National Human Rights Commission objects to Media Council Bill

The National Human Rights Commission has taken serious exception to an amendment Bill to revise the Press Council Act, saying the proposed law is against democratic norms and the freedom of expression that is ensured by the Constitution of Nepal.

The constitutional human rights watchdog has said press freedom, human rights and the rule of law are integral parts of democracy and an attack on any of these pillars adversely affects the democratic principle the country has established after a long struggle.

Issuing a press statement, after the consultation with the representatives of the Federation of Nepali Journalists, the commission said the constitution has ensured full freedom to the press while Universal Declarations of the Human Rights also guarantees the freedom of expression and opinion to every individual.

“The provisions in the bill to allow the Media Council to fix the fine and penalty like judicial and quasi-judicial entities is against the international practice,” reads the statement. “Monitoring could be necessary but an attempt to control in the name of monitoring cannot be in a line with norms of human rights.”

The Bill, which aims to replace the existing Press Council Act and was registered in Parliament on May 9, will have more authority to issue hefty fines and give the government more say in the hiring and firing of council members. The proposed bill aims to give sweeping powers to the self-regulatory body overseeing the press, and information rights activists and journalists have been saying that the new council could also increase direct attacks on the press.

The federation has taken to the streets demanding for the revision while the journalists working with different mainstream media too have raised their voice against the Bill. Earlier, the Press Council could ask for clarification, apology, and blacklist certain press organisations, but now the Bill aims to give the council authority to issue monetary punishment ranging from Rs 25,000 to one million rupees.

The provisions in the proposed Bill will also give the council greater power to write to the concerned authority to take action against media organisations if they violate press ethics as defined by the government.

The commission has concluded that the Bill, if endorsed in the present form, will be against the basic principles of human rights and freedom of expression. “Therefore, it should be revised as per the spirit of human rights and democracy after the consultation with the stakeholders,” reads the statement.

 

सूचनाको हक कार्यान्वयनको नयाँ गोरेटो

चनाको हकको इतिहास खोतल्दा सन् १७६६ मा स्विडेनमा यसको पहिलो प्रयोग भएको पाइन्छ । उक्त समयमा स्विडेन युद्धमा होमिएका बखत जनतालाई सेनाले गरेको खर्चको जानकारी दिन यो कानुन बनेको थियो । सन् १९५१ मा फिनल्यान्ड र सन् १९७० मा डेनमार्कपछि नर्बेले छरितो सरकार, भ्रष्टाचाररहित सदाचारितामा आधारित सरकार र सुशासनका लागि यो कानुन जारी गरे । परिणामस्वरूप ट्रान्सपरेन्सी इन्टरनेसनलले बर्सेनि जारी गर्ने करप्सन परसेप्सन इन्डिकेटरमा यी मुलुकहरू ‘उम्दा’ रहेका छन् । पछि आएर सन् १९६६ मा संयुक्त राज्य अमेरिका र सन् २००५ मा भारतले आफू विश्वकै उत्कृष्ट लोकतान्त्रिक मुलुक भएको प्रमाणित गर्न यससम्बन्धी कानुन जारी गरे । सन् १९१६ मा श्रीलंकाका वर्तमान राष्ट्रपति श्रीसेनाले विगतका राष्ट्रपति राजापाक्षेलाई निर्वाचनमा परिचित गर्न यो कानुन निर्माणलाई ‘निर्वाचन हतियार’ का रूपमा प्रयोग गरे ।
नेपालको सन्दर्भमा २०४६ सालको जनआन्दोलनको सफलतापछि नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १६ मा सार्वजनिक महŒवको सूचनामा नागरिकको हक कायम हुने गरी सूचनाको हकलाई पहिलोपटक मौलिक हकमा रूपमा समावेश गरिएको हो । सूचना मागकर्ता सर्वोच्च अदालतमा पुग्दा महŒवपूर्ण नजिर कायम भई आए । २०६२÷६३ सालमा दोस्रो जनआन्दोलनपछि अन्तरिम संविधान, २०६३ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको जुनसुकै विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी धारा २७ मा स्पष्ट व्यवस्था गरियो । यसको प्रभावकारी प्रचलनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भयो । स्वतन्त्र राष्ट्रिय सूचना आयोग गठन भएपछि नेपालमा सूचनाको हकमा नयाँ गोरेटो आरम्भ भयो ।

२०६५ सालमा गठित तीन सदस्यीय राष्ट्रिय सूचना आयोगमा विनय कसजू प्रमुख आयुक्त र श्री आचार्य तथा सबिता भण्डारी बराल सूचना आयुक्तमा नियुक्त भए । यो आयोगले सूचनाका हकसम्बन्धी मजबुत जग निर्माण गरी सूचना प्राप्तिका क्षेत्रमा विशेष प्रकृतिका आदेशसमेत जारी ग¥यो । यसलाई दोस्रोपटक प्रमुख आयुक्तका हैसियतले यस पंक्तिकार र आयुक्तद्वय किरणकुमार पोखरेल तथा यशोदादेवी तिम्सिनाले निरन्तरता दिई आएको स्थिति छ । आयोगले प्रत्येक वर्ष सम्पादन गरेको काम प्रधानमन्त्रीमार्फत व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने व्यवस्थाअनुरूप आर्थिक वर्ष २०६५÷६६ र २०७४÷७५ सम्म गरी १० वर्षको वार्षिक प्रतिवेदन बुझाइसकेको छ ।

राष्ट्रिय सूचना आयोगले सबैभन्दा पछिल्लो बुझाएको प्रतिवेदनअनुसार गत आवमा आयोगमा १ हजार १७६ वटा पुनरावेदन परेकोमा १ हजार १७५ वटा फछ्र्योट भएका छन् । ती १ हजार १७६ वटा पुनरावेदनमध्ये प्रशासन र सञ्चार क्षेत्रका ८४६ वटा, आर्थिक क्षेत्रका ५५ वटा, शिक्षा क्षेत्रका १६९ वटा, पूर्वाधार विकास क्षेत्रका ४७ वटा र अन्य क्षेत्रका ५९ वटा रहेका छन् । यस वर्ष आयोगले नेपाल सरकारका निजामती, जंगी र प्रहरीतर्फका केन्द्रीयस्तरमा सबै २२ वटा तालिम केन्द्रको पाठ्यक्रममा सूचनाको हक विषय समावेश गर्न सफल भएको छ । आयोगको पहलमा कक्षा ६, ७, ९ र ११ को पाठ्यक्रममा यो विषय समावेश भइसकेको छ । साथै शिक्षकको मार्गनिर्देशिका र कक्षा ८ को ऐच्छिक विषयको पुस्तक पनि तयार भएको छ । राष्ट्रिय सूचना आयोगले गत वर्ष नेपाल प्रहरीका उच्च अधिकारी, न्याय सेवाका कर्मचारी, सहकारीकर्मी, सामुदायिक विद्यालयका प्रधानाध्यापक, इन्जिनियर, चिकित्सक र वकिलहरू तथा निजी क्षेत्रका छाता संगठनका पदाधिकारीसँग पनि नागरिकको सूचनाको हकका विषयमा अन्तक्र्रिया गरेको छ ।

आव २०७४÷७५ मा आयोगले करिब १२ वर्ष पूर्व जारी भएको सूचनाको हकसम्बन्धी कानुनमा समसामयिक संशोधन गर्न सरकारसँग आग्रह गरेको छ । जसमा प्रादेशिक सूचना आयोग गठन, सूचना मागको कार्यविधि र सूचना अधिकारीलाई उत्प्रेरित गर्नुपर्ने रहेका छन् । साथै, खुला सरकारी तथ्यांकको कार्य योजना लागू गर्नुपर्ने, सूचना मागको निवेदनमा दस्तुर नलाग्ने र हुलाक टिकट टाँस्नुनपर्ने कानुनी व्यवस्था गर्नुपर्ने तथा सूचनादाताको संरक्षणसम्बन्धी कानुन निर्माण गर्नुपर्ने मुद्दा प्राथमिकतामा छन् ।
साथै सूचना अधिकारी नतोक्ने र तीन÷तीन महिनामा स्वतः प्रकाशन नगर्ने पदाधिकारी दण्डित हुनुपर्ने र सूचना वर्गीकरण गर्ने अवधि अधिकतम् ३ वा ६ महिना तोकिइनुपर्ने आयोगको आग्रह छ । यस विषयमा पनि आशावादी रहौं, सबैको सकारात्मक सोचसहित यी विषयले निकास पाउनेछन् । हाल आयोगको विशेष सक्रियतामा क्यानडामा मुख्यालय रहेको सेन्टर फर ल एन्ड डेमोक्रेसी नामक संस्थाले १२३ वटा मुलुकको ‘आरटीआई ग्लोबल रेटिङ’ गर्दा नेपालको कानुन विश्वका उत्कृष्टता कानुनकोे २२औं स्थानमा परेको छ ।

आयोगले प्रत्येक वर्ष संघीय मन्त्रालयको सूचनाको हकको कार्यान्वयन स्थिति जान्न ‘आरटीआई अडिट’ गर्ने गरेको छ । गत आव मा सम्पादित यस्तो अडिटमा सय पूर्णाङकमा उत्कृष्टता कायम गरी शतप्रतिशत अंक पाउनेदेखि ५२ अंक पाउने मन्त्रालयसम्मको कमजोर स्थितिको प्रतिवेदन सार्वजनिक भएको छ । यसबाट ती मन्त्रालयहरूले आफूलाई सुधार गर्नुपर्ने क्षेत्रको जानकारी पाएका छन् । आयोगले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय सम्मेलन गरी सूचनाको माग पक्ष र आपूर्ति पक्षको सबलीकरणका लागि गर्नुपर्ने पहलसहितको काठमाडौं घोषणापत्र जारी गरेको छ । आयोगले अधिकांश जिल्लामा सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, निर्वाचित जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजका अगुवालाई एकै ठाउँमा भेला गराई सूचनाको हकको प्रचलनका लागि लिखित प्रतिबद्धता जाहेर गराउने गरेको छ ।

राष्ट्रिय सूचना आयोगले गत वर्ष प्रदेशस्तरमा अनुगमन गरी सूचनाको हकको कार्यान्वयनमा सबै निकायलाई सजग गराएको छ । यसैगरी, सातवटा प्रदेशमा रहेका सबै सातवटा मन्त्रालयका सचिवको नाममा सूचनाको हकको कार्यान्वयनका लागि पाँच बुँदे आदेश जारी गरेको छ । संघीय सरकारमा कार्यरत सूचना अधिकारीहरूलाई तीनदिने अन्तर्राष्ट्रियस्तरको आवासीय तालिम प्रदान गरेको छ । आयोगले बंगलादेशको सूचना आयोगसँग सहयोगको आदान–प्रदानका लागि एमओयूको कार्यान्वयनका लागि कार्ययोजनामा हस्ताक्षर गरेको छ । सबै ७७ जिल्लामा नेपाल पत्रकार महासंघका शाखा, प्रमुख जिल्ला अधिकारी र हुलाक प्रशासनसँग सहकार्य गरेको छ । आयोगले गत वर्ष २२ वैशाखका दिन आयोग स्थापना दिवस, ३ भदौमा राष्ट्रिय सूचना दिवस र २८ सेप्टेम्बरका दिन विश्व सूचना दिवस मनाउँदै आमनेपाली जनतालाई आफ्नो अधिकारप्रति सजग रहन निरन्तर खबरदारी गरी आएको छ । जसको परिणामस्वरूप पछिल्ला दिनमा नागरिकहरू आफ्नो सरोकारको विषयका सूचना माग्न क्रियाशील भएका छन् । जसअनुसार लोकसेवा आयोगलगायतको परीक्षाको अंक थाहा पाउन आयोगले सघाएको छ ।

गत आव २०७४÷७५ को वार्षिक प्रतिवेदनमा राष्ट्रिय सूचना आयोगले केही महŒवपूर्ण सुझाव प्रस्तुत गरेको छ । जसमा राणाकालीन र पञ्चायतकालीन ‘ह्याङ ओभर’ बाट विस्थापित हुँदै सार्वजनिक पदमा क्रियाशील व्यक्तिको ‘तरक्की’ सूचना लुकाएर होइन, सूचनामा नागरिकको पहुँच पु¥याएर हुनुपर्ने हुन्छ । जसका लागि वर्तमान कार्यसम्पादन मूल्यांकन फारामको सूचकांकमा पारदर्शी कार्यप्रणाली समावेश गर्न सुझाइएको छ । यसैगरी, सूचना प्रवाहमा सरकारले गठन गरेका प्रधानमन्त्री कार्यालयका सचिव संयोजक रहेको केन्द्रीय अनुगमन इकाइ र सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको अनुगमन इकाइले आफ्नो सक्रियता व्यापक रूपमा बढाउन जरुरी छ । साथै सबै सरकारी निकाय आप्mना गतिविधि प्रवाह गर्न ‘आत्तुर’ हुनुपर्छ ।

विश्वव्यापी रूपमा प्रचलित  ‘एडमिनिस्ट्रेटिभ’ मार्केटिङ’ अर्थात् ‘सेवाको बजारीकरण’ गर्न उत्सुक हुनुपर्छ । साथै सूचनामा सधैं सूचना अधिकारी र कार्यालय प्रमुखकै बर्चस्व रहन्छ भन्ने छैन । यसर्थ सार्वजनिक निकायका सबै जिम्मेवार पदाधिकारीलाई सूचना प्रवाहमा समान रूपमा जिम्मेवार तुल्याउनुपर्ने आयोगको सुझाव छ । साथै आयोगले मन्त्रिपरिषद् पनि सूचना प्रवाहमा विशेष सक्रिय हुनुपर्ने, सूचनादाताको संरक्षणसम्बन्धी नियमावली जारी हुनुपर्ने, सूचनाको माग पक्ष र आपूर्ति पक्षलाई क्रियाशील तुल्याउनुपर्ने र विगत वर्षको सुझाव हुबहु कार्यान्वयन हुनुपर्ने सुझाव प्रस्तुत गरेको छ । स्मरण रहोस्, राष्ट्रिय सूचना आयोगले आव २०६५÷६६ को वार्षिक प्रतिवेदनमा सरकारी कर्मचारीलाई गोपनीयताको सट्टा पारदर्शिताको शपथ गराउनुपर्ने र सूचनाको कानुनसँग बाझिएका कानुन संशोधन गर्नुपर्ने सुझाव दिएको छ । यसैगरी आव २०६६÷६७ को प्रतिवेदनमा सूचना प्रवाहका लागि सरकारी अभिलेख प्रणाली चुस्त र दुरुस्त हुनुपर्ने तथा स्कुल र कलेजको पाठ्यक्रममा सूचनाको हक समावेश हुनुपर्ने गरी सुझाइएको छ । यसैगरी आव २०६७÷६८ को वार्षिक प्रतिवेदनमा आयोगले तीनमहिने स्वतः प्रकाशनको प्रावधानलाई प्रभावकारी तुल्याउन र आव २०६८÷६९ को प्रतिवेदनमा सबै सरकारी बैठक, अन्तक्र्रियालगायतका कार्यक्रम कम्तीमा प्रेसका लागि खुला गर्न सुझाव दिएको छ । यसैगरी, आयोगले आव २०६९÷७० को प्रतिवेदनमा विद्यार्थीलाई यस विषयमा इन्टर्न गर्न ल्याउन रसरकारी सूचना एकद्वार पद्धतिअन्तर्गत एउटा पोर्टलमा राख्न
सुझाएको छ ।

