प्रेसको घाँटी निमोठ्ने चेष्टा

सञ्चार जगत्लाई त्रास र फौजदारीको अभियोगको परिबन्दभित्र पार्ने गरी प्रस्तावित कठोर मस्यौदासँगै राज्य संयन्त्र अनुदारवादी धारतिर मोहित भएको संकेत मिल्दै छ। प्रस्तावित विधेयकका मस्यौदाले कानुनी रूप प्राप्त गरेमा स्वतन्त्र पत्रकारिता ‘सेल्फसेन्सरसिप’ को मारमा पर्नेछ। प्रेस काउन्सिल विस्थापित गरी विकल्पमा प्रस्तावित ‘मिडिया काउन्सिल’ पूर्णतः सरकारनियन्त्रित संयन्त्र निर्माण स्वतन्त्र पत्रकारिताको घाँटी निमोठ्न चेष्टा हो।

सरकारको मूलभूत उद्देश्य स्वतन्त्र प्रेसनिम्ति सहजीकरण नभई ‘दण्डकेन्द्रित’ संस्था निर्माण गर्नु रहस्यमय छ। कानुनका मस्यौदाकारका सोच र शब्द हेर्दा निरंकुशतन्त्रीय पञ्चायतकालीन ‘स्कुलिङ’ मा हुर्केका पात्र जिउँदै रहेको अनुभूत गराउँछ। र, तिनले कुनै दिन वास्तवमै ‘प्रतिगमन’ निम्त्याउने छन्।

आश्चर्य त, संविधान निर्माणका बखत ‘स्वतन्त्रता’ मात्र पुग्दैन भन्दै ‘पूर्ण’ थपियो। अझ यतिखेर संसद्देखि सरकारसम्म ‘पूर्ण’ शब्द वकालत गर्नेहरू हाबी छन्। त्यतिखेर शाहीतन्त्रले प्रेसको घाँटी निमोठेको पृष्ठभूमिमा स्वतन्त्रताले मात्र नपुग्ने बहस छेडिएको हो। शाही शासकजसरी नै कुनै बेला ‘दुस्साहसी नियन्त्रक शासक’ जन्मिन सक्ने आशंकित धरातलीय पृष्ठभूमिमा ‘पूर्ण’ थपिएको हो। त्यहीकारण जनप्रतिनिधिनिर्मित संविधानको प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रता’ शब्दावली राखिएको हो। प्रस्तावना भनेको सम्पूर्ण संविधानको ‘सारतत्व’ हो। संविधानको व्याख्या हुँदा होस् या कानुन निर्माण गरिँदा, प्रस्तावनालाई आधार मानिन्छ। त्यहीकारण प्रस्तावनामा अंकित ‘शब्दावली’ को विशेष महत्व हुन्छ।

प्रस्तावित कानुनको मस्यौदा हेर्दा लाग्छ, हाम्रा कानुनका मस्यौदाकार कि त संविधानको सामान्य अर्थ, भावना, मर्यादा ख्याल गर्न सक्दैनन् या जनप्रतिनिधि संविधानलाई धज्जी उडाउने ‘प्रतिगमनतन्त्र’ मतियार फेरि बौरिँदै छन् ?       पूर्ण लोकतन्त्रमा पञ्चायतकालीन कानुनी मस्यौदाहरू ब्युँतिनु आफैंमा रहस्यमपूर्ण छ। जनप्रतिनिधि निर्मित सविधानका मूलभूत विशेषता मानिएको ‘पूर्ण प्रेस स्वतन्त्रता’ को बर्खिलापको मस्यौदाले कानुनी रूप लियो भने त्यो दिनभन्दा दुर्भाग्यको अर्काे दिन हुने छैन। सञ्चार जगत्लाई यसरी ‘घाँटी’ निमोठिन्छ भने अरू कानुन त झनै कठोर बन्ने निश्चित छ।

प्रस्तावित मस्यौदा र सरकारी रबैयाले ‘पूर्ण’ संविधानको सारभूत मान्यतालाई केवल ‘फुर्का’ अर्थात् ‘झल्लर’ मा मात्र सीमित राख्न चाहेको देखाउँछ। हुन त, शासनमा पुगेपछि तुजुक बढ्छ र दम्भ चढ्छ। भोलि शासन ओर्लेपछि आफू पनि त्यही कानुनबाट शासित हुनुपर्छ भन्ने सामान्य चेत हराउँछ। यो हरेकखाले शासकको नियति हो। कानुन प्रयोगकर्ता थलोमा सधैंभरि बुद्धि-विवेकले भरिएका असल पात्रले नियुक्ति पाउँछन् भन्ने ठान्नु मूर्खता हुनेछ। कानुन हो- कुनै बेला ‘भस्मासुर’ को हातमा पनि पर्न सक्छ। संसदीय कालखण्डमा निर्मित कानुनलाई अपव्याख्या गर्दै चौध-पन्ध्र वर्षअघि भोगिएको शाही-शासनकालीन दृश्य दोहोर्‍याउन सक्छन्।

अझ हामीकहाँ अधिनायकवादीतन्त्र प्रशिक्षित पात्रहरू अनेक रूप-रङ र आवरणमा छन्। दलविहीन पञ्चायत र शाही शासनको पतनसँगै तिनीहरू राजनीतिक दलहरूभित्रै घुसपैठ भएका छन्। तिनले निर्णायक राजनीतिक वृत्तलाई उक्साउँदै भासमा जाक्न र कठोर कानुननिम्ति उत्पे्रेरित गर्छन्। त्यसपछि राजनीतिक दललाई पन्छाउँदै अधिनायकवाद निम्त्याउँछन्। त्यहीकारण नेपाल यस्तो मुलुक बन्यो, जहाँ स्वतन्त्रताविरोधी गैरलोकतान्त्रिक शक्ति र पात्रहरू शासनमा बारबार पदार्पण गर्छन्। त्यस्तो ‘अभिशप्त इतिहास’ नियमित-आकस्मिकता बनिरहँदा शासकमा चेत नआउनुको दुर्भाग्य पनि हामीले खेपिरहनुपरेको छ।

सरकारको स्पष्ट उद्देश्य ‘आचारसंहिता’ को दण्ड देखाएर सञ्चार जगत्लाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ। प्रस्तावित मस्यौदा यथावत् पारित भएमा मिडियाले सरकारको निगरानी गर्ने होइन कि सरकारले मिडियाको निगरानी गर्नेछ। सरकारी संयन्त्रका पात्रहरू भ्रष्टाचार, विकृति, बद्नामीको चंगुलमा डुबे पनि मिडियाले लेख्न नसक्ने अवस्था सिर्जना हुनेछ। यो कानुनअनुरूप त सरकार आफैंले आचारसंहिता बनाउने छ, सरकारनिर्मित संस्थाले आचार-संहिता उल्लंघन भएनभए जाँच गर्ने छ, क्षतिपूर्तिसहितको सजाय तोक्ने छ।

आचार-संहिता उल्लंघनमा २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ। अर्कोतिर सार्वभौमिकता, अखण्डता, सार्वजनिक शान्तिसुरक्षा प्रतिकूलका समाचार सम्प्रेषण भएमा तीनदेखि आठ वर्षसम्म चर्को कैदको व्यवस्था छ। यसको स्पष्ट परिभाषा नहुँदा अनाहकमा जोकोही पर्न सक्ने खतरा छ। आचारसंहिता उल्लंघन हुने विषयको प्रस्ट नभएपछि सरकारले आफ्ना खराबीविरुद्ध लेख्नेहरूलाई सजिलै सजाय दिलाउने छ। यस्ता संस्था शाही शासनका बेला खडा भएका ‘भ्रष्टाचार नियन्त्रण शाही आयोग’ बराबर हुनेछ। किनभने, प्रस्तावित मस्यौदाको उद्देश्य असल नियतप्रेरित देखिन्न र लोकतन्त्र धज्जी उडाउन बदनियतपूर्वक ल्याइएको देखिन्छ।

निश्चित छ, आचार-संहिता लागू गराउने निकायमा व्यावसायिक विज्ञभन्दा अनेक आवरणका ‘दलीय कार्यकर्ता’ भर्ती हुनेछन्। उदाहरणनिम्ति हालसम्म ‘नियुक्ति’ काफी छन्। सत्तारुढ कार्यकर्ता भर्ती गरी संस्थाको मर्यादा पार्ने खेल चर्कैसँग भित्रिएको छ। कृपाका आधारमा नियुक्त पात्रहरू कसप्रति जवाफदेही हुन्छन् त ?       सरल र स्वाभाविक जवाफ हुन्छ, नियुक्तिकर्ताप्रति। मिडियाका काम हो- सरकारका काममा निगरानी गर्ने, तिनका खराबीलाई पर्दाभास गर्ने र तिनलाई काम-निर्णयप्रति जवाफदेही बनाउने। अब सरकारले नियुक्त गरेका ‘कारिन्दा’ बाट मिडिया निगरानी गर्न खोजेपछि संविधानप्रदत्त ‘पूर्ण प्रेस स्वतन्त्रता’ को हविगत के हुन्छ ?       सरकारनिर्मित संस्थाहरूलाई सजाय तोक्ने न्यायिक अधिकार दिइयो भने त्यसले निश्चय संविधानप्रदत्त ‘पूर्ण प्रेस स्वतन्त्रता’ किंवदन्ती बन्नेछ।

बाह्य संसार र अझ विशेषगरी लोकतान्त्रिक मुलुकमा प्रेस काउन्सिल हुन् या मिडिया काउन्सिल, तिनको संरचना कस्तो हुन्छ ?       त्यस्ता निकायमा सरकार र राजनीतिक दलको के भूमिका हुन्छ ?       विधेयकले कानुनी रूप पाउनुपूर्व गहिरो अध्ययन गर्न जरुरी छ। हामीकहाँ त प्रेस काउन्सिल नै सत्तारुढ दलको खेलौनामा रूपान्तरण भएका दृश्य छताछुल्ल छन्। यसमा दल, व्यक्तिविशेष या समयविशेष टिप्पणी गर्नुको अर्थ छैन। हालकै प्रेस काउन्सिललाई दलीय चरित्र र सत्ताको खेलौना बन्ने क्रमबाट जोगाउनुपर्ने अवस्थामा शक्तिशाली मिडिया काउन्सिललाई शासकले दुरुपयोग गर्नेछ। प्रस्तावित मिडिया काउन्सिल विधेयक जनप्रतिनिधिनिर्मित संविधानविरोधी छ

। विधिशास्त्रीय मान्यता प्रतिकूल मात्र छैन कि मानवअधिकारको आधारभूत तत्व स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आँच ल्याउनेछ। त्यसो हुँदा पहिलो त, ‘प्रतिगमनकारी’ मानसिकता ग्रसित स्वतन्त्रताविरोधी विधेयक सरकारले स्वयं फिर्ता लिनुपर्छ। सरकारी तहबाट जबर्जस्त अघि बढाउन खोजेमा संसद्ले रोक्ने साहस प्रदर्शन गर्नुपर्छ, जनप्रतिनिधिनिर्मित संविधानको रक्षाको खातिर पनि।

संविधानको प्रस्तावनामै प्रहार

मिडिया काउन्सिल विधेयक सरकारले सुटुक्क संसद्‌मा पुर्‍याएर नियन्त्रित समाजको चाहना प्रकट गरेको छ । सरोकारवाला पक्षसित कुनै सल्लाह र सुनुवाइ नै नगरी विधेयक दर्ता गर्नुको कारण प्रस्टै छ- विधेयकमा संविधानका प्रस्तावनामै प्रहार गर्ने प्रावधान छन् ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा प्रस्ट रूपमा लिपिबद्ध गरेको छ । यसको तात्पर्य लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र संवर्द्धनका लागि स्वतन्त्र प्रेस अपरिहार्य हुन्छ भन्ने नै हो ।

संवैधानिक भावनाको ख्याल गर्नुको सट्टा खिल्ली उडाउने गरी बनाइएको यो विधेयकलाई सञ्चार जगत्‌काे आग्रहमा संसद्ले सुरुमै फिर्ता गरिदिनु श्रेयस्कर हुन्छ । संविधानविपरीतका विधेयक दर्ता गर्ने सरकारलाई आइन्दा यस्तो गल्ती नदोहोर्‍याउन पनि सार्वभौम संसद्ले सम्झाउनुपर्छ । पूर्ण प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावना बनाएको मुलुकको सरकार स्वयं प्रेसलाई नियन्त्रण गर्न खोज्छ भने यो कदम सरासर असंवैधानिक हो भनेर संसद् बोल्नैपर्छ । किनभने मुलुकको लोकतान्त्रिक प्रतिष्ठा जोगाउने मुख्य अभिभारा संसद्कै हो ।

आफूलाई स्वतन्त्रताका असली हिमायती ठान्नेहरू पनि आन्दोलन गर्दा र संविधान बनाउँदासम्म त लोकतन्त्रका आधारभूत सर्तबारे सतर्क हुन्छन्, तर जब उनीहरू नै सत्ता सम्हाल्न पुग्छन् त्यतिबेला आफूलाई शासक ठान्छन् र आलोचनाका आवाजको मुहान होइन, माध्यम नियन्त्रित गर्न खोज्छन् । प्रस्तावित मिडिया काउन्सिल विधेयक यसैको बलियो उदाहरण हो ।

संसद्ले बुझ्न सक्छ- सरकारले मिडिया काउन्सिल गठन गर्ने, खर्चपर्च बेहोर्ने, यसो गर उसो गर भनेर निर्देशन दिने र त्यसबाट अर्धन्यायिक निकायको भूमिका अपेक्षा गर्ने आफैंमा विरोधाभासपूर्ण परिकल्पना हो । सरकारले गठन गर्ने निकायबाट न्याय सम्पादन गर्न मिल्दैन । सरकारले निर्देशन दिने निकायलाई न्यायिक र अर्धन्यायिक मान्न पनि मिल्दैन ।
विद्यमान प्रेस काउन्सिललाई विस्थापित गरी छापा, टीभी, रेडियो, अनलाइनजस्ता आमसञ्चारका सबै माध्यमको नियमन गर्ने उद्देश्य राखेर मिडिया काउन्सिल गठन गर्ने सरकारको प्रस्ताव छ । प्रेस शब्दले पत्रकारिता अभ्यासलाई बुझाउँछ । माध्यम जे-जे भए पनि प्रेसको काम भनेकै पत्रकारिता अभ्यास हो । त्यसैले ‘प्रेस काउन्सिल’लाई विस्थापित गरेर ‘मिडिया काउन्सिल’ बनाइरहनुको पनि कुनै तुक छैन ।

प्रस्तावित काउन्सिल अध्यक्षको नियुक्ति सञ्चार सचिव नेतृत्वमा रहने समितिको सिफारिसमा सरकारले गर्ने प्रावधान छ । सिफारिस समितिका दुई सदस्य मन्त्रालयले नै तोक्नेछ । अन्य सदस्यको नियुक्ति मन्त्रालयले गर्नेछ । चारवर्षे अवधिका लागि नियुक्त हुने अध्यक्ष र सदस्यलाई सरकारले जुनसुकै बेला हटाउन सक्ने प्रावधान विधेयकमा छ ।

संसद्ले ख्याल गर्नुपर्ने मूल पक्ष के हो भने प्रेसलाई नियमन गर्ने सरकारको कार्यक्षेत्र हुनै सक्दैन । स्वतन्त्र प्रेसको नियमन प्रेस समुदायले आफैंले गर्ने हो । स्वनियमनका लागि आचारसंहिता बनाउने र कतै अन्याय पर्न गए गुनासो लिने तथा उपयुक्त उपचार खोजी गरिदिने निकाय बनाउने जिम्मेवारी प्रेस समुदायकै हो । प्रेसको प्रतिष्ठा प्रेस आफैंले राख्ने हो, सरकारले होइन । सरकारको भूमिका खोज्ने नै हो भने सर्वप्रथम संविधान संशोधन गर्नुपर्छ ।

