साइबर कानुन खारेजीको माग

काठमाडौँ — समाचार लेखेकै आधारमा पत्रकारलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको घटनाको पत्रकारले विरोध जनाएका छन्  । प्रहरीले कास्कीबाट सञ्चालित ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई पोखराबाट पक्राउ गरेको हो  ।

उनको रिहाइ तथा विद्युतीय कारोबार (साइबर) ऐन खारेजी माग गर्दै पत्रकारले मंगलबार माइतीघरमा प्रदर्शन गरे । अनलाइनमा प्रकाशित समाचारका विषयमा उजुरी परेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गिरीलाई काठमाडौं ल्याई हिरासतमा राखेको छ । सोमबार पत्रकार महासंघको जिम्मामा छाडिएका गिरीलाई अनुसन्धानका लागि भन्दै पुनः नियन्त्रणमा लिइएको हो ।

अनलाइन पत्रकार संघको अगुवाइमा गरिएको प्रदर्शनमा महासंघ अध्यक्ष गोविन्द आचार्यले साइबर अपराधसम्बन्धी ऐन पटकपटक पत्रकारविरुद्ध प्रयोग गरिनु गलत भएको भन्दै गिरीलाई तत्काल रिहा गर्न माग गरे । महासंघका महासचिव रमेश विष्टले समाचार लेखेकै कारण पत्रकारलाई विद्युतीय कारोबार ऐनमा कारबाही चलाइनु आपत्तिजनक रहेको उल्लेख गरे । प्रेस चौतारीका गणेश बस्नेतले समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड रोक्न सरकारको ध्यानाकर्षण गराए ।

प्रेस युनियनका सल्लाहकार शिव लम्सालले बैंकिङ अपराध नियन्त्रणका लागि ल्याइएको ऐनलाई सरकारले पत्रकारमाथि प्रयोग गरिरहेको भन्दै आपत्ति जनाए । पोखरामा पनि गिरीको रिहाइ माग्दै मंगलबार सञ्चारकर्मीले गैरापाटनस्थित जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिएका छन् । व्यवसायी वीपेन्द्रराज बतासविरुद्ध ठगी मुद्दामा कारबाहीका लागि पोखरा–६ का व्यवसायी मनोज भनिने दालप्रसाद श्रेष्ठ र जनकराज पहारी उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको विषयमा गिरीले गत शुक्रबार आफ्नो अनलाइनमा समाचार लेखेका थिए ।

पोखरा–६ का व्यवसायी श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी उजुरीमा छ । बतासविरुद्ध ठगी मुद्दाका कारबाहीका लागि दिएको उजुरी कास्की प्रहरीले दर्ता पनि गरिसकेको छ । समाचार प्रकाशित भएपछि बतासले साइबर अपराध मुद्दामा गिरीमाथि कारबाहीका लागि सीआईबीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । गिरीविरुद्ध मुद्दा हाल्न सुरुमा प्रेस काउन्सिल पुगेका बतासलाई ताण्डव न्युज अनलाइन दर्ता नै नभएको भन्ने पत्र दिएको थियो । अनधिकृत अनलाइन रहेको भन्दै बतास सीआइबीमा पुगेपछि प्रहरीले साइबर अपराध मुद्दामा पक्राउ गरेको पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

‘काउन्सिलका कर्मचारीले दर्ता गर्दा एउटा अक्षरमा आफैं गरेको त्रुटिले मुद्दा साइबर सेलमा पुग्यो,’ उनले भने, ‘काउन्सिलले अहिले आफ्नो गल्ती स्वीकार गरिसकेको छ । अनलाइन र पत्रिका दर्ता रहेको खुलेपछि मुद्दा अदालत र प्रहरीले होइन काउन्सिलले नै हेर्नुपर्ने हो ।’ गिरीलाई तत्काल छाड्नुपर्ने भन्दै महासंघ शाखाले बुधबार कास्कीका सबै पत्रिका, अनलाइन, रेडियो र टेलिभिजनबाट विरोध प्रदर्शन आह्वान गरेका छन् । गिरीको रिहाइ माग्दै तनहुँको दमौलीमा सञ्चारकर्मीले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् भने स्याङ्जा महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

बतासविरुद्ध पक्राउ पुर्जी जारी
श्रेष्ठ र पहारीको उजुरीपछि ठगी मुद्दामा कारबाहीका लागि व्यवसायी वीपेन्द्रराज बतासविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बतासले ४ करोड ३३ लाख रुपैयाँ ठगी गरेको भन्दै गत शुक्रबार दिएको उजुरी प्रहरीले दर्ता नगरी राखेको थियो । पत्रकार गिरीलाई पक्राउ गरेर काठमाडौं पठाएपछि मात्रै उजुरी दर्ता गरेको हो । उक्त उजुरीका आधारमा कास्की जिल्ला अदालतबाट बतासविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उक्त पक्राउ पुर्जीविरुद्ध परामादेशको माग गर्दै बतासका तर्फबाट पोखरा उच्च अदालतमा मंगलबारै रिट दायर भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको साइबर अपराध शाखामा मुद्दा र जिल्ला अदालतमा लिखित गाली बेइज्जती मुद्दा दर्ता भएकाले आफूलाई पक्राउ नगर्न बतासले माग गरेका छन् । गत सोमबार बतासले कास्की जिल्ला अदालतमै पत्रकार गिरी, श्रेष्ठ र पहारीविरुद्ध गाली बेइज्जती मुद्दा पनि दर्ता गराएका थिए । उक्त मुद्दामा प्रतिवादीविरुद्ध म्याद काट्ने प्रक्रिया सुरु भएको छ ।

पत्रकारमाथि प्रहार

काठमाडौँ — पत्रकारलाई कसरी हुन्छ, कस्दै जाने मानसिकता राज्यका निकायहरूमा बढ्दै गएको छ । त्यसको बलियो औजार भएको छ, विद्युतीय कारोबार ऐन । कुनै पत्रिकामा छापिएको समाचारमा सोझै हात हाल्न नसकेपछि अनलाइन पोर्टलको निहुँ पार्ने र त्यसमा पोस्ट हुनेबित्तिकै साइबर अपराधको छडी लगाउने प्रचलन बढेको छ ।

समाचारमा चित्त बुझेन भनेर कसैले दिएको उजुरीमा टेक्दै नेपाल प्रहरीले पोखरास्थित ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई पक्राउ गर्‍यो । विद्युतीय कारोबार ऐन लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौं ल्याइवरी काठमाडौं जिल्ला अदालतबाट थुनछेकमा राख्न अनुमति लियो । समाचारका कारण पत्रकार प्रहरी हिरासतमा परेको यो अर्को घटनाले प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने भनिएको संविधानको आत्मामा चोट पुर्‍याएको छ ।

अनलाइनमा समाचार राख्दैमा विद्युतीय कानुन आकर्षित हुँदैन । ठगीबारेको समाचार हुँदैमा विद्युतीय कारोबार कानुन लाग्दैन । अनलाइन पनि पत्रकारिताको एउटा माध्यम हो । पत्रकारिता गरेबापत न प्रहरीले कारबाही गर्न मिल्छ, न विद्युतीय कारोबार ऐन लगाउन पाइन्छ । पत्रकारिता साइबर अपराध हुन सक्छ भन्ने व्याख्या गर्ने हो भने संविधानबाट प्रेस स्वतन्त्रताको अंश झिकिदिए हुन्छ ।

साइबर अपराधको कानुन पत्रकारिता गरेबापत लगाउन मिल्ने हो भने त्यसलाई सत्ता र शक्तिले जहिल्यै पत्रकारिता तह लगाउने हथकण्ठा बनाउनेछ । संविधानले प्रेस स्वतन्त्रता सुनिश्चित गरेको अर्थ यसरी असान्दर्भिक कानुनहरू पत्रकारितामा आकर्षित हुँदैन भन्ने तय गरेको हो । त्यसकारण प्रहरीले केही वर्षदेखि पत्रकारलाई जसरी विद्युतीय कारोबार ऐनमा मुद्दा लगाउने गरेको छ, यो सरासर संविधानविपरीत कारबाही हो ।

विद्युतीय कारोबार ऐन प्रेसलाई नियमन गर्न ल्याएको ऐन होइन । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराध मानिन्छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षतिलगायत अवैधानिक कार्यलाई साइबर अपराध मानिएको छ ।

समाचार लेखेकै भरमा पत्रकार पक्राउ गरेर असान्दर्भिक अपराधमा मुद्दा लगाउनु प्रेसप्रति असहिष्णु व्यवहार हो । पत्रकार आचारसंहिता उल्लंघनकर्तालाई प्रेस काउन्सिलमार्फत कारबाही गर्न सकिने प्रावधान छ । संविधानले प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको एउटा आधारका रूपमा स्वीकार गरे पनि केही नियम कानुनले भने अनलाइन माध्यमप्रति विभेद जारी राखेका छन् । यस्ता न्युज पोर्टल दर्ता र नियमन गर्ने व्यवस्थासमेत पत्रकारितामैत्री छैन ।

स्वतन्त्र प्रेसलाई लोकतन्त्रको अनिवार्य सर्त मान्दामान्दै पनि प्रेस स्वतन्त्रतामा सर्तहरू लागेका छन् । संविधानको मूल्यमान्यतासँग मेल नखाने व्यवहार र कानुनी व्यवस्था संशोधनका लागि सम्बद्ध सरोकारवालाहरू सक्रिय हुन जरुरी छ । राज्यका निकायहरूलाई पत्रकारसँग गर्ने व्यवहारबारे सचेत र सतर्क बनाउनुपर्ने भएको छ । त्यसभन्दा अघि, अझ आजको आजै पक्राउ परेका पत्रकार गिरीको निःसर्त रिहाइ आवश्यक छ । समाचारबापत पत्रकारलाई हिरासतमा राख्नु स्वतन्त्र सञ्चार अभ्यास र संस्कारको आधारभूत मूल्यमान्यतामै प्रहार हो ।

सम्मानले थिचेको पत्रकारिता

काठमाडौं महानगरले २९ मंसिर, ०७५ महानगर दिवसमा दश  सञ्चारकर्मीलाई दामासाहीले ५० हजारको ‘पुरस्कार’ वितरण ग-यो । पुरस्कार प्राप्त गर्नु आफैँमा सुखद उपलब्धि हुनुपर्ने हो । तर, त्यो पुरस्कारका नाममा रचिएको ‘प्रलोभन हतियार’ भन्दै पत्रकारिता क्षेत्रबाटै आलोचित बन्यो । १५ फागुन, ०७५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्यनमन्त्रीसहित सातजनाको दुःखद निधन भयो ।

नेपाली सेनाले दुर्घटनाबारे राम्रो रिपोर्टिङ गरेको भन्दै केही सञ्चारकर्मीलाई साहसिक पत्रकारिता सम्मान प्रदान ग-यो । राष्ट्रिय सेनाले दुर्घटनास्थलबाट मृतकका शव झिक्न गरेको हवाई उद्धार सराहनीय पक्कै हो । तर, सेनाको हेलिकोप्टरमा गएर सैन्य उद्धारबारे समाचार लेखेकोमा सम्मानित गरिँदा सैन्य आत्मप्रचार भन्दै अनलाइन र सामाजिक सञ्जालमा तीखो टिप्पणी भयो ।

रिपोर्टर्स क्लब नेपालले सालिन्दा संस्थाको वार्षिकोत्सव १७ चैतमा  विभिन्न क्षेत्रका सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान गर्दै आएको छ । क्लबले यस वर्ष पनि दर्जनभन्दा बढीलाई पुरस्कृत तथा सम्मानित ग-यो । तर, दुई वर्षअघि झन्डै ६ दर्जन सञ्चारकर्मीलाई एकसाथ पुरस्कार तथा सम्मान बाँडेपछि त्यो आफैँमा अनौठो समाचार बनेको थियो । यी प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय सञ्चारकर्मी सम्मानित, अभिनन्दित वा पुरस्कृत नभएको दिन बिरलै भेटिन्छ ।

सञ्चार माध्यममा पनि यस्ता सूचनाले बाक्लै स्थान पाउँदै आएका छन् । प्रायः राजधानीमा क्रियाशील सञ्चारकर्मीको यस्ता खबरमा वर्चस्व देखिन्छ । तर, मोफसलमा कार्यरत पत्रकार पनि उत्तिकै छाएका हुन्छन् । अझ, कतिपय सञ्चारकर्मी स्वयंले आफू सम्मानित भएको ‘समाचार’ तयार गर्छन् । दलका नेता, उच्च अधिकारी वा गन्यमान्यका हातबाट सम्मान तथा पुरस्कार वितरण गरिन्छ । सायद पुरस्कार वितरणसम्बन्धी तस्बिर र समाचार ‘कभरेज’बाट उनीहरू आकर्षित हुन्छन्, अनि यस्ता कार्यक्रममा सहजै उपलब्ध भइदिन्छन् । पुरस्कार प्राप्त गर्नेहरूप्रति कुनै दुराग्रह राख्न खोजिएको होइन । तर, सञ्चारकर्मी पुरस्कृत हुनु आमसरोकारको विषय हो–होइन, आफैँमा अहं प्र्रश्न हो ।

