नेपाली सञ्चारमाध्यममा विदेशी विज्ञापनको प्रभाव

नेपालमा विदेशी टेलिभिजनमा बज्ने विज्ञापनमा रोक लागेको छ। २०७७ साल कात्तिक ८ गतेबाट त्यस्तो रोक लागेको हो । भन्डै ४० वर्षभन्दा बढी समय निर्बाध प्रसारण भएका विदेशी विज्ञापनमा रोक लगाउने कार्य राजनीतिक, आर्थिक, सांस्कृतिक र प्राविधिक रूपमा चुनौतीपूर्ण कार्य थियो । आम जनताका साथ र समर्थन आवश्यक थियो। त्यही साथ र समर्थनकै कारण पाँच वर्षदेखि दबाब र प्रभाव छिचोल्दै नेपालले यो सफलता हासिल गरेको हो । सरकारको दृढता र प्रतिबद्धता, संसद्को सुझबुझ सबैले यसमा काम गर्‍यो र सफलता हासिल भयो ।

 

आम नेपाली जनता तथा सञ्चार क्षेत्रमा संलग्न ठूलो समूहले सकारात्मक रूपमा लिएको यस कदमको विरोधमा रहेको केवल व्यवसायीहरू भने यसपटक विभाजित हुन पुगे । एउटा पक्षले सरकारलाई विज्ञापनरहित नीति कार्यान्वयनमा सहयोग गर्‍यो भने अर्को पक्षले सहयोग गर्छौं भन्दै असयोग गर्‍यो । उनीहरूको असयोग रहे पनि सरकारी अडान र आम जनताको समर्थन र केवल अप्रेटरमा भएको विभाजनले पनि यसमा काम गर्‍यो र सफलता हासिल भयो । विज्ञापन ऐन र विज्ञापनरहित नीति कार्यान्वयनसँगै यसले केही चुनौतीसमेत खडा गरेको छ ।

 

नेपालमा नेपाल टेलिभिजनको स्थापनापूर्व भारतीय टेलिभिजन दूरदर्शन हेर्ने गरिन्थ्यो । ४० वर्षभन्दा पहिलादेखि घरका छानामा डिस्क एन्टेना राखी दूरदर्शन हेर्ने चलन थियो । २०४१ सालमा नेपाल टेलिभिजन स्थापनासँगै भूसतही प्रसारणमार्फत भी सेपको एन्टेनाबाट नेपाल टेलिभिजन काठमाडौं उपत्यकाभित्र हेर्न सकिने भयो । तर छोटो प्रसारण अवधि, भर्खरै प्रयोगमा आएको नयाँ प्रविधिका कारण भारतीय प्रसारणप्रतिको आकर्षण कायमै थियो ।

 

भारतमा टेलिभिजन च्यानल थपिँदै जानु, नेपाल टेलिभिजनले आफ्नो प्रसारण समय बढाउँदै लग्दा एउटै घरमा प्रत्येक टेलिभिजनका लागि छुट्टै डिस्क एन्टेना राखेर टेलिभिजन हेर्न सम्भव नहुने भयो । त्यसको विकल्पमा एन्टेना राखेको घरबाट अन्य घरमा वितरण गर्न थालियो र त्यसको विकसित रूपमा केवल अप्रेटर देखा परे। अहिले च्यानलको संख्या वृद्धि भई प्रत्येक केवल अप्रेटरले च्यानल देखाउन नसक्ने अवस्थामा धेरै केवल अप्रेटर मल्टीसिस्टम अप्रेटर एमएसओमा आबद्ध हुन थाले ।

 

यस्ता केवल अप्रेटर तथा एमएसओहरूले नेपालमा निर्बाधरूपमा विदेशी विज्ञापनसहितका टेलिभिजन प्रसारण गर्न थाले । जुन दूरदर्शनको प्रसारणदेखि प्रारम्भ भई २०७७ साल कात्तिक ७ गतेसम्म जारी रह्यो। यो कसैले नियतवश वा जानाजान नभई स्वतः नेपालमा विदेशी विज्ञापनको प्रभाव बढ्दै गएको थियो ।

 

विदेशी विज्ञापनले पारेको प्रभाव

 

अन्जानमै भित्रिएका विज्ञापनसहितका विदेशी टेलिभिजनलाई नियमन गर्नुपर्ने आवश्यकता थियो । नेपालमा प्रसारणको नियामक निकाय नभएको र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नै नियामक निकायका रूपमा रहेको अवस्थामा समग्र कामको संयोजन कठिन थियो र छ । टेलिभिजन प्रसारणमा विश्वभर स्वदेशी र विदेशी गरी दुई प्रकारका च्यानल प्रसारण हुने गर्छ । विदेशी टेलिभिजन प्रसारणमा अनुमति दिने नेपालमा कुनै विशेष कानुन नभएका कारण पनि यो समस्या उत्पन्न भएको हो, जसले विज्ञापनसहितका टेलिभिजन प्रसारण हुन थाले ।

 

विज्ञापन स्थान विशेष भिन्न हुन्छ । तर कतिपय बहुराष्ट्रिय कम्पनीका विज्ञापन भने विश्वभर समान रूपमा प्रसारण गर्न सकिन्छ । प्रसारण हुने विज्ञापनमा भने विदेशी बैंकमा पैसा जम्मा गरौं, विदेशका सहर सफा गरौं जस्ता विज्ञापनसमेत प्रसारण हुन थाले, जुन स्वायत्त र स्वतन्त्र सार्वभौम राष्ट्रलाई सुहाउने कुरा थिएन । जसका कारण विश्वमा एउटा देशको विज्ञापन अर्को देशमा प्रसारण गरिँदैन । नेपालमा अन्जानवश झन्डै आधा शताब्दीदेखि हुँदै आएको अन्य देशका विज्ञापन बज्ने कार्य रोक लागेको छ । नेपालले हासिल गरेको यो सफलताका लागि आम नेपाली जनता, सरकार र यस कार्यमा सक्रियतापूर्वक लाग्ने हामी सबै बधाईका पात्र भएका छौं ।

 

विदेशी विज्ञापनमा रोक लगाउन नेपाल सफल भए पनि यसले केही चुनौती भने थपेको छ । विज्ञापनरहित बन्न नसक्ने विदेशी स्थानीय च्यानलहरूको नेपालमा भइरहेको प्रसारण अब रोकिने छ । यसबाट करिब एक सय च्यानल घट्ने सम्भावना छ ।

 

विज्ञापनसहितका विदेशी टेलिभिजनका कारण बहुराष्ट्रिय कम्पनी र भारतीय कम्पनीका विज्ञापन नेपालमा आउँदै नआउने वा आए पनि न्यूनरूपमा आउने गरेको थियो । भारतीय च्यानल र कार्यक्रम लोकप्रिय रहनु र तिनमा विज्ञापन दिँदा नेपालसमेत समेटिने बुझाइ थियो । यस्तो बुझाइका कारण नेपाली उत्पादक, सञ्चार गृह र विज्ञापन एजेन्सीसमेत मारमा परेका थिए । अझ कतिपय बीबीसीजस्ता फ्री टु एअर विज्ञापनरहित च्यानलमा समेत भारतीय विज्ञापनसहित नेपालमा प्रसारण गर्न थालियो । यसबाट नेपाली बजार झन् संकुचन हुँदै थियो । त्यसलाई रोक्न विज्ञापनरहित नीति बन्यो र नीति कार्यान्वयन हुन नसकेपछि ऐन बन्न पुग्यो ।

 

विज्ञापनरहित नीति र ऐन

 

मन्त्रिपरिषद्को २०७३ साल कात्तिक ६ गते बसेको बैठकले विज्ञापनरहित नीति २०७३ स्वीकृत गरेको थियो । नीतिनिर्माणकै चरणमा अनेकौं दबाब नपरेको होइन, यद्यपि नीति जारी भयो । नीतिमा पाँच चरणमा विभिन्न कार्य गरी २०७४ साल साउन १ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने उल्लेख थियो । नीतिमा उल्लेख भएको पाँच चरणमध्ये त्यसपछिका सरकार पहिलो चरणमै प्रवेश गर्न सकेनन् । नीति निष्प्रभावी भयो । केवल टेलिभिजन व्यवसायीहरू र भारतीय प्रसारक संस्थाहरू नीतिको विरोधमा खुलेर लागे। चर्को दबाबका कारण तत्कालीन सरकारहरू पछि हट्दै गए र नीति कार्यान्वयन हुन सकेन । नीति कार्यान्वयन नहुँदा त्यसको कानुनी उपचारसमेत भएन । अन्ततः विज्ञापन (नियमन गर्ने) ऐन २०७६ बन्यो ।

 

ऐन स्वीकृत भएको दिनदेखि नै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन विज्ञापनरहित हुनुपर्ने व्यवस्था थियो, जुन २०७६ साल कात्तिक ८ गतेबाटै कार्यान्वयनमा आएको थियो। सोही ऐनले नेपालमा विज्ञापनसहित प्रसारण गरिरहेका विदेशी टेलिभिजनलाई एक वर्षभित्र विज्ञापनरहित हुन समयसीमा दिएको थियो । एक वर्षको अवधि २०७७ साल कात्तिक ७ गते पूरा भएकाले कात्तिक ८ गतेबाट विदेशी टेलिभिजनमा विज्ञापन प्रसारण गर्न रोक लागेको हो ।

 

विज्ञापनरहित नीति अनुगमन

 

विज्ञापनरहित नीतिको पूर्ण कार्यान्वयन भएनभएको अनुगमन गर्न विज्ञापन बोर्डको गठन गर्ने व्यवस्था ऐनले गरेको छ । ऐनबमोजिम बोर्ड गठनमा भएको ढिलाइले केही द्विविधा उत्पन्न भने भएको छ। हुन त बोर्डले विज्ञापनरहित टेलिभिजनको मात्र अनुगमन गर्ने नभई समग्र विज्ञापन बजारको अनुगमनको काम गर्नुपर्नेछ ।

 

बोर्डले पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा इन्टरनेटमा आधारित माध्यममा हुने अवैध विज्ञापनको समेत अनुगमन गर्नेछ र आवश्यक नीति तयार गर्नेछ । बोर्ड गठन नभएसम्म अनुगमन कार्य प्रभावकारी हुने देखिँदैन । सरकारले एक वर्षसम्म बोर्ड गठन गर्न देखाएको उदासीनताले समेत यो नीति कार्यान्वयनमा केही ढिलाइ हुन गएको हो ।

 

भावी चुनौती

 

विदेशी विज्ञापनमा रोक लगाउन नेपाल सफल भए पनि यसले केही चुनौती भने थपेको छ । विज्ञापनरहित बन्न नसक्ने विदेशी स्थानीय च्यानलहरूको नेपालमा भइरहेको प्रसारण अब रोकिने छ । यसबाट करिब एक सय च्यानल घट्ने सम्भावना छ ।

 

विदेशी टेलिभिजनमा प्रसारण हुने विज्ञापन रोक्न केवल अप्रेटरहरूले केही उपकरण थप गर्दा खर्च भएको भन्दै शुल्क बढाउने बताइरहेका छन् । सेवा घटाउने र शुल्क बढाउने कुराले उपभोक्तामा पर्ने नकारात्मक असरतर्फ व्यवसायी सचेत हुनुपर्ने देखिन्छ । साथै शुल्क बढाउँदा ग्राहकहरू इन्टरनेटबाट प्राप्त हुने निःशुल्क प्रसारणतर्फ आकर्षित हुनेतर्फ अझ सचेत हुन जरुरी छ ।

 

केवल व्यवसायीहरूले अवैधरूपमा प्रसारणमा रहेका विदेशी डीटीएच रोक्न माग गरेका छन् । अवैध काम गर्ने छुट कोही कसैलाई पनि नभएकाले नेपाल सरकारले तत्काल त्यस्ता डीटीएच प्रसारणमा रोक लगाउन र स्थानीय प्रशासनलाई निर्देशन दिन आवश्यक छ । यसबाट नेपाली केवल व्यवसायीले भोगेको पीडामा थोरी भए पनि मलम लाग्न सक्छ ।

 

इन्टरनेट प्लेटफर्म तथा एप्समार्फत भइरहेको प्रसारणका कारण केवल व्यवसाय धराशायी हुन लागेको आवाज केवल व्यवसायीले उठाएका छन् । त्यस्ता प्रसारणलाई नियमन गर्नेतर्फ सरकारले अहिलेसम्म कुनै काम गरेको छैन । त्यसका लागि हालै गठन भएको कार्यदलले विस्तृत अध्ययन गरी आवश्यक सुझाव सरकारलाई पेस त गर्ने छ । यहाँ बुझ्नुपर्ने कुरा के हो भने हामीले परम्परागत मिडियालाई मात्र अनुगमन गर्ने र न्यू मिडियालाई अनुगमनको दायरामा नल्याउने हो भने भविष्यमा ठूलो समस्या आउन सक्छ । अतः तत्काल त्यस्ता मिडिया अनुगमन गर्ने र सञ्चालनपूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गर्न आवश्यक हुन्छ ।

 

यसबाहेक इन्टरनेटमार्फत विज्ञापन तथा डाउनलिंक अनुमति नलिएका च्यानलसमेत प्रसारणमा रहेको दाबी केवल अप्रेटरले गरेका छन् । डाउनलिंक अनुमतिविनै नेपालभित्र प्रसारणमा रहनु अवैध हो । जोसुकैले पनि डाउनलिंक गरी प्रसारण गरेको भए पनि तिनमा तत्काल रोक लाउने र नियमन गर्ने काम सरकारले गर्नुपर्छ ।

क्लिनफिडका लागि सरकारले गर्नुपर्ने कार्य

अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र केबल वितरकहरुको पहलमा गत कार्तिक ७ गते नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुमा क्लिनफिड हुनुपर्ने गरी विज्ञापन नियमन गर्ने ऐन २०७६ मा रहेका प्रावधानहरु लागू त भयो तर टेलिभिजन च्यानल वितरकहरुले अझै पूर्ण क्लिनफिड हुन समय लाग्न बताउँदै आएका छन् । अर्कोतिर केही केबल प्रदायकहरुले सूचना नै निकालेर क्लिनफिडका कारण २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्वि हुनसक्ने भनेर सार्वजनिक नै गरिरहेका छन् । यो परस्पर विरोधी विषय देखिन्छ ।

एकातिर क्लिनफिड भनेर हप्ता–दश दिन च्यानल पनि नदिने, अर्कोतिर पूर्ण क्लिनफिड कार्यान्वयन हुन समय लाग्छ भनेर ऐनको खिल्ली उडाउने । अनि प्रोमो र प्रोग्राम प्रमोसन गर्दै, टेलिभिजन प्रसारण गरिरहेको अवस्थामा उल्टै ग्राहकबाट शुल्कवृद्वि गर्न वक्तव्य दिँदै जाने प्रवृत्ति देखिन्छ । त्यसैले क्लिनफिडको पूर्ण र सफल कार्यान्वयनका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तय गरेर अघि बढ्नुपर्ने देखिन्छ । यसका लागि सरकाले चाल्नुपर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरु के–कस्ता हुन् ? यहाँ प्रस्तुत गरेको छु ।

अल्पकालीन उपाय ः
सरकारले क्लिनफिडको पूर्ण कार्यान्वयनको लगि तत्कालै चाल्नुपर्ने कदमहरुमध्ये एक हो केबल व्यवसायीहरुबीच वार्ता गरेर यदि वार्ता सफल नभएमा हस्तक्षेप गरी हुन लागेको अस्वाभाविक शुल्कवृद्वि नियन्त्रण गर्ने । विदेशी च्यालनहरुका आधिकारिक विक्रेता र डिजिटल केबल अपरेटर र डिस मिडियालगायतका प्रतिनिधि रहेको नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ, संघसँग समन्वय गरी हाल कायम गरेकै शुल्क र प्याकेजमा टेलिभिजन हेर्ने व्यवस्था मिलाउने पहल गर्ने ।

नेपालमा टेलिभिजन च्यानल वितरकहरुले ग्राहकहरुलाई मारमा पार्दै र एकलौटी निर्णय गर्दै पेल्दै आएको देखिन्छ । कहिले डिजिटल वितरणको नाममा त कहिले एसडी र एचडीका नाममा अस्वाभाविक शुल्क वृद्वि गरी ग्राहकहरुको प्याकेज तयार गर्ने अनि आफूखुशी रकम उठाउने प्रवृत्ति देखिन्छ । यसलाई हस्तक्षेप गर्नु जरुरी छ ।

नेपालमा उपभोक्ता हित संरक्षण र अधिकारकर्मीहरु सक्रिय रहे पनि तिनीहरु तरकारी र खाद्यान्नतिर मात्रै सीमित रहेको अवस्थामा अब टेलिभिजन वितरकहरुको मनोमानीतिर पनि लड्नुपर्ने अवस्था देखिन्छ ।
सरकारले चाल्नुपर्ने अर्को कदम हो प्रभावकारी मनिटरिङ र कारबाही । हाल केही नेपाली टेलिभिजनहरुमा समेत डबिङ गरेका विदेशी विज्ञापन बजाउँदै आएको देखिन्छ भने अर्कोतिर विदेशी टेलिभिजनहरुमा समेत विज्ञापन बज्ने समयमा अपकमिङ कार्यक्रमको प्रोमो बजाउने तथा आफ्ना कार्यक्रमहरु बजाउने गरेको देखिन्छ, जुन कार्य विज्ञापन नियमन गर्ने ऐनले परिकल्पना गरेभन्दा भिन्न हो । तसर्थ यसलाई मनिटरिङ गरी यस्तो ऐन विपरीत कार्य गर्ने स्वदेशी र विदेशी दुवै च्यालनहरुलाई ऐनले तोकेको सजाय गर्न जरुरी देखिन्छ ।

मध्यकालीन रणनीति ः
हाल विदेशी र स्वदेशी टेलिभिजन प्रसारण र वितरण गर्दा लाग्ने प्रक्रिया दस्तुर, नवीकरण र रोयल्टी लगायतका विषयहरुमा धेरै असमानताहरु देखिएको अवस्था छ । सरकारले तत्काल यस्तो विभेदकारी व्यवस्था अन्त्य गर्न नसके पनि राष्ट्रिय प्रसारण ऐन नियममावली, रेडियो लाइसेन्स ऐन र नियमावली संशोधन गरी स्वदेशी एवं विदेशी जुन च्यानल भए पनि नेपालमा प्रसारण हुने एकै किसिमको व्यवस्था र प्रावधानहरु लागू गर्नु जरुरी छ । अझ सरकारले स्वदेशी च्यानलहरुलाई प्राथमिकतामा राखी संरक्षण गर्न जरुरी देखिन्छ ।

नेपाली च्यालनहरुले प्रतिच्यानल एक लाख नवीकरण दस्तुर कुल आयको २ प्रतिशतका दरले हुन आउने रकम रोयल्टी प्रत्येक वर्ष नेपाल सरकारलाई दाखिला गर्नुपर्ने । साथै स्टुडियो मापदण्डदेखि पानी, बत्ती, बहाल करदेखि सरकारले तोकिदिएको न्यूनतम पारिश्रमिकका साथै गीत–संगीतको सार्वजिनक प्रयोग गरेबापत रोयल्टी संकलन समाजलाई समेत १ प्रतिशतका दरले रकम दाखिला गर्नुपर्ने जुन अवस्था छ भने विदेशि टेलिभिजन च्यानलहरुले नेपालमा घटीमा १० हजारदेखि बढीमा ७० हजार मात्रै अब क्लिनफिडपश्चात् त्यो पनि घटेर ५० हजार मात्रै तिरे पुग्ने देखिन्छ भनेर विदेशी च्यानलले नेपालमा सिग्नल वितरक गर्ने भए प्रतिच्यानल १० हजारका दरले रोयल्टी दाखिला गर्छन्, यो पनि युवीपी र डीएन रियलटेकले मात्रै स्टार डिज्नीलगायतका च्यालनहरुले भनौं न १० हजार नै भए पनि रोयल्टी तिर्छन्, न सामान आयातको अनुमति र भ्याट बिल । यसरी स्वदेशी र विदेशी च्यानलमा रहेको विभेदकारी प्रावधान हटाउनु अति नै जरुरी भैसकेको अवस्था छ ।

हाल नेपालमा प्रसारण हुन चाहने विदेशी टेलिभिजन च्यानलहरुको पनि कुनै च्यानलको नेपालमा आधिकारिक सिग्नल वितरक हुने अनि उसले नेपालमा प्रसारण विभागबाट अनुमतिपत्र लिएर नवीकरण दस्तुर, रोयल्टी करलगायत दाखिला गरी सञ्चालन हुनुपर्ने तर स्टार डिज्नीलगायतका च्यानलहरु नेपालमा प्रचलित कानुनबमोजिम सिग्नल वितरणको लाइसेन्ससमेत नलिएको, रोयल्टीसमेत दाखिला नगरेको अवस्था देखिन्छ ।

