Half of Nepal prefer to access the internet via their mobile

Out of the 63 percent of Nepali connected to the internet, nearly 50 percent do so via their mobile phones as telecom service providers continue to expand their 3G and 4G coverage.

The number of mobile internet users has swelled to 14.65 million in April, 2019 from 11.17 million in 2018, an 11 percent jump year-on-year. It translates to around 400 new mobile broadband subscribers every hour.

This means that nearly four million new users overcame the digital divide in 2018-19, according to the Management Information System (MIS) report released by the telecommunications authority on Tuesday.

According to telecom authority Spokesperson Min Prasad Aryal, the surge in mobile broadband users can be attributed to the expansion of 3G and 4G coverage by telecom service providers.

“Users in sub-urban and rural areas have contributed to the exponential growth of mobile connectivity as they are increasingly opting to use mobile data over voice services and have gained access to social media easily,” said Aryal.

As per the Digital Nepal Framework launched by the government in 2018, 4G services rollout will continue to remain a priority for telecom operators with 60 percent of Nepal’s cities getting 4G services in next 2-3 years and they are pouring the resources to meet the growing demand for data services.

“Expanding mobile broadband infrastructure in areas with difficult geographical terrain is feasible while implementing fixed and fibre connectivity poses insurmountable challenges,” Aryal explained.

However, at the current expansion rate of Internet services, the government’s target to build a ‘digital society’ connecting 90 percent of the population to the internet by 2020 remains a far cry from completion.

The latest report shows that broadband connectivity, both fixed and mobile has reached 63.31 percent in 2019 from 48.91 percent in 2018, falling short by 26.69 percent with only a few months remaining to 2020.

The figures also highlight that mobile internet is yet to be realised by a large population despite the telecom authority’s data which suggests that 95.2 percent of the population live within range of a mobile tower.

At the macroeconomic level, voracious appetite for data is instrumental in growing the economy’s Gross Domestic Product (GDP) as efficient and quick transfer of data is directly linked with increase in productivity.

According to the World Development Report 2016, a 10 percent increase in fixed broadband penetration increases GDP growth by 1.38 percent in developing economies.

However, Nepal is yet to realise substantial growth in fixed broadband—ADSL, cable and fibre—connectivity, particularly fibre optic technology which ensures high-speed connections.

As per the MIS report, only 12.71 percent of total subscribers are connected through fixed lines as of date with only half a million Nepali subscribing to fibre optic connections sold by 39 internet service providers.

NCP’s commitment prompts FNJ to suspend protest

Kathmandu, July 9

Khimlal Bhattarai, chief whip of ruling Nepal Communist Party (NCP) in the National Assembly, today said NCP lawmakers were serious about the concerns and issues raised by the Federation of Nepali Journalists on the provisions in Nepal Media Council Bill.

Issuing a press statement, Bhattarai said the NCP, which holds majority in the upper house of the Parliament, was committed to addressing the contentious provisions in the bill as per the constitution and parliamentary process. The government had registered the bill at the secretariat of the National Assembly on May 10, but was yet to table it in the house.

“We would like to clarify that the NCP lawmakers are committed to reach an amicable conclusion on the provisions of the bills related to media, registered in the upper house by holding consultation with the FNJ and concerned stakeholders,” the statement read.

It has also appealed to the umbrella organisation of journalists to call off its protest programme.

FNJ has suspended the remaining programmes of its third phase of protest being organised against the bill after the NCP lawmakers in the upper house made a written commitment to address its demands. “As the parliamentary party of the ruling NCP expressed commitment to address issues raised, we have suspended ongoing programmes under the third phase of protest,” a press release issued by the FNJ said.

FNJ and media fraternity have taken a serious objection to the provisions in the bill, which they said were intended to curtail press freedom. The bill stipulates a provision of fine of up to one million rupees on media outlets, editors, publishers and journalists if they are found guilty of damaging someone’s reputation. It also proposes punishment for violating the code of conduct, which include suspending press identity cards of mediapersons, and downgrading the classification of print media outlets.

 

मिडिया काउन्सिल विधेयक सच्याउने नेकपाको प्रतिबद्धता

काठमाडौँ — सत्तारूढ दल नेकपाले मिडिया काउन्सिल विधेयक सच्याउने प्रतिबद्धता जनाएपछि नेपाल पत्रकार महासंघले आन्दोलन स्थगन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २७ मा मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा दर्ता गराएको थियो ।

विधेयकका प्रावधानले काउन्सिलको स्वायत्तता समाप्त हुने र प्रेस स्वतन्त्रता नै कुण्ठित हुने भन्दै महासंघ आन्दोलनरत थियो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङको अगुवाइमा पार्टीका अन्य नेतासहित महासंघका पदाधिकारीसँग तीन चरणमा वार्ता गरिएको थियो ।

काउन्सिलको गठन, स्वायत्तता र जरिवाना गर्नेलगायत प्रावधानप्रति महासंघले उठाएको सरोकारलाई संसदीय प्रक्रियाबाट सम्बोधन गरिने राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराईले लिखित प्रतिबद्धता जनाएका छन् । सञ्चारसम्बन्धी अन्य विधेयकका हकमा पनि संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ का आधारमा महासंघसहित अन्य सरोकारवालासँग छलफलपछि मात्र निष्कर्षमा पुगिने उनको भनाइ छ । महासंघले संसद्मा रहेको सूचना प्रविधिसम्बन्धी विधेयकका प्रावधानमा आपत्ति जनाउँदै आएको छ ।

महासंघले सरोकार राखेकै कारण विधेयक ‘होल्ड’ मा राखिएको नेता नेम्बाङले बताए । ‘वैशाख २७ गते विधेयक दर्ता भएयता त्यसलाई प्रक्रियामा लगिएको छैन, एक इन्च पनि बढाइएन,’ उनले भने, ‘महासंघको सरोकारलाई सम्बोधन गर्ने गरी विधेयक अगाडि बढाइनेछ ।’ सत्तारूढ दलकै सांसदबाट संशोधन हालेर महासंघले उठाएका सरोकार सम्बोधन गरिने उनले बताए ।

कानुन निर्माणको थलो संसदका सत्तापक्षका सांसदबाट आएको प्रतिबद्धताले आफूहरूले उठाएको सरोकार सम्बोधन हुनेमा आशावादी रहेको महासंघ अध्यक्ष गोविन्द आचार्यले बताए । सत्तारूढ दलका नेता तथा संसदीय दलका तर्फबाट आएको प्रतिबद्धताप्रति विश्वास जनाउँदै तत्काललाई आन्दोलन स्थगन गरिएको उनको भनाइ छ ।

‘कानुन निर्माण गर्ने थलो जननिर्वाचित संसद्ले महासंघका सबै सरोकारहरूलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दछ,’ महासचिव रमेश विष्टमार्फत जारी विज्ञप्तिमा उल्लेख छ, ‘यस सन्दर्भमातेस्रो चरणको सडक संघर्षकाबाँकी कार्यक्रम स्थगित गरी छलफल, संवादजस्ता गतिविधिमार्फत दबाबसिर्जना गरिनेछ ।’

सरकारको मिडिया बुझाइ : प्रचार औजार कि ‘पब्लिक स्फेयर’ ?

पछिल्ला दुई दिनमा सरकारका दुई प्रभावशाली मन्त्रीबाट पत्रकार र पत्रकारिताबारे फरक तर विवादास्पद अभिव्यक्ति सार्वजनिक भए।

मंगलबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘पत्रकारहरू कुइरीमण्डलमा’ परेको भन्दै तिनले नबुझिकनै समाचार लेख्ने गरेको आरोप लगाए। केही सञ्चारमाध्यमले मंगलबार बिहानको मन्त्रिपरिषद् बैठक ‘आकस्मिक’ बताएपछि उनको यस्तो टिप्पणी सार्वजनिक भएको थियो।

अघिल्लो दिन सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि उसैगरी पत्रकार र मिडियामाथि खनिए। पत्रकारले सत्य–तथ्यभन्दा मालिकको इसारामा लेख्ने गरेको उनको आरोप थियो।

सञ्चारमाध्यममा भारतीय दबाबमा सरकारले विषादीयुक्त तरकारी रोक्ने निर्णय फिर्ता गरेको सन्देश प्रवाह भइरहेको थियो। ‘मिडिया सञ्चालकहरू राजनीति गर्छन्, सबैलाई नचाउन खोज्छन्,’ यादवको भनाइ थियो।


मिडियाका कमजोरी नभएका होइनन्, न सरकार कमजोररहित हुन्छ। तर, मिडियालाई सरकारको प्रचार औजारभन्दा फरक ढङ्गले बुझ्न नखोज्नु चाहिँ मूल समस्या हो।


कतिपय समाचार सरकारप्रति आलोचनात्मक थिए होलान्। केही सञ्चारमाध्यमले ‘नबुझी’ लेखे होलान्, जसलाई सुधार गर्न र सच्च्याउन सकिन्छ। कसै–कसैले राजनीति पनि गरे होलान्।

राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनले तत्कालीन एमालेबाट संविधानसभा सदस्य बनेका थिए। कतिपय पत्रकार सगर्व राजनीतिक दलको चुनाव प्रचार–प्रसारमा लागेका छन्। गएको चुनावमा केही कहलिएका सम्पादक र वरिष्ठ पत्रकार नै नेपाली कांग्रेसको चुनाव प्रचार समितिमा थिए।

तर, मन्त्रीद्वयले ‘जेनेरलाइज्ड’ गरेजस्तो सबै पत्रकार कुइरिमण्डलमा हुँदैनन्, सबैले राजनीति गर्दैनन् र मालिकको इसारामा लेख्दैनन्।

राजनीति आकर्षित नगर्ने इमान र विवेक भएका धेरै पत्रकार पनि छन्, जसले नेपाली पत्रकारिता भरथेग गरेका छन्। त्यस्ता सम्पादक पनि छन्, जसले मालिकको दबाब स्वीकार गर्नुको सट्टा पदबाट राजीनामा दिएका छन्।

एकाध अपवाद लिएर सरकारका जिम्मेवार मन्त्रीहरूले समग्र पत्रकारिता क्षेत्रलाई मुछ्दा सम्बन्धित सञ्चारकर्मी वा सञ्चारसंस्थाले गल्ती महसुस गर्नुको सट्टा उल्टै त्यस्ता सञ्चारकर्मी वा सञ्चारसंस्थालाई ‘उम्किन’ अवसर मिल्ने छ। तर, अन्य सञ्चारकर्मी र संस्थालाई भने त्यसले उद्वेलित बनाउन सक्छ।

दुईतिहाइको सरकारका धेरै निर्णय विवादास्पद र आलोच्य बनेपछि सरकार उसै रक्षात्मक थियो। प्रस्तावित मिडिया काउन्सिल विधेयकमा मिडिया जगतको निरन्तर विरोध सरकारका लागि रूचीको विषय थिएन नै।

गुठी विधेयक, भारतीय फिल्म अवार्ड तथा विषाक्त तरकारी प्रकरणपछि सरकार थप रक्षात्मक बनेको छ। सरसर्ती हेर्दा मन्त्रीद्वयका बोली यस्तै प्रकरणका ‘साइड इफेक्ट’ हुन्।

सरकारका मन्त्रीका उल्लेखित अभिव्यक्ति नयाँ भने होइनन्, बरू मिडियाप्रति यादव र बाँस्कोटाका आक्रमक टिप्पणीको निरन्तरतामात्र हो। सञ्चारमाध्यमले कसैलाई सबैभन्दा बढी ‘उदाङ्गो’ पारेको छ भने ती मन्त्री बाँस्कोटाका विवादास्पद र परस्पर बाझिने अभिव्यक्ति हुन्। र, यो सरकारमा मिडियाप्रति सबैभन्दा आक्रमक पनि पूर्वपत्रकारसमेत रहेका उनै बाँस्कोटा देखिन्छन्।

तर, मन्त्रीद्वयका अभिव्यक्तिमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंको बुझाइ पनि प्रतिविम्बित हुन्छ। उनले केहीअघि सरकारको सार्वजनिक आलोचना गर्नेप्रति ‘अरिङ्गाल’ बनेर प्रत्याक्रमणमा उत्रन कार्यकर्र्तालाई निर्देशन गरेका थिए। पछिल्लो समय उस्तै निर्देशन नेकपाका उच्च नेता, सांसद र मन्त्रीसमेतले पाएका छन्।

संविधान, कानुन र अभ्यासमा नेपाली पत्रकारिता मूलतः स्वतन्त्र रहँदै आएको छ। तर, प्रस्तावित मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकका कतिपय प्रावधान र मन्त्री महोदयका भनाइमा सत्तासीन पार्टीको दर्शन हाबी देखिन्छ।

कम्युनिस्ट दिक्षा र दर्शनमा मिडियालाई ‘पब्लिक स्फेयर’ होइन, राज्यको प्रचार औजारका रूपमा लिइन्छ। दुईतिहाईको कम्युनिस्ट सरकार त्यसैतर्फ उन्मुख हुन खोजेको जुन आरोप छ, सरकारकै बोली र व्यवहारले त्यसलाई बल प्रदान गरेको छ।

मन्त्रीद्वयका पछिल्ला अभिव्यक्तिले सार्वजनिक बहस र रचनात्मक आलोचनाप्रति सरकार सहिष्णु भएको सङ्केत मिल्दैन। सरकारको बुझाइमा अहिले जनता सरकारका कार्यप्रदर्शनप्रति नकारात्मक छैनन्, बरु मिडियाले तिनलाई दिग्भ्रमित पार्दैछन्।

यसर्थ, मिडियालाई सरकारले ‘डोर्याउनु पर्छ’ भन्ने आशय देखिन्छ। प्रस्तावित मिडिया काउन्सिल ऐन र सूचना प्रविधि विधेयकका कतिपय प्रावधानले उक्त आशङ्का चिर्दैन, उल्टै बल पुर्याउँछ।

सरकार र मिडियाबीच दूरी बढ्नुमा मिडियाभन्दा सरकारकै भूमिका अहम देखिन्छ, जसलाई घटाउन सरकारले बोली र व्यवहारमा लगाम लगाउन जरुरी छ।

मिडियाको सामान्य स्वभाव सरकार र राज्यका कामप्रति खबरदारी गर्नु पनि हो। तर, राज्यका कुनै कामको आलोचना गरेवापत सरकारले पत्रकार या सञ्चार संस्थालाई विरोधी करार या ‘भिलिफाइ’ गर्नु मनासिब हुँदैन।

मिडियाका कमजोरी नभएका होइनन्, न सरकार कमजोररहित हुन्छ। तर, मिडियालाई सरकारको प्रचार औजारभन्दा फरक ढङ्गले बुझ्न नखोज्नु चाहिँ मूल समस्या हो।

उसै पनि राज्यकोषबाट सञ्चालित सञ्चार माध्यमलाई सरकारले सुरुदेखि नै डो¥याउँदै आएको छ। निजी तथा सामुदायिक माध्यमलाई पनि आफूअनुकुल हिँडाउनुपर्छ भन्ठान्नु प्रजातान्त्रिक सोच होइन।

एकातिर मिडिया काउन्सिल विधेयकका कारण उद्वेलित पत्रकारहरूको विरोधका कार्यक्रम अन्त्य गर्न आग्रह गर्ने, अर्कोतिर सरकारका जिम्मेवार व्यक्तिबाटै पत्रकार र पत्रकारिताप्रति विवादास्पद अभिव्यक्ति आइरहनाले मिडिया र सरकारबीचको दूरी घटाउन मद्दत गर्दैन, बरु द्वन्द्व बढाउने छ।

सरकार र मिडियाबीच दूरी बढ्नुमा मिडियाभन्दा सरकारकै भूमिका अहम देखिन्छ, जसलाई घटाउन सरकारले बोली र व्यवहारमा लगाम लगाउन जरुरी छ।

पत्रकारको प्रतिष्ठा

पत्रकारिताको प्रतिष्ठाकरियरकास्टको र्‍याङ्किङमा ‘न्युजपेपर रिपोर्टर’ पेसा सबैभन्दा निम्न कोटीमा परेको छ । यो २ सयआंै नम्बरमा छ । कामको वातावरण- साह्रै खराब । तनाव- अति धेरै । वृत्तिविकास- अचाक्ली दुर्लभ । पेसागत औकात विश्लेषण गरी नम्बर दिने विश्वमै चिनिएको यस साइटले पत्रकारितालाई सबैभन्दा कमसल देखेको छ । उसको मूल्यांकनमा पत्रिकाका संवाददाता नीचताको पिँधमा छन् ।