नेपालमा के–कस्ता संस्थाले पत्रकारिताका नाममा के–कति पुरस्कार स्थापना गरेका छन् भन्ने तथ्यांक भेटिन्न । तर, पत्रकारिताको उनन्नयनका लागि भनेर एउटै संस्थाले एकाध दर्जनसम्म पुरस्कार बाँड्ने गरेका छन् । प्रेस काउन्सिल नेपाल र रिपोर्टर्स क्लब यसमा अगाडि छन् । काउन्सिलले आफ्ना संस्थापक अध्यक्षदेखि केही अग्रज पत्रकार र वाणिज्य बैंकका नाममा समेत गरी १३ पुरस्कार स्थापना गरेको छ । यस्तै, रिपोर्टर्स क्लबले विभिन्न दलका दिवंगत नेतादेखि, सञ्चारकर्मी र क्लबका अध्यक्षका आमाबाबुका नाममा गरी नौ शीर्षकमा पत्रकारिता पुरस्कार राखेको छ । काउन्सिल र क्लब त पत्रकारिता क्षेत्रसँग सम्बन्धित संस्था नै हुन् । यो पेसासँग सरोकार नै नभएका, वित्तीय संस्थादेखि शिक्षण संस्थासम्म, व्यापारिक घरानादेखि बिचौलियासम्म पत्रकारलाई पुरस्कृत गर्ने होडमा देखिनु भने अचम्म हो ।

मूलतः ६ प्रकृतिका संस्था यसमा अगाडि देखिन्छन् । पहिलो– गृह, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, प्रेस काउन्सिलसहित राज्यका विभिन्न निकायले पत्रकार पुरस्कृत गर्ने गरेका छन् । यस्तै, अड्डा–अदालत, संवैधानिक आयोग, सुरक्षा अंग, र विभिन्न संस्थानले पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । पछिल्लो समय प्रदेश, नगर र गाउँपालिकासमेत यसमा अग्रसर छन् । दोस्रो– गैरसरकारी संस्था र गैरनाफामूलक संस्थाले यो प्रवृत्ति निकै अघिदेखि अँगाल्दै आएका थिए, जुन झन् बढेको छ । यो मेसोमा शिक्षा, स्वास्थ्य, कानुन, पर्यटन, खेलकुदलगायत विभिन्न पेसा वा व्यावसायिक संगठन मिसिएका छन् । तेस्रो– व्यावसायिक र नाफामूलक औद्योगिक–व्यापारिक घराना र संस्था पुरस्कार वितरण प्रतिस्पर्धामा छन्, मानौँ पत्रकार पुरस्कृत गर्नु नाफामूलक उद्यम हो ।

चौथो– विदेशमा क्रियाशील विभिन्न नेपाली संघसंस्था र गैरआवासीय नेपाली संगठन छन्, जो आत्मप्रचार र निजी स्वार्थका लागि यो दौडमा सामेल छन् । पाँचौँ– विभिन्न हिसाबले नाम र दाम कमाएका कतिपय व्यक्ति छन्, जसले आफन्तको स्मृतिमा ‘फाउन्डेसन’ खोलेर आकर्षक राशीसहितको पुरस्कार राखेका छन् । जीवनभर कृषि पेसा गरेका बाबुआमाका नाममा पनि पत्रकारिता पुरस्कार राख्ने रोग व्याप्त छ । र, छैटौँ– पत्रकारका दलीय भ्रातृ संगठन, पत्रकार महासंघ र यसका शाखा, बिटबमोजिम खुलेका समूह, विभिन्न सञ्चार गृह र प्रेस क्लबले पनि यसमा प्रतिस्पर्धा चुल्याएका छन् ।

जसको समाचार, उसैको पुरस्कार : पुरस्कारको बाढी देख्दा पत्रकारिता क्षेत्रभन्दा अन्य संस्था र व्यवसायीले यो पेसाप्रति टाउको दुखाएझैँ लाग्छ । उदाहरणका लागि अदालतसम्बन्धी समाचार लेख्नेलाई अदालतले, भ्रष्टाचारसम्बन्धी समाचार लेख्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, सेनासम्बन्धी समाचार लेख्नेलाई जंगी अड्डाले, प्रहरीको समाचार लेख्नेलाई नेपाल प्रहरीले पुरस्कार दिने प्रचलन बढ्दो छ । त्यस्तै, गैरआवासीय नेपालीसम्बन्धी समाचार लेख्नेलाई गैरआवासीय नेपाली संघले, शिक्षासम्बन्धी रिपोर्टिङ गर्नेलाई स्कुल, कलेज, ‘कन्सल्टेन्सी’ले र नागरिक अभियानका समाचार लेख्नेलाई एनजिओले पुरस्कार दिने अभ्यास सुरु भएको छ । हुँदा–हुँदा होटेल, उद्योग, मेनपावर एजेन्सी, सुन तथा घरजग्गा कारोबारसँग सम्बन्धित समाचार लेख्ने सञ्चारकर्मीलाई ती कम्पनी, उद्योग, व्यवसायी वा तिनका विभिन्न संगठनका सम्मान थाप्न भ्याई–नभ्याई छ ।

जब जसको समाचार, उसैको पुरस्कार शैलीलाई प्रश्रय दिइन्छ, त्यो पुरस्कार नभएर एक किसिमको कारोबार हुन जान्छ । यस्तो अवस्थामा मूलतः आलोचनात्मक र खोजमूलक समाचार र समाचार लेखक ओझेलमा पर्छन् भने स्वार्थप्रेरित पत्रकारिता गर्नेहरू प्रोत्साहित हुन्छन् । पुरस्कारको राजनीति : राज्यले प्रदान गर्ने अधिकांश पुरस्कार सत्तानिकट पात्रलाई दिँइदै आएकोमा द्विविधा छैन ।

पञ्चायतकालमा प्रायः तत्कालीन व्यवस्थाका समर्थक वा प्रचारकलाई पदक, पुरस्कार र सम्मान दिइन्थ्यो, जुन संस्कार ०४६ र ०६२–६३ का जनआन्दोलनपश्चात झन् झांगिँदो छ । दुई वर्षअघि तत्कालीन गृहसचिव लोकदर्शन रेग्मीले राज्यको पुरस्कार छनोट समितिमा रहेर स्वयं र आफ्ना बुबालाई पदक दिलाएका थिए । रेग्मी प्रवृत्तिबाट पत्रकारिता जगत् झन् शिथिल छ । सबै नराम्रा र अयोग्य व्यक्ति पुरस्कृत वा सम्मानित भएका छन् भन्ने होइन । राज्यले धेरै योग्य व्यक्तिलाई पनि पुरस्कृत गरेको छ । तर, पुरस्कार तथा सम्मान छनोटको आधार पत्रकारको व्यावसायिक दक्षता र योगदानभन्दा पनि राजनीतिक झुकाब, दलीय लगाब वा व्यक्तिगत पहुँच हाबी हुनुचाहिँ विडम्बना हो । प्रजातन्त्र पुनर्बहालीपश्चात राज्यले सम्मान गरेका सञ्चारकर्मी, तिनको राजनीतिक झुकाब तथा तत्कालीन सत्तासँगको साइनो केलाउने हो भने यो प्रस्ट हुन्छ ।

राज्यले प्रदान गर्नेबाहेकका पुरस्कार र सम्मानमा तजबिजी झन् चर्को छ । सञ्चारकर्मीका दलीय संगठन वा ट्रेड युनियनका पुरस्कारमा भागबन्डा गुटगत तहमा ओर्लेको छ । तत्कालीन एमाले, कांग्रेस र माओवादीका भ्रातृ संगठनहरू क्रमशः प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरमा मात्र २० हजारभन्दा बढी सदस्य छन् । तिनले स्थापना गरेका पुरस्कार प्रायः तत्–तत् संगठनमा आबद्ध पत्रकारलाई प्रवद्र्धन गर्नमा उपयोग गरिन्छ । सकेसम्म आफ्नै गुट र नभए दल निकटस्थलाई पुरस्कार बाँडिन्छ । प्रेस युनियनले प्रेस चौतारीमा आबद्ध वा प्रेस चौतारीले प्रेस युनियननिकट कुनै सञ्चारकर्मीलाई पुरस्कृत ग¥यो भने त्यो आठौँ आश्चर्य हुन्छ । बरु आइसल्यान्डमा सहजै सर्प भेटिएला, तर दलीय संगठनको सदस्यता नलिने र स्वतन्त्र रूपमा क्रियाशील सञ्चारकर्मीले यस्ता पुरस्कार प्राप्त गर्ने सम्भावना देखिन्न । राजनीतिको पुरस्कार र पुरस्कारको राजनीतिले धेरै सञ्चारकर्मीलाई सक्रिय राजनीतितर्पm डो¥याएको छ भने कतिपय पेसाप्रति नै वितृष्णा जागेर पलायन हुन बाध्य छन् ।  पुरस्कारले पुरस्कृत हुनेको सम्मान उँचो बनाउनुभन्दा राजनीतिक आस्था वा कारोबार प्रतिबिम्बित गर्न थालेको छ

जो जुरी, उसैको चुरीफुरी : कतिपय पुरस्कार छनोट निर्णायक मण्डल अर्थात् जुरीले गर्ने गरेको पाइन्छ । उत्कृष्ट समाचार–लेख–रचना माग गर्ने र त्यसमाथि जुरीको छनोटका आधारमा पुरस्कृत गर्ने अन्तर्राष्ट्रिय अभ्यास पनि हो । तर, हामीकहाँ कैयन सन्दर्भमा जुरी पनि प्रक्रिया पु¥याउन मात्र राखिएझैँ आभास हुन्छ । जुरीले योग्य व्यक्ति पुरस्कृत गर्ने सम्भावना पनि उत्तिकै रहन्छ । तर, सकेसम्म आफू आबद्ध दल वा संगठन निकट वा चिनजानका व्यक्तिलाई नै पुरस्कार दिलाउन तिनको जोड रहने गरेको पाइन्छ । तिनलाई यस्तो आपत किन आइलाग्छ भने उनीहरूमध्ये कतिपय दलगत वा स्वार्थका आधारमै त्यहाँ पुगेका हुन्छन् । यसले गर्दा कतिपय राम्रा पत्रकारले प्रतिस्पर्धामा भागै लिँदैनन् । अर्कातर्फ, केही सदाबहार पात्र पनि छन्, जसलाई पुरस्कृत गरिँदा दलीय रङ नछुट्टिने हुनाले जुनसुकै सरकार वा जुरी भए पनि पुरस्कृत गरेको पाइन्छ । पत्रकारिता क्षेत्रमा तिनका योगदान उल्लेख्य भए पनि उनीहरू पुरस्कार र सम्मानकै भारले थिचिने अवस्थामा पु-याइएका छन् ।

पुरस्कारको आर्थिक स्रोत : पुरस्कार छनोट र वितरण प्रक्रियाजत्तिकै यसको स्रोत व्यवस्थापन पनि अपारदर्शी छ । राज्यका विभिन्न निकायले प्रदान गर्ने पुरस्कारका आर्थिक स्रोत जनताबाट उठाइने कर नै हो । काठमाडौं महानगरले १० जनालाई दामासाहीले बाँडेको रकम नगरवासीबाट असुलिएको कर थियो । प्रेस काउन्सिलले कतिपय आफ्नै कोषबाट पुरस्कार स्थापना गरेको छ । तर, सानिमा बैंकसँग मिलेर पाँच लाखको पुरस्कार स्थापना गरिएको छ, जुन काउन्सिलको आफ्नै पुरस्कार राशीभन्दा निकै ठूलो छ । अन्य अनगिन्ती संस्थाले राखेका पुरस्कारको न आर्थिक स्रोत स्पष्ट छ, न पुरस्कार दिने संस्थाले त्यसबारे खुलाउँछन्, न लिनेलाई नै चासो छ ।

सम्मानले अपमानित पत्रकारिता : सामान्यतः पुरस्कारले लिने र दिने दुवै पक्षको राम्रो बिम्ब निर्माण गर्छ । हामीकहाँ कसैको कद उकास्न पुरस्कार दिने प्रवृत्ति बढेको छ । पुरस्कार वितरणमा समावेशिताको भाउँतोले कतिपय अवस्थामा क्षमता र योगदान गौण बन्न पुगेका छन् । राज्यका निकायले पुरस्कार लिएका व्यक्ति पछि फौजदारी मुद्दामा फसेका उदाहरण पनि छन् । कुनै बिरामी पत्रकारलाई ‘आर्थिक सहयोग’ हुन्छ भन्ने हेतुले पनि पुरस्कार बाँडिएका छन् । पुरस्कार बिमा होइन, जसको उद्देश्य उपचार खर्च उठाउने होस् ।

अपारदर्शी ढंगले पुरस्कार बाँड्दा कतिपयले यसलाई अस्वीकार गर्ने गरेका छन्, जुन पुरस्कारमाथि नै प्रहार हो । राजसंस्थाप्रति आस्थावान् भनेर आलोचित पत्रकार युवराज घिमिरेले तत्कालीन शाही सत्ताले प्रस्ताव गरेको गोरखा दक्षिणबाहु–तेस्रो लिन आफू योग्य नभएको भन्दै शिष्ट ढंगले अस्वीकार गरेका थिए । गणतन्त्र स्थापनापश्चात तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले प्रदान गरेको पुस्कार पनि उनीसहित पत्रकार कनकमणि दीक्षितलगायतले पुरस्कारको औचित्यमाथि प्रश्न गर्दै लिन मानेनन् । घिमिरेले यसै वर्ष प्रेस काउन्सिलले प्रदान गरेको एक लाख रुपैयाँको गोपालदास स्मृति पत्रकारिता पुरस्कार स्वीकार त गरे तर पुरस्कार राशी भने परोपकार संस्थालाई दिए ।

साँच्चै, असल व्यक्तिले पुरस्कार लिन पनि धेरै पटक सोच्नुपर्ने अवस्था हुनु भनेको सिंगो पत्रकारिता जगत्कै चिन्ताको विषय हो । पुरस्कारले पुरस्कृत हुनेको सम्मान उँचो बनाउने भन्दा राजनीतिक आस्था वा कारोबार प्रतिबिम्बित गर्न थालेको छ । किनभने, हामीले योगदानलाई भन्दा वाद, दर्शन, बफादारितालाई सम्मान जो गर्दै छौँ ।

