Nepal Media Society condemns attack on media houses
Demands action against perpetrators
Published at : March 30, 2025
Updated at : March 30, 2025 13:43
Kathmandu
Nepal Media Society, an organisation of owners of Nepal’s major media houses, has condemned the attack on media institutions during a protest by pro-monarchy groups and urged the government to take immediate legal action against those responsible.
Issuing a statement on Saturday, the society said it was deeply concerned over the assault on press freedom. It denounced the violent attacks on the offices of Annapurna Post and Kantipur Television in Kathmandu’s Tinkune area on Friday, calling it a direct assault on the law and freedom of expression.
The statement criticised the violent acts targeting media houses, private buildings, supermarkets, political party offices, and government institutions. It urged citizens, political parties, journalists, and businesses to remain vigilant against such violent incidents and to uphold democratic principles.
The society also demanded that the protest organisers take responsibility for the violence and face legal consequences. It called on the government to ensure journalists’ safety, press freedom, and the security of media institutions by taking immediate legal action against those involved.
FNJ fact-finding committee starts work on Suresh Rajak’s death
Member says the team has already started its work as entrusted by the central committee.
Published at : March 30, 2025
Updated at : March 30, 2025 19:51
Kathmandu
A fact-finding committee formed by the Federation of Nepali Journalists has started its work to investigate the death of video journalist Suresh Rajak during the pro-monarchy riots on Friday.
An emergency central committee meeting of the FNJ on Saturday formed the seven-member team under the leadership of Umid Bagchand, a vice-chair of the FNJ. Other members of the study panel are Ramesh Khatiwada, Soni Sharma, Prakash Dhaulakoti, Baikuntha Raj Parajuli, Sabin Priyasan and Ashok Tiwari.
The panel has been entrusted with investigating the issue after meeting Rajak’s family members and the officials from the media organisation he was working at, among other stakeholders, and submitting a report to the FNJ’s executive committee.
On Friday, Rajak was found dead inside a building that was set on fire. Rajak was filming the pro-monarchy demonstrations from the Tinkune-based building. He was working as a video journalist at the Avenues Television in Kathmandu.
“We have already started our work,” FNJ Secretary Dhaulakoti told the Post.
Meanwhile, the FNJ has launched protests across the country demanding justice for the deceased journalist.
FNJ chapters in all the 77 districts staged demonstrations on Saturday and journalists wore black armbands while working at their newsrooms on Sunday as a protest.
The journalists’ umbrella body has planned to submit letters to federal and provincial home ministers demanding reparation to the deceased family, free treatment of the journalists who sustained injuries during the protest, guarantee of press freedom and safety of mediapersons.
The central body of the FNJ held a rally against the attacks on journalists and media houses on Saturday morning. The pro-monarchy protesters attacked Tinkune-based Kantipur Television and Annapurna Media Network during Friday’s protest. They set fire to private houses and vehicles and looted shops including Bhatbhateni Supermarket.
काठमाडौँ — तीनकुनेको हिंसात्मक प्रदशर्नका बेला सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हमलाविरूद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले शनिबार सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ केन्द्रीय समितिले संघीय सरकारका गृहमन्त्री रमेश लेखक, प्रदेश समितिहरूले मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री र शाखाहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सोमबार ध्यानाकर्षण पत्र बुझाएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।
