफ्नो पदीय जिम्मेबारीभन्दा बाहिरको प्रश्नहरुको जवाफ दिन केही बढी समय लाग्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै, नेकपा माओवादीका नेत्री अमृता थापामगरले व्यक्तिको पदीय हैसियत र उठान गर्ने विषयले नै समचारको मूल्य निर्धारण गर्ने गरेको बताउनुभयो ।

महिला तथा पुरुष दुबैमा हुने पितृसत्तात्मक सोचका कारणले पनि समाचारका विषयवस्तुको उठान प्रभावित हुने गरेको पाइएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीेले समावेशीकरणका नाउँमा धेरै पदहरु बनाए पनि निर्णय गर्ने जिम्मेबारी भने ब्यक्ति वा सानो समूहमा केन्द्रीकृत हुन थालेको र त्यहाँ महिला राजनीतिकर्मीको उपस्थिति ज्यादै न्यून हुने गरेकाले समाचारहरुमा पनि उपस्थिति कम देखिने गरेको बताउनुभयो ।

कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले गोरखापत्रका समाचारहरुलाई समावेशी बनाउने नीति, महिलाहरुको राजनीतिक, आर्थिक, सामाजिक लगायत सबै सवाललाई उत्तिकै प्राथमिकता दिँदै आएको र आगामी दिनमा पनि दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले गोरखापत्रले पत्रकार भर्ना गर्दा नै ३३ प्रतिशत महिला रहने प्रावधान राख्दै आएको, कार्यरत महिला पत्रकारलाई महत्वपूर्ण विषयबस्तुहरु समाचार लेख्न र सम्पादान गर्ने जिम्मेबारी दिने गरेको, छापिने लेख रचनाहरुमा महिलाका विषय र महिला लेखकहरुलाई उत्तिकै स्थान दिने गरेको पनि बताउनुभयो ।

अध्ययनका लागि सहयोग गर्ने टेवाका अध्यक्ष रीता थापाले समाजमा समाचार बनाउनका लागि महिलाका सकारात्मक विषयवस्तु प्रसस्त भएको तर खोज्ने जागर कम हुने गरेको बताउनुभयो ।

उहाँले टेवाले ७३ जिल्लामा महिला सशक्तीकरणसम्बन्धी काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले राजनीतिमा लाग्ने महिलालाई संस्थाले विभिन्न किसिमले सहयोग गर्दै आएको बताउनुभयो।

पत्रकारितामा परीक्षा प्रणाली लागू गर्नुपर्छ : अध्यक्ष बस्नेत

मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ। स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार बनाउने उद्देश्यका साथ स्थापना भएको काउन्सिलले पत्रकारिताको क्षेत्रमा देखिएका बेथिति, विसङ्गति र दुष्प्रचारको अन्त्य गरी पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन आचारसंहिताको कार्यान्वयन गर्दै आएको छ। प्रेस काउन्सिल नेपाल नेपाली मिडिया, सञ्चारकर्मी र सरकारबीचको सेतुको रुपमा रहँदै आएको छ। स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय पत्रकारिताको पक्षमा क्रियाशील रहेको छ।

मिडियाको नीति बनाउने सवालमा सल्लाहकारको भूमिकामा रहेर काम गरिरहेको छ। सूचना प्रविधिमा आएको परिवर्तनसँगै मिडिया क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्ने गरी नीति, ऐन, नियम, निर्देशिका वा मापदण्डहरु निर्माण प्रक्रियामा पनि काउन्सिल क्रियाशील रहेको छ। प्रेस स्वतन्त्रताको पहरेदारको भूमिका खेलिरहेको र सरकारलाई कानुन निर्माण र अन्य नीतिगत काममा सक्रिय सहयोग गर्दै आएको छ। काउन्सिलले हालसालै पत्रपत्रिकाको पछिल्लो वर्गीकरण नतिजासमेत सार्वजनिक गरेको छ। प्रस्तुत छ, सञ्चारमाध्यमलाई अनुशासित र व्यवस्थित बनाउन तथा न्यू मिडिया र सामाजिक सञ्जालले ल्याएका चुनौतीको समाधानलगायत विषयमा काउन्सिलको भूमिकाका सन्दर्भमा अध्यक्ष बालकृष्ण बस्नेतसँग राष्ट्रिय समाचार समिति (रासस) का आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

यहाँले प्रेस काउन्सिल नेपालको अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएको करिब दुई वर्ष भएको छ। यस अवधिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

मैले काउन्सिलको जिम्मेवारी लिइरहँदा राजनीतिक अस्थिरता र कोभिडको महामारीले समग्र देशको मिडिया क्षेत्र नराम्ररी प्रभावित बनेको अवस्था थियो। झण्डै तीन वर्षदेखि लोककल्याणकारी विज्ञापन रोकिएको अवस्था थियो। त्यसै त सङ्कटमा परिरहेका पत्रपत्रिकालाई राज्यबाट पाउने सुविधा लामोसमयदेखि रोकिदा कति समस्या झेल्नुपरिरहेको थियो होला। म आउने वित्तिकै रोकिएको वर्गीकरण प्रक्रियालाई टुङ्ग्याउनतिर लागें। र केही महिनाभित्रै देशभरका पत्रपत्रिकाले राहत पाए। वर्गीकरणको मापदण्डलाई समेत वैज्ञानिक र थप पारदर्शी बनाएका छौँ।

यो बीचमा स्थानीय तहको चुनाव, प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सम्पन्न भए। चुनावको मिडियाको अनुगमनमा काउन्सिलको प्रभावकारी र सन्तुलित भूमिका देखियो भन्ने प्रतिक्रिया पाएका छौँ। पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताभित्र रहेर समाचार प्रेषित गर्न, सञ्चार सङ्गठन समेतलाई सचेत र जिम्मेवार बनाउन काउन्सिल क्रियाशील रह्यो। युट्युबसहित सामाजिक सञ्जालबाट हुने गालीगलौज रोक्न विभिन्न सन्देशमूलक अभियान थालेका छौँ।