निष्कर्ष : समग्रमा राज्य या अन्य विभिन्न निकायका पुरस्कार, पदक तथा सम्मान वितरण प्रक्रिया र शैली अपारदर्शी छ । प्रायः सत्ता, शक्ति र स्वार्थका निकट रहनेहरू पुरस्कृत हुने अवस्था छ । स्वतन्त्र, इमानदार र निर्भीक पत्रकारिता गर्नेहरू पाखा पारिएका छन् । निजी क्षेत्र र व्यक्तिले प्रदान गर्ने पुरस्कार त एक हिसाबले नाफाघाटकै व्यवसायझैँ बन्न पुगेको छ, जसको असर सञ्चारकर्मीको लेखन र प्रस्तुतिमा पर्न गएको छ । यसप्रति सञ्चार गृह, सम्पादकीय नेतृत्व र सञ्चारकर्मी स्वयं पनि सजग हुन जरुरी छ । सम्पादकीय नेतृत्वबाट स्वीकृृति लिएर मात्र पुरस्कार लिने व्यवस्था गर्न सकिन्छ तर सम्पादकीय नेतृत्व आफैँ चुक्ने अवस्था भने हुनुहुँदैन ।
(पाण्डे त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयका उपप्रध्यापक हुन्)

पत्रकारको तलब गोप्य राख्नुपर्नेमा लबिङ

अरुको बारेमा समाचार तथा विश्लेषण दिनुपर्ने मिडिया क्षेत्र यतिबेला आफैं समाचार बनेको छ । पत्रकारहरूको प्रेस पास नवीकरण तथा वितरण ठप्प भएको समाचार मिडियामा आएको छ । एक हिसाबले भन्नुपर्दा प्रेस पास भनेको  समाचार संकलनको इजाजत पत्र (लाइसेन्स) हो । आखिर मिडिया क्षेत्रमा किन यस्तो भइरहेको छ त ? सरकारले मिडियाको स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयात्न गरेको त होइन ? भन्ने सन्त्रास एकातिर फैलिएको छ भने अर्कातिर मिडिया मालिकहरूले पत्रकारलाई बँधुवा मजदुर तथा कमैयाको हैसियतमा राखेको सन्देश प्रवाह भएको छ । जसका कारण मिडियाका क्षेत्रमा अहिले व्यापक जनचासो उत्पन्न भएको छ । तर जनताले बुझ्ने गरी सत्य तथ्य कुरा न त सरकारले सार्वजनिक गरेको छ, न त मिडियाहरूबाट वस्तुनिष्ठ रूपमा आएको छ । अहिले देखिएको समस्या के हो र समस्या समाधानका उपय के के हुन सक्छन् ? यस आलेखमा सानो प्रयत्न गरिएको छ ।

श्रमजीवी पत्रकार ऐन
२०४८ सालमा बनेको नेपाली कांग्रेसको सरकारले आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपछि मुलुकमा निजी क्षेत्रको भूमिका बढेको हो । उद्योग व्यवसायमा निजी क्षेत्रको भूमिका बढेसँगै निजी क्षेत्रमा काम गर्ने श्रमिकका लागि कानुन तर्जुमा गरियो । निजी क्षेत्रले मिडियामा पनि लगानी गरे । मिडिया क्षेत्र अन्य उद्योग व्यवसायसरहमै अस्तित्वमा आयो । यसैबीच, आमश्रमजीवी वर्गका लागि निर्माण भएको कानुनले श्रमजीवी पत्रकारलाई समेट्न सक्ने वा नसक्ने विषयमा बहस भयो । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संस्थाहरूले  पत्रकारका लागि छुट्टै श्रम ऐन ल्याउन दबाव दिए । २४ सै घन्टा सूचना स्रोतको पहुँचमा रहनुपर्ने पेसा भएका कारण पत्रकारका लागि छुट्टै ऐन ल्याउनुपर्ने तर्कलाई सरकारले स्वीकार ग-यो ।

२०५१ सालमा श्रमजीवी पत्रकार ऐन बन्यो । उक्त ऐनमा पत्रकारको योग्यता,  सेवासुविधा सर्तलगायतका धेरै प्रावधान उल्लेख गरिएको छ । तर ऐन बने पनि मिडिया सञ्चालकहरूले कार्यान्वयन गर्न मानेनन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको मुद्दा धेरै पेचिलो बन्यो । खासगरी साना लगानीका मिडियाहरूले असमर्थता प्रकट गरे । के सुविधा दिइयो भने मिडिया सञ्चालकहरूले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न सक्छन् ? भन्ने विषयमा सरकारले पनि चासो दियो । कागज खरिदमा दिइँदै आएको सहयोगलाई केही वृद्धि गर्ने निर्णय सरकारले ग¥यो । तर कतिपय अखबारले यो सहुलियत दुरुपयोग गरे । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेनन् । त्यसपछि सरकारले प्रभाव, छापिने संख्या तथा गुणस्तरका आधारमा पत्रिकाहरूको वर्गीकरण गर्ने र वर्गीकरणलाई नै आधार बनाएर लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने निर्णय ग-यो । तर यो निर्णयपछि पनि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन सकेन । प्रयत्नहरू धेरै भए ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति
आमश्रमजीवी वर्गका लागि श्रम मन्त्रालयले नै न्यूनतम पारिश्रमिक निर्धारण गर्दै आएको छ । श्रमजीवी पत्रकारका लागि पनि त्यही पारिश्रमिक कायम हुने कि छुट्टै संरचना निर्माण गर्ने ? भन्ने विषयमा सुरुदेखि नै बहस भयो । श्रमजीवी पत्रकार ऐन कार्यान्वनमा सहयोग पु¥याउन सरकारले २०६४ सालमा न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन ग¥यो । समितिको पहिलो अध्यक्षको जिम्मेवारी नेपाल पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्यले पाए । उक्त समितिले २०६५ सालमा प्रतिवेदन बुझायो । उक्त प्रतिवेदनमा क श्रेणीका मिडियामा काम गर्ने पत्रकारको मासिक ७२ सय र घ श्रेणीमा काम गर्ने पत्रकारको मासिक ५२ सय रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ । त्यतिबेला एसएलसी पास गरेको प्रावि शिक्षकको तलब मासिक १० हजार रुपैयाँको सेरोफेरोमा हुन्थ्यो । निजामती कर्मचारीको सचिवको तलब मासिक २५ हजार र पियनको तलब मासिक आठ हजार रुपैयाँ हुन्थ्यो । पत्रकारको पारिश्रमिक पियनको जति पनि  निर्धारण नगरिएको भन्दै समितिमाथि आलोचना भयो । तर यो न्यूनतम पारिश्रमिक थियो । कतिपय मिडियाले यो पारिश्रमिक पनि उपलब्ध गराएनन् भने कतिपय मिडियाले न्यूनतमभन्दा दोब्बर तेब्बर उपलव्ध गराउँदै आएको दाबी गरे ।

 

राज्यले  तर्जुमा गरेको कानुन तथा नीति मिडिया सञ्चालकहरूले नमान्ने, तर त्यसको मारमा श्रमजीवी पत्रकार पर्ने अवस्था आउनु हुँदैन । राज्यले प्रदान गर्ने अरु नै सुविधामा अंकुश लगाएर कानुनको पालना गर्न बाध्य बनाउन सकिन्छ । प्रेस पास नै उपलब्ध नगराउने सरकारको निर्णय सही होइन । तर आफ्नो संस्थामा कार्यरत श्रमजीवी पत्रकारलाई उपलब्ध गराइएको सुविधा विवरण राज्यलाई पेस गर्न मिडिया सञ्चालकहरूले आनकानी गर्नुपर्ने कुनै कारण छैन ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका पदाकिारीहरू परिवर्तन भएसँगै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पनि वृद्धि हुँदै गयो । खासगरी क श्रेणीका मिडियाका लागि निजामती सेवाको खरदारसरह र घ श्रेणीका मिडियाका लागि निजामती सेवाको पियनसरह न्यूनतम पारिश्रमिक निर्धारण गरियो । समितिले चालू आर्थिक वर्ष बुझाएको प्रतिवेदनअनुसार क श्रेणीका मिडियामा काम गर्ने श्रमजीवी पत्रकारका लागि मासिक २५ हजार र घ श्रेणीका मिडियामा काम गर्ने श्रमजीवी पत्रकारका लागि मासिक १८ हजार निर्धाण गरिएको छ ।

पेचिलो समस्या
श्रमजीवी पत्रकारका लागि कानुनमा निर्धारण गरिएका सुविधामध्ये पारिश्रमिकको प्रश्न निकै पेचिलो बनेको छ । न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने मिडियालाई  राज्यस्तरबाट कुनै पनि सुविधा नदिने भन्दै सरकारले कडाइ गरेको धेरै वर्ष भयो । यसका लागि हरेक वर्ष सूचना विभागमा विवरण बुझाउने र त्यो विवरण  श्रमजीवी पत्रकार ऐनको बर्खिलापमा नभए मात्रै  मिडियालाई सेवा सुविधा दिने नीति सरकारले अवलम्बन गर्दै आएको छ । सबै मिडियाले श्रमजीवी पत्रकार तथा कर्मचारीहरूको तलब विवरण हरेक वर्ष सूचना विभागमा बुझाउँदै आएका छन् । उक्त विवरण सक्कली नभएर नक्कली हो भन्ने गुनासा पनि नसुनिएका होइनन् । तर ‘सूचना विभागमा बुझाएको तलब विवरणभन्दा मलाई कम तलब दिइयो’ भनेर कोही पनि श्रमजीवी पत्रकारले कानुनी उपचार खोजेको देखिँदैन । समस्या थियो, तर यो समस्या औपचारिक रूपमा प्रकट भएको थिएन । तर श्रमजीवी पत्रकारको बैंक खातामै तलब उपलब्ध गराउनुपर्ने र त्यो विवरण सूचना विभागमा पेस गर्नुपर्ने प्रावधान सरकारले ल्याएपछि यो मुद्दा निकै पेचिलो बन्यो । कतिपय मिडिया सञ्चालकहरू सरकारको यो प्रावधान कार्यान्वयन गर्न तयार भएनन् ।

सरकारी हुन् या निजी क्षेत्रका श्रमिक हुन्, सबैको तलब बैंकिङ च्यानलमार्फत भुक्तानी गर्नुपर्ने आवज संसद्मा उठ्न थालेको धेरै वर्ष भइसकेको छ । मिडियाहरूले पनि यो आवाज उठाउँदै आएका थिए । मुलुकका सबै पालिकाहरूमा बैकिङ च्यानल पुगिसकेका कारण सरकारले बैंकमार्फत तलब भुक्तानी गर्ने प्रावधान ल्याएको हो । सरकारले चालू आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दा  सबै क्षेत्र तथा वर्गका कर्मचारीको तलब भुक्तानी बैंकमार्फत गरिने प्रतिबद्धता जाहेर गरेको थियो । बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था सरकारी कर्मचारीको हकमा तत्कालै लागू गर्ने र निजी क्षेत्रका कर्मचारीको हकमा पुस मसान्तसम्मको समय दिने प्रतिबद्धता सरकारले त्यतिबेला उल्लेख गरेको थियो । सरकारको यो प्रतिबद्धताप्रति त्यतिबेला सबैले स्वागत गरेका थिए । तर करिब आठ महिनाको यो अवधिमा निजी क्षेत्रका के कति प्रतिष्ठानले सरकारको उक्त नीति कार्यान्वयन गरे ? भन्ने कुरा सार्वजनिक हुनसकेको छैन । सरकारको यो प्रतिबद्धता कार्यान्वयन भए नभएको अनुगमन गर्दै जनसमक्ष ल्याउने काम प्रतिपक्षी दलहरूको हो । त्यसैगरी, मिडियाहरूको पनि यो दायित्व हो । तर यस विषयमा सर्वसाधारणले न त मिडियामार्फत जानकारी पाए, न त प्रतिपक्षी पार्टीहरूले कुरा उठाए । केही मिडियाले त सरकारको यो नीतिलाई जनताको गोप्यनीयताको हकसँग जोडेर समाचार लेखेको पनि देखिएको छ ।

सरकारले चालेको सकारात्मक कदम कार्यान्वयनमा सहयोग पु¥याउने र गलत कदमलाई सच्याउन बाध्य पार्ने गरी जनमत तयार गर्नु पनि मिडियाको दायित्व हो । तर हरेक श्रमिक तथा कर्मचारीको बैंक खाता हुनुपर्ने र उसले त्यही बैंक खातामार्फत भुक्तानी पाउनुपर्ने सरकारको नीति सही हो कि ? गलत हो ? भन्ने विषयमा  मुलुकका मिडिया सञ्चालकहरूबीच नै दृष्टिकोण बाझिएको छ । एकथरी मिडिया सञ्चालकहरू सरकारको यो नीति अत्यन्त सकारात्मक भएको भन्दै कार्यान्वयन गरिसकेका छन् भने अर्काथरी मिडिया सञ्चालकहरू विरुद्धमा उत्रिएका छन् । राज्यको नीति तथा कानुन अवज्ञा गर्ने प्रतिष्ठानहरूलाई राज्यबाट दिइने सुविधा रोक्ने निर्णय पनि सरकारले गरेको छ । तर सरकारको यो निर्णयको मारमा कतिपय श्रमजीवी पत्रकारसमेत परेका छन् । जुन जुन मिडियाहरूले श्रमजीवी पत्रकारलाई बैंकिङ च्यानलमार्फत तलब भुक्तानी गरेको विवरण सूचना विभागमा पठाएका छैनन्, ती ती मिडियामा कार्यरत श्रमजीवी पत्रकारको प्रेस पास नवीकरण गरिएको छैन । सञ्चार मन्त्रालयको निर्देशनअनुसार सूचना विभागले  बैंकमार्फत तलब भुक्तानी गरिएको प्रमाण पेस गर्ने मिडियाका श्रमजीवी पत्रकारको मात्रै प्रेस पास नवीकरण गर्ने निर्णय गरेको छ । राज्यको कानुनअनुसार जुन जुन मिडियाले श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिएका छैनन्, ती ती मिडियाहरूले सूचना विभागमा तलब भुक्तानी विवरण पेस गरेका छैनन् ।

