अनधिकृत रुपमा समाचार हटाइएको बारे हाम्रो विज्ञप्ति

नेपाली पत्रकारितामा हामीले एउटा अनौठो पीडा भोग्यौं । मंगलबार साँझ हामीले चीनबाट मेडिकल सामान खरिदका विषयमा एउटा सामाचार प्रकाशित गरेका थियौं – ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ । प्रकाशित समाचारका विषयमा विभिन्न निकाय र व्यक्तिबाट विभिन्न प्रतिक्रियाहरू हामीलाई प्राप्त हुन थालेको थियो ।

बुधबार विहान हाम्रो साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज् प्रा. लि. को प्यारेन्ट कम्पनी एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले फोन गरेर ‘त्यो समाचार हटाइदिनु पर्‍यो, हामीलाई माथिबाट ठूलो दबाव आयो’ भन्ने अनुरोध गर्नुभयो । हामीले प्रकाशित भएको समाचार हटाउन नमिल्ने, बरु समाचारका विषयमा कसैको केही भन्नु छ, खण्डन गर्नु छ भने लिखित रुपमा हामीलाई प्रतिक्रिया पठाउन आग्रह गर्‍यौं ।

विहान १०ः३० बजेतिर शिरान टेक्नोलोजिज्का प्रज्ज्वल महर्जनले फोन गरेर ‘त्यो समाचार त हटाउनै पर्‍यो’ भन्नुभयो । उहाँलाई पनि हामीले समाचार हटाउन नमिल्ने जवाफ दियौं । र, साइटमा तलमाथि केही नगर्नुहोला भनेर सचेत गरायौं । त्यसको दुई मिनेटपछि समाचार साइटबाट हटाइयो । त्यसपछि ढकाल, शर्मा र महर्जनलाई पटकपटक फोन ग¥यौं, मेसेज पठायौं, तर उहाँहरुले कुनै प्रतिक्रिया जनाउनु भएन । समाचार हटाइएकोमा कानुनी प्रक्रियामा जान्छौं भनेपछि फोन उठाउनु भयो र ‘हामी हेर्छौं’ भन्नुभयो । तर, हटाइएको समाचार पुनः प्रकाशन गर्नुको सट्टा करिब २ बजेदेखि ४ बजेसम्म समाचार अपडेट नै गर्न नमिल्ने गरी साइट राखियो । फेरि मेसेज गरेर त्यसमा पनि कानुनी उपचार खोज्ने जानकारी दिएपछि उहाँहरुले बल्ल समाचार प्रकाशन गर्न मिल्ने बनाउनु भयो ।

वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाएको सायद यो नै पहिलो घटना होला । हामीले यस घटनालाई पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गर्ने गलत कदमको रुपमा लिएका छौं । समाचारमा चित्त नबुझे लिनुपर्ने बाटोको बारेमा कानुनले स्पष्ट गरेकै छ । हामी हाम्रो समाचारमा कहीं पनि त्रुटि वा कमजोरी भए, त्यसलाई सच्याउन वा कानुनी सजाय भोग्न तयार नै छौं । यस घटनामा कानुनी कदम चाल्न पनि हामीले विज्ञहरूसँग सल्लाह गरिरहेका छौं।

कसमस बिश्वकर्मा
प्रधान सम्पादक

न्युज पोर्टल ह्याक गरेको असगर अलीको कम्पनीद्वारा स्वीकार

‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एड्मिन सिर्जना गरेका थिए ।

अनधिकृत रूपमा अर्काको सिस्टममा छिरेर डाटा म्यानुपुलेट गर्ने कामलाई ह्याकिङ भनिन्छ । यस्तो साइबर अपराधमा संलग्नलाई दण्डित गर्ने कानुनी प्रावधान छ । तर, प्रधानमन्त्रीले आफ्ना आइटी सल्लाहकारलाई संरक्षण गर्छन् कि कानुनी कारबाही गर्छन् ? समाजले अवलोकन गरिरहेको छ । जब कि यही देशमा फेसबुकमा कमेन्ट लेख्नेलाई जेल पठाउने गरिएको छ ।

सोही आइडीबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोराहरूसँग सम्बन्धित समाचार डिलिट गरिएको थियो ।

समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार तथा ई–सेवाका सिइओ अलीको नाम पनि जोडिएको थियो । तर, सार्वजनिक रूपमा चौतर्फी दबाब भएपछि सिरान टेक्नोलोजिजले गल्ती स्विकारेको छ ।

‘काठमाण्डूप्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौँ । साथै, यस्ता किसिमका त्रुटि दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’

अनधिकृत रूपमा अर्काको सिस्टममा छिरेर डाटा म्यानुपुलेट गर्ने कामलाई ह्याकिङ भनिन्छ । यस्तो साइबर अपराधमा संलग्नलाई दण्डित गर्ने कानुनी प्रावधान छ । तर, प्रधानमन्त्रीले आफ्ना आइटी सल्लाहकारलाई संरक्षण गर्छन् कि कानुनी कारबाही गर्छन् ? समाजले अवलोकन गरिरहेको छ । जब कि यही देशमा फेसबुकमा कमेन्ट लेख्नेलाई जेल पठाउने गरिएको छ ।

प्रधानमन्त्रीका ‘आईटी विज्ञ’को कर्तुत : आफूविरुद्ध समाचार लेखेको वेबसाइटलाई अनधिकृत नियन्त्रण लिएर समाचार नै हटाए

काठमाडौँ । प्रधानमन्त्रीको आइटी सल्लाहकार अस्गर अलीको समूहले काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेको आरोप लागेको छ । आफ्नो विरुद्ध समाचार सार्वजनिक भएपछि अस्गर अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गराएको आरोप लागेको हो ।

काठमाडौँ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माले अस्गर अलीको समूहले आफ्नो वेभसाइट ह्याक गर्दै उनी विरुद्ध आएको समाचार हटाएको आरोप लगाएका छन् । मङ्गलबार काठमाडौँ प्रेसले ‘महङ्गोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको भन्दै समाचार सार्वजनिक भएको थियो ।

यसरी भयो वेभसाइटमाथि कब्जा !
कसमस विश्वकर्मा प्रधान सम्पादक रहेको काठमाडौँ प्रेसको वेभ डेभलपर सिरान टेक्नोलोजीज हो । सिरान टेक्नोलोजीजले नै यस वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्दै आएको छ ।
सिरान टेक्नोलोजी अस्गर अली सञ्चालक रहेको एफ वान सफ्टको भगिनी कम्पनी हो । यो कम्पनीमा अस्गर अली, विश्वास ढकाल लगायत ५ जनाको शेयर स्वामित्व रहेको छ । र, काठमाडौं प्रेसको एडमिन बनाउनेदेखि डेभलपमेण्टको सबै काम सिरान टेक्नोलोजीजले गरिरहेको छ ।
मंगलबार काठमाडौँ प्रेसले अस्गर अली समेतको नाम मुछेर समाचार प्रकाशन गरेपछि बुधबार सिरान टेक्नोलोजीज तथा मूल कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन गर्दै समाचार हटाउन काठमाडौँ प्रेसका सम्पादकलाई दबाब दिएको काठमाडौं प्रेसले जनाएको छ । तर काठमाडौँ प्रेसले उक्त समाचार हटाउन नसकिने र समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न सुझाव दिएको थियो ।

समाचार हटाउन नमिल्ने जवाफ दिएपछि बुधबार बिहान ११ बजेर २० मिनेटमा सिरान टेक्नोलोजीका व्यवस्थापनका प्रज्वल महर्जनले काठमाडौँ प्रेसका सम्पादकलाई फोन गरी समाचार हटाउन पुनः दबाब दिएका थिए । तर समाचार हटाउन नसकिने जवाफ दोहोर्याएपछि उनीहरुले करिब ११ः२५ बजे उक्त समाचार डिलिट गरेको काठमाडौँ प्रेसले रातोपाटीलाई बताएको छ ।

एडमिन क्रिएट गर्दै समाचार डिलिट

काठमाडौँ प्रेसका अनुसार समाचार डिलिट गर्न नसकिने जवाफ दिए लगत्तै सिरान टेक्नोलोजीले नयाँ एडमिन क्रियट गरेको हो । समाचारको सम्बन्धमा आपत्ति जनाउँदै डिलिट गर्न दबाब दिएपनि काठमाडौं प्रेसले ‘साइट नचलाउनुस्, कन्टेन्टमा जाने तपाईंको अधिकार छैन’ भन्दै फोन राखेका थिए । तर त्यसको २ मिनेटमा नै [email protected]नामबाट एडमिन क्रिएट गरी उक्त समाचार डिलिट गरिएको काठमाडौँ प्रेसले जनाएको छ ।

डेढ घण्टा एडमिनमाथि नियन्त्रण

सिरान टेक्नोलोजीजले आफ्नो अधिकारक्षेत्रमै नपर्ने समाचार डिलिट मात्र नगरेर डेढ घण्टा एडमिनमा समेत कब्जा जमाएको काठमाडौँ प्रेसले जनाएको छ । समाचार डिलिट भएको समय बिहान ११ः३० बजेदेखि अपरान्ह १ बजेसम्म न्युज पोष्ट गर्न समेत नमिल्ने गरी एडमिन कब्जा गरेको भन्दै यस्तो कार्य कदापि क्षम्य हुन नसक्ने काठमाडौँले प्रेसले बतायो ।

डेभलपरले कन्टेन्ट डिलिट गर्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन : प्रधान सम्पादक विश्वकर्मा

यस सम्बन्धमा ‘के कसो भएको हो ?’ भन्दै हामीले काठमाडौँ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्मालाई सोधेका थियौँ । उनले आफ्नो साइट ह्याक गरी समाचार समेत डिलिट भएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको बताए ।

‘समाचार कसरी डिलिट भयो त ?’ भन्ने रातोपाटीको प्रश्नमा प्रधान सम्पादक विश्वकर्माले यसमा साइट डेभलपरकै हात रहेको बताए । उनले भने, ‘उक्त समाचार हामीले डिलिट गरेका छैनौँ । समाचार डिलिट हुनुभन्दा अगाडि पटकपटक उनीहरुले समाचार हटाउन दबाब दिएका थिए । त्यसपछि उनीहरुले नै नयाँ एडमिन बनाएर समाचार डिलिट गरेका छन् । यो काम साइट डेभलपर सिरान टेक्नोलोजीज बाहेक अरु कसैले गर्न सक्दैन ।’

विश्वकर्माले थपे, ‘कुनै पनि साइट डेभलपरलाई कन्टेन्टमा छिर्ने अधिकार हुँदैन । कुन समाचार हाल्ने वा नहाल्ने भन्ने कुरा डेभलपरको नभएर सञ्चारगृहको अधिकारको कुरा हो । त्यसमाथि विवादमा परेका व्यक्ति र उनी सम्बन्ध साइट डेभलपरले समाचार नै डिलिट गर्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन । यो नेपाली पत्रकारितामा अत्यन्तै गलत अभ्यास भयो ।’

समाचारको सम्बन्धमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सक्ने बाटो हुँदाहुँदै पनि अनाधिकृतरुपमा समाचार नै डिलिट गराउने कुरा कदापि स्वीकार्य हुन नसक्ने भन्दै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।

काउन्सिल भन्छ, ‘उजुरी आए छानबिन हुन्छ’

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले हालसम्म यस प्रकरणमा कुनै पनि पक्षबाट उजुरी नपरेको बताए । ‘प्रकाशित समाचारका कारण कसैलाई अप्ठ्यारो परेको हो भने त्यो पक्ष उजुरी लिएर हाम्रोमा आउनुपर्छ । समाचार लेखेकै आधारमा कुनै सञ्चार गृहमाथि अन्याय भएको छ भने पत्रकार महासंघमा पनि उजुरी गर्न सकिन्छ,’ अध्यक्ष श्रेष्ठले रातोपाटीसँगको कुराकानीमा भने । ‘तर उजुरी नै नपरेको खण्डमा अहिले नै यस विषयमा प्रतिक्रिया दिन हतारो हुन्छ होला । तर, यदि कुनै पनि पक्ष उजुरी लिएर आउँछ भने बिना कुनै आग्रह–पूर्वाग्रह छानविन गरिनेछ र न्याय दिलाइनेछ,’ श्रेष्ठले भने ।

अस्गर अली र विश्वास ढकाल दुवै जना एफवान सफ्ट नामक आइटी कम्पनीका सञ्चालक हुन् । यही कम्पनीले नेपालको पहिलो पेमेण्ट गेटवे ई–सेवासमेत सञ्चालन गरिरहेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकारसमेत रहेका अस्गर अली पटकपटक विवादमा आइरहने व्यक्ति हुन् ।

अपडेट : यस विषयमा अस्गर अलीसँग पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नै आउन चाहेनन् ।

सूचना जंगल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यु फेक मिडिया’ भन्दै आफूलाई चित्त नबुझेका सञ्चारमाध्यमलाई गाली गर्न थालेयता ‘फेक न्युज’ आम चर्चामा छ। यथार्थमा कोरोना भाइरस (कोभिड–१९) को भयावह स्थितिसँगै ‘फेक मिडिया’ को अनुहार उदांगिन थालेको छ। कोरोना भाइरसभन्दा खतरनाक फेक मिडिया हुन्छ। त्यसले अनाहकमा हामीलाई उद्वेलित तुल्याउँछ, अन्योलमा पार्छ। यतिबेला ‘फेक न्युज’ फैलाउन धेरै सजिलो छ। सूचना–प्रविधि विकासले हामीलाई जति सजिलै सूचना उपलब्ध गराएको छ, त्यति नै भ्रमको जन्जालमा फसाएको पनि छ। यो बेला जिम्मेवार सञ्चारमाध्यमले विश्वसनीय सामग्री पस्किएर आम नागरिकलाई ‘सूचना जंगल’बाट बाहिर निकाल्नुपर्छ।

अहिलेको समयमा सूचना अभाव छैन। हातहातका मोबाइल र अन्य उपकरणले यसमा नागरिकको पहुँच सहज तुल्याएको छ। एक हिसाबले भन्ने हो भने अहिलेका मानिस सञ्चारका ‘बुफे’ अर्थात् आफैंले परिकार छानीछानी खाने अवस्थामा छन्। खानेकुरा र त्यसले दिने पोषक तत्वबारे ज्ञान नभएको भोको मानिसका अगाडि अनेकौं खानेकुरा भयो भने उसको भोजन  अनियन्त्रित बन्छ। त्यही भएर जसरी हामी ‘बुफे’मा खाना छानीछानी खान्छौं, त्यसरी नै सूचना÷समाचार पनि रोजीरोजी पढ्न/सुन्न जान्नुपर्छ। यसैका लागि अहिले सञ्चार साक्षरताको समेत चर्चा गर्ने गरेको पाइन्छ। जुन पायो त्यही सामग्री पढ्ने/सुन्ने/हेर्नेभन्दा पनि विश्वसनीय र तथ्ययुक्त सूचना/समाचार दिने सञ्चारमाध्यम हेर्ने बानी विकास गर्नु अहिलेको आवश्यकता हो।

सही समाचारभन्दा तोडमरोड गरिएका वा झुटो समाचार सजिलै र चाँडै फैलिन्छन्। ठूलो संख्यामा संवाददाता राखेर, समाचारलाई विश्वसनीय बनाउन काम गरिरहेका परम्परागत सञ्चारमाध्यमका सामग्री ‘फेक न्युज’जस्तो तत्कालै प्रतिक्रिया जन्माउने खालका हुँदैनन्। अहिले हरेक व्यक्तिसँग सञ्चार सुविधा भएकाले सूचना दिन गाह्रो छैन। तर त्यसरी दिइएका सूचनाको विश्वसनीयताप्रति जहिल्यै प्रश्न रहन्छ। तसर्थ कस्ता व्यक्ति÷स्रोतले सूचना दिइरहेका छन् भनी विचार गर्ने बानीको विकास गर्नुपर्छ। विश्वसनीयता आर्जन वर्षौंको कामबाट मात्र सम्भव हुन्छ। त्यसलाई आधार मानेर आएका सामग्रीमा विश्वास गर्न सकिन्छ।

अहिले खासगरी सामाजिक सञ्जालबाट भ्रमपूर्ण सामग्री धेरै प्रवाह भइरहेको देखिन्छ। हो, यसले सञ्चारको लोकतन्त्रीकरण गर्न मद्दत गरेको छ। यी अभिव्यक्तिका माध्यम पनि हुन्। तर यिनलाई पूर्ण रूपमा सञ्चारमाध्यम मानेर विश्वास गर्दा कतिपय अवस्थामा समस्या उत्पन्न भएको देखिन्छ। पत्रकारिताको ध्येय तथ्य संकलन गर्दै सत्य खोज्ने हुन्छ। त्यसैकारण पत्रकारिताले राम्ररी काम गर्न पाएन भने पहिलो आक्रमण नै सत्यविरुद्ध हुन्छ। यसका लागि पारदर्शिता पहिलो सर्त हो।