आव २०७०÷७१ को वार्षिक प्रतिवेदनमा आयोगले सूचना संस्कृतिको विकास गर्न जोड दिएको छ भने आव २०७१÷७२ को प्रतिवेदनमार्फत सूचना मागको प्रक्रियालाई सरलीकरण गर्न सरोकारवालालाई आग्रह गरेको छ । यस अतिरिक्त आयोगले आफ्नो आव २०७२÷७३ को वार्षिक प्रतिवेदनमार्फत सबै प्रदेश वा जिल्लामा आयोगको सञ्जाल विस्तार गर्न र आव २०७३÷७४ को प्रतिवेदनमार्फत आरटीआई अडिट र आरटीआई बजेटलाई प्राथमिकताका साथ लागू गर्न नेपाल सरकारलाई सुझाव दिएको छ । आयोगका यी सत् विचारमा सबैले ‘होस्टेमा हैंसे’ गरी लोकतान्त्रिक देशमा जनताको सूचनाको हकको उच्च सम्मान, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको अभिवृद्धि गर्न सकिन्छ ।

 

पत्रकारमाथि खनिए सञ्चारमन्त्री बाँस्कोटा, भन्छन्– गलत समाचार लेख्नेलाई अमेरिकामा मृत्युदण्ड हुन्छ

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसका नाममा छाडातन्त्र गर्ने काम स्वतन्त्रताको मूल्य र मानक नभएको बताएका छन् । सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए ।
अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको उल्लेख गरे ।

अरु नै मनमा कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, “बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन । यो जनताद्वारा निर्वाचित सरकार हो ।”  संवाद भने जरुरी रहेको र गर्नुपर्ने उनले बताए । उनले भने, “सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ ।”

शान्ति, सुशासन, समृृद्धि  र राजनीतिक स्थिरतालाई भत्काउने केही तत्व सक्रिय छन् भन्दै उनले प्रश्न गरे, “टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?”  उनले यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गरेका थिए ।

उनले भने, “के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?” उनले भने, “नियमन हामी गछौंँ, संसारभरि नै यो हुन्छ ।”  कालो झण्डा लिएर हिँड्नेसँग नडराउने उनको भनाइ थियो । उनले भने, “प्रजातन्त्रमा कालो झण्डा, जुलुस सबै खाउँला तर लोकतान्त्रिक प्रणालीलाई सुढृढीकरण बनाउने कुरामा पछि हट्दैनाैं ।”

प्रेस स्वतन्त्रतामा बन्देजको खतरा

सरोकारवालाबीच छलफलविना नै सरकारले दण्ड, जरिबाना र क्षतिपूर्तिका कठोर व्यवस्थासहित ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता गरेको भन्दै नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन गरिरहेको छ। प्रेस काउन्सिलका पदाधिकारीले सरकारको हात माथि पार्ने गरी ‘नियन्त्रित र निर्देशित’ काउन्सिल बनाउन खोजेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। विधेयक जस्ताको त्यस्तै पारित भए काउन्सिलको स्वतन्त्रता र स्वायत्तता बाँकी नरहने भनाइ उनीहरूको छ। मानवअधिकार, आमसञ्चार र कानुनका विज्ञहरूले पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पुर्‍याउन सक्ने भन्दै विधेयकप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। यो प्रकरणलाई कानुन र मिडियाका विज्ञले कसरी लिएका छन् ? अन्नपूर्ण पोस्ट्ले गरेको संवाद  :

काउन्सिलको स्वायत्तता नै अपहरण भइसकेको छ

राधेश्याम अधिकारी (सांसद)​

संसद्मा प्रस्तुत विधेयक हेर्दा सरकार क्रमशः शक्ति आफ्नो हातमा लिने प्रयासमा रहेको देखिन्छ। जस्तो– राहदानी विधेयक। यो संसद्बाट पास भयो। यो राष्ट्रिय सभाबाट संशोधन गरेर सरकारले समेत स्वीकार गरेको विषय नराखी राष्ट्रपतिकहाँ पुगेको छ। सरकार पारदर्शी ढंगले हिँड्न तयार छैन भन्ने अर्को पनि उदाहरण दिऊँ। शिक्षा आयोगको प्रतिवेदन सरकारलाई बुझाएको झन्डै पाँच–छ महिना भइसक्यो। त्यो प्रतिवेदन संसद्मा ल्याउनुस्। छलफल गरौं ताकि शिक्षाजस्तो सबैको सरोकारको विषय हो भनेर सरकारसँग पटकपटक आग्रह गर्‍यौं। त्यसमा लुकाउनुपर्ने विषय केही छैन भन्ने हाम्रो आग्रह थियो। शिक्षा मन्त्रीसँग कुरा हुँदा उहाँले क्याबिनेटले पास गरेर प्रकाशित नहुँदासम्म देखाउँदिनँ भन्नुभयो।

हामीले हाउसबाट के पनि चेतावनी दियौं कि शिक्षा आयोगको प्रतिवेदनलाई नदेखाई कुनै नीति, विधेयक वा ऐन बन्छ भने हामीलाई मान्य हुने छैन। यो भन्दाभन्दै पनि उहाँले ‘तपाईंहरू कसरी त्यसो गर्न पाउनुहुन्छ’ भनेर रोस्ट्रममै उभिएर भन्नुभयो। सरोकारवालालाई मात्रै होइन, सांसदलाई समेत गुमराहमा राखेर यस्ता महŒवपूर्ण विधेयकहरू अगाडि बढ्दै छन्। यो ग्लानिको विषय हो। यसै सिलसिलामा जोडिएर फेरि प्रेसको कुरा आयो। प्रेसको संरक्षणका लागि हामी यहाँ उभिएका होइनौं। प्रेसलाई विशेष अधिकारसम्पन्न गराउनुपर्छ भनेको पनि होइन। यो किन आवश्यक छ भनेर हामीले संविधानमै व्यवस्था गर्‍यौं। सञ्चारको हकलाई किन सुरक्षित गरियो भने त्यो जनताको नैसर्गिक हकसँग जोडिन्छ। जनताको नैसर्गिक हकलाई स्वीकार्य बनाउने, त्यो हकलाई अपहरण गर्न नदिने हो भने प्रेस या सञ्चारमाध्यमको सहयोग चाहियो। प्रेस उद्योग र व्यवसाय दुवै हो।

उद्योग र व्यवसाय भएको कारणले मात्रै होइन नागरिकको नैसर्गिक हकलाई जनतामा पुर्‍याउने माध्यमका रूपमा अगाडि आएको हुँदा संविधानमै विशिष्ट व्यवस्था गरिएको हो। सूचनाको हक, सञ्चारको हकको विषय पहिले २०४६ अघि प्रेसले पाएको दुःख सम्झेर लिपिबद्ध रूपमा प्रि–सेन्सरसिप गर्न नपाइने, प्रेससम्बन्धी कुनै वस्तु जफत गर्न नपाइनेजस्ता विषय राखियो। २०४७ मा संविधान आउँदा प्रिन्ट मिडियाको मात्र बाहुल्य भएको हुँदा यसको मात्र उल्लेख छ। जब ०६०÷६२ सालमा जब तत्कालीन राजाको हस्तक्षेप भयो, त्यो बेलामा सर्वोच्च अदालतले ‘एक्सटेन्सन’ गरिदियो।

टेलिभिजनमा, एफएम र इलेक्ट्रिोनिक माध्यम सबै प्रेसका माध्यम हुन् भनेर। यी सबैको अकुण्ठित अधिकार छ भनेर सर्वोच्चले भन्यो। किनभने त्यसको अभावमा जनताले उठाइरहेका माग जनताकै बीचमा सम्प्रेषण नै हुन सक्दैनथे। यसकारण प्रेसको हक भनेको प्रेसलाई मात्र होइन। नागरिकको अधिकारलाई अगाडि बढाउने, विस्तारित गर्ने क्रममा यसको महŒव भएको हुँदा प्रेसको हकलाई सुरक्षित गरिएको हो।

प्रेस आफैं मर्यादित हुन्छ। आफैं स्वतन्त्र हुन्छ। संविधानले नै गर्नुपर्ने कुरा के, नगर्नुपर्ने कुरा के भनेर सबै कुरा त्यहीं लेखिदिएको छ। भनेपछि संविधानमा भएका ‘स्प्रिट’ लाई बोकेर ऐन बनाउन नसकिने होइन। नियमन गर्नलाई संविधानले बाटो खोलिदिएको छ। तर प्रश्न फेरि पनि के हो भने प्रेसलाई सहजीकरण गर्ने दृष्टिले आएको छ कि नियन्त्रण गर्ने रूपले आएको छ। प्रेसलाई बोल्न नसक्ने रूपमा आएको छ कि थप सहजीकरण गरेर जनताका मर्का, गुनासा प्रसारण गर्ने, लेख्ने, लेखाउने, सम्पादकीय आदि माध्यमबाट सरकारलाई झक्झक्याउने कुरा गर्न आएको छ। मुख्य कुरा यही हो।

यो प्रेस काउन्सिल विधेयकको गठन हेर्दा सूचना विभागलाई नै प्रेस काउन्सिल भनिदिए हुन्छ। विधेयकमा सूचना विभाग र काउन्सिलको कुनै अर्को अर्थ छैन। विभाग मन्त्रालयअन्तर्गतको एउटा विभाग हुन्छ, मन्त्री र सचिवले दिएका आदेश पालना गर्छन्। यो विधेयक पनि ठिक्क त्यही किसिमले बन्न गइरहेको छ। न नेपाल पत्रकार महासंघको उपस्थिति छ, न विशिष्ट ढंगले छान्ने प्रावधान छ। काउन्सिलमा छनोट गर्ने मान्छे मन्त्रालयको सचिव, कानुन, सूचना, प्रविधि वा सामाजिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिमध्येबाट मन्त्रालयले तोकेको व्यक्ति अर्थात् मन्त्रालयले पत्याएको व्यक्ति, अनि वरिष्ठ पत्रकारमध्येबाट मन्त्रालयले तोकेको व्यक्तिलाई छनोट समितिमा राखेर बनाएको प्रेस काउन्सिल कस्तो होला ?       पहिले छनोट समितिमै आपत्ति हुनुपर्छ।

बरु कस्तो खालको छनोट समिति भएमा मिडिया काउन्सिल उपयुक्त हुन्छ भन्नेमा बहस हुनुपर्छ। दोस्रो, काउन्सिल गठन गर्दा एउटा पत्रकार महासंघको पदेन सदस्य राखिएको छ यसबाहेक सरकारले नै अध्यक्ष तोक्छ। सरकारले नै राजपत्रांकित प्रथम       श्रेणीको अधिकृतलाई सदस्य तोक्छ, त्यसपछि दुईजना महिलासहित मन्त्रालयले मनोनयन गरेका ६ सदस्य हुन्छन्। कतिसम्म भने काउन्सिलको सचिव पनि वरिष्ठतम् कर्मचारीलाई तोकिएको छ। यसमा पनि ‘च्वाइस’ छैन। वरिष्ठ तहका कर्मचारी छन् भने काउन्सिलमा काम गर्न कुनलाई लगाउने भनेर काउन्सिले ‘च्वाइस’ गर्न सक्ने स्थिति पनि छैन। भनेपछि यसको स्वायत्तता नै कति हो भनेर प्रश्न उठिरहेका बेला अझै त्यसमा थप सरकारको हात सधैंभरि माथि पर्ने गरेर यो आएको छ।

अर्को जरिबानाको कुरा छ। जरिबाना २५ हजारदेखि ५० लाख रुपैयाँसम्म छ। त्यो मात्रै होइन त्यसभन्दा पछि क्षतिपूर्ति पनि भराइदिने भनेको छ। त्यो पनि मनासिब माफिकको भनेको छ। क्षतिपूर्तिको ‘रेन्ज’ पनि तोकिएको छैन। यो अधिकार सरकारले बनाएको काउन्सिललाई तोकियो। र, अन्यत्रबाट प्रमाणित पनि गराउनु नपर्ने गरी ल्याइयो। यही कुरा अदालतमा गएर यति भराइदिनुपर्छ भनेर मुद्दा हालिदिने भएको भए स्वतन्त्र न्यायाधीशले त एउटा निर्णय गथ्र्यो नि। यो गर्न पनि तयार छैन। सोझै काउन्सिलबाट फैसला गराइदिने र चाहेमा अपिल गर्न सक्ने भन्नेसम्म व्यवस्था गरिएको छ। यसकारण यस्ता कुराले स्वायत्ततामाथि पनि असर गर्छ। फेरि आचारसंहिता बनाउने अधिकार पनि यसैलाई दिइएको छ। आचारसंहिताको विषयलाई ‘लिबरल’ दृष्टिकोण राखेर अहिल्यै ‘फ्रेमवर्क’ सहित राखिदिऊँ भन्ने मेरो आग्रह हो।

संसद्ले बनाउने आचारसंहिता त्यति खराब हुँदैन, जति काउन्सिलले बनाउँदा हुन्छ। किनकि काउन्सिल विभागसरहको हैसियतमा पुग्दै छ। यसको स्वतन्त्रता, स्वायत्तता हेर्दा पूरै सरकारको मुख हेरेर गर्ने खालको छ। यस्तो संस्थाले बनाएको आचारसंहिता नै कति स्वतन्त्र होला ? पत्रकारलाई मर्यादित गर्न, स्वतन्त्रता अपहरण नहुनका लागि सहजकर्ताको भूमिका खेल्ला ?       यी विषयबस्तु महŒवपूर्ण र गम्भीर छन्। यति मात्र होइन अरू पनि धेरै त्रुटि छन्। अध्यक्ष हुनका लागि १० वर्ष अनुभवी हुनुपर्ने, सदस्यलाई १५ वर्ष हुनुपर्ने। सदस्यलाई नै १५ वर्षको योग्यता चाहिन्छ भने अध्यक्षलाई पुग्छ ?       अध्यक्षको योग्यता कम राखेर आउनु आफैंमा हास्यास्पद हो। यो त मिलाउलान् पनि। मुख्य कुरा स्वायत्तता नै अपहरण भइसकेको छ।

