Incidents of press freedom violations continued unabated this year, affecting 158 journalists across the country, according to a report by Freedom Forum, an NGO.
As per statistics released by the NGO on the occasion of the World Press Freedom day today, it recorded as many as 104 such violations.
A total of 66 press freedom violations were reported last year. Out of total violations this year, 31 are attacks and manhandling, followed by 28 cases of misbehaviour, 19 threats, 15 arrests, six vandalism and obstruction, one suspension and one arson, and three court cases, according to a report by the NGO.
Junior security personnel, political cadres and businesspersons remained hostile to journalists this year too. As per province-wise analysis, Province 3, which is also home to the federal capital Kathmandu, witnessed the highest number of violations (39), followed by Province 2 (25). Province 1 and Province 6 shared equal number of violations (7).
Gandaki Province and Province 5 witnessed equal number of violations (9) and Far-west Province recorded eight cases of violations.
Most of the violations took place while journalists were covering stories on public interest issues, crime, irregularities, corruption and political demonstrations.
This is to be noted that more than a dozen of bills related to information and mass communications were drafted or enacted by the government over the period. However, some provisions in the proposed bills were inconsistent with the international instruments on the rights to expression and the constitution. For example, the Criminal and Civil Code Act posed a threat to the freedom of expression in the name of national security, privacy, defamation, blasphemy, obscenity and hate speech.
In blatant violation of press freedom, obtaining approval from concerned authorities was made mandatory for journalists for taking photographs, the report read.
Similarly, Individual Privacy Act aimed at discouraging journalists to publish or broadcast investigative stories, in the pretext of privacy of public figures and public offices. According to the report, the Bill on Management and Regulation of Information Technology intends to curtail the freedom of expression of internet-based media. The proposed provision of stringent punishment for posting improper contents on social media is equally threatening to media freedom and citizen’s rights to expression.
“Against the broader expectation that journalists and media fraternity would have a favourable atmosphere for free reporting and respect to their profession, the rising number of violations perpetrated against media is a disappointing trend. It is to be noted that this year’s figure is the highest in six years,” according to the report.
Lalitpur, Apr. 30: Most Nepalis trust the media, a survey shows. The final report of ‘A Survey of the Nepali People in 2018’ released amidst a programme in Patandhoka, Lalitpur, on Monday revealed that Nepalis placed a high level of trust in the media.
Almost 91.3 per cent respondents of the survey expressed their trust in the media followed by community-based organisation (90.7 per cent) and the Nepali Army (87.7 per cent).
However, the least trusted entities were the political parties and federal and state parliaments with numbers ranging from 30 to 40 per cent.
The survey was a tripartite collaboration between Kathmandu University School of Arts (KUSOA), Interdisciplinary Analysts (IDA) and The Asia Foundation (TAF) and was conducted in September and October 2018.
The survey, based on a nationally representative sample of 7,506 randomly selected participants, was conducted in 73 districts of Nepal among respondents aged 18 years and above, and it revealed a mixed outlook among the citizens.
According to it, a majority of Nepalis (51.5 per cent) are optimistic that the country is heading towards a right direction and 61.9 per cent say that the social harmony among various castes, ethnicities, languages and religions are improving. Likewise, 63.7 per cent believe that the future of Nepal will be better than the present.
Another key fact revealed by the survey was that Nepali people have immense faith in the local government. They claimed that the local government [somewhat] cared for them, listened to and addressed their grievances and it was also the destination to solve local disputes.
While there is a lack of trust in the state and federal governments the people are generally found satisfied with the work of their local representatives, it said.
However, the data is not all positive. Nearly 40.8 per cent citizens say that the economic conditions have not improved, 54.5 per cent Nepalis have experienced some sort of threat (natural disaster or crime-related) to their personal safety and 35 per cent cannot cite a single change brought about by the new constitution.
“Most illiterate and low-income people seemed to be positive about the country than educated and high-income ones,” informed Dr. Sudhindra Raj Sharma from IDA.
“The survey provides insight into the national mood and can be used as the foundation for future research,” said Prof. Dr. Sagar Raj Sharma, Dean of KUSOA, who also moderated the programme.
Elaborating on the role of KUSOA in the survey, he said, “The association of academia in this research makes it more serious and more responsible.”
The survey was implemented through the Australian Government Department of Foreign Affairs and Trade (DFAT) – The Asia Foundation Partnership on Subnational Governance in Nepal.
काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिका सांसदहरूले सामाजिक सञ्जाल नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी कानून ल्याउनुपर्ने बताएका छन् । विकास समितिले ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल गर्न गठन गरेको उपसमितिमा सांसदहरूले यस्तो धारण राखेका हुन् । समितिले सोमवार आयोजना गरेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा समितिका सदस्यले जनतामा सरकारले फेसबूक लगायतका सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजेको भन्ने सन्देश प्रवाह भइरहेको बताए । उनीहरूले त्यसबारे प्रष्ट पार्न जरुरी रहेको औंल्याए ।
समितिकी सभापति कल्याणीकुमारी खड्का (नेकपा)ले सञ्चार ऐनमा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट वाक्यांश राख्न नहुने बताइन् । उनका अनुसार सोसम्बन्धी ऐन जनताले प्रष्ट बुझ्ने र अर्थ लगाउने तरीकाले आउनुपर्छ । उपसमितिका सदस्य केदार सिग्देल (नेकपा)ले प्रविधिको
विकासले अन्य क्षेत्रको विकासलाई समेत सकारात्मक प्रभाव पार्न भएकाले सरोकारवाला पक्षको सुझावका आधारमा सामाजिक सञ्जालको नियमन गरी नयाँ काननू ल्याउनपुर्न बताए । सांसद गौरीशंकर चौधरी (नेकपा)ले प्रभावकारी ढंगबाट सामाजिक सञ्जालमाथि नियमन जरुरी रहेको धारणा राखे । सांसद इन्द्रकुमारी शर्मा (नेकपा)ले पछिल्लो समय प्रविधिको सदुपयोगभन्दा दुरुपयोग भइरहेको भन्दै सो क्षेत्रको विकृतिलाई रोक्न जरुरी रहेको बताइन् । उनका अनुसार यसका लागि पनि सरकारले सामाजिक सञ्जाललाई करको दायारमा ल्याई व्यवस्थित गनर्पु र्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले प्रविधिको क्षेत्रमा देखिएका विकृति र
विसंगतिलाई हटाउन सञ्चार ऐन ल्याउन लागेको बताए । उनले भने, ‘सामाजिक सञ्जालको क्षेत्रलाई व्यवस्थित गर्ने र करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउने तयारी गरिएको हो ।’
उनका अनुसार ऐन आएपछि सामाजिक सञ्जाललाई करको दायारमा ल्याइनेछ । उपसमितिकी संयोजक विनाकुमारी श्रेष्ठ (नेकपा)ले सैद्धान्तिक छलफलपछि विधेयकमाथि दफावार छलफलसँगै छिटै समितिले टुंगो लगाउने बताइन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अध्ययनका लागि समितिले गत चैत १८ गते उपसमिति गठन गरेको थियो ।
केही वर्षअघिसम्म मूलधारका मिडियाले जे पस्किन्छन् त्यही ग्रहण गर्नुपर्ने बाध्यतामा रहेका आम नेपाली आफूलाई चाहिएको मिडिया सामग्रीमा नियन्त्रण राख्न सक्ने भएका छन्।
‘नेपाल मिडिया सर्वेक्षण–२०१९’ अनुसार ९१ प्रतिशत नेपालीसँग कम्तीमा पनि एउटा मोबाइल फोन छ, तीमध्ये करीब आधा जनसंख्याले स्मार्ट फोन बोक्छन् । काठमाडौंस्थित मिडिया अनुसन्धानमा कार्यरत संस्था शेयरकास्ट इनिसियटिभले गरेको यो सर्वेक्षणमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र रूपमा वृद्धि भइरहेको र इन्टरनेट प्रयोगकर्तामाझ फेसबुक निकै रुचाइएको देखाएको छ ।
अहिले ८० लाख नेपालीको फेसबुक खाता छ । सर्वेक्षणमा सहभागीमध्ये करीब ८८ प्रतिशतले आफूले फेसबुक चलाउने बताएका छन्, तीमध्ये ४५ प्रतिशतले मेसेन्जर पनि चलाइरहेका छन् ।
दोस्रो लोकप्रिय मिडिया एप आईएमओ (इमो)चलाउने ३५ प्रतिशत छन् भने ३४ प्रतिशतले दैनिक यूट्यूब हेर्छन् । नेपाली एप ‘हाम्रो पात्रो’ का प्रयोगकर्ता ४ प्रतिशत छन् ।
तस्वीरः मधु आचार्य
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाबारे जान्न समाचार स्रोतकै रूपमा धेरैले फेसबुकलाई रुचाएका छन् । सर्वेक्षणमा सहभागी करीब ५ प्रतिशत उत्तरदाताले फेसबुकबाट स्थानीय घटनाबारे थाहा पाउने गरेको बताएका छन् भने यही माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार थाहा पाउने ९ प्रतिशत छन् । यद्यपि, रेडियो, टेलिभिजन र पत्रपत्रिकाको दाँजोमा फेसबुकका सामग्रीप्रति विश्वास गर्नेहरू भने निकै कम (२ प्रतिशत) मात्र छन् । यसको अर्थ नेपाली इन्टरनेट प्रयोगकर्ताले ‘लोकप्रिय’ इन्टरनेट साइटमा त्यति विश्वास भने गर्दैनन् ।
अन्य देशको तुलनामा नेपालमा उपयोगकर्ता आफैंले उत्पादन गरेका सामग्री निकै कम देखिन्छन्; यसको अर्थ हो, हामी सूचनाका उपभोक्ता मात्रै हौं । सर्वेक्षणमा सहभागी तीन–चौथाइ उत्तरदाताले कहिल्यै पनि स्थानीय मुद्दाका बारे सामाजिक सञ्जालमा पोष्ट गरेका छैनन् । आफ्नो फेसबुक वालमा स्थानीय घटनाबारे पोष्ट गर्ने उत्तरदाता १ प्रतिशत मात्र देखिए ।
फेसबुककै स्वामित्वको प्लेटफर्म इन्स्टाग्राम शहरी युवाहरूमाझ् लोकप्रिय देखिए पनि देशभर यसका प्रयोगकर्ता ४.२ प्रतिशत मात्र छन् । ट्वीटर प्रयोगकर्ता त नगन्य (१.२ प्रतिशत) छन् ।
डिजिटल मिडियातर्फ धकेलिंदै
केही वर्षअघिसम्म मूलधारका मिडियाले जे पस्किन्छन् त्यही ग्रहण गर्नुपर्ने बाध्यता थियो । टेलिभिजन, रेडियो र पत्रपत्रिकालाई आफ्ना दर्शक/श्रोता/पाठकको आवश्यकता र रुचिबारे सम्पूर्ण ज्ञान छ भन्ने लाग्थ्यो ।
अहिले यो अवस्था फेरिएको छ । आम नेपाली आफूलाई चाहिएको मिडिया सामग्रीमा नियन्त्रण राख्न सक्ने भएका छन् । मिडिया प्राथमिकता अब सामाजिक–आर्थिक अवस्था, उमेर, भौगोलिक स्थिति अथवा शिक्षामा निर्भर छैन, बरु यो व्यक्तिगत रुचि, सन्दर्भ र सामग्रीमा निर्भर बन्दै गएको छ ।
मोबाइल उपकरण, इन्टरनेट कनेक्टिभिटी र नयाँ मिडिया प्लेटफर्मको तीव्र विस्तार भइरहेको छ । रेडियो, टेलिभिजन वा स्मार्ट फोन अब धेरैको पहुँचमा छ । नेपालमा ६० प्रतिशत परिवारसँग आफ्नै टेलिभिजन सेट छ, जबकि २८ प्रतिशतसँग चालु अवस्थाको रेडियो छ । अधिकांशले मोबाइल फोनलाई नै रेडियो रिसिभरका रूपमा उपयोग गर्ने भएकाले रेडियो मर्मत गर्ने पसलहरू मोबाइल मर्मत केन्द्रमा रूपान्तरित भएका छन् ।
विद्युत्मा पहुँच, बढ्दो शहरीकरण, रेमिटेन्सको आम्दानीले घरघरै टेलिभिजन पु¥याएको छ । वैदेशिक रोजगारबाट फर्कनेहरूको पहिलो रोजाइ स्मार्ट फोन र टेलिभिजन भइदिंदा रेडियो पछि परेको हो । टेलिभिजन अब प्रतिष्ठाको विषय नभई आवश्यकता बन्न पुगेको छ ।
पछिल्ला वर्षहरूमा मोबाइल फोन प्रयोगकर्ताको संख्या आश्चर्यजनक रूपमा बढ्नुले पनि नेपालीको बदलिंदो रुचि देखाउँछ । नेपालमा ९५ प्रतिशत घरपरिवारसँग मोबाइल फोन छ । (औसतमा २.५ प्रति परिवार) त्यस्तै ल्याण्डलाइन टेलिफोन राख्नेको संख्या ४ प्रतिशतमा झरेकाे छ ।
सर्वेक्षणमा मिडिया उपकरणको प्रयोग गर्नेमा सबभन्दा धेरै शिक्षित र कामकाजीहरू देखिएका छन् । त्यस्तै कथित माथिल्लो जात र जनजातिले पनि यस्तो उपकरण बढी प्रयोग गर्छन् जबकि निरक्षर, बेरोजगार, दैनिक ज्यालादारी श्रमिक, परम्परागत किसान, मुस्लिम र तराईका दलित समुदायमा निकै कमसँग मात्र मिडिया उपकरण छ ।
सबभन्दा धेरै गण्डकी प्रदेशमा ७३ प्रतिशत परिवारसँग टेलिभिजन छ जबकि, सुदूरपश्चिम प्रदेशमा टेलिभिजन हुने परिवारको संख्या अन्यको तुलनामा कम छ । प्रदेश–२ मा सबभन्दा बढी ९६.८ प्रतिशत घरपरिवारसँग मोबाइल फोन भए पनि ८६.६ प्रतिशतसँग मात्र आफ्नो व्यक्तिगत फोन छ । गण्डकी प्रदेशमा मोबाइल राख्ने परिवारको संख्या ९४.६ प्रतिशत छ ।
सर्वेक्षण अनुसार टेलिभिजन नै सबैभन्दा बढी पहुँच भएको आमसञ्चारको माध्यम हो । सर्वेक्षणमा सहभागी ६० प्रतिशतले पछिल्लो ६ महीनामा टेलिभिजन हेरेको बताएका छन्, जसमध्ये ४२ प्रतिशतले दैनिक हेर्छन् ।