राज्यले  तर्जुमा गरेको कानुन तथा नीति मिडिया सञ्चालकहरूले नमान्ने, तर त्यसको मारमा श्रमजीवी पत्रकार पर्ने अवस्था आउनु हुँदैन । राज्यले प्रदान गर्ने अरु नै सुविधामा अंकुश लगाएर कानुनको पालना गर्न बाध्य बनाउन सकिन्छ । प्रेस पास नै उपलब्ध नगराउने सरकारको निर्णय सही होइन । तर आफ्नो संस्थामा कार्यरत श्रमजीवी पत्रकारलाई उपलब्ध गराइएको सुविधा विवरण राज्यलाई पेस गर्न मिडिया सञ्चालकहरूले आनकानी गर्नुपर्ने कुनै कारण छैन ।

आफ्ना हरेक नागरिकले के कति आम्दानी गर्छन् ? भन्ने जानकारी तथा अभिलेख राख्नु राज्यको दायित्व हो । राज्यलाई यो दायित्व निर्वाह गर्न मिडियाहरूले नै घच्घच्याउनु पर्नेमा केही मिडियाहरूले नागरिकको गोपयनीयताको हकसँग जोडेका छन् । ‘क–कसलाई कति तलब कसरी दिइरहेका छौ, सार्वजनिक गर’ भनेको भए गोपयनीयताको हकको कुरा आउनु स्वाभाविकै थियो । तर राज्यको एउटा निकायले जानकारी खोजेको मात्रै हो । केही मिडियाहरूले राज्यलाई यो जानकारी नदिँदा मुलुकको पत्रकारिता क्षेत्र नै बद्नाम भएको छ । मिडिया सञ्चालकहरू पारदिर्शता चाहँदैनन्, नक्कली काम गर्छन् भन्ने सन्देश गएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले भनेका छन्– ‘नक्कली कागज बुझाएर अब मिडिया चल्दैन, सरकारले श्रमजीवी पत्रकारले पाउने तलब किटान गरी बुझाएको कागजअनुसार तलब पायो कि पाएन, सरकारले यति मात्रै हेर्न खोजेको हो ।’ श्रमिकहरूको पारिश्रमिक बंैकिङ च्यानलमार्फत उपलब्ध गराउने सरकारको प्रयास सफल भएन भने गत मंसिर ११ गतेदेखि लागू भएको सामाजिक सुरक्षा कोषको अवधारणा पनि कार्यान्वयन हुने अवस्था छैन । एउटा समस्याले अर्को समस्या निम्त्याउने खतरा छ ।

संसदको निर्देशन यस्तो छ
संसद् सचिवालय सिंहदरबारमा २०७१ चैत ९ गते बसेको विकास समितिको बैठकले बसेको बैठकले श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रमजीवी पत्रकार नियमावली, २०५३ मा भएका व्यवस्थाहरू कार्यान्वयन गर्न ४ बुँदे निर्देशन दिएको थियो ।
१.     राज्यको चौथो अंगको रूपमा रहेका सञ्चारकर्मीहरू, विशेष गरी श्रमजीवी पत्रकारहरूलाई व्यवस्थित गरी उनीहरूको हकहित, सुविधा सम्बन्धमा  व्यवस्थापन गर्न बनेको श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र श्रमजीवी पत्रकार नियमावली, २०५३ मा रहेका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न गराउन, तथा अनिवार्य नियुक्ति, न्यूनतम पारिश्रमिकको व्यवस्था, नियमानुसारको बिदा, विमा, औषधी उपचार, सञ्चयकोषलगायतका विषयमा उक्त ऐन नियममा भएका व्यवस्थाहरूको कार्यान्वयनको विद्यमान अवस्था कस्तो छ भनी अनुगमन गर्न तथा अनुगमनपश्चात् वस्तुस्थितिसहितको प्रतिवेदन ऐन साथै नियमावली  कार्यान्वयन गर्ने क्रममा रहेका व्यावहारिक कठिनाइ र समाधानका उपाय यस समितिलाई तीन महिनाभित्र उपलब्ध गराउन समिति सूचना तथा सञ्चार मन्त्रालयलाइ निर्देश गर्दछ ।
२.    समसामयिक रूपमा श्रमजीवी पत्रकारहरू, सञ्चार गृहहरू, छापाखाना गृहहरू, समसामयिकहरूमा व्यवस्थापन गर्न विद्यमान श्रमजीवी पत्रकार ऐनलाई सामयिक रूपमा संशोधन गर्न आवश्यक छ वा विद्यमान श्रम ऐनलाई नै सामयिक रूपमा संशोधन गरेर व्यवस्थापन गर्न सकिन्छ भन्ने सम्बन्धमा पत्रकारहरूका प्रतिनिधि संस्थाहरूलगायतका निकायहरूसँग तत्कालै अन्तरक्रिया गरेर एउटा ठोस निष्कर्षमा पुग्न र निष्कर्षअनुरूप सम्बन्धित कानुनमा आवश्यक संशोधन प्रक्रिया अगाडि बडाउन समिति नेपाल सरकार, सूचनातथा सञ्चार मन्त्रालयलाई निर्देश गर्दछ ।
३.    श्रमजीवी पत्रकारहरूको पहिचान गर्ने स्पष्ट आधार, मापदण्ड बनाउन, श्रमजीवी पत्रकारहरूको वैज्ञानिक वर्गीकरण गर्न तथा समसामयिक रूपमा तथ्यांकहरू अद्यावधिक गर्न, गराउन तथा निरन्तर अनुगमन गरी वास्तविक पत्रकारलाई परिचयपत्र उपलब्ध गराउन समिति नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देश गर्दछ ।
४.    अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रविन्दुमा राख्दै समग्र सञ्चार क्षेत्रमा रहेका व्यावहारिक समस्याहरू समाधान गर्न सृजनशील उपायहरूको खोजी गर्दै समस्या सुल्झाउन साथै श्रमजीवी पत्रकार ऐन, प्रभावकारी कार्यान्वयन गर्न र नियम कार्यान्वयन नगर्ने सञ्चार गृहहरूलाई नियमानुसार कारबाहीको दायरामा ल्याउन समेत समिति नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देश गर्दछ ।

Journalist charged under electronic transaction act for reporting about financial fraud

Apr 15, 2019-

An editor of a weekly was detained in Pokhara on Monday for publishing a story online about a local businessman, under laws intended to authenticate electronic transactions and discourage cybercrime and not related to journalists or media.

Arjun Giri, the editor of Tandav News, a weekly published from Pokhara, wrote a story nearly two weeks ago about alleged financial fraud involving Bipendra Raj Batas of the automobile conglomerate Batas Organisation, where two businessmen, Manoj Shrestha and Janakraj Pahari, have accused Batas of not paying them over thirty million rupees as part of an earlier land deal. Following the publication of the story on April 5, Giri was arrested on charges filed under the electronic transaction act at the Central Investigation Bureau of Nepal Police.

Superintendent of Police Rabindra Man Gurung, chief of Kaski police, told the Post over the phone that Giri had been sent to Kathmandu for further investigation, as directed by CIB. “The bureau will investigate the charges,” Gurung said.

Giri was sent to Kathmandu on an afternoon flight on Monday escorted by two policemen.

“How can you arrest someone on cyber crime charges for just writing news?” said Dipendra Shrestha, president of the Kaski chapter of Federation of Nepalese Journalists. The federation issued a statement on Monday afternoon condemning the arrest.

Before leaving for Kathmandu, Giri had posted a resolute status on Facebook saying journalism is not a cybercrime. “I will continue writing about fraud and crime. My journalism will not falter because of these charges,” he wrote.

Giri isn’t the only journalist arrested or detained under this law, which intends to curb cybercrimes.

According to Freedom Forum, a civil liberty group that advocates free speech, four journalists were detained under this law in 2018.

Condemning the arrest of journalist Giri, Freedom Forum also released a statement. “Harassing a journalist for writing news is against the fundamental notion of press freedom and freedom of expression guaranteed by the constitution,” the statement reads.

And it is not just journalists who are under the radar of this law. The government has  been using the Electronic Transaction Act to arrest—and take action against—people based on their social media posts deemed “improper” by the authorities.

According to the cybercrime cell at Nepal Police, 106 cases were filed in Kathmandu Valley in the last three years for posts on social media. Free speech advocates say the authorities have been using provisions in the law as a weapon to curtail freedom of speech.

“There is a serious threat to our right to information and free speech if journalists cannot report and write stories backed by evidence, as is the case with this particular story on the online portal,” said Ashmita Pokharel, legal officer at Freedom Forum.

 

पत्रकार अर्जुन गिरी रिहा

नेपाल पत्रकार महासंघका कास्की शाखा सदस्य तथा ताण्डब न्यूजडटकम र ताण्डव साप्ताहिकका सम्पादकसमेत रहेका गिरीलाई ठगीको समाचार लेखेको विषयलाई लिएर स्थानीय विपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो।

नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालका अनुसार गिरीलाई भोलि पुनः हाजिर गर्ने गरी रिहा गरिएको जानकारी दिए।

गिरीलाई साइबर क्राईम अन्तर्गत पक्राउ गरिएपछि नेपाल पत्रकार महासंघलगायत विभिन्न संघ संस्थाले विरोध गरेका थिए।

समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्राबधानलाई लत्याउँदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तिजनक रहेको भन्दै गिरीलाई तत्काल रिहा नगरिए आन्दोलन गर्ने महासंघले चेतावनीसमेत दिएको थियो।

सिआइबीका प्रमुख डिआइजी निरज शाहीले पत्रिका दर्ता नगरी आफूविरुद्ध समाचार लेखेको उजुरीका आधारमा गिरीलाई पक्राउ गरिएको बताए।

गिरीले ताण्डवको चैत २२ गतेको अंकमा ‘ठग! बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो।

समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमश: १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ।

श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ।

समाचार लेखेकै आधारमा प्रहरीले गिरीलाई साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गर्नु आपत्तिजनक भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उल्लेख गरेका छन्।

‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाही गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गर्दछ,’ अध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेका छन्।

मिडिया र पारदर्शीता

सरकारले चालु आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दा सबै क्षेत्र तथा वर्गका कर्मचारीको तलब भुक्तानी बैंकमार्फत गरिने प्रतिवद्धता जाहेर गरेको थियो । बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था सरकारी कर्मचारीको हकमा तत्कालै लाग गर्ने र निजी क्षेत्रका कर्मचारीको हकमा पुस मासन्तसम्मको समय दिने प्रतिबद्धता सरकारले त्यतिवेला उल्लेख गरेको थियो । सरकारको यो प्रबिद्धताप्रति त्यतिबेला सबैले स्वागत गरेका थिए । तर करिव ८ महीनाको यो अवधिमा निजी क्षेत्रका के कति प्रतिष्ठानले सरकारको उक्त नीति कार्यान्वन गरे ? भन्ने कुरा सार्वजनिक हुन सकेको छैन ।

सरकारको यो प्रतिबद्धता कार्यान्वन भए नभएको अनुगमन गर्दै जनसमक्ष ल्याउने काम प्रतिपक्षी दलहरूको हो । त्यसै गरी मिडियाहरूको पनि यो दायित्व हो । तर, यस विषयमा सर्वसाधरणले न त मिडिया मार्फत जानकारी पाए , न त प्रतिपक्षी पार्टीहरूले कुरा उठाए । तर केही मिडियाले त सरकारको यो नीतिलाई जनताको गोप्यनीयताको हकसँग जोडेर समाचार लेखेको पनि देखिएको छ ।

सरकारले चालेको सकरात्मक कदम कार्यान्वयनमा सहयोग पु¥याउने र गलत कदमलाई सच्याउन बाध्य पार्नेगरी जनमत तयार गर्नु पनि मिडियाको दायित्व हो । तर, हरेक श्रमिक तथा कर्मचारीको बैंक खाता हुनुपर्ने र उसले त्यही बैंकखाता मार्फत भुक्तानी पाउनु पर्ने सरकारको नीति सही हो कि ? गलत हो ? भन्ने विषयमा मुलुकका मिडिया सञ्चालकहरूबीच नै दृष्टिकोण बाझिएको छ ।

एकथरी मिडिया सञ्चालकहरू सरकारको यो नीति अत्यान्त सकारात्मक भएको भन्दै कार्यान्वन गरिसकेका छन् भने अर्काथरी मिडिया सञ्चालकहरू विरुद्धमा उत्रिएका छन् । राज्यको नीति तथा कानुन अवज्ञा गर्ने प्रतिष्ठानहरूलाई राज्यबाट दिइने सुविधा रोक्ने निर्णय पनि सरकारले गरेको छ । तर सरकारको यो निर्णयको मारमा कतिपय श्रमजीवि पत्रकार समेत परेका छन् ।

जुन जुन मिडियाहरूले श्रमजीवि प्रत्रकारलाई बैंकिङ च्यानलमार्फत तलब भुक्तानी गरेको विवरण सूचना विभागमा पठाएका छैनन् , ती ती मिडियामा कार्यरत श्रमजीवि पत्रकारको प्रेसपास नविकरण गरिएको छैन । सञ्चार मन्त्रालयको निर्देशन अनुसार सूचना विभागले बैंक मार्फत तलव भुक्तानी गरिएको प्रमाण पेश गर्ने मिडियाका श्रमजीवि पत्रकारको मात्रै प्रेस पास नविकरण गर्ने निर्णय गरेको छ । राज्यको कानुनअनुसार जुन जुन मिडियाले श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिएका छैनन् ती ती मिडियाहरूले सूचना विभागमा तलब भुक्तानी विवरण पेस गरेका छैनन् ।

