सूचनामा जनविश्वास

गत आर्थिक वर्ष २०७५÷७६ मा राष्ट्रिय सूचना आयोगमा ८७५ वटा पुनरावेदन परे र सबै फछ्र्यौट भए । केही व्यक्तिले सम्बन्धित निकायसँग सूचना माग गरेको जनाउ आयोगलाई पनि दिने गरेका छन् । यसैगरी, केही सार्वजनिक निकायले पनि सूचना मागकर्तालाई सूचना दिएको बोधार्थपत्र आयोगमा पठाउने गरेका छन् । आयोगबाट यसको मासिक विवरण तयार गर्ने गरिएको छ । यस आधारमा गत आर्थिक वर्षमा नेपालभरि करिब ७५ हजारदेखि १ लाखसम्मको संख्यामा सूचना माग भएको अनुमान गर्न सकिन्छ । सूचनाको हकसम्बन्धी ऐनअनुसार सूचना अधिकारीसमक्ष सूचना माग गर्नुपर्छ । यसका लागि सूचना अधिकारी तोकिनुपर्छ । संघीय सरकारका २२ मन्त्रालय, २१ वटा केन्द्रीयस्तरका निकाय, ५४ वटा विभाग, २२ वटा केन्द्रीयस्तरका तालिम केन्द्र र ७७ जिल्लामा रहेका करिब २२÷२५ सय कार्यालयमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा सूचना अधिकारी तोकिएको पाइएको छ । यसरी तोकिएका करिब २२ सय सूचना अधिकारीको नामावली आयोगको वेभसाइटमा राखिएको छ ।

प्रदेश सरकारका सातवटा मन्त्रालयमा ४९ जना र ७५३ वटा स्थानीय तह गरी ८०२ जना सूचना अधिकारी तोकिएको विश्वास गरिएको छ । केही नागरिकले सबै पालिकासँग माग गरिएको सूचनाका आधारमा यो तथ्यांक प्राप्त गरिएको हो । करिब सवा २ सयको संख्यामा रहेका बैंक तथा वित्तीय संस्था र करिब तीन दर्जनको संख्यामा रहेका बिमा कम्पनी सबैमा सूचना अधिकारी तोकिएका छन् । ती निकायले सार्वजनिक रूपमा प्रकाशन गरेका स्वतः प्रकाशनले यसलाई प्रमाणित गर्छ । राजनैतिक दल, निजी क्षेत्रका औद्योगिक र व्यापारिक प्रतिष्ठान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामा पनि सूचना अधिकृत तोकिने क्रममा गुणात्मक रूपमा वृद्धि भएको महसुस गरिएको छ ।
सूचनाको हकसम्बन्धी कानुनअनुसार नागरिकले सूचना माग नगरे पनि तीन÷तीन महिनामा प्रत्येक निकायले स्वतः प्रकाशन जारी गर्नुपर्छ । यसमा करिब ३० देखि ४० प्रतिशत सरकारी निकायले स्वतः प्रकाशन जारी गरेको अनुमान गर्न सकिन्छ । ७७ जिल्लामा रहेका हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार अधिकांश निकायले स्वतः प्रकाशनको प्रयास आरम्भ गरेका छन् । अब, यसरी नियुक्त भएका सूचना अधिकारीसँग सूचना माग गर्ने र स्वतः प्रकाशन जारी भएका विवरण अध्ययन गरी लाभ लिने पालो आमनेपाली नागरिकको हो भन्नुमा अतिशयोक्ति नहोला । सरकारी निकायसँग सूचना मागेर पनि पाइने हो र ? भन्ने स्थानमा सरकारी सूचना पनि लोकतान्त्रिक सरकारले लुकाउन मिल्छ र ? भन्ने प्रतिप्रश्न गर्ने स्थानमा समाज आइपुगेको छ । सूचना चुहाएर कर्मचारी कारबाहीमा परे भन्ने समाचारको स्थानमा आफ्ना काम कारबाही र प्रतिवेदनका मूल अंश सार्वजनिक गर्ने यी नेता र प्रशासक समाजका अनुकरणीय पात्र हुन् भन्ने समाचार बन्न थालेको छ ।

सूचना गोप्य राखेर भ्रष्टाचारीको बिल्ला भिर्न कोही पनि तयार छैनन् । बरु भए÷गरेका काम कारबाही सार्वजनिक गरेर लोकप्रिय र सदाचारीको स्याबासी पाउन क्रमशः मुलुकी प्रशासन अग्रसर हुँदै छ । यसमा अझै पनि सरकारी कर्मचारीको शपथग्रहणमा गोपनीय शब्द रहनु आपत्तिजनक छ । साथै सरकारी कागजातमा गोप्य र अतिगोप्य छाप लगाउनुले राणाकालीन र पञ्चायतकालीन ह्याङ्ओभरको आभाष भइरहेको छ । यस अतिरिक्त सूचनाको हकसम्बन्धी कानुनसँग बाझिएका अन्य कानुनका गोपनीयताका प्रावधान यथावत रहनुले लोकतन्त्रलाई गिज्याइरहेको अनुभूति हुन्छ । यी कुरामा सुधार गर्न तीनै तहका सरकार अग्रसर हुनुपर्छ ।
वर्तमान दिनहरूमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले तीन÷तीन महिने स्वतः प्रकाशन पत्रपत्रिकामा प्रकाशित गर्न थालेका छन् । संघीय मन्त्रालय सबैमा कुनै न कुनै प्रकारको सूचना दिनहुँ माग भइरहेको छ । सरकारी मोटरको अवस्था के छ ? बैठकभत्ता कसरी लिने गरिएको छ ? वैदेशिक भ्रमणमा जानेको नामावली पाऊँ । पुँजीगत खर्च कति भयो ? ठेक्कापट्टा र स्टेसनरी खरिदका विवरण माग भइरहेको र प्राप्त भइरहेको स्थिति छ । काठमाडौंमा रहेका प्रायः सबै बोर्डिङ स्कुल र नर्सिङहोमहरूसँग सूचना माग भएको छ । संघीय संसद्को हाजिरी र अन्य सुविधामा नागरिकको चासो बढेको छ । प्रदेशका मुख्यमन्त्रीका सुविधा, त्यहाँका मन्त्री र सभा सदस्यले गरेका असल कार्यको सूचना माग हुन थालेको छ । सबै ७५३ वटा स्थानीय तहमा बजेट खर्चको स्थिति, ज्येष्ठ नागरिकको भत्ता, विभिन्न कार्यक्रमका उपलब्धि माग भइरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहायता रकमबारे चासो राख्नेको संख्या बढेको छ । यी लोकतन्त्रलाई स्थायित्व प्रदान गर्ने, संस्थागत रूपमा दिगो बनाउने र नागरिकले सरकारी काम कारबाहीको ‘वाच डग’को भूमिका निर्वाह गर्ने सचेतना वृद्धि भएको रूपमा बुझिएको छ ।

विद्यार्थीले प्राप्तांकमा चित्त नबुझेमा रिटोटलिङ गर्ने, रिचेकिङ गराउने र उत्तरपुस्तिकाको फोटोकपी लिने क्रम बढेको छ । आफ्नो पेसासँग सम्बन्धित ऐन निर्माणको मस्यौदासमेत माग हुन थालेको छ । खेलकुद क्षेत्रमा यस्तो अभ्यास आरम्भ गरिएको छ । कर्मचारीले कानुनबमोजिम समायोजन किन नभएको, आफूले निवेदन दिएअनुसार किन स्वेच्छिक अवकाशको सेवासुविधा नपाएको र आफूसरहका अन्यको सरुवा हुँदा मेरो सरुवा किन नभएको भनी सूचना माग गर्न थालेका छन् । यी सबै केसमा अपेक्षित सूचना हासिल नभएको हुन सक्छ तर सूचनाको हक प्रयोग हुन्छ भन्ने सजगताले निर्णयमा हुने मनपरीतन्त्रमा थाहा नपाउँदो ढंगले गिरावट आएको छ । लोकसेवा आयोग, शिक्षकसेवा आयोजजस्ता निकायले करिब ६५ वर्षको इतिहासमा पहिलोपटक कुल प्राप्तांक उपलब्ध गराउन थालेका छन् । ती निकायले गोपनीयताले भन्दा पारदर्शिताले आफ्नो निकायको विश्वसनीयता वृद्धि हुने कुरा बुझ्न थालेका छन् ।

सञ्चारकर्मीले समाचारको लागि सूचना माग्ने र पाउने क्रम बढेको छ । स्थानीय तहमा प्रायः एक जना वडाध्यक्ष प्रवक्ता तोकिने र एक जना कर्मचारी सूचना अधिकारी तोकिने गरेका छन् । तुलनात्मक रूपमा सूचना प्रवाहमा, जनसम्पर्कमा, मिट द प्रेसमा, गुनासो व्यवस्थापनमा सूचना अधिकारीको सक्रियता बढेको छ । संघीय सरकारमा पनि मन्त्रालय र विभागका प्रवक्ताभन्दा सूचना अधिकारी अनुभूत हुन थालेका छन् । यसमा राष्ट्रिय सूचना आयोगले देशको सार्वभौमसत्ता जनतामा निहित भएकाले ती देशका मालिक हुन्, तिनैले प्रतिनिधिको रूपमा पठाएका मन्त्रीले थाहा पाएको सूचना नागरिकले नपाउने कुरै भएन । सुरक्षा निकाय पनि नागरिकले तिरेको करबाट तलब खाने हुन् । यसर्थ ती निकाय पनि जनताप्रति उत्तरदायी हुनुपर्छ । सूचना लुकाउनु भनेको भ्रष्टाचार लुकाउनु, विधिको शासन नमान्नु, स्वेच्छाचारिता लाद्न खोज्नु, नागरिकबीच विभेद गर्नु र स्वविवेकी अधिकारको दुरुपयोग गर्नु हो भनी व्यापक रूपमा एडभोकेसी गरिरहेका कारण स्थितिले कोल्टे फेर्न बाध्य भएको छ । आजको दिनमा म सूचना नदिने सरकारी निकाय हुँ भनी कसैले भन्छ भने सो पदाधिकारी सोही ग्राउन्डमा पदच्युत हुने प्रस्ट छ । आगोको लप्का र पानीको भेलसँग जसरी द्रोह गर्न सकिन्न, उसैगरी नागरिकको सूचनाको हकलाई नआक्न सार्वजनिक चेतावनी दिन चाहन्छु । यी कुरा हालका दिनमा सूचना माग्ने र पाउने अभ्यासले प्रमाणित नै गरिसकेको छ ।
दुई देशबीच सन्धिसम्झौता हुने तर जनताका लागि गोप्य हुने कुरा सुन्दैमा अप्रिय लाग्छ । जसअनुसार नेपाल र भारतबीचको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विधान, लगानी बोर्ड र जीएमआरबीच भएको अपार कर्णालीको पीडीए सम्झौता, नेपाल र चीनबीच भएको हवाईजहाज खरिद सम्झौता र नलसिंगगाडको परामर्शदाता नियुक्तिसम्बन्धी सूचना दिन आयोगले आदेश जारी गरेको छ । जसअनुसार नागरिकले यी सूचना पाएका छन् । हालका दिनमा सांसदको सिफरिसमा भएका विकास निर्माणका योजना र पत्रपत्रिका वर्गीकरणका आधार र मापदण्ड माग भएका छन् । जुनसुकै निकायको आन्तरिक र बाह्य लेखा परीक्षणको प्रतिवेदन नागरिकले माग गर्न थालेका छन् । मल्लिक आयोग र रायमाझी आयोगका प्रतिवेदनअनुसार सरकार कारबाहीमा उत्रिनुको सट्टा प्रतिवेदन नै सार्वजनिक नहुने सन्दर्भलाई आयोगले चिर्दै प्रतिवेदन सार्वजनिक गर्न सरकारको नाममा आदेश जारी गरेको छ । यी कुराले सूचनाको हक चलायमान भएको पुष्टि गर्छ ।

सूचना माग हुँदा कसैले पनि झन्झट मान्ने कुरै आउँदैन । ७७ जिल्ला प्रशासन कार्यालयसँग त्यहाँ दर्ता भएका सबै गैरसरकारी निकायको विवरण माग भएपछि ती निकायहरू यी तथ्याङ अपडेट गर्न सफल भएका छन् । यस्तै, बैंकहरूले दिने सेवा सुविधा, लिने दस्तुरको तर्क, आधार के हो भनी सूचना माग हुन थालेपछि नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय कम्पनी सजग हुन थालेका छन् । केही नागरिकले प्रायः सबै बैंकसँग सूचना माग गरिरहेका छन् । साथै, सहकारीले पनि ऋण प्रवाह गर्ने, कडा ब्याज दर लगाउने, सम्पत्ति लिलाम गर्नेविरुद्ध सूचना माग भइरहेका छन् र सूचना पाएका छन् । प्रत्येक नागरिकमा आफ्नो अधिकार प्रतिको सजगता पनि सूचना हकले बढाइदिएको छ । मैले बढुवाका लागि कुनकुन शीर्षकमा के कति अंक पाएँ जान्न पाउँ भनी सूचना माग भएको छ । के आधारमा कुन मापदण्डअनुसार अमुक मानिस प्रधानाध्यापकमा नियुक्ति भए सूचना पाऊँ भनिएको छ । हामीलाई कुन आधारमा महिला हिंसाको आरोप लाग्यो, सूचना पाऊँ भन्ने पनि छन् । मैले आमाको नामबाट किन नागरिकता पाउँदिन, यसको कारण जान्न पाऊँ भन्ने नागरिकले न्याय  पाएका छन् ।
नेपाल सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने गरेको छ । यसमा स्वास्थ्य चौकीमा यससम्बन्धी सूचना माग भइरहेको छ । यसरी प्राप्त भएका सूचना विद्यार्थीले आप्mना अभिभावकलाई जानकारी गराउने गरेका छन् । कुन कार्यालयबाट कसले लिएको पेस्की ३५ दिनभित्र पनि फछ्र्यौट भएन भनी सूचना मागिएको छ । यसबाट पेस्की फछ्र्यौटमा मद्दत पुगेको छ । एउटा कर्मचारी एउटा अमुक कालखण्डमा कतिपटक स्वदेशभित्रकै भ्रमणमा काजमा खटिएको छ भनी सूचना माग गरिएको छ । यसबाट राज्य दोहन रोकिएको छ । सडक विस्तार गर्दा सडक किनारामा रहेका रूख काटेर त्यसको व्यवस्थापन कसरी गरियो ? औद्योगिक र व्यापारिक मेलाको आयोजना गर्दा कति राजस्व बुझाइयो ? सरकारी कार्यालयले लिलाम गर्दा मिलेमतो भएन भन्ने के आधार छ ? निजी क्षेत्रका स्टेसनरी पसलले नागरिकलाई बिक्री गर्दाको मूल्य र सरकारी कार्यालयमा पठाउने बिलमा किन मूल्य फरक प¥यो भनी सूचना माग भएको छ । यसरी मुलुकलाई विकृति, विसंगति, मिलेमतो, भ्रष्टाचारको दलदलबाट निकास दिने गरी पछिल्लो समयमा सूचनाको हकको प्रयोग भइरहेको छ ।

अस्पताल खुल्ने, ओपीडीमा डाक्टर बस्ने समय किटान नहुने पनि हुन्छ र ? ठेकेदारले सार्वजनिक निर्माण गर्दा गुणस्तरीयता कायम गर्न सिमेन्ट, गिट्टी र बालुवाको मात्रा के कसरी मिलाए भन्ने सार्वजनिक गर्नु पर्दैन र ? आफूसँग भएको लालपुर्जाको जमिन मूल सडकबाट वा खोलाबाट कति दूरीमा छ भन्ने जान्ने हक नागरिकमा छैन र ? प्रहरीले किन मानिसलाई नियन्त्रणमा लिन्छ, के अभियोजन हो ? जान्ने हक नागरिकमा छैन र ? वर्षौंदेखिको निर्माणाधीन सडक र पुल किन सम्पन्न हुँदैन, जान्न पाइन्न र ? यी सबै विषयमा सूचना माग भइरहेको छ । यसरी आमनागरिक मुलुकका प्रजा वा रैती होइनन् । लोकतन्त्रमा उनी देशका शासक हुन् । आफूले निर्वाचित गरी पठाएका व्यक्तिले सञ्चालन गरेको लोकतान्त्रिक मुलुकमा जुन नागरिकलाई जुन बखत जे विषय जान्न मन लाग्यो, सोही विषयमा सूचना माग्ने र पाउने नागरिकको नैसर्गिक अधिकार हो भन्ने अहम विषयको बोध सार्वजनिक निकाय र नागरिकमा विस्तारैहुँदै जानु खुसीको विषय हो ।

Journalists’ Security

Nepal has witnessed tremendous progress in the realm of journalism with the advent of multiparty democracy in 1990. Its phenomenal growth has been attributed to the conducive atmosphere that the state has created through enabling legislation. The constitution has guaranteed full press freedom. No government agencies can annul the registration of media institutions. This strong provision has served as the bulwark against any infringement upon the Fourth Estate. The subsequent government, formed in the aftermath of the reinstatement of democracy, have been liberal with the journalistic sector for it played a catalytic role in every democratic movement. As a result, the journalists and media entrepreneurs are drawn to the media sector exponentially.

Nonetheless, journalism is a challenging profession. Journalists are saddled with the duty of disseminating authentic information and unvarnished analysis of the events to the readers. Despite the proliferation of the media industry, journalists continue to face professional and physical insecurity. Owing to the lack of secure job and other incentives for them, they are impelled to move from one media house to another. They need various kinds of support to ensure their professional safety. Against this backdrop, the present government has come up with laudable measures to incentivise the journalists and enhance their professionalism. It has set up Rs. 50.3 million Journalist Career Fund and implemented the Journalist Accident Insurance. JCF has been created by incorporating the Conflict Victims Journalists Welfare Fund (CVJWF) that was intended to support those media persons victimised by the decade-long insurgency.

JCF is indeed an innovative step that seeks to make the journalistic profession dignified, secure, respectable and independent; build the capacity of the journalists; extend financial support to the conflict-hit journalists or their family members, and provide monthly pension to the senior journalists. According to the Journalists Career Fund Establishment and Operation Guideline, 2075 BS, the JCF aims to provide pension to the senior journalists, who have constantly contributed to journalism sector for 30 years and crossed 65 years of age. A 7-member committee under the secretary at the Ministry of Communications and Information Technology will be formed to run the Trust. The committee will keep and update the status of senior journalists and conflict-affected journalists, decide the amount of career development fund to be granted to the journalists, and pension to the senior journalists.