जस्ताको त्यस्तै पास हुने हो भने स्वतन्त्रता र प्रेसको पवित्रतालाई पनि बन्देज लगाउनेछ। यसकारण यो विधेयकको विरोध हुनुपर्छ। जुन ठाउँमा यो विधेयक पेस हुन्छ, हाम्रो तर्फबाट पहिले विरोधको सूचना दिन्छौं। सुरुमै फिर्ता लैजान बहस चलाउँछौं। यतिले पनि नपुगे संशोधन हाल्छौं। तर ‘गुड मेजरिटी’ छ। मान्छे बोल्न नसक्ने भइसकेको छ। अस्ति भर्खर नेपाल ट्रस्ट ऐनको जग्गा लिजमा दिन पाउने विषयमा मैले भनें, ‘तपाईंहरू जजसले पास गर्नुहुन्छ। सबै नीतिगत भ्रष्टाचारमा सहभागी हुनुहुन्छ। यो नीतिगत भ्रष्टाचारको मुहान हो।’ तर पास त गरे। बाहिर आएपछि ‘डाँकाहरूले सिध्याउने भए, के गर्ने भनेर उनै सांसदले भन्छन्।’ उनैले भोट हाल्छन् उनैले भन्छन्। अब के गर्ने ?        हालत यो छ। सदस्यहरू नै आतंकित छन्।

हुँदाहुँदा सत्ता पक्षबाट समितिमा पनि बोल्न छाडिसके। यसो भएर यो विधेयक पनि पास हुने धेरै सम्भावना देख्छु। जेमा पनि पेलेर अघि बढ्ने सोच छ। प्राविधिक कुरा देखाएर राष्ट्रिय सभालाई ‘बाइपास’ गरेर पनि विधेयक पास भए। प्रधानमन्त्रीको बोलीमा पनि लगाम देखिँदैन। न कानुनको दृष्टिले न सैद्धान्तिक पक्षबाट, न संसदीय दृष्टिले। पारदर्शिता त यो सरकारको डिस्नेरीमै नभएको कुरा हो। यसरी जनता र प्रेससँग ज्यादा सरोकार राख्ने यस्ता विधेयकमा ज्यादती भएको छ भने सभामुखले जनताका बीचमा लगेर छलफल चलाउन आवश्यक छ भनेर ‘रुलिङ’ गर्न सक्नुहुन्छ। यसअघि अदालतको अवहेलनासम्बन्धी विधेयकमा यस्तो भएको पनि छ।

प्रेसलाई दण्डले नियन्त्रण गर्न सकिँदैन

रामकृष्ण रेग्मी, प्राध्यापक

मिडिया काउन्सिलको विधेयक आइसकेपछि भएका बहस हेर्दै थाहा हुन्छ, अहिलेको नेपालको ‘ल्यान्डस्केप’ लाई हेर्न सकेको रहेनछ। त्यो भनेको ‘इन्टरएक्टिभ मिडिया’ भइसकेको छ अहिले। अहिले ‘प्रिन्ट मिडिया’ जस्तो एकै धारको अवस्था छैन। मैले दिइहालें, भइहाल्यो भन्ने जस्तो प्रिन्ट मिडियाको जस्तो मात्र अहिले होइन। प्रेसलाई पाठकहरूले अर्को प्रश्न गर्ने ठाउँ पनि त्यहीं नै छ। यसैले अहिलेको मिडिया काउन्सिलले अहिलेको ‘मिडिया ल्यान्डस्केप’ मा प्रेस काउन्सिलले समेट्न नसकेको, अहिलेको काउन्सिलले नभ्याएका कुरा, पुग्न नसकेको एरियामा पुगेर केही गर्ला कि भनेर मैले अहिलेको मिडिया काउन्सिललाई हेरेको थिएँ, त्यो पाइनँ। त्यसैले यसको औचित्य हेर्दा यो किन आएको होला त ?       जब कि प्रेस काउन्सिल नै विद्यमान छ। यो स्वायत्त भएन। सरकार र पार्टीको       श्रेय बढी हुन थाल्यो भन्ने कुरा त बहसमा चलि नै रहेको थियो।

अर्को कुरा, अनलाइन पनि धेरै अगाडि आइसकेको छ। छापिएर चौबीस घन्टामा आउने पत्रिका र पलपलमा पोस्ट भइरहने स्थितिमा अबको मिडिया काउन्सिलले ध्यान नदिइ त हुँदैन। किनभने चौबीस घन्टामा एकपटक आउँदा डेडलाइन थियो, तर चौबीस घन्टाभित्र धेरै गर्न सकिन्थ्यो। अब यो अवस्था रहेन। मिडिया काउन्सिलमा रहेका प्रावधान हेर्दा समाचारको वास्तविकता र प्रोडक्सन कम्प्लेक्सिटिजलाई पटक्कै याद नगरेजस्तो देखियो।

सधैंभरि डर लिएर बसिरहनुपर्ने। विचार पृष्ठमा लेख्नेले पनि डर लिनुपर्ने। शब्द, अभिव्यक्ति, कुनै चिजले कसैलाई दोष लगाउँछ कि भनेर। तर काम मिडियामा ‘क्रिटिकल’ हुनुपर्ने प्रकृतिको छ। यहाँ भ्रष्टाचारको कुरा उठ्छ– कुसासनका कुरा उठिरहेका हुन्छन्। कसै न कसैलाई केही न केही अलि अफ्ठ्यारो हुने कुरा मिडियाले गरि नै रहेको हुन्छ। किनकि सार्वजनिक हितलाई सुरक्षा गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, दायित्व मिडियाले बोकिरहेको छ।

यो स्थितिमा विधेयकमा रहेका जरिबाना र यसभन्दा अझै अगाडि गएर हेर्ने हो भने क्षतिपूर्तिको कुरा विद्यमान नेपाली पत्रकारको स्थितिका कारण सम्भवै छैन। यसले त पत्रकारितै नगरौं भन्ने सन्देश जान्छ। पत्रकारिता यस्तो पेसा हो जहाँ आउनुअगाडि विचार गर्नुपर्छ। शब्दशब्दमा ख्याल पुर्‍याउनुपर्छ। यो त नेपाली पत्रकारले अनुभव गरेर आइसकेको हो। शब्दशब्दमा अफ्ठ्यारो भोगेर निर्देशित पत्रकारिता गर्नुपर्ने अवस्था त पार गरेर यहाँसम्म आइपुगेको हो। २०४६ सालपछिको जनआन्दोलनपछि यो अवस्था त पार गर्‍यौं कि भन्ठानेका थियौं हामीले। यो नियामक संस्था भनेको प्रेसका लागि मार्गदर्शक मात्र हो। ‘स्प्रिट’ नै यो छ कि ‘हामी तपाईंलाई आदेश दिँदैनौं। त्यतातिर लाग्यो भने प्रेस स्वतन्त्रता अफ्ठ्यारोमा पर्छ।’

राज्य सत्तासँग, न्यायिक संस्थासँग र विधि बनाउने संस्थासँग नजिकमा रहेर, अझै अर्को सुरक्षासँग सम्बन्धित कुरा र नागरिकका निजी मामिलाका विषयलाई संरक्षण पनि गर्नुपर्छ। यस्ता अति नै संवेदनशील पक्षलाई समाचार, लेख, आलेख सबैमा ध्यान दिएर जानुपर्ने भएकाले यसलाई ‘न्युज रुम र्‍यालिटज’ भनिएको हो। यो प्रक्रियाका वास्तविकतामाथि विधेयकले पटक्कै ध्यान नदिएजस्तो लाग्छ। यसैले मैले यसको औचित्य देखिनँ। आचारसंहिताका विषयमा प्रेस काउन्सिल र पत्रकार महासंघले समयसमयमा मिलाएर पनि परिमार्जन भइ नै रहेको छ।

परिवर्तन गर्न तयार छौं भनिएकै पनि हो। यसकारण अहिले कुनै औचित्य देखिएन। जसरी विधेयक आइरहेको छ, यसले सूचना प्रवाह गर्नेलाई कसरी ‘डिल’ गर्ने भनेर पनि यहाँ अलमलमा पर्ने अवस्था भयो। सूचना प्रवाहमा केही गल्ती भइ नै हाल्यो भने ध्यानाकर्षण गराइदियो भने सहनशील हुनुपर्ने अवस्था पनि हुन्छ। भनौं न कसैले ‘डिलिट’ गर्न सक्छ। कसैले अनपोस्ट पनि गर्न सक्छ।

आउनासाथ यसको इरादा नै यस्तो हो भनिसकेपछि विधेयकले ‘ब्रोडकास्ट’ लाई अझै अफ्ठ्यारोमा पार्न सक्छ। जतिसुकै सन्तुलन गरौं भने पनि जिब्रो तलमाथि पर्न सक्छ। बोल्दै जाँदा जिब्रो तलमाथि परिहाल्यो, गलत मान्छेको नाम लिइयो, अर्को मान्छे पर्‍यो भने ती ब्रोडकास्टहरूलाई के गर्ने ?       यही बेलामा यसो भनेको हो भन्ने आरोप लाग्यो भने त फेरि पैसा तिर्न जानुपर्‍यो। घन्टौंसम्म बोल्दा शब्द त तलमाथि परिहाल्छ। यसैले त पत्रकारिता पेसामा एउटा अवसर जहिले पनि दिइरहेको हुन्छ। काउन्सिल ऐनमै छ नि ध्यानाकर्षण गराउने भनेर।

यहाँनेर चुक्नुभयो है भनेर सम्झाइरहने बडी चाहिन्छ, संसारभरको प्रचलन नै यही हो। प्रजातान्त्रिक मुलुकमा हेर्ने हो भने प्रेसलाई छाडा छाड्नु हुन्न भनेर आएका दुईवटा अवधारणा छन्। एउटा आचारसंहिता। अर्को नियामक निकाय र संस्था सहकार्य नियमनमा सहकार्य। आखिर सार्वजनिक सरोकारका लागि सूचना प्रवाह गर्ने हो। लोकतन्त्रलाई नै सुदृढ पार्नु छ। गल्ती हुन सक्छ। तर गल्ती नियतवश गर्‍यौं कि गरेनौं भनेर हेर्ने अवसर दिइ नै रहनुपर्छ।

अहिलेको विधेयकमा भएको संरचनाअनुसार भयो भने त यो समाचार कक्ष र प्रोडक्सन रुमबाट सामग्री उत्पादन गर्ने कार्य अति नै गाह्रो हुन्छ। सम्पादन र लेखनमै पनि धेरै वर्ष बिताएको र अहिले पनि काम गरिरहेको हिसाबले धेरै कठिन पर्ने देख्छु। कहीं ‘क्रिटिकल’ हुन खोज्नुभयो भने त्यसले कसैलाई त क्षति पुग्छ। यथार्थ लेख्नै पर्‍यो। तर पनि आलोचना त गर्नैपर्छ। त्यसले कसैलाई बिझायो भने के गर्ने ?       बिझाउँछ भनेर नलेख्ने, नबोल्ने हो भने सेल्फसेन्सरसिपको यहाँभन्दा गतिलो कुरा के हुन्छ ?       सकेसम्म क्षति कम गरौं भन्ने हो। तर चुपचुप हुने वातावरण बन्दै गयो भने सूचना प्रवाह कहाँबाट होला ?

दण्डको माध्यमबाट आमसञ्चारलाई मर्यादित पार्छु, अनुशासित पार्छु भन्ने जुन भावना यसले ल्याएको छ यो ठीक ठाउँमा छैन। दण्ड हैन, सहकार्य गरेर अगाडि जानु उचित हो। विधेयकमा अहिलेकै प्रावधान रहे भने अथवा संरचनाकै दृष्टिले हेर्ने हो भने त २०७६ सालमा आएर प्रेस काउन्सिललाई सरकारको अर्को अंग बनाउँदा मान्छेले के भन्लान् ?       प्रेस स्वतन्त्रता मात्र होइन, पूर्ण प्रेस स्वतन्त्रता त संविधानको प्रस्तावनामै छ। प्रेस स्वतन्त्रता भए हुन्थ्यो नि किन पूर्ण नै चाहिन्थ्यो र ?       तर यसमा ऐतिहासिक अनुभव पनि छन्।

अहिले सूचना प्रविधिले सूचना प्रवाहलाई सजिलो पारिदिएको बेला छ। सिटिजन जर्नालिज्मको कुरा आइरहेको छ। योसँग प्रतिस्पर्धा गरेर जानुपर्ने स्थिति आमसञ्चारलाई छ। यो अवस्थालाई विधेयक व्यवस्थाले अवज्ञा गरेको छ। अनि छनोट समितिमै पत्रकार कहाँनेर उदाउँछ त ?       अनि अनलाइन र प्रिन्ट एडिटरमै पनि अहिल्यै अन्तर गर्न सकेनौं र आफूलाई सुविधा हुने गरी छनोट समिति बनायौं भने त पत्रकारले उत्पादन गर्ने समाचार सामग्रीमा न्याय हुँदैन कि ? किनकि कैयन् कुरा जोखिममा पनि जान सक्छ।

सुधार नै गर्न नसक्ने दिशामा पो जान्छ कि भन्ने खतरा छ। यसरी भयभीत बनायौं भने शासकका आलोचनाका आवाज सबै रोकिन्छन्। कलम नै रोकिन्छ। कलमका कुरा हैन, कार्टुन, तस्बिर र ग्राफिक्सको कुरा पनि छ। यसले लोकतन्त्रभित्र सुशासन र पारदर्शिता कहाँ रहन्छ ? निर्देशित पत्रकारितातर्फ लैजान्छ।

विधेयक पारित गरे संसद्कै गरिमा गुम्नेछ 
हरिहर विरही, पूर्वअध्यक्ष प्रेस काउन्सिल नेपाल तथा नेपाल पत्रकार महासंघ

