क्लिन फिड कात्तिक ७ देखि, निर्देशन नमाने कारबाही

काठमाडौँ — विज्ञापन नियमन गर्ने ऐनमा भएको व्यवस्थाबमोजिम कात्तिक ७ देखि विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने ‘क्लिन फिड’ व्यवस्था लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालालाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै कात्तिक ७ देखि क्लिन फिड लागू नगरे कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विज्ञापन नियमन गर्ने ऐनमा भएको व्यवस्थाबमोजिम क्लिन फिड लागू गर्न सरकारले तयारी गरिसकेको बताए । ‘विदेशी च्यानल प्रसारण गर्नेहरूलाई असारमा अनुमतिपत्र नवीकरण गराउने बेला नै कात्तिक ७ देखि क्लिन फिड व्यवस्था लागू गर्ने सर्तमा हस्ताक्षर गर्न लगाएका छौं,’ उनले भने, ‘क्लिन फिड लागू भए/नभएको अनुगमन गर्न मन्त्रालयले सबै तयारी पूरा गरिसकेको छ ।’

क्लिन फिड लागू गर्न आवश्यक यन्त्र र उपकरण पनि विदेशी च्यानलको नेपालमा प्रसारण अनुमति पाएका संस्थाले नै व्यवस्था गर्नुपर्नेछ । सरकारले अघिल्लो वर्ष पारित गरेको विज्ञापन ऐनले कात्तिक ७ देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था गरेको छ । ‘कात्तिक ७ भित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था ऐनमै गरिएको र एक वर्षका लागि तयारी अवधिसमेत व्यवस्था भएकाले ऐनको मर्म र भावनाअनुरूप विज्ञापनरहित प्रसारण गर्न सबै संघसंस्थालाई अनुरोध गरिएको छ,’ मन्त्रालयद्वारा बुधबार जारी सूचनामा भनिएको छ, ‘कात्तिक ७ देखि विज्ञापनरहित प्रसारण नभए प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’

संसद्को विकास तथा प्रविधि समितिले असोज ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई कात्तिक ७ देखि क्लिन फिड लागू गर्न निर्देशन दिएको थियो । समितिले नेपाली टेलिभिजन च्यानलको प्रवर्द्धन गर्न विदेशी च्यानलमा नेपाली विज्ञापन प्रसारण गर्न नपाइने प्रावधान राख्न पनि सरकारलाई भनेको थियो ।

समितिले ऐन कार्यान्वयनका लागि विदेशी विज्ञापन रोक्न नसक्ने टेलिभिजन च्यानल सञ्चालन गर्न नदिन मन्त्रालयले बनाएको कार्ययोजना, ऐनको कार्यान्वयनबाट कतिवटा विदेशी च्यानलको प्रसारण रोकिने अवस्था छ र तिनले पार्ने सकारात्मक एवं नकारात्मक प्रभावबारे मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न पनि निर्देशन दिएको थियो । क्लिन फिड कार्यान्वयन गर्न विज्ञापन एजेन्सीसहित विदेशी च्यानलको डाउनलिंक अनुमति पाएका कम्पनीले समेत माग गर्दै आएका छन् ।

आफ्नो कम्पनीले क्लिन फिड लागू गर्न आवश्यक उपकरण आयात गरिसकेको विदेशी टेलिभिजन च्यानलको नेपालमा डाउनलिंक अनुमति लिएर वितरण गर्दै आएको कम्पनी डिजिटल सिस्टम अफ नेपालका प्रमुख कार्यकारी अधिकृत शिव निरौलाले बताए । ‘भारतको सोनी नेटवर्कअन्तर्गतका २२ वटा च्यानललाई नेपालमा क्लिन फिड प्रसारण गराउन आवश्यक उपकरण हामीले आयात गरिसकेका छौं,’ उनले भने, ‘अब केही दिनमै सरकारी अधिकारीहरूलाई यसको डेमो देखाउँदै छौं ।’

आफ्नो कम्पनी सोनी पिक्चर नेटवर्क इन्डिया प्रालि, इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन र डिस्कभरी नेटवर्क एसियाको नेपालका लागि आधिकारिक वितरक भएको उनले बताए । ‘यी तीनवटा कम्पनीका ४८ वटा च्यानल सरकारले तोकेको समयअघि नै क्लिन फिड गर्ने तयारी छ,’ उनले भने, ‘सरकारले पनि क्लिन फिड व्यवस्था लागू नगर्ने टेलिभिजनको अनुगमन गर्न तयारी गर्नुपर्छ ।’ पछिल्लो पटक सरकारले २०७३ मा पनि क्लिन फिड लागू गर्ने नीति कार्यान्वयन गर्ने भनेको थियो । तर अन्तिम समयमा आएर योजना स्थगन गरिएको थियो । २०७६ कात्तिक ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी च्यानलले क्लिन फिड लागू गर्नुपर्ने प्रावधान छ ।

विदेशी च्यानल नेपालमा प्रसारण हुँदा विज्ञापन बजाउन नपाउने र विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने व्यवस्था पनि ऐनले गरेको छ । ऐनले विज्ञापनको नियमनसम्बन्धी काम गर्न विज्ञापन बोर्ड गठन गर्ने प्रावधान पनि राखेको छ । बोर्डको अध्यक्ष नेपाल सरकारले नियुक्त गरेको व्यक्ति हुने र यसको सदस्यमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक–एक जना सहसचिव सदस्य हुने प्रावधान छ ।

बोर्डमा सरोकारवाला निकायबाट मन्त्रालयले मनोनयन गरेको एक सदस्य र उपभोक्ता हित वा आमसञ्चारको क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएका एक महिलासहित तीन जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सदस्यका रूपमा मनोनयन गर्न सक्ने प्रावधान ऐनमा छ ।

‘चाँडै कार्यान्वयन गर’

सरकारले तोकिएको समयमै क्लिन फिड लागू हुने सार्वजनिक सूचना जारी गरेकै दिन मिडिया एलाइन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघले संयुक्त विज्ञप्ति जारी गर्दै तोकिएकै समयमा क्लिन फिड कार्यान्वयन गर्न माग गरेका छन् । ‘विज्ञापन नियमन गर्ने ऐन २०७६ मै डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजन २०७७ कात्तिक ७ भित्र विज्ञापनरहित हुनुपर्ने प्रावधान रहे पनि बहानामा ऐन कार्यान्वयनमा ढिलाइ गर्न नहुने हाम्रो मत पुनः जाहेर गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञापन ऐन राष्ट्र, राष्ट्रियता र संस्कृतिको जगेर्नाका साथै उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण कोसेढुंगा भएकाले तत्काल प्रभावकारी कार्यान्वयनको माग गरिएको छ । ऐन कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएकाले व्यावसायिक व्यक्तित्वहरूको संलग्नतामा बोर्ड गठनमा ढिलाइ नगर्न पनि विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : आश्विन २९, २०७७ ०६:५३

Clean Feed Policy To Come Into Effect From October 23

By A Staff Reporter
Kathmandu, Oct. 15: The Ministry for Communication and Information Technology (MoCIT) said on Wednesday that the clean feed policy would come into effect from October 23, the official deadline set by the ministry last year in consultation with the stakeholders concerned.
The clean feed provision would be implemented as per the Advertisement (Regulation) Act, 2019 and all concerned businesses should abide by it, the MoCIT said in its statement.
The law demands the downlink of television channels broadcast from abroad to be advertisement free and they should begin it from October 23 as per the law.
While the ministry had given a year’s period to make necessary provisions, various organisations like Indian Broadcasters Forum, Discovery Networks, BBC News and Federation of Nepal Cable Television have now demanded to extend the deadline of the clean feed implementation.
The ministry’s attention is drawn by the demand but there wouldn’t be any extension in deadline, Gokarna Mani Duwadi, Spokesperson of the Ministry, said in the statement.
The MoCIT had urged all concerned organisations to execute the legal provision and warned that those not abiding by the law would be penalised as per the law.
Clean feed means the broadcast of foreign television channels without foreign advertisement. They can have advertisement but that should be produced in Nepal and in local languages.

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

मिडिया व्यवसायमा संलग्न तीन संस्थाले विज्ञापन नियमन गर्ने ऐन कार्यान्वयनमा ल्याउन सरकारले उदासीनता देखाएको भन्दै तत्काल विज्ञापन बोर्ड गठन गर्न माग गरेका छन्।

मिडिया एलाइन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपाल (आन) को आइतबार बसेको संयुक्त बैठकले विज्ञापन (नियमन गर्ने) ऐन २०७६ कार्यान्वयनमा ल्याउन सरकार उदासीन भएको निष्कर्ष निकालेको छ। बैठकले ऐन कार्यान्वयनका लागि तत्काल बोर्ड गठन गर्न माग गरेको छ।

बैठकले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा उक्त ऐन राष्ट्र, राष्ट्रियता र संस्कृति जगेर्नाका साथै नेपाली उद्योग व्यवसाय प्रवद्र्धन गर्न महत्वपूर्ण कोसेढुंगा हुने उल्लेख छ। बैठकले ऐन कार्यान्वयनका लागि बोर्ड गठन अत्यावश्यक भएको निष्कर्ष निकाल्दै तत्काल व्यावसायिक व्यक्तिको संलग्नतामा बोर्ड गठन गर्न माग गरेको हो। बैठकले केवल टेलिभिजन व्यवसायी महासंघले उठाएका माग तत्काल सम्बोधन गर्न समेत माग गरेकोे छ।

बैठकले डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजन आगामी कात्तिक ७ भित्र विज्ञापनरहित हुनुपर्ने प्रावधान कुनै पनि हालतमा कार्यान्वयनमा ल्याउन समेत माग गरेको छ। उक्त प्रावधान कार्यान्वयन हुनुपूर्व विदेशी डिटिएचले नेपालमा गरिरहेको अवैध प्रसारण रोक्न प्रभावकारी कदम चाल्नुपर्ने, इन्टरनेट माध्यमबाट डाउनलिंक अनुमति नलिएका टेलिभिजन च्यानलसमेत प्रसारण भइरहेकाले त्यसलाई रोक्न माग पनि गरिएको छ।

यस्तै इन्टरनेटको माध्यमबाट हुने विज्ञापनको नियमनसमेत बोर्डमार्फत हुने व्यवस्थासम्बन्धी प्रावधान हाल संसद्मा विचाराधीन सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधयेकमा थप गर्न पनि बैठकले आग्रह गरेको छ। इन्टरनेटका माध्यमबाट टेलिभिजन सिग्नल वितरण गरिरहेका संस्थाहरुले केबल अपरेटरहरुले जस्तै अनुमति लिनुपर्ने र केबल तथा इन्टरनेटको शुल्क स्पष्ट गर्नुपर्नेमा त्यसो नगरेको पाइएकाले शुल्क स्पष्ट गर्न पनि बैठकले माग गरेको छ। बैठकले प्रसारणका क्षेत्रमा कार्यक्रम उत्पादन, प्रसारण र वितरणका तीन चरणमा संलग्न हुने सबै व्यक्ति र संस्थालाई समेत समेट्ने गरी छुट्टै प्रसारण प्राधिकरण गठन गरी त्यसमार्फत नियमनको व्यवस्था गर्न पनि माग गरेको छ।

प्रकाशित: २० आश्विन २०७७ ०७:१० मंगलबार

Nepali journalists demand salary, stage sit-in protests

Early morning on Thursday, a group of journalists representing numerous Nepali media outlets gathered in front of the Indreni Complex in New Baneshwor. They weren’t there on a reporting assignment. Instead, they set up a tent, unravelled posters and placards from their bags, and began a relay Satyagraha to protest against the unfair treatment they’ve had to endure at the hands of their employers. Four days into the sit-in protest which has drawn hundreds more journalists, neither the government nor media houses have shown any sign that their demands will be addressed.

For months, journalists across the country have been carrying out various protests against the mass layoff of working journalists with little to no pay. Since March, when the coronavirus pandemic first affected Nepal, media houses have flushed out hundreds of journalists citing a shrink in their ad revenues. Many others have been forced to work without pay or stay on unpaid leave. Most media houses, including the largest in the country, have not paid up to six months’ salary to many of their staff members.

The violation of the rights of working journalists is not a new scenario in Nepal. Most media houses are yet to ensure a minimum wage, but cases of exploitation have become widespread since the onset of the pandemic. In fact, media houses have been using the pandemic as an excuse either to force employees to work without pay or lay off unwanted workers without any repercussions.

According to Dharmendra Kumar Karna, a journalist with Karobar daily—a newspaper run by former head of the Non-Resident Nepalis Association (NRNA) Bhawan Bhatta—around 350 reporters in Kathmandu have so far lost their jobs and as many non-editorial staff have been laid off. On July 3, the Federation of Nepali Journalists (FNJ), an umbrella organisation of working journalists in the country, staged a demonstration in Babarmahal, Kathmandu, against the arbitrary firing of journalists or forced unpaid leave put into effect by media houses. But this proved to be counterproductive as those affiliated with the federation got targeted instead.