अन्यत्रबाट हुबहु सार्ने अनलाइन,, पत्रपत्रिकालाई कारबाही गर्ने, बार्गेनिङग पत्रकारितालाई निरुत्साहित गर्न विभिन्न काम हुँदै आएका छन्। पत्रकारिताको आवरणमा गलत काम गर्ने पत्रकार, प्रेस पास र पहिलो ज्याकेटको दुरुपयोग गर्नेलाई काउन्सिलले उच्च निगरानीमा राख्दै कालोसूचीमा राख्ने तह सम्मको कारबाही गर्दै आएको छ।

छापा माध्यमले भोग्नुपरेका अनेक समस्या, युट्युबसहित सामाजिक सञ्जालका समस्यालाई समाधान गर्न विभिन्न अध्ययन प्रतिवेदन तयार भएका छन्। संविधानअनुसार बन्नुपर्ने कतिपय कानुनको तर्जुमा एवं विद्यमान कानुनमा देखिएका कमजोरीको परिमार्जनका लागि सरकारलाई सुझाव दिने काम भएको छ।

काउन्सिलमा तपाई कम उमेरमा अध्यक्षको जिम्मेवारी पाउने युवा अनुहार हुनुहुन्छ। नेपाली मिडियाको राम्रा नराम्रा पक्ष केलाउने, अनुगमन र मूल्याङ्कन गर्ने जस्ता काममा यहाँको अनुभव कस्तो रहेको छ ?

काउन्सिल जस्तो निकायमा आराम गर्न वा पेन्सन पकाउन जाने दुवै होइन। पत्रकारिता जगतको नीति निर्माण तहदेखि पत्रकारका दिनानुदिनका समस्यासँग जुध्नुपर्ने हुन्छ। प्रेस र सरकारबीचको पुलको जिम्मेवारी हुँदा दुवै पक्षसँग समन्वय गरी यो क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने हुन्छ। इन्टरनेटको विविधतायुक्त प्लेटफर्म अनुसारका मिडियाले दिनहुँ नयाँ खाले अवसर, सम्भावना र चुनौती ल्याएको छ। प्रेस काउन्सिलले यी सबै पक्षलाई रचनात्मक रुपमा लिई काम गरिरहेको छ। यस्ता काममा मैले अधिकतम समय दिने गरेको छु। अग्रजहरूको सुझाव, अनुभव र युवा पुस्ताको साथ लिएर काउन्सिलले आफ्ना गतिविधि अघि बढाइरहेको छ।

अझै पनि पत्रकार आचारसंहिताको उल्लङ्घन गर्ने क्रमलाई नियन्त्रण गर्न सकिएको छैन। यसो हुनेमा के कारण देख्नुहुन्छ ?

आचारसंहिता भनेको स्वनियम हो, कडा कानुन बनाएर नियन्त्रण गर्ने भन्ने होइन। यसमा सञ्चार माध्यम र तिनमा काम गर्ने पत्रकार स्वयं जिम्मेवार र उत्तरदायी हुनुपर्छ। केही राम्रा र नमुना खाले सञ्चारमाध्यम पनि छन्। आचारसंहिताको चरम उल्लङ्घन गर्ने पनि छन्।

पत्रकारिताको आवरणमा गलत काम गर्ने प्रवृत्ति झाँगिएको छ। युटयुबसहित सामाजिक सञ्जाल आफूखुसी सञ्चालन हुँदा त्यसको नराम्रो प्रभाव छ। कुन सञ्चारमाध्यम हो, कुन होइन भन्ने छुट्याउनै गाह्रो हुने स्थिति छ। कसलाई पत्रकार भन्ने गाह्रो हुने अवस्था आइसक्यो। काउन्सिलले यी कुरामा केन्द्रित भई सामाजिक सञ्जालसमेतको कन्टेन्ट अनुगमन र प्रवृत्तिगत अध्ययन समेत गर्दै आएको छ।

युट्युबर पत्रकार हुन् कि होइनन् भन्ने बहस पनि छ। कहीँ कतै दर्ता हुनु नपर्ने, समाचार के हो रु पत्रकारिताको आधारभूत मूल्य मान्यता, सिद्धान्त के हो नबुझी ‘कन्टेन्ट’ दिने युट्यूब पनि छन्। त्यस्ता युट्यबर पनि आफूलाई पत्रकार दाबी गर्छ्न। प्रेस कार्ड भिर्छन्। पहेँलो ज्याकेट लगाउँछन्। हामीले यस्ता खाले जबरर्जस्तीलाई रोक्न, सञ्चारमाध्यमको परिचय दिनुपर्ने भए विधिवत् प्रक्रियामा आउन सहजीकरण गर्दै आएका छौँ। सञ्चारमाध्यमको कानुनी दायरा भित्र नसमेटिने तर जथाभागी विषयवस्तु पस्केर अराजकता फैलाउनेविरुद्ध विशेष निगरानी र कारबाहीसमेत गरिरहेका छौँ।

त्यस्ता विवादास्पद सञ्जाल, कतिपय अनलाइन सञ्चारमाध्यमले पनि आचारसंहिताको उल्लङ्घन गर्दै तथ्यहीन समाचार दिने गरेका छन्। विभिन्न खालको हिंसा भड्काउने र सामाजिक, पारिवारिक सम्बन्धमा खलल पुर्याउने खालका सामग्रीले पत्रकारिताको समग्र पेसाप्रति नै हिलो छ्याप्ने काम भएको छ। प्रेस काउन्सिलले उनीहरुलाई पत्र काट्ने, क्षमायाचना वा सचेत गराउने गरेको छ। सञ्चार माध्यम र पत्रकारले आचारसंहिता उल्लङ्घन गरेमा प्रेस पास निलम्बनको सिफारिसदेखि अनलाइन बन्द गर्ने, लोककल्याणकारी विज्ञापन रोक्ने तथा कालोसूचीमा राख्नेसम्मको अभ्यास भएको छ। मिडिया साक्षरता पर्याप्त नहुँदा यस्ता समस्या देखिएका हुन्। सरकारले यस्ता काममा स्रोत साधन बढाउनुपर्ने आवश्यकता देखेको छु।

त्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमको प्रभावकारिता कत्तिको देख्नुभएको छ ?