नेपालमा प्रचलित कानुनको पालना गर्दै युवीपी प्राइम प्रालि, डिजिटल सिस्टम अफ नेपाललगायतका आधिकारिक वितरक संस्थाहरु भने नेपाल सरकारको नर्म र निर्देशन पालना गर्न बाध्य छन् । यसरी कुनै वितरकले सबै प्रक्रिया पूरा गर्नुपर्ने तर केहीचाहिँ खुलेआम हुनुपर्ने अवस्था छ । यो विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा यहाँ चर्चा गर्नु सान्दर्भिक पनि हुँदैन होला ।

अर्को विषय हो विदेशी मुद्रा सिफारिससमेत एकद्वार प्रणालीबाट गर्ने व्यवस्था मिलाउने अर्थात् सूचना विभाग, सञ्चार मन्त्रालय हुँदै राष्ट्र बैंक र वाणिज्य बैंक दगुर्नुपर्ने यस्तो झन्झटिलो व्यवस्था अन्त्य गर्नुपर्ने । साथै सामान आयात, सोको भ्याट बिल प्रयोग र वितरणसम्बन्धमा समेत सरकारले थप अनुगमन र ट्रयाक रेकर्ड मजबुत पार्न जरुरी देखिन्छ ।

हाल स्टार, सोनीलगायतका च्यानलहरुले अस्वाभाविकरुपमा आफ्नो च्यानलको मूल्य तोक्दै सोही बमोजिम प्याकेज बनाउँदै रकम बढाउने होडबाजी अनि हरेक वर्ष टीआरपी च्यानलको ब्रान्ड भ्यालु भन्दै रकममा बार्गेनिङ गरेको अवस्थामा सञ्चार मन्त्रालय र विभागले भारत सरकारसँग समन्वय गर्दै कुन च्यालनको मूल्य के हो, ब्रान्ड के हो भन्दै सोको उचित परीक्षण गरी सोही अनुसार मूल्य निर्धारण गरेर मात्रै प्याकेज तयार गर्ने र रकम उठाउने अनि मात्रै विदेशी मुद्रा भुक्तानी सिफारिस गर्नुपर्दछ ।

दीर्घकालीन रणनीति ः

क्लिनफिडपश्चात् नेपाल सरकार अर्थात् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चाल्नुपर्ने दीर्घकालीन रणनीति हो विदेशी च्यानलहरु आफैं डाउन लिंक गरी वितरण गर्नुपर्ने । झट्ट सुन्दा यो विषय अलिक अव्यावहारिक र असान्दर्भिक लाग्न सक्ला । उदारीकरण र निजीकरणको यो जमानामा सरकार सीमित हुनुपर्ने एउटा तर्क छ भने अर्कोतिर सरकार नियमनकारी निकाय अर्थात् अभिभावकीय हैसियतमा सीमित रहनुपर्ने तर्क गर्नेहरुको लागि सरकार आफैंले च्यानल डाउन लिंक गरी वितरण गर्नु अलिक समय सान्दर्भिक नदेखिएला ।

तर क्लिनफिडलाई पूर्णतया सफल र दीर्घकालीन बनाउने हो भने सरकारले आफैं च्यानल डाउन लिंक गरी वितरण गर्नुपर्ने नै हुन्छ । यसका लागि नेपाल सरकारले भारत सरकारसँग जी टु जी सम्झौता गरी च्यानल डाउन लिंक र वितरण गर्नुपर्ने देखिन्छ, जुन यस हिसाबले हाललाई सहज पनि देखिन्छ ।

हाल सूचना तथा प्रसारण विभागमा विदेशी च्यानलहरुको अनुगमन र मनिटरिङ गर्न ८–१० वटा टेलिभिजन स्क्रिनसहित सफ्टवेयरको व्यवस्था गरी ठूलो रकम खर्चेर २४ घण्टा नै मनिटरिङ गर्न भनेर संयन्त्र र जनशक्ति परिचालन गरिएको अवस्था छ ।

जसमा नेपालमा टेलिभिजन च्यानलहरु वितरण गर्ने प्रत्येक एमएसओ, आईपीटीभी, डीटीटीबी, डीटीएच, डिजिटल केबल, एमएमडीएस लगायतका वितरक अनुमति लिएका सञ्चारमाध्यमबाट आईपी लिंक, तार र फाइबरमार्फत सूचना तथा प्रसारण विभागको संयन्त्र जडित स्थानसम्म पु¥याएको अवस्था देखिन्छ, जसले कुनै इन्जिनियरले सूचना तथा प्रसारण विभागको कन्ट्रोल रुममा नै बसेर कुन वितरक संस्थाले कतिवटा टेलिभिजन च्यानल वितरण गरिरहेको छ अनि कुनले प्रचलित नर्म र निर्देशनहरु पालना गरिरहेको छ वा छैन भनी सजिलै मनिटरिङ गर्न सक्ने अवस्था देखिन्छ ।

अब सोही जनशक्ति, यन्त्र उपकरणको सहायता, थप डिस एन्टेना पीआईआरडी इन्कोडर र डिकोडरको व्यवस्था गरी विदेशी टेलिभिजन च्यानलहरुसँग सम्झौता गरेर च्यानल डाउनलिंक गरी एमएसओ, आईपीटीभी, डीटीटीबी, डीटीएच, डिजिटल केबल, एमएमडीएसहरुलाई वितरण गर्न सक्छ ।

जसले गर्दा विगतमा जस्तो मेरो टिभी र म्याक्स टिभी अनि डिजिटल सिस्टम अफ नेपाल प्रालि अनि मेरो टिभी र युवीपी प्राइमसँगको रकम विवाद अनि एउटै व्यक्ति सिग्नल वितरक र च्यानल वितरकको मालिक हुन पाउने वा नपाउने जस्तो विवाद पनि आउने देखिँदैन ।

यसका साथै नेपाल सरकारले आफैँ च्यानल डाउन लिंक र वितरण गर्न ठूलो पहाड केही खनिरहन पर्दैन, मात्रै दुईजना इन्जिनियर र सहायक दरबन्दी थप गरी उनीहरुलाई नै स्पेसलरुपमा डाउन लिंक र वितरणको जिम्मा दिए पुग्छ । जसले गर्दा ग्राहकले हरेक वर्ष कहिले के बहाना अनि कहिले के बहानामा टेलिभिजन हेर्ने प्याकेजमा शुल्क वृद्वि बढी तिरिरहनुपर्दैन ।

सरकारले आफैं डाउन लिंक गरेमा बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि हट्न सक्छ । साथै एकद्वार प्रणालीबाट वितरण हुने हुँदा ग्राहकहरुले पारदर्शी र सुलभ मूल्यमा टेलिभिजन हेर्न पाउने हुन्छ, जसले गर्दा अस्वाभाविकरुपमा विदेशी मुद्रा पनि बाहिरिने देखिँदैन । अन्त्यमा सरकारले नेपालमा आमसञ्चार क्षेत्रमा मात्रै क्लिनफिड लगाएर हुँदैन । अहिले प्रायः मानिसले घरमा बसेर टेलिभिजन हेर्दैन अनि त्यसमा पनि भारतीय विज्ञापन, त्यो पनि टेलिभिजनमा एकदमै न्यून हेर्ने गरिन्छ । यसर्थ सरकारले ओटीटी र इन्टरनेट स्ट्रिमिङ हुने साइटहरुसँग समेत दूरसञ्चार प्राधिकरणसँग समन्वय गरी बन्द गर्नुपर्ने देखिन्छ । अर्कोतिर दूरसञ्चार माध्यमबाट टेलिभिजन हेर्न नेपालमा प्रतिबन्धित रहेको अवस्थामा यसरी हेरेबापत रकम भुक्तानी गर्नुपर्ने हुन्छ, वैधभन्दा पनि अवैध बाटोबाट रकम पठाउने प्रवृत्तिमा बढोत्तरी नहोला भन्न सकिँदैन ।

अर्को महत्वपूर्ण नेपालमा वल्र्ड लिंकसँगको सहकार्यमा फेसबुकले १० हजार स्थानमा फ्री वाइफाई दिने भनेर सम्झौता नै भैसकेको अवस्थामा अब फेसबुक लाइभ अनि त्यसमा पनि निःशुल्क वाइफाई र भीपीएन प्रयोग गरेर हटस्टार र सोनी लिभमार्फत अनि इन्टरनेट स्ट्रिमिङमार्फत विनाक्लिनफिडका विदेशी च्यानल नहेर्लान् भनेर भन्न सकिने अवस्था छैन । यो विषयमा सोचिएन भने क्लिनफिडको औचित्य पुष्टि गर्न गाह्रो हुने र क्लिनफिडको भविष्य दीर्घकालीन हुनेमा थप शंका गर्न सकिने आधारहरु देखिने निश्चित प्रायः छ ।
(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यरत हुनुहुन्छ ।)

क्लिनफिड कार्यान्वयनको चुनौती

क्लिनफिड (विज्ञापनरहित) भनेको सामान्य अर्थमा मानिसले बुझ्न सक्ने भाषामा भन्नुपर्दा हामीले दैनिक रूपमा टेलिभिजन हेर्दा देखिने विज्ञापन समावेश नभई टेलिभिजन कार्यक्रम मात्र आउनुलाई क्लिनफिड भनिन्छ; अर्थात् विदेशी टेलिभिजनले विज्ञापन नबजाई कार्यक्रम मात्रै सञ्चालन गर्नुलाई बुझिन्छ । मुलुकमा हाल प्रसारित विदेशी टेलिभिजन च्यानलहरूले ग्राहकबाट टेलिभिजन हेरेबापत रकम पनि असुल्ने अनि विज्ञापन पनि समावेश गर्ने गरेको अवस्था थियो भने गत कात्तिक ७ गतेदेखि विदेशी टेलिभिजन च्यानलहरूले कार्यक्रमबाहेक कुनै पनि प्रकारको विज्ञापन, लोगो, प्रोमो वा प्रमोसनहरू प्रसारण गर्न पाउनेछैनन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ को उपदफा (१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले क्लिनफिड प्रसारण गर्नुपर्नेछ । संसारभर दुई किसिमका टेलिभिजन च्यानल हुन्छन्— क्लिनफिड र एड्भरटाइजिङ क्लिनफिड । निःशुल्क च्यानल (फ्री एयर) पनि प्रचलनमा छ । उक्त कात्तिक ७ गतेदेखि देशमा लागू गर्न खोजेको क्लिनफिड च्यानल हो । यो हेरेबापत शुल्क तिर्नुपर्छ । यसमा विज्ञापन आउँदैन । यसरी अर्को एड्भरटाइजिङ क्लिनफिडमा च्यानल हेरेबापत शुल्क तिर्नुपर्दैन, तर विज्ञापन बज्छन् । हामीले अहिलेसम्म हेरिरहेका सबै विदेशी च्यानल एड्भरटाइजिङ फिड हो, जसमा विज्ञापन आउँछन् । तर, हामी अहिलेसम्म दोहोरो मारमा छौं । विज्ञापनसहितको च्यानल हेरेबापत पैसा नतिर्नुपर्ने हो तर हामीले यसको शुल्कसमेत तिर्नुपरेको छ । त्यसैले नेपाली उपभोक्ताले एकातिर विदेशी च्यानल हेरेबापत पैसा पनि तिर्नुपरेको छ र अर्कातिर विज्ञापन पनि हेरिरहनुपरेको थियो । हामीले हेरिरहेका नेपाली च्यानलहरू निःशुल्क छन् । यसै कारणले उनीहरूले विज्ञापन बजाउन पाउँछन् । यसर्थ विज्ञापन व्यवसायीहरूका अनुसार चलेका र ठूला च्यानलले विज्ञापनसहितका निःशुल्क र सशुल्क विज्ञापनरहित दुवै कार्यक्रमहरू बनाउने गरेका छन् ।
हाम्रो देशमा टेलिभिजनको स्थापनापूर्व भारतीय टेलिभिजन दूरदर्शन हेर्ने गरिन्थ्यो । यसै क्रममा विगत ४० वर्षभन्दा पहिलेदेखि घरका छानामा डिस्क एन्टेना राखी दूरदर्शन हेर्ने चलन थियो । विक्रम संवत् २०४१ मा नेपाल टेलिभिजन स्थापनासँगै भूसतही प्रसारणमार्फत भी सेपको एन्टेनाबाट नेपाल टेलिभिजन काठमाडौं उपत्यकाभित्र हेर्न सकिने भएको थियो । तर, छोटो प्रसारण अवधि, भर्खरै प्रयोगमा आएको नयाँ प्रविधिका कारण भारतीय प्रसारणप्रतिको आकर्षण कायमै थियो । यसका साथसाथै मन्त्रिपरिषद्को २०७३ साल कात्तिक ६ गते बसेको बैठकले विज्ञापनरहित नीति २०७३ स्वीकृत गरेको थियो । सो नीतिनिर्माणकै चरणमा अनेकौं दबाब नपरेको होइन, यद्यपि नीति जारी भयो । नीतिमा पाँच चरणमा विभिन्न कार्य गरी २०७४ साल साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको थियो । तर, उक्त नीतिमा उल्लेख भएको पाँच चरणमध्ये त्यसपछिका सरकार पहिलो चरणमै प्रवेश गर्न सकेनन्, नीति निष्प्रभावी भयो । केवल टेलिभिजन व्यवसायीहरू र भारतीय प्रसारक संस्थाहरू नीतिको विरोधमा खुलेर लागे । चर्को दबाबका कारण तत्कालीन सरकारहरू पछि हट्दै गए र नीति कार्यान्वयन हुन सकेन । नीति कार्यान्वयन नहुँदा त्यसको कानुनी उपचारसमेत भएन । साविकमा नेपाल सरकारले नै २०७५ साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा नै सूचना प्रकाशित गरी नेपालमा डाउनलिंक हुने विदेशी टेलिभिजन च्यानलहरूलाई चार किसिमले वर्गीकरण अनुमतिपत्र प्रदान गर्दै आएको थियो, जसमा विज्ञापन समावेश नभएका च्यानलहरू डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल १ लाख रुपैयाँ, विज्ञापन समावेश भएका निःशुल्क च्यानलको हकमा प्रतिच्यानल ५ लाख, विज्ञापन समावेश भएका सशुल्क च्यानलको हकमा प्रतिच्यानल ३ लाख रुपैयाँ र विज्ञापन समावेश भएका सशुल्क च्यानलको हकमा प्रतिच्यानल ७ लाख साथै नेपालमा डाउनलिंक गर्ने यन्त्र उपकरण आयात र बिक्री–वितरण गर्नेको हकमा बिक्री–वितरणको लाइसेन्स लिन भने ५० हजार रुपैयाँ र विदेशी च्यानलहरूको नेपालमा आधिकारिक विक्रेता भई आफूले डाउनलिंक गरेका च्यानलहरू एमएसओ र डिजिटल केवलहरूलाई वितरण गर्नेको हकमा प्रतिच्यानल ५० हजार रुपैयाँ दाखिल गरी अनुमतिपत्र लिनुपर्ने, यसरी लिएको अनुमतिपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने र नवीकरणको हकमा अनुमतिपत्र जारी दस्तुरको १० प्रतिशत शुल्क लाग्ने व्यवस्था रहेको छ । अन्ततः विज्ञापन (नियमन गर्ने) ऐन २०७६ बन्यो । सोही ऐन–कानुनको स्वीकृत भएको दिनदेखि नै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन विज्ञापनरहित हुनुपर्ने व्यवस्था थियो, जुन २०७६ साल कात्तिक ८ गतेबाटै कार्यान्वयनमा आएको थियो । सोही ऐनले नेपालमा विज्ञापनसहित प्रसारण गरिरहेका विदेशी टेलिभिजनलाई एक वर्षभित्र विज्ञापनरहित हुन समयसीमा दिएको थियो । एक वर्षको अवधि २०७७ साल कात्तिक ७ गते पूरा भएकाले कात्तिक ८ गतेबाट विदेशी टेलिभिजनमा विज्ञापन प्रसारण गर्न रोक लागेको हो ।
हाम्रो देश र भारतबीच रोटीबेटीको सम्बन्ध छ र खुला सिमाना छ । यसरी क्लिनफिड दिँदा लागत बढ्छ भनेर भारतीय टेलिभिजन सञ्चालकहरूको दाबी छ । उनीहरूकै दबाब र प्रभावमा २०७४ मा पहिलो पटक क्लिनफिड फेल भएको थियो । यसैले विज्ञापन व्यवसायीहरूले भनेझैं बजार नबढ्न सक्छ । यद्यपि, क्लिनफिड लागू भएपछि नेपालको विज्ञापन बजारलाई सोझै फाइदा पुग्ने अवस्था रहेको छ । नेपाल भारतका लागि धेरै सानो र सीमित बजार हो । नेपालको विज्ञापन बजार पनि धेरै सानो छ, जम्मा २० अर्बको मात्रै । अर्थात् यति रकम त भारतीय एउटा मल्टी नेसनल कम्पनीले नै विज्ञापनमा खर्च गर्न सक्छ । क्लिनफिड लागू भएपछि अहिलेको विज्ञापन बजारको ५० प्रतिशत वृद्धि हुने विज्ञापन संघको अनुमान छ । अहिले नेपालको विज्ञापन बजार १२ अर्बको छ । क्लिनफिड लागू भएपछि बहुराष्ट्रिय कम्पनीबाट ६ देखि ८ अर्बको विज्ञापन थपिने अनुमान गरिएको छ । यसै गरी क्लिनफिड लागू भएसँगै कुनै पनि विदेशी कम्पनीले नेपाली उपभोक्तामाझ विज्ञापन प्रसारण गर्न चाहेमा नेपालका सञ्चारमाध्यमलाई सीधै उक्त विज्ञापन उपलब्ध गराउनुपर्ने सम्बन्धित निकायको दाबी रहेको छ । अतः क्लिनफिड लागू भएपछि बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपालकै एजेन्सीले निर्माण गर्न र प्रसारणको व्यवस्थापन गर्न पाउनेछन् । यसबाट विज्ञापन एजेन्सी, विज्ञापनमा खेल्ने नेपाली कलाकार, विज्ञापन बनाउने प्राविधिक, नेपाली मिडिया र समग्रमा देशलाई नै फाइदा पुग्नेछ । हाम्रो देशमा टेलिभिजन हेर्नेहरूको जनसंख्या करिब ५० प्रतिशत र टेलिभिजन पुगेको परिवार जम्मा ३० प्रतिशत मात्रै छ । अर्थात् आधा करोडले पनि टिभी हेर्दैनन् । यीमध्ये पनि भारतीय मल्टिनेसनल कम्पनीका विज्ञापन हेरेर सामान किन्न दौडिनेको संख्या निकै कम हुने अनुमान गर्न सकिन्छ । देशमा विज्ञापनमा देखाइएका सामानहरू गुणस्तरीय हुँदैनन् भन्ने सोच पनि पाइन्छ । यसर्थ नेपालजस्तो सबै घरमा टेलिभिजन पुग्न नसकेको अनि विज्ञापित वस्तुप्रति अविश्वास भएको क्षेत्रमा बजार बढ्ने सम्भावना कमै छ । मूलतः हालसम्म नेपाली उपभोक्तालाई लक्षित गरी यस्ता कम्पनीहरूले आफ्नो विज्ञापन स्टार प्लस, स्टार गोल्ड, जी टिभी, सोनी, कलर्स, एचबीओ आदि सःशुल्क विदेशी च्यानलहरूबाट प्रसारण गरिरहेका थिए ।
समग्रमा भन्नुपर्दा राष्ट्रमा विदेशी टेलिभिजनमा बज्ने विज्ञापनमा रोक लागेको छ । वि.सं. २०७७ कात्तिक ८ गतेबाट त्यस्तो रोक लागेको हो । झन्डै ४० वर्षभन्दा बढी समय निर्वाध प्रसारण भएका विदेशी विज्ञापनमा रोक लगाउने कार्य राजनीतिक, आर्थिक, सांस्कृतिक र प्राविधिक रूपमा चुनौतीपूर्ण कार्य थियो । आमजनताको साथ र समर्थन आवश्यक थियो । त्यही साथ र समर्थनकै कारण पाँच वर्षदेखि दबाब र प्रभाव छिचोल्दै नेपालले यो सफलता हासिल गरेको हो । सरकारको दृढता र प्रतिबद्धता, संसद्को सुझबुझ सबैले यसमा काम ग-यो र सफलता हासिल भयो । क्लिन फिड कार्यान्वयन गर्दा ग्राहकलाई थप शुल्क बढाउन नपाइने सरकारले स्पष्ट पारेको छ । यसैगरी क्लिनफिडका कारण बढ्न सक्ने सञ्चालन खर्च धान्न टेलिभिजन वितरकले ग्राहकसँग शुल्क बढाउनुको विकल्प नरहेको बताइरहँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो जनाएको हो । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि गत कात्तिक ७ बाट विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका थिए । यसरी बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् । अपितु क्लिनफिडका लागि उपकरण विदेशबाट ल्याउनुपर्ने तर अन्तर्राष्ट्रिय उडानको सीमितता आदि कारणले ढिला भएको भनाइ रहेको छ । ऐनको व्यवस्थाअनुरूप च्यानल प्रसारण नहुँदा उपभोक्ताहरू मर्कामा परेका छन् । अग्रिम रकम तिरेर पनि सम्बन्धित निकायहरू आफ्नो मन पर्ने टेलिभिजन च्यानल हेर्नबाट वञ्चित भएका छन् । नेपाल सरकारका सञ्चार मन्त्रालयका अधिकारीका अनुसार ऐनअनुसार ढिलोचाँडो सबै च्यानल क्लिनफिडमै प्रसारण हुनेछन् । कतिपय च्यानल ऐन कार्यान्वयनमा आएको दिनदेखि नै क्लिनफिडमा आएको र बाँकीले पनि तयारी गरिरहेकाले यो समस्या छिट्टै समाधान हुने सम्बन्धित मन्त्रालयले जानकारी दिएको छ ।

Provincial and local governments are coming up with their own set of laws to limit free press and expression

Provincial and local governments are following the federal government’s path of formulating regressive media laws targeted at curtailing the right to free press and freedom of expression, according to the advocates of free speech.