सरकारले संविधानको मर्म र भावना आत्मसात गर्ने हो भने उसले प्रेसलाई सहयोगी वातावरण बनाइदिने मात्र हो । स्वतन्त्रता संकुचित पार्न दाउ खोज्ने होइन । प्रस्तावित मिडिया काउन्सिलभित्र छिरेर प्रेस स्वतन्त्रतामाथि आचारसंहिता पालनाको डन्डा चलाउन खोज्नु सरकारको अधिनायकवादी सोचको व्यक्त रूप हो । सरकारले ‘अनुशासित’ र ‘आदेश मान्ने’ प्रेसको चाहना राखेको हो भने त्यो स्वतन्त्र प्रेसको परिभाषाभित्र नपर्ने कुरा हो । काउन्सिललाई सरकारको प्रशासकीय युनिटका रूपमा स्थापना गर्न खोज्नु सरासर सञ्चारको अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत हो ।

सरकारले नै काउन्सिल बनाउने र मन नपरे पदाधिकारी हटाउने प्रावधान राखिएको यो विधेयकले काउन्सिललाई पूर्ण सरकारी अंग बनाउनेछ । आफैं हायर गर्ने आफैं फायर गर्ने यस्तो व्यवस्थाबाट प्रस्ट हुन्छ- सरकारलाई सूचना तथा सञ्चार मन्त्रालय मातहत सरकारी सञ्चार माध्यमहरूलाई मात्र राखेर चित्त बुझेको छैन, सिंगो प्रेस जगत्लाई नै आफू मातहत राख्नुपरेको छ ।

सरकारले सञ्चार माध्यमहरूलाई करको दायरामा राख्न पाउँछ, प्रचलित कानुनहरू लागू गराउन पाउँछ । तर के प्रकाशन, प्रसारण गर्न हुन्छ र के हुँदैन भनेर तोक्न पाउँदैन । उसले पत्रकारिता के हो, के होइन भनेर आदेश दिन सक्दैन । तर अहिलेको सरकारले प्रस्तावित मिडिया काउन्सिलमार्फत गर्न खोजेको त्यही हो । सरकारले काउन्सिल गठन गर्ने, काउन्सिलले पत्रकारलाई पुरस्कार र दण्ड दिने परिकल्पना प्रेसलाई कज्याउने सोचबाहेक अरू केही हुनै सक्दैन । संसद्ले यत्ति बुझिदिए विधेयक सुरुमै त्याज्य हुन्छ, हुनैपर्छ ।

यो कानुनले पत्रकारमाथि प्रहार गर्छ

प्रेस काउन्सिल गठनका विभिन्न मोडल छन्। न्याय कानुन क्षेत्रका पदाधिकारी, पत्रकार र सरोकारवालाहरूले प्रेस सामग्री अनुगमन गर्ने, प्रतिवेदन तयार गर्ने, सुधारका लागि सुझाव दिने, बहस र छलफल गर्ने निकायका रूपमा यो संस्थाले अभ्यास गर्ने गरेको पाइन्छ।

प्रजातान्त्रिक प्रणालीमा मुख्यतया प्रेसमाथिका गुनासा सुन्ने र पत्रकार तथा सम्पादकलाई तिनको पेसागत मर्यादा र सीमा सम्झाउने काममा यस्ता संस्थालाई सीमित राखिएको पाइन्छ। चल्तीको भाषामा अर्धन्यायिक निकाय भनिने हुनाले पनि आफैंमा ठूल्ठूला दण्ड सजाय गर्ने निकाय होइन यो।

यो पृष्ठभूमिमा सरकारले मिडिया काउन्सिल विधेयक ल्याउँदा दुइटा गल्ती गरेको छ।

पहिलो, आफैंले नियुक्ति गरेका काउन्सिलका अध्यक्षदेखि सदस्यसम्मको काम ‘सन्तोषजनक नभए’ हटाउन सक्ने प्रावधानले यो स्वतन्त्र र स्वायत्त मिडिया काउन्सिल नै हुने भएन। मन्त्रालयकै विस्तारित शाखा हुने भयो। त्यसमाथि आफ्नै विवेकले शासित भएर चल्नुपर्ने स्वतन्त्र प्रकृतिको संस्थामा मन्त्रालयकै सहसचिव राख्ने प्रस्ताव सरकारले गर्नै हुन्थेन।

दोस्रो, सरकारले मिडिया काउन्सिल प्रेसमाथिका गुनासा सुन्ने पत्रकार जगतकै न्यायाधीशहरूको संस्था हो भन्ने बुझेन। यसको काम प्रेसले यदाकदा गर्ने गल्ती र कमजोरी सुधार गर्न लगाउने हो। स्वनियमका माध्यमबाट प्रेसलाई जिम्मेवार र उत्तरदायी बनाउन प्रेरित गर्ने हो। चर्को दण्ड सजाय गर्ने होइन।

सरकारले समाचार सामग्रीको गुणस्तर मापन दण्ड-सजायको बाटोबाट गर्न खोज्यो, जुन सही होइन।

मिडिया काउन्सिल भनेको सरकार, प्रेस र जनताबीच सेतु निकाय हुनुपर्ने हो। सरकारले प्रेसमाथि अनावश्यक दख्खल दिए सरकारलाई संविधानको सीमा सम्झाउने, प्रेसले मर्यादाबाहिर गएर समाचार, कार्यक्रम वा सम्पादकीय टिप्पणी प्रकाशित गरी जनताको मर्यादामाथि थिचोमिचो गरे उसलाई पेसागत निष्ठा सम्झाउने काम हो काउन्सिलको। तर, यहाँ सरकार आफैं मिडिया काउन्सिलभित्र छिरेर संहिता पालनाको डन्डा चलाउन खोजिरहेको छ।

सिद्धान्तत: काउन्सिल भनेको प्रेसलाई आचरण पालना गर्न प्रेरित गर्ने, छलफल गर्ने र आचारसंहिता उल्लंघन भएको ठहर हुँदा सम्बन्धित सञ्चार संस्था, सम्पादक वा संवाददाता आफ्नो व्यावसायिक पंक्तिभित्र लज्जित महशुस हुनुपर्ने अवस्था बनाउने निकाय हो।

हामीले यसअघि सांकेतिक रूपमा सजायको व्यवस्था अवलम्बन गर्दै आएका थियौं। प्रस्तावित विधेयकले भने २५ हजारदेखि १० लाख रूपैयाँसम्म सजाय गर्ने अधिकार प्रस्ताव गरेर काउन्सिलका पदाधिकारीलाई दण्डाधिकारी नै बनाउन खोजेको छ।

यसबाट प्रेसले मनोवैज्ञानिक त्रासमा काम गर्नुपर्छ। कुनै पनि व्यावसायिक पत्रकारले जानाजान कसैको चरित्रहत्या गर्ने कुरा कल्पना पनि गर्दैन। कसैको चरित्रहत्याको आरोप पुष्टि भए उसको ‘करिअर’ चौपट हुन्छ। पेसागत निष्ठाको यही जगमा हो काउन्सिलले काम गर्ने।

पत्रकारले गल्ती गर्न सक्छन् र गर्छन्। तर, तत्काल गल्ती सच्याउँछन् पनि। गल्ती गर्नु नै कसैको चरित्रहत्या हुनु होइन। चरित्रहत्या हुन नियतवश गल्ती गरेको हुनुपर्छ। त्यसलाई सच्याउन वा संशोधन गर्न अस्वीकार गरेको वा रुचि नदेखाएको हुनुपर्छ। न्यायालयले न्यायिक मन प्रयोग गरेर मात्र यो पहिचान गर्न सक्छ।

यहाँ त अवस्था कस्तो आयो भने सरकारले काउन्सिल बनाउँछ, मन नपरे हटाउँछ। अनि सरकारले कुनै पनि दिन हटाउन सक्छ भन्ने भय बोकेर बसेका काउन्सिलका अध्यक्ष र सदस्यले स्वतन्त्रतापूर्वक काम गर्छन् भनेर हामीले मान्नुपर्ने भयो।

अर्कातिर, उनीहरूले जोखिम मोलेर गरेको कामले पनि स्वतन्त्रतापूर्वक विवेक प्रयोग गरेर भएको हो भनेर समाजले नमान्ने अवस्था आउन सक्ने भयो।

सत्ता वा शक्तिमा बसेकाहरूमाथि आलोचनात्मक प्रश्न गर्ने पत्रकारमाथि नियोजित रूपमा काउन्सिलको यो क्षेत्राधिकार प्रयोग हुँदैन भनेर कसरी आश्वस्त हुने? अहिलेको मुख्य प्रश्न यही हो।

विधेयकमा दण्डको दायरा यति फराकिलो छ, भनिसाध्य छैन।

‘यतिदेखि यतिसम्म’ भन्ने सजायको अंक निर्धारणमा उस्तै र उही प्रकृतिको मुद्दामा फरक-फरक सजाय गरेको भनेर न्यायालयका काबिल न्यायाधीश त बेलाबेला विवादमा पर्छन्। यस्तोमा मिडिया काउन्सिलका पदाधिकारीले फराकिलो अकंबीच उपयुक्त सजायको अंक कसरी निर्धारण गर्लान्? कि, मनपरि गर्लान्?

मलाई लाग्छ धेरैजसोले मनपरि नै गर्ने छन्।

मेरो भनाइ काउन्सिलका अधिकारीलाई दण्ड-सजायको अधिकार बढाएर जिम्मेवार पत्रकारिता प्रवर्द्धन हुँदैन भन्ने हो।

प्रेस काउन्सिलमा अहिलेसम्म धेरैजसो पत्रकारहरस् हाबी हुँदै आए। वास्तवमा यो मिडियाका कामकारबाहीमाथि निगरानी, बहस र छलफल गर्ने निकाय हो। यसको संरचना कस्तो हुनुपर्छ भन्ने नै राम्ररी बहस भएको छैन।

अहिलेसम्म सरकारले अध्यक्षसहित पेसागत विधाबाट सदस्यहरू नियुक्ति गर्ने, पत्रकार महासंघको सभापति पदेन सदस्य हुने व्यवस्था थियो। बेलाबखत राम्रै देखिए पनि मनलाग्दी नियुक्तिका धेरैजसो समयमा यो संरचना खासै प्रभावकारी थिएन। अब त सरकारले जुनसुकै बेला हटाउन सक्ने भएपछि यो सरकारी संरचनाकै विस्तारित अंग हुने भयो।

अब प्रश्न उठ्छ, विधेयक जस्ताका तस्तै पारित प्रेसको अवस्था के होला?

मलाई सांसदहरुको विवेकप्रति भरोसा छ। त्यसैले यो विधेयक जस्ताको तस्तै पास हुँदैन। प्रेसले निर्भयतापूवर्क लेख्न सकेन भने समाजमा आलोचनात्मक चेत कमजोर हुन्छ। सबभन्दा ठूलो मार के भने, जोखिम मोलेर अहिलेसम्म पत्रकारले जे जति खोज गरिरहेका छन्, उनीहरूले अब ‘ममाथि १० लाख रुपैयाँ जरिवाना गर्ने कानुन छ’ भनेर धेरैपल्ट सोच्नेछन्।

त्यसै पनि हाम्रो पत्रकारिता सशक्त र जोखिम मोलेर अघि बढ्न सकिरहेको छैन। यस्तो अवस्थामा यो कानुनले पत्रकारको बचेखुचेको जोश र जाँगरमाथि पनि प्रहार गर्नेछ।

यति हुँदाहुँदै पत्रकारहरू पूरै डराएर लेख्न छाड्नेछन् भन्ने मलाई लाग्दैन। किनकि नेपाली पत्रकारहरू लोकतन्त्रका उपभोक्ता मात्रै होइनन्, अभियन्ता पनि हुन्।

आचारसंहिता भनेको पत्रकार आफैंले बनाएको दस्तावेज हो। सरकारले काउन्सिलसम्बन्धी कानुन बनाउँदा कसरी यो संहिता लागू गर्न प्रेरित गर्न सकिन्छ, प्रोत्साहन गर्न सकिन्छ भनेर सोच्नुपर्थ्यो। तर, सरकार ठूलो आर्थिक दण्डकारी हतियारका साथ प्रस्तुत भयो। त्यसैले, यो गाली-बेइज्जतीसम्बन्धी संसदले नै यसअघि बनाएको कानुनमाथि दोहोरोपन हो भने न्यायालयको क्षेत्राधिकारमाथि अतिक्रमण त हुँदै हो।

मलाई के लाग्छ भने, मिडिया काउन्सिलका अध्यक्ष र सदस्यलाई कार्यकाल नपुग्दै हटाउन सक्ने र पत्रकारलाई ठूलो आर्थिक दण्ड दिनसक्ने अधिकार काउन्सिललाई दिने प्रावधान संसदले प्रारम्भमै हटाउनुपर्छ। बाँकी विषयमा छलफलको प्रक्रिया अघि बढाउनुपर्छ।

यसो भएन भने यो विधेयकले प्रेस स्वतन्त्रताको संवैधानिक सीमामाथि अतिक्रमण गरेको मानिनेछ र न्यायालयमा चुनौतीको विषय बन्न पुग्नेछ।

(गाउँले खोज पत्रकारिता केन्द्रका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति हुन्)

पत्रकारलाई १० लाख जरिवाना गर्ने कानुन बन्दै !

२६ वैशाख, काठमाडौं । सरकारले समाचारका कारण व्यक्तिको प्रतिष्ठामा आँच पुगे १० लाखसम्म जरिबाना हुन सक्ने गरी कानून बनाउन लागेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको ‘मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले समाचारका कारण प्रतिष्ठामा आँच पुगेमा १० लाख जरिवाना हुनसक्ने व्यवस्था गरेको हो ।

कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई पच्चीस हजार रुपैयाँ देखि दश लाखसम्म रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ ।

आचार संहिता विपरीत कुनै सामाग्री प्रकाशन वा प्रशारण गरेको कारणबाट कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेमा काउन्सिलले क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपुर्ति भराइदिन सक्ने व्यवस्था पनि गरिएको छ । ‘…कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई पच्चीस हजार रुपैयाँ देखि दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ’ विधेयकको दफा १८ मा भनिएको छ ।

व्यक्तिको प्रतिष्ठामा आँच पुगेको अवस्था हेरी उजुरीकर्ता र समाचार लेख्ने पत्रकार, सम्पादक, प्रकाशकबीच काउन्सिलले मेलमिलाप गराउन सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । काउन्सिलले निर्धारण गरे बमोजिमको संख्या, समय र पृष्ठमा खण्डन सम्प्रेषण गर्न लगाउने, सरकारबाट पाउने सहुलियत, लोक कल्याणकारी विज्ञापन वा सुविधा आंशिक वा पुरै रोक लगाउन सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्न सक्ने प्रावधान पनि विधेयकमा राखिएको छ ।

विधेयकको दफा १७ को (४) मा कारबाही गर्ने निर्णय गर्नु अघि काउनिसलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई सफाइ पेस गर्ने मनासिव मौका दिनुपर्ने ब्यवस्था पनि छ ।

काउन्सिलको निर्णयविरुद्ध अदालत जान सकिने

विधेयकले काउन्सिलले कारबाही गर्ने गरी गरेको निर्णय वा आदेशमा चित्त नबुझे उच्च अदालतमा पुनरावेदन दिन सक्ने ब्यवस्था पनि गरेको छ । ‘काउन्सिलले कारबाही गर्ने गरी गरेको निर्णय वा आदेशमा चित्त नबुझ्ने पक्षले निर्णय वा आदेश भएको मितिले ३५ दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ’ विधेयकको दफा २० मा उल्लेख छ ।

प्रेसमाथि अंकुश लगाउँदै सरकारः पत्रकारलाई १० लाखसम्म जरिवाना !