तिनले खराब पेसाको एक सय ९९ पूर्णांकमा सबै नम्बर ल्याएका छन् । त्यसभन्दा उच्च कोटीमा बरु रूख काट्ने, विषादी छिट्ने, आगो निभाउने आदि पेसाकर्मी छन् । त्यसभन्दा माथि पर्छन्-ट्याक्सी ड्राइभर, फोहोर संकलक, हुलाकी, पेन्टर, निर्माण श्रमिक, वेल्डर, ट्रक ड्राइभर, सिकर्मी, किसान, इँटा मजदुर आदि ।पत्रकारिता संसारमै यति दीन-हीन पेसा कसरी हुन गयो ? आउनुहोस्, खुला बहस गरौं । चौथो अंगदेखि पीत पत्रकारिता हुँदै आजको नागरिक पत्रकारितासम्म आइपुग्दाका उतार-चढावको गहन समीक्षा गरौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र त्यहाँका ठूला मिडियाबीच शीतयुद्ध चलिरहेको छ । अल्पराजनीतिक पृष्ठभूमिबाट उदाएका ट्रम्पले कुनै हालतमा नजित्ने सन् २०१६ को चुनावताका मिडियाले प्रक्षेपण गरे । सर्वेक्षणका सबै रिपोर्ट डेमोक्य्राट प्रत्याशी हिलारी क्लिन्टनका पक्षमा थिए । रिपब्लिकन ट्रम्पले जब अप्रत्यासित बाजी मारे, मिडियाले हार्न चाहेनन् । सर्वेक्षण आफैंमा व्यावसायिक पत्रकारिता होइन, त्यसमाथि उल्टो परिणाम आउँदा पेसागत सकस नपर्नु ठीक थिएन । तर, त्यसभन्दा माथि नाघेर ट्रम्पले मिडियालाई गाली गरे, ‘यी अमेरिकाका दुस्मन हुन् ।’

ट्रम्पका कुरा छाडौं, अमेरिकाका अन्य नेताको हेराइमा पनि पत्रकारिता गाली गर्न योग्य पेसा हो । प्रायःको हेर्ने दृष्टिकोण उस्तै कर्के छ । पूर्वराष्ट्रपति थोमस जेफर्सनले भनेका थिए, ‘अरू केही नपढेर पत्रिका मात्र पढ्ने मानिसभन्दा बरु केही पढ्दै नपढ्ने व्यक्ति बढ्ता शिक्षित हुन्छ ।’ उनको आशय हो- पत्रिका पढ्नु भनेको भएको शिक्षा पनि गुमाउनु हो ।

ट्रम्पसँग राष्ट्रपतिको प्रतिस्पर्धामा उत्रिएकी हिलारीको भनाइ उस्तै टिठलाग्दो छ, ‘जब म पत्रिकाको पहिलो पृष्ठ पढेर भ्याउँछु, केवल कपालको स्टाइल बदल्न सक्छु ।’ उनले भन्न खोजेको हो- पत्रिका पढेर आर्जन गर्ने केही हुँदैन । यिनले काम लाग्ने कुरा फिटिक्कै लेख्दैनन् ।

महात्मा गान्धीले भने यो पेसाको मर्म बुझेका थिए । उनले भनेका थिए, ‘म हरेकबीच समानतामा विश्वास गर्छु तर रिपोर्टर र फोटोग्राफरबाहेक ।’ उनलाई थाहा थियो- यी दुई पेसाकर्मी दुनियाँमा साह्रै दुःख गर्छन् । तिनलाई भिन्नै उच्च सुविधा दिइनुपर्छ ।

तिनै रिपोर्टर र फोटोग्राफर अन्य नेताका लागि भने ‘दुस्मन’ बन्ने गरेका छन् । कारण धेरै छन् । नेताले प्याच्च बोल्छ । पत्रकारले लेख्छ । सामाजिक सञ्जाल नेताविरुद्ध खनिन्छ । उसले प्रतिक्रिया दिन्छ, ‘मिडियामा जे आयो, त्यो भ्रामक, कपोलकल्पित, मनगढन्ते, अतिरञ्जित र नियोजित हो । मैले त्यस्तो बोलेकै छैन ।’

पत्रकारले अडियो-भिडियो जे छ, सार्वजनिक गर्छ । नेता झन् ठूलो स्वरले कुर्लिन्छ, ‘यो एडिट गरेर मिलाएको हो । पूरा वाक्य नदिएको हो ।’ आदि-इत्यादि । सामाजिक सञ्जाल फनक्क फर्किन्छ, ‘…पत्रकार ।’ ‘यसलाई त डाम्नुपर्ने ।’ इत्यादि । हाम्रो सामाजिक संरचना यस्तो छ, जो हल्लाका पछि हूल बाँधेर दौडिन्छ । गहिराइमा नपुगी कडा श्राप दिनै हौसिन्छ । र, यसमा प्रायःका तारो बन्छन् पत्रकार ।

इटहरीका मेयरको तथानाम प्रकरण होस् वा उपप्रधानमन्त्री उपेन्द्र यादवसँगको अन्तर्वार्ता नै किन नहोस्, सामाजिक सञ्जाल पत्रकारविरुद्ध खनिएर लाग्यो । प्रतिक्रिया हेर्दा यस्तो लाग्थ्यो- अहिल्यै पत्रकारिता छाडौं । किनकि, मौकामा व्यक्ति होइन, सिंगो पेसालाई दुनियाँले गाली गर्छ ।

सँगसँगै यो पनि हो- बढ्ता आलोचना पत्रकारकै किन हुन्छ ? ठोक्ने ठाउँ पाउँदा पत्रकारविरुद्ध सर्वसाधारणसम्मै किन मुख छाडेर लाग्छन् ? कहाँ चित्त दुखेको छ तिनको ? के छन् हाम्रा कमजोरी ? के पत्रकारले योचाहिँ नसोच्ने ? नखोज्ने ? आत्मसमीक्षा नगर्ने ?

अर्काका आङका जुम्रा देख्ने हामी पत्रकारले आफ्नो आङमा पनि के-के हिँड्दै छन् हेर्ने कि ? नेपालमा सरकार र मिडियाकर्मीबीच पञ्जा-लडाइँ चर्किइरहेको छ । मिडियाकर्मी राक्षस हुन् जसरी सरकार प्रस्तुत छ । यिनलाई ठेगान नै लगाउनुपर्छ भन्ने मान्यताबाट मिडिया काउन्सिल विधेयक ल्याइएको छ । पत्रकार त्यसविरुद्ध जुर्मुराएर आन्दोलनमा उत्रिएका छन् ।

पत्रकारितामा यदाकदा अपरिपक्वता हुन सक्छ । त्यसलाई हेरेर सिंगो पेसालाई दोषारोपण गर्नु हुँदैन । तर, आफूभित्रका कमी-कमजोरी भने पत्रकारले अनुभूत गर्नैपर्छ । आखिर कुन पेसाको टीका-टिप्पणी हुँदैन ? सबैभन्दा बढता जनताले खैरो खन्ने राजनीतिकर्मीकै हो । वकिलबारे जोकैजोक बनेका छन् । घर-घरमा उत्पादनको सपना देखिने डाक्टर÷इन्जिनियर धनमुखी भएर आचार बिर्संदै गएका छन् । तिनको प्रतिष्ठामा पनि प्रश्न आउन थालेका छन् । ‘सेलिब्रेटी’ भनिने कलाकारदेखि संगीतकर्मीसम्मका बदनामीका घटना सार्वजनिक भएकै छन् । राष्ट्रसेवक घुसमा कहलिएका छन् । सामाजिक अभियन्ताका कमाउधन्धा गनिनसक्नु छन् ।

के सबै राजनीतिज्ञ बिटुला छन् ? वकिल, डाक्टर, इन्जिनियर, कलाकार, कर्मचारी, समाजसेवी अनुकरणीय पनि छैनन् र ? सबैलाई एउटै डालोमा हालेर पेसाकै बदनाम गर्नु महाभूल हो । पत्रकारिता पनि त्यस्तै हो । भनाइमा यो राज्यको चौथो अंग हो । तर, स्विकार्नै पर्छ- यो चौथो अंगका सबै अंग स्वस्थ भने छैनन् । प्रश्न हो- बिरामीको उपचार गर्ने कि घाँटी निमोठ्ने ? सरकारको कदम घाँटी निमोठ्न मात्र होइन, छिनाउनै उद्यत् छ ।

बेलायती राजनीतिज्ञ एडमन्ड ब्रुकले सन् १७८७ मा संसद्मा प्रेसलाई त्यसै चौथो अंग भनेका थिएनन् । हाउस अफ कमनमा उनले भनेका थिए, ‘यहाँ राज्यका तीन अंग छन् । उता रिपोर्टर ग्यालरीमा चौथो अंग बसेको छ, जुन बाँकी अंगका लागि महत्वशाली छ ।’

त्यो उस जमानाको रफ्तारमा ‘भाइरल’ भयो । सन् १८२३ मा अक्सफोर्ड डिक्स्नरीले सामेल गरेपछि विश्वव्यापी भयो । अहिले संसारभरि पत्रकारलाई राज्यको चौथो अंग भनिन्छ । तर, नेपालजस्ता राजनीतिबहुल मुलुकमा रोगिएको अनि शल्यक्रिया गरेर फाल्नुपर्ने अंगको व्यवहार गरिन्छ । राज्य बरु अपूरो बन्न चाहन्छ, प्रेसलाई देख्नै सक्दैन । मुख्य कारण हो- स्वेच्छाचारिता र अनियमितता ।

प्रेस ‘वाच डग’ हो । शासकका कर्तुतविरुद्ध औंला उठाउन हिम्मत गर्ने पत्रकार नै हुन् । विपक्षमा हुँदा ‘सूचना दिएर’ सरकारविरुद्ध लेखाउने उही राजनीतिकर्मी जब सत्तामा पुग्छ, भन्छ- ‘पीत पत्रकार ।’ दुनियाँसामु आफ्नो आलोचना देख्न÷भोग्न नसक्नेका लागि पत्रकार ‘घटिया’ हुन् । आफ्नो दुस्कर्म ढाक्न जब कसैले पत्रकारलाई गाली गर्छ, बढ्ता विश्वास लेख्नेको होइन, उसकै गरिन्छ । विडम्बना यही छ ।

तर, पत्रकार छाडा साँढे अवश्य होइनन् । नियम, कानुन र आचारसंहितामा ती बाँधिनैपर्छ । त्यसका लागि व्यावसायिक पत्रकारिताका संघ-संगठन, समाचार संस्था तथा पत्रकार आफ्नै आचारसंहिता नभएका होइनन् । तिनको दायरामा रहेर सत्यता, विशुद्धता, वस्तुनिष्ठता, निष्पक्षता, न्याय र सार्वजनिक जवाफदेहिताका सिद्धान्त अवलम्बन गर्न पत्रकारले चुक्नु हुँदैन । तब मात्र यसको प्रतिष्ठा चुलिनेछ ।

करियरकास्टको ‘दुःखी पेसा’ को अर्थ सबैले घृणा गर्ने भन्ने होइन । पत्रकारिताको आफ्नै खाले मान, मर्यादा र सम्मान छ । उसले देखाउन चाहेको यति हो- यो आराम र हरामको पेसा होइन । यसमा दुःख, कष्ट, व्यथा धेरै छन् । यो पेसा यस्तो हो, जसले अर्काका कुरा अर्काकै लागि खोजिदिन्छ ।

तर पनि जस पाउँदैन । किन ?

राज्य ठान्छ- यो देशमा ठेगान लगाउनुपर्ने अरू कोही छैन, पत्रकार मात्र छ । किन ? प्रश्न सायद प्रश्नमै सीमित रहनेछ ।

Of Leaks & Journalism

 

Civilised societies through the millennia have accorded the pride of place to their quest for truth as a matter of cultural thrust and religious directive. In practice, there were—and will always be—individuals with different perceptions and reference frame cemented by personal ups, downs and upbringing, among a host of factors.
Some home truths about truth dissemination make an interesting study. For the 15th time, Egypt’s Abdel Fattah el-Sisi government not long ago extended Al Jazeera correspondent’s Mahmoud Hussein’s imprisonment since he was first arrested in 2016, i.e. more than 800 days ago. Had Hussein been a source of embarrassing a government not to the liking of a powerful nation, his case would have been accorded extensive and regular coverage both in the big power media and those with political axe to grind.
Countries that rate themselves as the best governed and most proactive in championing the cause of free speech and press freedom have not been as actively vociferous as they are on other occasions when the press comes under attack in countries with whom economic interests are not at any big risks or the government of the country that a news outlet originates. Nations that heavily depend upon foreign aid originating among the free press propagators face the brunt of the missionary zeal, even if selective in scale and volume.

Tainted approach
Clearly, different strokes are trained on different folks when the issue of free expression gets tossed up, depending on which side of a political and economic divide a media group or government might be. When an issue is too “sensitive”, meaning big power game is involved, it is shifted to a backburner. Governments would not mind turning indifferent to even their own citizens who, under specific circumstances, might prove to be expendables for the “larger” cause of political motivations and manipulation.
Jullian Assange, Wikileaks chief, presents a sharp point in focus. The British police surveillance of the Ecuadorian embassy in London, where Assange was holed up since June 2012 and cost British taxpayers some $ 30 million, from June 2012 to April 2015, until his hosts forced him out of the embassy grounds earlier this year.
Assange is wanted in Sweden for questioning over sexual misconduct allegations stemming from his visit to the country in 2010. He has not been charged and he denies the rape claim and other allegations made against him by two women. In 2012, he sought shelter in Ecuador’s embassy in the British capital, where he was holed up ever since. The Australian government seems to dish out an indifferent attitude to the media boss whose organisation disseminated information obtained by a whistle-blower, which put the US government in a very uncomfortable position, raising questions about its credibility and reliability as well.
In 2016, Al Jazeera sued the Egyptian government for $150,000 million after its office were closed and its licence cancelled while its journalists were hounded with harassment and detention. The El-sesi government scorned at reminders that its action were in violation of the United Nations Declaration of Human Rights and the International Covenant on Civil and Political Rights.
The American soldier Chelsea Manning leaked as many as 700,000 sensitive military and diplomatic documents, including those pertaining to the wars in Afghanistan and Iraq, to Jullian Assange’s WikiLeaks. The American military court handed him down a 35-year sentence in a military prison. Edward Snowden, a former National Security Agency of the US, also exposed many of the sensitive documents that indicated how deeply and extensively global communications and internet surveillance system of the US functioned. The disclosures put Washington in a tight spot, when even its allies were found to have been under close surveillance. Snowden escaped to Russia where he sought and obtained asylum in 2013.
The Norwegian branch of the PEN Club declared Snowden the winner of the Ossietzky prize for freedom in 2015, even if the US authorities charged him with espionage and theft of state secrets. He was also nominated for three consecutive years since 2014 for the Nobel Prize. The leaks proved authentic dissemination of policies and activity that the government wanted unknown to the public. Whatever the government’s embarrassment, large sections of people across the globe appreciated the value of the information thus disseminated but were not bothered much by the practice of whistle-blowers concerning the contents.
However, not everything that turns up in the internet carries facts and accurate information, especially in this decade of “twitter truth” as popularised by US President Donald Trump who has also circulated condemnation of “fake news” in a jab at mainstream news media in the US which, he thinks, have been hounding unfairly him since he threw his hat in the presidential ring three years ago.
There is this bunch that terms social media contents as news, which professionally is not the case, however vital the social media might be to people in general. Social media undoubtedly have their use—and excessive misuse. They are effective channels for tossing up ideas, sharing experiences and a whole gamut of exchanging information. If not misused, they do reflect in action of free market of ideas.
Then there are some governments that harass journalists under various pretexts even when they pledge to promote press freedom without barriers. Some years ago, the Al Jazeera office in Baghdad was bombed by US fighter aircraft. Its installation as a credible alternative channel in the international arena prompted the French government, too, to encourage French agencies to launch broadcast media in English through the state-supported AFP.

Audience for untruth
Studies find false stories circulate breathtakingly faster than the truth; and twitter is charged with loving lies. Such tales on the social media network are said to travel six times faster than the truth and reach a large number of people. This is what makes the socially minded or the target of the social media attack seethe with anger. President Trump’s use of twitter has served as an effective public platform for his ideas and response to issues. His critics claim irony in the president accusing much of mainstream media as conveyors of false news while Trump’s statements are said to be frequently less than accurate.
Many Western critics have expressed concern over what they see as Russia’s role in untruth spread in Europe and the US. In reality, any country with the resources and strategic interest would rush to hacking, tampering and downgrading news media in countries considered not very friendly to their interests. Hence they all try to paint the grey and false as the truth.

(Former chief editor of The Rising Nepal, P. Kharel has been writing for this daily since 1973) 

 

Restoring trust in media

In an age of unprecedented access to information people of all ages must improve their media literacy

OXFORD – In most industries, a quality product is easy to identify, thanks to markers like price, brand, and reviews. But in journalism, discerning quality is becoming increasingly complicated, not least because, in the digital age, trusted brands like the BBC or The New York Times, which can be expected to adhere to long-established journalistic standards, are vastly outnumbered by upstart publications, blogs, and community reports.