अनलाइन सञ्चार माध्यमलाई जिम्मेवार र मर्यादित बनाउन हामीले पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सुरु गरेका हौँ। पत्रकारितालाई मर्यादित बनाउन अनुगमन र कारबाहीभन्दा पनि आचारसंहिता शिक्षालाई व्यापक बनाउन आवश्यक छ। पत्रकारिताको देश र समाजप्रति विशेष सामाजिक दायित्व रहेको हुन्छ। अनलाइन मिडियालाई दर्ता हुनुअघि त्यसका सम्पादक, प्रकाशकले आचारसंहिताको अनिवार्य कक्षाको सुरुवात भएको छ। र यो प्रभावकारी समेत भएको छ। पत्रकार आचारसंहिता जागरण अभियानलाई देशव्यापी बनाइएको छ।
मिडियाबाट भएका गल्ती, कमजोरी सच्याउन र दोहोरिन नदिन विशेष निगरानी र अनुगमनमा जोड दिँदै आएको छ र  युट्युब केन्द्रित विशेष जागरण कक्षासमेत सुरु गर्दैछौँ। पत्रकारितालाई मर्यादित गराउन यस्ता कार्यक्रमले सचेतना बढ्ने विश्वास गरिएको छ।

नेपाली मिडियालाई जिम्मेवार र व्यवस्थित बनाउन प्रेस काउन्सिलले के कस्ता काम गरिरहेको छ ?

पहिलो कुरा कानुनी रुपमा बलियो हुनु जरुरी छ। त्यसका लागि भइरहेको कानुनमा आवश्यक संशोधनको गृहकार्य भइरहेको छ। मिडियाको हित, प्रवर्द्धनका लागि आवश्यक कानुनको तयारीका लागि सरकारलाई सुझाव समेत दिँदै आइरहेका छौँ। पत्रकारको योग्यता के हुने भन्ने विषयमा व्यापक छलफल गरी निष्कर्ष निकाल्नु पर्नेछ।

पर्याप्त अध्ययन नभएका, विषयवस्तुबारे अध्ययन र अनुभव नभएका जनशक्तिले मिडिया सञ्चालन गर्दा यो क्षेत्र बदनाम हुँदै गएको पनि छ। अब अबदेखि मिडिया क्षेत्रमा प्रवेश गर्न परीक्षा प्रणाली लागू गर्न आवश्यक छ। चिकित्सक, कानुन व्यवसायी, इञ्जिनीयरिङमा जस्तै अब पत्रकारितामा पनि तोकिएको परीक्षा पास गरी लाइसेन्स दिनुपर्छ भन्ने आवाज उठ्न थालेको छ। पत्रकार, सम्पादक हुन विद्यमान कानुन पुरावलोकन हुनुपर्छ।

हामी त्यसको अध्ययनमा समेत छौँ। जुन पृष्ठभूमि र अध्ययनबाट आए सम्पादक बन्न सक्ने, पत्रकारको कार्ड प्राप्त गर्न सक्ने ‘लुपहोल’ अब बन्द गर्नुपर्छ। अब मादण्ड बनाइ पत्रकार हुन परीक्षा पास गर्नुपर्ने व्यवस्थामा जानुपर्छ। प्रेस काउन्सिल त्यसको व्यवस्थापन गर्न सक्षम छ।

त्यस्तै वरिष्ठ पत्रकारको उपाधिको आधार र मापदण्ड तय गर्ने, वास्तविक पत्रकार को हुन् भन्ने पहिचान गर्न विज्ञहरु संलग्न बेग्लै कार्यदल बनिसकेको छ। सामाजिक सञ्जालमा भएका बेथितिलाई नियन्त्रण गर्न र व्यवस्थापन गर्नका लागि समिति बनाइ सरकारलाई सुझावसमेत दिइसकेका छौंँ।

आचारसंहितासम्बन्धी पुस्तीका विभिन्न मातृभाषामा प्रकाशित गरेका छौँ। पत्रकार महिलालाई पेसामा टिकाइरहन र नयाँ पुस्तालाई आकर्षित गर्न अभिमुखीकरण तालिममा जोड दिएका छौँ। प्रदेशस्तरका मिडिया विरोधी कानुन सच्याउन, आम सञ्चारसम्बन्धी सङ्घीय सरकारले ल्याउने विधेयकलाई मिडियामैत्री बनाउन काउन्सिलले विभिन्न रचनात्मक सुझाव दिएको छ। छापाखाना र प्रेसको इतिहासका लागि प्रेस सङ्ग्रहालय बनाउनेदेखि अनुसन्धानमूलक पुस्तकको तयारी, मिडियाको अङ्ग्रेजी भाषामा वर्ष पुस्तकको सुरुवात भएको छ।

त्यसैगरी मिडियामा आएका विषयमा चित्त नबुझी काउन्सिल आउने पक्षको सुनुवाइका लागि बेग्लै इजलास कक्षको तयारी भइरहेको छ। विश्व प्रेस काउन्सिलको केन्यामा भएको सम्मेलनमा अनलाइन र पत्रकारले चलाउने सामाजिक सञ्जाललाई मर्यादित बनाउन साझा खालको आचारसंहिता बनाउन नेपालको तर्फबाट प्रस्ताव राखिएको छ। त्यसबारे अरू देशमा समेत बहस भइरहेको छ। पत्रकारितामा संलग्न रहेका महिला पत्रकारलाई टिकाइराख्न उच्चस्तरको र नयाँलाई आकर्षित गराउन  आधारभूत तालिम दिन सुरु गरेका छौँ।

प्रदेश र जिल्लाका सरकारी विज्ञाापन सोही क्षेत्रका सञ्चारमाध्यमलाई दिलाउन कानुनी परिमार्जन गर्न पहल गरिरहेका छौंँ।

न्यू मिडियालाई व्यवस्थित गर्नेतर्फ काउन्सिलका प्रयासलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला ?