काठमाडौं । सरकारले प्रेसमाथि अंकुश लगाउने गरी तयार पारेको मिडिया काउन्सिल विधेयक बिहीबार संसदमा दर्ता भएको छ ।

विधेयकमा पत्रकारले आचारसंहिताविपरीत समाचार लेखे १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

श्रमजीवी पत्रकार ऐन र प्रेस काउन्सिल ऐन खारेज गर्नेगरी दर्ता भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा हालको प्रेस काउन्सिललाई नेपाल मिडिया काउन्सिल बनाउने व्यवस्था गरिएको छ ।

सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार संघीय संसद सचिवालयमा सो विधेयक दर्ता गरेका हुन् ।

आचारसंहिता विपरीतका सामाचारमूलक सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पु¥याएको देखिएमा जरिवाना भराई काउन्सिलले क्षतिपूर्तिसमेत भराइदिन सक्ने व्यवस्था गरिएको छ ।

यस्तो व्यवस्था गरी आउन लागेको ऐनको विषयमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले पत्रकारलाई अंकुश लगाउने गरी आएको विधेयकको मस्यौदामा कुनै छलफल नै नभएको प्रतिक्रिया दिएको छ ।

‘सरकारले सरोकारवालासँग कुनै छलफल नगरी यस्तो विधेयक ल्याउनु दुर्भाग्य हो,’ महासंघका महासचिव रमेश विष्टले राजधानीसंग भने, ‘सरकारले ठूलो रकम जरिवाना गराएर पत्रकारलाई तर्साउने उद्देश्य राखेर विधेयक ल्याएको हाम्रो मूल्याकंन छ ।’

श्रमजीवी पत्रकार ऐनसमेत खारेज गर्ने गरी आउने लागेको विधेयकले श्रमजीवीका हक अधिकार कटौती गर्न खोजेको महासचिव विष्टले बताए ।

‘श्रमजीवि पत्रकार ऐन खारेज गर्ने र सम्पूर्ण पत्रकारको पेशागत विषयहरु बेवास्ता गरिएको छ,’ उनले भने, ‘यस विषयमा हामी भोलि (शुक्रबार) नै औपचारिक रुपमा निर्णय गरेर विधरोमा उत्रन्छौं ।’

उनले विधेयक फिर्ता लिन सरकारलाई दबाब दिने बताए । उनले भने, ‘सरकारले फिर्ता नलिएर संसदबाट पारित गर्न खोजे सांसदहरुसंग छलफल गरेर पारित हुनबाट रोक्ने छौं ।’

यसैगरी पत्रकारिताका प्राध्यापक पी खरेल सरकारले ल्याएको विधेयक पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने उद्देश्यले आएको बताउँछन् ।

उनले मुलुकका हरेक गतिविधिलाई विशेष महत्वका साथ निगरानी गरेर जनतालाई सूसुचित गराउने पत्रकारलाई ‘वाच डग’ को रुपमा हेरिने गरेको बताए ।
‘त्यही वाच डगलाई पनि निगरानि गर्ने निकाय प्रेस काउन्सिल हो,’ उनले भने, ‘यसरी वाच डग को वाच डग रहेको काउन्सिलमा राजनीतिक हिसाबले नियुक्ति हुने गरेको छ, त्यही निकायले पनि यस्तो कानून आउँदा विरोध जनाउनुपर्नेमा कुनै प्रतिकृया नजनाउनु गम्भिर विषय हो ।’

उनले पत्रकारलाई अंकुश लगाउने गरी विधेयक आउनु भनेको खतरनाक भएको प्रतिकृया दिए ।

‘लोकतान्त्रिक व्यवस्थामा यस्तो किसिमले विधेयक ल्याएर सरकारले गल्ती गरेको छ,’ प्राध्यापक खरेलले भने, ‘विधेयकको विषयमा पत्रकार महासंघले पनि विरोध गर्नुपर्ने देखिन्छ ।’

उनले विश्वको कुनै पनि मुलुकको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको विषय नसमेटिएकोमा नेपालको संविधानले भने समेटेको बताए ।

‘नेपालका संविधानमा प्रस्तावनामा नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको छ,’ उनले भने, ‘यस्तोमा पनि संसदले पारित ग¥यो भने संविधान विपरित हुन्छ र संसद निकम्बा सावित हुन्छ ।’

यसैगरी प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारलाई समस्यामा पार्ने गरी आउन लागेको कानूनको विरोधमा उत्रनुपर्ने प्रतिकृया दिए ।

उनले सरकार पत्रकारमाथि आक्रोशित भएर अघि बढेकोमा चिन्ता व्यक्त गरे । उनले पत्रकारलाई ठूलो जरिवाना राख्ने गरी आएको विधेयकले नेपालको स्वतन्त्र पत्रकारितामा ठूलो धक्का लाग्ने बताए ।

दर्ता भएको विधेयकको दफा १८ मा भनिएको छ, ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच आएको भनी सम्बन्धित व्यक्तिले दिएको उजुरी प्रमाणित भएमा सम्बन्धित आमसञ्चार माध्यम, प्रकाश, सम्पादक, पत्रकार वा सम्वाददातलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्नेछ ।’

काउन्सिलले जाँचबुझ गर्दा समाचारकै कारण कुनै व्यक्ति वा संस्थालाई क्षति भएको ठह¥याएमा मनासिव क्षतिपूर्ति भराउने व्यवस्था पनि गरिएको छ । आाचारसंहिता उल्लंघनसम्बन्धी काम कुनै अन्य प्रचलित कानून बमोजिमको कसुर हुने भए आवश्यक कारबाहीका लागि लेखी पठाउने अधिकार काउन्सिललाई दिइएको छ ।

आचार संहिता उल्लंघनमा कारबाही भएपनि अन्य प्रचलित कानुन बमोजिम कारवाही र सजाय गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ । काउन्सिलले कारबाही गर्ने निर्णय चित्त नबुझेमा आदेश भएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सकिने व्यवस्था समेत विधेयकमा छ ।

आचारसंहिता उल्लंघन सम्बन्धी उजुरी सम्बन्धित व्यक्तिबाहेक अन्य स्रोतबाट पनि लिन सकिने बताइएको छ । सामाजिक सञ्जाल वा गोप्य जानकारीलाई पनि उजुरी मानेर कारबाही प्रक्रिया अघि बढाउन सक्ने विधेयकमा व्यवस्था गरिएको छ ।

आचारसंहिता उल्लंघनका विषयमा काउन्सिलले गरेको निर्णय वा आदेशसम्बन्धी आमसञ्चार माध्यममा प्रकाशन गर्न लगाउन सक्नेसम्मका अधिकार दिइएको छ ।

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि टिप्पणी र सुझाव

पृष्ठभूमि

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले दुई पाटो समेट्न खोजेको छ। एउटा हो- हाल विधुतीय कारोबार ऐनले समेट्दै आएको सूचना प्रविधिको विकास, प्रवर्द्धन र नियमन गर्ने, विधुतीय अभिलेख तथा हस्ताक्षरको मान्यता, सत्यता र विश्वसनीयतालाई नियमित गर्नेलगायतका विषय। अर्को हो- साइबर अपराध र सामाजिक सञ्जालको विषय। यसअघि दोस्रो विषयलाई एकमुष्ट रुपमा विधुतीय कारोबार ऐनको दफा ४७ एक मात्रै दफाको प्रयोग गरिन्थ्यो। दफा ४७ लाई नै टेकेर अनलाइन मिडिया अथवा सामाजिक सञ्जालहरुबाट संप्रेषण भएका सामग्रीलाई लिएर पक्राउदेखि मुद्दा दायर हुँदै आएको छ। पत्रिकामा प्रकाशित सामग्रीलाई अनलाइनमा साभार गर्दा यही ऐनको दफा ४७ मार्फत् नै अनलाइनलाई कारवाही हुने तर मुल स्रोतमा प्रकाशित सामग्रीको विषय भने नसमेटिने हुँदा कानुनी प्रकृयामा विरोधाभाष देखिँदै आएको छ।   

उद्देश्य

सूचना प्रविधिको विकास,प्रवर्द्धन,नियमनलाई प्रमुख उद्देश्यका रुपमा यस ऐनले ग्रहण गरेको छ। साइबर अपराध नियन्त्रणसँगै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसमेत यस ऐनले लिएको देखिन्छ।

प्रस्तावित विधेयकको मस्यौदामा रहेका मूलभूत समस्या र सुझावहरुलाई यहाँ प्रस्तुत गरिएको छ :

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयककामूलभूत समस्या

सरकारले संसदमा पेश गरी हाल समितिमा दफावार छलफलमा रहेकोसूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमावाक् तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारितासँग सम्बन्धितनिम्नानुसारका समस्या छन्:

प्रस्तावनामा नै समस्या :

परिच्छेद १ (३)मा भनिएको छ –यो ऐन नेपालभर लागू हुनेछ र यो ऐनको उल्लंघन गरी कसूर गर्ने जहाँसुकै रहे बसेको व्यक्तिसमेतलाई यो ऐन लागू हुनेछ। सूचना प्रविधिले सबैभन्दा पहिले राष्ट्रिय सीमाको दायरालाई तोड्ने गर्छ। सूचना प्रविधिको विशेषता अथवा चुनौती भनेकै जहाँसुकैबाट पनि प्रयोग गर्न सकिने भन्ने हो। जहाँबाट पनि संचालन गर्न सकिने भएकाले यसको व्याख्यागर्दा विशेष रुपमा ख्याल गर्नुपर्ने हुनसक्छ। नेपाल भर लागू हुने ऐन अनुसार जहाँसुकै (‘जहाँसुकै’शब्द अमूर्त छ)रहे बसेको व्यक्तिमा यो ऐन लागू हुनेछ भनिएको छ। सूचना प्रविधिको पछिल्लो विकासक्रमले आम सञ्चारकै परम्परागत परिभाषा फेरेको अवस्थामा यसलाई हेर्ने दृष्टिकोणको दायरा पनि फराकिलो हुनुपर्ने देखिएको छ।

मुलभूत रुपमा यसमा देखिएका समस्याहरु:

  • दफा ८६ ले व्यवस्था गरेको अश्लील सामाग्री निषेधको विषयमा अश्लीलताको परिभाषा छैन। यसलाई बाल यौनजन्य सामाग्री (चाइल्ड पोर्नोग्राफी) र असहमति, जबर्जस्ती गरिएका यौनजन्य सामाग्रीका रुपमा स्पष्ट उल्लेख गरिनुपर्छ।
  • दफा ९१ मा सामाजिक सञ्जाल सञ्चालन गर्न दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। यसलाई दर्ता गर्ने वा नेपालका लागि सम्पर्क व्यक्ति तोक्ने प्रावधान राखिनुपर्छ। उपदफा ३ मा रहेको दर्ता नभएको व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जालको प्रयोगमा नेपाल सरकारले रोक लगाउन सक्ने प्रावधान छ।यो सबैभन्दा विवादित विषय हो। अभिव्यक्ति स्वतन्त्रता र नियन्त्रण यससँगै जोडिएका छन्। उदाहरणका लागि फेसबुकले नेपालमा दर्ता हुन चाहेन भने के यसको प्रयोगमा निषेध हुने हो?
  • दफा ९२ मा यस ऐन बमोजिमको कसूर ठहरिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेको वा गर्न लागेको विषयमा एक सरकारी प्रशासनिक विभागले त्यस्तो विषयवस्तु वा सूचना हटाउन तत्काल सामाजिक सञ्चालकलाई निर्देशन दिनसक्ने व्यवस्था गरिएको छ। यसले विचार र अभिव्यक्तिमाथि पूर्व प्रतिबन्धको अवस्था सिर्जना गर्दछ र विधेयकको नियन्त्रणमुखी चरित्र उजागर गर्छ। ऐन बमोजिमको कसूर हो वा हैन ठहर गर्ने विषय अदालतलाई छाड्नु पर्छ। यसको निर्क्यौल गर्ने काम सरकार मातहतको विभागका कुनै कर्मचारी कुनै पनि हालतमा हुन सक्दैनन्। यो दफाले कसूरमा मात्र हैन गर्दै नगरेको कसूरमा समेत कारबाही गर्न खोजिएको छ।
  • दफा ९४ मा सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने विषयषवस्तुका ६ वटा बूँदा उल्लेख गरेको छ। यी विषय तत्कालै हटाउन वा हटाउन लगाउनका लागि विभागले सामाजिक सञ्जाल सञ्चालकलाई निर्देशन दिने प्रावधान राखिएको छ। कुनै पनि विषय हो वा हैन ठहर गर्ने काम सरकार वा मातहतको निकायको हैन। कसैको चरित्र हत्या बिना तथ्य वा आधार गरिएको हो कि हैन अनुसन्धान गर्ने र निर्क्यौल गर्ने काम अदालतको हो। त्यसैले विभागले अनुसन्धान र ठहर दुवै काम गर्नु लोकतान्त्रिक हुँदैन। ९४ (१) ग मा उल्लेख गरिएको ‘कुनै व्यक्तिलाई जिस्क्याउने,झुक्याउने,होच्याउने,हतोत्साही गर्ने,हप्काउने,घृणा तथा द्वेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पार्ने आशय’भन्दै आफूअनुकूलका सन्देशमात्र प्रवाह गराउनेगरी नियन्त्रणमूखी अवधारणालाई पृष्ठपोषण गर्न खोजेको देखिन्छ।
  • दफा ९८ (२९)मा व्यवस्था भएकोसामाजिक सञ्जालमा प्रेषित कसूरजन्य सामग्रीमा हुने सजायँ अस्वभाविक छ र कसूरको गाम्भीर्यतासँग समानुपातिक देखिदैन। उदाहरणको लागि ‘कुनै व्यक्तिलाई जिस्क्याउने,झुक्याउने,होच्याउने,हतोत्साही गर्ने,हप्काउने,घृणा तथा द्वेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पार्ने आशय’कसूरको सजायँ पाँच वर्ष कैद र १५ लाखसम्म जरिवाना प्रस्ताव गरिएको छ। नेपालका अन्य कानूनहरुलागि हेर्दा ज्यान मार्ने उद्धोग गरेमा दश वर्ष र एक लाख एंव जबरजस्ती करणीमा सातदेखि १० वर्ष कैद रहेको छ।
  • विद्यमान अन्य कानूनहरुसँग बाझिएका प्रावधानहरू छन्।विधेयकको दफा ७६ मा विधुतीय माध्यमबाट गोपनियता भँग गरेमा पाँच लाख रुपैयासम्म जरिवाना वा तीन वर्ष सम्म कैद वा दुवैको व्यवस्था गर्न खोजिएको छ भने वैयक्तिक गोपनियतासम्बन्धी ऐनको दफा १९ मा विद्युतिय माध्यमबाट गोपनियता भँग भएमा दफा २९ को कसुर र सजाँय प्रावधान अन्र्तगत तीन वर्ष सम्म कैद वा तिस हजार जरिवाना छ।
  • दफा १०३ मा यस ऐन बमोजिमको कसूरसँग सम्बन्धित मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सूचना प्रविधि अदालतलाई र त्यस्तो अदालत गठन नभएसम्मका लागि सम्बन्धित जिल्ला अदालतलाई क्षेत्राधिकार तोकिएको छ। सामाजिक सञ्जालका लागि मात्र विभागले निर्क्यौल गर्ने, कारबाही गर्ने र निर्देशन दिने दोहोरो मापदण्ड लगाउनु हुँदैन।
  • ऐनले सामाजिक सञ्जाललाई मात्र ध्यान दिएको छ। कसैले सामाजिक सञ्जाल बिना वेबसाइट बनाई इन्टरनेटमा आपराधिक गतिविधि गरेमा त्यसलाई कारबाहीको दायरामा ल्याउन कठिन हुने देखिन्छ। 

 

मस्याैदामा दफावाररूपका गरिएकाे विश्लेषण र सुझाव यहाँ छ ।

Govt drafts bill with harsher provisions on media, journos

KATHMANDU, May 10: The government has pushed new legislation with harsher provisions to further tighten control on media, including a provision of up to Rs 1 million penalty for publishing content in violation of the media code of ethics.