लोकतन्त्रप्रति विश्वास भएका व्यक्ति, संस्था र कुनै पनि राजनीतिक दल यो विधेयकको पक्षमा लाग्न सक्दैनन्। लोकतन्त्र अन्त्य गरी यसको जग भत्काउने चाहना राखिए पनि संसद्ले यसलाई स्वीकार गर्दैन भन्ने मेरो विश्वास हो। सत्तारुढ दलले पनि यसलाई नियन्त्रण गर्न सरकारलाई दबाब दिनुपर्छ। नत्र त्यो पार्टीको भविष्य पनि उज्यालो नरहन सक्छ। जनताले पाएको अधिकार खोस्न खोज्नु वा सीमित गर्नु लोकतन्त्रविपरीत हो।

पत्रकारलाई प्रेस कानुनको माध्यमबाट पत्रकारिता कसरी मर्यादित बनाउने भन्ने चिन्ता छ। पत्रकारले नै आचारसंहिता बनाए। त्यसलाई कार्यान्वयन गर्न उनीहरू स्वयं नै लागिरहेका छन्।

कानुनमा प्रेस काउन्सिललाई स्वायत्त र अर्धन्यायिक निकायको रूपमा हेरिएको छ। तर सरकारले हस्तक्षेप गर्ने पर्याप्त अवस्था देखिन्छ। यो संस्थाको अधिकार बढाएर स्वतन्त्र र स्वायत्तता वृद्धि गर्नुपर्ने माग उठाइएको हो। यसअगाडिका धेरै समिति, पत्रकार महासंघ र स्वयं प्रेस काउन्सिलले पनि सुझाव दिएकै हुन्। ती सुझावका आधारमा यसको मर्यादा बढाउने विषयमा कदम चाल्नुपथ्र्यो। तर सरकार उल्टो बाटोतिर लागेकाले भूलवशः यी प्रावधान राखिएका होइनन्, जानीजानी प्रेसजगत्को मुख थुन्नैका लागि विधेयक ल्याइएकोमा अब शंका रहेन।

प्रमुख प्रतिपक्षी दलले पनि यो विधेयक पास गर्न नदिने भनेको छ। विभिन्न अधिकारवादी संघसंस्थाले पनि यसको विरोध गरिरहेका छन्। सभामुखले पनि यो विधेयकको पक्षमा आफू नरहेको जनाइसकेका छन्। पत्रकारसँग सम्बन्धित सबै संघसंस्था सडकमा उत्रिनुपर्ने अवस्था उत्पन्न भएको छ। संसद्ले यसलाई पारित गरेमा उसको गरिमा रहन्न। यसलाई साथ दिने राजनीतिक दल लोकतन्त्रप्रतिको निष्ठा र प्रेस स्वतन्त्रताप्रति उनीहरूले बाहिर गरेको प्रतिबद्धता पनि देखावटी मात्रै हो कि भन्ने शंकालाई पुष्टि गर्छ। त्यसैले सरकारले ढिलो नगरी यो विधेयक छिटोभन्दा छिटो फिर्ता लिनु उचित हुन्छ।

यस विषयमा कुन खालका ऐननियम आवश्यक हुन्छन् भन्नेबारेमा प्रेससँग सरोकार राख्ने संघसंस्थासँग छलफल गर्नुपर्छ। भोलिदेखि कुनै पत्रिकाले प्रधानमन्त्री, कुनै मन्त्री वा कसैलाई लोकतन्त्रविरोधी लेखिदियो भने मेरो मानहानि भयो, क्षतिपूर्ति पाऊँ भनेर उजुरी दियो भने सरकारको इशारा र निर्देशनमा चल्ने मिडिया काउन्सिलले सम्बन्धित व्यक्तिलाई मनासिब जरिबाना गराउन सक्छ। पत्रकारले २५ हजारदेखि १० लाखसम्मको जरिबाना भोग्नुपर्ने हुन्छ। विधेयकमा प्रशस्त त्रुटि देखिन्छन्। यसलाई संशोधन गरी आवश्यकताअनुसार ऐन बन्छ भन्नेमा म विश्वस्त छैन। सबै कुरा झिक्ने काट्ने हो भने प्रेस काउन्सिल ऐन छँदै छ। नागरिक समाज र पत्रकारसहितको सहमतिमा जनप्रतिनिधिसँग सल्लाह गरी संशोधन गर्नु बुद्धिमानी हुन्छ।

विधेयकले पत्रकारितालाई सेल्फ सेन्सरसिप कायम गराउँछ। पत्रकार कुनै विषयमा लेख्दै छन् भने दसपटक सोच्नुपर्ने हुन्छ। हिजो राजनीतिक दल प्रतिबन्धित भएको बेलामा समेत उनीहरूका गतिविधि र प्रजातन्त्रका नाममा ‘प्र’ समेत छाप्न सरकारले दिँदैनन्थ्यो। अहिले आएर सरकारले कुनै दललाई प्रतिबन्ध लगाएको छ। भोलि अर्काे दलको गतिविधि हेरेर समाचार तथा विचार नदिन प्रतिबन्ध लगाउन मिडिया काउन्सिललाई निर्देशन दियो भने उसले पालना गर्नेछ। उसको निर्देशन पालना गरिएन भने पत्रकारले जरिबाना तिर्नुपर्नेछ। यो सजाय अन्तिम होइन, चित्त नबुझे अदालत गए हुन्छ भनिएको छ तर पहिले सजाय गर्ने अनि अदालत गए हुन्छ भन्नु मूर्खता हो। जुन कुरा हिजो पञ्चायतकालमा अञ्चलाधीशहरूले गर्थे।

पहिले थुन्थे र अनि तेरो गल्ती के छ भनेर सोध्थे। आफैं थुन्ने र आफैं निर्णय गर्ने। म स्वयं त्यसको भुक्तभोगी हुँ। ०२७ सालमा जनकपुरमा दामोदर शमशेर अञ्चलाधीश भएको बेला म त्यसको सिकार बनेको छु। ११ महिना जेल जीवन बिताइसकेपछि तत्कालीन सर्वाेच्चका प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले जिताइदिनुभयो।

हिजो कानुन व्यवसायी निःशुल्क उपलब्ध हुन्थे तर आज पत्रकारसँग कानुन व्यवसायी राखेर मुद्दा लड्न सक्ने आर्थिक हैसियत छैन। डेरा भाडा तिर्न नसक्ने र श्रमको मूल्य नपाइरहेका पत्रकारलाई २५ हजारदेखि १० लाखसम्म जरिबानासहित मनासिब सजाय र वर्षौं मुद्दा लड्नुपर्ने अवस्था कल्पना मात्रै हुन्छ। पत्रकार, सम्पादक, प्रकाशक र अनलाइन सम्पादकदेखि सोसल मिडिया चलाउनेसम्मका व्यक्ति कारबाहीको दायरामा पर्न सक्छन्।

हामी प्राप्त उपलब्धिको कदर गर्छौं, तर यो कानुन बन्यो भने परिवर्तनका उपलब्धिमाथि ग्रहण लाग्छ। हाम्रो शिर झुक्छ। यसलाई छिटोभन्दा छिटो फिर्ता गराउनुपर्छ। त्यसका लागि हामी सबैले खबरदारी गर्दै निरन्तर दबाब दिनुपर्छ।

मिडियाको अराजकता रोक्न सरकारको निरंकुश शैली

प्रेसमाथि अंकुश लगाउने गरी नयाँ कानुन संसद्मा दर्ता भएपछि नेपाली मिडिया जगत्मा तरंग फैलिएको छ । सरकारले सञ्चार क्षेत्रलाई नियमन गर्ने भन्दै नयाँ कानुन ल्याएपछि अहिले सबै तहका मिडिया मालिकदेखि मिडियाकर्मीसमेत सरकारविरुद्ध एक भएर लागेका छन् भने नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेर पत्रकारलाई सडकमा आउन आग्रह गरिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडियामाथि ‘कु’ भएको भन्दै संसद्मा चर्को आवाज उठाउने घोषणा गरिसकेको छ । विपक्षीले भनेजस्तै सरकारले सञ्चारमाध्यममा अंकुश लगाउने उद्देश्यले ल्याएको उक्त विधेयकका बारेमा एकपटक सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

पछिल्लो समय सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना हुने क्रमले समेत तीव्रता पाएको छ । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता र अनलाइनहरुमा आएका समाचारले मुलुकमा उत्पन्न हुनसक्ने सम्भावित खतरालाई सबैले गम्भीर रुपमा लिनुपर्ने अवस्था सृजना भएको छ । सञ्चार क्षेत्रमा भित्रिएको अराजकता नियन्त्रणमा पत्रकार महासंघ र मिडिया हाउसहरुले समयमा नै नियमन नगर्ने हो भने सरकारले यो भन्दा पनि कडा कानुन ल्याउन सक्छ । संविधानमा प्रेस स्वतन्त्रतालाई संवैधानिक अंगका रुपमा नै किटान गरेको भए पनि सञ्चार जगत्मा देखिएको अराजकताले सरकारलाई नयाँ नियम बनाउनुपर्ने अवस्था सृजना गरेको हो ।

मर्यादाभन्दा बाहिर जाने अधिकार सञ्चार क्षेत्रलाई पनि छैन । सञ्चारकर्मीलाई कुनै कानुनको दायराले नछुने पनि होइन तर हामीकहाँ सञ्चारमाध्यम र सञ्चारकर्मीले गरेका कर्तुत बाहिर ल्याउन खोजियो भने पनि त्यसको चर्को विरोध र आन्दोलन हुने गरेको छ । संविधानभन्दा पनि माथि भएको आभास दिने गरी पछिल्लो समय आएका विभिन्न समाचारले व्यक्ति, समाज र मुलुक कता जाँदै छ र यसले दीर्घकालमा कस्तो असर पार्छ भन्ने विषयमा सरोकारवाला निकायले सोच्नै पर्छ ।

एउटा कुनै तह र तप्काबाट हुने अराजक क्रियाकलापलाई समग्र सञ्चार क्षेत्रसँग जोडेर हेर्ने प्रवृत्ति बढेर गएको छ । राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रमाथि हुन थालेको आक्रमणप्रति सजग हुँदै सञ्चारकर्मीले पनि आफूलाई ‘कोड अफ कन्डक्ट’मा बाँध्नुपर्छ । अरुलाई दोषी देख्ने सञ्चारकर्मीले पनि आफू कुन धरातलमा उभिएको छु भनेर सोच्नुपर्छ कि पर्दैन ? यो आमचासोको विषय भएको छ । सञ्चार जगत्मा देखिएको अराजकता र सरकारले देखाएको निरंकुश शैलीविरुद्ध लाग्नुपर्ने देखिन्छ । समयमा नै सम्बन्धित निकायले ध्यान नदिने हो भने मुलुक कुन बाटोमा जाला, हामी सबैले गम्भीर भएर एकपटक सोचौं ।

सच्याउन दबाब

काठमाडौं – प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूहरूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघीय संसद्को राष्ट्रियसभामा दर्ता विधेयक संशोधनको क्रममा र संसदीय समितिमा छलफलका क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई उनीहरुले आग्रह गरेका हुन्।

नेपाली कांग्रेससँग निकट नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटमा सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमा देखिएका कमीकमजोरी हटाउन पर्याप्त छलफल गर्ने अवसर भएको बताए। विधेयक संशोधनका क्रममा र विषयगत समितिमा छलफलका क्रममा सरोकारवाला निकायसँग पनि छलफल गर्ने प्रक्रिया भएकाले कुनै पनि विधेयक सच्याएर अघि बढाउन पर्याप्त अवसर रहेको अध्यक्ष तिमिल्सिनाको बताए।

विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन आग्रह गर्दै सोमबार नेपाल पत्रकार महासंघले पनि सभामुख र अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ।

यस्तै जवाफदेहिता निगरानी समितिले नेपाल सरकारले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ‘मिडिया काउन्सिल’ विधयेक संसद्मा दर्ता गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका संयोजक चरण प्रसाईंले मंगलबार विज्ञप्ति निकाल्दै अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता लोकतन्त्रको न्यूनतम मान्यता एवं प्रमुख आधार भएको जनाएका छन्।

‘प्रेस स्वतन्त्रताका मूल्य–मान्यतालाई आत्मसात गर्न नसक्नु भनेको लोकतन्त्रप्रतिको उपहास हो। सञ्चारगृहमाथि गरिने भौतिक आक्रमण तथा नियन्त्रणमुखी ऐन लोकतान्त्रिक प्रणालीमा कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रेसमाथि हुने गरेका आक्रमण, नियन्त्रण र संकुचनबाट नागरिकका अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी आधारभूत हकअधिकार समेत कुण्ठित हुने निश्चित छ।’

संसद्मा दर्ता गरिएको उक्त विधयेकमा रहेका यी प्रावधान नेपाल पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसंघको मानवअधिकारको विश्वव्यापी घोषणपत्र, १९४८ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धिको धारा १९ को ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विरुद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

मिडिया काउन्सिल विधेयकमा आयोगको आपत्ति

काठमाडौँ — प्रेस स्वतन्त्रतालाई नै अप्ठ्यारो पार्ने गरी मिडिया काउन्सिल विधेयक सरकारले ल्याएकोमा मानव अधिकार आयोगले आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ टोलीसँगको भेटमा मंगलबार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले अभिव्यक्ति स्वतन्त्रता सँगसँगै मानव अधिकार रक्षाका लागि चुनौती खडा भएको बताएका छन् । उनले प्रेस स्वतन्त्रताको विषय गम्भीर रहेको उल्लेख गदर्ैै यसमा अध्ययन गरेर आयोगले आधिकारिक धारणा लिने बताए ।

आयोगले बुधबार मिडिया काउन्सिल विधेयक र मानव अधिकार आयोगलगायतका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । ‘अभिव्यक्ति स्वतन्त्रता सँगसँगै आयोगसम्बन्धी विधेयककै विषयमा पनि अहिले केही चासो देखाउनुपर्ने अवस्था अाएको छ,’ कार्यवाहक अध्यक्ष वस्तीले भने ।

प्रेस स्वतन्त्रताको विषय मानव अधिकारसँग पनि जोडिने भएकाले यसलाई ध्यानाकर्षणमा लिन भन्दै महासंघ टोलीले आयोगका अधिकारीहरूसँग छलफल गरेको हो । महासंघले यसअघि सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतसँग यस विषयलाई लिएर ध्यानाकर्षण गराइसकेको छ ।

