बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

५ जेठ, काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।

बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४पुगेको छ ।

नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।

Reporting From Home

Journalism is a creative profession that largely takes place in the field. A journalist comes into contact with the people of different walks of life, makes use of documents, cultivates resources, visits different locations and observe unusual happenings. Early media practitioners used to term the news reporting as a sort of ‘legwork,’ meaning that a reporter has to continuously manoeuvre. However, the invention of telephone and internet had reduced much of the legwork, and reporting is no longer a ‘blue collar’ job. But reporters’ thirst is seldom satisfied without making movements, meeting people and having a cup of coffee with them, attending press conferences and visiting the event sites and attending reception and dinner functions.
Nonetheless, the very profession has been limited to conversation over cell phones at the office or home with very little or no movement. For many reporters, this means having no news. It was very awkward situation for the journalists who were on the frontlines during the disasters like earthquake and wars. It is disappointing to many. But this is not the case as there are effective methods for news reporting while staying at home or office. All you need to do is to pay attention to the story ideas floating around, getting more information and finding someone to verify it. Remember that to be able to report a story, you need to be healthy and safe, and there is no safer place out in the world than your home.

Social media
So far as story idea is concerned, take tips from social media. Now everyone is using social media like Twitter, Facebook, Instagram, WhatsApp and YouTube to share his/her ideas and information. Concerned government agencies have also shown their presence through social networking platforms. Just to take an example, every media in Nepal last week wrote the story about ‘the road constructed by India in Nepali territory in Kalapani area’ with the tip from Twitter. Indian Minister for Defence Rajnath Singh and his ministry tweeted about the opening of the road. Just make sure that you follow the government authorities, officials and ministers, experts, fellow journalists of your interest area or beat so that you don’t miss any important information and update. Health, home, communication and finance ministries, health departments and district administrative offices can be the primary sources during the pandemic.
Other sources of information are coronavirus update database like worldometer.info, fund raising, relief distributing organisations, press releases from the business and organisations that operate during lockdown period, government decisions, steps and announcements. Many stakeholders are organising webinars and Zoom meetings on pertinent issues like economic revival, health, online education and e-payment. Just give half-an-hour a day to find what is happening where and when, you get it all from the online sources.
Don’t hesitate to nurture the relations with the whistleblowers since the fast track procurement on the pretext of crisis often promotes corruption. Likewise, talk to your relatives or friends and know about their concerns like health, information technology, telecommunication, food supply, education or the like, they will surely feed you the necessary information upon which you can construct news stories.
When you get the story ideas, you have to make sure of having the quotes from the relevant persons or authorities and documents that support your news. If you feel handicapped due to lockdown, talk to your sources via telephone and ask them to send the documents via email. If the source is hesitating to send it through the popular communication channel, ask him to send it via Viber which encrypts the message and it is easy to avoid the scrutiny from the IT department of the office or higher officials. Most of the offices have spokespersons and their contact numbers and emails can be obtained from their websites. Internet has been another luxury as you can find older document archives online.
Similarly, decisions of the Cabinet and high-level committee on coronavirus, policy and activities of the Ministry of Health and Population and its agencies, demands of the business organisations like the Federation of Nepali Chambers of Commerce and Industry and information about foreign support can be obtained easily from the internet. Most of the ministries are prompt enough to post their decisions online at the earliest. You can verify the information from the relevant sources. To follow the human trail, keep the spokesperson or your privy sources in the loop so that they can check the information for you.

Avoid attention seekers
But stay away from the self-made experts, attention seekers, pessimists and sources that are easily available who keep boasting about themselves but may not render relevant information. As there were a few experts on earthquake when the 6.9 magnitude tremor hit the nation in 2015, there are even fewer experts who can talk authoritatively about coronavirus. This is about science, not speeches. And you should be reporting, not analysing. It means you have to be selective while using the sources in your news. If you don’t get the relevant paper or a person to verify the information, wait for some time to find another one. Online journalists particularly might feel the heat if they have to hold the story for even a couple of minutes, but it is better to wait than misinform.
Top of all, you must not think it as an ‘arm-chair reporting’ and exhibit lethargy in reaching out to the sources and use imaginary sources or anonymous one. Disasters test the mettle of the journalists and those who put extra efforts during the hard times and create good products will meet the demand of the profession and last long.