कोरोना भाइरसको सन्त्रास बढेसँगै चर्चामा आएका केही ‘फेक’ सामग्रीको नेपाली सेना र नर्भिक अस्तालले खण्डनसमेत गरिसकेका छन्। यसै सिलसिलामा झुटो सूचना सम्प्रेषण गर्ने व्यक्ति तत्काल पक्राउ पनि परिसकेका छन्। इन्टरनेट हाम्रो जीवन–पद्धति बनेको २ दशकभन्दा बढी भइसकेको पनि केही व्यक्तिले यसलाई भर्खरै प्रयोगमा ल्याउन पाएका हुन्। यसलाई दुरुपयोग गर्दा कानुनको फन्दामा परिन्छ भन्ने पनि धेरैलाई ज्ञान छैन। त्यति मात्र होइन, इन्टरनेटमा छद्म उपस्थितिबाट गरिने व्यवहार पनि सजिलै जानकारीमा लिन सकिन्छ भन्ने पनि तिनलाई थाहा छैनन्। अझ अनलाइनमा जस्तो काम÷कुरा पनि गर्न सकिन्छ भन्ने भ्रम पनि तिनलाई छ। वास्तवमा अनलाइन वा ‘भर्चुअल वल्र्ड’ पनि हामीले भौतिक रूपमा व्यवहार गर्ने समाजजस्तै हो। जुन कुरा हामी कुनै व्यक्तिसामु भन्न÷गर्न सक्दैनौं, त्यो अनलाइनमा पनि गर्न हुँदैन। र, अनलाइनमा हामीले गर्ने सबै कुरा ‘फुटप्रिन्ट’का रूपमा रहन्छन्। त्यो अभिलेख भविष्यमा आफ्नै निम्ति प्रत्युत्पादक नहोस् भन्नेमा पनि ध्यान दिन आवश्यक छ। संसारका जुनसुकै कुनामा बसेर गरिएको भए पनि यस्ता हर्कतबापत दण्डित हुनुपर्ने अवस्था आउँछ।

असल पत्रकारिता ‘फेक न्युज’ मा फस्टाउँदैन। अहिले भ्रम चिर्न पनि परम्परागत पत्रकारिताको आवश्यकता झनै बढेको छ। त्यही भएर अहिले फेरि ‘प्रिन्ट इज प्रुफ’ अर्थात् ‘छापिएका कुरा नै प्रमाण’ हुन् भनी भारतीय पत्रपत्रिकाले भर्खरै गरेको विज्ञापन पनि यसको उदाहरण हो। अतः ‘फेक न्युज’बाट नझुक्किऔं, विश्वसनीय माध्यमबाट सुसूचित हुँदै अहिले व्याप्त कोरोना संक्रमण (सन्त्रास)बाट आफूलाई बचाऔं।

मिडिया साक्षरता

मिडियाबाट सम्प्रेषण भएका सामग्री वा सन्देश बुझ्ने, ग्रहण गर्ने र तिनको मूल्यांकन/विश्लेषण गर्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ। २०औं शताब्दी मध्येबाट विकसित मिडिया साक्षरता अवधारणा २१औं शताब्दीमा आइपुग्दा निकै चर्चाको विषय बनेको छ। यो अडियन्स (पाठक/स्रोता/दर्शक)को शैक्षिकस्तर र बुझाइमा पनि भरपर्छ। मिडियाप्रति बढ्दै गएको भरोसाले तिनले प्रस्तुत गर्ने सामग्रीको विश्लेषणलाई प्रभावित तुल्याउँछ। मिडियाकर्मीले सन्देश वा सूचना सामग्री बनाएर मात्र हुँदैन, सम्भावित अडियन्समा पर्ने प्रभावबारे पनि उत्तिकै मनन गर्न जरुरी हुन्छ।

नेपालमा मिडिया साक्षरता बढ्दो क्रममा छ। मिडियाले दिएको भन्दा पनि कुन मिडिया र कसले दिएको भनी विश्लेषण गर्ने क्षमता शिक्षित पाठक, दर्शक र स्रोतामा बढ्दै गएको छ। प्रतिक्रिया वा प्रतिसन्देश पस्कने क्रम बढेर गएको पाइन्छ। जति मात्रामा साक्षरता बढ्छ उति नै मात्रामा मिडिया सन्देशको मूल्यांकन गर्ने क्रम बढ्छ। मिडिया दुरूपयोग हुन सक्ने खतराबाटै मिडिया साक्षरताको सन्दर्भ उठेको हो। इन्टरनेट वा नयाँ माध्यमले समाजमा ल्याएको सकारात्मक भन्दा पनि नकारात्मक पाटालाई ध्यानमा राखेर नै विश्वका धेरै देशले साइबर कानुन कार्यान्वयनमा ल्याइसकेको तथ्य हामीले बिर्सनु हुँदैन।

युरोपियन चार्टर अफ मिडिया लिटरेसीले मिडिया साक्षरता मुख्यतया मिडिया प्रविधिको उपयोग, सन्देशको भाषा एवं प्रस्तुति, सुसूचित समाजको आधार, प्रजातान्त्रिक अधिकार र नागरिक जिम्मेवारीजस्ता पक्षसँग बढी सरोकार रहेको उल्लेख गरेको छ। मिडिया साक्षरताको ऐतिहासिक परिदृश्य नियाल्ने हो भने सबैभन्दा पहिले शास्त्रीय साक्षरताको कुरा आउँछ। जतिबेला पढ्ने, लेख्ने र बुझ्ने कुरा मात्र यसका आधार थिए। त्यसपछि श्रव्य–दृश्य साक्षरताको युग आयो। चलचित्र, रेडियोे, टेलिभिजन, जसमा आकृति (इमेज) र आवाजबारे बुझ्न जरुरी थियो।

डिजिटल साक्षरता, जसमा कम्प्युटर र डिजिटल एवं मल्टिमिडियाबारे बुझ्नुपर्ने जरुरत प-यो। युनेस्कोले चाहिँ मिडिया साक्षरतालाई मिडिया शिक्षाको बृहत् रूप ठानेको छ। विकसित देशमा अडियन्सलाई पर्न सक्ने असर वा नकारात्मक प्रभावबारे अध्ययन/मनन गरेर मात्र सूचना, सामग्री अर्थात् सन्देश प्रस्तुत गर्छन्। यो अभ्यास विकासोन्मुख देशमा राम्रा मिडियाले पनि अनुसरण गर्छन्। यसो गर्दा मिडिया साक्षरतालाई विशेष ध्यान दिने परिपाटी खासगरी मिडिया एउटा भीमकाय उद्योगका रूपमा विकास र विस्तार भएका देश, जहाँ साक्षरता बढी छ, मा व्यवहारमै देखिन्छ।

मिडिया साक्षरताका विज्ञद्वय थोमसन र जोल्सका अनुसार मिडिया साक्षरता मिडियाप्रतिको निश्चित मान्यता र दृष्टिकोणमा आधारित छ। मिडियाबाट दिइने सन्देश सबै निर्माण गरिने कुरा भएकाले यसलाई सिर्जनशील भाषामा बनाउने आफ्नै नियम छन्। सञ्चारको समाज वर्गीकरण सिद्धान्तअनुसार मिडियाका सन्देश फरक–फरक अडियन्सले फरक–फरक ढंगबाट बुझ्छन् किनकि उनीहरू फरक–फरक पृष्ठभूमि र संस्कृतिका हुन्छन्।

धेरेजसो मिडिया सन्देश फाइदा हुने मनसाय वा शक्तिका दृष्टिले बनाइन्छन्। मिडिया समाजको भलाइप्रति खोलिएका हुनाले सामाजिक हित सर्वोपरि हुन्छ। नागरिकका हक–अधिकार र कर्तव्य के–के हुन् अर्थात् समाजप्रति मिडिया उत्तरदायी र जवाफदेही रूपमा प्रस्तुत भएको छ कि छैन, त्यसको जानकारी मिडिया साक्षरताले दिन्छ। यसले सूचनाको अधिकारबारे बुझ्ने मात्र बनाउँदैन, आम मानिसलाई मिडियाप्रतिको भरोसा कम गराउँछ। पाठक, दर्शक वा स्रोतामा मिडियाका काम र यसले प्रदान गर्ने सूचना–सामग्रीलाई मापन गर्ने र मूल्यांकन गर्ने क्षमता र साहस बढाउँछ। त्यसैले पनि मिडिया साक्षरता आवश्यक छ।

मिडिया साक्षरता व्यक्तिको क्षमता, अध्ययन, तालिम, आर्थिक–सामाजिक पृष्ठभूमि, सांस्कृतिक प्रभाव आदिमा पनि निर्भर हुन्छ। व्यक्तिको सचेतना, ज्ञान, धारणा, व्यवहार पनि यसमा कारक तŒव रहन्छन्। मिडियाका विषयवस्तु पस्कने तरिकाले पनि यसको प्रभावस्तर मापनलाई प्रभावित तुल्याउँछ। यसैले सबै खाले मिडिया चाहे छापा वा अनालाइन हुन्, उत्पादित विषयवस्तु कुन स्वार्थ–समूहका रुचि र लक्ष्यका लागि प्रयोग हुन सक्छन्, त्यो मिडिया साक्षरता प्राप्त गर्ने जो कोहीले अनुमान गर्न सक्छ। नेपालमा राजनीतिक प्रभावले नछोएका ठाउँ छैनन्। यस अर्थमा मिडिया उद्योग पनि अछूतो रहन सक्दैन। त्यसो त सञ्चारविद्हरू बरान र डेविसले मिडिया साक्षरता मिडियाका विषयवस्तुको समीक्षा र आनन्द लिन सकिने क्षमता हो भनेका छन्। उनीहरूले समकालीन संस्कृति र समुदायको गहन जानकारी ग्रहण गर्ने तरिकाका रूपमा यसलाई अथ्र्याएका छन्।

नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता भने कोसेढुंगा साबित हुने गरी  विकास भइसकेको छैन। तर मिडियाले जे/जस्ता सामग्री वा सन्देश उत्पादन गरे पनि तिनलाई अन्धाधुन्ध पालना नगरी सोच्ने, विश्लेषण गर्ने क्रम बढेको छ। यस अर्थमा मिडिया साक्षरता बढेको महसुस हुन्छ। मिडियाको सामाजिक उत्तरदायित्व समृद्धि र विकासका खातिर वस्तुगत ढंगबाट प्रस्फुटन हुन आवश्यक छ। डिजिटल र इन्टरनेट माध्यमको विकास र सूचना क्रान्तिले ल्याएको परिवर्तन आत्मसात् गर्न जरुरी भइसकेको छ।

मिडिया साक्षरताको अर्थ निर्माण र व्याख्याभन्दा माथि हुनुपर्छ। सूचना, समाचार विषयपरक भन्दा वस्तुनिष्ठ हुन अनिवार्य हुन्छ। मिडियाले कुनै विषयवस्तु कुन रूपमा प्रस्तुत गरेको छ भन्ने जानकारी मिडिया साक्षरताले दिन्छ। प्रजातान्त्रिक परिपाटी भएका मुलुकमा मिडिया साक्षरता मिडियाप्रति शासक मात्र नभई आम मानिसको मिडियाप्रतिको मूल्यांकन र विश्वासको आधारभूमि पनि हो।

प्रेस स्वतन्त्रतामा कतैबाट बाधा हुन्‍न : सञ्‍चारमन्त्री

काठमाडौँ — अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले संविधानले व्यवस्था गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’को अभ्यासमा सरकारबाट कहीं कतै बाधा नपुर्‍याइने बताएका छन् । उनले प्रेसलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण दिने जिम्मेवारी सरकारको रहेको बताए ।

शुक्रबार मिडिया सोसाइटीका पदाधिकारीहरुसँगको अन्तरक्रियामा मन्त्री खतिवडाले भने, ‘पूर्ण प्रेस स्वतन्त्रताको जिम्मेवारी हामीले लिन्छौं, आफ्नो जवाफदेहिता र दायित्व तपाईहरुले लिइदिनुस ।’ उनले सञ्चारसँग सम्बन्धित प्रस्तावित कानुनमा सबैको सुझाव लिएर सुधार गरेर जान आफू तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरे । उनले सूचना प्रविधि विधेयकमा दण्ड सजायको मात्रा बढी भएको आफूलाई समेत लागेको बताए । ‘नागरिक स्वतः अनुशासित हुनुपर्छ । कहीं कतै त्यो पालना भएन भने त्यसका लागि विधि बनाइन्छ,’ उनले थपे, ‘तर विधिलाई अत्यधिक र अस्वाभाविक लान हुन्न् ।’ उनले संसदको प्रक्रियामा रहेका विधेयकलाई संसदीय विधि अनुसारै सुधार गर्न सकिने र संसदमा दर्ताका लागि तयार गरिएका मस्यौदामा सरोकारवालाको सुझाव लिएर सुधार गरिने बताए । उनले मिडियालाई सञ्चार सेवा उद्योगका रुपमा मान्यता दिइने पनि उल्लेख गरे ।

सञ्चार एवम् अर्थमन्त्री खतिवडाले मिडिया उद्योगलाई अवसर सृजना गरेर त्यहाँ कार्यरत पत्रकार र कामदारलाई न्यूनतम पारिश्रमिक सुनिश्चित गराउने पक्षमा आफू रहेको बताए । ‘उद्योग व्यवसाय र सञ्चारगृह बन्द गराएर पारिश्रमिक दिलाउने पक्षमा सरकार छैन,’ उनले भने, ‘कामको अवसर सृजना गराएर बढी पारिश्रमिक दिने वातावरण निर्माणको पक्षमा छौं ।’ उनले चरम गरिबीको अन्त्य, शिक्षा र स्वाथ्यमा सबैको पहुँचको कुरा सरकारले गरिरहेकाले ती आवश्यकता पूर्ति हुने गरी पारिश्रमिक दिइनुपर्नेमा उनको जोड थियो । उनले विज्ञापनमा ‘क्लिन फिड’ को कार्यान्वयन, विज्ञापन वोर्डको गठन लगायतका कामलाई तीव्रता दिइने समेत बताए ।

मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेलले कानुनमा ठूलो दण्ड जरिवाना राखेर मिडिया तर्साउने काम बन्द गर्नुपर्ने बताए । राज्यले कानुनबाट मिडियालाई ठीक पार्छु भन्ने मानसिकता राख्नु नै गलत भएको भन्दै उनले राज्यको उदार चरित्रको अपेक्षा राखेको बताए ।

सोसाइटीका पूर्वअध्यक्ष एवम् कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले स्वतन्त्रतापूर्वक काम गर्ने वातावरणको अपेक्षा मिडिया क्षेत्रले राखेको बताए । ‘प्रजातान्त्रिक मुलकको आधारभूत विषय नै स्वतन्त्र मिडिया हो,’ उनले भने, ‘त्यही स्वतन्त्रता र गणतन्त्र प्राप्तिका लागि संगै लडेका मिडियालाई सरकारमा पुगेकाले दुश्मनको जस्तो व्यवहार गर्ने गरेका छन् । त्यही दुःखलाग्दो विषय हो ।’

प्रकाशित : फाल्गुन ३०, २०७६ २१:४८

आमसञ्चार विधेयकलाई २७ सुझाव

गण्डकी प्रदेश सरकारले प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयकको मस्यौदा सरोकारवालाबीच छलफलका लागि सार्वजनिक गरेको छ। कानुन तर्जुमा गर्ने सिलसिलामा मस्यौदा सार्वजनिक गरी सुझाव÷टिप्पणी दिने मौका प्रदान गरेकामा गण्डकी प्रदेश सरकारलाई धन्यवाद दिनुपर्छ। विधेयकका कतिपय विषय संविधान, अन्तर्राष्ट्रिय कानुन र मापदण्ड तथा पत्रकारिताका स्थापित मूल्य/मान्यताविपरीत छन्।

५६ वटा दफा रहेको विधेयकले छापा, रेडियो, टिभी, अनलाइन, इन्टरनेट सञ्जाल सबै माध्यमका सञ्चारकर्मी एवं कर्मचारीको पेसागत हकहितदेखि पुस्तक प्रकाशन क्षेत्रसम्म समेटेको छ। फिल्मबाहेक आमसञ्चार र सूचना–प्रविधिका माध्यमसमेतका लागि छाता ऐनको स्वरूपमा नियमनको क्षेत्र लिएको यो विधेयक निकै महŒवपूर्ण कानुनका रूपमा प्रस्तावित देखिन्छ।

परिच्छेद १ मा नाम र २३ शब्दावलीका परिभाषा, परिच्छेद २ मा प्रेस रजिस्टार, परिच्छेद ३ मा पत्रपत्रिका, परिच्छेद ४ मा प्रसारण, परिच्छेद ५ मा अनलाइन, परिच्छेद ६ मा श्रमजिवी पत्रकार, परिच्छेद ७ मा आमसञ्चारसम्बन्धी अन्य व्यवस्था, परिच्छेद ८ मा पत्रकार र प्रसारकको योग्यता, परिच्छेद ९ मा सजाय र पुनरावेदन र परिच्छेद १० विविधमा पुस्तकसम्बन्धी व्यवस्था प्रस्ताव गरिएका छन्।

विधेयकका कतिपय व्यवस्था उपयुक्त देखिएकाले तिनबारे यस लेखमा टिप्पणी गरिएको छैन। तीबाहेक विधेयकमा सुधार गर्नुपर्ने विषय निम्न देखिन्छन् ः