A recent report on the impact of Covid-19 on Nepali media published by Freedom Forum shows that 3,190 active journalists out of a total of 8,410 journalists spread across 77 districts have lost their jobs due to the coronavirus pandemic. The media houses that forced staff to resign are the country’s leading houses, including the likes of Kantipur Media Group, Annapurna Media Network, Nepal Republic Media, and Karobar Daily, among others.

Even before Covid-19 crippled the nation’s economy, Nepali journalists were grossly underpaid. The government has set a payscale for journalists at NRs 24,375, but media houses hardly abide by this standard. FNJ has been negotiating with media houses for years on behalf of underpaid journalists. The issue of salaries and employment security reached a new height after the first lockdown as journalists began to get laid off forcibly or were not paid for months.

At Nepal Republic Media (NRM), which publishes Nagarik and Republica dailies, reporters staged a sit-in outside the premises to protest against being laid off without prior notice or being denied their salaries for over three months. When Subid Guragain, a journalist associated with Nagarik, initiated the protest, the daily’s publisher settled Guragain’s dues, but fired him immediately after. Earlier, in June, over a dozen journalists working with Republica were forcibly laid off when they demanded their salaries that had been pending since February. Many journalists who have joined the ongoing sit-in are NRM’s unpaid staff.

Since the onset of the pandemic, Kantipur Publications, the country’s biggest media house, folded three of its publications: NaariSaptahik and Nepal Magazine. Although they have resumed Naari, the publication of the rest is still suspended. Throughout this process, scores of staff members were laid out, but only a few got severance packages.

Having been chronically exploited, the now laid-off or unpaid journalists are in a dire situation. Almost all mainstream media houses hire journalists on a contract basis, which frees them from the obligation to offer social security to their employees. In the absence of work or pay, many journalists don’t have back-up financial plans.

A 25-member joint struggle committee of journalists and private media employees, coordinated by Karna, launched a two week-long protest in the capital to highlight their plight. The committee has put forward a six-point list of demands, including the reinstatement of fired employees; assurance of minimum wages as set by the government; payment of unpaid salaries; permanent appointment of those who have worked for more than six months; implementation of working journalists’ act; an end to forced leave and transfer; and action against media houses that fail to abide by the law.

“Journalists are clearly being exploited and we have raised this issue in international forums. We will continue our fight for the rights of media persons,” said Kiran Acharya, a member of the struggle committee.

Read also: Exploitation, pay cuts and layoffs: the fate of journalists

Owing to the influence that media outlets have over all kinds of powerful people, including politicians and bureaucrats, Nepali journalists seldom write news about the media’s irregularities and their exploitation of journalists. This is made evident by the fact that even as journalists have been on the fourth day of their protest, no major news outlets, barring a few online portals, have published this news.

Even as the public has shown support for the journalists, mainstream Nepali media continues to downplay the current protest as media houses have regularly been at odds with their reporters and other staff. Many outlets have garnered their reputation and earned a fortune due to the relentless efforts of their overworked and underpaid staff. At a time of crisis such as now, when their staff support, they have shown zero mercy in firing them or forcing them to go on unpaid leave.

Ruling as well as opposition party leaders, including CPN spokesperson Narayan Kaji Shrestha, Nepali Congress Party spokesperson Bishwa Prakash Sharma, have shown solidarity with the protesters, although they have done little by way of addressing their woes.

Former Prime Minister and leader of Janata Samajbadi Party Baburam Bhattarai showed up at the protest site on Saturday to express his support for the journalists. Speaking to the gathering, Bhattarai said that working journalists have been the voice of those who have been hit the hardest by the current pandemic. “It is unfortunate that you have been ignored and unpaid for the important job you do. I would like to extend my solidarity with your demands. I hope your concerns are addressed on time,” Bhattarai said.

Even as most protesters wish to be reinstated, a few have signalled that they would be happy to quit if their concerned media houses come up with appropriate retirement schemes, but not before a minimum wage is ensured.

In a recent conversation, FNJ member Yam Birahi told The Record that journalists from nearly all media houses have filed complaints against their employers, mainly alleging them of not paying salaries on time.

सञ्चार क्षेत्रको मर्यादा

आम नेपाली जनता र सरोकारवाला पक्षको समर्थन रहेको विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन। ऐन जारी भएकै दिन यस ऐनले अपार समर्थन प्राप्त गरेको थियो। सामाजिक सञ्जालमा यसका पक्षमा धेरैले प्रतिक्रियासमेत व्यक्त गरे। यसको मुख्य कारण थियो– नेपालमा डाउनलिंक अनुमति लिएका विदेशी च्यानलबाट प्रसारण हुने विदेशी विज्ञापन रोकिनेमा सबैको समर्थन थियो।

बहुराष्ट्रिय कम्पनी र भारतीय कम्पनीका विज्ञापन नेपाली सञ्चारमाध्यममार्फत मात्र गर्न पाउने र विदेशी टेलिभिजनबाट नेपालमा सीधै प्रसारण हुने क्रम रोकिने विषयले सञ्चारमाध्यमसमेत उत्साहित थिए। यस ऐनको कार्यान्वयनले विज्ञापन बजार बढ्ने भएकाले विज्ञापन व्यवसायी उत्साहित भए। नेपाली भाषामा डबिङ गरी विदेशी विज्ञापन प्रसारण गर्न नपाउने व्यवस्थाले कलाकार तथा विज्ञापन कर्ममा लाग्ने व्यक्ति उत्साही थिए। बहुराष्ट्रिय कम्पनीका विज्ञापनले थिचिएका नेपाली उद्योगपति आफ्ना उत्पादनले पनि बजार पाउने आशामा ऐनको समर्थनमा थिए।

एउटा ऐनले समग्र क्षेत्रको समर्थन प्राप्त गरे पनि केवल अप्रेटरहरू भने ऐनको विपक्षमा उभिए। उनीहरूकै कारण २०७३ साल कात्तिक ६ गते मन्त्रिपरिषद्ले पास गरेको विज्ञापनरहित नीति कार्यान्वयनमा आउन सकेको थिएन। २०७४ साल साउन १ गतेदेखि सबै डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजन विज्ञापनरहित हुनुपर्ने नीतिको व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। नीति कार्यान्वयन गर्ने निकायले कार्यान्वयन नगरेपछि त्यसको उपचार हुन सकेन। अन्ततः विज्ञापन (नियमन गर्ने) ऐन २०७६ आयो। दुवै सदनले पास गरी राष्ट्रपतिबाट स्वीकृत भइसकेको यो ऐनको कार्यान्वयनबाहेक अर्को विकल्प छैन।

ऐन कार्यान्वयनको वर्तमान अवस्था

विज्ञापन ऐन २०७६ साल कात्तिक ८ गतेबाट लागू भइसकेको छ। सोही मितिबाट नेपालमा डाउनलिंक अनुमति लिँदा विज्ञापनरहित हुनुपर्ने प्रावधान कार्यान्वयनमा आइसकेको छ। विज्ञापनसहित प्रसारण भएका टेलिभिजनलाई एक वर्षभित्र विज्ञापनरहित बनाउन समयसीमा तोकिएको छ। सरकारले कात्तिक २८ गते गोरखापत्रमा सूचना प्रकाशित गरी २०७७ साल कात्तिक ७ गतेभित्र विज्ञापनरहित हुन सूचना दिइसकेको छ। त्यस्तै साउन महिनामा नवीकरण गर्दासमेत कात्तिक ७ गतेभित्र विज्ञापनरहित गराउने सर्तमा मात्र नवीकरण गरिएको छ।

यस अवधिमा सरकारले नियमावली बनाई मन्त्रिपरिषद्मा पेस गरेको, विज्ञापन बोर्ड गठनका लागि संगठन संरचना र बजेटको व्यवस्था गरेको, विज्ञापनको अनुगमन गर्न सूचना तथा प्रसारण विभागमा अनुगमन तथा नियमन गर्ने संयन्त्रको जडान गरेको छ। ११ महिनाको अवधिमा जति काम हुनुपर्ने थियो; त्यो हुन नसके पनि केही काम भने अघि बढेका छन्।

कमजोर कानुनी व्यवस्था

विश्वमै नेपाल यस्तो मुलुक थियो; जहाँ विदेशी विज्ञापन र विदेशी स्थानिय च्यानलले निर्बाध प्रवेश पाउँथे। विदेशी च्यानल डाउनलिंकको कुनै मापदण्डसमेत नभएका कारण तोकिएको शुल्क जुन न्यून छ, त्यो तिरेर नेपालमा निर्बाध टेलिभिजन प्रसारण गर्न सकिन्थ्यो। यस्तो कमजोर कानुनी व्यवस्थाको फाइदा उठाइरहेका विदेशी सेवाप्रदायक र नेपाली डिजिटल केवल टेलिभिजन प्रसारकले सहजै मान्ने अवस्था थियन। उनीहरूले विरोध गरे र नीति कार्यान्वयन हुन दिएनन्।

नीतिले यो विकृतिबारेमा सचेतना जगाउने कामबाहेक केही गरेन र ऐन नै निर्माण गर्नुपर्‍यो। सरकारले समेत यसलाई महत्व दियो र संसद्लाई समेत विश्वासमा लिन खासै गाह्रो भएन। परिणामस्वरूप यो ऐन आयो। राम्रो काम गर्दा सहजै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा यस ऐनलाई लिन सकिन्छ।

सकारात्मक संकेत

डाउनलिंक अनुमति लिएर नेपालमा प्रसारण गरिरहेका विदेशी टेलिभिजनलाई विज्ञापनरहित बनाउने कुराको नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले स्वागत गरेको छ। झन्डै तीन वर्षको अथक् प्रयासपछि महासंघ यो निष्कर्षमा पुग्नुलाई स्वागतयोग्य मान्नुपर्छ। नेपालमा प्रसारण गरिरहेको जी टीभी समूहबाहेक अरू सबै विज्ञापनरहित हुन तयार रहेको सूचना दिएका छन्। कतिपयले त उक्त सिस्टम आफैंले जडान गरिदिने जानकारी गराएबाट नेपालले लिएको यो नीतिलाई अन्तर्राष्ट्रिय जगत्ले समेत समर्थन गरेको पाइन्छ। सम्भवतः कात्तिक ७ गतेसम्म जी टीभीले समेत यसलाई स्वीकार गर्ने छ।

अहिलेसम्म ९० प्रतिशत टेलिभिजन विज्ञापनरहित हुने सुनिश्चितता भएको नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको भनाइ छ। जुन नेपालका लागि सकारात्मक हो। तर महासंघले उठाएका केही सवालको सम्बोधन भने जरुरी देखिएको छ। जसबारेमा सरकार गम्भीर हुनुपर्छ। उनीहरूका जायज माग पूरा गर्नेतर्फ सरोकारवाला सबै पक्ष सहमत हुनैपर्छ।

महासंघको माग र सुझाव

महासंघले ऐन कार्यान्वयनको ठीक एक महिनाअघि असोज ८ गते प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराउँदै केही माग अघि सारेको छ। महासंघले उठाएका विदेशी डीटीएचले नेपालमा गरिरहेको प्रसारण रोक्नुपर्ने, इन्टरनेटमार्फत भइरहेका विदेशी टेलिभिजनको प्रसारण नियमन गर्नुपर्ने, त्यस्ता प्रसारणसमेत विज्ञापनरहित हुनुपर्ने, उनीहरूसमेत सरकारको डाउनलिंक अनुमतिको परिधिमा रहनुपर्ने जस्ता सवाल उठाएको छ। उनीहरूले उठाएका यस्ता जायज मागलाई नजरअन्दाज गर्न मिल्दैन र गर्नु पनि हुँदैन।

विज्ञापन नियमन ऐनको पूर्ण कार्यान्वयनले सञ्चार क्षेत्र, सांस्कृतिक तथा आर्थिक अतिक्रमण र नेपाली उद्योगधन्दालाई समेत उत्थान गर्न सघाउनेछ।

महासंघले इन्टरनेट सेवाप्रदायकले डिजिटल केवल प्रदायकले गरेकै काम गर्ने र केवल टेलिभिजनको दरसमेत इन्टरनेटको दरमा गाभेर लिने गर्दा केवलप्रदायक पेसाबाटै विमुख हुने अवस्था आएको गम्भीर सवाल उठाएका छन्। त्यसतर्फ तत्काल सम्बोधन नगर्ने हो भने वर्षौंदेखिको उनीहरूको व्यवसाय बन्द हुने अवस्था छ। त्यसतर्फ गम्भीर हुन जरुरी छ। हामीसँग अझै केही दिन बाँकी रहेकाले यस अवधिमा गर्न सकिने कामजति अहिले गर्ने र बाँकी रहेका काम समयावधि तोकेर गर्दै जाने व्यवस्था मिलाउन आवश्यक छ। यसबाट विज्ञापन ऐन कार्यान्वयनमा देखिएको समस्या हटाउन सकियोस् र परम्परागत व्यवसायको संरक्षण गर्न सकियोस्।