@ModDhakal 

म कोरोना पोजेटिभ छु, तपाईंहरू चिन्ता नलिनुस्

पेसाले म पत्रकार, कोभिड– १९ को संक्रमण चलिरहेको समयमा आम नागरिकमा सत्यतथ्य सूचना सम्प्रेषण गर्नु मेरो काम । २०६३ सालदेखि यो पेशामा आबद्ध भएको हुँ ।

६ वर्षदेखि वीरगञ्जमा छु । वीरगञ्ज पछिल्ला दिनमा कोरोनाको इपिसेन्टर बनेको छ । नेपालको नम्बर एक अनलाइनखबरमा आबद्ध कामको चाप बढी हुनु स्वाभाविक हो । तपाईंहरू अनलाइनखबरलाई भरोसा गर्नुहुन्छ । त्यो भरोसाको केही हिस्सा पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ नै । त्यही जिम्मेवारी पूरा गर्ने क्रममा ‘फ्रन्टलाइन’मा खटिएको हो ।

श्रीमती कल्पनाजी बाहिर धेरै नजानु भनेर कराउनुहुन्थ्यो । कोठामा छोरा सुक्रिश पनि भएकोले सावधानी अपनाउन अरूले पनि भन्थे । बाहिर जाँदा विश्व स्वास्थ्य संगठनले भनेजस्तै गर्न नसकेपनि स्वास्थ्य सचेतना अपनाएकै हो । बाहिरबाट आउँदा धारामा साबुन पानीले बेस्सरी हात धोएर मात्र कोठामा पस्थेँ ।

तीन जना भारतीय जमातीमा कोरोना संक्रमण देखिएसँगै वीरगञ्जमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो । संक्रमित थपिँदै गए, म पनि निरन्तर आफ्नो काममा खटिरहेँ । संक्रमितको संख्या बढ्दै जाँदा जोखिमसँगै जिम्मेवारी पनि बढी रहेको थियो ।

कोरोना संक्रमित चार जना निको भएर घर फर्कने दिन वैशाख १४ गते अस्पताल परिसरमा पत्रकारको निकै भिड थियो । त्यो भिडमा म पनि थिएँ, ठाउँ पाएसम्म दुरी बनाएरै बसेको हो ।

त्यसपछि वैशाख २७ गते शनिबार जितपुरस्थित नेपाली सेनाको २८ नम्बर बाहिनीमा पार्क शिलान्यास कार्यक्रममा गएँ । त्यही हुँदा एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना पाएँ । कोठामा फर्केर त्यो समाचार लेखेँ । उनी १८ जना संक्रमितको सम्पर्कमा आएका किराना पसलका सञ्चालक थिए ।

पार्कको समाचार लेख्नै थियो, एक जना दाइले फोन गरेर हाम्रो पनि स्वाब दिएर आऔं भन्नुभयो । अस्पतालमा बुझ्दा स्वाब संकलन गर्ने स्टाफ सबै फिल्ड गएको थाहा भयो । मैले ती दाइलाई एक घण्टामा जाऔं भने । तर, उहाँ मान्नुभएन, गाडी लिएर आइपुग्नुभयो । हामीले वीरगञ्ज–२ ईनर्वा चोकमा पहिलो र दोस्रो नम्बरमा स्वाब दियौं ।

त्यसपछि नियमित काममा लागियो । रिपोर्टबारे उस्तो ध्यान पनि गएन । आएपछि खबर आइहाल्छ भन्ने भयो ।

आइतबार दिउँसो पत्रकार तिवारी यादवलाई प्रहरीले गरेको दुव्र्यवहारको घटना बाहिर आयो । दाइ अघि नै प्रहरी कार्यालय पुग्नुभएको रहेछ । म पनि पुगेँ । त्यहाँ पत्रकारको भिड थियो । म सकेसम्म अलग नै बसेँ । सोमबार बिहान पानी परे पनि घण्टाघरको धर्नामा सहभागी भइयो ।

मंगलबार बिहान १० बजेदेखि घण्टाघरमा पत्रकार महासंघको प्रदर्शन र ११ बजे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन गइयो । त्यसपछि आदर्शनगरको सिटी मार्टमा केही सामान किनेर कोठा फर्केँ ।

लकडाउन भएदेखि खाना अबेला खाने गरिएको छ । सुक्रिशको अनलाइन पढाइ भइरहेको छ । ह्वाट्सएपमा आउने होमवर्क गर्ने र फोटो खिचेर पठाउने गरिएको छ । अघिल्लो दिन रिडिङ गर्न पठाएका थिए, त्यो रेकर्ड गरेर पठाएँ ।

त्यसपछि पत्रकारको आन्दोलनको समाचार लेखेर खाना खानै लाग्दा अनलाइनखबरले पर्साका ३९ सहित ५७ जना नयाँ संक्रमित देखिएको समाचार दिइसकेको रहेछ । त्यसलाई सेयर गरेर थप केही जानकारी मिल्छ कि भनेर स्रोतहरूसँग कुरा गर्ने प्रयास गर्दै थिएँ । काठमाडौं अफिसबाट राजकुमार श्रेष्ठ सरले पर्सामा संक्रमित बढे, जोगिएर काम गर्नु, होसियारीपूर्वक थप विवरण पठाउनु भन्नुभयो ।

त्यो काममा म अघिदेखि लागि सकेको थिएँ । तर, कसैको फोन उठिरहेको थिएन । साढे एक बजे नारायणी अस्पतालका डा. उदय नारायण सिंहले फोन रिसिभ गर्नुभयो । उहाँसँग नयाँ सूचना थिएन ।