त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारका लागि अधिकांश उत्तरदाताले टेलिभिजन समाचार हेर्ने गरेको बताए तर, टेलिभिजनमा प्रस्तुत हुने सामग्री विश्वसनीय हुन्छ भन्ने ३२ प्रतिशत मात्र छन् । प्रदेश–३ का ७६ प्रतिशत र गण्डकी प्रदेशका ७३ प्रतिशत घरपरिवारमा नियमित टेलिभिजन हेरिन्छ । त्यसैगरी शिक्षितहरूले बढी टेलिभिजन हेर्ने गरेको पाइएको छ ।
प्रदेश–३ का ४३ प्रतिशत र गण्डकी प्रदेशका ३९ प्रतिशत उत्तरदाता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारका लागि टेलिभिजनमा भर परिरहँदा सुदूरपश्चिमका १९ प्रतिशतले मात्र टेलिभिजनबाट सूचना प्राप्त गरिरहेका छन् । सबै प्रदेशमा टेलिभिजन स्थानीय समाचारका लागि दोस्रो महत्वपूर्ण स्रोत हो, यो मामिलामा अझ्ै पनि रेडियो पहिलो स्थानमा छ ।
टेलिभिजनका दर्शकमध्ये ९१ प्रतिशतले साँझ्पख टेलिभिजन हेर्छन् भने २० प्रतिशतले नेपाली च्यानल कहिल्यै हेर्दैनन्, ६० प्रतिशतले स्थानीय च्यानल नै हेर्दैनन् । त्यस्तै अन्तर्राष्ट्रिय च्यानल नहेर्ने २७ प्रतिशत छन् । कुल दर्शकमध्ये ६५ प्रतिशतले नेपाली च्यानल दैनिक दुई घण्टा र ६१ प्रतिशतले अन्तर्राष्ट्रिय च्यानल दैनिक अधिकतम दुई घण्टासम्म हेर्छन् । स्थानीय च्यानल हेर्नेमध्ये ३० प्रतिशतले मात्र दैनिक दुई घण्टाभन्दा कम हेर्छन् ।
सर्वेक्षणमा सहभागीमध्ये आधाजसोले पछिल्लो ६ महीनामा रेडियो सुनेको बताए जसमध्ये २४ प्रतिशतले दैनिक रेडियो सुनिरहेका छन् । रेडियोका श्रोता सबैभन्दा धेरै कर्णाली प्रदेशमा ७० प्रतिशत छन् भने प्रदेश–२ मा ४० प्रतिशत । १६ देखि २४ वर्ष उमेर समूहमा लोकप्रिय रहेको रेडियोका श्रोता ५५ भन्दा माथिल्लो उमेर समूहमा निकै कम छन् । रेडियो पनि शिक्षितहरूमाझ बढी लोकप्रिय छ ।
स्थानीय समाचार र सूचना प्राप्तिका लागि अन्य प्रदेशहरूमा रेडियो नै प्रमुख माध्यम भए पनि प्रदेश–२ भने यो मामिलामा पनि अपवाद नै छ । यो प्रदेशमा ११ प्रतिशतले मात्रै स्थानीय समाचार र सूचनाका लागि रेडियोमा भरोसा गर्छन् ।
स्थानीय समाचारका लागि पहिलो नम्बरमा रहेको रेडियो राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारका लागि भने दोस्रो स्थान (२३ प्रतिशत) मा छ । देशभर एक चौथाइका लागि भने समाचारको सबैभन्दा विश्वसनीय स्रोत रेडियो नै हो ।
त्यस्तै निर्वाचन, भूकम्प जस्ता विशेष वा ठूला घटनाका बेला रेडियोका श्रोता ह्वात्तै बढ्ने गरेको पनि पाइएको छ । तर सामान्य अवस्थामा भने नेपालीले मोबाइलबाट प्राप्त गर्न सकिने अन्य मिडियामा भर पर्ने गरेको भेटियो । रेडियोका श्रोतामध्ये अधिकांशले दैनिक दुई घण्टाभन्दा कम समय रेडियो सुन्ने गर्छन् ।
४४ प्रतिशतले निश्चित स्टेशन ट्यून गर्छन्– स्पष्ट सुनिने भएकाले । ५४ प्रतिशत श्रोताले दैनिक दुई वटा न्यूज बुलेटिन सुन्ने गरेको बताएका छन् । धेरैजसो रेडियो सुनिने समय चाहिं बिहान ६ देखि ९ बजेसम्म हो । जम्मा ३ प्रतिशतले प्रत्येक घण्टा रेडियोमा समाचार सुन्ने गरेको बताएका छन् ।
पत्रपत्रिकाका भरपर्दा पाठक
डिजिटल मिडियाका कारण पत्रपत्रिकाका पाठक घट्दै गएको गुनासो गर्ने प्रकाशकहरूका लागि यो सर्वेक्षण रोचक हुनसक्छ । किनभने सर्वेक्षणमा सहभागी ५९ प्रतिशत उत्तरदाताले आफ्नो ठाउँमा दैनिक पत्रिका, म्यागजिन उपलब्ध नहुँदा पढ्न नपाएको गुनासो गरेका छन् । देशमा राजनीतिक केन्द्रहरू ७५ जिल्लाबाट विस्तार भएर ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहसम्म पुगिसक्दा पनि छापा माध्यमको वितरण प्रणाली भने पुरानै छ ।
पत्रिका नियमित पढ्ने पाठकमध्ये १० प्रतिशतले दैनिक पढ्ने गरेको बताएका छन् । पत्रपत्रिकाका पाठक प्रदेश–३ मा ५४ प्रतिशत छन् भने गण्डकीमा ३७ प्रतिशत । प्रदेश–१ र २ मा भने पत्रपत्रिकाका पाठक निकै कम छन् । सर्वेक्षणमा सहभागी ग्रामीण उत्तरदातामध्ये १९ प्रतिशतले मात्र छापा माध्यममा आफ्नो पहुँच भएको बताएका छन्, शहरी क्षेत्रमा यो पहुँच ५४ प्रतिशत छ ।
दैनिक पत्रिका र म्यागजिनका पाठकमध्ये ७७ प्रतिशतले मुख्य समाचार पढ्ने गरेको बताएका छन् भने २२ प्रतिशतले समाचारका शीर्षक र १९ प्रतिशतले राजनीतिक समाचार मात्र । त्यस्तै कला, संस्कृति र मनोरञ्जनका समाचार पढ्ने पाठकको संख्या १७ प्रतिशत छ, खेलकुदका समाचार नियमित पढ्ने पाठक १५ प्रतिशत छन् ।
अझ् रोचक त पत्रिकाका पाठकमध्ये ९४ प्रतिशतले हार्ड कपी हातमै समातेर पढ्न रुचाउँछन् भने इन्टरनेटमा पत्रिकाका सामग्री पढ्नेहरू १४ प्रतिशत छन् । त्यस्तै वेबसाइटमा समाचार पढ्नका लागि होमपेजसम्म पुग्नेहरू ६ प्रतिशत मात्र छन् ।
इन्टरनेट चलाउन मोबाइल डेटा
सर्वेक्षणमा सहभागीमध्ये एकतिहाइ उत्तरदाताले पछिल्लो ६ महीनाभित्र इन्टरनेट (फेसबुक, मेसेन्जर, आईएमओ र अन्य अप्लिकेशन) चलाएको बताएका छन् । तीमध्ये २१ प्रतिशतले दैनिक र १० प्रतिशतले सातामा केही पटक चलाउने गरेका छन् । सबैभन्दा बढी प्रदेश–३ मा ४८ प्रतिशत र त्यसपछि गण्डकी प्रदेशमा ४४ प्रतिशतको इन्टरनेटमा पहुँच छ । प्रदेश–३ मा भने यो संख्या २४ प्रतिशत मात्र छ ।
इन्टरनेटमा पहुँच भएकामध्ये ९९ प्रतिशतले मोबाइलमै इन्टरनेट चलाइरहेका छन् भने डेस्कटप र ल्यापटपमा मात्रै इन्टरनेट प्रयोग गर्नेको संख्या ७ प्रतिशत छ । इन्टरनेट प्रयोगकर्तामध्ये ५९ प्रतिशतले मोबाइल डेटा प्रयोग गर्छन् भने ३४ प्रतिशतको ब्रोडब्याण्ड र वाईफाईमा पहुँच छ । सबैभन्दा बढी सुदूरपश्चिममा ८० प्रतिशतले मोबाइल डेटा प्रयोग गर्छन् भने त्यसपछि प्रदेश–२ मा ७६ प्रतिशत र प्रदेश–५ मा ७३ प्रतिशतले मोबाइल डेटा प्रयोग गर्छन् ।
ब्रोडब्याण्ड प्रयोगकर्ता सबभन्दा धेरै ५१ प्रतिशत प्रदेश–३ मा छन् । ग्रामीण प्रयोगकर्ता (७२ प्रतिशत) र तराईका दलित (९५ प्रतिशत) ले मोबाइल डेटा प्रयोग गर्छन् । ब्रोडब्याण्ड वाईफाईको आर्थिक हैसियत, शिक्षा र स्मार्ट फोनबीच सीधा सम्बन्ध देखिन्छ । इन्टरनेट प्रयोगकर्तामध्ये ६६ प्रतिशतले दैनिक दुई घण्टा वा सोभन्दा कम समय इन्टरनेट चलाउने दाबी गर्छन् ।
९० प्रतिशत उत्तरदातासँग व्यक्तिगत मोबाइल फोन छ, स्नातक र सोभन्दा माथि अध्ययन गरेका चाहिं शतप्रतिशतसँग मोबाइल फोन छ । सर्वेक्षणका क्रममा मोबाइल फोन प्रयोगकर्तामध्ये ५३ प्रतिशतले आफूसँग भएको स्मार्ट फोन देखाएका थिए । ४२ प्रतिशतसँग फिचर फोन थियो । उत्तरदातामध्ये २ प्रतिशतसँग आईओएस डिभाइस (आईफोन) छ भने ३ प्रतिशतसँग स्मार्ट र फिचर फोन दुवै ।
प्रदेश–३ का ६५ प्रतिशत उत्तरदातासँग स्मार्ट फोन छ भने कर्णाली प्रदेशका ५६ प्रतिशतसँग फिचर फोन । सबैभन्दा कम स्मार्टफोन कर्णाली प्रदेशका उत्तरदाताहरूसँग (३९ प्रतिशत) रहेको पाइयो । १६ देखि २४ वर्ष उमेर समूहका ७६ प्रतिशत उत्तरदातासँग स्मार्ट फोन छ । बढ्दो उमेरसँगै फिचर बोक्नेहरूको संख्या बढी देखिन्छ ।
सर्वेक्षण विधि ‘नेपाल मिडिया सर्वेक्षण–२०१९’ मिडिया अनुसन्धानमा कार्यरत संस्था शेयरकास्ट नेपाल को चौथो शृंखला हो । जनवरी–फेब्रुअरी २०१९ मा गरिएको सर्वेक्षणमा सात प्रदेशका ४२ जिल्लाका ४ हजार १२९ उत्तरदातासँग प्रत्यक्ष साक्षात्कार गरी तथ्यांक संकलन गरिएको थियो । सर्वेक्षणको यो नमूनामा कुल ९५ प्रतिशत कन्फिडेन्स इन्टरभलमा +/– १.५२ प्रतिशत इरर मार्जिन रहेको छ ।
तथ्यांक संकलन ‘ओएनए सफ्टवेयर’ सहितका मोबाइल उपकरणबाट गरिएको हो । सर्वेक्षणमा १८ वर्षभन्दा माथिको उमेरका र कम्तीमा ६ महीनादेखि एकै ठाउँमा बसोबास गरेका उत्तरदाता सहभागी थिए । सर्वेक्षणमा प्राइमरी स्याम्पलिङदेखि जिल्ला/गाउँपालिका/नगरपालिकाको र्याण्डम स्याम्पलिङसम्मका पाँच चरणको स्याम्पलिङ विधि अपनाइएको थियो ।
घरपरिवारको छनोटका लागि ‘र्याण्डम वाक् स्याम्पलिङ’ र उत्तरदाताको छनोटका लागि ‘र्याण्डम लटरी’ विधि उपयोग गरियो । नेपाली मिडिया उपभोक्ताको प्रतिनिधि तस्वीर प्रस्तुत गर्नका लागि सबै तथ्यांकलाई जनगणना–२०११ सँग तुलना गरिएको छ । साथै तथ्यांक गुणस्तर नियन्त्रणका विधिहरू अपनाइएको छ ।
मुलुकका ३ सयभन्दा बढी विज्ञापन एजेन्सीको प्रतिनिधित्व गर्ने नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) २०४७ सालदेखि यस व्यवसायमा आबद्ध छन् । विज्ञापनका क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव संगालेका रिजाल गत वर्षको माघदेखि आनको नेतृत्वमा छन् । मनोविज्ञान विषयमा स्नातकसम्म अध्ययन गरेका रिजाल विज्ञापनका क्षेत्रमा भने निकै अनुभवी र जानकार व्यक्तिका रूपमा चिनिन्छन् । आफूलाई सूचनाको हकसम्बन्धी अभियन्तासमेत भन्न रुचाउने रिजाल नेपालमा सूचनाको हकको विषयलाई स्थापित गराउन पनि आफ्नो सक्रिय भूमिका रहेको बताउँछन् । राज्यका सूचनालाई सिंहदरबारमा सीमित राख्न नहुने बरु त्यसलाई जनतासम्म पु-याउनुपर्छ भन्ने मान्यता राख्ने रिजाल विज्ञापनबाहेक मुलुकका व्यापार–व्यवसाय र राजनीतिक तथा सामाजिक विषयमा पनि प्रष्ट धारणा राख्छन् । कि एडभर्टाइजिङका सञ्चालकसमेत रहेका रिजालले निर्माण गरेको ‘मुन्द्रेको कमेडी क्लब’ अहिले निकै चर्चामा पनि छ । रिजालसँग नेपालको विज्ञापन व्यवसायको अवस्था, चुनौती तथा विज्ञापनको सैद्धान्तिक पाटोका विषयमा कारोबारले गरेको कुराकानीको सार :
देशमा यतिबेला सबैतिर समृद्धिको बहस भइरहेको छ, तर यो बहसमा विज्ञापन क्षेत्र अलि छुटेको जस्तो लाग्दैन ?
नेपाल विज्ञापन संघले जनतालाई सुसूचित बनाउने भरपर्दाे माध्यम भनेको विज्ञापन हो र देश बनाउन विज्ञापनको ठूलो योगदान छ । सानो बजेटबाट धेरै काम गर्न सक्ने क्षेत्र भनेको विज्ञापन नै हो । विगत चार–पाँच महिनादेखि विभिन्न मिडियामा सरकारको सम्बोधन एकदमै राम्रोसँग आइरहेको छ । विज्ञापन विषय चर्चा गर्ने भन्दा पनि देखाउने कुरा हो । यो विषय प्रस्ट रूपमा अहिलेको दुइतिहाई बहुमतको सरकारले देखाएर आएको छ । हामीजस्तो गरिब मुलुकमा आर्थिक समृद्धिका लागि केही समय धैर्य अवश्य गर्नुपर्छ । सरकारले गरेका कार्यशैली र योजनालाई तत् निकायले सही तरिकाले अगाडि बढाएको खण्डमा विज्ञापन धेरै माथि जान्छ । अहिलेको सरकार विज्ञापनका बारेमा धेरै प्रष्ट भइसकेकाले थप बहस आवश्यक नहोला । विज्ञापनसम्बन्धी विधेयक दुई सदनबाट पास भएर अहिले राष्ट्रपतिबाट अनुमोदन गरेर राजपत्रमा निकाल्न मात्रै बाँकी छ । विज्ञापन क्षेत्र धेरै आशावादी छ, किनकि विज्ञापन क्षेत्र अब हरित क्षेत्र भएर अगाडि बढेको देख्न सकिन्छ ।
केही वर्षदेखि मुलुकको अर्थतन्त्रको गति तीव्र छ । आर्थिक वृद्धि पनि सकारात्मक छ तर विज्ञापनको गति भने किन सुस्त गतिमा भइरहेको हो ?
कुनै पनि विज्ञापनदाताले विज्ञापन किन दिने ? म यो मिडियामा दिन्छु, यसको प्रभाव यस्तो हुन्छ भनेर दिने हो । तर, यहाँ एउटा मिडियामा विज्ञापन दिनासाथ अरू मिडियाले घेर्ने कामसमेत हुन्छ । एजेन्सीलाई फोन गरेर हैरानी गर्ने, सकेसम्म साहुजीलाई नै फोन गर्ने, कर्पाेरेट म्यानेजर तथा ब्रान्ड म्यानेजरलाई फोन गर्ने ह्यारेसमेन्ट खालको व्यवहार भएको छ । मिडियाको संख्या धेरै भएर पनि यस्तो हुन सक्छ । मिडियाले विज्ञापन माग्नुु हुँदैन र माग्न पाउँदैन । मिडियाले आफ्नो स्टे«न्थमा विज्ञापन लिएर छाप्ने हो । मिडिया सञ्चालकले आफ्नो स्ट्रेन्थका आधारमा मिडिया चलाउने हो, न कि एउटा मिडियामा विज्ञापन छापियो, अब मैले पनि पाउनुपर्छ भन्ने होइन । यो समस्या भएर विज्ञापनको बजार घटेको हो । मिडियाले सानो सूचना जारी गर्छन्, त्यो सूचनालाई कर्मचारीतन्त्रले फलो गर्छ । फलोअप गर्दा व्यापारीले दुःख मात्रै पाउँछ । हामी विज्ञापन व्यवसायी के भन्छौं भने मिडियाले कुनै कुरा उठान गर्छ भने त्यसलाई टुङ्ग्याउनुप-यो, आज उठान गरेको मुद्दा एक दिन एउटा र अर्काे दिन अर्काे भएर आउनु भएन । हामी कहाँ छौं भनेर मिडियाले बुझ्नु जरुरी छ । मिडियाको भीड बढ्नु सरकार वा नागरिकको दोष होइन । मिडियाको भीड बढेका कारण विज्ञापन बजार २५ देखि ४० प्रतिशत बढ्नुपर्नेमा स्थिर रहेको छ । प्रतिशतका आधारमा स्थिर र व्यापारका हिसाबले घटी छ ।
मिडियाहरूबीच नै अस्वस्थ प्रतिस्पर्धा छ भन्न खोज्नुभएको हो ?
यसैगरी नै मिडियाले एक–आपसमा द्वन्द्व गर्ने हो भने दररेटमा प्रतिस्पर्धा गर्ने, एजेन्सीभन्दा पनि व्यावसायिक घराना र सरकारसँग सिधा डिल गरेर व्यवसाय गर्ने, सिधा डिल गर्दा दररेट नै नहुने अवस्था छ । तर, विज्ञापन एजेन्सीले मागेको खण्डमा अनावश्यक दररेट निकाल्ने गरिन्छ । साढे ३ सयको हाराहारीमा विज्ञापन एजेन्सी कार्यरत छौँ, तर त्यहाँ काम गर्ने कर्मचारीको संख्या १२ हजार छ । ती कर्मचारीसँग मिडियाले आफ्नो मार्केटिङ गराएर व्यवसाय लिने साटो मिडियाबीचमा यति प्रतिस्पर्धा भयो कि सबैले सीधा डिल गर्न थाले । मिडिया सोसाइटी, मिडिया र एजेन्सी मिलेर जान सके हालको भन्दा झन्डै ५० प्रतिशत विज्ञापन बढ्न सक्छ । हामीले सरकार र व्यावसायिक क्षेत्रले गरेका विज्ञापनलाई व्यवस्थित रूपमा मिडियामा लैजाने हो । त्यसैले एउटा मिडियामा विज्ञापन जाँदा अर्काे मिडिया रिसाउन भएन, बरु आफ्नो स्ट्रेन्थ कसरी बढाउने हो, त्यसमा ध्यान दिनुपर्छ । मिडियाले व्यावसायिक घरानासँग सीधा डिल गर्दा हामीलाई भन्दा धेरै घाटा मिडियालाई नै छ । मिडियाले कन्टेन्टमा सुधार गर्न जरुरी छ । केही टेलिभिजनले टक शो चलाएका छन्, फ्रेन्चाइज कार्यक्रम पनि चलाएका छन् । ब्रान्ड इमेज त्यसले बढाएको छ । ब्रान्ड बढेपछि आफ्नो दररेटमा बस्न नसके फ्रेन्चाइज, टक शो गरेर एकछिनलाई ब्रान्ड देखाएर मात्रै त्यसले अर्थ राख्दैन । कन्टेन्ट एउटा काम अर्काे भयो भने एक न एक दिन मिडिया नांगिन्छ । त्यसले पितपत्रकारिता बढ्छ । मिडियाले समाचार बेच्ने दिन आउँछ । त्यसको फाइदा कर्मचारीतन्त्रलाई हुन्छ । यसको घाटा मिडिया, एजेन्सी, क्लाइन्ट सबैलाई हुन्छ । लाइसेन्स खारेज गर्न नसक्ने, व्यवसायबाट निकाल्न नसक्ने तर अलिकति घाउ लगाएर छटपटी पारेर छोड्ने काम भएको छ । यसबाट मिडिया र एजेन्सी सिकार भएका छन् ।
यहाँले नेपाली बजारमा चाहिनेभन्दा धेरै मिडिया भए भन्नुभयो, विज्ञापन बजारले धान्न सक्ने मिडिया कति हो ?
