प्रेसमाथि अंकुशको अर्थ

नेपालको प्रेसजगतकाे सकारात्मक वा नकारात्मक पक्षबारे टिप्पणी धेरै गरिन्छ, गर्नु पनि पर्छ । प्रेस गलत बाटोतिर मोडिँदै छ भने गम्भीर विमर्श पनि आवश्यक हुन्छ । विकृति छोप्न खोजेर हु“दैन । तर, प्रेसजगत्को जग डगमाएको जस्तो प्रतीत भइरहेका वेला हो, यो । ‘संघीय सरकारले प्रेसमाथि नै अंकुश लगाउन खोज्दै छ, पत्रकार जगत्मा त्रासको वातावरणमा कलम चलाउनुपर्ने माहोल बनाइ“दै छ, प्रदेश– २ सरकार त झन् संघीय सरकारभन्दा एक कदम अघि बढेर प्रेसलाई संकुचित पार्न उद्यत छ’ आदि टिप्पणी आइरहेको अवस्था छ । यो आलेखमा सोहीबारे चर्चा गरिनेछ । दुईतिहाइको सरकारले खुसुखुसु, तर धमाधम कानुन पारित गराइरहेको अवस्थामा अहिले ‘मिडिया काउन्सिल विधेयक’ दर्ता गराएको छ भने प्रदेश– २ सरकारले पनि प्रदेश सञ्चार विधेयक प्रदेश सभामा दर्ता गराएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ०७६ वैशाख २७ मा संघीय संसद्को राष्ट्रिय सभामा दर्ता गरेको मिडिया काउन्सिल विधेयकमा जरिवानाको रकम २५ हजार देखि १० लाख रुपैया“सम्म हुने उल्लेख गरिएको कुराले स्वतन्त्र पत्रकारको भावनामाथि कुठाराघात मात्र गरेको छ । यसलाई घुमाएर पत्रकारलाई डरको वातावरणमा रहेर पत्रकारिता गर्न जारी गरिएको उर्दी हो भन्न सकिन्छ । सञ्चारप्रतिको आक्रोश संघीय सरकारको मात्र देखिएन, अधिकारको लडाइँबाट उदाएका दलको नेतृत्वमा रहेको प्रदेश– २ को सरकारले त संघीय सरकारभन्दा बढी आक्रोश देखाउन भ्याएको छ, पत्रकारमाथि । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल सम्मिलित सरकारले ल्याएको सञ्चार विधेयकले त पत्रकारलाई सजायको हिसाबमा एक करोडसम्मको जरिवाना गरिने भनेको छ । विरोधका स्वर उठ्न थालेपछि त्यहाँका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रतिक्रया आयो कि प्रदेश सरकारले यो विधेयकलाई सुधार्नेछ । अचम्म त के हो भने प्रदेश सरकारका धेरैजसो सांसदले यो विधेयकबारे आफ्नो अनभिज्ञता प्रकट गरेका छन् । यसैगरी, प्रदेश– २ का मुख्य न्यायाधिवक्ताले आफ्नो फेसबुकमा लेखेका थिए, ‘प्रदेशसभामा विचाराधीन रहेको प्रदेश सञ्चारसम्बन्धी विधेयकमा सञ्चारकर्र्मीले सम्प्रभूताविरुद्ध समाचार लेखेमा ५० लाखदेखि एक करोड रुपैया“सम्म जरिवाना गर्ने भन्ने शब्दावली प्राविधिक त्रुटिवश पर्न गएकाले सञ्चारकर्मीसँग बृहत् छलफल गरी सो सच्याइने प्रतिबद्धता व्यक्त गर्दछु । प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको छ ।’ यो झन् भयंकर खतरनाक देखियो । भूलवश परेको कुरा भूलवश पारित भई कानुन बने के गर्ने ?

यो मधेस आन्दोलन अर्थात् अधिकारका लागि भनिएको आन्दोलनमा मिडियाले निर्वाह गरेको योगदानमाथिको मानमर्दन होइन ? प्रदेश– २ मा कतैबाट निर्दिष्ट भएर त कानुन बन्दै छैन ? प्रदेश प्रहरीसम्बन्धी विधेयक प्रदेश सभामा दर्ता भएका वेला पनि त्यसमा दलित समुदायको ठूलो असन्तुष्टि देखिएको थियो । दलित अधिकारकर्मीले मुख्यमन्त्री कार्यालय घेराउ गर्नुपर्ने अवस्था आएको थियो । त्यसवेला पनि विधेयक निर्माणकर्ताले यस्तै प्राविधिक त्रुटि भएको दलिल दिएका थिए ।

लोकतन्त्रमा जब शासकले सत्ता दुरुपयोग गर्छ, त्यसलाई भण्डाफोर गर्ने हतियार प्रेस हो । इंग्ल्यान्डको एउटा अदालतमा बहुचर्चित ‘स्पाई कैचर केस’मा भनिएको थियो, ‘सरकारको घोटाला पर्दाफास गर्न प्रेसको विधिसम्मत भूमिका हुन्छ । एउटा खुला लोकतान्त्रिक समाजमा यस्तै हुनु पनि पर्ने हो ।’

वास्तवमा लोकतन्त्रलाई दुरुस्त राख्नका लागि एउटा अहम् आयाम भनेको प्रेस हो । कुनै पनि सरकारको आचरणको ऐना भनेको प्रेस हुन्छ । लोकतन्त्रमा सार्वभौमसत्ता लोककै हुन्छ, जसको अभिव्यक्ति उसको संविधानमा सुरक्षित हुन्छ । व्यक्तिलाई सत्ता वा देशको पर्यायवाची शब्दको रूपमा चित्रित गर्नु भनेको तानाशाहीको पथमा लम्किनु हो । आजभोलि नेपाली प्रेसजगत्मा धमिराको प्रवेश भएको भान हुन थालिएको छ । केही मिडिया नेता र अमुक दलका मुखपत्रका रूपमा प्रस्तुत हुने चलन नेपाल र भारतमा सजिलै देख्न सकिन्छ । यस मामिलामा नेपाललाई भारतले उछिनेको छ । पत्रकारिता जब खुलेआम पार्टीका भातृसंगठनको रूपमा विकास भएको अवस्थामा ल्याइएको मिडिया काउन्सिल विधेयकमा विरोधको चर्को स्वर नसुनिनुमा खासै अचम्म लाग्दैन । प्रेसबाट र प्रेसका कारण सचेतना अपनाएर पाइला अघि बढाउने राजनीतिकर्मी प्रेसमाथि आफ्नो तजबिजी कानुनी हथौडा चलाउन रत्ति पनि लाज मान्दैनन् । तिनलाई थाहा छ, तिनका पार्टीभित्र पत्रकारले पनि भातृसंगठनको भूमिका निर्वाह गरिरहेका छन् । जो आफ्ना नेताविरुद्ध कडा रूपमा प्रस्तुत हुन सक्दैनन् । यस्तै ताल रहे सरकारको स्वेच्छाचारिताको ग्राफ बढ्दै जानेछ । मुन्टो उठाइसकेको भ्रष्टाचारी अझ बलियो हु“दै जानेछन् । नेपालको लोकतन्त्र बदनाम हुनेछ ।

हामीले के बिर्सनुहुन्न भने, लोकतन्त्रमा जब शासकले सत्ता दुरुपयोग गर्छ, त्यसलाई भण्डाफोर गर्ने हतियार प्रेस हो । इंग्ल्यान्डको एउटा अदालतमा बहुचर्चित ‘स्पाई कैचर केस’मा भनिएको थियो, ‘सरकारको घोटाला पर्दाफास गर्न प्रेसको विधिसम्मत भूमिका हुन्छ । एउटा खुला लोकतान्त्रिक समाजमा यस्तै हुनु पनि पर्ने हो ।’ यसैगरी, स्वतन्त्रताको महान् प्रवक्ता मानिने टमस जेफर्सनले भनेका थिए, ‘यदि मलाई विनाअखबारको सरकार चाहियो या विनासरकारको अखबार भने मलाई दोस्रो विकल्प रोज्न रत्तिभर समय लाग्ने छैन ।’ सो भनाइले सरकार र सञ्चारको सरल सम्बन्ध दर्शाउन खोजेको छ । विनाअखबारको सरकार भयो भने सरकारलाई आमजनताले चिन्न र बुझ्न नपाउने मात्र होइन, जनताप्रति जवाफदेही नभइदिने हो कि भन्ने डर हुन्छ । सरकार भन्नाले जनताको मतको सामूहिक कार्यकारिणी थलो हो । र, विनाअखबारको सरकार छ भने सरकारसमक्ष निमुखा जनताको अभिव्यक्ति/भावना मुखरित हुन सक्दैन ।

प्रेसजगत्का लागि अहिले प्रतिकूल परिस्थिति सिर्जना भएको छ । आवाज उठाउ“दा शासकले ‘हल्ला’ भनेर हलुका रूपमा लिइरहेको छ । प्रेसजगत्माथि सरकारको रुखो व्यवहारलाई दर्शाइरहेको छ । विपक्ष भने छाया सरकार बनाएर त्यसकै गोडमेल गर्न व्यस्त देखिन्छ । अहिलेको सत्ताधारी पार्टीसँग पुरानो साइनोको गुन चुक्ता गर्नकै लागि होला, अधिकारकर्मी तथा नागरिक समाज भनिनेले ‘रहस्यमयी चुप्पी’ सा“धेका छन् । वास्तविकता के हो भने अहिले प्रेसमाथि लगाउन खोजिएको अंकुशले वैधानिकता पाइहाल्यो भने कालान्तरमा लोकतन्त्रका लागि घातक सिद्ध हुने निश्चित छ । पत्रकारको राजनीतिक सिद्धान्त होला । तर, पत्रकार कुनै अमुक दल वा नेताको वकालतकर्ता हुनुहु“दैन । पत्रकार भनेको कुनै खास व्यक्ति होइन, अपितु निमु  खाका आवाज हुन्, भएका छैनन् भने हुनुपर्छ । जहिले पनि आमजनतको भावना प्रतिविम्बित गर्ने स्वतन्त्र माध्यम हुनुपर्छ । त्यही भएर पनि कुनै दलको दबाब वा प्रभावबाट मुक्त भई प्रतिकूल विमानमा उड्न लागेको नेपाली प्रेसजगत्लाई अनुकूलतम् चौरमा अवतरण गराउन एकजुट भई आवाज बुलन्द पार्नुपर्छ । नागरिक समाज र अधिकारकर्मीको लोकतन्त्र एवं अभिव्यक्ति स्वतन्त्रताप्रति दृढताको परीक्षणकाल पनि यही नै हो । नागरिकले प्रेस स्वतन्त्रतालाई पत्रकारको विषय ठान्नुहु“दैन, यो त नागरिकको सुसुचित हुने अधिकारको विषय हो । प्रेसमाथि अंकुश नागरिक स्वतन्त्रतामाथि अंकुश हो ।

मिडिया विधेयकको प्रक्रियामा दलहरूबीच विवाद

काठमाडौं : संघीय संसद्मा दर्ता मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रक्रियामा लैजाने कि फिर्ता गर्ने विवाद दलहरूबीच चर्किएको छ। राष्ट्रियसभामा दर्ता भएको ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ फिर्ता लिनुपर्ने अडान प्रमुख प्रतिपक्षी दल कांग्रेसको छ भने सत्तारुढ दल नेकपाले विधेयक प्रक्रियामार्फत परिमार्जन गर्न सकिनेमा जोड दिएको छ।

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ल्याइएको भन्दै सञ्चार क्षेत्र र नागरिक समाजले विरोध जनाएपछि विधेयकका सम्बन्धमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रियसभा सत्तापक्षको नेता, विपक्षी दलको नेता, प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका थिए। सत्तारुढ दल र प्रतिपक्षीबीच विधेयकको प्रक्रियाबारे सहमति हुन सकेन।

प्रतिपक्षी दल कांग्रेसले विधेयक संविधानविपरीत मिडिया नियन्त्रित गर्ने गरी ल्याइएको भन्दै फिर्ता लिनुपर्ने अडान राखेको थियो। ‘हामीले विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालका प्रावधान सच्याउनैपर्छ भनेर भन्यौं,’ राष्ट्रियसभामा प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले भने, ‘यो प्रतिपक्षीको नाताले हामीले विरोध गरेका होइनौं। आमसञ्चारजगतले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि विधेयकविरुद्ध आवाज उठेको छ। यसलाई सच्याएर मात्र संसद्मा दर्ता गर्नुस्। अहिले फिर्ता लिनुस् भनेर हामीले भन्यौं।’

सत्तारुढ दल नेकपाले भने विधेयक फिर्ता लिनुपर्ने कांग्रेसको मागमा असहमति जनाएको छ। नेकपाले विधेयक प्रक्रियाबाटै परिमार्जन गर्न सकिनेमा जोड दिएको छ। ‘संविधानविपरीत विधेयक ल्याउनु हुँदैन। यदि कतै यो संविधानसँग मेल नखाने विधेयक भए परिमार्जन हुन्छ, यसको पनि प्रक्रिया हुन्छ,’ राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक दीनानाथ शर्माले भने, ‘प्रतिपक्षीसँग पनि सहमति खोजेर संविधानको मर्म र धारणाअनुसार यसलाई परिमार्जन गर्नुपर्छ। अन्तिम रूप दिने बेलासम्म विभिन्न प्रक्रिया हुन्छन्। त्यतिबेलासम्म छलफल गर्दै सहमतिमा टुंग्याउन सकिन्छ।’

कांग्रेस सांसदले विधेयक फिर्ता गर्न जोड दिएका थिए। ‘अहिले फिर्ता लिनुस्, यसलाई परिमार्जन गरौं। सरोकारवालासँग पनि छलफल गरौं। त्यसपछि विधेयक ल्याऔं भनेर भन्यौं,’ कांग्रेस दलका नेता पाण्डेले भने, ‘त्यसमा टुंगोमा पुगिएन।’

मन्त्री बाँस्कोटाले विधेयक परिमार्जन गर्न तयार भए पनि फिर्ता लिन नसकिने धारणा राखेका थिए। उनले विधेयक सदनमा पेस गरेर प्रक्रियाबाटै संशोधन गर्नुपर्ने धारणा राखेको छलफलमा सहभागी एक नेताले बताए।यसअघि मन्त्री बाँस्कोटाले विधेयक नजानी, नबुझी, नपढी ल्याएको होइन भन्दै बचाउ गर्दै आएका थिए। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दलीय सहमतिकै आधारमा विधेयकमा देखिएको असमझदारी हटाउनुपर्ने बताएका थिए। ‘फेरि एक पटक छलफल गरौं र टुंगोमा पुगौं,’ उनले भने, ‘विधेयक सहमतिमै अगाडि बढाउनुपर्छ।’

विधेयकमा उल्लेखित मिडिया काउन्सिल गठनको प्रावधान, जरिवाना र क्षतिपूर्तिका विषयमा विरोध भएको छ। सत्तारुढ दलकै सांसदले पनि विधेयकको विरोध गरेका छन्।

सत्तारुढ दलका नेताहरूद्वारा मिडिया विधेयकको आलोचना,कुन नेताले के भने ?

सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकको सत्तारुढ दलभित्रै पनि आलोचना बढ्दो छ । आइतबार सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले फरकफरक कार्यक्रममा मिडिया काउन्सिल विधेयक परिमार्जन हुने दाबी गरे ।

प्रेस संगठन नेपाल बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले विधेयक जनताको पक्षमा नभएको भन्ने टीकाटिप्पणी आइरहेकाले वेलैमा सच्याएर पारित गर्नुपर्ने धारणा राखे । ‘विवाद र विमति रहेकै अवस्थामा यसलाई पास गर्नुहुँदैन । जनताको राय नलिएका कारण विधेयकमाथि टीका टिप्पणी भएको हो,’ उनले भने, ‘यसलाई सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्छ ।’

नेपालले हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको भन्दै विप्लव नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको राजनीति छाडेर आर्थिक क्रान्तिको बाटोमा सहभागी हुन आग्रह गरे । शान्तिपूर्ण राजनीतिबाट जनताको मत जितेर आफ्नो नीति तथा कार्यक्रम लागू गर्न विप्लवलाई उनले सुझाब दिए । ‘बुलेटबाट होइन ब्यालेटको सहायताले जनताको मन जितेर आफ्नो नीति तथा कार्यक्रम लागू गर्नुस्,’ नेता नेपालले भने ।

हतियारले समस्या समाधान नगर्ने भन्दै उनले जनताका बीचमा राम्रो काम गर्न र जनतामा चेतना जगाउन अनुरोध गरे । एउटा कम्युनिस्ट पार्टीले बहुमतको सरकार चलाइरहेका वेला सरकारविरुद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिस्ट पार्टी हुन नसक्ने उनको भनाइ थियो । ‘तपाईंहरु  राम्रा एजेन्डा लिएर जनताका बीचमा जानुस्, तपाईं–हामी प्रतिस्पर्धा गरौँ । तर, जनतालाई हतियार देखाउने काम बन्द गर्नुस्,’ नेता नेपालले भने ।

 

गौतमले भने : पत्रकारमैत्री विधेयक आउँछ
नेकपा सचिवालय सदस्य तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पत्रकारहरूको मागअनुसार मिडिया काउन्सिल विधेयक आउने जिकिर गरेका छन् । आइतबार नेकपा बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गौतमले विधेयकका विवादित विषयहरू सच्चाएर पत्रकारको मागअनुसार विधयक पास हुनेमा आफूले विश्वास लिएको बताए ।

गौतमले आगामी बजेट समाजवादउन्मुख हुने दाबी गरे । उनले दीर्घकालीन विकासका पक्ष समेटेर लोकप्रिय तथा समाजवादउन्मुख मोडालिटीमा बजेट तथा कार्यक्रम आउने बताए । संसारका विकसित भनिएका जुनसुकै देशमा पनि केही न केही, कोही न कोही असन्तुष्ट रहने बताउँदै नेता गौतमले तीनै तहका सरकारले देशभर गरेको कामकारबाही हेर्दा आफू पनि सन्तुष्ट हुन नसकेको स्पष्ट पारे ।

‘ममाथि अन्तर्घात भएकै हो’
अन्तर्घातका कारण आफू हारेको दाबी गर्दै नेता गौतमले अन्तर्घात गर्नेलाई कारबाही गर्न पार्टी नेतृत्व डराएको आरोप लगाए । उनले भने, ‘वामदेवलाई हराउन लागेको शक्ति कमजोर नभएकाले पनि पार्टी नेतृत्वले कारबाही गर्न सकेको छैन ।’

निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका नेता गौतमले आफू हार्नुको कुनै पनि कारण नभएको बताए । विगतमा हारे पनि आफूले बर्दियाको विकासका लागि योगदान गरेको दाबी गरे । ‘मैले जसलाई अगाडि बढाएँ, उनीहरूले राम्रो काम गरेनन् र त्यसको सजाय अहिले भोगिरहेको छु,’ गौतमले भने । नेकपा बर्दियाको जिल्ला कमिटी शपथग्रहण गराउन बर्दिया आएका गौतमले अब गाउँगाउँमा नेकपा आँधी तुफान जसरी फैलिने जिकिर गरे ।

अधिकार कुण्ठित हुने प्रावधान राखिँदैन : प्रवक्ता श्रेष्ठ
नेकपा प्रवक्ता श्रेष्ठले सरकार प्रेस स्वतन्त्रताविरोधी नभएको भन्दै नेतृत्वको बचाउ गरे । ‘पे्रसलाई कुण्ठित हुने गरी मिडिया काउन्सिल विधेयक यथास्थितिमा पास हुँदैन,’ उनले भने,‘नागरिकता विधेयक र मानवअधिकार आयोग ऐनमा पनि राजनीतिक सहमति गर्नुपर्छ, अधिकार कुण्ठित हुने प्रावधान राखिँदैन ।’

राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले आयोजना गरेको परामर्श कार्यक्रममा बोल्दै उनले सरकारले सुशासनमा राम्रो अभ्यास गर्न नसकेको टिप्पणी गरे। ‘सुशासन मुलुकको पहिलो आवश्यकता हो,’ उनले भने,‘भ्रष्टाचारीबाहेक अरूलाई देखाइदिन्छु भनेर हुँदैन । सरकार यसमा चुकेको छ, यसलाई सुधार्नुपर्छ ।’

Rethinking The Media Council Bill

The recent decision of the government to register a Media Council Bill in the parliament has drawn huge criticism from the media fraternity including the civil society. The proposed bill will replace the Press Council Act 1992. Expressing its grave concern over several provisions of the bill that aim to curb press freedom, the Federation of Nepalese Journalists has already taken to street. On the one hand, the bill was registered without adequate consultations with concerned stakeholders and the clauses of the bill have seriously terrified media persons, on the other.

Compensation
Section 18 (2) of the bill gives the council an upper hand in ordering the erring parties to pay compensation if the content in the media outlets tarnishes the reputation of the affected party. However, the compensation amount remains to be determined. Ranging from suspension of press pass to downgrading the category of the print media outlets, Section 17 proposes punishment for violating the code of conduct.
It is really unfortunate that the government and the media are again at loggerheads. In the absence of much-needed effort to find out a mutually acceptable solution, the media council draft bill has worsened the state-media relations which have long-term repercussions for the nation.
Journalists argue that the government can misuse its power in recruiting and selecting the members of the council and go to the extent of sacking chief officials if his/her conduct is deemed unsatisfactory. Leaving a loophole in the bill that allows anyone who feels that any report violates press ethics to file a complaint against the reporter, editor or publisher, the draft bill has created deep psychological fear among the journalists. In light of the above, even the leaders of the ruling coalition have publicly expressed their commitment to revise the regressive provisions of the bill with intense discussion within their party.
What is more concerning is the fact that the proposed bill intends to give sweeping powers to the self-regulatory body overseeing the press which might increase more attacks on press in near future according to media experts and information right activists.
Confiscation of media equipment and imposing a fine up to Rs. 10 million and 15 years imprisonment for offensive content undermining national sovereignty, territorial integrity and nationality has sent shockwaves. More worrisome is that the interpretation of what really constitutes an offensive act has not been objectively defined. Hence, it will depend on the personal perceptions and judgment which might invite some unexpected misfortunes for journalists.
While it is undoubtedly true that monitoring the activities of media in Nepal has become urgent, the manner in which it is being approached needs serious rethinking. The rapid expansion in media has also resulted in heightened unaccountability often resulting in yellow journalism on few occasions. But this has to be checked through a carefully thought out plan rather than taking a strict stance on undermining the freedom of press which even the constitution of Nepal explicitly guarantees.
Defending the government’s move, Minister for Information and Communications has said that the council was not the final decision making body and the bill has no ill intention of imposing censorship. The minister also made it clear that the bill aims to bring the media houses under the purview of the tax and ensure the implementation of the minimum wage for journalists determined by the government. However, the minister has failed to convince the larger society on the same.
Despite some weaknesses, media in Nepal have historically played a vital role in informing the public. Even during times of critical political upheavals in the country, the latest being the second April movement 2006, media has stood valiant in its responsibility of disseminating news and information on matters of public importance. Any attempts to curb press freedom in the past have witnessed a strong protest from civil society organisations also.
Hence, the government needs to expedite an important discourse on rethinking in the role of media in the present context. Several discussions and debates around empowering the mass media to perform their role in a more effective manner should be held. The government should seek the opinion of concerned stakeholders- media entrepreneurs, journalists, civil society members, opinion makers among others in enhancing the professional competencies of media.
A mutual understanding between media houses and government pertaining to developing standardised criteria for recruitment and selection of journalists, delivering authentic content and assuming responsibility and accountability can definitely be forged. However, this should not come at the cost of pointing out to each other for the entire mess and shying away from individual and institutional duties.

Soul searching
Likewise, media houses also need to do some soul searching and critically reflect their activities. Embarking on a journey of self-correction should be the preferred choice for media. Utilisation of press freedom for disseminating an unbiased news and information abiding by the Accuracy, Balance and Credibility (ABC) of journalism would serve better.
(The author is a member of the Social Science and Research Faculty at NIMS College)

Rid Media Council Bill of controversy: Nepal

Senior leader of Nepal Communist Party (NCP) Madhav Kumar Nepal has suggested that the government must be ready to address the genuine concerns of mediapersons regarding the controversial Media Council Bill before advancing it through the Parliament.

Speaking at a press conference in Nepalgunj, today, the ruling party leader expressed concern about the controversy the bill had created lately and asked the government to do the needful to make it acceptable to everyone, by incorporating inputs of media experts and stakeholders.

It’s true that the government is trying to do good things, but it has committed mistakes too, which it must identify and rectify,” Nepal said.

On a different note, the ruling party leader accused the opposition parties of being biased against the communist government.

“It seems that some opposition parties have vowed to only cry foul all the time just because there is a government of another party. Protest for the sake of protest is not good,” Nepal said, adding, “The parties should be ready to acknowledge their own failure when they were in the government in the past.

They should now let the incumbent government do what it can for the good of the country, keeping aside partisan prejudices.”

The communist leader hoped that the upcoming fiscal budget would be in line with the people’s expectations and aspirations.

महासंघको आन्दोलनमा सम्पादकहरुको ऐक्यबद्धता : ‘सरकार नियन्त्रित प्रेस स्वीकार्य छैन’

काठमाडौँ — सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित गर्ने मनसायले विभिन्न कानुनहरु ल्याउन लागेको भन्दै पत्रकारिता क्षेत्रका अगुवाहरुले त्यसप्रति विरोध जनाएका छन् । छापा, अनलाइन, टीभी र रेडियोका सम्पादकहरुले मिडिया काउन्सिलमात्रै नभई सञ्चार क्षेत्रसँग जोडिएका अन्य विधेयकहरु पनि गलत उद्देश्य र मनसायका साथ आउन लागेको उल्लेख गरेका छन् ।

‘मिडिया काउन्सिल’ विधेयकविरुद्ध नेपाल पत्रकार महासंघले थालेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरुले प्रेसप्रति सरकारको दृष्टिकोण नै गलत देखिएको आरोप लगाए । उनीहरुले सरकार नियन्त्रित प्रेस स्वीकार्य नहुने भन्दै त्यस्तो अवस्थामा देश कहाँ पुग्ने, लोकतन्त्रको अवस्था कस्तो हुने भनेर चिन्तासमेत जाहेर गरे ।

महासंघले शनिबार काठमाडौंमा गरेको अन्तक्रियामा नागरिक दैनिकका सम्पादक गुणराज लुँइटेलले बोले र लेखेबापत ठूलो ठूलो सजायको व्यवस्था गरेर सरकारले बोल्न र लेख्न पाउने क्षमता हृास ल्याउन खोजेको बताए । उनले यतिबेला आउन लागेका हरेक कानुनमा प्रेस जगतलाई नियन्त्रित गर्ने आशय देखिएको उल्लेख गरे । ‘एकजना व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई सिधै असर पर्ने गरी कानुनहरु आइरहेका छन् । स्वतन्त्रताको हकलाई कार्टेल गर्न खोजिँदैछ,’ उनले भने, ‘त्यस्ता कानुनहरु फिर्ता हुनुपर्छ । सामूहिक रुपमा त्यसविरुद्ध सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’

वैशाख २७ गते संसद्‌मा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा सरकारले प्रेसमाथि सजिलै नियन्त्रण गर्न सक्ने, मिडिया काउन्सिल स्वायत्त नभइ सरकारको एउटा विभागका रुपमा रहने जस्ता प्रावधानहरुप्रति प्रेस जगतको आपत्ति छ । प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले नेपाली जनताको सुसूचित हुने अधिकारमाथि प्रहार गर्न खोजिएको बताए । प्रेस काउन्सिललाई अहिलेको भन्दा उन्नत बनाउन नसकिए त्यसलाई बरु खारेजी गर्नुपर्ने उनको भनाइ थियो । ‘काउन्सिल अपराध नियन्त्रण गर्ने थलो होइन । पत्रकारितालाई जवाफदेही, जिम्मेवार बनाउने थलो हो,’ उनले भने ‘विधेयकमा रहेको दण्डको प्रावधानमात्रै फिर्ता भएर काउन्सिलको मान्यता स्थापित हुन सक्दैन । विधेयकमा धेरै सुधारको आवश्यकता छ ।’ उनले नेपाली मिडियाले अब आफैं स्वनियमन र जवाफदेही हुनुपर्ने गरी बढ्नुपर्नेमा जोड दिए ।

देश सञ्चारका सम्पादक युवराज घिमिरेले पत्रकारलाई कार्यकारीको दण्डाधिकार भित्र ल्याउनु प्रेस स्वतन्त्रताविरोधी कदम भएको बताए । सरोकारवालासँगको छलफलबिनै विधेयक ल्याउनु आपत्तिजनक भएको भन्दै उनले विधेयक फिर्ता लिनुपर्ने उल्लेख गरे ।

सेतोपाटीका प्रधानसम्पादक अमित ढकालले सरकारले विधेयकलाई प्रेस जगतको सरोकारभन्दा बाहिर आफूखुसी संशोधन गर्न सक्ने संशय व्यक्त गर्दै त्यसप्रति सजगता आवश्यक रहेको बताए । ‘मिडिया काउन्सिलमात्रै होइन, अन्य ऐनहरुमा पनि समस्या छ,’ उनले भने, ‘सरकारसँग बसेर सबै ऐनका बारेमा कुरा गर्न आवश्यक छ ।’ उनले महासंघ र सम्पादहरुमध्येबाट संयुक्त कार्यदल बनाएर सरकारसँग छलफल गर्नुपर्ने सुझाए ।

दी हिमालय टाइम्सका सम्पादक प्रकाश रिमालले सरकारले मातहतका संस्थामार्फत प्रेसलाई नियन्त्रणमा राख्न चाहेको भन्दै मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्ने माग गरे । कारोबार दैनिकका सम्पादक कुवेर चालिसेले पत्रकारलाई नियन्त्रण गर्ने आशयले सरकार विस्तारै-विस्तारै त्यस्ता कानुनहरु ल्याउन लागेको उल्लेख गरे । अनलाइनखबरका सम्पादक अरुण बरालले सरकारी संयन्त्रबाट पत्रकारविरुद्ध जबर्जस्त जनमत सिर्जना गर्ने काम भइरहेको र त्यसको अगुवाई प्रधानमन्त्रीबाटै भइरहेको आरोप लगाए । ‘सरकारको आलोचना गर्नु भनेको पत्रकार विकासविरोधी हो भन्ने अर्थमा प्रचार गरिँदैछ, प्रधानमन्त्रीले नै आफ्ना भाषणहरुमा पत्रकार खतम हो भन्ने अभिव्यक्ति दिइरहनु भएको छ,’ उनले भने ‘प्रधानमन्त्रीले बोलेपछि, उनका कार्यकर्ताहरु त्यसैलाई स्थापित गर्नेपट्टि लाग्ने नै भए ।’

महासंघका अध्यक्ष गोविन्द आचार्यले स्वतन्त्रताको पक्षमा भएका आन्दोलनहरु सफल भएको भन्दै महासंघले थालेको आन्दालोलन पनि सफल हुने विश्वास व्यक्त गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा नलाग्ने र विरोध गर्नेहरु कमजोर सावित हुने उनको भनाइ थियो । उनले त्यस्ता व्यक्तिलाई महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने बताए ।

‘मिडिया काउन्सिल विधेयक फिर्ता लिऔं’

काठमाडौंं – सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन पत्रकार सहासंघ र सम्पादकहरूले आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका विषयमा सम्पादकहरूसँग गरेको छलफलमा अधिकांशले संविधानको मर्म र व्यवस्थाविपरीत कानुन ल्याउन खोजेको भन्दै फिर्ता लिनुपर्नेमा जोड दिएका हुन्। छलफलमा धारणा राख्दै अधिकांश सम्पादकहरूले आचार संहितामा राख्नुपर्ने जरिबानालगायत विषय ऐनमा समेटिएको भन्दै आपत्ति प्रकट गरे।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताविरोधी भएको भन्ने विषयमा महासंघ र सम्पादकहरूको एकमत रहेको बताए। उनले पत्रकार महासंघको सदस्यता लिँदा नै निश्चित मापदण्ड पूरा गर्नुपर्ने सर्त रहेकाले पत्रकारलाई त्रास देखाउने गरी ल्याउन खोजेको विधेयकमा आफूहरूको असहमति रहेको बताए। थापाले छलफलमा उपस्थित अधिकांश सम्पादकले मिडिया हाउसमा स्वनियमन हुने भएकाले मिडिया काउन्सिल विधेयकका संविधानविपरीत प्रावधान राख्नु गलत भएको धारणा राखेको जनाए। ‘छलफलमा महासंघ र सम्पादकहरूको साझा धारणा नै उक्त विधेयक फिर्ता लिनुपर्छ भन्ने रह्यो,’ उपाध्यक्ष थापाले भने।

सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकालले सम्पादक र महासंघको विज्ञ टाली बनाएर समस्या समाधानका लागि वार्तामा जोड दिए। नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले मिडिया काउन्सिल विधेयक मात्र होइन सरकारले ल्याएका र ल्याउन खाजेको अधिकांश कानुन यही हिसाबले आएको औंल्याए। उनले गलत तरिकाले आएको विधेयक फिर्ता लिनु नै उपयुक्त विकल्प भएको सुझाए। राजधानी दैनिकका अनलाइन सम्पादक धु्रव लम्सालले विधेयक मिडिया मैत्री नरहेकाले फिर्ता लिनुनै उपयुक्त रहेको स्पष्ट पारे। उनले प्रधानधमन्त्रीको व्यावहार पनि मिडियामैत्री हुन नसकेको आरोप लगाए।

अन्लाइनखबरका सम्पादक अरुण बरालले विधेयकको विषयवस्तुभन्दा पनि सरकारको प्रवृत्तिमाथि शंका व्यक्त गरे। उनले प्रधानमन्त्रीले सम्पादकहरूसँग पनि मिडियामैत्री व्यवहार नदेखाउने गरेको भन्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकको प्रावधानको पनि सो कुरा झल्किएको बताए। देशासञ्चार अनलाइनका प्रधान सम्पादक युवराज घिमिरेले सरकारले डन्डाकारिताको माध्यमबाट पत्रकारितालाई नियन्त्रण गर्न खोजेको आरोप लगाए। उनले पत्रकारितालाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको विधेयक फिर्ता लिनु नै उत्तम रहेको बताए। शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले विधेयक संशोधन भन्दा पनि फिर्ता लिनका लागि दबाब दिनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले पत्रकार महासंघलगायतका सरोकारवाला निकायसँग छलफल नै नगरी एकलौटी ढंगले मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति प्रकट गरे। आफूहरूले सदनका विधेयक दर्ता गर्नुअघि नै सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएर सरोकारवालाहरूसँग छलफल गर्न आग्रह गरे पनि महासंघको सुझावविपरीत एकतर्फी रूपमा सदनमा विधेयक दर्ता गरेको आचार्यको भनाइ छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुनको पक्षामा लागेकाले कहिल्यै जितेको इतिहास नरहेको स्मरण गराउँदै उनले आफूहरूलाई सशक्त आन्दोलनमा उत्रन बाध्य नपार्न सरकारलाई चेतावनी दिए। मिडिया काउन्सिलसम्बन्धी विधेयकको विषयमा विभिन्न पेशागत संगठनसँगसमेत छलफल जारी रहेको जानकारी गराउँदै उनले अबको आन्दोलनमा आफूहरू एक्लो नहुने दाबी गरे। अन्तक्र्रियामा विभिन्न सञ्चार माध्यमका आवद्ध सम्पादकहरूले सरकारले सदनमा पेस गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको खुलेरै विरोध गरे। उक्त विधेयक फिर्ता लिनु नै समस्या समाधानको उपयुक्त विकल्प रहेको सम्पादकहरूको भनाइ छ।

प्रेसलाई पढाउने सरकार

मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार छ, जसका नेताहरु हिजो प्रेस जगत्सँग सहकार्य गर्दै लोकतन्त्र ल्याउन सरिक थिए, तर आज उनीहरु नै प्रेससँग टाढिएका छन् । उनीहरुका लागि प्रेस जगत् काउछोजस्तो भएको देखिन्छ । खासमा जनताले झण्डै दुई–तिहाई बहुमतले जिताएपछि आम पत्रकारलाई नियन्त्रण, प्रशिक्षण, प्रयोग र प्रताडना जेपनि गर्नपाउने अधिकार सरकारमा सिर्जना हुन्छ र ?

पछिल्लो समय प्रधानमन्त्री केपी ओली प्रेस जगत्प्रति निकै आक्रामक देखिनुभएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार राजधानीमा सम्पादकहरुका बीच भएको अन्तरक्रिया कार्यक्रममा बहुसंख्यक वक्ताहरुले केपी ओलीको वर्तमान सरकारले प्रेसलाई कुनै महत्व नदिएको र अज्ञान समूहका रुपमा व्यवहार गर्नेगरेको गुनासो गरे ।

वर्षौंदेखि पत्रकारितामा सक्रिय रहेर सामाजिक प्रभावसमेत हासिल गरेका सञ्चारकर्मीलाई पढाउने मानसिकताका साथ राजनीतिकर्मी प्रस्तुत हुनु स्वाभाविक होइन । पत्रकार मात्र होइन कुनै पनि नागरिक जसको आफ्नै सीप र क्षमता छ, अर्को भिन्न पेशाको व्यक्तिले दोस्रो व्यक्तिको पेशाका विषयमा सिकाउँदा मानमर्दन मात्र होइन, प्रत्युत्पादक नै हुन्छ । पछिल्लो समय सरकारका निकट भनिएका पत्रकार पनि किन प्रधानमन्त्री–मन्त्रीसँग चिढिएका छन् भनेर समयमै विश्लेषण गर्नु आवश्यक छ ।

हो, पत्रकारमा कमजोरी नभएको होइन । आवाजविहीनहरुको आवाज हुनुपर्ने प्रेस प्रधानमन्त्री–मन्त्री–नेता–प्रशासकको आवाजमा सीमित भएका छन् । आम सञ्चार माध्यम ‘पब्लिक स्पेयर’ हुन नसकेको सत्य हो । साथमा पत्रकार भएपछि म विशेष नागरिक भएँ, आम नागरिक रहिनँ, मैले जसलाई पनि स्टुडियोमा बोलाएर ‘तपाईं जान सक्नुहुन्छ’ भनेर अपमानित ढंगले निष्कासन गर्ने हदसम्मको त्रुटि पनि प्रेस जगत्बाट भएको छ । निहित स्वार्थका लागि सज्जनलाई दुर्जनका रुपमा प्रस्तुत गर्ने र डामेर छाड्ने पत्रकारका नाममा ग्रहण पनि यस उद्योगमा छन् । यी सबै क्षेत्रमा शुद्धीकरणको खाँचो छ । तर, यस प्रयोजनका लागि मिडिया काउन्सिल विधेयकजस्तो अलोकतान्त्रिक र अभिव्यक्ति स्वतन्त्रताविरुद्धको दस्तावेज नै खडा गर्नुपर्छ र ?

सरकार र नेताहरुले प्रेस जगत्प्रति सौतेलो व्यवहार गरेका कारण पत्रकारिता पेशाप्रति सकारात्मक प्रभाव पनि नपरेको होइन । आवाजविहीनहरुको आवाज बनेर देश सेवा गर्छु भन्ने, अनि प्रधानमन्त्री, मन्त्री र प्रशासकले के भन्लान् र ‘भन्नुभयो’ समाचार लेखौंला भन्नेहरुका लागि भने यो ‘ब्याक गेयर’ भएको छ । टेलिभिजनको स्टुडियोमा नेता र मन्त्रीहरु आउन चाहेनन् भने बारीमा घाँस काटिरहेका कृषक आउन सक्छन् । तर, सिंगो प्रेस जगत्सँग सरकारले दुराग्रहपूर्ण व्यवहार गर्दा कसैलाई लाभ भने हुन्न । निहित स्वार्थमा लागेका पत्रकारको संख्या पनि मिडिया उद्योगमा छ तर पेशागत धर्मलाई निर्वाह गर्ने जमात पनि सानो छैन । निर्वाचनमा दुई तिहाई मतले नै सही, जनताले जिताएको व्यक्ति हरेक नागरिकलाई हप्काउन योग्य ठहरिन्छ भनेर कसरी स्वीकार गर्ने ?

मिडिया काउन्सिल विधेयक पारित हुँदैन

काठमाडौं : नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार प्रेस स्वतन्त्रताविरोधी नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘पे्रसलाई कुण्ठित गरिँदैन। मिडिया काउन्सिल विधेयक यथास्थितिमा पास हुँदैन, परिमार्जन हुन्छ। नागरिकता विधेयकमा पनि राजनीतिक सहमति गर्नुपर्छ। मानवअधिकार आयोग ऐनमा पनि अधिकार कुण्ठित हुने प्रावधान राखिँदैन।’

उनले पहिलो आवश्यकता सुशासन भन्दै भ्रष्टाचारीबाहेक अरुलाई देखाइदिन्छु भनेर नहुने बताए। राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको आयोजनामा बहुमतको सरकार गठनको १५ महिना ‘लोकतन्त्र, मानव अधिकार, राष्ट्रियता र सुशासन ः चुनौती, संरक्षण र सबलीकरण’ विषयक बृहत् राष्ट्रिय परामर्श कार्यक्रममा उनले भने, ‘लुकाएर कुरा गर्नु हुँदैन, सुशासनमा हामीले राम्रो अभ्यास गर्न सकेका छैनौँं।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल इतिहासको सुन्दर घडीमा रहे पनि दुई तिहाइको सरकारले केही गर्न नसकेको बताए। नेता शर्माले भने, संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको छ। नागरिकले प्रश्न गर्न पाउनु सामान्य अधिकार हो। तर टेलिभिजनमा प्रश्न सोधेकै आधारमा जागिर खोसिएको छ। उनले हिँडडुल गर्न पाउनु सामान्य अधिकार भए पनि सरकारले विश्वविद्यालयका उपकुलपति विदेश जान लाग्दा एयरपोर्टबाट समातेर प्रधानमन्त्री कार्यालयमा बन्दी बनाइएको बताए।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष अनुपराज शर्माले संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि ऐन बनाउँदा सम्बन्धित पक्षसँग सरकारले व्यापक परामर्श गर्नुपर्ने बताए। उनले भने, सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकार प्रति प्रतिवद्धता जनाए पनि व्यावहारमा त्यस्तो देखिएन। मानव अधिकार आयोगको अधिकार क्षेत्र समेत कटौति गर्ने प्रयत्न गरियो। सामाजिक संघसंस्था र प्रेसलाई समेत नियन्त्रण गर्ने प्रकारले ऐन ल्याउने प्रयत्न भएको छ।

शान्ति र विकासका लागि नागरिक समाजका संयोजक डा सुन्दरमणि दीक्षितले कार्यक्रम कसैलाई घोचपेच र आलोचना गर्न नभई मुलुकको समसामयिक विषयमा छलफल गर्न बौद्धिक भेला आयोजना गरिएको बताए। उनले भने, हामी सरकारलाई फाल्न चाहँदैनाँैं। सक्दा पनि सक्दैनौं। सरकारले हाम्रा कुरा सुन्ने क्षमता राख्नुपर्छ। अहिलेको हाम्रो राज्य सञ्चालनको स्थिति, सरकार र प्रतिपक्षी जनहितमा छन् कि छैनन् ? दुवै ठिक ढंगले चलेका छन् कि छैन ? भन्ने विषयमा बहस हुन जरुरी छ।’ प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा संविधानविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए।

‘मिडिया काउन्सिल विधेयक’ को विवाद

काठमाडौं । बहसमा रहेको ‘मिडिया काउन्सिल विधेयक’बारे उठाइएका विषय संसदीय प्रक्रियाबाट परिमार्जन हुने भएपछि यस क्षेत्रमा उत्पन्न विवाद निष्कर्ष्तिर उन्मुख भएको छ । संसद्मा प्रस्तुत सबै विधेयकमा संसदीय प्रक्रियानुसार परिमार्जन हुने प्रचलित अभ्यासझैँ यस पटक पनि सो विधेयकमा सांसदले उचित भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रका अगुवा र विज्ञको विश्वास छ । संसद्मा प्रस्तुत हुनुपूर्व विधेयकबारे यस क्षेत्रमा भएको बहस र खबरदारीले सरकार र संसद्लाई सकारात्मक दवाव सिर्जना गरेको छ ।  विधेयकको विषयवस्तुका आधारमा नभई यसलाई राजनीतिक कार्यसूचीका आधारमा विरोध वा फिर्ताको माग गर्नेक्रम पनि देखिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता र सरकारका सम्बन्धित मन्त्रीले विधेयकबारे उठाइएका चिन्तालाई सकारात्मक रुपमा लिँदै प्रक्रियाबाट उचित परिमार्जन र संशोधन गर्ने प्रतिबद्धता आएपछि विधेयक फिर्ताको माग कायम राखिनु पेशागत नभई राजनीतिक माग भएको विश्लेषण पनि गरिएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले भने आफूहरुले सरकारको विरोधी वा प्रतिपक्षीको सहयोगीका रुपमा विधेयकबारे सङ्घर्षका कार्यक्रम नल्याएको स्पष्ट पार्दै आएका छन् । अध्यक्ष आचार्यले सरकार र आफूहरुबीच औपचारिक वार्ता नभएकाले विधेयक फिर्ता वा संशोधन नभएसम्म आन्दोलन स्थगन नहुने बताउँदै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले महासङ्घको मण्डलसँग विधेयकलाई परिमार्जन गर्न दिएकोे प्रतिबद्धता सकारात्मक रहेको प्रतिक्रिया दिए । बिहीबार केही राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकले पनि विधेयक फिर्ता लिन सार्वजनिक आग्रह गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक र समग्र आमसञ्चार क्षेत्रमाथि प्रेस सङ्गठन नेपालले बिहीबार दिएको ज्ञापनपत्र ग्रहणपछि संविधानमा उल्लिखित पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुनै सङ्कुचन नगरिने र दण्ड र जरिवानाजस्ता विषयमा आएका सुझावलाई संसदीय प्रक्रियाबाट आवश्यक परिमार्जन गरिने विश्वास व्यक्त गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार कानूनलाई नयाँ संविधान अनुकूल बनाउने क्रममा स्वस्थ, स्वतन्त्र, मर्या्दित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धन गर्दै पत्रकारितामा पेशागत आचरण कायम राख्ने उद्देश्यले गत वैशाख २७ गते राष्ट्रियसभामा सो विधेयक दर्ता गरेको थियो । काशीराज दाहाल नेतृत्वको उच्चस्तरीय मिडिया आयोगको प्रतिवेदन, २०७३ को सुझावसमेतका आधारमा ल्याइएको सो विधेयकले विद्यमान प्रेस काउन्सिल नेपालको नाम परिवर्तन गरी थप अधिकारसम्पन्न र स्वायत्त बनाउनेलगायत विषय छन् । संसद्मा विज्ञापन र सूचना प्रविधिसम्बन्धी दुई विधेयक विचाराधीन छ भने आमसञ्चारसम्बन्धी मूल कानून दर्ता हुने प्रक्रियामा छ ।

विधेयकको दफा १८ मा रहेको जरिवानाको व्यवस्था र काउन्सिलका पदाधिकारीको नियुक्ति प्रक्रिया र तिनको योग्यताबारे बढी विवाद देखिएको छ । दफा १८ मा आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन र प्रसारण गरेका कारणबाट मर्यादामा आँच पुगेको भनी सम्बन्धित व्यक्तिले उजुरी दिएमा सम्पादक वा समाचारदातालाई रु १० हजारदेखि रु २५ हजारसम्म क्षतिपूर्ति भराइदिन सक्ने प्रस्ताव छ ।

रेडियोकर्मी रघु मैनालीले नयाँ संविधानले पुराना कानून नचिन्ने भएकाले नयाँ विधेयक आउनु आवश्यक छ भन्दै बहस र छलफलबाट प्रक्रियागतरुपमा संशोधन गराउनाको साटो फिर्ताको माग गरिनु पेशागत माग नभएको बताए । रासससँग कुरा गर्दै उनले भने, “सञ्चारमन्त्री र सत्तारुढ दलका उपनेताले संशोधन गर्छु भनिसकेको र संसद्मा छलफलमा हुन बाँकी रहेको अवस्थामा फिर्ताको माग उठाउनु विधेयकलाई पर धकेलेर यस क्षेत्रमा अस्थिरता कायम राखी स्वार्थ्सिद्ध गर्ने पक्ष हावी भएको देखिन्छ ।” उनले काउन्सिलको पदाधिकारी भइसकेपछि आफ्नो सञ्चारमाध्यमको सम्पादक वा जिम्मेवारीबाट हट्नुपर्ने जस्ता व्यवस्था राखेर विधेयक चाँडो पारित गराउनुपर्नेमा जोड दिए ।

‘परिसंवाद डटकम’का प्रधानसम्पादक मैनालीले पत्रकार आचारसंहिताले आदर्शतम व्यवहारको माग गर्ने भएकाले आदर्शवान् नभएका अवस्थामा कारवाहीभन्दा सकारात्मक नियन्त्रणको नीति आवश्यक रहेको बताउँदै पटक पटक आचारसंहिता उलङ्घन गर्ने संस्थालाई विज्ञापन वा अन्य सुविधाबाट वञ्चित गर्ने खालका सजाय दिन सकिने जनाए ।