दुई बजे मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले फोन उठाउनासाथ ‘आज तपाईंले जे बोल्यो, त्यही समाचार हुने हुनेवाला छ डाक्सा’प’ भने । उहाँ मज्जाले मीठो हाँसो हाँस्नुभयो । कोभिड–१९ को रिपोर्टिङकै क्रममा उहाँसँग चिनजान भएको हो ।

डा. उपाध्यायकै नेतृत्वमा नारायणी अस्पतालमा कोभिड–१९ विरुद्वको युद्ध सञ्चालनमा छ । प्रदेश २ मा नारायणीले आफ्नै प्रयासमा यो सेवा थालेको हो । अरूले पछि सहयोग गरेका हुन् । उहाँको हाँसो रोकिएपछि मैले समाचार कोट्याउन थालेँ ।

‘नयाँ संक्रमितहरू कहाँ–कहाँका रहेछन्, सर ?’

उताबाट जवाफ आयो, ‘तपाईं तयार भएर छुट्टै बस्नुस्, भित्र जानुपर्छ ।’

‘म पनि ?’

‘हो ।’

‘गज्जब छ !’

अनायासै मेरो मुखबाट फुत्कियो, कुरो गज्जबवाला थिएन ।

उहाँले फेरि भन्नुभयो, ‘तपाईं आईसोलेसनमा आउन तयार भएर बस्नुस्, थप कुरा म बुझ्दैछु ।’

समाचार बन्न लायक सूचनाको लागि छटपटिरहेको मलाई बुढा जिस्कन पो थाले कि भन्ने लाग्न थाल्यो । तर, विषय जिस्कने खालको थिएन । फोन बन्द गरेर नयाँ कुरा कल्पना र सुक्रिशलाई सुनाएँ । सुरुमा नीलोकालो अनुहार लगाएकी कल्पनाले एकैक्षणमा भन्नुभयो, ‘केही हुन्न बुढा, तपाईंलाई तातोपानी खुवाएरै ठिक पार्छु ।’

सानै भएकोले सुक्रिशले यो कुरामा खासै ध्यान दिएन ।

त्यही बेला गंगा पन्त एसपी सा’पको फोन आयो । उहाँले सोध्नुभयो, ‘रिपोर्ट थाहा पाउनुभयो ?’

त्यतिञ्जेलसम्म अवस्था पूरै सामान्य बनिसकेको मैले भने, ‘डाक्टर सा’पले जोक गर्नुभएजस्तो लागे’थ्यो, तपाईंको फोन आएपछि कुरा पक्का भयो ।’

उहाँले भन्नुभयो, ‘तपाईंको रिपोर्ट पोजेटिभ आएको छ, जति गाली गरेपनि भनेँ है !’

वीरगञ्जमा पत्रकार–प्रहरी द्वन्द्व चलेको बेला पनि एसपी पन्तले मेरो बारेमा चासो राखेर फोन गरेकोमा खुसी लाग्यो ।

त्यसपछि बसेको घर, अफिस र नजिककालाई आफ्नोबारे जानकारी गराउँदै थिएँ, बाहिर हल्ला फैलिइसकेछ । धेरैतिरबाट तारम्तार फोन आउन थाल्यो ।

अधिकांशले मेरो मनोबल बढाउन खोजे । तातोपानी, बेसार पानी खान सल्लाह दिए । फोन उठाउन भ्याइनभ्याइ भएपछि फेसबुकमा म ठिकठाक छु भनेर लेख्दासम्म पनि झन् फोन आइरह्यो ।

म फोन उठाउँदै आइसोलेसनमा जान तयार भएँ, अस्पतालबाट टोली आउन समय लाग्यो । पौने ९ बजे नारायणी अस्पताल पुगियो । मलाई सीधै  पहिले गाइनो वार्ड रहेको आइसोलेसन  वार्डमा लगे । तीन कोठामध्ये एउटामा ७ र दुईटामा ८–८ बेड तयार पारिएको रहेछ । दिउँसैदेखि सामान ठिक पार्दा पनि सिरानी छुटेछ ।

तयारी अवस्थामा रहेको आइसोलेसन वार्डमा पुग्नेबित्तिकै हात धुन धारा खोल्दा पानी आएन । पानी नआएपछि अस्पतालका चिनेका स्टाफलाई फोन गरियो । उनले अर्को नम्बर दिए । त्यसमा डायल गर्दा केही क्षणमा धारा खोलेर सँगै राखिएका बाल्टिन र जगहरू पनि भरेर राख्न भनियो ।

फिल्टरमा पानी हालेको, चुहिने रहेछ । केही पर खाली रहेको वार्डको फिल्टर ल्याएर हेर्‍यौं, त्यो पनि चुहिने रहेछ । फिल्टर गरेर पानी खान नसकिने निश्चित भएपछि हार खाएर बस्यौं । खोल च्यातिएर नाङ्गिन लागको मेरो बेड चाहिँ कोठाबाट ल्याएको तन्ना हालेपछि गजबको देखियो ।