१) परिभाषाको (ठ) मा ‘प्रसारक’को परिभाषामा बोल्ने र कार्यक्रम तयार गर्ने व्यक्ति भनिएको छ। यसको शाब्दिक अर्थले भने प्रसारण गर्ने निकाय वा संस्था जनाउँछ । बरु प्रसारक शब्द हटाई प्रस्तोता वा कार्यक्रम उत्पादकजस्ता शब्द उपयुक्त हुन्छ।

२) यसैगरी (थ) मा अनलाइन सञ्चारमाध्यमको परिभाषाभित्र युट्युब, ब्लग र एप्ससमेत राखिएका छन्। यी आमसञ्चारका माध्यम होइनन्। यी त इन्टरनेट माध्यमभित्रका विभिन्न नेटवर्क टुल्स हुन्। यिनलाई सञ्चारमाध्यमको दर्जा दिनु युक्तिसंगत देखिँदैन।

३) श्रमजिवी पत्रकार (घ) को परिभाषामा ‘सम्पादक’, ‘स्टेसन प्रमुख’जस्ता शब्द छुटेका छन्।

४) परिच्छेद २, दफा ४ मा प्रेस रजिस्टार निर्देशन समितिको व्यवस्था छ। सरकारको एउटा प्रशासनिक एकाइ सञ्चालन गर्न मन्त्रालय प्रशासन नै काफी छ। यो संरचना आवश्यक देखिँदैन। फेरि सरकारी प्रशासनभित्र नेपाल पत्रकार महासंघ, प्रदेशका प्रतिनिधि रहनु पनि उपयुक्त देखिँदैन। यो स्वायत्त र सर्वपक्षीय निकाय होइन।

५) दफा ६ को प्रावधान ऐनमा राख्नु उपयुक्त र आवश्यक देखिँदैन। हटाउँदा हुन्छ।

६) दफा ७ (च) मा प्रेस रजिस्टारलाई ‘फ्रिक्वेन्सी योजना निर्माण गर्ने’ अधिकार दिइएको छ। यो त संघीय सरकारको कार्यक्षेत्र हो।

७) दफा ८ (३) का व्यवस्था यस कानुनमा राख्नुपर्ने विषय होइनन्। यो स्थानीय सरकार आफंैले कानुन तर्जुमा गरी व्यवस्थित गर्ने कार्यक्षेत्र हो।

८) दफा ११ मा पत्रपत्रिका प्रकाशन गर्नैपर्ने समय–सीमा तोक्नु व्यावहारिक हुँदैन। यसरी छुट्टै रूपमा संघीय छापाखाना तथा प्रकाशन ऐनमा यो विषयमा राखिएको समयावधि अनुकूल हुँदैन। तसर्थ सो ऐनअनुसारै तादात्म्य मिलाउनु उपयुक्त हुनेछ।

९) दफा १२ को पत्रपत्रिका वर्गीकरण के–कस्ता निकायले गर्ने,  उल्लेख छैन। यस्तो वर्गीकरण स्वतन्त्र संरचना बनाएर र प्रायः स्वतन्त्र र निजी क्षेत्रको सहभागितामा गरिन्छ। साथै वर्गीकरणको मुख्य आधार बिक्री–वितरणको संख्या नै हुनुपर्छ। यी मान्यता दफा १२ (१) र (२) मा देखिँदैन। तसर्थ संरचनाको ढाँचा र वितरणको मुख्य आधार हुने कुरा ऐनमै स्पष्ट गर्न आवश्यक छ।

१०) दफा १३ को अन्तिम वाक्यांश– ‘त्यस्तो पत्रपत्रिकालाई मनासिब प्रतिबन्ध लगाउन बाधा पर्ने छैन’ शब्दावली संविधानविपरीत छ। कुनै पनि कारण प्रकाशनमा प्रतिबन्ध लगाउनु संविधानको मर्मविपरीत हुन्छ। सो दफामा उल्लिखित कसुर गरेमा कारबाही हुने प्रचलित विभिन्न कानुनी व्यवस्था छन् र त्यो विषय तिनैअनुसार नियमन हुन्छ। तसर्थ त्यो वाक्यांश हटाउन जरुरी देखिन्छ।

११) दफा १६ (४) र (८) का व्यवस्था पनि सुधार गर्नुपर्छ। खासगरी उपदफा ८ मा उल्लेख संघीय सरकारले नियमन गर्ने विषय। यसैगरी संघीय निकायबाट देशभरि प्रसारण गर्ने अनुमति–प्राप्त प्रसारण संस्थाले पुनः प्रदेशमा अनुमति लिनुपर्ने उपदफा ४ को प्रावधान पनि युक्तिसंगत देखिँदैन।

१२) दफा १६ अनुसार प्रसारण इजाजतका निवेदकले इजाजत नपाएमा उजुरी गर्ने निकाय कुन हो, उल्लेख हुनुपर्छ।

१३) दफा १८ उपदफा १८ (क) निकै आपत्तिजनक देखिन्छ। नियमविपरीत प्रसारण गर्दा कसुरअनुसार कारबाही विभिन्न कानुन अनुसारै हुन्छ। प्रसारण गरेकै कारण लाइसेन्स खारेज गर्ने कुरा संविधानविपरीत छ। त्यो हटाउनुपर्छ।

१४) दफा २० को प्रावधान प्रदेशले नियमन गर्ने विषय नै होइन। फ्रिक्वेन्सी व्यवस्थापन÷वितरण के–कसरी गर्ने भन्ने विषयमा योजना÷नीति बनाउने र नियमन गर्ने अधिकार प्रदेशको क्षेत्रमा पर्दैन। संविधानको अनुसूची ५ बुँदा (८) ले यो विषय संघीय सरकारको क्षेत्रभित्र रहने स्पष्ट उल्लेख गरेको छ। तसर्थ दफा २० को प्रावधान हटाउनुपर्छ।

१५) दफा २१ उपदफा ५– ‘अनुगमन, नियमन र निर्देशन दिने’ शब्दावली उपयुक्त छैन। प्रेस रजिस्टारले अनुगमन गर्न सक्छ, तर संघको अन्तर्राष्ट्रिय प्रसारकका विषयवस्तुमा नियमन गर्ने र निर्देशन दिने अधिकार प्रदेश रजिस्टारलाई हुन सक्दैन। त्यस्तै प्रेस रजिस्टारले प्रदेशमै पनि स्वतन्त्र प्रसारकलाई ‘निर्देशन दिने’ कुराले उनीहरूको स्वतन्त्रता र व्यावसायिकता प्रदेशले प्रत्यक्ष नियन्त्रण गर्न खोजेको देखिन्छ। यसले स्वतन्त्र मिडिया सञ्चालनमा गम्भीर अवरोध सिर्जना गर्छ। तसर्थ सो उपदफा हटाउन आवश्यक छ।

१६) त्यसैगरी दफा २१ उपदफा ६ मा सम्पादकको योग्यता तोक्ने अधिकार पे्रस रजिस्टार वा प्रदेश सरकारको हुने कुराले सञ्चारमाध्यमलाई नियन्त्रित बनाउँछ। योग्यता तोक्ने अधिकार सम्बन्धित सञ्चारमाध्यममै निहित हुनुपर्छ। बरु त्यसको जानकारी प्रेस रजिस्टारलाई दिनुपर्ने व्यवस्था राख्न सकिन्छ।

१७) दफा २६, अनलाइन माध्यम अभिलेखीकरण व्यवस्थाअन्तर्गत (१) को व्यवस्थाले अनलाइन माध्यम सञ्चालन गर्न चाहने हरेकले अभिलेखीकरण गर्नैपर्ने बाध्यता सिर्जना गरेको छ। यसलाई स्वेच्छिक विषय बनाउनुपर्छ। जुन अनलाइनले आफूलाई पत्रकारिताको माध्यम हुँ भनेर स्वघोषणा गर्छ र सरकारी विज्ञापनमा अधिकार खोज्छ, उसलाई मात्र अभिलेख गराउनु उपयुक्त हुन्छ। इन्टरनेटका प्रत्येक प्लेटफर्मले प्रदेश सरकारबाट लाइसेन्स लिनुपर्ने नियम अव्यावहारिक, असम्भव र अनुपयुक्त हुन्छ। यो इन्टरनेट स्वतन्त्रताको मान्यताप्रतिकूल पनि हुन्छ।

१८) यसैगरी दफा २६ उपदफा (३) पनि अव्यावहारिक देखिन्छ। जसले नियमानुसार सञ्चालित सञ्चारमाध्यमलाई डिजिटल प्लेटफर्ममा जान पनि थप लाइसेन्स लिनुपर्ने बाध्यता सिर्जना गर्न खोजेको छ। अभिलेखीकरण गर्नपर्ने विषयलाई स्वेच्छिक बनाउनुपर्छ । अनिवार्य÷बाध्यात्मक बनाइनु हँुदैन।

१९) दफा २७ उपदफा (३) हटाउनुपर्छ। यसले अनलाइन माध्यमको प्रवद्र्धन र विकासमा कठोर नियन्त्रण गर्छ। सरकारबाट प्रमाणपत्र नलिई अनलाइन माध्यमको व्यवसाय गर्न निषेध गर्नुभन्दा यसलाई प्रचलित करसम्बन्धी कानुनबाटै नियमन गर्नु उपयुक्त देखिन्छ।

२०) दफा २९ को व्यवस्था पनि कठोर देखिन्छ। जसले व्यवसाय सुरु गर्नु र  इजाजत लिनुपूर्व नै विभिन्न सर्त पूरा गर्नैपर्ने बाध्यता सिर्जना गर्छ।
२१) दफा ३२, प्रकाशन तथा प्रसारणमा रोक लगाउन सकिने व्यवस्था पनि निकै कठोर छ। त्यस्तो कसुरमा सजाय गर्ने अधिकार न्यायालयलाई मात्र हुन्छ। सरकारको भूमिका अभियोग लगाउनेमा मात्र सीमित हुन्छ। दफा ४४ ले नै यस दफाको उद्देश्य पूरा गर्ने हुँुदा यो राखिरहन जरुरी छैन।

२२) दफा ३५ उपदफा ३ को प्रस्तावित संयन्त्र– पत्रकार आचार–संहितामा गुनासो सुन्ने उपयुक्त होइन। त्यो संयन्त्र अव्यावहारिक र बढी प्रशासनिक हुँुदा यस्तो गुनासो सुन्न स्वायत्त, स्वतन्त्र र विज्ञ समूह रहने अम्बुड्सम्यान अवधारणाको हुनुपर्छ।

२३) दफा (४३) को ‘एक्रिडेसन’ प्रणालीसम्बन्धी व्यवस्था पनि अनावश्यक देखिन्छ। पत्रकारका लागि परिचयपत्र दिने काम सम्बन्धित सञ्चारमाध्यम तथा पेसागत संस्था वा युनियनको हो। सरकारले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी गर्ने पद्धति निरकुंश पञ्चायती व्यवस्थाको निरन्तरता हो। यस्तो प्रणाली आफैंमा प्रेस स्वतन्त्रता खुम्च्याइएको अर्थमा बुझिन्छ।

२४) परिच्छेद ८ दफा (४६), पत्रकार तथा प्रसारकको योग्यता तोक्ने कुरा असान्दर्भिक छ। यो सम्बन्धित सञ्चारमाध्यम आफंैले नियमन गर्ने विषय हो। तसर्थ ‘तोकिएबमोजिम’ शब्द हटाई हरेक ‘आमसञ्चारमाध्यमले सोसम्बन्धी व्यवस्था निर्धारण गरी प्रेस रजिस्टारलाई जानकारी दिनुपर्नेछ’ शब्दावली राख्नु उपयुक्त हुनेछ।

२५) दफा (४७) मा पत्रकार– सञ्चारमाध्यमको सञ्चालक र सेयर सदस्य बन्न नपाइने व्यवस्था त झन् हास्यास्पद छ। यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ। मौलिक हकअन्तर्गत स्वतन्त्रताको हक धारा (१७), (१), (च)को समेत विपरीत छ। यस्तो बन्देज तर्कसंगत पनि छैन। पत्रकारले सञ्चारमाध्यम व्यवस्था गर्न नपाउने भन्नुले सञ्चारमाध्यमको स्वामित्व पत्रकारिता बुझ्दै नबुझेका स्वार्थी समूहका लगानीकर्ताले मात्र गरुन् भन्ने आशय झल्किन्छ। यो व्यवस्था  आपत्तिजनक भएकाले हटाउनुपर्छ।

२६) दफा (४८) को दण्डसजायसम्बन्धी व्यवस्था पनि न्यायिक मान्यताविपरीत देखिन्छ। उपदफा १ को कैद सजायको प्रावधान हटाउनुपर्छ। प्रशासनिक तहको उपसचिवसरहको कर्मचारी रहने प्रेस रजिस्टारले यस्तो दण्डसजायको कार्यान्वयन गर्ने प्रावधान राखिनुले यो प्रावधानको न्यायिक, स्वच्छ र विवेकपूर्ण प्रयोग हुन्छ भनेर मान्न सकिँदैन। राजनीतिक आग्रह र प्रशासनिक प्रतिशोधका दृष्टिले यी व्यवस्था निकै दुरुपयोग हुन सक्ने देखिन्छ। तसर्थ प्रचलित कानुनमा कसुर हुनेजति विषयलाई अदालतकै जिम्मामा छाड्नु उचित हुन्छ।

२७) दफा ५३ को किताबको अभिलेखीकरण गराउनपर्ने प्रावधान र दफा ५४ को सर्तसम्बन्धी प्रावधान अव्यावहारिक, असान्दर्भिक र अनावश्यक देखिन्छन्। आजको युगमा पुस्तक प्रकाशनजस्तो प्राज्ञिक विषयलाई पनि आमसञ्चार माध्यमलाई जस्तै नियमन गर्न खोज्नु तर्कसंगत देखिँदैन। यस्ता दफा आवश्यक नभएकाले हटाउन जरुरी छ।

विधेयकको मस्यौदा, प्रदेश सरकारको विचाराधीन तहमै रहेकाले यसलाई अन्तिम रूप दिनअगाडि यी सुझावले सुधार गर्न सहयोग पु¥याउनेछन् भन्ने अपेक्षा छ।

काउन्सिल विधेयकमा चाहिएको सुधार

मिडिया काउन्सिल विधेयक यति बेला राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पुगेको छ । सो विधेयक सरकारले २०७६ वैशाख २७ गते राष्ट्रिय सभामार्फत संसदमा पेस गरेको थियो । विधेयकमा प्रस्ताव गरिएका आपत्तिजनक र प्रतिगामी प्रावधानउपर सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । सुझाएका केही विषयमा राष्ट्रिय सभाले लामो छलफल र बहसपछि सकारात्मक संशोधन गर्दै गत माघ २३ गते विधेयक पारित गरेको थियो ।

स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा संवर्द्धन गर्दै पत्रकारितामा पेसागत आचरण कायम राख्नका लागि मिडिया काउन्सिलको गठन गर्ने उद्देश्य विधेयकले राखेको छ । पत्रकारिता क्षेत्रमा जिम्मेवार अभ्यास बढाउने, सञ्चारका विभिन्न पक्षबीचका मतभेद, विवाद र गुनासालाई स्वनियमन प्रणालीद्वारा समाधान गर्ने, सञ्चारका उपभोक्तालाई पीडित हुनबाट जोगाउने र गल्तीहरू तत्काल सच्याउने संस्कृति प्रवर्द्धन गर्न यस्तो ‘एकाउन्टबिलिटी मेकानिजम’ को प्रचलन छ ।

सोही अवधारणा अनुसार, २०२७ मा नेपालमा प्रेस काउन्सिलको स्थापना भएको थियो । तर समयान्तरमा सो संरचना असान्दर्भिक र धेरै हदसम्म दुरुपयोगको सिकार भयो । यो संस्थालाई प्रतिस्थापन गरी प्रविधि र पत्रकारिताको नवीन अभ्यास र चुनौतीलाई सम्बोधन गर्न मिडिया काउन्सिलको नयाँ कानुन बनाउने उद्देश्यले यो विधेयक ल्याउनुपरेको हो । तर, मिडिया काउन्सिलजस्तो अत्यन्त लोकतान्त्रिक र आदर्श संरचनालाई विकृत रूपमा सरकारको निरंकुश मनोभावना पूरा गर्ने अंग जस्तो बनाई अगाडि बढाउन खोजियो । ३२ दफामा समेटिएको यो विधेयकमा उल्लिखित ‘काउन्सिलको गठन प्रक्रिया र संरचना’ मा सरकारको इच्छाअनुकूल मात्र पदाधिकारीहरू नियुक्ति हुने, सरकारी निर्देशन कार्यान्वयन गर्नुपर्ने र प्रशासनिक ढाँचामा सञ्चालन भई यो निकायले स्वेच्छाचारी रूपमा सजाय गर्न सक्ने जस्ता विषयहरू स्वतन्त्र प्रेस तथा काउन्सिलको स्वतन्त्रता र स्वायत्तताको हिसाबले एकदमै प्रतिकूल प्रावधान प्रस्तावित भए ।

राष्ट्रिय सभामा भएका सुधार

राष्ट्रिय सभाको विधायन समितिमा विधेयकमा परेका तीसभन्दा बढी संशोधन समेट्दै समितिले विधेयकको अन्तिम प्रतिवेदन माघ १४ गते राष्ट्रिय सभामा पेस गरेको थियो । तर पत्रकारले अनिवार्य रूपमा योग्यता परीक्षा पास गर्नुपर्ने र पत्रकार हुन सरकारबाट इजाजत लिनुपर्ने कुरा राखिएकाले समितिको प्रतिवेदन निकै विवादमा पर्‍यो । अन्तत: राष्ट्रिय सभाले सो प्रस्ताव हटाएर विधेयक सर्वसम्मतिले पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।

आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशित–प्रसारित गरे सञ्चार माध्यम, प्रकाशक र सम्पादकलाई काउन्सिलले पच्चीस हजारदेखि दस लाख रुपैयाँसम्म जरिवाना गर्ने सरकारको पुरानो प्रस्ताव हटाई राष्ट्रिय सभाले सो दण्ड–जरिवाना निर्धारण गर्ने काम अदालतलाई हुने गरी विधेयक पारित गरेको छ, जुन सकारात्मक हो ।

काउन्सिलको संरचनामा पत्रकार महासंघको अध्यक्षलाई पदेन सदस्य हुनेबाहेक अध्यक्ष र अन्य सबै सदस्य सरकारले मनोनयन गर्ने गरी नौसदस्यीय सरकारको पकडको संस्था खडा गर्ने प्रस्ताव थियो, जसलाई राष्ट्रिय सभाले केही सुधार गरी संशोधन गरेको छ । आमसञ्चारका अनलाइन, छापा र प्रसारण विधाबाट तीन जना पत्रकार निर्वाचित भएर काउन्सिलमा फरक–फरक प्रदेशबाट आउने व्यवस्थालाई समेटिएको छ । यसै गरी समावेशिता सुनिश्चित गर्न प्रादेशिक आधारमा मनोनयन गर्ने तथा पत्रकारिताको प्राज्ञिक क्षेत्रबाट एक जना प्रतिनिधिसमेत चयन गर्ने व्यवस्था थप गरिएको छ । तर नियुक्ति प्रक्रियामा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको इच्छाअनुकूल हुने अवस्था विद्यमान नै छ ।

पत्रकारिताको नयाँ आयामका रूपमा फैलिएको अनलाइन पत्रकारिता, छापा पत्रकारिता र प्रसारण पत्रकारितालाई अलग–अलग रूपमा परिभाषित गरी सबै पत्रकारिताका विधालाई समेट्ने कोसिस पनि राष्ट्रिय सभाले गरेको छ । सञ्चारका माध्यम र उपभोक्ताबीच मेलमिलापलाई प्रोत्साहन दिने प्रस्तावित काउन्सिलको भूमिका पनि सकारात्मक नै छ ।

यसरी यो विधेयकमा भएका केही संशोधन स्वागतयोग्य र सकारात्मक देखिन्छन् । तर प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र लोकतान्त्रिक देशहरूका राम्रा अभ्यासलाई आत्मसात् गरी पत्रकारिता जगत्लाई विश्वसनीय, व्यावसायिक र जिम्मेवार एवं नैतिकतावान् बनाउन सहयोगी र स्वीकारयोग्य हुने गरी मिडिया काउन्सिलको संरचनागत र काम–कर्तव्यको विषयमा हुनुपर्नेजति सुधार गर्न राष्ट्रिय सभा असफल भएको छ ।

तसर्थ अझै यस विधेयकमा थप संशोधन गर्नुपर्ने केही विषयबारे गम्भीर बहस र छलफल हुनु जरुरी छ । यसमा प्रतिनिधिसभाले ध्यान दिने अपेक्षा छ ।

काउन्सिलको स्वायत्तता

विधेयकको प्रस्तावनाले मिडिया काउन्सिललाई स्वतन्त्र, सक्षम र स्वायत्त निकायका रूपमा मानेको छैन । विधेयकले समेटेका अन्य व्यवस्थामा पनि यो भावना स्पष्ट रूपमा देखिँदैन । राष्ट्रिय सभाले काउन्सिललाई ‘स्वायत्त र सक्षम निकाय’ माने पनि सो कुरा थप सुनिश्चित हुने गरी स्वतन्त्र, सक्षम र स्वायत्त निकायका रूपमा मिडिया काउन्सिल रहने कुरालाई प्रस्तावना र अन्य प्रावधानमार्फत सुनिश्चित गर्नुपर्ने देखिन्छ । स्वायत्तताबिनाको काउन्सिल सरकारको निर्देशन तामेली गर्ने मातहत निकायमा परिणत हुनेछ । यस्तो निकायमा सञ्चार क्षेत्रलाई व्यावसायिकताका लागि सहजीकरण गर्ने, आचारसंहिता पालनामा प्रोत्साहित गर्ने तथा आचारसंहिता अनुगमन गर्ने भूमिका निर्वाह गर्ने नैतिक धरातल रहँदैन ।

त्यसै गरी विधेयकको दफा १० उपदफा २ को काउन्सिलका अध्यक्ष र सदस्यलाई कार्य क्षमता, खराब आचरण वा पदीय दायित्व पूरा नगरेको जस्ता आरोपमा पदबाट हटाउनुपर्ने लागेमा सरकारले सहजै हटाउन सक्ने प्रावधानले यसको स्वायत्ततामाथि प्रश्न खडा गरेको छ । यस्तो व्यवस्थाको बदलामा प्रतिनिधिसभाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हेर्ने संसदीय समितिले छानबिन गरी कुल सदस्य संख्याको दुईतिहाइ मतले खास आधार र कारण देखार्ई चित्त नबुझे मात्र हटाउन सक्ने प्रावधान राख्न उपयुक्त हुन्छ । राष्ट्रिय सूचना आयोग लगायत विभिन्न स्वायत्त निकायका हकमा यही व्यवस्था प्रचलनमा पनि छ ।

स्वनियमन प्रवर्द्धन

सञ्चार माध्यममा स्वनियमन तथा स्वमूल्याङ्कन प्रवर्द्धन राष्ट्रिय आमसञ्चार नीति–२०७३ को प्रमुख उद्देश्य हो । तर पत्रकारिता जगत्मा स्वनियमन प्रवर्द्धन र प्रोत्साहन गर्नुपर्ने दायित्व भएको प्रमुख निकायको विधेयक नै यसबारे मौन छ । मिडियामा स्वनियमन प्रवर्द्धनको विषय अन्य कानुनले नभई यसै विधेयकले गर्नुपर्ने हो । त्यसैले स्वनियमनको विषयलाई यस विधेयकमा स्पष्टसँग समावेश गर्नैपर्छ ।

स्वनियमन संवर्द्धन तथा प्रवर्द्धन गर्ने निकायका रूपमा काउन्सिल रहने कुरा प्रस्तावनामै हुनुपर्छ । र, काउन्सिलको काम, कर्तव्य, अधिकार खण्डमा यसबारे विस्तृत व्यवस्था गर्न जरुरी छ । आमसञ्चार माध्यममा स्वनियमनको सिद्धान्त लागू गर्न प्रेरित गर्ने मुख्य निकाय नै काउन्सिल हुनुपर्छ । साथै हरेक आमसञ्चार सञ्चालक संस्थाले प्रकाशन वा प्रसारणको स्वनियमन र स्वमूल्याङ्कनका लागि सम्बन्धित विज्ञहरू रहेको स्वनियमन समिति निर्माण गरी आफ्ना स्वनियमनका आधार, दायरा र अभ्यास सुनिश्चित गर्ने अनि आफ्नै विशिष्ट आचारसंहिता तर्जुमा गर्ने, सोको अनुगमन गर्ने, आमसञ्चारको प्रभावकारिता कायम राख्ने, सार्वजनिक जवाफदेहिता पालना गर्ने एवं संस्थासँग असम्बद्ध र कुनै स्वार्थ नरहेका स्वतन्त्र विज्ञ (अम्बुड्सम्यान) व्यक्तिहरू सम्मिलित स्वनियमन समिति बनाउने व्यवस्था अनिवार्य गरिनु आवश्यक छ ।

संरचनागत सुधार

यस विधेयकको सबैभन्दा आपत्तिजनक पक्ष सरकारबाट मनोनीत पदाधिकारीको बाहुल्य हुने गरी भएको दफा ७ को गठनविधि नै हो । यस्तो गरिमामय निकायको अध्यक्षमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको, न्यायिक मन भएको व्यक्ति हुनुपर्छ । मूल विधेयक त यसमा चुकेकै थियो, राष्ट्रिय सभाबाट पारित प्रतिवेदनले समेत यसको सुनिश्चिता गर्न सकेको छैन । घुमाउरो बाटोबाट सरकारले चाहेको गैरन्यायिक पृष्ठभूमिको व्यक्ति अध्यक्ष बन्न सक्ने प्रावधान यसमा छ, जुन संशोधन र सुधार हुनैपर्छ । मिडिया काउन्सिल भनेको आमसञ्चारका माध्यमहरू, पत्रकारहरू, तिनका उपभोक्ताहरू, सञ्चार माध्यमबाट व्यवसाय गर्नेहरू तथा सरकारसमेतका विभिन्न पक्षबीच विश्वसनीय, निष्पक्ष र स्वीकारयोग्य पदाधिकारी रहने गरिमामय, नैतिक र न्यायिक निकाय हुनुपर्छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पदेन सदस्य हुनेबाहेक कर्मचारी तथा सरकारी मनोनयनमा परेका व्यक्तिहरू हावी हुने गरी विधेयकले काउन्सिलका अन्य सदस्य रहने प्रस्ताव गरेको छ । राष्ट्रिय सभाबाट पारित विधेयकको प्रतिवेदनले पनि यसलाई पूर्णत: सम्बोधन गर्न सकेको छैन । समावेशी, सक्षम, स्वतन्त्र र स्वायत्त काउन्सिल गठनका लागि यसमा पत्रकारहरूको साझा संगठनबाट निर्वाचित भएर आउने पद कम्तीमा ४० प्रतिशत हुनैपर्छ । राष्ट्रिय सभामा पारित विधेयकले तीन पत्रकार प्रादेशिक रूपमा निर्वाचित भई आउन सक्ने बाटोसम्म खुला छाडेको छ । तर स्पष्ट विधि तोकिएको छैन । अब हुने संशोधनमा काउन्सिलको अध्यक्ष पदमा पूर्णत: न्यायिक मनको विशिष्ट व्यक्ति नै हुने र सदस्यमा प्रेस रजिस्ट्र्रार तथा नेपाल पत्रकार महासंघका अध्यक्ष पदेन सदस्य रहने, विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापकहरूमध्येबाट एक जना सदस्य रहँदा उपयुक्त हुन्छ ।

काउन्सिलमा पत्रकारिता र सञ्चार क्षेत्रको मात्र प्रतिनिधित्व हुने अवस्था पनि रहनु हुँदैन । यसमा सञ्चारका उपभोक्ता तथा अन्य क्षेत्रको आवाजले पनि स्थान पाउनुपर्छ । त्यसैले मानव अधिकार, लैङ्गिक समता, भाषा–साहित्य, कानुन, प्रादेशिक तथा स्थानीय तहजस्ता क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूमध्येबाट कम्तीमा दुई महिला सदस्यसहित चार जना सदस्य रहने प्रस्ताव उपयुक्त हुनेछ । यसबाट काउन्सिल विविधतायुक्त, विश्वसनीय र समावेशी पनि हुनेछ ।

त्यसै गरी प्रत्येक प्रदेशबाट कम्तीमा पन्ध्र वर्ष पत्रकारिताको अनुभव भएका र कम्तीमा सात वर्ष सम्पादकीय जिम्मेवारी निर्वाह गरेका सम्पादकहरूमध्येबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा काउन्सिल प्रतिनिधिका रूपमा निर्वाचित भई सात जना निर्वाचित सदस्य आउने प्रावधान उपयुक्त हुन्छ । यसले निर्वाचितसंँगै प्रादेशिक सन्तुलन कायम गर्न मद्दत गर्छ । श्रमजीवी पत्रकारको प्रतिनिधित्वका लागि नेपाल पत्रकार महासंघको महाधिवेशनमा काउन्सिलको सदस्यका लागि कम्तीमा पन्ध्र वर्षको अनुभव भएका श्रमजीवी पत्रकारहरूमध्येबाट निर्वाचित कम्तीमा एक महिलासहित तीन जना सदस्य रहने प्रावधान उपयुक्त हुन्छ ।

यसरी दुई पदेन सदस्यबाहेक अध्यक्षसहित प्राज्ञिक तथा विभिन्न क्षेत्रबाट सरकारले मनोनयन गर्ने सदस्यहरू छ जनामा सीमित रहनुपर्छ र निर्वाचित सदस्यको संख्या दस हुनु उपयुक्त हुन्छ । यसरी बन्ने काउन्सिल जम्मा अठार सदस्यीय हुनेछ । यसले मनोनीत नभई निर्वाचित र प्रादेशिक तथा समावेशी सन्तुलनसहितको काउन्सिल गठनमा सघाउनेछ । संरचनागत सुधारका सन्दर्भमा अर्को महत्त्वपूर्ण विषय छ— सरकारले सदस्यमध्येबाट अनन्त कालसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्न सक्ने विधेयकको दफा १५ को प्रावधानलाई संशोधन । अध्यक्ष खाली रहेको अवस्थामा केवल तीन महिनासम्मका लागि मात्र काउन्सिलका सदस्यहरूले आफै निर्णय गरी कार्यवाहक अध्यक्ष तोक्न सक्ने प्रावधान सुनिश्चित गर्नुपर्छ । प्रेस काउन्सिल विगत एक दशकदेखि कार्यवाहक अध्यक्ष मात्र रहने अनौठो संस्थाका रूपमा परिणत भएको छ र चरम दुरुपयोग हुन गई यसको विश्वसनीयता संकटमा परेको छ ।

उत्तरदायित्व

लोकतन्त्रमा कुनै पनि निकाय स्वायत्त र स्वतन्त्र रहे पनि त्यो सार्वजनिक जवाफदेहिता तथा नागरिकप्रतिको उत्तरदायित्वबाट पन्छिन मिल्दैन । लोकतन्त्रमा हरेक निकायको नागरिकप्रतिको जवादेहिता अटुट रहनुपर्छ । यसलाई संरचना, कोष व्यवस्थापन, स्रोतप्राप्तिसँंगै त्यस निकायले वार्षिक रूपमा पेस गर्ने प्रतिवेदनको सन्दर्भले सुनिश्चित गर्छ । त्यसैले विधेयकको दफा २८ ले काउन्सिलले नेपाल सरकारसमक्ष प्रतिवेदन पेस गर्ने प्रस्तावित प्रावधानको सट्टा ‘संसद’ समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेस गर्ने राख्न जरुरी छ । वार्षिक प्रतिवेदनमाथि संसदमा छलफल हुने र संसदले जनताको प्रतिनिधिमूलक संस्थाका रूपमा काउन्सिललाई निर्देशनसमेत दिन सक्ने व्यवस्था हुनुपर्छ । साथै कोष तथा स्रोत व्यवस्थापनमा काउन्सिलले मन्त्रालयको नियन्त्रणमा खुम्चिनुपर्ने अवस्था रहनु हुँदैन ।

सरकारी हस्तक्षेपमुक्त

विधेयकको दफा २९ मा सरकारले काउन्सिललाई निर्देशन दिन सक्ने र सोको पालना गर्नु काउन्सिलको कर्तव्य हुने व्यवस्था समावेश थियो, जसलाई राष्ट्रिय सभाले संशोधन गरी सरकारले सुझाव दिने र सो सुझाव काउन्सिलले प्राथमिकतापूर्वक कार्यान्वयन गर्ने प्रावधान राखिएको छ । यो शब्द संरचना परिवर्तन भए पनि प्रावधानको लय र आशयमा खासै फरक छैन । सरकारी हस्तक्षेप वैधानिक रूपमा आउने मार्ग हो यो । यसले स्वायत्त र स्वतन्त्र काउन्सिलको ढाड भाँच्नेछ र आफैमा मेरुदण्डविहीन काउन्सिलले प्रेस र अभिव्यक्ति स्वतन्त्रता रक्षार्थ पत्रकारितामा व्यावसायिक तथा पेसागत आचरण कायम राख्न तथा पारदर्शी, जवाफदेही र उत्तरदायी पत्रकारिताका लागि सहजीकरण गर्न सक्दैन ।

त्यसैले सहजै हुन सक्ने सरकारको हस्तक्षेपकारी भूमिकालाई बाटो दिने प्रावधान हटाई सरकारले काउन्सिलको ध्यानाकर्षणसम्म गराउन सक्ने प्रावधान राख्न जरुरी छ । किनकि स्वतन्त्र प्रेसका सामु सरकार पनि एउटा उपभोक्ता हो अनि उसको गुनासो सुन्नु र सम्बोधन गर्नु सञ्चार माध्यमको पनि कर्तव्य हुन्छ । त्यसै गरी दफा ३१ ले सरकारले बनाएको नियममातहत रही विनियम बनाउने तर लागू गर्नुपूर्व सरकारको स्वीकृति लिनुपर्ने प्रावधानले काउन्सिलको स्वतन्त्रता र स्वायत्ततालाई अर्थहीन बनाएको छ । यसलाई हटाउनुपर्छ । ऐन–नियम अनुसार आवश्यक कार्यसम्पादनका लागि विनियम, कार्यविधि र निर्देशिका बनाउन पाउनु नै यथार्थमा स्वायत्तता हो ।

अन्त्यमा, मिडिया काउन्सिल सम्बन्धी कानुनी व्यवस्था तर्जुमा गर्नु आवश्यक छ । प्रेस स्वतन्त्रतालाई सरकारको अहस्तक्षेपकारी ढंगबाट स्वनियमन संस्कृतिमा प्रवर्द्धन हुने मार्गप्रशस्त गर्न विश्वसनीय र स्वायत्त काउन्सिल आवश्यक छ । अहिलेको अराजकतायुक्त अवस्थालाई नियमन गर्न पनि यस्ता निकाय विकास गरिनुपर्छ । तर नयाँ मिडिया काउन्सिलका नाममा मिडियाको स्वतन्त्रतामाथि घाँटी निमोठ्ने ठिमाहा प्रशासनिक संरचना बन्न नपुगोस् भनी निरन्तर सजगता र खबरदारीको खाँचो छ । प्रकाशित : फाल्गुन २८, २०७६ ०८:५२

Renewed Role Of Media

Nepali media were once on a mission to fight against autocratic system in favour of a democratic environment. Then, only brave media people could devote themselves in the venture that was full of threats. Their role in educating the public in preparation for the fight for democracy is always laudable. Had they not played the role to lead and show the path to freedom, ushering in of the democracy in the nation might have pushed further. The nation saw the fall of Rana oligarchy only to face the axe falling on democracy after one decade of democratic exercise. For the next 30 years, democratic aspirations got suppressed under Panchayat autocracy. Struggle against the draconian rule continued in which mission journalism fought against all odds to raise political awareness in the masses. Journalists had to work underground or risk their life and profession before the nation saw the restoration of democracy after three decades in 1990. This opened the door for flourishing of media professionalism and media industry.