समग्र विज्ञापन बजारको नियमन

विज्ञापन (नियमन गर्ने ) ऐन २०७६ अर्को महत्वपूर्ण पक्ष समग्र विज्ञापन बजारको नियमन हो। नेपालमा विज्ञापन व्यवसायले आधिकारिक मान्यता पाएको सम्भवतः यही नै पहिलो अवसर हो। यसले सरकारी विज्ञापनका साथसाथै निजी क्षेत्रका विज्ञापनको नियमनसमेत गर्नेछ। ऐन हेर्दा यसले केही महत्वपूर्ण पक्षलाई समेटेको छ।

ऐनले विज्ञापन गर्न हुने–नहुने विषयमा स्पष्ट गरेको छ। मनोगत रूपमा हुने वा जथाभावी विज्ञापन बन्ने र विज्ञापनका कारण उत्पन्न हुने विवादको निरूपण गर्न अब सहज हुनेछ। विज्ञापन चक्रमा संलग्न विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन निर्माता, सञ्चारमाध्यम र उपभोक्ताका बीचमा कुनै विवाद भए त्यसको निरूपण गर्ने निकायका रूपमा विज्ञापन बोर्डको स्थापना हुनेछ। बोर्ड विज्ञापनको नियामक निकाय हुनुका साथै विज्ञापनसम्बन्धी नीति निर्माण गर्न सरकारलाई सहयोग गर्ने प्रमुख निकायसमेत बन्ने छ।

विश्वमै सरकार प्रमुख विज्ञापनदातामध्ये एक हो। नेपाल त्यसबाट मुक्त छैन। नेपालको कुल विज्ञापन बजारको झन्डै आधाभन्दा बढी भाग सरकारकै हातमा रहेको तथ्य यहाँ स्मरणीय छ। यति धेरै रकम विज्ञापनमा खर्च गरे पनि सरकारले आशातीत उपलबिध हासिल गर्न सकेको छैन। त्यसको मुख्य कारण विज्ञापनको व्यवस्थापन नै हो। अनियन्त्रित रूपमा वितरण भएको विज्ञापनको कुनै लेखाजोखा सरकारले गर्न नसक्दा त्यो उपलब्धि हासिल हुन नसकेको हो। विज्ञापन बोर्डमार्फत सरकारले विज्ञापनमा एकद्वार प्रणाली लागू गर्न खोजेको छ। यसबाट सरकारले प्राप्त गरेको उपलब्धिको लेखाजोखा हुनेछ भने त्यसले जनताको सूचना पाउने हकमा उत्पन्न गर्न सक्ने खतरालाई सतर्कतापूर्वक हेर्नुपर्छ।

अपेक्षित उपलब्धि

विज्ञापन चक्रमा सहभागीबीच उत्पन्न हुने विवादको निरूपण, सरकारी तथा निजी क्षेत्रमा सञ्चारमाध्यमबाट पर्ने विज्ञापनको दबाबको समाधान, सरकारले सञ्चालन गर्नुपर्ने मिडिया क्याम्पेनको व्यवस्थापन, विज्ञापन व्यवसायभित्र रहेको चुहावटको नियन्त्रण, विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चार गृहका बीचमा हाल रहेको असमझदारी र असन्तुष्टिको निरूपणको अपेक्षा यस ऐनको कार्यान्वयनबाट गर्न सकिन्छ।

यस ऐनको कार्यान्वयनले नेपाली उत्पादनले बजार पाउनेसमेत अपेक्षा गरिएको छ। प्रवद्र्धनमा व्यापक खर्च गर्ने अन्तर्राष्ट्रिय ब्रान्डका कारण नेपाली उत्पादन जतिसुकै गुणस्तर भए पनि उपभोक्तासम्म पुग्न नसकिरहेको अवस्थामा नेपाली च्यानलमा विज्ञापन नगर्ने अन्तर्राष्ट्रिय ब्रान्डका समानको सट्टा नेपाली उत्पादनले बजार पाउन सक्नेछन्। यो नेपाली उद्योगधन्दाका लागि समेत सकारात्मक प्रयास हुनेछ।

विज्ञापन बोर्ड यी समग्र पक्षको समन्वय गर्ने निकायका रूपमा रहनेछ। विश्वभर यस्तो समन्वय गर्न विभिन्न खालका निकायको स्थापना गर्ने गरिएको छ। खासगरी विज्ञापन चक्रमा सहभागी सबैको सहभागितामा त्यस्ता संयन्त्र निर्माण गर्ने गरिएको छ। नेपालमा पनि सरकारी, निजी तथा व्यावसायिक व्यक्तिका साथै विज्ञसमेतको सहभागिता रहने विज्ञापन बोर्डको परिकल्पना गरिएको छ। नेपालमा परिकल्पना गरिएको विज्ञापन बोर्ड फिलिपिन्स र दक्षिण अफ्रिकामा छ। अन्य देशले अन्य तरिकाले विज्ञापनको व्यवस्थापन गरेका छन्। विज्ञापन बोर्डको गठन र त्यसको सफल कार्यान्वयनले मात्र उपलब्धिको लेखाजोखा गर्न सकिन्छ।

अन्त्यमा

व्यावसायिक व्यक्तिको संलग्नतामा तत्काल विज्ञापन बोर्ड गठन गर्ने, प्रदेश स्तरमा गठन हुने अनुगमन तथा नियमन समितिको गठन गर्ने, सरकारी विज्ञापनको व्यवस्थापन गर्ने, निजी क्षेत्रले विज्ञापन व्यवसायबाट भोगेका समस्या समाधान गर्नेतर्फ अघि बढ्नुपर्छ। साथै नेपाल केवल टेलिभिजन व्यवसायी संघले उठाएका जायज मागलाई क्रमशः पूरा गर्दै जानु उत्तिकै आवश्यक छ। यस ऐनको पूर्ण कार्यान्वयनले समग्र सञ्चार क्षेत्रका साथै नेपालमा भएका सांस्कृतिक तथा आर्थिक अतिक्रमण रोक्न; सञ्चार क्षेत्रलाई मर्यादित बनाउन र नेपाली सञ्चार क्षेत्रका साथसाथै नेपाली उद्योगधन्दालाई समेत उत्थान गर्न सघाउन पुग्ने देखिन्छ।

—हुमागाईं सञ्चारविज्ञ तथा विज्ञापनरहित नीतिका मस्यौदाकार हुन्।

नेपाली मिडियामा पेशागत धर्म–पालनामै चुनौती

राघवराज रेग्मी ३० को दशक शुरू हुनुअघि नै बाल पत्रकारका रूपमा परिचित भइसकेका व्यक्ति हुनुहुन्छ– पत्रकार पिताका पत्रकार छोरा । वरिष्ठ पत्रकार स्व. कोषराज रेग्मी उहाँका पिता तथा प्रशिक्षक हुनुहुन्छ । २०४२ सालसम्म राजधानी बाहिरको एकमात्र दैनिक पत्रिका जनवार्ताको सहायक सम्पादकका रूपमा कार्यरत राघवराज आफ्नो समयमा एक तीखो कलम चलाउने युवा पत्रकारका रूपमा परिचित हुनुहुन्थ्यो ।

सुशासन, जनउत्तरदायी र भ्रष्टाचारमुक्त सरकारी सेवा, कानुनको शासन र प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापन जस्ता कुरा उहाँको कलमका मुख्य लक्षित विषय हुन्थे । फिलिपिन्सस्थित एसियन इन्स्टिट्युट अफ म्यानेजमेन्टबाट विकास व्यवस्थापनमा उच्च शिक्षा प्राप्त रेग्मी विगत ३० वर्षदेखि विकास व्यवस्थापन परामर्शदाताका रूपमा अन्तर्राष्ट्रिय विकास संस्थाहरूसँग नेपाल तथा अन्य विभिन्न मुलुकमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि उहाँले दिनुभएको अन्तर्वार्ता ः

एक पुरानो पत्रकारका रूपमा कोभिड महामारीका बेला घरमै बस्दाको अनुभव कसरी व्यक्त गर्नुहुन्छ ?
एक प्रकारले घरमै नजरबन्दको अवस्था छ । बाहिरका घटनाक्रम र कोरोनाविरुद्ध र भोकका विरुद्ध भएका र नभएका कामको समीक्षा गर्दै, फेसबुकमा आक्रोश व्यक्त गर्दै समय बितेको छ ।

नेपाली पत्रकारिताले यस बेला ठीक भूमिका खेलिरहेको छ ?
नेपाली पत्रकारिता जगत्ले खेलेको भूमिका पनि अहिलेको राजनीतिक संस्कार जस्तै नै हो, समग्रतामा केही मूलधारका मिडियाले ‘वस्तुगत’ हुने प्रयास गरेका छन् तर सूचना र प्रति सूचना अधुरो छाडिने समस्या देखिन्छ, कुनै समस्या उठायो, समाचार दियो तर त्यसका पछिल्ला घटना र निष्कर्षका फलोअप सूचना हँुदैन, अर्धसूचित हुनुपर्ने अवस्था छ । ‘निष्पक्ष’ विचार र विश्लेशणको अभाव छ, मिडियाको विश्वसनीयता धेरै तल गएको हुनाले यसको पेशागत धर्म पालनाप्रति पनि शंका गर्नुपर्ने अवस्था छ ।

तपाईंले पत्रकारिता गर्दाको बेला र आजको पत्रकारितामा मिडिया पावर कति भिन्न वा कति समान पाउनुहुन्छ ?
सैद्धान्तिक रूपले भिन्नता छैन तर व्यवहारमा मिडियाका विरुद्ध मिडिया नै प्रयोग हुने र युट्युब, अनलाइन आदिको गिर्दो स्तरले गर्दा त्यो बेलाको जस्तो ‘मिडिया पावर’ नदेखिने अवस्था छ । मूलधारका केही मिडियामा विषय विशेषमा केही अपवाद देखिएला ।

अहिले तपाईं मूलधारको सम्पादक। प्रकाशक भए मिडिया एजेन्डा के बनाउनुहुन्थ्यो ?
मूल रूपमा जनतालाई सार्वभौम बनाउने र राज्यलाई जनताप्रति उत्तरदायी बनाउने नै अहिलेको मूल विषय हुनुपर्छ । सुशासन, राजनीतिक शुद्धीकरण, सार्वजिनिक निकायहरूमा सेवामुखी सुधार, भ्रष्टाचारीमाथि कारबाही र पदमा हुनेहरूको स्वेच्छाचारितालाई रोक्ने कुराहरूमा ‘मिडिया अभियान’ चाहिएको छ ।

के सामाजिक सञ्जालको मिडिया मूलधारको मिडियाका लागि चुनाती हुन सक्छ ?
सक्तैन, सामाजिक सञ्जालको मिडियाले केही प्रथम सूचना दिने र सस्तो लोकप्रियताको मनोरञ्जन दिनेभन्दा बेसी र व्यक्तिगत विचार दिनेभन्दा बढी केही गर्दैन, आधिकारिक र जिम्मेवार सूचना तथा टिप्पणीका लागि मूलधारकै मिडिया खोज्ने प्रवृत्ति बुद्धिजीवी र सचेत वर्गका पाठक, स्रोता, दर्शकहरूमा देखिन्छ ।

सरकारद्वारा सञ्चालित मिडिया र निजी क्षेत्रको मिडिया तुलना गरेर हेर्दा तपाईं कसलाई बढी विश्वास गर्नुहुन्छ, किन ?
यो वा त्यो भन्ने हुन्न, सरकारका प्रमाणिक आधिकारिक भनाइका लागि सरकारी मिडिया हेर्नुपर्ने हुन्छ भने सरकारी दावाको सत्यता, सरकारले ‘गरें’ भनेको ‘नगरेको’, वा ‘भयो’ भनेको तर ‘नभएको’ कुरा थाहा पाउन भने निजी क्षेत्रको मिडिया नै चाहिन्छ । निजी क्षेत्रले पत्रकारिताको सही धर्म पालना गर्ने हो भने सरकारी मिडियाभन्दा बढी विश्वसनीय हुन सक्छ तर सरकारी मिडियाले निजी क्षेत्रको मिडियाको ठाउँ लिन सक्दैन । जस्तो गोरखापत्रले नेपालमा कोरोना व्यवस्थापनमा भ्रष्टाचार भएको छैन भन्यो भने वास्ता हुँदैन तर त्यही कुरा नेपाल समाचारपत्रले भन्यो भने आँखीभौं खुम्च्याउनुपर्ने हुन्छ । सरकारको पक्ष राख्ने र जनताको पक्ष राख्ने भूमिका फरक हुन्छ ।