They have said the provincial and local governments too are guided by the mentality that the state should control the media. Putting his view at a virtual interaction on Friday, Tara Nath Dahal, executive chairman of Freedom Forum, an organisation that advocates for free speech, said the Integrated Communication Act endorsed by Province 2 is condemnable which largely gives the provincial government the authority to control the media. He said other provinces, including Lumbini, are also in the process of preparing different laws aimed at regulating the media sector.

“The culture has trickled down to the local governments,” he said. “Some of them have prepared the law, which even provides them with the authority to stop the broadcast of local FM.”

Schedule 8 of the Constitution of Nepal gives local level the authority to manage the operation of FM Radio. However, the authority to distribute the frequency lies with the federal government.

Putting their views at the interaction, the advocates of free speech said that in a worrying sign, all tiers of the governments have cultivated interest in curtailing information flow and freedom of expression.

Such actions, they said, will ultimately lead to the state of censorship.

Formulation of the laws to put a curb on freedom of expression and free press started before the general elections. Against international practice and norm, any perceived wrongdoings by the media or media persons have been treated as a criminal offence in the penal code (criminal code).

Despite the reservation by the media sector, journalists and civil liberty groups, no steps have been taken towards amending the restrictive laws.

“Wrongdoing by the media and media people cannot be treated as criminal offences. They should be treated as civil offences,” said Dahal. “The trend of coming up with regressive laws that began with the criminal code has continued.”

The privacy law and bills on information technology, media council, special service and public service broadcasting are some of the examples of such regressive laws, according to Dahal.

The advocates of free speech say it is necessary that the civil society remains vigilant and continuously raises voices against such laws so that the government is compelled to withdraw or revise them.

Tanka Aryal, an activist on Right to Information, said democratic values, international obligation and the spirit of constitution are being violated while drafting regressive and restrictive laws.

“Our lawmaking process lacks proper consultation. Neither the concerns of stakeholders are taken into consideration nor the lawmakers have a proper role in the deliberation,” he said. “It is also necessary to find out whether the lack of transparency is a political problem or the administrative one.”

He said as the government is making its final preparation to come up with the Mass Communication Bill, which will have overarching jurisdiction, it is necessary that civil society builds pressure for a proper law before it lands in the federal parliament.

Mahendra Shankhi, an undersecretary at the Ministry of Communication and Information Technology, said the dual nature of “experts” too has created the problem.

Without naming names he said that experts give certain suggestions during consultations and change their views when the provision becomes controversial.

“Therein lies the problem,” he said. “I would also like to make it clear that most decisions on every law are taken at the political level and we don’t have any role on it.”

https://tkpo.st/3kx2umN

अर्थतन्त्रमा क्लिन फिडको योगदान

नेपालमा विज्ञापन व्यवसायीहरूले करिब १२÷१५ वर्षदेखि उठाउँदै आएको विषय अन्ततः सरकारले दोस्रोपटक कार्यान्वयनमा ल्याएको छ । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरू क्लिन फिड भएरमात्रै प्रसारण हुनुपर्छ भनेर त्यतिखेर कुरा उठाउँदा नेपालमा एनालग सिष्टम थियो । च्यानलहरू पनि एचडी फम्र्याटमा सञ्चालित हुन्थे र नेपालमा भारतीय ‘माइक्रोम्यानेज’ हुन्थ्यो तर सोही विषय सरकारले आमसञ्चार नीतिमा समावेश गरेर २०७३ सालमा क्लिन फिडसम्बन्धी विषय समावेश गर्दासमेत केबल व्यवसायीहरूको विरोध र भारतीय ब्रोडकास्ट
(प्रसारण)हरूले राजनीतिक तहमा खेलेर सो विषयलाई तुहाइदिएका थिए । अनि सरकारले महसुस ग¥यो– अब नेपालमा क्लिन फिड हुने हो भने नीतिमा हैन, बलियोसँग ऐनमा नै समावेश गरेर ल्याउनुपर्छ । त्यसैले विज्ञापन नियमन गर्ने ऐनमा क्लिन फिडको कार्यान्वयन मितिसमेत तोकेर अगाडि ल्याइयो ।
क्लिन फिड राष्ट्रवादमात्रै नभएर, यो नेपालको आवश्यकता पनि भइसकेको थियो । विदेशी च्यानलहरूको दबदबा र दोहोरी नीति थियो । नेपाली ग्राहकबाट टेलिभिजन हेरेबापत रकम पनि असुल्ने अनि सोही च्यालनमा विज्ञापन पनि समावेश गरेर दोहोरो आम्दानी गर्दै आइरहेका थिए । अझ भारतीय मल्टिनेसनल कम्पनीका मालिकहरूले नेपालमा अधिकांश दर्शकले भारतीय टेलिभिजन च्यानलहरू हेर्छन् र हाम्रा उत्पादनका विज्ञापनहरूसमेत भारतीय च्यानलमा नै देखाए पुग्छ भनेर उत्पादनमा विज्ञापन शुल्क जोड्थे । त्यो विज्ञापन शुल्क भारतीय बजारमा नै खपत हुन्थ्यो । त्यसको कुनै पनि हिस्सा न नेपाली च्यानल न कुनै विज्ञापन एजेन्सी न अन्य कुनै कलाकार र प्राविधिकले पाउँथे । नेपालीले पाउने भनेको विज्ञापन शुल्क जोडिएको महँगो वस्तु र उत्पादनमात्रै ।
क्लिन फिड समयको मागमात्रै नभएर यसले दीर्घकालमा नेपालको अर्थतन्त्रमा समेत योगदान दिन सक्नेछ । कसरी त ? यहाँ चर्चा गरौँ ः
विज्ञापन बजार विस्तार
क्लिन फिड लागू भएपछि नेपालमा प्रसारण हुने कुनै पनि विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन प्रसारण गर्न पाउँदैनन् र नेपालमा सञ्चालित आमसञ्चारका माध्यमबाट पनि नेपाली भाषामा डबिङ गरिएका विज्ञापनहरू प्रसारण गर्न पाउँदैनन् । यसको सोझो मतलब हो– विदेशी टेलिभिजनमा प्रसारण हुने विज्ञापनहरू अब नेपालमा नै सुटिङ (छायाङ्कन) र नेपाली भाषामा नै तयार गरी नेपाली कलाकार र मोडल राखेर नेपाली टेलिभिजन च्यानलहरूमा मात्रै प्रसारण गर्नुपर्नेछ । विज्ञापन व्यवसायीहरूका अनुसार १२÷१५ वर्षअघि नेपालको विज्ञापन बजार करिब दुई÷तीन अर्बको मात्रै थियो, आज करिब १० अर्ब पुगेको छ । क्लिन फिडको सफल कार्यान्वयन हुन पुगेमा यो बजार करिब २० अर्ब रुपियाँमाथि पुग्ने अनुमान छ ।
नेपालमा क्लिन फिड हुनु भनेको स्वतः विज्ञापन बजार विस्तार हुनु हो । विज्ञापन बजार विस्तार हँुदा नेपाली कलाकार प्राविधिकहरूले रोजगारी प्राप्त गर्ने, उनीहरूको क्रयशक्ति वृद्वि हुनेछ । यसले गर्दा नेपालको अर्थतन्त्रदेखि कुल गार्हस्थ उत्पादन र कुल आयमा समेत वृद्वि भई अर्थतन्त्र थप सबल र चलायमान हुन पुग्छ ।
नेपाली च्यानलको क्षमता
हाल नेपाली टेलिभिजन च्यानलहरूको अवस्था दयनीय हुँदै गएको देखिन्छ । नेपालमा धेरै कम मानिसले मात्रै नेपाली च्यानलहरू हेर्ने गरेको तथ्याङ्क देखिन्छ । यसको एकमात्रै कारण हो– नेपाली टेलिभिजनहरूले विज्ञापन नपाउनु । विज्ञापन नपाएमा अर्को कुनै आम्दानी छैन अनि कसरी गुणस्तरीय कार्यक्रम उत्पादन र प्रसारण गर्न सक्नु ? आम्दानीभन्दा खर्च जसको बढी हुन्छ, ऊ स्वतः कङ्गाल हुने बाटोमा जाने निश्चित नै छ । यसर्थ, नेपाली मिडियाहरू पनि विदेशी मिडियाको छाँयामा हुर्कन बाध्य भएका थिए ।
क्लिन फिडपश्चात् विदेशी च्यानलमा विज्ञापन देखाउन नपाएपछि सो विज्ञापन स्वतः नेपाली मिडियाहरूमा छाउने नै भयो । अब विदेशी मल्टिनेसन कम्पनीको विज्ञापन पाउन पनि नेपाली मिडियाहरूले ‘टीआरपी’ बढाउनुपर्ने भयो । राम्रा र गुणस्तरीय कन्टेन्ट उत्पादन गर्नपर्ने भयो । जसले राम्रा र गुणस्तरीय सामग्री उत्पादन गर्छ र जसको टीआरपी राम्रो छ, उसलेमात्रै विज्ञापन राम्रो पाउने भयो । जसले गर्दा नेपालमा नयाँ मिडिया थपिने र भएका बीचमा राम्रो प्रतिस्पर्धा हुनेछ । उनीहरूले सरकारलाई नवीकरण शुल्क, रोयल्टी कर भ्याटजस्ता करहरू दाखिला गर्नपर्ने हँुदा देशको अर्थतन्त्रमा क्लिन फिडले योगदान पुग्ने देखिन्छ ।
न्यूनतम पारिश्रमिक कार्यान्वयन
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना नै प्रकाशन गरेर राष्ट्रियस्तरका मिडियादेखि लिएर अन्य मिडियाहरूले समेत आफ्ना संस्थामा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक दिनुपर्ने भनी अनिवार्य परिपत्र जारी गरेको अवस्था छ । कतिपय मिडियाहरूले सो दिन नसकेको र नसक्ने अवस्था देखाएको अवस्था छ । कारण हो– मिडियाहरूको आम्दानी नहुनु अर्थात् विज्ञापन पाउन सक्ने अवस्था नदेखिनु । क्लिन फिडपश्चात् नेपाली मिडियाहरूमा तिनीहरूको स्तरअनुसार विज्ञापन बढ्दै जाने र सोही कारण मिडिया सञ्चालकहरूले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन सक्न अवस्थाको अपेक्षा छ ।
खेल क्षेत्रमा योगदान
दीर्घकालीन रूपमा क्लिन फिडले खेल क्षेत्रमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ । हालै भारत सञ्चालित आईपीएलको प्रायोजक, मुख्य प्रायोजक, अफिसियल स्पोन्सरदेखि खेलाडी लुगा र खानेपानीको बोतलसम्ममा बहुराष्ट्रिय कम्पनीहरूले विज्ञापन गरेको देखियो । यसको मतलब हो– बहुराष्ट्रिय कम्पनीहरू आफ्नो सामानको विज्ञापन जुनसुकै क्षेत्रमा गर्न पनि पछि पर्दैनन् । क्लिन फिड भएपछि सोनी, स्टारलगायतका टेलिभिजनहरूले क्रिकेट र फुटबल लाइभ गर्दासमेत विज्ञापनरहित भएर गर्नुपर्छ र त्यही लाइभ नेपाली टेलिभिजनले ग¥यो भने उसले नेपाली विज्ञापन मज्जाले देखाउन सक्छ । यसको मतलब हो, अब भारतमा आईपीएल भएजस्तै नेपालमा पनि क्रिकेटका विभिन्न टुर्नामेन्टहरू सञ्चालन हुँदा प्रत्यक्ष प्रसारणदेखि खेलाडी र खेलको आयोजक अनि प्रायोजक गर्दै आफ्नो उत्पादनको विज्ञापन गर्न मल्टिनेसनल कम्पनीहरू बाध्य हुन्छन् ।
अन्तर्राष्ट्रियस्तरमा नाम र दाम कमाउन सफल अनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल र खेलाडीहरूको कमी नेपालमा छैन । उनीहरूले ती खेलाडी र खेलमा प्रायोजन गर्न सक्छन् । त्यसले गर्दा ती खेलाडी, आयोजक र खेलको स्तर पनि वृद्वि हुन सक्छ । यसले रोजगारी र आयकर, नाफा करलगायतका शीर्षकमा खेल आयोजक र खेलाडीहरूले कर दाखिला गर्नेछन् ।
मनोरञ्जन क्षेत्रमा योगदान
क्लिन फिड र मनोरञ्जन नजिकका विषयहरू हुन् । नेपालको मनोरञ्जन र चलचित्रको बजार हिस्सा एकदमै सानो रहेको छ । क्लिन फिड भएपश्चात् नेपाली कलाकार, मोडल प्राविधिकहरूको माग उच्च रूपमा बढ्ने अनि पारिश्रमिक पनि बढ्ने देखिन्छ । अब नेपाली टेलिभिजनहरू र मिडियाहरूले पनि नेपाली कलाकार भएको र नेपाली भाषी विज्ञापनमात्रै प्रसारण गर्नुपर्ने भएका कारण नेपाली बजारमा विदेशी मल्टिनेसनल कम्पनीका सामानहरू विज्ञापन गर्नसमेत नेपालकै कलाकार राख्नपर्ने अवस्था आएको छ । यसबाट नेपालमा कला र मनोरञ्जन क्षेत्रसमेत वृद्वि हुनेछ । कलाकार उत्पादन र ट्रेनिङ गर्ने संस्थाहरूसमेतको आम्दानी र क्रयशक्तिमा वृद्वि हुनेछ । उनीहरूले कर दस्तुर तिर्ने भए । उनीहरूले प्रयोग गर्ने
सवारीसाधनदेखि लिएर होटल बासदेखि लिएर समग्र क्षेत्रमा योगदान दिने भए ।
पर्यटनमा योगदान
नेपालमा क्लिन फिड भएपछि नेपालको बजार हिस्सा, विज्ञापनको अवस्था बुझ्नदेखि लिएर नेपाली कलाकार र नेपाली भाषामा विज्ञापन बनाउन विदेशी मल्टिनेसन कम्पनीका सञ्चालकदेखि लिएर विज्ञापनदाता र सञ्चालकहरूसमेत नेपालमा आउने भए । राम्रो–राम्रो लोकेसन (क्षेत्र)मा विज्ञापन सुट गर्नपर्ने हुँदा पर्यटन क्षेत्रमा समेत योगदान पुग्ने देखिन्छ ।
साँस्कृतिक क्षेत्रमा योगदान
क्लिन फिडअघि विदेशी च्यानलहरूमा सोही देश अनुकूल धर्म र संस्कृतिदेखि लिएर उनीहरूकै फेसनमात्रै प्रदर्शन हुने गरेको देखन्थ्यो भने अब नेपालमा प्रसारण हुने विज्ञापनहरू नेपाली माटो र परिवेशसुहाउँदो हुनेछन् । यसले साँस्कृतिक विचलन रोक्ने विश्वास गर्न सकिन्छ । विशेषगरी नेपाली च्यानलहरूमा नेपाली धार्मिक स्थल र साँस्कृतिक क्षेत्र समेटेर विज्ञापन गर्ने सकेमा सो स्थानहरूमा विज्ञापन सुटिङ अनि भिडियोहरू बनाउन सकेमा विदेशीहरूलाई थप आकर्षित गर्न सकिने देखिन्छ ।
क्लिन फिडपश्चात् भारतीय रकी पाइन्ट अनि लेहेङ्गा र घाँघरहरू अनि भारतीय महिलाले लगाएकै देखासिकी गरी नेपाली बजार प्रभावित गर्ने अवस्था नआउन पनि सक्छ । यसले गर्दा नेपाली उत्पादन पुनः फस्टाउने मौका पाउने अवस्था आउँछ । यसबाट रोजगारीदेखि लिएर विदेशी मुद्रा सञ्चितीमा वृद्धि अनि नेपाललाई साँस्कृतिक उपनिवेश बनाउने खेलहरूको समेत कमी हुने देखिन्छ ।
यसरी क्लिन फिडले नेपालको समग्र क्षेत्रमा गुणात्मक र सकारात्मक प्रभाव पार्दै देशलाई नै विकासको अग्रगतिमा लैजान सक्ने देखिन्छ । त्यसैले यसको सफल र पूर्ण कार्यान्वयन आवश्यक छ ।
(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत हुनुहुन्छ ।)

Minister’s ‘dignified’ journalism jibe draws flak


क्लिनफिडको भविष्य

नेपालमा टेलिभिजनको इतिहासमा कोशेढुंगा सावित हुने भनिएको क्लिनफिड लागू भएर नै छोड्यो । अब नेपालमा क्लिनफिड अघिको समय र पछिको समय गरेर विभाजन हुने देखिन्छ । अर्थात् नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरूमा विदेशी मल्टिनेशनल कम्पनीका विज्ञापन हेरेर हुर्केका पुस्ताहरू र क्लिनफिडमा हुर्केका पुस्ताहरू हुने निश्चित छ ।

नेपालमा क्लिनफिड हुनपर्छ भनेर नेपाल सरकार अर्थात् सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले २०७३ सालमै नीति तर्जुमा गरेको हो । तर, केबल वितरकहरूले महासंघ र भारतीय टेलिभिजन प्रसारकहरूले राजनीतिक लेभलमा यति लभिङ गरे कि यो विषयलाई स्थगित गराएरै छोडे । त्यसपछि यसका लागि ऐनमा नै आवश्यक देखी विज्ञापन नियमनमार्पmत क्लिनफिडलाई अनिवार्य गरियो ।

२०७७ कात्तिकको ७ गते रातको १२ बजेदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा क्लिनफिड भयो तर दशैंको समयमा क्लिनफिडको कार्यान्वयनको डेट लाइन तोकिएको हुँदा प्रभावकारी अनुगमन हुन पाएन । टेलिभिजन वितरकहरूको महासंघले पूर्ण क्लिनफिड कार्यान्वयन हुन कम्तीमा १५ दिन थप समय लाग्ने बताएको छ । क्लिनफिड हुने समयमा नेपालमा विदेशी टेलिभिजन च्यानलहरू वितरण गर्दै आएका संस्थाका प्रतिनिधिहरूले क्लिनफिडको स्वागत गरे पनि क्लिनफिड आमसञ्चारमा मात्रै होइन, दूरसञ्चारमा पनि लागू गर्न माग गरेका थिए । ओभर दि टप भनिने मोबाइल एप्लिकेशनहरूबाट विदेशी टेलिभिजन च्यानहरू सीधै प्रसारण हुने र यसका लागि कुनै कानूनले बाधा नगर्ने भन्दै उनीहरूले अनलाइन स्ट्रिमिङ साइटहरू र ओटीटी एप्सहरू बन्द गर्न माग गरेको देखिन्छ । हाल आईपीटीभीमा सञ्चालन हुने बक्सहरूमा रिब्रोडकास्ट हुन मिल्न सुविधा मिल्ने र यसले केबल वितरक र आईपी वितरकहरूलाई विदेशी टेलिभिजन च्यानल वितरणमा एकै किसिमको प्रसारण सुविधा दिनपर्ने देखिन्छ । यसले गर्दा टेलिभिजनमा मात्रै विज्ञापन बन्द हुने तर इन्टरनेटका साइटहरूबाट प्रसारण हुँदा विज्ञापनसहित भएर प्रसारण हुने भएमा यसले क्लिनफिडको औचित्य पुष्टि गर्न सक्दैन ।