काउन्सिलसम्बन्धी विधेयकमा रहेको १० लाखसम्म जरिवाना गर्ने, न्यायिक अधिकार प्रयोग गर्ने गरी काउन्सिललाई दिने खालको प्रावधान विवादित छन् । यी प्रावधानमा आयोगका अधिकारीले पनि अचम्म मानेका छन् । ‘कसैले मानव अधिकार उल्लंघन गरे तीन लाख रुपैयाँभन्दा बढी आयोगले जरिवाना निर्धारण गर्न सक्दैन,’ आयोगका सचिव वेदप्रसाद भट्टराईले भने, ‘तर मिडिया काउन्सिल विधेयकमा गलत खालको समाचार लेखेमा १० लाखसम्म जरिवाना निर्धारण गर्न सक्ने प्रावधान रहेछ, यो त अलिक अनौठो नै प्रावधान हो ।’

आयोग संवैधानिक निकाय हो । त्यसलाई त आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयमा तीन लाखभन्दा बढी जरिवाना गराउन नसक्ने व्यवस्था ‘मानव अधिकार आयोग ऐन २०६८’ मा छ । तर सरकार नियन्त्रित खालको काउन्सिलले भने कुनै व्यक्तिले भूलवश गलत गर्दा पनि १० लाखसम्म जरिवाना गराउन सक्ने प्रावधान छ । ‘यसले कुनै व्यक्तिले व्यक्ति हत्या गरेर मानव अधिकार उल्लंघन गरेभन्दा गलत समाचार लेख्ने कार्यको कारबाहीचाहिँ ठूलो हुने भयो,’ आयोगका अर्का एक पदाधिकारीले भने ।

यसैबीच महासंघले मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिहरूलाई भेटी विधेयक सच्याउन र फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका छन् । समितिका सभापतिहरूले विधेयकमा पर्याप्त छलफल गराउने र सरोकारवालाका धारणा समेट्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

महासंघले यही विषयलाई लिएर सडकमा समेत आन्दोलन गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने आन्दोलन प्रायोजित भन्दै आएका छन् । महासंघका महासचिव रमेश विष्टले मन्त्री बाँस्कोटाको भनाइप्रति आपत्ति जनाएका छन् । उनले आन्दोलन कुनै राजनीतिक उद्देश्यले नभई प्रेस स्वतन्त्रताका लागि भएकाले यसलाई तेजोवध गर्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताए ।

आमसञ्चार विधेयकमा शक्तिशाली प्राधिकरणको प्रस्ताव

सरकारले छापा तथा विद्युतीय माध्यम र श्रमजीवी पत्रकारसँग सम्बन्धित कानुन विस्थापित हुने गरी छाता ऐनका रूपमा आमसञ्चार विधेयक–२०७५ को मस्यौदा प्रस्ताव गरेको छ । विधेयकको प्रस्तावित व्यवस्था कार्यान्वयनका लागि शक्तिशाली आमसञ्चार प्राधिकरण गठनको प्रस्ताव गरिएको छ । यो विधेयक मन्त्रिपरिषद्ले पारित गरेर संसद्मा दर्ता गराएपछि संसदीय प्रक्रिया पूरा भएर पारित भए अहिलेको सूचना तथा प्रसारण विभाग विस्थापित हुनेछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा मन्त्रिपरिषद्मा भने पेस हुन बाँकी छ । आमसञ्चारमाध्यमको अभिलेखीकरण, दर्ता र नियमनसँगै न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न पाँच सदस्यीय आमसञ्चार प्राधिकरण गठनको प्रस्ताव मस्यौदामा गरिएको छ । नेपाल सरकारले नियुक्त गरेको एक अध्यक्ष र चार सदस्य रहने प्राधिकरण समितिको कार्यकाल चार वर्षको रहने, सञ्चारमन्त्री संयोजक रहेको समितिको सिफारिसमा उनीहरूको नियुक्ति हुने विधेयकको मस्यौदामा प्रस्तावित छ । स्नातक पास तथा सम्बन्धित क्षेत्रमा १५ वर्ष अनुभव भएकामध्येबाट नियुक्ति गरिने भनिएको छ ।

त्यस्तै, आमसञ्चारमाध्यमले श्रम ऐन अनुकूल विनियमावली बनाई लागू गर्नुपर्ने, न्यूनतम पारिश्रमिक सरकारले तोकेभन्दा कम हुन नहुने विषय प्रस्तावित छ । पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारणका लागि अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सट्टा विज्ञ र श्रमजीवी पत्रकारहरू रहेको छुट्टै मापदण्ड निर्धारण समिति गठन गर्ने प्रस्ताव गरिएको छ । पत्रकारहरूको न्यूनतम पारिश्रमिकलगायतका सेवा सर्त निर्धारण गर्न सरकारले वेला–वेला त्यस्तो समिति बनाउन सक्ने मस्यौदामा व्यवस्था छ ।

न्यूनतम पारिश्रमिक नपाएमा ३५ दिनभित्र प्राधिकरणमा उजुरी दिन पाइने र उजुरी पुष्टि भएमा सञ्चारमाध्यमको व्यवस्थापकलाई पाँच हजारदेखि २० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । यसका अतिरिक्त श्रेणी विभाजन, सरकारी विज्ञापन, अनुदान र कच्चापदार्थ आयातमा रोक तथा सरकारले उपलब्ध गराउने जुनसुकै सुविधामा रोक लगाउन सक्ने मस्यौदामा प्रस्ताव गरिएको छ । विधेयकको मस्यौदामा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, वा राष्ट्रियतामा आँच पु-याउने विषय प्रकाशन, प्रसारण गरे कसुरको मात्रा हेरी पचास लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना वा दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने कडा दण्ड जरिवानाको व्यवस्था गरिएको छ ।

 सञ्चारमाध्यममा अम्बुड्सम्यान
आमसञ्चारमाध्यमले स्वनियमको सिद्धान्त लागू गर्नुपर्ने र अम्बुड्सम्यानको व्यवस्था गर्नुपर्ने विधेयकको मस्यौदामा प्रस्ताव गरेको छ । सरकारले कतिपय पश्चिमा मुलुकमा जस्तै अम्बुड्सम्यानको प्रस्ताव गरेको हो । मस्यौदामा संस्थासँग सम्बन्धित विषय हेर्न अम्बुड्स्म्यानको व्यवस्था गर्नुपर्ने, स्वनियम र स्वमूल्यांकनका लागि विज्ञहरू रहेको आमसञ्चार स्वनियम समिति बनाउनुपर्ने, समितिले आचारसंहिता निर्माण, गुणस्तर सुधारको काम गर्नुपर्ने, प्रत्येक वर्ष आचारसंहिता, वासलात (वार्षिक कारोबारको हिसाब–किताब), सम्पादकीय नीति, प्रकाशन प्रसारण गरी पाठकलाई नियमित जानकारी दिनुपर्ने भनिएको छ । तर, दुई करोडभन्दा कम वार्षिक कारोबार गर्ने सञ्चारमाध्यमको हकमा यो व्यवस्था छुट हुने भनिएको छ ।

विदेशी लगानी निषेध

विधेयकको मस्यौदामा नेपालका सञ्चारमाध्यममा विदेशी लगानी गर्न नपाइने, अभिलेखीकरण वा इजाजत लिनेबेलै सञ्चारमाध्यमले लगानीको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै, एउटा प्रकृतिको सञ्चारमाध्यम सञ्चालन गरिरहेको व्यक्ति, परिवार वा समूहले अर्को प्रकृतिको सञ्चार संस्था सञ्चालन गर्दा १५ प्रतिशतभन्दा बढी सेयर हुन नहुने प्रस्ताव गरिएको छ । ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि छापा वा विद्युतीय एउटै प्रकृतिको प्रकाशन वा प्रसारण माध्यमको स्वामित्व धारणा वा सञ्‍चालन गरेको एक व्यक्ति, परिवार वा समूहलाई अन्य प्रकाशन वा प्रसारण माध्यमको स्वामित्वमा १५ प्रतिशतभन्दा बढी हिस्सा नहुने व्यवस्था गर्नुपर्नेछ’ भनिएको छ । त्यस्तै, पत्रकारलाई प्रशिक्षण दिने गरी आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने पनि विधेयकको मस्यौदामा प्रस्ताव छ ।

मिडिया काउन्सिल विधेयकबारे जनमत बुझ्न सकिन्छ : सभामुख

काठमाडौं : सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिल विधेयकका विषयमा जनमतमा जान सकिने बताएका छन्। महराले विधेयकलाई प्रेसमैत्री बनाउन आफूले पहल गर्ने आश्वासन पनि दिएका छन्।

नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्ने क्रममा सभामुख महराले सोमबार उक्त भनाइ राखेका हुन्। विधेयकबारे आफूले सञ्चारमन्त्रीसँग एकपल्ट छलफल गर्ने पनि बताए। ‘विधेयकका विषयमा सरोकारवालासँग जनमत बुझ्न सकिन्छ। आफ्नो ठाउँबाट के गर्न सक्छु, मैले सकारात्मक पहल गर्ने छु,’ महासंघको टोलीलाई आश्वस्त गर्दै महराले भने। प्रमुख प्रतिपक्षले पनि यस विषयमा आवाज उठाएको बताउँदै महराले सञ्चारमन्त्रीसँग कुराकानी गर्ने बताएका हुन्।

 

महासंघका महासचिव रमेश विष्टले काउन्सिल विधेयकका दफासहित ज्ञापनपत्र वाचन गरेर सुनाएपछि सभामुख महराले प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाएका हुन्। महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिल विधेयकका विभिन्न दफामा प्रेसमाथि अंकुश लगाउन खोजेको भन्दै फिर्ता गर्न पहलकदमीका लागि आग्रह गरे।

उनले महासंघको आन्दोलन कोहीप्रति लक्षित नभई प्रेस स्वतन्त्रताका पक्षमा रहेको स्पष्ट पारे। प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै हिसाबले नियन्त्रणमा राख्ने गरी विधेयक ल्याएको भन्दै त्यस्ता व्यवस्था खारेज गर्न सुझाव दिए। संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई कठोर सजायका व्यवस्था राखेर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको भन्दै महासंघ चरणबद्ध आन्दोलनमा उत्रेको छ।

प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाऊ : महासंघ

काठमाडौं – नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्न सभामुखको ध्यानाकर्षण गराएको छ। महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रताविरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन्।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत, जरिबानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्थालगायतले काउन्सिललाई स्वयायक्त नभई पूर्णरूपमा सरकारको नियन्त्रणमा राख्न खोजिएको भन्दै ती व्यवस्था हटाउनुपर्ने माग गरे। महासंघको आन्दोलन सरकार र लोकतन्त्रविरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट गर्दै आचार्यले भने, ‘योभन्दा पहिला भएको ऐनमा हटाउनसक्ने व्यवस्था छैन तर कार्यदक्षता वा अन्य जुनसुकै आरोप लगाएर पनि जुनसुकै बेला हटाउन सक्ने व्यवस्था छ। कुनै पनि देशमा नभएको अभ्यास र विषय नेपालमा ल्याएर लोकतन्त्रको प्रमुख आधार खम्बा आमसञ्चार क्षेत्र÷प्रेसलाई नै भत्काइयो भने लोकतन्त्र कसरी बलियो हुन्छ ? पत्रकार महासंघले लोकतन्त्रकोविरुद्ध हामीले आन्दोलन गरिराखेका छैनौ। लोकतन्त्र बलियो बनाउन आन्दोलन गरिरहेका छौं।’

सारमन्त्री र समितिका सभापतिसँग कुरा गर्छु : सभामुख

सभामुख महराले सञ्चारमन्त्री र समितिका सभापतिहरुसँग विधेयकका विषयमा कुरा गर्ने महासंघको टोलीलाई आश्वासन दिएका छन्। ‘अलिकति उहाँहरू( पत्रकार महासंघ)को आवाज पनि सुनिदिनुस् भन्छु,’ महराले महासंघको टोलीसँग भने, ‘सदनमा प्रतिपक्षीले आवाज उठाएकै छ। मिडिया विधेयकबाट अंकुश लगाउन खोजियो भन्ने यही भाषामै छ। प्रतिपक्षीले विषय उठाइसकेपछि अलिकति बहसको विषय हुन्छ।’

सभामुख महराले विधेयकबारे आफूले सञ्चारमन्त्रीसँग छलफल गर्ने भन्दै राष्ट्रियसभाका अध्यक्ष र विषयगत समितिका सभापतिलाई भेट्न सुझाव दिए। विधेयकमा समेटिएका बुँदा संशोधन गर्ने सञ्चारमन्त्रीको आश्वासनपछि मात्र अघि बढाउनुपर्ने धारणा राखे। आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन चरणबद्ध आन्दोलन थालेको महासंघ टोलीले सोमबारै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई ध्यानाकर्षणपत्र बुझाएको छ। प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारका छेकबार मान्य नहुने भन्दै राष्ट्रियसभामा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा मिडियालाई जरिबानाको व्यवस्था गरिएको तथा प्रेस काउन्सिललाई सरकारको मन्त्रालय मातहतमा ल्याउने प्रयासले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै त्यस्ता व्यवस्था खारेज गर्न माग गरेको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल हुने भएकाले त्यसमा नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायसँग छलफलका लागि पर्याप्त समय दिन आफूले पहल गर्ने आश्वासन दिए। महासंघका अध्यक्ष आचार्यले विधेयकमा कुनै व्यक्तिको मानहानी हुनेगरी समाचार सम्प्रेषण गरिए २५ हजार देखि १० लाखसम्म जरिबाना हुने प्रावधान राखिएकोमा आपत्ति जनाएका थिए। महासंघले विधेयक तुरुन्त फिर्ता लिएर अर्को मस्यौदा बनाउनुपर्नेमा जोड दिँदै आएको छ। सरकारले ल्याएको आमसञ्चारसहितका विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरेरै त्यसको विरोध गरेको छ।

विधेयकप्रति साझा विवेकशील पार्टीले पनि गम्भीर आपत्ति जनाउँदै नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध मिडियालाई नियन्त्रण गर्ने अभिप्रायले सरकारले संसद्मा मिडिया काउन्सिल विधेयक दर्ता गराएको आरोप लगाएको छ। ‘नेपाली प्रेसले प्राप्त गरिसकेको हक र अधिकार कुण्ठित गराएर सरकारका अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खबरदारी गरिरहेको नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’उन्मुख छ भन्ने हाम्रो ठहर हो,’ उसले भनेको छ। राष्ट्रियता, जनजीविका, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको सवालमा वर्तमान सरकारको डेढ वर्षे कार्यकाल अत्यन्त निराशाजनक, बदनामपूर्ण र अलोकप्रिय भएको आरोप लगाउँदै सरकार आफ्ना असफलताको ढाकछोप गर्न मिडियालाई नियन्त्रणको प्रयास थालेको उसको बुझाइ छ। ‘सत्तारुढ दलका शीर्ष नेताले नै स्वास्थ्य, शैक्षिक, आर्थिक र भूमि माफियासँग हिमचिम बढाइरहेको प्रमाण नेपाली मिडियाले सार्वजनिक गर्न थालेपछि आत्तिएका नेताले मिडियालाई आफ्नो ‘मुख्य दुश्मनु ठान्नु स्वभाविक छ,’ साझा पार्टीले भनेको छ।

संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै चरणबद्ध आन्दोलन घोषण गरेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिँदै आएको छ। त्यसैगरी विवेकशील नेपाली दलले पनि प्रेस स्वतन्त्राविरोधी विधेयक ल्याउन लागेको भन्दै त्यसविरुद्ध जागरण अभियान चलाउने बताएको छ। उसले प्रेस स्वतन्त्रताप्रति ऐक्यबद्धता व्यक्त गर्दै विज्ञप्तिमार्फत ल्याएको विधेयक सच्च्याउन पनि माग गरेको छ।

अमेरिकी राजदूतको चासो

काठमाडौं – सरकारले प्रेसलाई कुण्ठित गर्नेगरी कानुन तर्जुमा गर्न थालेपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रेस स्वतन्त्रता प्रजातन्त्रको आधारभूत अंग रहेका कारण सूचनाको स्वतन्त्र प्रवाहप्रति आफ्नो चासो रहेको बताएका छन्।

राजदूत बेरीले आइतबार अपराह्न ट्विट गर्दै नेपाली नेताहरूले आफूसँगको भेटमा सधैं प्रजातान्त्रिक स्वतन्त्रताप्रति प्रतिबद्धता जनाएको उल्लेख गरेका छन्। ‘नेपालका नेताहरूले सधैं प्रजातान्त्रिक स्वतन्त्रताबारे मसँग जोड दिँदै आएका छन्,’ बेरीले भनेका छन्, ‘कुनै पनि प्रजातन्त्रका निम्ति प्रेस स्वतन्त्रता आधारभूत अंगका रुपमा रहेको हुन्छ र म कार्य, कानुन र नियमहरूका कारण सूचनाको स्वतन्त्र प्रवाहमा अवरोध आएकोप्रति चासो राख्छु।’

The Media Council Bill further endangers press freedom

Last week, bypassing an important deliberation phase with stakeholders and the public, the government quietly presented the Media Council bill to Parliament. The Media Council bill, which aims to replace the existing Press Council Act, will have more authority to issue hefty fines. The provisions in the bill mention that the proposed council’s members will be appointed by the secretary at the Ministry of Information and Communication.

The two members of the committees, too, will be proposed by the government and other members in the council too will be done by them. What’s more, the president and members of the council who will be appointed for a period of four years can be fired any time should the government decide to do so.

First, by shrouding an important bill in secrecy, the government has reassured the citizenry of its intentions of creating a society that is closed and controlled. As if the already existing and new laws were not enough, given the clandestine manner in which the bill was presented, naturally, it has raised fears of more sanction on press freedom. Nepal’s constitution guarantees full press freedom but the bill is against the spirit of the constitution. Second, the provisions in the bill leave enough room for prejudice to play where the government can hire and fire council officials based on their whim. Nothing can be more detrimental to a democracy than an irresponsible government and an ignorant public.

Following an outcry from journalists’ groups, Gokul Baskota, the Minister for Communications and Information Technology defended himself and said the Media Council was not the final decision-making body and that “several good provisions have been incorporated into it”. But a closer look at the bill reveals there are few reasons to believe him. Granted, the government can bring media outlets in the purview of tax and make it accountable to the laws of the land. But what it cannot do is decide for them what the outlets can publish and what they cannot. Censorship contradicts the very idea of a free press.

We have said this over and over again but it bears repeating: Critical media thrives on the pursuit of truths that those with economic and political power do not want to be told. These truths, once brought to light, become the starting point for public debates. The new government was put in place with a thumping two-thirds majority. Unfortunately, it looks like the government wants to use that to create tyrannies of the majority in order to isolate the dissenting stance—a normal position of an independent press.

The bill in its current form must be withdrawn from Parliament. If the government is determined to uphold press freedom like it claims to, it must revise the bill and incorporate provisions that instead of brooking dissent and skirting editorial freedom, allows for a diversity of opinions and leaves no room for censorship. Democracy and press freedom must enjoy a symbiotic relationship.

http://bit.ly/2Jynvid

Mass media draft bill draws heavy flak

The KP Sharma Oli-led government which has drawn flak from civil society members and opposition parties over its restrictive provisions against the press in some recent bills appears to be unfazed by criticism as it continues to propose heavy penalty for erring journalists in the new bills.

The bill proposes to impose a jail term of three to eight years and a fine of Rs 100,000 to 500,000 or both on journalists for undermining relations between various federal units, and spoiling communal harmony between various castes, ethnic groups, religions and faiths.

The bill also proposes to impose a jail term between five and 10 years and a fine between Rs 1 million and 1.5 million or both if journalists are found guilty of sedition and contempt of court and an act incitement for a crime.

The bill proposes to impose a fine between 300,000 and Rs 1 million for the offence of defamation. The court can also order erring journalists to pay compensation to the aggrieved party.

Former president of the Federation of Nepali Journalists Shiva Gaunle said while the government would be within its right to regulate the press, it had no power to bring a new law with the objective of controlling the press. The government can justify enactment of new law only if there is a risk of serious harm in the absence of new law.

Proposing to impose jail term of 10 years or more is a mockery of democracy, he argued. Gaunle said if the government registered the bill in the Parliament with provisions of strict penalty, then that could be challenged in the domestic court and the issue could also be raised in international fora.

“Our government also has international obligation to uphold press freedom as it is a signatory to the International Covenant on Civil and Political Rights. If the government attempts to control the press, it will have difficult time defending its moves in the international fora,” he added.

Secretary of the Federation of Nepali Journalists Ramesh Bista said the government had prepared the draft without discussing the provisions with stakeholders. “The draft bill proposes to impose heavy fine and jail term on journalists. If this bill is enacted into law, journalists will resort to self-censorship and this will be bad for press freedom,” he said. He said the FNJ, which is already up in arms against the government over the restrictive provisions in Nepal Media Council Bill, would have no alternative but to resort to protest against the Mass Media Bill. “Yet another restrictive bill against the press indicates that the government is not ready to tolerate criticism,” he said and added that the government should not think of curtailing press freedom just because one or two journalists act irresponsibly.

Spokesperson for the Ministry of Law, Justice and Parliamentary Affairs Dhanaraj Gyawali told THT that the concerned division of the ministry had been working on the draft, but refused to deny or confirm the provisions related to punishment. “Draft provisions are revised many times and provisions of initial draft may change in the final draft,” he said.

विवादमा विधेयक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो निर्वाचन क्रममा दुई ठूला कम्युनिस्ट पार्टीको तालमेलपछि भनेका थिए– कम्युनिस्टहरूले जिते भने अधिनायकवाद आउँछ ।’ सँगसँगै उनले भनेका थिए– कम्युनिस्ट शासन आयो भने रुन पनि पाइँदैन ।’ धेरैले यसलाई नपत्याएर आक्रोशको अभिव्यक्तिका रूपमा लिए । निर्वाचित जनप्रतिनिधिमध्ये कसैको पनि नेतृत्वमा गठन हुने सरकारले त्यस्तो बाटो नलिने र यो चुनावी हथ्कण्डा मात्र भन्ने बुझियो । आफ्नो संगठन कमजोर भएको र कम्युनिस्टको मेलमा अत्तालिएका बेला केही ठाउँ नपाएर देउवाले यस्तो भनेको धेरैलाई लागेको थियो । यसको खास कारण थियो, कम्युनिस्ट पार्टीका नेताले आफ्ना भाषणमा जनाउँदै आएको लोकतन्त्र र संविधानप्रतिको प्रतिबद्धता । ठूला दल तत्कालीन एमाले तथा माओवादी केन्द्रले आफूलाई लोकतान्त्रिक प्रक्रियाअनुरूप अघि बढाउने संसदीय अभ्यासमै रहेको र पटकपटक सत्ता नेतृत्व र गठबन्धनमा सहभागीसमेत भएको सन्दर्भले दुवै दल बहुदलीय लोकतान्त्रिक प्रणालीको पक्षधर देखिँदै आएका थिए ।

तर, समयक्रमसँगै परिस्थिति देउवाले भनेकैतर्फ उन्मुख भएको आशंका हुन थालेको छ । सरकारका निर्णय, कदम र प्रयास निरंकुशता र नियन्त्रणमुखी हुँदै गएका छन् । यसले सरकारको नियतमाथि आशंका बढाएको छ । सरकारले संघीयताको भावनाअनुरूप काम नगरेको, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सीमा रेखा मेट्ने, सबै कुरा प्रधानमन्त्री र कार्यपालिकाको प्रत्यक्ष नियन्त्रणमा राख्ने प्रयास हुँदै मानवअधिकार आयोग र हाल आएर प्रेस जगतमाथि समेत लगाम लगाउने खालको विधेयक प्रस्ताव गरिएपछि सरकारमाथिको आशंका झनै बढेर गएको छ ।

हाल ‘मिडिया काउन्सिल’ विधेयक चर्चामा छ । संसद्मा पेस गरिएको ‘मिडिया काउन्सिल’ विधेयक अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन उद्यत देखिन्छ । सरकार आफू अनुकूलको काउन्सिल बनाएर अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रयासमा रहेकाले यसको विरोध भइरहेको हो । जनता र सञ्चारमाध्यम समेतले सरकारको निगरानी गर्ने र सरकारका गलत कदमबारे खुलेर लेख्न बोल्न थालेपछि सरकारले आफूविरुद्धका अभिव्यक्ति नियन्त्रण गर्न ‘अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजिरहेको’ प्रेस जगतको ठहर छ । सरकारले प्रेस जगतको सुझाव नलिईकन नै मिडिया काउन्सिल विधेयक ल्याउन थालेको छ । यो अन्तर्राष्ट्रिय प्रेसको मान्यताविपरीत पनि रहेको छ । ‘मिडिया काउन्सिल’ विधेयकप्रति पत्रकारका संघ संगठनले विरोध जनाएका छन् ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रामक, गलत, आधारहीन र तथ्यहीन समाचार लेख्ने वा प्रसारण गर्नेलाई मात्र कारबाही हुने बताएका छन् । उनले बरु यसलाई ‘सरकारले नेपालकै इतिहासमा मिडियालाई बलियो बनाउनका लागि परेको कुरामा जोड दिएका छन् । उनले ‘कानुन सरकारले नै पेस गर्ने हो, कसैलाई सोधेर, अनुमति लिएर पेस गर्नु पर्दैन’ भन्दै पेस गरेपछि छलफल हुने, आवश्यक परे सच्याइने पनि बताए । मन्त्री बास्कोटा हाल सञ्चार मन्त्रालयका पाँचवटा कानुन अघि बढाएको भन्दै उनले सञ्चारमाध्यमलाई आर्थिक रूपमा सक्षम बनाउन, न्यूनतम पारिश्रमिक अनिवार्य लागू गराउन, ठगीमाथि नियन्त्रण गर्न, मिडियालाई परादर्शी बनाउन प्रयत्नशील रहेको अथ्र्याएका छन् ।

मन्त्री बास्कोटाले प्रेस स्वतन्त्रताका नाममा सञ्चार क्षेत्रमा देखिएको विकृतिलाई नियमन गर्न सरकारले सञ्चारसम्बन्धी नयाँ विधेयक मस्यौदा प्रस्ताव गरेको तर्क छ । प्रस्तावित विधेयक ‘पत्रकारलाई निषेध नभई जिम्मेवार बनाउन’ ल्याउन लागिएको उनको दाबी थियो । उनले सत्य विषय उठाउन पत्रकार आत्तिनु नपर्ने भन्दै संविधानले पूर्ण प्रेस स्वतन्त्रताको वकालत गरेको बताउन पनि छाडेनन् । साथै, उनले दण्ड जरिमानासम्बन्धी विषयमा भ्रम फैलाउन खोजेको बताए । सरकारले मिडियाका निम्ति ल्याउन लागेको कानुन धेरै सोचविचार गरेर ल्याएको भन्दै सरकारले जिम्मेवार प्रेस चाहेको पनि उनको भनाइ छ ।

संविधानको भावनाअनुरूप कानुन बनाउने अधिकार सरकारलाई र पारित गर्ने अधिकार संसद्लाई छ । तर, संविधानको भावनाविपरीत कुनै पनि कानुन बनाउने अधिकार सरकारलाई छैन । विगतमा प्रस्तावित विधेयक सच्चिएको उदाहरण छैन । व्यापक असहमतिबीच माफियामुखी चिकित्सा शिक्षा विधेयक बलपूवर्क पारित गरिएको थियो । अन्य कानुनका हकमा पनि सरकारले जसरी पेस ग¥यो, अपवादबाहेक, अधिकांश जस्ताको तस्तै पारित भएका छन् ।
हाम्रा मिडिया बेलगाम छन् । नियन्त्रण नभएकै कारण छाडा भएका छन् । मनगढेन्त, कपोलकल्पित, भ्रामक एवं तथ्यहीन समाचार र सामग्री सार्वजनिक गर्ने गरेका छन् । नकारात्मक समाचारको बढी खोजी गर्ने तथा अनुमानकै भरमा समाचार लेखी, सुनाइ व्यक्तिको चरित्रहत्या गर्नेदेखि ‘बार्गेनिङ’ गर्ने र धम्की दिनेसम्मका अभ्यास पनि नेपाली प्रेस जगतमा छ । त्यसैले, यिनलाई नियन्त्रणमा राख्ने कुरामा दुईमत हुन सक्दैन । आचारसहिंता पालन गराउनुपर्छ । तर, यसको मतलब सञ्चारजगतलाई नियन्त्रण गर्नुपर्छ, कलम र मुख बन्द गर्नुपर्छ भन्ने होइन ।