राज्यले तर्जुमा गरेको कानुन तथा नीति मिडिया संचालकहरूले नमान्ने तर त्यसको मारमा श्रमजीवी पत्रकार पर्ने अवस्था आउनु हुँदैन । राज्यले प्रदान गर्ने अरु नै सुविधामा अंकुश लगाएर कानुनको पालना गर्न बाध्य बनाउन सकिन्छ । प्रेस पास नै उपलब्ध नगराउने सरकारको निर्णय सही होइन । तर, आफ्नो संस्थामा कार्यरत श्रमजीवी पत्रकारलाई उपलब्ध गराइएको सुविधा विवरण राज्यलाई पेस गर्न मिडिया सञ्चालकहरूले आनकानी गर्नुपर्ने कुनै कारण छैन । आफ्ना हरेक नागरिकले के कति आम्दानी गर्छन ? भन्ने जानकारी तथा अभिलेख राख्नु राज्यको दायित्व हो ।

राज्यलाई यो दायित्व निर्वाह गर्न मिडियाहरूले नै घच्घच्याउनुपर्नेमा केही मिडियाहरूले नागरिकको गोप्यनीयताको हकसँग जोडेका छन् । ‘कस–कसलाई कति तलब कसरी दिइरहेका छौ, सार्वजनिक गर’ भनेको भए गोप्यनियताको हकको कुरा आउनु स्वभाविकै थियो । तर, राज्यको एउटा निकायले जानकारी खोजेको मात्रै हो । केही मिडियाहरूले राज्यलाई यो जानकारी नदिंदा मुलुकको पत्रकारिता क्षेत्र नै बद्नाम भएको छ । मिडिया सञ्चालकहरू परदिर्शता चाहँदैनन्, नक्कली काम गर्छन् भन्ने सन्देश गएको छ । मंगलबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बांस्कोटाले भने–‘नक्कली कागज बुझाएर अब मिडिया चल्दैन, सरकारले श्रमजीवि पत्रकारले पाउने तलब किटान गरी बुझाएको कागजअनुसार तलब पायो कि पाएन सरकारले यत्ति मात्रै हेर्न खोजेको हो ।’

श्रमको मूल्य तिर्नुपर्दा शोषकलाई ज्वरो आउँछ : बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसको सुरक्षा भनेको मालिकको मात्र नभई त्यहाँ कार्यरत मजदुरको पनि सुरक्षा हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको बताएका छन् ।  नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवद्र्धन समितिद्वारा मंगलबार आयोजित ‘पत्रकारितामा श्रम सवाल’ विषयको कार्यक्रममा उनले जसले जहाँ रगत बगाउँछ, पसिना चुहाउँछ, त्यहीँबाट निस्कँदा उसले आँशु चुहाउँदै बाहिरिनुपर्ने अवस्थाको अन्त्य हुन जरुरी छ भने । मन्त्री बाँस्कोटाले भने, ‘सञ्चार श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातीलाई ज्वरो आउँछ, मिडिया सुरक्षित हुनु भनेको लगानीकर्ता मात्रै सुरक्षित हुने नभई त्यहाँ कार्यरत सबै सुरक्षित हुने कुरालाई बुझ्न आवश्यक छ ।

सरकारले सञ्चारगृहलाई त्यहाँ कार्यरत मजदूरलाई तोकिएको पारिश्रमिक देऊ भनेर घोषणा गरेको निर्णयमा कुनै पुनर्विचार नहुने दृढता व्यक्त गर्दै उनले श्रमको सम्मान गर्न सामाजिक न्यायको विषयलाई नेपाली समाजमा स्थापित गर्ने सरकारको मान्यता हो भने । मन्त्री बाँस्कोटाले भने, ‘श्रम संस्कृतिको सम्मान, श्रम मूल्य र सामाजिक न्याय हुँदै समाजवाद स्थापना गर्ने सरकारको मान्यता हो ।’

कुनै पनि व्यक्तिको सम्पत्ति कति छ भनेर प्रश्न उठाएको नभई प्रतिमहिना सरकारले सञ्चारगृहसँग तोकेको मूल्य तिरेका छाँै कि छैनौँ भन्ने जाँच गर्न मात्र खोजेको बाँस्कोटाको भनाइ थियो । मजदूरले पाएको तलब र सरकारी निकायमा पेश गरिएको तलबको विवरण फरक हुनु भनेको त्यहाँ ठगी छ, शोषण छ भन्ने नै हो । मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिश र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको विषयमा सरकारले निकै सोच र विचार गरेर निर्णय लिएको बताए ।

पत्रकारिता क्षेत्रसँग साइनो र सम्बन्ध नभएका तथा अरू नै पेसा व्यवसायमा रहेकाले समेत प्रेस प्रतिनिधि परिचयपत्र लिने अवस्थाले पत्रकारिता क्षेत्रको मर्यादा खस्केको बताउँदै उनले प्रेस पास लिने प्रक्रियामा सञ्चारकर्मीले सूचना विभागलाई तलबको बैंक विवरण पेस गर्नुपर्ने गरी सरकारले गरेको निर्णय कार्यान्वयन हुन्छ, यस विषयमा कसैसँग वार्ता हँुदैन भने । मन्त्री बाँस्कोटाले भने, ‘नेपाली पत्रकारितामा व्यवस्थित र सुरक्षित युगको अहिले सुरुआत भएको छ ।’ यसअघि नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, रेम विश्वकर्मा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजंग शाहले पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नसक्नेले मिडिया चलाउन नहुने र सरकारले पनि उनीहरूलाई साथ दिन नहुने धारणा राखेका थिए ।

महासंघका केन्द्रीय सदयस्यद्वय यम विरही र जन्मदेव जैसी, पत्रकार मात्रिका पौडेल, ध्रुव लम्साललगायतले पत्रकार अझै पनि भोक र अभावको लडाइँमा कहिलेसम्म बस्नुपर्ने हो भनी प्रश्न गर्दै सूचना विभागबाट प्रेस पास लिँदा सञ्चारगृहले बैंकमार्फत उपलब्ध गराएको तलब विवरण अनिवार्य गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको भनी प्रशंसा गरे ।

उनीहरूले भने, ‘सञ्चारगृहका मालिकले बर्सेनि गाडी र बंग्ला किन्न पैसा हुने तर पत्रकारलाई न्यूनतम पारिश्रमिक दिन पर्दैन भन्ने कुरा आफैँमा बेइमानी कुरा हो । मिडिया खोल्दा सञ्चारगृहले त्यहाँ कार्यरत मजदूरलाई कम्तीमा पनि दुई वर्ष तलब खुवाउन सक्ने सुनिश्चितता दिनुपर्छ ।’ सरकारले भरखर प्रवेश गरेका पत्रकारका लागि न्यूनतम पारिश्रमिक २४ हजार ३ सय ७५ तोकेको छ ।

Many media houses have no business plan

Information and communication sector in Nepal is growing as an industry with about 1000 newspapers and magazines in regular publication, and about 800 FM radios, 100 TV channels and above 1000 online news portals. It’s been estimated that there are about 20,000 journalists and equal number of media persons. About 13,000 are the members of the Federation of Nepali Journalists (FNJ). But a large number of working journalists are deprived of the payment required to buy the basic necessities in their life. Owing to the growing pressure of the working journalists and their umbrella organisation, the FNJ and the Ministry of Communication and Information Technology (MoCIT) had set the minimum wages for journalists, but many media houses have not implemented it even six months after the government announced the new policy in October 18 last year.
The issue has become a cross-cutting one as some large media houses enter into the ring with the government against the implementation of the new policy, claiming that the mandatory provision to submit the bank statement of the journalists’ salary and pay roll to the Department of Information and Broadcasting (DoIB) also created a threat to the right to privacy. In this backdrop, Chairman of Minimum Wage Fixation Committee (MWFC) Gangadhar Parajuli, Director General of the Department of Information and Broadcasting Balkrishna Ghimire and Federation of Nepali Journalists Secretary Ram Prasad Dahal spoke at Gorkhapatra Corporation’s weekly event ‘Gorkhapatra Sambad’ on Sunday. Excerpts: sambad

 

No risk of breach in individual privacy: Balkrishna Ghimire

The government had announced to increase the salary of the working journalist by 25 per cent on 18 October 2018, and it is in the process of implementation. But, some media houses have raised the issue of individual privacy as the government has demanded the pay-roll, bank statement of the salary deposit and appointment letter of the journalist. There is no risk of breaching the individual privacy since the documents are being collected to prepare reports on the media houses so that the government can provide facilities and incentives to the media houses. We are just following the instructions of the new provision. Salary should be deposited into the bank account of the respective employee and the payment should be proved by the bank with a valid document. We demand the copy of it.
We accept even if there is no document from the media house but the employee has proved that the said amount was deposited into his account. I would like to assure that the information will be kept confidential and wouldn’t be shared with anyone except the court and investigation bodies.
Many media houses in Nepal are established without proper business plan. Most of the problems emerged in absence of proper business plan – including human resource, market area and media type.
The issue of payment from banking channel, bank statement and payment are in high of discussion now. As per the clarity of the media, we are not seeking their individual bank statement. If the media does not make clear or if the working journalist does not receive the payment in their bank account or in case of if the concerned media do not send payroll then we will accept the bank statement of the concerned person.
In case of payroll received, the appointment letter and the letter form the respective media will be sufficient. We also accept the bank statement which will also match the record of the previous month that we had received.
Press pass of those not having bank statement has been rejected. This is not the case, the ministry has asked for assurance of implementation and its report. For the assurance there should be the documents to approve it. The oral agreement is not accepted even in the court as proof. There should be the documents in written.
Regarding the claims that the media owners have to shut down their media if they are forced to provide the minimum wage fixed by the government, I want to make it clear that the media which has been established without proper business plan might have faced such problem, but not all media. The problem is inevitable if one establishes a media without having a business plan.
In Nepal, the media are open on the basis of whim, hobby, geography, completion and ideology without incorporating business plans. In every business there is chance of both gain and loss. If the media could not operate as per the need of time it will surely face the accident.
This wage is for those who work full time and get recruitment. We have received some complaints that big media are also appointing many people informally. This is the consequences of not having proper planning.
We are issuing identity cards by following the process as per the letter we received. The Ministry of Communication and Information Technology had also monitored the process. The Minister had also studied whether the works were per the letter.
The government has been planning to facilitate the media houses. Law and policies are formulated according to the demand of time and they are updated as per need. So, no law is absolute. If the media houses say they are unable to implement the minimum wages with good reasons, we can discuss the issue and find out solution.
The government has no desire to shut down any media house. I had also worked as a member secretary of the Minimum Wages fixation committee. I feel that the problems were created by ourselves because we did not categorise the media houses and kept all houses in the same basket without analysing their status.

 

Review of minimum wages timely : Ram Prasad Dahal

Minimum wage of journalists was fixed in 2064, 068, 073 BS and now. This is the first time that the minimum wage was reviewed timely. We have to review our past struggle and the implementation of minimum wage. At that time, we have suggested to make the wage double which the Media Society opposed. But it agreed to implement it when the government decided to give some incentives.
This time also, they were bargaining to get some benefit for them. They had given informal message of implementing it if the hike in wage is 25 per cent. We wanted to increase the salary of journalists to Rs 40,000 per month. We recommend 50 per cent hike, but the government reduced it to 25 per cent. There was a type of a gentleman agreement with the media owners to hike the wage by 25 per cent, which now has been violated.
A committee has also been formed to recommend salary of journalists on the basis of their level which has not been made any recommendation so far. It has halted some works. Labour and press freedom are not the same thing. The provision of submitting payroll is not objection-worthy. The government has sought assurance regarding the implementation of the act. If the government seeks some records from the organisation established as per the law, it would not be against the press freedom.
The FNJ has not been lost anywhere. It has given its views to the government and the department. We have exerted pressure for the implementation of the Act. The FNJ is creating pressure for the result. We did not feel necessary to response immediately to the objection of the Media Society. Our decision is in written format.
We are not living silent. We have also organising an interaction between journalists and minister on Tuesday. We are seeking to take commitments from the minister.
Some former FNJ presidents’ personal opinion is not the official view of the FNJ. Now, the FNJ has been exerting pressure on the media houses to implement the Working Journalist’s Act. The Minimum Wages Fixation Committee is now monitoring it. The government should take action against those media house, which are not implementing the Working Journalists Act in media houses.
Meanwhile, in the context of Press Pass, the FNJ has been demanding with the government that it should provide entry to journalists on the basis of the press pass issued by the FNJ. And, if the government agrees to provide validity to the FNJ-issued pass, FNJ could filter their members.
People only having press pass could not be journalist. Many senior journalists still don’t have press pass. And, there could be any alternate of press pass. We are discussing this.