विश्वयुद्ध अघि र पछिको समाज, उपनिवेशकालभन्दा अघि र पछिको विश्व भनेजस्तै कोभिडअघि र पछिको समाजमा के भिन्नता हुने देख्नुहुन्छ ?
कोभिडअघिका चुनौती समाजमा भिन्दै थिए, कोभिडको संक्रमणले समाजमा गरिब र निम्न वर्गको जीवन कठिन भएको छ, मान्छे मान्छेबाट अझ हिजोको आशा–भरोसाकै मान्छेबाट टाढा बस्नुपर्ने समय छ, बाबुआमाको सदगत गर्नसम्म नपाएको अवस्था छ । कोभिडपछिको समाजमा मान्छेको जीवनशैली र सोचमा कोभिड कालको अनुभवले नयाँ दिशा ल्याउनेछ, परिवारमा आर्थिक चुनौती थपिन्छ नै, रोजगार कम हुने, विदेश नजाने सोच बढ्ने, उत्पादन क्षेत्रमा लगानी कम हुने जस्ता कुराहरू बढ्ने मेरो अनुमान छ । समाजलाई मानसिक रूपले बाँधेर राख्न सजग रहनुपर्छ, आर्थिक पक्षका कुराहरू विश्व परिस्थितिले निर्धारित गर्दै जानेछ, हाम्रो अर्थतन्त्रलाई त्यसैअनुरूप मिलाउँदै जान सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ, उत्पादक क्षेत्रबाट पुँजी पलायन हुन नदिन सतर्क रहनुपर्छ ।

साम्यवादी भन्ने चीनले कोरोना जित्यो, लोकतत्रन्त्रवादी भन्ने अमेरिका, भारत आदि हारिरहेका छन्, राजनीतिक पद्धति र कोरोनाबीच सम्बन्ध के हो ?
यो जनताप्रति उत्तरदायी राजनीतिक चरित्र र स्वेछाचारी, अधिनायकवादी तथा सामन्ती शैलीको राजनीतिक चरित्र बीचको फरक हो । चीन, अमेरिका, ब्राजिल, भारत, फिनल्यान्ड, थाइल्यान्ड जस्ता मुलुकको वर्तमान नेतृत्व र सासकहरूको शैलीको तुलना गर्दा राजनीतिक नेतृत्वशैली र कोरोना व्यवस्थापन बीचको सम्बन्ध प्रस्ट हुन्छ । जनउत्तरदायी सरकारले जनता कसरी जोगाउने र उनको स्वार्थको रक्षा कसरी गर्ने भन्ने चिन्ता गर्छ तर स्वेच्छाचारी सरकारले आफू र आफ्नाहरूको स्वार्थ मात्र हेर्छ । यहाँ प्रश्न राजनीतिक पद्धतिको होइन, त्यो पद्धति हाँक्ने व्यक्तिको नियतको हो ।

नियमित कोलमनिस्ट भएर पुरानो पत्रकारको धर्म आज पनि निर्वाह गर्न मन हुँदैन ?
निश्चय पनि मन लाग्छ, तर आज जे लेखिन्छ, जे पढ्न खोजिन्छ, जे प्रसारित गरिन्छ त्यो हेर्दा कलम चलाउने जाँगर आउँदैन । ‘नेपालमा ‘र’ को तलब खाने ५ हजार मान्छे छन्’ भन्ने जस्ता हावादारी गफ दिनेलाई सुनाउने, छाप्ने, २० वटा टिभी च्यानलमा सार्वजनिक विषयमा बोल्ने, लेख्ने मान्छे घुमीफिरी उही ५÷७ जना, कथा र अनुमान, गालीगलौज र हावादारी गफ गर्ने÷गराउने, राजनीतिक दलको र कुनै नेताको हनुमानगिरी वा कुनै नेतालाई गाली गर्ने÷गराउने बजार छ । यस्तोमा गम्भीर, निष्पक्ष र सन्तुलित कुरा गर्ने ठाउँ नै देखिँदैन । अहिलेको ‘ओलीजीलाई गाली गर्ने र जोगाउने, वा ‘एमसीसीको विरोध गर्ने र समर्थन गर्ने’ बजार यसको एक उदाहरणका रूपमा लिन सकिन्छ ।

मेरो फेसबुकका अधिकांश स्टाटस सार्वजनिक विषयमा राज्य र जिम्मेवार पदाधिकारीहरूको जनउत्तरदायित्वप्रति नै लक्षित हुन्छन्, त्यसैलाई मेरो नियमित कोलम माने पनि हुन्छ । कहिलेकाहीं मन्त्री, सचिवहरूका मोबाइलमा सीधै सुझाव र टिप्पणी पनि पठाउँछु, अहिलेसम्म एक जना व्यक्तिगत मित्र मन्त्रीले बाहेक कसैले पनि जबाफ पठाएको अनुभव छैन । मेरो यो एउटा प्रयोग हो जसले सार्वजनिक जिम्मेवारीमा बस्नेहरू आम जनताको चासो र आवाजप्रति कति उत्तरदायी छन् भन्ने देखाउँछ ।

नेपाली पत्रकार र मिडिया हाउसहरूलाई सुझाव ?
मूलधारका मिडियाहरूमा पत्रकारिताको मूल धर्म जोगाउने कुरामा एकता र सहकार्य हुनुपर्छ । व्यावसायिक प्रतिस्पर्धाले प्रतिद्वन्द्वीको रूप लिन नपाओस् भन्ने कुरामा सचेत रहेन भने नेपाली निजी क्षेत्रको प्रत्रकारिता ‘भाटगिरी’ र झुटको खेती मात्र हुनेछ । नेपाली पत्रकारहरूलाई भन्ने पनि त्यही हो– पत्रकारिताको धर्म पालना गर्नुहोस्, मर्यादित पत्रकारिता मात्र गर्नुहोस् ।
अर्को कुरा मिडिया हाउस मालिक र श्रमजीवी पत्रकार, मालिक पत्रकार र श्रमजीवी पत्रकारका बीचको सम्बन्ध र नियतलाई प्रस्ट र सही व्यवस्थापन गरिनुपर्छ जस्तो लाग्छ ।

थप केही भन्नु छ कि ?

प्रेस स्वतन्त्रता भनेको छाडा छाड्नु होइन, नियमन गरिनुपर्छ तर नियमन गर्नु भनेको नियन्त्रण पनि होइन । अहिले धेरै छाडापन पनि देखिएको छ, सँगसँंगै नियन्त्रण मात्रै होइन पूरै दबाउनुपर्छ भन्ने शैली पनि देखिन्छ– यो दुवै ठीक छैन । मूलधारका श्रव्य–दृश्य र छापाहरूलाई नियमन गर्न सजिलो छ, युट्युब, अनलाइन मिडियामा भने नियमन अलि कठिन छ, तर बढी समस्या पनि त्यहीं छ ।

मिडिया क्षेत्रको २० अर्ब लगानी जोखिममा

मुलुकको मिडिया क्षेत्रमा २० अर्बभन्दा बढी लगानी रहेको र पछिल्लो समय विज्ञापन बजार सुक्दै जाँदा यो क्षेत्र संकटमा परेको सरोकारवालाहरूले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्र्यक्रममा दिइएको जानकारीअनुसार नेपालको मिडिया क्षेत्रमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी छ भने पछिल्लो समय यसमा लगानी थपिने क्रम जरुरी छ । यस्तै, नेपालमा वार्षिक १२ अर्बको विज्ञापनको कारोबार हुने मिडिया सञ्चालकहरूले बताएका छन् । यसलाई व्यवस्थित गर्न सकिए वार्षिक २५ अर्बको विज्ञापन कारोबार हुने अवस्था रहेको एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले बताए । सञ्चार उद्यमी संगठित र व्यवस्थित हुन सके तीन वर्षभित्रमा यो लक्ष्य प्राप्त गर्ने उनको भनाइ छ । उनका अनुसार सञ्चार उद्योगलाई सेवा उद्योगको मान्यता दिनुपर्ने यसको पहिलो शर्त हो ।
यसैबीच, निजी क्षेत्रका मिडिया सञ्चालकहरूले नयाँ संस्था स्थापना गरेका छन् । सञ्चार क्षेत्रमा थपिएका चुनौती तथा लगानीको संरक्षणका लागि भन्दै ‘मिडिया एलाइन्स नेपाल’ नामक संस्था स्थापना भएको छ । विभिन्न दैनिक पत्रिका तथा टेलिभिजन उद्यमीहरूको भेलाले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त संस्थाको तदर्थ समिति सार्वजनिक गरेको हो ।
‘मिडिया एलाइन्स नेपाल’को अध्यक्षमा एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार रहेका छन् । नौ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशन प्रालिका अध्यक्ष महेन्द्र शेरचन, माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल छन् भने महासचिवमा इमेज च्यानल प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईँ र कोषाध्यक्षमा हिमालय टाइम्सका उज्ज्वल शर्मालाई चयन गरिएको जनाइएको छ । यस्तै, सदस्यमा जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा. विजय पौडेल, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, एपीवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शाक्य र नेपाल रिपब्लिक मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली रहेका छन् । संस्थाको सल्लाहकारमा क्या. रामेश्वर थापा र विनोदराज ज्ञवाली रहेका छन् ।
कार्यक्रममा अध्यक्ष राजकर्णिकारले मिडिया क्षेत्रको विकास र विस्तारका लागि विशुद्ध व्यावसायिक हिसाबले संस्था गठन गरिएको बताए । “लगानीकर्ताले घर बेचेर लगानी गर्ने तथा श्रमजीवी पत्रकारले जीवनभर श्रमको लगानी गर्दा पनि मिडिया क्षेत्र समृद्ध हुन सकेन,” अध्यक्ष राजकर्णिकारले भने, “त्यसकारण मिडियाको विकास र व्यवसायिकताका लागि संस्थाको स्थापना गर्नुपरेको हो ।” उनका अनुसार लामो यात्रा तय गरे पनि मिडिया उद्योग अझै व्यावसायिक बन्न सकेका छैनन् ।
सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा सञ्चार उद्यमी र कार्यरत पत्रकार, कर्मचारी तथा कामदारको हकहित संरक्षण, मिडियामा देखापरेका समस्याको एकीकृत समाधान, तटस्थ, निष्पक्ष र जनउरदायी सूचना सम्प्रेषण तथा गुणस्तरीय समाजको निर्माणमा एलाइन्स सक्रीय हुने जनाइएको छ । संस्थामा आवद्ध हुनका लागि भने रेडियोका हकमा एक–एक हजार वाट क्षमता भएको हुनुपर्ने र टेलिभिजनका हकमा स्याटेलाइटमा गएको हुनुपर्ने छ । त्यस्तै पत्रिकाको हकमा राष्ट्रिय दैनिक पत्रिका हुनुपर्ने जनाइएको छ । पत्रकार सम्मेलनमार्फत मिडिया एलाइन्स नेपालले विभिन्न ३० बुँदे आफ्ना उद्देश्यहरू सार्वजनिक गर्दैे, सञ्चारसम्बन्धी नीति तथा कानून निर्माणमा सञ्चार उद्यमीको हकहित संरक्षणमा पहल गर्ने जनाइएको छ । मिडिया सञ्चालकहरूको यो दोस्रो संस्था हो । मिडिया सोसाइटी नेपाल यसअघिदेखिनै सक्रिय छ ।