Even the democracy hard earned for the second time had to go through ups and downs amidst the armed conflict and brief resurgent attempt of absolute monarchy. Such situations also called for renewed role of media to save democracy. Restoration of peace and democracy was on main agenda of the media during this period. As all political forces joined hands to wipe out dictatorship for good, the media played an important role to aware and organise the people for the cause of peace and democracy. It was indeed a tightrope walk to keep away from anarchism and dictatorial tendencies and ensure the firm grip of the democratic system. All along, Nepali media have blazed the path to fend off ulterior political motives and anti-democratic elements. Their effort to keep national unity and communal harmony intact is also commendable. As information is regarded as power and informed people can make wise decisions, the role of media in the 21st century is paramount. However, in an environment where the world wide web gradually starts to rule the roost, the media audience face the greater challenge of being misled and driven to confusion.

With the political stability in place and democratic institutionalisation taking shape, the focus of the government now is on attaining development and prosperity. Development and information are closely inter-related. Only well informed people can actively participate in development works. In this regard, the media have to play a changed role as per the need of the present national context. As the media is no longer fighting for ushering in democracy in the country, as it did in the past, it should focus its attention on institutionalisation of democracy, safeguarding of the constitution and encouraging people’s mobilisation in development works. Such an approach will help to attain prosperity cherished by all. Deputy Prime Minister and Minister for Defence Ishwar Pokharel has indicated at media’s focus shift in this national context. In this respect, the nation should make appropriate media policy to give momentum to development and growth.

नेपाली प्रेसलाई चेतावनी

चिनियाँ दूतावासले नेपालको एक राष्ट्रिय दैनिकमा प्रकाशित एउटा लेखको प्रतिवादस्वरूप पत्रिकाका सम्पादकलाई वक्तव्यमार्फत धम्कीपूर्ण कारबाहीको चेतावनी दिएको छ। वक्तव्यमा सम्पादकलाई चीनको शासन प्रणालीविरुद्ध लेख्ने गरेको आरोप लगाइएको छ। एक स्वतन्त्र राष्ट्रका नागरिकलाई कूटनीतिक मर्यादाविपरीत चिनियाँ दूतावासले दिएको चेतावनीको नेपाल सरकारले बेवास्ता गरेको छ।

राष्ट्रवादको ढोल बजाउने बुद्धिजीवी, राजनीतिकर्मी वा अन्य पेसाकर्मीहरूले समेत त्यो धम्कीको बेवास्ता गरेका छन्। केही पत्रिकाका सम्पादकहरूले मात्र त्यो चेतावनीको विरोध जनाएका छन्। धम्की एकजना सम्पादकलाई मात्र गरिए पनि एउटा कूटनीतिक तहबाट आएको सन्देशलाई नेपालको सम्पूर्ण प्रेसप्रति लक्ष्यित सन्देशका रूपमा बुझ्न उपयुक्त हुन्छ। एक स्वाधीन देशको प्रेसमाथिको यो अन्तर्राष्ट्रिय दबाब र धम्कीको निन्दा सरोकारवाला प्रेसले मात्र गरेर पुग्दैन।

लेखमा माओको अपमान भएकाले त्यस्तो सन्देश आएको हुन सक्ने भन्ने केही चीनतिर ढल्किएका नेपाली विद्वान्हरूको तर्क छ। काठमाडौंस्थित एक चिनियाँ पत्रकारले पनि लेखमा माओको अपमान भएको भनेकी छन्। माओवादका नाममा नेपालमा हजारौं निर्दोषको हत्या हुँदा चीनले माओको अपमान भयो भनेर व्यक्तव्य निकालेको थिएन। माओका नाममा मुक्तिनाथ अधिकारी, डेकेन्द्र खड्का आदिको हत्या हुँदा चीनको दूतावास बोलेन।

माओका नाममा फिरौतीमार्फत धन आर्जन गरेको नेपालमा एक लामो दृष्टान्त छ, जसमा चीनले माओको अपमान महसुस कहिल्यै गरेन। माओकै नाममा गरिएका अनेक हत्या आरोप लागेका कतिपय नेताहरूले नेपालको उच्च पदमा पुगेर चीनको भ्रमण गरिसकेका छन्। तिनीहरूसँग हात मिलाउँदा चीनले माओको अपमान भएको कहिल्यै ठानेन। माओको मास्क लगाएको तस्बिरले माओको अपमान भयो भन्ने चीनको आरोपलाई कसरी विश्वास गर्ने ? नेपाल पूर्ण प्रेस स्वतन्त्रता भएको मुलुक हो।

नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा थुकेको पनि नेपालमा छापिन्छ। चीनको आपत्ति नेपालको स्वतन्त्र प्रेससँग हो, नागरिकको स्वतन्त्रतासँग हो। चीनमा कम्युनिस्ट पार्टीको आदेश जनताले मान्नुपर्छ। नेपालमा जनताको आदेश दलहरूले मान्नुपर्छ। चीनको आपत्ति यसमा हो।

सर्वहारा वर्गको अधिनायकवाद मूल राजनीतिक मुद्दा भएको राजनीतिक दल नेकपा अहिले सत्तासीन छ। यो जनमत प्राप्त सरकारलाई अधिनायकवादी भएको भन्ने आरोप प्रतिपक्षी दल कांग्रेसले लगाउने गरेको छ। त्यसैले अधिनायकवादलाई सकारात्मक वा नकारात्मक रूपमा प्रयोग गर्नेमा दार्शनिक रूपमा विवाद गर्न सकिन्छ। अर्थ जुनसुकै लागे पनि चीन एक अधिनायकवादी शासन भएको मुलुक हो। अधिनायकवादी भएकै कारण चीनले विज्ञान र प्रविधि विकास गर्नुका साथै चर्को आर्थिक वृद्धि पनि गरेको छ। तर नेपालको जस्तो प्रेसको पूर्ण स्वतन्त्रता र नागरिकको अभिव्यक्तिको स्वतन्त्रता चीनमा छैन। चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको नियन्त्रणमा पनि यही स्वतन्त्रतासँग केही सवाल जोडिएका छन्।

चीनले दिएको धम्कीलाई दुइटा प्रमुख कोणबाट हेर्न सकिन्छ। पहिलो हो– चीनको राजनीतिक अधिनायकवाद। माओको सर्वसत्तावादको अन्त्य भएपछि चीनले आर्थिक प्रगति गरेको हो। माओ आजसम्म जीवित भएको भए चीनको आजको स्थिति फरक हुने थियो। माओको अन्त्यपछि नै चीनमा नागरिकलाई व्यापारमा, सम्पत्ति आर्जनमा वा अन्य कुरामा निश्चित स्वतन्त्रता दिइएको छ। राजनीतिमा भने चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण नियन्त्रण छ। अर्थात् चीनमा कम्युनिस्टको अधिनायकवाद हाबी छ।

यो नियन्त्रणलाई उनीहरूले स्थायित्व र आर्थिक विकासको कारण मानेका छन्। अधिनायकवादी सत्ता भएकाले नै चीनले १० दिनमै अस्पतालको निर्माण पूरा गरेर स्वास्थ्य सेवा दिन सकेको छ। पूरै सहरलाई क्वारेन्टाइन (संगरोध) गर्न सकेको छ। चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई विनारोकटोक संक्रमणविरुद्ध लड्न प्रयोग गरेको छ। विश्व स्वास्थ्य संगठनले चीनको यो प्रयासको प्रशंसा गरेको छ। यो संक्रमण भारतजस्तो मुलुकमा फैलिएको भए सम्भवतः यसले महामारीको रूप लिइसकेको हुन्थ्यो। तर यो भाइरसको संक्रमणको पूर्वजानकारी दिने एकजना चिकित्सकलाई जथाभावी अफवाह फैलाएको अभियोगमा चीनमा पुलिसले केरकार गरेको पनि सत्य हो। ती चिकित्सकको मृत्यु भइसकेको छ। ती चिकित्सकलाई आफ्नो अनुभव निर्धक्कसँग साट्ने अवसर थिएन।

चीनका अधिकारीहरूलाई संक्रमणको सूचना लुकाएको आरोप छ। हङकङबाट प्रकाशित हुने साउथचाइना मोर्निङ पोस्ट्मा वाङजिनग्वेईले लेखेका छन्– आम नागरिकलाई सुसूचित गर्नुभन्दा दुई साताअघि नै राष्ट्रपति सी जिनपिङलाई यसबारे जानकारी थियो। उनले लेखेका छन्– सन् १९८६ मा रूसले चेर्नोविल आणविक भट्टी दुर्घटनाबारेमा सूचना लुकाएपश्चात् जनताको कम्युनिस्टसँग मोहभंग भएर सन् १९९१ मा रूसबाट कम्युनिस्टले बिदा लिएको थियो। जनतासँग जवाफदेहिता भएको लोकतान्त्रिक प्रणालीमा यसको सम्भावना न्यून हुन्छ। नेपालका नागरिकको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस चीनलाई मन परेको छैन। त्यसैले नेपालका छापालाई भयभीत गर्ने र तिनलाई निर्देशित गर्ने चीनको उद्देश्य रहेको यो चेतावनीबाट अनुमान गर्न सकिन्छ।

अधिनायकवादी चरित्र संसारकै राजनीतिमा देखिन्छ। नेपालमै प्रहरीले एनकाउन्टर गरेर विपक्षी दलका कार्यकर्ता मारेको आरोप लागेको छ। आफ्ना विरोधीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनेक किसिमले आक्रमण गरिरहेका छन्। अमेरिकामा दलीय अधिनायकवाद नभएको भए ट्रम्प महाभियोगबाट जोगिने थिएनन्। ट्रम्पलाई अमेरिकी छापाले नै अधिनायकवादी भनेर लेखेका छन्। भारतमा अल्पसंख्यक मुस्लिम मोदी सरकारविरुद्ध आन्दोलनमा छन्। मोदीलाई संसारप्रसिद्ध पत्रिकाले असहिष्णु नेताका रूपमा खुलेर लेखेका छन्।

मोदीलाई पनि अधिनायकवादीको आरोप लागेको छ। ओलीलाई पनि अधिनायकवादीको आरोप लागेको छ। तर भारत, अमेरिका र नेपाल प्रेस स्वतन्त्रता भएका मुलुक हुन्। प्रेस स्वतन्त्रता नभएको भए नेपालमा गोकुल बाँस्कोटा र कृष्णबहादुर महरालाई कसले हल्लाउन सक्थ्यो ? ट्रम्पले सुलेमानीलाई मार्न दिएको आदेशको विरोध सबभन्दा बढी अमेरिकी छापामा देखिएको छ। ट्रम्पलाई एउटा जोकरका रूपमा समेत प्रस्तुत गरिएको छ। मोदीको विभेदपूर्ण आप्रवासी नागरिकताको कानुनको विरोध सबभन्दा बढी भारतकै छापामा छ। नेपालको स्वतन्त्र प्रेसले चीनबाट सिक्नुपर्ने वा प्रभावित हुनुपर्ने केही छैन। मोदीलाई मन नपराउनेका लागि पनि भारतमा अवसर प्राप्त छ। कमजोर विपक्षी भएकाले मोदी दोस्रोपटक निर्वाचित भएका थिए। पाँच वर्षपछि मोदीलाई पदमुक्त गर्ने अधिकार भारतीय जनतासँग सुरक्षित छ। ट्रम्पलाई अमेरिकीले यसै वर्ष नोभेम्बरमा ठेगान लगाउन सक्छन्।

कथंकदाचित उनी फेरि निर्वाचित भइहाले पनि सन् २०२४ पछि अमेरिका ट्रम्पमुक्त हुने पक्का छ। कुनै ईश्वरीय शक्तिले पनि ट्रम्पलाई त्यसपछि राष्ट्रपतिमा कायम राख्न सक्दैन। नेपालमा ओलीकै समेत अर्को तीन वर्षमा परीक्षा हुने छ। चीनमा राष्ट्रपति सी जिनपिङको कार्यकालको कुनै अन्त्य छैन। के यो सत्य होइन ? विश्वव्यापीकरणको सबभन्दा ठूलो लाभ लिने मुलुक चीन हो। चीनको राजनीतिक प्रणालीका विषयमा विश्वमा जतासुकै लेखिन्छ। नेपालमा पनि लेखिन्छ। नेपालको छापामा चीनले अंकुश लगाउन सक्दैन।

यसको दोस्रो कारण हो– नेपालको अपरिपक्व राजनीति। चीनले नेपालमा कूटनीतिक मर्यादाविपरीत आक्रामक हुनुमा नेपालको राजनीति पनि दोषी छ। चीनको परराष्ट्र नीति अमेरिकाको जस्तो आक्रामक छैन। भारतको जस्तो हस्तक्षेपकारी पनि छैन। चीनले आफ्नो अन्तर्राष्ट्रिय व्यापारिक सञ्जाल बनाउनमै समय खर्चेको छ। व्यापारै उसको वैदेशिक नीति रहेको छ। चीनको परराष्ट्र नीतिलाई नम्र नीति भन्न सकिन्छ। नेपालको वर्तमान सत्ता चीनको शासन प्रणालीको कुनै न कुनै रूपले प्रशंसक हो।

किम उल सोङ, जोन्छे, माओ, लेनिन, स्टालिनका विचारधारासम्बन्धी पुस्तकहरू पढेर नेता बनेकाका हातमा नेपालको सत्ता छ। नेपालमा भारतले गरेको जस्तो हस्तक्षेप चीनले नगरेकाले नेपालमा हत्तपत्त चीनको विरोध हुँदैन। नेपालको सत्तारूढ दलले केही समयअघि सी जिनपिङ विचारधारामा प्रशिक्षण गरेको थियो। नेपालमा ट्रम्प वा मोदीको डक्ट्रिनको राजनीतिक प्रशिक्षण गरिएमा त्यसलाई नेपालको बौद्धिक जगत्ले कुन रूपले हेर्ला ? सी जिनपिङ विचारधाराको प्रशिक्षणमा नेपालको बौद्धिक जगत् मौन रह्यो।

चीन नेपालको मित्रराष्ट्र हो तर चीनले अंगीकार गरेको राजनीतिक प्रणालीको प्रशिक्षण गर्नु प्रभुको चाकडीमा लम्पसार हुनु हो। नेपालमा माओको सर्वसत्तावाद बलपूर्वक लागू गर्न खोजिएको थियो। त्यो राष्ट्रवाद थिएन। आधुनिक नेपालका निर्माता पृथ्वीनारायण हुन्। तर पृथ्वीनारायणको सालिकको अपमान गरिन्छ र माओको सम्मान गरिन्छ। बीपीको प्रजातान्त्रिक समाजवाद र पूर्वएमालेको जबजजस्ता मौलिक आन्दोलनप्रति सांघातिक र निर्मम आक्रमण गर्ने माओवादलाई र उत्तर कोरियाको तानाशाहलाई समेत नेपालमा आदर्श मानिन्छ।

त्यस्तालाई चीनले कुन हैसियतले हेर्ने ? त्यसैले चीनले विरोधको कूटनीतिक शिष्टताको पालना नगरेर, हेपेर सीधै नेपाली नागरिकलाई धम्की दिएको हो। चीन, भारत र अमेरिका नेपालका मित्रराष्ट्र हुन्। नेपालमा मोदीको सहयोग वा ट्रम्पको एमसीसी सहयोग वा सी जिनपिङ विचारधारा यी कुनै पनि राष्ट्रहितमा हुँदैनन्।