 

The Bill to Amend and Integrate Media Council Act registered by the Ministry of Communications and Information Technology at the House of Representative secretariat on Thursday also proposes a structure for keeping the media council under the government’s purview.

Section 18 of the bill states that the council may impose a fine of Rs 25,000 to 1 million aganst a media house, publisher, editor or journalist if media content is found tarnishing the dignity or reputation of any individual.

Similarly, the council may make the media house concerned provide compensation to a victim if any content published by it violates the code of ethics, causing damage to any individual or institution.

Existing media law doesn’t allow the media watchdog body, Press Council Nepal (PCN), to slap monetary penalties against media or journalists for violating the code of ethics.

The PCN may order a media house to publish the rebuttal of the victim and could recommend to the government to bar the media house from government subsidy for a certain period if it is found to be in breach of the media code of ethics repeatedly.

The media council bill has been drafted at a time when the media fraternity and civil society fear that the government is trying to curtail freedom of expression and the press through an Information Technology and Advertisement Bill. Both bills are under discussion at parliament.

Media freedom activists fear that the authorities may use such laws to keep media under the threat of government reprisals for critical reporting.

According to the bill, any individual can file a complaint against media and journalists at the council, accusing them of violating the code even if he/she is not personally affected by the media content.

Also, the proposed media council can take action against media and journalists on charges of violation of the code of ethics if the authorities find any content to be in violation of the code in any fashion even without any complaint being filed.

The council may mediate reconciliation, ask media, a publisher, editor or journalist for an apology, recommend restrictions on government subsidy or advertisements for a certain period and even suspend the press credentials of journalist for a certain period and also deprive print media of council classification for violation of the code, depending on the gravity of the case.

The Media Council Bill further explains that the council should forward the case to the concerned authority for legal action if any case concerning media ethics also constitutes an offence under any existing law. A provision in the bill states that media, publishers, editors or journalists can challenge the decision of the media council at the high court within 35 days of a verdict.

The Media Council will draft and implement a media code of ethics and all media houses also must adopt an internal code of ethics in line with the council’s, code, reads the bill.

Media experts have also expressed concern over the independence of the council, given the government’s upper hand in appointments of the head and members of the council.

According to the bill, the government will appoint the chairperson of the council and the concerned ministry will appoint six other members, including two women. Chairperson of the Federation of Nepali Journalists and a joint-secretary at the ministry will be ex-officio members of the council.

“The appointment procedure for the chief and members at the council doesn’t meet the requirements of an independent self-governing body ,” said constitutional expert Bipin Adhikari.

He added that it also matters whether the government has drafted the new law as demanded by the media fraternity or as per the government’s plan.

After endorsement of the proposed bill, the existing PCN will be converted in to the media council and existing office bearers will be terminated. The bill has provisioned that any individual holding a bachelor’s degree in any field and having experience of journalism for 10 years will be eligible to become chairperson of the council.

Media expert Kashi Raj Dahal said that the qualification criteria for the chairperson are very low for a quasi-judicial body. “It should have been at least 20 years of experience in media and knowledge of media and law ,” he said . The new bill has also proposed barring the council from receiving any foreign grants directly.

नियन्त्रित मिडिया काउन्सिल गठनको तयारी

काठमाडौँ — सरकारले मिडियामाथि नियमनका लागि सम्पूर्ण रूपमा नियन्त्रित ‘मिडिया काउन्सिल’ गठनको तयारी गरेको छ । लोकतान्त्रिक मुलुकहरूमा मिडियाले स्वनियमन गर्ने अभ्यास बढिरहेका बेला नेपाल सरकारले भने आफूनियन्त्रित संयन्त्र खडा गर्न खोजेको हो । 

अहिलेको प्रेस काउन्सिललाई विस्थापन गर्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संसद् सचिवालयमा ‘नेपाल मिडिया काउन्सिल’ सम्बन्धी विधेयक दर्ता गराएको छ। विद्यमान प्रेस काउन्सिल ऐनमा स्वस्थ पत्रकारिताको विकासका लागि काउन्सिल स्थापना हुने भनिएको छ।

प्रस्तावित विधेयकमा स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि स्वतन्त्र नियमनकारी भूमिका निर्वाह गर्न नेपाल मिडिया काउन्सिल स्थापना गरिएको उल्लेख छ। उद्देश्यमा ‘स्वतन्त्र नियमनकारी’ भनिए पनि काउन्सिल गठनको प्रस्तावित व्यवस्था त्यसअनुरूप छैन।

अहिलेको प्रेस काउन्सिल पनि सरकार नियन्त्रित भएको र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। मिडिया नियमन गर्ने निकाय स्वायत्त हुनुपर्ने आवाज बढदै गएका बेला त्यसविपरीत सरकारले अहिलेभन्दा पनि थप नियन्त्रित निकाय प्रस्ताव गरेको छ। काउन्सिलका पूर्वअध्यक्ष पत्रकार हरिहर विरहीले प्रेस काउन्सिल जस्तो स्वतन्त्र र स्वायत्त हुनुपर्ने निकायलाई सरकारले आफ्नो कठपुतली बनाउने मनसाय राखेर विधेयक ल्याएको अनुमान गर्न सकिने बताए। उनले राज्यका सबै अंगको सरकारीकरण गरिने प्रयासकै कदमका रूपमा यसलाई लिन सकिने उल्लेख गरे।

प्रस्तावित मिडिया काउन्सिलका अध्यक्षदेखि सदस्यहरूको नियुक्ति प्रक्रियामा सरकारलाई हाबी बनाइएको छ। पदेन सदस्य रहने भनिएको नेपाल पत्रकार महासंघका अध्यक्षबाहेक काउन्सिलका अध्यक्ष र बाँकी सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्रीको निगाहमा नियुक्ति हुने प्रावधान राखिएको छ। मिडियासँग सम्बन्धित विधेयकको मस्यौदा गरिँदा मन्त्रालयले सरोकारवाला संघसंस्थासँग कुनै छलफल चलाएको छैन। विधेयकको मस्यौदा तयारीको प्रक्रियामा महासंघलाई पनि संलग्न गराइएको थिएन।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया आफैंबाट स्वनियमन हुनुपर्ने अवधारणाबाट काम गरिनुपर्नेमा सरकारले त्यसविपरीत नियमनको प्रयास गर्न खोज्नु उदेकलाग्दो भएको बताए। ‘स्वतन्त्र प्रेसलाई लिएर कायम अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा संविधानले गरेको पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीविरुद्धको कुनै पनि कदम हामीलाई स्वीकार्य हुन्न,’ उनले भने।

मन्त्रालयको सचिव संयोजक र मन्त्रालयले तोकेका दुई जना सदस्य रहने समितिको सिफारिसमा सरकारले काउन्सिलको अध्यक्ष नियुक्ति गर्नेछ। सिफारिस समितिका दुई जना सदस्यमा एक जना कानुन, सूचना प्रविधि व सामाजिक क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरूमध्येबाट तथा अर्को वरिष्ठ पत्रकारहरूमध्येबाट मन्त्रालयले तोकेको व्यक्ति हुनेछन्। कुनै विषयमा स्नातक उपाधि हासिल गरी पत्रकारिता क्षेत्रमा कम्तीमा दस वर्षको अनुभवसहित सो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट अध्यक्षको नियुक्ति गरिने भनिएको छ।

विद्यमान प्रेस काउन्सिल ऐनमा सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट अध्यक्ष नियुक्तिको व्यवस्था छ।

काउन्सिलको सदस्यमा मन्त्रालयले तोकेको एक जना सहसचिव तथा काउन्सिलको वरिष्ठतम कर्मचारी सचिव हुने भनिएको छ। त्यस्तै, आमसञ्चार क्षेत्रका विभिन्न विधा, व्यवस्थापन, कानुन, सूचना प्रविधि वा सामाजिक क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेका कम्तीमा दुई जना महिलासहित मन्त्रालयले मनोनयन गरेका ६ जना सदस्य हुनेछन्। विद्यमान प्रेस काउन्सिल ऐनमा पत्रकार, सम्पादक र प्रकाशकमध्येबाट पत्रकार संघहरूको परामर्शमा प्रत्येक क्षेत्रबाट दुई जनाका हिसाबले ६ जना सदस्य हुने प्रावधान छ।

त्यस्तै, साहित्यिक पत्रकारितासँग सम्बन्धित संस्थाहरूले सिफारिस गरेका पत्रकारहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना व्यक्ति सदस्य हुने व्यवस्था छ। प्रस्तावित विधेयकमा सरोकारवाला संस्थासँगको परामर्श र सिफारिसको व्यवस्था हटाइएको छ।

पत्रकार महासंघका पूर्वसभापतिसमेत रहिसकेका वरिष्ठ पत्रकार विरही प्रेस जगत्लाई अझ स्वतन्त्र, सुरक्षित मर्यादित र व्यावसायिक बनाउन सरकारको कठपुतली होइन, स्वायत्त, स्वतन्त्र नागरिक र बौद्धिक वर्गको भावनाको प्रतिनिधित्वलाई प्राथमिकतामा राखिनुपर्ने बताउँछन्। ‘प्रस्तावित विधेयक यथावत् रूपमै संसद्बाट पारित भए प्रेस/मिडिया काउन्सिल जस्तो निकायको कुनै औचित्य र अर्थ रहने छैन,’ उनले भने, ‘स्वतन्त्र प्रेसलाई मर्यादित बनाउने बहानामा एउटा अर्को प्रेस स्वतन्त्रता र पत्रकारिताको स्वतन्त्र भूमिकाविरुद्धको कदम सरकारबाट चालिएको छ।’

काउन्सिलको अध्यक्ष र मनोनीत सदस्यको पदावधि चार वर्षको हुने अहिलेकै व्यवस्थालाई निरन्तरता दिइएको छ। तर, अध्यक्ष वा सदस्यलाई निजको पदावधिअगावै हटाउन सक्ने प्रावधान थपेर सरकारले काउन्सिलमाथि आफ्नो नियन्त्रण बढाएको छ। कार्यक्षमताको अभाव भए, काम सन्तोषजनक नभए, खराब आचरण भए, इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरे वा मानसिक सन्तुलन ठीक नभए पदावधिअगावै हटाउन सकिने विधेयकमा उल्लेख छ।

आचारसंहिता पालना भए/नभएको विषयमा अनुगमन गर्ने तथा आचारसंहिता उल्लंघनको विषयमा उजुरी लिने, उजुरीउपर आवश्यक छानबिन गरी कारबाही गर्ने महत्त्वपूर्ण अधिकार काउन्सिललाई तोकिएको छ। काउन्सिलले विद्युतीय प्रसारण तथा अनलाइन पत्रकारिता, छापा पत्रकारिता र साहित्यिक पत्रकारितालगायत आम सञ्चार माध्यमविरुद्धको उजुरी लिने, कारबाही गर्ने, अनुगमन गर्ने, निर्देशन दिनेजस्ता काम गर्न पाउने प्रस्ताव छ।

काउन्सिललाई भने सरकारले आवश्यकताअनुसार निर्देशन दिन सक्ने प्रावधान विधेयकमा समेटिएको छ। आमसञ्चार नीति अनुकूल स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा संवर्द्धन गर्दै पेसागत आचरण कायम राख्न सरकारले काउन्सिललाई आवश्यक निर्देशन दिन सक्ने विधेयकको दफा २९ मा भनिएको छ। उक्त प्रावधानले काउन्सिलप्रति अविश्वास र सिधा हस्तक्षेप गर्ने नियत सरकारले राखेको प्रस्टिएको विरहीले उल्लेख गरे।

१० लाखसम्म जरिवाना

आचारसंहिता उल्लंघनको विषयमा कारबाही दायरा कठोर बनाउँदै विधेयकमा १० लाख रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ। काउन्सिलबाट जारी आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिए काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा प्रस्तावित छ।

प्रकाशन वा प्रसारणका कारण कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भए काउन्सिलले मनासिब क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था छ। ‘सरकारद्वारा नियुक्त निकायले पत्रकारहरूलाई दण्ड जरिवाना गर्न सक्ने व्यवस्था गर्नु प्रेस काउन्सिलजस्तो विश्वव्यापी रूपमा प्रचलित संस्थाको मान्यताविपरीत हो,’ विरहीले भने।

पत्रकारलाई १० लाख रूपैयाँसम्म जरिवाना गराउने कानुन बन्दै

सरकारले पत्रकारहरूलाई आचारसंहिता उल्लंघनमै दश लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितकको विधेयक संघीय संसदमा दर्ता गराएको छ।

हालको प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउन ल्याइएको विधेयकमा आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक र पत्रकारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा पच्चिस हजार देखि दश लाखसम्म जरिवना गराउन सक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

प्रेस काउन्सिल ऐनमा जरिवनाको व्यवस्था छैन। पत्रकारले आचारसंहिता उल्लघंन गरे मर्का पर्ने पक्षको भनाइ प्रकाशित गर्न लगाउने तथा पटक-पटक आचारसंहिता उल्लघंन गरे सरकारबाट पाउने सहुलियत र सुविधा निश्चित अवधिका लागि आशिंक वा पुरै रोक लगाउन सरकारलाई सिफारिस गर्ने व्यवस्था छ।

तर प्रस्तावित विधेयकमा काउन्सिलले आचारसंहिता उल्लंघन गरे जरिवानामात्र गर्ने छैन उसले क्षति पुगेको व्यक्ति वा संस्थालाई क्षतिपूर्ति भराउन सक्ने छ।

‘काउन्सिलबाट जारी आचारसंहिता विपरीत कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिल क्षतिपूर्ति भराइदिन सक्नेछ,’ विधेयकमा भनिएको छ।

विधेयकले पत्रकारलाई आचारसंहिता उल्लंघन गर्दा अन्य कानुनबमोजिम कारबाहीका लागि बाटो खोलिदिएको छ। अझ काउन्सिलले कारबाहीका लागि पत्र लेख्ने व्यवस्थासमेत राखिएको छ।

‘आचारसंहिता उल्लघंनसम्बन्धी कुनै काम अन्य प्रचलित कानून बमोजिम कसूर हुने रहेछ भने निज उपर त्यस्तो कानूनबमोजिम आवश्यक कारबाही चलाउनका लागि काउन्सिलले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ,’ विधेयकमा उल्लेख छ।

त्यस्तै विधेयकले आचारसंहिता उल्लंघनमा कारबाही भए पछि पनि अन्य कानुन बमोजिम कारबाही हुनसक्ने व्यवस्था खुला गरेको छ। प्रस्तावित विधेयकमा भनिएको छ- आचारसंहिता उल्लघंन गरेको कुनै काम अन्य प्रचलित कानून बमोजिम कसूर हुने भएमा आचार संहिता उल्लंघनमा कारबाही भएको कारणबाट मात्रै त्यस्तो कसूरमा प्रचलित कानूनबमोजिम कारबाही चलाउन र साजय गर्न बाधा पर्ने छैन।

सरकारले प्रेस काउन्सिललाई विदेशी व्यक्ति तथा संस्थाबाट सहायता लिन खुला गरेको छ। जबकी मानवअधिकार आयोगलाई समेत सहायता लिन अर्थ मन्त्रालयको स्वीकृत लिनु पर्ने व्यवस्था गर्दै सरकारले केही समयअघि संशोधन विधेयक संसदमा लगेको छ। काउन्सिलको हकमा सरकारको अनुमति नचाहिने व्यवस्था राखिएको हो।