बेडसँगै झुल, नुहाउने, लुगा धुने साबुन, टुथ पेस्ट, ब्रसलगायत व्यक्तिगत सरसफाइका समानहरू थिए । १० बजे खाना आयो । दाल–भात र तरकारी हुनुपर्नेमा मेरो भागमा तरकारी मात्र परेछ, तर पिरो । सबै खान सकिन ।

फोन आउने क्रम रोकिएको थिएन । टाउको दुखेको भए पनि, दिक्क लागेपनि सकेसम्म सबै कल रिसिभ गर्ने कोसिस गरेँ । ११ बजेतिर सुत्नै लाग्दा अरू संक्रमितलाई धमाधम ल्याउन थाले । हल्लाले सुत्न सकिएन ।

आधा रातमा ट्वाइलेट गएको, प्यानमा एउटा माउसुली फसेको रहेछ । आफू कोरोना भाइरसको महामारीमा फसेको छु । मलाई लाग्यो– मभन्दा यो माउसुली भाइ बढी जोखिममा छ । त्यसैले, पहिला त्यसको उद्दार गरेर, आफू हल्का भएँ अनि फर्केर बेडमा घुर्न थालेँ ।

आइसोलेसन वार्डमा आज तेस्रो दिन हो । सब ठिकठाक छ । ठिकठाकै निस्कन्छु । बेठिक चाहिँ के भयो भने, कहाँनेर सानो लापरबाही भएर यतिका दिन आइसोलेसनमा थन्किन पर्‍यो । समाचारको लागि चारचौरास गरिहिँड्ने पत्रकारलाई जति अरू कसलाई थाहा होला, आइसोलेसन वार्डमा कुँजिनुको पिडा !

‘प्रेस पास’ले कोरोना छेक्‍छ र !

काठमाडौं : काठमाडौँको माइतीघरमा भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत क्षेत्रमा रहेको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको विरोधमा शान्तिपूर्ण दबाब दिन आएकाको भिडियो फोटो खिच्दै युटुबर।  प्रेस पास बनाएर निर्वाध रुपमा हिँड्न पाउने भएपछि लकडाउनमा समेत युटुबरको भिड लाग्ने गरेको छ। देशभर कोरोना संक्रमितको संख्या २१७ पुगिसक्दासमेत पत्रकार भने बिना सुरक्षा प्रेस पास बोकेर फिल्डमा दौडिरहेका छन् । ‘जति धेरै भ्यू उति धेरै डलर’ आउने लोभले युटुबर अझ दौडिएका देखिन्छन् । यसले पत्रकारमाथि जोखिम बढेको देखिएको छ । मंगलबार मात्र वीरगन्जका दुई पत्रकारमा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

सामाजिक दूरी कायम गर्नु पर्ने नियम उलंघन गरेर उनीहरु भिडभाड गरेको दृश्यलाई अन्नपूर्णका लागि उमा विष्टले कैद गरेकी छन्। 

बाराका पत्रकार पवन यादवमाथि अज्ञात समूहको आक्रमण, एक जना पक्राउ

 

वीरगंज : बाराका पत्रकार पवन यादवमाथि आक्रमण भएको छ। पत्रकार यादवमाथि आइतवार बेलुका करिब ९ बजे अज्ञात समूहले कलैया उपमहानगरपालिका-२ स्थित औधापुर हनुमान मन्दिर नजिक आक्रमण गरेका थिए।

पत्रकार यादवलाई उतर झिटकैयास्थित घर जाने क्रममा चारजनाको समूहले आक्रमण गरेको बताइएको छ। आक्रमणबाट पत्रकार यादवको निधारमा चोट लागेको छ। उनको कलैया अस्पतालमा उपचार गरिएको थियो।

पत्रकार यादवको शरीरभर निलडाम छ। उनको ल्यापटप, क्यामरा र मोटरसाइकलमा क्षति पुगेको छ। नेपाल प्रेस युनियन बारा शाखाका सदस्य यादवमाथि भएको आक्रमणको प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव र केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति मार्फत् भर्त्सना गरेका छन्।

उनीहरुले विज्ञप्तिमार्फत् घटनामा संलग्नहरुको पहिचान गरी कारबाहीको माग पनि गरेका छन्।

बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले घटनामा संलग्नहरुको खोजी कार्य शुरु भएको र एक जना पक्राउ परेको बताएका छन्।