नेपाली छापामा प्रशस्तकै विदेशी हस्तक्षेप हुने गरेको पत्रकार युवराज घिमिरेले आफ्नो नियमित स्तम्भ शून्य समयमा देशसञ्चारडटकममा लेखेका छन्। उनले यस्ता विदेशी हस्तक्षेपको विरोध सञ्चारमाध्यमका प्राथमिकतामा नरहेको तर अब विरोधको बाध्यात्मक परिस्थिति आएको लेखेका छन्। आफूअनुकूलको चयनात्मक राष्ट्रवादको परिभाषा विदेशी हस्तक्षेपको निमन्त्रणा हो। आफ्नो स्वाधीनताको रक्षा गर्ने आफैंले हो।

अहिलेको घटनामा सञ्चारजगत् मात्र आकर्षित हुँदैन। यो नेपालको स्वाधीनताको प्रश्न हो। राजदूतले नेपालको परराष्ट्र मन्त्रालयमार्फत आफ्नो विमति राख्न सक्छन् तर धम्की दिनु एक आपत्तिजनक विषय हो। चीन व्यापारिक मामिलाका साथै सैन्य सामथ्र्यमा पनि महाशक्ति देश हो। चीनले नेपालमा आर्थिक गतिविधि बढाएको छ। चीनबाट नेपाल आउने पर्यटक संख्यामा वृद्धि भएको छ। नेपालले चीनको बीआरआई योजनामा हस्ताक्षर गरेको छ। चीन नेपालमा लगानी वृद्धि गर्न उत्सुक देखिएको छ। लगानीसँगै चीनको परराष्ट्र नीति नम्रबाट कठोर बन्दै जानेछ।
विकासमा हामी एक ठाउँमा उभिए पनि नेपालको राजनीतिक प्रणाली चीनको भन्दा भिन्न भएको आभास चीनलाई गराइराख्नु बुद्धिमानी हुन्छ। भारत नेपालप्रति आक्रामक हुँदा भारतभित्रै नेपालका पक्षमा बोल्ने आवाज भारतको लोकतन्त्रले दिन्छ तर चीन नेपालप्रति आक्रामक भएको खण्डमा त्यो सुविधा नेपालले पाउने छैन। त्यसैले चिनियाँ दूतावासको चेतावनीलाई नेपालले आशीर्वादका रूपमा ग्रहण गर्नु राष्ट्रहितमा हुँदैन। एक स्वाधीन राष्ट्रले सरकारी स्तरबाटै त्यस्ता विदेशी चेतावनीको आलोचना, निन्दा र प्रतिवाद गर्नुपर्छ।

–भट्ट अमेरिकास्थित टेनिसी स्टेट विश्वविद्यालयमा एसोसिएट प्रोफेसर पदमा कार्यरत छन्

पत्रकारिताविरुद्ध बढ्दो प्रहार

Editors condemn Chinese ambassador’s statement

KATHMANDU: A group of Editors from major print and online outlets have issued a statement condemning the recent press release shared by the Ambassador of China to Nepal, in which the Embassy expressed dissatisfaction over an article published by The Kathmandu Post, in strong words.

“Our attention has been drawn towards the statement issued by the Embassy of China on Tuesday regarding a content published on The Kathmandu Post daily.”

“While we respect a person or an institution’s right to express dissent over materials published in the press, we strongly disagree with actions issuing threat against a specific individual for expressing an opinion or publishing a report,” reads the joint statement of the editors. “We condemn such act and would like to remind that the said statement has stepped over diplomatic decorum.”

The editors have further stated that they are fully committed towards practising and protecting “freedom of press” which has been guaranteed by the Constitution of Nepal.

Prakash Rimal of The Himalayan Times, Akhilesh Upadhyaya (former editor of TKP), Ameet Dhakal of Setopati, Arun Baral of Online Khabar, Kiran Nepal of Himal Khabar, Krishna Jwala Devkota of Naya Patrika, Gunaraj Luitel of Nagarik Dainik, Narayan Wagle (former editor of Kantipur), Purna Basnet of Nepal Khabar, Prateek Pradhan of Bahrakhari, Prasant Aryal of Kantipur Television, Basanta Basnet of Nepal magazine, Rajendra Dahal of Shiksha ki Shikshak, Shiva Gaunle (former president, Centre for Investigative Journalism, Nepal), Sudhir Sharma of Kantipur, Subhash Ghimire of Republica, and Hari Bahadur Thapa of Annapurna Post expressed their concerns over the statement issued by the Chinese Embassy, for pointing out an individual and threatening to take action.

 

Ad agencies want cards worth upto $5,000 to pay for social media posts

Advertising agencies have asked the Nepal Rastra Bank to provide them international cards worth upto $5,000 to pay for advertisements on social media through the formal banking channel, officials at central bank and industry representatives said.

“We received a recommendation from the Advertising Association of Nepal for making provisions to provide them US dollar cards worth up to $5,000 to ease payments for social media advertisements,” said Guru Prasad Poudel, director at the foreign exchange management department of the central bank.

Nepal’s commercial banks are currently allowed to provide foreign currency exchange of upto $3,000 to ‘service importers’. The figure, however, can go upto $10,000 based on a recommendation from the regulator of the sector concerned. For making payments higher than $10,000, the approval of the central bank is mandatory.

“If we are issued cards up to $5,000, it will help the advertising agencies make payments easily,” said Som Prasad Dhital, senior vice-president of Advertising Association of Nepal. “We will pay social media companies for ads and also pay to the government VAT (value added tax) and tax deducted at source (TDS),” added Dhital. “Once an agency runs out of balance on the card, it can apply to the bank to get it recharged.”

While social media ads cannot be paid for using domestic credit and debit cards, Nepali advertisers are using informal channels to do so, representatives from the central bank, commercial banks and advertising agencies admit.

Some agencies say they make payments through friends and relatives abroad, others say Nepali residents who obtain dollar cards for international travel help them out. There are also those that pay Indian ad agencies to do the job.

According to Poudel, the advertising association could be assigned to work as the recommending body to the central bank to provide the dollar card facility to ad agencies.“Currently, we don’t have an agency that has data on expenditures on social media. We (the association) want to monitor it and make recommendations to the central bank when it comes to foreign exchange facilities,” he said.

Poudel said that the central bank was open to providing foreign exchange facilities without risking the shortage of dollars for importing vital products and services. The bank plans to roll out new provisions soon, either through the monetary policy review or circular, according to Poudel.

However, the bank has not received recommendations from the CAN (Computer Association of Nepal) Federation regarding how to route international payments being made by various IT companies to the banking channel. Website developers also have to pay for space on the web.

The central bank is also concerned about the growing procurement of foreign digital content and its impact on the country’s foreign exchange reserves. “As a growing number of people have access to smartphones and the internet, they are also paying for various digital contents such as movies,” said Poudel. “If a large number of people make such payments, a large amount of foreign exchange goes outside,” he said. “So, there is a need for certain regulation on this part too.”

After the executive, legislature restricts media’s access

In May last year, when the parliamentary State Affairs and Good Governance Committee barred media from its meeting, there was widespread outcry among mediapersons, who accused committee Chairperson Shashi Shrestha of attempting to curb press freedom and the right to information.

On February 14, Subedi asked mediapersons to leave immediately after they took photos and videos of the meeting, saying the committee wished to discuss “internal matters”. The same day, Shrestha once again denied reporters access to her House committee meeting which was to discuss suggestions of a task force made up of lawmakers Dilendra Prasad Badu, Rekha Sharma and Nawaraj Silwal to look into the complaints regarding former Army chief Rajendra Chhetri’s property.

On December 14, too, the State Affairs and Good Governance Committee did not allow journalists to cover its meeting, saying “it was confidential”.

At a time when the executive is increasingly curtailing the media’s access to information regarding its activities, the legislature’s attempts to restrict the flow of information are worrying, say rights activists.

Access to the Prime Minister’s Office and a number of ministries, including the Home Ministry, has already been significantly restricted to journalists. The Prime Minister’s Office alleged that a journalist had misbehaved with a secretary when justifying the restrictions.

An official at the Prime Minister’s Office, however, said that journalists have not been restricted and that officials are just trying to put a system in place.

“Journalists are allowed; they just need to inform the concerned official that they want to meet,” the official said on condition of anonymity as he was not authorised to speak to the media.

Subedi, chairperson of the Agriculture, Cooperatives and Natural Resources Committee, argues that she only asked reporters to leave after briefing them on the agenda of the meeting, which was regarding internal discussions.

“What could be such a serious issue of discussion at the agriculture committee to restrict access to the media?” said Radheshyam Adhikary, a Nepali Congress lawmaker in the Upper House. “Even if Parliament comes up with a rule restricting the media’s access, it should not be implemented.”

According to Gopal Nath Yogi, secretary at the House of Representatives, there is no such rule restricting the media’s access to parliamentary committees.

Such restrictions from the executive and legislature on journalists could hamper independent reporting, say activists.

“Parliamentary committees are already beyond the reach of the people and denying entry to journalists could deprive the public of their right to information,” said Taranath Dahal, chief of Freedom Forum, a civil liberties group. “I wonder if the legislature has come under the executive’s shadow.”

According to Dahal, it would be unfortunate if the legislature is under any kind of pressure from the executive, as that would go against the principle of separation of powers.

Restricting journalists would also go against the constitution, which ensures full press freedom in the preamble, said P Kharel, a veteran journalist and journalism professor.

“As far as the House committees are concerned, there could be restrictions at times, but it should be on a case-by-case basis,” said Kharel. “Some issues could be classified and confidential when there is a risk of communal violence or a threat to national security.”

But blanket restrictions on journalists entering the Prime Minister’s Office and the Home Ministry stem from the arrogance of a government that boasts of a two-thirds majority, he said.

“Basically, the intent is bad,” Kharel told the Post.

Press freedom activists have long been saying that legislation related to the media and information technology should also be viewed from the point of intent rather than provisions.

Free flow of information and ideas is a cornerstone of democracy, and its control threatens democratic principles.

“A very strong government, combined with a bar on access to information, can be dangerous,” said Kharel. “Journalists, rights organisations and opposition parties must raise such issues strongly.”

The opposition Nepali Congress has duly criticised the government’s restrictions on the grounds that they restrict the people’s right to information.

“It’s serious when two major organs of the state infringe on the people’s right to information,” said Pushpa Bhusal, the Congress’ whip. “Parliamentary activities must be transparent.”

Criticism has not been limited to the opposition. Even ruling party leaders are uncomfortable with the government’s increasing control over the free flow of information, especially regarding its dealings.

Rachana Khadka, a central committee member of the ruling Nepal Communist Party, said that such restrictions, if intended to restrict information, are unacceptable.

“The government must ensure easy access to all kinds of information for journalists,” Khadka told the Post. “But sometimes people who appear before the committees refuse to speak in front of the media. During such instances, the parliamentary committees could ask the media to respect these individuals’ right to privacy.”

The ruling Nepal Communist Party has long been wary of the media, with the legislature, where the party has a near two-thirds majority, coming up with a number of bills aimed at restricting press freedom, both in print and online. Prime Minister KP Sharma Oli has repeatedly taken issue with the media’s coverage of his administration, saying editors lacked “heart”.

Access to the media during the meetings of parliamentary committees was implemented right after the restoration of democracy in 1990 by the Public Accounts Committee. The chairperson of that committee was Subas Nembang, who is currently a senior leader in the ruling party.

Officials at the Parliament Secretariat too believe that media’s access cannot be restricted unless there are serious issues affecting national security and integrity.

“It’s a foolish move on the part of parliamentary committees,” said a secretary from the federal parliament on condition of anonymity. “All parliamentary practices, including access to the media, must be followed as a rule.”

प्रधानमन्त्रीको आरोप- लहैलहैमा लागेर सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति तपाईं नभनेकोमा पुनः असन्तुष्टि जनाएका छन् । मंगलबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा ओलीले सञ्चारमाध्यमहरुले तपाईं नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन् ।

सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफू अपमानित भएको ठान्ने गरेको ओलीले बताए। नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्ने गरेको उल्लेख गरे।

https://ekantipur.com/video/2020/02/11/158142214948324161.html

सञ्चारमाध्यमप्रति प्रधानमन्त्री रुष्टै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एक पटक सञ्चारमाध्यम र बुद्धिजिवीहरूप्रति गुनासो पोखेका छन् । सरकारले अघि सारेका कामहरूको विषयमा सञ्चारमाध्यमले समाचार नबनाएको गुनासो गर्दै उनले बरु आफूले बाँसुरी बजाएको तस्वीर छापेको आरोप लगाए ।

सोमबार उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा कामहरूको सट्टा सञ्चारमाध्यमले बाँसुरी बजाएको समाचार दिने गरेको आरोप लगाए ।

आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अनर्गल प्रचार गर्ने गरेको गुनासो गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै कुनै सञ्चारमाध्यमले यो न्युज दिनभन्दा बाँसुरी बजाएको न्युज दिन्छन् भोलि पनि, दया लाग्छ । देश विकास हुन लाग्दा पीर किन परेको ? त्यो छक्क लाग्छ ।’

उनले आफूले भाषणमा ‘कुनै कुनै’ शब्द प्रयोग गरेर केही सञ्चारमाध्यमतर्फ संकेत गरे पनि भोलि सबैले ‘कुनै कुनै’ हटाएर समाचार बनाउने ओलीले ठोकुवा गरे । उनले पत्रकारहरूले तोडमोड गरी समाचार बनाउने गरेको आरोप लगाउँदै भने, ‘कुनै कुनै भन्ने शब्द प्रयोग ग¥या छु । कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर ‘कुनै कुनै’ शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला, बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन् ।’

ओलीले आफ्नो सरकारले तुइन विस्थापनको प्रगति पेश गर्दा कतिले दार्चुला पुगेर तुइनको फोटो छापेको भन्दै कटाक्ष गरे । उनले भने, ‘तुइन विस्थापित भएकोमा रुवावासी छ कतिको । अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुईवटा तुइन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुःख ग¥या होला ? कठैबरी ।’

प्रधानमन्त्री ओलीले केही बुद्धिजीवीहरूले विकासलाई मजाकको रूपमा लिएको बताए । सरकार देश विकासमा अघि बढिरहेका बेला सहकार्यको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो गर्दैै उनले बुद्धिजीवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए ।

सरकारको विकास निर्माण र सुशासनका काम देखेर खुसी हुनुपर्नेमा पीर किन परेको भनी उनले प्रश्नसमेत गरे । ‘मैले देखेँ, एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लिज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे । अनि मलाई चाहिँ यो बौद्धिकता देख्दा दया लाग्छ,’ उनले भने, ‘देश विकास मजाक होइन । देश विकास आग्रह पूर्वाग्रहको विषय होइन । देश विकास साझा अभिभारा हो । साझा कर्तव्य हो । हामी विकास गरिरहेका छौं भने खुसी हुनुपर्ने नि ।’

उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत र स्वचालित गर्ने काम रातमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने ओलीले स्पष्ट पारे । दिउँसो काम सुरु नगर्नुको कारण प्रष्ट पार्दै उनले भने, ‘सर्वसाधरण कोही पनि, कसैलाई पनि यसले दुःख दिँदैन । किनभने यो काम आज सुरु मात्रै दिउँसो गरिएको हो । सबैले देखून् भनेर । सुरु भएको जानकारी होस् भनेर । पत्रकारको पनि निद्रा नबिगारौँ भनेर ।’

प्रधानमन्त्री ओलीले विद्युतीय वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यलाई ‘विकासको तीव्र गति’ भनेर टिप्पणी गरे । उच्च प्रविधियुक्त नयाँ कामको थालनी भएको र त्यो ‘कामका लागि काम’ नभई नयाँ काम भएको भन्दै उनले यसले काठमाडौंको सौन्दर्य बढाउने विश्वास व्यक्त गरे ।

निर्धारित समयमा काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिँदै ओलीले समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने कामको सुरुवात भइसकेको चेतावनीसमेत दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उज्यालोलाई विश्वासिलो र भरपर्दो बनाउने नयाँ चुनौतीसँगै नयाँ कामको सुरुवात भएको बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् वितरण प्रणाली भूमिगत बनाउने कार्यले नेपाल सरकारको ‘डिजिटल नेपाल निर्माण’को अवधारणा साकार पार्न मद्दत पु¥याउने विश्वास व्यक्त गरे । उनले भूमिगत कार्यमा होरिजेन्टल डाइरेक्सन ड्रिलिङ प्रविधि प्रयोग गर्ने जानकारी दिए ।

 

पत्रकारिताप्रति प्रधानमन्त्री किन आक्रोशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २१ गते सम्पादकहरुसँग बालुवाटारमा सामूहिक भेट गरेर ‘बल आएपछि ब्याटिङ त गर्नैप-यो, चित्त नदुखाउनुहोला’ भनेका थिए। पुस २९ गते उद्योगी व्यवसायीसँगको भेटघाटमा राम्रो समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नै नभएको बताएपछि त्यसको स्पष्टीकरण दिन उनले सम्पादकहरुलाई बालुवाटार बोलाएका थिए। मुट भएका सम्पादक नभएको बताएपछि प्रधानमन्त्री ओलीको व्यापक आलोचना भएको थियो।

त्यसअघि असोज ३ गते मिडियाले मर्यादा बिर्सेको आरोप लगाएका प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहमा सञ्चारमाध्यममा प्रयोग भएको भाषाबारे असन्तुष्टि जनाएका थिए। त्यति बेला उनले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराएका थिए। विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्संदै गएको बताउँदै उनले विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। त्यस्तै असार २९ गते पनि प्रधानमन्त्री ओलीले त्यस्तै किसिमको असन्तुष्टि व्यक्त गरेका थिए।

