मिडियालाई नियमन गर्ने सरकारकापछिल्ला कदमले अभिव्यक्ति स्वतन्त्रतालाई बिस्तारै कमजोर बनाउँदै लगेका छन्। विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ अभिव्यक्ति स्वतन्त्रतालाई केहीहदसम्म संकुचन गर्दै संसद्को दुवै सदनबाट पारित भई लागु भइसकेको छ।
सुरुवातीको समयमा छलफलमा आएको भन्दा केहीहदसम्म लचकदार मानिएको विधेयक दुवै सदनबाट पास हुँदा जुन प्रावधानका आधारमा सार्वजनिक भएको छ, त्यसले केही न केही रूपमा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गरेको छ। संविधानले मौलिक हकका रूपमा स्वीकार गरिसकेपछि पनि अभिव्यक्ति स्वतन्त्रतालाई संसद्का सदनहरूबाटै संकुचन गरिनुले प्रश्न सार्वजनिकरूपमा उठ्न थालेको छ।
तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पाँच लाख रुपियाँसम्म जरिवानाको प्रस्ताव गरिएको सो ऐनमा कुनै गलत कुरा प्रकाशन, प्रशारण वा प्रदर्शन गरिएमासजायको भागीदार गराइएको छ।अप्रत्यक्षरूपमै भएपनि अभिव्यक्ति स्वतन्त्रतामासंकुचन गर्ने कतिपय अवस्था हालै कार्यान्वयनमा आएको सो ऐनले सिर्जना गरेको छ। सजायको डरका कारण पनि कतिपय व्यक्तिस्वतन्त्रताको उपभोग गर्न डराउने भएकाले अप्रत्यक्षरूपमा यसले अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाइरहेको हुन्छ।
नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आइसकेको उक्त ऐनले कुनै कुरा प्रकाशन, प्र्रशारण वा प्रदर्शन गरे वा गराएमा हदैसम्मको जरिवाना हुनसक्ने व्यवस्था गरिएको छ।ऐनको दफा २५ (४)र (५) मा स्पस्टरूपमा कुनै सम्पादकले ऐनको उल्लिखित व्यवस्थाको प्रतिकूल हुनेगरी कुनै कुरा प्रकाशन गरेमा सजायको भागीदार हुने व्यवस्था गरिएको छ। सम्पादक नै सो मिडिया मालिक भएमा भने त्यस्तो सम्पादकलाई ऐनको कुनै कुराले पनि सजाय गर्न नरोक्ने व्यवस्था पनि गरिएको छ।
ऐनले विभिन्नखालका सेवा तथा सामग्री बिक्री वितरण र सार्वजनिक प्रदर्शनलाई नियमन गर्ने उद्देश्य राखेको छ। खासगरी जुवा, सट्टेबाजी, सार्वजनिक नैतिकताविरुद्धका सामग्रीको प्रकाशन तथा प्रदर्शन र हातहतियार एवं लागु औषधको विषयमा प्रकाशन र प्रदर्शन गर्न रोक लगाएको छ।
पूर्ण अभिव्यक्ति स्वतन्त्रता रहेको समाजमा कस्तो सामग्री छाप्ने वा नछाप्ने भन्ने निर्णय मिडिया सम्पादकले तय गर्न पाउनुपर्छ। त्यसैले संविधानको धारा १९ ले जुनसुकै सामग्री प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने सुनिश्चित गरिएको छ। कुनै विज्ञापन छाप्ने वा नछाप्ने भन्ने निक्र्यौल पनि सो मिडियाले नै गर्छ।
राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, संघीय एकाइहरूबीचको सुमधुर सम्बन्ध, नेपाली राष्ट्रिय झण्डा तथा राष्ट्रिय गानको अपमान, राष्ट्रिय विभूति तथा नेपालको लोगो वा नक्सा, देशद्रोह, गाली बेइज्जती, अदालतको अवहेलना, लैंगिक विभेदका लागि दुरुत्साहन तथा छुवाछूत, पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क तथा सोको प्रयोग एवं अन्य औद्योगिकसम्पत्तिको प्रयोगमाअनुमति तथा स्वीकृतिबिना गरिने कार्यलाई समेत यसमासमेटिएकोछ।
कसैले कुनै ऐतिहासिक स्थल तथा जनताको हिँडडुलको अधिकारलाई नकारात्मक असर गर्ने भएमा त्यस्तो कार्य गर्न अनुमति नदिइने व्यवस्था सो ऐनले गरेको छ भने सार्वजनिक स्थलमा अस्वाभाविकर अवाञ्छित प्रदर्शनसमेत रोक्न सकिने व्यवस्था ऐनमा छ। कुनैपनि विज्ञापनदातालाई स्थानीय निकायको अुनमतिमा मात्रै सार्वजनिक स्थल वा कुनैपनि होर्डिङ बोर्डमा विज्ञापन गर्न सकिने व्यवस्था ऐनमा गरिएको छ। विज्ञापनलाई नियमन गर्नेतवरले आएको यो व्यवस्था आफैंमा सार्वजनिक मर्यादाको हिसाबले अनुचित हुन सक्दैन तर त्यसले विज्ञापनको संस्कारलाई बिस्तारै कमजोर बनाउने उद्देश्य राखेको छ।
ऐनमा विदेशी टेलिभिजन च्यानल प्रशारणमा समेत विज्ञापन गर्न नपाइनेगरी क्लिन फिड पोलिसीको व्यवस्था गरिएको छ। यो व्यवस्थाअन्तर्गत विदेशी टेलिभिजन च्यानलहरूबाट प्रत्यक्ष वा रेकर्डेड विज्ञापनसमेत नेपालमा प्रशारण गर्न पाइने छैन। यो व्यवस्था लागु भएको एक वर्षपछि ऐनको व्यवस्था कार्यान्वयनमा आउनेगरी निर्धारण गरिएकालेनेपाली च्यानलहरूको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ। तर यस्तो व्यवस्थालाई आधार मानेर नेपाली टेलिभिजन च्यानलहरूमाथि पनि सरकारी नियन्त्रणको बाटो खुल्ने अवस्था आयो भनेचाहिँ त्यसबाट डरमर्दाे अवस्था आउँदैन भन्न सकिँदैन।
सरकारी निर्णयविरुद्ध बोल्न नपाउनु अभिव्यक्ति स्वतन्त्रताको सबैभन्दा ठूलो बाधा हो भने कुनै कुरा प्रकाशन वा प्रशारण गर्नपूर्व कुनै निकायले आदेश वा निर्देशन दिने कार्य आफैँमा पूर्वप्रतिबन्ध हो।
सो ऐनबमोजिम कुनै पनि व्यक्तिले कुनै वस्तु वा सेवाको प्रवद्र्धन गर्न तथा वर्तमान कानुनबमोजिम उपभोक्ताको अधिकारको समर्थनबाट विज्ञापन गर्न सक्छ। सो कानुनले स्थानीय निकायलाई कुनै धार्मिक, सांस्कृतिक स्थललाई ऐतिहासिक महत्वको स्थान घोषणा गर्न तथा कुनै शिक्षण तथा स्वास्थ्य संस्थालाई समेत विज्ञापन निषेधित स्थानका रूपमा घोषणा गर्न सक्नेछ।
यसैगरी कुनैपनि व्यक्तिले अर्काको सहमति तथा मन्जुरी नलिई मोबाइल तथा इमेलमा कुनै वस्तु वा सेवाको विषयमा विज्ञापन गर्न सक्ने छैन। यद्यपिसंघीय सरकार, प्रदेश सरकार वा स्थानीय निकायले दैवी प्रकोपको समयमा सार्वजनिक हितका लागि सचेतनाका रूपमा सार्वजनिक घोषणा तथा जानकारी गराउन सक्ने व्यवस्था ऐनमा छ।
विज्ञापन नियमनका लागि सरकारद्वारा नियुक्त आठ सदस्यीय विज्ञापन बोर्ड गठन गरिने र सो बोर्डले विभिन्न मिडियामा प्रकाशित हुने विज्ञापन नियमनका लागि प्रदेश र स्थानीय सरकारले समेत सम्बन्धित सरकारले नियमन गर्न सक्ने अधिकार दिइएको छ। यसबाट विज्ञापनको नियमनका नाममा मिडियामाथिसरकारले नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ। विज्ञापन नियमनका नाममा कुनै दिन सरकारी बक्रदृष्टि कुनै मिडियामा पर्न सक्दैन भन्न सकिँदैन।
पूर्ण अभिव्यक्ति स्वतन्त्रता रहेको समाजमा कस्तोसामग्री छाप्ने वा नछाप्ने भन्ने निर्णय मिडियाको सम्पादकले तय गर्न पाउनुपर्छ। त्यसैले संविधानको धारा १९ ले जुनसुकै सामग्रीको प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने सुनिश्चित गरिएको छ। कुनै विज्ञापन छाप्ने वा नछाप्ने भन्ने निक्र्यौल पनि सो मिडियाले नै गर्छ।
कुनै सामग्री प्रकाशन वा प्रशारण गर्दा होस् वा विज्ञापन नै प्रकाशन गर्दा किन नहोस्, मिडियाले पत्रकार आचारसंहिता तथा प्रचलित कानुनको उल्लंघन नहुनेगरी गर्नुपर्छ। तर यस्तो अधिकारलाई समेत सरकारले नियमन गर्ने, नियन्त्रण गर्ने, सम्पादकलाई तर्साएर स्वतन्त्रता खुम्च्याउने वा सो गर्नबाट रोक्ने काम कतैबाट गरिन्छ भने त्यस्तो कार्य कदापि संविधानले अंगीकार गरेको अभिव्यक्ति स्वतन्त्रताअनुकूलकोमान्न सकिँंदैन।
हाम्रो संविधानले अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रतालाई गंभीरताका साथ स्वीकार गरी प्रस्तावनामै अंगीकार गरिएको छ। स्वतन्त्र न्यायपालिकाको जुन हैसियत संविधानले प्रदान गरेको छ, प्रेस स्वतन्त्रताको त्यही हैसियत संविधानले स्वीकार गर्नुको अर्थ प्रेस स्वतन्त्रताका आधारभूत विषयवस्तुमाथि कतैबाट प्रहार नगरिने सुनिश्चितता पनि हो।
जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राजको अवधारणालगायतका लोकतान्त्रिक मूल्य/मान्यता समाजवादप्रति प्रतिबद्ध समाज निर्माणको आधारका रूपमा संविधानमा स्वीकार गरिएको छ। संविधानको धारा १७(१)(क) मा विचार र अभिव्यक्ति स्वतन्त्रता र धारा १९(१) मा विद्युतीय प्रकाशन, प्रशारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, दृश्य सामग्रीको प्रकाशन तथा प्रशारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध नलगाइने सुनिश्चित गरिएको छ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय एकाइबीचको सुसम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने, राजद्रोह, गाली÷बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन दिने कार्यलाई भने संविधानले नै अभिव्यक्ति स्वतन्त्रता र मिडिया स्वतन्त्रताका सीमाका रूपमा तोकिदिएको छ। यी सीमाबाहेक पनि अन्य सीमा तोक्ने वा अप्रत्यक्षरूपमा अभिव्यक्तिलाई संकुचन बनाउने कार्य अभिव्यक्ति स्वतन्त्रताको संकुचनका प्रयासहुन पुग्छन्।
यी सीमाभित्र रहेर स्वतन्त्रताको अभ्यास गर्ने क्रममा कुनै समाचार, लेख, सम्पादकीय रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रशारण गरे वा छापेबापत त्यस्तो सामग्री प्रकाशन, प्रशारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत नगरिनेसुनिश्चित गरिएको छ।
संकटकालमा बाहेक अन्य अवस्थामा राज्यले मिडियामा पूर्वप्रतिबन्ध लगाउन नपाउने र कुनै मिडिया संकटकालमा समेत जफत नगरिने व्यवस्था संविधानको धारा २७४(१०) मा सुनिश्चित गरिएबाटै मिडियामाथि सरकारी नियन्त्रणलाई संविधानले नै अस्वीकार गरिदिएको छ।
मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९तथा राजनीतिक तथा सामाजिक अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय अनुबन्ध, १९६६ को धारा १९ ले अभिव्यक्ति स्वतन्त्रतालाई आधारभूत मानव अधिकारका रूपमा स्वीकार गरेको छ। कतिपय अवस्थामा यी अधिकारलाई राज्यले समेत कमजोर वा संकुचन गर्न नपाउने व्यवस्था ती प्रावधानमा छ। राष्ट्रसंघका सदस्य राष्ट्रहरूले अप्ठ्यारो अवस्थामा समेत अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने कार्य गर्न नहुने आधारभूत सिद्धान्तहरू तय गरेको छ। त्यसैले त कुनै मुलुकको शासन व्यवस्था कस्तो छ भन्ने कुरा संयुक्त राष्ट्रसंघीय आयोगहरुले त्यो मुलुकको अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार एवं न्यायालयको स्वतन्त्रता कस्तो छ भन्ने आधारमा परिभाषित गर्ने गरेका पाइन्छ।
केहीदिनअघि सार्वजनिक भएको मिडिया अनुगमन प्रतिवेदनले नेपाली मिडिया गंभीर जोखिममा परेको निष्कर्ष सार्वजनिक भएको छ। मिडिया स्वतन्त्रताका सम्बन्धमा कार्यरत फ्रिडम फोरमले वर्षभरि भएका घटना सार्वजनिक गर्दै केही दिनअघि नेपाली मिडिया जोखिममा रहेको सार्वजनिक गरेको हो। मिडिया स्वतन्त्रतालाई संकुचन हुनेगरी बनाइएका कानुन, मिडियाकर्मीमाथि गरिएका हातपात, आक्रमण, धम्कीबाट मिडियामाथिको जोखिम बढेको र अन्ततोगत्वा अभिव्यक्ति स्वतन्त्रतामै खतरा बढेको फोरमको निष्कर्ष छ।
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको भरमा पक्राउ गरिने र लामो समय थुनामा राखिने, त्यस्तो कार्यका विरुद्ध सर्वाेच्च अदालतको आदेश पर्खनुपर्ने सरकारी रवैया र कुनै स्थानमा विरोध वा सभा गर्न नपाइनेलगायतका सरकारी रवैया अभिव्यक्ति स्वतन्त्रताका खतरा हुन।
कानुनबमोजिम अपराध हुनेबाहेकको अभिव्यक्ति दिन रोक लगाउनु, अभिव्यक्तिकै आधारमा धरपकड गरिनु वा गलत सरकारी काम कारबाही वा निर्णयका विरुद्ध बोल्दासमेत डण्डा बर्साउने, तर्साउने कार्य गरिनु गणतान्त्रिक शासन व्यवस्थाको चरित्रका व्यवहार होइनन्। सरकारी निर्णयविरुद्ध बोल्न नपाउनु अभिव्यक्ति स्वतन्त्रताको सबैभन्दा ठूलो बाधाहो भने कुनै कुरा प्रकाशन वा प्रशारण गर्नपूर्व कुनै निकायले आदेश वा निर्देशन दिने कार्य आफैँमा पूर्वप्रतिबन्ध हो। अभिव्यक्ति स्वतन्त्रता विरुद्धका कार्य कदापि लोकतान्त्रिक हुँदैनन्।
सूचना प्रविधिसम्बन्धी विधेयक यति बेला चर्चामा छ । कानुन निर्माण संसदको एकलौटी अधिकार क्षेत्रको विषय हो । आवश्यकता र औचित्यका आधारमा संसदले आवश्यक कानुन निर्माण गर्न सक्छ । तर यसको एउटा सर्त, त्यस्तो कानुन खास उद्देश्यका लागि असल नियतले ल्याइएको हुनुपर्छ ।
कुनै व्यक्ति, पद वा सत्ताको निहित स्वार्थपूर्तिका लागि कानुन निर्माण हुन सक्दैन । कानुन देश र जनताका लागि लेखिने हुँदा कानुन निर्माणको अख्तियारी सरकारलाई नभई जनताका प्रत्यक्ष प्रतिनिधिहरूलाई प्रदान गरिएको हो । विडम्बना, चर्चामा रहेको सूचना प्रविधि सम्बन्धी प्रस्तावित कानुन संसदले देश र जनताका लागिभन्दा पनि सरकारका लागि लेख्दै छ भन्ने देखिन्छ । यो कानुन सरासर नियन्त्रित समाज, नियन्त्रित प्रेस, नियन्त्रित लोकतन्त्र र नियन्त्रित कानुनी शासनतर्फ लक्षित छ ।
प्रचलित कानुन बमोजिम राज्यविरुद्धको अपराधमा हुने सजाय (स्मरण रहोस्, मुलुकी अपराध संहिताले राज्यविरुद्धको कसुरमा जन्मकैदसम्मको सजाय तोकेको छ, दफा ४९(५)क) अर्थात् जन्मकैदसम्मको अधिकतम सजाय प्रस्ताव गरी ल्याइन लागेको कानुनमा त्यस्तो सजाय तोक्ने निकाय भने सम्पूर्ण रूपमा गैरन्यायिक छ । प्रस्तावित कानुनको दफा ११५ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी यस ऐन बमोजिमका मुद्दाको सुरु कारबाही र किनारा गर्न एक जना कानुन सदस्य, एक जना सूचना प्रविधि सदस्य र एक जना वाणिज्य सदस्य रहने गरी तीनसदस्यीय सूचना प्रविधि अदालत गठन गर्ने उल्लेख छ । सरकारको सूचनाबाट फौजदारी कसुरमा व्यक्तिलाई जन्मकैदसम्मको सजाय निर्धारण गर्न सक्ने अदालत वा यस्तै नामको निकाय गठन गर्ने काम सायद आधुनिक लोकतन्त्रको अभ्यासमा अहिलेसम्म कहींकतै भएको छैन ।
अदालतको बनोट र गठन सम्बन्धी व्यवस्था हास्यास्पद मात्र नभई अत्यन्त खतरनाक र आपत्तिजनक पनि छ । नेपालको संविधानले न्याय सम्बन्धी काम न्यायिक निकायबाट मात्र सम्पादन हुने उल्लेख गरेको छ । खास किसिम र प्रकृतिका मुद्दाहरूका लागि विशिष्टकृत अदालत, न्यायिक निकाय वा न्यायाधिकरणको स्थापना र गठन कानुन बमोजिम हुन सक्ने व्यवस्था संविधानले गरेको देखिन्छ (धारा १५२) । तर जन्मकैदको कुरा त परै छाडौं, सामान्य फौजदारी कसुरमा पनि सजाय निर्धारण गर्न सक्ने निकाय गैरन्यायिक र गैरकानुनी हुन सक्छ भनी संविधानले परिकल्पना गरेको छैन । विशेष प्रकृतिका अदालत र विशिष्टकृत अदालत पृथक् अवधारणा हुन् ।
संविधानले न्यायिक निकायकै रूपमा गठन हुने सर्तमा विशिष्टकृत अदालतको स्थापनालाई अनुमति दिएको हो । तर, विशेष प्रकृतिका अदालतको गठन संविधानतः निषेधित कार्य हो । त्यही भएर १ वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी कसुर सम्बन्धी मुद्दा ‘अन्य निकाय’ को अधिकार क्षेत्रमा नपर्ने भनी संविधानले किटानी गर्नुपरेको हो । विवादित कानुनमा प्रस्ताव गरिएको अदालत अन्य निकायभित्रको संरचना हो । यो न्यायिक, विशिष्टकृत वा न्यायाधिकरणको परिभाषाभित्रको अदालत होइन, आलोचकहरूलाई तह लगाउनका लागि तयार पारिएको सरकारद्वारा गठन हुने खास संरचना मात्रै हो । यस्तो गैरन्यायिक निकायबाट आफ्ना नागरिकलाई जन्मकैदसम्मको सजाय गर्न छुट दिने अख्तियारी संसदले राख्न सक्दैन । त्यस्तो संसद जनताको प्रतिनिधित्व गर्ने सभा कहलाउन पनि सक्दैन । संसद संविधान, कानुन र जनताप्रति जवाफदेही हुन्छ, न कि सरकारप्रति । सरकारको निर्देशनमा चल्ने संसद जनताको संसद हुनै सक्दैन ।
धेरै अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी दस्तावेजलाई अनुमोदन र समर्थन गर्ने एसियाली राष्ट्रहरूमा नेपाल अग्रणी स्थानमा छ । तीमध्ये नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध एउटा महत्त्वपूर्ण मानव अधिकार दस्तावेज हो, जसलाई नेपालले १४ मे १९९१ मा बिनाकुनै आरक्षण अनुमोदन गरेको थियो । यो अनुबन्धको धारा १४ ले प्रस्ट रूपमा कानुनद्वारा स्थापित सक्षम, स्वतन्त्र तथा निष्पक्ष न्यायिक निकाय/न्यायाधिकरणबाट मात्र कुनै व्यक्तिविरुद्धको कुनै फौजदारी अभियोग निर्धारण गर्न सकिने उल्लेख गरेको छ ।
कानुन र न्याय सम्बन्धी कुनै औपचारिक ज्ञान, तालिम वा विशेषज्ञता नै नभएको एउटा साधारण सूचना प्रविधि व्यक्ति र वाणिज्य विषयको व्यक्तिले कुनै व्यक्तिलाई जन्मकैदसम्मको सजाय कसरी निर्धारण गर्न सक्छ ? त्यस्तो निर्णय कसरी न्यायोचित हुन सक्छ ? संसदको सार्वभौम समितिले यो हदसम्मको कानुन पारित गर्दा प्रचलित संविधान, कानुन र नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष लिखित रूपमा व्यक्त गरेका प्रतिज्ञाहरूलाई किन स्मरण गर्न सकेन ? के नेपालको संसद र यसका समितिहरू सरकार नियन्त्रित र निर्देशित निकायमा परिणत भैसकेका हुन् ? अबका दिनमा संसदले यो कानुनलाई अस्वीकार गरेर मात्र जनतालाई सन्तुष्ट पार्न सक्छ ।
अदालत गठन सम्बन्धी व्यवस्था मात्र होइन, प्रस्तावित कानुनमा व्यक्तिका गोपनीयता, संविधानले प्रत्याभूत गरेको भिन्न मत राख्न पाउने वैयक्तिक स्वतन्त्रता, सरकार र यसका क्रियाकलापसँग असहमत हुने स्वतन्त्रता, सरकार, सार्वजनिक निकाय र यसका पदाधिकारीहरूको आलोचना गर्न पाउने स्वतन्त्रता जस्ता संविधान र स्वीकृत लोकतन्त्रले अंगीकार गरेका व्यक्तिका न्यूनतम प्रत्याभूतिलाई समेत पूर्णतः संकुचित र निषेधित गरिएको छ । यो कानुन यस्तै रूप र रंगमा संसदले पारित गरेमा हाम्रो मुलुकमा लोकतन्त्र र वैयक्तिक स्वतन्त्रता नामको कुनै चीज बाँकी रहनेछैन, त्याग र बलिदानबाट प्राप्त खुला समाज र खुला लोकतन्त्रको अवसान हुनेछ । प्रस्तावित कानुनमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको अवधारणा पनि अत्यन्त खतरनाक छ । ‘राष्ट्रिय स्तरमा सबै किसिमका तथ्याङ्क संकलन गरी डाटा डिपोजिटरीको समेत काम गर्न सूचना बैंकको रूपमा कार्य गर्ने’ अख्तियारी केन्द्रलाई प्रदान गरिएको छ । यस्तो असीमित र अनियन्त्रित अधिकार विधिको शासनको प्रतिकूल मानिन्छ । तर, यो कानुनमा तिमी जतिसुकै माथि होऊ, तिमीभन्दा माथि कानुन छ भन्ने विधिको शासनको मर्मलाई पूर्णतः बेवास्ता गरिएको छ ।
अर्को खतरनाक व्यवस्था बाधा–अड्काउ फुकाउने सम्बन्धी अधिकार हो । संसदले बनाएको कानुनको सार्वभौमिकता संसदमै निहित हुन्छ । संविधान अनुसार कानुन बनाउने सर्वोच्च निकाय संसद मात्र हो । यसरी निर्माण भएको कानुनको अन्तिम व्याख्याता अदालत हुन्छ । संसदले प्रदान गरेको प्रत्यायोजित अधिकार अन्तर्गत सरकारले नियमहरू बनाउन सक्छ । त्यस्ता नियम संविधान, संसद र संसदीय कानुन अधीनस्थ हुन्छन् । संविधान तथा राजनीतिशास्त्रमा यति स्पष्ट रहेको यो मान्यतालाई पूरै बेवास्ता गर्दै सरकारले प्रस्तुत विवादित कानुनको व्याख्या गर्ने अधिकारसमेत आफूमा निहित गरेको छ । कानुन कार्यान्वयनमा कुनै बाधा–अड्काउ आएमा त्यस्तो बाधा–अड्काउ फुकाउने अधिकार नेपाल सरकारलाई हुने उल्लेख छ (दफा १२९) । यसबाट कुन नियत र सोचका साथ सरकारले यो कानुन अगाडि बढाएको छ, छर्लङ्ग हुन्छ ।