वर्ल्ड लिंक कम्युनिकेशन र फेसबुकको सहकार्यमा नेपालमा १० हजार स्थानमा निःशुल्क वाइफाइको व्यवस्था गर्ने समाचार आएको छ । यसरी निःशुल्क वाइफाइको प्रयोग अनि दूरसञ्चारमा क्लिनफिड नहुँदा यसले ओटीटी र इन्टरनेट साइट अनि युट्युब लाइभ फेसबुक लाइभका माध्यमबाट सीधै विदेशी च्यानलहरूसम्म पहुँच पुग्ने देखिन्छ । नेपालमा भीपीएन प्रयोग गरेर सोनी, लिभ हटस्टारजस्ता विदेशी टेलिभिजनका प्रसारणका ओटीटी एप्सहरूमा पहुँच पुग्ने सक्ने देखिन्छ । यतिमात्रै नेपालमा प्रतिबन्धित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो वालाजीसम्म पनि नेपालीहरूले विदेशमा रहने आफन्त तथा गैरनेपाली नागरिकसमक्ष सम्बन्ध राखेर हुन्डी वा अन्य माध्यमबाट रकम पुर्‍याई सीधै पहुँच पुर्‍याएको देखिन्छ । यसबाट पनि नेपालमा क्लिनफिडको सफल कार्यान्वयन हुन चुनौती थपिने देखिन्छ ।

विदेशी टेलिभिजन वितरकहरूको संस्थाहरूले ऐनले तोकेको समयसीमाभित्र क्लिनफिडमा सबै च्यानलहरू दिन सकिरहेका छैनन् जसबाट च्यानलहरू हेर्नबाट दर्शकहरू वञ्चित हुन परिरहेको छ । क्लिनफिडका कारण नेपालमा हाल हेरिरहेको प्याकेजभन्दा थप शुल्क तिर्नपर्ने अवस्था आउन सक्ने भनेर ग्राहकबाट थप रकम लिन वितरकहरू प्रयासरत रहेको देखिन्छ ।

नेपालमा क्लिनफिडको सफल अनि पूर्ण कार्यान्वयन गर्ने हो भने नेपाल सरकार अर्थात् सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले थप केही कार्यहरू तत्काल अनि केही दीर्घकालीन सोच बनाएर गर्नु जरुरी देखिन्छ ।

हाल व्यवसायीहरूले ग्राहकले हेरिरहेको प्याकेजभन्दा कम्तीमा २० देखि २५ प्रतिशत शुल्क बढाउन प्रस्ताव गरिरहेका छन् । त्यसैले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले व्यवसायीहरूसँग छलफल र समन्वय गरी मूल्यमा हस्तक्षेप गर्नु जरुरी देखिन्छ । क्लिनफिडको सफल कार्यान्वयनका लागि नेपालमा प्रसारण हुने टेलिभिजनको मनिटरिङ गर्न सूचना तथा प्रसारण विभागलाई साधनस्रोत र जनशक्तिले सक्षम बनाउन अति नै जरुरी देखिन्छ । च्यानलहरू क्लिनफिड भए नभएको २४ घण्टा नै अनुगमन गर्न जनशक्ति र स्रोतसाधनको व्यवस्थापनसहित हटलाइनको प्रबन्ध गर्नुपर्ने देखिन्छ । यसका साथै विज्ञापन बोर्ड र सूचना तथा प्रसारण विभागको समन्वयलाई प्रभावकारी बनाउन पनि जरुरी देखिन्छ ।

हाल विज्ञापन नियमन गर्ने ऐनले आमसञ्चारका माध्यम अर्थात् टेलिभिजनमा मात्रै क्लिनफिडको परिकल्पना गरेको छ । तर, ओटीटी र इन्टरनेट स्ट्रिमिङ र फेसबुक लाइभका कारण क्लिनफिडमा थप चुनौती थपिने देखिएको छ । यो विषयलाई पनि सम्बोधन हुन जरुरी देखिन्छ । दूरसञ्चारका माध्यमबाट प्रसारण हुने कन्टेन्टहरूमा क्लिनफिड हुन पर्ने अर्थात् सम्भव भए ओटीटी र इन्टरनेटमा पनि विज्ञापनरहित प्रसारण हुनपर्ने र सम्भव नभएमा ओटीटी बन्द हुनुपर्ने गरी यसलाई सम्बोधन गर्न सकिन्छ ।

यसका लागि दूरसञ्चार ऐन, विज्ञापन नियमावली जुन कानूनमा यो विषय समावेश गरे पनि हुने देखिन्छ । तर, नेपालमा क्लिनफिड हुने हो भने केबल वितरक र आईपी प्रसारकहरूलाई समान व्यवस्था गर्नपर्ने देखिन्छ । कसैलाई पनि रिब्रोडकास्टको थप सुविधा दिन मिल्ने र यस्ता सेटअप बक्सहरू प्रयोग गर्न दिन नमिल्ने बनाउनुपर्ने देखिन्छ ।

नेपालमा ओटीटीबाट टेलिभिजन हेरेर सो बापतको रकम विदेश लाने दूरसञ्चार र प्रसारण ऐनले नै प्रतिबन्ध गरेको अवस्थामा पनि नेपालमा भीपीएन प्रयोग गरेर ओटीटीबाट टेलिभिजनहरू हेर्ने, अमेजन प्राइम भिडियोदेखि नेटपफ्लिक्ससम्म पनि नेपालीहरूको सहज पहुँच पुगिसकेको अवस्था छ । सञ्चार मन्त्रालयले कि यसलाई ऐन नै संशोधन गरेर ओटीटीलाई क्लिनफिडको दायराभित्र ल्याएर प्रसारणको अनुमति दिनुपर्ने देखिन्छ ।

अन्त्यमा नेपालमा नेपाली विज्ञापन बजारको दायरा र क्षेत्र विस्तार गर्न क्लिनफिड लागू भएको हो । बंगलादेशमा कुनै समय भारतीय टेलिभिजन च्यानलहरू क्लिनफिडमा प्रसारण भएकै थिए । तर, अत्यधिक शुल्क वृद्धि र दूरसञ्चारको सहज पहुँचको कारण र सरकारले दीर्घकालीन सोच र रणनीति राख्न नसक्दा सरकार पछि हट्नुपरेको थियो । नेपालमा यस्तो सोही अवस्था आउन नदिन सरकारले बेलैमा आवश्यक कदम चाल्न जरुरी देखिन्छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका कार्यरत लेखकक यी विचार निजी हुन् ।

समृद्धिनिम्ति सञ्चार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमातहतका संस्थानहरूको निरीक्षण गर्दै चुस्त सेवा प्रवाहका लागि ती संस्थानलाई निर्देशन दिनुभएको छ । पत्रकारिता, सञ्चार, सूचना तथा प्रविधिमा भएको विश्व प्रगति तथा नवप्रवर्तनलाई नेपाल प्रवेश गराई गुणस्तरीय र प्रतिस्पर्धात्मक सेवा दिनुपर्ने दायित्व गोरखापत्र दैनिक, रेडियो नेपाल, नेपाल टेलिकम (दूरसञ्चार संस्थान), नेपाल टेलिभिजनजस्ता संस्थामा रहेका छन् । नेपालले सञ्चारमा खुला आकाश नीति अवलम्बन गरेदेखि यी संस्थाहरूले प्रवाह गर्ने सेवामा निजी क्षेत्रको प्रवेश भएको छ । जसले गर्दा यी संस्थालाई अझ बढी चुस्त तथा प्रतिस्पर्धात्मक सेवा दिनुपर्ने दायित्व वृद्धि भएको छ । साथै, विश्वमा आएका नयाँ परिवर्तन तथा अभ्यासलाई अवलम्बन गर्दै विश्वस्तरीय अत्याधुनिक सेवा प्रवाह गर्नुपर्ने दायित्व छ । सेवाग्राहीको चाहना र निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अग्रणी रहेर सञ्चारसम्बद्ध निकायले गुणस्तरीय, सस्तो, सुलभ र भरपर्दो सेवा प्रदान गरेमा नै यी संस्थाप्रति उपभोक्ताको विश्वास बढ्नेछ । वर्तमान युगले सञ्चारलाई शक्ति मानेकाको सन्दर्भमा नेपालले सञ्चार तथा सूचना प्रविधि जोडेको छ । राष्ट्रको अभियान पूरा गर्न सञ्चारसम्बद्ध निकायको अझ बढी सक्रियता आवश्यक छ ।
नेपालले विश्वस्तरीय सञ्चार प्रविधि सेवा प्रदान गर्ने दायित्व नेपाल टेलिकमलाई दिएअनुसार सो संस्थामार्फत नेपालमा अत्याधुनिक सञ्चार प्रणाली विस्तार भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नीति निर्देशन, दूरसञ्चार प्राधिकरणजस्ता निकायसँगको समन्वयमा समयानुकूल सञ्चार सेवा विस्तार गर्नुपर्ने आवश्यकता संस्थालाई छ । सञ्चार प्रविधिको विस्तार तथा अभ्यास र प्रभावकारिताले पत्रपत्रिका, रेडियो, टेलिभिजनका सुविधा उपभोक्ताका हातहातमा पु¥याउन सकिनेछ । सूचना प्रविधिकोे प्रभावकारी सेवाले समाचार र सञ्चारसम्बद्ध अन्य संस्थाहरूको औचित्य तथा प्रभावकारी अझ बढ्नेछ । विक्रम संवत् १९७० मा म्याग्नेटो सिष्टममार्फत दूरसञ्चार सेवाको थालनी भएको नेपालमा सञ्चार क्षेत्रको निरन्तर विकाससँगै अहिले विश्व अभ्यासमा रहेका प्रविधिको प्रयोग भएकाले यस क्षेत्रको विकास तथा विस्तारका लागि सम्बद्ध निकाय अझ सक्रिय र चुस्त हुनु आवश्यक छ । सुरुमा विसं १९९२ मा काठमाडौँमा २५ लाइनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलिफोन सेवालाई मुलुकका प्रत्येक बस्ती र घरपरिवारसम्म पु¥याउनुपर्ने दायित्व टेलिकम (संस्था)लाई रहेको छ । संस्थाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताअनुसार हरेक वडा तहसम्म इन्टरनेट सेवा विस्तार गरेर नेपाललाई आधुनिक सञ्चार उपलब्ध मुलुक बनाउने दायित्व रहेको संस्थालाई आवश्यक स्रोत–साधन उपलब्ध गराएर राष्ट्रिय लक्ष्य हासिल गर्न सकिनेछ । सञ्चार नीतिले परिकल्पना गरेअनुसार सूचना तथा प्रविधिको प्रयोगबाट नेपाललाई सूचना तथा ज्ञानमा आधारित समाजमा रूपान्तरण गर्न टेलिकमलाई अन्य संस्थाको तुलनामा बढी दायित्व छ । नीतिको लक्ष्यअनुसार सन् २०२० सम्ममा ९० प्रतिशत जनतासम्म ब्रोडब्यान्ड सेवाको पहुँच सुनिश्चित गरी यस अवधिभित्र कुल गार्हस्थ उत्पादनमा सूचना तथा सञ्चार प्रविधि उद्योग र सेवाको योगदान (दूरसञ्चार सेवाबाहेक) कम्तीमा २.५ प्रतिशत पु¥याउन यस क्षेत्रमा परिणाममुखी काम हुनुपर्ने अपेक्षा गरिएको छ ।
नेपालले निजी क्षेत्रलाई विकास तथा अर्थतन्त्रको एक खम्बा मानेको छ । निजी क्षेत्रको परिणाममुखी सेवासँग टेलिकमजस्ता संस्थाले प्रतिस्पर्धा गर्नुपर्दा सेवा प्रवाह नै पहिलो मापदण्ड हुनेछ । क्रमशः सुधार परिमार्जन हुँदै आएको भए पनि टेलिकमको सेवालाई अझ बढी विश्वासिलो र भरपर्दो बनाउनुपर्ने देखिएको छ । खासगरी टेलिकमका सेवामा हुने ढिलासुस्तीबारे आउने जनगुनासोलाई उचित सम्बोधन गर्नु आवश्यक छ । विगतमा टेलिफोन (सञ्चार)सँग मात्र आबद्ध टेलिकमका सेवा अबका दिनमा क्रमशः प्रशासनमात्र होइन, सुशासनसँग जोडिन पुगेका छन् । राष्ट्रिय तथ्याङ्क, अभिलेख तथा प्रशासनलाई सूचना प्रविधिमैत्री बनाएर नेपाललाई ‘विद्युतीय (डिजिटल) नेपाल’ बनाउने वर्तमान सरकारको नीति कार्यान्वयन गर्ने निकायका रूपमा टेलिकमले आफूलाई अझ बढी विस्तार विकसित गर्नुपर्छ । आगामी दिनमा सूचना तथा सञ्चार प्रविधिमा थप स्रोत परिचालन गरी नवीन सम्भावना खोज्नुपर्नेछ, जसले नेपाललाई आधुनिक सञ्चारमा अभ्यस्त बनाउने छ । टेलिकमका सेवामा जनविश्वास रहनु यसले प्रदान गर्दै आएको सेवाको गुणस्तरमा नै हो तर सार्वजनिक निकायको प्रक्रियामुखी कार्यशैलीका अगाडि निजी क्षेत्रको परिणाममुखी कार्यशैलीसँग प्रतिस्पर्धा गर्न यस संस्थाले आफूलाई तत्पर राख्नु आवश्यक छ ।

 

सूचना तथा प्रसारण विभागको प्रथम त्रैमासिक अवस्था चित्रण

आमसञ्चार क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाई स्थिरता, स्थायित्व र विकासमा सञ्चारजगतको योगदान प्रवद्र्धन गर्न कानुनी र संस्थागत सुधार गर्ने, पत्रकार दुर्घटना बिमा र पत्रकार वृत्ति कोषलाई सञ्चारकर्मीको हितमा परिचालन गर्ने नेपाल सरकारको आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा उल्लेख भएको छ । पत्रकारिता क्षेत्रको व्यवसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्न सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने नेपाल सरकारको आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा उल्लेख भएको छ ।

यसै सन्दर्भमा सूचना तथा प्रसारण विभागलाई महŒव र मन्त्रालयले दिएको अख्तियारीबमोजिम विभागबाट शाखागत रूपमा आव २०७७-७८ को प्रथम त्रैमासिकमा विभागबाट देहायबमोजिमको सेवा प्रवाह भएको छ ।

क) प्रशासन तथा पे्रस शाखातर्फको कार्यसम्पादन :
आव २०७७-७८ को श्रावणदेखि असोज मसान्तसम्म ६ सय ६९ नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र र परिचयपत्र जारी गर्ने कार्य भएको छ भने आव २०७७÷७८ को श्रावणदेखि असोज मसान्तसम्म १ हजार २ सय १२ प्रेस प्रतिनिधि प्रमाणपत्र र परिचयपत्र नवीकरण भएका छन् । चार जना पत्रकारलाई स्वतन्त्र पत्रकार प्रेस पास जारी भएको छ भने पाँच जना विदेशी पत्रकारलाई प्रेस पास जारी गर्ने र प्रेस भिसाका लागि सिफारिस गर्ने कार्य भएको छ । आव २०७७-७८ को श्रावणदेखि असोज मसान्तसम्म अनलाइन सञ्चार माध्यम निर्देशिका, २०७३ बमोजिम १ सय ६० वटा अनलाइन सञ्चारमाध्यम दर्ता भएका छन् ।

यस्तै, आव २०७७-७८ को श्रावणदेखि असोज मसान्तसम्म १ सय ५१ अनलाइन सञ्चार माध्यम नवीकरण गर्ने कार्य भएको छ । आव २०७७-७८ को श्रावणदेखि असोज मसान्तसम्म ३६ वटा पत्रपत्रिकालाई अस्थायी दर्ताका लागि सिफारिस गर्ने कार्य भएको छ । आव २०७७-७८ को श्रावणदेखि असोज मसान्तसम्म ३८ वटा पत्रपत्रिकालाई स्थायी दर्ताका लागि सिफारिस गरिएको छ ।

(ख) प्रकाशन तथा फोटोग्राफी शाखातर्फको कार्यसम्पादन :
क्यालेन्डर तथा डायरी प्रकाशनका लागि बोलपत्रको सूचना आह्वान गरिएको छ । औपचारिक कार्यक्रमका ३७ वटा तस्बिर छायांकन र नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिकीकरण कार्यक्रम गरिएको छ । साथै, अनौपचारिक कार्यक्रममा पाँच वटा तस्बिर छायांकनसमेत भएको छ । साथै, ५० जना सेवाग्राहीलाई फोटो वितरण गरेको र ६ सय ७४ नेगेटिभ डिजिटाइजेसनको कार्यसम्पादन भएको छ ।

त्यस्तै, विभागको वार्षिक प्रगति प्रतिवेदन प्रकाशनका लागि सरकारी निकायमा नै गर्ने गरी मुद्रण विभागमा पठाइएको छ भने विभागको नियमित वार्षिक कार्यक्रममा रहेको नेपाल द्वैमासिक पत्रिका प्रकाशनका लागि समेत मुद्रण विभागमा पठाइएको छ ।

(ग) प्रसारण शाखातर्फको कार्यसम्पादन :
प्रसारण शाखाबाट हुने कार्यमा दुई वटा स्याटलाइट टेलिभिजन नयाँ प्रसारण इजाजत जारी, ११ वटा संस्थाको प्रसारण समय थप, ३ वटा संस्थाको विवरण बदलिएको, १३ वटा संस्थालाई सजाय आदेश गरिएको, १ वटा संस्थालाई नयाँ सिग्नल वितरक इजाजत जारी, ६ वटा नयाँ एफएमलाई नयाँ लाइसेन्स जारी, ३ वटा वाकीटकी लाइसेन्स जारी, २ वटा लाइसेन्सको प्रतिलिपि जारी, ६ वटा टिभी इजाजत भू–प्रके जारी, १ वटा जेपी टिभी इजाजत प्रदान, १ वटा संस्थाको कलसाइन परिवर्तन, २ वटा संस्थालाई नियमति प्रसारण प्ररम्भ अनुमति, ८ वटा संस्थालाई विद्युतीय प्रसारणको लागि उपकरण आयत सिफारिस गरिएको छ भने विभिन्न संस्थालाई १७ लाख १६ हजार २ सय ९८ पैसा ८२ अमेरिकी डलर र ११ करोड ४ लाख ३६ हजार ७ सय ९८ पैसा ३ भारतीय रुपैयाँ विमू सिफारिस गरिएको छ ।

विभागको फोन नम्बरमा सम्पर्क गरी समय लिएर सेवा लिन र सेवा प्रवाहको लागि कोटा निर्धारणमार्फत सेवा प्रवाहको व्यवस्था गरिएको छ

(घ) क्लिनफिड कार्यन्वयनतर्फ :
क्लिनफिड र स्वदेशी–विदेशी टेलिभिजन च्यानलहरूको अनुगमन गर्नका लागि मल्टिभिवर स्ट्रिमिङ मनिटरिङ एण्ड रेकर्डिङ सिस्टम जडान भई नियमित अनुगमन भइरहेको छ । सिस्टमले नेपाली च्यानलहरूको कन्टेन्टसम्म रियल टाइा मनिटरिङ गर्न सक्ने व्यवस्था रहेको छ । विदेशी टेलिभिजन च्यानलको डाउनलिंक चालू आव २०७७-७८ का लागि नवीकरण गर्दा क्लिन फिडसम्बन्धी प्रतिबद्धता गराएर मात्र नवीकरण गरिएको छ । श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७७ असोज १५ को (सचिवस्तरीय) निर्णयअनुसार ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को प्रतिकूल नहुनेगरी विज्ञापनरहित प्रसारणका लागि बनेका र भविष्यमा बन्ने महŒव, मापदण्ड तथा शर्तको पूर्ण रूपमा परिपालना गर्नेछु÷छौं । आयात गर्न लागिएको उपकरणले विदेशबाट प्रसारण हुने टेलिभिजन च्यानलमा विज्ञापनरहित प्रसारण गर्न सहयोग गर्नेछ । नेपाल सरकारलाई कुनै किसिमको आर्थिक दायित्व र व्ययभार नपार्ने विषयमा प्रतिबद्ध छु÷छौं । आयात गर्न लगिएको उपकरणले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार विज्ञापनरहित कार्यक्रम प्रसारण गर्न सहयोग नगरेमा खरिद, आयात तथा जडानसम्बन्धी आर्थिक तथा अन्य क्षतिपूर्ति उपकरण आयात गर्न माग गर्ने सम्बन्धित संस्थाले नै व्यहोर्ने छ । नेपाल सरकारका नीति, ऐन, नियम तथा मापदण्डको प्रतिकूल हुनेछैन र नेपाल सरकारलाई असर पर्ने कुनै पनि प्रकारका काम गरिनेछैन । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार विज्ञापनरहित प्रसारण गर्ने गराउने कार्यमा प्रतिबद्धता व्यक्त गर्दछु÷गर्दछौं ।’ व्यहोराको कबुलियतनामा गराई मात्र विदेशी च्यानलमा विज्ञापनरहित बनाउनका लागि आवश्यक उपकरण सिफारिस भइरहेको छ ।