रेडियोकर्मीले अलग्गै प्रसारण प्राधिकरण माग उठाए पनि काउन्सिल विधेयकले केही मुद्दा सम्बोधन गर्ने विचार राख्दै उनले महासङ्घले राजनीतिक अडान नराखी पेशागत अडानका आधारमा सम्बन्धित मन्त्रीसँग छलफल गरेर परिमार्जन गराउन भूमिका खेल्नुपर्ने सुझाव दिए ।

पत्रकार डा राजेश अहिराजले विधेयक फिर्ताको माग प्रेस काउन्सिल मिडिया काउन्सिलमा रुपान्तरण भएपछि आफ्नो पद च्युत हुनेको चिन्ता भएको जिकिर गर्दै देश, जनता र पत्रकारिता पेशाप्रति इमानदार भई काम गर्ने पत्रकारको हकमा विधेयकले कुनै नकारात्मक असर नगर्ने धारणा राखे । उनले भने, “पत्रकारिताका नाममा जनताको हुर्मत लिने, यसको आडमा जनधन, धर्म, समाजिक सद्भाव खल्बल्याउने पात्र दण्डित हुनुपर्छ । पत्रकार आत्तिनु पर्दैन । अन्य पेशाका साथ पत्रकारिता गर्ने मान्छेलाई भने सकस हुन सक्छ ।”

अपराध नगर्नेलाई कारवाही होला भनेर चिन्ता गरिरहनु नपर्ने जनाउँदै उनले काउन्सिललाई विवादित मुद्दामा निर्णय वा फैसला गर्ने अधिकार दिइएमा त्यसमा चित्त नबुझे उच्च अदालत र सर्वाेच्च अदालत जाने बाटो कायम रहने तर सीधै अदालत जानुपर्ने अवस्था आएमा काउन्सिलले मध्यस्थता गर्ने बाटो बन्द हुने तर्क राखे ।

“काउन्सिलले न्याय गर्न योग्य मान्छे हुनुपर्छ । त्यो पदमा अयोग्य मान्छे पनि जाने ठाउँ दिनु हुँदैन । न्याय दिने र नदिने विषयमा विश्व परिवेश बुझेको हुनुपर्छ । अध्ययनशील हुनुपर्छ । सजायको मात्र संसद्को विषय हो । सडक सङ्घर्ष गर्नु संसदीय सर्वाेच्चता र लोकतन्त्रलाई स्वीकार नमान्नु हो । महासङ्घले सुझाव दिने हो । यो फिर्ता वा लागू गर भन्ने काम होइन । थाहा पाएको हकमा बौद्धिक तरिकाबाट राज्यलाई सुझाव दिने हो ।”, उनले भने ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भने आफूहरु पदको लोभमा भन्दा पनि सञ्चार क्षेत्रको चिन्ताका आधारमा बोलिरहेको जवाफ दिए । श्रेष्ठले भने, “परिमार्जनका लागि सत्तारुढ दल र मन्त्रीको वचन सकारात्मक हो । यसबाट हामी आशा गर्छांैँ तर भर परिहाल्ने अवस्था छैन । हामी अगुल्टोले हानेको मृग भइसकेका छौँ ।”

उनले आफूहरुले दिएको काउन्सिलको मस्यौदाका आधारमा विधेयक ल्याइए तत्काल राजीनामा दिने भनी सञ्चारमन्त्रीलाई अवगत गराइसकेको जनाए । डा अहिराजले काउन्सिलका पदाधिकारी सरकारी नियुक्ति भएकाले पदमा रहेर विधेयकको विरोधमा सडक आन्दोलनमा उत्रनु अनैतिकता भएको तर्क गर्दै विरोध गर्नुपरेमा राजीनामा दिएर सडकमा आउन सुझाव दिए । रासस

Senior leaders of ruling party stand against proposed Media Council Bill

Amid journalists’ protest against the Media Council Bill, presented by the government in Parliament, some senior leaders of the ruling Nepal Communist Party too have stood against it.

Journalists’ umbrella group, the Federation of Nepali Journalists, and rights activists say some provisions of the bill have been designed in such a way that they curtail press freedom, which will be against the preamble of the constitution that guarantees full press freedom.

Speaking at a press conference organised by the party’s journalists’ wing, Press Sangathan Nepal, in Nepalgunj, he called for revisions in the bill so as to make it widely acceptable. “Since the bill has landed in controversy, it must be moved forward only after making it acceptable to all,” Nepal said.

Another senior leader of the party, Jhalanath Khanal, also has criticised the bill.

“I had organised a press meet in Jhapa recently and expressed my concern over the bills that contravene the constitution,” Khanal told the Post.

At a press meet organised by the district chapter of Press Sangathan Nepal in Jhapa on May 20, Khanal had said that the government should not bring any law contradicting the constitution.

“I have taken the struggle of the Federation of Nepali Journalists positively,” he had said at the press meet.

Leaders of the ruling party, it seems, have found some room to express their views due to the Media Council Bill. Party leaders in recent months have largely maintained silence on several moves made by the government, largely due to fear and coercion imposed by the leadership.

The Media Council Bill is one of the several steps the KP Sharma Oli government has taken in recent months which, journalists and rights defenders say, trample on civil liberties and freedom of expression.

Party Spokesperson Narayan Kaji Shrestha on Friday said that the Media Council Bill won’t be endorsed in its present form as it would curtail press freedom.

“A bill that allows entry of government appointees in majority and empowers them to work as a judge must be changed,” said Shrestha at a function organised by the National Human Rights Academy. Earlier on May 19, senior party leaders and journalists close to the party had criticised Minister for Communication, Information and Technology Gokul Baskota for bringing such a controversial bill, saying that it had tarnished the image of the party.

During the meeting, deputy leader of the Parliamentary Party Subash Chandra Nembang had said he would not support the bill in good conscience, as he has been fighting on the side of press freedom since the Panchayat days.

Standing committee members Yogesh Bhattarai and Pampha Bhusal had also urged Baskota to reconsider the bill.

को हुन् पत्रकारका शत्रु ? कसले गर्दैछ विरोध ?

एकजना सरकारी कर्मचारी सेतो नम्बर प्लेटको गाडीमा चढेर वनभोज वा बिहेभोजमा गए भने उनी कोसँग सबैभन्दा बढी डराउँछन् ? ताप्लेजुङका मेयरले सरकारी गाडी दुरुपयोग गर्दा कसले खबरदारी गर्‍यो ? कर्मचारी/नेताले भ्रष्टाचार गर्दा कसले औंलो ठड्याइरहेको हुन्छ ? जवाफ प्रष्ट छ– पत्रकार ।

खुलामञ्चमै सटर हालेर सार्वजनिक स्थल बेचिँदा यो दृश्य दुईतिहाईको सरकारले देखेकै थिएन । कसले खुलामञ्चको बिक्री प्रकरण बाहिर ल्यायो, जसले गर्दा डोजर चलाउन महामनरपालिका बाध्य भयो ? स्पष्ट छ– पत्रकारले ।

जब पत्रकारकै कारण सरकारी मान्छेहरुले मनमौजी गर्न पाउँदैनन्, जब पत्रकारकै कारण दलालहरुले सार्वजनिक जग्गा मिच्न र खुलामञ्च बेचेर खान पाउँदैनन्, तब उनीहरुले पत्रकारमाथि कस्तो व्यवहार गर्लान् ? तिनले प्रेस स्वतन्त्रताबारे कस्तो धारणा बनाउलान् ? तिनीहरुले पत्रकारलाई गाली गर्नु अनौठो होइन ।

स्वाभाविकै हो, त्यस्ता भ्रष्टाचारी र देश लुट्नेहरुले पत्रकारको विरोध गर्छन् । भेटे भने पत्रकारलाई आफ्नै कार्यकक्षमा भर्कुछन्, लोपार्छन् । धम्की दिन्छन् । किन्न र प्रभावमा पार्न खोज्छन् । जाँड खुवाएर आफ्नो बनाउन खोज्छन् ।

अहिले तिनै भ्रष्टहरुले प्रेस स्वतन्त्रताको विरोध गरिरहेका छन् । अझ अगाडि बढेर उनीहरुले पत्रपत्रिका मात्रै होइन, आम नागरिकले चलाउने फेसबुक र ट्विटरसमेत बन्द गराइदिनुपर्ने माग गर्दैछन् । देश लुट्ने लुटेरा र भ्रष्टाचारीहरु आफ्नो विरोधमा कसैले पनि लेख्न/बोल्न नपाओस् भन्ने चाहन्छन् ।

हामी एकपटक सोचौं त– पत्रकारले राज्यका विकृतिहरु औंल्याउन पाएनन् र भ्रष्टाचारीलाई नांगेझार बनाउन पाएनन् भने यसबाट कसलाई फाइदा पुग्छ ? आम जनतालाई ? वा तिनै भ्रष्टाचारी र देश लुट्नेहरुलाई ? यसको जवाफ खोज्न अतिरिक्त सामान्य ज्ञान शायदै जरुरत पर्ला ।

एकपटक गम्भीर भएर सोचौं– नेपालमा पत्रकारहरुलाई विकासविरोधीहरु, नकारात्मक भावना फैलाउनेहरु, निराशा फैलाउने तत्वहरु वा समृद्धिका बाधक इत्यादि भन्दै स्वतन्त्रतापूर्वक लेख्न/बोल्न नदिने हो भने के यो देशको विकास चाँडो हुन्छ ? गोरखापत्र र नेपाल टेलिभिजनलगायत सरकारको पक्षपोषण गर्ने सञ्चारमाध्यम मात्रै राखेर अरुलाई सेकताप गर्ने हो भने देशलाई फाइदा पुग्ला ? समृद्धि र विकासलाई फाइदा पुग्ला ?

पत्रकार बलियो नभएपछि भ्रष्टाचारीहरुमा कुनै डर वा लोकलाज बाँकी रहने छैन । शासकहरुमा डर नभएपछि देशमा द्रुत विकास हुनुको साटो भ्रष्टाचारको जगजगी सुरु हुनेछ । भ्रष्टाचारीहरुको स्वर्ण युग सुरु हुनेछ । त्यो स्थितिमा भित्रैभित्रै लुटको स्वर्ग मच्चाउनेहरुले निर्वाधरुपमा ठुल्ठुला भ्रष्टाचार गर्न थाल्नेछन् ।

अहिले जो–जोबाट जसरी प्रेस र अभिव्यक्ति स्वतन्त्रताको विरोध गरिँदैछ, त्यसका पछाडि भ्रष्टाचारीहरुको ठूलो जमात छ । प्रेस स्वतन्त्रताको विरोध गर्नेहरुमा अधिकांश कर्मचारी र विचौलियाहरु समेत रहेको फेसबुक र ट्विटरमा उनीहरुको प्रोफाइल हेर्दा छर्लङ्ग हुन्छ ।

पत्रकारले स्वतन्त्रतापूर्वक लेख्न नपाउने हो भने सरकारी गाडी चढेर जन्ती जानेहरु ढुक्क हुनेछन् । ठेक्का लिएर बाटो, पुल नबनाउने पप्पुहरु ढुक्क हुनेछन् । ठेकदारसँग मिलेर घुस खाने कर्मचारीलाई हाइसञ्चो हुनेछ । त्योबेला सरकारी मिडियामा प्रधानमन्त्रीले गोबरग्यास उदघाटन गरेको समाचार त छापिएला । तर, प्रधानमन्त्रीले उदघाटन गरेको गोबरग्यास प्लान्ट चलेन भन्ने समाचार छापिने छैन ।

सामाजिक सञ्जालको सकारात्मक योगदान

अहिले औपचारिक सञ्चार माध्यमले मात्रै होइन, फेसबुक, ट्विटरजस्ता अनौपचारिक सोसियल मिडियाले पनि सरकारलाई चेक एण्ड ब्यालेन्समा राखेका छन् । सहयोग पुर्‍याउने गरेका छन् । जनताले पाइरहेको यस्तो अभिव्यक्ति स्वतन्त्रताले भ्रष्टाचार रोक्न सरकारलाई मद्दत नै पुर्‍याइरहेको छ ।

कर्मचारी वा मन्त्रीले सरकारी सम्पत्ति दुरुपयोग गरेको सूचना/तस्वीर सामाजिक सञ्जालमा आउँदा यसले विकृति फैलाएको नभई राज्यमा बढेको विकृतिलाई रोक्न मद्दत पुर्‍याइरहेको हुन्छ । त्यसैले प्रेसले जस्तै सामाजिक सञ्जालजस्तो अनौपचारिक सञ्चार जगतले पनि सरकारलाई सुशासन र विकासमा योगदान नै पुर्‍याइरहेको स्पष्ट छ ।

जोरपाटीको सडकमा खाल्डो पर्‍यो, ठेकेदार र सरकार कहाँ हराए भनेर कसैले फेसबुकमा हालिँदिँदा सरकारको समृद्धि अभियानलाई घाटा पुग्दैन, फाइदा नै पुगिरहेको हुन्छ । जनताले दिने यस्ता अभिव्यक्ति सरकारले आत्तिने होइन, खुशी हुनुपर्ने हो । राष्ट्रपतिको सवारीमा जाम भयो भनेर जनताले फेसबुकमा लेख्नु राष्ट्राध्यक्षको अपमान हैन, नागरिकको बोल्ने स्वतन्त्रता र सरकारको सच्चिने अवसर हो त्यो ।

लुटको स्वर्गमा अवरोध

अहिले जो–जोबाट जसरी प्रेस र अभिव्यक्ति स्वतन्त्रताको विरोध गरिँदैछ, त्यसका पछाडि भ्रष्टाचारीहरुको ठूलो जमात छ । प्रेस स्वतन्त्रताको विरोध गर्नेहरुमा अधिकांश कर्मचारी र विचौलियाहरु समेत रहेको फेसबुक र ट्विटरमा उनीहरुको प्रोफाइल हेर्दा छर्लङ्ग हुन्छ ।

यतिबेला प्रधानमन्त्री र मन्त्रीहरुले नै आफ्ना हरेक भाषणमा प्रेस र सामाजिक सञ्जालको विरुद्धमा नकारात्मक जनमत बनाइरहेका छन् । त्यसैलाई आधार बनाएर सत्तापक्षका कार्यकर्ताहरु सिंगो पत्रकार र नागरिक समुदायलाई विकासविरोधीको बिल्ला भिराउँदैछन् । उनीहरुको यो हर्कत भ्रष्टाचारीहरुको पक्षमा छ ।

आखिर सरकारी कर्मचारी र दलका नेता कार्यकर्ताहरु किन प्रेसको विरोध गर्छन् ? किनभने प्रेस र सोसियल मिडियाकै कारण उनीहरुले निर्वाधरुपमा भ्रष्टाचार गर्न पाइरहेका छैनन् । लुटको स्वर्गमा परिक्रमा गर्न बाधा परिरहेको छ । प्रेस, सामाजिक सञ्जाल र खुलापनकै कारण निर्वाध रुपमा भ्रष्टाचारीहरुले भ्रष्टाचार गर्न पाइरहेका छैनन् । त्यसैले उनीहरु पत्रकारमाथि कडा सजायँ हुनेखालको कानून चाहिन्छ भनेर लविङ गरिरहेका छन् ।

मिडिया काउन्सिल विधेयक पनि तिनै भ्रष्टाचारीलाई जोगाउन र संरक्षण गर्न ल्याइएको हो ।

हाम्रोजस्तो देशमा प्रेस स्वतन्त्रता भनेको पत्रकारका लागि मात्रै चाहिने अधिकार होइन । तर, प्रेस स्वतन्त्रता पत्रकारका लागि मात्रै हो भन्ने प्रधानमन्त्री र मन्त्रीहरुबाटै भ्रम पार्न खोजिँदैछ ।

देशको सुशासन र विकासका लागिसमेत प्रेस स्वतन्त्रता अपरिहार्य छ । घुस खाने कर्मचारी र अपराध कर्ममा लाग्नेहरुलाई नियन्त्रण गर्नका लागि प्रेस स्वतन्त्रता अति आवश्यक छ । सरकारले देशमा सुशासन कायम गर्ने हो भने प्रेसको सहायता र स्वतन्त्रता विना सम्भव छैन ।

भ्रष्टाचारीलाई अख्तियारले सुटुक्क पक्रेर मात्र पुग्दैन, उसको फोटो छापेर समाजमा नङ्याउन जरुरी छ । त्यसरी भ्रष्टलाई नांगेझार पार्न प्रेस र सामाजिक सञ्जाल नै चाहिन्छ । तर, यो कुरा निश्चित छ कि भ्रष्टाचारीले कहिल्यै पनि प्रेस स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रताको पक्ष लिँदैनन् ।