पछिल्लो तथ्यांक हेर्ने हो भने २ सय १६ वटा टेलिभिजन मात्रै छन्, जसमध्ये १५ वटा स्याटेलाइट टेलिभिजन छन् । अरू टेलिभिजन पनि स्याटेलाइटमा जाने क्रममा छन् भन्ने जानकारी प्राप्त भएको छ । बाँकी २ सय १ टेलिभिजन स्थानीय स्तरमा छन् । स्थानीय स्तरमा पनि एउटै सहरमा ७-८ वटा लोकल च्यानल देख्न सकिन्छ । मिडिया खोल्न पाइँदैन भन्नेमा नेपाल विज्ञापन संघ कहिल्यै छैन । तर, राज्यले स्वीकृति दिँदा स्पष्ट मापदण्ड बनाएर दिनुप-यो । अहिले स्थानीय होस् वा केन्द्र, मिडिया व्यापारिक घरानाले नै चलाएका छन् । लाइसेन्स लिएपछि जो कर्मचारीका रूपमा हुन्छ उसलाई नै जिम्मा दिइन्छ । मिडिया सञ्चालन गर्ने र तलब खाने भनिएको हुन्छ । त्यसपछि तलब खाने बाटो बनाइदिनुप-यो भनेर बिन्ती बिसाउने काम हुन्छ । कर्मचारीलाई तलब खुवाउने दायित्व मिडिया मालिकको हो । विज्ञापन एजेन्सी र क्लाइन्टको दायित्व होइन, तर हामी त बाँच्न नसक्ने अवस्था आयो, साहुजीले जिम्मा लगाएर गए भनेर आउँछन् । व्यापारीले आफ्नो व्यापार गर्नका लागि मिडिया खोल्ने क्रम नेपालमा बढेको देखिन्छ । यसले मिडियाको आडमा बसेर राज्यसत्तालाई पनि दुरुपयोग गर्न खोज्ने भयो । मिडियाले आफ्नो स्टे«न्थले कार्यक्रम बनाएर बजारमा बेचेर विज्ञापन लिन सक्नुप-यो, न कि राजनीतिक सत्ता, व्यापारीका विरुद्ध समाचार बनाएर मिडिया चल्दैन । खराब काम गर्न मिडिया चलाउने हो भने नागरिक सम्पन्न हुँदै जाँदा ती कुरा चिरिँदै जान्छन् । जे काम पनि लगनशील भएर गरेमा सफलता मिल्छ ।
विज्ञापन बजारको साइज कति हो ? यसमा प्रिन्ट, इलेक्ट्रोनिक, अनलाइन, सोसल मिडियालगायतको हिस्सा कस्तो छ ?
नेपालको विज्ञापनको बजार १२ अर्ब रुपैयाँबराबरको भएको छ । त्यसमध्ये साढे ४ अर्ब प्रिन्ट मिडिया, साढे २ देखि ३ अर्बको हाराहारीमा टेलिभिजन, ४०–५० करोड एफएम रेडियोमा छ । कतिपय सामाजिक संघसंस्थाले गर्ने विज्ञापनको डेटा समावेश नभएको झन्डै १ अर्बको हाराहारीमा रेडियोमा विज्ञापन छ । अनलाइनमा पनि ४०-५० करोडको कारोबार हुन थालेको छ । सोसल मिडिया फेसबुक, ट्विटर, युट्युब जो नेपालमा दर्ता छैनन्, तर कारोबार भएको छ । तर, नेपालमा दर्ता गराउन सरकार प्रयासरत छ । सोसल मिडियाको प्रतिनिधिहरू नेपालमा आएर दर्ता प्रक्रियामा विषयमा जानकारी लिएको पनि सुनिएको छ । त्यसैले निकट भविष्यमा दर्ता हुन्छ भनेर अपेक्षा गरौं । सोसियल मिडियामा भोलिका दिनमा गर्ने खर्च अझै बढ्छ । यदि उनीहरू दर्ता प्रक्रियामा आएनन् भने सरकार, नियामक निकाय र विज्ञापन बोर्डले अवश्य पनि नियमन गर्छ ।
नेपालमा विज्ञापनको ट्रेन्डचाहिँ कसरी अगाडि बढेको छ ?
हामी अहिले विकासको चरणमा छौँ, धेरै काम हुन बाँकी छ । ठूला–ठूला परियोजना, जलविद्युत्, उद्योगहरू खुल्न बाँकी छन् भने केही खुलेका पनि छन् । आउने पाँच वर्षमा नेपालको विज्ञापन तीन गुणाले बढ्छ । हिजोसम्म सरकारको अवस्था कमजोर थियो । सरकारसँग ब्ल्याकमेल गरेर खान सक्थे भने अब सरकारले विकासको गति राम्रो देखाउन सकेमा जनतालाई कांग्रेस कम्युनिस्टसँग सरोकार हुनेछैन । विकासका काम बढेमा स्वदेशी तथा विदेशी लगानी पनि आउँछ । यहीँका उद्योगपतिहरूले लगानी बढाउँछन् । यसले विज्ञापनलाई अवश्य पनि सकारात्मक प्रभाव पार्छ । विकास हुन स्थायी सरकार हुनुपर्छ । हिजोका दिनमा न्यून गुणस्तरको सामानलाई पनि गलत प्रचार गरेर सामान बेचेको अवस्था थियो भने अब बिस्तारै जनताले सचेत हुने क्रम बढेको छ । त्यसैले शासनसत्ताको प्रभाव विज्ञापन क्षेत्रमा पनि पर्छ ।
सरकार पनि ठूलो विज्ञापनदाता हो । संघीयतापछि सरकारी विज्ञापनको फ्लो पनि निकै बढेको छ । विज्ञापन बजार त बढ्नुपर्ने होइन ?
अहिलेसम्म विज्ञापन संघ पनि संघीयतामा गएको छैन । एक नम्बर प्रदेशमा संयोजक टुंगो लागिसकेको छ भने अरू प्रदेशमा पनि काम अगाडि बढेको छ । आगामी पुस मसान्तमा विधान संशोधनको प्रक्रियामा हामी गयौं भने सातै क्षेत्रमा संघको पनि कार्यालय रहन्छ । स्थानीय तहमा विज्ञापन गइसकेपछि केन्द्रमा बस्ने एजेन्सीको अवस्था झन् वृद्धि हुन्छ । राज्यले जहाँ राजधानी र केन्द्र छ त्यहाँबाट नै महत्वपूर्ण काम गर्ने हो । दोस्रो, जति पनि व्यावसायिक घराना छन् तिनले पनि केन्द्रमै धेरै विज्ञापन गर्छन् । पहुँच जहाँ बढी हुन्छ त्यहीँ नै विज्ञापन बढ्ने हो । राजधानीभित्र बस्ने विज्ञापन एजेन्सी आत्तिनुपर्ने अवस्था छैन । हिजोका दिनमा संकुचन भएर बसेका सरकारी निकाय, गाउँगाउँमा विकास हुन सकेको थिएन, अब छुट्टै बजेट पाउने हुँदा थप विकास हुन्छ । विकास र आर्थिक गतिविधि हुनु भनेको कुनै न कुनै रूपमा विज्ञापन क्षेत्रलाई फाइदा पुग्नु नै हो ।
सरकारी विज्ञापनको दररेट सबैभन्दा बढी राख्ने तर ८०-९० प्रतिशतसम्म डिस्काउन्टमा छाप्ने प्रवृत्ति देखिन्छ । यस्तो बेथितिको दोषी को ? संघले किन यस्ता गतिविधिलाई निरुत्साहित गर्न नसकेको ?
केही समूहले जानेर नै गर्ने गरेका छन् । सरकारले हामीलाई अधिकार नदिएसम्म हामीले नियमन गर्न मिल्दैन । हामी संगठित भएर केही राम्रा काम गर्न सक्छौं, त्यसको उदाहरण हो— कृति अवार्ड । विज्ञापन क्षेत्रको इतिहासमा कुनै पनि नियमन निकाय नभइकन विज्ञापन संघले गर्न सक्दैन । शतप्रतिशतसम्म छुट दिने कुरा मिडियाबीचको तालमेल नमिलेर हो । मिडियाले छुट दिन्छ त के भयो, एजेन्सी सञ्चालक त व्यापारी न हो । व्यापारीलाई जसले छुटमा दिन्छ उतै जाने हो, तर छुट दिने-नदिने भन्ने त मिडियाको काम हो । सरकारले लाइसेन्स दिएको छ, काम भइरहेको छ भने जसको दररेट मन पर्छ, एजेन्सीले त्यही रूपमा काम गर्छ । नियमन गर्ने काम सरकारको मात्रै हो । गल्ती मिडियाले गरेको छ । मिडियाले तपाईंलाई यति छुट दिन्छु भनेर बोलाउँछ भने एजेन्सी जानु कसरी गल्ती हुन्छ ? छुट लिन पाउनु त अधिकारको विषय नै हो । रेट धेरै राख्ने अनि ९० प्रतिशत छुट भन्ने ? नामको लागि मात्र प्रतिशत राख्न भएन । त्यसका लागि नै नियमन निकाय आवश्यक छ । मिडियाले नियमन निकाय आउला कि भनेर विरोध गर्नुको कारण पनि त्यही हो ।
अहिले विज्ञापनसम्बन्धी नयाँ विधेयकको धेरै चर्चा छ, यो विधेयकले गर्न गर्न खोजेको हो कि नियन्त्रण ? संघको धारणा के हो ?
विज्ञापन बोर्ड भन्ने व्यवस्था विधेयकमा छ, त्यो छुट्टै व्यवस्था हुन्छ । बोर्डको अध्यक्ष विज्ञापन क्षेत्रसँग सम्बन्धित विज्ञलाई राख्नुपर्छ भनेका छौँ । यसमा मिडिया सोसाइटी र संघ, सम्बन्धित मन्त्रालयका सहसचिव गरी ७ देखि ९ जनासम्मको कमिटी बनाउने भन्ने छ । विज्ञापन नियमन बोर्ड सूचना आयोगमै बस्ने भन्ने उल्लेख छ । विज्ञापन संघ पनि नियमन निकायमा छ । विज्ञापन क्षेत्रको बजार नियमन नियन्त्रण सरकारले नै गर्ने हो । सरोकारवाला व्यक्ति राख्न हामीले माग गरेका छौँ । नेपालका विज्ञापन संघले राखेको नियमनको विषय सयमा ९० प्रतिशत आएको छ । संघले विधेयकलाई स्वागत गर्छ । लागू गरियोस्, भनेर अनुरोध गरेको छ । विज्ञापनको विषयमा अहिलेसम्म नियमन गर्ने निकाय छैन । क्लिन फिड, डब एड, नियमन निकाय छिटो आउनुपर्छ ।
सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले केही समयअघि एउटा सूचना जारी गरेपछि नेपाली पत्रकारिता जगत्मा पछिल्लो समय चर्चाको विषय बनेको छ । विशेष गरी मिडिया उद्योग र व्यवस्थापनमा काम गर्ने व्यक्तिका लागि त टाउको दुखाइको विषय समेत बनेको छ । उक्त विषय हो— तलबी विवरणको । सूचना तथा प्रसारण विभागले पत्रकारहरूको न्यूनतम पारिश्रमिक व्यवहारिक रूपमा कार्यान्वयन नभएको भन्दै यसरी नयाँ नियमसहितको सूचना ल्याएको हो ।
जसअनुसार अब सबै मिडियामा काम गर्ने पत्रकार तथा कर्मचारीहरूले सूचना विभागको सेवा पाउन अनिवार्य रूपमा उक्त तलबी विवरण बुझाउनुपर्ने छ । यसको मतलब पहिलेको जस्तो कागजी नियुक्ति लिएर मात्र हुने छैन, अब तलब बुझेको बैंक प्रमाणित तलब विवरण नै बुझाउनुपर्नेछ, जसका कारण केही महिनादेखि सूचना विभागबाट नयाँ पत्रकार परिचयपत्र लिने, नवीकरण गर्ने र अनलाइन दर्ता नवीकरणको कामसमेत प्रभावित बनेको छ । तर, सरकारले लिएको यो नयाँ मापदण्ड व्यावहारिक छ त ? यसले पत्रकारितामाथि थप संकुचन पो ल्याउँछ कि भनेर विभिन्न तर्क र वितर्क पनि आएका छन् । अधिकांशको एकमत छ, यो मापदण्ड देशभरका मिडियाहरूका लागि वैज्ञानिक र व्यावहारिक छैन । सयौं कर्मचारी र अर्बको लगानी गरेका बिग मिडिया हाउस, मध्यम लगानीका तथा स्थानीय स्तरबाट सानो लगानी र स्वरोजगारमूलक मिडिया सञ्चालन गरिरहेका मिडिया सञ्चालकलाई एउटै डालोमा हालेर मापदण्ड बनाउनु नै अव्यावहारिक कदम हो, जसले गर्दा जनताको आवाज बनिरहेका र स्वरोजगारमूलक मिडियाहरू बन्द हुने, पत्रकारहरूले परिचयपत्र नपाउने अनि बिग मिडिया हाउसहरूकै हालीमुहाली हुने अवस्था नआउला भन्न सकिँदैन । तलबी विवरण बनाएर संस्था नवीकरण र परिचयपत्र लिने काम बिग मिडिया हाउसका लागि ठूलो चुनौतीको विषय होइन, तर मध्यम तथा साना मिडियाहरूका लागि निकै संकटको कुरा हो । जो जिल्लामा बसेर कुनै एउटा पत्रकार साप्ताहिक पत्रिका आफैं सम्पादन गर्छ, समाचार लेख्छ र वितरण गर्छ उसले तलबी विवरण कसरी बैंकबाट प्रमाणित गराएर सूचना विभागमा बुझाउन सक्छ । आफ्नो स्वरोजगारमूलक व्यवसायमा आफैं तलब कसरी पत्रकारले खान सक्छ । आफ्नो श्रीमान्, श्रीमती र छोराछोरी मिलेर पनि स्थानीय स्तरमा कुनै सानो मिडिया सञ्चालन गर्न सक्छन् अनि त्यसमा कसरी तलब खाने र दिने विषय बन्न सक्छ । यो नयाँ मापदण्ड साना र स्वरोजगारमूलक मिडियाहरूमाथिको ठूलो निराशा नै हो ।
त्यसकारण सरकारले करोडौं लगानी भएका र सयौं पत्रकारहरू कार्यरत मिडिया संस्थाका लागि र एक्लै वा दुई–तीन जना मिलेर स्वरोजगारमूलक तरिकाबाट स्थानीय स्तरमा सञ्चालित मिडियाहरूका लागि फरक–फरक मापदण्ड लागू गर्न आवश्यक छ, नत्र न्यूनतम पारिश्रमिक व्यावहारिक कार्यान्वयनको घुमाउरो जालले साना र स्वरोजगारमूलक मिडियाहरू बन्द हुन पुग्नेछन् । सरकार आफंैले सञ्चालन गरेका सरकारी मिडियाहरूले न्यूनतम पारिश्रमिक अझै पनि लागू नगरेको अवस्था एकातिर छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिमार्फत सिफारिस भएको पाँच वर्षसम्म स्ट्रिङ्गर बनेर काम गरेका पत्रकारहरूलाई स्थायी बनाउन समेत सिफारिस गरे पनि उक्त विषय राजपत्रमा प्रकाशन गर्न सरकार नै डरायो र छपाइका बेला उक्त बुँदा हटाएर बाँकी मात्र छापियो । सरकार आफैं सरकारी मिडियाहरूमा त्यसको कार्यान्वयन नगर्ने तर मध्यम, साना र स्वरोजगारमूलकलगायत अन्य मिडियाहरूमा होलसेलको मापदण्ड लागू गरिनु संरक्षक निकायबाटै तर्साएजस्तै हो । राज्यबाट प्रदान गरिने लोककल्याणकारी विज्ञापनसमेत लामो समयसम्म रोक्ने तर मिडिया हाउसलाई भने प्रत्येक महिना कर्मचारीलाई तलब बुझाएको विवरण पेस गर्नुपर्छ भन्ने निर्देशन आफंैमा विरोधभासपूर्ण छ ।
राज्य आफ्नो दायित्व बिर्संदै जाने र मिडिया उद्योगमा भने नयाँ–नयाँ नियम लगाएर समस्यामा पार्दै जाने हो भने ढिलोचाँडो ठूलो संख्यामा साना तथा स्वरोजगारमूलक मिडियाहरू बन्द हुने सम्भावना देखिन्छ, जसले गर्दा एकातिर संघीयताको विकाससँगै गाउँ–नगरमा विकास र समृद्धिको बाटो पहिल्याउन सञ्चालित मिडियाहरू बन्द भएसँगै स्थानीय समाचार र विचार पनि ओझेलमा पर्नेछन् भने अर्कातिर सरकारको भक्तिगान गाउने तथा सरकार संरक्षित मिडिया मात्र रहनेछन् । —मेगराज खड्का
काठमाडौँ — अभिव्यक्ति स्वतन्त्रताबारे अचेल उठेका बहस, विमर्श र आवाजहरूलाई पाँच वटा कोणबाट विश्लेषण गर्नुपर्ने देखिन्छ । एक, नेकपाको सरकारप्रति राजनीतिक विमति राख्ने दल, ती दलका भ्रातृ–भगिनी संगठन, बौद्धिक वर्ग र पत्रकारहरूबाट उठेका राजनीतिक आग्रह वा पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरू ।
दुई, नेकपाकै कार्यकर्ता तर शक्ति र पहुँचबाट पछि पारिएका वा गुटगत विभेदमा परेका वा राज्यको स्रोतसाधन र पहुँचबाट पाखा परेका/पारिएका विविध वर्ग, क्षेत्र र पेसा–व्यवसायका व्यक्तिहरूबाट उठेका आवाजहरू ।