नेपालभर वितरण गर्ने डिजिटल केबुल नेटवर्क, आईपीटीभी, एमएमडीएस्, डीटीटीबी र डीटीएच प्रविधिमा आधारित प्रसारण र वितरक संस्थाले समेत आफ्नो नेटवर्कबाट अनुगमन गर्नका लागि उक्त उपकरणमा फाइबर, आईआरडीलगायतको जडान भइरहेको र कार्यान्वयनमा आएको छ । मल्टिभिवर स्ट्रिमिङ मनिटरिङ एन्ड रेकर्डिङ सिस्टमको प्राविधिक तालिम सम्पन्न भएको छ भने मनिटरिङ तथा रेकर्डिङ सिस्टमको ब्याकअप पावरका लागि स्पेसिफिकेशन र लागत स्टिमेत तयार भई खरिद प्रकियाको चरणमा रहेको छ । विभागबाट २०७७ कात्तिक ८ पछि अनुगमन भएको प्रतिवेदन मन्त्रालय, निर्देशक समिति र विज्ञापन बोर्डमा मंसिरको पहिलो हप्तामा पठाउने तयारी भइरहेको छ ।

(ङ) लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत रकम भुक्तानी :
आव २०७७-७८ को श्रावणदेखि असोज मसान्तसम्म लोककल्याणकारी विज्ञापनबापत वर्गीकृत पत्रपत्रिकालाई १ करोड ४१ लाख ३६ हजार ५ सय ७३ भुक्तानी भएको छ ।

(च) न्यूनतम पारिश्रमिक उपलब्धता र गुनासो सम्बोधन एवं फैसाला :
श्रमजीवी पत्रकारको आव २०७७-७८ को साउनदेखि असोज मसान्तसम्म चौध वटा उजुरी दर्ता भएको, सञ्चार गृहसँग छलफलको क्रममा १८ वटा उजुरी रहेको, सात वटा उजुरीको दुईपक्षीय मेलमिलाप भएको र दुई वटा उजुरीको दुई पक्षीय मेलमिलाप हुन नसकी निर्णय भएको छ ।

(छ) राजस्व आर्जन, असुल उपर र बेरुजु फछ्र्यौट:
आव २०७७-७८ को साउनदेखि असोज मसान्तसम्म विभागबाट राजस्व रकम ४ करोड ८१ लाख ९८ हजार ४ सय ६७ रुपैयाँ संकलन भएको छ ।
आव २०७७-७८ को साउनदेखि असोज मसान्तसम्ममा विभागको कुल बेरुजु रकम १ करोड ८ लाख ८६ हजार ८ सय ६ मध्ये ६ लाख १३ हजार ८ सय ८६ नियमित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको र ४८ हजार ९ सय ४ असुल उपर भएको छ ।

(ज) नवीन कार्यसम्पादन :
विभागले अतिरिक्त क्रियाकलापअन्तर्गत आव २०७७÷७८ को त्रैमासिक अवधिमा देहायअनुसारका केही नविन कार्यहरू सम्पादन गरेको छ :

विभागबाट प्रदान हुने सबै प्रकारका सेवाको महŒवले तोकअनुरूप पेस गर्नुपर्ने कागजात, दस्तुर र अन्य विवरण खोलिएको चेकलिस्ट विभागको वेभसाइटमा राखिएको छ । यसले सेवाग्राहीले सेवा प्रदायकसँगै भेट्न नपर्ने, फोन गर्न नपर्ने र सबै विवरण र कागजातसहित सेवा माग गरेमा निर्वाद रूपमा, सहजै र धेरै समय नलाग्ने गरी सेवा प्रवाहको बन्दोबस्त भएको छ । यस्तै सेवाप्रवाह एकैद्वार अर्थात् भुइँतल्लाको एउटै कोठाबाट हुनेगरी मिलाइएको छ ।

यस्तै, सेवाग्राहीले महŒव पुरै नहेरी माग गर्ने प्रचलनलाई न्यून गर्न चेकलिस्ट र सेवाग्राहीबाट बारम्बार सोधिने प्रश्नको उत्तर (एफ्एक्यू) पनि विभागको वेभसाइटमा राखिएको छ ।

सेवाग्राहीले घरमै बसेर सेवाको बारेमा बुझ्न, हेर्न र पहुँच स्थापित गर्न यी सबै प्रयास भएका हुन् । तर, दुःखद पक्ष यी सबै नहेरी सोझै विभाग आउँदा कागजात नपुग्ने, प्रक्रिया नपुग्ने र विवरण नै पेस नहुने स्थितिले गर्दा सेवाग्राहीलाई चाहेर पनि सेवा प्रवाह गर्न महŒवले नमिल्ने अवस्था हुन्छ । जस्तो हामीले महŒव मान्नुपर्दछ त्यस्तै सेवाग्राहीले पनि महŒव प्रावधानअनुसार नै सेवा माग्नुपर्ने हुन्छ । यदि सबै प्रक्रिया, कागजात भएर पनि सेवाप्रवाह प्राप्त नभएमा हाम्रो दोष हुन जान्छ । यसतर्फ विभाग सचेत छ । सबै प्रक्रिया र कागजात नपु¥याउँदा सेवा प्रवाह प्राप्त भएन भन्न सेवाग्राहीले मिल्दैन किनभने सेवाग्राहीले महŒव, रीत, प्रक्रियाअनुरूप सरकारी कार्यालयमा सेवा माग र्ने दायित्व र कर्तव्य हो । अधिकार मात्र हैन ।

आयात गर्न लागिएको उपकरणले विदेशबाट प्रसारण हुने टेलिभिजन च्यानलमा विज्ञापनरहित प्रसारण गर्न सहयोग गर्नेछ

कार्यालयको सुन्दरता एवं मर्मत कार्यअन्तर्गत विभागलाई आर्थिक भार नपर्नेगरी कार्यालय परिसरमा रहेको १.५ रोपनी जग्गामा रहेको झाडी हेभी इक्विपमेन्ट डिभिजनबाट सरसफाइ गरी सम्माइएको र उक्त जग्गामा चाँप, धुपी, टिकुमा, नीलकाँडालगायतका मौसमी फूलहरू डिभिजन वन कार्यालय, काठमाडौंलाई अनुरोध गरी करिब २ सयको संख्यामा रोपिएको छ । कार्यालय परिसरमा बगैंचा निर्माणका लागि राष्ट्रिय उद्यान गोदावरीबाट सहयोग स्वरुप फूल प्राप्त भएकाले कार्यालय परिसरमा बगैंचा निर्माण भएको छ । सो बगैंचा निर्माण र सम्भारका लागि आंशिक समय काम गर्ने गरी मालीको व्यवस्था भएको छ ।

सञ्चारग्रामका सबै कार्यालयहरूमा विद्युतीय क्षमता बढाउन विभागबाट अनुरोध भएअनुसार नेपाल विद्युत प्राधिकरणबाट २५ केभीएबाट हाल १ सय केभीए क्षमता भएको नयाँ ट्रान्सफर्म जडान भएको ।

सेवा ग्राहीलाई पानी र घाम छेक्न त्रिपाल खरिदको कार्य भएको छ । सेवाग्राहीलाई हेल्पडेक्सको व्यवस्था, सेनिटाइजर र पानीको समेत व्यवस्था गरिएको छ । विभागको फोन नम्बरमा सम्पर्क गरी समय लिएर सेवा लिन र सेवाप्रवाहका लागि कोटो निर्धारणमार्फत सेवाप्रवाहको व्यवस्था गरिएको छ ।

संघीय सचिवालय मर्मत तथा व्यवस्थापन कार्यालयबाट विभागको भवनमा रहेको लिकेज मर्मत र विभागको स्वामित्वमा रहेको १.५ रोपनी जग्गामा घेराबार तथा गेट निर्माण कार्यको लागि लागत इस्टिमेट तयार भई निर्माणको चरणमा रहेको छ ।
विभागले वार्षिक कार्यक्रममा तोकिएका कार्यक्रम लक्ष्यबमोजिम गरिरहेको, नवीन सुधारलाई प्राथमिकता दिएको र निरन्तर गर्नुपर्ने कार्यमा समेत क्रमशः सुधार गरी कार्यसम्पादन गर्ने गरेको छ । यसरी सानो संस्थागत र प्रक्रियागत सुधारमा विभाग जुटेको छ ।
(लेखक विभागका महानिर्देशक हुन् ।)

क्लिनफिड पूर्ण कार्यान्वयनतर्फ, नेपाली विज्ञापन बजार २ गुणाले बढ्ने अनुमान

विज्ञापन ऐन २०७६ को व्यवस्थाअनुरूप नेपालमा क्लिनफिड पूर्ण रूपमा कार्यान्वयनको दिशामा गएको छ । ८ कात्तिकमा क्लिनफिड लागू भएपछि प्रसारण रोकिएका अधिकांश विदेशी च्यानल विज्ञापनरहित प्रसारण सुरु भएका छन् । ‘बीचमा प्रसारण रोकिएका च्यानलमध्ये केहीले स्थायी पूर्वाधारको व्यवस्था गरेर पुनः प्रसारण सुरु गरेका छन् । केही च्यानलको अस्थायी व्यवस्था गरेर प्रसारण सुरु भएको छ, ती पनि चाँडै स्थायी पूर्वाधार बनाउँदै छन्,’ डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने ।

गत वर्ष संसद्बाट पारित विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले एक वर्षभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुरूप विज्ञापन ऐन लागू भएको एक वर्षपछि ८ कात्तिकपछि क्लिनफिड लागू हुने भएको हो । ‘विज्ञापन ऐनअनुसार क्लिनफिड पूर्ण रूपमा लागू भएको छ, सुरुका दिनमा केही समस्या आए भने त्यसलाई विज्ञापन बोर्डले सहजीकरण गर्दै जानेछ,’ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले बताए ।

‘स्टार नेटवर्कका ३४ च्यानलमध्ये तीनवटाको अस्थायी रूपमा प्रसारण सुरु भएको छ, अन्य च्यानल पनि आउँदै छन्,’ डिस होमका प्रबन्ध निर्देशक आचार्यले भने । सोनी, कलर्स, जी नेटवर्कलगायतले पनि क्लिनफिडमा च्यानलहरू उपलब्ध गराइसकेको जानकारी उनले दिए । ‘सोनीले पहिल्यै क्लिनफिड बक्स ल्याइसकेको छ, तर त्यसले काम नगर्दा प्राविधिकको अभावमा केही दिन रोकिएको थियो, स्टारले पनि बक्स नेपाल ल्याउन पहिल्यै निवेदन दिएको भए पनि पर्याप्त उडान नहुँदा रोकियो,’ उनले भने, ‘डिस्कभरी आउन बाँकी छ, त्यो पनि चाँडै आउने जानकारी दिएको छ ।’

क्लिनफिड लागू भएपछि टेलिभिजनहरूको लागत बढ्ने डिसहोमका प्रबन्ध निर्देशक आचार्यले बताए । ‘नेपालमा क्लिनफिड दिन टेलिभिजनहरूकै लागत बढेको छ, स्टारले नै बक्स ल्याएर सेटअप गर्न ३० करोड रुपैयाँ लगानी हुँदै छ,’ उनले भने, ‘नेपाली सेवाप्रदायकले पनि उपकरण, स्पेसलगायतमा लगानी थप्नुपर्छ, त्यस्तै जनशक्ति पनि बढाउनुपर्छ ।’ यी सबै कारणले उपभोक्ताले तिर्ने शुल्क २५ प्रतिशतसम्म बढ्न सक्ने उनले बताए ।

तर, क्लिनफिडले बढ्ने लागतभन्दा पनि यसले टेलिभिजन दर्शकको संख्यासम्बन्धी तथ्यांक सार्वजनिक हुने डरले केबल तथा डिजिटल टेलिभिजन सेवाप्रदायक डराएको एक विज्ञापन व्यवसायीले बताए । ‘टेलिभिजन सेवाप्रदायकहरूले प्रसारकहरूसँग ग्राहकको संख्या थोरै रहेको भनेर सस्तोमा च्यानल लिइरहेका छन्, क्लिनफिड लागू भएपछि यकिन तथ्यांक प्रसारकले हेर्न सक्छन्, त्यसो हुँदा दर्शकअनुसार रकम माग्छन्,’ उनले भने । सुरुमा क्लिनफिड लागू नै हुन नसक्ने बताएको, तर अहिले आएर उपभोक्तालाई बढी शुल्क तिर्नुपर्छ भनेर बार्गेनिङ गरिरहेको आरोप पनि उनले लगाए । ‘त्यस्तै, विदेशी च्यानलमा स्क्रोल र स्पट विज्ञापन गरेर सेवाप्रदायकले करोडौँ कमाइरहेका छन् । त्यो विज्ञापन गुम्ने कारणले पनि त्यो शुल्क ग्राहकमा थोपर्न खोजेका छन्,’ उनले भने ।

विदेशी च्यानल नेपालमा प्रसारण गराउन डिटिएच तथा केबल टिभी अपरेटरले वार्षिक करिब १ अर्ब रुपैयाँ तिर्नुपर्ने डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए । यद्यपि, अधिकांश भारतीय समाचार च्यानललाई भने पैसा तिर्नुपर्दैन । ‘मनोरञ्जन र खेल च्यानलका लागि ठूलो रकम भारत जान्छ,’ आचार्य भन्छन्, ‘ती च्यानलको प्रसारण अधिकार किन्दा न्युज च्यानल प्याकेजमै आउने गरेका छन् ।’

टेलिभिजनमा क्लिनफिड लागू गरेपछि इन्टरनेटमा आधारित टेलिभिजन, युट्युबजस्ता सञ्जालमा पनि क्लिनफिड लागू हुनुपर्ने आचार्यले बताए । ‘नेपालमा अझै पनि १५ प्रतिशतजति भारतीय डिटिएच प्रयोगमा छन्, तिनलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्छ,’ उनले भने । औपचारिक रूपमा व्यवसाय गरिरहेका केबल र डिजिटल टेलिभिजनहरूलाई नियन्त्रण गर्ने, तर अन्य माध्यमलाई भने छोडिदिने हो भने त्यसले विकृति ल्याउने उनले बताए ।

कस्तो–कस्तोसम्म विज्ञापन टेलिभिजनमा आउन नहुने हो, त्यसमा पनि सरकारले स्पष्ट पारिदिनुपर्ने उनले बताए । ‘प्रोमो बजाउन पाउने कि नपाउने, कुनै कार्यक्रमको शीर्षकमै विज्ञापन हुन्छ, जस्तो ‘डाबर प्रिजेन्ट्स कपिल शर्मा सो’, यस्तो प्रसारण गर्दा के हुनेलगायत विषयमा स्पष्ट पारिदिनुपर्छ,’ उनले भने । विज्ञापन के हो भन्ने विषयमा ऐनमा स्पष्ट व्यवस्था भएको र थप स्पष्टता आवश्यक पर्ने भए विज्ञापन बोर्डले पार्ने सञ्चार मन्त्रालयका प्रवक्ता दुवाडीले बताए ।

नेपाली टेलिभिजन सेवाप्रदायकहरूले तयारीका लागि एक वर्षको समय पाएको र त्यस अवधिमा तयार पनि भएको देखिएको एक विज्ञापन व्यवसायीले बताए । ‘उहाँहरू पूरा तयारीमा हुनुहुन्थ्यो, एउटा सेवाप्रदायकले आइपिएल देखाउँछु भनेपछि सबैले देखाउन सक्नुभयो, तर सरकार तथा उपभोक्तासँग बार्गेनिङका लागि केही दिन च्यानलहरू बन्द गर्नुभएको हो,’ उनले भने ।

विज्ञापन ऐनविपरीत प्रसारक संस्थाहरूले विदेशी च्यानलमा विज्ञापन प्रसारण गरेमा ५ लाख रुपैयाँ जरिवाना र १ वर्षसम्मको सजाय गरिने व्यवस्था ऐनमा छ । त्यस्तै, राष्ट्रिय प्रसारण ऐन ०४९ अनुसार १० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । आवश्यकताअनुसार दुवै सजाय गर्न सक्ने व्यवस्थासमेत गरिएको छ ।

नेपाली विज्ञापन बजार २४ अर्बको हुने

नेपालमा क्लिनफिड कार्यान्वयनमा आएपछि विज्ञापन बजारमा २ गुणाले बढ्ने नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले बताए । उनका अनुसार हाल नेपालको विज्ञापन बजार १२ अर्ब रुपैयाँभन्दा बढीको छ, जसमा बहुराष्ट्रिय कम्पनीको हिस्सा ४० प्रतिशत छ । क्लिनफिड लागू भएपछि दुई वर्षमा नेपाली विज्ञापन बजार २४ अर्ब रुपैयाँबराबर हुने उनको अनुमान छ । ‘सुरुको वर्ष असहज होला । विदेशी कम्पनीहरूले घुर्की लगाउन सक्छन् । तर, पूर्ण रूपमा क्लिनफिड लागू भएमा उनीहरूले नेपाली जनशक्ति प्रयोग गरेर नै विज्ञापन बनाउनुको विकल्प हुँदैन,’ उनले भने ।

तर, क्लिनफिडकै कारण विज्ञापन बजारको आकार बढिनहाल्ने व्यवसायी रञ्जित आचार्य बताउँछन् । हाल करिब २ सयजति विदेशी उत्पादनले नेपालका वितरकलाई विज्ञापनबापतको रकम दिने गरेको, तर उनीहरूले विज्ञापन नै नगर्ने गरेको आचार्यको अनुमान छ । ‘भारतीय च्यानलमा आउने विज्ञापनले नेपालमा काम गर्थ्यो, त्यसो हुँदा नेपाली वितरकले विज्ञापन नै नगरी त्यसरी आउने पैसा राख्थे । अबका दिनमा उनीहरूलाई नेपालमा विज्ञापन बजाउने वातावरण बनाउनुपर्छ,’ आचार्यले भने । सरकारले नेपाली विज्ञापन एजेन्सी र मिडियामा गरेको विज्ञापनबापत मूल्य अभिवृद्धि कर छुट दिने हो भने विज्ञापन बजार ४ देखि ५ खर्बले बढ्ने उनले बताए । ‘विज्ञापन नै नहुँदा सरकारले राजस्व पाउने कुरा भएन, त्यसो हुँदा विज्ञापनमा भ्याट छुट दिने हो भने उत्पादन बढेर सरकारको राजस्व अप्रत्यक्ष रूपमा बढ्न सक्छ,’ उनको भनाइ छ ।

त्यस्तै नेपालमा बिक्री–वितरण हुने सामानको अधिकतम खुद्रा मूल्य अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने नियम लागू गर्नुपर्ने पनि आचार्यको भनाइ छ । त्यसो भयो भने विज्ञापन बजार थप ४ देखि ५ अर्बले बढ्ने उनको भनाइ छ । त्यस्तै, निजी शिक्षण संस्था तथा बिमा कम्पनीलगायतलाई विज्ञापनमा लगाइएको सीमा हटाउनुपर्ने पनि उनको भनाइ छ । विज्ञापन ऐनमा भएको विदेशी विज्ञापन नेपालीमा डबिङ गरेर पनि प्रसारण गर्न नपाइने व्यवस्था कार्यान्वयनलाई केही समय थप दिनुपर्ने पनि आचार्य बताउँछन् ।

क्लिन फिड दुई हप्ताभित्र पूर्ण कार्यान्वयन

काठमाडाँैं, कात्तिक १५ गते । बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका थिए ।
सरकारले क्लिन फिड कार्यान्वयन गर्न पर्याप्त समय दिए पनि उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइका कारण कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष धु्रव शर्माले जानकारी दिनुुभयो । ‘‘अहिले केही मुख्य च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा रहेकाले १५ दिनभित्र यसको पूर्ण कार्यान्वयन हुने अवस्था देखिन्छ’’, उहाँले भन्नुभयो । क्लिन फिडका कारण खासगरी निःशुल्क प्रसारण गर्न सकिने (फ्रि टु एयर) केही भारतीय समाचार तथा मनोरञ्जनात्मक च्यानल पूर्ण बन्द छन् ।
नेपालमा डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्न पाइने केही सशुल्क च्यानल भने उपकरण जडानको क्रममा रहेकाले कानुन अनुसार अहिले प्रसारण नभएको अवस्थामा छन् । डिस्कभरी, स्टार र बीबीसी लगायत केही च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा रहेकाले अर्को दुई हप्ताभित्र मात्र पूर्ण कार्यान्वयनमा आउन सक्ने डिसहोमका प्रबन्धनिर्देशक सुदीप आचार्यले बताउनुभयो । अहिले सोनी गु्रप, जी नेटवर्क, इन्डिया कास्ट अन्तर्गतका प्रमुख टेलिभिजन च्यानलमा क्लिन फिड कार्यान्वयनमा आइसकेको छ ।