नेपाल त्यस्तो राष्ट्रको श्रेणीमा पर्छ, जसले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता (धारा १७ (२)क), सूचनाको हकको स्वतन्त्रता (धारा २७) र सञ्चारको हकको स्वतन्त्रता (धारा १९) लाई छुट्टाछुट्टै मौलिक हकका रूपमा मान्यता दिएको छ । विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको चीरहरण पटक–पटक हुने गरेका सन्दर्भमा संविधानमा धेरै स्पष्टताका साथ यी स्वतन्त्रतालाई संरक्षण गर्न खोजिएको देखिन्छ । सरकारका पटक–पटकका यस्ता हर्कतले नेपाली समाजले लामो समयदेखि अंगीकार गर्दै आएको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासहितको खुल्ला समाजको अन्त्य त हुने होइन भन्ने सन्देह पैदा गराएको छ । निश्चय नै, सबै अधिकार सापेक्षित नै हुने हुँदा स्वतन्त्रताको उपभोगमा उचित बन्देज लगाउने गरी कानुन बनाउन नसकिने होइन, तर त्यस्तो प्रतिबन्धको आधार संविधानमा लेखिएका कुराहरूमध्ये कुनै कार्य गर्नबाट रोक लगाउने उद्देश्यले अभिप्रेरित भएको हुनुपर्छ ।
संविधानद्वारा प्रत्याभूत अधिकारको उपभोगमा बन्देजहरू लगाउँदा केही निश्चित सर्तको पालना अनिवार्य रूपमा गरिएको हुनुपर्छ । उदाहरणका लागि, त्यस्ता बन्देजहरू उचित र तर्कसंगत हुनुपर्छ । अवलम्बन गर्न खोजिएको बन्देज लोकतान्त्रिक समाजका लागि सुहाउने खालको हुनुपर्छ । त्यस्ता बन्देजहरू समानुपातिकताको सिद्धान्तसँग मेल खाने हुनुपर्छ । त्यस्ता बन्देजहरू कानुनको अख्तियारी अन्तर्गत अवलम्बन गरिएको हुनुपर्छ । त्यस्ता बन्देजहरू लगाउनुपूर्व औपचारिक रूपमै संकटकालीन अवस्थाको घोषणा गरिएको हुनुपर्छ । सामान्य अवस्थामा संविधान तथा कानुनले सुनिश्चित गरेका विशेष प्रकारका अधिकारहरूको उपभोगमा कुनै पनि प्रकारको हस्तक्षेप वा बन्देज स्वीकार्य नहुने अधिकार सम्बन्धी विश्वव्यापी मान्यता हो । जसलाई नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा ४ ले समेत स्पष्ट रूपमा उल्लेख गरेको छ ।
अन्त्यमा, राजनीतिमा आफूले खनेका खाल्डामा आफै उत्तानो परेका धेरै दृष्टान्त छन् । यो सरकार र संसदले एक कार्यकालका लागि जनादेश प्राप्त गरेको हो । अर्को कार्यकालका लागि जनताले कसलाई जनादेश दिन्छन्, आजै भन्न सकिँदैन । जुन उद्देश्यका लागि यो कानुन चाहियो भनिएको छ, त्यो उद्देश्य भैरहेकै कानुनबाट सजिलै प्राप्त गर्न सकिन्छ । सरकार र संसदले बुझ्नुपर्यो, विद्युतीय माध्यमको प्रयोगमा केही तलमाथि भएकै भन्ने आधारमा आफ्ना नागरिकलाई जन्मकैदको सजाय दिनु ठट्टाको विषय होइन ।
सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक जोखिममा पारेको भन्दै विरोध भइरहँदा संसद्मा दर्ता भइसकेको अर्काे विधेयकले गोपनीयताको हक हनन गर्ने चिन्ता बढेको छ । नेपाल विशेष सेवा विधेयकमा राष्ट्रिय अनुसन्धान विभागले कसैको अनुमतिविना नै जोसुकै व्यक्तिको फोन गोप्य रूपमा सुन्न र रेकर्ड गर्न सक्ने प्रावधान राखिएको छ ।
विशेष सेवा गठन र सञ्चालनसम्बन्धी विधेयक पारित भएमा सरकारी अधिकारीले निगरानीमा राख्न चाहेका व्यक्तिको फोन सुन्न, रेकर्ड गर्न र इमेल पढ्न सक्नेछन् । विधेयकको दफा १० भन्छ, ‘संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएको कुराकानी श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी र अनुगमन र इन्टरसेप्सन गर्न र अभिलेख गर्न सक्नेछ ।’
स्पष्टीकरणमा भनिएको छ, ‘इन्टरसेप्सन भन्नाले सञ्चार सञ्जाललाई अनुगमन र निगरानी गरी आवश्यकताअनुसार विषयवस्तु प्राप्त गर्ने कार्य सम्झनुपर्छ ।’ यो व्यवस्थाअनुसार सञ्चार सञ्जाल अर्थात् टेलिफोन, इमेल, सामाजिक सञ्जालमा भएका संवादका विषयवस्तु गुप्तचरहरूले प्राप्त गर्न पाउनेछन् ।
संदिग्धको मात्र फोन रेकर्ड गर्ने र इमेल, एसएमएस पढ्न सक्ने गरी यो कानुन निर्माण गर्न थालिएको हो । तर, को संदिग्ध हो भन्ने तय गुप्तचर विभाग (राष्ट्रिय अनुसन्धान विभाग)का अधिकारीहरूले गर्नेछन् । यो विषयलाई अझ स्पष्ट पार्दै यही दफाको उपदफा (२) मा भनिएको छ, ‘अनुसन्धानमा खटिएका अधिकृतले मुख्य अनुसन्धान निर्देशकको स्वीकृति लिई त्यस्तो कम्प्युटर, टेलिफोन, मोबाइल फोन, इन्टरनेट वा दूरसञ्चारमाध्यम वा सोबाट भएको दूरसञ्चारसम्बन्धी विवरण, संकेत वा सूचना उपलब्ध गराइदिन सम्बन्धित अधिकारी, निकाय वा सेवाप्रदायकलाई अनुरोध गर्नुपर्नेछ ।’
गुप्तचरका हाकिमले आवश्यक ठानेमा अथवा रुचि लागेमा संदिग्ध भनेर प्रतिपक्षी दलका नेता, नागरिक अगुवा, सरकारकै मन्त्री वा सुरक्षा निकाय र निजामतीका प्रतिस्पर्धीको पनि फोन रेकर्ड गर्ने, इमेल–एसएमएस पढ्ने सम्भावना हुन्छ । व्यक्तिको गोपनीयता हनन गर्ने गरी सरकारले यस्तो कानुन ल्याउन थालेको छ । यो कानुन राष्ट्रियसभामा विचाराधीन छ ।
भारतमा प्रतिपक्षी नेतादेखि बलिउड स्टार अमिताभ बच्चनसम्मको फोन ट्याप
फोन ट्यापिङको विवाद विश्वभरि नै छ । यस्तो अधिकारलाई सत्तापक्षले सधैँ दुरुपयोग गर्दै आएको छ । छिमेकी भारतमा यससम्बन्धी दर्जनौँ विवाद छन् । बेंग्लोरमा तत्कालीन कंग्रेस–जनता दल (एस) सरकारले प्रतिपक्षी दलका नेताहरूको फोन ट्यापिङ गरेको विषयमा अहिले अनुसन्धान भइरहेको छ । फोन ट्यापिङको केही अंश बाहिरिएपछि छानबिन थालिएको हो । बेंग्लोरका तत्कालीन प्रहरी प्रमुखमाथि त्यस विषयमा छानबिन भइरहेको छ । त्यस्तै, प्रतिपक्षी नेतादेखि बलिउड स्टार अमिताभ बच्चनसम्मको फोन ट्याप भएको थियो । एउटा निजी कम्पनीले सुरक्षा संयन्त्रलाई प्रभावित गरेर फोन ट्याप गराएको थियो । भारतमा अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन गर्ने सिबिआई, आइबी, दिल्ली पुलिस, डिआरईलगायतलाई यस्तो अधिकार छ । तर, अनुसन्धान अधिकारीहरूले यो सुविधाको दुरुपयोग गरेको भन्दै विवाद हुँदै आएको छ । बेलायतमा फोन इन्टरसेप्सन दुरुपयोग रोक्न विपक्षी दलको नेतासमेत रहेको संसदीय समिति गठन गरिएको छ । त्यसका बाबजुद पनि सत्तापक्षले यस्तो कानुनको दुरुपयोग गरेको भन्दै विरोध हुँदै आएको छ । अमेरिकामा पनि फोन ट्यापिङको विवाद पटक–पटक बाहिर आउने गरेको छ । प्रतिआतंकवाद कार्यक्रमअन्तर्गत सरकारले लाखौँको फोन ट्यापिङ गरेपछि सन् २०११ मा अमेरिकामा समेत विवाद भएको थियो । अमेरिकामा अदालतको आदेशमा फोन ट्यापिङ गर्न मिल्ने व्यवस्था छ ।
भारतमा चार वर्षअघि खारेज भएको कानुन नेपाली संसदमा
सामाजिक सञ्जालमा आलोचनालाई सरकारले गाली–बेइज्जती मान्न सक्छ र जेल पठाउन सक्छ, भारतको उदाहरण यस्तो छ:
भारतमा सन् २००० मा सूचना प्रौद्योगिकी अधिनियम (सूचना प्रविधि ऐन) बन्दा नागरिक समाज र मिडियाले खासै ध्यान दिएका थिएनन् । जब कि, यो ऐनको धारा–६६ (क) मा लेखिएको थियो, ‘कुनै सूचना जो अत्यधिक आक्रामक वा धम्कीपूर्ण छ, त्यस्तो सूचना झुटो हो भन्ने जान्दाजान्दै अपमान, क्षति वा आपराधिक मानसिकताबाट शत्रुता, घृणा वा वैमनस्यता फैलाउनका लागि कम्प्युटर वा अन्य संसाधनबाट फैलाएमा दण्ड हुनेछ ।’ यस्तो कानुनमा धेरैले आपत्ति मानेका थिएनन् ।
अहिले नेपालमा सरकारले ल्याएको सूचना प्रविधि विधेयकमा यस्तै दण्ड–जरिवानाको व्यवस्था भए पनि कतिपयले भनेका छन्, ‘म यस्तो अपराध गर्ने होइन, मलाई यो कानुनसँग डर छैन ।’ तर, सत्ताले कानुनको कसरी दुरुपयोग गर्छ भन्ने सन् २०१२ को मुम्बईको एउटा घटनाले देखाउँछ । १७ डिसेम्बर ०१२ मा शिवसेनाका नेता बाल ठाकरेको निधनपछि उनका कार्यकर्ताले पूरै मुम्बई बन्द गराएका थिए ।
त्यहीबीचमा २१ वर्षीया साहिन फारुकले फेसबुकमा लेखिन्, ‘दिनहुँ हजारौँ मान्छे मरिरहेका हुन्छन्, तैपनि संसार चलिरहेकै छ । मात्र एकजना राजनीतिज्ञ मरे, स्वाभाविक मृत्यु । हेर्छु, जो–कोही पागल बनिरहेका छन् । सम्मान आर्जन गरिन्छ, बलजफ्ती गरेर पाइँदैन । आज मुम्बई बन्द भएको छ । यो सम्मानले होइन, डरले हो । हामी त अहिले पनि भगत सिंह र सुकदेवलाई सम्झिरहेका छौँ ।’
साहिनले आलोचना गरेकी थिइन्, अपराध होइन । तर, दुस्मनी र घृणा फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गर्यो । उनलाई मात्र होइन, उनको स्ट्याटस लाइक गर्ने मुम्बईकै रेणु श्रीनिवासनलाई पनि १४ दिन हिरासतमा राखियो । यो विषयले भारतभर बहस ल्यायो । सबैभन्दा चर्को र व्यवस्थित रूपमा प्रेस काउन्सिल अफ इन्डियाका प्रमुख मार्कण्डेय काट्जुले विरोध गरे । पूर्वन्यायाधीश काट्जुले महाराष्ट्र सरकारलाई पत्र लेखेर भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई हाम्रो संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । तर, साहिन र श्रीनिवासनको गिरफ्तारी आफैँमा एक आपराधिक कार्य हो । निर्दोषलाई पक्रेर सरकारले अपराध गरेको छ ।’ यो बहस बढ्दै जाँदा सर्वोच्च अदालतमा मुद्दा पर्यो र सो विवादास्पद दफा खारेज भयो । भारतमा चार वर्षअघि नै खारेज भइसकेको दफा अहिले नेपाल सरकारले संसद्मा पुर्याएको छ ।
संसद्भित्र हाम्रो संघर्ष
०७५ फागुन २ गते संसद्मा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भयो । विधेयकमाथि छलफलमा भाग लिँदै गर्दा फागुन १० गतेको प्रतिनिधिसभा बैठकमा भनेको थिएँ, ‘संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने मनसायसाथ विधेयकमा जे–जस्ता प्रावधान राखिएका छन्, यो सदनमा छलफल गरेर मात्रै सच्चिन सक्ने अवस्था छैन, जनदबाब आवश्यक छ ।’ सञ्चारमन्त्रीले त्यतिवेला सदनमा भन्नुभयो, ‘मान्छेको शरीरमा कुकुरको टाउको जोडेर पोस्ट गर्न पाइन्छ ? विधेयक सामाजिक सञ्जाललाई मर्यादित बनाउन हो, बन्द गर्न होइन ।’ धेरैलाई भ्रम पर्यो होला, त्यस्तै केही गतिविधिलाई नियमन गर्न सरकारले विधेयक ल्याएको हो भने ठीकै पो हो कि ! तर, वास्तविकता त्यस्तो थिएन । यो विधेयक व्यक्तिको विचार अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्नका लागि थियो । यसको अन्तरवस्तु बुझेर त्यतिवेलै रोक्न नसक्दा संसद्ले विधेयकको प्रक्रिया अगाडि बढायो ।
फागुन १३ गते मलगायत कांग्रेसका सांसदले विधेयकका ३२ वटा आपत्तिजनक दफामा संशोधन दर्ता गरायौँ । संशोधनसहितको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा गयो । असार १ गतेको प्रतिनिधिसभाको बैठकमा मैले पुनः यस विषयमा भनेको थिएँ, ‘सरकारको संरक्षणमा जति पनि गाली गर्न पाइने, तर सरकारलाई मन नपरे जसलाई जहाँ पनि जिस्क्याउने, होच्याउने नाममा पाँच वर्ष जेल हाल्न पाउने गरी गलत मनसायसाथ ल्याइएको सूचना प्रविधि विधेयकविरुद्ध उठौँ, जागौँ, बोलौँ, लेखौँ र जनमत निर्माण गरौँ । अन्यथा यो नागरिकको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध प्रयोग गर्ने सरकारको ठूलो हतियार हुनेछ ।’ त्यतिवेला पनि सशक्त रूपमा आमचासो र दबाब भएको भए सायद सरकार र संसद्ले पेलेर अगाडि बढाउन सक्दैनथ्यो ।
समितिले गठन गरेको उपसमितिले छलफल प्रारम्भ गर्यो । उपसमितिले संशोधनकर्ता, विज्ञ तथा सरोकारवालासँग राय पनि लियो । सरकारले गलत नियतसाथ पेस गरेका प्रावधानको सूक्ष्म अध्ययन र विश्लेषण गर्नुपर्ने थियो, तर प्रत्येक दफामा हुने छलफललाई दलीय आँखाले हेरियो, गहन छलफल हुन सकेन । कांग्रेस सांसद विधेयक सच्याउन लड्नुभयो, फरक मत राख्नुभयो । समितिले केही दिन त रोक्यो, तर फेरि पनि आमतहमा जुन चासो रहनुपर्ने थियो, त्यो हुन नसकेपछि उपसमितिले बहुमतबाट प्रतिवेदन समितिमा पठायो । समितिमा फेरि छलफल भयो, तर कांग्रेसको असहमतिका बाबजुद समितिले पुस १३ गते बहुमतबाट विधेयकमा प्रस्तावित सजायलाई थप बढाएर पारित गर्यो । सरकारले जस्तै समितिले पनि स्पष्ट सन्देश दियो– ‘सरकार जहाँ छ, समिति त्यहाँ छ, तिमीहरू बोल्दै गर, सरकार र समिति आफ्नो काम गर्छ, कि त तिमीहरू सरकारको लय, भाषा, चाहना र शैलीअनुसार बोल, नत्र तिमीहरू बोल्नुको कुनै अर्थ छैन ।’
दबाब दिने अन्तिम मौका
संसद्मा विधेयक दर्ता भएको झन्डै ११ महिना पुग्न लाग्दा बल्ल यो विषय आमचासोको विषय बनेको छ । जनस्तरबाट सशक्त दबाब सिर्जना भएन भने केही समयमा विधेयक ऐन बन्नेछ । अब प्रतिनिधिसभामा प्रतिवेदनसहितको विधेयक प्रस्तुत हुँदा पनि हामी लड्नेछौँ, तर हाम्रो आवाजलाई बहुमतको बलमा कमजोर बनाइनेछ र पारित गरेर राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभामा त्यही अवस्था दोहोरिनेछ, कांग्रेसका सांसदले असहमति प्रकट गर्नेछन्, बहुमतले पेलेर पारित गरिनेछ । जनदबाब पुग्यो भने विधेयक सच्याउने मौका अझै बाँकी छ । अन्यथा, संसद्भित्रको हाम्रो अंकगणितले यो विधेयक रोकिँदैन । सरकार आफ्नो नियतमा प्रस्ट छ र संसद्भित्रको बहुमत त्यसलाई वैधानिकता दिन तम्तयार भएर बसेको छ । अर्कोतर्फ आफ्नै पार्टीमा बहुमत/अल्पमतमा अल्झिएको कांग्रेस स्वयंले बहुमतले पारित गर्न पाइन्न भनेर संसद्मा दबाब दिन कति सक्ला ?
कुनैवेला आलोचना गर्ने मुख बन्द गर्न राजा ज्ञानेन्द्रले फोन काटेका थिए, रेडियोमा समाचार बन्द गरेका थिए, पत्रपत्रिकामा सेन्सरसिप लगाएका थिए, बन्दुकका नाल तेर्स्याएर कलममा बिर्को लगाउन लगाए । इतिहास साक्षी छ, फोन काट्दै गर्दा न फोन बन्द भयो, न आलोचना गर्ने मुख नै बन्द भयो, न विचार रोकियो, न अभिव्यक्ति, बरु बन्द गर्नेहरू नै सदाका लागि बन्द भए ।
मन्त्रीहरू आलोचनात्मक चेत राख्नेलाई भनिरहनुभएको छ, ‘विधेयक नपढी विरोध गर्ने ?’ मन्त्रीज्यू हामीले त पढेरै विरोध गरेका छौँ । बरु तपाईंको कुरा सुनेर विरोध नगरेकाहरूले पनि विधेयकको प्रस्तावनादेखि दफा १३१ सम्मका व्यवस्थालाई एकपटक पढून् र आफैँलाई प्रश्न गरून् । के विधेयकमा भएका विषयवस्तु सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने गरी छन् वा यसको नियन्त्रण गर्ने मनसायबाट अभिप्रेरित ? विधेयकमा भएका प्रावधानले विचार अभिव्यक्तिको स्वतन्त्रता र प्रतिष्ठाको रक्षा गर्छ कि त्यसमाथि हस्तक्षेप ? व्यक्तिको सिर्जनशीलतालाई प्रवर्द्धन गर्छ कि बन्देज ?
फेरि पनि मेरो आग्रह छ, अझै समय घर्किसकेको छैन, यो कांग्रेसको विषय मात्र होइन, पत्रकारको र सामाजिक सञ्जाल प्रयोगकर्ताको मात्र पनि होइन । यो नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको आमचासोको विषय हो । त्यसैले नागरिक स्तरबाटै प्रतिरोध गरौँ र रोकौँ । हेक्का रहोस्, यो विधेयक ऐन बने सरकारी फौजी मिडिया र सरकार संरक्षित ‘अरिंगाल’बाहेक यसले कसैलाई छाड्ने छैन । कसैमा ‘मलाई के फरक पर्छ र’ भन्ने लागिरहेको छ भने जर्मन पास्टर मार्टिन निमोलरले भनेजस्तै जब यो ऐनको दफामा टेकेर जो–कोहीको मुख बन्द गर्न खोजिनेछ, कलम बन्द गर्न खोजिनेछ, कम्प्युटर, ल्यापटप र मोबाइल बन्द गर्न खोजिनेछ अनि त्यो वेला तपाईंको बारेमा बोलिदिने कोही बाँकी हुने छैन । यसरी नै प्रत्येकपटक बहुमतको बलमा संविधानविपरीत निर्णय गर्दै जाने र त्यस किसिमको व्यवहारको प्रतिरोध नगर्ने हो भने हामी इतिहासका उल्टा भोगाइहरू सामना गर्न फेरि पनि तयार भएर बसे हुन्छ ।
यसकारण विधेयक स्वतन्त्रताविरोधी
१. सरकारलाई नियन्त्रणको असीमित अधिकार, तर नागरिकको अधिकारलाई असीमित बन्देज : अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकारको आत्मा हो । नेपालको सन्दर्भमा मात्र होइन, विश्वव्यापी रूपमै अभिव्यक्ति स्वतन्त्रताबाट अन्य अधिकारको सूचीमा प्रवेश गरिन्छ । यो कसैले दिने वा लिने विषय होइन र लोकतान्त्रिक प्रणालीमा सरकारले यसलाई कुनै पनि बहानामा खोस्ने वा संकुचित गर्ने परिकल्पना पनि गरिँदैन । निश्चय पनि स्वतन्त्रताको प्रयोग गर्दै गर्दा ‘सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक सद्भावलगायत समाजका आधारभूत कुरामा हानि नपुगोस् र व्यक्तिको आत्मसम्मानको हकमा ठेस नपुगोस् भनेर मनासिब प्रतिबन्ध लगाउन संविधानमा नै व्यवस्था गरिएको हुन्छ । यसअनुरूप कानुन बनाउँदै गर्दा मौलिक हकमाथिको बन्देजको दायरालाई फराकिलो बनाउने र नागरिकको स्वतन्त्रतालाई संकुचित बनाउने गरी बनाउन पाइँदैन । तर, विधेयकमा ती स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गरिएको छ । विधेयकको दफा ९१ देखि ९४ सम्म रहेको सामाजिक सञ्जालसम्बन्धी व्यवस्थाले सामाजिक सञ्जालको माध्यमबाट प्रयोग भइरहेको अभिव्यक्ति स्वतन्त्रतालाई मनासिब होइन, पूर्ण प्रतिबन्ध लगाउँछ । जुन संविधानको मर्मविपरीत हो । एकपटक विधेयकको दफा ९४ हेरौँ– उपदफा (१) को ‘ग’मा सामाजिक सञ्जालबाट व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, धम्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पर्ने आशयले सन्देश सम्प्रेषण गर्न नहुने उल्लेख छ । यसो गरेमा कसुरदारलाई १५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय प्रस्तावित विधेयकमा छ ।
विचार र अभिव्यक्तिको स्वतन्त्रता के हो भन्ने विषयमा धेरै व्याख्या गर्न आवश्यक छैन । तर, विचार र अभिव्यक्ति स्वतन्त्रता कस्तो अवस्थामा रोक लगाउने भन्नेमा प्रस्ट हुन आवश्यक छ । जे. एस. मिलले भनेका छन, ‘कुनै पनि विचार वा अभिव्यक्तिले प्रत्यक्ष र तत्काल कसैलाई हानि गर्छ भने मात्र त्यस्तो अभिव्यक्तिमा प्रतिबन्ध लगाउन सकिन्छ । मिलको ‘हार्म थ्यौरी’मा ‘हानि’ भन्नाले प्रत्यक्ष रूपमा अभिव्यक्तिका कारण कुनै व्यक्तिको अधिकारमा हानि पुग्नु हो । यसमा दुईटा पक्ष महत्वपूर्ण छन् । एउटा राज्यका विरुद्ध हुने अभिव्यक्ति, जसमा पुलिसजस्तो कानुन कार्यान्वयन एकाइले मुद्दाको अनुसन्धान र अभियोजन गर्छ, अर्को व्यक्तिको अधिकार हानि हुने अभिव्यक्ति । कुनै व्यक्तिलाई लाग्यो कि उसको अधिकार हनन भएको छ, त्यसमा व्यक्ति स्वयं अदालत जाने हो र त्यस्तो हानि भएको प्रमाणको भार व्यक्ति स्वयंमा हुन्छ । व्यक्ति–व्यक्तिबीचको विवाद कदापि ‘सरकावादी फौजदारी’ मुद्दा हुँदैन । अब यो विधेयकको दफा ९४को भाषा हेरौँ– जिस्क्याकाउने, होच्याउने, धम्क्याउने, हतोत्साही गर्नेजस्ता शब्दावलीको कुनै स्पष्ट परिभाषा छैन । जिस्क्याएको केलाई मान्ने, आपत्तिजनक भनेर कसले ठहर्याउने ? निरन्तर भनेको के हो ? के सरकारको कुनै निकाय वा व्यक्तिलाई कुनै विषयवस्तु जिस्क्याएको भन्ने लाग्यो भने त्यो कसुरदार ठहरिने हो ? कुन अवस्थामा पुगेपछि कुनै पनि अभिव्यक्तिले घृणा, द्वेष अपहेलना उत्पन्न गर्छ भनेर मान्ने ? यत्तिकै आत्मपरक शब्दको भरमा अभिव्यक्तिलाई बन्देज गर्न पाइँदैन । यस सन्दर्भमा लगभग हाम्रोजस्तै अस्पष्ट भाषा रहेको भारतीय ‘सूचना प्रविधि ऐन २०००, दफा ६६ (ए)’ भारतको सर्वोच्च न्यायलयले २०१५मा श्रेया सिंघलविरुद्ध केन्द्रीय सरकारको मुद्दामा असंवैधानिक भनेर खारेज गरेको स्मरणीय छ ।
ज्यान मार्ने उद्योग गरेमा १० वर्ष र एक लाख जरिवाना, जबर्जस्ती करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय छ, तर जिस्क्याएमा, हतोत्साही गरेमा पाँच वर्ष जेल र १५ लाख जरिवाना । एकपटक सोच्नुहोस् त, यी शब्दको व्याख्या कसरी होला, अनि यो प्रावधानको कति दुरुपयोग होला ?