Not surprisingly, therefore, as claims of “fake news” have proliferated in recent years, trust in news media—established and otherwise—has plummeted. According to the Reuters Institute’s Digital News Report 2017, those who regularly consume news do so with significant skepticism. Only about 50 percent of users trust the media brands they choose to consume; far fewer trust outlets that they do not use. With too many options and too little confidence in media, nearly one-third of people have given up following the news altogether.

But news journalism is not an expendable luxury. It is a critical public good, enabling citizens to make informed decisions, while helping to hold those in power accountable. It can serve that function only if it is a quality product—and people know that. Delivering such a product, however, is no straightforward task.

The first problem is that there is no clear definition of what constitutes quality journalism, which raises the risk that the standard of “quality” will become a tool of censorship. When Adolf Hitler wanted a book burned, he would assert that it did not meet the “standards” of Nazi ideology. Similarly, a government today could cite quality issues to attack critics’ credibility or to justify denying them journalistic credentials.

Some organizations concerned with the future of the media are trying to circumvent this danger by developing trust indicators. Most notably, the Journalism Trust Initiative, led by Reporters Without Borders, is creating voluntary guidelines and a best-practice framework that will evolve into an official certification process. Some organizations champion traffic-light indicators, like those used in food labeling, while others argue for an ISO 9000 system reminiscent of industrial quality management.

But what, exactly, would these systems be certifying? The most logical answer might seem to be media organizations. But even first-class newsrooms produce plenty of second-class content, owing to factors ranging from a lack of available sources to simple human error. This implies that not all content from a given organization can be trusted equally.

Of course, some organizations have a proven track record of following certain procedures to minimize mistakes and respond to errors that do slip through. But these are likely to be the same organizations that already enjoy significant public trust. Whatever trust they have lost in recent years will not be offset by a new label affirming their quality.

As for the publications that would benefit from such a label, they are more likely to be smaller, newer, and thus poorly equipped to deal with the extra layer of bureaucracy that a certification procedure would entail. Organization-level quality certifications could thus hurt new entrants, while helping incumbents.

The alternative to organization-level certification would be to focus on individual pieces of content. But this would be a herculean task in terms of volume; worse, it could create perverse incentives, as journalists chase certifications in much the same way they now may chase awards, sometimes to the detriment of the work. The German reporter Claas Relotius won multiple awards for his brilliant storytelling before it was revealed that the stories he was telling were not true.

In any case, the question remains what exactly constitutes a quality piece of content. Does it simply have to be fact-based? Does it apply only to serious political and business news, or does it include lifestyle, entertainment, or human-interest stories? These questions are complicated further in the digital ecosystem: some blog posts may count as journalism, but that certainly isn’t the case for all of them.

Journalism will never be like, say, the airline industry, where strict standards and procedures apply to every action and product. But, until recently, it didn’t need to be: journalists adhered to codes of professional and ethical conduct, and were overseen by bodies that took action in the event of a breach. Doing it right was the default—even though the concept of “right” has always been open to interpretation.

That is how societies work. An individual does not need a “trust certification” to participate in a family or community (though China’s government would like to change that). The social contract establishes certain behavioral norms with which people generally comply; labels are needed only when trust is broken.

This is the status quo to which journalism must return. That means, first and foremost, individual organizations taking responsibility for the quality of their content and adhering to a set of rules, including oversight and editing, to ensure it. When this cannot be done within the organization itself—say, when a citizen journalist is operating in an anti-democratic environment—external bodies could do the job.

In establishing such systems, lessons could be learned from collaborative reporting projects like the one that covered the Panama Papers, in which researchers enjoyed individual freedom—ensuring a plurality of voices and healthy competition—but had to meet certain standards. As technology advances, automated fact-checking could also be introduced, especially in less-resourced newsrooms.

In an age of unprecedented access to information, true and otherwise, people of all ages must improve their media literacy. But that does not let media organizations off the hook. With the help of an aware and critical audience, they must monitor themselves and one another, as they have done in the past.

Alexandra Borchardt is Director of Leadership Programs at the Reuters Institute for the Study of Journalism

 

© 2019, Project Syndicate

मिडिया एकाधिकार र सघनताको प्रश्न

सार्वजनिक नभएको तर नेपालमा सञ्चार नीतिमा चासो राख्ने जमातमा चर्चा भइरहेको ‘आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफा २६ को २ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि छापा वा विद्युतीय एउटै प्रकृतिको प्रकाशन वा प्रसारण माध्यमको स्वामित्व धारणा वा सञ्चालन गरेको एक व्यक्ति, परिवार वा समूहलाई अन्य प्रकाशन वा प्रसारण माध्यमको स्वामित्वमा १५ प्रतिशतभन्दा बढी हिस्सा नहुने व्यवस्था गर्नुपर्छ।’

यो विधेयक संसद्मा दर्ता भएपछि नेपाली सञ्चार जगत्मा पक्ष र विपक्षमा बहस अवश्य होला। यो मिडिया एकाधिकार र मिडिया सघनताको विषय हो, जसबारे अध्येता, आमपाठकले चासो दिन आवश्यक छ। एउटा व्यक्ति, परिवार, समूह कस्तो मिडियामा कति लगानी गर्न पाउनुपर्छ ? के सरकारले यस्तो हदबन्दी तोक्न मिल्छ ? के बजारले नै यसको निर्धारण गर्न सक्छ ? यी नेपाली मिडिया स्वामित्वसम्बन्धी प्रश्न हुन्। यस लेखमा नेपालमा मिडिया एकाधिकार र सघनताबारे भएका बहसलाई पुनरवलोकन गर्दै अबको बाटो पहिल्याइएको छ।

नेपाली बहस

नेपालमा मिडिया एकाधिकार र सघनताको बहस कान्तिपुर मिडिया ग्रुपले २०५९ मा कान्तिपुर टेलिभिजन चलाउने लाइसेन्स प्राप्त गरेपछि चर्केको थियो। योभन्दा अगाडि दुई कोणबाट यसको बहस हुन्थ्यो— छापामा सीमित व्यक्तिको प्रभुत्वको सम्भावना र सरकारले छापा, रेडियो, टीभी आफैले नै चलाएको बारे। दोस्रो कोणबाट यस लेखमा बहस गर्न खोजिएको छैन।

कान्तिपुर टेलिभिजनको लाइसेन्सअघि

नेपालमा पत्रकारिताको अवस्था बुझ्न र यसबारे सुझाव दिन बनेको २०१५ को प्रेस कमिसनको प्रतिवेदनमा छापा माध्यमभित्र हुनसक्ने सघनताले पार्न सक्ने प्रभावबारे चर्चा गरिएको थियो। यसको प्रतिवेदनमा यस्तो भनिएको थियो, ‘व्यापार एकाधिपत्य गर्न चाहने तत्वले व्यापार क्षेत्रमा चलेझैं पत्रकारिता क्षेत्रमा पनि यस्तै तत्वले योजनाबद्ध तरिकाले देशभर पत्र शृंखला खडा गर्न सक्दछ। यसबाट दुईवटा खतरा हुनसक्ने उल्लेख छ। एक, अरू पत्रिकालाई बजारमा टिक्न गाह्रो हुन्छ। दुई, आफ्नै अनुकूलको जनमत निर्माण गरी राष्ट्रहितलाई महत्व नदिन सक्छ।

यस आयोगले नेपाली पत्रकारिता क्षेत्रमा यस्तो प्रवृत्ति नदेखिए पनि यसबारे सरकार, पत्रकार र जनता सचेत हुनुपर्ने भनिएको छ। पत्रकारितामा एकाधिकार भए यस प्रतिवेदनमा जनमत नै भ्रामक हुनसक्छ भनेको छ।

त्यस्तै २०३८ को शाही प्रेस कमिसनले पनि सञ्चारमा हुन सक्ने एकाधिकारबारे चिन्तित हुनुपर्ने उल्लेख छ। यसको प्रतिवेदनमा भनिएको छ, ‘अन्य केही मुलुकहरूमा पत्रपत्रिका व्यवसायमा पुँजीपतिहरूले समाचार पत्रपत्रिकाको सशक्त माध्यमलाई नियन्त्रण गरी सरकारको आर्थिक वा राजनीतिक नीतिहरूको निर्माणमा अवाञ्छनीय रूपमा प्रभाव पार्न सकेको स्थितिमा बेलाबखत चिन्ता प्रकट गरिएको पाइन्छ तर हाम्रो परिस्थितिमा यस प्रकारको समस्याबाट चिन्तित हुनुपर्ने अवस्था भने विद्यमान रहेको देखिँदैन।’

यी दुवै आयोगको प्रतिवेदनले नेपालमा यस्तो एकाधिकार देखिएको छैन भनेको छ र नेपालमा एकाधिकारको प्रश्न कान्तिपुर प्रकाशनले कान्तिपुर एफएमको प्रसारणपछि सोही समूहले कान्तिपुर टेलिभिजनको लाइसेन्स पाएपछि उठ्यो। यी दुवै प्रतिवेदनमा छापाको कुरा मात्र गरिएको छ। त्यस बेला निजी क्षेत्रले रेडियो चलाएको थिएन। टीभी त सरकारले पनि सुरु गरेको थिएन।

 कान्तिपुर टेलिभिजनको लाइसेन्सपछि

२०५९ वैशाख ४ मा कान्तिपुरले टेलिभिजन सञ्चालन गर्ने इजाजत पाएको थियो। कान्तिपुर दैनिकको वैशाख ५ मा प्रकाशित समाचारअनुसार सूचना तथा सञ्चार मन्त्रालयले कान्तिपुर टेलिभिजनलाई राष्ट्रिय र इमेज च्यानललाई मेट्रो प्रसारणको अनुमति दिएको थियो। कान्तिपुर टेलिभिजनको प्रसारण भने २०६० असार २९ मा राजा ज्ञानेन्द्रको ५७औं जन्मोत्सवका अवसरमा तत्कालीन युवराज पारस शाहले उद्घाटन गरी सुरु भएको थियो।

कुन मिडियाको बजार कस्तो छ ? पत्रिका कति छापिन्छ ? कति बिक्री हुन्छ। पाठक र दर्शक को हुन् ? कति छन् ?

तर लाइसेन्स प्राप्त गरेको चार दिनपछि नै यसका कारण मिडिया एकाधिकार भयो भनी नेपाली मिडियामा बहस सुरु भएको थियो।

२०५९ वैशाख ८ मै नेपाल समाचारपत्रले समाचार छापेको थियो ‘आमसञ्चारका सबै माध्यममा एकाधिपत्यको ‌औचित्यमाथि प्रश्न’ जसलाई अंग्रेजी साप्ताहिक पत्रिका नेपाली टाइम्सले साभार गर्दा मिडिया मोनोपोली भनिएको थियो। गजेन्द्र बुढाथोकीले लेखेको त्यस समाचारमा पत्रिका र एफएम चलाइरहेको कान्तिपुर प्रकाशन गृहलाई टेलिभिजनको अनुमति दिएपछि क्रिया–प्रतिक्रिया उत्पन्न भएको उल्लेख छ।

त्यस समाचारमा पत्रकार हिरण्यलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेश आचार्य, पत्रकार विनोद भट्टराईले मिडिया एकाधिकारको विरोध गरेका थिए भने कान्तिपुर पब्लिकेसन प्रालिका प्रबन्ध निर्देशक कैलाश सिरोहियाले पक्षमा प्रतिक्रिया दिएका थिए।

विपक्षमा तर्क गर्ने व्यक्तिहरूले मिडिया एकाधिकार भए मिडियाले जनमत निर्माणमा विकृति ल्याउन सक्ने र समाजका लागि खतरा हुन सक्ने तर्क गरे। पक्षवालाले भने भारत र अरू देशमा पनि पत्रपत्रिकाले विद्युतीय सञ्चारमाध्यम चलाएको विचार व्यक्त गरे। कैलाश सिरोहियाले भने, ‘हाम्रो देशलाई के चाहिन्छ र मुलुकको समग्र हितका लागि के चाहिन्छ र मुलुकको समग्र हितका लागि के दिनुपर्छ जनताले केसम्म ग्रहण गर्न सक्छन् भन्ने कुरा पहिला नै एउटा प्रतिबद्धता भयो भने एकाधिकार अथवा मुलुकको अहित भन्ने सन्दर्भ नै उठ्दैन।’ सूचना र सञ्चारमन्त्री जयप्रकाश गुप्ताले भने राष्ट्रिय प्रसारण ऐनअनुसार नै लाइसेन्स दिइएको बताएका थिए।

यसपछि नेपालमा मिडिया एकाधिकारको पक्ष र विपक्षमा बहस हुन थाल्यो र यो बहस त्यस बेला नेपाली मिडियामा भएका भनिएको विदेशी लगानीसँगसँगै उठ्यो। विदेशी लगानीको विरोध गर्दै सम्पादकीय लेख्ने क्रममा केही पत्रिकाले मिडियामा देखिएको यस्तो एकाधिकारको पनि विरोध गरेका थिए। यस कारणले विदेशी लगानीको विरोध गर्न गठन गरिएको नेपाल मिडिया सोसाइटी पनि कमजोर भएको थियो। त्यस बेला कान्तिपुर र अरू दैनिक पत्रिकामा स्वार्थ बाझिएको थियो।

यसरी विवाद भएपछि सरकारले मिडिया एकाधिकारसम्बन्धी आफ्नो धारणा दिएको थियो— सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९ मार्फत। यस विषयमा सञ्चार नीति २०४९ ले केही बोलेको थिएन। सायद यस विषयमा त्यस नीति बनाउँदा कल्पना नै गरिएको थियो। २०५९ को नीतिमा भनिएको थियो, ‘कुनै पनि व्यक्ति, संस्था या कम्पनीलाई प्रकाशनगृह, समाचार एजेन्सी, रेडियो प्रसारण संस्था र टेलिभिजन प्रसारण संस्थामध्ये बढीमा कुनै दुईवटा माध्यमको सञ्चालन गर्न अनुमति दिने, यसरी अनुमति दिँदा दोस्रो माध्यममा कुल लगानीको ४० प्रतिशतसम्म मात्र लगानी गर्न पाउने प्रावधान राख्ने।’ यस नीतिमा पहिला अनुमति दिइसकेको अवस्थामा के गर्ने भन्ने विषयमा केही पनि प्रावधान थिएन तर यसपछि कान्तिपुरका लगानीकर्ताले यस नीतिले आफूलाई प्रभाव पार्ने महसुस गरेका थिए। सन् २००३ मा न्यु बिजनेस एज म्यागेजिनमा प्रकाशित एक अन्तर्वार्तामा कान्तिपुर पब्लिकेसनका अध्यक्ष हेमराज ज्ञवालीले टेलिभिजन छोड्न तयार भएको जानकारी दिएका थिए।

यो नीति आएपछि सरकारले बनाएका विभिन्न सुझाव समितिले पनि मिडिया एकाधिकार हुन नदिन सचेत हुनुपर्ने सुझाव दियो। श्री ५ को सरकारद्वारा पत्रपत्रिका विकासका लागि सुझाव दिन प्रेस काउन्सिलका अध्यक्ष हरिहर विरहीको संयोजकत्वमा बनेको समिति २०५९ ले भनेको थियो, ‘प्रेस व्यवसाय फगत नाफा आर्जनको ध्येय र एकाधिकारवादी व्यापारिक दाउपेचबाट सञ्चालन हुन नहुने व्यवसाय भएकाले स्वामित्व र लगानीबारे ध्यान नदिँदा भविष्यमा उत्पन्न हुनसक्ने विकृति, विसंगति र दुष्परिणामलाई दृष्टिगत गरी समयमै सचेतता अपनाइनु जरुरी छ।’

यो समितिले प्रस्ट कुनै व्यवस्था सुझाएको छैन। त्यस्तै २०६० मा भारतदत्त कोइरालाको संयोजकत्वमा बनेको विद्युतीय सञ्चार माध्यमलाई व्यवस्थित र विकसितका लागि सुझाव दिने कार्यदलले पनि एकै व्यक्ति वा संस्थालाई छापा, रेडियो र टेलिभिजन तीनै माध्यम सञ्चालन गर्न दिँदा ‘निरंकुश र स्वेच्छाचारी हुनसक्ने सम्भवना’ भएकाले नीतिअनुसार दुईवटा चलाउन दिने सुझाव दियो।

नीति बने पनि ऐनचाहिँ सरकारले बनाएको थिएन। मिडिया एकाधिकार अन्त्य गर्नुपर्ने माग नेपाल पत्रकार महासंघलगायत अरू सञ्चारसम्बन्धी संस्थाले गर्न थाले। यस विषयलाई पनि निकास दिने हिसाबले २०६१ माघ १९ पछि राजा ज्ञानेन्द्रले कु गरी शाही सेनाको शक्तिले सत्ता हत्याएपछि २०६२ असोज २३ गते सञ्चारसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२ जारी गरेको थियो।