The Journalist Accident Insurance, which has already come into force, is an important initiative to boost the confidence of media persons. As per its policy, they get money in compensation in case of the fatal accidents. The government incurs 75 per cent of the total premium fee and the remaining 25 will be borne by the concerned media houses and journalist themselves if they are freelancers. Altogether 254 journalists were registered under the accident insurance policy within the current fiscal year as reported by this daily. The career fund and insurance policy are expected to bring cheers to Nepali journalists, who have been pursuing their profession through thick and thin. These provisions amply suggest that the government does not shy away from helping the journalists while accepting their critical reporting and feedback over the affairs of the state. This is also an indication that Nepali state is responsible towards the promotion of the press essential to good governance, democracy and all-round economic development.

राष्ट्रिय चिह्नको अवमूल्यन हुने विज्ञापन गर्न नपाइने

काठमाडौँ — राष्ट्रगान, राष्ट्रिय झन्डा, चिह्न र विभूतिको अवमूल्यन हुने गरी विज्ञापन प्रकाशन–प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन (नियमन गर्ने) विधेयकमा यस्तो व्यवस्था राखेको छ । समितिले स्वदेशी उत्पादनलगायत राष्ट्रिय महत्त्वका विषयमा विदेशमा विज्ञापन गर्दा झन्डा, चिह्न, राष्ट्रगानलगायत प्रयोग गर्न पाइने तर तिनको अवमूल्यन गर्न नपाइने व्यवस्था गरेको हो ।

सरकारले विज्ञापन प्रकाशन एवं प्रसारणमा यी विषयको प्रयोगमा रोक लगाउने प्रस्ताव गरेको थियो । यिनको प्रयोगमा रोक लगाउने व्यवस्था अव्यावहारिक हुने भएकाले अवमूल्यन गर्न नपाइने प्रावधान मात्र राखिएको सांसद दिव्यमणि राजभण्डारीले जानकारी दिए ।

समितिले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ (विज्ञापनरहित) कार्यान्वयनसम्बन्धी विधेयकको दफा पारित गरेको छ । क्लिन फिडको व्यवस्था ऐन जारी भएको मितिले एक वर्षपछि मात्र कार्यान्वयनमा आउनेछ ।

समितिले विधेयकमा पुराना सेवाप्रदायक (च्यानल डिस्ट्रिब्युटर्स) ले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । नयाँ खुल्ने सेवाप्रदायकले भने सुरुदेखि नै क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था राखिएको छ ।

पुराना सेवाप्रदायकले क्लिन फिड कार्यान्वयन गर्न पूर्वाधार बनाउनुपर्ने भएकाले एक वर्षको समय दिइएको सभापति कल्याणीकुमारी खडकाले जानकारी दिइन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले भने राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र क्लिन फिड लागू हुने व्यवस्था पारित गरेको थियो । प्रतिनिधिसभाको प्राविधिक समितिले त्यसलाई हटाएको हो ।

सांसद विन्दा पाण्डेले लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताविरुद्धका तथा सांसद गणेश पहाडीले संविधानविपरीतका विज्ञापन गर्न नपाइने व्यवस्था विधेयकमा राख्नुपर्ने प्रस्ताव गरेका छन् । यस विषयमा भने समितिले निर्णय गर्न बाँकी छ ।

विधेयकले विद्यालय र विश्वविद्यालयकोपाठ्यपुस्तकमा विज्ञापन गर्न रोक लगाउने प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले समिति बैठकमा विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा चाउचाउजस्ता सामग्रीको विज्ञापनले नकारात्मक प्रभाव परेकाले अब पुस्तकमा विज्ञापन नै राख्न नपाउने व्यवस्था गरिएको जानकारी दिए ।

विधेयकमा जुवा खेलाउने विषयको विज्ञापनसमेत निषेध गरिएको छ । चिट्ठाको विज्ञापन गर्न भने रोक लगाइएको छैन । सचिव गुरुङका अनुसार चिट्ठा सामाजिक कामका लागि समेत प्रयोग गरिने भएकाले रोक नलगाइएको हो ।

अज्ञात वा बेवारिस विज्ञापन गर्न नपाइनेअब बेवारिस वा अज्ञात विज्ञापनदाताका नाममा विज्ञापन प्रकाशन–प्रसारण गर्न नपाइने भएको छ । विज्ञापनमा विज्ञापनकर्ताको नाम र ठेगानासहितको विवरण अनिवार्य गरिएको छ ।

विधेयकमा नाम, ठेगानाबिना विज्ञापन गर्न नपाइने प्रावधान राखिएको छ । विज्ञापनमा वस्तु या सेवाको प्रयोग गर्दा हुन सक्ने असर र अवलम्बन गर्नुपर्ने सचेतनाका विषयमा उपयुक्त ढंगले चेतावनीमूलक सन्देश दिनुपर्ने व्यवस्था गरिएको छ । विधेयकमा ‘विज्ञापन गरिएको वस्तु वा सेवाको प्रयोग गर्दा हुन सक्ने असरबारे अवलम्बन गर्नुपर्ने सचेतनाको विषयमा विज्ञापनमा उपयुक्त तवरले चेतावनीमूलक सन्देशसमेत दिनुपर्ने’ उल्लेख छ ।

केही वस्तुको विज्ञापनको समय निर्धारण गरिने

सरकारले विधेयकमा कतिपय वस्तुको विज्ञापन गर्ने समयसमेत निर्धारण गर्न लागेको छ । बिहान, दिउँसो वा बेलुका कुन समयमा कस्तो विज्ञापन गर्न पाउने भन्ने विषय सरकारले गठन गर्ने विज्ञापन बोर्डले तय गर्ने विधेयकमा उल्लेख छ ।

बैठकमा विधेयकको यो दफालाई व्याख्या गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कन्डमको विज्ञापनको उदाहरण दिए । ‘बिहान पूजापाठ गरिरहेका बेला कन्डमको विज्ञापन बज्छ,’ उनले भने, ‘भगवानको पूजा गरिरहेका बेला कन्डमको विज्ञापन ? कुन बेला के विज्ञापन गर्ने भन्ने नियम नै थिएन ।

अब विधेयकमा खास विज्ञापन खास समयमा मात्र प्रकाशन तथा प्रसारण गर्न पाइने व्यवस्था गरिएको छ ।’ विधेयकमा विज्ञापन बोर्डलेसार्वजनिक रूपमा सूचना प्रकाशित गरी रेडियो, टेलिभिजन वा अनलाइन वा विद्युतीय सञ्चारमाध्यमबाट प्रसारण वा प्रकाशन हुने खासखास विषयकाविज्ञापनका लागि समय निर्धारण गर्न सक्ने उल्लेख छ । बोर्डले निर्धारण गरेको समयावधिबाहेक अरू समयमा त्यस्ता विषयको विज्ञापन प्रसारण वा प्रकाशन गर्न पाइने छैन ।

कानुन बनेको एक वर्षपछि ‘क्लिन फिड’ लागू हुने

काठमाडौं – प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक वर्षपछि लागू गर्नेगरी सहमति जुटाएको छ। विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना ‘टेलिभिजन सिग्नल डिस्ट्रिब्युट’को हकका लागि एक वर्ष र नयाँ ‘टेलिभिजन सिग्नल डिस्ट्रिब्युट’का लागि कानुन लागू भएपछि नै कार्यान्वयन हुने व्यवस्था राख्ने सहमति गरेको छ। ‘हामी निश्चित मिति राखेर क्लिन फिड लागू गर्ने सहमतिमा पुगेका छौं,’ समिति सभापति कल्याणी खड्काले भनिन्, ‘विधेयक पारितपछि राजपत्रमा सूचना प्रकाशित भएको एक वर्षपछि पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युटको हकमा लागू हुने र नयाँका लागि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै लागू हुने व्यवस्था गरेका छौं।’

सरकारले ल्याएको प्रस्तावित विधेयकको दफा ६ मा क्लिन फिड तोकिएको मितिदेखि लागू हुने व्यवस्था राखेको थियो। ‘टेलिभिजन सिग्नल डिस्ट्रिब्युट’हरूले क्लिन फिडको व्यवस्था नै नराख्न माग गर्दै आएका थिए। सरकारले ल्याएको विधेयकमा कानुन लागू भए पनि तोकिएको मितिदेखि ‘क्लिन फिड’ लागू हुने व्यवस्था गरेको थियो। विधेयकमा भनिएको थियो, ‘नेपालमा प्रसारण हुने नेपाली टेलिभिजन च्यानलहरूले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ।’ राष्ट्रियसभामा पहिला दर्ता भएकाले यस विधेयकलाई राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो।

राष्ट्रियसभाले पारित गरेको विधेयकमा ‘क्लिन फिड’को विषय पनि सरकारले ल्याएको विधेयकबमोजिमकै तोकिएको मितिदेखि भन्ने व्यवस्था राखेको थियो। क्लिन फिडको विरोधमा आन्दोलनमा उत्रिएका केवल टेलिभिजन व्यवसायीहरूले गत असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गरेका थिए। केवल व्यवसायीले विज्ञप्ति जारी गरेर नेपालमा प्रसारण हुने ८५ प्रतिशत टेलिभिजन विदेशी रहेको र इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यावहारिक र व्यावसायिक रूपमा असमर्थ हुने बताएको थियो। डिजिटलाइसेजनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैयाँ लगानी डुब्ने र संविधानले दिएको मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने उनीहरूको भनाइ थियो।

२०७५ वैशाख २ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा १ सय ५० वटा विदेशी च्यानलले डाउनलिंक अनुमति लिएका छन्। विदेशी च्यानल वितरणका लागि ५० बढी कम्पनीले सिग्नल वितरण अनुमति लिएका छन्। सरकारले गत साउनदेखि विदेशी च्यानललाई नेपालमा प्रसारणका लागि लाग्ने शुल्क वृद्धि गरेको थियो। समितिले विज्ञापन नियमन विधेयकमाथि सुझाव लिन तीन दिनअघि विज्ञहरूलाई बोलाएको थियो। कानुनी विज्ञ काशीराज दाहालले ‘क्लिन फिड’ कहिलेदेखि लागू हुने हो त्यसको मिति नै तोक्नुपर्ने बताएका थिए। उनले तोकिएको मितिदेखि भन्ने शब्दले ‘क्लिन फिड’ लागू हुने समयमा अन्योलता हुने बताएका थिए। पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले पनि तोकिएको मितिदेखि भन्ने शब्दले नेपालमा कहिल्यै पनि ‘क्लिन फिड’ लागू हुन नसक्ने बताएका थिए।

समितिमा विधेयकमाथि छलफल जारी छ। विज्ञापन बोर्डमा सदस्य रहने विषयमा पनि समितिमा सहमति हुनसकेको छैन। विज्ञापन दिन विज्ञापन बोर्डमा नै आउनुपर्ने व्यवस्थाले स्थानीय तहका लागि असहज हुने देखिए पनि समितिले यसमा निर्णय लिएको छैन। यस्तै विज्ञापनमा कस्ता समग्री प्रसारण हुने हो त्यसको विषयमा पनि विधेयकले व्यवस्था गर्नुपर्ने विज्ञहरूले सुझाव दिइसकेका छन्। विज्ञापन बोर्डले आचार–संहिता जारी गर्दा सरोकारवालाको संलग्नतामा जारी गर्नुपर्ने पत्रकार महासंघका पूर्वअध्यक्ष दाहालले बताएका थिए। उनले विज्ञापन बोर्डले सञ्चारमाध्यमको आचार–संहिता बनाउने कुरा गलत भएको भन्दै प्रेस काउन्सिलले बनाउने बताएका थिए।

Away from a society that judges, Nepali women are turning to Facebook for help

Sangeeta Dhakal runs a women’s clothing store in Bagbazar. But on most days, her phone buzzes with more distress messages from women than the online orders she receives from customers. Dhakal says dealing with such messages is part of her role as one of the admins of the popular Facebook page, Women’s Room Reloaded, a support group for Nepali women, which has nearly 40,000 members in its secret group and over 50,000 followers.

Last year, when a rape survivor from Kathmandu reached out to the group, it was 25-year-old Dhakal who accompanied the woman to the Teku Police Station to register a complaint.

The Facebook group started in early 2016, first as space for Nepali women to “share fun stuff”, but as the number of members increased, so did the kinds of things they shared, which today ranges from horror movie suggestions and career advice to mental health support.

“Women and girls reach out to us seeking support and guidance, sharing their deepest secrets about health, relationships and family matters,” said Dhakal. “And we try our best to offer whatever support we can.”

Today, Women’s Room Reloaded is part of the vast ecosystem of private Facebook groups and pages aimed at people with interests and causes that range from environmentally sustainable lifestyles to the #MeToo movement. Such groups have had greater engagements since 2017, when Facebook began promoting these groups on its platform. These efforts, according to Mark Zuckerberg, Facebook’s CEO, are an attempt “to give people the power to build community and bring the world closer together.”

Last week, nearly a dozen Nepali women, like Dhakal, who lead such Facebook groups, gathered in a small conference room in Kathmandu to share their experiences and challenges of being part of virtual support groups. “Closed” groups on Facebook, according to the platform, are searchable but their content is only visible to members, whereas “secret” groups, like Women’s Room Reloaded, are not searchable and people can join only by invitation.

Most of the women spoke about the need for closed groups for Nepali women, particularly because of the difficulty of navigating what they see as “patriarchal space” on Facebook.

“Young girls and women are hesitant to post about their problems on their Facebook pages, fearing judgement from their parents and extended family members on the platform,” said 21-year-old Pratima Tamang, who is one of the admins of another popular Facebook group, Sisterhood Nepal. “For these girls, secrets groups are among a handful of safe spaces where they can vent and find solidarity.”

Sisterhood Nepal, which now has over 40,000 members in its closed group and nearly 60,000 followers on its public page, started in 2015 as a networking space for young women. But it has since been actively involved in helping its members deal with crises, sometimes by providing financial assistance, finding them help in cases of mental health issues, or just listening to them when they reach out.

The group gets a lot of messages, some from girls as young as 18, about how to deal with depression, unwanted pregnancies, or even revenge porn. Since they have a large network of women who come from diverse backgrounds, referring them for professional help is easy. But in some cases, they have had to step in with financial support as well.

“Just last week, one of our administrators abroad had to send money to help a 19-year-old get an abortion,” said Tamang. “Some of these girls don’t know where to go for help, and turning to their family is just not an option in situations like these.”

All the women who run these groups said they do it on a voluntary basis. And despite the challenges of allotting a significant chunk of their time, dealing with people who occasionally leak confidential posts, or verifying the identity of new members (a lot of them are men with fake profiles of women), they say it’s the solidarity and friendship they have found in these groups that keeps them going.

“There are days when I shut myself out of the group activities for a few days because it’s a lot to take in,” said Tamang. “But then, there are all these people sending me sweet, uplifting messages and that makes me feel like what I am doing is worthwhile.”

 

सेन्सरको ग्रेडिङ अत्यावश्यक

काठमाडौं –  प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ माथि बृहत छलफल गरिएको छ। आइतबार चलचित्र विकास बोर्डमा आयोजित बृहत छलफलमा प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ लाई लिएर फिल्म क्षेत्रमा आवद्ध फिल्मकर्मीहरू आ–आफ्नो धारणा राखेका थिए।

यस विधेयकले चलचित्रलाई जुनसुकै भाषा र प्रविधिमा बनेको चलायमान दृष्य देखिने कथानक चलचित्र, वृत्तचित्र, कार्टुन चलचित्र, एनिमेशन चलचित्र, टेलि(चलचित्र, चलचित्र नाटक, विज्ञापन चलचित्र र सांगीतिक भिडियो लगायत अन्य चलायमान चित्रको रूपमा परिभाषित गरेको छ। छलफलमा सहभागि फिल्ममेकर सञ्चिन घिमिरेका अनुसार अन्तर्राष्ट्रियस्तरमा स्थानीय फिल्मलाई प्रोत्साहन गर्ने कोटा प्रणाली हटाइँदै लगिएको अवस्थामा ‘चलचित्र ऐन,२०७६’ ले त्यसलाई प्राथमिकता दिँदा समस्या बल्झिन सक्ने बताए।

चलचित्रको इन्टरनेट अपलोड र विद्युतीय कारोबार सम्बन्धी व्यवस्थामा चलचित्रको इन्टरनेट अपलोड लगायत विद्युतीय कारोबार गर्नका लागि लिनुपर्ने स्वीकृति र गैरकानूनी रूपमा इन्टरनेटमा हुने प्रदर्शन र अपलोडिङ्ग कार्यको नियन्त्रण गरिने उल्लेख गरिएको छ।

‘बेलायत र कोरियाजस्ता देशहरू हलमा स्थानीय फिल्म लगाउनुपर्ने कोटा प्रमाणाी घटाएर काम गरिरहेको छन्। गुणस्तर फिल्ममा जोड दिएर अन्तर्राष्ट्रिय अवार्ड जितेका फिल्महरूलाई प्रोत्साहन दिनेतर्फ सोच्नु जरुरी छ,’ उनले भने, ‘ फिल्म हेर्न हलसम्म पुगेका दर्शकहरूलाई अनावश्यक राष्ट्रियताको नाममा राष्ट्रिय गान बजाउनु आवश्यक छैन्। त्यस्तै गुणस्तरीय फिल्मका लागि स्क्रिप्टमा ध्यान दिनुपर्दछ।’ नेपालमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्न राम्रो भेन्युको अभाव भएको तर्क उनले गरेका थिए।