२. गाली बेइज्जती एउटै कसुरमा दुई किसिमको सजाय : गाली बेइज्जती कसैले कसैलाई पनि गर्न पाइँदैन । यस्तो कृत्यमा संलग्न जो–कोही कारबाहीको दायरामा आउनुपर्छ । अदालतले तोकेअनुसार सजाय भोग्नुपर्छ भन्नेमा विमति छैन । गाली बेइजजती के हो, के होइन भन्ने सन्दर्भमा फौजदारी संहिताले परिभाषित गरेको छ । मुलुकी अपराध संहिताको गाली बेइज्जतीसम्बन्धी व्यवस्था दफा ३०७ बेइज्जती गरेमा हुने सजायको उपदफा (१)मा कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवामा वा दुवै सजाय हुनेछ । तर, विद्युतीय वा अन्य आमसञ्चार माध्यमबाट कसैले कसैलाई बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ भन्ने स्पष्ट व्यवस्था छ । सोही दफाको उपदफा २ले कसुरदारबाट मनासिब क्षतिपूर्ति र मुद्दामा लागेको खर्च कसुरदारबाट भराउनुपर्ने उल्लेख छ । अभ्यास गर्ने क्रममा नजिरसमेत स्थापित भएका छन् । यसबारे थप व्याख्या आवश्यक भए ती कानुनमा नै स्पष्ट गर्न सकिन्छ । त्यो कानुन यही संसद्ले बनाएको हो । यति कुरा सरकारलाई थाहा नभएको होइन, तैपनि सूचना प्रविधि विधेयकमा यो विषय किन राखियो त ? प्रचलित कानुनमा भएको व्यवस्थालाई अनदेखा गर्दै सरकारले विद्युतीय माध्यमबाट हुने गाली–बेइज्जतीसम्बन्धी मुद्दा नियमित अदालत होइन, सूचना प्रविधि ऐनबमोजिमको सूचना प्रविधि अदालतबाट हेर्ने गरी प्रस्ताव गर्यो । सरकारले त नियतवश यस विधेयकमा प्रस्ताव गर्यो, हामीले संशोधन हाल्दाहाल्दै पनि संसदीय समितिले समेत आफैँले बनाएको प्रचलित कानुन हेर्न आवश्यक ठानेन किन ? नियत स्पष्ट छ ।
३. सामाजिक सञ्जालको अस्पष्ट परिभाषा : विधेयकको दफा ९१ले सामाजिक सञ्जाल विभागमा दर्ता गर्नुपर्ने, तोकिएको समयभित्र दर्ता नभएमा सामाजिक सञ्जालको प्रयोगमा नेपाल सरकारले रोक लगाउन सक्ने प्रावधान छ । विधेयकको परिभाषा हेरौँ– ‘व्यक्ति वा संस्थालाई एक–अर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रचार गर्ने सुविधासमेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित प्रणालीलाई सामाजिक सञ्जाल भनिएको छ । अनि विद्युतीय अभिलेख उत्पन्न गर्ने, भण्डारण गर्ने वा सम्प्रेषण गर्ने व्यक्तिलाई उत्पत्तिकर्ता भनिएको छ । अब प्रश्न उठ्छ, के हो सामाजिक सञ्जाल ? सामाजिक सञ्जालमा के पर्ने/के नपर्ने ? सामाजिक सञ्जाल भन्ने शब्दावली आफैँमा परिभाषित कानुनी शब्दावली होइन । फेसबुक मात्रै सामजिक सञ्जाल होइन । परिभाषाअनुसार अन्तरक्रियात्मक सञ्चार गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित प्रणाली भनेपछि फेसबुक, युट्युब, भाइबर, गुगल, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालदेखि विभिन्न एप र सुबिसु, वल्र्डलिंकजस्ता इन्टरनेट सेवाप्रदायक उत्पत्तिकर्तामा पर्छन् । पछिल्ला वर्षमा अभिव्यक्ति स्वतन्त्रता र सूचना, संवादका यी अभिन्न अंग बनेका छन् । यो विधेयक ऐन बनेपछि कुनै पनि वेला कुनै पनि बहानामा सरकारले यी माध्यमलाई बन्द गर्न सक्छ ।
सरकारको अर्को दाबी छ, सूचना प्रविधिको क्षेत्रमा नेपालमा सञ्चालित सामाजिक सञ्जाललगायत सूचना प्रविधिका माध्यमबाट हुने विज्ञापन तथा प्रचलित कानुनबमोजिम करयोग्य विषयलाई करको दायरामा ल्याउन र नियमन गर्न दर्ताको व्यवस्था गरिएको हो । सुन्दा राम्रो लाग्छ, तर आवरण विज्ञापन र कर भए पनि अन्तर्य स्वतन्त्रतामाथि अंकुश नै हो । यसका केही आधार छन् । उद्योग व्यवसाय दर्ता, विज्ञापन र करसम्बन्धी अन्य कानुनमा व्यवस्था भएकाले यो प्रयोजनका लागि यो ऐनमा राख्नु आवश्यक छैन । यो कानुनले हचुवाका भरमा दर्तालगायत प्रावधान राख्दै गर्दा यदि दर्ता हुन आएनन् भने सरकारले के गर्छ ? सामाजिक सञ्जाल बन्द गर्ने प्रावधान राख्नु भनेको प्रकारान्तरले सामाजिक सञ्जालमार्फत हुने व्यक्तिको विचार अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्नु हो । सरकारलाई मन लाग्ने वेलासम्म केही हुन्न, नभए बन्द हुन्छ ।
४. विभाग र सूचना प्रविधि अदालतलाई विधिशास्त्रको सिद्धान्तविपरीत असीमित अधिकार : विधेयकको अर्को आपत्तिजनक विषय हो, अनुसन्धान । जिस्क्याइएको भन्ने सन्दर्भमा छानबिन कसले गर्ने, सजाय कसले गर्ने ? दफा ९२मा ‘कसैले ऐनविपरीत कसुर ठहरिने सामाजिक सञ्जालमा सम्प्रेषण गरेको वा गर्न लागेको विषयमा सूचना प्रविधि विभागले त्यस्तो विषयवस्तु वा सूचना हटाउन तत्काल सम्बन्धित सामाजिक सञ्जाल सञ्चालकलाई निर्देशन दिन सक्नेछ’ भन्ने प्रावधान राखिएको छ । यो आफैँमा सेन्सरसिप हो । यो संविधानविपरीत र स्वेच्छाचारी छ । विभागको महानिर्देशकलाई असीमित अधिकार दिइएको छ । विभागको निर्देशन पालना नगरे फौजदारी अभियोग लाग्ने अवस्था छ । विधेयकको दफा ९४(३)मा भनिएको छ, ‘निर्देशन प्राप्त भएमा सोबमोजिम कार्य गर्ने जिम्मेवारी सम्बन्धित सामाजिक सञ्जालकको हुनेछ ।’ अनि दफा ९६ भन्छ– निर्देशन पालना नगर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । कुनै पनि विषय हो वा होइन ठहर गर्ने काम सरकार वा मातहतको निकायको होइन, अदालतको हो । तर, यहाँ त अदालत पुग्नैपर्दैन, विभागलाई लाग्यो भने निर्देशन दिन सक्ने भयो । कुनै पनि न्यायिक आदेश प्रशासकीय निर्देशनमा हुन सक्दैन । यो विधिशास्त्रको सामान्य सिद्धान्तको बर्खिलापमा छ । विभागको महानिर्देशकलाई जुन अधिकार दिइएको छ, यसले पञ्चायतकालीन अञ्चलाधीशको झझल्को दिन्छ ।
उपकरण, रेकर्डर, मोबाइललगायत सूचना प्रविधिको उपकरण लिन पनि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । के अब सूचना प्रविधिका उपकरण लिन पनि बन्दुकको लाइसेन्स लिएजस्तै गरी लिनुपर्ने हो ? प्रायः सबै प्रयोगकर्ताले प्रयोग गरेको सबैजसो सफ्टवेयर कुनै न कुनै प्रकारले यस ऐनबमोजिमको कसुर मानिने कार्यमा प्रयोग हुन सक्छ ।
अर्को पक्ष सूचना प्रविधि अदालतसँग जोडिएको छ । विधेयकमा अदालत भनेको नियमित अदालत होइन, सरकार आफैँले गठन गर्ने सूचना प्रविधि अदालत हो । विधेयकको दफा ११५ अनुसार सातै प्रदेशमा सूचना प्रविधि अदालत गठन हुनेछन्, जसमा एकजना कानुन, एकजना सूचना प्रविधि र एकजना वाणिज्य सदस्य हुने व्यवस्था छ । हदैसम्मको कैद सजाय गर्न सक्ने अदालतको एक सदस्य मात्र कानुनको विज्ञ हुनेछ । यससँग केही गम्भीर विषय जोडिएका छन् । पहिलो, विधेयक भन्छ– जिल्ला अदालतको न्यायाधीश भइसकेको, भइरहेको वा हुन सक्ने योग्यता भएको व्यक्ति अध्यक्ष हुनेछन् । दफा ११५ बमोजिम गठन भएको अदालतले फौजदारी कसुर हुने विषयमा मुद्दाको कारबाही र किनारा गर्न पाउनुहुँदैन । यसो गर्दा एकातिर कार्यविधिमा फरक पर्छ, अर्कोतिर सजाय आफैँमा पनि फरक हुने अवस्था हुन्छ । के यसरी गठन हुने अदालतलाई १५ लाख रुपैयाँसम्म जरिवाना र पा“च वर्षसम्म जेल पठाउने गरी न्यायिक अधिकार प्रदान गरिएको विषय वैध हुन सक्छ ?
दोस्रो, यस अदालतको गठनको प्रक्रियाले अदालत र अदालतका सदस्यको निष्पक्षता र स्वतन्त्रतामा गम्भीर प्रश्न उठाउँछ । सरकारले छनोट गर्ने अध्यक्ष तथा सदस्यबाट स्वतन्त्र र निष्पक्ष छानबिन हुन सक्ला ? प्रतिगमनकालको शाही आयोगको झझल्को दिने अदालतले यदि सरकार स्वयं पक्ष भएको विवादमा कसरी आफूलाई स्वतन्त्र र निष्पक्ष राख्न सक्छ ?
तेस्रो, यस अदालतले हेर्ने दफा ९४लगायतको विषय ‘खास किसिम र प्रकृतिको मुद्दा (संविधानको धारा ११५ अनुसारको)’ हुँदै होइन । एकैप्रकारको काम अखबारमा वा व्यक्तिगत रूपमा वा सामाजिक सञ्जालको माध्यमबाट गर्दा फरक प्रकारको अदालतबाट र फरक सजाय हुने विषय आफैँमा गम्भीर र त्रुटिपूर्ण छैन ? अर्कोतर्फ, दफा ३३मा सूचना प्रविधि नियन्त्रकलाई विनारोकतोक कम्युटर प्रणाली, उपकरण, यन्त्र, तथ्यांक, सूचना प्रणालीमा पहुँचको अधिकार दिएको छ । यो प्रावधानले नागरिकको निजत्व पूर्ण रूपमा हरण गरेको छ ।
५. उपकरणको प्रयोग गर्न अनुमति पञ्चायतको धङधङी : विधेयकको दफा ६५ मा, ‘कसैले अनुमति नलिई वा अनुमति लिएको अवधिभन्दा बढी अवधि सूचना प्रविधिसम्बन्धी उपकरणको प्रयोग गर्न वा प्रयोगका लागि अरू कसैलाई उपलब्ध गराउनुहुँदैन’ भन्ने उल्लेख छ । उपकरण, रेकर्डर, मोबाइललगायत सूचना प्रविधिका उपकरण लिन पनि अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । के अब सूचना प्रविधिका उपकरण लिन पनि बन्दुकको लाइसेन्स लिएजस्तै गरी लिनुपर्ने हो ? प्रायः सबै प्रयोगकर्ताले प्रयोग गरेको सबैजसो सफ्टवेयर कुनै न कुनै प्रकारले यस ऐनबमोजिमको कसुर मानिने कार्यमा प्रयोग हुन सक्छ । यी सामान्य सफ्टवेयरको प्रयोग सूचना प्रविधि उद्योग, शैक्षिक प्रयोजन, शोधकार्य, पत्रकारिता वा डेटामा सामान्यदेखि विशेषज्ञसम्मले दैनिक कार्यमा प्रयोग हुने हुँदा, यस दफाले यो सबै कार्यलाई हतोत्साहित गर्नेछ र सरकारले चाहेकोलाई अनुमति दिने र चाहेको वेला कुनै पनि सफ्ट्वेयरमा प्रतिबन्ध लगाउन सक्नेछ ।
विधेयकले समाजमा पर्ने प्रभाव
विधेयक पारित हुँदै गर्दा यसको प्रभाव सामान्य रहने छैन । सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान ध्वस्त गर्ने गरी गाली बेइज्जती गरिरहन पाउने, तर सरकारलाई मन नपर्दा गाली बेइज्जती र शिष्टाचार वा नैतिकताको नाममा जुनवेला मन लाग्यो, जसको जतिवेला जहाँ मन लाग्यो त्यही ठाउँमा गएर मुख थुन्न पाउने अवस्था हुनेछ । नागरिकको विचार अभिव्यक्तिको स्वतन्त्रता, गोपनीयता हक, सूचनाको हकलाई संकुचन र नियन्त्रण गर्ने मात्र होइन, नियमनको नाममा सामाजिक सञ्जालमार्फत हुने विचार अभिव्यक्तिको स्वतन्त्रतासमेत गम्भीर फौजदारी अपराधको रूपमा दण्डित गर्नेछ । सामाजिक सञ्जालमा सरकारको नियन्त्रण रहन्छ । सेल्फ सेन्सरसिपको अवस्था हुनेछ । प्रेसमाथि घुमाउरो नियन्त्रण हुनेछ । सरकारले चाहेको वेला जोसुकैलाई आरोप लगाउन सक्नेछ । किनकि यसमा आरोप लगाउने, कसुरदार ठहराउने, छानबिन गर्ने र फैसला गर्ने निकाय सरकार वा सरकारको छत्रछायामा रहेका निकाय मात्र हुनेछन् ।
अन्ततः यो प्रतिबन्धले चोक–चौतारोमा बसेर प्रयोग गरिने अभिव्यक्ति स्वतन्त्रता, देश–विदेशमा रहेर परिवारका बीचमा गरिने संवाद र सूचना सम्प्रेषणलाई रोक्छ, प्रश्न गर्ने, गुनासो गर्ने, आलोचना गर्ने, जानकारी दिने र धारणा राख्ने जुन प्लेटफर्म नागरिकले प्रयोग गरिरहेका छन्, त्यसलाई जुनसुकै वेला बन्द गर्न सक्छ । सरकारले जुनसुकै वेला कुनै पनि बहानामा सर्जकको सिजना, कलाकारको कला, कविको कविता, व्यंग्यकारको व्यंग्य, कार्टुनिस्टको कार्टुन, पत्रकारको समाचार, लेख्नेको कलम, बोल्नेको मुख थुन्न सक्नेछ । गायक पशुपति शर्माको सिर्जनामा भएका टिप्पणीलाई पचाउन नसकेर उनको गीत नै बन्द गर्न लगाएको घटना पुरानो होइन । अब यस्ता हर्कत भइरहनेछन् । नागरिकका कुरा सरकारी निकायलाई मन परेन भने लगभग ज्यान मार्ने उद्योगसरहको सजायभागी हुनुपर्नेछ ।
संसद्लाई मेरो ध्यानाकर्षण
सरकारले त नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गलत नियतका साथ विधेयक ल्यायो । संसदीय समितिले छलफल गर्दै गर्दा यी विषयलाई गम्भीर ढंगले छलफल गर्छ भन्ने अपेक्षा थियो, हुन सकेन । यो वेलामा सरकारलाई ठीक ट्र्याकमा ल्याउने र त्रुटि सच्याउने काम संसद्को हो । विधेयकका केही सैद्धान्तिक पक्षमा संसद्को ध्यानाकर्षण हुनुपर्नेछ ।
पहिलो, विधेयकको मस्यौदामा छलफल गर्दा विधायिकामा संविधानको मर्मको बोध हुनु अत्यावश्यक छ । कानुनले संविधानप्रदत्त मौलिक हकको विस्तारित व्याख्या गर्न पाउँछ, संकुचित गर्न पाउँदैन । संविधानबाट नागरिकले पाएका विचार र अभिव्यक्तिको स्वतन्त्रता खोस्न पाउँदैन । सरकारले संविधानको मर्मविपरीत विधेयक ल्याएको अवस्थामा संविधानसँग बाझिएको कानुन रोक्ने प्रमुख दायित्व संसद्को हो । दोस्रो, फौजदारी कानुनको सर्वमान्य सिद्धान्तको प्रतिकूल हुने गरी थुप्रै प्रावधान विधेयकमा छन् । फौजदारी संहितामा आउनुपर्ने दण्ड जरिवानालगायत विषय सरकारले गलत ठाउँमा प्रस्तावित गरेमा हटाउने जिम्मेवारी संसद्को हो । तेस्रो, विधेयकमा मौलिक हक कार्यान्वयनका लागि प्रचलनमा रहेका गोपनीयता, सूचनालगायत विशिष्टीकृत कानुनमा व्यवस्था भएका विषयको विपरीत हुनेगरी प्रावधान गरिएका छन् । विधेयकमा ती विषय राख्दै गर्दा यही संसद्ले पारित गरेका अन्य कानुनको बर्खिलाप हुन्छ, यसैले सोहीबमोजिम गर भन्ने काम संसद्को हो ।
मन्त्रीहरू आलोचनात्मक चेत राख्नेहरूलाई भनिरहनुभएको छ, ‘विधेयक नपढी विरोध गर्ने ?’ मन्त्रीज्यू हामीले त पढेरै विरोध गरेका छौँ । बरु तपाईंको कुरा सुनेर विरोध नगरेकाहरूले पनि विधेयकको प्रस्तावनादेखि दफा १३१ सम्मका व्यवस्थालाई एकपटक पढून् र आफैँलाई प्रश्न गरून् । के विधेयकमा भएका विषयवस्तु सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने गरी छन् वा यसको नियन्त्रण गर्ने मनसायबाट अभिप्रेरित ?