सूचना र सञ्चार प्रविधिमा आएको द्रूत विकासको परिणाम जन्मिएको न्यु मिडियालाई अवसरको रुपमा लिनुपर्छ। यसको सदुपयोग गरी रचनात्मक हिसाबले विषयवस्तु दिन सक्यौंँ भने यसले आम जनतालाई नै लाभ पुग्दछ भने देशको समृद्धिमा सहयोग पुग्छ। न्यू मिडिया र सोसियल मिडियालाई रचनात्मक बनाउन, मर्यादित र व्यवस्थित तुल्याउन जरुरी भइसकेको छ। न्यु मिडियाले ल्याएका विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्नुपर्ने छ।
युट्युब फेसबुब, टिकटकजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी सामग्री दिँदा जनमानसमा अनेक भ्रमण फैलिने गरेको छ।

युट्युब प्रयोगकर्तामध्ये कतिपयले पत्रकारिताको मर्म र आधारभूत सिद्धान्त र दायित्व पनि ख्याल नगरी एकपक्षीय सामग्री प्रस्तुत गरेको पाइन्छ। सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले सामाजिक उत्तरदायित्वको मर्मलाई समेत ख्याल गरेको पाइँदैन। त्यसैले सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासमेत सजग भएर जिम्मेवारपूर्ण ढंगबाट सामग्री दिनुपर्ने आवश्यकता छ। राज्यले न्यु मिडियालाई सञ्चालन गर्ने भन्ने बारेमा स्पष्ट नीति लिनुपर्ने देखिन्छ। काउन्सिलले न्यु मिडियाका विभिन्न प्लेटफर्महरुलाई सूचीकृत हुन आग्रह गरेको छ। नयाँ मिडियालाई बहिस्कार गर्नेभन्दा पनि परिस्कृत गराउन आवश्यक छ।

पत्रपत्रिकाको वर्गीकरणको विषयलाई लिएर कहिलेकाहीँ गुनासा आउने गरेका छन्। वर्गीकरणको प्रक्रियालाई कसरी पारदर्शी र व्यवस्थित गर्न सकिएला ?

पत्रपत्रिकाको वर्गीकरणको प्रक्रियालाई बढी वैज्ञानिक र पारदर्शी बनाउन मापदण्ड फराकिलो बनाएका छौँ। अबको पत्रकारितामा वितरणलाई मात्र आधार नमानी त्यसमा सम्प्रेषित विषयवस्तुको गुणस्तरियता र डिजिटल मार्केटिङ कस्तो छ भन्ने कुरालाई पनि हेर्ने गरिएको छ।

आज विश्वव्यापी रुपमै पत्रपत्रिकाको बिक्री वितरण घट्दो अवस्थामा छ। पत्रपत्रिकाले आफ्नो बिक्री वितरणको बारेमा दाबी गरेजस्तो छ छैन भने स्थलगत अनुगमन गर्ने, सर्वसाधारणको प्रतिक्रिया बुझ्नेदेखि अन्य सञ्चार माध्यमको समाचार वा अन्य सामग्री हुबहु साभार गरेको छ छैन भन्ने हेर्ने गरेका छौँ। अहिले पनि राससका समाचार, फोटो, लेख, आलेखहरू पनि स्रोत उल्लेख नगरी हुबहु आफ्नो मिडियामा प्रकाशन भएका छन्। त्यस्ता मिडियालाई कारबाहीको दायरामा ल्याइरहेका छौं।

त्यस्तै साना लगानीका मिडिया र स्वरोजगारमूलक मिडियालाई पनि फरक ढंगबाट हेरिनु पर्ने हुन्छ। शहरबाट प्रकाशित पत्रपत्रिका र विकट जिल्लाबाट प्रकाशित पत्रपत्रिकाको आकार, कलर र विषयवस्तुहरुलाई एकै आँखाबाट हेरिनु हुँदैन। कर्णाली, सुदूरपश्चिमलगायत देशका दुर्गम जिल्लाबाट प्रकाशित हुने पत्रपत्रिकाले अनेक समस्यासँग जुध्नुपर्ने हुन्छ। वर्गीकरण गर्दा यस पक्षलाई मसिनो गरी केलाउन थालेका छौं। हालै आव २०७७/७८ को ६६८ पत्रपत्रिकाको वर्गीकरणको नतिजा सार्वजनिक गरिएको छ भने एक महिनाभित्र आव २०७८/७९ को नतिजा पनि सार्वजनिक गर्नेछौँ।

रेडियो, टेलिभिजन र अनलाइन मिडियालाई पनि वर्गीकरण गर्ने कुरा के हुँदैछ  नि रु तीनको अनुगमन कसरी भइरहेको छ ?

पछिल्ला केही वर्षयता अनलाइन मिडियामा बाढी नै आएको छ। दर्ता भएका अनलाइनको सङ्ख्या चार हजार पुग्न लागिसकेको छ। काउन्सिलमा रेडियो, टिभी, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमको बेग्लाबेग्लै अभिलेखीकरण छ। तिनको सिस्टम अझै बलियो र प्रभावकारी बनाउनुपर्ने खाँचो छ।

तिनलाई निगरानी गर्न बेग्लै डेक्स छन्। त्यहीँबाट नियमित अनुगभन र कारबाही भइरहेकै हुन्छ। जहाँसम्म वर्गीकरणको कुरा छ, हामीले अब पत्रपत्रिका मात्रै होइन अनलाइनलाई समेत व्यवस्थित बनाइ वर्गीकरण गर्न आन्तरिक काममा जुटेका छौँ। त्यसका लागि मापदण्ड बन्दैछ। अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापनस्वरुप सहुलियत दिन सरकारलाई लेखी पठाइसकेका छौँ।

नेपालको दूरसञ्चारसम्बन्धी विधेयकको विश्लेषण अभिव्यक्ति, प्रेस तथा गोपनीयताको हकमा प्रभाव

परिचय

लोकतन्त्रमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, गोपनीयता तथा सूचनाको हक, मानव अधिकार नागरिकका नैसर्गिक अधिकार हुन् । नागरिकका हक अधिकारलाई सम्मान तथा प्रबद्र्धन गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न तथा राष्ट्रिय सुरक्षा र आन्तरिक सुरक्षा कायम गर्नु सरकारको जिम्मेवारी हो । तर, राज्यले बेला बेलामा विभिन्न बाहनामा संविधानको मौलिक अधिकारमा प्रत्याभूत गरिएका अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सूचना तथा गोपनीयताको हक लगायतमा धावा बोल्ने र नागरिकको सूचनामाथि निगरानी तथा नियन्त्रणका लागि प्रयास गरेको पाइन्छ ।

यहाँ अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र गोपनीयता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता, नागरिकाको सूचनामाथि राज्यले गर्न खोजेको निगरानी, दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उल्लेखित प्रावधानहरुले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र गोपनीयताको हकमा पार्न सक्ने असर र विधेयकमा गरिनुपर्ने संशोधन लगायतका पक्षमा चर्चा गरिएको छ ।

पूर्ण विवरणका लागि लिंक प्रयोग गर्नुहोस् : https://mediapolicy.org.np/document/telecommunicationbill/

Necessary laws related to communication underway: Minister Sharma

Kathmandu, April 3: Minister for Communication and Information Technology, Rekha Sharma, has said laws related to communications are in the process of making.