महासंघले मृतक पत्रकारको न्याय र उनका परिवारलाई क्षतिपूर्ति, आगजनी र ढुंगामुढा गरी क्षति पुर्याइएका संचार गृहलाई क्षतिपूर्ति,घाइते पत्रकारको उपचार, क्षति पुर्याइएका र हराएका सञ्चार उपकरणको क्षतिपूर्ति तथा सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति नभए एक सातापछि सरकारविरूद्ध आन्दोलित हुने चेतावनी सरकारलाई दिएको छ ।
ध्यानाकर्षण पत्रमा आगोमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको सम्बन्धमा छानबिन गरी दोषीहरूलाई तत्काल कारबाही गर्न र उनका परिवारलाई क्षतिपूर्ति दिन, क्षति पुर्याइएका अन्नपूर्ण पोस्ट, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजनलाई क्षतिपूर्ति दिन र घाइते पत्रकारलाई क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन माग गरिएको छ ।
यस्तै विगतदेखिकै प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा संलग्नहरूलाई कानुनी कारबाही र सञ्चार गृह तथा सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन महासंघले माग गरेको छ । ती मागको यथोचित सम्बोधन नभए महासंघ सरकारविरुद्ध आन्दोलित हुने महासचिव दाहालले बताए । गृहमन्त्री लेखकलाई महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझाएको हो । आचार्यले महासंघका माग सम्बोधन गर्न अनुरोध गरेका छन् भने गृहमन्त्री लेखकले मागप्रति सरकार गम्भीर रहेकाले आवश्यक परामर्शपछि निर्णय लिइने जानकारी गराए । यसैगरी महासंघको टोलीले मारिएका पत्रकार रजकको परिवार र आफन्तसँग भेटी छलफल गरेको छ ।
नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चार गृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ।
महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिमा महासङ्घका छ जना सचिव सदस्य रहेका छन्। समितिमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहेको महासङ्घले जनाएको छ।
समितिले आजै आक्रमण गरिएका सञ्चार गृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले जानकारी दिए। समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्ने छ। समितिले घटना के, कसरी भयो? अब महासङ्घ कसरी अघि बढ्ने? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ।
पूर्वराजा समर्थित समूहहरूले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए। प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो। कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए।
राजावादी समूहको हिंसात्मक आन्दोलनका क्रममा आगलागीमा मारिएका पत्रकार सुरेश रजकसहित सञ्चारगृह तोडफोडको विरोधमा सुनसरीको इटहरीमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघ सुनसरी शाखाको अगुवाइमा पत्रकारहरूले इटहरी उपमहानगरपालिकाअगाडि भेला भएर बजार परिक्रममा गरेका हुन्। पत्रकारहरूले प्रदर्शनपछि आयोजित शोकसभामा मारिएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्न र उनको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै दोषीलाई कारबाही गर्न दबाब दिए। साथै, अन्नपूर्ण, कान्तिपुर लगायत सञ्चारगृहमा तोडफोड गर्ने र हिमालय टिभीको सवारीसाधनमा क्षति पुर्याउनेलाई पनि कारबाही गर्न माग गरे।
शुक्रबार राजावादीको नाममा भएको आन्दोलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एकजना पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा महासंघले शनिबार देशव्यापी विरोध प्रदर्शन भएको छ। जसमा कोसी प्रदेशको सुनसरीको इटहरीसहित मोरङको विराटनगर, झापाको विर्तामोड, इलाम र धनकुटामा पनि नेपाल पत्रकार महासंघ जिल्ला शाखाको अगुवाइमा विरोध प्रदर्शन गरियो।
प्रेस चौतारी नेपालले शुक्रबार पूर्वराजावादीको प्रदर्शनका क्रममा क्षति भएका सञ्चार माध्यमको अवलोकन गरेको छ। अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले क्षति भएका सञ्चार माध्यम र घाइते भएका पत्रकारको अवस्थाबारे आज जानकारी लिएको हो।
अध्यक्ष पाण्डेले राजावादीले सञ्चार माध्यमलाई आक्रमणको निशाना बनाएकामा दुःख व्यक्त गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनले प्रदर्शनकारीको उद्दण्ड र हिंसात्मक कार्यको आलोचना गर्दै राज्यले अपनाएको संयमताकै कारण शुक्रबार ठुलो क्षति हुन नपाएको बताए।
अध्यक्ष पाण्डेले पत्रकारको सुरक्षाको लागि ध्यान दिन राज्य सम्बद्ध निकायलाई आग्रह गरे।
प्रेस चौतारीका महासचिव हिरामान लामाले सञ्चार माध्यममा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिलाई स्थापित गर्न सपना देखिएको तर त्यो पूरा नहुने बताए।
प्रेस चौतारीले राजावादीको आक्रमणबाट क्षति बेहोरेका कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट, हिमालय टिभी र घाइते भएका अनलाइन खबरका सञ्चारकर्मीलगायत आबद्ध सञ्चार गृहमा पुगेर स्थलगत अवलोकन गरेको थियो।
अवलोकनका क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा बढी क्षति पुगेको पाइएको प्रेस चौतारीका अध्यक्ष पाण्डेले बताए। हिजो प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको ज्यान गएको थियो।