मिडिया मालिकहरुमा विभाजन, कर्णिकारको नेतृत्वमा एलायन्स

असोज ७, २०७७ काठमाडौं : सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया एलाइन्स नेपाल नामक संस्था गठन भएको छ।  सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै लगानीकर्ताको हकहितका लागि मिडिया एलाइन्स नेपाल नामक संस्था स्थापना भएको बताइएको छ सञ्चारसम्बन्धी नीति, ऐन, कानून निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानून निमार्णमा सहयोग गर्ने, सञ्चार क्षेत्रलाई मर्यादित व्यवस्थित र उत्तरदायी हुने कानून निर्माणमा पहल गर्ने उद्देश्यले एलाइन्सको गठन भएको हो।  एलाइन्सको तदर्थ समिति अध्यक्ष भाष्करराज राजकर्णिकारले १२ सय करोडको अहिलेको विज्ञापन बजारलाई २५ सय करोडको विज्ञापन बजार बनाउने लक्ष्यका साथ एलाइन्सको स्थापना भएको बताए।  सञ्चार नीति अभावमा २० अर्ब बढीको लगानी भएको क्षेत्र टुहुरो बन्न पुगेको उहाँले बताउनुभयो। उहाँले एउटै अनुमति पत्रमा नीजि क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने बताए। एलाइन्सका सल्लाहकार क्याप्टेन रामेश्वर थापाले आवश्यकता भन्दा बढी सञ्चार संस्था खुल्नु, ठूलो लगानी हुनु र बजारले धान्ने अवस्था नहुँदा विकृति बढ्न सक्ने तर्फ ध्यानाकर्षण गराए। सहज रुपमा सञ्चार माध्यम चल्न सक्ने अवस्था नभए विकृति निम्तिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न स्वतन्त्र, स्वायत्त र व्यवसायीक व्यक्तिको सहभागिता रहेको छुट्टै नियामक निकायको आवश्यकता रहेको बताए। इमेज च्यानलका अध्यक्ष आर के मानन्धरले मिडिया उद्योगलाई बचाउन नसके त्यसमा आश्रित पत्रकार र कामदारको रोजगारी पनि बचाउन नसकिने बताए। सञ्चारमाध्यम चल्न धौ धौ परेको बेला थपिएको दायित्वले सञ्चार माध्यम नै बन्द हुने अवस्था सिर्जना हुँदा एउटा प्रतिनिधिमूलक संस्थाले संरक्षण गर्न प्रदान गर्न नसक्नु दुःखद भएको बताए।  एलाइन्सले विगतका प्रतिनिधिमूलक संस्थाले गरेका कमि कमजोरी सच्याएर अगाडी बढ्नेमा सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।  एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको एलाइन्समा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल उपाध्यक्ष छन्।  इमेज च्यानल प्रालिका सिइओ लक्ष्मण हुमागाईं महासचिव, इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सिइओ उज्जवल शर्मा कोषाध्यक्ष रहेका छन्। सदस्यहरूमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा. विजय शर्मा, प्राइम टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सिइओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सिइओ सम्बृद्धि ज्ञवाली छन्। सल्लाहकारमा अन्‍नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्‍वर थापा र रिपब्लिका मिडिया प्रालिका विनोद ज्ञवाली छन्।  यसअघि मिडिया मालिकहरु नेपाल मिडिया सोसाइटीमा आवद्ध थिए। त्यसका कार्यवाहक अध्यक्ष हाल एबिसी न्यूजका शुभशंकर कँडेल छन्।

Media Alliance Nepal formed to make media industry impartial and accountable

KATHMANDU, Sept 23: Media Alliance Nepal has been formed with an objective of making Nepal’s media industry impartial, neutral and accountable to the public.

At a function in Kathmandu on Wednesday, an ad hoc committee under the leadership of Bhaskar Raj Rajkarnikar was formed. Karnikar is the Chairman of Avenues Television.

Mahendra Sherchan of Rajdhani Daily and Raju Kandel of Mountain Television have been picked as the organization’s vice-chairmen. Laxman Humangai (CEO of Image Channel) is the general secretary, and Ujjwal Sharma (CEO of Impression Publication) is a treasurer of the Alliance.

Dr Bijaya Poudel (Janata Television), Rishi Dhamala (Prime Television), Rajendra Shakya (AP 1 Television) and Samridhi Gyawali (Nepal Republic Media) are the members in the ad-hoc committee.

Likewise, Binod Raj Gyawali, Managing Director/Chairman of Nepal Republic Media, and Chairman of Annapurna Media Network Rameshwar Thapa are advisors of the Alliance.

The newly-established institution seeks to find solutions to address challenges in Nepali media,  according to a declaration released on Wednesday.

As per the declaration, the alliance will take initiatives on media-related policies and laws, make Nepali media more accountable to the public, work to protect rights of journalists, employees and staff in the media houses, and protect media owners’ investment.

The Alliance also wants the government to recognize Nepali media industry as a service industry. The Alliance hopes to scrap or amend outdated media-related laws. “The organization will draft a policy to self-regulate the media,” read the declaration.

As per the declaration, individuals, organizations or institutions that don’t clear payments for long in one media organization and start financial transactions with another media organization, the Alliance will take initiation to blacklist them.

“The alliance will take collective effort toward resolving problems of media owners, but it will not interfere into internal affairs of a particular media organization,” read the declaration.

 

कात्तिक ७ गतेसम्म क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन

काठमाडौँ — विदेशी टेलिभिजनमा नेपाली विज्ञापन हाल्न नपाइने प्रावधानसहित आगामी कात्तिक ८ भित्र क्लिन फिड लागू गर्न संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सरकारले अघिल्लो वर्ष पारित गरेको विज्ञापन ऐनमा कात्तिक ८ देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था छ ।

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सरोकारवालासँगको छलफलमा यस्तो निर्देशन दिएको हो । समितिले सरकारलाई विज्ञापन ऐनबमोजिम गठन गर्नुपर्ने विज्ञापन बोर्ड कात्तिक ७ भित्र गठन गर्न र क्लिन फिड लागू गर्न निर्देशन दिएको छ । ऐन लागू भएको एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने प्रावधान छ । गत वर्ष कात्तिक ८ मा राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको हो ।

समितिले नेपाली टेलिभिजनको प्रवर्द्धन गर्न विदेशी च्यानलमा नेपाली विज्ञापन प्रसारण गर्न नपाइने प्रावधान राख्न पनि सरकारलाई निर्देश गरेको छ ।

‘नेपाली टेलिभिजनलाई प्रवर्द्धन गर्न विदेशी टेलिभिजनको प्रसारणमा नेपाली विज्ञापन हाल्ने नीति (फिड इन) नलिन समिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ,’ समितिको तीनबुँदे निर्णयमा भनिएको छ । समितिले ऐनको कार्यान्वयनबाट कतिवटा विदेशी च्यानलको प्रसारण रोकिने अवस्था छ, तिनले पार्ने सकारात्मक एवं नकारात्मक प्रभावबारे मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न पनि भनेको छ ।

क्लिन फिड कार्यान्वयनका लागि विज्ञापन एजेन्सीसहित विदेशी च्यानलको डाउनलिंक अनुमति पाएका कम्पनीले समेत माग गर्दै आएका छन् । विदेशी टेलिभिजन च्यानलको नेपालमा डाउनलिंक अनुमति लिएर वितरण गर्दै आएको डिजिटल सिस्टम अफ नेपालका प्रमुख कार्यकारी अधिकृत शिव निरौला समितिको निर्णय सही भएको टिप्पणी गर्छन् । उनको कम्पनी सोनी पिक्चर नेटवर्क इन्डिया प्रालि, इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन, डिस्कभरी नेटवर्क एसियाको नेपालका लागि आधिकारिक वितरक हो ।

क्लिन फिड तोकिएको समयमा लागू गर्न मन्त्रालयलाई पहिलोपटक आफ्नो कम्पनीले प्रतिबद्धतापत्र दिएको उनको दाबी छ । ‘तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा पदमा रहेको अवस्थामै हामीले डाउनलिंक अनुमति पाएका विदेशी च्यानलमा क्लिन फिड लागू गर्छौं भनेर प्रतिबद्धतापत्र बुझाइसकेका छौं,’ उनले भने, ‘क्लिन फिड लागू भएपछि उपभोक्ताले विदेशी विज्ञापन हेर्नुपर्दैन भने नेपाली कलाकार र प्राविधिकका लागि रोजगारीको अवसर सिर्जना हुनेछ ।’

पछिल्लो पटक सरकारले २०७३ सालमा पनि क्लिन फिड लागू गर्ने नीति कार्यान्वयन गर्ने भने पनि अन्तिम समयमा आएर योजना स्थगन भएको थियो । क्लिन फिड लागू भएसँगै विशेषगरी भारतीय च्यानल प्रभावित हुनेछन् । २०७६ कात्तिक ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी च्यानलले क्लिन फिड प्रसारण गर्नुपर्ने प्रावधान छ ।

ऐनमा विदेशी च्यानलले नेपालमा प्रसारण हुँदा विज्ञापन बजाउन नपाउने साथै विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने व्यवस्था पनि छ । विज्ञापनको नियमनसम्बन्धी काम गर्न विज्ञापन बोर्ड गठन गर्ने प्रावधान पनि ऐनमा छ । बोर्डको अध्यक्ष नेपाल सरकारले नियुक्त गरेको व्यक्ति हुने र यसको सदस्यमा गृह मन्त्रालयका सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ ।

बोर्डमा सरोकारवाला निकायबाट मन्त्रालयले मनोनयन गरेका एक सदस्य र उपभोक्ता हित वा आमसञ्चारको क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको एक महिलासहित तीन जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सदस्यका रूपमा मनोनयन गर्न सक्ने प्रावधान ऐनमा छ । ०७३ साउन ७ मा मन्त्रिपरिषद्ले विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन प्रसारण गर्न नपाउने गरी क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो ।

सरकारले राष्ट्रिय आमसञ्चार नीति, ०७३ स्वीकृत गर्दै ०७४ साउन १ देखि क्लिन फिड लागू गर्ने निर्णय गरेको भए पनि योजना कार्यान्वयनमा आएन । सरकारले ०७५ साउनदेखि क्लिन फिड नीति लागू गर्ने भनी सार्वजनिक सूचना प्रकाशन गरे पनि अन्तिम समयमा आएर रद्द गरियो ।

भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती : राष्ट्रपति

६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यममा प्रकाशित र प्रसारित भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन् । प्रेस काउन्सिल नेपालको ५१औँ वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादासमेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेको बताइन् ।

‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ भन्ने मैले ठानेको छु,’ शीतलनिवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भनिन्, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।’

कोरोना महामारीका कारण सञ्चार माध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा समेत अविचलितरूपमा पेशाप्रतिको दायित्ववहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताइन् । उनले आमसञ्चारको क्षेत्रमा देखिएका कमी-कमजोरीहरू हट्दै जाने विश्वाससमेत व्यक्त गरिन् ।

भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । ‘स्वतन्त्रता र चेतनाको संवाहकका रूपमा रहेको प्रेसको निब परपीडक हुनुहुँदैन’ उहाँले भन्नुभयो ।

सचिव र सदस्यसचिव गएनन्

प्रेस काउन्सिलको वाषिर्कोत्सवका अवसरमा हरेक वर्ष राष्ट्रपति कार्यालयमा कार्यक्रम आयोजना गर्ने परम्परा छ । यस कार्यक्रममा विभागीय मन्त्री, सचिव र मन्त्रालयका उच्च पदस्थ अधिकारीको उपस्थिति रहने गरेको थियो ।

यसपालि सञ्चार मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले सम्भालेका छन् । उनी प्रेस काउन्सिलको कार्यक्रममा अनुपस्थित रहे । यसैगरी, सञ्चार मन्त्रालयका सचिव हरि बस्याल, तथा काउन्सिलका सदस्य सचिव समेत रहेका सूचना विभागका महानिर्देशक किरणराज शर्मा कार्यक्रममा गएनन् ।

प्रेस काउन्सिल स्रोतका अनुसार प्रधानमन्त्रीकै निर्देशनमा उनीहरुले प्रेस काउन्सिलको कार्यक्रम ‘बहिष्कार’ गरेका हुन् ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसित प्रधानमन्त्रीको चिसो सम्वन्ध रहँदै आएको छ । उनले श्रेष्ठलाई काउन्सिलबाट हटाउन पटक-पटक प्रयास गरे पनि अदालतले रोकेका कारण सफल भएका छैनन् ।

पत्रकारहरु पुरस्कृत

काउन्सिलको वाषिर्कोत्सवका अवसरमा विभिन्न पुरस्कार प्राप्त गर्ने पत्रकारहरूलाई राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । यस वर्ष पाल्पाको तानसेन नगरपालिकाले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत पूर्वराजदुत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

यस्तै, प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी १ लाख ५१ हजार रुपैयाँ छ । १ लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ भने ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिएको छ ।

त्यस्तै २० हजार राशिको प्रेस काउन्सिल कि्रयाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ)लाई दिइएको छ ।

यस्तै, १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार यस वर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिराहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ)लाई दिइएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाई प्रदान गरिएको छ ।

 

Fighting Pandemic Of Disinformation

The rise of digital and social media has changed the entire landscape of media, thanks to the people’s enhanced access to internet and smartphones. More importantly, it is their ever increasing penchant to keep themselves abreast of current issues and developments, which has exponentially amplified the scope and craze of online portals and social networking sites. Social media sites like Facebook, Twitter and YouTube have served as viable means of popularising the news that is either printed or broadcast. While enlarging their readership and viewership, these easily available platforms excite and engage the readers. They proliferate the news and views to the targeted and likeminded people, which has both good and bad sides. Social media’s sustainability is largely based on the amount of likes, dislikes and sharing that the published texts, videos and audios generate. This sort of operationality has fuelled stiff competition among them. In a race for becoming hot and viral, the social media is prone to violating basic journalistic norms. As a result, they tend to spread fake, misleading and distorted news and information. This downside of social media is a matter of serious concern.