यो अध्यादेशमा कुनै मिडिया हाउसलाई दुईभन्दा बढी मिडिया नदिने भनेर स्पष्ट लेखिएको थियो। यो अध्यादेश सरकारले ल्याउँदै छ भनेर कान्तिपुरलगायत अरू छापाले २०६२ जेठमै समाचार बनाएको थियो।

यस अध्यादेशलाई नेपाल पत्रकार महासंघलगायत पत्रकारका अरू संगठनले पनि विरोध गरेका थिए। यही समाचारकै कारण अध्यादेश नै नआई समाचार बनाएर भ्रम फैलाएको भनेर प्रेस काउन्सिल नेपालले कान्तिपुर र अरू केही पत्रिकाले पत्रकारिताको आचारसंहिताविपरीत काम गरेको भनेर पत्र पनि काटेको थियो।

पछि दसैंताका यो अध्यादेश ल्याइएको थियो। त्यस अध्यादेशले कुनै सञ्चार संस्थाले दुईभन्दा बढी प्रकारको सञ्चारको स्वामित्व लिन नपाउने गरी राष्ट्रिय प्रसारण ऐन, २०४९ मा संशोधन गरिएको थियो। अध्यादेशमा भनिएको थियो, ‘राष्ट्रिय प्रसारण ऐन २०४९ को दफा ६ क. थपी ६ क. इजाजत वा प्रमाणपत्र नदिइने :

१. प्रचलित कानुन वा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि व्यक्ति वा संगठित संस्थालाई एकैपटक वा पटकपटक गरी रेडियो, टेलिभिजन र प्रकाशनमध्ये कुनै दुईभन्दा बढीको इजाजतपत्र वा प्रमाणपत्र दिइने छैन।

२. प्रचलित कानुन वा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुनअघि कुनै व्यक्ति वा संगठित संस्थाले रेडियो, टेलिभिजन र प्रकाशनको इजाजतपत्र वा प्रमाणपत्र पाएको रहेछ भने त्यस्तो व्यक्ति वा संस्थाले यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र रेडियो, टेलिभिजन र प्रकाशनमध्ये कुनै दुईको प्रसारण गर्न छनोट गरी बाँकी हकमा छुट्टै व्यक्ति, संस्था वा व्यवस्थापनद्वारा प्रसारण वा प्रकाशनको व्यवस्था गर्नुपर्छ।

३. उपदफा (२) बमोजिमको अवधिभित्र कुनै इजाजतपत्र वा प्रमाणपत्र प्राप्त व्यक्ति वा संस्थाले रेडियो, टेलिभिजन वा प्रकाशनमध्ये कुनै दुईको प्रकाशन वा प्रकाशन गर्न छनोट नगरेमा वा छुट्टै व्यक्ति, संस्था वा व्यवस्थाजनद्वारा प्रसारण वा प्रकाशनको व्यवस्था नगरेमा श्री ५ को सरकारको निजले पाएको इजाजतपत्र रद्द गर्नेछ।

यस अध्यादेशको बारेमा सन् २००५ मा प्रकाशित इन्टरनेसनल कमिसन अफ जुरिस्टको प्रतिवेदनमा सरकारले दुईभन्दा बढी प्रकारको सञ्चारको स्वामित्वमा बन्देज लगाउने निहुँमा कान्तिपुरलाई प्रभाव पार्न खोजेको आरोप लगाएको थियो। हुन पनि त्यस बेला कान्तिपुर सरकारप्रति आलोचित थियो।

नेपालको नयाँ सञ्चार अध्यादेश ः मुख थुन्ने शक्ति नामको त्यस अध्ययन प्रतिवेदनमा नेपालमा एकभन्दा बढी प्रकारको मिडिया लिने संस्था कान्तिपुर र इमेज च्यानल मात्र छ भनिएको छ। कान्तिपुरसँग पत्रिका, रेडियो र टीभी अनि इमेजसँग टीभी र रेडियो रहेको त्यस प्रतिवेदनमा उल्लेख छ।

मिडिया स्वामित्व केन्द्रीकरण हुँदा जनताको सूचनाको हकमा कुण्ठित हुने हुँदा सरकारले कान्तिपुरले तीन प्रकारको सञ्चार सञ्चालन गर्दा यो भएको छ छैन सरकारले अध्ययन गर्नुपर्ने सुझाव यस प्रतिवेदनमा दिइएको छ। त्यस्तै दुई प्रकारका सञ्चारमाध्यम मात्र चलाउन पाउने व्यवस्थाले पनि मिडिया स्वामित्वबाट देखिने दुष्प्रभावलाई रोक्न नसकिने जिकिर गरिएको छ। तीव्र प्रतिस्पर्धात्मक र बहुलवादी सञ्चार बनाउने प्रक्रिया जटिल भएको उल्लेख गरिएको छ यस प्रतिवेदनमा।

२०६३ वैशाख ११ पछि बनेको सरकारले वैशाख २६ मा यो अध्यादेश खारेज गरेपछि नेपालमा मिडिया एकाधिकारसम्बन्धी कानुन छैन तर यसबीचमा बनेका मिडिया सुझाव आयोग र मिडिया नीतिका मस्यौदामा यो विषयलाई सम्बोधन गरिएको छ।

२०६३ मा बनेको उच्चस्तरीय मिडिया सुझाव आयोगले मिडिया एकाधिकारलाई अझ स्पष्ट पार्‍यो। एकाधिकार नियन्त्रण गर्ने प्रतिस्पर्धात्मक कानुन आवश्यक छ भन्दै यसले सरकारलाई राष्ट्रिय स्तरको छापा, रेडियो वा टेलिभिजनमध्ये कुनै एक सञ्चारमा ५१ प्रतिशतभन्दा बढी लगानी भएको व्यक्ति वा कम्पनीले अर्को राष्ट्रिय स्तरको छापा, रेडियो, टीभी वा अनलाइन आदि सञ्चालन गर्ने संस्थामा २० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने सुझाव दिएको छ। यसरी लगानी गर्दा लगानीकर्ताले त्यस सञ्चारमाध्यमको सम्पूर्ण तथ्य र लगानीको विवरण पेस गर्दा आफ्नो र आफ्नो परिवारको स्रोतसहित विवरण सार्वजनिक गर्नुपर्छ। सुन्दा खेरि यो व्यवस्था राम्रो छ। यसले २०५९ मा सरकारले व्यवस्था गरेको ४० प्रतिशतलाई पनि घटाएको छ। साथै २०६७ मंसिरमा जापानी सहयोग नियोग जाइकाको सहयोगमा सञ्चालन गरिएको मिडिया फोर पिस प्रोजेक्टका क्रममा २०६८ मा सार्वजनिक गरिएको मिडिया नीतिको मस्यौदामा मिडियामा एकाधिकार रोक्न सीमा निर्धारण गर्ने र यसपछि त्यो नियम पालन गर्न दुईदेखि पाँच वर्ष संक्रमणकाल राख्ने उल्लेख गरेको छ। २०७३ पछि लागू गरिएको राष्ट्रिय आमसञ्चार नीतिमा भने स्वस्थ र मर्यादित पत्रकारिताको विकासका निम्ति मिडिया एकाधिकार (मिडिया मोनोपोली) र मिडिया सघनता (मिडिया कन्सन्ट्रेसन) बाट उत्पन्न हुन सक्ने नकारात्मक परिणामलाई निरुत्साहन गर्न छापा र विद्युतीय एउटै प्रकृतिको राष्ट्रियस्तरको प्रकाशन वा प्रसारण माध्यमको स्वामित्व धारण वा सञ्चालन गरेको एक व्यक्ति, परिवार वा समूहलाई अन्य प्रकाशन वा प्रसारण माध्यमको स्वामित्वमा निर्णायक हिस्सा नहुने गरी निश्चित सर्तसहित लगानीको सीमा तोक्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरिनेछ भनिएको छ।

यस लेखको सुरुमा उल्लिखित विधेयकमा यही प्रावधानलाई सम्बोधन गर्न खोजिएको हो।

मिडिया एकाधिकार र सघनताको जटिलता

मिडिया एकाधिकार र सघनता छ छैन र छ भने समाजमा यसको प्रभाव कस्तो छ भन्ने विषयमा मिडिया अध्येताहरू विभाजित छ। यस विषयमा तीन थरी राय देखिन्छन्।

एक थरी अध्येता बढीभन्दा बढी स्वामित्व ठूला व्यापारी समूहमा गएको र तिनीहरूले के छाप्ने नछाप्ने भन्ने कुरामा हस्तक्षेप गरेको उदाहरण प्रस्तुत गर्छन्। यस विचारलाई प्रस्तुत गर्ने अध्येताको अग्रपंक्तिमा बेन बागडिकियन पर्छन्। सन् १९८३ मा प्रकाशित र पछि परिमार्जित आफ्नो पुस्तक दी मिडिया मोनोपोलीमा अमेरिकी नागरिकले के पढ्छ, हेर्छ र सुन्छ भन्ने कुराको निर्धारण ५० वटा ठूला मिडिया कम्पनीले गर्छ भनिएको थियो। यस किताबलाई परिमार्जन गरी सन् २००४ मा दी न्यु मिडिया मोनोपोली प्रकाशित भयो। यस किताबमा भने उनले त्यस्तो मिडिया कम्पनीको संख्या पाँच पुगेको उल्लेख गरे।

अर्का थरी अध्येता भने स्वामित्व सघनता हुँदा पनि पाठक र समाजलाई नराम्रो नभएको तर्क गर्छन्। यस विचारको प्रतिनिधि सन् २००५ मा प्रकाशित एडम्स दी थिएरेरको पुस्तक मिडिया मिथ्स् ः मेकिन सेन्स अफ द डिबेट ओभर मिडिया ओनरसिपले गर्छ। बेन बागडिकियनजस्तो मिडियामा भएको उदारीकरणलाई नराम्रो ठान्ने वामपन्थी र अरू अध्येताको चासोलाई मिडिया म्याडनेस र मिथ उनी भन्छन्। उनी मिडिया सघनता हुँदा पनि पाठकले धेरैभन्दा धेरै सामग्री उपयोग गर्न सक्ने भएकाले इन्फरमेसन ओभरलोड भएको तर्क गर्छन्। र नयाँ मिडिया र प्रविधिका कारण प्रतिस्पर्धा बढेको र डिजिटल माध्यममा सबै सामग्री वाइटमा परिवर्तन हुँदा पहिलाजस्तो छापा, रेडियो र टीभी भनी छुटाउन नसकिने हुँदा अन्तर माध्यमगत स्वामित्व (क्रस मिडिया वनरसिप)को मुद्दा काम नलाग्ने तर्क गरेका छन्। सञ्चारको स्वामित्व मुद्दामा बजारले नै निर्धारण गर्ने भएकाले सरकारले यसमा हदबन्दी राख्न नहुने तर्क उनको छ।

अन्तिम थरी अध्येता भने पहिलो र दोस्रो अध्येताको विचार तथ्यसंगत नभएको तर्क गर्छन्। उदाहरणका लागि इलि नोयम बेन बागडिकियन र एडम्स दी थिएरेर दुवैको कामलाई मिडिया एक्टिभिजमका रूपमा लिन्छन्। एकातिर बेन बागडिकियनले तथ्यको राम्रो विश्लेषण गरेनन् भने एडम्स दी थिएरेरले तथ्य नै दिएनन्, इलि नोयम भन्छन्। सन् १९८५ मा बेन बागडिकियनले उल्लेख गरेका ५० वटा कम्पनीले ३६ प्रतिशत बजार कब्जा गरेको इलि नोयमको अध्ययनले देखाएको छ। यसलाई मोनोपोली नै भन्न नसकिने उनको राय छ। त्यस्तै बेन बागडिकियनले उल्लेख गरेका पाँच कम्पनीको वर्चश्व फिल्म (५५ प्रतिशत)मा बाहेक पत्रपत्रिका, रेडियो र टीभीमा नभएको इलि नोयमको अध्ययनले देखाउँछ। उनले मिडिया एकाधिकार र सघनताको बहस र पैरवी गर्दा अनुसन्धानमा ध्यान दिनुपर्ने विचार व्यक्त गरेका छन्।

इलि नोयमले भनेझैं नेपाल मिडिया एकाधिकार र सघनताबारे बहस गर्दै गर्दा बहसमा हुने तर्कवितर्क तथ्यमा आधारित छ छैन हेर्न आवश्यक छ। २०७५ मा तयार गरिएको यस लेखको सुरुमा उल्लेख गरिएको विधेयकको प्रारम्भिक मस्यौदामा ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आमसञ्चार माध्यममा पचास प्रतिशतभन्दा बढी लगानी गरी सञ्चालित गरेको व्यक्ति परिवार वा समूहले अन्य प्रकाशित वा प्रसारण माध्यमको स्वामित्वमा निर्णायक हिस्सा हुने गरी लगानी गर्न पाउनेछैन’ भनिएको थियो। अहिले स्पष्ट नलेखिए पनि पहिलो माध्यममा १०० प्रतिशत र दोस्रोमा १५ प्रतिशत स्वामित्व हुन सक्ने प्रवाधन छ। मिडिया स्वामित्वको हदबन्दीमा यो परिवर्तन किन भयो र यो घटिबढीको आधार के हो ? यसका लागि नेपालमा मिडियाको स्वामित्व र पारदर्शिताबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बृहत अध्ययन गराउन आवश्यक छ। कुन मिडियाको बजार कस्तो छ ? पत्रिका कति छापिन्छ ? कति बिक्री हुन्छ।

पाठक र दर्शक को हुन्, कति छन्, र नाफा कति छ ? कुन मिडियामा कसको, कति लगानी छ ? मिडिया स्वामित्व लिएका व्यक्ति, परिवार र समूहको मिडियाबाहेक के केमा लगानी छ ? के यस्तो लगानीबाट मिडियाको सामग्रीमा असर परेको छ ? परेको छ भने कस्तो छ ? के मिडियाको डिजिटल ट्रान्जिसन र ट्रान्सफोरमेसनपछि मिडियाको स्वामित्वमा हुनसक्ने एकाधिकार र सघनताको बहस गौण भएको हो ? मिडिया एकाधिकार र सघनतासम्बन्धी यस्ता प्रश्नबारे तथ्य र तथ्यांकको विश्लेषणपछि मिडिया एकाधिकार र सघनताको मुद्दाको निकास दिन सजिलो हुन्छ। यस्तो अनुसन्धानमा मिडिया क्षेत्रको सहयोग आवश्यक छ। मन्त्रालयले बनाएका नीतिनियमबारे सरोकार राख्ने नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन नेपाल, एकोराब जस्ता संस्थाले यस्तो अनुसन्धानमा सहयोग गर्न जरुरी छ।

(महर्जन मार्टिन चौतारीसँग आबद्ध अनुसन्धाता हुन्।)

मिडिया–मूर्च्छना

इटहरीका मेयरले पत्रकारको नाक भाँच्ने धम्की दिए । धेरैको प्रक्रिया आयो– मेयरले गल्ती गरे, तर के पत्रकारलाई चाहिँ जसो पनि लेख्न छुट हो ?त्रियुगा नगरपालिकाले पत्रकारलाई ल्यापटप बाँड्यो । प्रश्न उब्जियो– अब यिनले नगरपालिकाको कस्तो समाचार लेख्लान् ?

कुनै पत्रिकाले एक प्राध्यापकबारे समाचार लेख्यो । प्राध्यापकले त्यसको तथ्यपरकतामा औंलो ठड्याए । पत्रिकाले अलिक दिन सही भएको अड्डी लियो । अन्त्यमा माफीसहितको समाचार छाप्यो । सामाजिक सञ्जालमा प्रश्न उठे– निर्दोष छविमा छ्यापिने लाञ्छना सम्पादकको कुनै सानो माफीले पखालिन्छ ?

फलानो मितिभित्र फलानो अनिष्ट हुन्छ भनेर युट्युबमार्फत भविष्यवाणी गर्ने ज्योतिषी पक्राउ परे । प्रश्न उठे– अब त्यस्तो अन्तर्वार्ता लिनेलाई समाउने कि नाई ?