तीन, आजसम्म बिनारोकटोक अभिव्यक्ति स्वतन्त्रताको आवरणमा छाडा, अश्लील र अनैतिक सामग्री प्रस्तुत गरेर वा त्यस्ता सामग्रीका माध्यमबाट दुनियाँसँंग बार्गेनिङ गरेर पत्रकारिता क्षेत्रकै बदनाम गर्ने कथित अनलाइन वा नामै नसुनिएका छापा माध्यम सञ्चालन गरी विज्ञापनका नाममा अर्थोपार्जन गर्दै आएका कथित पत्रकार वा व्यवसायीहरूबाट उठेका आवाजहरू ।
चार, साँच्चिकै मौलिक हक र नागरिक हक संकुचन हुने आशंका वा त्रासबाट स्वस्थ आलोचना गर्ने कोणबाट उठेका आवाजहरू । पाँच, यो राज्यसत्ताकै विरुद्धमा हतियार उठाएको चन्द समूहबाट सरकारी प्रतिबन्धका कारण उठेका आवाजहरू ।
उपर्युक्तमध्ये चौथो वर्गीकरणमा परेका वर्ग, समुदाय र क्षेत्रबाट उठेका आवाजहरूको गम्भीरता र औचित्यबारे गरिने बहस र विमर्शलाई सरकार र सत्तारूढ दलले गम्भीरतापूर्वक लिनुपर्छ । त्यो वर्ग, समुदायसँंग खुल्ला विमर्श पनि गर्नुपर्छ ।
अभिव्यक्ति स्वतन्त्रता यो संविधानको मात्र नभएर हाम्रो राजनीतिक व्यवस्थाकै आधारभूत चरित्र र नेकपा समेतले आफ्नो घोषणापक्र तथा नीति र कार्यत्रममा स्वीकार गरेको आधारभूत चरित्र भएकाले यसमा कुनै सर्त र बहानामा गरिने संकुचन यो संविधान र राज्य व्यवस्थाकै विरुद्धमा हुने तथ्य स्वयंसिद्ध छ ।
अभिव्यक्ति स्वतन्त्रताको सीमा
अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले अठारौं शताब्दीमा भनेका थिए, ‘मेरो स्वतन्त्रताको उपयोग त्यहाँसम्म मात्र सीमित छ, जहाँबाट तिम्रो स्वतन्त्रताको सुरुवात हुन्छ ।’ नागरिक स्वतन्त्रताका सन्दर्भमा आजसम्मकै कोशेढुंगा मानिने यो भनाइ प्रेस स्वतन्त्रताको मामिलामा समेत हुबहु लागू हुन्छ ।
अभिव्यक्ति स्वतन्त्रता वा प्रेस स्वतन्त्रता संसारमा कहीं पनि सीमारहित थिएन, छैन र हुँदैन भन्ने तथ्यमा थप बहसको आवश्यकता नहोला । यसका स्वतन्त्रताका सीमाहरूको स्वीकार्यता कसरी स्थापित गर्ने भन्नेमा विश्वका प्रजातान्त्रिक मुलुकहरूमा दुई प्रकारका कानुनी प्रबन्ध गरिएका हुन्छन्— विधायिकी कानुनद्वारा गरिएका र संविधानले नै स्थापित गरेका ।
विधायिकी कानुनद्वारा स्थापित प्रबन्धहरू सरकार वा संसदको स्वविवेकमा निर्धारित हुने हुनाले अभिव्यक्ति स्वतन्त्रताका लागि यी सदैव खतरापूर्ण मानिन्छन् । यही खतरालाई दृष्टिगत गरी, खास गरी सन् १९९० पछि बनेका लोकतान्त्रिक संविधानमा अभिव्यक्ति स्वतन्त्रताका सीमाहरू संविधानमै राख्ने प्रचलन सुरु भयो । यही प्रचलनलाई २०४७ देखि हालसम्मका सबै संविधानमा नेपालले पनि निरन्तरता दिएको छ ।
अर्थात्, नेपालमा अभिव्यक्ति स्वतन्त्रताको संकुचन सरकारले होइन, संसदले समेत गर्न सक्दैन, किनकि संविधानले नै यसका सीमाहरू लिपिबद्ध गरिसकेको छ । अभिव्यक्ति स्वतन्त्रताको सुरक्षाका लागि यो संवैधानिक प्रबन्ध नै काफी छ । नेपालको संविधानले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको स्पष्ट सीमा तोकिदिएको छ ।
संविधानअनुसार, नेपालको सार्वभौमिकता, अखण्डता र सामाजिक सद्भाव, अदालतको अपहेलना, राष्ट्रियता र स्वाधीनता, जातीय र साम्प्रदायिक सद्भाव, कुनै व्यक्तिका विरुद्धमा गरिने गाली–बेइज्जती तथा सार्वजनिक शिष्टाचार र नैतिकता विरुद्धका विषयहरू प्रेस र अभिव्यक्ति स्वतन्त्रताका स्थायीसीमा हुन् । यी सीमाको उल्लंघन गर्ने अधिकार सरकार, प्रेस र नागरिक कसैलाई पनि छैन ।
यसर्थ अन्य प्रजातान्त्रिक मुलुकमा झैं नेपालमा पनि प्रेस वा अभिव्यक्ति स्वतन्त्रता सीमारहित विषय होइन । त्यति मात्र नभई उक्त विषयहरूबारे सर्वोच्च अदालतले आजसम्म गरेका फैसला वा प्रतिपादित नजिर सिद्धान्तहरू पनि प्रेसकै पक्षमा भएकाले नेपालमा अभिव्यक्ति स्वतन्त्रता कसैले चाहेर पनि मासिन वा नासिन सक्ने सम्भावना देखिँदैन ।
आजको मूलप्रवृत्ति के हो ?
अभिव्यक्ति स्वतन्त्रताबारे बहसमा सर्वप्रथम सामाजिक सञ्जाल वा अन्य आम सञ्चार माध्यमबाट उपयोग भइरहेको अभिव्यक्ति स्वतन्त्रताको आजको मूल प्रवृत्ति के हो भनेर निष्कर्षमा पुग्नु जरुरी छ । त्यसपछि मात्र अन्य बहसमा प्रवेश गर्नु उचित हुन्छ ।
नेपाल आधुनिक प्रजातान्त्रिक युगमा प्रवेश गरेपछि २०१७ देखि २०४६ सम्म निरंकुश पञ्चायती व्यवस्थाका कारण पूर्ण रूपमा बन्दसमाजका रूपमा अभ्यासरत थियो । परिणामस्वरूप २०४६ को परिवर्तनपछि खुल्ला समाजमा हाम्रा लागि प्रेस वा अभिव्यक्ति स्वतन्त्रता अत्यावश्यक, प्रिय र आधारभूत विषय बन्नु बिलकुल स्वाभाविक थियो । यसर्थ अभिव्यक्ति स्वतन्त्रता बहुदलीय व्यवस्थाको आवागमनसंँगै करिब–करिब सीमारहित बन्यो ।
२०४७ को संविधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई अलग–अलग परिभाषित गरेर यसलाई अहरणीय विषयको रूपमा स्थापित गर्यो । जबकि प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताकै अभिन्न अंग रहेकामा कुनै शंका थिएन र छैन । त्यसपछि पनि राजा ज्ञानेन्द्रको शासनकालले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको महत्त्व र औचित्यलाई थप पुष्टि गरिदियो । यसकै अभिव्यक्ति थिए— अन्तरिम संविधान, २०६३ र हालको नेपालको संविधानमा गरिएका यस सम्बन्धी संवैधानिक प्रबन्धहरू ।
नेपालका आम सञ्चार माध्यम वा यहाँ निर्बाध रूपमा सञ्चालित सामाजिक सञ्जालहरूमा प्रकाशित–प्रसारित एक साताका समाचार वा वितरित सामग्रीको चिरफार गरेर तिनको सत्यता अनि स्वतन्त्रताको सीमाको परीक्षण गरियो भने सायद यसो पनि भन्न सकिएला— आम सञ्चारको माध्यमद्वारा नागरिक स्वतन्क्रताको सीमा अतित्रमण गर्ने देशहरूको सूचीमा नेपाल अग्रपंक्तिमा पर्छ ।
यो परिवेशमा अनलाइन वा छापा माध्यमबाट प्रयोग भइरहेको अझिव्यक्ति स्वतन्त्रताको आवरणमा वैयत्तिक स्वतन्क्रताको संकुचन वा अतित्रमण अहिलेको मूल प्रवृत्ति हो कि ? यसबारे गहन चिन्तन र बहस जरुरी देखिन्छ । हाम्रो देशमा आजका दिनमा अझिव्यक्ति स्वतन्त्रताको माग र नाराले वैयत्तिक स्वतन्क्रताको अतित्रमण भइरहेको तथ्य सायद कुनै उदाहरणबाट पुष्टि गरिनु आवश्यकै छैन ।
यो लगभग स्वयंसिद्ध तथ्य नै भइसकेको छ । आज नेपालमा अभिव्यक्ति स्वतन्त्रताको चिन्तालाई निरन्तर खबरदारी गर्दै अझिव्यक्ति स्वतन्त्रताको आवरणमा वैयत्तिक स्वतन्त्रतामा भइरहेको संकुचन वा अतिक्रमणबारे अझ संवेदनशील हुनु जरुरी देखिन्छ । अहिले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग वा अधिक प्रयोगको प्रवृत्तिचाहिँ हावी हुन खोजेको देखिन्छ । स्वस्थ संवैधानिक अभ्यास र सुसंस्कृति तथा समुन्नत समाजका लागि स्वतन्त्रताको अनुचित प्रयोग र संकुचन दुवै समान रूपमा हानिकारक छन् ।
अबको बहस र विमर्श अभिव्यक्ति स्वतन्त्रताको सीमा र संकुचन अनि उपयोग र दुरुपयोग दुवैतर्फ केन्द्रित हुनुपर्छ । नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता बीचको अन्तरसम्बन्ध र सीमा तथा अन्तरविरोध र सहकार्यबारे विशद विमर्श आजको आवश्यकताहो ।
अनलाइन वा सामाजिक सञ्जालका माध्यमबाट वितरण भइरहेका अधिकांश सामग्री वा प्रेस काउन्सिलमा केही प्रति बुझाएर विज्ञापनमा सरकारी सहुलियत प्राप्त गरिरहेका अधिकांश साप्ताहिक, पाक्षिक, मासिक र कतिपय दैनिक पत्रिका समेतले अभिव्यक्ति स्वतन्त्रता वा प्रेस स्वतन्त्रताको आवरणमा समाजलाई पथभ्रष्ट र अनैतिक बनाइरहेको सर्वविदितै छ । तिनको यस्तो कर्मलाई छुट दिइरहने हो भने यो संविधानले कल्पना गरेको सामाजिक सद्भाव र समुन्नत समाजको निर्माण गर्ने लक्ष्यमा पुग्न सकिँंदैन ।
अझिव्यक्ति स्वतन्त्रताको आवरणमा गरिने गैरसामाजिक, गैरराजनीतिक र अनैतिक त्रियाकलाप एवं नागरिकको चरित्र र गोपनीयतामाथि निर्बाध रूपमा भइरहेको आक्रमण र प्रहारलाई रोक्नु पनि सरकारको दायित्व हो । यसर्थ अभिव्यक्ति स्वतन्त्रतालाई निरपेक्ष होइन, सापेक्ष रूपमा बुझ्नु र प्रयोग गर्नु अत्यावश्यक छ, लोकतान्त्रिक चरित्र पनि यही हो ।
सञ्चार माध्यममा भइरहेको अराजक प्रवृत्तिको नियन्त्रणका आवरणमा राजनीतिक रूपमा फरक आस्था वा विचार राख्ने वा आलोचना गर्ने वा सरकारको विरोध गर्ने सञ्चार माध्यम वा विचारलाई नियन्त्रण गर्ने सोच राखेर तदनुकूल कानुनको निर्माण वा नीति बनाइयो भने आजको सरकारले बनाएको त्यस्तो नीतिको सिकार भोलि आफै हुनुपर्ने निश्चित छ ।
यी सबै विषयलाई आग्रह वा पूर्वाग्रहका आधारमा होइन, स्वस्थ संवैधानिक र राजनीतिक बहसको रूपमा अघि बढाउनुपर्छ । आजको प्रतिपक्ष भोलिको सत्तापक्ष पनि हो । यसर्थ सरकार र प्रतिपक्ष दुवैले आफ्नो भोलिको सम्भावित स्थानसमेत सुरक्षित नहुने गरी अभिव्यक्ति स्वतन्त्रताको नियन्त्रण वा दुरुपयोगको बहसमा अल्झनुभन्दा संवैधानिक सीमा दुवैको साझा विन्दु भएकाले यो सीमा अतिक्रमण नहुने गरी बहसलाई अघि बढाउनुपर्छ ।
प्रेसले पनि संवैधानिक सीमालाई अनदेखा गरेर एकोहोरो अधिकारको रट मात्र होइन, अधिकारको सीमाको पाठ पनि बुझ्नु जरुरी छ । प्रेस, राजनीतिक दल र प्रत्येक नागरिकले संवैधानिक सीमाभित्र मात्र अभिव्यक्ति स्वतन्त्रताको उपयोग हुनसक्छ भन्ने तथ्य बुझ्नु आवश्यक छ । प्रकाशित : वैशाख १३, २०७६ ०८:१५
KATHMANDU, April 24: The media fraternity in the country has grown wary of repeated ‘obstructions’ against the private sector press covering public events involving President Bidya Devi Bhandari.
In a continuation of similar instances in the past, journalists from private media houses were barred from covering the inauguration of the newly-built Nepal Army Headquarters building on Tuesday. Journalists from private media were denied entry to the venue when they reached HQ entrance.
Although the Nepal Army in a statement said they denied entry to all journalists due to “limited space ” , media rights activists have taken strong exception to this restrictive move . “I am wondering why such instances are repeated when it comes to public events involving the president. Even as the government has been saying publicly that there is no restriction on press freedom, these incidents show that the government is bent on curtailing press freedom,” argued former president of the Federation of Nepalese Journalists (FNJ) Suresh Acharya.
Journalists from state-owned media, however, were allowed to report the army HQ event. “The discrimination between private and state-owned media is both unreasonable and illogical. It reflects the attitude of the government towards the press. It threatens to eventually place our hard-won press freedom in jeopardy,” Acharya further said, while referring to various other attempts of the government to muzzle the press of late.
In similar instances in the past, officials at the President’s Office had willfully barred journalists from private media houses from covering the oath-taking ceremony for public officials. Only journalists from state media were allowed access.
Journalists from private media even staged a protest against such incidents, putting down their cameras in front of the President’s Office. Media rights advocates have termed the latest restrictive moves by the government an attempt to stifle the free flow of information and gag privately-owned media in different ways.
According to a separate press statement issued by the army’s Public Relations Directorate, President Bhandari inaugurated the seven-storey building that has a total of 430 rooms and 31 seminar halls. NA expects it to accommodate its various 47 offices including departments and directorates. Helicopters can land on the rooftop as needed.
Vice President Nanda Bahadur Pun, Prime Minister K P Sharma Oli, Speaker of the House of Representatives Krishna Bahadur Mahara, Chairman of National Assembly Ganesh Prasad Timsina, ministers, chiefs of provinces, secretaries, and former army chiefs, among others, were present on the occasion.