संसद्ले गम्भीरतापूर्वक मनन गरोस्
संसदीय समितिले विधेयकमा भएका प्रावधान थप कडा बनाएर पारित गरेर पठाइसकेपछि नेकपाका सांसद जसरी विधेयकको बचाउ गर्न लाग्नुभएको छ, त्यसका आधारमा भन्न सकिन्छ नेकपाको निर्देशनअनुसार नै संसदीय समिति र नेकपाका सांसद चल्नुभएको छ । यदि त्यसो होइन भने अब संसद्मा यो विषयमा छलफल गर्दै गर्दा विधेयकमा उल्लेखित प्रावधानबारे नेकपाले आफ्नो धारणा प्रस्ट गरोस् ।
अन्त्यमा,
केही दिनअघि सरकारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्रीले मलाई लक्षित गरी ‘आफूले पहुँच र शक्तिको भरमा उठ–बस गराउने, सर्वसाधारणका लागि कानुन बनाउँदा विरोध गर्ने ?’ भन्ने टिप्पणी गर्नुभएको थियो । नेकपाको एउटा हुल न्वारानदेखिको बल लगाएर मेरो चरित्रहत्या गर्न लागिरहेकै छ । निर्वाचनका वेला यो प्रवृत्ति उत्कर्षमै थियो । मैले प्रचलित कानुनबमोजिम गाली–बेइज्जतीअन्तर्गत नै मुद्दा हाल्नुपर्ने थियो । तर, अर्को पार्टीको क्रियाशील कार्यकर्तालाई गल्तीको महसुस हुन सकोस् र निर्वाचनको मुखमा धेरै उल्झन नहोस् भन्ने मेरो चाहनाको परिणाम थियो, झापाको नेकपाको एक कार्यकर्तालाई प्रहरीले गरेको सोधपुछ । मेरो नियत ठीक भए पनि मेरो कदम गलत थियो । तर, यो सन्दर्भलाई मन्त्रीले विधेयक ठीक छ भन्ने आधारका रूपमा प्रयोग गर्नु र उनको चाहनामा सरकार संरक्षित ‘अरिंगाल’ होमा हो थपिरहेको दृष्य बडो उदेकलाग्दो देखिन्छ ।
मेरो आग्रह छ, यो सन्दर्भमा मन्त्रीजीकै कुरा पत्याइदिनुहोस् । अब सोच्नुहोस् त, म विचार अभिव्यक्तिको स्वतन्त्रतामा विश्वास गर्ने गगन थापाले त यस्तो कानुन नै नबन्दा पनि पहुँच पुग्यो भने आफ्नो सन्दर्भमा लेख्ने/बोल्नेलाई प्रहरी लगाएर हप्काउन सक्दो रहेछ । प्रस्तावित कानुन बन्यो भने त सामाजिक सञ्जाललाई नै नियन्त्रण गर्ने मनसायका साथ लागेको वर्तमान सरकारका विरुद्ध कुनै व्यक्तिले मन नपर्ने कुरा चुइँक्क बोल्यो भने के होला ? बोल्यो भने मात्र होइन, जिस्क्याएको लाग्यो भने मात्रै पनि उठ–बस होइन, अब त ज्यान मार्ने उद्योगभन्दा पनि बढी सजाय हुन्छ । ज्यान मार्ने उद्योग गरेमा १० वर्ष र १ लाख जरिवाना छ । जबरजस्ती करणी गरेमा ७ देखि १० वर्ष कैदको सजाय छ । तर, जिस्क्याएमा, हतोत्साही गरेमा पाँच वर्ष जेल र १५ लाख जरिवाना । एकपटक सोच्नुहोस् त, यी शब्दको व्याख्या कसरी होला, अनि यो प्रावधानको कति दुरुपयोग होला ? त्यसैले यो कुनै पार्टी वा व्यक्तिको विषय होइन, हाम्रो विचार र अभिव्यक्तिको स्वतन्त्रताको विषय हो ।
कुनैवेला आलोचना गर्ने मुख बन्द गर्न राजा ज्ञानेन्द्रले फोन काटेका थिए, रेडियोमा समाचार बन्द गरेका थिए, पत्रपत्रिकामा सेन्सरसिप लगाएका थिए, बन्दुकका नाल तेर्स्यायाएर कलममा बिर्को लगाउन लगाए । इतिहास साक्षी छ, फोन काट्दै गर्दा न फोन बन्द भयो न आलोचना गर्ने मुख नै बन्द भयो, न विचार रोकियो न अभिव्यक्ति, बरु बन्द गर्नेहरू नै सदाका लागि बन्द भए । नेपाली नागरिकमा रहेको स्वतन्त्रताको यो चेत त्यति कमजोर छैन, सरकारलाई हेक्का रहोस् ।
काठमाडौँ — सरकारले संघीय संसद्मा पेस गरेको सूचना प्रविधि विधेयक र यसका प्रावधान संविधानको मर्म र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको भन्दै त्यो खारेज हुनुपर्ने कानुनविद्हरूले बताएका छन् ।
प्रस्तावित विधेयकमा सामाजिक सञ्जाल प्रयोग गरी गाली बेइज्जती गरे ५ वर्ष कैद र १५ लाख जरिवाना उल्लेख छ । यस्तो सजाय सरकारले गठन गर्ने सूचना प्रविधि अदालतले तोक्ने प्रावधान छ । कानुनविद्का अनुसार उक्त प्रावधान संविधानको धारा १५२ र संविधानवादको मूल मर्म ‘शक्ति पृथकीकरणको सिद्धान्त’ को बर्खिलाप छ । धारा १५२ मा एक वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी कसुरसम्बन्धी मुद्दा ‘अदालत वा विशिष्टीकृत अदालत वा सैनिक अदालत वा न्यायिक निकायबाहेक अन्य निकायको अधिकार क्षेत्रमा पर्ने छैन’ भन्ने उल्लेख छ ।
‘नियमित अदालतको क्षेत्राधिकार मिच्ने गरी विशेष अदालत गठन गर्नु भनेको प्रतिगमनकारी कदम हो,’ वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने, ‘वाक् स्वतन्त्रतासँग जोडिएको विषयका लागि विशेष अदालत गठन हुन्छ भने त्यो निरंकुशताको परिचायक हो ।’
सरकारले गठन गर्ने भनेको सूचना प्रविधि अदालतमा ‘नेपाल सरकारले तोकेको’ जिल्ला न्यायाधीश र सूचना प्रविधि तथा तथा वाणिज्य क्षेत्रको एक–एक जना प्रतिनिधि गरी तीन सदस्यीय इजलास गठन हुने प्रावधान विधेयकमा छ । विधेयकअनुसार जिल्ला न्यायाधीशलाई नियुक्त गर्दा सरकारले न्याय परिषद्सँग परामर्श गर्ने र बाँकी दुई न्यायाधीश सिधै नियुक्त गर्न सक्नेछ । अदालत गठन र न्यायाधीश नियुक्तिको यो प्रावधानले दण्ड दिने निकायले नै दण्ड तोक्न हुँदैन भन्ने शक्ति पृथकीकरणको सिद्धान्त मिचेको कानुनविद्हरूको विश्लेषण छ ।
‘सरकारले आफैं न्यायाधीश नियुक्त गर्ने भनेको आफैंले दण्ड दिन आफैं फैसला गर्छु भन्ने हो, जो लोकतन्त्रमा मान्य हुँदैन,’ वरिष्ठ अधिवक्ता सुनील पोखरेलले भने, ‘कुनै पनि अदालतमा न्यायाधीशको नियुक्ति न्यायपालिकाले गर्नुपर्छ, कार्यपालिकाले होइन ।’
भ्रष्टाचार, लागूऔषधलगायतका मुद्दा हेर्दै आएको विशेष अदालतका तीन सदस्यीय इजलासको गठन न्याय परिषद्को सिफारिसमा हुन्छ । तर, प्रस्तावित विधेयकमा भने दुई सदस्यलाई सरकारले सिधै नियुक्त गर्न सक्ने र अध्यक्षका लागि मात्रै सरकारले तोकेको जिल्ला न्यायाधीशको नियुक्तिमा न्याय परिषद्को परामर्श लिने भन्ने छ ।
‘परामर्श र सिफारिस भनेको एउटै कुरा होइन,’ पोखरेलले भने, ‘सिफारिस लिनुपर्ने अवस्थामा सिफारिस गर्ने निकायको पूर्ण निर्णय हुन्छ भने परामर्शमा सोधे पुग्छ, निर्णय मान्नैपर्छ भन्ने हुँदैन ।’
सरकारले गठन गर्न खोजेको सूचना प्रविधि अदालतको संवैधानिक हैसियत पाँच वर्षसम्मको सजाय तोक्ने नभएको पनि विज्ञहरूले औंल्याएका छन् । ‘न्यायाधीश नियुक्ति र तिनको प्रावधान हेर्दा सूचना प्रविधि अदालत एक न्यायाधिकरण हो, विशेष अदालत होइन,’ कानुनविद् बालकृष्ण न्यौपानेले भने, ‘न्यायाधिकरणलाई पाँच वर्ष कैद फैसला गर्ने अधिकार संविधानले दिएकै छैन ।’
विशेष अदालतमा न्याय सेवाकै न्यायाधीशहरू इजलासमा राखिन्छन् भने न्याय सेवाबाहेकका न्यायाधीश न्यायाधिकरणहरूमा राखिने गरेका छन् । सरकारले प्रस्ताव गरेको अदालतमा दुई सदस्य सूचना प्रविधि र वाणिज्य क्षेत्रका हुनेछन् । न्यायाधिकरणले दण्ड तोक्ने अधिकार राख्न नसक्ने विधिशास्त्रको अन्तर्राष्ट्रिय मान्यता छ । युरोप अमेरिकामा चल्तीमा रहेका न्यायाधिकरणका गैरन्यायिक सदस्यले फौजदारी मुद्दामा व्यक्ति दोषी भए/नभएको राय दिन सक्छन् तर दण्ड तोक्न सक्दैनन् ।
‘किनभने दण्ड तोक्न वा नतोक्न न्यायिक कौशल र सीप चाहिन्छ । त्यो सरकारको नियन्त्रणबाट बाहिर हुनुपर्छ,’ न्यौपानेले भने, ‘प्रस्तावित सूचना विधेयकका दण्ड प्रावधान एक त प्रचलित ऐन नियमभन्दा विपरीत छन् भने गठन गर्ने भनिएको अदालत कानुनको अन्तर्राष्ट्रिय सिद्धान्त र देशकै संविधानविपरीतसमेत छ ।’
सूचना प्रविधि ऐनमा भएका प्रावधानहरू छापाखाना प्रकाशन ऐन, राज्यविरुद्धको अपराध ऐन, विद्युतीय कारोबार ऐन र मुलुकी अपराध संहिताअन्तर्गतको गाली बेइज्जतीसम्बन्धी कसुरमा भएका सजायहरूभन्दा अत्यधिक बढी छ ।
‘त्यही कसुर पत्रिकाले गरे सामान्य सजाय हुन्छ, छापाखाना तथा प्रकाशन ऐनअनुसार भने कुनै व्यक्तिले विद्युतीय माध्यमबाट गरे १५ लाख जरिवाना र पाँच वर्ष हुने देखियो,’ न्यौपाने भन्छन्, ‘एउटै कसुर गर्दा एक जनाले गरे एउटा अदालतमा नरम र अर्कोले गरे अर्कै अदालतमा कडा गर्न मिल्दैन, यो समानताको हकविरुद्धसमेत भयो ।’
यसका अतिरिक्त, अपराध संहितामा उल्लेख गरिएको कैद र जरिवानाको अनुपातभन्दा सूचना प्रविधि विधेयकमा प्रस्ताव गरिएको कैद र जरिवानाको अनुपात ज्यादै उच्च देखिएको छ । ‘अपराध संहिताअनुसार एक वर्ष कैदको जरिवाना १० हजार हुन्छ,’ पोखरेल भन्छन्, ‘तर, यहाँ त पाँच वर्षको १५ लाख छ, यो भनेको तुलनै गर्न नमिल्ने गरी चर्को देखियो ।’
संविधानको धारा १७ ले नागरिकलाई दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रता हक हनन हुने गरी त्यसैको प्रतिबन्धात्मक वाक्यांशको गलत प्रयोग गर्दै सरकारले ल्याएको सूचना प्रविधि ऐनको धारा ९४ मा राखिएका प्रावधानले देशलाई अनुदार शासन व्यवस्थातिर धकेल्ने त्रास सिर्जना भएको उनी बताउँछन् ।
KATHMANDU, Jan 6: A bill, which is on the verge of endorsement by the lower house of parliament, may pave the way for the government to shut down social media sites at any time and under any pretext, according to experts.
The Information Technology Bill, which was approved by a parliamentary committee last month and is awaiting endorsement by the House has proposed that the government can ban the social media sites that are not registered with the Nepali authorities.
Section 91 of the bill has provisioned that all domestic and foreign social media companies operating in Nepal should get registered in Nepal within a period specified by the government. “All social media companies which are operating in the country prior to the commencement of this law should be registered at the (Information and Technology) department within a given period,” reads Section 91 (2) of the bill.
Subsequent section of the bill further reads that the “government shall ban the use of social media which is not registered in the country.”
Stakeholders fear that the provision of the bill could pave the way for the government to shut down social networking sites in the country under any pretext and this will infringe upon the freedom of expression.
“[Foreign] Social media companies will indeed come to register with us, because they have been doing business here. We have not imagined that they would not come,” said Minister for Communication and Information Technology Gokul Baskota.
Once the bill becomes a law, the government may ask social media companies including Youtube, Facebook, Twitter, Viber, Whatsapp, Instagram and Tiktok among others to register themselves with the Information Technology Department.
But stakeholders say top social media companies are unlikely to register in Nepal given the small size of the market here.
Asked what the government would do if the companies did not register themselves in Nepal, the minister replied, “Who knows what will happen if the sky falls.”
Section 92 of the bill states that “the department can order a social media operator (company) to immediately remove or censor any social media post that is offensive under the law.” This provision allows the government to direct social media companies like Facebook, Twitter and Youtube among others to remove social media posts of certain individuals without securing a court order.
“The bill allows the government to ban social media sites just like the porn sites,” said former president of the Federation of Nepali Journalists Tara Nath Dahal. “It also paves the way for the government to curtail the freedom of expression of citizens through hefty fines and jail sentences.”
Interestingly, the bill has also not defined what is a social media site allowing the government to define the term to its liking.
The IT bill has proposed up to five years jail and Rs 1.5 million fine for anyone publishing offensive social media posts including mocking at someone, engaging in pranks or threatening someone.
“We fear that the government may misuse this provision to close down social media sites in Nepal. Because I don’t see much possibility of foreign social media companies coming to Nepal for registration in the current situation,” said Anil Ghimire, a tech blogger known as Aakarpost. “The companies will decide about it after a profit analysis. If they don’t find it profitable they may not come.”
काठमाडौं : सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ। सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ।
मुलुकी फौजदारी संहिताले हाडनाताभित्रको करणीमा ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने भन्छ। विधेयकअनुसार भने कसैले कसैलाई जिस्क्याए पनि १० लाख रुपैयाँसम्म जरिवानाको भागिदार बन्नुपर्ने अवस्था छ।
संहिताको दफा २२० ले सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुराबुहारी, एकै हाँगाको बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवरभाउजूबीच करणी भए चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना भन्छ। विधेयकको दफा ८३ अन्तर्गत ‘साइबर बुलिङ गर्न नहुने’ खण्डमा कसैले विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने कार्य गरे कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।
विधेयकको जरिवाना अंकमा तादात्म्य देखिँदैन भने सामान्य कसुरमा पनि चर्को जेल सजाय तोकिएको छ। संहिताले कसैलाई यौन दुव्र्यवहार गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँँसम्म जरिवाना हुने भनेको छ। दफा २२४ मा यस्तो व्यवस्था छ।
कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आसयले समाते वा निजको संवेदनशील अंग छोए वा छुन प्रयास गरे, निजको भित्री पोसाक खोले वा खोल्ने प्रयास गरे, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधाअवरोध गरे वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगे, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन, समाउन लगाए, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरे, अश्लील चित्र वा तस्बिर देखाए, यौनका आसयले जिस्क्याए वा हैरानी दिए वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरे निजले यौन दुव्र्यवहार गरेको मानिने भनिएको छ। अश्लील चित्र वा तस्बिर देखाए, यौनका आसयले जिस्क्याए, हैरानी दिए, निजसँग अस्वाभाविक र अमर्यादित व्यवहार गरे पनि संहिताले यौन दुव्र्यवहार भनेको छ। संहितामा यी अपराध प्रत्यक्ष क्रियाकलापमा आधारित हुन्।
विधेयकको दफा ८७ ले कसैले विद्युतीय प्रणालीका माध्यमबाट मात्रै पनि यौनशोषणको मनसाय राखे, त्यस्तो मनसायसहित प्रस्ताव राखे वा भेट्न खोजे वा प्रलोभन देखाएर उक्साए कठोर दण्डसजायको व्यवस्था गरेको छ। विधेयकले यस्तो कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुने भनेको छ। वैयक्तिक विवरण संकलन गर्न नहुने, गोपनीयता भंग गर्न नहुने, कसैको अनुमतिबिना कसैको सूचना, फोटो र नक्सा लिन नहुनेजस्ता प्रावधानसहित कडा दण्डसजायको व्यवस्थासमेत विधेयकमा छ।
फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले विधेयकका व्यवस्था र संहिताका व्यवस्थामा तादात्य नदेखिएको बताए। ‘विधेयकका व्यवस्थामा एकरूपता देखिँदैन’, मैनालीले अन्नपूर्णसँग भने, ‘मनसाय मात्र राखेको कसुर र प्रत्यक्ष गरेको कसुरको दण्डसजाय फरक हुनुपर्छ। यहाँ त मनसाय मात्र राखेको कसुरमा बढी र प्रत्यक्ष घटनामा संलग्न रहेको कुरामा कम सजायको अवस्था देखियो। कानुनमा समानता देखिनुपर्छ। पूर्वाग्रही देखियो।’ दुई कानुनबीच तादात्म्यका लागि पुनर्विचार हुने आशा उनले व्यक्त गरे।
साइबर अपराध नियन्त्रण गर्न र सामाजिक सञ्जाल मर्यादित बनाउन सरकारले संसद्मा लगेको कानुनले तपाईंको प्रतिष्ठाको रक्षा गर्छ कि हस्तक्षेप ?
१ पाँच वर्षसम्मको जेल र १५ लाखसम्मको जरिवाना, सरकारले तोकेका हाकिमले फैसला दिन सक्ने
विधेयकको दफा ९४ मा भनिएको छ, ‘सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याउन, झुक्याउन, होच्याउन, हतोत्साहित गर्न, हप्काउन, धम्क्याउन, घृणा तथा द्वेष उत्पन्न गराउन वा भ्रमित गर्न पाइनेछैन ।’ सामाजिक सञ्जालमा, व्यक्तिगत वा सार्वजनिक रूपमा कसैलाई पनि अवहेलना गर्नु अपराध हो । त्यस्तो कसुरमा अदालतले तोकेअनुसार सजाय हुनुपर्छ । यसका लागि अपराध संहिता गाली–बेइज्जतीसम्बन्धी छुट्टै कानुन छ । यो कानुनको दफा ३०७ मा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट हुने गाली–बेइज्जतीलाई कसुर ठहर गरी तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने स्पष्ट प्रावधान छ । यो कानुन पुरानो पनि होइन, गत वर्ष भदौदेखि मात्र लागू भएको हो ।
तर, अहिले बन्न थालेको कानुनले विद्युतीय माध्यममा हुने गाली–बेइज्जतीसम्बन्धी मुद्दा नियमित अदालतमा होइन, सूचना प्रविधि अदालतले हेर्ने भनिएको छ ।
विधेयकको दफा ११५ भन्छ, ‘सातै प्रदेशमा सूचना प्रविधि अदालत गठन हुनेछन्, जसमा एकजना कानुन, एकजना सूचना प्रविधि र एकजना वाणिज्यविज्ञ सदस्य हुनेछन् ।’ यी सदस्यलाई सरकारले नियुक्त गर्नेछ । अध्यक्षको विषयमा विधेयक भन्छ, ‘जिल्ला अदालतको न्यायाधीश भइसकेको, भइरहेको वा हुन सक्ने योग्यता भएको व्यक्ति अध्यक्ष हुनेछन् ।’ जिल्ला न्यायाधीश हुन सक्ने योग्यता भएको आधारमा सरकारले तोकेको कुनै पनि व्यक्ति सूचना प्रविधि अदालतको अध्यक्ष हुनेछन् र उनले कुनै पनि व्यक्तिलाई १५ लाखसम्म जरिवाना गरी पाँच वर्षसम्म जेल पठाउन सक्नेछन् ।
२ दुई व्यक्तिबीचको कुराकानी रेकर्ड गर्न नपाइने, गाली बेइज्जतीको प्रमाण कसरी पुर्याउने ?
प्रस्तावित सूचना प्रविधि विधेयकमा व्यक्तिको गोपनीयता भंग गर्न नपाइने व्यवस्था गरिएको छ । विधेयकको दफा ७६ भन्छ, ‘कसैले पनि दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीचमा विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरूले मञ्जुरी दिएको वा कानुनबमोजिम अधिकारप्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनिअंकन वा रेकर्ड गर्न वा गराउन हुँदैन ।’ यो प्रावधानअनुसार कुनै तेस्रो व्यक्तिको मात्र होइन, एक–अर्काबीच भएको संवाद पनि रेकर्ड गर्न पाइनेछैन ।
तर, यान्त्रिक उपकरण भन्नाले मोबाइल फोन पनि पर्छ । कसैले गाली–बेइज्जती गरेको छ भन्ने प्रमाण प्रस्तुत गर्न पनि फोन रेकर्ड गरिन्छ । तर, मलाई गाली–बेइज्जती भयो भनेर सूचना प्रविधि अदालत जाने व्यक्तिलाई संवाद रेकर्ड गरेको अभियोगमा उल्टो मुद्दा चल्न सक्छ । र, तीन वर्ष जेल वा पाँच लाख जरिवाना वा दुवै सजाय हुन सक्छ । त्यसमाथि सरकारले आवश्यक ठानेमा कुनै पनि निकायको अनुमतिविना कुनै पनि नागरिकको फोन रेकर्ड गर्न मिल्ने गरी नेपाल विशेष सेवा विधेयक संसद्मा दर्ता गराएको छ । यो कानुन दुरुपयोग भएर विपक्षी दलका नेता, सामाजिक अगुवा अथवा सरकारभित्रै रहेका मन्त्री र अधिकारीहरूको फोनसमेत रेकर्ड गरेर अर्को अधिकारीले सुन्न सक्ने अवस्था आउनेछ । यसरी हरेक कानुन बनाएर सरकार नागरिकको गोपनीयतालाई हस्तक्षेप गर्न चाहन्छ भन्ने बुझिन्छ ।
३ सामाजिक सञ्जालमा कसैले केही लेख्दै छ भन्ने लागेमा पहिले नै रोक्न सरकारका सहसचिवलाई अधिकार
सामाजिक सञ्जालमा कसले के लेख्दै छ भन्ने सूचना पहिले नै सरकारले पाउने र त्यसअनुसार कारबाही गर्ने परिकल्पना पनि यो कानुनले गरेको छ । विधेयकको दफा ९२ भन्छ, ‘कसैले यस ऐनबमोजिमको कसुर ठहरिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रषेण गरेको वा गर्न लागेको विषयमा विभागले त्यस्तो विषयवस्तु वा सूचना हटाउन तत्काल सम्बन्धित सामाजिक सञ्जाल सञ्चालकलाई निर्देशन दिन सक्नेछ ।’ यो प्रावधानले नागरिकमाथि सेन्सरसिप लाग्नेछ । यसो गर्ने अधिकार सरकारले गठन गरेको अदालतलाई पनि होइन, सूचना प्रविधि विभागका महानिर्देशक अर्थात् सरकारका सहसचिवलाई हुनेछ । कसैले के लेख्दै छ भन्ने उनले कसरी थाहा पाउने हुन्, नागरिकको निगरानी गर्ने अधिकार उनले पाउनु कति जायज हो भन्ने विषय संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा छ ।
४ प्रदेश–प्रदेशबीचको विवादमा बहस गरे नागरिकलाई पाँच वर्ष कैद वा १५ लाख जरिवाना वा दुवै सजाय
प्रस्तावित सूचना प्रविधि विधेयकको दफा ९४ मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय इकाइबीचको सुसम्बन्धमा खलल पार्न सक्ने
विषय सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा पाँच वर्ष कैद र १५ लाख जरिवाना हुने व्यवस्था छ । देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डतामा कसैले प्रश्न गर्न नपाउनु स्वाभाविक हो । तर, संघीय इकाइहरूबीच सधैँ सुसम्बन्ध कायम नरहन सक्छ, विवाद हुन सक्छ । संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह, स्थानीय तह र केन्द्रबीचमा विभिन्न विवाद हुन सक्छन् भनेर संविधानले नै परिकल्पना गरेको छ । कोसीकै पानीको विषयमा प्रदेश १ र २ बीचमा विवाद हुन सक्छ । यस्तो विषयमा एक–अर्को प्रदेशका जनताले बहस गर्न सक्छन् । तर, यसलाई पनि संघीय इकाइहरूबीचको सुसम्बन्धमा खलल पारेको भनेर पाँच वर्ष कैद र १५ लाख जरिवाना हुन सक्नेछ । यो कानुनले राज्यको स्रोतको बाँडफाँडमाथि जनताले बोल्न पाइँदैन भन्ने मान्यता स्थापित गर्न खोजेको छ ।
विषय सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा पाँच वर्ष कैद र १५ लाख जरिवाना हुने व्यवस्था छ । देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डतामा कसैले प्रश्न गर्न नपाउनु स्वाभाविक हो । तर, संघीय इकाइहरूबीच सधैँ सुसम्बन्ध कायम नरहन सक्छ, विवाद हुन सक्छ । संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह, स्थानीय तह र केन्द्रबीचमा विभिन्न विवाद हुन सक्छन् भनेर संविधानले नै परिकल्पना गरेको छ । कोसीकै पानीको विषयमा प्रदेश १ र २ बीचमा विवाद हुन सक्छ । यस्तो विषयमा एक–अर्को प्रदेशका जनताले बहस गर्न सक्छन् । तर, यसलाई पनि संघीय इकाइहरूबीचको सुसम्बन्धमा खलल पारेको भनेर पाँच वर्ष कैद र १५ लाख जरिवाना हुन सक्नेछ । यो कानुनले राज्यको स्रोतको बाँडफाँडमाथि जनताले बोल्न पाइँदैन भन्ने मान्यता स्थापित गर्न खोजेको छ ।
५ ट्विटर, फेसबुकदेखि टिकटकसम्म बन्द हुन सक्छ
यो विधेयकले सम्पूर्ण सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । दफा ९१ भन्छ, ‘सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐनबमोजिम विभागमा दर्ता गर्नुपर्नेछ । यो ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र विभागमा दर्ता हुनुपर्नेछ । दर्ता नभएका व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जालको प्रयोगमा नेपाल सरकारले रोक लगाउन सक्नेछ ।’
यो व्यवस्थाअनुसार फेसबुक, ट्विटर, गुगल, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटकलगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्नेछ । जब कि यी सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताका मञ्च मात्र होइनन्, सूचनाको पहुँच स्थापित गर्ने बलियो माध्यम पनि बनेका छन् । हाम्रो दैनिक जीवनका अभिन्न अंग बनिसकेका यी सञ्जाल नेपालमा दर्ता नभएको बहानामा सरकारले कुनै पनि वेला बन्द गर्न सक्नेछ । यति मात्र होइन, मौसमसम्बन्धी जानकारी दिने एकु वेदरजस्ता एपहरू अहिले लोकप्रिय छन् । यस्ता निःशुल्क एप नेपालमा आएर दर्ता हुने कुरा हुँदैनन् । तर, यी एप दर्ता नभएको बहानामा सरकारले बन्द गर्न सक्छ ।
सरकारलाई प्रश्न गर्ने अधिकार सकिन्छ : अधिवक्ता सुनील पोखरेल
यो ऐन लागू भएमा संविधानको धारा १७ बमोजिमको अभिव्यक्ति स्वतन्त्रताको हकमा अंकुश लगाउँछ । सरकारसँग जनताको प्रश्न गर्ने अधिकार कुण्ठित हुन्छ । हरेक कुरा बोल्दा म दण्डित हुन्छु भन्ने भय भएपछि अभिव्यक्ति स्वतन्त्रता कायम हुन सक्दैन ।
सबैभन्दा डरलाग्दो कुरा सूचना प्रविधि अदालत गठनमा छ । सरकारले मनोनीत गरेर तीनजनाको अदालत गठन गर्ने भएकाले जुनसुकै लेख–रचनालाई समेत दण्डित गर्न सक्ने जोखिम छ । सरकारले नियन्त्रणकै लागि यो ऐन ल्याएको हो । यसको कुनै आवश्यकता नै छैन । दण्ड र जरिवाना गरेर सामाजिक सञ्जालको नियमन हुन सक्दैन । अर्काे कुरा कैद र जरिवानाको पनि व्यवस्था मिलेको छैन । कैदको तुलनामा धेरै जरिवाना दण्ड नीतिमा हुँदैन ।
विधेयक संविधानविपरीत छ : मोहना अन्सारी, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
सूचना प्रविधिसम्बन्धी प्रस्तावित विधेयकले नागरिकका मौलिक हकलाई संकुचित, अभिव्यक्ति स्वतन्त्रताको अधिकार रहँदैन । यो विधेयक जुन किसिमबाट आयो, यसको नियमन प्रस्ट देखिँदैन । सबैभन्दा महत्वपूर्ण कुरा जरिवानास्वरूप जे राखिएको छ, त्यसले भविष्यमा ज्यादै नकारात्मक असर छोड्छ । हामी नेपाललाई लोकतन्त्रको नमुना देश भनिरहेका छौँ, तर अभिव्यक्ति स्वतन्त्रताको अधिकार नै कुण्ठित गर्छौँ । राज्यमा यसको दूरगामी असर हुन्छ । यो विधेयक संविधानविपरीत छ । मानवअधिकारको मूल्य–मान्यतासमेत कुण्ठित गर्ने विधेयक सच्याउनुको विकल्प छैन ।
पृष्ठभूमि
सन् १९९७मा विज्ञान प्रविधि मन्त्रालयको जन्म हुनुभन्दाअघि सूचना प्रविधि नीति निर्माण योजना आयोगको एउटा कमिटीले हेर्ने गथ्र्यो । विज्ञान प्रविधि मन्त्रालय गठनपश्चात् सूचना प्रविधि नीति २०५७ आयो । त्यसपछि राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन आदेश २०५८) गठन भयो ।
सन् २००३मा नीतिलाई परिमार्जन गरी कार्य योजना सँगसँगै समयसीमासमेत निर्धारण गरियो । नीतिसँगै कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (केओआइसिए)को सहयोगमा विद्युतीय सुशासन गुरुयोजना आयो । यसपछि सन् २००६मा विद्युतीय कारोबार ऐन २०६३ समेत ल्याइयो । यही विद्युतीय कारोबार ऐनको विस्तृत परिमार्जित र समयसापेक्ष रूप नै अहिलेको सूचना प्रविधि विधेयक हो । सूचना प्रविधिसम्बन्धी विभागहरू विज्ञान प्रविधि मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सारिएकाले यो विधेयक पनि यसै मन्त्रालयले अघि सारेको र संसद्को विकास समितिमा छलफल भई संसद्को पूर्ण बैठकमा प्रस्तुत हुने अवस्थामा छ ।
विधेयकमा के छ ?