मिडियाले भाषा बिगारेको आरोप लगाउँदै असार ३ गते उनले भनेका थिए, ‘नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ। बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाउलाई पनि तिमी, हजुरआमालाई पनि तिमी, यो त नेपाली भाषा, सभ्यताभित्र पर्दैन।’

त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सवमा सहभागी भएका ओली हिँड्ने बाटोमा ओछ्याइएको रातो कार्पेटबारे सञ्चारमाध्यममा समाचार आएपछि उनले त्यसलाई मिसन पत्रकारिताको संज्ञा दिएका थिए। यसरी प्रधानमन्त्री ओलीले निरन्तर सञ्चारमाध्यमको आलोचना गर्दै आएका छन्।

आइतबार पनि ओलीले सञ्चारमाध्यमले विकास निर्माणको कामलाई प्राथमिकता नदिएको गुनासो गरेका छन्। राजधानीमा काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विकास निर्माणका समाचारलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको आरोप लगाए। प्रविधिको सुरुआत भएको समाचार दिनुको सट्टा केही सञ्चारमाध्यमले फेरि पनि बाँसुरी बजाएको समाचार दिने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। आफूले भनेको विषयलाई हुबहु नराखी तोडमोड गरी अनर्गल प्रचार गर्ने गरिएको आरोपसमेत उनले लगाए। ‘कुनैकुनै सञ्चारमाध्यमले यो न्युज दिनभन्दा बाँसुरी बजाएको न्युज दिन्छन् भोलीपनि, दया लाग्छ’, उनले भने।

‘देश विकास हुन लाग्दा पिर किन परेको, त्यो छक्क लाग्छ। कुनैकुनै भन्ने शब्द प्रयोग ग¥या छु। कुनैकुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनैकुनै शब्द काटेर पठाउँछन्। भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन्। यो फोटै छाप्दैनन्’, प्रधानमन्त्री ओलीले भने। उनले बुद्धिजीवीको बौद्धिकता देख्दा समेत दया लाग्ने गरेको बताए। सरकार देश विकासमा अघि बढिरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उनले गरे।

आफूले तुइन विस्थापित गर्छु भन्दै प्रगति पेस गर्दैगर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भए पनि तुइनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनको थियो। ‘मैले देखें, एकजना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लिज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारें अरे। अनि मलाई चाहिं यो बौद्धिकता देख्दा दया लाग्छ। देश विकास मजाक होइन। देश विकास आग्रह–पूर्वाग्रहको विषय होइन। देश विकास साझा अभिभारा हो, साझा कर्तव्य हो। हामी विकास गरिरहेका छौं भने खुसी हुनुपर्ने’, उनले भने, ‘काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम रातमा गरिने भएकाले त्यसले कसैलाई असर पर्दैन। सर्वसाधारण कसैलाई पनि यसले दुःख दिँदैन। किनभने यो काम आज सुरु मात्रै दिउँसो गरिएको हो। सबैले देखून् भनेर। सुरु भएको जानकारी होस् भनेर। पत्रकारको पनि निद्रा नबिगारुँ भनेर।’

पत्रकारिताप्रति प्रधानमन्त्रीका यस्ता टिप्पणीले तथ्यमा आधारित बहसको ढोका नखोल्ने नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले बताउँछन्। ‘सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले बलिङ र ब्याटिङको कुरा गर्नुभयो, त्यसैको निरन्तरता हो कि। तर यस्तो किसिमको टिप्पणीले दुवै पक्षलाई कहीं पनि पु¥याउँदैन’, गाउँलेले भने।

अर्का पूर्वअध्यक्ष तारानाथ दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिमा कुण्ठाको झलक देखिएको बताए। स्वतन्त्र प्रेसले सरकारमा बस्नेहरुले सोचेजस्तै लेख्नुपर्छ भन्ने छैन प्रेस आलोचनात्मक पनि हुनसक्छ भन्दै दाहालले थपे, ‘त्यसलाई सरकारको नेतृत्व तहमा बस्नेहरुले पचाउन नसक्दाको परिणाम कुण्ठित भावना बाहिर आउने गरेको हो।’

सञ्चारमाध्यमले आफ्नो व्यावसायिक धर्मअनुसार काम गरिरहेको बताउँदै दाहालले भने, ‘सरकारले राम्रो काम गरे त्यसको उजागर गर्ने तथा नराम्रो काम गरे खबरदारी गर्ने प्रेसको दायित्व हो। अहिले भने हाम्रा प्रधानमन्त्री ट्रम्प प्रवृत्तितर्फ उन्मुख भएजस्तो देखिन्छ, प्रेसलाई बदनाम गराउने र कमजोर बनाउने शैलीतर्फ लागेको पाइन्छ। प्रेसले आफूहरुलाई निसर्त समर्थन गरोस् भन्ने चाहना झल्किएको छ, संसारभरि सत्तामा रहनेहरुको यस्तै चाहना हुन्छ, तर त्यो पूरा हुँदैन।’

अझै छ रेडियोको सान्दर्भिकता

आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले २०११ नोभेम्बर ३ मा फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो । त्यसयता हरेक वर्ष रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्त्वपूर्ण सञ्चार माध्यमको रूपमा सम्मान गर्न, प्रसारक बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोमा सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

यस सन्दर्भमा एउटा तितो सत्य प्रस्तुत गर्न मन लाग्यो । ८० वर्षभन्दा लामो इतिहास भएको भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा गतमाघ १७ गते अन्तिम कार्यक्रम गर्दै बन्द भयो । कार्यक्रमको लोकप्रियता र श्रोता घट्दै गएकाले रेडियो बन्द गर्नुपरेको बीबीसीले जनाएको छ । रेडियो बन्द भए पनि अनलाइन सेवा भने यथावत रहनेछ । १९४० मे ११ मा सुरु भएको यो रेडियो एक वर्ष अघिदेखि नै बन्द गर्ने प्रक्रिया सुरु भएको थियो ।

नेपालमा अहिले नै श्रोताको संख्या घटेकाले रेडियो बन्द गर्ने निर्मम निर्णयमा पुगिहाल्नुपर्ने अवस्था आइहालेको छैन । तर, रेडियोप्रति श्रोताको चाख बढाउने काम गरिएन भने त्यो दिन धेरै टाढा पनि छैन । २०५२ फागुन १० गते रेडियो नेपालले एक सय मेगाहर्जमा एफएम रेडियो सञ्चालन गर्ने अनुमति लिएयता अहिले मुलुकभर ७ सय ४० एफएम स्टेसनहरूले इजाजत लिइसकेका छन् । तीमध्ये अधिकांश सञ्चालनमा छन् ।

इन्टरनेट र मोबाइल फोनको बढ्दो प्रयोगले परम्परागत सञ्चार माध्यमहरूको उपयोगमा कमी आउन थालेको विभिन्न सर्वेक्षणले देखाएका छन् । पत्रिका र रेडियो इन्टरनेटको व्यापक विस्तारपछि खुम्चिनुपर्ने अवस्थामा पुगेको आभास भइसकेको छ । पहिले पाठक र श्रोताले पत्रिका र रेडियो ती सञ्चार माध्यमको अनुकूलता र उपलब्धताका आधारमा पढ्ने र सुन्ने गर्थे । अहिले अवस्था उल्टिएर पाठक र श्रोताको अनुकूलतामा ती माध्यमको उपयोग हुने क्रम बढेको छ ।

मोबाइल फोनको फैलावटले अहिले मुलुकको ७१ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ । यीमध्ये ५५ प्रतिशतले मोबाइलमार्फत इन्टरनेट प्रयोग गर्ने गरेको नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक २०७६ को मासिक प्रतिवेदनले देखाउँछ । तर, हाम्रा रेडियोका कार्यक्रमहरू ती मोबाइल प्रयोगकर्ताहरूप्रति लक्षित छैन । वा भनौं जहाँ श्रोता छन्, त्यहाँ प्रसारकहरू पुग्न सकिरहेका छैनन् ।

रेडियोको सबैभन्दा सबल पक्ष भनेको विभिन्न भाषाभाषीका कार्यक्रम सञ्चालन गर्नु हो । रेडियोको फैलावट यसरी तीव्र गतिमा नहुँदो हो त मातृभाषामा देशदेशावरका सूचना र मनोरञ्जन प्राप्त गर्ने अवसरबाट विभिन्न भाषाभाषी समुदायहरू बञ्चित हुने थिए । यसले भाषाको मात्र होइन, संस्कृति जर्गेनामा पनि राम्रै टेवा पुगेको छ । पहिले रेडियो नेपालले थालेको भाषाभाषी सम्बन्धी कार्यक्रम अहिले विभिन्न जिल्लामा सञ्चालित एफएम स्टेसनहरूले गर्न थालिसकेका छन् । जसले गर्दा स्थानीयलाई उनीहरूकै लवजमा सूचना प्राप्त गर्ने अवसर जुरेको छ र त्यसले सूचनामा मिठास पनि थप्छ । देशभरि खुलेका रेडियो स्टेसनहरूबाट विभिन्न समुदायले आआफ्नो मातृभाषामा कार्यक्रम सञ्चालन गर्न पाउनाले बहुजातीय, बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक मुलुकको पहिचानले थोरैमात्र भए पनि सार्थकता पाएको छ । यस अघि सञ्चार जगतमा पनि बहुपहिचानको विषय संविधानको धारामा मात्रै सीमित थियो । तर अहिले विभिन्न भाषामा सञ्चालित कार्यक्रममार्फत समुदायले आफ्नो अनुभूति, विचार, दृष्टिकोण आफ्नै मातृभाषामा अभिव्यक्त गर्न पाएका छन् । समाज रूपान्तरणका लागि आफ्ना ज्ञान, अनुभव, क्षमता र योजना प्रस्तुत गर्ने भरपर्दो थलो पनि रेडियो हुनपुगेको छ । यसले ती समुदायमा आत्मगौरवको विकास पनि गराएको छ । रेडियो कार्यक्रमहरू समुदायका लागि सूचना एवं जानकारी सम्प्रेषण गर्ने भरपर्दो विकल्पका रूपमा उभिएको छ । साथै मातृभाषामा रेडियोमा बोल्न र सुनाउन पाउँदा ती समुदायमा रहेको हीनताबोधलाई चिर्ने काम पनि भएको छ ।

नेपाल जस्तो गरिबी र अस्तव्यस्तताले जकडिएको मुलुकमा रेडियोको भूमिका महत्त्वपूर्ण देखिन्छ । असमान भौगोलिक धरातल र असमान विकासले गर्दा नेपालमा रेडियोको पहुँच अझ बढाउनुपर्ने देखिएको छ । रेडियोहरूलाई वास्तविक आवाजविहीनहरूको आवाज बनाउन कार्यक्रमको प्रस्तुतिमा परिमार्जनसँगै श्रोताको चाहनालाई प्राथमिकतामा राख्न जरुरी छ । नभए रेडियो अहिलेझैं कुइरोको काग हुन बेर छैन । नियन्त्रण र नियमनभन्दा माथि देखिएका रेडियोहरूले सत्य–तथ्य, निष्पक्षजस्ता पत्रकारिताको धर्म धान्नसकेका छैनन् । जसले गर्दा आम नागरिकको विश्वासको कसीमा सबै रेडियो खरो उत्रिनसकेका छैनन् । समयक्रमसँगै सूचना प्रवाहको गहकिलो जिम्मेवारी बोक्ने रेडियोहरू श्रोताको नजरमा विश्वासिलो माध्यमका रूपमा स्थापित हुन सकेनन् भने त्यसको प्रभाव आमसञ्चार र पत्रकारिताका अन्य माध्यममा पनि पर्न सक्छ ।

लोकतान्त्रिक आन्दोलन, विनाशकारी भूकम्प, बाढी र पहिरोको प्रकोपजस्ता इतिहासका महत्त्वपूर्ण कालखण्डमा नेपाली रेडियोहरूले सूचना सम्प्रेषणमा पुर्‍याएको योगदानकै कारण अहिले पनि यो विश्वासिलो माध्यमका रूपमा श्रोताका मनमा बस्न सफल छ । तर, अनलाइन न्युज पोर्टलहरूले छिनछिनमा विश्वभरका ताजा सूचना पाठकका मोबाइल स्क्रिनमा पुर्‍याउन थालेपछि रेडियोले तीव्र रूपमा सूचना प्रवाहभन्दा पनि विषय–वस्तुको गहनतामा पुग्ने कोसिस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अझ सामाजिक सञ्जालमा आइसकेका सूचनालाई रेडियोले समाचारका रूपमा प्रस्तुत गर्दा श्रोताको चाहना पूर्ति हुन सक्दैन । कुनै पनि विषयको साङ्गोपाङ्ग प्रस्तुति, फरक मतलाई पनि दिइने स्थान, नेताहरूको भाषण र कटाक्षभन्दा विशेषज्ञको अनुभवमा आधारित भएर रेडियो कार्यक्रम र समाचारहरू सम्प्रेषण गर्नुपर्ने बेला आइसकेको छ । तर, त्यसका लागि रेडियोमा काम गर्ने जनशक्तिमा लगानी आवश्यक छ । जुन अहिले रेडियो प्रसारकहरूको प्राथमिकतामा छैन । श्रोता के सुन्न चाहन्छन् भन्दा पनि प्रसारकहरू के सुनाउन चाहन्छन् भन्नेले बढी महत्त्व र स्थान पाउने क्रमको अन्त्य आवश्यक छ ।

सर्वेक्षणले के देखाएको छ भने श्रोताहरू पहिलेजस्तो रेडियो सुनेर बस्दैनन् । समाचार र विभिन्न सूचना जान्न रेडियो सुन्नेले पनि आफ्नो अनुकूलतामा मात्रै यसको प्रयोग गर्छन् । साँझ–बिहान बाहेक आफ्नो अनुकूलता वा फुर्सदमा रेडियो सुन्ने जमात बढ्दो छ । त्यसैले श्रोता जहाँ त्यहीँ रेडियो सामग्री पुर्‍याउनुपर्ने नयाँ चुनौती रेडियोकर्मीहरूलाई छ । पछिल्ला दिनमा विषय र प्रस्तुति केन्द्रित एफएमहरू खुल्ने क्रम बढ्दो छ । किनभने श्रोताको चाहना समयसँगै परिवर्तन हुँदै गइरहेका मात्रै छैनन् कि आफ्नो विषय केन्द्रित विषयमा उनीहरूको रुचि पनि उत्तिकै बढ्दो छ । पहिले जस्तो एउटै रेडियोबाट सूचना, मनोरञ्जन, व्यंग्य, शिक्षा, स्वास्थ्य लगायतको जानकारी खोज्ने श्रोता अचेल छैनन् ।

गाउँघरतिर बुढापाकाले नयाँ पुस्तालाई कथा सुनाउँदा अन्त्यमा ‘सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला….’ भन्दै कथाको बिट मार्थे । उतिबेलादेखि नै श्रोतालाई कति महत्त्व दिइन्थ्यो भन्ने बुझ्न हामी सबै विगततर्फ फर्किने हो भने पनि पुग्छ । अचेल हाम्रा रेडियोहरू श्रोताकेन्द्रित कम र आत्मकेन्द्रित ज्यादा त भइरहेका छैनन् ? ‘सेयरकाष्ट इनिसियटिभ’को तथ्याङ्कले के देखाएको छ भने इन्टरनेट चलाउनेमध्ये ९५ प्रतिशत सामाजिक सञ्जालमा सक्रिय छन् । त्यस्तै रेडियो सेटको प्रयोग गर्नेहरू ४८ प्रतिशत हाराहारी हुँदा मोबाइलमार्फत रेडियो सेट सुन्ने श्रोताको संख्या ५६ प्रतिशत छ । यसले पनि रेडियोका कार्यक्रमहरू कतातिर केन्द्रित हुनुपर्छ भन्ने सङ्केत गर्छ ।

रेडियोको सम्पत्ति त्यहाँ बज्ने गीत/संगीत र सूचना हुन् कि श्रोता ? गहिरिएर सोच्ने बेला भएको छ । रेडियोकर्मीसँगै व्यवस्थापकहरूले पनि यसबारे श्रोतालाई समय घर्किनु अघि नै जानकारी गराउँदा उत्तम हुन्छ । किनभने श्रोता भएकाले रेडियो हुने हो । रेडियो भएकै कारण श्रोता हुने अवस्थाको अन्त्य नेपालमा पनि धेरै अघि नै भइसक्यो । प्रकाशित : फाल्गुन १, २०७६ ०८:३७

रेडियो प्रसारणका सय वर्ष

फेब्रुअरी १३ अर्थात् ९औँ रेडियो दिवस । विश्वमा रेडियो प्रसारणले एक शताब्दी पूरा गरेको छ । पहिलो विश्वयुद्घको समाप्तिसँगै रेडियो प्रसारण सुरु भएको थियो । पत्रपत्रिका नै सूचना र समाचारको मुख्य माध्यम रहेको तत्कालीन समयमा रेडियोको सुरुवात आमसञ्चारको क्षेत्रमा ठूलो फड्को थियो । रेडियो प्रसारणले सूचना र सञ्चार क्षेत्रमा अभूतपूर्व प्रभाव र परिवर्तन ल्यायो । प्रविधिको क्षेत्रमा यो एक सय वर्षमा धेरै ठूला परिवर्तन भएका छन् ।