ग्राहक शुल्क बढाउन नपाइने
क्लिन फिड कार्यान्वयन गर्दा ग्राहकलाई थप मूल्य बढाउन नपाइने सरकारले स्पष्ट पारेको छ । क्लिन फिडका कारण बढ्न सक्ने सञ्चालन खर्च धान्न टेलिभिजन वितरकले ग्राहकसँग शुल्क बढाउनुको विकल्प नरहेको बताइरहँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो जनाएको हो । गोरखापत्रसँग कुरा गर्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले भन्नुभयो, ‘‘उपभोक्ताले वितरकसँग सम्झौता गरेर शुल्क तिर्ने हो, अहिलेको मूल्य बढ्दैन, बढाउन पाइँदैन ।’’
नेपालमा डाउनलिङ्क अनुमति लिएर विदेशी च्यानल प्रसारण गरिरहेका वितरकहरूले भने क्लिन फिड कार्यान्वयन गर्दा दुवैतर्फ खर्च बढ्ने हुँदा भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउन सक्ने बताइरहेका छन् । क्लिन फिडका कारण अहिले कतिपय च्यानल प्रसारण बन्द भएको अवस्थामा शुल्क बढाउने तयारी नभए पनि भविष्यमा बढ्न सक्ने खर्चका कारण ग्राहक शुल्क बढाउनुको विकल्प नहुने महासङ्घका अध्यक्ष शर्माको भनाइ छ ।
‘‘नेपालका लागि मात्र फिड दिँदा विदेशी प्रसारकको खर्च एकदमै बढ्ने हुँदा हाम्रो खरिद मूल्य बढ्ने देखिन्छ’’, उहाँले थप्नुभयो, ‘‘अहिले नै यसमा तयारी गरेनौँ भने भविष्यमा त्यसको भार ग्राहकमा पर्ने देखिन्छ ।’’ यसका लागि महासङ्घले सरकारलाई नै न्यूनतम च्यानलसहितको आधारभूत प्याकेज र त्यसपछि ग्राहकको छनोटको आधारमा च्यानल लिन सक्ने गरी शुल्क निर्धारण गर्ने विकल्पसहितको सुझाव दिएको उहाँले बताउनुभयो ।

अनुगमनको काम तीव्र
ऐनमा भएको व्यवस्था अनुसार विदेशी च्यानलहरू विज्ञापनरहित भए नभएको अनुगमनको काम तीव्र पारिएको सचिव बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले गठन गरेको अनुगमन संयन्त्रमार्फत सरकारले यसको अनुगमन गरिरहेको छ । सरकारले यसअघि कात्तिक ६ गते ऐनमा भएको व्यवस्था अनुसार क्लिन फिड कार्यान्वयन गराउन सबै टेलिभिजन वितरक तथा प्रसारकलाई औपचारिक जानकारी गराइसकेको थियो ।
क्लिन फिड प्रसारण गर्न नसकेका कतिपय विदेशी च्यानल अहिले बन्द अवस्थामा नै छन् । क्लिन फिड भएका च्यानल मात्र प्रसारण गर्दा केही समय नेपाली उपभोक्ताले हेर्दै आएका धेरै विदेशी च्यानलको प्रसारण प्रभावित भएको थियो । क्लिन फिडका कारण नेपालमा प्रसारण गर्न नसक्ने जनाएका करिब ४० वटा विदेशी च्यानल भने बन्द हुनसक्ने वितरकहरूले जनाएका छन् ।

सञ्चारमा विज्ञापन

नेपालमा यही कात्तिक ७ गतेदेखि विदेशी प्रसारणमा विज्ञापनरहित (क्लिन फिड) व्यवस्था लागू गरिएको छ । विज्ञापन नियमन गर्ने ऐन–२०७६ अनुसार २०७७ कात्तिक ७ गतेदेखि उक्त प्रावधान लागू भएको हो । ऐन बनेको एक वर्षपछि लागू भएको विज्ञापन नियमन ऐनमा सम्बन्धित व्यवसायी तथा प्रसारण संस्थालाई आवश्यक तयारी र गृहकार्य गर्न सहज हुनेगरी समयसीमामा लचिलो प्रावधान राखिएको हो । उक्त प्रावधान लागू भएपछि यसअघिका विभिन्न तर्क, क्लिन फिडका प्रावधान लागू गर्न हुने, नहुनेजस्ता विवादको अन्त्य भएको छ । अब ऐनमा केही व्यावहारिक द्विविधा तथा समस्या भए तिनको निराकरणमा मात्र ध्यान दिनु आवश्यक छ । नेपालको प्रसारण इतिहासमा एउटा अध्याय सुरु भइसकेकाले यसलाई थप सहज, प्रभावकारी र उपभोक्तामैत्री बनाउनुबाहेक यसबाट पछाडि फर्कने विकल्प बाँकी छैन ।
नेपालका लागि क्लिन फिड व्यवस्था नयाँ भएकाले सरकारले लामो गृहकार्य, सम्बन्धित क्षेत्रको सुझाव तथा मुलुकको विज्ञापन बजारका सम्भावनालाई दृष्टिगत गरी यस्तो व्यवस्था लागू गरेको छ । साथै सो प्रावधान लागू भइसकेपछि आउन सक्ने समस्याका बारेमा समाधान खोज्ने उद्देश्यले क्लिन फिड कार्यान्वयनमा आए, नआएको विज्ञापन बोर्डले अनुगमन गर्नेगरी व्यवस्था मिलाइएको छ । यसबाट आगामी दिनमा क्लिन फिडको व्यवस्थालाई मुलुक र नागरिकमैत्री बनाउन सहयोग पुग्नेछ ।
क्लिन फिडको व्यवस्थाले तत्कालका लागि नेपाली दर्शकलाई केही लोकप्रिय विदेशी प्रसारण हेर्न असुविधा भएको हुन सक्छ तर क्लिन फिडले नेपाली विज्ञापन बजार विस्तार गरी रोजगारी सिर्जना, संस्कृति संरक्षण तथा राजस्व वृद्धिमा योगदान दिनेछ । यसैले यस्तो व्यवस्थालाई नेपाली आँखाले हेर्नुपर्ने हुन्छ । नेपाली दर्शकले पैसा तिरेर विदेशी च्यानल हेर्दै आएका छन् । विदेशीले उत्पादन गरेका विज्ञापन किन हेरिदिनुपर्ने ? करोडौँ रुपियाँको विदेशी वस्तु तथा सेवाको विज्ञापन नेपाली उपभोक्ताले हेरेबापत नेपाल र नेपाली दर्शकले के पाउने भन्ने प्रश्न लामो समयदेखि आइरहेकाले क्लिन फिडको औचित्य स्पष्ट हुन्छ । विदेशी प्रसारणमा देखाइने विज्ञापन नेपाली विज्ञापन कम्पनीले बनाउन पाए यसले नेपालको भाषा, संस्कृतिदेखि आर्थिक पक्षमा योगदान दिने अपेक्षा हो । यस्तो व्यवस्थालाई राष्ट्रिय हितको पहलका रूपमा लिनुपर्छ । नेपाली विज्ञापन व्यवसायीले क्लिन फिड लागू भएपछि मुलुकभित्र विज्ञापन व्यवसाय बढ्ने बताउँदै आएकाले उनीहरूका लागि सरकारले बजार खोजिदिएको छ । यसबाट राष्ट्रिय उद्देश्य पूरा गर्दै दर्शकहरूलाई हालको तुलनामा महँगो नपर्नेगरी प्रसारणका लागि विज्ञापन बजार तयार गर्न नेपाली विज्ञापन व्यवसायी लाग्नुपर्ने हुन्छ ।
विदेशी विज्ञापन रोक्नेबित्तिकै नेपालमा विज्ञापनको बजार ह्वात्तै बढिहाल्ने अवस्था छैन । पहिलो कुरा त विज्ञापन व्यवसायीले विज्ञापनको बजार बढाउने होइनन् । विज्ञापन त उत्पादक अर्थात् उद्योग पक्षले वृद्धि गर्ने हो । विज्ञापन व्यवसायीले उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्न उपभोक्ता र उत्पादकको बीचमा रहेर सहजीकरण गर्ने हो । यसरी हेर्दा नेपालमा विज्ञापनको बजार÷व्यवसाय बढ्न सम्बद्ध कानुनका साथै औद्योगिक तथा उपभोग्य वस्तुका विभिन्न वैकल्पिक उत्पादन र व्यावसायिक प्रतिस्पर्धाको पनि उत्तिकै आवश्यकता पर्छ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ लागू नहुँदा स्वदेशी विज्ञापन बजारले प्रश्रय पाएन भन्दै आएका नेपाली विज्ञापन व्यवसायीहरू यस सन्दर्भमा परीक्षणमा परेका छन् । सरकारले बनाएको उपयुक्त वातावरणमा व्यवसाय वृद्धि गर्ने जिम्मेवारी अब ती व्यवसायीमा गएको छ । उनीहरूले विज्ञापन बोर्डसँगको सहकार्यमा आगामी दिन नेपालको विज्ञापन बजार वृद्धि गर्न सक्नुपर्छ । यसलाई बाह्य राजनीति वा रणनीतिक खेल बनाइनुहुन्न ।
क्लिन फिडपछि टेलिभिजन हेर्न महँगोे शुल्क बुझाउनुपर्छ कि भन्नेमा नेपाली दर्शक चिन्तित छन् । टेलिफोन, मोबाइल फोन, इन्टरनेटका अतिरिक्त विदेशी कार्यक्रमका लागि शःुल्क तिर्नुपर्ने भयो भने नेपालीको सञ्चार दैनिकी निकै महँगो पर्न सक्छ । यही तर्कका आधारमा केही विदेशी च्यानलहरूले नेपालमा क्लिन फिड लागू नगर्न विभिन्न तवरबाट दबाब दिइरहेका पनि हुन् । ऐन लागू भइसकेको अवस्थामा कोही पनि यसको विरुद्ध जान सक्ने अवस्था छैन । यसमा रहेका कानुनी तथा व्यावहारिक प्रावधानलाई थप सहज बनाउन सकिने भएकाले सम्बद्ध सबैको ध्यान यतैतिर जानु आवश्यक छ ।

क्लिन फिड प्रभाव : इन्टरनेटका निःशुल्क सामग्रीले केबल टीभी व्यवसाय जोखिममा

काठमाडौँ — क्लिन फिड लागू भएसँगै दर्जनौं विदेशी टेलिभिजनको प्रसारण नेपालमा रोकिएको छ । विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित सामग्री नेपालमा पठाउनुपर्ने र सरकारलाई डाउनलिंक अनुमतिबापत शुल्कसमेत बुझाउनुपर्ने भएपछि त्यस्ता टेलिभिजन च्यानल महँगिन सक्ने नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा बताउँछन् ।

केबल टेलिभिजनको शुल्क महँगो हुने र इन्टरनेटको बढ्दो प्रयोगका कारण उपभोक्ताले इन्टरनेटमा पाइने निःशुल्क सामग्रीमा बढी रुचि राख्न थालेपछि केबल टेलिभिजन व्यवसाय नै मारमा पर्न सक्ने उनको भनाइ छ । ‘सरकारले सबै केबल टेलिभिजनको सेटअप बक्स डिजिटल बनाउनुपर्ने नीति बनाएपछि देशमा ४५ लाख सेटअब बक्स भित्रिएका थिए,’ उनले भने, ‘अहिले हाम्रो तथ्यांकअनुसार करिब २७ लाख उपभोक्ताका सेटअप बक्स मात्रै सक्रिय छन् ।’

सरकारले टेलिभिजनलाई विज्ञापनरहित प्रसारण गर्न लगाउने र नेपालमा प्रसारण भएबापत शुल्क पनि लिने गर्दा कतिपय विदेशी टेलिभिजन क्लिन फिड लागू भएसँगै नेपाल भित्रिन अनिच्छुक देखिएको उनले बताए । ‘स्टार इन्डिया नेटवर्कले आफ्ना सबै च्यानलको प्रसारण नेपालमा बन्द गर्ने जानकारी दिएको छ,’ उनले भने, ‘नेपाली व्यवसायीको पहलपछि स्टारअन्तर्गतका तीनवटा च्यानल मात्रै अहिले सञ्चालनमा छन् ।’

क्लिन फिड कार्यान्वयनसँगै १ सय २० भन्दा बढी विदेशी टेलिभिजन च्यानलको प्रसारण नेपालमा रोकिएको भए पनि केही टेलिभिजन च्यानलले पनि विज्ञापनरहित प्रसारणका लागि परीक्षण गरिरहेको उनको भनाइ छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शनिबार छलफलमा पुगेका केबल टेलिभिजन व्यवसायीले टेलिभिजनमा जस्तै इन्टरनेटमार्फत आउने सामग्रीलाई पनि क्लिन फिड गर्नुपर्ने माग गरेका थिए । इन्टरनेटमार्फत आउने सामग्रीका कारण केबल टेलिभिजनका उपभोक्ता निष्क्रिय हुने भन्दै उनीहरूले केही वर्षयता केबल व्यवसायीले डिजिटल सेटअप बक्समा गरेको लगानी संकटमा पर्ने गुनासो गरेका थिए ।

‘समान शुल्क तिरेर टेलिभिजन वितरण अनुमति लिएका इन्टरनेट सेवाप्रदायक र केबल टीभी सेवा प्रदायकले अब प्रतिस्पर्धा गर्न सक्दैनन्,’ शर्माले भने, ‘इन्टरनेटमा निःशुल्क पाइने सामग्री टेलिभिजनमा महँगो शुल्क तिरेर हेर्नुपरेपछि हाम्रो व्यवसाय संकटमा पर्न सक्छ ।’ केबल टेलिभिजन व्यवसायी महासंघले सरकारले क्लिन फिड लागू गर्नुअघि ११ बुँदे माग पूरा गर्न ज्ञापनपत्र बुझाएको थियो । जसमा इन्टरनेट सेवा प्रदायकले एन्ड्रोइड आईपीटीभी बक्स प्रयोग गरी नेपालमा डाउनलोड अनुमति नभएका टेलिभिजनसमेत प्रसारण गरिरहेको भन्दै बन्द गर्न माग गरेको थियो ।

‘केबल व्यवसायीले डिजिटल सेटअप बक्स प्रयोग गरी नेपालमा डाउनलिंक अनुमति भएका टेलिभिजन मात्र प्रसारण गर्न पाउने र आईपीटीभीले नेपालमा डाउनलिंक अनुमति नभएका टेलिभिजनको प्रसारण पनि गर्न पाउने व्यवस्था समान भएन,’ शर्मा भन्छन्, ‘यही माग पूरा गर्न सरकारलाई हामीले बारम्बार दबाब दिइरहेका छौं ।’

मोबाइलमा उपलब्ध हुने एपहरूमा नै विदेशी च्यानल निःशुल्क हेर्न पाउने व्यवस्थाले केबल टेलिभिजनको शुल्क तिरेर टेलिभिजन हेर्ने उपभोक्ता घट्न थालेको भन्दै महासंघले यस्ता एपसमेत बन्द गराउनुपर्ने माग गर्दै आएको छ । केबल व्यवसायीको मागबारे अध्ययन गर्न सरकारले प्राविधिकसहितको कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएको छ । सूचना तथा प्रसारण विभागले टेलिभिजनमा क्लिन फिड लागू भए नभएको विषयमा अनुगमनको काम थालिसकेको क्लिन फिड कार्यान्वयनका लागि गठित विज्ञापन बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीरमण शर्माले जानकारी दिए ।

उनका अनुसार बोर्डले प्राविधिकसहितको कार्यदल गठन गरी अन्य विषयमा पनि प्रतिवेदन बनाउने तयारी गरेको छ । ‘कार्यदलले सबैसँग छलफल गरी काम, कर्तव्य, अधिकार परिभाषित प्रतिवेदन बनाउँछ । त्यसपछि सोहीअनुसार हामी प्रभावकारी ढंगले अगाडि बढ्ने योजनामा छौं,’ उनले भने, ‘ऐनले दिएको अधिकार प्रयोग गरी बोर्डको प्राथमिकता पनि तय गर्दै छौं ।’

प्रकाशित : कार्तिक १७, २०७७ ०७:००

नेपालमा क्लिन फिड किन ?

अहिले चर्चामा रहेको शब्द हो– क्लिनफिड । ७ कात्तिकदेखि नेपालमा क्लिनफिड लागू भएको छ । पहिलोपटक २०७४ सालमा चर्चामा आए पनि सरकारले लागू गर्न सकेको थिएन । यसपटक ऐनमै मिति उल्लेख भएका कारण लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बाध्य भयो ।

क्लिनफिड के हो, के होइन ?

सामान्य मानिसले बुझ्न सक्ने भाषामा भन्दा हामीले दैनिकरूपमा टेलिभिजन हेर्दा देखिने विज्ञापन समावेश नभई टेलिभिजन कार्यक्रममात्र आउनुलाई क्लनिफिड भनिन्छ । अर्थात्, विदेशी टेलिभिजनले विज्ञापन नबजाई कार्यक्रम मात्रै संचालन गर्नुलाई बुझिन्छ ।

नेपालमा हाल प्रसारित विदेशी टेलिभिजन च्यानलहरूले ग्राहकबाट टेलिभिजन हेरेबापत रकम पनि असुल्ने अनि विज्ञापन पनि समावेश गर्ने अवस्था थियो । अब कात्तिक ७ उप्रान्त विदेशी टेलिभिजन च्यानलहरूले कार्यक्रम बाहेक कुनै पनि प्रकारको विज्ञापन, लोगो, प्रोमो वा प्रमोशनहरू प्रसारण गर्न पाउने छैनन् ।

नेपालको संविधान बमोजिम संघीय संसदले विज्ञापन (नियमन गर्ने) ऐन,२०७६ पास गरी सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भई मिति २०७६/०७/०८ गतेको नेपाल राजपत्रमा प्रकाशितसमेत भइसकेको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ को उपदफा (१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्नेछ भन्ने व्यवस्था छ ।

उपदफा (२) मा, उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ भन्ने व्यवस्था छ । उपदफा (३) मा विदेशी विज्ञापनलाई नेपालका संचार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन भन्ने स्पष्ट व्यवस्था छ ।

साविक व्यवस्था

साविकमा नेपाल सरकारले नै २०७५ साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा नै सूचना प्रकाशित गरी नेपालमा डाउनलिंक हुने विदेशी टेलिभिजन च्यानलहरूलाई चार किसिमले वर्गीकरण अनुमतिपत्र प्रदान गर्दै आएको थियो । जसमा विज्ञापन समावेश नभएका च्यानलहरू डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल एकलाख रूपैयाँ तोकिएको छ ।

विज्ञापन समावेश भएका नि:शुल्क च्यालनको हकमा प्रतिच्यानल ५ लाख र विज्ञापन समावेश भएका सशुल्क च्यानलको हकमा प्रतिच्यानल ३ लाख रूपैयाँ तोकिएको छ । विज्ञापन समावेश भएका सशुल्क च्यानलको हकमा प्रतिच्यानल ७ लाख लाग्ने भनिएको छ ।

नेपालमा डाउनलिंक गर्ने यन्त्र–उपकरण आयात र बिक्रि–वितरण गर्नेको हकमा बिक्रि–वितरणको लाइसेन्स लिने भने पचास हजार रूपैयाँ र विदेशी च्यानलहरूको नेपालमा आधिकारिक विक्रेता भई आफूले डाउनलिंक गरेका च्यानलहरू एमएसओ र डिजिटल केवलहरूलाई वितरण गर्नेको हकमा प्रतिच्यानल ५० हजार रूपैयाँ दाखिल गरी अनुमतिपत्र लिनुपर्ने यसरी लिएको अनुमतिपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने र नवीकरणको हकमा अनुमतिपत्र जारी दस्तुरको १० प्रतिशत शुल्क लाग्ने भनिएको छ ।

जस्तै- विज्ञापन समावेश नभएका च्यानलको हकमा डाउनलिंक अनुमतिपत्र दस्तुर १ लाख भए, सो च्यानलको नवीकरण दस्तुर १० हजार मात्रै लाग्ने, यसैगरी विदेशी च्यानलहरूको हकमा प्रतिच्यानल १० हजारका दरले प्रसारण तथा वितरण शुल्क (रोयल्टी) दाखिला गर्नुपर्ने कानुनी व्यवस्था गरेको थियो । जसअनुसार सोही व्यवस्थाको अनुसरण गर्दै नेपालमा मदानी, ब्रह्मकुमारीजस्ता विज्ञापन समावेश नभएका सोनी म्याक्स, डिस्कोभरीजस्ता विज्ञापन पनि समावेश हुने अनि ग्राहकबाट रकम पनि असुल्ने च्यानलसमेत संचालित थिए ।

क्लिनफिडको आवश्यकता किन ?