कानुनको विश्वव्यापी अवस्थाबारे क्यानडाली सेन्टर फर ल एन्ड डेमोक्रेसी नामक संस्थाले गरेको विश्व वरीयता क्रममा विश्वका १२३ वटा देशमा सूचनाको हकसम्बन्धी कानुन जारी भएका पाइएका छन् । कुल ६१ वटा सूचकांकका आधारमा मापन गरिएको १५० पूर्णाङ्कमा नेपालको कानुनले ११३ अंक प्राप्त गरी विश्वमा २२औं स्थानमा रहन पुगेको छ । २०७५ सालमा संघीय सरकारका २१ वटा मन्त्रालय र मातहत एवं सम्पर्कमा रहेका केन्द्रीयस्तरका निकायमा केन्द्रित आरटीआई अडिटमा १० वटा सूचकांक र चार÷चारवटा उपसूचक प्रयोग गरिएको छ । नेपाल सरकारका पूर्व सचिव, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र वरिष्ठ सञ्चारकर्मी एवं नागरिक समाजका अगुवाबाट गरिएको यस अडिटले सूचनाको हकको कार्यान्वयनकोे नतिजा मिश्रित देखिएको छ । कुल १०० पूर्णाङ्कमा शतप्रतिशत अंक हासिल गर्नेदेखि ५२ अंक हासिल गर्नेसम्मको मन्त्रालयको स्थिति देखिएको छ ।
नेपाल सरकारका २१ वटा मन्त्रालयले आरटिआई अडिटमा हासिल गरेको अंक र विज्ञले गरेको विश्लेषणका आधारमा यो आलेख तयार गरिएको छ । अडिटरले प्रयोग गरेका १० वटा सूचकांकमा पहिलो सूचक मन्त्रालयमा सूचना अधिकारी तोके÷नतोकेको, मातहत निकायमा तोक्न पहल गरे÷नगरेको, सूचना अधिकारीको फ्लेक्स बोर्ड सार्वजनिक गरे÷नगरेको र सूचना अधिकारी स्वयं उत्प्रेरित भए÷नभएको भन्ने छ । यसरी, १० वटा प्रश्नका आधारमा विज्ञहरूबाट अडिटको नतिजा तयार गरिएको छ । जसअनुसार पहिलो प्रश्नमा सबै २१ वटा मन्त्रालयले सूचना अधिकारी तोकेको पाइएको छ । तथापि १० पूर्णाङ्कमा ६ वटा मन्त्रालय भने शतप्रतिशत अंक हासिल गर्न असफल भएका छन् । यसर्थ, अडिटरले सूचना अधिकारी अझै पनि सरोकारवालाले सहज रूपमा पहिचान गर्न सक्ने स्थितिमा नरहेको जनाएका छन् ।
कानुनले सम्बन्धित मन्त्रालयको सचिवपछिको दोस्रो वा तेस्रो वरीयाताको सहसचिवलाई सूचना अधिकारी तोक्न निर्देश गरे पनि थुप्रै मन्त्रालयमा यसको पालना हुन सकिरहेको छैन । मुख्य जिम्मेवारी अरू नै हुने र ‘साइड जब’ जस्तो सूचना अधिकारी तोक्ने प्रचलन छ । कैयौं सूचना अधिकारी उत्कृष्ट हुँदाहुँदै पनि ती स्वयं नै सूचनाबाट वञ्चित छन् । कसैले केही गरौँ भनी अघि सरे पनि अन्य केही भने ‘हाकिम’ को आदेशबेगर ‘माखो’ नमार्ने अवस्थामा छन् ।
कैयौंले सूचना प्रवाहमा अनेक उपाय अवलम्बन गरे पनि कतिपय त नाम मात्रैका छन् । सरकारी मानसिकता सुशासन ऐनबमोजिम उच्च पदाधिकारीलाई प्रवक्ता र तल्लो पदाधिकारीलाई सूचना अधिकारी तोक्ने धारणाबाट ग्रस्त छ, जुन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ । मुलुकको सार्वभौमसत्ता सम्पन्न मालिकरूपी जनतालाई सूचना प्रवाह गर्ने सूचना अधिकारीको ओहदा महŒवपूर्ण छ भन्ने बुझाइ बन्न नसकुन्जेल लोकतन्त्रको प्राणवायुका रूपमा रहेको सूचनाको हकसम्बन्धी कानुनको हुबहु कार्यान्वयन हुन गाह्रो छ ।
सूचनाको हकको प्रचलनको अडिटको दोस्रो सूचकांकमा तीन–तीन महिनामा मन्त्रालयले स्वतःस्फूर्त रूपमा आफ्ना कामकारबाही सार्वजनिक गरी आमजनतालाई सुसूचित गरेका छन्÷छैनन् भन्ने छ । यसमा नियमित रूपमा स्वतः प्रकाशन हुने गरे÷नगरेको, मातहत निकायलाई उत्प्रेरित गरे÷नगरेको र यस्तो विवरण मन्त्रालयको वेबसाइटमा राखे÷नराखेको मापन गरिएको छ । यसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वतः प्रकाशन नगरेको पाइएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन मन्त्रालयको अवस्था पनि सन्तोषजनक पाइएको छैन । अडिटरहरूले केवल १० वटा मन्त्रालयलाई मात्रै पूर्णाङ्क दिएका छन् । केही मन्त्रालयले गोष्ठीको फोटो वेबसाइटमा राख्न भ्याउने तर तीन÷तीन महिनाको कार्यसम्पादन वेबसाइटमा राख्न नभ्याउने पाइएको छ । अधिकांशको अवस्था चार÷चार महिनामा प्रगति विवरण तयार गर्ने गरेको पाइएको छ ।
राष्ट्रिय सूचना आयोगले पनि सूचनाको कानुनमा संशोधन गरी तीन÷तीन महिनाको स्वतः प्रकाशनलाई मासिक वा द्विमासिक वा चौमासिक रूपमा गर्न सुझाएको छ । यसैगरी, आयोगले सरकारी निकायलाई यस्तो विवरण प्रकाशनलाई नियमितता दिन ध्यानाकर्षण गरिरहेको छ । साथै आयोगले स्वतः प्रकाशन नगर्ने निकायको बजेट रोक्का गर्न वा तत् पदाधिकारीको कार्यसम्पादनको अंक घटाउन समेत सरकारलाई आग्रह गरिआएको छ । यथार्थमा सरकारले आफूले गरेका काम कारबाहीलाई सार्वजनिक गर्नुलाई ‘एडमिनिस्ट्रेटिभ मार्केटिङ’ भनिन्छ । सरकारको लोकप्रियता र विश्वसनीयता वा आलोचकलाई दिने जवाफ नै नियमित स्वतः प्रकाशन हो ।
आयोगबाट गरिएको अडिटको तेस्रो सूचकांकमा सूचना माग र प्रवाहको छुट्टै दर्ता किताब, अभिलेख र फाइल खडा गरे÷नगरेको मूल्याकंन गरिएको छ । यसमा विज्ञहरूले स्थिति सन्तोषजनक रहेको निष्कर्ष निकालेका छन् । तथापि मन्त्रिपरिषद्बाट गठित अनुगमन समिति र कार्यान्वयन समितिले बर्सेनि कतिवटा सूचना माग भयो र कतिवटा सूचना प्रवाह भयो भन्ने तथ्यांक आजसम्म सार्वजनिक गर्न सकेका छैनन् । विश्वव्यापी अनुभवलाई नियाल्दा यस्ता तथ्यांक बर्सेनि सार्वजनिक हुने गरेको छ ।
यस अडिटको चौथो सूचकांकमा सूचना अधिकारी वा सूचना शाखा÷महाशाखाले मन्त्रालय र मातहत सूचनाको हकको क्षेत्रमा भइरहेका गतिविधिलाई एकीकृत गर्ने, निर्देशन गर्ने, मन्त्रालय र मातहतमा परेको सूचना माग र प्रवाहको तथ्यांक राख्न पहल गरे÷नगरेको मूल्याकंन गरिएको छ । यसमा अडिटरहरूले आंशिक प्रतिबद्धता व्यक्त गर्ने मन्त्रालयको संख्या चार र पूर्ण प्रतिबद्धता जनाउने मन्त्रालयको संख्या १७ रहेको पहिचान गरेका छन् । साथै विज्ञले सूचना अधिकारी, कार्यालय प्रमुख र समग्र कर्मचारीतन्त्रको नागरिकको सूचनाको हकप्रति सकारात्मक सोच विकसित हुनुपर्ने र जनता पनि आफ्नो हकको अनुभूति गर्न अग्रसर हुनुपर्ने निष्कर्ष निकालेका छन् । नेपालमा यथार्थमा सूचना अधिकारी तोकिए पनि तालुक मन्त्रालयहरूले सूचना अधिकारीको भेला गराउने, तालिम दिने, तिनको कामको समीक्षा गर्ने, तिनको कामलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गर्नेजस्ता काममा स्वफूर्त रूपमा उत्साह देखाएको पाइँदैन । अपवादस्वरूप केही मन्त्रालयले भने यसको अभ्यास आरम्भ गरेका छन् ।
सूचनाको हक अडिटमा मन्त्रालयले प्राप्त गरेका अंक
क्र. सं. मन्त्रालयहरूको नाम प्राप्तांक
१ अर्थ मन्त्रालय १००
२ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय ९४
३ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ९४
४ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ९२
५ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ९२
६ खानेपानी मन्त्रालय ९०
७ वन तथा वातावरण मन्त्रालय ९०
८ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ९०
९ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय ८९
१० युवा तथा खेलकुद मन्त्रालय ८९
११ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ८९
१२ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ८७
१३ गृह मन्त्रालय ८६
१४ रक्षा मन्त्रालय ८५
१५ परराष्ट्र मन्त्रालय ८५
१६ सहरी विकास मन्त्रालय ८४
१७ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ८२
१८ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ७५
१९ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ६०
२० महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ५९
२१ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ५२
आरटीआई अडिटको पाँचौं सूचकांक सूचना अधिकारीको बोर्ड राखे÷नराखेको, सूचना शाखा÷महाशाखाको पहिचान हुने व्यवस्था गरे÷नगरेको, सूचनाको हक झल्किने कुनै सन्देशमूलक होर्डिङ बोर्ड टाँसे÷नटाँसेको मूल्यांकन गरिएको छ । यसमा अडिटरहरूले स्थिति सन्तोषजनक रहेको मूल्यांकन गरेका छन् । यसको अर्थ सूचना माग गर्न उत्सुक सेवाग्राही जनताका लागि सूचना अधिकारी नै पहिचान गर्न समय लाग्ने स्थिति भने देखिन्न । प्रायः सबै निकायका वेबसाइटमा पनि सूचना अधिकारीको विवरण राखिएको छ । पछिल्ला दिनमा प्रवक्तासरह नै सूचना अधिकारीले सार्वजनिक सरोकारका सूचनासमेत प्रवाह गर्न थालेको सुखद स्थिति छ ।
यसैगरी, यस अडिटको छैटौं सूचकांकमा मन्त्रालयको वेबसाइटमा सूचना अधिकारीको विवरण र स्वतः प्रकाशन राखे÷नराखेको मूल्याकंन गरिएको छ । यथार्थमा सबै सरकारी निकायको वेबसाइट निर्माण भए पनि यसलाई चुस्त र दुरुस्त तुल्याउनेतर्फ सबैको ध्यान गएको देखिन्न ।
सूचनाको हक कार्यान्वयनको परीक्षणको सातौं सूचकांकमा मन्त्रालयको वेबसाइट दुरुस्त भए÷नभएको, प्रेस विज्ञप्ति राखे÷नराखेको, नागरिकलाई आवश्यक सूचना प्रवाह गरे÷नगरेको मूल्यांकन गरिएको छ । यसमा अडिटरहरूले वेबसाइटकै प्रचार गर्नुपर्ने, वेबसाइट आकर्षक अर्थात् हेर्न, पढ्न मन लाग्ने हुनुपर्ने, ताजा सूचनाहरू हुनुपर्ने, समय गुज्रिएका सूचना हटाउनुपर्ने, नेपाली भाषाको प्रयोग बढाउनुपर्ने जस्ता सुझाव दिएका छन् ।
यसैगरी, अडिटको आठौं सूचकांक सूचना प्रवाहमा मन्त्रालय अग्रसर भए÷नभएको, उजुरी पेटिका भए÷नभएको, गुनासो व्यवस्थापन गरे÷नगरेको लगायतको समष्टिगत मूल्यांकन गरिएको छ । यसमा अडिटरहरूले सक्रियतापूर्वक सूचना प्रवाह गर्दा सुशासन अभिवृद्धि हुने, सूचना प्रवाहले सेवाग्राही जनतामा उत्साह पैदा गर्ने र मिट द प्रेस वा पब्लिक हेयरिङजस्ता कार्यक्रमले सरकार जनतामा पुग्नेतर्फ ध्यानाकर्षण गराएका छन् । जनताबाट निर्वाचित सरकारका यी अनिवार्य शर्त हुन्, जसको पालना गर्नैपर्ने हुन्छ । आरटीआई अडिटको नवौं सूचकांकमा सूचनाको हकको तालिम, अन्तक्र्रिया, छलफल वा स्वतः अग्रसर भई कुनै काम गरे÷नगरेको र गर्न चासो वा प्रबिद्धता भए÷नभएको सम्बन्धमा समष्टिगत विश्लेषण गरिएको छ । यसमा अडिटरहरूले सूचनाको उत्पादन, भण्डारण, प्रशोधन र प्रकाशनमा पदाधिकारीहरू जानकारयुक्त हुनुपर्ने सुझाएका छन् । यसर्थ सूचनाको हकको प्रभावकारी प्रचलनका लागि नियमित तालिमको आवश्यकताबोध गरिएको छ ।
अडिटको अन्तिम तथा १०औं सूचकांकमा सूचनाको हकसम्बन्धी ऐनले सार्वजनिक निकायको दायित्व तोकेको छ । जसअनुसार सूचनाको हकको सम्मान गर्नुपर्ने, सूचना वर्गीकरण गर्नुपर्ने, विभिन्न राष्ट्रिय भाषामा आफ्ना सामग्री प्रचार–प्रसार गर्नुपर्ने, आमसञ्चार माध्यमको उपयोग गर्नुपर्नेलगायतका पक्षमा समष्टिगत मूल्यांकन गरिएको छ । अडिटरले स्थितिमा सुधार आएको संकेत गरेका छन् । क्रमशः नेपाली समाज, शासन र प्रशासन पारदर्शितातर्फ उन्मुख हुँदै गएको संकेत अध्ययनले दिएको छ ।
अन्त्यमा, विज्ञहरूद्वारा गरिएको यस आरटीआई अडिटको नतिजापछि राष्ट्रिय सूचना आयोगले पनि आफ्ना सुझाव प्रस्तुत गरेको छ । जसमा सूचना माग गर्दा प्रयोजन÷कारण खुलाउनुपर्ने प्रावधान हटाउनुपर्छ भनिएको छ । यसैगरी, इमेलबाट पनि नागरिकले सूचना माग्ने र पाउने प्रबन्ध कानुनमै गर्नुपर्छ । आयोगका पदधिकारीको नियुक्ति प्रक्रियामा विपक्षी दलका नेतालाई पनि संलग्न गराइनुपर्छ र पदाधिकारीहरूले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्छ । सूचनाको वर्गीकरण तीन महिनाभित्र गर्नुपर्ने गरी कानुनमा समय सीमा तोक्नुपर्छ । सातैवटा प्रदेशमा प्रादेशिक सूचना आयोग गठन गर्नुपर्छ । सूचनाको हकको दायराभित्र गैरसरकारी र निजी क्षेत्र पनि समेटिनेगरी कानुनमा अतिरिक्त प्रस्टता ल्याउन जरुरी छ । सूचना माग्ने र पाउने कार्यविधि सरलीकरण गरिनुपर्र्छ । साथै सूचना दिने मुख्य पदाधिकारी सूचना अधिकारी भएकाले तिनलाई उत्प्रेरित गर्ने प्याकेज घोषणा गर्नुपर्छ । यति गर्न सकिएमा लोकतन्त्रको प्राणवायुका रूपमा रहेको सूचनाको हकको प्रयोगले आमनागरिकलाई लोकतन्त्रको अनुभूति गराउन सक्छ ।
तपाईँ–हामी र हामीलाई पछ्याइरहेको नयाँ पुस्तासबैले आफूलाई ‘कस्मोपोलिस’, ‘ग्लोबल–सिटी’, ‘ग्लोबल–भिलेज’ का बासिन्दा हौँ भन्ने दाबी गर्दै आएका छौँँ। यसको अर्थ– हामी कोहीटाढा छैनौँ, चाहेको खण्डमाकसैबारेबेखबर हुदैनौँ भन्ने लाग्ला। हुन पनि योपृथ्वीका आधाभन्दा बढी मानिस ‘अन्तरसञ्जाल’ अर्थात्‘इन्टरनेट’सँग आबद्धछन्। केही वर्ष अघिसम्म एकोहोरो सञ्चार गर्ने बाह्य वा आन्तरिक सूचना स्रोत हुने गर्थे जस्तोः रेडियो, टेलिभिजन, अखबार आदि। केही दशकयता अधिकतरमानिसगुगल,याहु, हटमेल,वि–च्याट,फेसबुक, ट्विटर, इस्टाग्राम र युट्युबसँग जोडिन पुगेका छन्। यी माध्यममार्फत मानिस आफ्ना आचार–विचार, तस्बिर, कार्यक्रम,भिडियो,निमन्त्रणा, प्रेम तथा समय कार्यतालिका एकअर्कालाई सम्प्रेषण गर्छन्।
केही वर्ष अघिसम्म असम्भवजस्ता लाग्ने यी क्रियाकलाप अहिले अचम्म लाग्नेगरी सम्भव भएका छन्। सञ्चारका यी नयाँ माध्यमले सूचना सम्प्रेषण गर्ने विधि र प्रक्रियामा परिवर्तन ल्याइदिएका छन्।तर यो सुुविधासँगै चुनौती पनि थपिएका छन्। सूचना र सञ्चारको दुरूपयोगले ठूल्ठूला समस्या खडा गरेका छन्। जस्तोःअपहरण,चन्दा, फिरौती, डकैती, आगजनी, बलात्कार,हत्याका धम्की दिने तथा यस्ता अपराध गर्ने। त्यसैले सूचनाकाआधुनिक माध्यमका कारण आजको विश्व जति सुगम र सहजबनेकोछ त्यति नै जटिल र खतरनाक पनि हुँदै छ।यस्ता अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न राज्य (सरकार)लाई थप चुनौती खडा भएकोछ।
तरजब प्रेस स्वतन्त्रता तथा सुशासनको दुहाइ दिने र दिइरहेका तथा उदार प्रजातन्त्रको लामो अभ्यास गरेको दाबी गर्ने मुलुकहरूसुचना लुकाउन, बंग्याउन तथा खोज–अनुसन्धान गरी सही सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीलाई दण्डित गर्न थाल्छन् तब खुला बहस रस्वतन्त्र सूचना प्रवाह कुण्ठित हुन्छन्, साँच्चै भन्ने हो भनेलोकतन्त्रको हत्या हुन पुग्छ। यो आलेखमा अमेरिकामा सपुर्दगी(डिपोर्ट) गर्न भनेर इक्वेडरस्थितराजदूतावासबाट बेलायत सरकारले कब्जामा लिएका पत्रकार जुलियन असान्ज तथा उनीसँग जोडिएका पात्रहरूले पत्रकारिता क्षेत्रमा निर्वाह गरेकाभूमिका, भोगाइ तथा सञ्चार सम्बन्धमा उदारवादी र कथित दक्षिणपन्थी पपुलिस्टहरूको सोच र व्यवहारमाथि प्रकाश पार्ने कोसिस गरिएको छ।