At a programme organised here today on the occasion of the 73rd anniversary of Radio Nepal, Minister Sharma said that necessary laws including Mass Communication Act and Media Council Act are in the formulation process based on advice and suggestion of legal experts and concerned bodies.

Saying Radio Nepal, Gorkhapatra and Nepal Television are important media of communications, she shared that the government is in preparation to forward the Public Service Broadcasting Bill.

The Communications Minister urged one and all not to misuse communications and information technology. She directed Radio Nepal to produce more message-oriented programmes and to take them among the people, as well as to make a systematic plan where cent per cent of people could receive Radio Nepal.

Talking about the importance of Radio Nepal, Minister Sharma mentioned, “We were very weak in terms of information and communication. There was no internet access in our villages. Radio Nepal was only the available reliable medium of information, entertainment, and news. But it is still a reliable medium in the present context.”

She further said that Radio Nepal has revised itself as per the changing context of the country and pointed out the need for further reforms in some of the contexts.

Minister Sharma viewed that the role of Radio Nepal is more significant to safeguard achievements gained in the country—democratic republic, constitution and inclusive policies, to institutionalize the achievements and take them among the people.

She asked Radio Nepal to prepare a new plan at a time when the government is in preparation to make policies and programmes for the coming fiscal year.

On the occasion, Radio Nepal has awarded senior lyricist, singer and musician Madhav Shrestha ‘Mohit’ and senior Radio journalist Dhana Lama with this year’s ‘Rashtriya Shrasta Samman’.

Communications Minister Sharma presented the award. The award carries a purse of Rs 51,000 each.

Similarly, the prize was given away to winners of the modern song competition – Mamata Gurung (Kaski) who came out first, Muna Thatal (Panchthar) who came out second position and Saroj Pariyar (Bhaktapur). The competition was organised on the occasion of the anniversary.

On the occasion, Secretary of the Communications Ministry and Chairperson of the Radio Broadcasting Service Development Committee, Krishna Bahadur Raut, said Radio Nepal has been playing a positive role in changing the society through the contents as per the interest and demand of all Nepalis including the marginalized, backward and indigenous nationalities.

Presenting a progress report, Executive Director of Radio Nepal Buddhi Bahadur KC, said Radio Nepal could be received in Nepal and abroad as it has been broadcasting its contents through both technologies—terrestrial and digital.

Established on Chait 20, 2007 BS, Radio Nepal has now been broadcasting news in 21 languages, programmes in 20 languages as well as other musical programmes. (RSS)

नियन्त्रित होइन, स्वतन्त्र र स्वायत्त

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको अनिवार्य सर्त हो । स्वतन्त्र मिडियाबिना लोकतन्त्रको परिकल्पना गर्न सकिन्न । सरकारले मिडियाको स्वामित्व लिने, सञ्चालन वा नियन्त्रण गर्ने अवधारणा लोकतन्त्रअनुकूल होइन । तर, राष्ट्रिय एकताको प्रवर्द्धन गर्न तटस्थ सञ्चार भूमिकाका निम्ति स्वतन्त्र, स्वायत्त र जवाफदेह प्रसारण माध्यमको स्थापना र सञ्चालन गर्ने सन्दर्भ भने राज्यको दायित्वभित्र पर्ने विषय हो । सार्वजनिक सेवा प्रसारणले यही मान्यतालाई आत्मसात् गर्छ । यो मान्यता अन्तर्गत अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गर्दै नेपालमा पनि सार्वजनिक सेवा प्रसारण (पीएसबी) को अवधारणा विकास भएको हो ।

विश्वमा सार्वजनिक सेवा प्रसारणको अभ्यास हुन थालेको लगभग एक शताब्दी भइसकेको छ । सन् १९२२ मा स्थापना भएको ब्रिटिस ब्रोडकास्टिङ कम्पनी १ जनवरी १९२७ देखि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को नामबाट सार्वजनिक सेवा प्रसारणमा परिणत भयो । स्रोत र जवाफदेहीका हिसाबले संसद् अन्तर्गत रहेको बीबीसी विश्वभर स्वतन्त्र, स्वायत्त र जवाफदेह सार्वजनिक प्रसारकका रूपमा लोकप्रिय छ ।

सन् १९२४ मा स्थापना भई तीनवटा संस्था मर्ज भएर सन् १९२६ मा जापान ब्रोडकास्टिङ कर्पोरेसन (एनएचके) को जन्म भयो । सन् १९५० देखि नयाँ प्रसारण कानुन अन्तर्गत सञ्चालित एनएचके विश्वमै अर्को उदाहरणीय सार्वजनिक प्रसारक मानिन्छ । प्राकृतिक विपत्तिको पूर्वसूचना, समाचार र जनचेतना एवं शिक्षामूलक सामग्री प्रसारणमा यससँग प्रतिस्पर्धा गर्न सक्ने अर्को कुनै माध्यम अहिलेसम्म देखिएको छैन ।

सन् १९८० को दशकदेखि विश्वमा सरकारनियन्त्रित रेडियो तथा टेलिभिजनलाई सार्वजनिक प्रसारकमा परिणत गर्ने लहर चल्यो । यो क्रम युरोप, अमेरिका, अफ्रिका र एसियामा पनि बढ्दो छ । भारतमा सन् १९९० मा पारित प्रसार भारती (ब्रोडकास्टिङ कर्पोरेसन अफ इन्डिया) ऐन अनुसार रेडियो आकाशवाणी र दूरदर्शनलाई मर्ज गरेर सन् १९९७ देखि सार्वजनिक सेवा प्रसारणका रूपमा सञ्चालन गरिँदै आएको छ ।

थुप्रै लोकतान्त्रिक मुलुकमा सार्वजनिक प्रसारकको स्थापना गरी सरकारी प्रसारण माध्यमलाई त्यसमा रूपान्तरण वा समाहित गर्ने क्रम चलिरहेको छ । यस्तो मिडिया पद्धति विकास गर्दा धेरैजसोमा राज्यहरूले नै स्वतन्त्र, स्वायत्त र जवाफदेहीको प्रत्याभूतिसहित बलियो सार्वजनिक प्रसारकको स्थापना गरेका छन् । बेलायत, जापान, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, भारत आदि यसका उदाहरण हुन् ।