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले दोहोरो रकम असुलिरहेको अवस्था विदितै थियो । एकातिर नेपालस्थित विदेशी टेलिभिजनका आधिकारिक विक्रेता र सम्पर्क व्यक्ति तथा संस्थाहरूले एमएसओ र डिजिटल केवलहरूबाट टेलिभिजन प्रसारण गरेबापत मोटो रकम असुल्ने साथै हरेक वर्ष टेलिभिजन प्रसारणको शुल्क बढाउँदै लैजाने र नेपालबाट करोडौं रकम विदेश लैजाने गरेका थिए ।

अर्कोतिर, उनीहरूले आफ्ना च्यानलमा विदेशी विज्ञापन बजाउँदै आएका थिए । यसरी नेपाली माटोमा टेलिभिजन प्रसारण गर्ने अनि ग्राहकबाट रकम पनि असुल गर्ने तर नेपाली भेषभूषा र संस्कृतिलाई संरक्षण त परको कुरा, अवमूल्यन गर्दै विदेशी संस्कृति र परम्परा भित्र्याउँदै नेपाली संस्कृति मास्न जातजाति र भाषाभाषिको साम्प्रदायिक एकतामा समेत खलल पुर्‍याउने कार्य गर्दै आएका थिए ।

यसको पछिल्लो उदाहरण हो- नेपालले सिमानाको नयाँ नक्सा जारी गर्दा नेपालस्थित चीनकी राजदूतलाई विषकन्या भन्दै अनेक भिडियोहरू राष्ट्रिय टेलिभिजनमै प्रसारण गर्ने हर्कत गरेका थिए । यसले नेपाललाई के सबक सिकायो भने भारतले नेपालको सांस्कृतिक अतिक्रमण गर्दै नेपालमा सांस्कृतिक उपनिवेशतिर धकेल्न उद्यत छ ।

नेपालमा प्रसारणको अनुमति लिएका विदेशी टेलिभिजनहरूले अब उप्रान्त डविङ गरेर समेत विज्ञापन समावेश गर्न पाउने छैनन् । यसले नेपालको विज्ञापन बजारलाई विस्तार गर्न मद्दत पुर्‍याउने निश्चित छ । विदेशी विज्ञापन एजेन्सीहरू नेपालमा नै विज्ञापन खिच्न आउनुपर्ने, नेपाली कलाकार र मोडलले स्थान पाउने, नेपाली उत्पादनहरू ब्राण्डिङ गर्न मद्दत पुग्ने देखिन्छ ।

विज्ञापन व्यवसायीहरुका अनुसार हाल नेपालमा २२ अर्बको विज्ञापन बजार रहेकोमा क्लिनफिडपश्चात सो करिब १० अर्ब बढेर, ३२ अर्ब पुग्न सक्छ ।

व्यावसायीहरूले उठाएका मागहरू सम्बोधन गरी केबुल स्याटेलाइटका साथै ओटीटी र इन्टरनेटबाट स्ट्रिम हुने टेलिभिजनहरू समेत क्लिनफिडमा सञ्चालन हुने गरी ऐन संशोधन हुनु आवश्यक छ ।

क्लिनफिडपश्चात नेपाली टेलिभिजन च्यानलहरूले प्रसारण गरिरहेका कार्यक्रमहरूले विज्ञापन पाउने हुँदा टेलिभिजनहरूको आम्दानी बढ्ने, पत्रकार र कर्मचारीले न्यूनतम पारिश्रमिक पाउने साथै गुणस्तरीय टेलिभिजन कार्यक्रमहरू निर्माण र प्रसारण हुने देखिन्छ । हाल टेलिभिजनहरूका विज्ञापनमा अस्वस्थ प्रतिस्पर्धा देखिन्छ ।

कतिपय टेलिभिजन च्यानलहरूले एफएम रेडियोले प्रसारण गर्ने शुल्कमा नै विज्ञापन प्रसारण गर्ने कम्तीमा एकदुई जना प्राविधिक र पत्रकार राखेर टेलिभिजनमा गीत मात्रै बजाएर टेलिभिजन नवीकरण शुल्क उठाइरेका छन् भने स्याटेलाइट टेलिभिजन च्यानलहरू सरकारले दिने लोककल्याणकारी विज्ञापनमा निर्भर रहने गरेका छन् । तर यसको ठीक विपरीत विदेशी टेलिभिजन च्यानलहरूको रजगज देखिन्छ ।

भेदभावपूर्ण टेलिभिजन वर्गीकरण

विदेशमा प्रसारण केन्द्र रही नेपालमा स्याटेलाइटमार्फत सिग्नल पठाई नेपालमा आधिकारिक विक्रेता वा वितरक मार्फत डाउनलिंक अनुमतिपत्र प्राप्त गरी प्रसारणमा रहेका विदेशीभाषी टेलिभिजनहरू साथै नेपालमा केबुल र स्याटेलाइटको माध्यमबाट कार्यक्रम प्रसारणको अनुमति पाएका नेपाली टेलिभिजनहरू अस्तिस्वमा रहे पनि यिनीहरू बीचमा ठूलो विभेद छ ।

विदेशबाट प्रसारण हुने केही टेलिभिजन च्यानलहरू नवीकरण नभए पनि प्रसारण भइरहेका कतिले प्रसारण अनुमतिपत्र नलिए पनि खारेजीमा परे पनि ग्राहकबाट रकम असुलिरहेको अवस्था साथै सोनी डिस्कभरीलगायतका च्यानलहरूले नेपालमा सिग्नल वितरण गरेवापत प्रतिच्यानल दश हजारका दरले रोयल्टी तिर्ने गरेको अवस्था छ भने नेपालमा नै प्रसारण हुन्छ । तर, सिग्नल वितरणको न अनुमतिपत्र लिएको र रोयल्टी तिरेको स्टार लगायतका च्यानलहरू पनि यतिकै चलिरहेको अवस्था छ ।

नेपाली टेलिभिजन च्यानलहरूको नवीकरण दस्तुर १ लाख र प्रसारण तथा वितरण शुल्कवापत कुल आम्दानीको २ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ तर लाखौं रकम कमाउने र विज्ञापन पनि बजाउने साथै ग्राहकबाट रकम पनि असुल गर्ने विदेशी टेलिभिजन च्यालनहरूलाई चाहिँ प्रतिच्यानल दश हजार मात्रै छ । त्यो पनि स्टार लगायतले नतिर्दा पनि हुने साथै नेपाली टेलिभिजन च्यानलहरूमा समेत विभेद छ देशव्यापी प्रसारण गर्न अनुमति दिने, तर कोही टेलिभिजन केबुलको माध्यमबाट मात्रै प्रसारण हूने त कोही केबुल र स्याटेलाइट दुबैमा जान पाउने व्यवस्था गरी विभेद गरिराखिएको अवस्था छ भने अझ स्याटेलाइट टेलिभिजनहरूलाई विना आधार र औचित्य परम्पराको नाममा सरकारले लोककल्याणकारी विज्ञापनबापत भनी लाखौं अनुदान दिने गरिएको छ । यसरी कसैलाई काखा त कसैलाई पाखा किन ? रेडियो एउटा प्लेटफर्म हो भने टेलिभिजन अर्को हो ।

टेलिभिजन भन्नेबित्तिकै आम मानिसले टेलिभिजन नै बुझ्छन् न कि यो केबल अनि योचाहिँ स्याटेलाइट । यो केबुल भनेर नाक खुम्याउने अनि यो स्याटेलाइट भनी वाहवाह गर्ने अवस्था कसैले पनि गर्दैन । अनि घर–घरमा टेलिभिजन खोल्दा स्क्रिनमा न स्याटेलाइट भनी संकेत–चिन्ह राखिएको हुन्छ न केबुलको छाप नै हानिएको हुन्छ ! यसरी एउटै प्लेटफर्ममा संचालन हुने माध्यमलाई पनि दुईथरी प्रसारणको अनुमतिपत्र भिराउने अनि यो र त्यो भनी शर्त भिराउने गर्नु हुँदैन ।

क्लिनफिड र विज्ञापन बोर्ड

क्लिनफिड कार्यान्वयन प्रभावकारी बनाउन र नेपालमा एकद्वार प्रणालीबाट विज्ञापन वितरण गर्ने अवधारणास्वरूप विज्ञापन बोर्डको गठन गर्न लागिएको देखिन्छ । विज्ञापन नियमन गर्ने ऐन, २०७६ को परिच्छेद ३ को दफा–१४ मा नेपालमा विज्ञापन नियमनको लागि एक विज्ञापन बोर्ड गठन गरिने उल्लेख गरिएको छ ।

यसैगरी विज्ञापन बोर्ड नियमावली स्वीकृतिको लागि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट मन्त्रिपरिषद् पठाइसकिएको बुझिएको छ । सोही ऐनको दफा १५ मा विज्ञापन बोर्डको काम यसरी उल्लेख गरिएको छ :

– विज्ञापन सम्बन्धमा राष्ट्रिय नीति तय गरी मन्त्रालयमा सिफारिस गर्ने ।

– सञ्चार माध्यमबाट प्रसारण गर्ने विज्ञापनको सामग्री परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने,

– विज्ञापन उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता बनाउने,

– मुलुकको आवश्कताअनुसार राष्ट्रिय हित, सार्वजनिक हित सम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गर्ने

– नभए वा नगरेको कुराको भ्रम फैलाउने, उत्तेजना फैलाउने, अमर्यादित, भेदभावजन्य वा यस ऐन विपरीत विज्ञापन गरिए वा नगरिएको अनुगम गर्ने गराउने ।

– विदेशी च्यानलहरूबाट प्रसारण हुने विज्ञापनहरू मापदण्ड विपरीत प्रसारण भएमा त्यसको अनुगमन गरी कारबाहीको लागि मन्त्रालयमा सिफारिस गर्ने ।

– नेपाल सरकार, विज्ञापन एजेन्सी, विज्ञापन दाता, सञ्चार माध्यम तथा सरकारी निकायबीच समन्वय गर्ने

– विज्ञापन व्यवसाय र व्यसायीको योग्यता र क्षमता विकास गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमा सिफारिस गर्ने

– उपभोक्ता सजगतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, गराउने,

– सञ्चार माध्यमहरूलाई नेपाल सरकारबाट उपलब्ध गराइने सार्वजनिक हितसम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा बोर्डमार्फत समानुपानिक रूपमा वितरण गर्ने ।

यसरी सरकारी स्तरबाट साथै विभिन्न मन्त्रालयहरूले आफूखुसी वितरण गर्दै आएका विज्ञापनहरू अब एउटै डालोमा अर्थात विज्ञापन बोर्डमा आउनुपर्ने र विज्ञापन बोर्डमार्फत वितरण गर्नुपर्ने देखिन्छ । अहिले सूचना तथा प्रसारण विभागले पत्रपत्रिका वर्गिकरण गर्ने र पत्रपत्रिकामा लोककल्याणकारी विज्ञापन प्रकाशन गरेवापत अनुदान स्वरूप तोकिएको रकम पाउँदै आएका छन् ।

यसैगरी संचार मन्त्रालयले स्याटेलाइट टेलिभिजन र रेडियोहरूलाई लोककल्याणकारी विज्ञापन प्रसारण गरेवापत तोकिए बमोजिम निश्तित रकम प्रदान गर्दै आएको छ । राजश्व विभाग, स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र लगायतका केन्द्रीय मन्त्रालय र निकायहरूले आफैं मापदण्ड बनाउँदै विज्ञापन वितरण गर्ने गरेका थिए ।

अब बोर्ड गठनपश्चात सबै संघीय सरकार अन्तर्गतका निकायहरूले विज्ञापनहरू विज्ञापन बोर्डलाई नै दिनुपर्ने र सो विज्ञापनलाई बोर्डले एकद्वार प्रणालीमार्फत वितरण गरी विज्ञापन प्रकाशन तथा प्रसारण गरेबापत रकम भुक्तानी दिने गर्छ ।

यसरी बृहत अवधारणास्वरूप ल्याइएको बोर्डमा कस्ता अध्यक्ष र पदाधिकारी अनि कर्मचारीहरू नियुक्त हुन्छ र बोर्ड मन्त्रालयबाट कतिको स्वायत्त भई काम गर्न सक्छ । त्यसमा नै यसको सफलता झल्कने देखिन्छ ।

तर, बोर्डमा राजनैतिक र राम्रो र योग्यभन्दा हाम्रो अध्यक्ष र पदाधिकारी नियुक्ति गर्ने साथै विज्ञापन भनेको होर्डिङ बोर्ड मात्रै बुझ्ने र घरमा टिभी पनि नहेर्ने पत्रपत्रिका पनि खासै नपढ्ने मोबाइलमा आएका समाचारमा विश्वास गर्ने साथै टिभी हेर्दा विज्ञापन हेर्दा बच्चा–बच्ची बिग्रन्छन् भन्ने पुरातन सोच भएकाहरूले बोर्ड भरिए भने अपेक्षाकृत सफलता त परको कुरा, सफलताको ‘स’ पनि हात लाग्दैन ।

क्लिनफिडमा व्यावसायी र सरकार

क्लिनफिड कार्यान्वयन हुनपर्छ भनेर लगभग सबै सहमत भएपनि पछिल्लो समय टेलिभिजन र केबल व्यवसायीहरूले केही समसमायिक मागहरू राखेका समाचार बाहिर आएका छन् । नेपाल सरकारले ऐन तयार गर्दा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनहरू क्लिनफिडमा संचालन हुनुपर्छ भनेर उल्लेख गरेको तर नेपालमा OTT (Overt the Top) अर्थात, मोवाइल एप्सजस्तै नेपाल टेलिकमको Waotime, prabhu, nettv लगायतबाट प्रसारण हुने त्यही च्यानलमा विज्ञापन समावेश हुने भनिएको छ । तर, केबुल र डिस मिडिया वा स्याटेलाइवाट प्रसारण हुने टेलिभिजनहरूमा चाहिँ क्लिनफिड हुँदा व्यावसायीहरूमा मर्का पर्न जाने देखिन्छ ।

साथै अनलाइन टेलिभिजन र वेभसाइटहरूबाट स्ट्रीम हुने टेलिभिजनहरू र कार्यक्रम साथै युट्युवमा चाहिँ क्लिनफिड सम्बन्धमा सरकारले ध्यान दिन जरुरी छ । अन्यथा, खाली केबुल र डिस मिडियालाई मात्रै फोकस गर्ने गरेको अवस्था देखियो भन्दै व्यवसायीहरूले सरकारलाई ध्यानाकर्षण गराइसकेको देखिन्छ ।

एक हदसम्म व्यावसायीहरूको यो माग सही पनि देखिन्छ । किनकि, जब क्लिनफिड लागू हुन्छ, तब नेपालमा केबल र डिस मिडियाका ग्राहकहरू घट्ने देखिन्छ । यसको कारण के हो भने हाल विभिन्न प्याकेज गरी करिब ३५० देखि १००० सम्ममा SD-HD प्याकेजहरू ग्राहकले पाइरेको अवस्था छ । अब यो करिब ४ गुणा बढ्ने निश्चित छ । यसले केबुलका ग्राहक त घटाउँछ नै, OTT र ONLINE का साथै इन्टरनेटका ग्राहक बढाउँछ । यसका साथै मूल्य चार गुणा बढ्दा विदेशी मुद्रा पनि नेपालबाट बढी नै बाहिरिने सम्भावना हुन्छ । साथै, कानुनीभन्दा गैरकानुनी बाटोबाट रकम बाहिरिन सक्ने देखिन्छ ।

यसैले व्यावसायीहरूले उठाएका मागहरू सम्बोधन गरी केबुल स्याटेलाइटका साथै ओटीटी र इन्टरनेटबाट स्ट्रिम हुने टेलिभिजनहरू समेत क्लिनफिडमा सञ्चालन हुने गरी ऐन संशोधन हुनु आवश्यक छ ।

केही दिनअघि नेपालमा कानुनी हिसाबले चलाउन नमिल्ने नेटफ्लिक्स तथा अमेजन प्राइम भिडियोहरूका ग्राहकहरू वृद्धि भएको तथा यिनीहरूलाई ‘दराज नेपाल’जस्ता सामान बिक्रि र डेलिभरी गर्ने अनलाइन पोर्टल र ईसेवाको मिलेमतोमा कम्तीमा मासिक ५० करोड रकम बाहिरिने गरेको भनी समाचारहरू सार्वजनिक भएका थिए ।

यसरी हुण्डी र गैरकानुनी बाटोबाट भारतीय टेलिभिजन र वेब सिरिजहरू हेर्न करोडौं रकम बाहिरिने गर्दा पनि नेपाल सरकार खालि केबुल र टेलिभिजन मात्रै भनी यस्ता गैरकानुनी र हुण्डी कारोवार रोकी नेपाल सरहदभित्र सञ्चालन हुने सबै टेलिभिजनहरू क्लिनफिडमा सञ्चालन हुनुपर्ने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरी एकरूपता कायम गरी क्लिनफिड लागू गर्नु उचित हुन्छ ।

क्लिनफिड कार्यान्वन र जनशक्ति

क्लिनफिड अनुगमन गर्ने निकाय सूचना तथा प्रसारण विभाग हो । यसको नीति निर्माण र सहजकारी निकाय संचार तथा सूचना प्रविधि मन्त्रालय हो । क्लिनफिड कार्यान्वन गर्न विभागले यन्त्र उपकरणहरू सहितका सफ्टवेयर जडान गरिसकेको अवस्था छ । तर, विभाग र मन्त्रालयमा आवश्यक जनशक्ति अभाव देखिन्छ ।

क्लिनफिडको अनुगमन गर्न प्राविधिक जनशक्ति त्यो पनि इलेक्ट्रोनिक इन्जिनियर नै आवश्यक पर्ने देखिन्छ र विभाग तथा मन्त्रालयमा यसको सर्वथा अभाव छ । प्रशासनिक जनशक्ति र नेतृत्वले यसको मनिटरिङ गर्न सक्ने देखिँदैन साथै प्रशासनिक माइण्डले यति टेक्निकल कुराहरू बुझ्न सक्ने देखिँदैन । त्यसैले सरकारले अविलम्ब प्राविधिक जनशक्ति थप्दै यसको सफल कार्यान्वयन गर्नु आवश्यक देखिन्छ ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरू यति शक्तिशाली छन् कि यिनले सरकार परिवर्तन गर्न सक्ने तागत राख्छन् । नीतिगत छिद्रभित्र गएर प्रहार गर्न सक्छन् । २०७४ मा हामीले नै क्लिनफिड हुन नदिन सरकार परिवर्तन गरेका हौं भनी खुलमखुल्ला प्रस्तुत हुन कुनै हिचकिचाहट गर्दैनन् ।

अन्तमा, नेपालमा असल मनसायले क्लिनफिड ल्याइएको हो । नेपाली विज्ञापन बजारलाई विस्तार गर्न, नेपाली टेलिभिजन च्यानलहरूको प्रमोशन गर्न, विदेशी कला र संस्कृतिको बिस्तारलाई रोक्दै नेपालको मौलिक कला र कलाकारलाई प्रमोशन गर्न गरी नेपाली प्राविधिक जनशक्तिलाई रोजगारी दिनका लागि ल्याइएको यो अवधारणा सफल पार्न सञ्चार तथा सूचना प्रविधि मन्त्रायय, विभाग, बोर्ड र प्राधिकरणबीच आपसी सहकार्य र समन्वय हुन जरुरी छ ।

(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन्।)

Two Dozen Foreign Channels Come Under Clean Feed System

Kathmandu, Oct. 30: Advertisement-free programmes have started broadcasting to Nepali televisions with the implementation of clean feed policy on foreign television channels.
Foreign channels have started broadcasting as per the clean feed policy after the Advertising (Regulations) Act-2019 set a date of 23 October, 2020 for its compulsory implementation. In the initial one or two days, the channels went blank and even the customers and distributors were getting confused.
When the sports channels were turned off due to clean feed, Nepalis could not even watch the Indian Premier League (IPL) of the season 2020. So far, 22 channels have come to clean feed, said Sudhir Parajuli, president of Subisu Cable Net Pvt. Ltd.
“Right now, we’re running a channel on clean feed. The number is increasing day by day,” said Parajuli. “So far, 22 out of 92 channels have come to clean feed,” he said.
He informed that the broadcasting of 32 channels under Star India had been stopped.
Twelve Zee, one Star and three Colors channels have come to clean feed. Although clean feed channels are being added every day, it seems that it will take some time for all to come, he said.
Managing Director of Dish Home Sudip Acharya said that the major channels would come to clean feed but it might take some time.
The main problem now is COVID-19. According to Parajuli, the clean feed supportive boxes of nine channels of Colors and 32 channels of Star could not come from Singapore as there was no flight to Nepal from there.
Dhruba Sharma, President of the Federation of Nepal Cable Television Entrepreneurs, said the government was not to blame for stopping foreign television transmission as it had given one-year period to implement the clean feed policy.
“The government gave us plenty of time,” he said. “It’s not the government’s fault for not making preparations timely,” Sharma said.
Some channels in dilemma
With the implementation of clean feed policy in Nepal, some foreign channels have said that they would not be able to broadcast, while some channels are in dilemma, according to channel distributors.
So far, there are cartoons on CNN Network and the American news channel CNN and they are saying that they cannot come to clean feed immediately, Acharya said. Similarly, the British news channel BBC has not said anything clearly. “In our communication, they are saying ‘we are trying’,” said Acharya.
Similarly, most of the Indian news channels are unlikely to come. Other channels, including Aajtak, have said that they would not come under the policy. Also, channels like Astha and Sanskar are not coming.
These channels have said that there is no benefit in giving clean feed programme in Nepal. According to Acharya, they could not provide clean feed programme in the Nepali market.They have to produce separate content and programme only for Nepal, which they have not been doing in rest of the South Asian countries, Acharya said. According to Acharya, there is clean feed in Thailand and they are airing other advertisements except for Indian channels.
Zee has come up with the solution and begun broadcast from satellite. The cost of this channel is expected to increase significantly due to the high cost of the satellite.
Meanwhile, Dilli Raj Sharma, Joint Secretary at the Ministry of Communication and Information Technology and ad-hoc chairman of the newly formed Advertisement Board, said that regular monitoring was being carried out whether the foreign channels were playing advertisements or not after the implementation of the clean feed policy.
“We have set up a computer system for monitoring,” he said. “We are regularly monitoring foreign channels through the same system,” he said. Viewers also can complain if foreign channels play advertisements. Consumers can lodge a complaint with the service provider if any foreign channel went off and was not available in the respective cable service provider.