अमेरिका र तेल उत्पादक
विषय, इराकी तानाशाह सद्दामहुसेनको सत्ता पल्टाउने विषयसँग सम्बन्धित छ। सन् २००१ मा न्युयोर्कको ट्विन टावर विस्फोटनपछि तत्कालीन रिपब्लिकन पार्टीका अमेरिकी राष्ट्रपति जुनियर जर्ज डब्लु बुसले मुस्लिम राष्ट्रहरूलाई प्रत्यक्ष पाठ पढाउने सोच बनाए। पहिलो नम्बरमा प-यो– इराक। तत्कालीन इराक, इरान र साउदी अरबबीच क्षेत्रीय शक्ति को हुने भन्ने नजानिँदो प्रतिस्पर्धा थियो। खनिज तेलले भरिभराउ यी मुलुकबीच अन्तरविरोध खडा गरेर अमेरिका, बेलायत तथा युरोपजस्तापुँजीवादी मुलुकका बहुराष्ट्रिय कम्पनीहरूले लाभ लिइरहेका थिए। तर इरानी क्रान्तिमार्फत अमेरिका पक्षधर शाह रेजा पहलवीको शासनसत्ता ढलेपछिअमेरिका–इरान सम्बन्ध बिग्रियो। क्रान्तिको प्रभाव पश्चिम एसिया र उत्तर अफ्रिकामा नपरोस् भनेर साउदीअरबर अमेरिकाको सहयोगमा सद्दाम हुसेन इरानसँग युद्धै गर्न पुगे। आठ वर्ष लामो लडाइँ थामिएपछि इराकले पश्चिम एसिया तथा उत्तर अफ्रिका भूमध्य सागर तटीय राष्ट्रहरूबीचआफूलाई शक्तिशाली शक्ति ठान्न थाल्यो। र, केही समयपछि आक्रमण गरी सीमा जोडिएको कुवेतकब्जामा लियो। योसाउदीअरबका राजघरानालाई पच्ने कुरै भएन। यसपछि अमेरिका, इजरायल र साउदी अरबबीचकोगोप्य साँठगाँठमा इराकलाई तह लगाउने निष्कर्ष निकालियो।
सिनियर जर्ज डब्लु बुसअमेरिकी नेतृत्वको नाटो गठबन्धनले इराकमा आक्रमण गरी कुवेत पुनस्र्थापनाग¥यो र अमेरिकी–युरोपेली गठबन्धनले इराकविरुद्ध आर्थिक प्रतिबन्ध लगाइदियो। सद्दाम हुसेनको इराक एक्लियो। तर बहुराष्ट्रिय कम्पनीहरूका आँखा इराकको विशाल तेल तथा ग्यास भण्डारमा थियो। जसको लाभ लिन हुसेनको पतनबेगर सम्भव थिएन। सन् २००३ अगाडि इराकमाविश्व ध्वस्त पार्ने हतियार भण्डारण (वैपन अफ मास डिस्ट्रक्सन) रहेको प्रचार गरियो। कर्पोरेट मिडियाले ‘क्षेत्रीय मुलकहरूलाई इराकद्वारा आक्रमणको खतरा’ रहेको हुँदा ‘दण्डित गर्न लायक’ समाचार संसारभर फिँजाएपछि आ–आफ्ना मुलुकका संसदलाई समेत अन्धकारमा राखेर इराकविरुद्ध संगठितहमला गरियो र सद्दाम अपदस्थ भए। तर सद्दामको सत्ताविरुद्ध वैपन अफ मास डिस्ट्रक्सन (डब्लुएमडी)तथा ‘छिमेकमा आक्रमण’ का जे जति आरोप फैलाइएका थिए ती मात्र इराक आक्रमण गर्ने योजनाअनुरूप बुनिएका षडयन्त्र थिए भन्ने खुलासा भयो (न्युयोर्क टाइम्समा६ जुलाई, २०१६ मा प्रकाशित स्टेभन एरलंगर तथा डभिड सेन्डरद्वारा लिखित ‘चिलकोट रिपोर्ट अन इराक वार अफर्स डिभास्टेटिङ क्रिटिक अफ टोनी ब्लेयर’)।तर सद्दामसँगै इराकको कथाटुंगिएन। सुन्नी, सिया र कुर्द समुदायको सामूहिकथलोइराकमाराजनीतिक, सामाजिक तथा सांस्कृतिक सद्भाव र सन्तुलन कायम गर्नु कठिन काम थियो।त्यसमाथि अमेरिका तथानाटो गठबन्धनको आक्रमणविरुद्ध संगठित प्रतिरोध हुनु पनि अस्वाभाविक थिएन। सद्दामपछिको इराकमा गृहयुद्धको ठूलो सम्भावना थियो र यो नियन्त्रणका नाममा अमेरिका र उसकागठबन्धन राष्ट्रका सेना, आफ्नो राजनीतिक वर्चस्व कायम नहुन्जेल परिचालन हुनु पनि अनौठो थिएन।
चेल्सी म्यानिङको ‘ह्विसलब्लइङ’
इराक युद्धकासमय युएस आर्मी अफिसर थिइन् चेल्सी म्यानिङ। सद्दाम अपदस्थ भएपछि उनलाई इराक खटाइयो। जहाँ उनका आँखाअगाडि अमेरिकी गठबन्धन सेनाले सयौँ यस्ता दर्दनाक घटना गराए जुन सैनिक आचरण र मानवताविपरीत थिए। तर नागरिकविरुद्ध भइरहेका यस्ता बर्बर तथा अमानवीय आक्रमणका सत्यतथ्य लुकाइन्थे र झूटा समाचार सम्प्रेषण गरिन्थे। सत्य सूचना फेडरल फ्रिडम अफ इन्फर्मल एक्ट (एफओआइए) अन्तर्गत प्राप्त गर्ने प्रावधानअमेरिकी कानुनमा नभएको भने होइन तर म्यानिङको सहयोगमा विकिलिक्सले प्रकाशमा नल्याउन्जेल सद्दामपछिको इराक र गठबन्धन हस्तक्षेपपछिको आफगानिस्तानबारे संसार अनभिज्ञ थियो।
पछि म्यानिङको पोस्टिङसैनिक मुख्यालय ‘पेन्टागन’ मा भयो। जहाँ उनलाई इराक र अफगानद्वन्द्वमा भइरहेकानागरिक हत्या, छानबिनका नाममा थानामा गरिने ज्यादती, ठेकेदारमार्फत भाडाका सैन्य (जसलाई मर्सिनरी भनिन्छ जुनअन्तर्राष्ट्रिय स्तरमै गैरकानुनी मानिन्छ) प्रयोग गरी नागरिकको कत्लेआम, अफगानी तालिवानलाई पु¥याइएको ‘भित्री सहयोग’ आदिबारे रिपोर्टहरूदस्तावेजीकरण र व्यवस्थित गर्ने जिम्मेवारी मिल्यो। कतिपय घटनाको त उनी आफैँ साक्षी भइन्। उनले मानवताविरोधी सबै हर्कतखुलासा गर्ने संकल्प लिइन् र भएभरका सूचना विकिलिक्सको केबलबक्समा जम्मा गरिदिइन्। तीमध्ये१२ जुलाई, २००७ मा अमेरिकी अवाचे हेलिकोप्टरबाट बग्दादमा गरिएको एयर–स्ट्राइक, मानवताविरुद्ध सबैभन्दा डरलाग्दो प्रमाण ठह¥याइयो। जसलाई विकिलिक्सले ‘कोल्याटरल मर्डर’ शीर्षकमा सार्वजनिक ग¥यो। उक्त घटनामा मारिएका १२ जनामध्येसमाचार संस्था ‘रोयटर्स’ का दुई संवाददाता पनि थिए जसलाई ‘मुठभेडमा मारिएका विद्रोही’ भनिएको थियो। मृतकमा दुईसाना बच्चा पनि थिए।
म्यानिङले ‘विकिलिक्स’ अनलाइन केबलमा युद्ध योजना वा रणनीतिबारे सरकार र सेनापक्षीय महत्वपूर्ण छलफलको रेकर्ड (युएस वारलग्स) तथा कूटनीतिक संवादसम्बन्धी सूचना सञ्जाल (डिप्लोमेटिक केबल) मा राखेकी थिइन्। म्यानिङ वास्तवमा अमेरिकी पराष्ट्रनीति तथा पेन्टागनमार्फत गरिएका युद्धअपराधबारे अमेरिकी सैन्य मुख्यालय पेन्टागनले नै जम्मा पारेका दस्तावेज र तिनमा संकलित नग्न–सत्य (न्याकेड–ट्रुथ) सारा संसारले थाहा पाउन् रसाम्राज्यवादके हो, यो कसरी टिकेकोछ र टिक्ने प्रयत्न गरिरहेको छ भन्ने उजागर गर्नचाहन्थिन्। यस्तो सूचनाप्रवाह गर्ने कामलाई ह्विसलब्लइङभनिन्छ भने यो काम गर्ने व्यक्तिलाई ‘ह्विसल–ब्लवर’ भनिन्छ। यस्तो सत्यकथा बाहिर ल्याउन ठूलो हिम्मत र साहस चाहिन्छ। जुनप्रमाणित भए जासुसी अभियोगमा अमेरिकी जासुसी ऐनअनुसार आजीवनजेल सजाय हुन्छ। हाल म्यानिङलाई २० वर्ष सजाय माग गरिएको छ। उनी न पहिलो ‘ह्विसल–ब्लवर्स’ हुन् न त अन्तिम नै। उनको यो घटना सार्वजनिक भएपछि संसारमाआफ्नो ज्यानदाउमा राखेर ह्विसल–ब्लवर्सहरू निस्किएकाछन्।
सन् २०११ मा खासगरी ट्युनिसिया विद्रोहको आगो उत्तर अफ्रिाकाका अन्य मुलुक हुँदै पश्चिम एसियाली मुलुकमा पनि फैलियो। जसलाई ‘अरब–स्प्रिङ’भन्ने गरिन्छ। आन्दोलन आफ्नो पक्षमा पार्न धनाढ्य मुलुकले आन्दोलनकसरी ‘बंग्याउछन्’, कसरी स्थानीय नेताहरूसँग ‘अँध्यारोमा व्यवहार गर्छन्’ रकसरी मूलमुद्दारूलाई पाखापार्दै लान्छन् र प्रतिक्रान्ति गराउन सफल हुन्छन् भन्ने रहस्यसंसारले थाहा पायो। अफगानिस्तान हस्तक्षेपका लागि कसरी ‘अलकायदा’ अस्तित्वमा ल्याइयो भन्ने सिआइएको पुरानो कथा पनि बाहिर आयोे। तर इराक र सिरियामा हस्तक्षेप गर्न साउदी अरब र कतारले फूलपारेको ‘आइएसआइएस’ अन्डालाई तत्कालीन बाराक ओबामा सरकारको विदेशमन्त्री रहेकी लिबरल डेमोक्र्याट महामहिम हिलारी क्लिन्टनले ओथारादिइन् र ‘आइएसआइएस आतंककारी’ का चल्ला कोरलिन्।सिरिया र इराकमा ती कसरी फैलिए भन्ने उजागर भयो। अरब स्प्रिङअघि लिबियाली तानाशाहबाट फ्रान्सका तत्कालीन शासक निकोलास सार्कोजी र बेलायती शैक्षिक संस्थाहरूले करोडौँ डलर लिएका थिए। पछि यी सबैको मिलेमतो र षडयन्त्र तथा हिलारीको अगुवाइमा गद्दाफीको शासनसत्ता पल्टियो, उनी मारिए र लिबिया आज पर्यन्त गृहयुद्ध खेपिरहेको छ। हिलारीकै नेतृत्वमा सिरियामासशस्त्र विपक्षी खडा भयो र गृहयुद्ध भयो।
दसौँ लाख सिरियाली मारिए, लाखौँ नागरिक आज पनि देश बाहिर शरणार्थी जीवन जिउन बाध्य छन्। लाखौँ समुद्रमा डुबे।मध्यम आय भएको सुन्दरदेश सिरिया अझै युद्ध रापमा छ। सिरिया कब्जापछि इरान हुँदै अझै पनि रसियाली प्रभावमा रहेको सेन्ट्रल एसियाली खजानासम्म पुग्ने ‘हिलारी चाहना’ त्यही विकिलिक्सले पर्दाफास गरेको थियो।सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हिलारी पराजित हुनुपछाडि विकिलिक्सको खुलासा पनि एक कारण थियो भनेर आकलन गरिएकोछ।
यही सत्य उजागर गरेबापतचेल्सी एलिजावेथ म्यानिङलाई ३५ वर्ष जेल सजाय सुनाइएको थियो। उनले ७ वर्ष अन्य मानिसका साथमा र २ वर्ष एकान्त गरी ९ वर्ष जेल जीवन बिताइसकेकी थिइन्। १७ जनवरी, २०१७ का दिन राष्ट्रपति बाराक ओबामाले बाँकी सजाय मिनाहा गरेपछि उनी जेलमुक्त भएकी थिइन्। तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि मुद्दा उल्टाए र अन्तर्राष्ट्रिय महिला दिवस अर्थात् ८ मार्चका दिन उनलाई पुनः हिरासतमा लिइयो। अहिले उनी हिरासतमै दिन बिताइरहेकीछन्।
विकिलिक्स, असान्ज र ऐक्यबद्धता
विकिलिक्स ‘डिजिटल मेलबक्स’का रूपमा स्थापना गरिएको थियो जहाँआम जनताका पक्षमा ह्विसल–ब्लवर्सहरूले सार्वजनिकसूचना जम्मा गर्ने गर्छन्।म्यानिङद्वारासंकलित, संयुक्त राज्य अमेरिकाले इराक र अफगानिस्तानमा गरेका ‘युद्ध–अपराध’ का सूचना जुलियन असान्जनेतृत्वको विकिलिक्सले सन् २०१० मा पहिलोपटक सार्वजनिक ग¥यो। सन् २०१६ को राष्ट्रपतीय चुनाव प्रचारका बेला डेमोक्रेटिकनेसनल कमिटीसँग भएको हिलारी–पत्राचार (इमेल) पनि यसले बाहिर ल्यायो। अनि निर्वाचनको अन्तिम महिना हिलारीका प्रमुख क्याम्पियन म्यानेजर जोन पोदेस्ताका इमेलहरूको भेद पनि यसले खोलिदियो। कसले के सूचना विकिलिक्सको मेलबक्समा चुहाउँछ (लिक), कसैले पनि नियन्त्रण गर्न सक्तैन, यसमा जडान गरिएको विशेष प्रविधिका कारण।
विकिलिक्सका संस्थापक जुलियन असान्ज सन् २०१२ देखि लन्डनकोइक्वेडर दूतावासमा शरण लिइरहेका थिए। इक्वेडरका वर्तमान राष्ट्रपति लेनिन मोरेनोले असान्जविरुद्ध ‘अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको’ आरोप लगाएर त्यहाँबाट निकाल्ने सूचना जारी गरेपछि यही अप्रिल ११ का दिन उनलाई बेलायती प्रहरीले हिरासतमा लिएकोछ। मोरेनोेअघि राफेल कोरिया (२००७–१७) राष्ट्रपति थिए। युएस वार–क्राइम बाहिर ल्याएबापत अमेरिकामा सपुर्दगी हुनबाट बचाउने वचनसहित उनलाई शरण दिइएको थियो। असान्जलाई सुपर्दगीको तरबार तेस्र्याएको यो समयमा दूतावासबाट निकाल्ने निर्णय किन लिए इक्वेडरका राष्ट्रपतिले ?किन ‘अन्तर्राष्ट्रिय बेइमान’ को पगरी गुथ्न तयार भए भन्ने प्रश्नको उत्तर पनि भेटिएकोछ।
‘रसियागेट’ अर्थात् चुनावमा धााँधली गरेको आरोपबारे छानबिन गरिरहेका रोबर्ट एस मुलरको ४सय पृष्ठ लामो प्रतिवेदन केही महिनापछि सार्वजनिक हुँदैछ र त्यो रिपोर्टले आफूविरुद्ध कुनै अप्ठेरो परिस्थिति उत्पन्न हुनसक्छ भन्ने भय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनको समूहलाई भइरहेको थियो। त्यसबाट ध्यान अर्को ठूलो विषयमा कसरी केन्द्रित गर्न सकिन्छ भनेर ट्रम्प प्रशासन लागिरहेको थियो। यसैबीचसन् २०१७ पछि वामपन्थी ब्यानरमा इक्वेडरका राष्ट्रपति बन्न सफल लेनिन मोरेनोे कुटिल दक्षिणपन्थी हुन्। आफ्नो शासनकालको २ वर्ष नबित्दै उनी र उनका परिवारले भ्रष्टाचार तथा वैदेशिक मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) गरेका समाचारहरू सार्वजनिक हुन थाले। वामपन्थी राष्ट्रपति राफेल कोरियाकाले गरेका सुधारका कार्यक्रमउनले धमाधम उल्ट्याइरहेका थिए। ठूला बहुराष्ट्रिय कर्पोरेसनहरूले सञ्चालन गरेका हाइड्रोपावर प्रोजेक्ट तथा खानी उत्खनन कम्पनीबाट नगद उठाउने काम पनि यिनैबाट भइरहेको कुरा लुकेको थिएन। बिस्तारै–बिस्तारै उनी नवउदारवादी बजारको पक्षपोषण गर्न थालिरहेका थिए।
जनता र आफ्नै पार्टीपंक्तिबाट अलग हुँदै गएका मोरेनोेका विषयमा गतमार्च २७ मा पानामा अफसोर बैंक डिमा इक्वेडरको संसद नेसनल एसेम्बलीले छानबिन गर्न सहमति जनाएपछि उनलाई तत्काल अन्तर्राष्ट्रिय सुरक्षाकवच चाहिएको थियो।
बिस्तारै उनी आइएमएफ र वल्र्ड बैंकसँग नजिकिँदै गए, अनि आफ्नाकूटनीतिज्ञमार्फत अमेरिकी उपराष्ट्रपति माइक पेन्सकहाँ पुग्न सफल भए।ट्रम्प प्रशासन यही अवसरकोे खोजीमा थियो।सम्बन्ध बलियो बनाउन आइएमएफको कार्यकारी बोर्डले मोरेनो सरकारसँग ४.२ अर्ब अमेरिकी डलर ऋण प्याकेजको स्वीकृति दिएकोछ। मोरेनोकोे सैद्धान्तिक–राजनीतिक टाट पल्टाइ उनका आफ्नै पार्टी पंक्ति र जनमतविरुद्ध हुन पुग्यो। यी सबै सूचनाबाहिरिनुको दोष उनले विकिलिक्स र असान्जलाई लगाए।
असान्जलाई अमेरिका सुपर्दगी गर्नुपर्छ र गर्नुहुन्न भन्नेबारे नयाँ विवाद सुरु भएकोछ। कन्जरेटिभ टोरी, हिलारी क्लिन्टनतर्फका अमेरिकी डमोक्र्याट र युद्धको पक्षपोषण गर्दै आएको ट्रम्प प्रशासन एकै ठाँउ आइपुगेकाछन् रउनीहरूलाई दि इकोनोमिस्टलगायत दक्षिणपन्थी कर्पोरेट मिडियाले साथ दिइरहेकाछन्।अर्कातर्फ प्रगतिशील खेमाका खासगरी लेबोर, सोसियल डेमोक्र्याट वामपन्थी पार्टी तथा गार्जियनजस्ता तटस्थ मिडियाहरू असान्जसुपर्दगीको विपक्षमा देखिएकाछन्। असान्जलाई पक्राउ गर्नु आफैँमा एउटा अपराध हो। उनले तह्विसल–ब्लवरले मेलबक्समा जम्मा गरिदिएका समाचार प्रकाशमा ल्याएका मात्र हुन्। तिनै समाचार न्युयोर्क टाइम्स, गार्जियन, इन्डेपेन्डेन्ट, वासिङटन पोस्टले आवश्यकताअनुसार छापेर बाहिर ल्याएका थिए। यसो भन्नेहरूको संख्या बढ्दै गएकोछ। उनकोपक्राउलाई प्रेस स्वतन्त्रताको अँध्यारो क्षण भनेर चित्रण गर्दैछन्। विश्वका नेतृत्वकारी चिन्तक भनेर चिनिने नोम चोम्स्की भन्छन–‘असान्जको गिरफ्तारी सबै हिसाबले निन्दनीय छ। विकिलिक्सले शक्तिमा रहेका शासकहरूले के उत्पादन गर्छन् भनेर जनतालाई थाहा दिएको थियो। तर तिनलाईयो मनपरेन। यसो भन्दैमा हामी पनि चुपलाग्न मिल्छ ?’