Bridging The Digital Divide

A student of Master’s level in Journalism and Mass Communication requested his department head over the phone not to run online classes, citing that he lives in a remote village of Ramechhap and, therefore, he is unable to be connected online. As many as three out of total 40 central departments under different faculties of Tribhuvan University have started virtual classes of the Mater’s level. The teachers and the students are being gradually acquainted with the new way of teaching-learning. However, there is a big question of the digital divide and one cannot ignore the concerns of those students who lack access to the internet.
Online classes
Online classes are not new for TU. In the aftermath of 2015 earthquake, it had kicked off the distance learning mode of education. It has been running M.Ed. in English and Mathematics programmes through its Open and Distance Education Centre (ODEC) since 2015. As the methods of the teaching in ODEC have been the combination of several approaches including virtual class lectures and face-to-face interaction, the experiences are instrumental for entire university at this time of global crisis. The TU authority is firm on providing online classes along with sufficient reading materials to the students in a bid to cope with the situation. When the situation becomes normal, it will return to the physical classrooms as well. At this difficult juncture, keeping teachers and students busy through the online is the best alternative to the traditional classrooms. The students would get an opportunity to gear up there self-study and enhance their critical thinking with the use of the available ICT facility.
All the campuses, offices except the institutions related to essential services have been closed since March 23 owing to the nationwide lockdown. Some of the institutions such as TU Teaching Hospital, Maharajgunj have been continuously providing services to the patients. The TU administration, the VC, Registrar and Rector along with other officials and teachers are in close coordination to find alternative ways to engage students and teachers in virtual classes. Subsequently, it prepared the guidelines for online classes. The University decided to allow its teachers to run the virtual class by using ZOOM, Google Class or MS Team. It has unveiled online teaching guidelines regarding the process of preparation and requirements of taking a class, code of ethics for teachers and students and necessary action in case of breach of the guidelines.
Most importantly, the TU has decided to operate the online classes on par with the regular class-room performance. Thus, it is the responsibility of a TU teacher to conduct the online classes regularly during the corona crisis. For all the students, the online classes are the only viable option at this moment. Now they need to understand that being online means being able to attend the classes. The quality of the classes gets improved only if the students join them with enthusiasm and energy.
The difficult time has also brought some opportunity to the students and teachers to be more familiar with the ICTs. Now TU is working on a project to provide official email ID to its nearly 12 thousand teachers and 250 thousand students. The university is collaborating with the Microsoft to provide licensing MS Team software for the smooth running of the virtual class.
Here, one can raise the question of the digital divide in view of a significant number of students deprived of internet facility. The issue of uneven distribution of internet holds water given that internet penetration in the country is estimated at nearly 65 per cent. Nevertheless, most of the internet users in the country are from younger generation, which means they are students of different levels of faculties. Likewise, Nepal Telecommunication Authority states that 34 per cent people use mobile phone. It indicates that a single person carries more than one telephone services from multiple companies. It is estimated that there are nearly 38.5 million mobile users in the country of 28.5 million people. It is observable that every student in the colleges carries a mobile mostly the smartphone.
Against the backdrop, bearing the issue of the digital divide in mind, one needs to think about the exploitation of the technology for the sake of knowledge and education. First, there is the policy formulated by the university recognising the need of the virtual class. Second, there is a minimum level of technology available for us. Third, the students and teachers who are mentally prepared to adopt the technology are also almost equipped to some extent with the devices.
Spirit for innovation
The juxtaposition to the above-mentioned preparedness, there is the inadequacy of communication super highway. The fibre optics installation project up to the entire rural area through the highways is still in its primary phase. There is an acute problem of internet connectivity and bandwidth, especially in the rural and remote areas. On top of that, the cost of the data package is unaffordable for many students. However, amid all these odds, there could be a way if one has a will. TU and Nepal Telecommunication Authority can jointly work to bring a sea change to enhance the internet access for all students.
There are social, economic and political constraints that cause the digital divide. In the context of Nepal, the third is not relevant. For the second, students need appropriate and doable interventions from the authorities. For first, one needs to come forward with the spirit of adopting new ideas, technologies and innovations.

(Dr. Aryal is associated with the Central Department of Journalism and Mass Communication of Tribhuvan University.) 

Crucial Role Of Media

There is no denying the fact that media play a significant role in national affairs and national development. It not only promotes national identity and harmony but also contributes in achieving economic progress and social development. As the media touches almost every aspect of public life, its responsibility is crucial for creating, shaping and reflecting public opinion. Considered as the heart of democracy and rule of law, the media also helps nations meet various formidable contemporary challenges. Nepal has witnessed a noteworthy growth in the media sector following the restoration of democracy in 1990. The Rising Nepal’s sister publication, the Gorkhapatra daily, has been a national heritage in the country’s media sector. The vernacular Nepali newspaper has entered the 120th year of its launching. As a state media, the publication has seen many ups and downs since its inception on May 6, 1901 (Baisakh 24, 1958 B.S.). Despite facing a myriad of challenges, the publication has continued to serve the nation and the people.