 

तयारी नगर्दा ३२ विदेशी च्यानलको प्रसारण रोकियो

गत शनिबारदेखि सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन प्रसारण गर्न नपाउने (क्लिन फिड) नीति कार्यान्वयन सुरु गरेको छ  । यससँगै नेपालमा प्रसारण भइरहेका करिब तीन दर्जन विदेशी च्यानल प्रभावित बनेका छन्  ।

सरकारले गत वर्ष कात्तिक ८ मा विज्ञापन नियमन ऐन जारी गर्दै नेपालमा प्रसारण भइरहेका विदेशी च्यानलले कानुन जारी भएको एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

सरकारले क्लिन फिड कार्यान्वयन गर्न प्रशस्त समय दिए पनि नेपालमा प्रसारण भइरहेका केही विदेशी च्यानलले तयारी नगर्दा प्रसारण रोकिएको हो ।

क्लिन फिड कार्यान्वयनका लागि डाउनलिंक अनुमति पाएका संस्थाले गर्नुपर्ने उपकरण आयात र विदेशी टेलिभिजन आफैंले गर्नुपर्ने तयारी नगर्दा भारतीय स्टार इन्डियासहितका केही विदेशी च्यानलको प्रसारण रोकिएको नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

‘केहीले क्लिन फिड नीति पालना गर्दै विज्ञापनरहित प्रसारण गरिरहेका छन्,’ उनले भने, ‘केहीले परीक्षण गरिरहेका छन् । र, बाँकी टेलिभिजन पुनः सुरु हुन करिब दुई साता लाग्छ ।’

सरकारले क्लिन फिड नीति लागू गर्न एक वर्षको अवधि दिएकाले विदेशी टेलिभिजन प्रसारण रोकिनुमा सरकारको दोष नरहेको उनको टिप्पणी छ । ‘सरकारले प्रशस्त समय दिएको थियो,’ उनी भन्छन्, ‘तयारी नगर्नुमा सरकारको कुनै दोष छैन ।’

स्टार इन्डियाअन्तर्गतका ३२ वटा च्यानलको प्रसारण रोकिएको उनले जानकारी दिए । यी च्यानलको प्रसारण रोकिँदा इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्ने नेपाली दर्शक खेल हेर्नबाट वञ्चित भएको उनको भनाइ छ ।

क्लिन फिड लागू भएपछि नेपालमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाए नबजाएको विषयमा नियमित अनुगमन भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बताए ।

‘अनुगमनका लागि हामीले कम्प्युटर प्रणाली स्थापना गरेका छौं,’ उनले भने, ‘सोही प्रणालीबाट हामीले विदेशी च्यानलको नियमित अनुगमन गरिरहेका छौं ।’ विदेशी च्यानलले विज्ञापन बजाए दर्शकले पनि उजुरी गर्न सक्ने उनको भनाइ छ । सरकारले क्लिन फिड लागू गर्न एक वर्षको म्याद दिएकाले यसकै कारण कुनै विदेशी च्यानल प्रसारण रोकिएको भए उपभोक्ताले सेवा प्रदायकसँग उजुरी गर्नुपर्ने उनको धारणा छ ।

‘कुनै उपभोक्ताले टेलिभिजन च्यानलका लागि पैसा तिरिसकेको हो र क्लिन फिड कार्यान्वयनका कारण प्रसारण रोकिएको भए जसलाई पैसा तिरेको हो, उसैसँग कुरा गर्नुपर्छ,’ उनले भने, ‘यो सरकारले पहिल्यै घोषणा गरेर कार्यान्वयन गरेको हो ।’

क्लिन फिडका कारण रोकिएका विदेशी च्यानललाई क्लिन फिड कार्यान्वयनसहित प्रसारण गराउने जिम्मा पनि डाउनलिंक अनुमति पाएका निकायको भएको सचिव बस्यालले टिप्पणी छ । सरकारले क्लिन फिड कार्यान्वयनका लागि आवश्यक निकाय विज्ञापन बोर्डको गठन पनि गरिसकेको छ ।

विज्ञापन नियमन ऐनमा भएको प्रावधानअनुसार तत्कालका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव दिल्ली शर्माको अध्यक्षतामा सरकारले विज्ञापन बोर्ड गठन गरेको हो । दुई साताअघि सरकारले जारी गरेको विज्ञापन नियमावलीमा खुला प्रतिस्पर्धाबाट विज्ञापन बोर्डका अध्यक्ष नियुक्त नहुँदासम्म सञ्चार मन्त्रालयका सहसचिवलाई अध्यक्षको जिम्मेवारी दिन सकिने प्रावधान राखिएको छ ।

ऐनको दफा १४ अनुसार बोर्डमा खुला प्रतिस्पर्धाबाट छानिएका अध्यक्षसहित गृह मन्त्रालयका सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ ।

विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संघसंस्थाहरूमध्ये मन्त्रालयले मनोनयन गरेका संस्थाका दुई प्रतिनिधि पनि बोर्डका सदस्य हुने प्रावधान ऐनमा छ ।

उपभोक्ता हकहित वा आमसञ्चारका क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिमध्ये कम्तीमा एक महिलासहित मन्त्रालयले तीन जनालाई सदस्य मनोनयन गर्न सक्ने प्रावधान ऐनमा छ । बोर्डले तोकेका वरिष्ठ कर्मचारीले सचिव भई काम गर्ने व्यवस्था ऐनमा छ ।

‘ऐनमा तीन वटा मन्त्रालयका सहसचिव बोर्डको सदस्य हुने प्रावधान छ,’ सचिव बस्यालले भने, ‘तीनै मन्त्रालयबाट सदस्य छनोट गर्ने काम करिब टुंगिएको छ ।’ उनका अनुसार यिनै सदस्यबाट तत्काल बोर्ड गठन हुनेछ । अध्यक्ष छनोट र अन्य सदस्य मनोनयनको प्रक्रिया पनि चाँडै सुरु हुनेछ ।

बोर्डलाई सरकारी विज्ञापन व्यवस्थापनसहित सार्वजनिक स्थानमा राखिने होर्डिङ बोर्डको नियमनको समेत अधिकार छ । नियमावलीमा घर वा कार्यालय परिसरमा राख्ने होर्डिङ बोर्डको आकार निर्धारणको जिम्मा पनि बोर्डलाई दिइएको छ ।

‘आफ्नो पेसा वा व्यवसाय गर्ने घर वा कार्यालयको परिसरमा राखिने होर्डिङ बोर्डको आकार बोर्डले निर्धारण गरेबमोजिमको हुनेछ,’ नियमावलीको नियम १० मा भनिएको छ ।

नियमावलीमा विज्ञापन एजेन्सी बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था पनि गरिएको छ । यसका लागि विज्ञापन एजेन्सीले दर्ता भएको प्रमाणपत्र, गत आर्थिक वर्षसम्मको करचुक्ताको प्रमाणपत्र र बोर्डले तोकेको कागजात बुझाउनुपर्ने प्रावधान छ ।

बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीले आफ्नो एजेन्सीमार्फत भएका विज्ञापनको अभिलेख राख्नुपर्ने र बोर्डले त्यस्ता अभिलेखको निरीक्षण गर्न सक्ने नियमावलीमा उल्लेख छ ।

प्रकाशित : कार्तिक १३, २०७७ ०८:४५

कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने सम्पूर्ण तयारी पूरा भएको छ : सञ्‍चारमन्त्री गुरुङ

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित  (क्लीनफीड) लागू गर्नका लागि तयारी पूरा भएको जानकारी गराएका छन् । कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने व्यवस्था गरेअनुसार नै तयारी पूरा भएको बताए । उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ ।

क्लीनफिड लागू गर्नका लागि विज्ञापन बोर्डको गठन गरिएको र त्यसको अध्यक्षमा मन्त्रालयका सहसचिव डिल्लीराज शर्मालाई नियुक्ति दिइएको मन्त्री गुरुङले बताए । बोर्डले अनुगमनको लागि संस्थागत तयारी गरिसकेको र कात्तिक ८ गतेदेखि निरन्तर अनुगमन गर्ने उनले जानकारी दिए ।

‘ऐनको मर्म र भावनाअनुरुप तोकिएको कानुनअनुसार विज्ञापनरहित प्रसारण नभएमा कानुनअनुसार हुने जानकारी गराइसकिएको छ,’ मन्त्री गुरुङले भने । उनले नेपालमा विदेशी च्यानल प्रशारण गर्ने संस्थाहरूलाई त्यसबारे जानकारी दिइसकिएको पनि बताए । क्लीनफीड नभएमा कानुनअनुसार कारबाही हुने पनि जानकारी गराइएको उनले बताए ।

नेपालमा विज्ञापनरहित क्लीनफीड लागू गर्नु ऐतिहासिक निर्णय भएको बताउँदै मन्त्री गुरुङले त्यसका लागि २०७३ सालदेखि तयारी र छलफल गर्दै आएको बताए ।

क्लिन फिड अनुगमन गर्न तत्कालै विज्ञापन बोर्डको तयारी

काठमाडौँ — कात्तिक ७ देखि लागू गर्ने भनिएको विज्ञापनरहित प्रसारण (क्लिन फिड) को अनुगमनका लागि सरकारले त्यसअघि नै विज्ञापन बोर्ड गठन गर्ने तयारी गरेको छ । गत वर्ष राष्ट्रपतिबाट प्रमाणीकरण भएको विज्ञापन नियमनसम्बन्धी ऐनमा आगामी शुक्रबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले क्लिन फिड लागू गर्नुपर्ने प्रावधान छ ।

क्लिन फिड कार्यान्वयनका लागि सोमबार सरकारले विज्ञापन नियमन नियमावली राजपत्रमा प्रकाशन गरेको छ । क्लिन फिड कार्यान्वयनका लागि त्यसअगावै विज्ञापन बोर्ड गठन गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए । विज्ञापन नियमन गर्ने ऐनमा क्लिन फिड कार्यान्वयन र अनुगमनका लागि विज्ञापन बोर्ड गठन गर्ने प्रावधान छ । तत्कालै विज्ञापन बोर्ड गठन गर्ने बाटो खोल्न सरकारले नियमावलीमा खुकुलो प्रावधान राखेको छ ।

बोर्डको अध्यक्ष सरकारले खुला प्रतिस्पर्धामार्फत छनोट गर्नुपर्ने भए पनि अध्यक्ष नभएको अवस्थामा बोर्डको कुनै सदस्यलाई अध्यक्षको जिम्मेवारी दिने व्यवस्था नियमावलीमा गरिएको छ । ‘अध्यक्ष नियुक्ति नभएसम्म वा अध्यक्षले कुनै कारणले पदमा रही काम गर्न नसक्ने वा नपाउने अवस्था भए मन्त्रालयले ऐनको दफा १४ को उपदफा १ को खण्ड घ बमोजिमको सदस्यलाई अध्यक्षको कामकाज गर्ने गरी तोक्न सक्नेछ,’ मंगलबार राजपत्रमा प्रकाशित नियमावलीको नियम १८ मा भनिएको छ । नियमावलीको यो प्रावधानअनुसार सरकारले विज्ञापन बोर्डको अध्यक्षलाई खुला प्रतिस्पर्धामार्फत नचुनुन्जेल सञ्चार मन्त्रालयका कोही सहसचिव नै बोर्डका अध्यक्ष हुनेछन् । ऐनको दफा १४ अनुसार बोर्डमा खुला प्रतिस्पर्धाबाट छानिएका अध्यक्षसहित गृह मन्त्रालयका सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ । यस्तै विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संघसंस्थाहरूमध्ये मन्त्रालयले मनोनयन गरेका संस्थाका दुई प्रतिनिधि पनि बोर्डका सदस्य हुने प्रावधान ऐनमा छ ।

उपभोक्ता हकहितका क्षेत्रमा वा आमसञ्चारका क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिमध्ये कम्तीमा एक महिलासहित मन्त्रालयले तीन जनालाई सदस्य मनोनयन गर्न सक्ने प्रावधान ऐनमा छ । बोर्डका वरिष्ठ कर्मचारीमध्ये बोर्डले तोकेको कर्मचारीले बोर्डको सचिव भई काम गर्ने व्यवस्था ऐनमा छ । ‘ऐनमा तीन वटा मन्त्रालयका सहसचिव बोर्डको सदस्य हुने प्रावधान छ,’ सञ्चार मन्त्रालयका सचिव बस्यालले भने, ‘तीनै मन्त्रालयबाट सदस्य छनोट गर्ने काम करिब टुंगिएको छ ।’ उनका अनुसार यिनै सदस्यबाट तत्काल बोर्ड गठन हुनेछ । अध्यक्ष छनोट र अन्य सदस्य मनोनयनको प्रक्रिया पनि चाँडै सुरु हुनेछ । बोर्डलाई सरकारी विज्ञापन व्यवस्थापनसहित सार्वजनिक स्थानमा राखिने होर्डिङ बोर्डको नियमनको समेत अधिकार छ ।

नियमावलीमा घर वा कार्यालय परिसरमा राख्ने होर्डिङ बोर्डको आकार निर्धारणको जिम्मा पनि बोर्डलाई दिइएको छ । ‘आफ्नो पेसा वा व्यवसाय गर्ने घर वा कार्यालय परिसरमा राखिने होर्डिङ बोर्डको आकार बोर्डले निर्धारण गरे बमोजिमको हुनेछ,’ नियमावलीमा भनिएको छ । साथै विज्ञापन एजेन्सी बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था पनि गरिएको छ । सूचीकृत हुन विज्ञापन एजेन्सीले दर्ता भएको प्रमाणपत्र, गत आर्थिक वर्षसम्मको कर चुक्ताको प्रमाणपत्र र बोर्डले तोकेको कागजात बुझाउनुपर्ने प्रावधान नियमावलीमा छ ।

बोर्डमा सूचीकृत विज्ञापन एजेन्सीले आफ्नो एजेन्सीमार्फत भएका विज्ञापनको अभिलेख राख्नुपर्ने र त्यस्ता अभिलेखको बोर्डले निरीक्षण गर्न सक्ने नियमावलीमा उल्लेख छ ।

‘क्लिन फिड लागू गर्नुअघि माग पूरा गर्न ज्ञापन’

कात्तिक ७ देखि विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित (क्लिन फिड) लागू गर्नुअघि आफ्ना माग पूरा गर्न नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापन बुझाएको छ । इन्टरनेट सेवा प्रदायकले वितरण गरिरहेको आईपीटीभी सेवा नियमन गर्न र नेपालमा विदेशी डीडीएचको अवैध प्रयोग हुने सम्भावनालाई ध्यान दिन ज्ञापनमा माग गरिएको छ ।

इन्टरनेट सेवा प्रदायकले प्रयोग गर्ने आईपीटीभी बक्स एन्ड्रोइडमा आधारित हुने भएकाले नेपालमा प्रसारण अनुमति नलिएका विदेशी च्यानल र सेन्सर नभएका सामग्री पनि सहज प्रसारण हुने भएकाले यसलाई नियमन गर्नुपर्ने ज्ञापनमा उल्लेख छ । इन्टरनेट सेवा प्रदायकले आफूसहित अन्य सेवा प्रदायकलाई पनि टेलिभिजन वितरणका लागि सिग्नल वितरण गर्ने गरेकाले यसलाई बन्द गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ०६:४५

Clean-up act

Despite pressure from the private cable operators and Direct-to-Home (DTH) satellite television service providers, the government has shown its resolve not to extend the deadline for implementing Clean Feed. This means, all foreign channels can only beam their programmes in Nepal without advertisements after October 23. On October 24 last year, President Bidhya Devi Bhandari had authenticated the Advertising Regulating Act that gave the private sector a year’s time to make preparations for implementing the Clean Feed Policy. Hence, the government, even if it wills, is unable to move the deadline any further. Currently, more than 200 channels beam into Nepali homes, most of them Indian ones, and nearly all of them carry foreign advertisements.

Although the idea of introducing Clean Feed in foreign channels was mooted a decade back, it was only in 2016 that a policy was drafted. But it couldn’t be implemented for want of a law governing foreign advertisements and channels, which took three years before it could be signed by the President.

The private cable operators have plenty of reasons to be unhappy with the Clean Feed Policy. For one, it’s going to put an extra financial burden on foreign broadcasters and TV operators in Nepal, who will need to add equipment and other resources to filter the ads and pass only the programme content to the Nepali viewers. Hence, their argument that the Nepali viewers will end up paying more for watching a foreign channel. But even as private cable operators sulk, time is fast running out for them with just a week to make the final preparations. On the other hand, Nepal’s advertising agencies are elated. Actually they had been demanding the implementation of Clean Feed as early as January this year, hoping to see an expansion of the domestic advertising market and creation of new jobs. Nepal’s advertisement industry is said to be worth Rs 12 billion, which could see it go up by another Rs 2 billion should the clean feed policy be implemented in earnest.

The Advertisement Regulation Act does more than just clip foreign advertisements from foreign programme content under the Clean Feed Policy. Should any foreign channel want to place an ad in a programme, it will now need to be produced in Nepal using local content, artistes and language. It can no longer be dubbed as in the past. This should give a big boost to Nepal’s advertising industry and its artistes, while promoting the country’s landscape, culture and language. But will multinational and other foreign companies invest in producing ads in the Nepali language? With a population of 30 million people, Nepal is no small market. And given the popularity of Indian channels in Nepal, they are a major source of advertisements for multinational products.

Hence, in all likelihood, we could see foreign companies coming here to make ads that have local colour and flavour. But the Clean Feed Policy comes in the midst of the coronavirus pandemic that has hit all sectors of the economy, naturally affecting the advertisement industry also. But let us keep our fingers crossed and hope all will turn out well over time.

Media sector welcomes government decision to implement clean feed policy

Nepali media sector has welcomed the government decision regarding the implementation of clean feed policy.

In a joint statement on Thursday, Nepal Media Society, Broadcasting Association of Nepal and Association of Community Radio Broadcasters Nepal welcomed the decision.

“Nepali media sector welcomes the statement released by the Ministry of Communication and Information Technology on Wednesday and its direction regarding the implementation of clean feed policy,” the statement reads.

“It is evident that we have been continuously lobbying and demanding an immediate implementation of clean feed policy arguing that it would help domestic production and industry to expand while helping reduce their dependency.”

Now, it is necessary to clarify some ambiguities in the bill through an advertisement instruction manual based on discussions with concerned organisations as it is necessary to form an advertisement board to implement the law, reads the statement.

The government on Wednesday directed distributors of foreign television channels to broadcast them in Nepal without advertisements from October 23, warning of legal action against those who fail to comply.

In a statement, the Ministry of Communication and Information Technology had reminded the distributors of foreign television channels that the Advertisement (Regulation) Act 2019 requires foreign television channels to be aired in Nepal without advertisements within October 23 this year and that the law has already given them one year to make the preparations necessary for airing foreign content free of advertisements.

Advertising agencies welcomed the move saying that it will hugely expand Nepal’s advertising market and create jobs for Nepali artists, players and other public figures.

Cable TV operators screen pay channels and free-to-air channels on Nepali television sets. While the free-to-air channels, even if they carry advertisements, are shown to viewers without charge, foreign pay channels play advertisements of various multinational brands.

However, the pay channels can also be aired without commercials after levying certain charges on viewers. Such a provision is acknowledged by the government as clean feed.