अहिले ज–जसले प्रेस स्वतन्त्रता र पत्रकारहरुको निन्दा गरिरहेका छन्, तिनीहरु या त आफैं भ्रष्टाचारी हुन्, या नजानेर÷नबुझेर भ्रष्टाचारीको पक्षमा बोलिरहेका छन् ।

पत्रकार भनेका विकास र समृद्धिका मित्र हुन् । भ्रष्टाचारीका स्थायी शत्रु हुन् । प्रेससँग सहकार्य नगरी दुईतिहाईको सरकारबाट समेत भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न सम्भव नै छैन । त्यसैले विकास र सुशासनका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक छ ।

प्रेस स्वतन्त्रता समाजमा जनचेतना जगाउन, र समाजलाई सभ्य बनाउनका लागिसमेत प्रेस स्वतन्त्रता अपरिहार्य छ । मिडियाको खुलापनबाट धेरै कुराहरु सिक्न सकिन्छ । यसका अतिरिक्त प्रेस जगतले समाजमा मनोरञ्जन पनि प्रदान गरिरहेको हुन्छ । सामाजिक सञ्जालले र प्रेसले समाजलाई रसिलो, भरिलो बनाइदिएको छ ।

मिडिया जगत भनेको समाजको प्राण हो । जीवनशैली हो । ऐना हो । प्रेस र अभिव्यक्ति स्वतन्ताको विरोध गर्नु भनेको ऐना अगाडि उभिएर आफैंलाई गाली गरेजस्तै हो ।

यिनै कारणहरुले गर्दा प्रेस जगतलाई राज्यको चौथो अंग भनिएको हो । राज्यको चौथो अंगलाई निन्दा, अपमान वा संकुचन गरेर देश अगाडि बढ्न सक्दैन । चौथो अंग कमजोर भयो भने राज्यका अरु तीनवटा अंगहरुले पनि काम गर्न सक्दैनन् ।

सञ्चार सिद्धान्त र आगत–निर्गत

राजनीतिशास्त्रमा प्रणाली सिद्धान्त अन्तरगत सञ्चार सिद्धान्त र आगत– निर्गत प्रणाली नाममा दुईवटा थ्यौरीहरु छन् । यी सबै सिद्धान्तले राज्यमा सञ्चारको महत्व के छ भन्ने स्पष्ट पार्दछन् । यी दुबैलाई समग्रगतामा बुझ्ने हो भने प्रेस जगतको राजनीतिशास्त्रीय भूमिका स्पष्ट हुन्छ ।

राज्यले नीतिहरु तय गर्दाखेरि सुरुमा जनताको ईच्छा, चाहना वा मागहरु के के छन् भन्ने सूचना लिन्छ । र, ती सूचनाहरु प्राप्त गरिसकेपछि त्यसलाई सम्वोधन गर्नेगरी माथिबाट निर्णयहरु गरिन्छ ।

त्यसरी तलबाट प्राप्त मागहरुलाई सम्वोधन गर्ने गरी भएका निर्णहरु फेरि तल पठाइन्छ र भनिन्छ कि हामीले तिमीहरुका लागि यस्ता यस्ता निर्णय गरेका छौं, सरकारले यो–यो काम गरेको छ ।

यसरी तलबाट सूचनाहरु आउने, तिनलाई सम्वोधन गरर्ने गरी निर्णयहरु गर्ने र ती निर्णयहरु तलसम्म सकुर्लर गर्ने क्रममा एउटा सूचना प्रणालीले सिस्टमका रुपमा काम गरिहरेको हुन्छ, जसलाई राजनीतिशास्त्रमा ‘सञ्चार सिद्धान्त’ अर्थात ‘कम्युनिकेसन थ्यौरी’ भनिन्छ । यो सिद्धान्तले के भन्छ भने सञ्चार भएन भने राज्य नै चल्दैन । ठप्पै हुन्छ ।

आगत–निर्गत अर्थात ‘इन्पुट–आउटपुट’ थ्यौरी पनि यस्तै प्रणालीमा आधारित हुन्छ । खाना खानु इन्पुट हो भने  त्यसबाट प्राप्त हुने शारीरिक उर्जा आउटपुट हो । राज्यमा पनि जनताका गुनासा र मागहरु प्राप्त गर्नु इन्पुट हो भने तिनलाई नीतिगत निर्णय मार्फत तलैसम्म सम्वोधन गर्नु आउटपुट हो । यो आगत र निर्गतका लागि प्रेसले हुलाकीको काम गरिरहेको हुन्छ । नारदको काम गरेको हुन्छ । सामाजिक सञ्जालहरु हेरेर पनि सरकारमा बसेकाहरुले केही इन्पुट प्राप्त गर्न सक्छन् । प्रेस त यसका लागि झनै प्रभावकारी संयन्त्र हो ।

त्यसैले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई केवल पत्रकारको लेख्ने स्वच्छन्दता मात्रै भनेर बुझिनुहुँदैन, यो त राजनीतिशास्त्रीय प्रणालीकै एउटा महत्वपूर्ण र अपरिहार्य अंग हो ।

जनपक्षीय राज्य सञ्चालकहरुले बेलाबखत बाहिर के हुँदैछ भनेर प्रेस जगतलाई सोध्छन् । हरेक बिहान पत्रपत्रिका पढेर वा साँझमा अनलाइन वा टेलिभिजन खोलेर सूचनाहरु लिन्छन् । विश्लेषकका लेख–रचना पढेर घटनाक्रम वा सरकारी निर्णयहरुमाथिको आम धारणा बुझ्ने प्रयास गर्छन् । उनीहरुले यसो किन गर्छन् ? किनभने, सञ्चार वा सूचनाको अभावमा सरकार एक पाइला अगाडि बढ्न सक्दैन ।

केही भ्रमहरु

अहिले प्रेसका बारेमा केही भ्रमको खेती सुरु गरिएको छ । यसलाई चिर्नुपर्ने दायित्व पनि पत्रकारकै काँधमा छ । जस्तो कि ‘पत्रकारले कानून मानिँदैन भने’ भन्नेखालको प्रचार सत्तापक्षबाट गरिएको छ । तर, पत्रकारले त्यसो भनेका छैनन् र भन्न मिल्दैन । यसबारेमा माथि नै चर्चा गरिसकियो ।

संसदमा गएको कानूनलाई फिर्ता लेऊ भनेर संसदको सर्वोच्चतामाथि प्रहार गर्न खोजियो भन्ने अर्को भ्रम फैलाइएको छ । प्रथमतः नेपाल पत्रकार महासंघले सञ्चारमन्त्री गोकुल बास्कोटालाई यो विधेयक संसदमा जानुपूर्व नै लिखित ज्ञापनपत्र दिएर आफ्ना कुराहरु राखिसकेको थियो । संसदमा गएपछि मात्रै पत्रकारले यसको विरोध गरेका होइनन् ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले नै विधेयक संशोधन हुन सक्ने बताइसकेका छन् । सरकार आफैंले संशोधन हाल्ने बताइसकेपछि यो विधेयक त्रुटीपूर्ण छ भन्ने स्वतः पुष्टि भइसकेको छ । तर, अचम्म के छ भने यही त्रुटीपूर्ण विधेयककै समर्थनमा वकालत गर्न कतिपय नेकपा समर्थकहरुले अझै छाडेका छैनन् ।

दोस्रो– संसदले कानून बनाउँदाखेरि बहुमत पाइएकै छ भनेर आँखा चिम्लेर बनाउने कि सरोकारवालहरुको आवाजलाई पनि सम्वोधन गर्ने विधि अवलम्बवन गर्ने ? कानून बनाउने बेलामा सांसदहरुले पत्रकारका चासोलाई सम्वोधन गर्दा संसदको सर्वोच्चता र सर्वस्वीकार्यता चुलिन्छ या घट्छ ?

संसदले इनपुट थ्यौरी अनुसार तलका आवाजहरु सुन्नैपर्छ । त्यसो गर्दा संसदको गरिमा घट्दैन बरु बढ्छ । संसदमा छलफल भइरहेका विधेयकहरुमाथि यसो गरियोस् भनेर संसद बाहिरबाट सुझावहरु दिनु कुनै पनि नागरिकको अपराध होइन, नैसर्गिक अधिकार हो । यसले त संसदलाई नै सहयोग गरिरहेको हुन्छ र गरिमायम बनाइरहेको हुन्छ । संसदमा रहेको विधेयकबारे वा राष्ट्रपतिबारे बोल्नै हुँदैन भन्नु निरंकुशताको पहिचान हो ।

तेस्रो– मिडिया मालिकहरुले पत्रकारलाई न्युनतम पारिश्रमिक नदिएको भन्दै सत्तापक्षका मानिसले ठीक यहीबेला आवाज उठाइरहेका छन् । र, यस्तो विचारलाई सञ्चारमन्त्रीले पनि पूठ दिइरहेको देखिन्छ । योचाहिँ प्रेस स्वतन्त्रताको पक्षमा उठेको आवाजलाई विषयान्तर गर्ने प्रयास हो ।

मन्त्री बास्कोटा र सत्तारुढ दलको भातृ संगठन नेपाल प्रेस संगठनका नेताहरु नै आफूनिकटका मिडियामा न्यूनतम पारिश्रमिक ऐन लागू नगर्ने चलखेलमा लागिसकेको अवस्था छ । त्यसैले यहाँ यहाँ अर्को पनि प्रश्न उठ्छ– पत्रकारको न्युनतम पारिश्रमिकमा साह्रै नै चासो राखिरहेका सरकार सञ्चालकहरुले नेपाली मजदुरहरुको मासिक तलव चाहिँ किन १३ हजार ४ सय मात्रै तोकेको ?मालिकसँगको मिलेमतोमा मजदुरको तलब १३ हजार तोक्ने कार्यमा जिफन्टका नेताहरु समेतको भूमिका छ । यसरी मालिकसँग मिलेर मजदुरलाई १३ हजार ४ सय तलबमा खुम्च्याउनेहरुले अहिले पत्रकारले न्युनतम पारिश्रमिक २५ हजार पाएनन् भन्नु नैतिकरुपमा सुहाउने विषय होइन ।

राम्रोसँग काम गर्न सक्ने पत्रकारहरुले अहिले सरकारले तोकेको भन्दा बढी नै तलब पाइरहेका छन् । मिडिया हाउसहरुमा पत्रकारको अभाव छ । तर, नेकपा लगायतका पार्टीका कार्यकर्ताले चलाएका मिडियाहरुमा चाहिँ न्युनतम पारिश्रमिकको समस्या बढी देखिएको छ ।

त्यसैले यहाँ फेरि पनि स्पष्ट पारौं– प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा उठेको आवाजलाई विषायन्तर गर्नकै लागि न्युनतम पारिश्रमिकको कुरा उठेको हो ।

पत्रकारले न्युनतम पारिश्रमिक वा त्यो भन्दा राम्रो पारिश्रमिक पाउनैपर्छ । हामीले त्यसका लागि आवाज उठाउनैपर्छ । तर, हामीले प्रेस स्वतन्त्रताविरोधी सरकारी हरकतको विरोध पनि गर्नैपर्छ ।

सत्तापक्षले पत्रकारहरुकोे आवाजलाई विपक्षी नेपाली कांग्रेसको राजनीतिसँग पनि जोडेर प्रचार गर्न खोजिरहेको छ । तर, यो गलत बुझाइ हो । नेकपाकै समर्थक पत्रकार पनि सरकारी विधेयकको विरोधमा उत्रिएका छन् । त्यतिमात्र होइन, सत्तापक्षकै नेताहरु सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ लगायतले यो विधेयक परिमार्जन हुने बताइसकेका छन् । नेकपाभित्रको ठूलो जनमत यो विधेयकको विपक्षमा छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले नै विधेयक संशोधन हुन सक्ने बताइसकेका छन् । सरकार आफैंले संशोधन हाल्ने बताइसकेपछि यो विधेयक त्रुटीपूर्ण छ भन्ने स्वतः पुष्टि भइसकेको छ । तर, अचम्म के छ भने यही त्रुटीपूर्ण विधेयककै समर्थनमा वकालत गर्न कतिपय नेकपा समर्थकहरुले अझै छाडेका छैनन् ।

बुझ्न नसकिएको कुरा के छ भने नेकपाकै कतिपय कार्यकर्ताहरु पनि प्रेस स्वतन्त्रताको विपक्षमा देखिँदैछन् । सरकार र आफ्ना नेताहरुको आलोचना भएको सुनेर उनीहरु प्रेस स्वतन्त्रताकै विरुद्धमा उभिए पनि भविश्यमा नेकपा बाहेक अरुको सरकार आयो भने अहिले सत्तापक्षको वकालत गर्नेहरुलाई त्यसबेला सबैभन्दा बढी अभिव्यक्ति स्वतन्त्रता चाहिनेछ ।

विकृति पनि छन्, तर….

प्रेस जगतमा सुधार्नुपर्ने विषय नै नभएका चाहिँ होइनन् । विकृति हरेक ठाउँमा छन् । सरकार, कर्मचारीतन्त्र अदालत, पार्टी लगायत जहाँसुकै शुद्धीकरण गर्नुपर्ने समस्या थाती छन् । प्रेसमा पनि यही कुरा सत्य हो ।

यसै साता २१ सम्पादकहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा पनि स्पष्टसँग भनिएको छ– पत्रकारिता क्षेत्रका कतिपय असंयमित र असंगत अभ्यासप्रति हामी सचेत छौं । त्यस्ता समस्या सम्वोधन गर्ने विधि विकासको आवश्यकताबारे हामी उत्तिकै प्रष्ट छौं ।’

पत्रकारिता क्षेत्रका समस्याको कुरा गर्दा मिडियाका नाममा कसैलाई धम्क्याउने, विज्ञापनका नाममा जबरजस्ती थर्काउने र नपाएमा ब्ल्याकमेलिङ गर्ने जस्ता घटनाहरु यदाकदा पत्रकारिताका नाममा भएका हुन सक्छन् । र, यसको मारमा परेका मानिसहरुलाई पत्रकारिताप्रति नै वितृष्णा र आक्रोश पैदा भएको हुन सक्छ ।

तर, हामीले के बुझ्न जरुरी छ भने ती घटनाहरु पत्रकारिता हैनन्, फौजदारी अपराध हुन् । कुनै पनि पत्रकारले फौजदारी अपराध गर्छ भने ऊ सजायँको भागिदार हुनैपर्छ । पत्रकार हुँ भन्दैमा कानुनभन्दा माथि हुनुहुँदैन । पत्रकार हुँ भन्दैमा कानुन मिच्ने छुट कसैलाई छैन र र हुनु पनि हुँदैन ।

पत्रकारले गैरकानूनी काम गरेको अवस्थामा उसलाई कारवाही गर्न विद्यमान कानुनले छेक्दैन । पत्रकारलाई कारवाही गर्ने कानूनको कुनै अभाव छैन । गाली बेइज्यती कानून पनि छ । आचार संहिता पनि अब बल्ल बनाउन लागिएको होइन, पहिलेदेखि नै छँदैछ । देशमा अहिले पनि प्रेस काउन्सिल ऐन छँदैछ । संरचना पनि छ ।

तर, अहिले ल्याउन लागिएको मिडिया काउन्सिल विधेयक पत्रकारितालाई व्यवस्थित गर्नका लागि नभएर भ्रष्टाचारीहरुलाई जोगाउने उद्देश्यले ल्याउन लागिएको हो । यही कारण अहिले भ्रष्टाचारीहरु जोडतोडका साथ प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोधमा उत्रिन थालेका छन् ।

प्रेस जगतका कमी कमजोरी सुधार्ने जिम्मा नेपाली प्रेस जगतलाई नै दिऔं । प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानून नबनाऔं । नेपाली प्रेसको व्यवसायीकरण ओली सरकारले गर्ने होइन, प्रेसले आफैं स्वनियमनका आधारमा गर्ने हो । यही उद्देश्यका साथ संविधानले ‘पूर्ण प्रेस स्वतन्त्रता’ प्रत्याभूत गरेको हो ।

अहिले ओली सरकारले विपक्षीलाई भीरमा गुल्ट्याउन बुनेको ‘डोको’ भविश्यमा अर्को पार्टीको सरकारले प्रयोग गर्ने वातावरण नबनाइयोस् !