राष्ट्रिय आवश्यकता

नेपालमा सार्वजनिक सेवा प्रसारण (पीएसबी) को परिकल्पना प्रजातन्त्रको पुनःस्थापनापछि भएको हो । २०६० सालको भारतदत्त कोइराला समितिले रेडियो नेपाल र नेपाल टेलिभिजनको सुधारका सन्दर्भमा यो अवधारणातर्फ जान सुझाव दियो । सार्वजनिक सेवा प्रसारकको मूर्त अवधारणा लोकतन्त्रको स्थापनापछि विकास भयो । राधेश्याम अधिकारीको नेतृत्वमा गठित उच्चस्तरीय मिडिया आयोग–२०६३ ले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा लैजान कानुनी प्रबन्ध गर्नुपर्ने सुझाव दियो । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै काशीराज दाहालको अध्यक्षतामा गठित सूचना तथा सञ्चार सम्बन्धी उच्चस्तरीय समितिको सिफारिस बमोजिम राष्ट्रिय आमसञ्चार नीति–२०७३ जारी भयो । यो नीतिमा सार्वजनिक सेवा प्रसारणको स्थापना गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रूपान्तरण गर्ने घोषणा गरियो । नीति अनुसार विधेयक बन्यो तर विषयवस्तु त्यस अनुरूप भएन ।

विधेयकको अवस्था

संघीय संसद्मा २०७७ सालमा पेस भएको सार्वजनिक सेवा प्रसारण विधेयक राष्ट्रिय सभाबाट परिमार्जनसहित अहिले प्रतिनिधिसभामा पुगेको छ । प्रतिनिधिसभामा पनि सैद्धान्तिक छलफल भई संशोधन प्रस्ताव दर्ताको ७२ घण्टे अवधिको अन्तिम विन्दुतिर छ । तर, यहाँसम्म आइपुग्दा पनि विधेयक सार्वजनिक सेवा प्रसारणको वास्तविक अवधारणा अनुरूप बन्न सकेको छैन । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने विषयमा विधेयक स्पष्ट छ । तर, त्यसपछिको सञ्चालन विधि र सार्वजनिक सेवा प्रसारकमा रूपान्तरणका विषयमा थुप्रै अस्पष्टता देखिन्छ । विधेयकका कतिपय प्रावधान संकुचित र नियन्त्रणमुखी छन् । प्रतिनिधिसभामा सैद्धान्तिक छलफलका क्रममा कतिपय सांसदले व्यक्त गरेका धारणा अझ बढी निराशाजनक छन् ।

नेपालमा सार्वजनिक सेवा प्रसारकको आवश्यकता र औचित्य छ । यसलाई अघि बढाउनुपर्छ । तर, यथारूप होइन, सुधारसहित । पछिल्लो समय सरकारले गठन गरेको आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले वर्तमान विधेयकमा तत्काल गर्नुपर्ने सुधारका निम्ति सुझाव दिएको छ । विधेयकमाथि संशोधनका क्रममा त्यसलाई समेट्ने हो भने सार्वजनिक सेवा प्रसारण विधेयकले न्यूनतम मापदण्ड कायम गर्न सक्छ ।

संशोधनका मुख्य क्षेत्रहरू

प्रतिनिधिसभामा विचाराधीन सार्वजनिक सेवा प्रसारण विधेयकमा मुख्यतः यसको अवधारणा, यसले उत्पादन र प्रसारण गर्ने कार्यक्रम, सार्वजनिक जवाफदेही, वित्तीय व्यवस्था, नेतृत्व र संरचनागत ढाँचामा स्वायत्ततालाई प्रत्याभूत गर्नुपर्छ । त्यसका निम्ति प्रस्तावना, नाम, कार्यक्रमको प्राथमिकता, अधिकार क्षेत्र, पहुँच र वित्तीय स्रोतमा संशोधन जरुरी छ । यस्तै, सञ्चालक परिषद्को संरचना, सञ्चालक समिति, त्यसका लागि सिफारिस समिति, नियुक्ति, पदबाट हटाउने प्रावधानमा पनि उल्लेख्य परिमार्जन आवश्यक छ ।

आम नागरिकको पहुँच, अपनत्व र व्यापकताका निम्ति सञ्चालक परिषद्मा हालको व्यवस्थासँगै पिछडा वर्ग, अल्पसंख्यक, अपांगता, पिछडिएको क्षेत्र, किसान, श्रमिक, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, साहित्य, भाषा, संस्कृति, चलचित्र आदि क्षेत्र र कर्मचारीको समेत प्रतिनिधित्व हुने गरी सदस्य थप गर्न आवश्यक छ । त्यसमा महिलाको सहभागिता बढाउनुपर्छ ।

सञ्चालक समितिमा कार्यकारी प्रमुखका रूपमा अध्यक्षका साथै पूरा समय काम गर्ने गरी टेलिभिजन र रेडियोतर्फका विज्ञ एकएक सदस्य व्यवस्था गर्नुपर्छ । तीन जना पूर्णकालीनमा एक महिला अनिवार्य गर्नुपर्छ । समितिका अध्यक्ष र सदस्यको विज्ञतासँगै तटस्थताका निम्ति पनि थप सर्त राख्नुपर्छ । यस्तै, समितिको स्वायत्तताका निम्ति अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आमसञ्चार नीति तथा अन्य समिति र सरोकारवालाको प्रस्ताव अनुरूप सञ्चालक समितिको चयन गर्न प्रतिनिधिसभाको सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसहितको सिफारिस समितिको व्यवस्था गर्नुपर्छ । प्रसार भारतीमा माथिल्लो सभाका अध्यक्ष — जो उपराष्ट्रपति हुन्छन् — को अध्यक्षतामा रहने समितिको सिफारिसमा राष्ट्रपतिले यसको सञ्चालक नियुक्त गर्ने व्यवस्था छ । कतिपय देशमा संसद्ले नियुक्त गर्ने र कतिपयमा संसद्ले नियुक्तिको अनुमोदन गर्ने अभ्यास पनि छ । नेपालमा सूचना आयोगको व्यवस्थासमेतलाई दृष्टिगत गरी सभामुखको अध्यक्षतामा सिफारिस समिति बन्ने र त्यसको सिफारिसमा सरकारले नियुक्त गर्ने सुझाव आमसञ्चार नीतिसहितको प्रतिवेदनका साथै नीर शाह संयोजक रहेको समिति एवं नेपाल पत्रकार महासंघसहितका सरोकारवालाको सुझावमा छ । सुरेश आचार्य संयोजक रहेको पछिल्लो समितिले पनि नियुक्तिको सिफारिस, सञ्चालक समितिको संरचना, योग्यता, कार्यमूल्यांकन तथा पदमुक्त गर्ने प्रावधान यही अवधारणा अनुसार हुनुपर्ने सुझाव दिएको छ ।