परिच्छेद ६ को चलचित्र जाँच तथा चलचित्र जाँच समिति सम्बन्धी व्यवस्थाको अन्तर्गत चलचित्र जाँच गराउनुपर्ने दफा (१) चलचित्र निर्माण,वितरण तथा प्रदर्शनको इजाजतपत्र प्राप्त कुनै व्यक्ति वा संस्थाले स्वदेशी वा विदेशी चलचित्रको प्रदर्शन गर्नु अगावै चलचित्र जाँच समितिबाट चलचित्रको जाँच गराउनु पर्नेछ। छलफलमा सहभागि फिल्मकर्मीहरूले फिल्महरू ग्रेडिङ गनुपर्नेमा जोड दिएका छन्। ‘नेपाली फिल्मले कोटा प्रणालीबाट प्राथमिकता पाउने कुरा राम्रो भएपनि अनावश्यक रूपमा हलसम्म पुगेका दर्शकहरूमाथि राष्ट्रियता थोपनु राम्रो हुन्न्। फेरि फिल्ममेकरले फिल्म बनायो। त्यसको फाइदाचाँहि प्रदेश सरकारले लिन खोजेको जस्तो देखियो। फिल्म सेन्सर गर्दा ग्रेडिङ तोकिनुपर्यो। यो विधेयकमा गृहकार्य हुनु अत्यावश्यक छ,’ फिल्ममेकर नीर शाहले भने।

प्रस्तावित ‘चलचित्र ऐन,२०७६’ को दफा ७ मा कुनै चलचित्र वा त्यसको कुनै भाग नेपाल राज्यको शान्ति, सुरक्षा, सुव्यवस्था तथा मित्र राष्ट्रसँगको वा विभिन्न वर्ग वा जातिका बीचको सुसम्बन्धमा खलल पर्ने वा सार्वजनिक हित, सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने वा कुनै व्यक्ति विशेषको मानहानी वा अदालतको अवहेलना हुने वा कुनै अपराध गर्न दुरुत्साहन दिने किसिमको देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न अनुमति नदिने उल्लेख गरेको छ। चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयका अनुसार राष्ट्रिय चलचित्र नीति लागू गरेर हल सञ्चालकहरूले व्यापारिक स्वतन्त्रता महसुस गर्नु पाउनुपर्छ। ‘तत्काल राष्ट्रिय चलचित्र नीति लागू हुनुपर्छ। राज्य फिल्मको व्यापार गर्नेहरूलाई नियमन गर्नुपर्छ नियन्त्रण गर्न पाइँदैन्। स्वदेशी फिल्मलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने।

दफा २४ मा स्वदेशी चलचित्र प्रदर्शन सम्बन्धी विशेष व्यवस्थाको उपदफा (१)मा प्रत्येक चलचित्रघरले चलचित्र प्रदर्शन गर्दा स्वदेशी चलचित्र प्रदर्शनलाई पहिलो प्राथमिकता दिनुपर्नेछ। उपदफा (२) मा प्रत्येक चलचित्रघरले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवद्र्धन गर्नको लागि वर्षको कम्तीमा तोकिए बमोजिमको दिन स्वदेशी चलचित्र प्रदर्शन गर्नुपर्नेछ व्यवस्था गरेको छ। यसले दिनको गणना गर्दा चलचित्रघर सञ्चालन भएको समयलाई स्पष्ट पारेको छ।
नेपाल निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हल सञ्चालकले इन्कोडिङ गरिसकेपछि सर्भर प्रोजेक्सन गरेबापत फिल्म निर्माताले पैसा तिनुपर्ने प्रावधान हटाउनुपर्नेमा जोड दिए। ‘हलमा फिल्म रिलिज गरेबापत फिल्म निर्माताले प्रत्येक सोको पैसा दिनुपर्ने हुन्छ। विभिन्न बहानामा अनावश्यक पैसा लिने हल सञ्चालकहरू निर्माताबाट निरुत्साहित गरिरहेका छन्,’ उनले भने।

दफा २८ मा चलचित्रको इन्टरनेट अपलोड र विद्युतीय कारोबार सम्बन्धी व्यवस्थामा चलचित्रको इन्टरनेट अपलोड लगायत विद्युतीय कारोबार गर्नका लागि लिनुपर्ने स्वीकृति र गैरकानूनी रूपमा इन्टरनेटमा हुने प्रदर्शन र अपलोडिङ्ग कार्यको नियन्त्रण गरिने उल्लेख गरिएको छ। दफा ३० मा शिक्षामुलक श्रव्य दृश्य सामग्री प्रदर्शन गर्नुपर्नेमो उपदफा (१)चलचित्र प्रदर्शकहरूले कुनै चलचित्र प्रदर्शन शुरू गर्नु अगाडी अनिवार्य रूपमा नेपालको राष्ट्रिय गान बजाउनुपर्नेछ र चलचित्र शुरू गर्नु अगाडी वा मध्यान्तरमा सन्देशमूलक तथा शिक्षामूलक श्रव्य दृश्य सामग्री प्रदर्शन गर्नुपर्नेछ व्यवस्था गरिएको छ।

फिल्ममेकर नवल खड्काका अनुसार प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ आवश्यक रहेको बताए। ‘यसले नेपाली फिल्मको प्रवद्र्धन गर्न खोजेको जस्तो देखिन्छ। विदेशी फिल्ममा २५ प्रतिशत कर लगाउनुपर्छ भने मन्टिप्लेक्स हलमा एउटा सोमा सम्बन्धित फिल्ममात्र लाग्नुपर्यो। ऐतिहासिक फिल्मलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने,‘बक्सअफिस पारदर्शी हुनुमा जोड दिनुपर्यो। विभिन्न देशमा रहेका नेपाली दूतावासमा रहेको सांस्कृतिक विभागमा सांस्कृतिक दूत नियुक्त गरेर फिल्म प्रमोसनमा ध्यान दिनुपर्ने देखिएको छ।’ उनले शुक्रबार फिल्म रिलिज हुने प्रणालीलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

परिच्छेद १० को विविध को दफा ४२ मा नेपालको पर्यटन प्रवद्र्धधनमा योगदान दिनसक्ने चलचित्रलाई सुविधा दिने को उपदफा (१) पर्यटकीय क्षेत्रमा छायाङ्कन गरेका वा चलचित्रका विषय वस्तुका कारण उक्त चलचित्रले प्रत्यक्षरुपमा नेपालको पर्यटन प्रर्वद्धनमा विशेष योगदान दिन सक्ने भएमा त्यस्ता चलचित्रलाई बोर्डको सिफारिसमा नेपाल सरकारले अन्य सुविधा दिन सक्नेछ। यसको उपदफा (२) नेपालले विशेष प्राथमिकतामा राखेका पर्यटकीय गन्तव्यस्थलको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसारमा सहयोग पुग्ने चलचित्र निर्माण गर्न आउने विदेशी चलचित्र निर्मातालाई बोर्डको सिफारिसमा नेपाल सरकार वा  प्रदेश सरकारले विशेष सुविधा दिन सक्नेछ। यसले नेपाली फिल्ममेकरलाई स्पष्ट सम्बोधन गर्न सकेको छैन्।

नेपालमा हाल ‘चलचित्र (निमार्ण, प्रदर्शन तथा वितरण) ऐन, २०२६’ लागू भइरहेको छ। यस ऐनमा चलचित्रको जाँचसम्बन्धी दफामा इजाजतपत्र प्राप्त कुनै व्यक्तिले कुनै चलचित्रको प्रदर्शन गर्नु अगावै तोकिएको ढाँचामा चलचित्र जाँच समितिका समक्ष दरखास्त दिनु पर्नेछ र सो समितिले पनि सो चलचित्र जाँच गरेर सार्वजनिक रुपमा प्रदर्शन गर्न अनुमति दिनसक्ने व्यवस्था गरिएको थियो।

Bill of flaws

The Media Council Bill introduced by the government has become one major source of rifts between the government, media fraternity and the opposition party. With the ruling party leaders themselves saying the bill contains flaws and it should be corrected, protests against the bill has mellowed down but the issue, as such, still remains. So what it is in it?

Prima facie, it seems like the government is trying to regulate media and ensure ethical journalism. That’s pretty fair. But the question is: Is such an interventionist and increased role of the government permissible and practiced in democracies around the world? Around the world, it is widely accepted that Media Councils are and should be self-regulatory bodies. Our bill has embraced this notion but it is self-contradictory.

On the one hand the bill accepts that Media Council is self-regulatory but at the same time it has the provisions that members of Media Council can be hired and fired by the government itself. The practice of the formation of press or Media Councils in most democratic countries around the world suggest that Media Councils are not formed by the government but rather by the media themselves as a self-regulatory mechanism whereby the members of the Councils do not serve or represent a specific media house but the whole media community as a whole and work not in favor or prejudice to any media but for the betterment and welfare of whole media community.  Current bill questions the self-regulation capacity of the media. So are the Nepali media, like in other democratic countries, not able to regulate themselves for healthy, free and accountable journalism? This is where the main concern of the bill lies.

In the US, media are self-regulated by means of private media councils. The American Media Council Inc is established as a private non-profit organization which operates through partnership with other organizations. They stand apart from the bureaucracy and government regulation. They are not legislatively mandated. Similarly, the Independent Press Standards Organization of the UK, the National News Media Council of Canada, Press Council of South Africa are all non-statutory, self-regulatory bodies established by the press and medias themselves. The members of all the above mentioned media/press councils are appointed or recommended not by the government but by media houses themselves. These councils also exercise financial independence in the sense that they charge their membership fees from the media houses and generate the fund required for the councils’ operation.

Our bill proposes a fund provided by the government which reassures Council’s total dependence on the government for operation not only in terms of appointment and termination of its members but also financial issues.

The story of India’s Media Council is different from other democratic countries with press freedom. Press Council Act (1978) has given statutory status to Press Council of India. India’s Media Council comprises five members (out of 28) from India’s upper and lower houses. Even this small place of government in the Council (just five out of 28) allows government monitoring of the media and their control to a great extent. This has resulted in India’s press freedom to be ranked one of the worst in the world. In 2019, India’s press freedom was ranked 140 out of 180 countries by Reporters without Borders. Similarly, in China, media regulatory bodies-General Administration of Press and Publication (GAPP) and the State Administration of Radio, Film and Television—are entirely governmental and impose a very strict press monitoring and regulation. This has resulted in China being one of the strictest countries for press freedom ranking 177 out of 180 in 2019.

And this is the result of state control on media.

As of 2019, Nepal ranks 106th in press freedom—much better than India’s and China’s—and that’s because of less governmental intervention in media freedom. If the current bill is passed into law in current form, will Nepal be able to maintain this rank? Look to India and China for answer.

The proposed statutory status of Nepal Media Council with strong governmental presence and regulation is comparable to India’s Media Council. Granted that most of Nepal’s legal frameworks are highly influenced by Indian legal system and laws, but should we follow India’s footstep in every law? Let’s discard the bad things other countries have done. Let’s follow the best things they have done.

For sure, Nepal needs some level of media regulation to check or at least control bad media practices and lack of discipline that Nepali press exhibits. Nepali media houses openly align with one or other political party and advocate their agendas. This must be checked through a proper mechanism and some level of state monitoring but government’s active presence in the appointment and termination of Media Council members and control over financial matters of Media Council are unacceptable.

नागरिकमाथि निगरानी तयारी

काठमाडौँ — नागरिकको गोपनीयताको हक र सर्वोच्च अदालतको आदेशविपरीत सरकारले नागरिकमाथि प्रत्यक्ष निगरानी गर्न पाउने प्रावधानसहितको कानुनी मस्यौदा तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को मस्यौदामा सरकारले नागरिकबारे हरेक सूचना अदालतको आदेशबिनै संकलन गर्न सक्ने प्रावधान छ ।

मन्त्रालयमै छलफल चरणमा रहेको मस्यौदा मन्त्रिपरिषद् हुँदैसंसद्बाट जस्ताको तस्तै पारित भए दूरसञ्चार सेवा प्रदायकले सरकारलाई आवश्यक पर्दा दूरसञ्चार सेवा प्रयोग गरी जनताले उपभोग गरेको सूचना तत्काल उपलब्ध गराउनुपर्नेछ । विधेयकको मस्यौदामा नागरिकको टेलिफोन विवरण उपलब्ध गराउन सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच हुने गरी संयन्त्र जडान गर्नुपर्ने प्रावधानसमेत छ ।

प्रस्तावित विधेयकको दफा ७५ को १ मा भनिएको छ, ‘सरकारलाई आवश्यक परेको समयमा दूरसञ्चारको पूर्वाधार प्रयोग गरी नागरिकले उपयोग गरेको सूचना तत्काल उपलब्ध गराउनुपर्नेछ ।’ सोही दफाको उपदफा २ मा भनिएको छ, ‘नागरिकको टेलिफोन विवरण उपलब्ध गराउन सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच पाउने गरी संयन्त्र जडान गर्न र सूचना पहुँच पाउने व्यवस्था तोकिएबमोजिम हुनेछ ।’

विधेयकको मस्यौदामा उल्लेख भएका प्रावधान सर्वोच्च अदालतले केही वर्षअघि जारी गरेको परमादेशविपरीत पनि छ । सर्वोच्चले ०७३ माघ २१ गते गरेको परमादेशमा अदालतको अनुमतिबिना कुनै पनि व्यक्तिको कल डिटेल लिन नपाइने भनिएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासले अदालतको आदेशबिना कल डिटेल माग्ने र दिने दुवैलाई कारबाही गर्नुपर्ने आदेश दिएको थियो ।

‘कार्यपालिका स्वयं पनि कानुनको अधीनमा मात्रै कार्य गर्न सक्ने हुनाले सूचनामा अनियन्त्रित पहुँच कार्यपालिकाको विशेषाधिकार हुन सक्दैन,’ फैसलामा भनिएको छ, ‘सूचनाहरू संगृहीत रहेको र त्यसको जिम्मा लिएका संस्था वा विभागले त्यसलाई आफ्नो तजबिजको विषय बनाउन सक्दैन ।’

सूचना प्रविधि र गोपनीयताको अधिकार विषयका जानकार अधिवक्ता सन्तोष सिग्देल प्रस्तावित विधेयकमा राखिएको

यस प्रावधानले संविधानले सुनिश्चित गरेको नागरिकको गोपनीयताको हक हनन हुने टिप्पणी गर्छन् । ‘सरकारले नागरिकमाथि प्रत्यक्ष निगरानी राख्न खोजेको जस्तो देखियो,’ उनले भने, ‘यस्तो प्रावधानले सरकारले बिनाकारण, जुनसुकै समयमा कुनै पनि व्यक्तिको निगरानी गर्न सक्छ ।’ उनले मौलिक अधिकारमा बन्देजका लागि सर्त तोकिएका हुने र ती सर्त पूरा नगरी बन्देज लगाउन नपाइने बताए ।

प्रस्तावित विधेयकको दफा ७८ ले प्रहरी वा कुनै अनुसन्धान गर्ने निकायका अधिकृतलाई कुनै व्यक्तिको टेलिफोन, मोबाइल, फोन वा अन्य दूरसञ्चार माध्यमको प्रयोग निष्क्रिय पार्ने अधिकार दिएको छ । दूरसञ्चार ऐन ०५३ ले संकटकालीन अवस्थामा मात्रै सरकारलाई केही विशेषाधिकार दिएको छ, जसअनुसार संकटकालीन अवस्थामा सरकारलाई दूरसञ्चार सेवा कब्जामा लिने, मोबाइल ट्याप गरी सूचना लिनेजस्ता अधिकार हुन्छन् । यो विधेयकको मस्यौदामा भने आवश्यक परेका बेला जुनसुकै नागरिकले दूरसञ्चार सेवामार्फत प्राप्त गरेको सूचनाको विवरण संकलन गर्ने र सेवा निष्क्रिय पार्न सक्ने अधिकार छ ।

विधेयकको मस्यौदामा भनिएको छ, ‘कुनै व्यक्तिले कुनै अपराध गर्न टेलिफोन, मोबाइल फोन वा अन्य कुनै प्रकारको दूरसञ्चार माध्यम प्रयोग गरिरहेको वा गर्न लागेको वा विद्युतीय वा अन्य कुनै सञ्चार माध्यमबाट कुनै प्रकारको सूचना आदानप्रदान गरिरहेको छ भनी विश्वास गर्नुपर्ने मनासिब कारण भएमा त्यस्तोअपराधको अनुसन्धान गर्ने अधिकारीले मुद्दा हेर्ने अधिकारीको अनुमति लिई त्यस्तो टेलिफोन, मोबाइल फोन वा सञ्चार माध्यम निष्क्रिय गर्न वा फोन वा सञ्चार सम्पर्क नहुने व्यवस्था गर्न सम्बन्धित निकाय, अधिकारी वा सेवा प्रदायकलाई आदेश दिन सक्नेछ ।’

यही दफाको उपदफा २ मा आदेश भएपछि त्यस्ता अधिकारी, निकाय वा सेवा प्रदायकले त्यस्ता टेलिफोन, मोबाइल फोन वा सञ्चार निष्क्रिय गर्नु वा सञ्चार सम्पर्क नहुने व्यवस्था गर्नुपर्ने प्रावधान छ । दफा ६९ मा अपराध गर्न टेलिफोन, मोबाइल फोन वा अन्य कुनै प्रकारकाको दूरसञ्चार माध्यमको प्रयोग गरेको वा सूचना आदानप्रदान गरेको पाइए त्यस्ता अपराधको अनुसन्धान गर्ने अधिकारीले मुद्दा हेर्ने अधिकारीको अनुमति लिई सम्बन्धित कम्पनीसँग विवरण माग गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त प्रावधानले अदालतको अनुमति नलिई अनुसन्धान अधिकृतले चाहेको व्यक्तिको कल डिटेल, इन्टरनेट गतिविधिको सूचना लिन पाउने अधिकार दिन खोजेको छ ।

इन्टरनेटको शुल्क वृद्धि फिर्ता हुने

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरूको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेको छ । नियमावलीमा भएको मर्मत सम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै इन्टरनेट शुल्कको ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लिन पाइने व्यवस्था गरिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि यो संशोधन कार्यान्वयमा आउनेछ ।सेवा प्रदायकहरूको मागअनुसार नै नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) अध्यक्ष भोजराज भट्टले मन्त्रिपरिषद्ले नियमावली संशोधन गरेको बारे औपचारिक जानकारी प्राप्त नभएको बताए । ‘यदि हाम्रो मागअनुसार नियमावली संशोधन भएको हो भने इन्टरनेटमा १३ प्रतिशत मूल्य वृद्धि फिर्ता हुन्छ,’ उनले भने ।