प्रेस स्वतन्त्रता विरोधीलाई पत्रकार महासंघको नेतृत्वमा ल्याउनुहुँदैनः गोविन्द आचार्य

११ जेठ, काठमाडौं । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।

प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरु महासंघको नेतृत्वमा पुगे भने प्रेस र अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्ने भएकाले त्यस्ता व्यक्तिहरुलाई महासंघको नेतृत्वमा ल्याउन नहुने आचार्यको भनाइ छ ।

शनिबार नयाँ बानेश्वरमा सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष आचार्यले भने, ‘अहिले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा जो–जो लाग्दैनन् र विरोध गर्छन्, तिनलाई पत्रकार महासंघमा आगामी दिनमा कुनै पनि नेतृत्वमा ल्याउनुहुँदैन ।’

आचार्यले प्रतिप्रश्न गर्दै भने, ‘त्यस्ता पात्रहरु, अभिव्यक्ति स्वतन्त्रताका विरोधीहरु पत्रकार महासंघको नेतृत्वमा आए भने पत्रकार महासंघ कस्तो होला ?’

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने आचार्यले दाबी गरे ।
कार्यक्रममा बोल्दै आचार्यले भने, ‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन हार्ने आन्दोलन होइन । केही समय बाधा व्यवधानहरु आउलान्, तर, हार्ने आन्दोलन, हार्ने इस्यु हामीले उठाएकै छैन । हामी जित्छौं । जसले यस्ताखालका कानूनहरु ल्याउँछन्, तिनीहरुचाहिँ हार्छन् । इतिहासले यही भन्छ ।’

पत्रकार महासंघले अहिले थालेको आन्दोलन सर्वसम्मत रुपमा अगाडि बढेको र यसमा महासंघ एक ढिक्का रहेको आचार्यले बताए । महासंघका कुनै पनि जिल्ला समितिहरुले आन्दोलनमा जानु हुँदैन नभनेको बताउँदै आचार्यले काठमाडौंमा भन्दा बाहिरी जिल्लाहरुमा बढी पत्रकारको सहभागितामा आन्दोलन भइरहेको जानकारी दिए ।

सरकारले संसदमा विधेयक दर्दा गर्नु अगाडि नै आफूहरुले लिखित रुपमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको आचार्यले जानकारी दिए । उनले भने, ‘संसदमा विधेयक लैजानुभन्दा पहिले नै लिखित रुपमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र दिएर सरोकारवालासँग छलफल गर्न माग गरेका थियौं । तर, छलफल नगरी २६ गते संसदमा लगियो ।’

नेपाल पत्रकार महासंघले नागरिक अगुवा एवं मानवअधिकारकर्मीहरुसँग पनि छलफल गरेको आचार्यले बताए । विभिन्न पेशागत संगठनले पत्रकारको आन्दोलनमा ऐक्यवद्धता जनाएको बताउँदै आचार्यले भने, ‘०६२÷०६३ को जनआन्दोलनमा भूमिका खेलेका नागरिक समाजका अगुवा र मानवअधिकारर्मीको पनि हामीलाई समर्थन छ । सडकमै जानुपर्यो भने पनि अब हामी एक्लै हुँदैनौं ।

मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा यतिबेला नेपाल पत्रकार महासंघ दोस्रो चरणको आन्दोलनमा छ । महासंघको आन्दोलनमा सम्पादक समूहले पनि संयुक्त वक्तव्य जारी गर्दै ऐक्यवद्धता जनाएको छ ।’

मिडिया सम्बन्धी विधेयक संशोधन गर्न सरकारलाई सीपीजेको आग्रह

काठमाडौं । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको प्रेस स्वतन्त्रतालाई चुनौती दिने विधेयकप्रति आफ्नो गम्भीर चासो भएको जनाउँदै नेपालका विधायक र सरकारलाई नागरिक समाजको भनाइ र मिडियाको सिफारिस अनुरुप संशोधन गर्न आग्रह गरेको छ ।

सीपीजेका एशिया कार्यक्रम संयोजक स्टेभेन बटलरले प्रेस सम्बन्धी अहिलेको सरकारले ल्याएको नीतिले नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित पार्ने जनाइएको छ । उनले सरकारलाई मिडिया र अन्य साझेदारसँग सम्वादमा सामेल हुन आग्रह गर्दै त्यसपछि विधेयक संशोधन गर्न आग्रह गरिएको छ ।

यसो गरिएमा नै नेपालमा पत्रकारले डरबिना र सुरक्षित ढंगले पत्रकारिता गर्न सक्ने जनाइएको छ । सीपीजेले सामाजिक सञ्जाल सम्बन्धी सरकारले संसदमा दर्ता गरेको विधेयकका बारेमा पनि चासो राखेको छ । सो संगठनले सो विषयमा नेपालका प्रधानमन्त्रीको कार्यालयलाई इमेल पठाएको भएपनि त्यसो जवाफ नदिइएको जनाएको छ ।

दन्तबझान पत्रकारिता

एउटै कुरालाई प्रस्तुतिको माध्यमले कतिसम्म फरक पार्ने रहेछ भन्ने राम्रो उदाहरण हो, अन्तर्वार्ता । छापासँग गरिने कुराकानी वा अन्तर्वार्ता रेडियो (श्रव्य) र टेलिभिजन अनि यूट्यूब (श्रव्य–दृश्य) सँग गरिंदाको प्रस्तुति र हाउभाउ बिल्कुलै भिन्न हुन्छ ।

अन्तर्वार्तादाता जुन सहजताका साथ छापासँग कुरा गरिरहेको हुन्छ, त्यसभन्दा अलि असहज रेडियो र त्योभन्दा पनि धेरै असहज टेलिभिजनमा गर्न पुग्दछ, यदि अन्तर्वार्ताकार ऊसँग शिष्टतापूर्वक पेश नभए । श्रव्य–दृश्य माध्यममा हुने असहजताकै कारण शायद अन्तर्वार्तादाता बस्ने कुर्सीलाई ‘हटसिट’ भनिएको हुनुपर्छ ।

अन्तर्वार्ताका दौरान सोधिने खरा र गुह्य प्रश्नकै कारण अन्तर्वार्ताका धेरै कार्यक्रमका नामको अगाडि ‘हट’, ‘हार्ड’, ‘टफ’, ‘सीधा’, ‘यक्ष’ आदि जस्ता विशेषण झुण्ड्याइएका हुन् ।

टेलिभिजनको पर्दामा राजनीतिकर्मी र सेलिब्रिटीसँगका अन्तर्वार्ता समाजसेवी वा सामाजिक अभियन्तासँगका भन्दा विल्कुलै फरक अन्दाजमा गरिन्छ । किनकि, राजनीतिकर्मी र सेलिब्रिटी बहकिंदा, आवेशमा आउँदा वा चिप्लिंदा टेलिभिजन र यूट्यूब च्यानलको ‘टीआरपी’ र ‘हिट’ बढ्छ । अन्तर्वार्ताको माहोल तात्तिंदै गएको कतिपय अवस्थामा त्यो कुराकानी कम, दन्तबझान ज्यादा प्रतीत हुन्छ ।

‘हटसिट’ मा बस्नेहरू पनि कहिलेकाहीं घोचपेच र भनाभनको सीमा नाघ्दै गालीगलौज र अश्लील संकेतको अवस्थामा नपुग्ने होइनन् । तर, यस्तो परिस्थिति निम्त्याउनमा अन्तर्वार्ता दिने भन्दा पनि लिने व्यक्ति बढी जिम्मेवार हुन्छन् ।

बीबीसी, सीएनएन, अलजजिरा जस्ता ख्यातिप्राप्त टेलिभिजन च्यानलमा हामी शिष्टतापूर्वक नै अन्तर्वार्ता लिइएको देख्छौं । पाहुनालाई उत्तेजित बनाउने र मानमर्दन गर्ने भन्दा पनि ती व्यक्तिबारे यथेष्ट अनुसन्धान गरेर शिष्टतापूर्वक कुराकानीलाई रोचक बनाउने ध्येय अन्तर्वार्ताकारमा देखिन्छ । तर, यस्तो शिष्टता अधिकांश समाचार च्यानलमा देखिंदैन ।

त्यहाँ अतिथिसँग कुरा गरिएको हो कि केरकार, खुट्याउन मुश्किल पर्छ । पाहुनाका भनाइ सुन्ने भन्दा पनि अन्तर्वार्ताकार कुनै आरोप पुष्टिको ध्येयले उनीमाथि खनिएका हुन्छन् । मानौं, त्यहाँ कुराकानी वा बहस भइरहेको छैन, जित–हारको छिनोफानो गर्ने दन्तबझान प्रतियोगिता हुँदैछ ।

‘टक शो’ भनिने यस्ता अशिष्ट अन्तर्वार्ताका लागि छिमेकी भारतका समाचार च्यानलले कुख्याती नै कमाएका छन् । सामान्यतया अतिथिमाथि हावी हुने त्यहाँका वाचाल अन्तर्वार्ताकारहरू गतिलो मानिसका फेला पर्दाचाहिं लज्जावती झार झैं खुम्चिएका पनि देखिन्छन् ।

युद्धमैदानमा विपक्षीलाई एकपछि अर्को बाण प्रहार गरे जसरी एउटा प्रश्नको उत्तर पूरा हुन नपाउँदै अर्को प्रश्नको खोइरो खन्ने चर्चित पत्रकार राजदीप सरदेसाई एक वर्षअघि आफ्नो अशिष्टताको ‘वुमरेङ्’ मा परेका थिए । अतिथिका रूपमा निम्त्याएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई एक प्रश्नको उत्तर दिइनसक्दै अशिष्टतापूर्वक बीचैमा अर्को प्रश्न सोधेका थिए ।

शान्त र गम्भीर स्वभावका मुखर्जी सरदेसाईको व्यवहारबाट बिच्किए । उनले प्रश्नकर्तालाई सचेत गराए, ‘टेलिभिजनमा देखिने मेरो कुनै लालसा होइन । तिम्रो अनुरोधमा मात्र आएको हुँ । तिमी भारतका पूर्व राष्ट्रपतिसँग कुरा गरिरहेका छौ, त्यसैले न्यूनतम शिष्टता प्रदर्शन गर ।’ मुखर्जीको खबरदारीपछि सरदेसाईले माफी माग्दै कुराकानी अघि बढाएका थिए ।

यसैगरी अर्का कुख्यात अन्तर्वार्ताकार अर्णव गोस्वामीले दुई वर्षअघिको एक ‘टक शो’ मा तृणमूल कंग्रेसकी प्रवक्ता महुवा मोइत्रालाई आफ्नो उत्तर पूरा गर्न नदिई यतिसम्म र्‍याखर्‍याख पारे, उनको अशिष्टताबाट आक्रोशित मोइत्राले माझी औंला देखाइदिएकी थिइन् ।

भारतीय टेलिभिजनमा माथि चर्चा गरिए जस्ता अन्तर्वार्ताकार मात्र देखिंदैनन् । गरम कुरालाई नरम ढंगबाट पेश गर्ने, प्रचुर हास्यचेतबाट असहज परिस्थितिलाई सम्हाल्ने, कुरोको चुरोसम्मै पुगेर अन्तर–कुन्तर उधिन्ने शिष्ट र क्षमतावान टेलिभिजन अन्तर्वार्ताकारको पनि त्यहाँ कमी छैन । प्रभु चावला, रजत शर्मा, वीर सांघवी जस्ता अन्तर्वार्ताकार आफ्ना अतिथिमाथि सम्मान दर्शाउन भुल्दैनन् ।

छिमेकी भारतको पत्रकारिताबाट सिक्न सकिने कुरा जस्तै बिर्सनलायक कुरा पनि छन् । टेलिभिजनको टीआरपी बढाउने नाममा भारतीय समाचार च्यानलमा जस्तो प्रकारको पत्रकारिता मौलाउँदैछ, त्यसको अन्ध नक्कल हामीकहाँ पनि बढ्दैछ ।

पहिले आफ्नो कार्यक्रममा आइदिन अनेकौं अनुनयविनय गर्ने र कार्यक्रम अन–एअर जानासाथ मल्लयुद्ध झैं अतिथिलाई ललकार्नु पत्रकारिता त परको कुरा, सामान्य शिष्टताको दृष्टिले समेत अशोभनीय हो ।

पछिल्लो साता एक नेपाली समाचार च्यानलमा यस्तै एउटा अप्रिय घटना भयो । अन्तर्वार्ताकार सुशील पाण्डे र अतिथि उप–प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको दन्तबझान अन्ततः यादवले प्रत्यक्ष प्रसारणमा गइरहेको कार्यक्रम हठात् छोड्ने स्थितिमा पुग्यो । (हे.तस्वीर) यस घटनापछि टेलिभिजनका दर्शक र आम जनमानस प्रस्तोता र अतिथिका पक्ष–विपक्षमा विभाजित देखिए ।

बाहिर जे–जस्ता प्रतिक्रिया देखिए पनि यी दुई व्यक्तिका निम्ति यो घटना पक्कै पनि प्रीतिकर होइन । त्यसैले यस्तो परिस्थिति उत्पन्न हुन नदिन यो प्रकरणले अन्य पत्रकारलाई सचेत गर्न सक्नेछ ।

Editors issue joint-statement, demand withdrawal of Media Council Bill

KATHMANDU: Editors from Nepali Press fraternity have today issued a joint statement demanding the withdrawal of the much controversial Media Council Bill. The statement issued by 21 editors associated with various publications reads that the bill presented by the government to the Parliament without adequate consultation with concerned stakeholders should be withdrawn for further revision. Additionally, the group has suggested the government to undergo consultations with the stakeholders and public and incorporate changes.

“We, the editors, are committed to defend the right to full freedom of press as guaranteed by the Constitution of the Federal Democratic Republic of Nepal. The Media Council Bill is against the essence of the Constitution while it challenges our democratic rights to freedom of expression and freedom of press – Nepali journalists have been working hard to safeguard which for decades,” the statement reads.

Furthermore, the editors extended solidarity to the Federation of Nepali Journalists and other related units who have been agaitating against the bill which looks to constrict freedom of press.

Akhilesh Upadhyaya (The Kathmandu Post, former E-i-C), Anup Kaphle (The Kathmandu Post), Ameet Dhakal (Setopati), Arune Baral (Online Khabar), Hari Bahadur Thapa (Annapurna Post), Kosmos Biswokarma (Kathmandu Press), Kiran Nepal (Himal Khabar), Kunda Dixit (Nepali Times), Krishna Jwala Devkota (Naya Patrika), Gunaraj Luintel (Nagarik), Dil Bhushan Pathak (Himalaya Television, former News Chief at Kantipur TV), Narayan Wagle (Kantipur), Purna Basnet (Nepal Khabar), Prakash Rimal (The Himalayan Times), Prateek Pradhan (12 Khari), Prashant Aryal (Kantipur Television), Yuvaraj Ghimire (Desh Sanchar), Rajendra Dahal (Shikshak), Shiva Gaunle (Centre for Investigative Journalism), Sudheer Sharma (Kantipur, former E-i-C), Subhash Ghimire (Republica) – jointly released the statement.

The bill which was presented at the Parliament on May 8 without adequate consultations, looks to give absolute powers to a the self-regulatory body overseeing the press. According to journalists and activists, the ‘sudden’ move by the government has given ample space for concerned parties to cry foul given that this could pave way for government to directly control the Nepali press and curtail corresponding freedom.

The Statement

जवाफहीन शासकको बोझ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ता लिने एकजना पत्रकारलाई अहंकारी, उद्दण्ड, अशिष्ट र असनको साँढेजस्तो भनेर ट्वीट गरेका छन्। नागरिकले तिरेको करको सुविधामा बस्ने बाबुरामले एक सञ्चारकर्मीसँग उपेन्द्रले देखाएको अहंकार, अशिष्टता, उद्दण्डता र साँढेपना भने देखेनन्। यो राजनीतिज्ञको सर्वसत्तावादी सोचको उपज हो।

नेपालको राजनीतिका एक अत्यधिक अध्ययनशील र विद्यावारिधिसम्मको औपचारिक शिक्षा प्राप्त गरेका नेता बाबुरामको मानसिकता सर्वसत्तावादी हुन्छ भने पुनर्जागरण, गोरखापत्र र जनआस्था आदि मात्र पढेका नेताहरूबाट के अपेक्षा गर्ने ? शिष्टता भनेको अर्काको सम्मान हो। पत्रकार जनताको सन्देशवाहक हो। जनताका सन्देशवाहकको सम्मान गर्न नसक्ने नेता जनताको पिठ्युँको बोझ हो। बिमति राख्नेलाई सुराकी भनेर सफाया गर्ने सिद्धान्तका प्रतिपादक बाबुराम हुन्। चालीसबुँदेको उपयोग गरेर उनी प्रधानमन्त्रीसमेत भए। आफैंले लेखेको संविधानमा गरेको हस्ताक्षरको सही नसुक्दै विरोध गर्ने उनै हुन्।

कांग्रेसलाई प्रमुख शत्रु मान्ने र कांग्रेससँगै तालमेल गरेर निर्वाचित हुने बाबुराम हुन्। डेकेन्द्र थापाको हत्याराको रक्षा गर्ने तर उपेन्द्रलाई प्रश्न सोध्नेलाई उद्दण्ड मान्ने बाबुराम हुन्। एक नयाँ अवधारणासहित नयाँ शक्ति निर्माण गर्ने भनेका बाबुराम हाललाई उपेन्द्रको शरणमा लम्पसार भएका छन्। विचारमा दृढ धारणा नभएको आफ्नो द्वैध चरित्रको परिचयलाई बाबुरामले यो ट्वीटमार्फत निरन्तरता दिएर आफ्नो परिचय जीवित राखेका छन्। पढेका नेताको यस्तो हविगत छ भने नपढेकाको कस्तो होला ?