१९ परिच्छेद र १३१ दफा समेटिएको सूचना प्रविधि विधेयक समसामयिक विधेयक हो । यसमा परिच्छेद–१मा प्रारम्भिक, परिच्छेद–२मा विद्युतीय अभिलेखसम्बन्धी व्यवस्था, परिच्छेद–३मा विद्युतीय अभिलेखको सम्प्रषेण, प्राप्ति तथा सरोकारसम्बन्धी व्यवस्था, परिच्छेद–४मा डिजिटल हस्ताक्षरसम्बन्धी व्यवस्था छ । त्यस्तै, परिच्छेद–५मा नियन्त्रक र प्रमाणीकरण निकायसम्बन्धी व्यवस्था, परिच्छेद–६मा डिजिटल हस्ताक्षरसम्बन्धी प्रमाणपत्र, परिच्छेद–७मा प्रयोगकर्ताको काम, कर्तव्य र अधिकार र परिच्छेद–८मा विद्युतीय माध्यमबाट सूचना प्रवाहसम्बन्धी व्यवस्था छन् ।
परिच्छेद–९मा डोमेन नाम दर्ता तथा व्यवस्थापन, परिच्छेद–१०मा सूचना प्रविधिसम्बन्धी उद्योग र व्यवसायसम्बन्धी व्यवस्था, परिच्छेद–११मा सूचना सुरक्षा तथा गोपनीयतासम्बन्धी व्यवस्था, परिच्छेद–१२मा साइबर सुरक्षासम्बन्धी व्यवस्था र परिच्छेद–१३मा सेवाप्रदायकसम्बन्धी व्यवस्था छन् । त्यसैगरी, परिच्छेद–१४मा सामाजिक सञ्जालसम्बन्धी व्यवस्था, परिच्छेद–१५मा कसुर तथा सजाय, परिच्छेद–१६मा अनुसन्धान तथा प्रमाण, परिच्छेद–१७मा सूचना प्रविधि अदालतसम्बन्धी व्यवस्था, परिच्छेद–१८मा राष्ट्रिय सूचना प्रविधि केन्द्रसम्बन्धी व्यवस्था र परिच्छेद–१९मा विविध विषय समेटिएका छन् ।
विधेयकको धारा २८ मा विदेशी प्रमाणीकरण निकायलाई मान्यता दिन सक्ने व्यवस्था गरिएको छ । मुलुकभित्र प्रमाणीकरण निकाय हुँदाहुँदै विदेशी प्रमाणीकरण निकायलाई मान्यता दिन सक्ने व्यवस्था किन र कसरी आयो भन्ने गम्भीर आशंका जन्मिएको छ । यस्तो व्यवस्था संसारभर कहीँ–कतै अभ्यासमा रहेको देखिँदैन ।
विद्युतीय कारोबार ऐन २०६३ वस्तुतः मुलुकमा विद्युतीय कारोबारलाई बढावा दिन विद्युतीय हस्ताक्षर र यसबाट हुने सुरक्षामा केन्द्रित थियो । तर, यो नयाँ विधेयकले डोमेन रेजिस्ट्रेसन, सूचना प्रविधि उद्योग व्यवसाय, सेवाप्रदायक र सामाजिक सञ्जाल आदिसम्बन्धी नयाँ व्यवस्था गरेको छ । त्यसबाहेक यसले कसुर र सजायको पनि विस्तृत व्यवस्था गरेको छ । सँगसँगै विकास समितिबाट बनाइएको राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई यसै विधेयकमा समेट्न खोजेको देखिन्छ ।
विवादास्पद विषय
यस विधेयकलाई सरकारले अग्रगामी भनेता पनि यसबाट असर पर्ने उद्यमी तथा उपभोक्तामा भने यसले डर सिर्जना गरेकोे अवस्था छ । कतिपय सामाजिक सञ्जाल माध्यमका कम्पनीसमेत दर्ता गर्नुपर्ने धाराका कारण भोलिको दिनमा ती बन्द भएमा के गर्ने भन्ने अन्योल सर्वसाधारणमा समेत रहेको छ । जसलाई बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ ।
पहिलो, यस विधेयकको धारा २८मा विदेशी प्रमाणीकरण निकायलाई मान्यता दिन सक्ने व्यवस्था गरिएको छ । मुलुकभित्र प्रमाणीकरण निकाय हुँदाहुँदै विदेशी प्रमाणीकरण निकायलाई मान्यता दिन सक्ने व्यवस्था किन र कसरी आयो भन्ने गम्भीर आशंका जन्मिएको छ । यस्तो व्यवस्था संसारभर कहीँ–कतै अभ्यासमा रहेको देखिँदैन ।
दोस्रो, यस विधेयकको धारा ५८बमोजिम डोमेन नाम र दस्तुर तिरेर दर्ता गर्नुपर्ने हुनेछ । सन् १९९४देखि अहिलेसम्म मर्कन्टाइलले डोमेन नाम सित्तैमा दर्ता गरिदिन्थ्यो । तर, अब यसका लागि शुल्क तिर्न पर्नेछ ।तेस्रो, यस विधेयकको धारा ६४बमोजिम स्वीकृत मापदण्डका उपकरण मात्र पैठारी एवं बिक्री वितरण गर्नुपर्ने उल्लेख छ । यो धाराले कसैले केही नयाँ सामान झिकाउन र ल्याउन सरकारसँग स्वीकृति लिनुपर्ने जटिल अवस्था सिजना गर्न सक्नेछ । कुन–कुन उपकरण र सामान झिकाउन सरकारसँग अनुमति लिनुपर्ने हो स्पष्ट छैन । त्यस्ता सामानको सूची सार्वजनिक हुनुपर्छ भन्ने उद्योगी व्यवसायीको माग छ ।
चौथो, यस विधेयकको धारा ६५मा अनुमति नलिई उपकरणको प्रयोग गर्न नहुने उल्लेख छ । कुनै पनि सामान प्रयोगका लागि स्वीकृति लिनुपर्ने कानुनले सर्वसाधारणलाई झन्झटिलो पार्ने र नवीनता प्रवद्र्धनमा समस्या ल्याउने देखिन्छ ।
विद्युतीय कारोबार ऐन, २०६३ वस्तुतः मुलुकमा विद्युतीय कारोबारलाई बढावा दिन विद्युतीय हस्ताक्षर र यसबाट हुने सुरक्षामा केन्द्रित थियो, तर यो नयाँ विधेयकले डोमेन रेजिस्ट्रेसन, सूचना प्रविधि उद्योग व्यवसाय, सेवाप्रदायक र सामाजिक सञ्जाल आदि सम्बन्धी नयाँ व्यवस्था गरेको छ, त्यसबाहेक यसले कसुर र सजायको पनि विस्तृत व्यवस्था गरेको छ
पाँचौँ, यस विधेयकको धारा ७१बमोजिम तथ्यांक केन्द्र तथा क्लाउड सेवा सञ्चालकले दस्तुर बुझाई विभागमा इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ । यसले प्रक्रियालाई झन्झटिलो बनाउने र बढी दस्तुर बुझाउनुपरे व्यापार गर्न नै हतोत्साहित हुने देखिन्छ । वर्षको दुईपटक निरीक्षण र वर्षैपिच्छे गर्नुपर्ने नवीकरणले व्यवसायीलाई थप हतोत्साहित बनाउनेछ ।
छैठौँ, धारा ८८को उपधारा २बमोजिम सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने गरी विद्युतीय प्रणालीको दुरुपयोग गर्न नहुने उल्लेख छ । अब यो सदाचार र नैतिकता व्याख्या व्याख्याताको आफुखुसी हुन सक्ने भएकाले विरोधको स्वर सुनिएको हो । र, यसमा पाँच वर्ष कैद र १५ लाखसम्म जरिवाना वा दुवै कसुरमा मुद्दा चलाउन सकिने व्यवस्था छ । यही धाराको दुरुपयोग होला भन्ने डर पत्रकार र सर्वसाधारणमा व्याप्त छ । सातौँ, धारा ९१मा सामाजिक सञ्जाल दर्ता र नियमनसम्बन्धी व्यवस्था गरिएको छ । उपदफा ३मा व्यक्तिले चलाएको देशमा दर्ता नभएको सामाजिक सञ्जाल बन्द गर्न सक्ने हुनाले हाल चलिरहेका एप्स बन्द भएमा के हुने हो भन्ने डर पनि सर्वसाधारणमा छ ।
अन्त्यमा,
यो विधेयक मूलतः ‘नियमनकारी विधेयक’का रूपमा आए पनि यसले उद्योग व्यापारमा सहजताभन्दा व्यवधान नै बढाउने देखिन्छ । सूचना प्रविधि उद्योगमा देखिने गति र विविधतालाई बुझेर विधेयकलाई गतिशील बनाउन सकेको देखिन्न । तसर्थ यो विधेयक निजी क्षेत्रमैत्री छैन भन्ने व्यापारिक वृत्तमा धारणा बनेको छ ।
काठमाडौँ — इन्टरनेटको माध्यमबाट गरिने अभिव्यक्तिमा कडिकडाउ पार्ने गरी ल्याइएको सूचना प्रविधि विधेयकप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । लेखेकै आधारमा दिइने कठोर दण्डले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै उसले चिन्ता व्यक्त गरेको छ । विधेयकका कतिपय प्रावधान आमसञ्चार क्षेत्रलाई नियन्त्रण गर्न दुरुपयोग हुन सक्ने औंल्याउँदै महासंघले त्यसमा सुधारको माग गरेको छ ।
सामाजिक सञ्जाल वा अनलाइन मिडियामार्फत गरिने कतिपय अभिव्यक्ति र प्रस्तुतिलाई कसुर मानेर दण्ड सजायको व्यवस्थासहित सूचना प्रविधि विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेपछि महासंघले आपत्ति जनाएको हो । प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बाबजुद बहुमतबाट विधेयक समितिले पारित गरेको हो । शब्दहरूलाई स्पष्ट परिभाषित नगरी ल्याइएको विधेयकका प्रावधानले सरकार र तिनका अधिकारीले चाहेका बेला आमसञ्चार क्षेत्रलाई दुःख दिन सक्ने महासंघको बुझाइ छ । महासंघका महासचिव रमेश विष्टले अन्य प्रयोजनका लागि ल्याइएको विद्युतीय कारोबार ऐनको प्रयोग आमसञ्चारविरुद्ध भइरहेका बेला नयाँ कानुन त्योभन्दा पनि कठोर बनाउन खोजिएको बताए । ‘पत्रकारलाई तर्साउन र थुन्नलाई सरकारका अंगले विद्युतीय कारोबार ऐनको निर्बाध प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘सूचना प्रविधि विधेयकमा प्रेसविरुद्ध प्रयोग हुने खालका धेरै प्रावधान छन् ।
ती पत्रकारलाई थुन्न दुरुपयोग हुने सम्भावना रहन्छ ।’ विद्युतीय कारोबार ऐनको दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी पार्ने, अपमान गर्ने वा यस्तै कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । प्रहरीले उक्त दफालाई टेक्दै एक दर्जनभन्दा बढी पत्रकारलाई नियन्त्रणमा लिएर मुद्दा चलाइसकेको महासंघले जनाएको छ ।
काठमाडौं विश्वविद्यालयमा न्यु मिडिया अध्यापन गराउने सहप्राध्यापक सुधांशु दाहालले नयाँ मिडियासँग राजनीतिक नेतृत्व र सरकार तर्सिएको बताए । ‘नयाँ खाले मिडिया आउँदा समाजमा तरंग पैदा हुन्छ । सरकारमा रहेकालाई त्यो आफ्नो नियन्त्रणमा रहँदैन कि भन्ने डर हुन्छ,’ उनले भने, ‘विगतमा रेडियो र टेलिभिजन आउँदा पनि पुरातन सोचका शासकहरू सशंकित र भयभीत हुन्थे ।’ उनले विधेयकका प्रावधानले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित हुने बताए । कार्टुन बनाउने, क्यारिकेचर गर्ने र हास्यरसको विधामार्फत राजनीति र शासनको विकृति उजागर गर्ने लोकतन्त्रको स्वस्थ अभ्यास र आचारणलाई अपराधीकरण गर्न खोज्नु आपत्तिजनक रहेको उनको भनाइ छ ।
पत्रिका वा अनलाइन पोर्टलमा आएका समाचारजन्य सामग्री सामाजिक सञ्जालमा सेयर गरेकै कारण वा एउटाले गरेको पोस्टलाई अर्कोले सेयर गरेका कारण पनि विद्युतीय कारोबार ऐनअन्तर्गत कतिपय पत्रकार थुनिएका
उदाहरण छन् ।
सामाजिक सञ्जालमार्फत राजनीतिक नेतृत्वलाई व्यंग्य गरेको आलोचना गरेका सर्वसाधारणदेखि कर्मचारीसम्म त्यही ऐनका आधारमा थुनामा परिसकेका छन् । नयाँ कानुनले विद्युतीय कारोबार ऐनलाई विस्थापन गर्ने भए पनि नयाँ प्रावधान अझै कठोर रहेकाले त्यसको दुरुपयोगको धेरै सम्भावना रहेको सञ्चारविद् रामकृष्ण तिमिल्सिनाले बताए । उनले प्रस्तावित नयाँ कानुनले अभिव्यक्ति स्वतन्त्रतालाई हतोत्साही गर्ने बताए । स्वतन्त्र रूपमा अभिव्यक्ति राख्ने र छलफल गर्ने प्रजातन्त्रको विशेषतालाई विधेयकका कतिपय प्रावधानले त्रासमा राख्ने उनले बताए । ‘यसबाट सरकारले शक्ति दुरुपयोग मिडिया र आम नागरिकमाथि गर्न सक्ने सम्भावना बढाउँछ,’ उनले भने, ‘यही अवस्थामा यो विधेयक पारित हुनुहुँदैन । सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको हकअनुकूल हुने गरी विधेयकमा पुनर्विचार आवश्यक छ ।’
सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नियन्त्रणको प्रयास गरिनु ठीक नभएको उनले बताए । ‘लोकतन्त्रमा छलफलबाटै सरकार चल्छ । तर, कानुन बनाएर स्वतन्त्र छलफललाई नियन्त्रणको प्रयास गरिँदै छ । यो लोकतान्त्रिक व्यवस्थाअनुकूलको आचरण होइन,’ उनले थपे, ‘अभिव्यक्तिका सन्दर्भमा सजाय फौजदारी संहितामा जघन्य अपराधलाई भन्दा बढी हुनु सजाय निर्धारणको सिद्धान्तविपरीत हो ।’
सहायक प्राध्यापक दाहालले गाली–बेइज्जती र मानहानिसम्बन्धी अन्य कानुन पर्याप्त हुँदाहुँदै सूचना प्रविधि विधेयकमा फौजदारी संहिता, व्यक्तिको गोपनीयताको हकसम्बन्धी कानुनमा रहेका प्रावधान दोहोर्याइनु ठीक नभएको बताए । ‘राजनीतिक नेतृत्व विचारभन्दा भावना र आत्मनिर्णयबाट निर्देशित हुँदा त्यसको सिधा असर अभिव्यक्ति स्वतन्त्रतामा पर्छ,’ उनले भने ।
पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले सूचना प्रविधिमार्फत गरिने अभिव्यक्तिलाई कसुर मानेर सोझै जेल पठाउन खोज्नु गम्भीर विषय भएको बताउँछन् । ‘परिभाषित नगरिएका शब्दहरूले सत्ता र शक्तिलाई गरिएको प्रश्न र टिप्पणीका आधारमा पनि पत्रकारहरू जेल पर्ने सम्भावना रहन्छ,’ उनले भने, ‘प्रतिनिधिसभाको फुल हाउसले विधेयकलाई पुनर्विचार गर्नुपर्छ । यत्तिकै पास हुन दिनुहुँदैन ।
विधेयकमा के छ ?