यी केही प्रतिनिधि घटना हुन्, जसले सञ्चारकर्मीका आचरणप्रति गम्भीर सवाल पैदा गरेका छन् । यिनै सवाललाई दृष्टान्त बनाउँदै सरकारले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक पारित गराउन चाहेको छ, जसको मनसाय आफूप्रति अनुदार हुने नागरिकका अभिव्यक्ति र प्रेसमाथि सिधै अंकुश लगाउन सकियोस् भन्ने हो ।

मन्त्रीहरू भन्छन्– मिडिया विधेयक सामाजिक सञ्जालका लागि हो, मिडियाका लागि होइन । आज संसारभर मूलधारका मिडिया सोसल मिडियामाथि यसरी आश्रित छन् कि कुनै पत्रिका, रेडियो वा टेलिभिजनका सामग्री सम्बद्ध सञ्चार माध्यमबाट मात्र प्रकाशित/प्रसारित हुनु पर्याप्त छैन । तिनका प्रत्यक्ष उपभोक्ताभन्दा सोसल मिडियामार्फत जुट्ने उपभोक्ता बढी हुनथालेका छन् । ६० प्रतिशतभन्दा बढीले सोसल मिडियाबाटै समाचार थाहा पाउन थालेको अनुसन्धानले देखाएका छन् । विभिन्न स्रोतहरूका अनुसार नेपालमा फेसबुकका १ करोडभन्दा बढी, युट्युबका ३८ लाख, ट्विटरका २३ लाख र इन्स्टाग्रामका १२ लाख प्रयोगकर्ता रहेको अनुमान छ । हाम्रो जस्तो सानो मिडिया बजारमा कुनै एउटै सञ्चार माध्यमको पाठक/श्रोता वा दर्शक यो अनुपातमा कल्पनै गर्न सकिन्न । मूलाधारका भनिंदै आएका मिडिया नै एक प्रकारले सोसल मिडियामा मर्ज हुन थालिसकेको अवस्थामा प्रेस स्वतन्त्रताको दायरा अब पहिलेझैं पत्रपत्रिका, रेडियो र टेलिभिजनमा मात्र सीमित हुनै सक्दैन ।

सोसल मिडियाका केही नकारात्मक पक्ष नभएका होइनन् । सञ्चारमा डिजिटल हस्तक्षेपले परम्परागत पत्रकारिता अभ्यासमाथि धावा बोलेको छ । मिडिया सामग्रीका विश्वसनीयता, तिनको स्रोत र स्वरूपको पहिचान दुरुह बन्दैछ । समाचार र विचार छ्यासमिस छन् । सोसल मिडियामा तत्क्षण आउने क्रिया–प्रतिक्रिया सामु सामाजिक गतिविधि र प्रवृत्ति पर्गेल्ने परम्परागत मिडियाका प्रयास फिका लाग्न थालेका छन् । मिडिया सामग्रीका उत्पादक र उपभोक्ता बीचको दूरी मेटिँदो मात्र छैन, बरु उत्पादक नै उपभोक्ता बन्न थालेका छन् । सामान्यतः उत्पादक र उपभोक्ता उही हुँदा बजारमा सन्तुष्टि छाउनुपर्ने हो । तर सोसल मिडियाका सन्दर्भमा ठीक उल्टो छ । यिनले प्रयोगकर्ताको समय र खुसी दुवै चोरिरहेका छन् । मिडियाको डिजिटलाइज्ड चरित्रले वैयक्तिक गोपनीयता यसै पनि संकटमा छँदैछ ।

सोसल मिडियाका नकारात्मक लाग्ने यी तमाम पक्ष सामाजिकभन्दा मनोवैज्ञानिक बढी छन् । मानव मनोविज्ञानको आधारभूत चरित्र हो– आफ्ना राम्रा कुरा प्रचारित होउन्, नराम्रा लुकुन् । आफ्ना गल्ती कसैले नबताओस्, अरुका गल्तीमा औंलो ठड्याउन पाइयोस् । सोसल मिडिया यो मनोविज्ञानका लागि औधि अनुकूल थलो हो । त्यहाँ देखिने अरुका जिन्दगी सुखद, घर चिटिक्कका र सरसामान राम्रा लाग्छन् । मोबाइलमा औंला नाचिरहँदा सोसल साइट प्रयोगकर्ताको मस्तिष्कमा आफ्ना जीवनका कठिनाइ, घरका खुलिएका भित्ता वा थोत्रा सरसामान अटोस्क्यान भैरहेका हुन्छन् । हाम्रो मस्तिष्कले जहिल्यै अरुका राम्रा पक्षसित आफ्ना नराम्रा पक्षलाई तुलना गरिरहेको हुन्छ । स्क्रिनमा अन्तिम स्क्रोल गरिनसक्दासम्म मस्तिष्कमा पर्याप्त नकारात्मकता पैदा भइसक्छ । आफूले पोष्ट गरेका सामग्रीमा अपेक्षित लाइक, सेयर नआउनुले पनि बेचैनी बढाइरहेको हुन्छ । अरुले आफ्नो गल्ती नै औंल्याइदिएका रहेछन् भने त झनै छट्पटी हुने नै भयो ।

यी मनोवैज्ञानिक समस्याको समाधान कानुन हैन, चेतना अभिवृद्धि र जीवनस्तरमा सुधार हो । किनभने व्यक्तिगत कुण्ठा र निराशाका स्रोत मिडिया हैनन्, सामाजिक गतिविधि हुन् । मिडियाबाट त प्रकट हुने मात्र हो ।

चेतनशील समाजका लागि सोसल मिडियाका अनेकौं सुन्दर पक्ष छन् । यसले धेरैलाई धेरैसँग पहुँच दिन्छ । कहिल्यै नचिनेको व्यक्तिसँग अन्तरक्रियाको अवसर दिलाउँछ । पदीय जिम्मेवारीमा रहेकाको सामाजिक–मूल्यांकनको मौका दिन्छ । सोसल मिडिया हुँदैनथे भने परम्परागत मिडियाले मात्र सामाजिक, वातावरणीय र नैतिक खराबी त्यो परिमाणमा बाहिर ल्याउन सक्ने थिएनन्, जति अहिले आइरहेका छन् । संसारका अधिनायकवादी सरकारहरूको मुख्य डर भनेकै यसरी नै राजनीतिक खराबी पनि बाहिरिएलान् कि भन्ने हो । हामीकहाँ पनि भएको यही हो ।

सरकारले सोसल मिडियाका नकारात्मक सामग्रीलाई उदाहरण देखाउँदै सूचना प्रविधि र मिडिया काउन्सिल विधेयक ल्याएर सूचना–नियन्त्रित समाज चाहेको छ । विधेयकमा ‘सार्वजनिक सदाचार र नैतिकता प्रतिकूल हुने कार्य गर्न/गराउन नहुने’ भनिएको छ । तर त्यो ‘सार्वजनिक सदाचार र नैतिकता’को वस्तुगत परिभाषा छैन । ‘अश्लील सामग्री’माथि प्रतिबन्ध लगाउन खोजिनु ठिक हो । तर कानुनी रूपमा के श्लील, के अश्लील भन्ने अर्थ्याइएकै छैन । यी र यस्तै अपरिभाषित गल्तीका लागि सजाय भने १५ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैद वा दुबै खेप्नुपर्ने तोकिएको छ ।

स्वतन्त्रतासँगै प्रेस उत्तिकै जिम्मेवार, जवाफदेही र सम्वेदनशील हुनुपर्नेमा कुनै शंका छैन । त्यसका लागि राजनीति, कानुन, चिकित्सा वा अन्य जुनसुकै पेसामा सरह पत्रकारितामा पनि पेसागत शुद्धीकरणको खाँचो छ । पत्रकारको पूर्वाग्रह र उत्ताउलोपन घटनास्थल, न्युजरुम, स्टुडियो वा सामाजिक सञ्जाल कहीँ कतै स्वीकार्य हुँदैन । मिडियाको खास सामर्थ्य उसको कति ठूलो पहुँच छ भन्नेमा भन्दा पनि ऊ कति वस्तुगत र विश्वसनीय छ भन्नेमै निर्भर गर्छ । त्यसैले त आज कुनै पत्रकारले लेखेको समाचार वा विचार मात्र पढिन्न, त्यसको तथ्य र अभीष्टको पनि परीक्षण हुन्छ । समाचार वा विचारसँगै त्यो किन र कुन उद्देश्यले लेखियो भन्ने प्रश्न उठ्छ । यसका लागि पनि सोसल मिडियाले नै सहज वातावरण बनाइदिएको छ ।

जहाँसम्म सञ्चारकर्मीलाई जवाफदेही बनाउने कुरा छ, त्यसमा मानव अधिकार आयोगका अध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले भनेझैं सोझो र सजिलो बाटो प्रस्टै छ– फौजदारी अभियोग लाग्ने गल्तीका लागि पत्रकारलाई पनि नागरिक सरह नै दण्ड–सजाय हुनुपर्छ । तर पत्रकारिता पेसा अपनाएकै कारण उसलाई अतिरिक्त जेल वा जरिवाना गरिनु हुँदैन ।’

सामाजिक सञ्जालका हर प्रयोगकर्ता पत्रकार हुँदैनन् । न त फेसवुक–ट्विटरमा लेखिने हर अभिव्यक्ति वा युट्युबमा देखिने जुनसुकै दृश्य नै पत्रकारिता हो । तर यहाँ सामाजिक सञ्जालका प्रयोगकर्ता र पत्रकारलाई छ्यासमिस पारेर कडा कानुनको औचित्य सिद्ध गर्ने प्रयत्न भइरहेको छ ।

सरकारले गर्नुपर्ने र गर्नसक्ने काम चाहिँ सोसल मिडियामा हिंसा, आतंक, जातीय विद्वेष र विखण्डन ल्याउने सामग्री छन् भने राज्यको स्वतन्त्र छानबिन निकाय वा पीडित पक्षको उजुरीका आधारमा तिनलाई सम्बद्ध सोसल–मिडिया सञ्चालकले निश्चित अवधिभित्र हटाउनुपर्ने व्यवस्था लागू गराउन सक्छ ।

बेलायतमा सोसल साइटका ‘हानिकार सामग्री’ हटाउने यस्तै नियम बनाउन खोजिँदैछ । जर्मनीमा उजुरी परेको २४ घन्टाभित्र ‘गैरकानुनी’ सामग्री नहटाए जरिवाना तिराइन्छ । युरोपेली युनियनले १ घन्टाभित्र ‘अतिवादी सामग्री’ नहटाए जरिवाना लगाउने तयारी गरेको छ । अष्ट्रेलियाले ‘हिंसात्मक सामग्री’ नहटाए ‘सम्भावित जेल र जरिवाना’ तोकेको छ । रूसमा सोसल मिडियामा आउने आफ्नो मुलुकसम्बद्ध सामग्रीलाई आफ्नै मुलुकको सर्भरमा समेत स्टोर गर्नुपर्ने नियम छ । उसले पनि जर्मनीकै जस्तो प्रावधान लागू गर्न खोजिरहेको छ । चीनमा बाह्य विश्वका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर वीबो वाइदु, वीच्याट जस्ता आफ्नै सञ्जाल बनाइए पनि प्रोक्सी एपहरूबाट फेसबुक,ट्विटर र युट्युब चलाउनेको कमी छैन ।

मूलधारका मिडियाका लागि हामीले दशकौंदेखि अभ्यास गर्दै आइरहेको पत्रकार आचारसंहिता र प्रेस काउन्सिल छँदैछन् । बरु अझै योग्य र विषयवविज्ञ राखेर काउन्सिललाई थप प्रभावकारी बनाउन सकिन्छ ।

पूर्व पत्रकारसमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा बारम्बार प्रश्न गर्छन्– आज लेखेको कुरा भोलि गएर प्रमाणित भएन भने त्यसको जिम्मा पत्रकारले लिनुपर्छ कि पर्दैन ? अवश्यै पर्छ । तर त्यो ‘जिम्मा’ उसको आजीवन कमाइले नथेग्ने वा जेलै जाने सम्मको कसरी हुन सक्छ ? गुठी विधेयकबारे संसद्मा र आफ्नो सम्पत्ति विवरणबारे नेपाल टेलिभिजनमा तपाईं आफैंले बोलेका कुरा पनि गलत सावित भए । तपाईंको मात्र हैन, अरू कैयन् नेताका जनताप्रतिका सार्वजनिक प्रतिबद्धता पछि गएर लगत सावित हुन्छन्, भएका छन् । त्यसमा चाहिँ के हुन्छ ?

हरेक पेसाका आ–आफ्नै सीमा, स्वतन्त्रता, विधि र पद्धति हुन्छन् । उपचारका क्रममा अपरेशन थिएटरभित्र भएको मृत्युलाई हत्या भन्न मिल्दैन । आज कुनै इजलासले गरेको फैसला भोलि अर्को इजलासले सच्याउन सक्छ । प्रेसका गल्ती सच्याउने संसारभरको प्रचलन भनेकै आगामी अंक, संस्करण वा त्यसपछिका प्रकाशन/प्रसारणमा यथार्थ जानकारी दिने, भूलसुधार गर्ने वा क्षमा याचना गर्ने नै हो । प्रेस कुनै न्यायालय होइन, जसले डेडलाइनको हतारोबीच अन्तिम सत्य पर्गेल्न सकोस् । न्यायको तराजु अदालतसँग हुन्छ, प्रेससँग होइन ।

मिडियामा आउने सबै विचार सही हुन्छन् भन्ने छैन । खराब विचार आएका छन् भने तिनलाई सच्याउने पनि सही विचारबाटै हो । केही सञ्चारकर्मीले बदमासी गरे भन्दैमा सिंगो प्रेसमाथि अंकुश लगाउन खोज्नु वा एकाध घटनाको मानकमा पूरै पत्रकारिता छाडा भयो भन्नु केही जनप्रतिनिधिले भ्रष्टाचार गरे, अब जनप्रतिनिधिमूलक व्यवस्था नै गलत भयो भन्नुजस्तै हो । सूचना र विचारलाई जेल र जरिवानाले रोक्न सक्दैन भन्ने कुरा आजको दिनसम्म पनि दोहोर्‍याइरहन पर्नु नै हाम्रो मिडिया जगत्ले खप्नुपरिरहेको सबैभन्दा ठूलो मूर्च्छना हो । दुई तिहाइको बहुमतले विवादास्पद विधेयकहरूमात्र हैन, संविधान नै बदल्ने तागत समेत राख्छ । तर त्य

Mediapersons, activists flay government

ederation of Nepali Journalists organised a ‘press freedom assembly’ today as part of its third phase of protest against the Media Council Bill.

On the occasion, civil society members flayed the government for bringing Nepal Media Council Bill with restrictive provisions.

Human rights activist Krishna Pahadi said the government was under the influence of mafias and it brought anti-media bill to discourage media professionals from writing critical news stories against the government.  He said freedom of expression and press freedom were the basic human rights which should not be infringed upon.

FNJ Chair Govinda Acharya said the FNJ had been protesting against the Media Council Bill and yet the government was not responding to its demands. He said FNJ’s protest against the bill was aimed at protecting press freedom.

Former President of Nepal Press Council Rajendra Dahal said the bill exposed the government’s ill intention to curtail press freedom.

He said the government needed to discuss all issues related to press with the FNJ. Former President of FNJ Shiva Gaunle said it was ironical that the government elected by the people was trying to curtail press freedom.

FNJ General Secretary Ramesh Bista said journalists’ umbrella body would be compelled to launch fourth phase of protest if the government did not make the bill press-friendly.

Senior Advocate Satish Krishna Kharel said Nepal Media Council Bill and Information Technology Bill were brought by the government with the purpose of discouraging media professionals from criticising the wrongdoings of ministers.

Kharel said there was no need to bring Media Council Bill, Information Technology Bill or any other bills to regulate the press or media professionals as the existing libel act was enough to deal with any defamatory contents. “If the existing libel act is not enough, then the government may increase punitive measures in the law. Strict enforcement of code of conduct can be another measure to regulate media. If still, the government thinks it is not sufficient to regulate the media, then it can amend the existing law. The government should not have brought these restrictive bills,” he said.

He added that the current bills were aimed at protecting the interests of the government ministers. “Under existing legal provision, an individual who has been defamed has to fight a long battle against his/her tormentor and the plaintiff also has to bear the burden of proof. The new bills make defamation against a government minister a government case,” Kharel said.  He also said as per the standard legal practice if any individual commits an offence, then the single concerned law should be enough to deal with the case.

Section 100 of IT Bill stipulated that if an offence under it was also an offence under other acts, then the offender shall be prosecuted under other acts also.

Kharel said such provisions would only victimise media professionals and others who want to exercise freedom of expression.