 

New scheme of wages : Gangadhar Parajuli

The mergers of the minimum wages and press freedom are just seeking an excuse not to implement the Working Journalist Act 1995. The MWFC had recommended increasing the salary of journalists and staff members of media institutions in 2015. Salary of workers in other sectors has increased after that but wages of journalists and workers in the media houses remained the same. Therefore, we recommended the new scheme of wages and the government had decided to increase the salary by 25 per cent as a whole although the committee had suggested hiking it by 20 to 50 per cent according to the classification of the media houses.
Some media owners had expressed their objections over the new salary scheme saying that the government one-sidedly took the decision. The Working Journalists Act has a provision that the journalists and other staff working in the media institution should be governed by the act but the owners went to the court demanding that the non-editorial staff should be governed by the Labour Act.
We had recommended the government to deprive the media houses that do not implement the minimum wages provision of the government facilities. This is not the first recommendation, we have been asking the government to make it so from the very beginning. Earlier governments did not show interest in implementing the recommendation but this government has decided to make it happen. This is not an issue to be connected with the ‘Press Pass’. We can have alternatives of the press pass but there shouldn’t be any excuse to give less or no salary to journalists.
All media owners are not against the new provision, a few of them have stood against it after DoI’s circular which sent waves across all size of media institutions and even the small media entrepreneurs started protesting against it. In order to address their concerns, the MWFC’s meeting last month has recommended the government that the media houses that have less than seven employees or journalists, should be given three months preparation time. The new provision should be implemented in all media houses from the next fiscal year 2019/20. Small media institutions are waiting for the government decision about it.
The media is totally a different from other industries. We are operating media houses in own our interest. The media owners have been operating the media houses for long though they often say they are in lost.
It is not good to compare salary facilities with advertisement distribution. They are totally different issue. So, media houses must paid minimum wages to working journalists any they employ them.
There was the case of non-implementation in the organisation having government’s investment. We had inspected the Gorkhapatra and RSS. There was some problem in those government owned organisations. Now all government media have implemented the minimum wage.
There are no problems in other corporate media houses of Kathmandu. Most of they have implemented it. But those who are working outside the Kathmandu Valley as stringers are still in problem. Media are mobilising them paying only Rs. 10,000 to 12,000 by providing appointment letter as stringer.

श्रमजीवी पत्रकारका हकको सुरक्षा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्रमजीवी पत्रकार, कामदार/कर्मचारीले न्यूनतम पारिश्रमिक पाए, नपाएको अवस्थाको अनुगमनलाई प्रभावकारी बनाएको छ । सूचना तथा प्रसारण विभागले माघ १८ गते सबै सञ्चार प्रतिष्ठानलाई न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न कार्यरत श्रमजीवी पत्रकार, बैङ्कमा पठाएको तलबी प्रतिवेदनको प्रमाणित प्रतिलिपि (पे रोल) बुझाउन पत्राचार गरेको थियो । यस्तो प्रतिवेदन श्रमजीवी कार्यरत संस्थाले दिन आनाकानी गरेपछि पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्र बनाउन र नवीकरणमा बाधा पुगेको छ ।

श्रमजीवी पत्रकार ऐन–२०५१ को दफा ११ मा भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसका आधारमा सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गर्छ । पछिल्लो पटक गत कात्तिक १ देखि लागू हुनेगरी श्रमजीवी पत्रकारको पारिश्रमिक २५ प्रतिशतले वृद्धि भयो र सबै सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार, कामदार/कर्मचारीलाई बैङ्किङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउनुपर्ने व्यवस्था भयो । ऐनविपरीत काम गर्ने सञ्चार प्रतिष्ठानले पाउने सरकारी सेवा–सुविधा रोक लाग्न सक्ने व्यवस्था पनि सोही ऐनमा छ । श्रम ऐन, २०७४ को दफा ३ (२) ले समेत श्रमिक÷कामदारलाई तोकिएको न्यूनतम पारिश्रमिक वा सुविधाभन्दा कम पारिश्रमिक वा सुविधा दिन नहुने र लिने दिने गरी वा यस ऐनमा उल्लिखित सर्तविपरीत हुनेगरी रोजगारदाता तथा श्रमिकबीच रोजगार सम्झौता भएको रहेछ भने त्यस्तो रोजगार सम्झौता यो ऐनविपरीत भएको मानिने छ र सो हदसम्म त्यस्तो रोजगार सम्झौता बदर हुने छ’ भनिएको छ । यही प्रावधान कानुनी रूपमा मात्र होइन, व्यवहारमै लागू गर्न सरकार प्रयत्नशील छ । विगतमा विभिन्न समयमा संसद्का विभिन्न समितिले सरकारलाई निर्देशनसमेत दिएका छन् । श्रमजीवी पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ तथा अन्य पत्रकार सङ्गठनले पनि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका पक्षमा आवाज उठाउँदै आएका छन् ।
श्रमजीवी पत्रकार ऐन लागू भए पनि सो ऐनबमोजिम निर्धारण भएको न्यूनतम पारिश्रमिक, सेवा, सुविधा व्यवहारमा लागू हुन नसकेको गुनासा आइरहेको अवस्थामा सरकारले श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको पारिश्रमिक बैङ्किङ प्रणालीमा जोडेर अनुगमन गर्ने प्रयास गरेको हो । अहिले यसैलाई झन् प्रभावकारी बनाउन पत्रकारले लिने प्रेस प्रतिनिधि प्रमाणपत्रसँग जोडिएको छ । यसबाट केही सञ्चार प्रतिष्ठानका सञ्चालकले अप्ठेरो मानेका छन् । नेपाल मिडिया सोसाइटीले बिहीबार विज्ञप्ति जारी गर्दै यो व्यवस्थाले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी गर्न अवरोध पु¥याएको र प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ । वैयक्तिक गोपनीयताको कुरा अगाडि सारिएको छ । मिडिया सोसाइटीको यस विरोधले न्यूनतम पारिश्रमिक लागू नभएको गुनासो र शङ्का सही प्रमाणित भएको छ । बैङ्क स्टेटमेन्ट नै पेस गर्नुपर्ने भएपछि ढाँट्न नसकिने परिस्थिति सिर्जना भएको देखिएको छ । सम्बन्धित पत्रकार, कर्मचारीले बैङ्क स्टेटमेन्ट बुझाउन अस्वीकार नगरेको अवस्थामा सञ्चारमाध्यम सञ्चालकले वैयक्तिक गोपनीयताको हकको कुरा उठाउनु हास्यास्पद छ । विगतमा न्यूनतम पारिश्रमिक वृद्धिलाई समेत विरोध गरेको मिडिया सोसाइटीले अहिले त्यसको कार्यान्वयनमा समेत अवरोध सिर्जना गर्नु अनुचित छ ।
श्रमजीवी पत्रकार, कामदार/कर्मचारीले लामो समयदेखि भोग्नुपरेको शोषण अन्त्य गर्न सरकारले चालेको प्रयास सराहनीय छ । श्रमजीवी पत्रकार, कामदार/कर्मचारीमात्रै होइन, अन्य क्षेत्रमा काम गर्ने सबै श्रमिक÷कामदारको न्यूनतम पारिश्रमिक, सेवा–सुविधाको कानुनी व्यवस्था भइसकेको छ । आफ्नो उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिक÷कामदारको न्यूनतम पारिश्रमिक र सेवा–सुविधा बढाउन निजी क्षेत्रका उद्योग प्रतिष्ठान सहमत छन् । उनीहरू बैङ्किङ प्रणालीबाटै पारिश्रमिक भुक्तानी दिन थालेको अवस्थामा सञ्चार संस्थाका लगानीकर्ता भने विरोधमा उत्रनु दुःखद छ । जुनसुकै क्षेत्रमा कार्यरत श्रमजीवीको सामाजिक न्याय, हकहित संरक्षणका लागि सम्बन्धित प्रतिष्ठानले नै पहिलो प्रयास गर्नु उसको कर्तव्य हो । कानुनी प्रावधान लागू भए, नभएको अनुगमन गर्नु सरकारको जिम्मेवारी हो । त्यसैले कुनै पनि बहानाबाजीमा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र सेवा–सुविधा कार्यान्वयनमा बाधा पुग्नुहुँदैन । यसलाई प्रेस स्वतन्त्रतासँग जोड्नु दुःखद् हो । प्रेस स्वतन्त्रता, वैयक्तिक गोपनीयताका कुरा उठाउनुका पछाडि श्रमजीवीको श्रमको शोषण गर्ने बदनियत रहेको देखिन्छ, जुन निन्दनीय हो ।

पत्रकार चेपुवामा नपरून्

प्रेस पास नवीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न सर्त तेस्र्याएपछि पत्रकारहरूको प्रेस पास नवीकरणमा समस्या आएको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरूको तलबको बैंकमा पठाएको प्रतिवदेन (पेरोल) अनिवार्यरुपमा पेस गर्नुपर्ने निर्देशन जारी भएपछि सयौं पत्रकारको प्रेस पास नवीकरण हुन नसकेको हो । प्रेस पासका लागि सरकारले गरेको यस किसिमको निर्णयबाट निर्बाधरुपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको अधिकारबाट पत्रकारहरु वञ्चित हुने अवस्था सृजना भएको छ ।

विभिन्न सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवम् कर्मचारी, कामदारहरुलाई न्यूनतम पारिश्रमिक दिलाउनका लागि अवलम्बन गरिएको यो बाटो कानुनीरुपमा समेत उपयुक्त नभएको तर्क पनि बाहिर आएको छ । कुनै पनि व्यक्तिको बैंक स्टेटमेन्ट व्यक्तिको सम्पत्ति र गोपनीयतासँग जोडिएको विषय हो, त्यसैले आवश्यक परेमा अनुसन्धान गर्ने निकायले यसको विवरण माग्दा मात्र दिनुपर्ने बाध्यता हुने कानुनविद्हरुको भनाइ छ ।

वैयक्तिक गोपनीयताको हकसम्बन्धी ऐन २०७५ को दफा १० को उपदफा ३ मा भनिएको छ, ‘व्यक्तिको सम्पत्तिसम्बन्धी विवरण राख्ने र त्यसको जानकारी हुन सक्ने सार्वजनिक निकाय वा संगठित संस्था वा त्यस्तो संस्थामा काम गर्ने कुनै कर्मचारीले कुनै पनि व्यक्तिको सम्पत्तिको विवरण सम्बन्धित व्यक्तिको मञ्जुरीविना कुनै पनि तरिकाले अरू कसैलाई जानकारी दिन वा सार्वजनिक गर्न वा गराउन हुँदैन ।’ यो कानुनी प्रावधानले गर्दा पनि सञ्चार प्रतिष्ठानले आफ्नो कार्यालयमा कार्यरत पत्रकार एवं कर्मचारीको बैंक स्ेटटमेन्ट उनीहरुको अनुमतिविना अन्य निकायमा उपलब्ध गराउन नमिल्ने कुरा प्रकाशमा आएको छ ।

यस्तै हो भने, सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन अवलवम्बन गरेको यो बाटोले पत्रकारहरु चेपुवामा पर्ने देखिन्छ । हो, पत्रकारहरूले कानुनअनुसार तोकिएको पारिश्रमिक पाउनुपर्नेमा द्विविधा छैन तर यो कार्यान्वयनका लागि पत्रकारको प्रेस पास रोक्दा उनीहरु निर्बाधरूपमा सूचना संकलन गर्न पाउने अधिकारबाट वञ्चित हुन्छन् । प्रेस पास प्राप्त गर्नु पत्रकारहरूको व्यक्तिगत अधिकार पनि हो, त्यसैले विभिन्न नाममा प्रेस पास नरोकियोस् । प्रेस पासका कारण पत्रकारहरूले रिपोर्टिङ नै गर्न नपाउने अवस्था सिर्जना नहोस् । विभिन्न बाधा–अड्चन तेस्र्याएर प्रेस पास वितरण एवं नवीकरण रोक्नु प्रेस स्वतन्त्रताविरोधी कदम हुने भएकाले यसबारेमा पुनर्विचार गरी प्रेस पासको प्राप्तिलाई सहज बनाइयोस् । पत्रकारहरूले कानुनअनुसार तोकिएको पारिश्रमिक पनि पाउनै पर्छ, साथै निर्बाधरूपमा सूचना संकलन गर्न पनि पाउनै पर्छ । यो र त्यो बहानामा पत्रकारहरुलाई चेपुवामा पार्ने काम गर्नुहुँदैन ।

Rescind orders against free press: Nepal Media Society

Nepal Media Society, an umbrella body of publishers and broadcasters, has taken serious exception to KP Sharma Oli government’s series of actions that are aimed at squeezing the media.

Issuing a statement on Thursday, the society urged Prime Minister Oli to immediately rescind the government orders and directives that are against the free press so as to save the country from anarchy and confrontation.

The society has also called on all the media stakeholders and democratic political parties to be alert about the dark clouds hovering over the press, which is a key pillar of democracy.

Stating that a series of government steps in recent months, aimed at controlling the media, have let the news publishers down, the society urged the prime minister and the Cabinet to desist from imposing any kind of obstructions in exercising the right of press freedom enshrined in the Constitution of Nepal.

Last month, the Department of Information and Broadcasting under the Ministry of Communication and Information Technology issued a circular asking media houses to furnish a copy of the payroll and bank details—including the account number—of each journalist to the department. The circular, as per the department, is part of its move to ensure that journalists’ minimum wage was implemented by the media houses.

“In its budget, the government could not hike the salary of civil servants even by one percent. But when the fiscal year commenced, it introduced some provisions through the Labour Act,” the statement reads. “Three months later it issued a decree to media houses to increase salary by 25 percent, going against its own Labour Act. Isn’t it immoral and ridiculous on the part of the government to issue such a diktat to media houses at a time when it has failed to pay heed to the provisions of the Labour Act and raise salary of its own workers?”

In response to a writ, the Supreme Court on February 4 stayed the government decision to hike the salary in media houses. “We welcome the Supreme Court decision,” the statement reads.

“Let us remind you none of the government’s anti-press activities will shut down our media. The entire world and Nepali people will stand in support of the Nepali media. There are innumerable examples in front of us how moves against the media by those drunk on power have backfired,” reads the statement issued by Subha Shankar Kandel, chairman of Nepal Media Society. “In a democracy, the people are above the government. And the media is the voice for these people. It will be imperative for all those in power to recall what the prime minister has repeatedly said—that the government or any other official are but for a temporary period of time.”