लोकतान्त्रिक व्यवस्थामा चौथो अंगका रूपमा लिइने प्रेस जगतले स्वतन्त्र ढंगमा काम गर्न पाउनुपर्छ । सरकारका सकारात्मक होस वा नकारात्मक दुवै खालका कामकारबाहीबारे जनतालाई सुसूचित गराउनुपर्छ । यसो गर्दा सरकार र सम्बन्धित निकाय सजग हुन्छन् । पारदर्शीताको अभ्यास हुन्छ जुन लोकतन्त्रको मर्म हो । यसका लागि प्रभावकारी नियमन आवश्यक हुन्छ । निश्चय नै सञ्चारजगतलाई छाडा हुन दिनुहुँदैन, यसलाई एउटा निश्चित परिधिभित्र राख्नुपर्छ, सीमाभित्र राख्नुपर्छ । तर, यसको मतलब निर्देशित बनाउने वा सत्ता वा सरकारको विरोध गर्न नपाउने र सरकारले चाहेमा जहाँ र जतिखेर पनि कारबाही गर्न सक्ने गरी खुला ठाउँ राख्ने प्रयाससहितको कानुनी प्रावधान स्वीकार्य हुन सक्दैन ।

सरकार नियन्त्रणमुखी दिशातर्फ उन्मुख छ । हरेक ठाउँमा नियन्त्रण गर्न खोजेको छ । बेथिति रोक्नुपर्छ भन्नुको अर्थ प्रचलित मान्यता, सिद्धान्त र विश्वव्यापी अभ्यासविपरीत सञ्चारजगत् तथा मानवअधिकारका क्षेत्रमा लगाम लगाउनुपर्छ भन्ने होइन । सञ्चारजगतलाई राज्यको चौथो अंग भनिन्छ भने मानवअधिकारका विश्वव्यापी मान्यता छन् । व्यवस्थित गर्ने नाममा यस्ता क्षेत्रमा समेत नियन्त्रणमुखी कदम चाल्न खोजियो र सञ्चार तथा मानवअधिकारजस्ता क्षेत्रलाई समेत त्रासमा राख्ने प्रयास गरियो भने त्यो सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथि नै आशंका उत्पन्न गर्ने विषय बन्छ । यसो गर्नु लोकतनत्रको मर्मविपरीत हुन्छ । यसले सरकारकै विश्वसनीयता र नियतप्रति आशंका उब्जाउँछ । यस्ता क्षेत्रमा गरिने नियन्त्रण अन्तर्राष्ट्रिय जगतको समेत चासोको विषय हुन्छ । यसो गर्दा हामीले लगानी आकर्षण जस्ता जुन कुरा गरिरहेका छौं तिनमा समेत असर पर्छ ।

प्रस्तावित विधेयक फिर्ताको माग गर्दै पत्रकारजगत आन्दोलित छ । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता लिन अनुरोध गर्दै आन्दोलनको घोषणा गरेको छ । मिडिया सोसाइटीले पनि विरोध जनाएको छ । ‘सत्ताधारीको स्तुतिगान गाउन लगाउने प्रयास’ भन्दै प्रस्तावित विधेयकका कतिपय प्रावधान फेरिनुपर्ने माग राखेका छन् । ‘प्रेस काउन्सिल’को ठाउँमा सरकार नियन्त्रित ‘मिडिया काउन्सिल’ गठन गर्न खोजेको भन्दै उक्त विधेयक’ फिर्ता लिई सरोकारवालासँगको छलफलबाट बनाइनुपर्ने माग देशव्यापी भएपछि राजनीतिक दल, बौद्धिक समुदाय तथा अन्य क्षेत्रबाट समेत थप दबाब परिरहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रस्तावित विधेयकका प्रावधानलाई ‘संविधानको प्रस्तावनामाथिको प्रहार’ भनेको छ । उसले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा प्रस्ट रूपमा लिपिबद्ध गरेको भन्दै र यसको तात्पर्य लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र संवद्र्धनका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको जनाएको छ । अधिनायकवादको आशंका गर्दै आएका कांग्रेसका सभापति देउवाले ‘प्रस्तावित विधेयक सञ्चार जगतमाथि ‘कु’ हुने गरी ल्याएको’ भन्दै आफ्नो पार्टीले यसका विरुद्ध संसद्मा कडा रूपमा प्रस्तुत हुने बताएका छन् ।

सत्ताधारीले सञ्चारमाध्यम आफूअनुकूल भई गलत कामको पनि ढाकछोप गरी सकारात्मक प्रचारप्रसार गरिदेऊन भन्ने चाहन्छन् । यसका लागि प्रलोभनमा पार्ने प्रयास पनि गरिन्छन् । वर्तमान सरकार भने सञ्चारमाध्यमले आफ्नो पक्ष नलिएकाले यिनलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न नदिई त्रासमा राख्नुपर्ने सोचतर्फ उद्धत देखिन्छ । सञ्चारमाध्यमले नराम्रा र गलत कामको आलोचना नगर्ने केवल सरकारी मुखपत्र जस्तो बनेर सरकारका गुणगान मात्र गाउन लगाउने हो भने अपारदर्शिता तथा अधिनायकवाद सुदृढ हुँदै जान्छ । लोकतन्त्रमा सञ्चारमाध्यमले सरकारका नराम्रा कामको आलोचना गर्दै राम्रा कामका लागि दबाब सिर्जना गर्दछन् । सरकारलाई सही बाटोमा हिँड्न घच्घच्याउँछन् । यसैले सञ्चार जगत्लाई राज्यको चौथो अंग भनिएको हो ।

सरकारका अन्य कदमजस्तै मिडिया काउन्सिल विधेयक पनि विवादमा परेको छ । अधिनायकवादी व्यवस्थामा सरकार विपक्षीभन्दा प्रेससँग डराउँछ भनिन्छ । वर्तमान सरकारको रबैया यस्तै देखिन्छ । प्रतिपक्षीमाथि बल मिचाइ गरिरहेको सरकारले मिडियामाथि अनावश्यक लगाम लगाउने प्रयत्न गरिरहेको छ । यदि सरकार लोकतन्त्रप्रति प्रतिबद्ध भए मुलुकको हित र समृद्धि तथा विकासमा टेवा पु¥याउन सञ्चार जगत्लाई उत्साहित गर्नुपर्छ । प्रेस जगतको मर्यादा, सीमा र आचारसंहिता विपरीतका क्रियाकलापमा निगरानी राख्नुपर्छ तर नियन्त्रणमुखी मनसाय राख्नु उचित होइन ।

 

‘एभिन्युजलाई स्पष्टीकरण’

काठमाडौं । प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ ।

उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो । एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।

‘संयमित रहन निर्देशन’

समाजवादी पार्टी नेपालले एक सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि गरिएको व्यवहारलाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । सो पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै अन्तर्वार्ताका क्रममा भएको दुःखद घटनालाई लिएर कुनै पनि अवाञ्छित गतिविधि नगरी संयमित रहन कार्यकर्तालाई निर्देशन दिएको हो ।

अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवको मानमर्दन एवं अपमानित हुने गरी पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सँधै सम्मान गर्दै आएको विज्ञप्तिमा प्रष्ट पारिएको छ । सो पार्टीले पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्या्दित बनाउन सञ्चार गृह, सञ्चारकर्मी र प्रेस काउन्सिललगायत निकायलाई अपिलसमेत गरेको छ । रासस

Speaker, NA chair assure FNJ of amending anti-press provisions in bills

KATHMANDU, May 14: The speaker of the House of Representatives and the chairperson of the National Assembly (NA) have assured a delegation from the Federation of Nepali Journalists (FNJ) of their support for amending regressive provisions in media-related bills which are under discussion in parliament.

Responding separately to a delegation of the Federation of Nepali Journalists (FNJ), Speaker Krishna Bahadur Mahara and NA Chairperson Ganesh Prasad Timilsina on Monday said that they will cooperate as per their capacity for ensuring media-friendly provisions in the bills.

FNJ has demanded the ensuring of full press freedom in the Information Technology Bill and Advertisement Bill which are under discussion in the lower house and guarantee of independence for the media regulatory body in the Media Council Bill recently registered in the upper house.

“We must not forget the contribution of the press to political changes in the country and I will put in my full effort for endorsing the bills unanimously after revising the provisions that are against a free press,” said Mahara to the FNJ delegation.

Similarly, NA Chairperson Timilsina said that he will set in motion the parliamentary committees concerned for consultations with the stakeholders.

During the meetings, FNJ Chairperson Govinda Acharya demanded with Speaker Mahara and Chairperson Timilsina not to register bills which are against the spirit of the constitution.

Journalists and civil society members have been protesting against the bills, which have already been registered and are now under discussion in parliament, for including regressive provisions that curtail media freedom.

The International Federation of Journalists and FNJ have drawn the government’s attention to the need for consultations with stakeholders and for corrections in the bills.

Meanwhile, Bibeksheel Sajha Party has demanded the withdrawal of the Media Council Bill from parliament and registration of new bills after consultations with the stakeholders. Issuing a statement on Monday, the party said that curtailing the freedom of the media in the name of regulating it is objectionable.

प्रेसलाई जिम्मेवार र मर्यादित बनाउन विधेयक

काठमाडौं, वैशाख ३१ गते । मिडिया काउन्सिलसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेपछि यसमा बहस सुरु भएको छ ।  प्रस्तावित विधेयक पारितपछि हालको प्रेस काउन्सिल मिडिया काउन्सिलमा परिणत हुनेछ । विधेयक पारितसँगै हालका पदाधिकारी भने स्वतः पदमुक्त हुने प्रस्ताव छ । काउन्सिलले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेमा २५ हजारदेखि दश लाख रुपियाँसम्म जरिवानाको प्रस्ताव विधेयकमा छ ।
विधेयकले आचारसंहिता उल्लङ्घनको उक्त कसुरमा आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक र पत्रकारलाई पनि जरिवाना गर्ने व्यवस्था गरेको छ । तर, सोभन्दा अघि उजुरी गर्ने पक्षसँग मेलमिलापलाई काउन्सिलले प्राथमिकता दिनेछ । मेलमिलाप नभएमा काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्नेबाट जरिवाना भराई क्षतिपूर्ति भराउने व्यवस्था प्रस्तावित छ ।
यस्तो प्रावधान भएको बिधेयकले नेपाली पत्रकारिता क्षेत्रलाई अझ व्यावसायिक, मर्यादित, जिम्मेवार, उत्तरदायी र सक्षम बनाउने उद्देश्यले बिधेयक ल्याएको सरकारले बताएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई जिम्मेवार, मर्यादित, सक्षम बनाउन बिधेयक ल्याएको बताउनुभएको छ ।
‘मिडिया काउन्सिलसम्वन्धी विधेयकका केही दफामात्र निकालेर विरोधको मसला बनाइएको छ । पूरै विधेयकको व्याख्या भएको छैन । पत्रकारिताको अन्तराष्ट्रिय सिद्धान्त, अभ्यास र मूल्य मान्यता बुझ्नेहरुले यसको विरोध गर्दैनन्’ उहाँले गोरखापत्रसँग भन्नुभयो,‘ प्रेसमाथि नियन्त्रण हुँदैन, नियमन चाँही हुन्छ ।’  विधेयकका केही प्रावधानमा भइरहेका बहसबारेमा सञ्चार तथा कानून विज्ञ, वरिष्ठ पत्रकारसँगको संक्षिप्त वार्ता यहाँ प्रस्तुत छ :