विधेयकले लाखौंको सजाय र कारबाही सिफारिस गर्न सक्ने व्यवस्था प्रस्ताव गरे पनि प्रेस काउन्सिलको अध्यक्ष हुने योग्यता भने स्नातक तहमा सीमित गरेको छ। हालको व्यवस्था अनुसार काउन्सिलमा सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीश वा बरिष्ठ अधिवक्ता वा पत्रपत्रित्का क्षेत्रबाट विशिष्ट योगदान पुर्‍याएका व्यक्ति अध्यक्ष हुने प्रावधान छ। नयाँ व्यवस्थाले कानूनी पृष्ठभूमिका व्यक्तिलाई आयोगमा आउन रोक्नेछ। विधेयकले अध्यक्ष हुन दश वर्षको पत्रकारिता क्षेत्रको योग्यता आवश्यक ठहर्‍याएको छ। जबकी सदस्य बन्न पन्ध्र वर्षको अनुभव हासिल गरेको हुनु पर्नेछ।

विधेयकले मिडिया काउन्सिललाई मात्र एउटा सरकारी कार्यालयका रूपमा स्थापित गर्न खोजेको देखिन्छ। मन्त्रालयको भूमिका बढाइएको छ। हालको प्रेस काउन्सिलमा ऐनमा प्रतिनिधि सभाबाट सभामुख र राष्ट्रिय सभाबाट अध्यक्षले मनोनित गरेको व्यक्ति सदस्य रहने व्यवस्था छ। प्रस्तावित विधेयकमा अध्यक्ष सरकारले, सदस्यहरू मन्त्रालयले तोक्ने व्यवस्था छ। नौ सदस्यीय काउन्सिलमा ६ जना सदस्य मन्त्रालयले नियुक्ती गरेका व्यक्ति हुनेछन्। एक जना मन्त्रालयले नै तोकेका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत हुनेछन्। अर्को एक जना भने पत्रकार महासंघका अध्यक्ष हुनेछन्।

विधेयकमा हाल प्रेस काउन्सिल ऐनमा राखिएको उद्देश्य हटाइएको छ।

काउन्सिलसम्बन्धी ऐनमा यसको उद्देश्य ‘स्वस्थ पत्रकारिताको विकास, आचारसंहिता बनाउने, सरकार र प्रेसबीच सहजीकरण गर्ने, सार्वजनिक नैतिकता कायम गर्ने र प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामा हस्तक्षेप हुन नदिने’ उल्लेख छ।

सरकारले ल्याएको नयाँ विधेयकमा प्रेस स्वतन्त्रतामा हस्तक्षेप हुन नदिने र पत्रकारिताको मर्यादा कायम राख्न प्रयत्नशील रहने भन्ने जस्ता महत्वपूर्ण विषयलाई समेटेको छैन।

त्यस्तै हाल रहेको प्रेस काउन्सिललाई विधेयकले सरकारले चाहेमा जुनसुकै बेला प्रेस काउन्सिलका अध्यक्ष र सदस्यलाई हटाउन सक्ने प्रावधानसमेत राखिएको छ।

‘काम सन्तोषजनक नभएमा’ सरकारले पदावधि सकिनुअघि नै हटाउन सक्ने व्यवस्था विधेयकमा छ।

हाल अर्ध न्यायिक निकायका रूपमा रहेको प्रेस काउन्सिल नयाँ विधेयकसँगै खारेज हुनेछ। र प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए सरकारी कार्यालयका रूपमा मिडिया काउन्सिल स्थापना हुनेछ।

प्रकाशित मिति: बिहिबार, वैशाख २६, २०७६, ०५:२८:००

Journos can be fined up to Rs 1m for code of conduct violation

The government has registered a bill in the parliament that proposes a fine of up to Rs 1 million on journalists violating the code of conduct.

The bill that will turn the current Press Council Nepal into Media Council has proposed a fine of Rs 25,000 to Rs 1 million on the media, its publisher, editor and journalist if they seem to have hurt somebody’s dignity and prestige.

The current Press Council Act does not have a provision of fine. It only requires publication of the aggrieved party’s version, and recommendation to the government to partially or completely stop government’s facilities and benefits for a certain period for repeated violation.

The Media Council can also order compensation for the aggrieved person or institution on top of the fine. “The council can also get the aggrieved persons or institutions compensated if they suffer any loss due to the publication or broadcast of the material violating the code of conduct issued by the council,” the bill states.

It has also paved the way for punishment against the journalists as per other laws for violation of code of conduct. The council will have to write to the bodies concerned for such legal action. It also states that punishment for violation of code of conduct will not save the journalists from punishment as per other laws for the same violation.

The bill allows the council to receive assistance from foreign individuals and institutions without government permission, even as the government has registered an amendment bill requiring even the National Human Rights Commission to take permission from the Finance Ministry for accepting foreign assistance.

Qualification for chairman of such a powerful council, however, has been limited to bachelor’s degree. Only a retired Supreme Court (SC) justice or senior advocate or a journalist who has made significant contribution through journalism can chair the current Press Council.

The chairman must have a 10-year journalism experience but members need a 15-year experience.

The bill has tried to establish the Media Council as a government body instead of the quasi-judicial the Press Council is now, and the role of Ministry of Communication and Information Technology has been expanded.

Members are nominated by the speaker of House of Representatives (HoR) and National Assembly chairman as per the current Press Council Act but the government will appoint the chairman, and the ministry members as per the bill.

Six members of the nine-strong Council will be appointed by the ministry, with a first-class officer nominated by the ministry, and the Federation of Nepali Journalists chairman being the other members.

The bill also allows the government to sack the chairman and members for unsatisfactory performance whenever it wishes.

Media Council Bill moves quietly to Parliament after remaining shrouded in secrecy for months

The government, on Wednesday, presented the Media Council bill to Parliament, bypassing a critical consultation phase with stakeholders and the public.

The consultation phase, in practice for a long time now, is considered a critical element of the democratic exercise of lawmaking.

Drafting of the Media Council bill, which aims to replace the existing Press Council Act, started last year, but information rights activists said that the government has attempted to prevent them from accessing the bill and its contents.

“No bill in Nepal has been shrouded in such secrecy in our recent history. There was not a single consultation since the drafting of the bill began,” said Taranath Dahal of Freedom Forum, a civil liberties organisation. “The participatory phase in the lawmaking process is effectively over now.”

Dahal and his team had been relentlessly pursuing the government to get a look at the bill, in hopes of starting a dialogue about its content. But they were constantly denied access, said Dahal. Officials have been dodging requests, claiming that the bill was still being drafted, until this afternoon when they were told that getting a look at the bill wouldn’t be possible “without Information Minister Gokul Baskota’s orders”, he said.

Rojnath Pandey, spokesperson for the Secretariat of the Federal Parliament, confirmed that the bill had been brought on Wednesday and would be tabled on Thursday. Lawmakers will then have 72 hours to register amendments, but information rights activists say that this limited window is not adequate for lawmakers to go through the bill and propose substantive amendments.

This is not the first time the KP Oli administration has rushed bills and tried to place stakeholders in the dark. Last February, the Ministry of Communication and Information Technology tabled the IT Management bill in a similar manner. Stakeholders had seen a draft of the IT bill, but when it was finally tabled at Parliament, the contents had changed, surprising stakeholders, insiders said.

The secrecy surrounding the Media Council bill has given rise to fears of more sanctions on press freedoms, as existing laws are already being used to stifle journalists and the media. A recent Freedom Forum report pointed out how this government is increasingly using legal channels to circumscribe freedom of the press.

The Media Council bill, however, was drafted after consultations with stakeholders and on the recommendations of a high-level committee formed three years ago, said Rishiram Tiwari, spokesperson for the Ministry of Communications and Information Technology. It has been in the making a long time, he said.

“The bill sent to Parliament only has some minor changes from the last time we consulted with stakeholders, like expanding the boundaries of the council,” said Tiwari, who couldn’t recall when exactly the consultations had taken place.

 

झुटो समाचारको समाधान के ?

भारतमा लोकसभा निर्वाचन जारी रहँदा त्यहाँको सामाजिक सञ्जाल गलत सूचना र झुटा समाचार (फेक–न्युज)ले भरिएका छन् । ठूलो परिमाणका जाली–फटाहा, गलत सन्देश दिन निर्माण गरिएका भिडियो र समाचार मुख्यतः म्यासेजिङ सेवामार्फत फैलिरहेका छन् । माइक्रोसफ्टले हालै गरेको अध्ययनमा ६४ प्रतिशत भारतीय नागरिकले कुनै न कुनै प्रकारको झुटा समाचार (फेक–न्युज)को सामना गरेको देखियो । कम्पनीले २२ देशमा गरेको सर्वेक्षणमध्ये भारतको परिमाण सबैभन्दा उच्च हो । भारतमा विश्वको सबैभन्दा धेरै समाजिक सञ्जाल प्रयोगकर्ता छन् । भारतमा ३० करोडले फेसबुक चलाउँन् । त्यस्तै, म्यासेजिङ सेवा ह्वाट्स–एप २० करोडले प्रयोग गर्छन् । २५ करोडले युट्युब प्रयोग गरिरहेका छन् । यी मतदाता प्रभावित गर्ने प्रमुख माध्यम हुन् ।

झुटो समाचार फैलाउन सबैभन्दा जिम्मेवार सत्तारुढ दल समर्थक ट्रोलको फौजलाई मानिन्छ । त्यस्तै समाचारको झुटोपन छुट्याउन नसक्ने प्रयोगकर्ताले नजानेरै यसको विस्तारमा सघाइरहेका छन् । यस्ता सूचना र समाचारका प्राणघातक प्रभावसमेत हुन्छन् । सन् २०१७ मा सामाजिक सञ्जालमा गाउँ–घरमा बच्चा अपहरणकारी घुमिरहेको हल्ला फैलियो । त्यसबाट आतंकित भएर भारतका कैयन् ठाउँमा आशंकै–आशंकामा मानिसमाथि आक्रमण गरी ३३ जनाको हत्या गरियो । त्यस्तै, सन् २०१४ को लोकसभा निर्वाचनको ६ महिनाअघि उत्तर प्रदेशको एउटा सहरमा साम्प्रदायिक दंगा भड्किँदा ६२ जना मारिए । दंगाका कारण ५० हजार विस्थापित हुनुप-यो ।

प्रहरी अनुसन्धानमा दंगाअघि त्यस क्षेत्रका ह्वाटसएप प्रयोकर्तामाझ साम्प्रदायिक भावना फैलाउने जाली भिडियो व्यापक रूपमा सेयर भएको पाइयो । यसपटक निर्वाचनअघि भारतीय संसदीय समितिले फेसबुक र ट्विटरका शीर्ष पदाधिकारीलाई बोलाएर ती मञ्चमा योजनाबद्ध रूपमा फैलाइने गलत सूचनाका बाढीबारे छलफल ग-यो । मार्चमा फेसबुकका उपाध्यक्ष जोएल कप्लान भारतको ३१ सदस्यीय संसदीय समितिमा उपस्थित भए । सुनुवाइ सामाजिक सञ्जाल र अनलाइन मिडियामा नागरिकको अधिकार कसरी सुरक्षित गर्ने भन्नेमा केन्द्रित थियो । झुटो सामग्रीबाट मुख्य फाइदा लिइरहेका अधिकांश सदस्य सत्तारुढ भाजपाका सांसद रहेको सुनुवाइ एक हिसाबले विसंगत नाटकजस्तो देखिन पुग्यो ।

फेसबुक, ट्विटर र युट्युबका सञ्चालक यी माध्यमले सिर्जना गरेको समस्या समाधान गर्नेमा अस्पष्ट छन् । उनीहरू आफूले चाल्ने ठोस कदमबाट विभिन्न देशका राजनीतिक शक्तिलाई रुष्ट बनाउला कि भन्नेमा भयभीत छन् । अप्रिलमा फेसबुकले हजार जति झुटा समचार सम्प्रेषण गर्ने पेज हटाएको खबर सार्वजनिक गर्दा यो डर सतहमा आइपुग्यो । फेसबुकले हटाएका पेजमध्ये अधिकांश विपक्षी कंग्रेसका भएको उसले जनाएको थियो ।

झुटो समाचार विस्तारको समाधानबारे चर्चा चल्दा एउटा विकल्प के देखाइन्छ भने, सामाजिक सञ्जाल आफैँले निगरानी गरेर हटाउने उपाय हुन सक्छ । तर, अधिकांश गलत सूचना म्यासेजमार्फत फैलिने भएकाले यो विधि पनि प्रभावकारी हुनेमा शंका छ । यसैलाई मध्यनजर गरेर भारत सरकारले म्यासेज पठाउने र पाउने बीचमा मात्र हेर्न मिल्ने ‘इन्क्रिप्सन’ प्रणाली तोड्ने र सरकारले चाहेका वेला म्यासेज हेर्न अनुमति दिने कानुन प्रस्ताव गरेको छ । तर, यसले नागरिकका गोपनीयतासम्बन्धी अधिकारलाई उल्लघंन गर्नेबारे बहस हुन थालेको छ ।

भारतमा फेक न्युजको समाधानका लागि प्रभावकारी तथ्यांक जाँच संयन्त्र निर्माणबारे धेरै चर्चा हुने गर्छ । तर, यसमा धेरै कठिनाइ छ । भारतको सामाजिक सञ्जालमा सेयर गरिने झुटा समाचारमा तथ्यांकभन्दा पूर्वाग्रही विचार धेरै हुन्छन्, अनि त्यसको समाधान कसरी पेस गर्ने भन्ने विज्ञलाई अप्ठ्यारो परेको छ ।

फेक–न्युजको बिगबिगी नियन्त्रण गर्ने हो भने जनस्वास्थ्य संकट समाधान गर्दा अवलम्बन गरिएका उपाय सबैभन्दा प्रभावकारी हुन्छन् । सय वर्षको अनुभवबाट सिकेर २०औँ शताब्दीको आरम्भतिर सरुवा रोगको महामारी सामना गर्नका लागि सार्वजनिक स्वास्थ्य पूर्वाधार निर्माण गरियो । निजी र सार्वजनिक संस्थानको स्वामित्वमा हुने पूर्वाधारले प्रकोपको निगरानी गर्ने, औषधि निर्माण गर्ने र स्वास्थ्य सेवा प्रदान गर्ने कदम उठाए । झुटो समचार र गलत सूचनाको सामना गर्नका लागि हामीलाई अहिले त्यस्तै कदम चाल्नुपर्ने आवश्यकता छ ।

रोग नियन्त्रणको पहिलो र सबैभन्दा महत्वपूर्ण  कदम नागरिक शिक्षा हो । साबुनपानीले हात धुँदा संक्रमण नियन्त्रण हुन्छ भनेजस्तै, नागरिकमा सामाजिक सञ्जालमा आउने फेक न्युजले के प्रभाव पार्छन्, भन्नेबारे सूचित गराउन सकेमा यसले नै सबैभन्दा धेरै प्रभावकारी काम गर्न सक्छ ।

सरकारी नियमनको तुलनामा सार्वजनिक शिक्षा नरम लाग्ला, तर त्यहाँ गरिएको लगानी सबैभन्दा उत्कृष्ट लगानी हुनेछ । किनभने दीर्घकालमा यही विकल्प प्रभावकारी हुनेछ । भविष्यमा सामाजिक सञ्जालको सामग्री वितरण थप सस्तो पर्ने भएकाले तिनको मात्रामा उल्लेख्य वृद्धि हुने पक्का छ । यदि प्राविधिक कम्पनीलाई कडा नियन्त्रणमा राखियो भने पनि बजारमा निर्माण भइसकेको मागलाई पूरा गर्नका लागि नयाँ विधि आइपुग्नेछ । धूम्रपानविरोधी अभियानजस्तै झुटा समाचारविरुद्ध अभियान र जनचेतना प्रभावकारी हुनेछ । यसले बृहत् राजनीतिक समर्थन पनि पाउनेछ । किनभने प्रकट रूपमा प्रत्येक राजनीतिक पार्टी झुटो समाचारका विरोधी देखिएका छन् ।