नियमावलीको नियम १५ (ज) मा दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिदिएको स्तरअनुरूप निःशुल्क मर्मत सम्भार गर्नुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद् बैठकले यही नियम संशोधन गर्दै मर्मत सम्भार शुल्कमा मासिक शुल्कको आधारमा रकम लिन पाउने व्यवस्था गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेवा प्रदायकको माग पूरा भएको बताए । ‘सेवा प्रदायकले साउन यता बढी मूल्य लिएका उपभोक्तालाई अर्को महिना सहुलियत दिनुपर्छ,’ उनले भने,‘सेवा प्रदायकले अब अनेक बहानामा उपभोक्तालाई दुःख दिन पाउँदैनन् ।’ सेवा प्रदायकले साउन १ गते यता उपभोक्तासँग थप १३ प्रतिशत रकम उठाउन सुरु गरेका थिए ।

आफ्नो मागअनुसार नियमावली संशोधन नभएको भन्दै सेवा प्रदायकहरूले साउन १ गतेदेखि लागू हुने गरी इन्टरनेटमा १३ प्रतिशत मूल्य वृद्धि गर्ने घोषणा गरेका थिए । सरकारले गत वर्ष इन्टरनेट सेवा प्रदायकसँग भएको समझदारीमा नियमावली संशोधन गर्ने सर्त स्विकारेको थियो ।

सरकारले गत आर्थिक वर्षदेखि इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेसँगै दूरसञ्चार नियमावली संशोधनको विषय उठेको हो । बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत सेवा शुल्क लगाउने निर्णय गरेको सरकारले सेवा प्रदायकसँग वार्ता गरी घरायसी उपाभोक्तासँग सेवा शुल्क नउठाउन आग्रह गरेको थियो ।

सरकारले दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेसँगै इन्टरनेटको भाउ बढ्ने भन्दै चर्को विरोध भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रदायकसँग वार्ता गर्न समिति गठन गरेको थियो ।

संसद्ले पारित गरेको आर्थिक ऐनमा इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवा शुल्कबापत १३ प्रतिशत रकम संकलन गरी भ्याटसँगै तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो वर्षको बजेटमा पनि सरकारले यो प्रावधानलाई निरन्तरता दिएको छ ।

सरकारले घरायसी उपभोक्तालाई १३ प्रतिशत भार नपार्ने सर्तसहित सेवा प्रदायकहरूसँग गत वर्ष समझदारी गरेको थियो । सेवा प्रदायकले समझदारी पालना गर्दै एक वर्षसम्म घरायसी उपभोक्तासँग १३ प्रतिशत थप शुल्क उठाएनन् । गत आर्थिक वर्षको बजेटमार्फत सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउनुको साथै भ्वाइस सेवामा लगाइँदै आएको दूरसञ्चार सेवा शुल्कलाई पनि ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत बनाएको थियो ।

आधारभूत आवश्यकताका रूपमा स्थापित भएको इन्टरनेटलाई महँगो बनाउने निर्णय गरेको भन्दै सरकारको चर्को आलोचना भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रदायकसँग वार्ताका लागि समिति गठन गरेको थियो । मन्त्रालयले गठन गरेको समिति र सेवा प्रदायकबीच भएको वार्ताले घरायसी उपभोक्ता (होम युजर्स) बाट १३ प्रतिशत शुल्क नउठाउने गरी समझदारी भएको हो ।

उपभोक्तालाई १३ प्रतिशत शुल्क भार नपारेबापत सरकारले सेवा प्रदायकलाई इन्टरनेटको आधा शुल्कलाई मर्मत सम्भार शुल्क शीर्षकमा लिन पाउने र त्यसमा दूरसञ्चार सेवा शुल्क नलाग्ने गरी दूरसञ्चार नियमावली संशोधन गर्ने, इन्टरनेट जडान गर्नका लागि प्रयोग हुने राउटरलगायतका उपकरणमा कर छुट दिने निर्णय गरेको थियो ।

नियमावलीमा सेवा प्रदायकले इन्टरनेट उपभोक्तासँग मर्मत सम्भार शुल्क शीर्षकमा रकम असुल्न नपाइने व्यवस्था छ । समिति र सेवा प्रदायकबीच भएको सहमतिको आधारमा अर्थ मन्त्रालयले लगेको प्रस्तावमा जेठ २३ गते बसेको मन्त्रिपरिषद्ले इन्टरनेट जडान गर्दा लाग्ने राउटलगायत उपकरण, लिज लाइन, मर्मतसम्भार शुल्कमा छुट दिने निर्णय गरिसकेको छ ।

मन्त्रिपरिषद्ले मर्मत दूरसञ्चार सेवा शुल्क नलाग्ने निर्णय गरे पनि दूरसञ्चार नियमावलीमा भने सेवा प्रदायकले सेवा प्रदान गरेबापत मर्मत सम्भार शुल्क लिन नपाउने व्यवस्था छ । समिति र सेवा प्रदायकबीच भएको सहमतिमा विनियमावली संशोधन गरी ५० प्रतिशत महसुल मर्मत सम्भार शुल्क शीर्षकमा लिन पाइने बुँदा राखिएको छ ।

थाहा पाउने अधिकार

सार्वजनिक निकायबाट सम्पादित कामकारबाहीमा आम जनताको पहुँच हुनु थाहा पाउने अधिकार हो । प्रत्येक मुलुकका जनता सार्वभौमसत्ताका मालिक हुन् । यसर्थ उनीहरूले शासन सञ्चालन गर्न पठाएका जनप्रतिनिधिले सम्पादन गरेका कामकारबाहीका बारेमा थाहा पाउनु उनीहरूको नैसैर्गिक अधिकार हो । विशेषगरी राज्य प्रणालीबाट अनेकौं नीति निर्माण हुन्छन्, सोबारेमा जान्न पाउनु नै नागरिकको थाहा पाउने अधिकार हो । विद्यार्थीका अभिभावकले मुलुकको संविधानमा आधारभूत शिक्षा निःशुल्क र अनिवार्य छ भन्ने थाहा पाएपछि नै आफ्ना बालबालिकालाई स्कुल पठाउँछन् ।

अन्यथा कानुनबमोजिम दण्डित हुन तयार हुन्छन् । यसैगरी, माध्यमिक शिक्षा निःशुल्क हुनेछ भन्ने संवैधानिक प्रावधान बुझेपछि नै कुनै पनि स्कुलले शुल्क माग गरेमा किन भनेर प्रश्न गर्न र शुल्क तिर्नुपर्ने झन्झटबाट मुक्त हुन्छन् । प्रत्येक स्कुलमा कुल विद्यार्थीको १० प्रतिशत जेहेनदार र विपन्नले छात्रवृत्ति पाउँछन् भन्ने जानकारी पाएपछि नै विद्यार्थीले मिहिनेत गरेर राम्रो अंक ल्याई छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययन गरी अब्बल नागरिक बन्न सक्षम हुन्छन् । यसरी नागरिकको थाहा पाउने अधिकारको जत्ति धेरै प्रचलन हुन सक्यो, सोही अनुपातमा मुलुकमा शिक्षाको ज्योतिबाट आम विद्यार्थीले लाभ लिन सक्छन् ।

नेपालको संविधानमा आम नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने हक प्रदान गरिएको छ । यो थाहा पाएपछि नै नागरिक बिरामी भएका बखत ढुक्क भएर स्वास्थ्य केन्द्रमा पुगी निःशुल्क उपचारको सेवा हासिल गर्न सक्षम हुन्छ । नेपाल सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने गरेको छ । यी औषधिको सूची प्रत्येक सरकारी अस्पतालका ठाउँठाउँमा टाँस गरिदिएपछि नै चिकित्सकको प्रेस्किप्सनअनुसार निःशुल्क औषधि हासिल गर्न सहजता पुग्छ । नेपाल सरकारले पाठेघर खस्ने रोगको उपचारमा निःशुल्क अपरेशनको सेवा दिएको थाहा पाउन जरुरी छ ।

यसैगरी, सरकारी अस्पतालमा प्रसूति गराएमा तराईमा पाँच सय, पहाडमा एक हजार र हिमाली क्षेत्रमा १५ सय यातायात खर्च पाइन्छ भन्ने थाहा पाउने अधिकार नागरिकमा छ । क्यान्सर, मुटुरोग, अल्जाइमर, मिर्गाैलाको खराबी जस्ता कडा रोगमा सरकारले उपचार खर्चबापत अनुदान दिन्छ । १५ वर्षमुनिका र ७५ वर्षमाथिका विपन्न नागरिकको मुटुको अपरेशन निःशुल्क हुन्छ । यी सबै सूचना थाहा पाएपछि नै नागरिक ढुक्क भएर आफ्नो कर्तव्यमा अघि बढ्न सक्षम हुन्छन् ।

थाहा पाउने अधिकार नागरिकलाई विश्वासमा लिने अस्त्र हो । नागरिकलाई थाहा नदिनु भनेको कानुनविपरीत काम गरेको आभास हुनु हो । नागरिकलाई किन थाहा दिइँदैन भने त्यहाँ व्यक्तिगत स्वार्थमा भ्रष्टाचारजन्य काम गरिएको हुन्छ । दुई नागरिकबीच राज्यले विभेद गरेको छ भने सोको भेद खुल्छ भनेर नागरिकलाई थाहा दिइँदैन । त्यो सरकारले नागरिकलाई यावत विषयमा जानकारी दिन्छ, जुन सरकार पूर्णतः लोकतान्त्रिक छ ।

यसैगरी, सदाचारी, पारदर्शी, जनउत्तरदायी र सुशासनमा विश्वास गर्ने सरकारले पनि नागरिकको थाहा पाउने हकको उच्च सम्मान गर्छ । नागरिकले सरकारी कामकारबाहीको बारेमा जानकारी पाएपछि राम्रो काम भए सरकारको सराहना गर्छन् । गलत काम भएको भए जनताले आलोचना गर्छन् र सरकारलाई सच्चिने मौका प्राप्त हुन्छ । सरकारले आफ्नो काम सच्याएपछि जनता पुनः सरकारप्रति भरोसा राख्न थाल्छन् । यसरी लोकतान्त्रिक सरकार चल्छ । यति कुरा थाहा पाएपछि जनतामा निराशा र कुण्ठाको ठाउँमा विश्वास र भरोसा जागृत हुन्छ । जसले मुलुकमा आर्थिक समृद्धि ल्याउन मद्दत गर्दछ ।

नेपालमा सामाजिक सुरक्षाका थुप्रै काम भएका छन् । सत्तरी वर्ष पुगेका ज्येष्ठ नागरिकले मासिक तीन हजार भत्ता पाउने व्यवस्था छ । यस्तो भत्ता श्रीमान्को मृत्युपछि एकल हुन पुगेका महिलाले पनि पाउने व्यवस्था छ जसमा उमेरको हदबन्दी तोकिएको छैन । कर्णाली क्षेत्रमा यस्तो भत्ता पाउने उमेर ६० वर्ष छ । साथै त्यो क्षेत्रमा ५ वर्षमुनिका विपन्न बच्चाहरूले पनि मासिक दुई सय भत्ता पाउँछन् । नेपालभरिमा एक हजारभन्दा कम जनसंख्या भएका लोपोन्मुख जातिका लागि मासिक तीन हजार भत्ता जन्मेदेखि नै प्राप्त हुन्छ । यस्ता कुरा आम जनताले थाहा पाउने हकअन्तर्गत जान्न पाउनुपर्छ ।

निजामती, सेना र प्रहरी कर्मचारीले जागिरे अवधिमा तलबलगायतका सुविधा र सेवाबाट अवकाश भएपछि जीवनभर पेन्सन पाउँछन् । साथै तीनको मृत्यु भएपछि श्रीमान् वा श्रीमतीले पनि यस्तो पेन्सन पाउने व्यवस्था छ । यी कुरा पनि नागरिकले थाहा पाउनुपर्छ । जसका कारण आफ्ना जेहेन्दार छोराछोरीलाई सरकारी सेवामा जान उत्प्रेरित गर्न मद्दत पुग्छ ।

नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश मानिसको पेसा कृषि हो । यसर्थ सरकारले कृषि क्षेत्रमा प्रदान गरेको सुविधा आम किसानले थाहा पाउनुपर्छ । जसअनुसार रासायनिक मलको खरिदमा ४० प्रतिशत र प्रांगारिक मलको खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध छ । किसानले बालीबिमा र पशुबिमा गरेमा ७५ प्रतिशत प्रिमियममा अनुदान पाइन्छ । कृषिलाई यान्त्रिकीकरणमा रूपान्तरित गर्न जिरो टिलर, हार्भेष्टर, मिनी ट्याक्टर, रिपर जस्ता उपकरण खरिदमा ५० प्रतिशत अनुदान छ । यस्तै अनुदान कोल्डस्टोर निर्माणमा पनि छ । हरियो चियापत्ति प्रशोधन गर्ने कारखाना जडान गर्दा ३३ प्रतिशत पुँजीगत अनुदान पाइन्छ ।

बैंकबाट व्यावसायिक खेती वा पशुपालन गर्न ऋण लिएमा ६ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ । यसमाथिको ब्याज अनुदान सरकारले दिन्छ । यी कुरा थाहा पाएर नै किसानले लाभ लिन सक्छन् । यस्तै मुलुकबाट लाखौ युवा वैदेशिक रोजगारीमा पलायन भएका छन् । तिनलाई युवा स्वरोजगार कोषबाट दुई लाख रुपैयाँसम्मको ऋण सहज रूपमा दिइन्छ भनी थाहा दिन जरुरी छ । यसैगरी सिटिइभिटीले अनेकौं व्यावसायिक तालिम दिन्छ । यस्तो तालिम लिएर कुटिर उद्योग सञ्चालन गर्न सकिने जानकारी दिनुपर्छ ।

राष्ट्रिय युवा परिषद्ले पनि थुप्रै स्किम सञ्चालन गरिरहेको छ । घरेलु तथा साना उद्योग विकास समितिले युवालाई कसरी व्यावसायिक बन्ने भन्ने निःशुल्क तालिम दिन्छ । मुलुकभित्रै कैयौं रोजगारीका अवसर छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पनि लाभ लिन सकिन्छ । यी सबै कुरा थाहा पाउने अधिकारको उचित प्रयोगबाटै प्रष्ट हुने हो ।

नेपालमा पर्यटन र जल विद्युतका क्षेत्रमा प्रशस्त लगानी गरेर लाभ लिन सकिन्छ । नेपालमा साहसिक खेलमा प्याराग्लाइडिङ निकै प्रख्यात छ । यसैगरी बञ्जिजम्पिङको प्रभाव पनि बढ्दो छ । साथै नेपालको ¥याफ्टिङले पनि विश्वबजार पिटेको छ । यस अतिरिक्त पदयात्रामा पनि नेपाल प्रसिद्ध छ । यी कुराको जानकारीका साथै मुलुकका कुन कुन स्थानमा यी साहसिक खेलको सम्भावना छ भन्ने थाहा भएपछि नै लगानीकर्ताले लगानी गर्ने हो । यस्तो लगानीले रोजगारीको अवसर बढाउनुका साथै विदेशी मुद्रा आर्जनमा पनि सघाउँछ ।

नेपालमा करिब ११ हजार नदी छन् । नेपालको सीमाना भारत र चीनसँग जोडिएको छ । हामीले भारतीय र चिनियाँ लगानीकर्तालाई नेपालको जल विद्युतमा लगानी गर्न र उत्पादित शक्ति आआफ्नो मुलुकमा निकासी गर्न उत्प्रेरित गर्नुपर्छ । यसका लागि सरकारले प्रतिमेगावाट उत्पादनमा पचास लाख अनुदान दिने गरेको, आवश्यक सामग्रीको पैठारीमा कर माफी भएको, ट्रान्समिसन लाइन निर्माणमा सरकारले सघाउने नीति लिएको र छिमेकी मुलुकसँग अन्तरदेशीय ट्रान्समिसन लाइनका लागि सम्झौता भएको थाहा दिन सकेमा जलविद्युतबाट नेपालले लाभ लिन सक्नेछ ।

नेपालको ग्रामीण क्षेत्र जहाँ बैंक तथा वित्तीय संस्था पुगेका छैनन् । त्यहाँ सहकारीले बचतको काम गर्छन् भन्ने जानकारी जनतालाई दिनुपर्छ । गाउँपालिका क्षेत्रमा रहेका सहकारीको बचत खातामा राखेको रकमको प्राप्त ब्याजमा कर नलाग्ने कुरा पनि थाहा दिनुपर्छ । यसैगरी, सहकारी खेती र सामूहित खेती गरी त्यसको उपज निकासी गर्नुपर्छ । निकासी गर्दा ५ प्रतिशत अनुदान पाइने कुराको किसानलाई थाहा नहुन सक्छ । यसैगरी सहकारी र सुपथ मूल्यका पसलबाट उपयुक्त मूल्यमा जनताका दैनिक उपभोग्य वस्तु आपूर्ति हुने कुराको जानकारी पनि सबैले लिनुपर्छ ।

यस अतिरिक्त नेपाली उद्योगको पच्चीस लाखसम्मको उत्पादन विनाप्रतिस्पर्धा खरिद गर्न सकिन्छ र स्वदेशी वस्तु १५ प्रतिशत महँगो भए पनि खरिद गर्ने सरकारी नीति छ । यस्ता कुरा थाहा पाउनु पनि सूचनाको हक हो । महिलाको नाममा उद्योग दर्ता गर्नु परे दस्तुरमा ३५ प्रतिशत छुट हुन्छ । महिलाको नाममा जग्गाको रजिष्ट्रेशन पारित गर्दा ५० प्रतिशतसम्म छुट हुने कानूनी व्यवस्था छ । सरकारले नेसनल ग्रिडबाट विद्युत् सेवा दिन नसकेको दुर्गम स्थानमा लघु जल विद्युत् आयोजनाको स्थापना र सोलार बत्तीका लागि अतिरिक्त छुट सुविधा दिएको छ । यस प्रकारका सूचनाको जानकारीबाटै जनताले लाभ लिन सक्तछन् ।

अन्त्यमा, नागरिकको थाहा पाउने अधिकारको अधिकतम् प्रचलनबाटै आम जनताले लोकतन्त्र प्राप्तिको अनुभूति गर्ने हो । नेपालको हरेक क्षेत्रमा सरकारले छुट, सुविधा नदिएको होइन तर यस विषयमा आमजनता अनभिज्ञ छन् । नेपाल सरकारले निःशुल्क नागरिकताको प्रमाणपत्र दिन्छ । १८ वर्ष उमेर पुगेपछि निःशुल्क रूपमा मतदाता परिचयपत्र बन्छ । पाँच हजार रुपैयाँ तिरेर निर्वाध रूपमा राहदानी तयार गरी आफूलाई मन लागेको मुलुकमा भिसा प्राप्त गरी भ्रमण गर्न सकिन्छ ।