वित्तीय स्रोतको सुनिश्चितताका निम्ति विधेयकको विद्यमान व्यवस्थामा प्रसारण इजाजत, नवीकरण, वितरण तथा दूरसञ्चार सेवाको शुल्क वा रोयल्टी एवं अन्य वस्तु वा सेवामा लाग्ने करमा तोकिए बमोजिम थप वा कट्टा गरी प्राप्त रकम एवं संस्थाले उपलब्ध गराएको सेवा, विज्ञापन, कार्यक्रम प्रसारण वा पुनः प्रसारणबापत प्राप्त रकम थप गर्नुपर्छ ।

त्यस्तै, जवाफदेही सुनिश्चितताका निम्ति श्रोता तथा दर्शक समूह र गुनासो तथा उजुरी सुनुवाइ समितिको प्रबन्ध गर्न आवश्यक छ । सरकारले निर्देशन दिन सक्ने, तोकिएका अन्य कार्य गर्नेजस्ता अस्पष्ट र नियन्त्रणमुखी प्रावधान हटाउन वा संशोधन गर्न जरुरी छ । संस्थाको संक्रमणकालीन व्यवस्था, समायोजन प्रक्रिया र जनशक्ति व्यवस्थापनका सन्दर्भमा पनि थप स्पष्टता जरुरी हुन्छ ।

पीएसबी कि पीएसएम ?

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गरेर पीएसबी बनाउँदै गर्दा गोरखापत्रसमेतलाई गाभेर पीएसएम अर्थात् सार्वजनिक सेवा माध्यम बनाउनुपर्ने तर्क पनि आएका छन् । पीएसबी पुरानो मान्यता भयो, अब पीएसएममा जानुपर्छ भन्ने सोच गलत होइन । कतिपय मुलुकमा यसको अभ्यास हुन थालिसकेको छ । तर, पीएसएम न्यु मिडिया वा डिजिटल मिडियाको विस्तारसँगै विकसित मिडिया कन्भर्जेन्सको अवधारणा होÙ छापामाध्यम मिसाउने होइन । नेपालमा अघि बढाइएको पीएसबी पनि यस सन्दर्भमा पीएसएमकै अवधारणा हो । यसलाई प्रसारण माध्यमको नयाँ पद्धतिको अवधारणामै सीमित र विकास गर्नुपर्छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्ट नेपाल टेलिभिजनका फूर्वकार्यकारी अध्यक्षसमेत हुन् ।

प्रकाशित : चैत्र ३०, २०७९ ०७:४९

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने

काठमाडौँ, चैत २६ गते । सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ। हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको एक कार्यविधि छ तर त्यो ‘हेलो सरकार’ सञ्चालनका लागि मात्र लक्षित थियो।

स्पष्ट मार्गदर्शक दस्तावेज नहुँदा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट पदाधिकारीका सामाजिक सञ्जालका आधिकारिक पेज सञ्चालनमा पनि व्यक्ति परिवर्तन हुँदा समस्या आउने गरेको छ। केही समयअघि राष्ट्रपति परिवर्तन हुँदा पनि त्यस्तै ट्वीटर ह्यान्डिल सञ्चालनमा समस्या आएको थियो। त्यस्तै समस्या रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज दुई वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन। शनिबार मात्र उक्त पेज सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताउनुभयो।

यस्तै समस्या मन्त्रालय, विभाग वा कार्यालयका तर्फबाट सञ्चालन गरिने सामाजिक सञ्जालमा समेत रहेको छ। यीलगायतका समस्या समाधानका लागि अब सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना दिन निश्चित प्रक्रिया पूरा गरेर मात्रै सामाजिक सञ्जाल सञ्चालन तथा प्रयोग गर्न पाउने भएका छन्।

यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहसम्म सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्न ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका–२०८०’ ल्याउन लागिएको छ। निर्देशिका तर्जुमा टोलीका एक सदस्यका अनुसार यसअघि जारी ‘सरकारी निकायद्वारा सामाजिक सञ्‍जाल प्रयोग गर्ने कार्यविधि– २०७५’ भन्दा निर्देशिका थप परिष्कृत हुनेछ।

२०७५ को कार्यविधि सामयिक नभएकाले अब बन्ने निर्देशिकाले अहिले सञ्चालनमा रहेका र भविष्यमा आउन सक्ने सबैखाले सामाजिक सञ्जाललाई निर्देशिकाले सम्बोधन गर्ने बताइएको छ। “यसअघिको कार्यविधिले फेसबुक, ट्वीटर, भाइबरलगायतका सामाजिक सञ्जाल सञ्चालन कसरी गर्ने भन्ने विषय राखेको थियो। अब जारी हुने निर्देशिकामा हामीले सामाजिक खाता तथा ह्यान्डल कसरी बनाउने, टु फ्याक्टर अथेन्टिकेसन अनिर्वाय गर्ने, इमेल र मोबाइल नम्बर कार्यालयकै राख्नेलगायतका कुरा समावेश गर्ने भन्नेबारेमा छफलफल गरेका छौँ,” निर्देशिका तर्जुमा टोलीका सदस्यले बताउनुभयो। प्रधानमन्त्री कार्यालयले तर्जुमा गर्दै गरेको निर्देशिका निर्माण सुरु भएको करिब दुई महिना भएको छ।