Now pandemic of disinformation has engulfed the social networking sites. They create false consciousness, with innocent readers and audiences accepting fabricated contents without scrutiny. According to a news report published by this daily, a staggering 95.5 per cent of internet users are exposed to disinformation in Nepal. The Centre for Media Research – Nepal (CMR-Nepal) conducted the Nepal Twitter Users Survey 2019 last November and the findings are based on 542 valid responses. It suggested devising a multi-layered plan to help citizens distinguish disinformation from valid information. YouTube has become a popular site and so are its negative impacts. About 85.6 per cent respondents say they receive a deluge of disinformation from YouTube. “This appears to validate claims that ‘YouTubers’ not only sensationalise the content but also air misguided and fake information to garner views and earn money,” says CMR-Nepal. Facebook and Twitter are also blamed for spreading the false and misleading news.

Another interesting finding is that majority of respondents have placed their trust in newspapers. Around 90 per cent of them rank media as the most trusted institution. Ironically, they believe contents of the newspapers though they are also culpable for spreading distorted news and views to some extent. They have accepted that misinformation has created problem in the society. There is no doubt that both users and social media platforms are responsible for accepting and churning the false news but this points to the urgency of fact-checking initiative to fight the disinformation that poses a threat to democracy and constitutional culture. When the people are fed with mala fide, false and fancied news contents, the people’s judgemental ability is impaired. They can’t correctly comprehend the social and political issues. A barrage of fake news forces the electorates to make wrong choices in the election, giving upper hand to demagogues and rabble-rousers. Therefore, it is imperative to create information-literate citizenry capable of distinguishing between the right and wrong information. Only enlightened citizens can make informed choices and contribute to democratising public institutions and society as a whole.

Tearing Through Infodemic Is A Tough Job

Kathmandu, Sept. 16: In addition to a pandemic, the coronavirus has also caused an infodemic – a phenomenon where an enormous volume of misinformation is released to the public, according to Laxman Datt Pant, media expert and chairperson of Media Action Nepal.
Described as an epidemic of [false] information, infodemic is as detrimental to public health as the coronavirus epidemic because it breeds conspiracies, downplays risks and misleads and misguides people to take actions harmful to their health and safety, Pant described. A case in point, the case of people in various parts of Nepal drinking sanitizers believing it will kill the virus inside their body.
The problem of infodemic has escalated to such an extent that misinformation is figuratively all around us, thanks in part to social media. A recent survey by the Centre for Media Research – Nepal revealed that 95.5 per cent of Nepali internet users receive misinformation.
But is there any way to counter this overabundance of falsehood?
Deepak Adhikari believes that one way to do it is to fact-check. Adhikari is the editor of South Asia Check, one of the pioneering fact-checking websites of Nepal, and he stresses the need for verifying the factuality of information disseminated to the public, especially from public figures, to control and contain the infodemic.
“When misinformation comes from authorities and media, it gets amplified and reaches a lot of people,” Adhikari said, adding, “The problem is compounded by a lack of media literacy. People share anything they find on social media without checking its veracity. While they do so with good intention, they often end up peddling harmful untruths.”
So, fact-checking is of paramount importance, especially during sensitive times like the current COVID-19 crisis. And this is what Adhikari and his four-member team at South Asia Check, an initiative of Panos South Asia, endeavours to do.
Fact-checking begins with media monitoring. Interviews by public figures, viral social media posts/photos and many other news and information are reviewed, checked and then discussed. Tools like Google’s Reverse Image Search and the browser extension InVid are deployed. Archival searches on newspapers and other publications are run and government documents and other sources are cross-checked. “Research and verification are at the heart of our work,” Adhikari said.
But with the sheer volume of info out there, checking every piece, although ideal, is not feasible. So, the priority is to check statements by politicians and officials. “Since the pandemic, we have also turned our attention to social media where most of the misinformation spreads,” Adhikari said.
“The spread of fake news is almost seasonal. During the monsoon, we see a lot of misleading photos of floods and landslides. If there is tension between Nepal and India, people come up with all sorts of false claims.”
The team has gone into overdrive since the beginning of the COVID-19 outbreak in Nepal, fact-checking 15 false or misleading claims related to the pandemic, Adhikari informed.
Misinformation spreads like wildfire and to enable fact-checked pieces to catch up, South Asia Check publishes in both Nepali and English on its website. It is also active on social media and requests influencers to share their posts. Various media outlets also circulate their pieces and it uses simple language, photos and graphs to make the articles as accessible, readable and relatable as possible.
But in spreading fact-checked pieces, the team has to be careful about debunking the original misinformation without amplifying it. So, does fact-checking work? Indranath Sharma watched a YouTube interview with one Surajeet Dutta where he claims that the mortality rate of COVID-19 is negligible. Sharma accepted the claim until his daughter showed him a fact-checked piece published by South Asia Check which opened his eyes, he said.
Similarly, Suveksha Tamrakar got to know about a scientist in Hetauda developing a vaccine against the coronavirus through several major newspapers. Later, she saw a fact-checked piece on the popular blog Mysansar and learnt that the stories were inaccurate.
But fact-checkers can only do so much. The people must develop skills to distinguish bogus materials. A way to do that is to remain sceptical to the information received from various channels, Pant suggests. “I recommend people to view information and news with a critical eye and deploy manual and technological tools for fact-checking, source verification and misinformation detection.”
Adhikari also has a few tips. “Check any news before you share it. Is it from a reliable source? Have other media reported it? Is the language grammatically correct (Most misinformation is simple copy-paste job)? When was it published? We have to think twice before sharing a photo, video or a meme to ensure that we don’t become a transmitter of fake news.”

More Than 95% Internet Users Receive Disinformation

By A Staff Reporter
Kathmandu, Sept. 14: Most Nepali internet users are exposed to disinformation, a survey by the Centre for Media Research – Nepal (CMR-Nepal) revealed.
The Nepal Twitter Users Survey 2019 was conducted by the centre last November and the results are based on 542 valid responses, which show that a staggering 95.5 per cent of internet users receive disinformation.
“This is very concerning as almost all internet users appear to be exposed to some kind of disinformation,” says CMR-Nepal Chairperson Rishikesh Dahal, adding that the results show an urgent need to devise a multi-layered plan to help citizens distinguish disinformation from valid information.
Social media main culprit
A vast majority, 85.6 per cent, believe YouTube is the main platform where they encounter disinformation. This appears to validate claims that ‘YouTubers’ not only sensationalise the content but also air misguided and fake information to garner views and earn money, stated a press statement issued by CMR-Nepal announcing the survey results.
Facebook and Twitter are not far behind with more than two-thirds saying they saw disinformation on Facebook and more than half saying they saw it on Twitter.
Very few reported disinformation in newspapers. This could be a result of trust factor as people tend to trust newspapers more and probably believe what they see in newspapers is true, the statement stated.
“In Nepal, many surveys over the past decade have shown that up to 90 per cent of the public rank media as the most trusted institution,” said Tilak Pathak who studies public trust in media.
“So, even when there is disinformation in mainstream media, the general public’s trust may keep them from identifying it.”
Problem for society
The respondents were also asked whether disinformation is already a problem or will be a problem for our society.
More than two-thirds of them believe that it is already a problem and a little more than 12 per cent think it will create problems in the future.
Just over one per cent believe it is neither a problem now (1.6 per cent) nor will be in the future (1.1 per cent).
Countering disinformation
Most of the survey participants called media and government responsible for tackling disinformation. About 32 per cent of them considered users responsible while 30 per cent considered platforms responsible.
About 22.5 per cent said civil societies were responsible and 9 per cent considered educational institutions, influencers and fact-checkers responsible.
“Fact-checking initiatives are important but so are efforts from the government, political parties, media, civil society and opinion leaders in creating an information-literate citizenry,” said Umesh Shrestha, editor of NepalFactCheck.org, a fact-checking initiative of CMR-Nepal.
CMR-Nepal’s former chairman Bhuwan KC said disinformation can pose a big threat to Nepal’s democracy, highlighting how it could not only impact elections but also public debates and understanding of political and social issues. “If we don’t devise a concrete and effective strategy to tackle disinformation, without impacting people’s freedoms, our democracy might suffer,” KC said.

मिथ्या सूचनाको महाजाल

सामाजिक सञ्जाल पछिल्लो समय आमसर्वसाधारणबीच फैलिँदै गएका कारण यो सूचनाको मुख्य स्रोत भएको छ । तर सामाजिक सञ्जालमा आमसर्वसाधारणले सूचना मात्रै पाउँदैनन्, गलत (मिथ्या) सूचना प्राप्त गर्ने संभावना त्यत्तिकै छ । अझ पछिल्लो समय सामाजिक सञ्जाललाई मिथ्या सूचना फैलाउने माध्यमका रूपमा हेर्ने गरिएको छ जसलाई पूर्णतः नकार्न सकिँदैन । नेपालमा गरिएको एक सर्वेक्षणका क्रममा पनि अधिकांश इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत मिथ्या सूचना प्राप्त गरेको बताउनुले पनि त्यस्तै संकेत गर्छ । सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल) ले ट्विटर प्रयोगकर्ताबीच गरेको सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले विशेष गरी युट्युब, फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका छन् । यो तथ्यांकलाई आधार मान्ने हो भने लगभग सबैजसो इन्टरनेट प्रयोगकर्तासम्म मिथ्या सूचना पुगेको देखिन्छ ।

अझ चाखलाग्दो पक्ष के छ भने ९५.५ प्रतिशत सहभागीले सामाजिक सञ्जालमा फाट्टफुट्टरूपमा मात्र नभएर सर्वेक्षणमा सहभागी भएको सातामै सामाजिक सञ्जालमा मिथ्या सूचना फेला पारेका हुन् । यसले सामाजिक सञ्जालमा जताततै मिथ्या सूचना रहेको संकेत गर्छ । शायद, त्यसैले होला, अनुसन्धानकर्ताहरूले पनि मिथ्या सूचनाको महामारी अर्थात् ‘इन्फोडेमिक’ भन्ने गरेका छन् । त्यसो त धेरै नेपालीका लागि मिथ्या सूचनाको प्रमुख स्रोत युट्यूब रहेको छ । ८५.६ प्रतिशतले युट्युबमा गलत सूचना देखेको बताउनुले पनि यसलाई पुष्टि गर्छ । त्यसो त ‘नेपालमा युट्यूब चलाउनेहरूले आफ्नो च्यानल बढी चलाएर पैसा कमाउन विषयलाई बढाइचढाइ गर्ने र मिथ्या सूचनासमेत दिन्छन्’ भन्ने आरोप लाग्दै आएको हो । यो अनुसन्धानले पनि त्यसलाई पुष्टि गरेको छ । यसका साथै फेसबुक र ट्विटरबाट पनि मिथ्या सूचना फैलिने गरेको अनुसन्धानको निचोड छ । दुईतिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्विटरबाट मिथ्या सूचना प्राप्त गरेको बताउनुले सबै किसिमका सामाजिक सञ्जाल कुनै न कुनैरूपमा मिथ्या सूचना फैलाउन सहयोगी भएका देखिन्छ । सत्र प्रतिशतले भने विभिन्न वेबसाइटबाट मिथ्या सूचना पाउने गरेको बताएका छन् ।

अनुसन्धानले अर्काे चाखलाग्दो तथ्य पनि पस्किएको छ । त्यो हो, पत्रपत्रिकामा मिथ्या सूचना प्राप्त गर्नेहरूको संख्या एकदमै थोरै छ । त्यसो त विगतमा विभिन्न अनुसन्धान संस्थाले राजनीतिक एवं सामाजिक संस्थाहरूप्रतिको भरोसा र विश्वासको विषयमा गरेको सर्वेक्षण नतिजाले पनि मूलधारको मिडियालाई सबैभन्दा विश्वसनीय संस्थाका रूपमा देखाएका छन् । सन् २००४ यता नेपालमा कुनै न कुनै संस्थाले हरेक वर्षजसो सर्वेक्षण गर्दै आएका छन् र ती सबै सर्वेक्षणमा मूलधारको मिडियाको विश्वसनीयता अन्य राजनीतिक एवं सामाजिक संस्थाको तुलनामा सबैभन्दा उच्च रहँदै आएको छ । पछिल्ला वर्षहरूमा त सर्वेक्षणले मिडियाको विश्वसनीयता ९० प्रतिशतभन्दा बढी देखाउँदै आएका छन् । मूलधारका मिडियाबाट बेलाबखत हुने गल्तीमा प्रायः भुलसुधार गरिहाल्ने र क्षमायाचनासमेत माग्ने गरेका कारण पनि सर्वसाधारणले यी मिडियालाई बढी विश्वास गर्ने गरेको विश्लेषण गर्न सकिन्छ ।