नेपाल धर्मनिरपेक्ष मुलुक भएकाले अर्काको धर्म र संस्कृतिमा असर नपर्ने गरी जुनसुकै धर्म संस्कृतिको अनुशरण गर्न सकिन्छ । नेपालका सबै सरकारी अस्पतालमा आकस्मिक सेवाको व्यवस्था गरिएको छ । नेपाल सरकारले खुला आर्थिक नीति अबलम्बन गरेको कारण यस मुलुकमा निर्वाध रूपमा लगानी गर्न सकिन्छ । नेपाल पूर्णतः लोकतान्त्रिक मुलुक भएकाले सरकारले कसैलाई पनि विनाकारण कुनै प्रकारको थुनछेक र सोधपुछ गर्न सक्दैन । नेपालभित्र हिँडडुल वा आवतजावत खुला छ । यस्ता र यी जस्ता अनेकौं जानकारी पाउनु आम नागरिकको थाहा पाउने अधिकार हो । यसको अधिकतम् प्रचलनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरू मन, वचन र कर्मले खरो उत्रिन आवश्यक छ ।

विज्ञापन विधेयक व्यापक परिमार्जन गर्न सुझाव

काठमाडौं – सरकारले ल्याएको विज्ञापन नियमन गर्ने विधेयक व्यापक परिमार्जन गर्नुपर्ने विज्ञहरूले सुझाएका छन्। संसद्को विकास समितिमा मंगलबारको छलफलमा विज्ञहरूले विज्ञापन नियमन गर्ने विधेयकमा क्लिन फिडको विषय स्पष्टसँग राख्नुपर्ने र विज्ञापन बोर्डमा रहने सदस्यमा सञ्चार माध्यम र निजी क्षेत्र पनि समेटनुपर्ने सुझाव दिए।

विकास समितिमा दफाबार छलफलका क्रममा रहेको यो विधेयक विवादित बनेपछि समितिले सबैलाई समेटेर निर्णय पुग्नका लागि विज्ञसँग छलफल गरेको हो। समितिमा उपस्थित पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले विज्ञापन विधेयकका प्रावधानमा फौजदारी कानुन आकर्षिन हुने नभई करार कानुन आकर्षित हुने व्यवस्था राख्नुपर्ने बताए।

उनले विज्ञापन बोर्डमा विज्ञापनदाताको प्रतिनिधित्व हुनुपर्ने बताए। विज्ञापन विधेयक र राष्ट्रिय प्रसारण ऐन नल्याई विज्ञापन विधेयकसँग ‘इन्टरकनेक्सन’ नहुने पनि उनले बताए। विज्ञापनको विषयमा मुद्दा मालिलामा सम्पादकलाई जोड्न नहुने उनले बताए। ‘विज्ञापनको विषय सम्पादकसँग जोडिएको हुँदैन यो म्यानेजमेन्टसँग जोडिएको हुन्छ’ उनले भने। भारतमा २१ वटा कानूनले विज्ञापन कानूनलाई समेटेको छ संभवत नेपालमा विश्वमै पहिलो विज्ञापन नियमन गर्ने छुट्टै कानून बन्न लागेको उनले बताए।

उनले विज्ञापनमा अल्कोहल, चुरोट, औषधी, भाषा र सस्कृतिको विषय महत्वपूर्ण रहेको बताए। के कुराको विज्ञापन गर्ने, कुनमा विज्ञापन गर्ने हो, कहाँ विज्ञापन गर्ने हो त्यसको विधेयकले स्पष्ट गर्नुपर्ने बताए।

केन्द्र, प्रदेश र स्थानीय तहमा समानुपातिक विज्ञापनको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए। उनले विधेयक माथिको छलफल क्लिनफिडका विषयमा मात्र केन्द्रीत भएको भन्दै अरु विषयमा पनि ध्यानदिनुपर्ने बताए। विज्ञापन बोर्डलाई असिमित अधिकार दिएको भन्दै त्यसलाई घटाउनु पर्ने उनले बताए। संचार माध्यमको व्यक्ति , नीजि क्षेत्रको प्रतिनिधि पनि बोर्डमा राख्नु पर्ने उनको भनाई थियो। बोर्डले आचार संहिता जारी गर्दा सरोकारवाको संलग्नतामा जारी गर्नुपर्ने उनले बताए। विज्ञापन बोर्डले सञ्चार माध्यमको आचार संहिता बनाउने कुरा गलत भएको भन्दै आचार संहिता प्रेश काउन्सिलले बनाउने बताए। उनले ‘इथिक्स’ र कानुनमा हुने कुरा छुट्टाउनु पर्ने पनि बताए।

‘ जुनसुकै जिल्लाको वडाकार्यालयको विज्ञापन काठमाडौंमा रहेको बोर्डमा पठाउने र रकम पनि बुझाउनु पर्ने व्यवस्थाले व्यवहारमा मिल्दैन’ उनले भने। उनले दफा ६मा सरकारले प्रस्ताव गरेको कुराले कल्यिै पनि क्लिन फिड लागू नहुने बताए। दफा ६ मा विज्ञापन रहित प्रकाश र प्रसार गर्नुपर्ने भनिएको छ ‘नेपालमा प्रशारण हुने नेपाली टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रशारण गर्नुपर्नेछ।’ नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोकेको मितिदेखि भनेकाले त्यो लागू हुन नसक्ने उनले बताए।

दाहालले विधेयकको केही दफा पुनर्लेखन गर्नुपर्ने बताए। उनले दफा ३६ लाई पूर्णरूपमा नै हटाउनुपर्ने समेत बताए। दफा ५ मा विज्ञापन गर्न नहुने विषयको मापदण्ड तोकिएको छ। दफा १५ विज्ञापन बोर्डको काम कर्तव्य र अधिकार सम्बन्धमा छ। दफा २४ स्थानीयस्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापन तथा होर्डिङ बोर्डको अनुगमन तथा नियमनसँग सम्बिन्धित छ। दफा २५ मा कसुर र सजाय, दफा २६ मा सुचीकृत हुनुपर्ने, दफा २९ मा सरकारवादी हुने विषयमा उल्लेख छ। दफा ३६ मा ऐन कार्यन्वयनका लागि विज्ञापन बोर्डले मापदण्ड निर्धारण गर्ने व्यवस्था छ।

प्रशासकीय अदालतका अध्यक्ष तथा कानुनी विज्ञ काशीराज दाहालले क्लिन फिड कहिलेदेखि लागू हुने हो त्यसको मिति पहिल्यै तोक्नुपर्ने बताए। संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूचीसँग मिलाएर कानुन ल्याउनुपर्ने उनले बताए। उनले विधेयकलाई छोटो बनाउन सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। विज्ञापनमा भ्रामक कुरा राख्न नपाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। उनले अन्य ऐनसँग बाझिने गरी विधेयक ल्याउन नहुने बताए। उनले विज्ञापन बोर्ड गठनको विषयमा परिमार्जन गर्नुपर्ने बताए। बोर्डको गठनमा पुर्नविचार नगरेमा कार्यन्वयनमा जटिलता आउनसक्ने उनले बताए।

पत्रकार लक्ष्मण हुमागाईले क्लिन फिड लागू नगरेमा सार्वभौममाथि, संस्कृतिमाथि र आर्थिक अधिकार माथिको अतिक्रमण हुन जाने बताए। उनले यसैको असरले नेपाली भाषा शुद्ध बोल्न नजान्नेले हिन्दी भाषा शुद्ध बोल्ने गरेको पनि बताए। भारत सरसफाइको अभियानको विज्ञापनबाट यहाँ हेर्न सकिन्छ। तर, त्यो हाम्रालाई आवश्यक कुरा नभएको उनले बताए। उनले मल्टिनेसनल कम्पनीको विज्ञापन हाम्रो भाषामा बज्नुपर्ने पनि बताए। पूर्वप्रधानमन्त्री तथा नकेपाका नेता झलनाथ खनालले समितिले अझै अध्ययन गरेर विज्ञापन नियमन विधेयक पारित गर्नुपर्ने बताए।

समितिले अब क्लिन फिडसम्बन्धी दस्तावेज अध्ययन गर्नुपर्ने, संचारनीतिको सैद्धान्तिक आधार के हो त्यो हेर्नुपर्ने, राष्ट्रिय प्रशारण ऐन पनि अध्ययन गरेर मात्र विधेयक अघि बढाउनुपर्ने बताए। उनले सांस्कृति अतिक्रमणका विषयमा सोच्नुपर्ने पनि बताए। राष्ट्रियसभाले पारित गरेर विज्ञापन नियमन विधेयक प्रतिनिधिसभामा पठाएपछि यस विधेयकबारे समितिले दफाबार छलफल गर्दै आएको छ।

फोनबाट गाली : १ वर्ष जेल ! १५ लाखसम्म जरिवाना !!

काठमाडौँ — सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ ।

दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा एसएमएसमार्फत अरूलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने काम गरे १० देखि १५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । २०५३ सालमा बनेको दूरसञ्चार ऐनलाई विस्थापित गर्ने गरी यो मस्यौदा बनाइएको हो ।

अहिले कार्यान्वयनमा रहेको दूरसञ्चार ऐनमा कुनै व्यक्तिले दूरसञ्चार सेवाको माध्यमबाट गालीगलौज गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिएमा २५ हजार रुपैयाँसम्म जरिवाना गरी सेवा बन्दसमेत गराउन सक्ने प्रावधान छ । ‘तर दूरसञ्चार सेवा बन्द गर्नुभन्दाअघि प्राधिकरणले सम्बन्धित व्यक्तिलाई सफाइको उचित मौका दिनुपर्नेछ,’ दूरसञ्चार ऐन २०५३ मा भनिएको छ । नयाँ ऐनको मस्यौदामा प्रस्ताव गरिएको जरिवाना रकम ६० गुणाले बढी हो ।

प्रयोगकर्ता मात्रै नभई नयाँ दूरसञ्चार सेवा प्रदायकका लागि पनि कडा जरिवाना छ । मस्यौदामा अनुमति नलिई दूरसञ्चार सेवा प्रयोग गरेमा ३० देखि ५० लाखसम्म जरिवाना गरी सेवा बन्द गर्न सकिने प्रस्ताव छ । अहिले कार्यान्वयनमा रहेको दूरसञ्चार ऐन, २०५३ ले सेवा प्रदायकलाई बढीमा ५ लाख रुपैयाँसम्म मात्र जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ ।

सेवा प्रदायकले अनुमतिपत्रमा उल्लेखित सर्त पालना नगरे, सम्झौता गरी नेटवर्क अन्तरआबद्धता इन्कार गरे, प्रतिस्पर्धा नियन्त्रण गर्ने गरी काम गरे वा सेवा प्रयोगमा उपभोक्तालाई बाध्य बनाएमा १० देखि २० लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान मस्यौदामा छ । अनुमतिपत्र प्राप्त व्यक्तिले तोकिएको अवधिभित्र दूरसञ्चार सेवा वा नेटवर्क सञ्चालन नगरे वा त्यस्तो सेवा वा नेटवर्क सञ्चालनका लागि आवश्यक पूर्वाधार संरचनाको विकास नगरे अनुमतिपत्र खारेज गर्न सकिने प्रावधान छ ।

अनुमतिपत्र प्राप्त व्यक्तिले ऐनबमोजिम बुझाउनुपर्ने वार्षिक दस्तुर, रोयल्टीलगायत रकम म्यादभित्र नबुझाए पनि अनुमतिपत्र खारेजमा हुनेछ । अहिले अनुमतिपत्र पाएका केही दूरसञ्चार सेवा प्रदायकले वर्षौंदेखि नेपाल दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने रकम नबुझाए पनिखारेजीमा परेका छैनन् ।

यही साता मात्रै प्राधिकरणले वर्षौंदेखि बक्यौता नबुझाउने दुई दूरसञ्चार सेवा प्रदायकलाई अनुमतिपत्र किन खारेज नगर्ने भनी १० दिने स्पष्टीकरण सोधेको छ । सेवा प्रदायकले एकभन्दा बढी पटक अनुमतिपत्रको सर्त उल्लंघन गरे, अन्य सेवा प्रदायकसँग सम्झौता गरेर पनि अन्तरआबद्धता गर्न इन्कार गरे, प्रयोगकर्तालाई सेवा प्रयोग गर्न बाध्य पारे वा प्रतिस्पर्धा नियन्त्रण गर्ने काम गरे अनुमतिपत्र खारेज गर्न सकिने प्रावधान मस्यौदामा छ ।

दूरसञ्चार कम्पनीहरू गाभिन सक्ने प्रावधान पनि छ । प्राधिकरणले एकाधिकार स्थापित हुने, प्रतिस्पर्धा कम हुने वा अन्य कुनै कारणले उपभोक्ताको हित प्रतिकूल हुने देखे गाभिने अनुमति नदिने व्यवस्था उल्लेख गरिएको छ ।

Anticipating criticism, government puts Mass Communication Bill on hold

Stung by criticism over a number of controversial bills, including the Media Council Bill and Information Technology Bill, the government has decided to hold back its plan to present the Mass Communication Bill at the federal parliament.

The Mass Communication Bill, drafted by the Ministry of Communications and Information Technology, had been sent to the Ministry of Law and Justice for finalisation. Officials at the Law Ministry were told to finalise it by the first week of July so that it could be tabled in Parliament during the ongoing budget session.

But the Communication Ministry has asked for a halt to the process until further notice, which, Law Ministry officials say, arises from an anticipation of possible criticism.

“The government doesn’t want to make any controversial move in the wake of severe criticism it faced over the Media Council and IT bills,” a senior official at the Law Ministry told the Post on condition of anonymity because he was not allowed to discuss the matter with the media. “There are certainly some concerns that this bill could also drag the government into controversy.” The official, however, refused to discuss the contents of the bill and why they might be controversial.

“The bill is still under discussion,” Rishi Ram Tiwari, spokesperson for the Ministry of Communications, told the Post. Tiwari, however, wasn’t sure if the bill would be tabled during the current session of Parliament. Law Ministry officials told the Post that it was now virtually impossible to table the bill during the current parliamentary session, which will continue for at least a month.

The draft of the Mass Communication Bill, once endorsed by Parliament, will replace the Press and Publication Act and the National Broadcasting Act, which jointly govern the media sector—press, radio and television. The draft bill envisions forming a mechanism under the Communication Ministry, which has already faced public censure for introducing the Media Council and IT bills, to look after the licensing of the broadcast media and enforce professional ethics in media houses.

However, the Ministry of Communications said there was no decision to hold the bill.

Apart from the Media Council and IT bills, the government, in recent times, had faced massive opposition over the Guthi Bill. Following widespread protests, the government was forced to withdraw the Guthi Bill.

Journalists and civil liberty groups have objected to the Media Council Bill, on the grounds that some of its provisions are aimed at curtailing freedom of expression and press freedom as guaranteed by the constitution.

The Federation of Nepali Journalists, an umbrella organisation of journalists, had even held protests against the Media Council Bill. However, the ruling Nepal Communist Party has assured that it is ready to make amendments to the bill.

As per existing practice, a bill drafted by a concerned ministry needs to get consent from the Ministry of Finance before it is sent to the Law Ministry, which ensures that it does not contradict constitutional provisions.

The Law Ministry also thoroughly checks the language and wording before sending the bill back to the concerned ministry, which then tables it at the Cabinet for approval to present in Parliament.

सूचनाको हकमा पाँच वर्षे रणनीतिक कार्ययोजना

राष्ट्रिय सूचना आयोगले सन् २०१६ देखि २०२० सम्मको सूचनाको हकसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना तर्जुमा गरी लागू गरेको छ । यस रणनीतिक कार्ययोजनामा मूलतः ३ ओटा पक्षलाई समेटिएको छ । पहिलो, माग पक्षको सशक्तीकरण हो । यसमा विविध कार्यक्रम प्रस्तावित गरिएका छन् । जसअनुसार सूचनाको हकका अभियन्ताहरूलाई प्रोत्साहित गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी अभियन्ताहरूको संख्या वृद्धि गर्ने योजना अघि सारिएको छ । यस कार्ययोजनामा  सूचना मागको संख्या बढाउने ध्येय लिइएको छ । साथै कार्ययोजनामा आम सञ्चारमाध्यमबाट सचेतना अभियान बढाउने भनिएको छ । यस अतिरिक्त सूचनाको हकका कार्यक्रम बढाउने र सूचनाको हकको समाचारको संख्या वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

आयोगको ५ वर्षे कार्ययोजनाको मागपक्षको सशक्तीकरणमा अभियन्ता र सञ्चारकर्मीका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी सूचनाको हकलाई पाठ्यक्रममा समावेश गर्ने र सूचनाको हकमा पिएचडी, एमफिल गर्नेको संख्या बढाउने नीति लिइएको छ । यसैगरी सूचनाको हकका क्षेत्रमा निबन्ध र कविता प्रतियोगिता गराई सञ्चारकर्मी र अभियन्तालाई पुरस्कृत गर्ने तथा सूचनाको हकका क्षेत्रका निबन्ध, लेख र कविता संग्रह प्रकाशित गर्ने कुरा कार्ययोजनामा समावेश छ ।

साथै सूचनाको हकसम्बन्धी श्रव्य दृश्य सामग्री तयार गरी प्रसारण गर्ने, मुलुकका सात स्थानमा सामुदायिक सहयोग संस्थासँग सहकार्य गर्ने र प्रचार सामग्री तयार गर्ने लक्ष्य कार्ययोजनामा परेको छ । यस अतिरिक्त समावेशी सचेतना कार्यक्रम सञ्चालन गर्ने, सूचनाको हकको सहयोग केन्द्र स्थापना गर्ने र नागरिक समाजका अगुवा र अभियन्तासँग वार्षिक अन्तक्र्रिया गर्ने जस्ता कार्यक्रम पनि कार्ययोजनामा समेटिएका छन् । यस कार्ययोजनामा सञ्चारकर्मीसँग वार्षिक अन्तक्र्रिया गर्ने, सञ्चारकर्मी, शिक्षक र स्वास्थ्यकर्मीका लागि छुट्टाछुट्टै प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने र अभियन्ताका लागि प्रशिक्षक प्रशिक्षण दिनेलगायत महŒवाकांक्षी कार्यक्रम पनि समेटिएका छन् ।