Published: 05-04-2019 08:27

Delusion of democracy

Sometime in the fall of last year, the Ministry of Communication and Information Technology banned digital pornography in Nepal using Article 121 of the Criminal Code, which states, ‘The Internet has made it easy to access sexually obscene materials, disrupted the social values and beliefs of Nepali society and is thus encouraging sexual violence and harmful practices.’ Following the ministry’s decision, the Nepal Telecommunications Authority instructed the 15 big internet service providers to prohibit sites containing sexual video content. Banning porn may be a good thing, and the government must have had good reasons for doing so. However, it is hard to believe that the ministry really believes porn sites, or any other website for that matter, can be banned in this day and age when citizens are increasingly more tech-savvy than governments.

Porn sites are banned using ‘filtering’ and ‘blocking’ mechanisms that prevent internet users from accessing a certain type of content. Blocking refers to preventing access to specific websites, domains, internet protocol (IP) addresses, protocols, and services that are blacklisted. Filtering is about using technology to block web pages based on traffic pattern protocols and keywords or on the basis of their perceived connection to content deemed inappropriate or unlawful. Filtering is implemented in the following ways: Blacklisting or whitelisting websites, keyword blocking, and deep packet inspection. Deep packet inspection involves deeper level analysis of data traffic and is commonly used to filter out viruses and spam, but can also be used for mass surveillance.

Closing windows

There are several ways filters can be applied. In Nepal’s case, the porn ban is implemented using filters at the national level. The technology and mechanism used to ban porn sites can also be used to ban websites such as Facebook, Twitter, YouTube, and blog sites. Authoritarian regimes usually discourage citizens from using the internet to voice their opinion against the government, and those who do not comply are often jailed, tortured or even killed. Governments inclined towards electoral authoritarianism go about formulating draconian laws with the intention of limiting free speech. For instance, Russian lawmakers recently passed bills that would introduce jail terms and fines for insulting the government online or spreading so-called fake news. Iran, Uganda, North Korea, Turkey and Bangladesh, to name a few, have banned social media, citing security-related reasons. The internet, designed to enable the free flow of information, has somehow begun to scare governments around the world.

Brilliant technical minds have developed tools that can hide people from government surveillance. The Onion Router is one such web browser that anonymises web traffic using the Onion Router network, making it easy to protect one’s identity online. Browsing the web over the Onion Router is slower, because web traffic is routed through its own network to anonymise it. It connects randomly to one of the publicly listed entry nodes, bounces that traffic through a randomly selected middle relay, and finally spits out your traffic through the third and final exit node.

The core principle of ‘Onion routing’ was developed in the mid-1990s by the United States Naval Research Laboratory with the purpose of protecting US intelligence communications online. In 1997, the Defense Advanced Research Projects Agency developed the Onion routing system. The main goal of the project was to protect the US government’s communication over the internet and proponents of democracy and free speech in backward-looking countries led by dictators. Many authoritarian regimes have banned the Onion Router browser to prevent citizens from reading, publishing and communicating outside their control. Researchers are always hard at work improving its anonymity properties. Russia, Saudi Arabia and Iran are doing everything at their disposal to prevent citizens from using the Onion Router. Venezuela is the newest addition to the list.

The Onion Router has become the digital equivalent of the constitutional First Amendment in the US. Reporters Without Borders has urged activists and journalists to adopt it as a vital online survival kit where state intimidation and censorship have become routine. The stalwarts of democracy believe online anonymity is the ultimate vehicle of human freedom, and being able to use the Onion Router is a prerequisite to the future of democracy.

Water off a duck’s back

Using the the Onion Router browser, one can easily view all contents that have been blocked for filtered. The government’s decision to ban porn must be commended. According to a University of Cambridge study, porn triggers brain activity in people with compulsive sexual behaviour-­known commonly as sex addiction-­similar to that triggered by drugs. However, good homework is necessary on the government’s part before implementing anything that is related to information technology so they can avoid embarrassing itself in front of 21st century tech-savvy citizens. The government’s efforts have been water off a duck’s back, and citizens are laughing up their sleeves. It is important to understand that it is almost impossible to ban sites when technology like the Onion Router is in the marketplace. More importantly, the government cannot make a rash response to a real policy dilemma. Educating citizens about the dangers of porn might be a good first step.

The Cold War world was separated into mainly two groups. The US led the group that included countries with democratic political systems. The Soviet Union led the group of countries with a communist political system. We still have two groups: Totalitarian states that have banned the Onion Router browser and democratically inclined ones that let citizens use it.

Shah was a consultant at the Office of the Prime Minister and Council of Ministers.

Published: 08-04-2019 07:46

मिडिया सोसाइटी भन्छ– ‘प्रेसविरोधी निर्देशन खारेज गर’

काठमाडौँ — नेपाल मिडिया सोसाइटीले प्रेसलाई नियन्त्रण गर्ने खालका आदेश र निर्देशन तत्काल सच्याउन सरकारसित माग गरेको छ । सूचना तथा प्रसारण विभागले प्रेस पासका लागि व्यक्तिगत गोपनीयतासँग समेत जोडिने बैंक स्टेटमेन्ट बुझाउनुपर्ने निर्देशन जारी गरेकाले पत्रकारले बैंक स्टेटमेन्ट नबुझाएसम्म प्रेस पास पाएका छैनन् । यस्ता निर्देशन प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यबाट आएको सोसाइटीको ठहर छ ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि पञ्चायतकाल बिर्साउने गरी आदेश जारी भएको बताएका छन् ।

‘नेपाली मिडियाको समेत अपनत्व रहेको संविधानको प्रेस स्वतन्त्रतासम्बन्धी प्रदत्त र अविच्छिन्न अधिकार उपभोगमा कुनै पनि प्रकारको बन्देज नलगाइयोस् भन्ने कुरा सम्माननीय प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्मार्फत सच्याइयोस् भन्ने माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘टेलिभिजनहरूले स्याटेलाइटलाईतिर्नुपर्ने शुल्कको अनुमतिका लागिदिनुपर्ने सिफारिस र प्रकाशन गृहहरूले आयात गर्ने कागज अनुमतिमा समेत प्रतिबन्ध लगाउने गरी महिनौंसम्म मन्त्रालयमा घुमाउने, मन्त्रीकोचाकडीमा नेपालका सबै मिडियादण्डवत् होऊन् भन्ने ज्ञानेन्द्रकालीन कलुषित मनसाय राखेको प्रस्टै भएको छ । यस्ता क्रियाकलापको नेपाल मिडिया सोसाइटी भर्त्सना गर्दै तत्काल सच्याउन र आगामी दिनमा समेत यस्ता हर्कत नगर्न सचेतगराउन चाहन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले एकवर्षे कार्यकालको समीक्षा गरिरहँदा नेपालका मिडिया भने निराश बन्ने अवस्था आएको सोसाइटीको भनाइ छ । ‘सरकारले पूर्णता पाएकै विन्दुबाट सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपालको मूल प्रवाहको मिडिया सिध्याउने अभियानमा लागेका दर्जनौं दृष्टान्त हाम्रा अगाडि खडा भएका छन्,’ विज्ञप्तिमा छ, ‘तसर्थ प्रेसविरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि प्रकारका आदेश र निर्देशनहरू तत्काल सच्याएर समृद्ध नेपाल सुखी नेपालीको महाअभियानबाट नेपाली मिडियालाई विमुख बनाएर देशलाई अराजकता र भिडन्तको अवस्थामा लैजानबाट तत्काल रोकियोस् भन्न चाहन्छौं सम्माननीय प्रधानमन्त्रीज्यूसँग ।’

प्रधानमन्क्रीसँगको अन्तरत्रिया तथा उनले दिएको आश्वासन र विश्वासलाई धैर्यतापूर्वक एक वर्ष सहेको सोसाइटीले उल्लेख गरेको छ । ‘सञ्चार मन्त्रालयले मूल प्रवाहको मिडिया समाप्त पार्ने कसम खाएजसरी त्यस्तै घेराबन्दीबाट आफ्नो अभियान सुरु गर्दै अनेकानेक षड्यन्त्र, निर्देशन, आदेश र सार्वजनिक ध्वाँस दिँदै आयो । हामीले कुनै मतलब गरेनौं,’ कँडेलले भनेका छन्, ‘किनकि हामीलाई विश्वास थियो, यो सरकार हाम्रो पनि हो । सरकार धेरै चाँडै सच्चिनेछ । सरकार, विभाग र मन्त्रालयले यथार्थ जमिनमा टेक्नेछन् भन्ने हामीलाई लागेको थियो ।’

सरकारले चाल्ने कुनै पनि प्रेसविरोधी कदमले मिडिया बन्द नहुने सोसाइटीले उल्लेख गरेको छ । ‘यो हाम्रो विश्वास र आस्थाको पुँजी हो । कसैले त्यो दुःस्वप्न नदेखे हुन्छ । सिंगो विश्व र नेपाली जनता नेपाली मिडियाका पक्षमा ढाल बनेर खडा हुनेछन्,’ विज्ञप्तिमा छ, ‘सत्ताको उन्मादमा प्रेसको घाँटी निमोठ्न खोज्नेहरू नै धराशायी भएका असंख्य उदाहरण छन् हाम्रै अगाडि । हामी त्यही विश्वास र जनताको ढुकढुकीमा टिकेका छौं ।’ सोसाइटीले ‘गत वर्षको बजेटमा सरकारले मातहतका कर्मचारीको तलब एक प्रतिशतभन्दा बढी वृद्धि गर्न नसकेको’ तर मिडियामा २५ प्रतिशत तलब वृद्धि गर्ने आदेश जारी गर्नु श्रम ऐनविरुद्ध रहेको दाबी गरेको छ ।

‘आर्थिक वर्ष सुरुलगत्तै सरकारले श्रम ऐनमार्फत एकखाले व्यवस्था गरेर लागू गर्‍यो । तर त्यसको तीन महिनापछि नेपालका मिडियाहरूमा २५ प्रतिशत तलब वृद्धि गर्नुपर्ने फर्मान जारी गरियो, सरकारबाट आफ्नै श्रम ऐनको विरुद्धमा,’ अध्यक्ष कँडेलले भनेका छन्, ‘नैतिक रूपमा पनि आफ्ना कर्मचारीको एक प्रतिशत तलब वृद्धि गर्न नसक्ने र आफ्नै श्रम ऐनको पारिश्रमिकसम्बन्धी व्यवस्थासमेत हेक्का नराखीकन सरकारले निजी मिडियामा यस्तो दुस्साहस गर्नु आफैंमा अनैतिक र हास्यास्पदहोइन र ?’

२०७५ साउन १ देखि लागू श्रम ऐनको व्यवस्थाविरुद्ध सरकारले मिडियालाई तर्साउन गरेको निर्णयलाई सच्याउन सोसाइटी र यसका सदस्यहरू सर्वोच्च अदालतमा समेत गएको स्मरण विज्ञप्तिमा गराइएको छ । यो विषयमा अदालतले दिएको अन्तरिमकालीन आदेशको सोसाइटीले स्वागत गरेको छ । ‘गणतन्त्रपूर्व हामीले पटकपटक प्रेस स्वतन्त्रताको यथोचित कार्यान्वयन गर्न यस्तै गर्नुपरेको थियो । अहिले पनि यस्तो तहमा पुग्नुपर्ला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं,’ विज्ञप्तिमा छ ।

नेपालको मूलधारको मिडियाले ज्ञानेन्द्र शाहको शासनकालमा भोगेको यातनाको समेत स्मरण गराउँदै सोसाइटीले त्यसबेला निरंकुशताका विरुद्ध लडेकामा अझै पनि गौरव बोध भएको उल्लेख गरेको छ । ‘निरंकुशतालाई धराशायी पार्न सबै प्रकारका यातना भोगेकामा हामीलाई गौरव छ अझै पनि,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले सत्तासीन कतिपय झन्डावालहरू गुमनाम रहेका बेला हामी तत्कालीनशाही सेनाका ब्यारेक र प्रहरीका हिरासतमा प्रेस स्वतन्त्रताका पक्षमा दृढतापूर्वक लडिरहेका थियौं भन्ने कुरा पनि यस अवसरमा जानकारी गराउन चाहन्छौं ।’

मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी गर्नमा लगाएका अनेकन प्रतिबन्धका बारेमा कतिपय प्रेससम्बन्धी संगठन मौन रहेको अवस्थाले झन् विस्मित बनाएको सोसाइटीले उल्लेख गरेको छ ।

‘प्रधानमन्त्रीले बेलाबखत गरिएको आशंकाझैं कतै नेपाली समाज प्रतिगमनको दिशामा जान लागेको हो ? कतै स्वतन्त्रताका लागि १४ वर्ष जेल बसेका प्रधानमन्त्रीको विश्वास डगमगाउन थालेको हो ? भन्ने गम्भीर आशंका लागेको छ,’ विज्ञप्तिमा छ, ‘के यो स्थिति सबैभन्दा चिन्ताजनक अवस्था होइन र ? दुई तिहाइको सानमा हर्षित सत्तारूढ दल र वर्तमान सरकार फेरि पनि गम्भीरतापूर्वक सचेत रहन र आफ्ना प्रतिबद्धता र प्रेस स्वतन्त्रताप्रतिको निष्ठामा खरो उत्रिरहन आग्रह गर्दछौं ।’

प्रधानमन्त्री ओलीले पहिलोपटक सरकारको नेतृत्व सम्हालेका बेलामा गरेको विदेशी टीभी च्यानलमा ‘क्लिनफिड’ लागू गर्ने प्रक्रिया कहाँ पुग्यो भन्दै सोसाइटीले प्रश्न गरेको छ ।

‘के त्यो निर्णय कथित लोकप्रियतावादका लागि मात्र थियो कि देशको हितमा थियो, गम्भीर प्रश्न खडा भएको छ । तर मन्त्रालय कहिले विज्ञापनमा सेन्सर, कहिले के, कहिले के भनेर मिडियालाई उत्तेजित बनाउने काममा मात्र दत्तचित्त भएर लागेको एक वर्षका क्रियाकलापबाट स्पष्ट भएको छ,’ अध्यक्ष कँडेलले भनेका छन् ।