त्यसो त आमसर्वसाधारणले कतिपय बेला मूलधारका मिडियाको समेत आलोचना नगर्ने होइनन् । उनीहरूले सबैभन्दा भरोसा गर्ने भएकाले कुनै गल्ती भएमा आलोचना गर्ने गरेका हुन् । तर त्यही गल्ती सूचना सामाजिक सञ्जालमा देखेको अवस्थामा कि त्यसलाई विश्वास गर्छन् कि बेवास्ता गर्छन् । अर्थात्, त्यसको सुधारका लागि खास पहल गर्दैनन् । त्यसले गर्दा सामाजिक सञ्जालहरू मिथ्या सूचनाको खानीकै रूपमा रूपान्तरित हुन थालेका छन् । त्यसैले पनि यस किसिमको मिथ्या सूचना आगामी दिनमा ठूलो चुनौतीको विषय बन्न सक्छ । इन्टरनेटमा फैलिएका यस्ता मिथ्या सामग्री कृत्रिम बौद्धिकता अर्थात् एआइका माध्यमबाट समेत सही सूचनाका रूपमा जान सक्ने खतरा भविष्यमा छ । यो तथ्यलाई धेरैले अहिल्यै औल्याउँदै आएका पनि छन् । त्यसो त सर्वेक्षणमा सहभागी दुईतिहाइभन्दा बढी अर्थात लगभग ७४ प्रतिशतले नेपाली समाज र राजनीतिका लागि मिथ्या सूचना समस्या भइसकेको बताएका थिए भने १२ प्रतिशतले यो भविष्यमा समस्याका रूपमा आउने बताउनुले पनि विषयको गम्भीरता मनन गर्न जरुरी छ ।

यो अवस्थामा इन्टरनेटमा पाइने मिथ्या सूचनालाई न्यूनीकरण गर्न मूलधारका मिडियादेखि नागरिक समाजसम्मको भूमिका महत्वपूर्ण हुने देखिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा मिथ्या सूचनाको महामारीलाई न्यूनीकरण गर्न मूलधारका मिडियादेखि नागरिक समाजबाट सुरु भएका प्रयासमार्फत तथ्य जाँचको प्रक्रियालाई महत्व दिन पनि उत्तिकै आवश्यक छ । यसका साथै सूचना साक्षरता बढाउन पनि सरकारदेखि नागरिक समाजसम्मले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । यसलाई न्यूनीकरण नगर्ने हो भने आगामी दिनमा राजनीतिक एवम् सामाजिक मुद्दाहरूलाई नै गलत हिसावले प्रभाव पार्न सक्छ । र, यस किसिमको मिथ्या सूचना नेपालको लोकतन्त्रका लागि पनि ठूलो खतरा हुन सक्छ ।

प्रकाशित: ३० भाद्र २०७७ १०:५५ मंगलबार

हुनै सक्दैन त्यस्तो पत्रकार

गएको साता ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्न चाहने युवालाई कोरोना भाइरसको प्रकोपको त्यति ख्याल नभएको देखिएपछि कानुन बहाल गराउने निकायसँग असमझदारी उत्पन्न भयो । केहीबेरमै स्थिति बिग्रँदै गएर प्रहरीमाथि ढुङ्गा प्रहार हुन थालेको सूचना तत्कालै आगोसरी फैलियो । अत्याधुनिक सूचना प्रविधिकै कारण एउटा अनौठो दृश्य सर्वव्यापी हुनथाल्यो ः कार्यथलोमा लगाइने ‘प्रेस’ लेखिएको ज्याकेट लगाएर दाहिने हातले क्यामेरा समात्दै एक युवक देब्रे हातले ढुङ्गा हान्दैछन् ! वस्तुतः त्यो दृश्य अनौठो मात्र होइन, पत्रकारिता पेसा वा व्यवसायलाई बदनाम र दुरूपयोग गराउन पर्याप्त दसी प्रमाण पुग्ने हो ।
युरोपमा जब हातले लेखेर पुस्तक तयार गरिने थलो ‘स्क्रिप्टोरियम’ बाट पाण्डुलिपिहरू छापाखानामा जान थाले, समाजका राजनीतिक, समाजजिक, दार्शनिक, सांस्कृतिक पक्षहरूमा परिवर्तन देखिन थाल्यो । जर्मनीमा पन्ध्रौँ शताब्दीको मध्यपछि विकसित छपाइ प्रविधि युरोपभरि फैलिँदै गयो र त्यसले समाजलाई नयाँ संसारतर्फ डो¥यायो । त्यसपछिको चार सय वर्षमा मानव सञ्चारको दुनियाँमा पुस्तकपछि अर्को एउटा सशक्त नयाँ आयाम अस्तित्वमा आयो – तत्कालका सूचना पस्किने सहज र सस्ता, नबाँधिएका पानाहरू । पहिले सम्भ्रान्तहरूबीच मात्र हुन्थ्यो, पछि आम मानिसबीच यसको लोकप्रियता बढ्दै गयो । न्यूजपेपर (अखबार)भनियो र कामले नाम पायो –‘जर्नालिज्म’ । हामीले त्यसलाई पत्रकारिता भन्यौँ ।
छापा यन्त्र, पर्चा, पुस्तक र पत्रपत्रिकाको हाम्रो इतिहास विश्वका विकसित मुलुकहरूका तुलनामा निकै छोटो छ । इतिकासकार गृष्मबहादुर देवकोटाका अनुसार नेपालमा १६९ वर्ष पहिले छापायन्त्रको स्थापना भएको मानिन्छ तर यो अनुमानको पुष्टि हुन बाँकी छ ।
बेलायत अधीनस्थ भारतमा समेत सन् १७८० मै त्यसबेलाको राजधानीबाट खासगरी व्यापारिक सूचनाहरू प्रसारका लागि ‘हिक्की बंगाल गजेट’ वा ‘कलकत्ता जनरल एडभर्टाइजर एण्ड बंगाल गजेट’ नामले चिनिने अखबार सुरु भएको थियो । हामीकहाँ त्यसको पनि एक सय २० वर्षपछि गोरखापत्र सुरु भएको थियो । त्यसअघि पनि नेपालमा केही आवधिक वा साहित्यिक पत्रिका निस्किएका थिए । भारतबाट नेपाली भाषामा आवधिक पत्रिका वा सामयिक सङ्कलन पनि निस्किएका थिए । देशभित्रबाट निस्किएको समाचारप्रधान प्रकाशन गोरखापत्र नै थियो । नियन्त्रित समयमा गोरखापत्रबाट सुरु भएको नेपालको पत्रकारिता आज उदार राजनीतिक परिवेशसम्म आइपुग्दा निकै फराकिलो भइसकेको छ ।
सत्रौँ र अठारौँ शताब्दीको युरोपको पत्रकारितालाई प्रारम्भिक समयका प्रयत्न मात्र ठान्ने हो भने उन्नाइसौँ शताब्दीको मध्यपछि त संसारका विकसित देशमा अखबारहरू सशक्त सामाजिक अवयवका रूपमा स्थापित भइसकेको देखिन्छ । अठारौँ शताब्दीको मध्यभन्दा अघि टेलिग्राफको प्रयोग हुन थालेपछि त लिखित सूचना वा कार्यस्थलबाट पठाइने समाचार आलुको बोरा ओसार्ने कामभन्दा फरक हुन गयो । अर्थात् अहिले इमेल गरेजस्तै गरी रिपोर्टरहरूले समाचार सम्प्रेषण गर्नसक्ने भए । त्यसपछि समाचार संस्थाहरू सूचना सङ्कलन र सम्प्रेषणको संसारमा ख्याति कमाउँदै गए, अखबारहरूको प्रसार झन्झन् बढ्दै गयो तर त्यही उत्कर्षका समयमा पनि पत्रकार, सम्पादक वा पत्रकारिताका अध्येताहरूले यो पेसाको मूल्य, मान्यता र मर्यादाको विषयमा विमर्श सुरु गरे ।
सन् १९२१ मै बेलायतको गार्डियनका सम्पादक सीपी स्कटले पत्रकारितालाई केवल व्यापारका रूपमा बुझ्नुहुँदैन, समाजमा यसको नैतिक उपस्थिति सबैभन्दा महŒवपूर्ण पक्ष हो भन्ने धारणा अगाडि सारे । उनले आफ्नो अखबारको सयौँ वार्षिकोत्सवका अवसरमा लेखेको त्यही लेखमा एउटा कालजयी पङ्क्ति थियो– टिप्पणी गर्न स्वतन्त्र छौँ तर तथ्यहरू भने पूज्य हुन्छन् । अर्थात् त्यसबेलै पत्रकारिताले स्वच्छतापूर्वक समाजको मिहिन अवलोकन गर्दा तथ्यहरूको तोडमोड गर्नुहुँदैन भन्ने व्यावसायिक दृष्टिकोण अघि सारिएको थियो । अमेरिकी सम्पादकहरूले पत्रकारिता पेसाको मानकका रूपमा सातबुँदे आचारसंहिता जारी गरेको पनि त्यही समयको हाराहारीमा हो । अमेरिकी विद्वान् वाल्टर लिपम्यानले बाह्य संसारको यथार्थ र ‘मिडिया’ले आममानिसको मस्तिष्कमा कुँद्ने संसारको चित्रबीचको भेद सकेसम्म कम हुनुपर्छ भनेको पनि यही बेलातिरै हो ।
अखबार वा छापामाध्यम, आवाजरहित फिल्म, रेडियो र टेलिभिजनको युगसम्म पुग्दा संसारको राजनीति, सामाज, अर्थव्यवस्था र संस्कृतिमा निकै परिवर्तन भयो । सन् १९३० को दशकमा रेडियोको प्रभाव कतिसम्म थियो भन्ने उदाहरण दिन ‘वार अफ द वल्र्ड ’ नामक एउटा नाटकको उल्लेख गर्ने गरिन्छ । सन् १९३८ अक्टोबरको एक आइतबार अमेरिकाको ‘कोलम्बिया बोर्डकास्टिङ सिस्टम’ र यसमा आबद्ध स्टेसनहरूबाट प्रसारित कार्यक्रम सुनेर मानिस भागाभाग गर्न थाले । उनीहरूलाई लाग्यो– अर्को कुनै उपग्रहबाट डरलाग्दा जीवहरू आउँदैछन ्! तर पछि थाहा भयो, मानिसले एच. जी. वेल्सलिखित रेडियोको नाटकलाई साँच्चैको सूचना–विवरण मानेपछि त्यो त्रास र भागभागको अवस्था उत्पन्न भएको थियो ।
त्यो घटनापछि आमसञ्चार माध्यमको सामाजिक उत्तरदायित्वको विषयमा झन् बढी छलफल हुन थाल्यो ।
केही वर्षपछि टेलिभिजनको त्यस्तै उधुमको जमाना सुरु भयो, खासगरी १९५० को दशकपछि विकसित देशहरूमा टेलिभिजनको लोकप्रियता निकै उकालो लाग्न थाल्यो तर एक–डेढ दशकको अनुभवबाटै देखियो– यो नयाँ आमसञ्चार माध्यमले मानिसलाई आफ्नै आँखाले देख्ने विश्वभन्दा पर्दामा देखिने विश्वप्रति बढी विश्वास जगाउन थाल्यो । हिंसात्मक दृश्यका कारण अत्यधिक टेलिभिजन हेर्ने बालबालिकामा हिंस्रक व्यवहार देखापर्न थाल्यो । दोस्रो विश्वयुद्धपछि अखबारको सामाजिक प्रभावमाथि प्रश्न उठ्न थालिसकेकै थियो तर टेलिभिजनको प्रभाव भने बढ्दै थियो । त्यही कारण हल्ला मच्चाएर अधिकांश मानिसलाई मौन बनाउने वा अवधारणाको खेती गर्नेजस्ता प्रभावसम्बन्धी अध्ययन भए । ती अध्ययनको निष्कर्ष पनि उही थियो– टेलिभिजनका प्रस्तुतिहरूमा सामाजिक उत्तरदायित्वको पक्षलाई शिरोपर गर्नुपर्दछ ।
१९४०÷५० को दशकमा विश्वभरका पत्रकारलाई स्पष्ट मार्गदर्शन हुने गरी सामाजिक उत्तरदायित्वको सिद्धान्तको चर्चा हुन थाल्यो । दोस्रो विश्वयुद्धपछि अमेरिकामा निजीक्षेत्रबाटै बनेको ‘हकिन्स कमिसन’को प्रतिवेदन र त्यसको झण्डै एक दशकपछि लिपिबद्ध बहुचर्चित प्रेसका चार सिद्धान्तमा यसलाई सैद्धान्तीकरण गरियो । इन्टरनेट र दूरसञ्चारका कारण नयाँ मिडियाको विकास भएको नयाँ सहस्राब्दीसम्म आइपुग्दा विश्वका सबैजसो भूभागका सञ्चारकर्मीलाई आमसञ्चार माध्यमका सामाजिक उत्तरदायित्वका बारेमा ज्ञात हुनैपर्छ भन्ने मान्न थालियो ।
माध्यम पृथक् हुनसक्छ, आज माध्यम त सम्मिलनको सिद्धान्तअनुसार नितान्त नौलो छ । तैपनि जुनसुकै माध्यमबाट गरिने पत्रकारिताको मूल धर्म समाज र मानवलाई सम्बोधन गर्नु नै हो । त्यसैकारण सञ्चारकर्मको सामाजिक उत्तरदायित्वको प्रश्न आज झन् महŒवपूर्ण बन्न पुगेको छ । आज हिजोको तुलनामा सञ्चार निकै दु्रत छ, प्रभाव असीमित छ । त्यसैले यसले पु¥याउन सक्ने हानि पनि उत्तिकै खतरनाक हुनसक्छ भन्ने हेक्का राख्नैपर्दछ ।
मिडियाले जनताबाट विश्वास गुमाउन थाल्यो भने सरकारहरूले नियन्त्रणको अवसर प्राप्त गर्दछन् । सरकारहरू जनता वा मतदाताको अनि मिडिया पनि जनता वा दर्शकश्रोताको कुरा गर्दछन् तर जब मिडिया दर्शक–श्रोता वा जनताको नजरमा गिर्दछन्, सरकारहरूको शक्ति अभ्यासबाट उनीहरू बच्न सक्दैनन् । त्यसैले पत्रकारिता पेसाका आधारभूत मूल्य–मान्यता वा सामाजिक उत्तरदायित्वको सिद्धान्त नबुझी असल पत्रकार वा सञ्चारकर्मी बन्न सकिँदैन ।
संसारभर पत्रकारका चार सयभन्दा बढी व्यावसायिक आचारसंहिता छन् । ती सबैको साझा उद्देश्य पत्रकारितालाई एउटा विशिष्ट र उत्तरदायी पेसाका रूपमा स्थापित गर्नु नै हो । पत्रकारितामा संलग्न सबैले यति बुझेका छन् भन्ने कुरामा विश्वस्त रहेको समाजमा कुनै लहडीले प्रेसको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने आँटै गर्न सक्दैन । धन्न, अनुसन्धानबाट फेला प¥यो, पुल्चोकमा क्यामेरा बोकेर ढुङ्गा बोक्ने युवक पत्रकार होइन रहेछ । अर्को अनुसन्धानका क्रममा प्रहरीले फेला पा¥यो–काठमाडौँमा नक्कली ‘प्रेस कार्ड’को कारोबार नै हुँदोरहेछ । अब नेपाली समाजमा यति गैरजिम्मेवार र अमर्यादित मानिस पत्रकार हुनै सक्दैन भन्ने छाप छोड्ने जिम्मा मूलतः नेपाली पत्रकारहरूकै हो । भोलि त्यसरी पत्रकारको भेषमा ढुङ्गा हान्ने कोही देखिए भने जोसुकैले भनोस् – यस्तो व्यक्ति त पत्रकार हुनै सक्दैन ।
पत्रकारले के–के गर्नुहुँदैन भन्ने बहस भइरहनु पर्दछ । सन् १९१६ देखि प्रेस काउन्सिल रहेको स्वीडेनजस्तो प्रेस स्वतन्त्रता र जिम्मेवार प्रेसका लागि सुपरिचित देशमा समेत आज पनि हरेक वर्ष पत्रकारहरूविरुद्ध उजुरी परिरहन्छन् । मिडियाको कामको समीक्षा कहिलेकाहीँ विश्व पत्रकारिता दिवस वा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मात्र होइन, सधैँ हुनुपर्दछ । पत्रकारिताको शुद्धीकरण लागि पत्रकारहरू चनाखो हुनैपर्छ । पत्रकारिता पेसा व्यवसायको मर्यादा कायम गर्न पत्रकार र सञ्चारगृहहरू अग्रसर हुनैपर्छ । किनकि सरकारहरूले आँटेको ठाउँमा स्वतन्त्रता सङ्कटमा परेका कैयौँ उदाहरण छन् । á
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)