आयोगको ५ वर्षे कार्ययोजनाको मागपक्षको सशक्तीकरणमा समावेश भएका कार्यक्रमको हालसम्मको उपलब्धिलाई नियाल्दा सन्तोषजनक स्थिति देखिएको छ । आयोगले उत्कृष्ट सातजना अभियन्तालाई ३० हजार रुपैयाँका दरले वर्षेनी पुरस्कृत गरेको छ जसबाट मागपक्ष उत्साहित हुन पुगेको छ । आयोगले रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखा पत्रबाट सूचनाको हकसम्बन्धी सामग्री प्रकाशन प्रशारण गरेको छ । सञ्चारकर्मीका लागि प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको छ भने सूचनाको हकका अभियन्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

यसैगरी आयोगको पहलमा कक्षा ६, ७, ९ र ११ को पाठ्यक्रममा सूचनाको हक विषय समावेश भएको छ भने कक्षा ८ को ऐच्छिक विषयको पाठ्यक्रम तयार हुनुका साथै शिक्षकका लागि मार्ग निर्देशिका प्रकाशित भई वितरणसमेत भएको छ । आयोगले सञ्चारकर्मीबीच सूचनाको हकको निबन्ध प्रतियोगिता आयोजना गरी पुरस्कृत गरेको छ भने वर्षेनी आरटिआई जर्नल प्रकाशित गर्ने गरेको छ । यस अतिरिक्त सूचनाको हकका क्षेत्रमा करिब ३ दर्जन पुस्तिका प्रकाशित गरेको आयोगले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलन गर्ने गरेको छ । साथै आयोगले स्कुलका प्रधानाध्यापकसँग अन्तक्र्रिया गर्ने र स्कुलमा विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

सूचनाको हकसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको आपूर्ति पक्षको सशक्तीकरणतर्फ पनि थुप्रै कार्यक्रम प्रस्तावित छन् । जसअनुसार सूचना अधिकारीको काम, कर्तव्यसम्बन्धी निर्देशिका जारी गर्ने, कार्यालय प्रमुखपछिको दोस्रो वरियताको पदाधिकारीलाई सूचना अधिकारी तोक्न लगाउने र संघ, प्रदेश र स्थानीय तह तथा सबै निकायमा सूचना अधिकारी तोक्न लगाउने कार्यक्रम प्राथमिकतामा रहेका छन् ।

यस कार्ययोजनामा ३÷३ महिनाको स्वतः प्रकाशन नियमितरूपमा सार्वजनिक गर्न लगाउने, बैंक तथा वित्तीय संस्थामा पनि सूचना अधिकारी तोक्न लगाई ३÷३ महिनाका स्वतः प्रकाशन गराउने, मागिएको सूचना कानुनले निर्दिष्ट गरेकै अवधिभित्र उपलब्ध गराउने र ३ महिने स्वतः प्रकाशनको छुट्टै पोर्टल निर्माण गर्ने कार्यक्रम कार्ययोजनामा समावेश भएका छन् ।

यसैगरी इमेलबाट पनि सूचना माग गर्नसक्ने प्रणाली लागू गर्ने, सूचनाको हकको तालिम सामग्री तयार गर्ने, सूचना अधिकारीका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, उत्कृष्ट ढंगले सूचना प्रवाह गर्ने सूचना अधिकारीलाई पुरस्कृत गर्ने, सूचना अधिकारीका लागि प्रोत्साहन प्याकेजको पैरवी गर्ने तथा सूचना अधिकारीका लागि छुट्टै सेवा समूह गठनको पहल गर्ने कुरा पनि कार्ययोजनामा परेका छन् ।

यस अतिरिक्त ३ महिने स्वतः प्रकाशनलाई दण्ड र पुरस्कारसँग संयोजन गर्ने, संघीय मन्त्रालयका सचिव र विभागका महानिर्देशक, न्यायपालिका र राजनीतिक दलसँग अन्तक्र्रिया गर्ने, दस्तावेज व्यवस्थापन प्रणालीको स्थापना एवं सञ्चालन गर्ने, एमआईएस र पिडिएमएस प्रणालीका सम्बन्धमा तालिम दिने र तालिम केन्द्रमा प्रशिक्षकका लागि सूचनाको हकको प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्नेजस्ता कार्यक्रम कार्ययोजनामा समावेश भएका छन् ।

सूचनाको हकसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको आपूर्ति पक्षमा निर्धारित लक्ष्यहरूको हालसम्मको कार्यान्वयनको पाटोलाई नियाल्दा पनि सन्तोषजनक अवस्था नै देखिएको छ । जसअनुसार आयोगबाट सूचना अधिकारीको काम, कर्तव्यसम्बन्धी निर्देशिका जारी गरिएको छ । सूचना अधिकारी तोक्न तिनै तहका सरकारको नाममा आदेश जारी भएको छ । आयोगको आदेशपछि बैंक तथा वित्तीय संस्थामा सूचना अधिकारी तोकिएको र ३ महिने विवरण पत्र पत्रिकामा प्रकाशित हुँदै आएको छ ।

यसैगरी इमेलबाट सूचना माग गर्न सकिने म्यानेजमेण्ट इन्फरमेसन सिष्टम एमआइएस सफ्टवेयर सञ्चालनमा ल्याइएको र तालिम सञ्चालन गरेको अवस्था छ । यसका साथै तीन महिने स्वतः प्रकाशन आयोगको वेभसाइटमा एकीकृत रूपमा हेर्न मिल्ने पोर्टल निर्माण र पिडिएमएस सफ्टवेयर प्रयोगमा ल्याएको छ भने ‘सूचनाको हक’ नामक पाठ्य सामग्री प्रकाशित गरिएको छ । सबै जिल्लाका प्रमुखहरूको नेतृत्वमा यस क्षेत्रमा लिखित प्रतिबद्धता जारी भएको छ । सूचना अधिकारीका लागि आवासीय तालिमसमेत सञ्चालन गरिएको छ । प्रत्येक वर्ष उत्कृष्ट ढंगले सूचना प्रवाह गर्ने सातजना सूचना अधिकारीलाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ ।

सूचना अधिकारीबीच निबन्ध प्रतियोगिता गराई पुरस्कृत पनि गरिएको छ । सूचना अधिकारीलाई आरटिआई जर्नलमा लेख लेख्न उत्प्रेरित गरिएको छ भने सूचना अधिकारीलाई मोबाइल सेट, सिम कार्ड र रिचार्ज कार्ड उपलब्ध गराउन पहल भएको छ । साथै सचिव र महानिर्देशकसँग नियमित अन्तक्र्रिया भइरहेको, संघीय सरकारका मन्त्रालय र विभागको आरटिआई अडिट गरिएको र तालिम केन्द्रका प्रशिक्षकका लागि प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको उपलब्धिबाट सन्तोष लिने स्थिति सिर्जना भएको हो ।

राष्ट्रिय सूचना आयोगको पाँच वर्षे रणनीतिक कार्ययोजनाको तेस्रो खण्डमा आयोगको क्षमता विकासका पक्षहरू समावेश गरिएका छन् । यस खण्डमा पनि अनेकौं कार्यक्रम प्रस्तावित छन् । जसअनुसार आचारसंहिता निर्माण गरी लागू गर्ने, सञ्चार तथा बाहृय सम्पर्क रणनीति तर्जुमा गरी लागू गर्ने, मानवस्रोत विकास योजना तर्जुमा गर्ने र अनुगमन तथा मूल्याकंन रणनीति तर्जुमा गरी संस्थागत गर्ने विषय प्राथमिकतामा छन् ।

यसैगरी आयोगमा रहने कर्मचारीको छिटोछिटो हुने सरुवालाई नियन्त्रण गर्ने, वर्तमान सूचनाको हकसम्बन्धी ऐन र नियमावलीमा संशोधनको पहल गर्ने, आवश्यक निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, आयोगका कार्यक्रमलाई एकबद्ध ढंगले सञ्चालन गर्ने र आयोगमा पर्ने निवेदन, उजुरी र पुनरावेदनलाई समयमै फछ्र्यौट गर्ने कार्यक्रम पनि कार्ययोजनामा समेटिएका छन् । यस अतिरिक्त आयोगका आदेशहरूको कार्यान्वयनमा सुनिश्चितता प्रदान गर्ने, आरटिआई केन्द्रलाई ई–पुस्तकालयका रूपमा सञ्चालनमा ल्याउने, यस क्षेत्रका अनुसन्धानमूलक कार्यहरूलाई वेभसाइटमा राख्ने र सफलताका कथा सार्वजनिक गर्नेजस्ता मŒवपूर्ण कार्यक्रम पनि कार्ययोजनामा समावेश भएका छन् ।

साथै कार्ययोजनामा इन्टर्नसीप कार्यक्रम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको ऐन निर्माणमा पहल गर्ने, घुम्ती बेञ्च सञ्चालन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सञ्जाल निर्माण गर्नेलगायत विषय उच्च प्राथमिकतामा परेका छन् । यसरी यस क्षेत्रमा पनि महŒवाकांक्षी कार्यक्रम प्रस्तावित छन् ।

राष्ट्रिय सूचना आयोगको पाँच वर्षे रणनीतिक कार्ययोजनाअन्तर्गतकोे आयोगको क्षमता विकासका पक्षहरूको प्रगतिलाई नियाल्दा आयोगमा  कार्यरत कर्मचारीको आचारसंहिता निर्माण गरी लागू गरिएको पाइन्छ । आयोगले सञ्चार तथा बाहृय सम्पर्क रणनीति तर्जुमा गरेको छ । वर्तमान सूचनाको हकसम्बन्धी ऐन र नियमावलीमा संशोधनको प्रस्ताव आयोगले नेपाल सरकारसमक्ष पेश गरेको छ । आयोगले विभिन्न निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । आयोगले प्रत्येक वर्ष सफलताका कथा प्रकाशन गर्ने गरेको छ भने  इन्टर्नसिप कार्यक्रम पनि सञ्चालन गरिएको छ । यसरी आयोगले आप्mनो ५ वर्षे रणनीति पत्र तयार गरी सूचनाको हकका क्षेत्रमा उल्लेख्य काम गर्न सफलता हासिल गरेको छ ।

अन्त्यमा, मुलुक संघीयतामा प्रवेश गरेकाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैमा सूचनाको हकको समानरूपमा कार्यान्वयन हुन जरूरी छ । हाल आयोगले संघीय सरकारका सबै २२ वटा मन्त्रालय र सातवटा प्रदेशका सातवटै मन्त्रालयका गरी कुल ४९ वटा मन्त्रालयका सचिवहरूको नाममा  क्रमशः ३ र ५ बुँदे आदेश जारी गरेको छ भने सबै ७५३ वटा पालिकाको नाममा पनि पाँचबुँदे आदेश जारी गरेको छ ।

हालै आयोगले ७५३ वटा पालिकाका लागि निर्वाचित मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका लागि सातै प्रदेशमा सूचनाको हकको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । यस्तो कार्यक्रम संघीय सरकारका सचिवहरूसँग पटकपटक आयोजना गरिएको छ । आयोगले सातै ओटा प्रदेशमा सातवटा प्रादेशिक सूचना आयोग गठन हुनुपर्छ भनी पहलसमेत गरिरहेको छ । साथै सबै ७५३ वटा स्थानीय तहमा सूचना प्रवाहको कुनै न कुनै प्रकारको संयन्त्र निर्माण गर्न पनि आयोगले ध्यानाकर्षण गराउँदै आएको छ । यी सबै प्रकारको प्रयासका कारण हाल मुलुकमा सूचनाको हक स्थापित हुँदै गएको सुखद् स्थिति निर्माण भएको छ ।

(बाँस्कोटा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त हुन् ।)

गरियोस् मिसन पत्रकारिता !

पत्रकारिता जगत्मा तीन शब्द बारम्बार प्रयोग भइरहन्छन्– मिसन पत्रकारिता, पैरवी पत्रकारिता र एजेण्डा सेटिङ । यी तीनवटै शब्दावलीमा समानता छ नियतको । सञ्चारगृहले योजना र कार्यक्रमका साथ समाचार–विचार सम्प्रेषण गर्ने काम यसमा हुन्छ । मिसन, भिजन र गोलका आधारमा उद्देश्य तयार पारेर परियोजना सञ्चालन गर्नु एक व्यावसायिक अभ्यास हो । निर्धारित विषयमा नीतिगत स्तरमा प्रभाव पार्नेगरी बारम्बार कलम चलाइरहनु पैरवी पत्रकारिता होभने पाठक–दर्शक–स्रोताले अमुक समाचार वा विचार पढेर, सुनेर वा हेरेर ठोस प्रकृतिको अवधारणा बनाऊन् भनेर गरिने पत्रकारिता एजेण्डा सेटिङ हो ।

सञ्चार गृहले पत्रकारिताका लागि जस्ता एजेण्डा बनाउँछ सोहीअनुसार दर्शक–स्रोता–पाठकका एजेण्डाहरु निर्माण हुनेगर्दछन् । असल नियतले बृहत्तर हितका लागि खुला रुपमा यी तीनवटै अभ्यासलाई जसले सफलताका साथ निर्वाह गर्छ, समाजमा उसकै वर्चश्व कायम रहन्छ । त्यसैले मिसन, एड्भोकेसी र एजेण्डा सेटिङका सबै विधि पूर्ण जानकारीका साथ मिडियाले प्रयोग गर्नैपर्छ, यस कार्यलाई कसैले गलत भन्छभने उसको अज्ञानता मात्र हो ।

यस सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिता गरेर आफूलाई आलोचना गर्नेगरिएको जो टिप्पणी गर्नुभयो त्यसमा उहाँको अज्ञानता नै देखिन्छ । मिसन पत्रकारिता गर्नुहुन्न भन्ने उहाँको जो आशय छ, त्यसलाई सही भन्न सकिन्न । पत्रकारितासम्बन्धी सिद्धान्त र दर्शनले मिसन पत्रकारिता आवश्यक छ भनेको छ । उहाँको आलोचना गरिएको सन्दर्भलाई नै हेर्नेहो भने पनि आपत्तिजनक देखिन्न ।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि मिसन पत्रकारिता गरेर आफूलाई खेदो खनिएको धारणा राख्नुभएको थियो । यसमा विज्ञहरुले आ–आफ्नो धारणा पनि सार्वजनिक गरिसकेका छन् । मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ भनेका छन् । विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता ग¥यो, दलविहीन पञ्चायती व्यवस्था फाल्न, अधिनायकवादी पद्धति हटाउन, सामन्तवादी सत्ता अन्त्य गर्न पैरवी ग¥यो, त्यसलाई कसरी नराम्रो भन्ने ?

बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ, तर निहित स्वार्थका लागि वा व्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न । करिब दुई शताब्दीदेखि प्रकाशित हुँदैआएको बेलायती अखबार गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनरले पनि मिसन पत्रकारिताको आवश्यकता औंल्याउनुभएको छ । असामान्य अवस्थामा प्रेसले मिसनका साथ अघि बढ्नुपर्छ भन्ने उहाँको धारणा छ । नयाँ प्रविधिले सृजना गरेको आजको विशेष अवस्थामा परम्परागत सञ्चार माध्यमले मिसन बिर्सियो भने यसको अस्तित्व रहन्न भन्ने उहाँको निष्कर्ष छ । हामीले किन पत्रकारिता गर्ने, हाम्रो मिसन के हो भन्ने विषयमा प्रष्ट हुनैपर्छ, अन्यथा नयाँ मिडियाका अगाडि परम्परागत मिडियाको अर्थ हुँदैन । वस्तुतः मिसन पत्रकारिता हिजो थियो र भोलि पनि रहन्छ, रहनु पनि पर्छ ।

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भन्नुभएको छ, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’

पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोख्नुभएको हो ।

सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भन्नुहुन्छ, मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ । ‘विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता ग¥यो, त्यसलाई कसरी नराम्रो भन्ने ?’ रेग्मीले प्रश्न गर्नुभयो, बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ, तर निहित स्वार्थका लागि वा ब्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न ।

‘हामीकहाँ सन्तुलनको समस्या हो, समानुपातिक ढंगले विषयलाई ग्रहण गर्न नसक्दा समस्या सिर्जना भएको हो’ उहाँले अर्थोपार्जन नगरी प्रेस जोगिन्न भन्दै संस्था जोगाउन गरिने मिसनलाई सही ठान्ने मानसिकता आजको मूल समस्या भएको उल्लेख गर्नुभयो ।

करिब दुई शताब्दीदेखि प्रकाशित हुँदैआएको बेलायती अखबार गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनर एक लेखमा भन्नुहुन्छ, असामान्य र अस्थिर अवस्थामा प्रेसको पहिचान हुन्छ, यस्तो बेला ठीक मिसनलाई समातेर जुन मिडियाले पत्रकारिता गर्छ, त्यसबाट उसको पहिचान बन्छ । मिसन पत्रकारिताको आवश्यकता आजको बदलिंदो अवस्थामा अझ बढेको उहाँको भनाइ छ ।

‘हामी आज इतिहासकै विशेष परिस्थितिमा छौं, यो परिस्थिति नयाँ प्रविधिले सृजना गरेको हो जसले हाम्रो जीवनका हरेक पक्षमा अपूर्व प्रभाव पारेको छ । पहिलाजस्तो अखबार, रेडियो, टेलिभिजनआदि मात्र सार्वजनिक महत्वका विषय छलफलमा ल्याउने मञ्च रहेनन्, पछिल्ला दुई दशकमा यसको स्थान नयाँ मिडियाले लिइसकेको छ, विगत दुई शदाब्दीमा नभएको परिवर्तन यी दुई दशकमा भएको छ । स्वभावतः यस अवस्थामा मिसन पत्रकारिताको महत्व बढेको छ ।’

‘अ मिसन फर जर्नलिजम इन अ टाइम अफ क्राइसिस’ लेखमा भाइरन भन्नुहुन्छ, ‘हामीले किन पत्रकारिता गर्ने, हाम्रो मिसन के हो भन्ने विषयमा प्रष्ट हुनैपर्छ’, अन्यथा नयाँ मिडियाका अगाडि परम्परागत गार्जियन दैनिकजस्ता दुई शताब्दी पुराना अखबारको पनि अर्थ हुनेछैन ।