विधेयकमा कसैले विद्युतीय प्रणालीका माध्यमबाट कुनै अश्लील सामग्री उत्पादन, संकलन, सम्प्रेषण, वितरण, प्रकाशन, प्रसारण बिक्री वा सञ्चय गरे १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्मको कैद सजाय हुने प्रावधान छ । विद्युतीय माध्यमबाट जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराधका लागि दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा दिने वा कानुनले प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने कुनै कार्य गरे १५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्मको कैद वा दुवै सजाय हुने भनिएको छ । कानुनले बिक्री तथा वितरण गर्न निषेध गरेको सामग्री बिक्री गर्न वा सो सम्बन्धमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रचलित अपराधका रूपमा निषेध गरेको कार्य गर्न वा गराउन विद्युतीय प्रणाली प्रयोग गरे पनि त्यस्तै सजाय निर्धारित छ ।
विधेयकमा सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पार्ने आशयले सन्देश प्रवाह गरिएको पाइए वा बिना तथ्य/आधार कसैको चरित्रहत्या गर्ने उद्देश्यले वा प्रचलित कानुनबमोजिम गाली–बेइज्जती मानिने कुनै कार्य गरे १५ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ ।
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधिसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा आयोगले अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित गर्न बनेको विधेयक नै त्यसप्रति प्रतिकूल रहेको टिप्पणी गर्दै त्यसलाई सच्याउन सरकार र संघीय संसद्लाई आग्रह गरेको छ ।
आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन अनुकूल हुने गरी विधेयकलाई परिमार्जन गर्नुपर्ने धारणा राखेको छ । आयोगले सरोकारवालासँग पर्याप्त छलफल गरेर प्रत्येक व्यक्तिले अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने गरी कानुन निर्माण गर्नसमेत सबै पक्षलाई आग्रह गरेको छ ।
‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता संविधान प्रदत्त मौलिक हक हो । अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउँदा त्यसले प्राप्त गर्न खोजेको उद्देश्यसँग औचित्यपूर्ण सम्बन्ध रहेको हुनुपर्छ भन्ने सर्वोच्च अदालतको ०७४ वैशाख ६ को फैसलालाई समेत आयोग स्मरण गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको मानव अधिकार समितिले साधारण टिप्पणी नं. ३४ मा विचारको स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता मानिसको पूर्ण विकासका लागि अपरिहार्य सर्त भएको र लोकतान्त्रिक समाज स्थापनाका लागि आधारस्तम्भका रूपमा रहेको हुनाले संकटकालीन अवस्थामा समेत बन्देज लगाउन नमिल्ने भनी व्याख्या गरेको सरकार र संसद्लाई स्मरण गराएको छ ।
‘अभिव्यक्ति स्वतन्त्रतालाई आधारभूत मानव अधिकारका रूपमा विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले स्थापित गरेका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ ले प्रत्येक व्यक्तिलाई बिनाहस्तक्षेप आफ्ना विचार राख्न पाउने अधिकार सुनिश्चित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रसंग २०७६ मंसिर २७ गते कान्तिपुरको पहिलो पृष्ठमा प्रकाशित ‘खप्तडमा गडबड’ समाचारको हो । २०७५ को चैत अन्तिम साता बझाङ सहकर्मी वसन्तप्रताप सिंहसँग रिपोर्टिङका क्रममा खप्तड पुगेका थियौँ । उताबाट काठमाडौं फर्केपछि मैले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा सूचना माग्न थालेँ ।
‘सूचनाको हक सम्बन्धी ऐन, २०६४’ अनुसार विवरण माग्दा निकुञ्जका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले केही दिनमै बोलाएर मागेको विवरण सर्लक्कै दिए । यही आसले पर्यटन मन्त्रालय र बोर्डमा पनि सूचना अधिकारीलाई निवेदन लेखेँ । तर राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेर पटक–पटक ताकेता गर्दा पनि सहज भएन ।
पर्यटन मन्त्रालयमा माग गरेको विवरण सूचना अधिकारी र प्रमुखले नदिएपछि जेठ ५ गते आयोगमा पुनरावेदन गरेँ । आयोगले जेठ १५ मा सूचना मागको निवेदन कार्यान्वयन गर्न मन्त्रालयलाई आदेश दियो । त्यसपछि मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले आलटाल गर्ने हिसाबले एकपाने विवरण उपलब्ध गराए । जसमा माग गरेको सूचना पर्याप्त थिएन । थप सूचनाका लागि केही समय कुर्न भने । मैले कुरेँ । सहप्रवक्ता प्रकाश शर्मा ढकालसँग सम्पर्क गर्न आग्रह गरेँ । सहप्रवक्तासँग समय मागेर भेट्न गएँ । उनले बोलाएको समयमा उनको कार्यकक्ष पुगेँ ।
सूचनाका लागि बोलाएर उनले मलाई कार्यालयको काम देखाउन थाले । ‘कामको चाप भएको बेला तपाईंलाई सूचना दिउँ कि मेरो काम गरुँ ?’ मैले भनेँ, ‘तपाईंको काम सक्नुस्, अनि सूचना दिनुस् ।’ उनी अर्का कर्मचारीसँग कार्यालयको फाइल पल्टाएर भट्याउन थाले । करिब एक घन्टापछि आँखा तर्दै सहप्रवक्ता ढकालले भने, ‘यहाँ तपाई किन बस्नुभएको ? सूचना भए अघि दिइहाल्थेँ नि ! जानुस् ।’ म निस्केँ ।
अर्को दिन सूचना अधिकारीसँग समय लिएर कार्यालय गएँ । उनी सुरुमै कड्किए, ‘तपाईंलाई दिन मिल्ने सूचना दिएकै छौँ, जसले जे पनि माग्छ भन्दैमा दिनुपर्छ भन्ने छैन । म यहाँको सूचना अधिकारी हुँ, मैले जति दिनसकेँ, दिइसकेँ’ ।’ मैले भनेँ, ‘सूचनाको हक सम्बन्धी ऐनले जे दिनु भनेको छ, त्यही दिनुस्, सार्वजनिक महत्त्वका विषयमा नेपाली नागरिक सबैलाई सूचना पाउने अधिकार छ ।’ उनले प्रतिवाद गर्दै भने, ‘सूचना आयोगले जे पनि आदेश गर्न मिल्छ ? हामीलाई दु:ख दिने ? आयोग राज्यको अंग भएर राज्यको गोपनीयता भंग गर्ने बाटो खुलाइदिने ?’ छेउमा बसेकी अर्की कर्मचारीले पनि उनको कुरामा सही थापिन् । त्यो माहोलले के भान हुन्थ्यो भने म सूचना आयोगको प्रमुख सूचना आयुक्त भएर पुगेको हुँ, सूचना अधिकारीले सूचनाको हकलाई संकुचन पार्ने सजिलो उपाय सुझाउँदैछन् । मै सूचना आयोगको जिम्मेवारी बोकेर पुगेको प्रतिनिधि नभई नेपाली नागरिक भएको हैसियतले सूचना माग्न गएको अडान लिएँ र भनेँ, ‘दिने भए सूचना दिनुस्, नभए के कारणले दिन मिल्दैन, आधिकारिक पत्र दिनुस् ।’ उनले जवाफ फर्काए, ‘दिन मिल्दैन, गैहाल्नुस् ।’
असार २० मा सूचना आयोग पुगेर पुन: ताकेता दर्ता गराएँ । आयुक्त यशोदादेवी तिम्सिनाले ‘मन्त्रालयका सूचना अधिकारीलाई दिनमिल्ने सूचना दिनू, नमिल्ने सूचना कारणसहित आधिकारिक चिठी लेखेर दिनू’ भनी सूचना अधिकारीलाई फोन सम्पर्कमा भनिन् । असार २५ मा ६१ पानाको ६१० रुपैयाँको हुलाक टिकट बुझाइ खामबन्दी सूचना लिएँ ।
पर्यटन बोर्डमा पनि उही कथा छ । सूचनाको हक अन्तर्गत निवेदन दर्ता गर्दा तत्कालीन सूचना अधिकारी सन्तोष पन्तले वेबसाइटबाटै लिन भने । जबकि वेबसाइटमा पर्याप्तै सूचना नै थिएन । आलटाल गर्ने काम गरेपछि आयोगमा पुनरावेदन गरेँ । कुनै प्रतिक्रिया नआएपछि असार ४ मा आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाकै अगाडि पुन: ताकेता बुझाएँ । असार २३ मा सूचना अधिकारी पन्तले आफैले प्रमाणित सूचना उपलब्ध गराए ।
यी केही प्रतिनिधि घटनामात्रै हुन् । ऐन बमोजिम सार्वजनिक महत्त्वका विषयमा सूचना माग्दा सम्बन्धित निकायले सूचना दिन कञ्जुस्याइँ गर्छन् । सार्वजनिक निकायहरूमा ‘मुस्कान सहितको सेवा’ नाराले सूचना अधिकारीहरूलाई गिज्याइरहे जस्तो लाग्छ । जस्तो केही हप्ताअघि समाज कल्याण परिषदका सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले पनि सूचना माग गर्दा तथानाम भने ।
सूचनाको हकको उपदफा ५ (१) र (२) भन्छ, ‘सूचना अद्यावधिक गरी राख्नुपर्ने र सार्वजनिक निकायले सम्भव भएसम्म यो ऐन लागू हुनुभन्दा कम्तीमा बीस वर्ष अघिसम्मका आफ्नो निकायसँग सम्बन्धित सूचना अद्यावधिक गर्नु/ गराउनुपर्ने’ उल्लेख छ । तर सूचना अधिकारीहरू तथ्याङ्कै नभएको भन्दै सूचना दिन चाहँदैनन् ।
संविधानको मौलिक हक अन्तर्गत धारा २७ ले भन्छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक छ ।’ अधिकारीहरू बहानाबाजी गरेर लुकाउन चाहन्छन् । गत जेठमा मैले काठमाडौं महानगरका सूचना अधिकारी र प्रमुखसँग सूचना मागेँ । प्रशासन विभागका तत्कालीन विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीले ‘ऐन बमोजिम माग गर्नुको प्रयोजन स्पष्ट खुलाउनुपर्ने’ जवाफमा लेखे । मैले असार १ मा आयोगमा पुनरावेदन गरेंँ । असार ४ मा आयोगले सूचना दिन महानगरलाई आदेश दियो । असार १७ मा महानगरले ‘सूचना मागको प्रयोजन नखुलाई पुन: हालसम्म सूचना माग नगरेको’ जवाफ फर्कायो । जबकि सूचना मागको प्रयोजन खुलेकै कारण आयोगले पुनरावेदन अनुसार महानगरलाई आदेश गरेको थियो । त्यसपछि सूचना आयोगमा पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ भएको छैन ।
सूचनाको हक सम्बन्धी ऐन आएको १२ वर्ष भैसक्यो । यसमा सार्वजनिक महत्त्वको सूचना माग्ने र पाउने अधिकारलाई मात्रै लेखेको छैन । सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा सो निकायको कामकारबाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने कुरा छ । सार्वजनिक महत्त्वको निर्माण कार्य भैरहेको स्थलको भ्रमण र अवलोकन गर्ने विषय छ । कुनै सामग्रीको प्रमाणित नमुना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने अधिकार तोकिएको छ । विडम्बना, यो पहुँच सबैलाई छैन ।
उपत्यका बाहिरका एक पात्रले गत साउनदेखि सूचना आयोगमा तीन पटकसम्म ताकेता गरिसके । तर उनलाई सूचना उपलब्ध गराउने सम्बन्धित निकाय र आयोग दुवैले ‘रेसपोन्स’ गरेका छैनन् । के सूचनाको हक र सूचना आयोग उपत्यकामा भएका र पहुँचवालाहरूका लागिमात्रै हो ? मैले पर्यटन मन्त्रालय र बोर्डमा सूचना लिँदा आयुक्तहरूलाई भेटेर सूचना पाएजसरी ७७ वटै जिल्लाका नागरिकलाई सम्भव छ ? आयुक्तहरू नागरिकहरूले सूचना अधिकारीसँग सूचना नै मागेनन् भनेर सार्वजनिक थलोमा बोल्ने, सूचना अधिकारीहरूचाहिँ सूचना माग्नेलाई आलटाल गरिरहने हो भने नागरिकहरू सूचनाको पहुँचमा कसरी पुग्न सक्छन् ?
काठमाडौं : सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिमा पारित भएको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार प्रतिपक्षीको फरक मतका बाबजुद विधेयक बहुमतले पारित गरेको हो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले विधेयकमा थुप्रै संकुचित प्रावधान राखिएको भन्दै फरक मत राखेका थिए।
समिति सदस्यसमेत रहेका कांग्रेसका ४ सांसद बहादुरसिंह लामा, जिपछिरिङ लामा, रामबहादुर बिष्ट र रंगमति शाहीले विधेयकमा चारबुँदे फरक मत प्रस्तुत गरेका छन्। ‘कार्यान्वयन गर्न नसकिने कानुन बनाउँदा विधायिकाको कानुन बनाउने शक्तिमा एकप्रकारको नैतिक ह्रास र राजनीतिक रूपमा विधायिकाको वैधतामा गम्भीर प्रश्न उठ्छ’, चार सांसदको फरक मतमा भनिएको छ, ‘विधायिकाले आफ्नो विधि निर्माण गर्ने शक्तिलाई क्षिण गर्नु स्वाभाविक हो।’
चार सांसदले विधेयकको सामाजिक सञ्जालसम्बिन्धत व्यवस्था (दफा ९१ र ९४), सूचना प्रविधि अदालत गठन (दफा ११५), साइबर आतंक गर्न नहुने (दफा ८४), साइबर बुलिङ गर्न नहुने (दफा ८३), उपकरण प्रयोग गर्नुपूर्व अनुमति लिनुपर्ने (दफा ८१) र परिभाषा (दफा १) र दफा ८८ र ९४ मा फरक मत राखेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले समितिमा विभिन्न देशको नजिर हेरेरै सरकारले यो विधेयक ल्याएको प्रस्ट्याए। ‘विश्वका सबै देशमा यस्ता कैयांै व्यवस्था छन्, हामीले इजिप्टको जस्तो कडा व्यवस्था ल्याएका छैनौं’, उनले भने। ‘यो विधेयकले नियन्त्रण गर्नेभन्दा पनि सूचना प्रविधि क्षेत्रमा आएको विकृति नियन्त्रण गर्छजस्तो लाग्छ’, मन्त्री बाँस्कोटाले भने।
त्यस्तै, कांग्रेस सांसद बहादुरसिंह लामा विधेयकले जनतालाई समस्यामा पार्ने बताउँछन्। ‘राणाशासनमा पनि वर्षको एकपटक गाईजात्रा भरेर व्यंग्य गर्न पाइन्थ्यो’, उनले भने, ‘यो विधेयकको माध्यमबाट सरकारले जनतालाई खुम्च्याउने रणनीति ल्याएको छ।’
विधेयकको दफ ९१ मा दर्ता नभएको उक्त कम्पनीलाई नेपालमा प्रतिबन्धसमेत लगाउने प्रावधान छ। उक्त विधेयकमा सामाजिक सञ्जाल दुरुपयोग गरे प्रयोगकर्तालाई सजाय दिने व्यवस्था छ। विधेयकको दफा ९५ मा २८ वटा विषयलाई ‘विपरीत कार्य’ भन्दै यी कार्य गरे कसुर मानिने प्रावधान छ।
नेपालको सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, राष्ट्रिय हितविरुद्ध बोल्नु, संघीय एकाइबीच सु–सम्बन्ध खलल पर्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक घृणा फैलाउने विषयमा अभिव्यक्ति सार्वजनिक गर्नु, कुनै पनि व्यक्तिलाई घृणा, द्वेष, अवहेलना गर्नुलाई विधेयकमा ‘विपरीत कार्य’ भनिएको छ।
सामाजिक सञ्जालमार्फत ‘विपरीत कार्य’ गरे कसुर हेरी अधिकतम १५ लाख रुपैयाँ जरिवाना वा ५ वर्ष कारावास सजाय अथवा जरिवाना र कारावास हुन सक्ने व्यवस्था विधेयकमा उल्लेख छ। कुनै पनि प्रयोगकर्ताले दफा ८५ मा उल्लिखित यौनजन्य दुव्र्यवहार गरे ३० हजार रुपैयाँ जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
त्यस्तै, विद्युतीय प्रणालीको प्रयोग गरी कसैले कुनै व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने वा हप्काउनेजस्ता कार्य गरे १० लाख रुपैयाँ जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ। दफा १०५ मा कसुरसम्बन्धी मुद्दाको अनुसन्धान ‘सूचना प्रविधिसम्बन्धी ज्ञान भएको कम्तीमा प्रहरी निरीक्षकस्तरको अधिकारीले गर्नेछ। सरकारले प्रत्येक प्रदेशमा सूचना प्रविधि अदालत गठन गर्ने र अदालतमा एक जना कानुन सदस्य, एक जना सूचना प्रविधि सदस्य र एक जना वाणिज्य सदस्य रहने व्यवस्था गरेको छ।
काठमाडौं – सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, धम्क्याउनेलगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना हुने व्यवस्था राखेर संसदीय समितिले विधेयक पारित गरेको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई मतदानबाट टुंगो लगाइएको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सजायको व्यवस्था हटाउनुपर्ने भन्दै लिखित असहमति राखे पनि समितिले बहुमतको आधारमा विधेयक पारित गरेको छ। ध्वनिमतका आधारमा समितिमा भएको मतदानबाट कांग्रेसले राखेको प्रस्ताव अस्वीकृत भएको थियो। यो विधेयक गत फागुन १४ मा समितिमा पुगेको थियो। कांग्रेसको असहमतिका कारण समितिले विधेयक पारित गर्न सकेको थिएन।
विधेयकको दफा ९४ मा जातीय भेदभाव, अवहेलना, शान्तिसुरक्षा, सार्वजनिक सदाचार र नैतिकतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा, कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, धम्क्याउने, झुक्याउने काम गरेमा, बिक्री गर्न रोक लगाएको सामग्रीको विज्ञापन गरेमा, ऐनविपरीत अन्य कुनै कार्य गरेमा पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवानाको व्यवस्था छ।
पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले यो विधेयकले इन्टरनेटको स्वतन्त्रतालाई खुम्च्याएको बताएका छन्। कानुन लागू भएपछि सरकारलाई मन नपरेका व्यक्तिमाथि मुद्दा चलाउने काम पनि सुरु हुने उनले बताए। यसबाट सञ्चारमाध्यम बढी प्रभावित हुन उनको ठहर छ।
सरकारले संसद्मा दर्ता गराएको विधेयकमा सजाय बढी भएको भन्दै विरोध भएपछि संसदीय समितिमा पुगेको थियो। समितिले कुनै पनि परिमार्जन नगरी बरु झन् जटिल बनाएर विधेयक पारित गरेको छ।
जातीय भेदभाव, अवहेलना, शान्तिसुरक्षा, सार्वजनिक सदाचार र नैतिकतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा, कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, धम्क्याउने, झुक्याउने काम गरेमा, बिक्री गर्न रोक लगाएको सामग्रीको विज्ञापन गरेमा, ऐनविपरीत अन्य कुनै कार्य गरेमा पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवानाको व्यवस्था छ।
दफा ८५ मा रहेको विद्युतीय माध्यमबाट कसैले यौन दुव्र्यवहार गरेमा तीस हजार रूपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्थामा तीस हजारलाई बढाएर दुई लाख रूपैयाँ पु-याइएको छ। दफा ८८ को उपदफा १ को कसुरमा कसुरदारलाई पाँच वर्षसम्म कैद र १५ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। दफा ८८ को उपदफा १ मा कसैले विद्युतीय माध्यम प्रयोग गरी राष्ट्रियताविरुद्ध, सार्वभौमसत्ता विरुद्ध, जात, वर्ग, धर्ममा खलल पार्ने काम गरेमा सो सजाय तोकिएको छ।
विधेयकको दफा १४ मा कसैले विद्युतीय प्रणालीमा रहेको सूचना अनधिकृत रूपमा प्राप्त गर्ने, परिवर्तन गर्ने, मेटाउने वा निष्क्रिय पार्ने उद्देश्यले कुनै दुराशययुक्त प्रोग्राम सम्प्रेषण गर्न वा सञ्चालन गर्न हुँदैन भन्ने व्यवस्थामा दुराशययुक्त शब्दको सट्टा प्रतिकूल प्रभाव पार्ने शब्द राखिएको छ।
दफा ७३ मा रहेको इजाजत नलिई तथ्यांक केन्द्र चलाएमा कसुरदारलाई कसुरको मात्रा हेरी १० लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ भन्ने व्यवस्थामा १० लाख रूपैयाँसम्म जरिवाना भन्ने शब्दपछि वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने’ व्यवस्था गरिएको छ।
दफा ७५ मा कसैको स्वामित्वमा रहेको विद्युतीयस्वरूपको सूचनालाई क्षति पु¥याउन अवरोध गरेमा कसुरदारलाई कसूरको मात्रा हेरी १० लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। दफा ७६ मा विद्युतीय माध्यमबाट कसैको गोपनीयता भंग गराएमा कसुरदारलाई कसुरको मात्रा हेरी पाँच लाख रूपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। साइबर बुलिङ गर्न नहुने व्यवस्था दफा ८३ मा छ। यस कसुरमा १० लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्थालाई परिमार्जन गरी ५० हजार रूपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद भन्ने शब्द राखिएको छ।
विधेयकको दफा १९ मा रहेको नियन्त्रकसम्बन्धी व्यवस्थामा तोकिएबमोजिमको योग्यता भनिएको थियो। तर विधेयक प्रतिवेदनमा प्रमाणीकरण निकायलाई इजाजतपत्र दिने कामसमेतका लागि नेपाल सरकारले मान्यता प्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधि वा सो सरहको कुनै विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सूचना प्रविधिको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्तिलाई नियन्त्रक नियुक्त गर्न सक्नेछ भन्ने व्यवस्था राखिएको छ। प्रमाणीकरण निकायले प्राप्त गरेको इजाजतपत्र प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्नेछ भन्ने ठाउँमा प्रत्येक एक वर्षमा नवीकरण गर्नुपर्नेछ भन्ने व्यवस्था थप गरिएको छ। डिजिटल हस्ताक्षरसम्बन्धी प्रमाणपत्र प्राप्त गर्न चाहने व्यक्तिले निवेदन दिएको १५ दिनभित्र निवेदकलाई प्रमाणपत्र जारी गर्ने वा नगर्ने निर्णय गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
ऐन जारी हुँदाका बखत सञ्चालनमा रहेका डोमेन नामहरू यो ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र यस ऐन बमोजिम दर्ता गर्नुपर्नेछ भन्ने व्यवस्था राखिएको छ। कुनै खास प्रयोजनका लागि कानुनबमोजिम संकलन तथा सञ्चय गरिएको वैयक्तिक सूचना संकलन तथा सञ्चयको प्रयोजन समाप्त भएको १५ दिनभित्र सम्बन्धित व्यक्तिलाई प्रत्याभूत हुने गरी नष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।