नेपालमा राजनीतिक क्रान्तिमार्फत संघर्षको अनुभव मात्र भएका नेताहरू धेरै छन्। ०७ सालको क्रान्ति र १७ सालको कदमको विषयमा तिनले प्रशस्त ज्ञान आर्जन गरेका छन्। बीपीवाद, समाजवाद, माक्र्सवाद, माओवाद, लेनिनवाद र स्टालिनवाद पढेर त्यसअनुरूपको राजनीतिक संघर्ष पनि गरेका छन्। तर समस्या के हो भने संघर्षका दौरान गरिएका जघन्य अपराधलाई वैध मानेर अशिष्टता, उद्दण्डता, अहंकार र साँढेपना जीवित राखिएको छ। ४७ सालदेखि अहिलेसम्म पत्रकारको पुस्तान्तरण भइसकेको छ तर तिनले अन्तर्वार्ता लिने नेताहरूको सूची आजसम्म उही छ। एउटै नेतालाई छापाले दसकौंसम्म कभर गर्छ। नेताहरू हामीलाई मिल्न दिइएन, हामीलाई फुटाइयो, हामी जंगल पस्छौं, हामी बुद्ध बन्छौं, अर्को प्रचण्ड जन्मिन्छ, तनाशाही लादियो, संघीयता संकटमा पारियो आदि रटानमा रमाएका छन्। यस्तो उकुसमुकुसमा नयाँ पुस्ताका केही पत्रकारको नैराश्य कहिलेकाहीं विस्फोट हुन्छ, जसरी माओवादीको युद्ध भएको थियो।

हामी भूमण्डलीकरणको युगमा छौं। इन्टरनेटको विकासले सञ्चारको विस्तार तीव्रगतिमा भइरहेको युगमा तालिमप्राप्त सञ्चारकर्मीहरू संकुचित राजनीतिभन्दा माथि उठेर विश्वस्तरीय मापदण्डको ज्ञानले सुसूचित छन्। ज्ञान र क्षमताको अभिवृद्धिले निर्भय भइसकेको आजको सञ्चारकर्मी वा एक शिक्षित नागरिक नेताहरूका घोके–रटेका तम्तयार जवाफले सन्तुष्ट हुँदैन। राजनीतिज्ञले अन्तर्वार्ताको अवसरलाई आफ्नो वकबासको प्रचारप्रसार र भाषणबाजी गर्न प्रयोग गर्दा क्षमतावान् पत्रकार उससामु नतमस्तक भएर कृतज्ञ हुनुभन्दा उसबाट छुटकारा पाउनु व्यावसायिक ठान्छ। जसरी १७ हजार नागरिकको हत्या, हजारौंको विस्थापन, करोडौंको फिरौती र बैंकको लुटलाई नजरअन्दाज गरेर माओवादी आन्दोलनको महिमा गाइन्छ त्यसरी नै उपेन्द्रको अन्तर्वार्तालाई नेपालको सञ्चारको युगमा एउटा नयाँ सुरुवात भन्न सकिन्छ। शिष्टता कुनै विश्वविद्यालयमा प्राप्त हुने उपाधि होइन। यो ठूलोले सानोलाई व्यवहारबाट सिकाउने हो।

शिष्टता र अशिष्टताको विषयमा नेताहरूले टीकाटिप्पणी गर्नुभन्दा घटनाको कारण खोज्नु बुद्धिमानी हुन्छ। नेपालमा सञ्चारकर्मीलाई राजनीतिज्ञले आफ्ना कार्यकर्ता झैं ठान्छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अभद्रताको पराकाष्ठा अहिलेसम्म युट्युबमा चर्चित छ। शेरबहादुरका अन्य प्रस्तुतिमा पनि सञ्चारकर्मीसँग आक्रोश अति बढी देखिन्छ। देउवाले एउटा अनुशासनहीन कार्यकर्तालाई हप्काए झैं प्रश्नकर्तालाई हप्काएर जवाफ दिन सजिलो माने। यो ज्ञानको अभावको प्रमाण हो। सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटा केही प्रश्नका जवाफ दिन नसकेपछि एकजना भद्र पत्रकारसँग अभद्र रूपमा प्रस्तुत भएको जनताले पचाउनै पर्‍यो। झूटो जानकारी दिने सञ्चारमन्त्रीलाई कारबाही भएन बरु पत्रकारले जागिर गुमाउनु पर्‍यो। जनतासँग साँचो बोल्नुपर्छ भन्ने ज्ञानको उनीसँग अभाव देखियो। सरकारको दृष्टि पुग्न नसकेका कतिपय मुद्दाहरूलाई सञ्चारमाध्यममार्फत उजागर र समाधान गरेर सञ्चारलाई एक नयाँ आयाम दिएका रवि लामिछानेसमेत राजनीतिज्ञको विशाल आलोचनाका पात्र बनेका छन्। गणतन्त्र र संघीयता ल्याउन संघर्ष गर्ने नेताको आलोचना गर्नु हुँदैन भन्ने नेपालका राजनीतिज्ञहरूको तर्क छ। माओवादी युद्ध वा गौर नरसंहारको कुरो त परै जाओस्, नेताको अवैध धनमा समेत नेपालका बहुसंख्यक पत्रकारले आजसम्म प्रश्न गर्ने हिम्मत गरेका छैनन्। सञ्चार क्षेत्रमा नेताको भय कायम छ।

उपेन्द्रको शरणमा स्थान सुरक्षित गर्न प्रेस स्वतन्त्रताविरुद्ध ट्वीट गरेर बाबुराम एकपटक पुनः पराजित भएका छन्।

लोभ र भयले नेपालको पत्रकारिता स्वस्थ्य हुन सकेको छैन। सैद्धान्तिकरूपले नेपालमा प्रेस स्वतन्त्रता छ तर दलीय राजनीतिबाट प्रेसमा प्रवेश गरेका प्रेसकर्मीहरूको नेपालमा बाहुल्य छ। पत्रकारको नेताप्रिय बन्ने होडबाजी पनि छ। एकजना पत्रकार नेताको घरमा गएर उनकी पत्नीलाई ‘तपाईंले नेपालको संघीयता र गणतान्त्रको आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको छ, तपाईंलाई कस्तो लागिरा छ ? ’ भनेर सोध्छन्। कसैले नेताका छोरा–नातिहरूलाई कार्यक्रममा नायकका रूपमा प्रस्तुत गर्छन्। कोही बिहान–बेलुका नेताको निवासमा देखिन्छन् र नेताको दिनचर्या जनतासम्म पुर्‍याउने काम गर्छन्। चाकडीबाज पत्रकारलाई अभद्र, अशिष्ट, उद्दण्ड र असनको साँढे भनेर कसैले आलोचना गरेका छैनन्। व्यावसायिक रूपले क्षमतावान् र जनताको मुद्दामा केन्द्रित पत्रकारको मात्रै आलोचना गरिन्छ। आफ्नो पेसासँग बेइमानी गर्ने पत्रकारलाई बरु सरकारी लाभको पदमा नियुक्ति गर्ने तर व्यावसायिक पत्रकारको निन्दा गर्नुको कारण के हो भने राजनीतिकरूपले हामी अज्ञानतामा रमाउने कालमा छौं।

दार्शनिक युभल नोवा हरिरीले आफ्नो पुस्तक ‘सेपियन्स’ मा मानव विकासका क्रममा करिब पाँच सय वर्षअघि मानिसले अज्ञानताको ज्ञान प्राप्त गरेपछि वैज्ञानिक क्रान्ति सुरु भएको लेखेका छन्। त्यसअघि मानिसलाई चाहिने ज्ञानको स्रोत धर्म थियो। अज्ञानताको ज्ञान भएपछि मानिसले प्रतिस्पर्धा पनि गरेको छ। त्यही समयमा युरोपमा साम्राज्यवादको फैलावटमा ज्ञानलाई पनि शक्तिका रूपमा लिइएको ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ मा इतिहासकार पल केनेडीले लेखेका छन्। अर्थात् सैनिक र आर्थिक शक्तिका साथै ज्ञानको शक्तिमा आ िश्रत भएका साम्राज्यहरू बलिया र टिकाउ भएको अनेक तथ्य उनले दिएका छन्। मानव उत्पत्ति भएको कालदेखि अहिलेसम्म केवल विगत दुई सय वर्षमा मानिसको जीवनमा परिवर्तन आएको छ। यो वैज्ञानिक खोजको काल थियो। राजनीतिक शक्तिले ज्ञान आर्जनमा ध्यान दिएका कारण औद्योगीकरण सम्भव भएको हो।

हार्वर्ड विश्वविद्यालयका प्राध्यापक स्टिभन पिनकरले आफ्नो पुस्तक ‘इन्लाइटमेन्ट नाउ’ मा विगत दुई सय वर्षमा गरिबी निवारणका साथै मानव जीवनमा व्यापक सुधार भएको तथ्य लेखेका छन्। यसको प्रमुख कारणको रूपमा उनले वैज्ञानिक खोज र प्रविधि विकासलाई मानेका छन्। लेखक जन नोर्वर्गले आफ्नो पुस्तक ‘प्रोग्रेस’ मा ज्ञान, भूमण्डलीकरण र स्वतन्त्र बजारलाई परिवर्तनको कारक मानेका छन्। स्वतन्त्र बजारको विरुद्ध उभिनेका लागि पनि यो पुस्तक लाभदायक छ। स्टिभनले भूमण्डलीकरणलाई औद्योगीकरणभन्दा शक्तिशाली भएको उदाहरण दिएका छन्।

शीतयुद्धको बखतको ध्रुवीकृत विश्वको राजनीति सबैलाई अवगत नै छ। तर शीतयुद्धकालमा भएको प्रतिस्पर्धात्मक शोधले भएको सूचना सिद्धान्तको विकासले अहिले हामी डिजिटल युगमा छौं। अप्रत्यासित उद्यमशीलताले आर्थिक वृद्धि सम्भव हुन्छ भन्ने तर्कसहितको अर्थशास्त्री जर्ज गिल्डरको पुस्तक ‘नलेज एन्ड पावर’ जानकारीमूलक छ। पुस्तक पुँजीवादी अर्थतन्त्रका पक्षमा लेखिएको भए पनि वैज्ञानिक चुनौतीहरू, उद्यमशीलता, सूचना क्रान्तिका तगारा र तिनको निरूपणका विषयमा लेखकले तथ्यगतरूपमा लेखेका छन्। अर्थात् ज्ञानको आवश्यकताले विश्वमा क्रान्ति भएको यी सबै लोकप्रिय पुस्तकमा पाइन्छ। विज्ञानले अज्ञानताको प्रमाण माग्दैन। अज्ञानता विज्ञानको स्वयंसिद्ध तथ्य हो। अज्ञानताको स्वीकारोक्तिबाट उन्नतिको बाटो खुल्छ। मानिसले ज्ञान प्राप्त नगरेसम्म अज्ञान रहन्छ। अयोग्य र जवाफहीन नेताको बोझबाट छुटकारा नभएसम्म नागरिक समृद्ध पनि हुँदैन। नेपालको समस्या यही हो।

नेपालको राजनीतिमा ज्ञानको आवश्यकता बोध नभएरै राजनीतिक परिवर्तन हुँदा पनि नेपालमा गुणस्तरीय शिक्षाका लागि कदम चालिएका छैनन्। युवाहरू ज्ञानको खोजीमा बिदेसिने क्रम जारी छ। दक्ष जनशक्ति पनि विदेशमै रोजगार खोज्दै छ। सरकार स्वयं श्रमिकहरूलाई विदेश पठाउने नीति निर्माण गर्दै छ। स्वास्थ्योपचार गर्न पनि विदेशै गइन्छ। विदेशी नहुँदा मेलम्चीको सुरुङ खन्ने काम रोकिन्छ। सडक सफा गर्ने ब्रुमर (कुच्चो) विदेशका। विमानका पाइलट विदेशी। जलविद्युत् निर्माण गर्ने कम्पनी बिदेशी। नेताहरूले चढ्ने मोटरहरू विदेशी। विदेश भ्रमणमा रमाउने नेता। व्यापार घाटामा छ। त्यस्तो अवस्थामा तपाईं महान् र क्रान्तिकारी नेता हुनुहुन्छ, ‘तपाईंलाई कस्तो छ’ भनेर सोध्नुको सट्टा व्यावसायिक प्रश्न सोध्ने एक दबंग पत्रकार कहिलेकाहीं निस्कन्छ। बेथितिको परिणामस्वरूप ऊ उग्र पनि देखिन्छ।

सञ्चारकर्मी र राजनीतिज्ञको वाक्युद्ध संसारमा सबैतिर हुन्छ। दर्शकको धैर्यको बाँध नफुटेसम्म अन्तर्वार्तामा पत्रकारको व्यवहारलाई अशिष्ट मानिँदैन। पत्रकारको अशिष्टताको मूल्यांकन उसका दर्शकले गर्छन् र प्रस्तोतालाई बहिष्कार गरेर उसको पेसासमेत समाप्त गर्न सक्छन्। तर नेपालमा त मन्त्रीले पत्रकारलाई निष्कासन गर्छ। त्यसैले यो एक प्रेस स्वतन्त्रतासँग जोडिएको विषय हो। यद्यपि सुशील पाण्डेसँग यसलाई सौहार्दपूर्ण रूपले सम्पन्न गर्ने अवसर थियो, ‘लोहा लोहेको काटता है’ भने झैं उनले उपेन्द्रसँग रक्षात्मक भएर जस्तालाई तस्तै गरे। यो स्वाभाविक हो, अमर्यादित हुँदै होइन। उपेन्द्रको शरणमा स्थान सुरक्षित गर्न प्रेस स्वतन्त्रताविरुद्ध ट्वीट गरेर बाबुराम एकपटक पुनः पराजित भएका छन्।

अन्त्यमा, शिष्टता नागरिकको गहना हो, पत्रकारको पनि। वार्तालापका क्रममा आएका व्यक्तिगत आरोपलाई पत्रकारले नजरअन्दाज गरेर आफ्ना प्रश्नमा केन्द्रित हुनु व्यावसायिक हुन्छ। अहम्भावलाई महŒव दिएर आक्रोशित मुद्रामा आनन्दित हुनु पत्रकारका लागि शोभनीय हुँदैन। तर मौजुदा परिस्थितिमा भने एक शक्तिशाली नेतासामु साँढेजस्तै उभिने पत्रकार एक उच्च मूल्यांकनको हकदार हो। नेपालका सबै पत्रकार सुशीलजस्तै निर्भय भएर असनका साँढेजस्तै नेतासामु उभिए भने राजनीतिमा जवाफदेहिता र सतर्कता सहितको एउटा सकारात्मक परिवर्तन आजै देखिन्छ। द्वैधचरित्रधारी, सर्वसत्तावादी, ज्ञानशून्य र जवाफहीन नेताको बोधबाट जनताले छुटकारा नपाएसम्म देश बन्दैन।