भारतले जनचेनता अभियानका कैयन् सफल अभियान सञ्चालन गरिसकेको छ । परिवार नियोजन कार्यक्रम, पोलियोविरुद्धको खोप अभियान यसका उदाहरण हुन् । पछिल्लो उदाहरण हेर्ने हो भने भारतीय सरकारको सफल अभियानले करोडौँले खाना पकाउने ग्यासमा दिइँदै आएको अनुदान परित्याग गरे । भारतीय समाजमा टिभी, रेडियो सञ्जालको बलियो प्रभाव छ ।

यस अभियानमा तिनको सकारात्मक उपयोग गर्न सकिन्छ । हुन त आजको दिनमा ती सत्तामा रहने पार्टीप्रति बफादार देखिएकाले त्यसको निष्पक्षतामा प्रश्न उठ्न भने सक्ला । तर, तिनले बालबालिका अपहरणजस्ता गैरराजनीतिक हल्लाविरुद्ध जनचेतना फैलाउन सक्छन् । वर्तमान समयमा भारतका केही स्वतन्त्र संस्थाले तथ्यांक जाँच गर्ने निकै प्रशंसनीय काम गरेका छन् । तिनलाई सार्वजनिक तथा निजी कोषमार्फत बलियो बनाइनुपर्छ ।

(समीर पाटिल भारतीय अनलाइन समाचार संस्था स्क्रोल डट इनका प्रकाशक हुन्)

Responsible Media

It goes without saying that media plays a vital role in bringing about positive changes in the society. As the responsible media catalyses desired changes by providing the information that influences public opinion, it could be instrumental in creating social and political stability thereby contributing to the process of economic transformation in a country. Being an effective means of social mobilisation and technology transfer, the media sector could lead the country towards the path of economic prosperity. President Bidya Devi Bhandari has suggested that the journalism sector should be committed to helping the national journey to prosperity at a time when Nepal has achieved progress in political stability, durable peace and economic development. According to a news report published in this daily the other day, President Bhandari said as the Constitution of Nepal has guaranteed the press freedom, it could help consolidate democracy. Speaking at a programme organised by the Ministry of Communications and Information Technology at her official residence at Sheetal Niwas to honour and confer awards on journalists on the occasion of the National Journalism Day 2076 B.S., she called on media to be responsible and play roles in materialising the press freedom. This year’s National Journalism Day was observed with the theme of ‘Responsible Media: Foundation of Democracy.’ The day is marked on Baisakh 24 in commemoration of the beginning of the publication of the country’s oldest newspaper–Gorkhapatra daily.

The media industry in Nepal has continued to thrive following the restoration of democracy in 1990. It has made significant contribution for generating social awareness, ensuring human rights and strengthening democracy. Recognising such a role played by the media sector, the President rightly said that democracy and responsible journalism had inseparable relations and, in the absence one, another could not function well. The incumbent federal government led by KP Sharma Oli has remained committed to alleviating poverty through modernisation and commercialisation of agriculture, industrialisation, tourism promotion, self-employment generation, among others. The media sector needs to be part of the government’s national prosperity campaign by disseminating positive news about the socio-economic sector to people. She hoped that practice of honouring and awarding noted personalities associated with the journalism sector would help strengthen harmonious relations between the State and media. She, however, conceded the fact that the country was not free from social ills. As the nation is heading towards achieving socialism based on social justice and equality, such ills are expected to disappear gradually in the days to come.
Meanwhile, Minister for Communications and Information Technology Gokul Baskota revealed that the government was in the process of introducing new laws on media by addressing the issues of professional integrity and editorial independence in order to ensure golden age of the press. Minister Baskota reiterated the government’s pledge that it would accept the criticisms made in media. As the government is in favour of responsible and free press, it is going to develop a system with a view to making the press formulate its code in view of its readers/audience, and make public its analytical description every six months. Once this system is in place, it will pave the way for making the journalism sector more independence and responsible.

Social Media Threats Loom Large

Niranjan Sahoo

The traditional media – both print and electronic – have long had an outsize influence on the election outcomes in India. Political parties and aspiring candidates for public offices used to allocate a significant portion of their resources to this supposedly influential platform. That no longer exists. Starting with the 2014 general elections, won hands-down by Prime Minister Narendra Modi’s Bharatiya Janata Party (BJP), India’s election scene has witnessed the astonishing penetration of new and social media, and with serious implications. And if 2014 saw the beginning of social media setting the election debates and issues, then the ongoing 2019 election will see the trend go even further.

Presence
How widespread is social media presence in this large, agricultural country? Notwithstanding its relatively small ratio of urban dwellers (31 per cent according to 2011 Census), the Indian population on the whole is going through tremendous transformation in terms of access to and use of social media technology. Currently there are nearly 600 million internet users across the country, with one-fourth of them being active users. This means, for instance, that India has some 300 million Facebook users and as many as 35 million active Twitter users.
The popular chat platform WhatsApp has amassed more than 230 million users, and is expanding in leaps and bounds. Service providers such as Reliance Jio, which offer cheap data services at a throwaway price, have helped further the reach of internet to the common man. And notably, the upcoming 2019 Lok Sabha election will include around 15 million first-time voters, most of whom can safely be assumed to be social media users.
Sensing the potential of expanding social media, political parties and electoral candidates have set up dedicated social media teams, called IT cells, to mobilise support for their candidates, which is both cheaper and faster than using traditional media. And while nearly every major party has created its own IT cell to set political narratives and reach out to supporters, it is the ruling BJP which currently dominates social media game. Even their top rival, the Congress Party, lags far behind in this aspect.
Following on the success of its inroads into social media in the 2014 general elections, the BJP has established a social media cell with 400 dedicated analysts to initiate a grassroots push. By last count, the ruling party has appointed more than 900,000 volunteers called “cell phone pramukh” who steer WhatsApp groups to disseminate information about the party’s achievements and PM Modi’s leadership. The Congress is catching up with its own “digital sathi” (meaning friends) coordinating digital campaigns. To stay in the electoral game, parties are allotting as much as one-fourth of their resources to social media campaigns.
Notwithstanding the positive features of social media – information diffusion, awareness raising and building direct links between voters to discuss candidates and issues leading up to the elections – the negative effects of such emergent technology greatly outweigh the positives. There are growing instances of fake news, false propaganda, hate campaigns and communally sensitive messages fuelling animosity and a deep divide among social and political groups. Social media has become tool for political parties to actively spread misinformation and influential content to induce voters on a scale previously unseen.
The spread of fake news is one of the chief issues, for instance, messages containing information such as a Pakistani flag being waved at Rahul Gandhi’s rally or Sonia Gandhi being the country’s fourth-richest woman are still being spread and are heavily influencing the minds of the voters. Most of the blame has been cast upon platforms such as WhatsApp.
While the Union Government has acted periodically to stop the spread of fake news and hate messages, it has hardly yielded positive results. The major body stepping up to rein in the negative social media effects is the Election Commission, which has sought the cooperation of major companies such as Facebook, Google and Twitter to check content and regulate the misuse of their platform by political parties.
But given the dynamic nature of technology, the commission is finding the going tough. It has issued a detailed guideline for social media companies to follow over the course of the elections, yet ground reports suggest that these guidelines have limited effect. For instance, despite WhatsApp restricting its forwarding to five users at once, political parties have simply splintered larger groups into thousands of subgroups using smartphones to bypass such restriction.

Uncanny ability
Similarly, Facebook is using algorithms and has appointed hundreds of volunteers to check for fake news and hate messages. However, the results so far are not very encouraging. Parties and candidates have an uncanny ability to beat the social media giants at their game. In short, the social platforms now pose the single biggest challenge to the integrity of the Indian elections. We can only hope there will be a solution to this menace soon.
(Niranjan Sahoo is a columnist with China.org.cn)