दफा १४ को कसुरमा कसुरदातालाई कसुरको मात्रा हेरी तीन लाख रूपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म भन्ने शब्द थप गरिएको छ। यसअघि एक वर्षसम्म भन्ने व्यवस्था थियो। यस दफामा कसैले विद्युतीय प्रणालीमा रहेको सूचना अनधिकृत रूपमा परिवर्तन गर्ने, मेटाउने, निष्क्रिय पार्ने काम गरेमा सो सजायको व्यवस्था गरिएको हो।
दफा १५ को कसुरमा बिगो खुलेकोमा बिगोबमोजिमको जरिवाना र बिगो नखुलेको कसुरको मात्रा हेरी एक लाख रूपैयाँसम्म जरिवाना हुनेछ। यस दफामा फरक सामान उपलब्ध गराएमा हुने साजय तोकिएको छ।
अब सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐनबमोजिम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्ति नभई समाजिक सञ्जाल सञ्चालन गर्ने संस्थाले दर्ता गर्नुपर्ने बताएका छन्।
काठमाडौँ — प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । समितिकाे आइतबार बसेको बैठकले कांग्रेसकाे फरक मतका बाबजुत विधेयक बहुमतले पारित गरेको हो ।
समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा बैठकमा गरिन् ।
कांग्रेस सांसद बहादुरसिंह लामाले उक्त विधेयक जस्ताको तस्तै पारित भएमा जनताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने, संविधानले ग्यारेन्टी गरेका मौलिक हकअधिकार कुण्ठित हुने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्ने भएकोले आफ्नो पार्टीले विरोध गरेको बताए ।
सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ । नेपालमा प्रयोगकर्ता बढेकाले र ती सञ्जालमार्फत व्यवसायिक कारोबार बढ्दै गएकाले करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको सञ्चार ताथ सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालेबताए ।त्याे प्रावधानकाे काग्रेसले विरोध गर्दै आएको थियो।
सत्तारूढ दलका शीर्ष नेतृत्वले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुकको स्वतन्त्र प्रेसलाई झस्काउने र तर्साउने किसिमका अभिव्यक्तिहरू प्रकट गर्नु दुर्भाग्यपूर्ण छ ।
शनिबार आफ्ना पार्टीनिकट सञ्चारकर्मीहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीनिकट सञ्चारकर्मीहरूको भेलालाई सम्बोधन गर्दै सरकारी स्वामित्वको गोकर्णको जग्गा एवम् रिसोर्ट यति होल्डिङ्स नामको निजी कम्पनीलाई अनियमित ढंगबाट दिइएकोमा त्यसको प्रतिरक्षा मात्र गरेनन्, त्यसबारे विभिन्न सञ्चार माध्यममा तथ्यपूर्ण समाचार एवम् टिप्पणी आइरहेकामा आक्रोशसमेत प्रकट गरे । त्यही कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको मिडिया ‘बुर्जुवा वर्गको हातमा रहेको’ दाबी गर्दै त्यसविरुद्ध परिचालित हुन पार्टीनिकट पत्रकारहरूलाई आह्वान गरे । उनले आम सञ्चारसँगै सामाजिक सञ्जालप्रति पनि असन्तुष्टि जाहेर गरे । सत्तारूढ दलका शीर्षनेताहरूबाट स्वतन्त्र पत्रकारिता र नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति जुन ढंगको आक्रोश र आलोचना प्रकट भएको छ, त्यसले सत्ता सञ्चालकहरूको साँघुरिँदै गएको सोचलाई प्रतिविम्बित गर्छ । साथै उनीहरूले पार्टीप्रति बफादार सञ्चारकर्मीलाई सरकारी परिसरमा शपथ खुवाउँदै आफ्ना पक्षमा परिचालित हुन जसरीआह्वान गरेका छन्, त्यसबाट सत्तारूढ दल मुलुकमा कुन किसिमको पत्रकारितालाई प्रवर्द्धन गर्न चाहन्छ भन्ने पनि प्रस्ट हुन्छ ।
तत्कालीन राजपरिवारको स्वामित्वमा रहेका जग्गा–जमिन र सम्पत्ति गणतन्त्र आएपछि राष्ट्रियकरण गर्नुको अर्थ त्यो कुनै एउटा व्यापारिक समूह विशेषलाई छानी–छानी दिनका निम्ति होइन । यदि त्यसलाई व्यावसायिक प्रयोजनमै लगाउने हो भने पनि त्यसका निम्ति पारदर्शी प्रक्रिया अपनाउनुपर्ने हुन्छ, जसलाई धेरै ठाउँमा मिचिएका तथ्यहरू मिडियामार्फत सार्वजनिक भइरहेका छन् । यसलाई त सरकारले आफ्नो त्रुटि सच्याउने वा अनियमितता छानबिन गर्ने आधार बनाउनुपर्ने हो । त्यसविपरीत व्यावसायिक प्रतिरक्षामा उभिनु राजनीतिक नेतृत्वलाई सुहाउने कुरा होइन । त्यसैगरी अध्यक्ष दाहालले नेपालको स्वतन्त्र प्रेस ‘बुर्जुवाहरूको हातमा पुगेको’ आधारहीन आरोप लगाउनु आफैंमा हास्यास्पद छ । नेपालमा बुर्जुवा भनेको के हो, को हो र यसबीचमा कुन–कुन राजनीतिक नेतृत्वको बुर्जुवाकरण भएको छ, त्यो आफैंमा अध्ययनको रोचक विषय हो, जसको एउटा ‘केस स्टडी’ दाहाल स्वयं हुन सक्छन् ।
सत्तारूढ दलका अध्यक्षद्वयले सत्तासंरक्षित पत्रकारिताको जुन परिकल्पना गर्न थालेजस्तो देखिन्छ, नेपालको गतिशील स्वतन्त्र प्रेसबाट त्यो कुनै हालतमा सम्भव छैन । सम्भवतः त्यसैले यसको प्रतिवाद गर्न बालुवाटारबाटै आह्वान गरिएको होला । यो पछिल्लो प्रवृत्ति भने खतरनाक छ । एकातिर व्यावसायिक पत्रकारिताप्रति असहिष्णुता प्रकट गर्ने, अर्कोतिर सरकारी निवासमै आफूअनुकूलका पत्रकारहरूको भेला गरेर उनीहरूलाई पार्टी अध्यक्षबाट शपथ खुवाउने जुन विवादास्पद कार्यको थालनी गरिएको छ, यसका दूरगामी नकारात्मक परिणामहरू देखिनेछन् । प्रथमतः यस्तो प्रवृत्तिबाट पत्रकारहरू आफैं बच्नुपर्ने हो, किनभने यसले अन्ततः पार्टी राजनीति र पत्रकारिताबीचको लक्ष्मणरेखा मेटाउने र पत्रकार–पत्रकारबीच विभाजन ल्याउने कार्य गर्नेछ ।
फराकिलो लोकतान्त्रिक सोच राख्नुपर्ने राजनीतिक नेतृत्वले पनि व्यावसायिक पत्रकारिताप्रति साँघुरो सोच राख्ने होइन, आफ्ना कामकारबाहीको स्वस्थ आलोचना गर्नेलाई प्रोत्साहित गर्नुपर्ने हो । किनभने त्यसो भए मात्र आफ्ना गल्ती–कमजोरी देखिने र सच्चिने अवसर मिल्नेछ । त्यसविपरीत सरकारले आम सञ्चार र सामाजिक सञ्जाललाई खुम्च्याउने उद्देश्यले विभिन्न नियम–कानुन ल्याउने र अंकुश लगाउने उल्टो बाटो समातिरहेको छ । सार्वजनिक रूपमा विरोध भएका बुँदाहरू यथावत् राखी आइतबार संसदको विकास तथा प्रविधि समितिको बहुमतले सूचना तथा प्रविधि विधेयक पारित गर्नुले यही देखाउँछ । प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रताको जगमै लोकतान्त्रिक प्रणाली टिकेको हुन्छ भन्ने सामान्य ज्ञान बिर्सिन थालेपछि बेलाबखत यस्ता विचलनहरू देखापर्ने गर्छन् । इतिहासबाट सिक्न खोज्ने नेतृत्वले यसलाई समय छँदै सच्याउँछन्, बाँकी तत्कालको सत्ता–स्वार्थमै रमाउँछन् । नेकपाका पाका अध्यक्षद्वयले शनिबार जुन चस्मा पहिरेर आम पत्रकारिता जगत्प्रति नकारात्मक टीकाटिप्पणी गरेका छन्, त्यो उनीहरू स्वयं र मुलुकको लोकतान्त्रिक भविष्यका निम्तिसमेत घातक छ ।
काठमाडौँ — सूचना प्रविधि विधेयक संसद्को विकास तथा प्रविधि समितिले पारित गरेको छ । विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।
सामाजिक सञ्जाल र यसका प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने प्रावधानसहितको
संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन सांसदहरूले राखेको संशोधन प्रस्ताव र नागरिक समाजले उठाएका प्रश्नमा छलफलै नगरी समितिको बहुमतले विधेयक पारित गरेको हो ।
विधेयकको प्रावधानले सरकारी निकायलाई अदालतको आदेशबिनै सामाजिक सञ्जालमा लेखिएका विषयवस्तु हटाउने अधिकारसमेत दिएको छ ।विधेयकको दफा ८३ मा साइबर बुलिङ गर्न नहुने भन्दै विद्युतीय प्रणालीको प्रयोग गरी निरन्तर हैरान गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साही बनाउने, अपमान गर्ने र हप्काउनेजस्ता काम गर्न नहुने उल्लेख गरिएको छ । यस्तो गल्तीका लागि १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ ।
सरकार वा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सामाजिक सञ्जालमार्फत व्यंग्य गर्दासमेत यो प्रावधान आकर्षित हुन सक्ने भएकाले यसले अभिव्यक्ति स्वतन्त्रता हनन हुने भन्दै विरोध हुँदै आएको थियो । के गर्दा हप्काएको वा अपमान गरेको हुने भन्ने अपरिभाषित व्यवस्थाका कारण यो प्रावधान दुरुपयोग हुन सक्ने आशंका छ ।
विधेयकको दफा ८६ मा अश्लील सामग्री उत्पादन, संकलन, वितरण, प्रकाशन, प्रदर्शन, प्रसार वा खरिदबिक्री गर्न वा गराउन नहुने प्रावधान छ । यस्तो काम गर्नेलाई १० लाखसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । यो व्यवस्थामा पनि कस्तो विषयवस्तु अश्लील हो भन्ने प्रस्ट छैन । यो प्रावधानबाट अनलाइन प्रणालीमा हुने सिर्जनात्मक अभिव्यक्तिसमेत नियन्त्रण हुन सक्ने आशंका छ ।
सामान्यतया बोलेको वा अभिव्यक्त गरेको आधारमा कसैलाई पनि फौजदारी अभियोग नलगाइने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि सामाजिक सञ्जालमा लेखेकै आधारमा यति कठोर सजायको प्रावधान राखिएकाले विधेयकका यी दफाको विरोध भएको हो ।
‘अभिव्यक्त गरेको, लेखेको वा बोलेका कारण कसैको बेइज्जती वा मानहानि भए उपयुक्त तरिकाले क्षतिपूर्ति भराउने अन्तर्राष्ट्रिय चलन छ,’ सूचना प्रविधिसम्बन्धी कानुनका जानकार अभिवक्ता बाबुराम अर्याल भन्छन्, ‘तर कसैले बोलेको वा लेखेकोभरमा जेल हाल्नु यस्तो अभ्यासविपरीत हो । अरू कुनै तरिकाले क्षतिपूर्ति भराउने व्यवस्था हुनुपर्छ ।’
विधेयकको दफा ९४ मा सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने विषय उल्लेख छन् । त्यसअनुसार सामाजिक सञ्जालमा लेखेकै आधारमा १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान
छ । ‘कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही बनाउने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने वा प्रापकलाईभ्रमित पार्ने आशयले सन्देश सम्प्रेषण गर्ने’ लाई यो सजाय तोकिएकोछ । यस्तै, उपदफा ‘ङ’ मा बिना तथ्य वा आधार कसैको चरित्रहत्या गर्ने उद्देश्यले वा प्रचलित कानुनबमोजिम गाली बेइज्जती मानिने कुनै कार्य गर्नेलाई पनि सोहीअनुसारको सजाय राखिएको छ । यस्ता अपरिभाषित प्रावधानका कारण सरकारले आफ्ना विरोधीलाई रोक्न कानुन दुरुपयोग गर्न सक्ने भन्दै विधेयकको विरोध भएको हो ।
विधेयकमा सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआए सरकारले जुनसुकै बेला बन्द गर्ने निर्देशन दिन सक्ने प्रावधान पनि छ ।
व्यावसायिक रूपमा साना मानिने नेपालजस्ता मुलुकमा सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआउने र यही बहानामा सरकारले आफ्नो आलोचना भएका बेला सञ्जालै बन्द गरिदिन सक्ने आकलन गर्दै यो प्रावधानको पनि विरोध भएको थियो । सूचना प्रविधिको क्षेत्रलाई नियमनका लागि भनिएको यो विधेयकका धेरै प्रावधान सामाजिक सञ्जाल र यसमा लेखिने विषयमाथि नै केन्द्रित छ ।
विधेयकको दफा ९२ अनुसार सूचना प्रविधि विभागले ‘यो ऐनबमोजिम कसुर ठहरिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेको वा गर्न लागेको विषयमा विभागले त्यस्तो विषयवस्तु वा सूचना हटाउन तत्काल सम्बन्धित सामाजिक सञ्जाल सञ्चालकलाई निर्देशन दिन सक्नेछ ।’ यो विधेयक अहिले चल्तीमा रहेका कुनै पनि सामाजिक सञ्जालको नीतिसँग मेल खाँदैन ।
सरकारले प्रेस काउन्सिलसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्दा प्रेस स्वतन्त्रतामाथि अनावश्यक नियन्त्रण गर्ने र पत्रकारहरूमाथि कडा सजायका प्रावधानहरू समेतको हामीले विरोध गरेका थियौँ र हाम्रो त्यो मत अहिले पनि कायम छ । तर, त्यसको अर्थ वा प्रेसको स्वतन्त्रताको अर्थ झुटा र कपोलकल्पित समाचारहरू प्रकाशित गरेर कसैको इज्जत वा चरित्रमाथि आक्रमण गर्नको लागि छुट हुनुपर्दछ भन्ने होइन ।
त्यस प्रकारका गतिविधिहरूमाथि पूरै नियन्त्रण हुनुपर्छ र त्यसको लागि उनीहरूमाथि आवश्यक र कडा सजाय हुनुपर्छ भन्ने हाम्रो स्पष्ट र दृढ मत छ । नेपालमा पत्रपत्रिकाहरूको उच्छृंखल कार्यविधिमाथि नियन्त्रण गर्न प्रेस काउन्सिलको पनि स्थापना गरिएको छ । तर, त्यसले पीत पत्रकारितामाथि पूरै नियन्त्रण गर्न सकेको देखिन्न ।
नेपालमा पहिले ‘आरती’ नामको एउटा साप्ताहिक प्रकाशित हुन्थ्यो । त्यसले बारम्बार मैले दलाईलामाबाट पैसा लिएर चीनको विरोध गरेको समाचार प्रकाशित गर्दथ्यो । चीनले दक्षिणपन्थी संशोधनवादी बाटो समातेपछि हामीले त्यसको विरोध गरेका थियौँ । त्यो सैद्धान्तिक विरोधलाई त्यसले दलाई लामासित लगेर जोडेको थियो ।
अन्य पत्रपत्रिकाहरूले पनि मेरा विरुद्ध त्यस प्रकारका निराधार समाचारहरू प्रकाशित गरेको लामो सूची छ । अहिले म ती सबैको चर्चा गर्नेपट्टि लाग्दिन । अहिले मैले यो लेखमा हालसालै मेरा विरुद्ध प्रकाशित भएका केही झुठा समाचारहरूको चर्चा गर्नेसम्म मात्र आफूलाई सीमित राख्नेछु ।
हाम्रो पार्टीको आठौँ महाधिवेशनको तयारी र त्यसपछि पनि एउटा समाचार पत्रपत्रिका वा अनलाइनहरूमा व्यापकरूपले उठ्ने गरेको छ र त्यो समाचार अहिलेसम्म पनि नयाँनयाँ रूपमा दोहोरिने गरेको छ । त्यो समाचारको सारतत्व हो ः दुर्गालाई मन्त्री बनाउन मैले प्रधानमन्त्री ओली वा नेकपाका अध्यक्ष प्रचण्ड कहाँ दौडधुप गरेको छु भन्ने । अब त्यो झुटा समाचारमा एउटा कुरा थपिएको छ ः मैले उनलाई उपसभामुख बनाउनको लागि खुमलटारमा वा प्रचण्डकहाँ दौडधुप गरेको छु भन्ने ।
त्यो झुटा समाचारको दौड यहाँसम्म पुग्यो कि युनाइटेड पोस्ट साप्ताहिकले मैले भारतीय राजदूतसँग दुर्गालाई मन्त्री बनाउन सहयोग गर्न अनुरोध गरेको समाचार पनि प्रकाशित गरेको थियो । उनीसित त्यो गोप्य वार्ता कहाँभयो ? त्यो सन्दर्भ पनि अत्यन्त हास्यास्पद प्रकारको छ । एउटा विवाह भोजमा, जहाँ हजारभन्दा बढी मानिसहरू उपस्थित थिए, उनीसित देखादेख भएको थियो । त्यति धेरै मानिसहरू उपस्थित भएको विवाह भोजमा कुनै राजदूतसित दुई घण्टासम्म गोप्य वार्ता हुनु के सम्भव थियो ?
उक्त झुटा समाचारबारे आवश्यक छानबिन र त्यसका लागि आवश्यक कारबाही गर्न हाम्रो पार्टीका प्रवक्ता क. रामप्रकास पुरीले प्रेस काउन्सिलमा आवेदन दिनुभएको थियो । त्यही सिलसिलामा दुर्गाले पनि प्रेस काउन्सिलमा आवेदन दिएकी थिइन् । पछि उनले काठमाडौंको जिल्ला आदालतमा पनि उजुरी दिएकी छन् । तर, युनाइटेड पोस्टको ठेगाना पत्ता लाग्न नसकेर अहिलेसम्म अदालतले त्यो पत्रिकाको नामको पूर्जी तामेल गर्न सकेको छैन ।
हालै ताजा खबर साप्ताहिक, रिपोटर्स नेपाल र रिपब्लिका दैनिक नामक अनलाइनले पनि त्यही प्रकारका झुटा समाचार प्रकाशित गरेका छन् । त्यस सिलसिलामा ताजा खबरले लेख्दछ ः “मोहनविक्रमलाई अहिले श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउनु छ । सिंहले श्रीमतीलाई मन्त्री बनाइदेउ भन्दै कहिले खुमलटार पुगेका छन् त कहिले प्रम ओलीलाई गुहारेका छन् । यो समाचार नेकपा (मसाल)ले नपचाउन सक्छ ।
महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति प्रकाशित गर्दै समाचारलाई झुट भनेपनि अनौठो नमाने हुन्छ । किनकी उनी पहिला प्रम केपी ओलीसँग श्रीमतीलाई मन्त्री बनाइदिन निकै धाए । ओलीले बेवास्ता गरेपछि खुमलटार धाउन थालेको प्रमाण समाचार सूत्रले गोप्य राखेको छ ।” उक्त साप्ताहिकले गोप्य राखेको “प्रमाण” के हो ? त्यसरी कुरालाई सन्ध्येयमा राखेर त्यसले बढी भ्रम दिने प्रयत्न गरेको छ ।
रिपोटर्स नेपालले लेख्दछ ः “मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल सांसद छिन् । उनलाई मन्त्री या उपसभामुख बनाउन मोहनविक्रम सिंहले लविङ थालेका छन् । त्यसका लागि उनले प्रचण्डलाई समेत भेटेका छन् । सभामुख नेकपाले लिएमा उपसभामुख पद नेकपाले लिन नमिल्ने संवैधानिक व्यवस्था छ ।
त्यसैले उक्त पद दुर्गाको लागि माग्न मोहनविक्रम सिंहले सक्रियता देखाएका हुन् । उपसभामुख नपाए मन्त्री भएपनि बनाउने गरी सिंहले प्रचण्डलाई भेटेका हुन् । संसदको अधिवेशन ४ पौषबाट सुरु हुँदैछ । त्यस अगावै सभामुख र उपसभामुखको लागि दौडधुप चलेको छ । यस क्रममा दुर्गालाई उपसभामुख बनाउन मोहविक्रम सिंहले समेत लविङ थालेका छन् ।”
रिपब्लिका दैनिक २०७६ पौष ३ लेख्दछ ः मोहनविक्रम सिंहले दुर्गा पौडेललाई “उपसभामुख वा मन्त्री बनाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहासँग आग्रह गरेका छन् । दाहालसँगको भेटमा नेता सिंहले पौडेललाई उपसभामुख बनाउन आग्रह गरेका हुन् ।
उपसभामुख बनाउन नसके मन्त्री भए पनि बनाउन सिंहले दाहालसँग आग्रह गरेको नेकपा निकट उच्च स्रोतले जनाएको छ । सभामुख नेकपाले लिएमा उपसभामुख पद नेकपाले लिन नमिल्ने संवैधानिक व्यवस्था छ । त्यसैले उक्त पद पौडेलका लागि उपयुक्त हुने सिंहले नेकपाका अध्यक्ष दाहालसँग आग्रह गरेका छन् ।”
माथिका सबै समाचारहरू निराधार र कपोलकल्पित हुन् । पहिले दुर्गालाई मन्त्री बनाउको लागि प्रधानमन्त्री ओली र भारतीय राजदूतलाई समेत भेटेका समाचारहरू छापिने गर्दथे । पछिल्लो समयमा छापिएका पत्रपत्रिका र अनलाइनहरूले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसित नै त्यस प्रकारको दौडधुप गरेको समाचार प्रकाशित गरेका छन् । त्यस सन्दर्भमा मैले के स्पष्ट गर्न चाहन्छु भने हालसालका महिनाहरूमा मेरो उनीसित कुनै भेटघाट पनि भएको छैन । फोनमा समेत कुनै सम्पर्क भएको छैन । नेकपाको नजिकको कुनै स्रोतले झुटा समाचार प्रसारित गरेको छ ।
पत्रकारिताको गोप्यतामाथि ध्यान दिँदै उनीहरू त्यस प्रकारको प्रमाण वा स्रोत खुलाउन तयार नभएको अवस्थामा पनि त्यस प्रकारको समाचारको सत्यता प्रमाणित गर्नु उनीहरूको जिम्मेवारी हुन्छ । अन्यथा झुटा समाचार प्रकाशित गरेर कसैको इज्जत वा चरित्रमा आक्रमण गर्ने उनीहरूलाई कुनै अधिकार हुँदैन । पत्रकारिताको आचार संहिताले पनि उनीहरूलाई त्यस प्रकारको कुनै अधिकार दिँदैन । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो अत्यन्त नीचस्तरको र अनैतिक पीत पत्रकारिता हो । हामीले उनीहरूलाई हाम्रो यो आलोचनालाई गलत सावित गर्न चुनौती दिन्छौँ ।
सत्यता यो हो कि चुनावपछि ओलीसित मेरो भेटघाट वा टोलिफोनमा कुनै वार्ता समेत भएको छैन । दुर्गालाई मन्त्री बनाउन ओलीकहाँ धाएको भन्ने समाचार पूरै झुट हो । चुनावपछि प्रचण्डसित एकाधपल्ट अवश्य पनि भेटघाट भएको छ । तर, उपसभामुखको प्रसंग पूर्व सभामुख कृष्ण बहादुर महराले सभामुख पदबाट राजिनामा दिएपछि नै सुरु भएको हो । तर, त्यो कालमा मेरो प्रचण्डसँग कुनै भेटघाट वा फोनमा कुरा समेत भएको छैन ।
उक्त झुटा समाचारहरूभन्दा महत्वपूर्ण प्रश्न यो होः त्यस प्रकारका झुटा समाचारहरू विभिन्न पत्रपत्रिका वा अनलाइनहरूले सिलसिलेवार प्रकारले किन प्रकाशित गर्ने गरेका छन् ? यसका पछाडिको उद्देश्य वा अभिप्राय के हो ? पत्रकारिताको उद्देश्य सत्य समाचारको खोजविन गर्नु वा प्रकाशित गर्नु हुन्छ र हुनुपनि पर्दछ । तर, कसैले सनियत र योजनावद्ध प्रकारले झुटा समाचार प्रकाशित गर्दछ भने त्यो समान्य कुरा होइन । मेरो वा दुर्गा पौडेलको सन्दर्भमा लगातार त्यही कुरा हुने गरेको छ ।
एकाध पत्रपत्रिकाले त्यस प्रकारको झुटा समाचार प्रकाशित गरेको भए त्यो सामान्य कुरा हुन्थ्यो वा हुन सक्दथ्यो । कसैले कतैबाट त्यस प्रकारको झुटा समाचार प्राप्त गरेको हुनाले भूलचुकवस त्यस प्रकारको समाचार प्रकाशित गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्नथ्यो होला । त्यो अवस्थामा उनीहरूको नैतिक दायित्व त्यस प्रकारको गल्ती वा कमजोरीलाई सच्याएर सत्य समाचार दिनु नै हुन्थ्यो वा हुनुपर्दथ्यो । तर, हाम्रो सन्दर्भमा सिलसिलेवार रूपले नै कैयौँ पत्रपत्रिका वा अनलाइनहरूले एकपछि अर्को गर्दै त्यस प्रकारका समाचारहरू प्रकाशित गर्ने गरेको कुरा माथिका केही तथ्यहरूबाट प्रष्ट हुन्छ ।