राजसंस्थाको पुनर्स्थानाको माग राख्दै शुक्रबार भएको प्रदर्शनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममा भएको आक्रमणविरुद्ध सञ्चारकर्मीहरूले माइतीघरमा विरोधसभा गरेका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा भेला भएका सञ्चारकर्मीहरूले शुक्रबार भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्। पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
शुक्रबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रूप लिएको पत्रकार महासंघले ठहर गरेको छ। व्यवसायी दुर्गा प्रसाईंकाे नेतृत्वमा भएकाे आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियाे।
त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने काम भएको भन्दै सञ्चारकर्मीहरुले उक्त घटनामा संलग्नमाथि कानुनी कारबाहीको समेत माग गरेका छन् ।
माइतीघरमा भएको प्रदर्शन र कोणसभामा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले उक्त घटनाका दोषिमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सञ्चारकर्मीहरुलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार हनन् भएको बताए । ‘हिजोको घटनामा पत्रकार हत्या भएको हो, विभिन्न सञ्चार माध्यममा ढुंगामुडा गर्ने काम भएको छ, प्रदर्शनकारीको आक्रमणका कारण अनलाईन खबरका पत्रकार दिनेश गौत्तमको खुट्टा भाँचिएको छ, यसमा वास्तविकता छानबीन गरी कारबाही हुनुपर्छ,’ उनले भने ।
प्रदर्शनमा सहभागी महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले हिजोकाे घटनामा पत्रकारलाई जलाइएको बताउँदै यो घटना क्षम्य हुने किसिमको नरहेको बताए ।
‘नेपालमा फेरी पत्रकारहरुले लेखेकै कारण र सूचना सम्प्रेषण गरेकै कारण ज्यान गुमाउनुपर्ने अवस्था आयो, हिजोको घटनामा सञ्चारकर्मीको मृत्यु होइन, हत्या हो, नेपालको सञ्चार इतिहासमा कालो दिनको रुपमा यो घटना थपिएको छ, यो क्रुर घटना हो,’ उनले भने । पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघले अन्य कार्यक्रम तय गरेपछि शनिबारको घटनालाई मध्यनजर गर्दै विरोध सभा आयोजना गरेको हो ।
स्थापना दिवस प्रभावित
पत्रकार महासंघले स्थापना दिवसका अवसरमा शनिबारका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । स्थापना दिवसलाई पत्रकारको ज्यान लिनेगरी भएको घटना र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउने निर्णय गरेको छ ।
केन्द्रीय समितिले शनिबार बिहान माइतीघर मण्डलामा भेला भएर पत्रकारको ज्यान जानेगरी भएको घटना र सञ्चारमाध्यममाथि भएको ज्यादतीविरुद्ध विरोधसभा गरिएकाे महासचिव रामप्रसाद दाहालले बताए ।
शुक्रबार पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ ।
तीनकुनेस्थित एक घरको छतमा गएर उनी भिडियो खिच्दै गरेको अवस्थामा प्रदर्शनकारीले सो घरमा आगो लगाएका थिए। जलेको अवस्थामा उनको शव भेटिएको छ । प्रहरीलाई खबर गर्दा पनि उद्धारमा समयमै चासो नदिएको एभिन्युज टेलिभिजनले जनाएको छ।
काठमाडौँ — पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघले सोमबार देशभरबाट एक साथ सरकारलाई ज्ञापनपत्र बुझाएको छ। महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ भने उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरेको छ।
महासंघको केन्द्रीय समितिले सोमबार काठमाडौँमा गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापनपत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ । प्रदेश समितिहरूले प्रदेश सरकारका गृहमन्त्रीलाई ज्ञापन बुझाएका छन् भने जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चतता गर्न माग गरेका छन्।
महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य, उपाध्यक्ष उमिद बाग्चन्द र महासचिव रामप्रसाद दाहालले सोमबार बिहान गृहमन्त्रालय पुगेर मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन्। कार्यस्थलमा खटिएका पत्रकार रजकको प्रदर्शनकारीहरूले षड्यन्त्रपूर्वक आगलागीमा पारी हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको महासचिव दाहालले जानकारी दिए।
घाइते पत्रकारहरूको उपचारका लागि समेत महासंघले ध्यानाकर्षण गराएको छ। महासंघले उक्त घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शनिबारदेखि नै आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ। जसअन्तर्गत सोमबार पत्रकारहरूले देशभरिबाट कालोपट्टि बाँधेर काम गरेका थिए भने शनिबार सडकमा प्रदर्शन गरेका थिए।
काठमाडौँ — राजतन्त्र पक्षधरले शुक्रबार गरेको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, कान्तिपुर मिडिया ग्रुपलगायतका सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा आइतबार कान्तिपुरका पत्रकारले कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका छन् ।नेपाल पत्रकार महासंघले अघि सारेको आन्दोलनको कार्यतालिका अनुसार थापाथलीस्थित कान्तिपुरको मुख्यालयमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गरेका हुन् ।