रेग्मी र भाइरनका भनाइले मिसन पत्रकारिता हिजो थियो र भोलि पनि रहन्छ, रहनु पनि पर्छ । असामान्य परिवेशमा मिसन पत्रकारिता नै गर्नुपर्छ । नेपालको लोकतान्त्रिक अभ्यासमा बीपी कोइरालापछि केपी शर्मा नै दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री हुनुहुन्छ, उहाँले नै लोकतान्त्रिक संस्कार र संस्कृतिको मानक तयार पार्ने भएकाले उहाँका हरेक व्यवहार पत्रकारको आँखामा पर्नु आवश्यक छ । मिडिया विज्ञ रेग्मीले भन्नुभएजस्तै लोकतान्त्रिक अभ्यासको विकासमा पधानमन्त्री सहायक हुनसकून् भन्ने बृहत् मिसन समाचारमा अन्तरनिहित छ । यसलाई प्रधानमन्त्रीले पत्रकारले लखेटेको रुपमा बुझ्नुहुन्न ।

प्रधानमन्त्री ओलीले पहिलो पटक आम नागरिकसँग क्षमायाचना गरेर आफ्नो लोकप्रियता बढाउनुभएको छ । उहाँको लोकप्रियता बढ्दा लोकतन्त्रलाई सघाउ पुग्ने अवस्था भएकाले प्रेसले महत्व दिएको छ, यसलाई पनि खराब मिसन भन्न मिल्दैन । विषादी परीक्षण गरेर मात्र भारतलगायतका मुलुकबाट तरकारी तथा फलपूmल भित्र्याउने सम्बन्धमा नेपालस्थित भारतीय राजदूतावासबाट दबाबमूलक पत्र आएको सम्बन्धमा उहाँले आफ्ना ‘कर्मचारीले जानकारी नदिएका कारण पत्र आएको छैन भनेर सार्वजनिक रुपमा बोलेको’मा माफी माग्नुभएको छ ।

तर माफी माग्दामाग्दै उहाँले ‘मलाई जसले गुमराहमा राख्यो, उसलाई खोजेर कारबाही गर्छु भन्नुभएको छ । असार १४ मा आएको पत्रका बारेमा १७ दिनपछि पनि ‘दोषी पहिचान’ हुन सकेको छैन, अब फेरि समाचार बन्नेछ । त्यसलाई पनि प्रधानमन्त्रीले मिसन पत्रकारिताले पेल्यो भनेर टिप्पणी गर्न सक्नुहुन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा विषादी जाँचेर मात्र तरकारी पैठारी गर्ने प्रस्ताव ल्याउँदा पूर्वतयारी नै नहेरी सदर गर्ने क्याबिनेट नै दोषी हो भन्ने सत्य स्वीकार नगरेका कारण अर्को समाचार पनि बन्नसक्छ । कतिलाई मिसन पत्रकारिता भनेर गाली गरिरहने ?

सूचनाको हक : भ्रष्टाचारविरुद्ध हतियार

सूचनाको हकले भ्रष्टाचार नियन्त्रण गरी न्याय र समानतामा अधारित स्वच्छ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले स्वच्छ जनमत निर्माणका लागि मूलतः राज्यका निकायमा रहेको सूचनामा नागरिकको पहुँचको अधिकारलाई सुनिश्चित गर्दछ । सूचनाको हकको प्रत्याभूतिले खुल्ला र पारदर्शी समाजको निर्माण र प्रर्वद्धन गर्ने, शासन व्यवस्थामा जनताको सार्थक सहभागिता सुनिश्चित गर्ने, सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने, सार्वजनिक निर्णय प्रक्रियामा जनताको सहभागिता बढाउने खुला र पारदर्शी संस्कृतिको निर्माणद्वारा लोकतन्त्रको संस्थागत सुदृढीकरण हुने हुँदा सूचनाको हकसम्बन्धी आभारभूत मान्यतालाई संविधानद्वारा नै सम्मान संरक्षण र प्रचलनको विशेष व्यावस्था हुनुपर्ने र सूचनाको हकलाई राज्यले कानून बनाई बेमुनासिब किसिमले नियन्त्रण गर्न नसक्ने कुराको संवैधानिक सुनिश्चितता हुनुपर्दछ ।

तर, यी सबै प्रावधानका बाबजुद पनि हालै मात्र सरकारले सूचना प्रविधि विधेयक एवम् आम सञ्चार विधेयकका नाममा मिडियालाई नियमन गर्ने नाममा नियन्त्रणमुखी मनसायले सम्भावित नकारात्मक प्रतिक्रियालाई समेत बेवास्ता गर्दै संसद्मा पेस गरेको विधेयकले आमनागरिकको सूचनाको हकलाई कुण्ठित गरेको भनी विरोधका स्वर देशव्यापी भएको छ । सुसूचित हुने हक नागरिकको हक भएकाले नागरिकलाई सशक्तीकरण गर्न आमसञ्चार माध्यमले सक्रिय भूमिका निर्वाह गर्न सक्नेमा दुईमत हुन सकिँदैन । सूचना पाउने नागरिकको अधिकारलाई सञ्चार माध्यमले नागरिकको नासोका रूपमा ग्रहण गरी जिम्मेवारपूर्ण किसिमले सूचना प्रवाहको भूमिका निर्वाह गर्ने सञ्चारमाध्यम राज्यको चौथो अंग मानिएकाले राज्यका निकायका काम कारबाहीलाई पारदर्शी र जिम्मेवार बनाउन आमसञ्चारमाध्यमले खोजपूर्ण तथ्यको सार्वजनिकीकरण गर्न सक्रियता देखाउनुपर्छ ।

राजनीतिमा अपराधीकरण एउटा गम्भीर समस्याका रूपमा दिन प्रतिदिन झाँगिँदै छ । भ्रष्टाचार नियन्त्रणभन्दा पनि दिनप्रतिदिन अझ संस्थागत बन्दै गएको छ । दण्डहीनताको संस्कृतिले लोकतन्त्रलाई नै बदनामको सिकार बनाउँदै लगेको छ । यो अवस्थाबाट लोकतन्त्रलाई जोगाउन र भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि सूचनाको हकलाई भ्रष्टाचारविरुद्धको हतियारका रूपमा प्रयोग गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । मुलुकमा सुशासन कायम गर्ने राजनीतिक स्थायित्व राज्यका निकायको प्रभावकारी भूमिका र नागरिक समाजको सक्रियताको पनि त्यतिकै आवश्यक हुन्छ । नागरिक समाज राज्यको महत्वपूर्ण सामाजिक संस्था हो । नागरिक समाजले भ्रष्टाचारविरुद्ध आन्दोलनलाई सशक्त बनाउन सूचनाको हकसम्बन्धी कानुन सहयोगी हुनसक्छ ।

सार्वजनिक क्षेत्रमा देखिने असक्षमता र अप्रभावकारिताको कारणमा मूलतः अवैज्ञानिक सांगठनिक ढाँचा, कमजोर कानुनी व्यवस्था, राजनीतिक हस्तक्षेप, पुरातनवादी कार्यशैली, कमजोर मूल्यांकन प्रणाली, फितलो अनुगमन, कार्यस्थलको खराब वातावरण र व्यापक भ्रष्टाचार नै हो । सार्वजनिक, निजी, सबै क्षेत्रले सुशासनको मान्यताअनुरुप कार्य गरेमा नै भ्रष्टाचार नियनत्रणमा सहयोगी सिद्ध भई सुशासनको नारा अर्थपूर्ण बन्ने हो । होइन, भने जतिसुकै शक्तिशाली सरकार बने पनि यो केवल जनता झुक्याउने प्रपञ्च मात्र बन्न पुग्छ । सुशासन भएमा राज्य व्यवस्थाप्रति जनताको विश्वास बढ्छ । काममा उत्साह र काम गर्न जनताको समर्थन प्राप्त हुन्छ । संकट समाधान गर्न सक्ने क्षमताको वृद्धि हुन्छ र मुलुकको आर्थिक अवस्था सुदृढ हुन्छ । सूचना पाउने नागरिकको नैसर्गिक अधिकार हो । शासन सञ्चालन जनमुखी, पारदर्शी, अनुशासित, मितव्ययी, वैधानिक एवं लोकसम्मति अनुरूपको भएमा सुशासनको परिकल्पनाले साकार रूप लिन सक्छ र भ्रष्टाचार क्रमशः निस्तेज हुँदै जान्छ ।

तर, यसविपरीत शासन सञ्चालक जनविरोधी, संस्कृतिविराधी गैरजिम्मवार, भ्रष्टचारमा लिप्त भएमा मुलुक असफल भई संकटको भुमरीमा फस्न पुग्छ । यो अवस्थासम्म मुलुकलाई पुग्न नदिन सूचनाको हकलाई अझ बढी सशक्त एवं खोजमूलक बनाउनु पर्ने चुनौती थपिएको छ । राज्य व्यवस्थाका विविध पक्ष एवं सार्वजनिक चासो र सरकारको विषयमा आमनागरिक सुसूचित नभएसम्म लोकप्रिय सरकारको निर्माण हुनसक्दैन । स्वस्थ्य जनमतले लोेकतन्त्रलाई गतिशीलता प्रदान गर्दछ । जनताको करबाट चल्ने राज्य व्यवस्थाका काम कारबाहीमा जनता सुसूचित भई जनताको चाहनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन भएमा नै त्यस्तो शासन व्यवस्था जनताको नियन्त्रणमा रहेको र राज्य व्यवस्था जिम्मेवार र उत्तरदायी भएको मानिन्छ । राज्यका काम कारबाहीप्रति विश्वास जगाउन त्यस्ता निकायको सूचनामा जनताको सहज पहुँच भएमा मात्र भ्रष्टाचार नियन्त्रणमा थप सहयोग पुग्नसक्छ ।

नेपालमा २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, एवम् २०६२÷६३ को दोस्रो जनआन्दोलनपछि राजनितिक व्यवस्थामा आमूल परिवर्तन भएका छन् । राजनीतिक संरचना बदलिएका छन्, व्यवस्थामा नै आमूल परिवर्तन आएको छ । ताजा दुई तिहाई जनादेशप्राप्त स्थायी सरकारले सत्ता सम्हालेको छ, तर राजनीतिक संस्कृतिमा परिवर्तन भएको अनुभूत गर्न सकिएको छैन । देशको राजनीतिक रथ हाक्ने पात्र उही पुरानै छन् । उनीहरूको पुरानो सोच र मानसिकतामा खासै फेरबदल देख्न सकिएको छैन । नयाँ राज्य संरचना अनुरूपको कामले गति लिन सकेको छैन । अनियमितता, भ्रष्टाचार, राज्यकोषको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, लुटपाट एवं व्यक्तिवादी सोच झन्झन् हाबी बन्दै गएको वर्तमान परिप्रेक्षमा सूचनाको हकको प्रभावकारिता झन्झन् तिखारिँदै गएको छ ।

राज्य व्यावस्थालाई उत्तरदायी र जिम्मेवार बनाउन सूचनाको हक र सुशासनसम्बन्धी ऐन कानुन जारी भए तापनि भ्रष्टाचारको रोकथाम र नियन्त्रण हुन सकिराखेको छैन । सुशासनका निम्ति भ्रष्टाचार र अनियमितताको कार्यलाई नियन्त्रण गर्न सूचनादाताको संरक्षण गर्न पनि त्यत्तिकै महŒवपूर्ण हुन्छ । सार्वजनिक निकायमा अनियमितता, भ्रष्टाचार वा कानुन प्रतिकूल कसुरजन्य कार्य भएको वा हुन लागेको भन्ने सम्बन्धमा त्यस्तो थाह हुने जोसुकैले पनि त्यस्तो सूचना दिनुपर्ने कानुनी कर्तव्य हुन्छ । तर, त्यस्तो सूचना दिने सूचनादाताको संरक्षण हुनुपर्दछ । सूचनादाताको संरक्षण गर्नुको उद्देश्य सूचना लुकाई अनियमितता गर्ने कार्यलाई नियन्त्रण गरी भ्रष्टाचारजन्य गतिविधिलाई थप निरुत्साहित गर्नु नै हो । साथै, सार्वजनिक निकायमा कार्यरत जोसुकैले आफूलाई थाहा भएको अनियमित कार्यको सूचना सार्वजनिक गर्नु कर्तव्य हुने र सो सूचना सार्वजनिक गरेका कारण दण्डको भागी बन्नुपर्ने डरबाट मुक्ति दिलाउन पनि सूचनादाताको संरक्षण हुनुपर्दछ ।

लोकतान्त्रिक राज्य व्यवस्थालाई संस्थागत सुदृढीकरण गर्न मुख्य दायित्व भनेको राजनीतिक दलको नै हो । प्रतिस्पर्धी बहुदलियता लोकतान्त्रिक शासन व्यवस्थाको आधारशीला पनि हो । राजनीतिक दलको काम कारबाही पारदर्शी जिम्मेवार एवं भ्रष्टाचारविरुद्ध लक्षित नभएसम्म लोकतन्त्र फस्टाउन नसक्ने यथार्थतालाई दलले बुझ्नु जरुरी छ । राजनीतिको आडमा हुने अपराधीकरणले लोकतन्त्र र सुशासनको आत्मामा गहिरो प्रहार गर्ने हँुदा राजनीतिक दलले पहिला आफू र आफ्ना दलका आर्थिक गतिविधि पारदर्शी बनाउनु पर्ने बाध्यात्मक कानुनी व्यवस्था संविधान एवं कानुनमा नै स्पष्ट भएमा मात्र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्नसक्छ । कमजोर विधिको शासन, जवाफदेहिताबिनाको राजनीति र दण्डहीनताको संस्कृतिले सुशासनलाई जीवन्त बनाउन सक्दैन । शासन सत्ताको उपल्लो तहमा बस्नेहरू नै बढी जवाफदेही र उत्तरदायी बन्नुपर्ने हुन्छ ।

संयुक्त राष्ट्रसंघीय सहस्राब्दी विकास लक्ष्यलगायत पेरिस घोषणापत्रसमेतले सुशासनका निमित्त सूचनाको हकको प्रत्याभूतिद्वारा नै लोकतन्त्रको प्रवद्र्धन एवं मानवअधिकार र मौलिक हकको सम्मानको सुनिश्चितता हुने कुरालाई समेत उद्घोष गरेको छ । यस सन्दर्भमा खुला र पारदर्शी नयाँ नेपाल निर्माणका लागि सूचनको हकलाई मूल प्रवाहीकरण गर्न प्रभावकारी व्यवस्था र प्रचलनको विकास त्यत्तिकै आवश्यक छ । यसका निम्ति उदार कानुनी व्यवस्था, प्रभावकारी संयन्त्र, व्यवस्थित अभिलेख, स्पष्ट कार्यविधि, नयाँ प्रविधिको प्रचुर प्रयोग, सक्रिय सूचना प्रवाह प्रणालीको विकास, कर्मचारीतन्त्रमा सूचना सार्वजनिक रूपमा प्रवाह गर्ने संस्कृतिको निर्माण, राष्ट्रिय सूचना आयोगको प्रभावकारी भूमिकाजस्ता व्यवस्था पनि भ्रष्टाचार नियन्त्रणमा त्यत्तिकै प्रभावकारी बन्नसक्छन् ।

के इन्टरनेटले लोकतन्त्र खाँदै छ ?

काठमाडौँ — व्यक्ति र विचारलाई विश्वव्यापी रूपमा अत्यन्त छिटो र प्रत्यक्ष जोड्ने सूचना प्रविधि इन्टरनेट कसरी लोकतन्त्रविरुद्ध होला, हत्तपत्त कल्पना पनि गर्न सकिन्न । यो अत्यन्त खुला माध्यम हो ।

बहुचर्चित सामाजिक सञ्चार (सोसल मिडिया) को विस्तारसँगै यो नागरिक अभिमत मञ्च पनि भएको छ, जहाँ कुनै कुरा लुकाउन सकिन्न, लुक्दैन । खुला विचार र खुला समाज लोकतन्त्रको महत्त्वपूर्ण पुँजी हो । यसले राजनीतिक सञ्चारमा पनि व्यापक परिवर्तन ल्याएको छ ।

परम्परागत माध्यम छापा खबर, रेडियो, टेलिभिजनको उपयोगिता सीमित भएको छ । तिनले पनि नयाँ प्रविधिको उपयोग गर्दै अनलाइन, युट्युबलगायत माध्यम प्रयोग गरी मोबाइलबाट पाठक/दर्शकसम्म डिजिटल पहुँच बढाएका छन् । सेकेन्ड भरमा हातहातै समाचार पुग्छ । उपयोगकर्ताले तत्कालै प्रतिक्रिया दिन सक्छ र उसैगरी सम्प्रेषण पनि हुन्छ । यसले अभिव्यक्ति स्वतन्त्रतालाई अत्यधिक फराकिलो ठाउँ दिएको छ, अनुकूल जनमत निर्माण र तत्काल दबाबका लागि सञ्जालयुक्त तयारी मञ्च पनि उपलब्ध गराएको छ ।

एक दशकयता राजनीतिमा सोसल मिडियाको प्रयोग चामत्कारिक रूपमा बढेको छ । डिजिटल प्रविधिले मानिसको हातमै अटाउने मोबाइल फोन सेटभित्र विशाल डेटा भण्डार उपलब्ध गराइरहेछ । मान्छेले आफ्नो बुद्धि प्रयोग गर्नै पर्दैन, यान्त्रिक/निर्मित बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) ले उसलाई यो संसारमा रमाइलोसँग कुदाइरहेछ । राजनीतिक, आर्थिक, सामाजिक जीवनमाथि दिनप्रतिदिन यसको पकडबढ्दो छ ।

ठूला व्यापारी, व्यवसायी र राजनीतिकर्मी मात्र होइन, सामान्य ग्रामीण एवं दैनिक मजदुरी गर्ने व्यक्तिसमेत मोबाइल र इन्टनेरटबिनाको जीवन कल्पना गर्न नसकिने भएको छ । विश्वव्यापी रूपमा व्यक्तिको पहुँच र जानकारी बढाएको छ । आपसमा सम्पर्क बढाएको छ । सरकारमाथि निगरानी बढेको छ । गलत र अलोकप्रिय कामको विरोध संक्रामक भएर फैलिन्छ, सरकारलाई त्यो फिर्ता लिन बाध्य पार्छ । थोरै मात्र असावधानी हुँदा सार्वजनिक व्यक्तित्व बनाएका जोकोही पनि आलोचनाको पात्र बन्छन्, समाप्तप्रायः हुने गरी सार्वजनिक नजरबाट गिर्न सक्छ । कसरी पत्याउने यसले लोकतन्त्र खाँदै छ भनेर ?