त्यो अवस्थामा यो शंका गर्नका लागि ठाउँ छ कुनै देशी वा अन्तर्राष्ट्रिय गिरोहले सनियत नै त्यस प्रकारको समाचारहरू प्रकाशित गरेर भ्रम फैलाउने काम गरिरहेको त छैन ? त्यस प्रकारको गिरोह कुन हो ? त्यसबारे स्वयं पत्रकार जगतले पनि ध्यान दिनुपर्ने वा त्यसबारे सत्यतथ्य बाहिर ल्याउन प्रयत्न गर्नुपर्ने आवश्यकता छ । किनकी अहिले सिलसिलेवार प्रकारले जुन पीत पत्रकारिता देखा परेको छ, त्यसबारे पत्रकार जगत पनि बदनाम हुँदै गएको छ ।
पत्रकारिता जगतलाई त्यस प्रकारको अमर्यादित व्यवहारबाट बचाउन प्रेस काउन्सिलको व्यवस्था गरिनुका साथै विभिन्न कानुनी व्यवस्थाहरू पनि गरिएका छन् । तर, त्यसका बाबजुद नेपालको पत्रकार जगतमा यस प्रकारको पीत पत्रकारिता किन अनियन्त्रित प्रकारले मौलाउँदै वा फैलिँदै गइरहेको छ ? यो गम्भीर प्रश्न हो । स्वयं पत्रकार जगतले यसबारे प्रकाश हाल्नुपर्ने वा जवाफ दिनुपर्ने आवश्यकता छ ।
हाम्रो पार्टीले दुर्गा पौडेललाई उपसभामुख बनाउने बारे कुनै विचार वा छलफलसम्म गरेको छैन, त्यसबारे खुमलटार धाउने त धेरै टाढाको कुरा भयो । त्यो कुरा कसले उठायो र कहाँ उठ्यो ? त्यो हाम्रो सरोकारको विषय होइन । त्यसकारण त्यसबारे कुनै छलफल गर्नुपर्ने आवश्यकता नै हामीले देखेका छैनौँ । कुनै बेला यस प्रकारको कुनै विषयमा आधिकारिक रूपमा त्यस प्रकारको कुनै प्रस्ताव आएमा हामीले त्यसबारे आवश्यक निर्णय गर्ने गर्दछौँ र त्यसबारे सार्वजनिक रूपले जानकारी पनि दिने गर्दछौँ । त्यस प्रकारको कुनै विषयमा निर्णय गर्दा हाम्रा आफ्नै सिद्धान्त वा नीतिहरू हुन्छन् र तिनीहरूका आधारमा नै हामीले कुनै निर्णय गर्दछौँ ।
सत्ता वा कुनै पदको लागि धाउने हाम्रो पार्टीको कुनै चरित्र छैन । हाम्रो पार्टीको अहिलेसम्मको इतिहासमाथि ध्यान दिने हो भने त्यो कुरा प्रष्ट हुन्छ । भारतीय शासक वर्गको चाकडी गरेर धेरै राजनीतिक पक्षहरूले सत्तामा पुग्न प्रयत्न गर्दै आएका छन् । तर, हाम्रो पार्टीले भारतीय साम्राज्यवादप्रति सधैँ दृढ र सम्झौताहीन संघर्षको नीति अपनाउँदै आएको छ । हाम्रो पार्टीको आठौँ महाधिवेशनले भारत अब विस्तारवादी देश नरहेर साम्राज्यवादी देश भएको निष्कर्ष निकालेको छ ।
नेपालप्रति त्यसले अपनाइरहेका हस्तक्षेप र अतिक्रमणका नीतिहरूका कारणले त्यसप्रतिको हाम्रो विरोध वा संघर्ष अरू बढेर गएको छ । त्यस प्रकारको अवस्थामा भारतीय राजदूतसँग भेटेर दुर्गा पौडेललाई मन्त्री बनाउन प्रयत्न गर्ने कुरा हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो । त्यो अवस्थामा हाम्रा विरुद्ध लगाइएको त्यस प्रकारको आक्षेप हाम्रो चरित्र हत्या गर्ने कुरा मात्र नभएर हाम्रो पार्टीको उज्ज्वल र गौरवपूर्ण चरित्रमाथि नै हमला गर्ने प्रयत्न हो । त्यसले बताउँछ, कतिपय पत्रकारहरू कति तल्लो स्तरमा गिर्न सक्दारहेछन् ।
उनीहरूले व्यक्तिगत रूपमा मेरो वा दुर्गाको चरित्र हत्या गर्नको लागि होइन, हाम्रो पार्टीको राजनीतिक चरित्रलाई धमिल्याउनको लागि नै त्यस प्रकारको प्रचार गरिरहेका छन् । नेपालको राजनीति वा कम्युनिस्ट आन्दोलनमा त्यो कुनै नयाँ कुरा होइन । दशकौँदेखि हाम्रा विरुद्ध त्यस प्रकारको झुटा प्रचार वा चरित्र हत्या गर्ने काम हुँदै आएको छ । राजनीतिक रूपले हाम्रा विरुद्ध संघर्ष गर्न नसकेपछि उनीहरूले व्यक्तिगत गालीगलौज वा चरित्र हत्याद्वारा हामीमाथि हमला गर्ने गर्दछन् । तर, त्यसले हाम्रो राजनीतिक भूमिकालाई समाप्त गर्न सक्दैन ।
भनिन्छ, पहिले हङकङमा सीआएको एउटा एजेन्सी थियो । त्यसले माओका विरुद्ध झुट्टा समाचार बनाएर लगातार प्रसारित गर्ने गर्दथ्यो । केही समयपछि एउटा समाचार झुटा सावित भएपछि पुनः अर्को झुटा समाचार बनाएर प्रचार गर्ने गर्दथ्यो । त्यस प्रकारको नयाँ समाचारले केही समयको लागि भ्रमदिन सक्दथ्यो । तर, त्यसको असर कम भएपछि पुनः नयाँ झुट्टा समाचार प्रसारित गर्ने गर्दथ्यो ।
त्यही प्रकारको सीआइए शैली नेपालका कतिपय पत्रपत्रिका वा अनलाइनहरूले पनि अपनाएको देखिन्छ । यस सन्दर्भमा हिटलरको प्रचारमन्त्री गोयल्सले अपनाएको शैली पनि उल्लेखनीय छ । उसको के मान्यता थियो भने कुनै झुट्टा समाचारलाई पनि बारम्बार दोहोराएपछि त्यसलाई सत्य सावित गर्न सकिन्छ ।
काठमाडौँ — प्रस्तावित मिडिया काउन्सिल विधेयकमा भएको चर्को दण्ड सजायको प्रावधान हटाएर त्यसलाई अदालती प्रक्रियामा लैजान सरकार तयार रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।
संघीय संसद्मा पेस भएको ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मंगलबार भएको छलफलमा उनले सरोकारवालाको सुझावअनुरूप विधेयक सच्याउन सरकार तयार रहेको जानकारी गराए । ‘सजाय व्यवस्थाको हकमा मूलभूत रूपमा यो अदालती प्रक्रियामै जानुपर्छ तर प्रारम्भिक न्यायको चरणमा काउन्सिलमा केही कुरा हुनुपर्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘न्याय प्रणालीमा मुद्दा गयो भने फैसला हुन कति वर्ष लाग्छ लाग्छ, थाहा हुँदैन । सामान्य प्रक्रियाका लागि काउन्सिललाई अधिकार हुनुपर्छ ।’
विधेयकमा आचारसंहिता विपरीत प्रकाशित तथा प्रसारित सामग्रीबाट कसैको मर्यादा र प्रतिष्ठामा आँच पुगे काउन्सिलले आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक र संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । बाँस्कोटाले अदालतमा मुद्दा घुमेको घुम्यै हुँदा पीडितको प्राण पखेरु गइसकेको हुन सक्ने भन्दै काउन्सिललाई दण्ड सजायको सामान्य अधिकार हुनुपर्नेमा जोड दिए । मुद्दा पर्यो भने यति समयमा फैसला गरिसक्ने भनेर लेख्न मिल्ने भए त्यसलाई विधेयकमा थप्नुपर्ने उनले बताए ।
विधेयकले काउन्सिललाई दिएको दण्ड सजायको उक्त प्रावधान हटाउन पत्रकार महासंघलगायत सञ्चार संस्था, प्रतिपक्षी दल तथा सांसदहरूले समेत दबाब दिँदै आएका छन् । उक्त विधेयकमाथि संशोधन राखेका सांसदले समेत दण्ड सजायको प्रावधान हटाउन, काउन्सिललाई स्वायत्त बनाउन र पदाधिकारी नियुक्ति लोकतान्त्रिक प्रक्रियाबाट गर्न प्रस्ताव गरेका छन् । ‘सबभन्दा महत्त्वपूर्ण काउन्सिललाई कसरी जोगाउने र स्वायत्त बनाउने भन्ने नै हो,’ कांग्रेस सांसद राधेश्याम अधिकारीले भने, ‘यसमा सत्तापक्ष र विपक्ष नभएर सबै साझा रूपमा अघि बढ्नुपर्छ । संविधानको भावनाविपरीतका प्रावधान हटाउनुपर्छ ।’
विधेयकमा काउन्सिलका अध्यक्ष तथा सदस्यको नियुक्ति गर्न सूचना मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारित समिति गठन गर्ने प्रावधान छ । त्यसप्रति पत्रकार महासंघले आपत्ति जनाउँदै काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिनिधिसभाका सञ्चारसम्बन्धी समितिका सभापति, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष र त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख रहेको सिफारिस समिति रहनुपर्ने भनेको छ ।
विधायन व्यवस्थापन समितिले उक्त विधेयकको अन्तरवस्तु र समस्याबारे अध्ययन गर्न गठन गरेको उपसमितिले विधेयकमा परेका संशोधनलाई समावेश गर्न सुझाव दिएको छ । उक्त विधेयकमा राष्ट्रिय सभाका २३ सांसदले ८ वटा समूहमा १ सय ३ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । छलफलका क्रममा सांसदहरूले व्यावसायिक पत्रकारितालाई गुणस्तरीय बनाउन योग्यता तोकी परीक्षा प्रणाली कायम गर्नुपर्ने, पत्रकारितालाई स्वतन्त्र बनाउनुपर्ने, नागरिकको गोपनीयता कायम राख्नुपर्ने, काउन्सिल निष्पक्ष र सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।
वैशाख २७ गते संसद् सचिवालयमा दर्ता भएको उक्त विधेयक सञ्चारसम्बद्ध निकाय र दलहरूको विरोधका कारण तत्काल संसद्मा पेस हुन सकेको थिएन । पछि पत्रकार महासंघसँग सहमतिपछि भदौ १२ गते संसद्मा पेस भयो । हाल उक्त विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलका क्रममा छ । प्रकाशित : पुस ९, २०७६ ०७:४५
नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको जुनसुकै बिषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरिएको छ । यो सार्वभौमसत्ता सम्पन्न नागरिकको मौलिक हक हो । मुलुकका मालिकरुपी जनताको सम्बैधानिक मौलिक हकको प्रचलनका लागि सम्वैधानिक उपचारको व्यवस्था पनि गरिएको छ । साथै नागरिकको सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग गठन हुने गरी छुट्टै कानून जारी भएको छ । सूचनाको हकसम्बन्धी ऐनले सार्वजनिक निकायमा रहेको सूचनामा नागरिकको पहुँचको ग्यारेण्टी गरेको छ । नागरिकले माग गरेको सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पर्ने र आयोगले सूचना दिनू भन्ने आदेश जारी गर्ने गरेको छ । आयोगको आदेशको पालना नभएमा दण्डित हुने कानूनी प्रावधान छ । यसरी आयोगमा केस पुगेपछि सूचना दिने गरिएको अनुभवले बताएको छ । मूलकुरो मुद्दा मामिला वा झमेला नगरी नै नागरिकले मांग गरेका सूचना दिनुपर्ने र नागरिकलाई आवश्यक पर्ने सूचना नागरिकले मांग गर्नुपूर्व नै संभवतः प्रकाशनको माध्यमद्वारा सूचना सार्वजनिक गर्नुपर्ने संविधानको कानूनको मर्म हो ।
अब प्रश्न उठ्छ, विशेषगरी सरकारी निकायका सार्वजनिक पदाधिकारीहरु सजिलै सूचना दिन किन अग्रसर हुँदैनन् ? किन उनीहरु संभव भएसम्म सूचना लुकाउने र आयोगबाट दण्डित हुने परिस्थिति पैदा भएमात्र बाध्य भएर सूचना दिन्छन् भन्ने विषयको विश्लेषण गर्ने ध्येयले यो आलेख तयार गरेको छु ।
नागरिकलाई सूचना नदिनुको पहिलो कारण परांपरावादी सोचमा अडिएको माइण्ड सेटमा परिवर्तन नहुनु हो । राणाकालमा राज्यको सूचना चुहाएमा जिब्रो थुतिन्थ्यो । पजनीका बखत जागिरबाट हटाइन्थ्यो । चारपाटे मुडेर सुंगुरको पाठो बोकाएर चार भन्ज्याङ्ग कटाइन्थ्यो । राणाविरोधी भनेर झुठो आरोपमा दण्डित गरिन्थ्यो । पञ्चायतकालमा पनि सरकारी सूचना प्रवाह गर्नेलाई ‘बहुदलवादी’ को संज्ञा दिइन्थ्यो । सो बखत व्यवस्था विरोधीले सूचना चुहाउने र ती ‘अराष्ट्रिय तत्व’ घोषित हुने गर्दथे । ती पदाधिकारीहरु योग्यभएपनि तिनलाई अघिबढन दिइदैनथ्यो । यही ह्याङ्गओभर अझै पनि नेपालको मुलुकी प्रशासनमा यथावत रहेका कारण स्वफूर्तरुपमा सूचना प्रवाहमा बाधा पुगेको हो ।
यस्तो विकृत माइण्ड सेटलाई सुविधा पुग्ने गरी संविधानको धारा २७ को प्रतिबन्धात्मक वाक्यांशमा तर कानून बमोजिम गोप्य राखिएका सूचना दिन कसैलाई बाध्य गरिने छैन भनी लेखिएको छ । यो वाक्यांश स्वयंमा द्विविधाजनक, भ्रमयुक्त, आपत्तिजनक र सूचनाको हकविरोधी छ । संविधानमा यो वाक्यांश आवश्यक नै थिएन । यसर्थ भविष्यमा संविधान संशोधनका बखत हट्नु पर्छ । प्रस्तुत सन्दर्भमा कर्मचारीको शपथ ग्रहणमा गोपनियताको प्रावधान रहेकाले पनि यस्तो भ्रमलाई मलजल पु¥याएको छ । अर्कोकुरा सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भैसकेपनि सरकारी लिखत गोपनीयता सम्बन्धी कानून खारेज हुन सकेको छैन । सरकारी कार्यालयमा रहेका गोप्य र अति गोप्य छाप अवैध ठहरिएका छैनन् । सूचनाको हकसँग बाझिएका कानूनका प्रावधानमा संशोधन गर्न सकिएको छैन । यी सबै कानूनी जटिलता र विकृत मनोविज्ञान हाबी हुँदा नगरिकको सूचनाको हक अपेक्षितरुपमा प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकिरहेको छ । यस अवस्थामा सत्य कुरा ओकल्नै पर्छ, यस मुलुकका सार्वजनिक पदधारीले यो पंक्तिकारले बुझेको कुरा नबुझेका होइनन् । ती बुझ पचाएर बसेका छन् । लोकतन्त्ररुपी बाघको छाला सभत्रका यी स्याल हुन भन्नुमा फरक नपर्ला ।
दोस्रो कुरा, भ्रष्टाचारको रजगजका कारण पनि नागरिकले माग गरेका सूचना पाउन सकिएको छैन । सूचनाको हकको मूल उद्देश्य भनेकै भ्रष्टाचार नियन्त्रण गर्ने र सदाचारिता कायम गर्ने नै हो । यस अतिरिक्त उत्तरदायित्व र जिम्मेवारी बोधका कारण प्रशासनिक काम कारबाहीलाई पारदर्शी तुल्याई मुलुकमा सुशासन कायम गर्ने हो । केही सिमित पदाधिकारीले आफ्नो व्यक्तिगत लाभ र राष्ट्र तथा जनतालाई नोक्सानी हुने भ्रष्टाचारजन्य क्रियाकलाप गरिरहेका छन् । सूचनाको हकले यस्ता गलत हर्कतको पर्दाफास गर्ने हुँदा सूचना लुकाउने गरिन्छ ।
केही निकायले वार्षिक बजेट र कार्यक्रमसम्म सार्वजनिक गर्न सकेका छैनन् । नीतिगत भ्रष्टाचार स्वरुप मनपरी ढंगले तय भएका कार्यक्रम सार्वजनिक गर्दा जनताबाट आलोचना हुने भयले ती सूचना लुकाउन उद्यत छन् । ठेक्कापट्टाका सूचना दिन पनि सार्वजनिक पदाधिकारीहरु मरे सरह हुने गरको छन् । यस्मा अवान्छित मिलेमतोको भूमिका रहेको देखिन्छ । मालपोतमा थैली घटाएर राजश्व छली गर्ने, करमा कारोबार कम देखाएर राष्ट्रको ढुकुटीलाई नोक्सान पु¥याउने र कमिशन खाएर सस्तो वस्तुलाई महंगो मूल्यमा खरिद गरेपछि बिल भर्पाई सार्वजनिक गर्न हिचकिचाउनु स्वभाविकै हो । यसरी भ्रष्टाचारजन्य क्रियाकलापका कारण जनताको सूचना माग्ने र पाउने हकको प्रचलनमा बाधा पुगेको छ । यसरी मुलुकलाई क्यान्सर रहको भ्रष्टाचारले थिलोथिलो पारेको छ । यसबाट बाहिरिने एउटा प्रभावकारी माध्यम नै सूचनाको अधिकार भएकाले आम नागरिकले यस्को अधिकतम् उपयोग गर्नुको विकल्प छैन ।
तेस्रो कुरा, विधिको शासन अनुसार चल्नु पर्ने निकायहरु हुकुमी ढंगले संचालित भएपछि ती निकायका सूचना गोप्य हुने नै भए । प्रत्येक कानूनमा लेखिएका प्रावधानको असल मनसायले व्याख्या गरी काम गर्नुपर्ने हुन्छ । प्रत्येक पदाधिकारीलाई कानूनले दिएको स्वविवेकी अधिकार सँधै राष्ट्र र जनताको हितका पक्षमा प्रयोग गर्नुपर्छ । यस्को सट्टा स्वविवेकी अधिकार प्रयोग गरी आफ्नालाई लाभ पु-याउने र अर्कालाई नोक्सान पु¥याउने गरी गरिएका निर्णय गोप्य हुने गरेका छन् ।
कुनै पनि काम गर्दा वा निर्णय गर्दा निश्चित कार्यविधिको अनुशरण गर्नुपर्ने हुन्छ । सुशासन ऐनले पनि निर्णय गर्दा कारण र आधार खुलाउनु पर्ने व्यवस्था गरेको छ । सामान्यतः आफ्नो स्वार्थसँग जोडिएको बिषयमा आफैले निर्णय गर्नु हुँदैन । निर्णयको पारदर्शिता कायम गर्नुपर्छ । कुनै समूहलाई असर पर्ने बिषयमा निर्णय गर्नुपूर्व सरोकारवालाको राय सल्लाह सुन्नु पर्छ । निर्णय गर्दा विगतका नजिर समेतको विश्लेषण गर्नुपर्छ । सामान्यतः निर्णय गर्दा एकै प्रकृतिको केसमा समान निर्णय गर्नुपर्छ । निणर््ग गर्नुपूर्ब विकल्पहरु केलाई उपयुक्त विकल्पको छनोट गरी निर्णय कार्यान्वयन समेतको सुनिश्चितता गर्नुपर्छ । यस कुरामा तलमाथि गरी विधिको शासनको खिल्ली उडाउनेले सूचना लुकाउनु स्वभाविकै हो । यर्थाथमा बिधिकोशासनविरिच चल्नेहरु नै मुलुक र लोकतन्त्रका शत्रु हुन् ।
चौथो कुरा, राजनैतिक दलको स्वार्थका लागि गरिएका काम कारबाही पनि गोप्य हुने गरेका छन् । लोकतन्त्रका वाहक भनेका राजनीतिक दल नै हुन् । जुन राजनीतिक दलले जनताको मत पाउँछ, सोही दलले शासन गर्दछ । तर, सो दलले दलीय स्वार्थका लागि राज्यको शक्ति, साधन र स्रोतको दुरुपयोग गर्न मिल्दैन । जुनसुकै दलबाट प्रधानमन्त्री, मन्त्री पदमा नियुक्ति भएपनि उ मुलुककै प्रधानमन्त्री, मन्त्री हुने हुँदा उसले सबैलाई समान व्यवहार गर्नुपर्छ । अमूक दलका नेता मन्त्री हुँदैमा आफ्नै दलका कार्यकर्तालाई बिना प्रतिस्प्रधा ठेक्का दिन सकिँदैन यसैगरी अमूक दलका नेता मन्त्री हुँदैमा लोकसेवा आयोगको सिफारिस बेगरै कर्मचारी भर्ना गर्न सकिँदैन । यसरी राजनैतिक नियुक्ति भएका वा कर्मचारी भएर पनि प्रत्यक्ष दलीय राजनीतिमा संलग्न भै आफ्नो दलको हितमा र अर्को दलको अहितमा गरिएका निर्णय वा क्रियाकलाप लुकाउने गरिन्छ । लोकतान्त्रिक पद्धतिमा बहुदलीय व्यवस्थालाई स्वीकार गरिन्छ, तर राज्यको शासन र स्रोतको दोहन गर्ने छुट वा सहुलियत राजनैतिक दलमा रहँदैन । यसरी राजनैतिक स्वार्थसँग गाँसिएका कार्यहरुको सूचना पनि गोप्य गर्ने दुष्प्रयास गरिन्छ । लोकतन्त्रको सबैभन्दा कमजोर पक्ष भनेकै राजनैतिक दलहरुले दलिय स्वार्थका लागि राष्ट्रिय ढुकुटीको दोहन गर्ने हो । जुन नैतिकरुपमा कसैले गर्न के कल्पनासम्म पनि गर्नु हुदैन ।
पाँचौ कुरा, समानताको हकको उपहास गरी गरिएका क्रियाकलापसँग सम्बन्धित सूचनाहरु पनि दबाउने गरिन्छ । नेपालको संविधान र कानूनको नजरमा सबै नेपाली जनता समान छन् । राज्यले प्रदान गरेको सेवा सुविधा सबैले समान हैसियतले उपयोग गर्न पाउँछन् । कुनै रोजगारीको अवसर भएमा प्रतिस्प्रधा गर्ने समान अधिकार सबैलाई उपलब्ध हुन्छ । कुनै बैंक वा बीमा कम्पनीले कुनै छुट सुविधाको स्कीम जारी गरेको भए योग्य जुनसुकै नागरिक वा फर्मले सो स्कीममा सहभागी हुन पाउनु पर्छ ।
सत्तरी बर्ष पूरा गरेका नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा नागरिकबीच जसरी विभेद गर्न सकिन्न, सोही हिसाबले युवा स्वरोजगार कार्यक्रमबाट ऋण प्रवाह गर्दा पनि समान व्यवहार गर्नुपर्छ । धारा, बत्ती, टेलिफोन जडान गर्दा पनि नागरिकबीच समान व्यवहार गर्नुपर्छ । यस्मा फष्ट कम फष्ट सर्भको सिद्धान्त अबलम्बन गरिन्छ । मालपोतमा लिखत पारित गर्न जाँदा १० बजे पुगेको जनताले पाएको टोकन नम्बर एक भन्दा १२ बजे अड्डा पुगेको टोकन नम्बर २५ पाएको कुनै अमूक मन्त्रीको लिखत पारित गर्ने काम पहिला सम्पन्न गर्न पाईन्न ।
यदि चाकडी गरी यस्तो हर्कत गरिन्छ भने त्यस प्रकारका सूचना लुकाउने गरिन्छ । कुनै पनि महिलाले सरकारी अस्पतालमा गएर प्रसुती सेवा लिँदा बाहुन, क्षेत्री भए यातायात खर्च पाउने तर गुरुङ्ग, राईले भए यातायात खर्च नपाउने कुराको कल्पनासम्म पनि गर्न सकिन्न । यदी गरेमा सूचना लुकाउने गरिन्छ । यसरी नागरिक–नागरिकबीच विभेद वा पक्षपातपूर्ण व्यवहार गरिएका काम कारबाहीका सूचना प्रवाह नहुने हुन्छ । अर्थात् नैतिकरुपमा प्रश्न उठने हर्कत गर्नेले सूचना लुकाउने दुश्प्रयास गर्दछ ।
छैठौँ र अन्तिम कुरा, सामन्ती सोचका कारण सूचना नदिने गरेको पाईएको छ । केही मानिसको विचारमा ती मुलुकका सच्चा शासक हुन् । उनले जे चाहन्छन्, त्यो गर्छन् । जे दिन ईच्छा लाग्छ, सो दिन्छन् र उनीहरुको इच्छा विपरितको सूचना प्रवाह गर्दैनन् । यस्ता प्रवृत्ति रोक्न अनिवार्यरुपमा ३÷३ महिनामा विस्तृतरुपमा स्वतः प्रकाशन जारी गर्ने अभ्यासलाई बढावा दिनु पर्छ । यस्तो स्वतः प्रकाशन जारी नगर्नेलाई दण्डित गर्नुपर्छ । यसरी स्वतः प्रकाशन भएको सूचनामा सबैको समान पहुँच रहन्छ । अर्कोकुरा, सूचना डिजिटल पद्दतिबाट उत्पादन गर्नुपर्छ र स्वतः सर्भरबाट सार्वजनिक हुने पद्दति बसाल्नु पर्छ । यसबाट सूचना माग्ने र पाउने स्थितिको अन्त्य भै स्वतः सूचना उपलव्ध हुनेछ । सरकारी सूचनामा कपिराइट लागू हुँदैन । सरकारी सूचना कसैले पाउने र कसैले नपाउने गरी कानून निर्माण गर्न सकिन्न । मूलकुरो, व्यक्तिमा रहेको अह्म, स्वविवेकी अधिकार र दम्भ एवं राजनीतिक संलग्नताको आडमा जनताले माग गरेको सूचना नदिने गरिन्छ । जो सरासर लोकतान्त्रिक चरित्रको खिलाफमा छ । यसर्थ संविधान र कानून बमोजिम सूचना लिने दिने बानी बसालौं ।