शुक्रबारको घटनाको छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै महासंघले देशभरका सबै सञ्चारकर्मी, केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
यस्तै, पत्रकार सुरेश रजक सम्बद्ध सञ्चार गृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न महासंघले उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति पनि गठन गरेको छ । महासंघले अवस्थाको विश्लेषणपछि आन्दोलनका थप कार्यक्रम तय गरिने जनाएको छ ।
राजावादीको नाममा भएको आन्दोलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा महासंघले शनिबार देशव्यापी विरोध पनि प्रदर्शन गरेको थियो ।
काठमाडौँ — नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी कार्यस्थलमा खटिएका पत्रकार रजकको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो । महासंघको शनिबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजित रूपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणको विरोधमा आइतबारदेखि थप तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले शुक्रबार भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । केन्द्रीय समितिका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन कार्यदलमा सदस्य छन् । त्यस्तै, घटनाको विरोधमा महासंघले आइतबार देशभरका पत्रकारलाई कालोपट्टी बाँधेर काम गर्न आह्वा गरेको छ ।
त्यस्तै, सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
महासंघले शनिबार आक्रमणमा परेका सञ्चारगृहमा गएर स्थलगत अवलोकन तथा निरीक्षण गर्ने, घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै, पत्रकार सुरेश रजक कार्यरत रहेको सञ्चार संस्थालाई समेत उनको परिवारलाई राहत तथा क्षतिपूर्ति, सेवासुविधा भुक्तानी लगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
काठमाडौँ — नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ। महासंघको ७१औँ स्थापना दिवसको पूर्वसन्ध्यामा पत्रकार रजकको हत्या भएपछि वार्षिकोत्सवलाई विरोध सभामा परिणत गरेको महासंघले शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन र सभा गरेको छ।महासंघका प्रदेश समिति र ७७ वटै जिल्ला शाखाहरूले पनि पत्रकार रजकको हत्या तथा पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन्।
माइतीघरमा भएको विरोधसभामा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले रिपोर्टिङमा खटिएका पत्रकार रजकको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।
उनले पत्रकार रजकको परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरे। विरोधसभामा बोल्दै महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले गणतन्त्रमा पनि कार्यस्थलमा पत्रकार हुनु दुःखद भन्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
महासंघका महासचिव रामप्रसाद दाहालले हत्या गरिएका पत्रकार रजकलाई न्यायसहित घाइते पत्रकारहरूको उपचार, राहत तथा क्षतिपूर्ति र पत्रकारहरूको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गरे। उनले यी मागहरू पूरा नभए महासंघ निरन्तर सडक संघर्षमा उत्रिन बाध्य हुने समेत घोषणा गरे। शुक्रबारको प्रदर्शनमा आक्रोशित प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा गरेको थियो भने फोटो खिचेको निहुँमा पत्रकार दिनेश गौतममाथि भौतिक आक्रमण गरेका थिए। प्रकाशित : चैत्र १६, २०८१ १४:३२
काठमाडौँ — कान्तिपुर लगायतका सञ्चारगृहमा राजावादीहरूले गरेको आक्रमण निन्दनीय रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सञ्चारगृह र सञ्चारकर्मीलाई आफ्नो काम निर्वाध गर्नका लागि सुरक्षा व्यवस्था गर्ने पनि प्रतिबद्धता गरेका छन् । लेखकले शनिबार कान्तिपुर टिभीको कार्यालयमा पुगेर उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । राजावादीहरूले शुक्रबार तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा कान्तिपुरलगायतका सञ्चारगृहमा ढुंगामुढा गरेको थियो । अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनीको प्रयास भएको थियो ।
गृहमन्त्री लेखकले उक्त कार्य आपराधिक भएको बताए । ‘यो देशको लिडिङ मिडिया हाउस कान्तिपुर हो । जसले लोकतन्त्रका लागि काम गरेको छ । हिजो जुन ढंगको आक्रमण भयो यो निन्दनीय र भर्त्सनायोग्य छ,’ उनले भने, ‘हिजो जुन घटना गरे त्यो कुनै राजनीतिक, दर्शन, सिद्धान्त, चेतना, मान्यता कसैसँग पनि मिल्दैन, कसैको अनुकूल छैन । यो नितान्त आपराधिक हो ।’
गृहमन्त्रीले प्रश्न गरे, ‘कुन राजनीतिले भन्छ मान्छे भित्र हुँदाहुँदै बाहिरबाट आगो लगाउने ? मिडिया हाउसमा ढुंगा प्रहार गर्ने ?’