निर्देशिकामा सरकारका सबै तहका निकायले कसरी सामाजिक सञ्जालका खाता तथा ह्यान्डलको नामकरण गर्दा कसरी एकरूपता आउँछ एवं अफिसियल इमेल र मोबाइल नम्बर राख्ने, एकाउन्ट सञ्चालन कार्यालय प्रमुख वा सूचना अधिकारी कसले गर्नेलगायतकाविषय समेटिनेछ।

यस्तै निर्देशिकामा सरकारी निकायले सञ्चालन गर्ने सामाजिक सञ्जालको एकीकृत भेरिफाइड गर्ने प्रस्तावसमेत गर्न लागिएको छ। यस प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयले फेसबुकको मातृ कम्पनी मेटासँग अनौपचारिक रूपमा एक तहको वार्ता गरेको छ। सरकारको प्रस्तावमा मेटा सकारात्मक रहेको र अन्य सामाजिक सञ्जालसँग पनि नेपाल सरकारले उच्च तहमा वार्ताको प्रयास भइरहेको बताइएको छ।

“सरकारी निकायले सञ्चालन गर्ने सामाजिक सञ्जाल भेरिभाइका लागि सम्बन्धित निकायको उपल्लो तहको निकायमा एकमुष्ट निवेदन सङ्कलन गर्ने र पछिल्लो समयमा ट्वीटर र फेसबुकले भेरिफाइड एकाउन्टका लागि लिने मासिक वा वार्षिक रकम नलिन आग्रह गर्ने भन्नेसम्बन्धमा यसअघि राष्ट्रपति र प्रधानमन्त्री परिवर्तन हुँदा वा सरकारी कार्यालयमा प्रमुखको पदावधि सकिएपछि सामाजिक सञ्जालका खाता तथा ह्यान्डल व्यक्तिगत बनाउने परिपाटी छ। यस्तो समस्या समाधानका लागि सरकारी अधिकारी जस्तै सचिव, प्रवक्ता, सूचना अधिकारीलगायतले मात्र यस्ता सरकारी तथा आधिकारिक सामाजिक सञ्जाल सञ्चालन तथा प्रयोग गर्ने व्यवस्था निर्देशिकामा प्रस्ताव गरिएको छ।

प्रधानमन्त्री कार्यालयले नेपाल सरकारमातहतमा रहेका सबै कार्यालयले फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल प्रयोग गर्ने गरी निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको जनाएको छ। उक्त निर्देशिका मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै कार्यान्वयनमा आउनेछ। निर्देशिका सञ्चालनमा आएपछि नेपाल सरकारका तीनै तहका सबै कार्यालय र निकायले तोकिएका सामाजिक सञ्जालको अनिवार्य प्रयोग गर्नेछन्। यसबाट सरकारी कामकाज र सेवाको सेवाग्राहीमा व्यवस्थित प्रचार र सूचना सम्प्रेषण हुने अपेक्षा गरिएको छ।

सार्वजनिक सेवा प्रसारण विधेयक पारित

काठमाडौँ, चैत २२ गते । सरकारी सञ्चार माध्यमका रूपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा स्थापना गर्न ल्याइएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएको उक्त विधेयकलाई अब प्रतिनिधि सभामा पठाइनेछ।

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७९ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७९ विधायन समितिको प्रतिवेदनसहित निर्णयार्थ प्रस्तुत भएकोमा दुवै विधेयक सर्वसम्मतले पारित भएका छन्। दर्ता भएको करिब तीन वर्षपछि दुवै विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएका हुन्। दुवै विधेयक २०७७ साल असार २४ गते राष्ट्रिय सभामा दर्ता भएका थिए।

विधायन समितिबाट सुझावसहित आएको विधेयकलाई सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभयो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले दुवै विधेयक छलफलका लागि राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको थियो।

राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले समितिमा छलफलको क्रममा दिइएको सुझावलाई आत्मसात् नगरी विधेयक ल्याइएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, “विधेयकमा गरिएको व्यवस्थाले दुवै सञ्चार माध्यम सरकार र मन्त्रीकै नियन्त्रणमा रहने देखियो। संविधानले अपेक्षा गरेबमोजिम स्वतन्त्र, स्वायत्त र निष्पक्ष तरिकाले प्रसारण गर्न सक्ने अवस्था रहँदैन।”

राष्ट्रिय सभा सदस्य देवकोटाले सार्वजनिक सेवा प्रसारणलाई संसद्मातहत ल्याउन सुझाव दिनुभएको थियो। उहाँले भन्नुभयो, “बजेट सरकारले उपलब्ध गराउने, कर्मचारी नियुक्ति र भर्ना मन्त्रीले गर्ने भएपछि सार्वजनिक प्रसारण कसरी निष्पक्ष र जनताप्रति उत्तरदायी हुन्छ ?”

उहाँले उक्त विधेयक कानुनका रूपमा आए पनि स्वतन्त्र, निष्पक्ष रूपमा प्रसारण हुन नसक्ने भन्दै विधेयक फिर्ता लिन आग्रह गर्नुभयो। जवाफमा मन्त्री भुसालले राष्ट्रिय सभाबाट पारित भए पनि प्रतिनिधि सभामा पेस हुन र छलफल हुन बाँकी नै रहेकाले केही परिमार्जन आवश्यक भए प्रतिनिधि सभाबाट हुन सक्ने तर्क गर्नुभयो।

प्रतिनिधि सभाबाट पारित भएपछि सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण गरिनेछ। प्रसारण संस्थाको नीति निर्माण गर्न तथा सो संस्थाले सम्पादन गर्नुपर्ने कार्यका लागि नीतिगत निर्देशन दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने १५ सदस्यीय परिषद् रहनेछ।

संस्थामा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष रहने गरी कार्यकारी समिति रहने विधेयकमा व्यवस्था गरिएको छ। सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान, विदेशी सरकार वा सङ्घसंस्थाबाट प्राप्त रकम वा संस्थाको आम्दानीबाट प्राप्त रकमले सञ्चालन हुने स्वायत्त संस्था हुने व्यवस्था गरिएको छ।

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा विशेष समयमा मन्तव्य राख्ने सदस्यले सरकारको कामकारबाहीलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए। बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री भुसालले आगामी आर्थिक वर्षको बजेटका लागि नीतिगत तयारी भइरहँदा सदस्यहरूलाई सुझावका लागि आग्रह गर्नुभयो।