रेडियो प्रसारणको क्षेत्रमा पनि प्रविधिले परिवर्तन ल्याएको छ । सुरुवाती दिनमा रेडियो सुन्नसमेत कठिन थियो । नागरिकले रेडियो प्रसारण सुन्न शासकसँग अनुमति लिनुपर्ने व्यवस्था थियो । सरकारसँग इजाजत लिएर रेडियो सेट किन्नुपर्ने अवस्थाबाट हामी निकै अघि बढिसकेका छौँ । रेडियो प्रसारण प्रविधि एफएम रेडियो हुँदै अनलाइन रेडियोमा प्रवेश गरेसँगै यसमा आएको परिवर्तनको आकलन गर्न सकिन्छ ।

विश्वमा रेडियो प्रसारणको ३० वर्षपछि नेपालमा रेडियो प्रसारण सुरु भयो । नेपालको रेडियो प्रसारणले सात दशक पूरा गरेको छ । गोरखापत्र प्रकाशनको पाँच दशकपछि ००७ सालमा रेडियो प्रसारण आरम्भ भएको थियो । रेडियो नेपाल प्रसारण हुनुपूर्व राणाकालमा भारतबाट रेडियो सेट किनेर भारतबाटै प्रसारण हुने रेडियो सेवा सुन्नुपर्ने अवस्था थियो । सरकारी स्वामित्वको रेडियो नेपाल प्रसारणको ४७ वर्षपश्चात् ०५४ सालबाट नागरिकको स्वामित्व र सहभागितामा एफएम रेडियो प्रसारण थालनी भएको हो ।

नागरिकको स्वामित्वमा प्रसारण प्रारम्भ भएको समेत दुइ दशक नाघेको छ । अहिले नेपालमा सरकारी स्वामित्वको रेडियो नेपाल, समुदायको स्वामित्व र सहभागिताको सामुदायिक एफएम रेडियो र निजी लगानीको एफएम रेडियो सञ्चालनमा छन् । एक सय वर्षअघि पत्रपत्रिकालाई रेडियो प्रसारणले चुनौती दिएजस्तै रेडियो प्रसारणलाई सन् १९५० पश्चात् टेलिभिजन प्रसारणले चुनौती थपेको थियो ।

प्रविधिको विकासले आमसञ्चार माध्यमको प्रभाव र पहुँमा समेत परिवर्तन ल्याइरहेको छ । हिजो स्थापित र लोकप्रिय भएका सञ्चारमाध्यम आज बन्द हुन पुगेका छन् । हिजो सञ्चालनमै नआएका सञ्चारमाध्यमले आज ठूलो प्रभाव पारिरहेका छन् । एक सय वर्षको कालखण्डमा रेडियो प्रसारणले पनि ठूला उतार–चढाव बेहोरेको छ । यद्यपि रेडियो प्रसारण अहिले पनि सबैभन्दा धेरै नागरिकको पहुँचमा भएको माध्यम हो । रेडियो सूचना, जानकारी एवं संवादको सबैभन्दा सरल र भरपर्दाे माध्यमको रूपमा स्थापित छ ।

सार्वजनिक संवाद र बहसलाई लोकतन्त्रको आधारभूत पक्ष मान्ने हो भने समाजका लागि रेडियो शक्तिशाली माध्यम हो

नेपालमा ०५४ देखि सामुदायिक र व्यापारिक रेडियो प्रसारण सुरु भए पनि विशेष गरी लोकतन्त्र स्थापनासँगै ०६३ देखि एफएम रेडियो स्थापनाको लहर चल्यो । हाल देशका ७७ वटै जिल्लामा एफएम रेडियो सञ्चालनमा छन् । जसबाट लेखपढ गर्न नसक्ने नागरिकले समेत स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तु र घटनाको जानकारी प्राप्त गरिरहेका छन् । हिजो सीमित आमसञ्चारमाध्यमको असीमित प्रभाव र पहुँच थियो । आज बहुल सञ्चारमाध्यम सञ्चालनमा छन् । राज्यका साथै, व्यापारिक लगानी र समुदायको स्वामित्वमा सञ्चालनमा रहेका सञ्चारमाध्यमका प्राथमिकताका र विषयवस्तु पनि फरक–फरक छन् । नागरिकको सहज पहुँचमा भएको स्थानीय माध्यम रेडियो प्रसारणमा विविधता छ ।

रेडियो प्रसारणमा पनि सामुदायिक प्रसारणलाई आवाजविहीनहरूको आवाजका रूपमा चित्रित गरिएको छ । समाजको विविधता र बहुलताको आवाजलाई उचित स्थान दिनका निम्ति यस्ता वर्ग र समुदायको प्रतिनिधित्वसमेत रेडियोको संगठनात्मक संरचनामा देख्न सकिन्छ । समाजको विविधता र बहुलतालाई प्रभावकारी रूपमा रेडियोले अभिव्यक्त गर्न सक्छ । रेडियोले सांस्कृतिक विविधतालाई सम्बोधन गर्न र सामाजिक सद्भाव बढाउन सहयोग गर्दै आएको छ ।

रेडियोले समाजको सांस्कृतिक, भाषिक र मौलिककला संस्कृतिको प्रवद्र्घनमा समेत योगदान दिइरहेको छ । नेपालमा सञ्चालित सामुदायिक रेडियोले ६० भन्दा धेरै भाषामा समाचार र कार्यक्रम प्रसारण गरिरहेका छन्, जुन आफैँमा अभूतपूर्व हो । सार्वजनिक संवाद र बहसलाई लोकतन्त्रको आधारभूत पक्ष मान्ने हो भने समाजका लागि रेडियो शक्तिशाली माध्यम हो । नेपाली समाजको लोकतान्त्रीकरण र बहुलवादी चरित्र निर्माणमा रेडियोको गुन सबैले महसुस गरेकै हुनुपर्छ । विश्व रेडियो दिवसको सबैमा शुभकामना !

स्थानीय विकास र सुशासनका लागि रेडियो

रामेछापको गुम्देलको चौरी गोठबाट कर्मारिन्जी शेर्पा ल्यापटपमै रेकर्ड गरेर शेर्पा कार्यक्रम रेडियो कैरनमा पठाउने गरेको अनुभव सुनाउनुहुन्छ । चौरी गोठमा बसेर होस् वा कुनै पेसामा लागेर पनि रेडियोमा आफ्नो भाषा र लबजमा कार्यक्रम चलाउने घेरै छन् । अहिले धेरै अधिकार स्थानीय तहमा गएको अवस्थामा स्थानीय तहका गतिविधि नागरिकसामु उनीहरूकै भाषामा पु¥याउने काम स्थानीय एफएम रेडियोले गरिरहेका छन् । त्यसका साथै स्थानीय तहले गरेको कामको निरन्तर निगरानी गर्ने र स्थानीय तहलाई सही दिशामा लैजानका लागि स्थानीय एफएम रेडियोले विशेष भूमिका खेल्न सक्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिले देशभर ६ सय ८६ एफएम रेडियो सञ्चालनमा छन् भने त्यसमध्ये ३ सय ५५ सामुदायिक रेडियो रहेका छन् । स्थानीय सुशासन कायम गर्न सबैभन्दा ठूलो भूमिका सूचनाको नै हुन्छ । सूचनाले कहाँ अनियमितता भयो र कहाँबाट के के सेवा दिइँदै छ भन्ने जानकारी प्राप्त हुन्छ । नागरिकलाई सरकारले दिने सुविधा कहाँबाट कति पाइन्छ, स्थानीय निकायमा आउने बजेट तथा योजनाको जानकारी सूचनाबाट नै थाहा पाएर नागरिकले त्यसमा निगरानी राख्न सक्छन् ।

स्थानीय सुशासनका लागि भूमिका खेल्ने रेडियोले यस वर्षको रेडियो दिवस रेडियो र स्थानीय तहको सम्बन्धबारे छलफल गरेर मनाउँदै छन् । फागुन १ गते अर्थात् फेबु्रअरी १३ तारिख पर्ने विश्व रेडियो दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । देशभरि सञ्चालनमा रहेका रेडियोमा करिब १० हजार रेडियोकर्मी संलग्न छन् । कोही उत्पादन प्रसारण, कोही व्यवस्थापन त कोही प्रविधिमा काम गरिरहेका छन् । पूर्णकालीन र आंशिकको हिसाब गर्ने हो भने प्रायः सबै स्थानीय तहमा रेडियोकर्मी छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम रेडियो नेपालको भौगालिक अवस्था र जीवनशैली सुहाउँदो छ । भौगोलिक विकटता भएको ठाउँमा पनि अहिले स्थानीय एफएम रेडियोको माध्यमले सजिलै सूचना पुगिरहेको छ । नेपालका ७६ जिल्लामा एफएम रेडियो पुगेको छ भने सबै क्षेत्रमा रेडियोको प्रसारण सुन्न सकिन्छ । नेपालमा एफएम रेडियोको विकासले विश्वलाई नै नमुना प्रस्तुत गरेको छ । रेडियो प्रसारणका लागि एफएम फ्रिक्वेन्सी मोड््युलेसन प्रविधि अन्य प्रणालीको तुलनामा सस्तो र प्रभावकारी भएकाले नेपालमा यसको विकास सहज भएको हो ।

स्थानीय तहमार्फत नागरिकले पाउने सेवा, त्यसको मापदण्ड, ऐन कानुन, नीति, बजेट र योजनाबारे जानकारी गराउन एफएम रेडियो प्रभावकारी माध्ययम हुन सक्छन् । नागरिकले आफूले सेवासुविधा पाए÷नपाएको, बजेट तथा योजना कार्यान्वयनमा आए÷नआएको रेडियोमार्फत नै भन्ने गरेका छन् । कसरी सरकारले स्थानीय तहमा काम गर्छ र कसरी निर्णय लिन्छ, त्यसलाई कसरी कार्यान्वयनमा ल्याउँछ । त्यसमा कोको सहभागी हुन्छन् भन्नेजस्ता स्थानीय सुशासनका विषयको जानकारी गराउन स्थानीय रेडियोले प्रभावकारी काम गर्न सक्छन् ।

एफएम सञ्चारको विज्ञान नै नबुझेको स्थानीय तहलाई सञ्चालन जिम्मा दिनु कति ठीक हो यसमा अझै बहसको आवश्यकता छ

स्थानीय सरकारले स्थानीय तहमा भएका वा त्यहाँ सुनिने स्थानीय सामुदायिक रेडियोहरूलाई स्थानीय सरकारका सूचना तथा जानकारी आमनागरिकसामु पु¥याउन आफ्नै सञ्चारमाध्यमका रूपमा प्रयोग गर्न सक्छन् । तर, सूचना, मनोरञ्जन र शिक्षामा स्थानीयस्तरको स्वाद बोकेर सञ्चालन भइरहेका स्थानीय एफएम रेडियोलाई अप्ठ्यारो पार्ने नीतिगत रूपमा रेडियोमा अंकुश लगाउने काम केही स्थानीय तहले गरेको भनेर आलोचना भइरहेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हचुवाको भरमा बनाएको एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि स्थानीय तहलाई पठाएर कार्यविधि बनाउन लगाइयो । कार्यविधिको उद्देश्य एफएम रेडियोको प्रसारण इजाजत, नवीकरण, समन्वय, अनुगमनलगायतका विषयलाई व्यवस्थित गर्ने नै हो । तर, कार्यविधि संविधानसँग बाझियो भने त्यसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम ग¥यो । स्थानीय तहलाई संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न बनाउने विषय सकारात्मक हो तर त्यस बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गर्नु गलत हो ।

एफएम सञ्चारको विज्ञानलाई नै नबुझेको स्थानीय तहलाई एफएम सञ्चालनको जिम्मा दिनु कति ठीक हो यसमा अझै बहसको आवश्यकता छ । नयाँ दर्ता हुने र चालू एफएम रेडियोका कार्यक्रमको रेखदेख र सञ्चालन नीति निर्माण गर्ने अधिकार गाउँकार्यपालिका र नगर कार्यपालिकालाई दिइएको अवस्थामा त्यसका विज्ञलाई सबै स्थानीय तहमा सरकारले खटाउन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि टट्कारो देखिन्छ । संविधानको धारा १९ मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायत जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै श्रव्यदृश्य सामग्रीको प्रकाशन, प्रसारण र सूचना प्रवाहमा पूर्व प्रतिबन्ध लगाउन नपाइने ग्यारेन्टी गरिएको अवस्थाको अवस्थामा केन्द्र, प्रदेश र स्थानीय तहले त्यससँग बाझिने कुनै पनि नीति तथा कानुन बनाउनु प्रेस स्वतन्त्रताविपरीत कार्य हो । त्यसैले स्थानीय तहले स्थानीय एफएम रेडियोमैत्री नीति अपनाउनुपर्छ । ती रेडियोको दिगोपनाका लागि सहयोग गर्नुपर्छ ।

स्थानीय तहले रेडियोलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन सक्यो भने नै नागरिकको सूचनाको हकको प्रवद्र्धनमा रेडियोले सघाउन सक्छन् र स्थानीय सुशासनमा समेत टेवा पुग्छ । ती रेडियोको दिगोपनमा सहयोग गरेर उनीहरूलाई स्थानीय बिकासमा केन्द्रित गर्ने खालको नीति अपनाउन सबैले सघाउ पु¥याउनु आवश्यक छ । देशभरि खुलेका एफएम रेडियोहरूले स्रोतालाई स्थानीय स्वाद दिनुका साथै नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने माध्यम दिएका छन् । सरकारले गर्नुपर्ने सूचनाको हकलाई प्रत्याभूति गर्नुपर्ने कामलाई समुदाय आफैंले स्वःस्फूर्त रूपमा गरिरहेको अवस्थामा ती रेडियोलाई सहयोग गर्ने काम स्थानीय सरकारले गर्नुपर्छ । ती रेडियोहरूले स्थानीय भाषामा स्थानीय नागरिकले बुझ्ने गरेर सूचना तथा जानकारी प्रस्तुत गरिरहेका छन् ।

स्थानीय संस्कृतिको संरक्षणका साथै सकारात्मक सामाजिक रूपान्तरणमा समुदायिक रेडियो तथा स्थानीय रेडियोले ठूलो भूमिका खेलेका छन् । साथै गाउँ तथा टोलमा भएका समस्यालाई नीतिगत तहमा ल्याउने पुलको काम ती रेडियोहरूले गरिरहेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पनि आफ्ना कुराहरूलाई सजिलै एफएम रेडियोबाट प्रचार गर्न पाइन्छ भनेर नयाँ एफएम रेडियो खोल्ने तयारीमा छन् । भएका रेडियोको दिगोपन र गुणस्तरीयता बढाउन सहयोग गर्नुपर्नेमा भएका रेडियोलाई कमजोर बनाउनेतर्फ स्थानीय तह र स्थानीय विकास मन्त्रालय लागेको पाइन्छ । सरकारी निकायबाटै रेडियो सञ्चालन भए पनि त्यो सरकारको मुखपत्र मात्रै हुनेछ र त्यसले स्वतन्त्र पत्रकारीको धर्म निर्वाह गर्न सक्दैन भन्ने कुरा पनि बेलैमा बुझ्नुपर्छ ।

त्यसैले स्थानीय तहले अहिले सञ्चालनमा रहेका एफएम रेडियोहरूलाई केही आर्थिक सहयोग गरेर विकास निर्माणको साझेदार र विकासको मूल्यांकन र अनुगमन गर्ने पहरेदारका रूपमा उपयोग गर्न सक्नुपर्छ । त्यस्तै, स्थानीय सरकारले बनेका नयाँ ऐन कानुन र नियमावलीको प्रचारप्रसार रेडियोमार्फत गर्नुपर्छ साथै रेडियोमार्फत स्थानीय तहले गरेको कामको प्रतिक्रिया र सुझाव संकलन गर्न सक्छ । धेरै रेडियोकर्मी सोख र इच्छा शक्तिका कारण रेडियोमा काम गरिरहेका छन् । कोही स्वयंसेवा गर्ने गरेर काम गरिरहेका छन् भने कोही व्यावसायिक रेडियोकर्मी बन्ने हिसाबले काम गरिरहेका छन् । उनीहरूको लागि गुणस्तरिय कार्यक्रम तथा रेडियो सामग्री उत्पादन गर्ने तालिमको आवश्यकता छ । त्यस्तो रेडियोकर्मीको क्षमतावृद्धिका लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्छ । रेडियोकर्मीहरूको क्षमता अभिवृद्धि भएमा गुणस्तरीय, सत्य, तथ्य, निष्पक्ष समाचार तथा कार्यक्रम प्रसारण हुन्छ । रेडियोले एक स्थानीय तहले गरेको राम्रो अभ्यास प्रसारण गर्दा अर्काे स्थानीय तहले त्यसको सिको गर्न सक्छन् । रेडियो र रेडियोकर्मीले पनि पत्रकारिताका व्यावसायिक मर्यादा र आचारसंहितको पालना गरेर स्थानीय विकास र सुशासनका लागि आफूलाई केन्द्रित गर्नुपर्छ ।
(लेखक सामुदायिक सूचना नेटवर्क (सीआईएन)का प्रमुख हुन् ।)