नेपालमा अनलाइनको भविष्य

विकसित देशमा पत्रपत्रिकाको अन्त्यको भविष्यवाणी धेरै पल्ट भए । धेरै पल्ट भविष्यवाणी फेल पनि भए । नयाँ प्रविधिले छापालाई विस्थापित गर्नसक्छ । होहल्लाले जन्माएको डरका कारण पत्रपत्रिकाले अनलाइनमा आफ्नो सामग्री उपलब्ध गराएका थिए । युवा पाठकको झुकाव छापाबाट कम हुँदै गएकाले पनि अनलाइन पत्रिकालाई पत्रिका कम्पनीले महŒव दिन थालेका थिए ।
सन् १९७० पछि नै बिस्तारै पत्रिकाले गैरछापाका सामग्री प्रसारित गरेको थियो टेलिटेक्स्ट र भिडियोटेक्स्टका रूपमा । सन् १९७० मा सुरु गरिएको टेलिभिजनमा तत्काल हेर्न र पढ्न सकिने एकतर्फी सूचनाको माध्यम टेलिटेक्स्टमा पत्रिकाको सामग्री पनि उपलब्ध भए । सन् १९७० को अन्त्य वा सन् १९८० को सुरुमा प्रचलनमा आएको दुईतर्फी सूचना आदानप्रदान गर्ने भिडियोटेक्स्ट टेलिटेक्स्टभन्दा उच्चतहको प्रविधि थियो । टेलिभिजन सेट र पछि कम्प्युटरमा टेलिफोनको लाइन जोडेर समाचार अनि बैङ्किङ सेवा लिन मिल्ने यो नयाँ प्रविधि आएपछि यसले छापा माध्यमको प्रयोगलाई नराम्ररी असर गर्ने बहस सुरु भयो । यसपछि नै अमेरिकामा केही अखबार कम्पनीले सन् १९८० मा भिडियोटेक्स्टको प्रयोग गरेका थिए ।
सन् १९९३ मा मोजाइक ब्राउजर र सन् १९९४ मा नेटस्केप न्याभिगेटर बनेपछि वेबसाइटमा आकर्षक फोटो राख्न सकिने भयो । त्यसपछि अमेरिकामा अमेरिकी अनलाइन, कम्पुसर्भ र प्रोडिजीजस्ता अनलाइन सेवा प्रदायकको सहयोगमा सन् १९९० का सुरुका वर्षमा अनलाइन पत्रिका उपलब्ध भए । यसको दुई, तीन वर्षपछि पत्रिका आफैले छुट्टै वेबसाइट प्रयोग गर्न थाले ।
नेपालमा नयाँ इतिहास
सन् १९९५ सेप्टेम्बरमा नेपाली पत्रिकाको सामग्री अनलाइनमा उपलब्ध हुँदा यी समस्यासँग पत्रपत्रिकाले जुध्नु परेको थिएन । न नयाँ माध्यमले पुरानो माध्यमलाई विस्थापित गर्ने नेपालमा बहस थियो, न यस्तो अवस्था नै थियो । पाठकको सङ्ख्या पनि घटेको थिएन । प्रेस स्वतन्त्रताको प्रत्याभूति २०४७ को संविधानमा भएकाले, साक्षरता दर बढ्दै गरेको आदि कारणले पत्रपत्रिका पढ्ने पाठक बढ्दै थिए । नेपालभित्र सीमित वर्गमा इन्टरनेटको पहुँच थियो । विश्व बैङ्कको तथ्याङ्कअनुसार सन् १९९५ मा ०.००१ प्रतिशत नेपालीको पहुँचमा इन्टरनेट थियो । इन्टरनेट धेरै नै महँगो पनि थियो ।
नेपाली अनलाइन पत्रिकाको आवश्यकता व्यापारिक रूपमा इन्टरनेट उपलब्ध गराएको कम्पनी मर्कन्टाइल कम्युनिकेसन्सले गरेको थियो । अनलाइन मूलतः देशबाहिर रहेको नेपाली र गैरनेपालीलाई नेपालबारे जानकारी दिने माध्यम भयो । यस्तो अनलाइनले छापाको पत्रिका पढ्न नसक्ने पाठकमा पहँुच पु¥यायो । यसको नेतृत्व मर्कन्टाइल कम्युनिकेसनले गरेको हुँदा नेपालभित्र र बाहिरका व्यक्तिलाई नेपालमा भएको प्रयोगको जानकारी दिने माध्यम भएको थियो अनलाइनमा उपलब्ध नेपालबाट प्रकाशित पत्रिकाको सामग्री । यसरी हेर्दा पत्रपत्रिकाको चासोभन्दा इन्टरनेट कम्पनीको आफ्नो नाम प्रचार गर्ने र नेपालमा इन्टरनेट प्रयोगकर्ता बढाउन कारणहरूले नै अनलाइन पत्रिका नेपालमा सुरु भएको थियो ।
मर्कन्टाइल कम्पनीको नाम प्रचार गर्नुपर्ने समस्या समाधानको एक उपाय थियो अनलाइन पत्रिका । प्रमुख कार्यकारी अधिकृत सञ्जीव राजभण्डारीका अनुसार इन्टरनेटको ग्राहक कम्तीमा एक हजार भएपछि मात्र मर्कन्टाइल नाफामा पुग्थ्यो तर अगस्ट १९९५ सम्ममा १२० जनाले मात्र मर्कन्टाइलको इन्टरनेटको प्रयोग गर्थे । इन्टरनेट उपयोगकर्ताका लागि अनलाइन पत्रिकाले स्थानीय सामग्री उपलब्ध गरायो ।
मर्कन्टाइलको चाहनाका कारण सन् १९९५ सेप्टेम्बरदेखि अमेरिकी विश्वविद्यालयमा अध्ययनरत राजेन्द्र श्रेष्ठको कलेजको होम पेजमा द काठमान्डु पोस्ट उपलब्ध गराइएको थियो । पछि १९९६ मै मर्कन्टाइलले साउथ–एसिया डट कम सुरु गरेको थियो । गोरखापत्र संस्थानको द राइजिङ नेपाल पनि १९९७ फेब्रुअरी २३ मा अनलाइनमा उपलब्ध गरायो । सन् १९९८ तिर सुरु गरिएको नेपाल न्युज डट कममा पैसा तिरेर पत्रपत्रिकाको सामग्री राखेको थियो । यही पैसाकै कारण यस साइटमा आफ्नो सामग्री बेच्न धेरैलाई हौस्यायो । । एक समय यस्तो पनि आयो जुन बेला नेपालबाट प्रकाशित सबैजसो दैनिक साप्ताहिक पत्रिका मर्कन्टाइलको वेबसाइटमा पढ्न सकिने भयो ।
विदेशमा जस्तै नेपालमा पनि सन् २००० पछि बिस्तारै पत्रपत्रिकाले छुट्टै वेबसाइट बनाउन थाले । २००० अप्रिल १३ मा कान्तिपुर पब्लिकेसन्सले आफ्नै छुट्टै साइट कान्तिपुर अनलाइन सुरु ग¥यो । यस साइटका सम्पादक सुमन प्रधानले आफूले अमेरिका बस्दा देखेजस्तो छुट्टै साइट खोल्न प्रकाशकलाई मनाए । यसपछि कान्तिपुर अनलाइन नेपाल न्युज डटकमको प्रतिस्पर्धी भयो । पत्रपत्रिकाको सामग्रीबाहेक हरेक दिन पत्रिकामा नछापिएको तर महŒवपूर्ण छोटो समाचार न्युज फ्ल्यास दिन नेपाल न्युजले पत्रकारको सानो र अल्पकालीन टिम बनाएझैँ कान्तिपुरले पनि यस्तो टिम बनाएको थियो ।
यसको प्रभाव अरू पत्रिकामा प¥यो । सन् २००१ मै इन्टरनेसनल मिडिया नेटवर्क (द हिमालयन टाइम्स) र स्पेसटाइम पब्लिकेसन्स (स्पेसटाइम) ले आफ्नो अनलाइन सुरु ग¥यो । किशोर नेपाल गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष र गोरखापत्रको सम्पादक नियुक्त भएपछि यस संस्थानले सन् २००२ मा अनलाइन सुरु ग¥यो । नेपाल समाचारपत्रले सन् २००३ मा अनलाइन सुरु ग¥यो । तर, सबैजसो दैनिक पत्रिकाले सुरु गरेको अनलाइन बिस्तारै सेलाउन थाल्यो । सन् २००८ मा दैनिकी डट कम र नागरिकन्युज डट कम आए ।
अतिरिक्त आम्दानी
पत्रिकाका लागि अनलाइनबाट विज्ञापनमार्फत आउने आम्दानी अहिलेसम्म अतिरिक्त नै हो । छापा र अनलाइनबाट पत्रिका कम्पनीले कति आम्दानी गरिरहेका छन् भन्ने थाहा पाउन नेपालमा सजिलो छैन । तापनि भन्न सकिन्छ, मुख्य आम्दानी छापाबाटै आउँछ ।
गुगल एडसेन्स नआएसम्म अनलाइन पत्रिका स्थानीय विज्ञापनमा भर पर्थे । तर, स्थानीय विज्ञापनको मात्रा कम थियो । सन् २००० मा कान्तिपुर अनलाइन सुरु भएपछि सन् २००२ देखि नियमितजसो विदेशी नेपालीलाई लक्षित गरी सुरु गरिएका सेवा मुन्चा डट कम र ठमेल डट कमको विज्ञापन छाप्न थालेको थियो । तर, त्यो नगन्य मात्रामा थियो । सन् २०१४ पछि भने केही पत्रिकाहरूले डिजिटल मार्केटिङमा ध्यान दिए । २०१६ मा फेसबुकले मोबाइल फोनको बढ्दो प्रयोगकर्तालाई लक्षित गरी ल्याएको ‘इन्स्ट्यान्ट आर्टिकल’ मा प्रकाशित विज्ञापनबाट पनि आम्दानी गर्न थालेको छ । गुगल एडसेन्स र ‘इन्स्ट्यान्ट आर्टिकल’ मार्फत गरेको आम्दानी सरकारको करको दायरामा थिएन ।
कान्तिपुर मिडिया ग्रुपका महेश स्वाँरले सन् २०१८ फेब्रुअरीमा एक भारतीय अनलाइनलाई दिएको अन्तर्वार्तामा नेपाली विज्ञापन बजारको ५५ प्रतिशत हिस्सा छापाको रहेको उल्लेख छ । डिजिटल मिडियाको हिस्सा १० प्रतिशत मात्र छ । अनलाइनले कम विज्ञापन पाउने हुँदा पत्रिका कम्पनीको ध्यान छापामै छ । लगानीमा पनि यसको असर परेको छ ।
सुहाउँदो लगानी
यस्तो अवस्थामा अनलाइन पत्रिकाले डिजिटल भविष्य हेरेर लगानी गरिरहेका थिए र छन् । यो लगानी पनि धेरैजसो प्रविधि र प्राविधिकमा केन्द्रित छ । डिजिटल प्रविधि सुहाउँदो भिडियो अनि मल्टी मिडियाका लागि लामो समयसम्म पत्रपत्रिकाले लगानी गरेको थिएन । कान्तिपुर प्रकाशन र गोरखापत्र संस्थानको उदाहरणले यसलाई पुष्टि गर्छ ।
यसले नेपालमा दुई थरीका पत्रिका कम्पनी देखाउँछ । पहिलो आफ्नै नेटवर्कमा छापाबाहेक रेडियो र टीभी भएका पर्छन् । कान्तिपुर पब्लिकेसन्स, नेपाल रिपब्लिक मिडिया र अन्नपूर्ण मिडिया नेटवर्क यसका उदाहरण हुन् । कान्तिपुरलाई नै ध्यान दिने हो भने सन् २०१४ मा कान्तिपुर मिडिया ग्रुपले प्रविधि र प्राविधिकमा ठूलो लगानी गर्नसक्यो । यसरी प्रविधि र प्राविधिकमा लगानी गर्दै कान्तिपुर डिजिटल भविष्यका लागि तयारी गरिरहेको छ । यसले आफ्नो नेटवर्कभित्र कान्तिपुर डिजिटल कर्पजस्तो सूचना प्रविधि कम्पनी स्थापना गरिसकेको छ ।
गोरखापत्र संस्थान, कामना प्रकाशन राजधानी न्युज पब्लिकेसन्सले अनलाइनको प्रविधिमा लगानी त्यति गरेका छैनन् । यस्तो प्राविधिकको अभावमा यसको वेबसाइटमा सानासाना परिवर्तन गर्न गाह्रो थियो । वेबसाइटमा समस्या आउँदा तत्काल समाधान गर्न नसकिने अवस्था हुन्छ ।
प्रविधिमा लगानी हुनु र नहुनुले अनलाइन पत्रिकाको पाठक बढ्ने र नबढ्ने हुन्छ । यस्तो लगानीले वेबसाइटलाई अझ आकर्षक बनाउन सकिन्छ । वेबसाइट प्रयोग गर्न सजिलो भए पाठक बढ्ने सम्भावना हुन्छ । छापाको भविष्यको आकलन गरेर पनि यस्तो लगानी बढाउने र घटाइने हुन्छ ।
छापाको भविष्य
विकसित देशको तुलनामा नेपालमा कागजमा छापिने पत्रिकाको भविष्य छ भनिन्छ । अर्को १५ वर्ष नेपालमा छापा पत्रिकाको भविष्य उज्ज्वल छ त ? अरू देशमा गरिने भविष्यवाणी तथ्याङ्कमा आधारित हुन्छ । त्यहाँ पत्रपत्रिका कति छापिन्छ, कति बिक्री हुन्छ, कुन समूहको व्यक्तिले कति पढ्छ, पत्रपत्रिकाले कति आम्दानी गर्छ भन्ने थाहा पाउन सकिन्छ । पत्रिकाले यस्तो तथ्याङ्क सार्वजनिक गर्छ । नेपालमा यो सम्भव छैन । त्यसैले आफ्नो अनुभव वा आफ्नो कम्पनीको निजी तथ्याङ्कका आधारमा यस्तो भविष्यवाणी वा आकलन नेपालमा गरिन्छ ।
नेपालमा छापा पत्रपत्रिकालाई अनलाइनले कहिले विस्थापित गर्छ त्यो भविष्यले भन्ला तर वर्तमान भने छापाकै देखिन्छ । नेपालमा अनलाइनमा पहुँच धेरैको छैन । हुन त नेपाल दूरसञ्चार प्राधिकरणको २०७५ फागुनको आँकडाअनुसार नेपालमा इन्टरनेटको पहुँच जनसङ्ख्याको ५९.९८ प्रतिशतसँग छ । यो हेर्दा आधाभन्दा धेरै नेपालीले तारबाट, तारबिना वा मोबाइलमार्फत इन्टरनेट प्रयोग गरिरहेको देखाउँछ । यसमा ४६.२९ प्रतिशत मोबाइलबाट भएको हो । सायद वितरण गरिएको सिमकार्डलाई ध्यान दिएर यो प्रतिशत पत्ता लगाइएको थियो । इन्टरनेट प्रयोगकर्ता सहरमा धेरै छन् । गाउँगाउँमा इन्टरनेटको राम्रो पहुँच हुन बाँकी नै छ ।
नेपालमा छापाको भविष्य कतिसम्म हुन्छ भन्न सकिन्न तर यति भन्न सकिन्छ, नेपाली पत्रपत्रिकाको डिजिटल सङ्क्रमण केही वर्ष रहने छ । छापा र डिजिटल सँगसँगै जाने छन् । अनलाइन पत्रिकाले छापा पत्रिका पढ्ने पाठकलाई घटाउन अवश्य सक्छ तर पूरै विस्थापित गर्न गाह्रो छ किनभने छापा र अनलाइन फरक माध्यम हुन् । यी दुवैले समाजमा पाउने मान र माया फरक छ । धेरै अवस्थामा अनलाइन पत्रिका निःशुल्क माध्यम हो भने छापा सःशुल्क । छापा पत्रिकाका लागि न्युजप्रिन्टमा छापेर मात्र पुग्दैन । पत्रिका वितरण गर्न आवश्यक छ । यी दुवैका लागि लगानी आवश्यक पर्छ । अनलाइनमा वितरण इन्टरनेटमार्फत हुन्छ ।
प्रविधिमा राम्रो लगानी गरे अनलाइन पत्रिकाको बिक्री सजिलो हुन्छ ।

(लेखक मिडिया अनुसन्धाता हुनुहुन्छ)

Role of journalism vital for attaining prosperity, says President Bhandari

Rastriya Samachar Samiti

Kathmandu, May 7

President Bidhya Devi Bhandari has said that the journalism sector should be committed to helping the national journey to prosperity in view of the country making headway with political stability, peace and financial development.

At a programme organised to honour and confer award on journalists on the occasion of National Journalism Day 2019 at her residence Sheetal Niwas, today, President Bhandari reminded that the constitution has fully guaranteed press freedom. Press freedom helps strengthen democracy, so responsible journalism will play role to materialise press freedom.

At the programme organised by the Ministry of Communications and Information Technology, the president further said journalism had contributed tremendously to increasing social awareness, human rights and to strengthening the democratic system.

“Democracy and responsible journalism are inseparably related.

In the absence of one, another cannot function well,” she underscored.

According to the president, the state mechanism was committed to promoting tourism and modernisation of agriculture.

Industrialization, employment creation and self entrepreneurship were also in the priority list. “It is the moral duty of media to relay good news of socioeconomic sectors to the people. It is, however, a bitter reality that the country is yet to be free from social ills.

Now, with the country making headway on the path of socialism based on social justice and equality, the social evils will gradually decline,” the president underscored.

Moreover, she mentioned that a new culture will be set up with socioeconomic development.

The honour and awards to noted personalities in journalism will help forge harmonious relations between the state and the media.

Minister of Communications and Information Technology Gokul Banskota said the government was planning to bring new laws on media by respecting professional integrity, and editorial independence to ensure the golden age of the press. Democracy is the foundational system in Nepal. The government accepts criticisms made in the media, he added.

According to Minister of Communications, a system would be developed to make the press formulate its code in view of its readers/audience, and make public its analytical description every six months.

Secretary at MoCIT Mahendraman Gurung also said the government was for responsible and free press.

Chair of Federation of Nepali Journalists Govind Acharya said the media could also contribute to the country’s prosperity and development.

Social Media Advertising

When I was in the college and university, advertising methods such as search engine advertising, social media advertising, or internet advertising in general, was not the part of the curriculum. However, after leaving the university, I discovered that the market was entirely different than the one that I read in the text book. These days social media advertising is one of the important parts of advertising industry.
In the wake of the rise of new social media sites, many people are speculating that the days of Facebook as the most powerful social media are over. However, this is not true. Today, Facebook is as powerful as it was yesterday. With 2 billion monthly active users and just about 65 per cent of Facebook users logging into their accounts daily, Facebook prowess is growing even stronger.
If you are a fan of Facebook just like me and use Facebook for marketing your website, contents, business, products, and services, here are some hot Facebook marketing ideas for better conversions.
In order to get a high conversion for your advertising campaign, you have to use specific audience definition. If your audience selection is broad, you will have to spend a large budget. However, if you have a specific audience you will have a higher reach and spend comparatively less on advertising. Your campaign should be something like. You have to target your audience based on geography, demography, interest, etc.
Once you have target specific audience, you will have to use methods that will give better traction to your campaign. Nothing converts better than a video. Currently, video marketing which also includes live video marketing is a hot marketing trend on Facebook. You get more engagements, traffic, and sales from your video ads compared to text or image ads. You will have to keep a couple of things in your mind though. Your videos should be short and interesting.
Memes are the thing now. From Facebook to Twitter and Tumblr, memes are taking social media by storm. Memes drive message better compared to quotes or even plain images. Use memes in your marketing campaign to deliver your message.
Pet pictures also convert well. Now, who doesn’t like pets? If you observe your Facebook feed, you will always find someone sharing pet pictures and these pet pictures always gain a lot of comments and likes. For your marketing campaign, you will have to use a different twist though. Share the pictures of animals in human-like postures and expression, then, write something related to your business.
Contests are not new, but they do still work. Host a contest. Ask people to follow your page, like and share your post to participate in the contest. You have to offer an attractive prize and create a good ad for the contest though.
Multiple images in the ad are also a good strategy to get engagements on your ad. Instead of just one picture on the ad, use carousel ad. You can spread one image into multiple pieces in the carousel. Engagements will be better if you are using multiple images or splitting one image into multiple frames. With Facebook carousel ad format, you can display up to five images, links and headlines on one ad unit. If you have an online shop, you can advertise up to five products in one ad. 

पत्रकारको मात्रै पेवा हो त प्रेस स्वतन्त्रता ?

जसरी हावाहुरी आएको वेलामा धोद्रो रूखमुनि ओत लाग्नु जोखिम हुन्छ त्यसरी नै पेटभारी खान नपाएका पत्रकारबाट सुसूचित हुने अपेक्षा राख्नु जोखिम हुन्छ । पापी पेटका लागि गलत धन्दा गर्न कतिपय पत्रकार बाध्य छन् । पेट भर्नकै लागि अपराध लुकउने गरी समाचार लेख्न जब पत्रकारहरू बाध्य हुन्छन् तब प्रेस स्वतन्त्रता समाप्त हुन्छ 

इस्वी संवत्को मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको २५ वर्ष बितेको छ । २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसारमा गत शुक्रबार लोकतान्त्रिक शासन पद्धति अंगालेका धेरै देशले उत्सव मनाए । लोकतान्त्रिक मुलुक भएको हुनाले नेपाल पनि त्यो उत्सवबाट पृथक रहेन ।

तर, फरक के देखियो भने अरू लोकतान्त्रिक मुलकमा सरकारले नै प्रेस स्वतन्त्रता दिवस मनायो, आम जनताले भाग लिए , नेपालमा भने केवल पत्रकारहरूले मात्रै प्रेस स्वतन्त्रता दिवस मनाए । सरकार बेखबर जस्तै बन्यो । सर्वसाधरणको त के कुरा नागरिक समाजका अगुवाहरूले समेत प्रेस स्वतन्त्रता दिवसबारे खासै चासो राखेको देखिएन । अहिले पनि आमनेपालीहरूको बुझाइ प्रेस स्वतन्त्रता भनेको पत्रकारका लागि मात्रै हो कि ? भन्ने देखिएको छ । यो भ्रमलाई चिर्न सरकारी स्तरमा त प्रयास भएन, भएन स्वयं पत्रकारहरूका अनेकौँ नामका संघ संस्थाले पनि प्रयास गर्न सकेको देखिएन ।

के हो प्रेस स्वतन्त्रता ?
सरल भाषामा भन्नुपर्दा आम नागरिकले आफ्नो आवाज मिडियामार्फत अभिव्यक्त गर्न पाउने, कहीँ कतै अंकुश नलाग्ने अधिकार नै प्रेस स्वतन्त्रता हो । अर्थात आमनागरिकको आवाज प्रेसमार्फत लिपिवद्ध भएर सबैले बुझ्ने भाषामा अभिव्यक्त गर्ने काम मिडियामार्फत हुनु नै प्रेस स्वतन्त्रता हो । प्रेस स्वतन्त्रता भनेको नागरिकका लागि हो भन्ने कुरा स्वयं सिद्ध तथ्य हो । पत्रकार भनेका त माध्यम अर्थात् औजार मात्रै हुन् ।