तर अर्का अमेरिकी लेखक गोर भिदालले सन् २००९ मा दि इन्डेपेन्डेन्ट अखबारलाई दिएको अन्तर्वार्तामा बेलायतलाई लक्ष्य गर्दै भनेकाछन्, ‘यो एउटा स्वतन्त्र देश होइन,अमेरिकन एयरक्र्याफ्ट क्यरियर हो।’ तर नेपालका सम्पादकहरूले असान्जका पक्ष वा विपक्षमा कुनै सम्पादकीय लेखेनन्। थाहा छैन, हाम्रोजस्ता मुलुकका सत्ताधारीहरूइक्वेडरका मोरेनोको भूमिकामा देखापर्दा ऐक्यबद्धता चाहिन्छ भन्ने पनि ठान्दैनन् कि यिनीहरू ?
सरकारको नियतमा खोट नभए पत्रकारिता र अपराधबीच फरक छुट्याउन गाह्रो पर्नेथिएन । कुनै पत्रकारले वैध सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गरेको सामग्री आपत्तिजनक भए कारबाहीका लागि छापाखाना तथा प्रकाशन ऐन छ । तर, केही समय यता सरकारले बदनियत राखेर विद्युतीय कारोबारसम्बन्धी ऐन प्रयोग गर्न थालेको छ । पछिल्लो पटक पोखराका पत्रकार अर्जुन गिरीलाई उनको पत्रिकामा प्रकाशित सामग्रीविरुद्ध परेको उजुरीका आधारमा विद्यु्तीय कारोबारसम्बन्धी ऐन प्रयोग गरेर थुनामा राखियो । नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार गिरीमाथि गलत ऐन लगाइएको विरुद्ध देशभर आन्दोलन भइरहेको छ । पत्रकार गिरीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । अदालतले पक्कै पनि गिरीको मुद्दामा न्यायिक मनको प्रयोग गर्ने नै छ ।
पत्रकारहरूलाई आफ्नो काम छाडेर आन्दोलनमा उत्रने रहर पक्कै थिएन । सरकारले दुर्नियत राखेकै कारण पत्रकारहरू आन्दोलनमा उत्रनु परेको हो । सरकारको नियत त हिरासतमा राख्दा पत्रकारलाई हत्कडी लगाएकैले पनि उदांगो बनाएको छ । लाग्छ, सरकार आलोचनाको मुहानै सुकाउन उद्यत छ । पत्रकारमाथि प्रहार गरेर सरकार आलोचक सबैको मनोबल कमजोर बनाउन चाहन्छ भन्ने पनि यसले स्पष्ट पारेको छ । यसैले एक जना पत्रकारमाथि गरिएको कारबाही पनि सञ्चार जगत्का लागि मात्र हैन लोकतन्त्रमाथि नै आइलागेको खतराका रूपमा लिनुपरेको हो । यसअघि नै पत्रकारहरूले सञ्चार सामग्रीमा कारबाही गर्नुपर्ने भए सम्बन्धित ऐन नै प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराइसकेका थिए । तर, अधिनायकवादी मानसिकता बोकेको सरकारले पत्रकारलाई ‘तह लगाउन’ विद्युतीय कारोबार ऐनको धराप थापी नै रह्यो ।
अदालतमा विचाराधीन मुद्दाकै विषयमा आन्दोलन हुनु सुखद अवस्था होइन । यसैले पत्रकारहरूको आन्दोलन विद्युतीय कारोबार ऐनका दफा ४७ र ४८ को खारेजीमा केन्द्रित हुनु उचित हुनेछ । नेपाल पत्रकार महासंघले पनि यस विषयमा लोकतान्त्रिक मूल्य र विधि बिर्सनु हुँदैन । नेतृत्वको परीक्षा यस्तै अवस्थामा हुने हो । आवेगका बेला विवेक गुमाउने नेतृत्वले अधिनायकवादी सरकारविरुद्ध आन्दोलन गर्न सक्तैन । लोकतन्त्रको धर्म पालना गरेमात्र नैतिकरूपमा पत्रकारको आन्दोलन शक्तिशाली हुन्छ । शासकहरूले अधिनायकवादी मनसुवा त्यागेर विवेक प्रयोग गर्ने हो भने पत्रकारहरूले यस्तो आन्दोलन गरिरहनु पर्ने नै थिएन । दर्ता भएका सञ्चार माध्यममा प्रकाशित सामग्रीविरुद्ध उजुरी परे छापाखाना तथा प्रकाशन ऐन र व्यक्तिले आफ्नो बेइज्जती भएको ठाने गाली बेइज्जतीसम्बन्धी ऐन प्रयोग गर्ने हो भने विद्युतीय कारोबारसम्बन्धी ऐन पनि विवादमा पर्ने थिएन । पत्रकारहरूसँग छिटो वार्ता गरेर आन्दोलन समाप्त पार्न हामी सरकारको ध्यानाकर्षण गर्छौँ । यस्ता आन्दोलनहरूले देशको छवि उज्यालो हुँदैन । सरकारी डाक्टरहरूको आन्दोलनप्रति देखाएको जिद्दी अन्ततः ‘बुमर्याङ’ भएको ताजा घटनाबाट शासकहरूले पाठ सिके बेस !
इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सञ्चार क्षेत्रसँगको विग्रदो सम्बन्धलाई सुधार गर्न नेपाल पत्रकार महासंघ र सरकारबीच वार्ता गर्नुपर्ने बताएका छन् ।
इलामको सूर्योदय नगरपालिकाको अन्तुमा आयोजित नेपाल पत्रकार महासंघ प्रदेश–१ को साधारण सभालाई सम्बोधन गर्दै खनालले पछिल्लो समय सञ्चार जगत् र पत्रकारबीच सम्बन्ध बिग्रिएको भन्दै खनालले तत्काल वार्ता गरी सम्बन्ध सुधार्न सुझाब दिएका हुन् ।
नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालले संविधान प्रदत्त अधिकारलाई हरण गर्न नमिल्ने भन्दै सञ्चारले वर्तमान उपलब्धि प्राप्तिका लागि खेलेको भूमिकाको सम्मान गर्न सरकारलाई आग्रहसमेत गरे ।
सामाजिक, आर्थक र राजनीतिक अधिकार प्राप्तिको प्राप्तिका लागि लडेका सबै वर्ग र समुदायको भावनाको रक्षा गर्नका लागि सरकारले अभिभावकको काम गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सांसद धिरेन्द्र शर्माले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धताच जनाए । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलामको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेका स्मरण गर्दै आफ्नो स्थानीय सरकार सञ्चारमैत्री रहेको दावी गरे । उनले पर्यटनको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने प्रतिबद्धता जनाए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले दुइतिहाइको सरकार पत्रकारको अधिकार खोस्न उद्दत रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए । उनले विद्युतीय कारोबार ऐन २०६३ पत्रकारिताका लागि निर्माण नगरिएको दाबी गर्दै पत्रकारहरूमा लागू नगर्न सरकारलाई आग्रहर गरे । महासंघका महासचिव महेन्द्र विष्टले पत्रकार महासंघले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको भन्दै पाइलैपिच्छे अड्चन नथाप्न सरकारलाई आग्रह गरे ।
अग्रज पत्रकार चन्द्र भण्डारीले पत्रकारले राष्ट्रियता रक्षार्थ हरदम काम गरिरहे पनि दुई तिहाईको सरकारले सञ्चारको योगदानलाई बिर्सेको गुनासो गरे । उनले हालसम्मको परिवर्तनको पहरेदार सञ्चार क्षेत्रलाई कमजोर नठान्न सरकारलाई चुनौतीसमेत दिए ।
नेपाल प्रेस युनियनका कृष्ण हुमागाईंले बहुमतको सरकारले सञ्चारको तागतलाई अवमुल्यन गरेको बताए । सञ्चारले खेलेको भूमिकालाई आन्दोलनमा रहेका दलले बिर्सेको गुनोसो गरे । उनले जनताको आवाजलाई कुन्ठित गरेको बताए । प्रेस चौतारीका प्रदेश उपाध्यक्ष लिलाराज भट्टराईले पत्रकार महासंघलाई एकढिक्का भएर पत्रकारको हकहितमा लाग्न आग्रह गरे ।
प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष राजन केडीले सरकार पत्रकारीता प्रति अनुदार भएको गुनासो गरे । संघीय प्रेस फोरम प्रदश उपाध्यक्ष राम योङहाङले पत्रकार महासंघलाई समावेशी र विशुद्ध पत्रकारहरूको साझा संस्था बनाउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुइटेलको अध्यक्षतामा भएको साधारण सभाले प्रदेश कार्यसमितिको हाल सम्मको कामको समीक्षा गर्दै नयाँ कार्यक्रम तयार गर्नेछ । कार्यक्रममा प्रदेश १ का दुई सय बढी पत्रकारहरूको सहभागिता छ ।
काठमाडौँ — समाचार लेखेकै कारण पत्रकार अर्जुन गिरी पक्राउ परे । उनलाई अपराधीसरह हत्कडी लगाइयो । दुई दिनको थुनापछि उनी अदालतको आदेशमा रिहा भएका छन् । केही समयअघि ललितपुरका पत्रकार राजु बस्नेतले पनि अनलाइनमा समाचार प्रकाशन गरेकै कारण केही समय प्रहरी हिरासतमा बिताउनुपरेको थियो ।
समाचार प्रकाशनको विद्युतीय माध्यम ‘न्यु मिडिया अनलाइन पोर्टल’ मा समाचार लेखेका आधारमा पत्रकारलाई प्रहरी खोरमा पुर्याउने क्रम पटकपटक दोहोरिएको छ ।नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन डेस्कका अनुसार पछिल्लो वर्ष अनलाइनमा समाचार प्रकाशन भएकै कारण पक्राउ पर्नेको संख्या आधा दर्जन पुगेको छ ।
प्रहरीले विद्युतीय कारोबार ऐनको दफा ४७ लाई टेकेर पत्रकारलाई पक्राउ गर्ने गरेको छ । उक्त दफाले इन्टरनेटमा प्रकाशन हुने सामग्रीका लागि सजाय व्यवस्था गरेको छ । दफामा भनिएको छ– ‘कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी पार्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
महासंघका कानुनी सल्लाहकार भक्ति घिमिरे विद्युतीय कारोबार ऐनको त्यही दफाको दुरुपयोग पत्रकारमाथि भइरहेको बताउँछन् । ‘अन्य प्रयोजनका लागि ल्याइएको कानुनलाई प्रेसमाथि प्रयोग गरिएको हो,’ उनले भने, ‘त्यो मिडियासँग सम्बन्धित कानुन होइन । तर त्यसको दुरुपयोग गरेर राज्यले पत्रकारलाई दुःख दिने काममा गरिरहेको छ ।’ प्रहरीले पत्रकारलाई थुन्ने ‘टुल’ का रूपमा उक्त दफालाई दुरुपयोग गरिरहेको उनले बताए ।
२०६३ मा उक्त ऐन आएयता नै महासंघले दफा ४७ र पत्रकारमाथि दुरुपयोग हुन सक्ने दफा ४८ खारेजीको माग गर्दै आएको छ । दफा ४८ मा गोपनीयता भंग गर्न नहुने विषय छ । सरकारले विद्युतीय कारोबार ऐन २०६३ लाई विस्थापन गर्ने गरी ल्याउन लागेको सूचना प्रविधिसम्बन्धी प्रस्तावित ऐनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता थप संकुचित बनाउने प्रावधान राखिएका छन् ।
संसद्मा दर्ता भएको विधेयकको दफा ८८ मा विद्युतीय प्रणालीको दुरुपयोग गर्न नहुने महलमा धेरै विषयलाई सजायको भागीदार बनाइएको छ । अधिवक्ता घिमिरेले प्रस्तावित विधेयकका प्रावधान मिडियाको हकमा अझै कठोर रहेको बताए । विधेयकको एउटा बुँदामा भनिएको छ, ‘कसैले विद्युतीय माध्यमको प्रयोग जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन दिने, श्रमप्रति अवहेलना गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने, शान्तिसुरक्षा भंग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने कार्य गर्न वा गराउन हुँदैन ।’ त्यस्तो कसुरमा १५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै हुने प्रस्ताव छ ।
मिडिया कानुनका जानकार अधिवक्ता बाबुराम अर्यालले प्रस्तावित नयाँ ऐनमा प्रेसलाई तर्साउने, प्रेसमाथि दुरुपयोग हुन सक्ने अनेकौं दफा रहेको बताए । उनले प्रेस जगत् विद्युतीय कारोबार ऐनको दुईवटा दफाको पछि नभई नयाँ कानुनमा त्यस्ता प्रावधान नदोहोरिऊन् भन्नेतर्फ लाग्नुपर्ने बताए ।
समाचारको विषयवस्तुलाई ‘क्रिमिनल ल’ बाट नभई ‘सिभिल ल’ बाट हेर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । ‘प्रहरी प्रशासनिक औजार हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म नबुझीकन प्रहरीको प्रयोग गरिएका कारण पत्रकार पक्राउ परेका हुन्,’ उनले भने, ‘कन्टेन्टलाई सम्बोधन गर्ने कानुनको प्रकृतिमै समस्या भयो । कन्टेन्टबाट समस्या परेका व्यक्ति प्रहरी भएको ठाउँमा होइन कि सिधा अदालत जाने प्रावधान हुनुपर्छ ।’
सरकारले पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेर मुद्दा चलाएको छ । एउटा समाचार लेखेका विषयमा परेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । उनलाई पक्रन र मुद्दा चलाउन विद्युतीय कारोबार ऐन प्रयोग गरिएको छ । पत्रकारले समाचार लेख्ने आचारसंहिता छन् । छापाखाना तथा प्रकाशन सम्बन्धी कानुन छ । सामाचारसम्बन्धी उजुरी हेर्ने नियामक निकाय प्रेस काउन्सिल छ । समाचारमा चित्त नबुझ्ने पक्षले उजुरी गर्ने र कारबाही चलाउने कानुन छ । समाचार गलत ठहरे समाचार लेख्ने पत्रकार, सम्पादक र प्रकाशसम्म उजुरी लाग्ने, मुद्दा चल्ने, सजाय हुने कानुनी व्यवस्था छ । तर, त्यो कानुन विद्युतीय कारोबार ऐन होइन ।
सरकारले विद्युतीय कारोबार ऐनको दुरुपयोग गर्न थालेको छ । पत्रकार अर्जुन गिरीको पक्राउ त्यही दुरुपयोगको पछिल्लो प्रमाण हो । यसअघि पनि सरकारले समाचार लेख्ने पत्रकारविरुद्ध यही ऐनको अस्त्र प्रयोग गरेको हो । यो ऐन विद्युतीय सञ्चारमाध्यमबाट हुने कारोबार नियमन गर्ने ऐन हो । विद्युतीय कारोबार र समाचार एउटै कुरा होइन । सरकारले अनलाइन सञ्चारमाध्यमहरूलाई विद्युतीय कारोबार ऐनमा तान्न थालेको छ । अनलाइन सञ्चारमाध्यमहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तर्गतका आमसञ्चारमाध्यम हुन् । विद्युतीय कारोबार ऐनलाई सरकारले अनलाइन सञ्चारमाध्यम नियन्त्रण गर्ने अस्त्र बनाएको छ । सरकारले लिएको बाटो गलत छ ।
सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारमाध्यमप्रति अनुदार बन्दै जान थालेको छ । पत्रकारविरुद्ध विद्युतीय कारोबार ऐनको प्रयोग त्यही अनुदारताको प्रमाण हो । सरकारको यस्तो अनुदारताविरुद्ध सञ्चारकर्मीहरू एकजुट भएका छन् । सञ्चारकर्मीका संगठनहरूले सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् । कानुनको गलत प्रयोगको विरोध गरेका छन् । पत्रकारविरुद्ध विद्युतीय कारोबार ऐनको दुरुपयोगबारे सरकारको ध्यानाकर्षण गराउने प्रयास निकै पहिलेदेखि भइआएको हो तर सुनेको छैन । सरकार प्रेस स्वतन्त्रता खुम्च्याउनमा रमाउन थालेको छ । समाचार गलत ठहरे पनि छुट पाउनुपर्छ भनेको होइन, कानुनको गलत प्रयोग हुनु हुँदैन भनेको हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको महŒव अहिलेको सरकारले नबुझेको होइन ।
सरकारले समाचार विरुद्ध विद्युतीय कारोबार ऐन प्रयोग गर्न बन्द गर्नुपर्छ । उक्त ऐनबाट समाचार विरुद्ध दुरुपयोग भएका दफाहरू खारेज गर्नुपर्छ । समाचारमा आपत्ति रहेको पक्षले पनि कुनै ऐनको दुरुपयोग गर्ने वातावरण बन्न नदिने काम सरकारको हो ।
नेपाल पत्रकार महासंघका कास्की शाखा सदस्य तथा ताण्डब न्यूजडटकम र ताण्डव साप्ताहिकका सम्पादकसमेत रहेका गिरीलाई ठगीको समाचार लेखेको विषयलाई लिएर स्थानीय विपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो।
नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालका अनुसार गिरीलाई भोलि पुनः हाजिर गर्ने गरी रिहा गरिएको जानकारी दिए।
गिरीलाई साइबर क्राईम अन्तर्गत पक्राउ गरिएपछि नेपाल पत्रकार महासंघलगायत विभिन्न संघ संस्थाले विरोध गरेका थिए।
समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्राबधानलाई लत्याउँदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तिजनक रहेको भन्दै गिरीलाई तत्काल रिहा नगरिए आन्दोलन गर्ने महासंघले चेतावनीसमेत दिएको थियो।
सिआइबीका प्रमुख डिआइजी निरज शाहीले पत्रिका दर्ता नगरी आफूविरुद्ध समाचार लेखेको उजुरीका आधारमा गिरीलाई पक्राउ गरिएको बताए।
गिरीले ताण्डवको चैत २२ गतेको अंकमा ‘ठग! बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो।
समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमश: १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ।