The Gorkhapatra is the country’s first and foremost national vernacular newspaper. Recognising its immense and persistent contribution to the nation, the government had announced five years back to mark the Gorkhapatra’s founding day as the National Journalism Day.  In his message of best wishes delivered on the occasion of the 5th National Journalism Day and the 120th anniversary of the Gorkhapatra, Prime Minister KP Sharma Oli aptly said freedom of press and expression were the oxygen of social life. The Prime Minister also said that the role played by the media fraternity in the country’s democracy movement was unforgettable. He further said that the government was with the journalists in protecting their professional interests and independence. He said, “We have unflinching commitment and respect for press freedom.” He commended the journalists for carrying out their responsibilities in the difficult time of the nationwide lockdown aimed at containing COVID-19. Showing his genuine concern over the tendency of disseminating unfounded news contents through media, he called on journalists to remain alert for preventing such materials.

Similarly, in his message given on the occasion, Minister for Finance and Communication and Information Technology Dr. Yuba Raj Khatiwada said that truth-based, impartial and credible journalism would alone enhance the dignity of journalism as a profession. Minister Dr. Khatiwada also hoped that the National Journalism Day would inspire all the journalists and the mass media to carry out their professional responsibilities in such a manner that could contribute to the task of nation building. Meanwhile, the Gorkhapatra Corporation’s management has renewed its commitment to improving the quality of its publications and disseminating news and views as per demanded by its valued readers. The corporation has been effortful in making its publications easily available to readers across the country. As part of its plan, it has already started bringing out its publications from Biratnagar in the east and Kohalpur in the west. The corporation is striving to take all the readers into confidence by offering high quality publications and become financially self-sufficient. Since the Gorkhapatra and its sister publications belong to the nation and people, all the citizens should take its ownership.

डरैडरमा रिपोर्टिङ रिपोर्टरको डायरी

काठमाडौँ — २०७७ बैशाख १२ गते बिहान । छोरी ममताले म:म खाने भनेर धेरै दिनदेखि जिद्धी गरिरहेकी थिइन् । लकडाउनको रिपोर्टिङले भ्याएइको थिएन । बिहान उठ्यो रिपोर्टिङ । फर्केर आयो समाचार लेख्न बस्दा राति भइहाल्ने ।

घर बसे पनि छोराछोरीलाई समय दिन पाएकै छैन । छोरीले उनलाई मनपरेको अरु खानेकुरा त युट्युबमा हेरेर बनाउँथिन् । म:मचाहिँ बनाउन चाहिनन् ।

लकडाउनको ४१ औं दिन बैशाख २१ मा छोरीको इच्छा पूरा गर्ने तारा र मेरो सल्लाह भयो । जुन दिन नेपालगन्जमा १५ जनामा कोरोना पुष्टि भएको थियो । हामी म:म बनाउने तयारीमा जुट्यौ । ४४ महिने छोरा अर्नब मेरो मोबाइल खेलाइरहेका थिए । जुरुक्क उठेर ‘मलाई ज्वरो आयो बाबा’ भन्न थाले । डरले म थरथर काम्न पो थालें । बोलाएर निधारमा छामें, ज्वरो थिएन । उनी अलि थकित भएपछि मलाई ज्वरो आयो भन्थे । तर, ज्वरो आएको चाहिँ हुँदैनथ्यो ।

त्यो दिन डराउनुको कारण छ । बैशाख १५ गते कोरोना संक्रमित प्रदेश १ को विराटनगर, झापालगायतका स्थानबाट काठमाडौं आउनेको रिपोर्टिङ गर्न नागढुङ्गा जाँदा उनीहरुसंग घुलमिल भएको थियो । उतैबाट आएका भाईले ल्याएको बिस्कुट पनि खाएको थिएँ । सावधानी भने अपनाएको थिएँ ।

लकडाउनको १२ औं दिन चैत २२ देखि नियमितजसो घर बाहिर रिपोर्टिङमै छु । कुनै बेला बिहान, कहिले दिउसो । एकदिन बिहानदेखि मध्यरातसम्मै रिर्पोटिङ पर्‍यो । कतै बाहिर डुल्दा मेरो परिवारलाई पनि केही भइहाल्यो भने भन्ने डर मलाई मनभित्रै सधैजसो हुन्थ्यो । नहोस् पनि किन ? लकडाउनमा सबैजसो घरमा बसिरहँदा सुनसान सडकमा म भने रिपोर्टिङमा निस्केको थिएँ ।

रिपोर्टिङमा निस्कन्छु भन्दा श्रीमतीजीदेखि छोरासम्म खुसी थिएनन् । तर, उनीहरुको कुरा नसुनी म बाहिर गईरहें । यो क्रम अझै जारी छ ।

लकडाउनको बेला गरेको पहिलो रिपोर्टिङ हो– खाना खोज्दै पशुपतिमा भेला भएका मजदुर र माग्नेको कथा । त्यसमा खाना खोज्दै पशुपति आउने ५ सय जनाको पीडा थियो । कुराकानीका क्रममा त्यसदिन सडकमै सुत्नेसँग पनि छोइयो । उनीहरु जसले जहाँ खाना दिन्छन, त्यही दौडन्थें । म पनि उनीहरुसँग कहिले अघि कहिले पछि लागें । रिपोर्टिङ गरिरहँदासम्म त केही भएन ।

सुनसान सडकमा गौशला हुँदै कोटेश्वरतिर निस्केपछि मनमनै डर लाग्यो । यत्रो भीडमा बसेर रिपोर्टिङ गरें । यदि मलाई कोरोना सर्‍यो भने के होला ?