सन् २०१६ का दुइटा चुनाव परिणाम– बेलायतमा भएको ‘ब्रेक्जिट’ जनमत संग्रह र अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयपछि युरोप, अमेरिकामा गरिएका अध्ययन, अनुसन्धानले इन्टरनेट लोकतन्त्रविरुद्ध प्रयोग हुने सम्भावनातर्फ सचेत गराउन थालेका छन् । २०१८ मा प्रकाशित जेमी बार्लेटको ‘दि पिपुल भर्सेस टेक’ पुस्तकमा उनले केही दृष्टान्तसहित खोजतलास गरेका छन् र भन्छन्, ‘आउने केही वर्षमा यसले लोकतन्त्रलाई समाप्त गर्नेछ वा राजनीतिले डिजिटल सञ्चारमाथि आफ्नो प्रभुत्व स्थापित गर्नेछ ।’ उनी थप्छन्, ‘अहिले प्रविधिले यो लडाइँ जितिरहेछ ।’ निश्चय पनि राजनीतिभन्दा प्रविधि अगाडि छ, सरकारभन्दा जनता अगाडि छन् तर भय छ र यो बढ्दै छ ।

अहिले देखिएको भय मुख्यतः आफ्नै मात्र महानता गाउने राष्ट्रवाद (न्यासनल पपुलिजम्) ले ल्याएको हो । अमेरिकामा डोनाल्ड ट्रम्प, रूसमा भ्लादिमिर पुटिन, फ्रान्समा मरिन ले पेन, ब्रेक्जिट पार्टीको राजनीति दक्षिणपन्थी अतिवाद अँगालेको र लोकतन्त्रका लागि जोखिमपूर्ण मानिन्छन् । यसै वर्ष गठन भएको ब्रेक्जिट पार्टी गत मे महिनामा सम्पन्न युरोपेली संसद्को चुनावमा बेलायतमा सबैभन्दा ठूलो दल बन्न सफल भयो । बहुसंस्कृतिवाद र ग्लोबलाइजेसनको विरोध, शरणार्थी तथा आप्रवासनप्रति कठोर नीति, युरोपियन युनियनबाट अलग हुने नारासहित युरोपको राजनीतिमा दक्षिणपन्थी अतिवाद अरू बढ्दो छ ।

सञ्चार प्रविधिले लोकतन्त्र समाप्त गर्ने वा राजनीतिले सञ्चारलाई आफ्नो प्रभुत्वमा लिने दुवै अवस्था लोकतन्त्रका लागि अनुकूल होइन । सूचना प्रविधि खासगरी इन्टरनेटको प्रयोगले सोसल मिडिया अत्यन्तै शक्तिशाली नागरिक अभिमत मञ्च बनेर आएको छ । यसले सरकारमा बस्नेलाई त्रसित र हैरान बनाएको छ, संस्थागत विपक्षलाई उछिनेको छ । लोकाचारका लागि विपक्षी दल सोसल मिडियामा अभिव्यक्त मतका पक्षमा देखिए पनि उसका लागि पनि यो उत्तिकै चुनौतीपूर्ण छ । सत्तामा पुगेपछि आफू पनि आक्रमणको केन्द्रमा पर्ने भयग्रस्त मानसिकता छ विपक्षमिा पनि । तसर्थ सूचना नियमन र नियन्त्रणमा सत्तापक्ष र विपक्षबीच उछिनपाछिनको खेल मात्र हो, तात्त्विक भिन्नता छैन भन्दा हुन्छ ।

पछिल्ला अध्ययन, अनुसन्धानले देखाउँदै छन्, सन् २०१६ मा भएको ईयूबाट बाहिरिने बेलायतको जनमत संग्रह (ब्रेक्जिट) र त्यसको केही महिनापछि सम्पन्न अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयका पछाडि इन्टनेरटको उपयोग/दुरुपयोग निर्णायक थियो । चुनावमा ‘साइबर’ उपयोग आम चलन बनिसकेको छ । यसको प्रयोग नगर्ने पार्टी, उम्मेदवारलाई मतदाताले नचिन्ने वा नगन्ने अवस्था छ तर यसको गलत प्रयोग अर्थात् दुरुपयोगका कारण मतदातामाथि पर्न सक्ने अवाञ्छित प्रभावबाट जोगाउने र जोगिने कसरी चुनौती थपिएको छ ।

ट्रम्प–पुटिन अघोषित गठबन्धन, प्रतिद्वन्द्वी हिलारीको इमेल ह्याक निकै चर्चित थिए । यी दुवै चुनावमा सोसल मिडियाको दक्षिणपन्थी मत परिचालनमा निकै उपयोगी सिद्ध भएको थियो भनी पश्चिमा राजनीतिमा निकै चर्चा छ । यहाँ मैले उल्लेख गरेको बार्लेटको ‘द पिपुल भर्सेस टेक’ र फ्रान्सिस फुकुयामाको पछिल्लो पुस्तक ‘आइडेन्टिटी’ त्यसैका उपज हुन् । दुवै लेखकले स्विकारेका छन्, यदि सन् ‘१६ मा यी परिणाम नआउँदा हुन् त यी पुस्तक लेखिने थिएनन् ।

इन्टनेरटको प्रयोग, सोसल मिडियाको भूमिका, नियमनमाथि बहस र द्वन्द्व विश्वव्यापी छ । फेसबुकका निर्माता मार्क जुकरबर्ग पनि भन्दै छन्, ‘सम्पादकीय नीति’ बनाउनु आवश्यक छ । अहिले धेरै देशमा लोकतान्त्रिक हुन् वा नियन्त्रित, सबैले कुनै न कुनै रूपमा सोसल मिडियालाई सरकार अनुकूल नियमन गर्ने प्रयत्नमा छन् । हाम्रै संसद्मा पनि सूचना प्रविधि र मिडिया काउन्सिल विधेयक विचाराधीन छन् । सरकार सूचना प्रविधिलाई नियन्त्रण गर्न चाहन्छ । प्रबुद्ध नागरिक मत त्यसको विपक्षमा छ । यसलाई नियन्त्रण गर्ने सरकारी प्रयत्न प्रभावकारी हुन सकिराखेको छैन ।

एकदलीय कम्युनिस्टतन्त्र भएको चीनले पनि सकिराखेको छैन । त्यहाँ फेसबुक, युट्युब प्रतिबन्धित छन् तर देशभित्र प्रतिबन्धित भए पनि विदेशमा बस्नेले यसको प्रयोग गरिरहेका छन् । कूटनीतिक नियोगले पनि यसको प्रयोग गरिरहेका छन् । नेपालस्थित चिनियाँ राजदूतले ट्वीटर अकाउन्ट खोलेको र त्यसमार्फत संवाद सन्देश पठाएको कुरा केही साताअघि नेपालमा चर्चाको विषय भएको थियो ।

सोसल मिडिया कति ‘सोसल’ छ, कति उत्तरदायी छ, सोचनीय भएको छ । यसका अध्येताहरू इन्टनेरटका दुई–तिनटा पक्षलाई निकै गम्भीर मान्छन् । पहिलो, यो अत्यन्त तेज गतिमा हिँड्छ, प्रकाशको गतिजस्तै । मान्छेका संवेदना र गतिको प्रत्यक्ष सम्बन्ध हुन्छ भन्छन् मनोविज्ञहरू । तसर्थ इन्टनेरटका माध्यम अभिव्यक्त विचार विषयवस्तुको गहिराइ र त्यसको गुण–दोषमा भन्दा मानिसका भावनालाई छुने उद्देश्यका हुन्छन् । दोस्रो हो, यसको लोकप्रिय पक्ष । यो यतिविधि लोकप्रिय छ, त्यसले संस्थागत प्रक्रियालाई पर्खिने न ठाउँ दिन्छ, न धैर्य नै ।

पसलमा ग्राहकले हातहातै सामान किनमेल गरेजस्तै मानिसहरू सामाजिक–राजनीतिक मुद्दामा पनि हातहातै परिणाम खोज्छन् । तेस्रो हो, अनुहार लुकाउन मिल्ने यसको प्रकृति । हामी उपभोक्ताको मात्र अनुहार देख्छौं । पर्दा पछाडि बसेर यसको डिजाइन गर्ने, सञ्चालन गर्नेको कुनै अत्तोपत्तो नपाउन सक्छौं । क्षणभरमा व्यक्ति, संस्था सबैका अकाउन्ट आइडी, वेबसाइट ह्याक हुन सक्छन् । सामुन्ने नदेखिने अराजकता (क्रिप्टोअनार्की) को भय पैदा गरेको छ । अझ गम्भीर कुरा त यसले थोरै प्रविधि र स्रोत सम्पन्न समूह (डिजिटल टेक्नो–इलिट) को प्रभाव र प्रभुत्व स्थापित गर्छ र एउटा नयाँ सम्भ्रान्त वर्गको उदय भइरहेछ । असमानता अरू गहिरिँदै छ ।

अरू पनि थुप्रै चुनौती छन्, थपिने क्रम जारी छ । यी सबै केवल लोकतन्त्रप्रति केन्द्रित छन् भन्ने होइन । कुनै पनि शासन प्रणाली, शासक, राजनीतिक दल, नागरिक समाज सबैलाई चुनौती छ तर लोकतन्त्रप्रति हामी किन बढी संवेदनशील छौं भने यसमा व्यक्तिको स्वतन्त्रता, सम्मान र गोपनीयता सबैभन्दा बढी सुरक्षित हुन्छ । सरकार र शासन अरू प्रणालीभन्दा बढी उत्तरदायी हुन्छ भन्ने बुझाइ छ । यो वा त्यो बहानामा सरकारले आफ्नो अनुकूलताका लागि नियन्त्रण गर्ने कुरा हुँदैन । स्वायत्तता, उदारता र उत्तरदायित्वका कारण लोकतन्त्रमा सबै किसिमका स्वार्थ क्रियाशील हुन्छन् । लोकतन्त्रकै आवरणमा त्यसमाथि घात हुन सक्छ । हाम्रोजस्तो मुलुकमा त्यो सम्भावना अझ बढी हुन्छ ।

‘भर्चुअल’ दुनियाँमा पहुँच त बढेको छ । नेटवर्किङ फैलिएको छ तर भौतिक दुनियाँमा हामी अरू एक्लिएका छौं । घरपरिवार, इष्टमित्र, सार्वजनिकस्थल जताततै मानिस एक्लै मोबाइलमा रमाएका पाइन्छन् । कुराकानी भइरहेका छन्, अनुहार, हाउभाउ देखिइरहेकै छ तर ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (निर्मित बौद्धिकता) ले आफैंलाई विस्थपित गर्दै छ । हामीलाई लाग्छ, हाम्रा प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति वा ठूलठूला बिजनेस ठालुले चलाएका ट्वीटर उनकै हो, उनी आफैं चलाउँछन् । त्यो हुनु जरुरी छैन, कतिपय अवस्थामा सहज पनि छैन ।

अधिकांश उनको सचिवालय र सहयोगीले बनाएका हुन्छन् । झट्ट हेर्दा निकटता र निजीपन निकै सघन भएजस्तो लाग्छ तर यथार्थ यन्त्रनिर्मित निकटतामा मात्र हो । भोलि बिहानै भेट्दा त्यो निकटता रहँदैन । यस्तै, सोसल मिडियाले आफ्नो अनुकूल नेटवर्किङ, समूह निर्माण र तदनुकूल संवादलाई प्रोत्साहित गर्छ । विभिन्न समूह र सहकार्यका नाममा मानिस यसमा रमाएका छन् । यसले गैरभौगोलिक आकारसमेत लिएको छ तर एकपक्षीय संवाद हावी हुने सम्भावना उत्तिकै छ । यसले सामाजिक सद्भाव र सहयोगलाई बढाउँछ भन्ने जरुरी छैन ।

अन्त्यमा, इन्टनेरट र सोसल मिडियाको दुरुपयोगका सम्भावना धेरै छन् । दुरुपयोग पनि भइराखेका छन् तर त्यसैकारण यो प्रविधिले लोकतन्त्रलाई खान्छ भनेर विश्वास गर्न सकिन्न, विश्वास गर्ने कुरा पनि होइन । हो, लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल, नागरिक समुदायमाथि दक्षिणपन्थी होस् वा वामपन्थी अतिवादको चुनौती छन् । यो प्रविधिको उनले पनि प्रयोग गर्छन्, दुरुपयोग गर्ने खोज्छन् । उनलाई बाहेक गर्ने कुरा हुँदैन ।

त्यसको सामना लोकतन्त्रवादीले गर्नैपर्छ । सञ्चार जगत् आफैं उदाहरण छ, इन्टनेरटको बढ्दो प्रभावले झन्डै विस्थापित हुन लागेका परम्परागत माध्यम अहिले सबै ‘डिजिटलाइज्ड’ भएका छन् । स्वरूपमा नयाँपन आएको छ । पढ्न पत्रिका पल्टाइरहन पर्दैन । हेर्न, सुन्न रेडियो, टीभी खोल्न पर्दैन । तिनको उपयोगिता घटेको छैन । सरकार र दलले पनि यसबाट सिक्नु जरुरी छ, नियन्त्रण होइन ।

जिम्मेवार पत्रकारिता

समाजलाई सही दिशानिर्देश गर्न पत्रकारको भूमिका निकै महत्वपूर्ण हुन्छ भन्ने सत्य सबै सचेत नागरिकलाई थाहा छ । लोकतान्त्रिक व्यवस्थालाई कायम राख्न पनि यसले उल्लेख्य भूमिका खेल्दछ । अधिकारमा रहेका व्यक्ति तथा संस्थाले गरेका राम्रा कामको सराहना र कमजोरीको आलोचना मात्र होइन, भएका सामान्य गतिविधिको जानकारीका लागि पनि प्रेसको भूमिका महत्वपूर्ण हुन्छ ।

पछिल्लो समय सूचना सम्प्रेषणका लागि सामाजिक सञ्जाल र आमसञ्चारका विविध माध्यमहरु व्यापक बनेका छन्, तर पत्रकारिताका माध्यमबाट सार्वजनिक भएका सूचनाको जुन स्तरको हैसियत हुन्छ, त्यस उचाइका साथ अनौपचारिक माध्यमले जानकारी दिन सक्तैनन् । त्यसैले सामाजिक सञ्जाल मिडिया मात्र हो पत्रकारिता होइन । पत्रकारिता हुनका लागि निश्चित आचारसंहिता र नियमितताको विधि अनुशरण गरिनुपर्छ । फेसबुकको वालमा टाँसिने सूचनामा त्यस प्रकारको नियम रहन्न । न त, ‘एबीसी’ र उद्धरणका विधि र प्रक्रियालाई नै पछ्याइएको हुन्छ । त्यसैले कसैले सोसल मिडिया छँदैछ किन चाहियो पत्रकारिता भन्न मिल्दैन ।

मिडिया र पत्रकारिताबीच तानिने सीमारेखा भनेको आचारसंहिता नै हो । नेपाली प्रेसलाई आचारसंहितामा बाँधिराख्न प्रेस काउन्सिल नेपालले नियमनकारी निकायको भूमिका निर्वाह गर्दैआएको छ । बुधबार मात्र पनि प्रेस काउन्सिल नेपालले राष्ट्रिय दैनिकका सम्पादक, अनलाइन, रेडियो र टेलिभिजनका प्रतिनिधिहरुको एक भेला गरी पत्रकार आचारसंहिता, २०७३ परिमार्जनका लागि सुझाव संकलन ग¥यो । भेलामा सुझाव मात्र संकलन गर्ने काम भएन, आजको नेपाली प्रेसले आचारसंहिताको पक्ष वा विपक्षमा कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्ने विषयमा पनि विमर्श भयो ।

उक्त अन्तरक्रियात्मक कार्यक्रममा पत्रकारितामा दशकौं विताएका सम्पादकहरुले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको र समानुपातिक सहभागिताको समेत वकालत गर्ने संविधान पाइसकेको नेपालका पत्रकारका लागि बन्ने आचारसंहितामा नयाँ नेपाल प्रतिविम्वित हुनुपर्ने सुझाव प्रकट गरे । पत्रकारको हक–अधिकारका लागि समर्पित पत्रकार महासंघले आचारसंहिता पालना गराउने कुरामा पनि उत्तिकै सक्रिय हुनुपर्छ भन्ने दृष्टिकोण पनि आयो । सहभागीहरुको तर्क थियो, मूलधारका पत्रकारले आफूलाई आम नागरिकभन्दा माथि राखेर हेर्ने गरेका कारण र आचारसंहिताको पालनामा कम ध्यान दिने गरेकाले यो क्षेत्र आम जनमानसमा लोकप्रिय हुनुको सट्टा हाउगुजी बनिरहेको छ । त्यसैले सरकारले मिडिया काउन्सिल विधेयक ल्याएर १० लाखसम्म जरिबाना गर्ने प्रावधान ल्याउँदा पनि नागरिक समाजका तर्फबाट ऐक्यवद्धता प्रकट भएन ।

पत्रकारहरुले मिडिया काउन्सिल विधेयकमा सरकारलाई पत्रकारको माग सुन्न बाध्य बनाएपनि जनतालाई आधारभाव प्रकट गर्न बाध्य बनाउन सक्तैनन्, उनीहरुको मन जित्न सके मात्र सम्मान पाइन्छ । यसका लागि उनीहरुले आचारसंहितालाई मनैदेखि सम्मान गरेकै हुनुपर्छ । अहिलेको अवस्थामा पत्रकार आचारसंहिताको पालना भन्नाले प्रत्यक्षतः १ हजार ७ सय ४२ अनलाइन, ९ सय १२ छापा, ८ सय ४० एफएम र १ सय ५३ टेलिभिजको कर्तव्यको विषय हो । रोजगारीको हिसाबले करिब ५० हजार नागरिक मूलधारको पत्रकारितामा छन् । यत्रो ठूलो सचेत समुदायलाई पत्रकार आचार संहिताले प्रत्यक्ष र लाखौं व्यक्तिलाई परोक्ष रुपमा प्रभावित पार्ने भएकाले यसप्रति सबै सरोकारवालाहरु गम्भीर हुनैपर्छ ।