तीनकुनेमा पत्रकार सुरेश रजक घरभित्र रहेको बेला राजावादीले आगो लगाएको घटनाको पनि मन्त्री लेखकले निन्दा गरेका छन् । शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर अनुमति लिएर अराजकता मच्चाएको उनले बताए । ‘स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि नागरिकको जिउधनको सुरक्षा गर्न बल प्रयोग गर्नुपर्यो, धेरै धैर्यता अपनाइयो,’ उनले भने ।
राजावादीहरूले शुक्रबार अराजकता मच्चाएको पनि मन्त्री लेखकले बताए । ‘संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न दिएको छ । आफ्ना कुरा रख्ने स्वतन्त्रता दिएको छ । सरकारले कहिले पनि शान्तिपूर्ण ढंगले गरेका कुनै पनि कार्यक्रममा व्यवधान, अवरोध छैन । यत्रो सामाजिक सञ्जाल, मिडिया हाउस छ । सबैले आफ्नो कुरा भनिराखेको अवस्था छ । सरकारको आलोचना खबरदारी छ र कहिले पनि सरकारको आग्रह, पूर्वाग्रह छैन,’ उनले भने ।
घटनामा संलग्न सबैमाथि अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही हुने गृहमन्त्री लेखकले बताए । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंले प्रहरीलाई कुल्चिनका लागि गाडी चलाएको पनि गृहमन्त्रीको भनाइ थियो । उनी हाल फरार रहेको, खोजी कार्य भइरहेको र छिट्टै पक्राउ पर्ने गृहमन्त्रीले बताए । ‘जसले यो प्रदर्शन आयोजना गरेको छ उसले जिम्मेवारी लिनुपर्छ । आपराधिक घटनाको बारेमा केही मान्छे पक्राउ परेका छन् । छानबिन हुन्छ । अनुसन्धान अगाडि बढेको छ । यसमा संलग्नमाथि अनुसन्धान हुन्छ र कारबाही हुन्छ । गम्भिरतापूर्वक छानबिन हुन्छ,’ उनले भने ।
राजावादीले सञ्चारमाध्यममा आक्रमण गरेर आफ्नो मूल चरित्र देखाएको पनि गृहमन्त्रीले बताए । उनले भने, ‘सुरक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । निर्भयतापूर्वक काम गर्नुहोला । सुरक्षाको प्रत्याभूति सरकारले गर्छ । सञ्चारगृहमा कुनै पनि खालको त्रास हुने अवस्था रहन्न,’ उनले भने । ज्ञानेन्द्र शाहले कू गर्दा पनि कान्तिपुरमाथि आक्रमण गरेको र हिजो उनको समर्थनमा भएको प्रदर्शनले पनि कान्तिपुरमाथि आक्रमण गरेको गृहमन्त्री लेखकले बताए । ‘हिजो उहाँहरूले आफ्नो चरित्र देखाइहाल्नु भयो । यो देशमा लोकतन्त्र रहेन भने फेरि यस्तै आक्रमण हुन्छ । कहिले ढुंगाले आक्रमण हुन्छ, कहिले टिभी बन्द गरेर आक्रमण हुन्छ, कहिले कलम बन्द गरेर, रुप फरक हुन्,’ उनले भने ।
तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर
लोकतन्त्रविरोधी गतिविधिको निशानामा कान्तिपुर र यस्तै सञ्चारजगत परेको बताउँदै उनले आगामी दिनमा त्यस्तो कार्य गर्नबाट रोकिने बताए ।
काठमाडौं, चैत १७ गते । नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।
सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा पत्रकार राष्ट्रिय दबूले आईतबार वसन्तपुरस्थित महादेव पार्वती डबलीमा धर्ना दिई सो माग गरेको हो ।
धर्नामा विभिन्न वक्ताहरुले राजावादीको कथित आन्दोलनको नाउँमा तीनकुनेमा भएको अराजक तथा हिंसात्मक गतिविधिमा सञ्चारकर्मी मर्ने र सञ्चारगृहमाथि भएको आक्रमण हुँदा पनि गृह प्रशासन जिम्मेवार तवरले पेश नभएकोमा आलोचना समेत गरेका थिए। घटनाको उचित छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनीहरुको माग रहेको छ।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रदर्शनमा भएको अराजक गतिविधिको निन्दा गर्दै सञ्चार गृह र सञ्चारकर्मी मारिएकोमा दुःख व्यक्त गर्नुभयो। सञ्चारकर्मी रजक समाचार संकलनको क्रममा मारिएकोमा उहाँलाई सहिद घोषणा गर्न माग गर्दै अध्यक्ष श्रेष्ठले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले जुनसुकै आन्दोलनको निशाना आदिवासी जनजाति भएको उल्लेख गर्दै चैत १५ गते भएको प्रदर्शनमा मृतक हुनेलाई सहिद घोषणा र परिवारप्रति संवेदनशील भई परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो। उहाँले पत्रकार मारिएको विषयमा गृह मन्त्रालयलाई जवाफदेही बन्न आग्रह गर्नुभयो।