पत्रकारितालाई जिम्मेवार बनाउँछ 
देवप्रकाश त्रिपाठी, वरिष्ठ पत्रकार
कुनै पनि कानुन बन्ने प्रक्रियामा फरक मत आउँछन् । कुनै प्रावधानमा कसैले विमति जनाउँदैमा हामीले ठूलो कुरा भयो भन्नु हुँदैन । जुन प्रकारको विरोध र प्रतिरोध हुन खोजेको देखिन्छ, त्यस प्रकारको गुन्जाइस मैले देखिराखेको छैन । अहिले मिडिया काउन्सिल ऐन आवश्यक थियो र छ । आउनै पर्दथ्यो, सरकारले ल्यायो । यो सरकारले ल्यायो त्यसको चाहिँ विरोध गर्नुपर्छ भन्नु पूर्वाग्रही दिमागबाट आएको हो भने त हामीले केही भन्न मिलेन । होइन स्वच्छ र निष्पक्ष दिमाखले भन्ने हो भने यो विधेयकमा केही राम्रा कुरा छन् ।
आचारसंहिता पालन गराउन खोजेको र पत्रकारिता क्षेत्रलाई विश्वसनीय, जिम्मेवार निर्वाह गर्ने, तथ्यपरक ढङ्गले प्रस्तुत हुने व्यवस्था राखेको देखिन्छ । ठूला लगानीका व्यापारी मालिकहरूले कुनै लेखाउने र लेखिएको समाचार कारणवश यदि गलत भएमा पत्रकारले मात्रै सँजाय भोग्नुपर्ने व्यवस्था पहिला थियो, यो विधेयकले प्रकाशक र सम्बन्धित संस्थालाई समेत कारबाहीको दायरामा ल्याउने प्रावधान राखेको छ । यसले सबै मिडिया हाउसलाई पनि जिम्मेदवार बनाउँछ र तथ्यपरक कुरा मात्रै ल्याउन प्रेरित गर्न खोजेको देखिन्छ ।
कसैको मान प्रतिष्ठामा आघात पुगेको प्रमाणित भएमा २५ हजारदेखि १० लाख रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था छ, मानप्रतिष्ठामा आघात पर्ने कुराको अलि व्याख्या गरिनुपर्छ । कस्तो अवस्थामा सम्मानमा आघात पुगेको हो भन्ने स्पष्ट गरिनुपर्छ । दण्ड वा सँजाय गर्ने विषयलाई द्वैध अर्थ राख्ने प्रावधान राख्नु हुँदैन । मिडिया काउन्सिल स्वायत्त संस्था हो भन्ने गरी देखिने गरी प्रावधानहरु राखिनुपर्छ । नियुक्ति गर्ने प्रक्रिया त जो जसरी नियुक्ति गर्दा पनि फरक पर्दैन । एकदम तरङ्गित नै भएर लाग्नुपर्ने म देख्दिनँ, सुधार गर्नुपर्ने देखिन्छ ।
जरिवानामा सुधार गर्दा हुन्छ
काशिराज दाहाल, सञ्चार विज्ञ एवं कानूनविद्
पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने, नागरिकलाई सशक्तिकरण गर्न सक्रिय भूमिका निर्वाह गरोस् र लोकतन्त्रको सुदृढीकरणमा सत्य, तथ्यपरक सूचनाको सम्प्रेषण होस् भनेर त्यसको नियम बनाउने, नियमन गर्ने र उल्लङ्घन भएमा कारबाही गर्ने उद्देश्यले मिडिया काउन्सिल गठन गर्ने विश्वव्यापी प्रचलन छ । यसले नियमन, अनुगमन, अनुसन्धान गर्छ ।
यो विधेयकमा चाहिँ केही कुरामा सुधार गर्नुपर्छ भन्ने लाग्छ । संरचनामा १० वर्ष पत्रकारिता क्षेत्रमा काम गरेको व्यक्ति काउन्सिलको अध्यक्ष हुने व्यवस्था छ । अध्यक्ष हुने व्यक्ति कम्तीमा पनि २० वर्ष पत्रकारिता, कानुन, न्याय र मानवअधिकारको क्षेत्रमा काम गरेको व्यक्ति हँुदा राम्रो हुन्छ । यसलाई अर्धन्यायिक निकायको रुपमा विकास गरिनुपर्छ, मेलमिलापको मध्यस्थ गराउने, पीडित व्यक्तिलाई क्षतिपूर्ति दिलाउने अभ्यास ग¥यौं भने विवाद अदालतमा पनि कम जान्छन् । होइन भने गाली बेइज्जती गरेको सम्बन्धमा मुद्दा लाग्न सक्छ, अदालतले दण्डित गर्न सक्छ । अदालतले क्षतिपूर्ति दिलाउन सक्ने व्यवस्था त अहिले पनि छँदैछ ।
सरोकारवालासँग पर्याप्त छलफल भएन 
गोविन्द आचार्य अध्यक्ष, नेपाल पत्रकार महासंघ
यस विधेयकमा सरोकारवाला पक्षसँग पर्याप्तरूपमा छलफल भएन र मस्यौदा दिएर सुझाव पनि मागिएन र सुझाव विना संसद्मा दर्ता भयो । सोमबार मात्रै राष्ट्रिय सभाले आफ्नो वेभसाइडमा राखेको छ । प्रेस काउन्सिललाई ‘मिडिया काउन्सिल’ भनिएको छ, यो प्राविधिक पक्ष हो । सञ्चार मन्त्रालयका सचिवको संयोजक रहेको समितिले अध्यक्ष चयन गर्ने र छ जना सदस्य मन्त्रालयले नियुक्ति गर्ने व्यवस्था छ । अध्यक्ष सिधै सञ्चार मन्यालयले तोक्न सक्ने अधिकार छ । विश्वभरिको अभ्यासमा काउन्सिल आफैंमा स्वायत्त र स्वतन्त्र हुन्छन् । यो कार्यपालिका, व्यवस्थापिका वा न्यायपालिकाबाट नियन्त्रित हुँदैन । मिडियालाई चौथो अङ्ग त्यसै भनिएको होइन, स्वनियमन गर भन्ने अभ्यास हो ।
सरकारले पदाधिकारीलाई जुनसुकै बेला हटाउने र कार्यबाहक तोक्ने र निर्देशन दिने, २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने र मनासिव क्षतिपूर्ति दिलाइदिने अधिकारको प्रावधान विधेयकमा छ । यो मनासिव क्षतिपूर्ति कति हो ? महासंघ विधेयकका सबै कुरा खराब छन् भन्दैन । समावेशिताका हिसाबले पनि दुईजना महिला भनिएको छ । संविधानको भावना र मर्म अनुसार समावेशिताको व्यवस्था प्रष्ट छैन ।
नियुक्ति सच्चाए हुन्छ
शिव गाउँले, पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ
यस विधेयकका विषयमा धेरै भन्नु छैन । मेरो छोटो कुरा के हो भने मिडिया काउन्सिलका पदाधिकारीलाई जुनसुकै बेला पनि सरकारले हटाउन सक्ने व्यवस्था छ । अर्को आचार संहिता उल्लङ्घनका विषयमा २५ हजारदेखि १० लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ । मेरो विचारमा यी दुवै प्रावधान चाहिँ हटाउनुपर्छ । अरू बाँकी कुरा भनेको संसद्ले छलफल गरेर पारित गर्दा हुन्छ । नियुक्तिका बारेमा विभिन्न अवधारणा छन् ।
हालसम्म पदाधिकारीहरू सरकारले नै नियुक्ति गर्दै आएको छ । मेरो विचारमा सरकारले पदाधिकारीको नियुक्ति गर्ने झण्झट पनि सरकारले नलिए हुन्छ । नियुक्तिका लागि छुट्टै संरचनाबाट नियुक्ति गर्न सकिन्छ । मैले अघि पनि भने पदाधिकारी नियुक्ति र जरिवानाको व्यवस्था सच्चाए हुन्छ, अरू विषयमा नेपाल पत्रकार महासंघलगायतसँग संसदीय समितिमा छलफल ग¥यो भने अन्य कुरा आफैं मिलेर जान्छ ।

मिडिया काउन्सिललाई ‘सरकारी एकाइ बनाएर प्रेस स्वतन्त्रता खुम्च्याउने विधेयक’

सरकारले राष्ट्रिय सभा सचिवालयमा दर्ता गरेको ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’का विभिन्न प्रस्तावहरूको पत्रकार तथा अधिकारकर्मीहरूले चर्को विरोध गरेका छन्।

उनीहरूले प्रस्तावित कानुनले संविधान प्रदत्त प्रेस स्वतन्त्रता र वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने बताएका छन्।

नेपाल पत्रकार महासङ्घले प्रस्तावित विधेयकको विरोधमा आन्दोलनको घोषणा गरिसकेको छ भने नेपाल प्रेस युनियनले देशभरि सञ्चारमन्त्री सहभागी हुने औपचारिक कार्यक्रम बहिष्कार गर्न आह्वान गरेको छ।

किन भइरहेको छ त सो विधेयकको विरोध र आलोचना? विरोध तथा आलोचना गर्नेहरूले दुईवटा कारण औँल्याएका छन्।

१. काउन्सिलसरकारी निकायजस्तो

प्रस्तावित कानुनले ‘स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि स्वतन्त्र नियमनकारी भूमिका निर्वाह गर्न’ मिडिया काउन्सिलको परिकल्पना गरेको छ।

काउन्सिलको क्षेत्राधिकारमा परम्परागत पत्रिका प्रकाशनका अतिरिक्त विद्युतीय प्रसारण तथा अन्लाइन पत्रकारिता पनि समेटिएका छन्।

तर प्रस्तावित मिडिया काउन्सिलको गठन विधि अत्यन्तै आपत्तिजनक भएको जानकारहरूले बताएका छन्।

कानुन

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठका अनुसार सुझावहरू पूरै बेवास्ता गरेर विधेयक बनाइएको हुँदा सरोकारवालाहरूको चासो सम्बोधन भएका छैनन्।

उनी भन्छन्, “मिडिया काउन्सिललाई सञ्चार मन्त्रालय अन्तर्गतको हुलाक सेवा वा मुद्रण विभागजस्तो बनाउन खोजिएको छ।”

“यसको गठन गर्ने सिफारिस समिति मन्त्रालयको सचिवको अन्तर्गत छ। साथै सरकारले चाहेको दुई विज्ञ पनि राखिएको छ। अर्थात् सरकारले जो चाह्यो त्यही नियुक्त हुने परिपाटी हुने भयो।”

नियुक्तिमा मात्र होइन, कारबाहीको हकमा पनि प्रस्तावित कानुनले प्रेस स्वतन्त्रता सङ्कुचित हुने शङ्का कतिपयको छ।

प्रस्तावित विधेयकको दफा १० (ख) मा सरकारले काउन्सिलको अध्यक्ष वा सदस्यलाई काम सन्तोषजनक नभएमा जुनुसुकै हटाउन सकिने उल्लेख छ।

बबिता बस्नेत

युनेस्को
 
Presentational white space

‘घटना र विचार’ साप्ताहिककी सम्पादक बबिता बस्नेत भन्छिन्, “काम सन्तोषजनक नहुनुको सूचक के हो? सरकारलाई चित्त नबुझेको जुनसुकै कुरा पनि यसमा पर्न सक्छ।”

“यसरी हटाउन सक्ने अवस्थाले डरलाग्दो अवस्था सिर्जना गर्छ।”

पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यका अनुसार विधेयकले काउन्सिलका सम्बन्धमा रहेका विश्वव्यापी मान्यताको विपरीत रहेको बताए।

आचार्यले बीबीसी नेपाली सेवासँग भने, “कुनै स्वतन्त्र वा स्वायत्त काउन्सिलभन्दा पनि सरकारको नियन्त्रणमा रहने काउन्सिल बनाउन खोजिएको छ।”

२. जरिबानाको त्रास

प्रस्तावित विधेयकको अर्को विवादास्पद प्रावधान जरिबानाको विषयबारे छ।

विधेयकको दफा १८ (१) मा ‘काउन्सिलबाट जारी भएको आचार संहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको भनी सम्बन्धित व्यक्तिले दिएको उजुरी उपर जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम प्रकाशक सम्पादक पत्रकार वा संवाददातालाई पच्चीस हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ’ उल्लेख छ।

साथै उपदफा (२) मा ‘काउन्सिलबाट जारी भएको आचार संहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्छ’ उल्लेख छ।

युनेस्को
 
Presentational white space

यी व्यवस्था काउन्सिलको कानुनमा आवश्यक नभएको ठान्छन् महासङ्घका सभापति आचार्य।

उनी भन्छन्, “कतिपय गाली बेइज्जती वा गोपनीयताजस्ता विषयका छुट्टै कानुन छन् र तिनको अदालती प्रक्रिया पनि छ। तर प्रेस काउन्सिलजस्तो निकायलाई विश्वको कहीँ पनि यस्तो जरिबाना गर्ने अधिकार हुँदैन।”

वर्तमान प्रेस काउन्सिलकै कार्यवाहक अध्यक्ष श्रेष्ठ पनि उनीसँग सहमत छन्।

श्रेष्ठ भन्छन्, “पत्रकारहरूको पनि केही दोष छ, पत्रकारले पनि अराजकता मच्चाएका छन्। हामीले जथाभावी लेख्न थाल्यौँ, आजितै बनायौँ, कसैलाई बाँकी राखेनौँ। प्रेस स्वतन्त्रताको सिमाना नै राखेनौँ। त्यसलाई एउटा ठाउँमा पुगेर त ब्रेक लगाउन जरुरी छ, तर ब्रेक लगाउने यो तरिका होइन।”

“त्यस्तो स्थितिलाई व्यवस्थित बनाऔँ। कुनै छिद्र छन् भने टालौँ। तर सोलोडोलो रूपमा कुनै एउटाले गरेको गल्तीमा सम्पूर्ण सञ्चारमाध्यमलाई प्रहार गर्ने काम लोकतन्त्रमा सुहाउँदैन।”

नेपाल पत्रकार महासङ्घ
 
Presentational white space

अहिले त नियत नै पत्रकारलाई कस्ने र सेक्ने जस्तो देखिएको विज्ञहरू बताउँछन्।

श्रेष्ठले कोट्याएको जस्तै पत्रकारहरूले कतिपय अवस्थामा गरेका गल्तीको सम्बोधन हुन जरूरी भइसकेको बस्नेत ठान्छिन्।

विद्यमान स्थितिमा पत्रकारले गल्ती गरेमा त्यसको सम्बोधन प्रभावकारी रूपमा नभएको पाइएको भन्दै उनले यस्ता दण्डहीनता हुन नहुने बताइन्।

“तर यस्ता जरिबाना वा क्षतिपूर्ति भराउने विषय यत्तिकै ल्याइनु हुँदैन। यसमा पर्याप्त छलफल अनि अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन हुनुपर्छ,” बस्नेतले बताइन्।

गोकुल बाँस्कोटातस्वीर कपीराइटUNESCO
Image captionसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताविरोधी नभएको बताउँछन्
Presentational white space

सम्पादकहरू के भन्छन्?

प्रमुख दैनिक पत्रिकाका सम्पादकहरूले विधेयकको चर्को आलोचना गरेका छन्।

नेपाल पत्रकार महासङ्घले मे १२ मा आयोजना गरेको छलफलमा उनीहरूले विधेयक लोकतन्त्रका लागि घातक हुने बताएका हुन्।

कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले सञ्चारगृहले नै स्वनियमन गर्ने कानुनको अवधारण आइरहेको बेला सरकारले संविधानको प्रस्तावनाविपरीत विधेयक ल्याउन लागेको भन्दै त्यसलाई सच्याउनुको विकल्प नरहेको बताए।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले ऐन बन्नुअगाडि विधेयकमा छलफल समेत नगरेको बताउँदै कानुन पारित भए लोकतन्त्रका लागि घातक हुने बताए।

मिडिया क्षेत्रलाई नियमन गर्ने निकायमा मिडियाकै मानिसहरू हुनुपर्ने धारणा दि हिमालयन टाइम्सका प्रधान सम्पादक प्रकाश रिमालको छ।

प्रवृत्ति कस्तो

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्या मोहना अन्सारीले पनि प्रस्तावित कानुनहरूले वाक् स्वतन्त्रता र सूचनाको अधिकारलाई नियामनको नाममा नियन्त्रण गर्न खोजेको ट्वीट गरेकी छन्।

Presentational white space

केही समयअघि सामाजिक सञ्जालको जथाभावी प्रयोग बारे सरकारले प्रस्ताव गरेका कानुनले पनि अभिव्यक्ति स्वतन्त्रता हनन हुने भनेर कैयौँ विज्ञहरूले आलोचना गरेका थिए।

महासङ्घका सभापति आचार्यका अनुसार सरोकारवालाहरूसँग परामर्श नगरीकन कानुन ल्याउँदा समस्या उत्पन्न हुन्छ।

“पहिले पनि त्यसै गरी ल्याइयो र विवादित बन्यो। अहिले पनि त्यस्तै छ। यो त लोकतन्त्रमा मिल्दैन,” उनले भने।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले चाहिँ सरकारको नियतमा प्रश्न गर्न नहुने बताए।

अर्याल भन्छन्, “अहिले जे जस्ता चर्चा भइरहेका छन् ती स्वाभाविक नै छन्। तर नेपालको संविधानले जसरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बारेमा प्रत्याभूति गरेको छ त्यसको विपरीत कानुन बन्दै बन्दैन।”

उनका अनुसार अब सार्वजनिक बहस तथा संसद्‌मा हुने छलफलले कानुनलाई निर्धारण गर्नेछ।

प्रेस काउन्सिलका अनुसार अहिले नेपालमा ९३६ पत्रिका (वर्गीकरणमा सामेल), १७२ टेलिभिजन (दर्ता भएका), १०६२ रेडियो, र १,६९५ सूचीकृत अन्लाइन पत्रिका रहेका छन्। तिनमा कुल १४ हजार पत्रकार कार्यरत छन्।