 

क्लिन फिडको कूटनीति

काठमाडौँ — संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा क्लिन फिड लागू गर्ने व्यवस्था राखिएको भन्दै यसको पक्ष र विपक्षमा बहस भइरहे पनि विधेयक पारित हुने बित्तिकै कार्यान्वयन भने हुने छैन । सरकारले विधेयकमा क्लिन फिडसम्बन्धी व्यवस्था राखेपछि राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै यसको कार्यान्वयन हुनेछ ।

क्लिन फिड लागू गर्न सरकारले अघिल्लो वर्ष पनि सूचना प्रकाशित गरेको थियो तर अन्तिम अवस्थामा आएर यसको कार्यान्वयन रोकियो । सरकारले तत्काल क्लिन फिड लागू नगर्न विधेयकमा घुमाउरो बाटो रोजेको सरोकारवाला बताउँछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीका अनुसार विधेयक लागू भएपछि माहोल हेरेर मात्रै क्लिन फिड नीति कार्यान्वयन गर्न यो प्रावधान राखिएको हो ।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला २०७३ साउन ७ मा मन्त्रिपरिषद्ले विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन प्रसारण गर्न नपाउने गरी क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो । सरकारले राष्ट्रिय आमसञ्चार नीति २०७३ स्वीकृत गर्दै २०७४ साउन १ गतेदेखि क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो । भारतीय नाकाबन्दीलगत्तै सरकारले नेपालमा प्रसारण हुने भारतीय टेलिभिजन प्रभावित हुने गरी क्लिन फिड नीति ल्याएपछि त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।

सरकारले अघिल्लो वर्ष साउन १ गतेदेखि क्लिन फिड नीति लागू गर्ने भनी सार्वजनिक सूचना प्रकाशित गरेको भए पनि कार्यान्वयनमा आएन । गत वर्ष असार २९ गते सार्वजनिक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १ गतेदेखि विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न आह्वान गरेको थियो । केवल व्यवसायीको विरोधपछि यो सूचना कार्यान्वयन गरिएन । मन्त्रालयले असार ३१ गते अर्को सूचना प्रकाशित गरी तयारी नपुगेको भन्दै क्लिन फिड कार्यान्वयनको नीति स्थगित गरेको थियो ।

राष्ट्रिय सभामा विचाराधीन विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी जुनसुकै बेला क्लिन फिड लागू गर्न सक्ने प्रावधान राखिएको छ । र, विदेशी विज्ञापनल नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था पनि राखेको छ ।

‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले सरकारले नेपाल राजपत्रमा सूचना प्रकासन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ,’ विधेयकको दफा ६ मा भनिएको छ ।

विज्ञापन विधेयकमा भएको यो व्यवस्थापको केबुल टेलिभिजन व्यवसायीहरूले विरोध गरिरहेको भए पनि कलाकार, सञ्चार क्षेत्रले भने समर्थन गर्दै आएको छ । केबुल टेलिभिजन व्यवसायीहरूले क्लिन फिडको विरोधमा गत असार ९ र १० गते २४ घण्टा विज्ञापन बजाउने विदेशी च्यानलको प्रसारण अवरुद्ध गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जसरी पनि क्लिन फिड लागू गर्ने दाबी गरेका छन् । सरोकारवालाहरू भने विधेयकमा भएको प्रावधानका कारण क्लिन फिड तत्काल लागू हुनेमा शंका व्यक्त गर्छन् ।

‘सरकारले दबाब थेग्न सके मात्र क्लिन फिड लागू गर्न सक्छ,’ नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल भन्छन्, ‘क्लिन फिड लागू नगर्न सरकारलाई चौतर्फी दबाब छ, यसलाई थेग्न सक्नुपर्छ ।’ सरकारले तयारी गरेर तत्काल क्लिन फिड लागू गर्नुपर्ने उनको तर्क छ । क्लिन फिड लागू भए नेपाली विज्ञापन बजार २ अर्बले बढ्ने उनले बताए ।

सरकारले क्लिन फिड व्यवस्था लागू गर्ने दृढता व्यक्त गरेको भए पनि विज्ञापन विधेयक संसद्बाट पास हुने बित्तिकै यसको कार्यान्वयन हुँदैन । ‘तत्काल क्लिनफिड लागू नगर्न नै विधेयकमा राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै कार्यान्वयन हुने व्यवस्था राखिएको हो,’ सञ्चार मन्त्रालयका एक अधिकारीले भने, ‘क्लिन फिड लागू गर्ने भनेपछि हुने अवस्था हेरेर मात्रै यसको कार्यान्वयन हुन्छ ।’ सरकारले विधेयकमा क्लिन फिडको प्रावधान राखेर यसको पक्षधरबाट प्रशंसा पाएको ती अधिकारीको टिप्पणी छ । ‘यो सरकारको चातुर्य हो,’ उनले भने ।

क्लिन फिड लागू भएलगत्तै नेपालमा प्रसारण हुने १५० बढी हिन्दी भाषी टेलिभिजन च्यानलमा देखाइने विज्ञापनहरू बन्द हुन्छन् । यसले नेपालका केबुल टेलिभिजन व्यवसायीलाई जस्तै भारतीय प्रसारण कम्पनीहरूलाई पनि चिन्तित बनाएको छ ।

क्लिन फिडको विरोध गर्दै केबुल टेलिभिजन व्यवसायीहरूले जारी गरेको विज्ञप्तिमा भारतीय ब्रोडकास्टिङ एसोसिएसनले पनि नेपालका लागि छुट्टै क्लिन फिड लागू नगर्न नसक्ने बताएकाले क्लिन फिड कार्यान्वयन भए नेपालमा विदेशी च्यानल चलाउन नसकिने जनाइएको छ ।

नेपालमा प्रसारण हुनेमध्ये ८० प्रतिशत च्यानल भारतीय हुन् । भारतीय ब्रोडकास्टिङ एसोसिएसनले क्लिन फिड लागू भए नेपालमा प्रसारण बन्द हुन सक्ने भन्दै भारतीय परराष्ट्र मन्त्रालयमा निवेदन दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारले २०७३ मा तयार पारेको विज्ञापनरहित (क्लिन फिड) नीतिअनुसार अमेरिका, युरोपेली, दक्षिणपूर्वी एसियाली मुलुकले विज्ञापनसहित प्रसारण गर्ने च्यानलले ग्राहकबाट शुल्क लिन नपाउने व्यवस्था गरेका छन् । यी मुलुकहरूमा विज्ञापनरहित प्रसारण गर्ने च्यानलले ग्राहकबाट शुल्क लिन पाउने प्रावधान रहेको नीतिमा उल्लेख गरिएको छ ।

‘पाकिस्तानमा विदेशी च्यानलले ग्राहकबाट शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । बंगलादेशले सशुल्क च्यानलमा मूल्य नियमनको कानुनी व्यवस्था गरेको छ । भुटानमा च्यानल वितरणको अधिकार सरकारी निकायमै राखिएको छ,’ नीतिमा भनिएको छ, ‘यी मुलुकमा विदेशी च्यानलमा हुने विज्ञापन प्रसारणलाई नियमन गरेको देखिन्छ । नेपालमा भने यससम्बन्धमा व्यवस्था हुन सकेको छैन ।’

नेपाली प्रसारण कम्पनीहरूले वार्षिक करिब ५० करोड रुपैयाँ विदेशी च्यानलहरू प्रसारण गरेबापत तिर्दै आएका छन् ।

सूचना प्रविधि विधेयकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच बाझियो मत

काठमाडौं : सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच मत बाझिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा भइरहेको छलफलका क्रममा सत्तापक्षका सांसद र प्रतिपक्षका सांसदबीच जुहारी चलेको हो । विधेयकमा सहमति जुटाउन बनेको उपसमितिमा लामो छलफल पछि प्रतिवेदनसहित पूर्ण समितिमा आएको विधेयकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले आपत्ति जनाए । उपसमितिको प्रतिवेदनमा पनि ४ बुँदे असहमतिपत्र लेखेका कांग्रेस सांसदले पूर्ण समितिको बैठकमा विधेयकले मौलिक हक हनन् गर्ने भन्दै आपत्ति जनाए ।

सत्तापक्षका सांसदले समितिले बुधबारको बैठकबाटै उक्त विधेयक पारित गर्ने तयारी गरेका थिए । तर कांग्रेस सांसदहरूले आपत्ति जनाएपछि थप छलफल गर्ने भन्दै बैठक स्थगित भयो । ‘सांसद नै विभाजित भएर यसलाई पारित गर्न हुँदैन’, कांग्रेस सांसद रामबहादुर विष्टले भने, ‘यसलाई आफ्ना पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्नुपर्छ र विज्ञसँग मसिनो गरी छलफल गर्नुपर्छ ।’

उपसमिति बैठकमा फरक मत राखेका कांग्रेस सांसद बहादुरसिंह लामाले विधेयकको दफा ९१ देखि ९४ सम्म खारेज गर्नुपर्ने धारणा राखे । ‘यो विधेयकले मैलिक हक हनन् गर्छ । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्छ’, उनले भने, ‘सामाजिक सञ्जालमा आलोचना हुन्छ भनेर यसलाई नै बन्द गर्न खोजियो । संविधान प्रतिकूल हुने सबै प्रावधान खारेज गर्नुपर्छ ।’

तर समिति सभापति कल्याणीकुमारी खड्काले विधेयकमा भएका धारा खारेज गर्न नहुने बताइन् । ‘यो विधेयकको एकअर्कामा अन्तरसम्बन्धित भएर आएको छ । यसलाई परिमार्जन गरेर जान सकिन्छ तर  खारेजचाहिँ गर्न सकिँदैन’, उनले भनिन् ।

सत्तारुढ दल नेकपा सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने सामाजिक सञ्जाल र मिडियालाई नियन्त्रण गर्न विधेयक आवश्यक रहेको बताए । ‘पत्रकारले पनि अभिव्यक्ति स्वतन्त्रतालाई कसरी व्याख्या गर्ने’, उनले भने, ‘जे मन लाग्छ त्यही लेख्ने ? सामाजिक सञ्जाल र प्रेसलाई पनि मर्यादित बनाउन आवश्यक छ ।’ उनले यो विधेयका दलगत आग्रह र पूर्वाग्रह त्याग्नुपर्ने खनालको धारणा थियो ।

नेकपा सांसद लीलानाथ श्रेष्ठ, गणेश पहाडीलगायतले यो विधेयक पारित गरेर जानुपर्ने बताएका थिए । तर कांग्रेस सांसद रंगमती शाहीले गोपनीयताको हकलाई विधेयकले ‘धुजाधुजा’ पार्ने भन्दै विधेयकप्रति असहमति जनाइन् । ‘यो विधेयक निकै खतरनाक छ । यो विधेयकमा जसलाई जहाँ पनि खतरा देखिन्छ ’, उनले भनिन्, ‘यो विधेयक यतिकै पारित हुने भए मेरो गम्भीर असहमति छ ।’

प्रतिपक्षी दलका सांसदहरूले सामाजिक सञ्जालको कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयको प्रस्तावित प्रवधानप्रति पनि आपत्ति जनाए । ‘सामाजिक सञ्जालको कार्यालय दर्ता भएन भने के हुन्छ ?’, कांग्रेस सांसद जीपछिरिङ लामाले भने, ‘नेपालको कर्मचारी समयन्त्र यति झन्झटिलो छ कि उनीहरूले दर्ता नै गर्न सक्दैनन् ।’ तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रेसलाई नियन्त्रित गर्न यो विधेयक नल्याएको दाबी गरे । ‘प्रेसलाई नियन्त्रित गर्ने हुनै सक्दैन । तर गलत क्रियापकलापलाई रोक्न यो विधेयक ल्याइएको हो’, उनले भने, ‘ सामाजिक सञ्जालबाट धेरै अपराध भइरहेको छ यसलाई नियन्त्रित गर्ने विधेयकको उद्देश्य हो ।’ सामाजिक सञ्जाल दर्ता नहुँदा यसबाट हुने आम्दानी नेपालम नआएकाले दर्ता गर्नुपरेको गुरुङले स्पष्ट पारे ।

सूचनाको हकका क्षेत्रमा प्रतिपादित सिद्धान्त

० पुस २०७१ बाट कार्यारम्भ गरेको वर्तमान राष्ट्रिय सूचना आयोगले जारी गरेका केही ओदशबाट सूचनाको हकका क्षेत्रमा केही नयाँ सिद्धान्त कायम भएका छन् । आयोग नागरिकको मौलिक हकका रूपमा रहेको सूचना माग्ने, पाउने र प्रवाह गर्ने हकको प्रचलनमा अधिकतम खरो उत्रिने गरेको छ । परिणामस्वरूप नेपाल र चीनबीच खरिद र अनुदान सम्झौताबाट प्राप्त भएका चिनियाँ हवाइजहाजसम्बन्धी नागरिकबाट माग भएको सूचना प्रदान गर्न आयोगबाट आदेश जारी भयो । तर, आयोगको आदेशबमोजिम सूचना दिनुको सट्टा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रिटको क्षेत्रमा सर्वोच्च अदालतमा पुग्यो । सो मन्त्रालयले आयोगले भनेबमोजिम सूचना दिन नसकिने जिकिर ग¥यो । तर, अदालतले १६ साउन २०७४ मा आयोगबाट जारी भएको आदेशअनुसार सूचना दिनु भन्ने फैसला सुनायो ।

सो फैसलामा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यालय प्रमुखजस्तो सार्वजनिक पदमा रहेको पदाधिकारीले नैतिक जिम्मेवारी वहन गरी आयोगको आदेशबमोजिम सूचना मागकर्ता राजु ढकाललाई नेपाल सरकार र चीन सरकारबीच २९ नोभेम्बर २०१२ मा भएको अनुदान तथा खरिद सम्झौताको सूचना उपलब्ध गराउनुपर्नेमा सो नगरी विपक्षी आयोगको सूचना उपलब्ध गराउनु भन्ने आदेशलाई चुनौती दिँदै नेपाली नागरिकलाई संविधान प्रदत्त सूचनाको हकबाट वञ्चित गर्ने÷गराउने गलत मनसाय लिई दायर गरेको प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ’ भनिएको छ । यसबाट दुई मुलुकबीचका सन्धिसम्झौता आमनागरिकले सूचनाको हकअन्तर्गत प्राप्त गर्ने नजिर स्थापित भएको छ ।
बझाङका रतन सुवेदीले पञ्चेश्वर विकास प्राधिकरणको विधान र वातावरणीय प्रभाव मूल्याकंन अध्ययन प्रतिवेदन माग गरे । यस विषयमा आयोगले मागअनुसार सूचना उपलब्ध गराउन आदेश जारी ग¥यो । यस विषयमा पञ्चेश्वर बहुद्देश्यीय आयोजनाबाट विविध तर्क÷वितर्क एवं जिकिर आयोगसमक्ष प्रस्तुत भए । अन्त्यमा, ३ भदौ २०७२ मा आयोगबाट मुलुकको संविधान र कानुनबमोजिम राज्यबाट अन्य मुलुकसँग गरिने सन्धि–सम्झौतामा नागरिकलाई पहुँच दिनुपर्ने निष्कर्ष सुनाइयो । जसअनुसार दुई देशबीच सम्पन्न सम्झौताका प्रावधानले नेपाल राज्यलाई कुनै दायित्व सिर्जना गरेको भए सोसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी सूचना मागकर्ता नागरिकलाई पञ्चेश्वर विकास प्राधिकरणको विधान उपलब्ध गराउन आदेश जारी गरियो । यस्तै, रतन भण्डारीले नै माग गरेको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विकास सम्झौता (पीडीए) उपलब्ध गराउन पनि आयोगबाट आदेश जारी भएको छ ।