त्यो दिनको डर भनीसाध्य छैन । घर आएर नुहाएँ। लगाएको लुगा धोएँ । तर, मनको डर हटेन । यो रिपोर्टिङ गरेको १४ दिन कहिले पुग्ला भनेर दिन गन्ती गरेर बसें । डराउँछन् भनेर घरमा भनिनँ ।

आफ्नो डरको कुरा घरमा भन्दा झन् तारा र छोराछोरी पनि डराउँथे । छोरा त्यसै त बाटोमा धतुरोको फललाई त कोरोना भन्न थालेका थिए । पशुपतिमा धेरै मान्छेसँग आमनेसामुने भएर रिपार्टिङ गरेको बैशाख ५ मा १४ दिन पुगेपछि अलि डर कम भयो । आफू र आफ्नो परिवारमा कोरोनाको कुनै लक्षण पनि देखिएन । खुसी लाग्यो । तर, चैत २६ मा सिंहदरबारको अर्को रिपोर्टिङको डर चाहिँ छँदै थियो ।

लकडाउनमा चलायमान सिंहदरबारको रिपोर्टिङ गर्न कान्तिपुर सहकर्मी राजेश मिश्र, किरण पाण्डे र म गयौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सुरुमै छिर्‍यौं । मन्त्री हृदेयश त्रिपाठी कार्यकक्षमै थिए । उनीसँग मन्त्री भएपछि मैले पहिलोपटक भेट्दै थिएँ । उभिएरै कुरा गर्नु भएन, उनको कार्यकक्षको सोफामा बस्यौं । बस्नुअघि फोटोग्राफी विभाग प्रमुख किरण पाण्डेलाई सोधें–‘यसैमा बस्ने ?’ उनले ‘केही हुन्न बस न’भने । तर, मनचाहिँ भतभती पोल्न थाल्यो । यसअघि हरेक रिपोर्टिङ नबसी गरेको थिएँ ।

सिंहदरबार जाँदा पनि हातमा पन्जा र एन ९५ मास्क त लगाएको थिएँ । मन्त्रीलाई भेट्न आउने अनेकखाले मान्छे बसेको सोफामा बस्यौं । मन्त्रीको अगाडी कुरा गरेजस्तो गरे पनि मनमनै चाहिँ यहाँ कोको आए होला ? उसले पनि यही सोफामा छोए होला अब बर्बाद हुने भयो भन्ने डर लागिरह्यो । धेरैबेर बस्न पनि सकिनँ । राजेश दाईलाई त्यही छाडेर म र किरण पाण्डे चाहिँ अरु मन्त्रालयको रिपोटिङमा निस्क्यौं । अरु मन्त्रालयमा भने उभिएरै फोटो र भिडियो खिच्यौं । सिंहदरबार छिर्दा नेपाली सेनाले मोटरसाइकलमा क्लोरिन मिसाएको पानी छर्केर भाइरसमुक्त भएको भान भएको थियो । तर, मनचाहिँ बेचैन थियो ।

पशुपतिको रिपोर्टिङ गर्दा कम्तिमा अरुले छोएको सामान त समाएको थिइनँ । सिंहदरबारले मनै तरङगित बनाइदियो । सिंहदरबारको रिपोर्टिङ गरेको १४ दिन बैशाख ९ मा पुग्यो ।

कान्ति लोकपथको रिपोर्टिङमा पनि त्यस्तै डर लाग्यो । ललितपुरको श्री इँटा भट्टाका काम गर्ने र काठमाडौंका विभिन्न ठाउँबाट घर फर्केका बेखर्चीको रातको बसाईको रिपोर्टिङ सम्झदा अहिले पनि डर लाग्छ । काठमाडौंमा एक अर्कासँग नछोई दुरी कायम गरेर रिपोर्टिङ गरिरहेको थिएँ । यहाँ त एक सयको हाराहारीमा रहेका मजदुरको खानाको जोहो गर्दा, उनीहरुको खाना पकाएको र पानी पर्दा एकै ठाउँमा ओत लाग्नुपर्‍यो । उनीहरुलाई खानाको जोहो गरिदिन सँगै सामान उठाउनु पर्‍यो ।