सञ्चार विधेयकले ल्याएको तरङ्ग

सरकारले आमसञ्चार सम्बन्धी पाँचवटा कानुन निर्माण गर्ने क्रममा केही विधेयक संसद्मा दर्ता गराएको छ । नयाँ संविधान जारी भएको ४२ महिनापछि सरकारले बल्ल विभिन्न कानुन निर्माण गर्न संसद्मा विधेयकका रूपमा दर्ता गर्ने प्रक्रियाको थालनी गरेको हो । आमसञ्चार क्षेत्रको लामो समयदेखिको मागलाई ध्यानमा राख्दै ऐन नियम र कानुन निर्माण गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारी मन्त्रिपरिषद्बाट राष्ट्रिय सभामा पुगेको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा अहिले आमसञ्चार क्षेत्रमा चासो, चिन्ता, बहस र विवाद सतहमै देखापरेको छ । यो विधेयकमा धेरै नै राम्रा विषय भए पनि ती विषय ओझेलमा पार्दै सार भन्दा रूपलाई हेरी असन्तुष्टि पनि व्यक्त भएका छन् । नेपाल पत्रकार महासङ्घ त यसका बिरुद्ध सडकमै ओर्लिएको अवस्था छ । एकातिर महासङ्घको आन्दोलनको शैली र नियत माथि प्रश्न उठेको छ भने अर्कातर्फ यो विषयमा आमसञ्चार क्षेत्रभन्दा ज्यादा अरुको ‘इन्ट्रेस्ट’ बढ्दैगएको अवस्था देखिन्छ । पहिलो विषय त सरकारले विधेयक दर्ता नगर्दै महासङ्घले हतार हतार सडक आन्दोलन घोषणा ग¥यो । प्रेस स्वतन्त्रता विरोधी विधेयक भन्दै पत्रकार महासङ्घ सडकमा मात्र ओर्लिएन, अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने हठात् निर्णय ग¥यो । यसले गम्भीर शङ्का उत्पन्न गराएको छ । जबकि सरकारले गएको वैशाख महिनाको २६ गते विधेयक संसद्मा दर्ता गराएको देखिन्छ तर महासङ्घले त्यसको हप्तादिन अघि नै बैठक बसेर विधेयकको विरोध गर्दै आन्दोलनको घोषणा र अन्तर्राष्ट्रिय समुदाय गुहार्दै मिडिया मिसन बोलाउने निर्णय ग¥यो । एकातिर बौद्धिक समुदाय भनिने आमसञ्चार क्षेत्रको छाता सङ्गठनको साझा चरित्रमाथि समेत प्रश्न उब्जायो भने अर्कातिर अघिल्लो दिन सरकार विरुद्ध जागरण अभियानमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्ना भातृ सङ्गठन र शुभेच्छुक संस्थालाई आग्रह गर्नु र भोलिपल्ट नै महासङ्घले हतारहतारमा विरोध कार्यक्रम घोषणा गर्नु ‘बाख्रो हराउनु बाघ कराउनु’ हुन पुगेको छ । त्यस्तै यो केवल संयोग मात्र नभएर नियतसँग पनि कतिपयले जोडेर हेरेका छन् । यी प्रश्नमा महासङ्घको नेतृत्व मौन बसेको देख्दा यी आशङ्काले बल प्राप्त गरेको देखिन्छ ।
आम सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन नियमहरूको समयसापेक्ष सुधार र आवश्यकता तथा औचित्यताका आधारमा नयाँ निर्माणका विषयमा नेपाल पत्रकार महासङ्घ लगायतका सरोकारवाला सङ्घसंस्थाले लामो समयदेखि उठाउँदै आएको यथार्थ हो । प्रेस चौतारी नेपाल (हाल एकीकरणपछि प्रेस सङ्गठन नेपाल) ले यस सम्बन्धी कतिपय विषय आफ्नो स्थापनाकालदेखि उठाउँदैआएको छ । यस सन्दर्भमा दोलखामा सम्पन्न प्रेस चौतारी नेपालको केन्द्रीय कमिटिको बैठक र तीन वर्ष अघि काठमाडौँमा सम्पन्न राष्ट्रिय महाधिवेशनको पछिल्लो पटक दस्ताबेजीकरण गर्दै लिखित रूपमै श्रमजीवी पत्रकारको सेवा, सुविधा र सुरक्षाको विषय, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, समानुपातिक विज्ञापन नीति, उच्चस्तरीय मिडिया आयोगको गठन, प्रेस काउन्सिलको पुनर्संरचना, राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमको स्वायत्तता र सुदृढीकरण, सार्बजनिक प्रसारण सेवाको गठन, आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, लगानीको पारदर्शितालगायतका विषयको सम्बोधनका लागि तत्कालीन सूचना तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र दिएको कुरा स्मरणयोग्य छ ।
केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदाको सरकारले तत्कालीन सूचना तथा सञ्चारमन्त्री शेरधन राईको पहल र सक्रियतामा आमसञ्चार क्षेत्रमा गर्नुपर्ने नीतिगत, संरचनागत र कानुनी सुधारका सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न (२०७२ माघ २० गते मन्त्रिपरिषद्को निर्णयअनुसार) वरिष्ठ कानुन तथा सञ्चार विज्ञ काशीराज दाहालको अध्यक्षतामा सूचना तथा सञ्चार सम्बन्धी उच्चस्तरीय समिति गठन भएको थियो, जुन समितिमा तत्कालीन प्रेस काउन्सिलका अध्यक्ष, पत्रकार महासङ्घका अध्यक्ष, मिडिया सोसाइटीका अध्यक्षलगायत सरोकारवाला सवै सङ्घसङ्गठनका अध्यक्ष रहेका थिए । उक्त समितिले सूचना तथा सञ्चार सम्बन्धी विद्यमान नीति र कानुनको समीक्षा गर्दै प्रस्तावित राष्ट्रिय आम सञ्चार नीति, नियामक निकाय सम्बन्धी व्यवस्थापनमा राष्ट्रिय आमसञ्चार प्राधिकरण स्थापना, सार्वजनिक सेवा प्रसारक नेपालको गठन, प्रेस काउन्सिलको पुनर्संरचना, विज्ञापन बोर्डको गठन, राष्ट्रिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान नेपाल सञ्चार सङ्ग्रहालय तथा अध्ययन प्रतिष्ठानको स्थापनाका लागि सुझाव दिएको थियो । त्यस्तै मर्यादित पत्रकारिताको विकास र व्यावसायिक आचरण, नीति कार्यान्वयन कार्ययोजनाको विषय समेत सुझावका रूपमा बुझाइएको थियो । यो प्रतिवेदन तत्कालीन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्दा उहाँले प्रतिवेदन कार्यान्वयनका लागि मुख्य सचिवलाई मन्त्रिपरिषद्मा पेश गर्न आदेश दिनुभएको थियो तर सरकार नै केही दिनमै बाहिरिने अवस्था आयो । अहिले उनै ओलीलाई प्रेस स्वतन्त्रता विरोधीका रूपमा त्यही उच्चस्तरीय समितिमा रहेर काम गरेका, प्रतिवेदन तयार पारी बुझाएका केही सदस्यले उफ्री उफ्री चित्रण गर्न खोज्नु दुःखदायी र लाजमर्दो विषय हो ।
अहिलेको सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नेतृत्वले मूलतः त्यही सूचना तथा सञ्चार सम्बन्धी उच्चस्तरीय समितिको प्रतिवेदनको आलोकमा रहेर त्यसपछि पनि बनेका समिति, कार्यदलको सिफारिस समेतलाई ध्यानमा राखेर आमसञ्चार सम्बन्धी ऐन निर्माणमा जुटिरहेको पृष्ठभूमिमा चौतर्फी आक्रमण भइरहेको छ । यसका पछाडि एउटा त प्रतिपक्षीय मानसिकताले काम गरिरहेको छ । किनकि अहिले यो सरकारलाई काम गर्न नदिन, बदनाम गर्न र घेराबन्दी गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय केही तìव सक्रिय छन् । उनीहरू यसलाई पनि उपयोग गरिरहेका छन् । अर्कोतर्फ परिवर्तन नचाहने, नपचाउने र यथास्थितिमै रमाउनेहरूले बुनिरहेको जाल छँदैछ । दोस्रो कुरा विद्यमान कानुन र संरचनालाई सिरानी राखेर लाभ लिइरहेका स्वार्थी समूह र तìव पनि यतिबेला यही विधेयकलाई देखाएर रोटी सेकाउन सकिन्छ की भन्ने ध्याउन्नमा छन् । जसले यो सरकार र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको बदनाम गर्ने र पदबाट समेत हटाउन सकिन्छ कि भन्ने उद्देश्य राखेको आभाष हुन्छ । उनीहरू श्रमजीवी पत्रकारलाई पारिश्रमिक बढाउँदा होस् वा पारिश्रमिक दिएको आधिकारिक प्रमाण माग्दा प्रेस स्वतन्त्रता हनन् ठान्छन् त्यसैमा श्रमजीवी पत्रकारको छाता सङ्गठन काँधमा काँध मिलाउन जान्छ । सञ्चारगृहको आवरणमा गरिएका अनेक व्यवसायमा कानुनी व्यवधान आए पनि प्रेस स्वतन्त्रता सङ्कुचन दुख्छ । मिडियामा लगानीको पारदर्शिताको व्यवस्था गर्न खोज्दा होस् वा वैदेशिक लगानीका सम्बन्धमा वा क्रस होल्डिङका विषयमा होस्, सरकारले व्यवस्थापन गर्न खोज्यो भने सञ्चारमन्त्री र सरकारकै विरुद्ध अफवाह फिजाउने तìव जहिल्यै सक्रिय छ, जो अहिले पनि लागिरहेकै छन् । कतै यसैलाई मोहरा बनाएर अरु विषय रोक्ने प्रपञ्च त भइरहेको छैन, यसमा सचेत हुनु जरुरी छ । त्यस्तै सरकार र मन्त्रीहरूलाई कतै बदनाम गराउने ग्रान्ड डिजाइन त भइरहेको छैन ? हेक्का राखौँ ।
यो पृष्ठभूमिमा आएको नेपाल मिडिया काउन्सिल विधेयकका विषयमा उठे÷उठाइएका असन्तुष्टि वा विरोधका ‘झुसिलो डकार’ उल्लेखित सन्दर्भसँग कतै न कतै तन्तु जोडिएको आभास मिल्छ । विधेयकका विषयमा छलफल र बहस हुन जरुरी छ तर जुन हिसाबले स्यालहुइँया चलाइएको छ त्यसले नियत प्रष्ट हुन्छ । शङ्का मेटाउन सकिन्छ, आशङ्का हटाउन सकिन्छ तर नियत न मेटाउन सकिन्छ, न हटाउन नै । विधेयकका विषयमा केही शाब्दिक, केही भाषिक र केही नीतिगत सुधार गर्नुपर्ने पक्ष छन् तर फिर्ता नै गर्ने गरी आएको छैन । यो हेक्का राख्न जरुरी छ । आमसञ्चार क्षेत्रका विषयमा प्रश्न उठिरहेका छन् । हामी सीमामा बस्नु पर्छ कि पर्दैन, मर्यादामा बस्ने कि नबस्ने ? हामी प्रेस स्वतन्त्रता खोजिरहेका छौँ कि प्रेस स्वच्छता ? यो प्रश्न हामी प्रति उठिरहेका छन् । जस्को उत्तर हामीले दिनु नै पर्छ । हामी पनि कहिँ न कहिँ चुकेका छौँ । नेपालको आमसञ्चार क्षेत्र र पत्रकार वा पत्रकारिता पेशाका सन्दर्भमा बहस चलाई ‘रिभ्यु’ गर्ने बेला अहिले आइसकेको छ । त्यसतर्फ पनि ध्यान दिन जरुरी छ । यो पेशा र क्षेत्रलाई अझ विश्वासिलो र मर्यादित बनाउने दायित्व हामी सामु चुनौती बनेर आएको छ । पत्रकारिताको स्वच्छ र स्वस्थ विकासका निम्ति पत्रकारको व्यावसायिक मर्यादा कायम गर्ने गराउने हाम्रो दायित्व हुन आउँछ । यसै सन्दर्भमा आएको मिडिया काउन्सिल विधेयकका विषयमा मूलतः यो संस्थालाई कस्तो बनाउने, कसरी विकास गर्ने र प्रभावकारी बनाउने भन्ने नै हो । यसका लागि पहिले विधेयकको गहन अध्ययन जरुरी छ । सतही अध्ययनबाट गरिने टिप्पणी बतासे सावित हुन पुग्दछन् । विधेयकमा पदाधिकारी नियुक्ति हिजोसम्म मन्त्रीका खल्तीबाट निकालेर गरिँदैआएको अभ्यास र परम्परालाई तोड्दै अग्रगामी व्यवस्था गरेको पाइन्छ । यसलाई सारमा नहेरी रूप हेरेर विरोध गर्नुको तुक देखिँदैन । किनकि समितिको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था हिजोभन्दा अग्रगामी देखिन्छ । यदि असल नियतका साथ हो भने छलफल गर्नुपर्छ नै । त्यस्तै पदाधिकारी हटाउन सक्ने विषय अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अदालतको निर्णयअनुरुप समय सापेक्ष बनाउन उपयुक्त हुन्छ भने कार्यबाहक अध्यक्ष तोक्ने विषय काउन्सिलकै ज्येष्ठ सदस्य वा आफू मध्येबाट व्यवस्था राख्दा विवाद नै रहँदैन । अन्य कतिपय विषय भाषिक हिसाबले मिलाउँदा मिल्ने विषय देखिन्छ ।
सबैभन्दा विवादमा ल्याइएको विषय विधेयकको दफा १८ मा उल्लेखित जरिवाना गरी क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था हो । यो बहसको विषयमात्र नभई संशोधनको विषय पक्कै हो तर त्यसअघि राखिएका १६ र १७ नम्बरका दफा÷उपदफाको अध्ययन, विवेचना नगरी, त्यसबाट अलग गरी बाहिर आतङ्कित पार्ने गरी ल्याइयो, त्यो कि त अध्ययनको कमी हो वा नियतै बाङ्गो हो ? जे होस्, जरिवाना व्यवस्था सम्बन्धमा स्वयं प्रधानमन्त्री र सञ्चारमन्त्रीबाट अभिव्यक्ति आइरहेका छन् । अब यो संसद्मा प्रवेश पाइसकेको हुनाले पारित भएर आउँदा मिडियामैत्री बनाउने कुरामा हामी सबै आग्रह पूर्वाग्रह त्यागेर जुटौँ । कतिपय समूह यसैका नाममा नयाँ प्रोजेक्ट हात पार्ने ध्याउन्नमा छन्, त्यसबाट पनि सचेत बनौँ । यो सरकार न त प्रेस स्वतन्त्रता विरोधी नै छ, न हुन सक्छ, यो सवैले विश्वास गरौँ । लोकतन्त्रका लागि जीवनभर सङ्घर्ष गरेका प्रधानमन्त्री ओली र प्रेस स्वतन्त्रताका लागि सङ्घर्ष गरेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाबाट प्रेस स्वतन्त्रताका सन्दर्भमा लोकतन्त्रका सम्बन्धमा र मर्यादित तथा जवाफदेही पत्रकारिताको विकासका सन्दर्भमा प्रश्न उठाउनुपर्ने नियतमाथि शङ्का गर्नु व्यर्थ कुरा हुन आउँछ ।
तसर्थ, महासङ्घ लगायत सरोकारवाला सबै सङ्घसंस्था, सरकार र संसद् सबै मिलेर यो विधेयक लगायत आवश्यक आमसञ्चार सम्बन्धी कानुन प्रेसमैत्री बनाउन जुटौँ । यसका लागि महासङ्घ आन्दोलन स्थगित गरेर विधेयक र कानुनको परिमार्जन, संशोधन र अझ समृद्ध बनाउने अभियानमा नेतृत्व लिँदै सहकार्य, संवादका साथ अघि बढ्नु अहिलेको आवश्यकता हो ।

(लेखक पत्रकार हुनुहुन्छ ।)

२१ सम्पादकले भने- मिडिया काउन्सिल विधेयक फिर्ता लेऊ

नेपालका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन आग्रह गरेका छन्।

बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै २१ जना सम्पादकहरूले विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म-भावना विपरीत रहेको फिर्ता लिन भनेका हुन्।

सम्पादकहरू अखिलेश उपाध्याय,अनुप काफ्ले,अमित ढकाल,अरुण बराल,कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे  र हरिबहादुर थापाले वक्तव्य जारी गरेका हुन्।

‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामीसम्पादकहरु सरकारसँग माग गर्दछौं,’ वक्तव्यमा भनिएको छ।

सम्पादकहरूले नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संस्था उक्त विधेयकको विरोधमा गरिएको ऐक्यवद्धता जनाएका छन्।

‘पत्रकारिताका नाममा देखिएका कतिपय विकृत र असंयमित अभ्यास प्रति हामी सचेत छौं। त्यस्ता विकृति सम्बोधन गरेर अघि बढ्नु पर्नेमा पनि हामी उत्तिकै प्रष्ट छौं,’ वक्तव्यमा भनिएको छ,‘सरोकारवालाहरूसँग कुनै पूर्व छलफल नगरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिन र सरोकारवालासँगको बृहत बहस मार्फत यो बिषय सम्बोधन गर्न सरकारसँग माग गर्दछौं।’