१३ वर्षपछि समातिए पत्रकार साहका हत्या आरोपी पटेल

२५ भदौ, वीरगञ्ज । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपी बिहीबार पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

कोल्हवी नगरपालिका–४ सपही टोलबाट पटेललाई बिहीबार दिउँसो साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

पत्रकार साहको हत्या आरोपमा  यसअघि तीन जना पक्राउ परिसकेका थिए । ‘चौथो अभियुक्त हरेरराम पटेललाई पनि पक्राउ गर्न सफल भएका छौं । आवश्यक कारबाहीका लागि अदालत पठाउँछौं’ पंगेनीले भने ।

१८ असोज २०६४ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो ।

पत्रकार साहलाई हरेराम पटेल, कुन्दन फौजदार भन्ने नरेन्द्रकुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी हत्या गरेको आरोप लागेको थियो । उनीहरुले गोली प्रहार गरेर हत्या गरेपछि पत्रकार साहको शव जंगलमा खाल्डो खनेर गाडेको प्रहरीको निश्कर्ष थियो ।

पक्राउ परेकालाई के कारबाही भयो ?

पत्रकार साहको हत्याको आरोपमा तत्कालिन इनर्वासिरा गाविस–९ का मनेजर गिरीलाई २०६५ असोज १९ गते र बाराकै खोपवा गाविस–८ बस्ने राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ परेका थिए । उनीहरु दुवै जनालाई अदालतले जन्मकैदको फैसला सुनाइसकेको छ ।

त्यस्तै साविकको बारा गडहल–५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते पक्राउ परी हाल पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बारा जिल्ला अदालतको २०६८ जेठ १६, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसला आदेशले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबीमा राखिएको थियो ।

तर बारा प्रहरीले बिहीबार लुकीछिपी बसेको छ भन्ने सूचनाको आधारमा पक्राउ गरेको छ । आवश्यक प्रक्रिया पुर्‍याई बारा जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी अझै पक्राउ परेका छैनन् ।

त्यसबेला साह एभिन्यूज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आवद्ध थिए । उनी तत्कालिन नेकपा (एमाले) निकटका पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत थिए ।

नेपाल पत्रकार महासंघले घटनाबारे अध्ययन गर्न गठन गरेको टोलीले ०६४ साल २३ असोजमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर साहको अपहरण तत्कालिन नेकपा (माओवादी) ले गरेको निश्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

नक्कली प्रेस पास बनाएर बेच्नेलाई प्रहरीले सार्वजनिक गर्‍यो

काठमाडौः प्रहरीले नक्कली प्रेस कार्ड छापेर बिक्री गरेको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बागबजारबाट कालिका प्रिन्टका तीन जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट नगरपालिका वडा नम्बर १३ घर भएका ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दिया राजापुर नगरपालिका वडा नम्बर १० घर भएका २३ वर्षीय श्रीराम खड्का, नवलपुरासी सुस्ता पुर्व कावासोती नगरपालिका वडा नम्बर ८ घर भएका २९ वर्षीय रमेश कुमार रेग्मी र स्याङ्जा जगत्रदेबी गाउँपालिका वडा नम्बर ९ घर ३९ को राजेन्द्र राज भण्डारी रहेका छन्।

रकम लिएर नक्कली प्रेस कार्ड बिक्री गरेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए। ‘उनीहरुले पाँच सय रुपैयाँ देखि विभिन्न मूल्यमा नक्कली प्रेसको कार्ड बिक्री गरेको पाइएको छ। थप अनुसन्धान भइरहेको छ।’एसपी कार्कीले भने।

प्रहरीले नक्कली कार्ड बनाउन प्रयोग हुने कागजपत्र तथा २८ वटा नक्कली कार्ड समेत बरामद गरेको छ। उनीहरुले लकडाउन र निषेधाज्ञामा हिँडडुल गर्नको लागि भन्दै आउने मानिसलाई कार्ड बेच्ने गरेका थिए।

‘नक्कली प्रेस कार्डको गुनासो आएपछि अप्रेसन गरिएको हो। थप अनुसन्धान गरिरहेका छौं।’ एसपी कार्कीले भने। त्यस्तै विभिन्न अस्पतालको कार्ड समेत बरामद गरेको छ।

यसरी नक्कली प्रेस कार्ड लिनेको पनि प्रहरीले विवरण खोजी गरिरहेको छ। यसअघि महाशाखाको टोलीले गत जेठमा चोरी गर्दै हिँड्ने एक व्यक्तिसँग प्रेसको कार्ड फेला परेको थियो।

देशभर ७१ पत्रकारमा कोरोना संक्रमण, प्रदेश २ का २७ जना

१२ भदौ, काठमाडौं । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।

प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएकामा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन् ।

प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् ।

कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

पत्रकार महासंघ शुक्रबार विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले पत्रकारहरुलाई अपिल गरेको छ ।

The Tale Of Storytellers

Every sphere of Nepali society has started to endure the socio-economic and psychological impacts of the COVID-19 pandemic. The media industry, which has been growing constantly since the 1990 political change, is now reeling from unprecedented crisis owing to the virus outbreak. Here the findings of a nation-wide survey, presented last week in the capital, are considered as a baseline for understanding how the virus has affected Nepali journalists and the media industry as a whole.
The print media became the first victim of the virus. Most of the newspapers publishing from outside the Kathmandu Valley folded hard on the heels of the announcement of the nationwide lockdown on March 24. Obstacles to the mobility of journalists and other human resources started to trigger difficulties in running the media institutions. In the capital, several media houses suspended their publications while others stopped giving salary to their staff for months. Many daily newspapers, more than half a dozen television stations and a couple of FM radios in Kathmandu delayed in providing salary to their staff. Most of the newspapers that closed down with the first round of lockdown have not yet resumed their publication.

Restriction
The first lockdown had come into effect on March 24 and ended on July 21. The Nepali media persons were fully involved in fulfilling social expectations through disseminating the credible information about the pandemic. The key problem of the media sector at that time was the restriction on mobility which had resulted in two-fold effects. First, it has, to a large extent, also constrained journalists’ access to the incident sites and news events. Second, as the opening of news stalls, and services of street vendors and home delivery were forbidden, the circulation of the newspapers was greatly affected. Consequently, the readers had to rely on their digital editions.
By the third week of lockdown in April this year, a team of Federation of Nepali Journalists visited at least 18 media houses to take stock of difficulties facing the working journalists. During the visit, the FNJ mainly identified the problems of the reporters, who had to visit the field to collect the news. The monitoring team, formed by the FNJ, found six incidents in which eleven media persons were harassed or restricted while covering news.
By the time, a couple of big media houses had already begun to lay off journalists and technicians. They also started to force the journalists either to stay on unpaid leave or work part-time. This tactic has signalled that a substantial number of journalists would lose their job in the days to come. However, during that period, the media persons were much more focused on spreading the message that the coronavirus can be defeated through the adoption of strong health precaution.
After the two-and-a-half months of the lockdown (during the second week of June), the International Federation of Journalists (IFJ) observed that Nepali journalists faced severe economic challenges with increased incidents of non-payment of salary, layoff and salary cuts. Organisations such as IFJ and FNJ expressed their concern over the financial hardships faced by journalists and urged media houses to support them. However, the problems have remained almost the same and the pandemic continues to hit the country that has been under the strict prohibitory orders since August 19.
If we consider the media industry as a tree, its leaves were not green as before the outbreak of the coronavirus. Pages of the newspapers have been reduced. Production of radio and television programmes has also greatly been affected. Media outlets suffer from the scarcity of contents because of the absence of events in the various walks of life ranging from sports to entertainment to politics. In terms of revenue, the media outlets are in acute crisis. Thus, the journalists are feeling a sense of insecurity.
Recently, a report of a nation-wide survey conducted among 1,134 journalists working in print, online, broadcast, and radio, as well as news agencies highlighted the adverse situation of the Nepali media. Senior journalist Prof. Ram Krishna Regmi states that the Nepal Press Institute and the Bournemouth University of the UK have presented the testimony of the Nepali journalists from the grassroots level. The survey has recorded their mental state and experiences, and the changes to their working practices amid the fear of the coronavirus. It has also recorded their agony, professional challenges and complexities.
The rapid response report reveals that COVID-19 has affected the mental wellbeing of a majority of journalists in the country. Around 83 per cent of them felt an increased sense of vulnerability while 75 per cent and 62 per cent suffered from anxiety and grief, respectively. About 25 per cent reported that they experienced depression. As much as 74 per cent of journalists have been impacted financially, with 38 per cent having to face pay cut, and 6 per cent losing their job. Likewise, about 66 per cent of journalists have reported significant changes to their working hours: 24 per cent were working longer hours, 24 per cent fewer, and 18 per cent on weekends.

Intervention
The report demonstrates that the pandemic has affected print and broadcasting media significantly in Nepal. The report shows the painful reality of the Nepali media industry – rapid decline in broadcast, video, and audio productions. It has stated that some newspapers have folded and shifted to digital format while some others reduced their size drastically.
The media sector is in the urgent need of intervention so that it can be able to overcome the ongoing existential crisis. Failure to timely intervention will give rise to the unprofessional media outlets. Fragile and dependent media will lead the society to a point where the linkage among different walks of public life becomes weaker. It will eventually lose its much sought-after role of watchdog in the society.

(Dr. Aryal is associated with the Central Department of Journalism and Mass Communication of Tribhuvan University.)