प्रेसमार्फत जनताले एकातिर आफ्नो धारण अभिव्यक्त गर्छन्, अर्कोतिर अरूको भावनाबारे सुसूचित हुन्छन् । जनअधिकारको उत्तम रूप भनेको प्रेस स्वतन्त्रता हो । जहाँ प्रेस स्वतन्त्रता हुँदैन त्यहाँ जनअधिकार हुँदैन । प्रेस स्वतन्त्रता विना अभिव्यक्ति स्वतन्त्रता हुँदैन । अभिव्याक्ति स्वतन्त्रता विना लोकतन्त्र हुँदैन । लोकतन्त्रविना जनअधिकार हुँदैन । तर, नेपालका सन्दर्भमा विश्लेषण गर्ने हो भने प्रेस स्वतन्त्रता भनेको पत्रकारहरूको लागि मात्रै हो भन्नु आमजनबुझाइ छ । कतिपय मिडियाकर्मी पनि यही भ्रममा छन् ।

जसरी पावर हाउसमा जलविद्युत् उत्पादन हुन्छ । तारको माध्यमबाट त्यो विद्युत जनताको घरमा पुगेर उज्यालो दिन्छ । तार भनेको माध्यम मात्रै हो मुख्य कुरा उत्पादन र प्रयोग हो । त्यसरी नै पत्रकार भनेका माध्यम मात्रै हुन् । लोकतान्त्रिक संविधानमा अभिव्यक्ति तथा सूचनाको हकलाई मौलिक हकका रूपमा राखिएको हुन्छ । त्यो मौलिक हक पत्रकारको माध्यमबाट जनताले उपभोग गर्छन् ।

जसलाई प्रेस स्वतन्त्रता भनिन्छ । प्रेस स्वतन्त्रता केवल पत्रकारका लागि नभएर आमनागरिकका लागि हो तर आमनागरिकका तुलनामा पत्रकारको स्वर्थसँग प्रेस स्वतन्त्रता केही बढी जोडिएको कुरा भने सत्य हो । प्रेस स्वतन्त्रतामा पत्रकारहरूको व्यवसाय फस्टाउँछ । जहाँ प्रेस स्वतन्त्रता हुन्छ त्यहाँ मिडिया क्षेत्रमा व्यवसायिक लगानी भित्रिन्छ । मिडिया क्षेत्रमा व्यवसायिक लगानी भित्रिनु वा वढ्नु भनेको पत्रकारहरूको रोजगारी बढ्नु हो । यही स्वार्थका लागि पत्रकारहरूले प्रेस स्वतन्त्रता दिवसलाई विशेष पर्वका रूपमा मनाउने गरेका हुन् ।

सूचना प्रविधिको विकासले फड्को मारेसँगै मिडिया क्षेत्रमा विविधता आएको छ । यस हिसावले नेपालको वर्तमान पुस्ता धेरै भाग्यमानी छ । विश्वका अन्य मुलुकहरूमा अखवार प्रकाशित हुन थालेको करिब चार सय वर्षपछि मात्रै नेपालमा अखबार प्रकासित हुन थालेको हो । विश्वका अन्य मुलुकमा रेडियो प्रसारण हुन थालेको दुई सय वर्षपछि मात्रै नेपालमा रेडियो प्रसारण हुन थालेको हो । विश्वका अन्य मुलुकमा टेलिभिजन प्रसारण हुन थालेको ५० वर्षपछि मात्रै नेपालमा टेलिभिजन प्रशारण हुन थालेको हो ।

तर अनलाइन र समाजिक सञ्जालको प्रयोग भने विश्वका सवैभन्दा विकसित मुलुकका जनताले र नेपाली जनताले सँग सँगै प्रयोग गर्न पाए । अब अभिव्याक्ति स्वतन्त्रतालाई राज्यले चाहेर पनि निस्तेज गर्ने अवस्था रहेन । तर नेपालका सत्ता संचालकहरूले यो यर्थाथतालाई आत्मसात गर्न नसकेका हुन् कि जस्तो देखिएको छ ।

उदाहरणका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा बनेको र ओली सरकारका पालामा गत भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, फौजदारी संहिता सम्बन्धी ऐनलाई लिन सकिन्छ । यो ऐनका विभिन्न दफाले प्रेसलाई संकुचित बनाउने प्रयास गरेको छ । यो प्रयास विरूद्ध पत्रकारहरूले आवाज नउठाएका होइनन् । तर सर्वसाधरण तथा नागरिक समाजका अगुवाबाट आवज उठेको सुनिदैन । यो मामिला केवल पत्रकारको मात्रै होइन भन्ने कुरा दलका नेता कार्यकर्ता , नागरिक समाजका अगुवा तथा सर्वसाधरणले अझै पनि बुझेको देखिँदैन ।

नेपाली पत्रकारहरूको अवस्था
प्रेस स्वतन्त्रताले मिडियालाई व्यवसायिक बनाउँछ । मिडिया व्यवसायमा गरिएको लगानीले राम्रो प्रतिफल दिने अवस्था सिर्जना हुन्छ । २०४६ सालको परिवर्तन पछि नेपालमा यो अवस्था सिर्जिना भएको पनि छ । मिडिया व्यवसाय मार्फत अर्बपति बनेका व्यापारीहरू पनि नेपालमा छन् । तर पत्रकारहरूको अवस्था झन् भन् खस्केको छ । २०४६ साल यताको अवस्था विश्लेषण गर्ने हो भने नेपाली पत्रकारहरूको सामाजिक मर्यादा हरेक वर्ष खस्किँदो छ । मिडियामा व्यवसायीक लगानी बढ्दो छ तर इमान्दार पत्रकारहरूको आर्थिक तथा सामाजिक मर्यादा हरेक वर्ष खस्कँदो छ । यो अवस्था किन आयो ? प्रेस स्वतन्त्रताका संवाहकहरूको सामाजिक मर्यादा र आर्थिक हैसियत खस्कनु भनेको लोकतन्त्रका लागि राम्रो लक्षण होइन ।

आँफै पिडत बनेका पत्रकारहरू प्रेस स्वतन्त्रताको संवाहक बन्न सक्दैनन् । जसरी हावाहुरी आएको बेलामा धोद्रो रूखमुनी ओत लाग्नु जोखिम हुन्छ त्यसरी नै पेटभारी खान नपाएका पत्रकारबाट सुसुचित हुने अपेक्षा राख्नु जोखिम हुन्छ । पापी पेटका लागि गलत धन्दा गर्न कतिपय पत्रकार वाध्य छन् । पेट भर्नकै लागि अपराध लुकउने गरी समाचार लेख्न जब पत्रकारहरू वाध्य हुन्छन् तब प्रेस स्वतन्त्रता समाप्त हुन्छ । नेपाली पत्रकारहरूको वर्तमानमा कस्ता समस्याबाट गुज्रिरहेका छन् त ? जुझारू पत्रकार भानुभक्त आचार्यले यही मे दिवसका सन्दर्भमा आफ्नो सामाजिक सञ्जालमा यसरी लेखेका छन् ।

जागिर सुरू हुँदा आतमा नियुक्तिपत्र होस् ।
ऐन बमोजिम, तलव सुविधा र भत्ता होस् ।।
तीस दिनमा पत्रकारको पनि महिना मरोस् ।
तलव खान विज्ञापन खोजिहिँड्न नपरोस ।।
महिला पत्रकारको ६ महिना प्रसुति विदा होस् ।
काममा फर्कँदा जागीर होस्, झमेला नहोस् ।।
पत्रकारलाई व्यापारी र माफियाले दुख नदिउन् ।
नेताले निशुल्क प्रचारक र भरिया नसम्झिउन् ।।
महासंघले मालिक हैन , पत्रकारकै हित हेरोस् ।
श्रमजीवि पत्रकार ऐन नमान्ने मिडियाको सटर बन्द होस् ।।

Media In Democratisation

Media – print, audio, visual and internet – form a part of larger civil society entrusted with the duty to protect human rights, widen the domain of public sphere and contribute to public opinion and democratic will-formation. Awakening of Nepalis to their constitutional rights and ethics of legal duties and their socialisation are keys to consolidate constitutional state capable of achieving governance goals. Nepali media have served vital tasks in democratic innovation and diffusion of its principles and concepts crucial to fortify its institutional pillars, such as polity, political parties, civil society, election and the public and projected national identity to a wider world of nation-states.
One of the oldest media in Nepal such as Gorkhapatra and its sister publication The Rising Nepal have always exposed Nepalis to new ways of thinking to build this nation through the flow of educational contents and adoption of new attitudes needed for social modernisation and economic progress. The recent effort of Gorkahpatra to fuse and adjust to the needs of diverse Nepalis and increase outreach in the periphery have animated the links with major segments of society through their own dialects, cultures and geniuses. Transmitting news, views and opinions across many divides is essential for democratic consciousness of citizens and revival of the public from the mass.

Communicative space
Proliferation of private media and online newspapers with diffused orientations and interest areas has widened the scope of communicative space for the voice and visibility of many groups of society, pooled new loyalties and indulged in competition for public attention. It is helping to maintain a balance between universal spirit of democracy and cultural relativism of Nepali nation. Many journalists imbued with virtuous ethics have fostered democratic spirit even at the risk of their life and liberty. Some are burdened by the source of funding and lack common Nepali sentiment. They are less articulator of public interests while others are more to side of democratic aspirations than constitutionalism.
An enduring moral question of democracy is that it entails healthy and free press to cultivate democratically worthy citizens for freedom of press is fused with social accountability. The normative values of Nepali democracy such as popular sovereignty, social inclusion and negative and positive rights supply creative spirit to politics so central to defend public interests. It enables the nation fit for the world culture. In Nepal, the public functions of media, however, rest on their own framework of ownership, finance, autonomy, control, regulation, transparency and accountability. Their context-sensitivity enables to rationally shape cognition, feeling, emotion and judgment about the state of Nepali democracy and foster legal-rational norms for leaders’ behaviour.
As a champion of freedom Nepali media have provided civic awareness to citizens about changing nature of politics, equipped them with participatory information, stimulated active engagement and fostered meaningful dialogues. But in no way they are instrumental in providing ownership on public policies which are mostly fabricated outside the nation. Familiarisation of citizens with various themes hones their inner vigilance enabling to judge the rationality of democratic politics and exercise choice in public affairs. Nepali state can implement Right to Information Act, Working Journalists Act and the Constitution if it holds legitimate monopoly on power to create public order and clip the connectors of Nepali society.
But the protection of journalists’ rights, laws, social security, professional dignity and solidarity are allied with the autonomy and capacity of the polity to tolerate independent role of the court, watchdog agencies and the attentive public. It enables media to serve as a lively link between the input and output functions of democracy which makes the interactive political sphere resilient. Solidarity of media associations helps to beat the abuse of their members, enforce labour act and security deficit caused by attack politics. Fragmentation of it along partisan lines stifles the public sphere and their own efficacy. Mediatisation of public sphere has enabled Nepali leaders to communicate more with journalists than among themselves and to the life of citizens.
Media Strategies for Democratisation: Critical information is power and its effective utilisation helps to free Nepalis from the fetters and tutelages and realisation of their 31 constitutional rights and four duties. Civic competence of Nepalis to shape preference rests on basic knowledge and access to the flow of information to the entire web of national life. The direct language media use for communication of the messages can socialise citizens on public issues, provide them autonomous power to deliberate and act without any fear of power constraint. The manifest performances of media on democratisation are:
First, detonation of critical debates in Nepal has birthed a deliberative public essential to keep the dynamic of political life. Informed public opinion depends on critical social dialogues about the conditions of Nepalis, women’s issues, social evils, human trafficking, reform in social legislation, health and safety of poor, etc. Elimination of structural injustice can create a level playing field for all. Nepali media thus need to debate about impersonal roles of the state and public institutions, political parties, market and civil society taking into account long-term perspectives of all sides on the political process beyond project setup. This is central to reflect the plurality of opinions and diversity of views and stimulate creative participation of the public in the attainment of common good.
Second, the public sphere of media is ideally regarded autonomous of various interest groups so that every Nepali can share this sphere equally and exercise their right to know ensuring decisions on public affairs transparent. Pluralist character of Nepali media has enabled citizens to shape their political choices and pass valid judgment. By using reflective imagination and deliberation with ordinary citizens they can bridge the gap between their concepts and citizens’ world views and engage them in revealing the social truth above the cacophonous noise. A responsible media culture can reform many irrational codes of society and create rational ground to step up social change.
Third, Nepali media continue to activate the passive spectators into active citizens. To be engaged in public affairs means actively express political, legal and policy issues on media platforms creating a stake of every Nepali in democracy. One vital democratic role of media is civic education– training of Nepalis into the life of citizenship and human rights, respect for others’ legitimate views and work for the improvement of government and public institutions. Democratisation helps to broaden their horizon, moderate the views of many identities- caste, class, gender, ethnicity, religions and regions and transform them into an equal citizen of Nepal. Those with partisan prejudice do not generate true consciousness. Instead they indoctrinate, engineer consent, inflate the image of leaders or indulge in disinformation. They are problematic in terms of attaching the trust and loyalty of citizens to democracy.
Fourth, Nepali media have functioned as generators of public trust, reconciliation and peace. The worst affected citizens by direct violence, disruption and structural injustice are poor Nepalis though tax and remittance they contribute to keep the nation’s vital economic life going. In a post-conflict nation, like Nepal, media have to pro-actively engage in reformist agenda, shape common backdrop order for a common ground for the resolution of constitutional issues such as type of polity, federalism, governance, judiciary, election, citizenship and democratic dividends. It defines media profession as a normative public craft to expand civic space to capture the soul of democratic values and norms. Resilient functions of media in Nepal rest on non-violent communication and nurturing of bonding and bridging social capital for deepening democracy.
Fifth, bulk of public interest media in Nepal has served to liberate citizens from alien-thought control, feudalism and corporate interest. Democratic politics is not only about the leadership selection for power but also about promoting common good where even ordinary citizens are beneficiary. The robustness of Nepali democracy rests on an easy flow of feedback between the leaders and citizens and revitalisation of public life. Media should release democracy’s capacity for social, economic and political integration of society, strengthen national integrity system to control social evils, corruption and impunity control of which make surplus for social investments for livelihood security.
Sixth, public function of Nepali media is to build civic competence of citizens to adapt to ecological, economic and technological change. Information and education provide means for nurturing citizens’ life-long learning process with the flow of changes. In this sense, the contents of civic education should be practical in nature because it gives them a critical sense of inquiry in thinking, judgment and action. A democratic process also avoids the pitfall of exclusion and eternal agitation cursing Nepal. Civic space of media freedom is guaranteed in Nepal’s constitution. But it is law-based, not lawless and anarchic, which requires civic culture of media persons.
Nepali media have a long-standing promise to a civic culture, a culture that requires not only political equality but also an ability to solve their problems and contribute to social modernisation and democratisation. Fundamentalism, whether market, class, ethnic or religious, removes the common ground among the diverse Nepalis living together in the same space, stokes the spiral of mistrust, distorts communication and risks the nation’s relapse into pre-civilised form. The ability of media to inculcate knowledge about the optimisation of concerns of various actors can fortify democratic public life.
Nepalis should be given critical knowledge about changing the nature of ecology, technology, economy and life-choices. Only then, democracy can foster peace through every one’s stake in it and instils a sense of justice. Injustice, alienation and invisibility mark the decline of democracy and an atrophy of media’s public functions to make democracy for everyone by reaching to even the passive, poor, isolated and alienated ones and engaging in civic action. By providing critical information responsible press nurtures an informed society capable of making vital choices in the public affairs and contributes towards participatory democracy.

(Former Reader at the Department of Political Science, TU, Dahal writes on political and social issues)