प्रस्तुत केसमा पनि निज भण्डारीले नेपालको लगानी बोर्ड र भारतको जीएमआरबीच भएको पीडीए सम्झौता माग गरेका थिए । आयोगले मुलुकको प्रचलित संवैधानिक र कानुनी व्यवस्थाबमोजिम यस्ता सार्वजनिक चासो र सरोकारको सूचनाबाट नागरिकलाई वञ्चित गर्न नमिल्ने ठहर गर्दै २०७२ भदौ ११ गते जारी गरेको ओदशअनुसार नागरिकले माग गरेको सूचना पाएको स्थिति छ ।
काठमाडौं निवासी केशव प्रसाईले आफूले लोकसेवा आयोगको परीक्षामा सम्मिलित भई हासिल गरेको अंक सूचनाको हकअनुसार माग गरे । प्रस्तुत केसमा राष्ट्रिय सूचना आयोगबाट विविध पक्षको विश्लेषण र विवेचनासहित लोकसेवा आयोगका नाममा निज केशव प्रसार्इंलाई अन्तर्वार्तासमेतमा सम्मिलित भएको प्राप्तांक उपलब्ध गराउन आदेश जारी भयो । प्रस्तुत मिसिलमा संविधानको धारा २७ ले नागरिकलाई सूचनाको मौलिक हक प्रदान गरेको र संविधानको धारा २४२ र २४३ ले लोकसेवा आयोगको स्थापना गरेको देखिँदा यी दुवै धाराको प्रचलनमा सन्तुलन खोजिनुपर्ने आयोगको विश्लेषण छ ।
यसैगरी, संविधानको धारा २७ नागरिकको निरपेक्ष मौलिक हक हो÷होइन भनी विश्लेषण गर्दा संविधानको धारा २८ मा व्यक्तिगत गोपनीयताको हक रहेको, सर्वोच्च अदालतले विद्यार्थीले उत्तरपुस्तिका पाउने ठहर गरेको र आयोगकै आदेशमा ५१८ वटा मूल्य अभिवृद्धि कर छलीसम्बन्धी प्रतिवेदन पनि नागरिकले पाइसकेको स्थितिमा लोकसेवा आयोगको परीक्षामा प्राप्त अंक दिन बाधा नपर्ने विश्लेषण भएको छ ।
यसैगरी, संविधानको धारा २७ ले नागरिकको मौलिक हकलाई लोकसेवा आयोग ऐन, २०६६ को कुनै पनि प्रावधानले निस्तेज गर्न नसक्ने विवेचना गरिएको छ । साथै, राष्ट्रिय सूचना आयोगले
लोकसेवा आयोग ऐन, २०६६ को दफा ४५(२)बमोजिम ‘आयोगले तोकेबमोजिमका परीक्षासम्बन्धी कागजात वा विवरण सम्बन्धित व्यक्तिलाई दिन वा सार्वजनिक गर्न सकिनेछ’ भन्ने प्रावधानप्रति ध्यानाकर्षण गराउँदै लोकसेवा आयोगले प्रतिस्पर्धात्मक परीक्षामा सम्मिलित उम्मेदवारहरूलाई प्राप्तांक उपलब्ध गराउँदा नै लोकसेवा आयोगको परीक्षाको स्वच्छता, निष्पक्षता र विश्वसनीयतालाई थप उचाइमा लैजान सकिने विश्लेषण आदेशमा गरिएको छ ।

यस अतिरिक्त पाँचथर निवासी छविलाल कोइरालाले पुरातŒव विभागबाट सञ्चालन गरेको सामाजिक परिचालक अधिकृत पदको प्रतियोगितात्मक परीक्षामा हासिल गरेको अंकसम्बन्धी सूचना उपलब्ध गराउन आयोगबाट १५ भदौ २०७३ मा अर्को आदेश जारी भएको छ । यी आदेशहरूका आधारमा सूचना मागकर्ताले आवश्यक सूचना पाउनुका साथै कुनै पनि निकायले प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गर्दा सो बखत अवलम्बन गरिएको मापदण्ड र प्रतियोगीहरूले हासिल गरेका अंकसम्बन्धी सूचना परीक्षाको निष्पक्षता एवं विश्वसनीयताका लागि प्रकट गर्नुपर्ने सिद्धान्त कायम भएको छ ।
नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक प्रदान गरिएको छ । नागरिकको यस मौलिक हकलाई लोकतन्त्रको प्राणवायुका रूपमा स्वीकार गर्ने विश्वव्यापी प्रचलन छ । यसर्थ, संविधानले व्यवस्था गरेका ३१ वटा मौलिक हकमध्ये सूचनाको हक सर्वश्रेष्ठ हकमध्येको एउटा हक हो भन्नुमा सायदै गल्ती होला । यस्तो हकको प्रभावकारी प्रचलनका लागि छुट्टै सूचनाको हकसम्बन्धी ऐन जारी भएको छ । सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलन गराउन छुट्टै स्वतन्त्र राष्ट्रिय सूचना आयोग गठन भएको छ ।

यस अवस्थामा नागरिकको सूचनाको हक भनेको माग्ने र पाउने विषयमा मात्रै सीमित हुने कुरै भएन । जसको कारण ऐनमा नागरिकले सूचना माग नगरे पनि २० बुँदामा प्रत्येक तीन÷तीन महिनामा सबै सार्वजनिक निकायले स्वतः प्रकाशन जारी गर्नु भनी दायित्व तोकिएको छ । यस अतिरिक्त कैयौं सार्वजनिक सरोकार र चासोको विषयमा आमनागरिकलाई जानकारी गराउनु राज्यको कर्तव्य हुन आउँछ ।
यसै प्रसंगमा बागलुङ निवासी कृष्ण केसीले गृह मन्त्रालयसँग मल्लिक आयोग र रायमाझी आयोगको प्रतिवेदन माग गरे । तत् निकायबाट माग गरेको सूचना नपाएपछि उनी राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न आए । प्रस्तुत केसमा आयोगले विविध विश्लेषण र विवेचनाका आधारमा २० फागुन २०७३ मा कुनै प्रक्रिया पूरा गर्नुपर्ने भए सो गरी दुवै प्रतिवेदन सूचना मागकर्तालाई उपलब्ध गराउनुका साथै सार्वजनिकसमेत गर्न आदेश जारी गरेको छ ।

 

 

कार्यालयको संवेदनशीलता वा सुरक्षाको निहु“मा सुरक्षा निकायले पहरा दिएका कार्यालय नागरिकको सूचनाको हकप्रति जिम्मेवार 
हुनुनपर्ने हो कि भन्ने गैरजिम्मेवार मनोविज्ञान हट्न गएको छ

सूचनाको हकका क्षेत्रमा केही नया“ सिद्धान्त कार्यान्वयन हु“दा सूचना माग्ने, पाउने र प्रवाह गर्ने हकको प्रचलनमा आयोग अधिकतम खरो उत्रने गरेको छ

 

नेपालको सूचनाको हकसम्बन्धी कानुनमा नागरिकले सूचना माग गर्दा प्रयोजन र कारण खुलाउनुपर्ने प्रावधान छ । साथै कानुनमा नागरिकले हासिल गरेको सूचना दुरुपयोग गरेमा दण्ड हुने व्यवस्थासमेत छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार यी दुवै कानुनी प्रावधान खारेजयोग्य छन् । सूचनाको हकसम्बन्धी विश्वस्तरमा कानुनहरूको समीक्षा गरी विश्वव्यापी वरीयता सार्वजनिक गर्ने क्यानेडियन सेन्टर फर ल एन्ड डेमोक्रेसी नामक संस्थाले नेपाललाई यी प्रावधानका कारण यससम्बन्धी सूचकांकमा शून्य अंक प्रदान गरेको छ । यिनै सन्दर्भसमेतलाई मिल्दो हुनेगरी धनकुटा निवासी नोदनाथ त्रितालले शान्ति तथा पुनर्निर्माण मन्त्रालयसँग सूचना माग गरे । उनले माग गरेको सूचना सामान्य प्रकृतिको हुँदा तत् मन्त्रालयलाई सो सूचना दिन कुनै कठिनाइ थिएन ।
तर, उनले सूचना माग्नुको प्रयोजनमा प्रकाशन÷प्रसारण गर्नेसमेत भनेकाले मन्त्रालयले यही ‘ग्राउन्ड’ मा टेकेर सूचना नदिने निर्णय ग¥यो । उनी आयोगमा पुनरावेदन लिएर आइपगे । आयोगले २८ जेठ २०७२ मा मागअनुसारको सूचना दिनू भन्ने आदेश जारी ग¥यो । आयोगले आफ्नो आदेशमा निवेदकले प्रकाशन÷प्रसारणको प्रयोजनले सूचना माग गरेकै कारणले नै सूचना दिने÷नदिने कुरा निर्धारण गर्न सक्ने विषय होइन भन्ने विश्लेषण गरेको छ ।

राष्ट्रिय सूचना आयोगको पहलमा कक्षा ६, ७, ९ र ११ को पाठ्यक्रममा सूचनाको हक विषय समावेश भएको छ । साथै, कक्षा ८ को ऐच्छिक विषयमा सूचनाको हकसमेतको पाठ्यक्रम तयार गरिएको छ । साथै शिक्षकका लागि सूचनाको हकको मार्ग निर्देशिका मुद्रित भएको छ । यसै प्रसंगमा आयोगले १८ चैत २०७१ मा नेपाल सरकारका १९ वटा केन्द्रीयस्तरका तालिम केन्द्रलाई जुनसुकै विषयको तालिम सञ्चालन गर्दा पनि सूचनाको हकसम्बन्धी विषयलाई अनिवार्य रूपमा पाठ्यक्रममा समावेश गर्नु भन्ने आदेश जारी गरेको छ । यसबाट भावी पुस्तालाई पारदर्शी कार्य संस्कृतिमा विकसित गर्ने र कर्मचारीतन्त्रलाई यसतर्फ उत्प्रेरित गर्न आयोग सफल भएको छ ।

यसैगरी, आयोगले नेपालभरिका सबै प्रमुख जिल्ला अधिकारीको नाममा २५ साउन २०७२ मा अर्को आदेश जारी गर्दै जिल्लास्तरीय सरकारी कार्यालयहरूको नागरिक बडापत्रको एकीकृत सँगालो तयार गरी सर्वसाधारणको पहुँचमा पु¥याउन आदेश जारी गरेको छ । यसैगरी, आयोगले २८ माघ २०७२ मा तत्कालीन जिल्ला विकास समितिका नाममा आफ्नो र जिल्लाभित्र रहेका सबै स्थानीय तहको बजेट तथा कार्यक्रममा सबै नागरिकको पहुँच पुग्ने गरी सार्वजनिक गर्न आदेश जारी गरेको थियो । राष्ट्रिय सूचना आयोगले महोत्तरी निवासी शारदा भुसालले निर्वाचन आयोगसँग माग गरेको दल दर्ता गर्दा पेस भएको १० हजार मतदाताको समर्थनयुक्त हस्ताक्षरको भेरिफाइड कपी उपलब्ध गराउनु भनी २०७२ भदौ ११ गते आदेश जारी गरेको छ ।
साथै, तारानाथ दाहाल र प्रशान्त सिंहसमेत २१६ जनाले पेस गरेको निवेदन उपर ३१ वैशाख २०७३ मा आयोगबाट सिंहदरबारभित्र रहेका सार्वजनिक निकायका सूचनामा नागरिकको पहुँचलाई सरल र सहज तुल्याउन यथोचित प्रबन्ध गर्नु÷गराउनु भनी नेपाल सरकारका मुख्य सचिव र संसद्का महासचिवको नाममा आदेश जारी भएको छ । यसबाट कार्यालयको संवेदनशीलता वा सुरक्षाको निहुँमा सुरक्षा निकायले पहरा दिएका कार्यालय नागरिकको सूचनाको हकप्रति जिम्मेवारी हुन नपर्ने, फुर्सद पाउने हो कि भन्ने गैरजिम्मेवार मनोविज्ञानप्रति नागरिकको सूचनाको हकको सर्वोच्चता निष्कटंक कायम हुने सिद्धान्त प्रतिपादन भएको छ ।

 

संग्रह सेयर समाचार सूचना–प्रविधि विधेयक : उपसमितिले बढायो दण्ड–जरिवाना, विधेयकमा के छ ?

काठमाडौँ — सूचना प्रविधि विधेयकका प्रावधानमा प्रश्न उठिरहेका बेला संसदीय उपसमितिले अझै कठोर दण्ड, सजाय र जरिवाना प्रस्ताव गरेको छ । विकास तथा प्रविधि समितिमा विचाराधीन विधेयकमा सांसदले राखेको संशोधनबारे अध्ययन गर्न बनेको उपसमितिले दण्ड, सजाय र जरिवाना बढाएर प्रतिवेदन तयार गरेको छ ।

नेकपा सांसद बिनाकुमारी श्रेष्ठको संयोजकत्वमा गठित ९ सदस्यीय उपसमितिले एक महिना छलफलपछि बुझाएको प्रतिवेदन समितिले यथास्थितिमा पारित गरे त्यस्तै विधेयक संसद् पुग्नेछ । उपसमितिमा विपक्षी दलबाट कांग्रेसका २, राष्ट्रिय जनता पार्टीका १ र स्वतन्त्र सांसद राजेन्द्रप्रसाद लिङदेन सदस्य छन् । प्रतिवेदनमा कांग्रेसका दुई जनाको मात्रै फरकमत छ । जेठ २९ गते उपसमितिको बहुमतबाट पारित प्रतिवेदनमा विधेयकका आधा दर्जनभन्दा बढी दण्ड सजायको महलमा संशोधन प्रस्ताव गरिएको छ । जसमा जरिवाना रकम र कैद अवधि थपिएको छ । विधेयकबाट अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताविरुद्धका प्रावधान हटाउन पत्रकार महासंघलगायत सरोकारवाला चरणबद्ध आन्दोलनमा छन् ।

के–केमा थपिए ?

विधेयकको दफा ६५ ले अनुमति नलिई उपकरण प्रयोग गर्न नहुने व्यवस्था गरेको छ । त्यसो गरिए एक लाख रुपैयाँ जरिवाना हुने उल्लेख छ । सूचना प्रवधिसम्बन्धी उद्योग र व्यवसायसम्बन्धी उक्त व्यवस्थाअन्तर्गत पर्ने उपकरण भने नियमावलीमा तोकिनेछ । उपसमितिले जरिवानाका अतिरिक्त उपकरण जफत गर्न सक्ने प्रावधान थपेको छ ।

दफा १४ को ‘दुराशययुक्त प्रोग्राम सम्प्रेषण वा सञ्चालन गर्न नहुने’ महलविपरीतको कार्य गरे तीन लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । उपसमितिले कैद थप गरी तीन वर्ष पुर्‍याएको छ । दफा ६२ को ‘अनधिकृत रूपमा डोमन नाम प्रणाली सञ्चालन गर्न नहुने’ महलमा पनि दण्ड–सजाय बढाइएको छ । कसैले अनधिकृत रूपले डोमन नाम प्रणाली सञ्चालन गर्न लगाए वा गराए एक लाख रुपैयाँसम्म जरिवाना या ६ महिनासम्म कैद हुने प्रस्ताव विधेयकमा थियो । उपसमितिले जरिवाना तीन लाख बनाएको छ । दफा ७३ मा इजाजत नलिई तथ्यांक केन्द्र वा क्लाउड सेवा सञ्चालन गर्नेलाई दस लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको थियो । यस्तो कसुरलाई गम्भीर अपराधको कोटीमा राखी उपसमितिले कैद सजायसमेत राखेको छ । एक वर्ष कैद, दस लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने गरी संशोधन गरिएको छ ।

विधेयकको दफा ९४ बमोजिम राज्यविरुद्धको कसुर गर्नेलाई उपसमितिले यसै कानुनअनुसार दण्ड सजाय हुने गरी संशोधन गरेको छ । यस्तो कसुरमा विधेयकले प्रचलित कानुनबमोजिम राज्यविरुद्धको अपराधमा सजाय हुने व्यवस्था गरेको थियो । विधेयकमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय एकाइबीचको सुसम्बन्धमा खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै कामकारबाही गर्न, गराउन वा त्यस्तो उद्योग गर्न, दुरुत्साहित दिन वा त्यस्तो काम गर्ने षड्यन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्नेजस्तो विषय सम्प्रेषण गरे राज्यविरुद्धको अपराध हुने उल्लेख छ । उपसमितिले यस्तो कसुर गर्नेलाई ५ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुने गरी संशोधन पारित गरेको छ । दफा ८५ अनुसार यौनजन्य दुर्व्यवहारको दण्ड–सजाय पनि थप भएको छ । विद्युतीय प्रणालीको माध्यमबाट अश्लील सामग्री उत्पादन, संकलन, उपलब्ध रहेको जानकारी सम्प्रेषण, देखाउन, वितरण गर्न, प्रकाशन, प्रसार, बिक्री वा सञ्चय गर्न नहुने विधेयकमा उल्लेख छ । त्यसविपरीत कसुर गरे विधेकयले तीन हजार रुपैयाँ जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको थियो । उपसमितिले जरिवाना बढाएर दुई लाख रुपैयाँ पुर्‍याएको छ ।

दफा ८३ को साइबर बुलिङविरुद्धको अपराधको दण्ड–सजाय भने उपसमितिले घटाएको छ । कसैले विद्युतीय प्रणाली प्रयोग गरी अर्को व्यक्तिलाई निरन्तर रूपमा हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साही गर्ने, अपमान गर्ने वा हप्काउनेजस्ता कार्य गरे साइबर बुलिङको कसुर गरेको ठहर हुने विधेयकमा छ । यसबापत दस लाख रुपैयाँ जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेकोमा उपसमितिले घटाएर क्रमश: ५० हजार र ६ महिना बनाएको हो ।

कांग्रेसको फरकमत

उपसमितिको प्रतिवेदनमा कांग्रेसले फरकमत दर्ता गराएको छ । उपसमितिमा कांग्रेसका बहादुरसिंह लामा र मीनाक्षी झा थिए । कांग्रेस सांसदहरूले यथास्थितिमा विधेयक पारित भए अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित हुने बताएका छन् । ‘नेपालको संविधानले प्रदान गरेका अभिव्यक्ति स्वतन्त्रतालगायत मौलिक हकमाथि बन्देजको दायरा फराकिलो पार्ने गरी विधेयकमा व्यवस्था गरिएको छ,’ कांग्रेसले उपसमितिमा दर्ता गरेको लिखित फरकमतमा उल्लेख छ, ‘प्रकारान्तरले सामाजिक सञ्जालमार्फत हुने अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने मनसायबाट यो प्रावधान राखेको देखिन्छ । जुन संविधानको मर्मविपरीत छ ।’ पार्टीले सामाजिक सञ्जालसम्बन्धी व्यवस्थाअन्तर्गत दफा ८८ देखि ९४ सम्म खारेज हुनुपर्ने वा संविधानप्रदत अभिव्यक्ति स्वतन्त्रता बन्देज नहुने गरी व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

सरकारले सबैलाई तर्साएर स्वेच्छाचारी ढंगले राज्य सञ्चालन गर्ने गरी विधेयक ल्याएको कांग्रेसको ठहर छ । ‘जिस्क्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउनेजस्ता गतिविधिलाई पनि गम्भीर अपराधभित्र राख्नु त्यसको प्रमाण हो,’ कांग्रेसले भनेको छ, ‘प्रचलित फौजदारी संहिता आकर्षित हुने अपराधलाई समेत सूचना प्रविधि विधेयकमा ल्याएर आमनागरिक र सञ्चार क्षेत्रलाई आतंकित बनाउने काम गरिएको छ ।’

कांग्रेसको छाया सरकारका सूचना तथा सञ्चार मन्त्रालय विभागका संयोजक बहादुरसिंह लामाले नागरिक अभिव्यक्ति, प्रेस स्वतन्त्रताविरुद्ध रहेका सबै प्रावधान खारेज हुनेगरी संशोधन हालिएको बताए ।

संसद् अवरोध गर्छौं : खाँण

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले समितिबाट जबर्जस्ती विधेयक गए संसद् अवरोध गर्ने बताए । ‘सकेसम्म समितिबाटै यथास्थितिमा विधेयक संसद्मा नपुर्‍याउन हाम्रो भूमिका हुन्छ,’ उनले भने, ‘बहुमतको आडमा जबर्जस्ती समितिले पारित गरेर संसद्मा पुर्‍याए अवरोध गर्छौं ।’

विधेयकमा के छ ?