लोकतन्त्रमा सरकार वा सत्ताभन्दा ठूला जनता हुने भएकाले उनीहरूका अभिव्यक्ति मिडियाबाट प्रकट हुने सोसाइटीको धारणा छ । ‘सरकार वा कोही अधिकारी आवधिक समयका लागि निमित्त मात्र हुन् भन्ने प्रधानमन्त्रीज्यूकै अभिव्यक्तिलाई सत्तासीनहरूले स्मरण गर्नु अनुपयुक्त हुनेछैन,’ विज्ञप्तिमा छ । सोसाइटीले प्रेस स्वतन्त्रतामाथि कालो बादल मडारिन थालेको भन्दै सरोकार राख्ने संघसंस्था र संगठनसहित सबै लोकतान्त्रिक दललाई सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित : चैत्र २२, २०७५ ०७:३८

‘मिडिया सिध्याउने खेलमा सरकार’

काठमाडौं –नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनाएको छ। सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो। ‘मिडिया विश्वास र आस्थाको पुँजी हो। सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुनेछैनन्। त्यो दुस्वप्ना नदेखे हुन्छ,’ सोसाइटीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

मिडिया विश्वास र आस्थाको पुँजी हो। सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुनेछैनन्। त्यो दुस्वप्ना नदेखे हुन्छ ।
–नेपाल मिडिया सोसाइटी

सोसाइटीले प्रेसविरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि प्रकारका आदेश र निर्देशन तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ। ‘समृद्ध नेपाल सुखी नेपाली’ महाअभियानबाट नेपाली मिडियालाई विमुख बनाएर देशलाई अराजकता र भिडन्तको अवस्थामा लैजानबाट तत्काल रोकियोस्,’ विज्ञप्तिमा उल्लेख छ। सोसाइटीले स्वतन्त्रताका लागि १४ वर्ष जेल बसेका प्रधानमन्त्रीको विश्वास डगमगाउन थालेको हो भनी प्रश्न गरेको छ। सोसाइटीले प्रधानमन्त्री केपी शमौ ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गर्ने भनी सुनाएको विषय कहाँ पुग्यो भन्ने प्रश्न पनि सोसाइटीले गरेको छ। प्रधानमन्त्री ओलीले सरकारको एकवर्षे कार्यकालको समीक्षा गरिरहँदा नेपालका मिडिया भने निराश बन्न पुगेको विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्रीका आश्वासनलाई धैर्यपूर्वक एक वर्ष कुरेको भन्दै सोसाइटीले सञ्चार मन्त्रालयले मूलप्रवाहका मिडिया समाप्त पार्ने कसम खाएजसरी घेराबन्दीबाट आफ्नो अभियान सुरु गरेको र अनेक षड्यन्त्र, निर्देशन र आदेश सार्वजनिक गरेको सोसाइटीको आरोप छ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन जरुरी

काठमाडौँ, चैत २३ गते । पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन(पेरोल)अनिवार्य आवश्यक पर्ने/नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस भइरहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाए पश्चात मात्र सरकारीस्तरबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्ने व्यवस्था मिलाउन सूचना विभागलाई निर्देशन दिएसँगै पक्ष र विपक्षमा बहस भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले न्यूनतम पारिश्रमिकको प्रभावकारी कार्यान्वयन गराउन सरकारले दिने प्रेस पासका लागि तलबको बैंकमा पठाएको प्रतिवदन (पेरोल) अनिवार्य गरिएको जानकारी दिनुभयो । “हामीले पत्रकारको न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि तलब बैंकमा पठाएको प्रतिवेदन(पेरोल)लाई अनिवार्य बनाउने भनेका हौँ, मिडियामाथि कुनै किसिमको नियन्त्रण गर्ने कुरै होइन”, प्रवक्ता तिवारीले भन्नुभयो ।

कतिपय सञ्चार क्षेत्रका विज्ञहरुले न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सरकारले उठाएको कदम स्वागत योग्य भएको बताएका छन् भने कतिपयले प्रेस पासका लागि सरकारले व्यक्तिगत गोपनियतासँग समेत जोडिएको बैंक स्टेटमेन्ट माग गरेको भन्दै प्रेस पासमा अङ्कुश लगाउन खोजिएको तर्क गर्दै आएका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले जसरी भए पनि कानूनअनुसार तोकिएको पारिश्रमिक श्रमजीवी पत्रकारहरुले पाउनुपर्ने महासङ्घको माग रहेको बताउनुभयो । उहाँका अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने कुनै पनि बहाना सह्य हुन सक्दैन ।

नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने भन्ने विषयमा यूनियनमा दुई मत नरहेको तर कार्यान्वयन गर्ने नाममा वैयक्तिक स्वतन्त्रता हनन हुने गरी बैंक स्टेटमेन्ट नै माग्नु नहुने तर्क गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द विष्टले प्रेस स्वतन्त्रताको हक र श्रम शोषण विरुद्धको हक दुवै संविधानले सुनिश्चित गरेको विषय भएकाले एउटाको आडमा अर्कोलाई निष्क्रिय गर्न नमिल्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमले पारदर्शी हुनबाट पछि हट्न नहुने बताउनुभयो ।

प्रेस चौतारी नेपालका महासचिव राजेश राईले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारले गरेको प्रयास स्वागतयोग्य रहेको बताउनुभयो । “अन्यथा मान्नुपर्ने केही छैन, सबै बोल्ने र लड्ने आफ्नो वर्गको लागि हो, मालिकहरुको वर्ग पक्षधरता स्वभाविक छ, श्रमजीवी पत्रकारको श्रमको मूल्य दिइदाँ वा दिन बाध्य पारिँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कही कतै कुन्ठित भएको छैन”, उहाँले भन्नुभयो ।

नेपाल मिडिया सोसाइटीले भने सरकारले सूचना विभागको ‘प्रेस पास’का लागि व्यक्तिगत गोपनियतासँग जोडिएको बैंक स्टेटमेन्ट बुझाउनुपर्ने प्रावधानले प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै सच्याउन आग्रह गरेको छ । मन्त्रालयले गत माघ ७ गते प्रेस पास नवीकरणका लागि श्रमजीवि पत्रकार, कामदार, कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवेदन (पेरोल) अनिवार्य गर्न सूचना विभागलाई निर्देशन गरेको थियो ।

“सबै सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीहरुलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाए पश्चात मात्र सरकारीस्तरबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्ने व्यवस्था हुने र सोको प्रगति नियमित रुपमा मन्त्रालयमा पठाउनसमेत अनुरोध छ”, मन्त्रालयले सूचना विभागलाई पठाएको पत्रमा भनिएको छ ।

मन्त्रालयको उक्त पत्रको आधारमा विभागले माघ १८ गते सबै सञ्चार माध्यमलाई विभागबाट प्राप्त हुने सेवा लिन बैंकमा पठाएको तलबी प्रतिवेदनको प्रमाणित प्रतिलिपि र तलब भत्ता बैंकमा जम्मा गर्न अनुरोध गरी लेखिएको पत्रको बैंकद्वारा प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने व्यहोराको पत्र पठाइएको थियो ।

विभागका अनुसार पछिल्ला दुई महीना फागुन र चैतमा २६ पत्रकारले प्रेस पास नवीकरण गराएका छन् । सरकारले गत कात्तिक १ गतेदेखि लागू हुने गरी श्रमजीवि पत्रकारको न्यूनतम तलबमा २५ प्रतिशतले वृद्धि गर्दै रु २४ हजार ३०० पु¥याएको थियो ।

मिडिया र सरकार

सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै मिडिया सोसाइटीले त्यसलाई सच्याउन माग गरेको छ । खासगरी सूचना विभागले पत्रकार परिचयपत्रका लागि पारिश्रमिकको विवरण बुझाउन अनिवार्य गरेको विषयमा विरोध र चर्चा चुलिएको छ । पत्रकारहरूले उचित पारिश्रमिक पाऊन् भनेर सरकारले यस्तो आदेश ल्याएको देखिन्छ । तर, यसले साँच्चीकै पत्रकारहरूको हित हुन्छ त ?

ठूला मिडियाहरू कर कार्यालयमा दर्ता भई विवरण बुझाइरहेका छन् । तर, केहीको भने कर कार्यालयमा बुझाएको विवरण र प्रेस काउन्सिलमा बुझाएको विवरण फरक हुन सक्छ । कतिपयले कर विवरण राम्ररी नबुझाई राज्यलाई आम्दानी लुकाउने तर पत्रकारलाई भने राम्रो पारिश्रमिक दिने गरेको पनि पाइन्छ ।

पत्रकारिता विश्वसनीय र मर्यादित हुनुपर्छ । त्यसका लागि उनीहरूको कारोबारको पारदर्शिता एउटा आधार हो । तर, पारदर्शिता भनेको सबै कारोबार सार्वजनिक गर्दै हिँड्ने होइन । प्यानमा दर्ता हुनु र कर विवरण बुझाउनु महत्त्वपूर्ण आधार हुन् । तर, कतिपय मिडिया खास गरी साना मिडिया, प्यानमा दर्ता छैनन् । दर्ता भएकाहरूले पनि कर कार्यालयमा करको विवरण बुझाएको पाइँदैन । ठूला मिडियाहरू कर कार्यालयमा दर्ता भई विवरण बुझाइरहेका छन् । तर, केहीको भने कर कार्यालयमा बुझाएको विवरण र प्रेस काउन्सिलमा बुझाएको विवरण फरक हुन सक्छ । कतिपयले कर विवरण राम्ररी नबुझाई राज्यलाई आम्दानी लुकाउने तर पत्रकारलाई भने राम्रो पारिश्रमिक दिने गरेको पनि पाइन्छ । त्यति मात्र होइन, कतिपय मिडियामा लगानी कहाँबाट आइरहेको छ भन्ने पनि स्पष्ट छैन । कतिपय मिडियामा त पत्रकारलाई न नियुक्तिपत्र दिइन्छ न त बिदा र सञ्चय कोष आदि सुविधा नै । मिडियामा रहेका यी आधारभूत विकृति रोक्नुपर्नेमा त्यसो नगरी अहिले जुन निर्देशन जारी गरिएको छ त्यसले विवाद मात्र जन्माएको छ । मिडियाले उठाएका माग पूरा गर्छु भनेर प्रतिबद्धता जनाएको सरकारले ती मागलाई बेवास्ता गर्दै नयाँनयाँ विवादास्पद कदम चालिएकाले मिडिया क्षेत्र सरकारप्रति सशंकित बन्न पुगेको हो । त्यसैले बैंकको स्टेटमेन्ट र मिडिया हाउसको पारिश्रमिक विवरणको आधारमा मात्रै पत्रकार परिचयत्र दिने भन्ने अवधारणाको जगमै शंका गर्नुपर्ने ठाउँ देखिन्छ ।

करको विवरण बुझाएपछि कुनै पनि पत्रकारले पाउने तलबको विवरण कर कार्यालयमा सुरक्षित हुन्छ । त्यस्तै आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा कोषकट्टी गर्नुपर्ने भएकाले पत्रकारको पारिश्रमिक कति छ भन्ने कुरा यसले पनि स्वतः स्पष्ट पार्छ । कुनै पत्रकारले मैले उचित पारिश्रमिक पाइन भनेर उजुरी गर्‍यो भने कुनै पनि ठाउँबाट विवरण लिन सकिन्छ । मिडिया हाउसले पनि विवरण दिनैपर्ने हुन्छ । प्रत्येक पत्रकारले पारिश्रमिकको विवरण बुझाउने नियम पत्रकारकै हितमा पनि देखिँदैन । अहिले मिडियामा दक्ष पत्रकारको कमी छ । त्यसैले एउटा मिडियाबाट अर्को मिडियामा जाने प्रतिस्पर्धा नै छ । पारिश्रमिक सार्वजनिक हुँदा यसबाट पत्रकार आफैलाई व्यावहारिक समस्या पर्ने हुँदा कतिपय पत्रकार यो प्रावधानको विरोधमा देखिएका छन् । मिडिया हाउसहरूले उचित पारिश्रमिक नदिएकाले केही पत्रकारहरू न्यूनतम पारिश्रमिक दिलाउन लागिपरेका छन् । तर, पढेलेखेका पत्रकारहरू कुनै पनि मिडियामा आफूले भनेजति पारिश्रमिक नपाए त्यहाँ टिकिरहँदैनन् । त्यस्तोमा मिडिया हाउस र पत्रकारबीच शर्त र मोलमोलाइका आधारमा पारिश्रमिक निर्धारण हुने गरेको छ । क्षमता बढी भएका तथा मोलमोलाइ गर्न सक्ने पत्रकारले बढी पारिश्रमिक लिने गरेको पनि पाइन्छ । कसैले म कम पैसामा पनि काम गर्छु भन्छ भने त्यो व्यक्तिको स्वतन्त्रता हो । काम लगाउने र दिने बीचमा हुने शर्तका आधारमा पारिश्रमिक निर्धारण हुन सक्छ ।

सरकारले हरेक क्षेत्रका कामदारहरूको न्यूनतम पारिश्रमिकमा एकरूपता खोजेको हो भने पनि त्यसो गरेको पाइँदैन । यस्तो एकरूपता प्रशासनिक आदेशले मात्र आउन सक्ने पनिप होइन । मिडियालाई सुधार गर्ने अरू विकल्प पनि छन् । त्यतातिर लाग्नु बढी तर्कसंगत हुन्छ । जुन उद्देश्यले निर्देशिका जारी गरिएको छ त्यसका लागि अन्य उपाय छँदै छ । त्यसैले यसलाई फिर्ता लिएर सरकारले सबैका मागलाई सम्बोधन गरी समाधानको बाटो निकाल्नुपर्छ ।