धर्नामा मिडिया एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चारकर्मी सुरेश रजक मारिएकोमा दुःख व्यक्त गर्दै यस विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आयोग गठन गर्न माग गर्नुभयो। सरकारले सञ्चारकर्मी रजकलाई सहिद घोषणा गर्न माग गर्नुभयो ।
मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले शुक्रबारको तीनकुनेमा भएको घटना लुकाउन नहुने बरु न्यायिक छानबिन समिति गठन गर्न सुझाव दिनुभयो ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले निरंकुश सत्ताको निशाना सञ्चारगृह र सञ्चारकर्मी हुने तथ्य कुनै नौलो नभएको सन्दर्भ जोड्दै घटनामा अनेक प्रश्नहरु अनुत्तरित रहेकाले त्यसलाई बाहिर ल्याउन बलियो आयोग गठन गर्न माग गर्नुभयो।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव के के मानन्धरले तीनकुनेमा भएका अराजक घटना सुनियोजित रहेको बताउँदै त्यसमा गृह प्रशासन चुकेको आरोप लगाउनुभयो ।
नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको कार्यालय अगाडि शाखाको अध्यक्षसहित धनुषाका पत्रकार । तस्बिरः लक्ष्मी चौधरी
१६ चैत २०८१, शनिबार
जनकपुरधा, चैत १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरेको आगजनीविरुद्ध शनिबार साँझ जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जलीसभाको आयोजना गर्ने भएको छ।
शुक्रबार काठमाडौँमा राजावादी समर्थकहरूले प्रदर्शनका क्रममा गरेको आगजनीमा पारेर एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको घटना तथा अन्नपूर्ण मिडिया ग्रुपको केन्द्रिय कार्यालयमा गरेको आगजनीप्रति महासङ्घ धनुषाले विरोध प्रदर्शन कार्यक्रम गर्ने भएको हो ।
महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले अप्रत्याशित घटनाको निन्दा गर्दै दोषीहरूलाई कारबाहीको मागसहित विरोध प्रदर्शन गर्ने बताउनुभयो । उहाँले साँझ जनकपुरधाममा विरोध प्रदर्शनसहित दीप प्रज्वलन गरेर रजकको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिने जानकारी दिनुभयो। महासङ्घले रजक मृत्यु घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिने उल्लेख गर्नुभयो ।
यस्तै पत्रकार महासङ्घ सप्तरी शाखाले शनिबार बिहान विरोध प्रदर्शन गरेको छ । सो घटनापछि शनिबार परेको महासङ्घको ७० औं स्थापना दिवसको अवसरमा आयोजना हुने प्रभातफेरी तथा स्वास्थ्य परीक्षण कार्यक्रम समेत स्थगित गरिएको छ । यसअघि, नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले पनि घटनाको छानबिनको माग गर्दै दोषीउपर कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरिसकेको छ।
बेनीमा शनिबार आयोजित शोकसभा तथा विरोधसभा कार्यक्रम । तस्बिरः साधन घर्ती
१६ चैत २०८१, शनिबार
म्याग्दी (दरबाङ), चैत १६ गते । शुक्रबार काठमाडौंस्थित तीनकुनेमा राजावादी आन्दोलनकारीले आगो लगाएर पत्रकार हत्या र सञ्चारमाध्यममाथि आक्रमण गरेको विरोधमा म्याग्दी सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि बिरेन्द्रचोकमा बिरोधसभा आयोजना गरेर समाचार सङ्कलनकै क्रममा पत्रकार सुरेश रजकको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरुद्ध विरोध प्रदर्शन गरेको हो ।
राजावादीको आन्दोलनमा पत्रकार रजकको हत्या र सञ्चारगृहमा तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको छ । जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले भिडियो खिचिरहेको घरमा पूर्वराजाका सर्मथकहरूले थुनेर आगो लगाएको घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारवाहीको माग गरेका छन् । स्वर्गीय पत्रकार रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
तीनकुनेको आगजनीमा ज्यान गुमाएका पत्रकार सुरेश रजक। तस्बिरः एभिन्युज
१५ चैत २०८१, शुक्रबार
काठमाडौँ, चैत १५ गते। शुक्रबार दिउँसो राजधानीको तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको निधन भएको छ।
एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो। आगलागी भएको भवनमा भिडियो खिच्नेक्रममा जलेर मृत्यु भएको एभिन्युजको खबरमा उल्लेख छ।
आगलागीपछि भवनबाट रजकको जलेको शव फेला परेको थियो। एभिन्युजका सञ्चालक भाष्करराज राजकर्णिकारले आगलागीमा परेका पत्रकारको उद्धार हुन नसक्दा दुःखद् घटना भएको बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिरः मन्त्रीको सचिवालय
१५ चैत २०८१, शुक्रबार
काठमाडौं, चैत १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुधार गर्न राष्ट्रिय विज्ञापन नीति आवश्यक रहेको बताउनुभएकोछ । आज राष्ट्रिय विज्ञापन संघको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनमा यहाँ बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकुल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताउनुभयो ।
सूचना प्रविधिको विकास बढ्दो भए पनि ऐन र कानुन पुरानै भइकाले कार्यान्वयनमा समस्या आएको उहाँले औल्याउनुभयो । मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्नतर्फ केन्द्रित रहेको जानकारी दिनुभयो । “ऐन र कानुन पुराना भए, समय सापेक्ष बनाउन संशोधन गर्न लागेका छौँ” उहाँले भन्नुभयो, “केही आवश्यकताका आधारमा नयाँ ऐन ल्याउनुपर्ने देखिन्छ ।”
कार्यक्रममा व्यक्ताहरुले उठाएको मदिराजन्य विज्ञापनमा सरकार खुकुलो हुनुपर्ने मागमाथि मन्त्री गुरुङले सरोकारवालासँग छलफल गरेर लचिलो हुन सकिने धारणा व्यक्त गर्नुभयो । त्यस्तै, पछिल्लो समय विज्ञापन बजार खुम्चीदै गएको र मिडिया सञ्चालक बढ्दै गएकाले विज्ञापन व्यवस्थापनप्रति सरकार संवेदनशील रहेको मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजार घटिरहेको अवस्था उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट नीति तत्काल ल्याउन आवश्यक रहेको बताउनुभयो । विज्ञापन बजार पारदर्शी बनाउन विज्ञापन ऐजेन्सीहरुको पनि साथ चाहिने बताउनुभयो ।
मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज कर्णीकारले विज्ञापन बजार घटेर २० प्रतिशत पुगेको अवस्था दर्शाउदै विज्ञापन व्यवसाय बचाउन राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । त्यस्तै, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले विज्ञापन, मिडिया हाउस र श्रमजीवि पत्रकार एक अर्कासँग अन्तर सम्बन्धित रहेको हुँदा पत्रकारको रोजगारसँग जोडिएको विज्ञापन नीति सबैका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारको जीविकोपार्जनसँग जोडिएको विज्ञापन बजार व्यवस्थित र लचिलो हुनुपर्ने धारणा राख्नुभयो ।
Krishna Sitaula says he has asked parties not to issue whip for the bill’s endorsement.
Post File Photo
As the Social Media Bill is under consideration in the National Assembly, a senior ruling party leader has said the bill will be heavily revised before endorsement.
Speaking at an interaction on Friday, Nepali Congress leader Krishna Prasad Sitaula said he has requested the ruling parties not to issue a whip to endorse the bill in its present form. “This bill is highly problematic. It needs revision,” said Sitaula. “I have asked the ruling parties not to issue a whip for it.”
The controversial bill, which was registered in the upper house in the last week of January, is yet to be discussed in the House. If Sitaula’s claim is anything to go by, amendments will be registered for a number of provisions in the bill.
“While there will be intense discussions in the House and its committee, we will also discuss with experts and stakeholders before its endorsement,” said Sitaula, who is also parliamentary leader of Nepali Congress in the upper house.
The leader’s remarks come at a time when stakeholders have strongly objected to some of the provisions of the bill.