  • अनुमति नलिई उपकरण प्रयोग गरे एक लाख रुपैयाँ जरिवाना
  • दुराशययुक्त कार्यक्रम सम्प्रेषण वा सञ्चालन गरे तीन लाख रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै
  • अनधिकृत रूपमा डोमन नाम प्रणाली सञ्चालन गरे/गराए एक लाख रुपैयाँसम्म जरिवाना या ६ महिनासम्म कैद
  • इजाजत नलिई तथ्यांक केन्द्र सञ्चालन गर्नेलाई दस लाख रुपैयाँसम्म जरिवाना
  • यौनजन्य दुर्व्यवहारको दण्ड–सजायमा तीन हजार रुपैयाँ जरिवाना, तीन वर्ष कैद वा दुवै
उपसमितिले के थप्यो ?

  • उपकरण जफत गर्न सक्ने
  • कैद तीन वर्ष
  • तीन लाख जरिवाना
  • एक वर्ष कैद, दस लाख रुपैयाँ जरिवाना वा दुवै सजाय
  • जरिवाना बढाएर दुई लाख

Province 3 govt to manage mass communication media from province itself

KATHMANDU: Registration, renewal, regulation and archiving of mass communication media — including FM radio, cable television networks, print and online media — will now take place from the Office of the Communication Registrar of Province 3 government.

This has opened the way for the office to keep an archive of various publications and provide press representative certificate to journalists as well as grant them renewals, stated the Press Registrar of Province 3 Rewati Sapkota.

The delegation of authority to the province government has taken place on the basis of Communication Media Management Act-2075 BS and Regulations-2076 BS, which have been formulated based on constitutional provisions, keeping in mind the province’s authority and work descriptions, further informed Sapkota.

The authority of registration, renewal and archiving of the mass communication media has been given to the province government after a cabinet meeting held on June 24 approved the province communication media regulations-2076 BS.

Earlier, the provincial assembly of Province 3, on November 27, 2018, had approved the province communication media management bill while it was authenticated by the province governor on December 26.

On the basis of the Act, on April 10, 2019, the provincial council of ministers — on recommendation of the provincial Ministry of Internal Affairs and Law — appointed senior journalist Sapkota as the Press Registrar of the province to manage the registration, archiving, permits, monitoring and regulation of various mass communication media in the province.

With these developments, the province government can now operate, provide permits for, renew and regulate electronic communication media; renew, provide permits for, archive, categorise, operate and regulate print media; and register, renew, archive, monitor and regulate online and other technology-based mass communication media.

Likewise, the province government will also be authorised to manage the flow of press information, production of information materials, publication and distribution, monitoring of the minimum remuneration of the journalists, among others.

Moreover, an information bank will be established comprising the published materials, information, and various decisions taken for public consumption.

As per the provision in the regulation, mass communication media operating before the Act came into effect will have to provide their archives to the office of the communication registrar.

विधेयकको विरोध गर्न सातै प्रदेशमा सर्कुलर

काठमाडौँ — अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी ल्याइएका सूचना प्रविधि र मिडिया काउन्सिललगायत आधा दर्जन विधेयक संघीय संसद्‌बाट पारित हुन नदिने रणनीति प्रमुख प्रतिपक्षी कांग्रेसले बनाएको छ । यी विधेयकविरुद्ध देशव्यापी जनमत निर्माणका लागि कांग्रेसले सातै प्रदेशका संसद्मा समेत सशक्त विरोध गर्न सोमबार सर्कुलर जारी गरेको छ ।

संविधानको व्यवस्था र मर्मविपरीत दर्ता भएका विधेयक फिर्ता लिनुपर्ने पार्टीको अडान रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए। संघीय संसद्मा मात्रै नभएर प्रदेशका सबै संसद्लाई विधेयकविरुद्ध सशक्त आवाज उठाउन र प्रतिपक्षीय भूमिका प्रभावकारी बनाउन सर्कुलर गरिएको उनले जानकारी दिए।

विधेयकका प्रस्तावित नयाँ प्रावधान र संविधानको व्यवस्था ‘कोड’ गरेरै कांग्रेसले सातै प्रदेशका आफ्ना संसदीय दलका नेतालाई लिखित सर्कुलर पठाएको हो। प्रदेश संसद्मा यस्ता विषयप्रति विपक्षी सांसदहरूको स्वतः चासो प्रकट नभएपछि पार्टीले लिखित सर्कुलर नै पठाउनु परेको नेता खाँडले बताए। सरकारले ल्याएका ‘विवादास्पद’ विधेयकलाई लिएर संघीय संसद्मा विरोध हुँदै आए पनि प्रदेश संसद्मा विपक्षीले यसलाई मुद्दा बनाएका छैनन्।

कांग्रेसले सूचना प्रविधि, मिडिया काउन्सिल, मानवअधिकार, राष्ट्रिय मानवअधिकार, गुठी र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण र विकाससम्बन्धी विधेयक संविधानविपरीत भएकाले संसद्बाटै फिर्ता नै गर्नुपर्ने अडान लिँदै आएको छ। राष्ट्रिय सभामा दर्ता गुठीसम्बन्धी विधेयक व्यापक विरोधपछि सरकारले फिर्ता लिए पनि कांग्रेसले त्यसको खारेजीकै माग गरेको छ। गुठियाराकै मागमा ऐक्यबद्धता जनाउँदै कांग्रेसले गुठीसम्बन्धी विधेयक खारेजी हुनुपर्ने माग राखेको हो।

संविधानको प्रावधान र भावनालाई ठेस पुर्‍याउने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी मिडिया काउन्सिल विधेयक आएलगत्तै सरकारले त्यस्तै प्रकृतिबाट आम अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सूचना प्रविधि विधेयक ल्याएको भन्दै कांग्रेसले संसद् र सडकमा समेत विरोध गर्दै आएको छ। लोकतन्त्रको प्रमुख खम्बाका रूपमा रहेको प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाएर सरकार अधिनायकवादको यात्रामा अघि बढ्न खोजेको कांग्रेसको आरोप छ।

यी दुवै विधेयक फिर्ता लिनुपर्ने कांग्रेसको प्रमुख माग छ। उसले मिडिया काउन्सिलभन्दा पनि सूचना प्रविधि विधेयकलाई गम्भीर र खतराको संकेतका रूपमा लिँदै आएको छ। यसले यो विधेयक संधिवानको धारा ११७ को उपधारा २ को (क) र धारा १९ को उपधारा १ को व्यवस्थाविपरीत रहेको भन्दै खारेजी हुनुपर्ने बताएको छ।

राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयकले प्रस्तावनाबाट ‘स्वायत्तता र स्वतन्त्रता’ शब्द नै हटाएर आयोगलाई महान्यायाधिवक्ता कार्यालयअन्तर्गत राख्न खोजिएको बताएको छ। यसले जनताको मानवअधिकारको संरक्षण र रक्षा गर्ने मानवअधिकार आयोगलाई सरकारले निरीह, कमजोर र निष्प्रयोजन गर्ने कोसिस गरेको सर्कुलरमा छ।

राष्ट्रिय सुरक्षा परिषदको विधेयकमा नेपाली सेनालाई अविश्वास गर्ने गरी नयाँ प्रावधान राखिएको कांग्रेसले उल्लेख गरेको छ। प्रधानसेनापतिको अनुपस्थितिमा मन्त्रिपरिषद्ले सेना परिचालनको सिफारिस गर्न सक्ने गरी गरिएको विधेयकको प्रावधानप्रति कांग्रेसले आपत्ति जनाएको हो।

‘प्रस्तावित विधेयकको व्यवस्था संविधानको प्रतिकूल हुनेगरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न खोजिएको देखिन्छ,’ कांग्रेसले भनेको छ। ‘हामी यी विधेयकलाई सशक्त ढंगले प्रतिवाद गर्दै यथास्थितिमा पारित हुन दिँदैनौं,’ कांग्रेस संसदीय दलका नेता खाँणले भने।

काठमाडौंका टिभी/अनलाइन नवीकरण गर्न हेटौंडा पुग्नुपर्ने

काठमाडौँका टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण गर्न प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालय पुग्नु पर्ने भएको छ।

एक हजार वाट सम्मका एफ एम रेडियो, स्याटेलाइट बाहेकका टेलिभिजन, अनलाईन दर्ता/नवीकरण गर्न हेटौंडा कार्यालय पुग्न पर्नेछ।

अभिलेख राख्ने, पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण पनि सञ्चार रजिष्ट्रारको कार्यालयबाट गर्नु पर्ने प्रदेश सरकारले जनाएको छ।

असार ९ गतेको प्रदेश मन्त्रिपरिषदको बैठकले सञ्चारमाध्यम नियमावली ०७६ स्वीकृत गरेपछि प्रदेश अन्तर्गतका आमसञ्चार माध्यमको दर्ता, नवीकरण र अभिलेख राख्ने निर्णय गरेको हो।

प्रदेश सभाले ०७५ मंसिर ११ गते प्रदेश सञ्चारमाध्यम व्यवस्थापन बिधेयक पारित गरेको थियो भने प्रदेश प्रमुखबाट सो बिधेयक ०७५ पुस ११ गते प्रमाणीकरण भएको थियो। सोही ऐनको दफा ५८ ले दिएको अधिकार प्रयोग गरी तयार गरिएको नियमावलीलाई प्रदेश मन्त्रिपरिषदको असार ९ गतेको बैठकले स्वीकृत गरेको हो।

प्रदेशको अधिकार तथा कार्यविस्तृतीकरण अनुसार रेडियो, एफ एम, टेलिभिजन सञ्चालन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनको अधिकार प्रदेशलाई दिइएको थियो। प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक अनुगमन, प्रदेशस्तरीय रजिष्ट्रार र केवल वितरणको इजाजत, लगायतका अधिकार पनि कार्यविस्तृतीकरणमा प्रदेशको अधिकार क्षेत्र भित्र तोकिएको छ।

देश ३ का पत्रकारले प्रेस पास लिन हेटौंडा जानुपर्ने

१७ असार, काठमाडौं । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले अबदेखि प्रेस पास लिन अस्थायी राजधानी हेटौडा जानुपर्ने भएको छ । एफएम, रेडियो र स्याटलाइटबाहेकका टेलिभिजन र अनलाइन दर्ता र नवीकरण पनि अब प्रदेश सरकारअन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालय हेटौ‌ंडाबाट हुने भएको छ ।

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन ०७५ र नियमावली ०७६ अनुसार ती अधिकार प्रदेशमार्फत हुन लागेका हुन् । प्रदेशले बनाएको ऐन र नियमावलीअनुसार पत्रपत्रिकाको अभिलेख राख्ने, पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण पनि अब सञ्चार रजिष्ट्रारको कार्यालय हेटौ‌ंडाबाटै हुनेछ ।

असार ९ गतेको बैठकले प्रदेश ३ को मन्त्रिपरिषद बैठकले प्रदेश सञ्चारमाध्यम नियमावली ०७६ स्वीकृत गरेपछि अब प्रदेशअन्तर्गतका आमसञ्चार माध्यमको दर्ता, नवीकरण र अभिलेख हेटौडामा राख्न बाटो खुलेको हो ।

एक सय वाटभन्दा माथि एक हजार वाटसम्मका एफएम रेडियो, स्याटेलाइटबाहेकका टेलिभिजन, अनलाइनको दर्ता र नवीकरण अब सञ्चार रजिष्ट्रारको कार्यालय हेटौ‌ंडाबाट रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।

प्रदेशसभाले ०७५ मंसिर ११ गते प्रदेश सञ्चार माध्यम व्यवस्थापन विधेयक पारित गरेको थियो । प्रदेश प्रमुखबाट सो विधेयक ०७५ पुस ११ गते प्रमाणीकरण भएको थियो । सोही ऐनबमोजिम ०७५ चैत २७ गते प्रदेश मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानून मन्त्रालयको सिफारिसमा सञ्चार रजिष्ट्रारमा पत्रकार सापकोटालाई नियुक्त गरिसकेको छ ।

प्रदेश सरकारले ल्याएको नयाँ नियमावलीमा भएको व्यवस्था अनुसार ऐन प्रारम्भ हुनुभन्दा अघि प्रकाशन हुँदै आएका पत्रपत्रिका, प्रसारण हुँदै आएका एफ एम रेडियो, टेलिभिजन, अनलाइन र पुस्तक प्रकाशनको अभिलेख सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौडामा गराउनुपर्नेछ ।

सरकारलाई संसदीय समितिले भन्यो, ‘आइफा अवार्ड तत्काल रोक्नू’

काठमाडौँ — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले भारतीय निजी व्यावसायिक संस्था (विजक्राफ्ट) ले नेपालमा गर्न लागेको आइफा (इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड) नेपालको स्वाधिनता, स्वत्नत्रता र राष्ट्रिय अस्मितामाथि आँच पुर्‍याउने खालको रहेको निष्कर्ष निकाल्दै तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको हो ।

 

ofआइफा आयोजनाका लागि विजक्राफ्टले नेपाल सरकारसमक्ष मस्यौदा पठाएको छ। जसमा आर्थिक दायित्व नेपाल सरकारले व्यहोर्ने र राष्ट्रिय हित प्रतिकूल रहेको समितिको निष्कर्ष रहेको सचिव सुरज दुराले जानकारी दिए। मस्यौदामा ४०-५० करोडको प्रस्ताव गरिए पनि झन्डै डेढ अर्ब जति खर्च हुने समितिको निष्कर्ष छ।

आइफा अवार्डको विषयलाई लिएर सञ्चारमाध्यम तथा सार्वजनिक रुपमा टिप्पणी भएपछि समितिले कार्यक्रमबारे जानकारी दिन मंगलबार सम्बन्धित मन्त्रालयका अधिकारीहरलाई डाकेको थियो। उनीहरुले कार्यक्रमबारे समितिलाई जानकारी गराएका थिए।

‘भारतीय निजी कम्पनी विजक्राफ्ट इन्टरनेशनल प्राइभेट लिमिडेटको आयोजनामा आईफा अवार्ड गर्न लागिएको रहेछ’ समिति सभापति पवित्रा निरौला खरेलले कान्तिपुरसँग भनिन्, ‘यसले हाम्रो संस्कृति र राष्ट्रियहितमा असर गर्ने भएकाले रोक्न निर्देशन दिएका हौँ।’

सभापति खरेलले सरकारी अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई फाइदा पुग्ने बताए पनि मस्यौदा चित्त बुझ्दो नभएको बताइन्।

हेर्नुहोस् समितिको निर्णय