श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ।
समाचार लेखेकै आधारमा प्रहरीले गिरीलाई साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गर्नु आपत्तिजनक भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उल्लेख गरेका छन्।
‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाही गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गर्दछ,’ अध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेका छन्।
काठमाडौँ, वैशाख ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा मन्त्री बाँस्कोटाले पछिल्लो पटक ‘ताण्डवन्यूज डटकम’का सम्पादक अर्जुन गिरीलाई पक्राउ गर्नु दुःखद् घटना भएको बताउनुभयो ।
सोही अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रकाशित र प्रसारित समाचारको विषयलाई लिएर पत्रकारलाई विद्युतीय कारोवार ऐनअन्तर्गत पक्राउ गर्न नहुने बताउनुभयो ।
महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गर्दै मन्त्री बाँस्कोटा समक्ष ज्ञापन पत्र समेत प्रस्तुत गरेको छ ।
महासङ्घले गृह मन्त्रालयमा समेत ज्ञापन–पत्र बुझाएको छ ।
जब लोकतान्त्रिक मुलुकमा प्रहरीले पत्रकारलाई कुनै समाचार लेखेकै निहुँमा पक्राउ गर्छ तब त्यो मुलुकको आधारभूत स्वतन्त्रतामै प्रहार हुन्छ। लोकतन्त्र त्यतिबेला मात्र जीवन्त हुन्छ जतिबेला तिनले खुलेर सरकारको आलोचना गर्न पाउँछन्। आलोचनाले सरकारलाई नै सहयोग पुग्छ। कतै कुनै गडबडी हुन लागेको अवस्थामा प्रेसले नै सजग गराउने हो। त्यसैकारण लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकले स्वतन्त्र प्रेसलाई प्रोत्साहित गर्छन्। हामीकहाँ विद्युतीय कारोबार ऐन लगाएर पत्रकारहरूलाई पटकपटक थुन्ने गरिएको छ। संविधानले कुनै समाचार वा टिप्पणी लेखेकै आधारमा पत्रकारलाई कारबाही नहुने स्वतन्त्रता दिएको छ। तर विद्युतीय कारोबार ऐनका प्रावधान तेस्र्याएर पत्रकारलाई कारबाही गरिँदै आएको छ। विद्युतीय कारोबार ऐन अन्य व्यक्तिका निम्ति हो जसले विद्युतीय माध्यम उपयोग गरी ठगी गर्ने गरेका छन्। पत्रकारलाई कारबाही गर्नुपर्ने भएमा यसैसँग सरोकार राख्ने ऐन र नियम छन्। त्यसलाई प्रयोग गरेर कारबाही प्रक्रिया अघि बढाउन नसकिने होइन। अहिले कुनै व्यक्तिलाई चित्त नबुझ्नेबित्तिकै प्रहरीमा उजुरी दिने र तत्कालै पक्राउ गर्ने प्रवृत्ति विकास भइरहेको छ। प्रेसमा लेख्नु कुनै फौजदारी अपराध होइन तर यसलाई एउटा भयानक अपराधका रूपमा चित्रण गरिँदै छ।
हालै पोखराका पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको छ। त्यहाँबाट प्रकाशन हुने ‘ताण्डव न्युज’ साप्ताहिकमा लेखिएको समाचारका आधारमा मुलुकको विद्युतीय कारोबार ऐन लगाएर पत्रकार गिरीलाई थुनामा राखिएको छ। उनका विषयमा अनुसन्धान गर्न केन्द्रीय छानबिन ब्युरो ९सिआइबी०लाई जिम्मा दिइएको छ। गत चैत २२ गते प्रकाशित वित्तीय अपराधसम्बन्धी समाचारबारे बिपेन्द्रराज बतासले दिएको उजुरीका आधारमा पत्रकार गिरी पक्राउ परेका हुन्। उक्त घटनाको अहिले देशभित्र र बाहिरका पत्रकारले विरोध गरेका छन्। अमेरिकाको न्युयोर्कस्थित पत्रकार सुरक्षा क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संगठनले समेत विद्युतीय कारोबार ऐनका आधारमा पत्रकार नथुन्न आग्रह गरेको छ। यो ऐन पत्रकारलाई चुप लगाउने हतियारका रूपमा सरकारले प्रयोग गर्दै आएको छ। गिरीलाई नेपाल पत्रकार महासंघको रोहबरमा रिहा गरिएकामा मुद्दा फिर्ता लिनसमेत पत्रकार संगठनहरूले माग गरेका छन्। विद्युतीय कारोबार ऐन दफा ४७ अनुसार गिरीलाई १ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म थुनामा राख्न सकिने व्यवस्था छ। वास्तवमा यो प्रावधान दुरुपयोग गरी राज्यका निकायहरूले निरन्तर पत्रकारिताविरुद्ध प्रहार गर्दै आएका छन्। हिजो लोकतन्त्रका निम्ति सँगै लडेका राजनीतिक शक्तिहरू सत्तामा पुगेपछि प्रेसमाथि नकारात्मक व्यवहार गर्दै आएका छन्। र, यो यसअघि भइरहेका घटनाकै निरन्तरता हो।
प्रेसलाई स्वतन्त्ररूपमा लेख्न नदिने परिस्थितिले समग्रमा हाम्रो लोकतन्त्रको अवस्थाबारे विश्वमा नकारात्मक सन्देश जानेछ। एकातिर, प्रेसलाई सूचना प्रवाहमा रोक लगाउने र अर्कातिर, कुनै घटनाबारे लेख्दा त्यसको स्पष्टीकरण माग्नेभन्दा कारबाही गर्ने अवस्था देखिएको छ। लोकतन्त्रमा यस किसिमको भय सिर्जना गर्दा यो व्यवस्थाप्रति नै नकारात्मक धारणा उत्पन्न हुनसक्छ। प्रेसले लेख्नुलाई फौजदारी अपराधको दर्जामा राखेर कारबाही गर्नेगरी मुलुकी अपराध संहिताले समेत तरबार तेस्र्याएको छ। प्रेसलाई यसैसँग सम्बन्धित कानुनले मात्र कारबाही गर्छ भन्ने धारणा कानुन विज्ञबाट आउने गरे पनि संविधानप्रदत्त अधिकार कुण्ठित हुनेगरी कानुन बनाउने गरिएको छ। अझ संघीय सरकारले थालेका यस्ता कानुन बनाउने प्रक्रियालाई प्रदेश सरकारले समेत निरन्तरता दिइरहेका छन्। प्रत्यक्ष किसिमका यस्ता खतरा मात्र होइन परोक्ष ढंगले दबाबको वातावरण समेत बनाइएको छ। प्रेसलाई सहज ढंगले काम गर्न दिइएन भने त्यसले हाम्रो लोकतन्त्र खोक्रो बनाउने छ। भोलिका दिनमा देशको स्वतन्त्रताको अवस्थामै यसले नकारात्मक प्रभाव पार्ने भएकाले समयमै ध्यान पुग्नु आवश्यक छ।
The Federation of Nepali Journalists has announced that it will stage a sit-in protest in front of the District Administration Office, Kathmandu tomorrow, demanding an end to the use of provisions stipulated in Sections 47 and 48 of Electronic Transactions Act, 2008 for journalists, which it said were against the press freedom.
According to FNJ, the journalists will picket the DAO from 9:30 am to 10:30 am. In addition to the sit-in, FNJ has also decided to submit a memorandum to the Ministry of Home Affairs and Ministry of Communications and Information Technology, urging the government to release journalists who were arrested under the act.
FNJ President Govinda Acharya said the provisions of the act should not be implemented on journalists whose job was to collect information and publish or broadcast it through the media.
Around 100 journalists have been arrested under this act till now, said Acharya.
According to Section 47 of the act, a person who publishes any materials in the electronic media, that are prohibited to be published or displayed under the prevailing law or which may be contrary to public morality or which may spread hatred or jealously against someone or jeopardise the harmonious relations among people of various castes, tribes and communities, will be punished with a fine of up to Rs 100,000 or an imprisonment for five years, or both.
Likewise, a person is liable to be punished with a fine of Rs 10,000 or an imprisonment of two years or both, if he or she violates an individual’s rights to privacy.
Acharya informed that though the government had promised not to implement the act on journalists one year ago, it had failed to keep the promise.
He said, “Press Council Nepal, Nepal Police and FNJ together had signed an agreement to this effect last year, promising not to arrest journalists for writing and publishing any sort of news or information.”
But journalists are getting arrested every year for writing news articles on corruption and crime, among others.
“We will protest the decision of the government through every media. We are also holding central committee meeting and will announce a list of protest programmes tomorrow,” said Acharya.
The detention of and subsequent charges filed against journalist Arjun Giri earlier this week under the Electronic Transaction Act for publishing a story about a local businessman has reignited the conversation about existing and proposed laws in Nepal, which media advocates say could be used to stifle press freedom.
According to Federation of Nepali Journalists, dozens of reporters and editors have been arrested, detained and fined in the last decade since the Electronic Transaction Act, which intends to authenticate banking transactions and discourage cybercrime—and is not related to journalists or media—came into effect in 2006. Authorities have been using the vaguely worded provisions in the law to take action against not just journalistic work published online but also social media posts they deem “improper”.
Last November, a committee that included members of the federation sent the government a recommendation to repeal these sections and also look into the stringent provisions in the new penal code, which could also curtail press freedom. Around the same time, Nepal Police made a commitment at an event organized by Press Council Nepal and the federation that they wouldn’t pursue charges against journalists filed under the electronic transaction act, but would instead send it to the press council.
But the dogged pursuit of complaints by the police, like in Giri’s case, and the steady flow of cases filed at the Kathmandu District Court against journalists for cybercrimes show that authorities continue to target journalists under the electronic transaction act.
Govinda Acharya, the chair of the Federation of Nepali Journalists, says it is frustrating to see the government and police backtrack from their repeated commitment to refrain from using the act against the press.
“The intention of the police is questionable since they frequently use Electronic Transaction Act at the request of politicians or influential businessmen to quash voices critical of power centres,” said Acharya.
Last year, Birgunj-based journalist Ram Saraf learnt it the hard way. He was accused of cybercrime under the Electronic Transaction Act and taken to court for publishing a story online about a family feud of Mohammad Sahabuddin of Parsa, a local leader from the opposition Nepali Congress party. Currently, all cases filed under this law are only heard at Kathmandu District Court, which makes it harder for people like Saraf who reside outside Kathmandu.
In a telephone interview with the Post, Saraf recalled the stressful period and said he felt being treated unfairly throughout the entire episode even though he had published a story backed by evidence.
“This law allows powerful people to pin down journalists if we are critical of them,” said Saraf. “I have been a journalist for over 15 years, and I know what is journalism and what is not.”
Nepal’s steady decline in international press freedom rankings is a reflection of the increasingly stringent laws aimed at tightening free speech and press freedom in the country. According to the latest World Press Freedom Index, published by Reporters Without Borders, Nepal has slipped from 100th to 106th position among 180 countries.
In 2016, a case was filed at the Supreme Court against section 47 of the Electronic Transaction Act, arguing that it curtailed freedom of expression guaranteed by the constitution. The case came a year after India’s Supreme Court struck down a similar internet censorship law.
The next hearing for the case is slated for May. But since there is another legislation—the IT management bill—in the parliament, which will replace the existing Electronic Transaction Act, lawyers following the case closely say they aren’t very optimistic about the court’s decision.
“I don’t think the court will declare these ambiguous sections unconstitutional because the current act will soon be replaced by the new IT management act,” said advocate Semanta Dahal.
Legal advocates say they are also wary about the proposed provisions in the new IT bill, currently under discussion at the parliament, which leaves plenty of room for interpretation that could curtail freedom of expression online.
The past couple of years has seen an uptick in the laws and regulations to tighten online space worldwide. Democratically elected leaders in Asia have been on the forefront trying to silence dissent, put restrictions on the media, and crack down on individuals who share memes and posts that “offend” politicians. From the Philippines to Cambodia and India, people have been arrested and punished for expressing views online that didn’t sit well with their governments.
If the new IT bill gets passed in its current form, experts say, Nepal will be following the footsteps of countries who have unleashed revenge on dissenting voices by cracking down on internet use.
“While the new IT act is required to address several issues,” said Dahal, “it shouldn’t try to kill the spirit of the constitution by tightening the noose on freedom of expression.”