If the bill is endorsed, social media platforms will face fines up to Rs10 million if they do not comply with government regulations, while users disseminating misleading information could be subject to up to five years of imprisonment and fines up to Rs1.5 million.
As per the bill, companies, firms or organisations seeking to operate social media platforms must obtain government approval. Different types of applications (apps), websites, and blogs, among others, created in cyberspace that allow interaction through electronic means have been defined as social media platforms.
The bill has listed out offences that can make users liable to paying hefty fines and imprisonment.
Those who transmit false or misleading information using a fake identity are liable to the most severe penalty, which includes up to five years of imprisonment and a fine up to Rs1.5 million.
“No one shall create a false, permanent or temporary group, or page on any social media platform, either individually or in group, and transmit false or misleading information that undermines Nepal’s sovereignty, geographical integrity or adversely affects national interest,” states one section of the bill.
Any individual who posts or shares content on social media that “disturbs the sovereignty, territorial integrity, national unity and security of Nepal” will be imprisoned for up to five years or fined up to Rs500,000, or both, the bill further states.
The bill is set to be introduced in the upper house for preliminary discussions. Once the upper house officially decides to start deliberations on the bill, lawmakers will be allowed to register amendments. The upper chamber, after endorsement, will forward it to the lower house for deliberations and approval before being returned to the upper house for review. It will then be forwarded to the President’s Office for authentication.
If the bill is endorsed without revision, those who create fake pages and groups and from them, post or share content from them, share others’ content, comment or make calls using such platforms will be imprisoned for three months or fined up to Rs50,000 or both.
Using social media to harass, torment, threaten, embarrass, insult, dehumanise or spread rumours and imitate someone’s voice will make the offender liable to two years in prison or a fine of up to Rs300,000. The bill says anyone who ‘hacks’ someone’s social media account will be imprisoned for up to three years and fined up to Rs1.5 million.
The bill also proposes that those who make ‘deepfake’ videos using artificial intelligence and spread them on social media can be jailed for up to 2 years or fined up to Rs300,000. There are also provisions in the bill for those who spread obscene, false, or misleading content to be imprisoned for up to 2 years or fined up to Rs 300,000.
Last week, the National Human Rights Commission also expressed serious exception to the bill and announced to submit recommendations for the revision in it in the federal parliament. It said the bill could restrict citizens’ freedom of expression.
A television journalist died in a house that was set ablaze by protesters in the Tinkune area today.Suresh Rajak, who worked at Avenues Television, succumbed to burn injuries. Rajak’s charred body was discovered after the fire in the house was put out. Avenues, in its live stream confirmed that Rajak’s body was found in a building set ablaze in Tinkune.”The body has been discovered completely burnt on the third floor of the building. We had requested several times with security forces, but they refused. And Rajak died while performing his duties,” it said on the live stream. Meanwhile, Nepal Police Spokesperson, Dinesh Acharya, confirmed that a dead body has been found on the fourth floor of the building set on fire in Tinkune. “It has been confirmed that the body is of a journalist.” THT photojournalist, Rajesh Gurung was injured by rubber bullets during the protest. He suffered thigh and foot injuries. “A bullet pierced my shoe and hurt my feet. I didn’t even realise another bullet had hit my thigh,” he said.
Following the injuries, he was admitted to Kantipur Hospital. He has been prescribed six types of antibiotics. Gurung was covering the protest in Tikune. Another journalist of Onlinekhabar, Dinesh Gautam, was also injured during a pro-monarchy protest in Tinkune today. He was taking photos of protesters snatching a gun used by security forces to fire tear gas when he was mobbed by them. According to Gautam, he was pushed and attempted to steal his mobile. A team of security personnel arrived shortly after that and fired tear gas. Gautam then escaped. While fleeing to Koteshwor, he was pursued by rioters. At the time, the protesters dubbed him a police CID. “I clicked the picture of rioters snatching a police gun. However, they attacked and pursued me, mistaking me for a security CID officer. Gautam, who was injured during the incident, was taken to Everest Hospital. Doctors stated that his leg was broken during the incident. “It is plastered, and I have to walk with crutches.” Moreover, protesters also attacked media organizations, setting fire to the Annapurna Post office and pelting stones at the Kantipur Television building. Initially, demonstrators hurled stones at media offices before escalating to arson. It has been reported that the fire at Annapurna Post was later extinguished by office staff. The Annapurna Post posted a video on Facebook showing them setting fire after pelting stones. Protesters also hurled stones at Kantipur Television and several nearby buildings.