काठमाडौमा मन्त्रीको कार्यकक्षको सोफामा बस्न डर लाग्ने मजस्तो काँतर भट्टेडाँडा पुगेपछि होटलको टेबलमा बसेर खाना खानु पर्ने बाध्यता आइपर्‍यो । मान्छेसँग आमनेसामुने परै जाओस्, टाँसिएरै बस्नु पर्‍यो । केको भौतिक दुरी कायम गर्नु ? त्यो रिपोर्टिङमा जाने किरण पाण्डे, प्रशान्त र मैले जे भोग्यौं, हामीले कसैलाई भनेको पनि छैन । किनभने त्यहाँ भीडभाडमा मान्छे भेटेको, सँगै बसेको कुरा गरेपछि घर होस् वा छिमेकमा असहज होला भन्ने डर छ । यो कुरा लेखिरहँदा पनि त्यसको डर बाँकी नै छ ।

बैशाख २१ गते छोरालाई ज्वरो आयो भनेपछि हतार–हतार किरण पाण्डेलाई फोन गरें । हामीले कान्ती लोकपथको रिपोर्टिङ गरेको १४ दिन त कट्यो नि है भनेर सोधे । अनि तपाईंको परिवारमा कोही बिरामी त परेको छैन नि भनेर पनि सोधें । किनभने मेरो फुच्चेले ज्वरो आयो भनेर तर्साइरहन्छ । किरण दाईले १४ दिन कटिसक्यो नि भने । अझै विश्वास लागेन । मोबाइलमा क्यालेन्डर हेरें । त्यता रिपोर्टिङ गरेको बैशाख १९ मै १४ दिन पुगिसकेको रहेछ । अनि ढुक्क भएँ ।

बिहान आठ बजे निस्केको त्यो दिन घर फर्कदा राति एक बजिसकेको थियो । पन्जा लगाएको थिएँ, बाटोमै च्यातिएको थियो । मास्क पनि पानीले भिजेर कामै नगर्ने भएको थियो । दिनभरी यात्रा गरेको थकान त छँदैथियो । सुरक्षाका लागि मध्यरातमा घर आए पनि नुहाएरै सुतें । लगाएको लुगा धोएँ । घर छिरेपछि मोटरसाइकलको ह्याण्डलमा स्यानिटाइजर पनि दल्थे तर डर नहराउने ।

बाहिर भीडभाडमा रिपोर्टिङ जाने अनि घरमा परिवारसँग घुलमेल हुने र एउटै कोठामा सँगै सुतेपछि केही होला कि भन्ने डरलाग्दोरहेछ । बाहिर रिपोर्टिङ जान थालेपछि छोरासँग छुट्टै सुत्ने प्रयास नगरेको पनि होइन तर छोराले बाबासँगै सुत्ने भनेपछि मेरो केही लागेन ।

म रिपोर्टिङमा जाँदा सहज मानोस् भनेर बैशाख ४ गते महावीर पुनको आविस्कार केन्द्रका रिपोर्टिङमा चाहिँ तारालाई पनि सँगै लगें । केन्द्रले बनाएको सामानको जानकारी लिन उनलाई पनि भित्रै लगें । इन्जिनियरले यताउता देखाउँदा आपसमा छोइएको उनले देखिछिन् । त्यहाँ केही भनिनन् । घर आएपछि मैले सोधें, ‘बाहिर नजानु भन्थ्यौं । कति सुरक्षित रिपोर्टिङ गरिराछु देख्यौं । कसैलाई छुँदैनौ । टाटैबाट कुरा गर्छौ । काहीं बस्दैनौ । सुरक्षित तरिकाले गरिराछुौं । देख्यौ नि ?’ तर, उनले मेरो रिपोर्टिङ असुक्षित पो ठानिछिन् । केन्द्रका कर्मचारीसँग जिउमा ठोक्किएको देखिछिन् । अनि उनले भनिन्, ‘कति सुरक्षित रैछ देखिहाल्यो नि !’अनि बिहान रिपोर्टिङ जान्छु भन्यो कि नगए नि हुन्थ्यो जस्तो गर्न थालिन् । नागढुङ्गामा विराटनगरबाट आएका यात्रुलाई रोकेको रिपोटिङ गर्न जाँदा त सुतेको बेला थाहै नदिई गएँ ।

लकडाउनको बेला रिपोर्टिङ गर्न जाँदा परिवारका सदस्यमात्रै होइन वरीपरीका छिमेकीसमेत डराउन थाले । लकडाउनको बेला घरमा आउजाउ गर्ने छिमेकी पनि आउन छाडे । छोरा चकचके वरपरी डुलिरहनु पर्ने । छिमेकीको घरमा जाँदा पनि अप्ठेरो महसुस गरेजस्तो गर्न थाल्यो ।

मसँग घरमै बसेर रिपोर्टिङ गर्ने कुनै बिषय नै थिएन । काम नगरी बस्दा आफूले केही नगरेजस्तो लाग्ने । अरुले जेसुकै भनुन् भनेर पनि रिपोर्टिङ जान्थें । फेरि अरुले नगरेको काम गर्नुपर्छ भन्ने पनि लाग्यो । किनभने सडकमा फोटो पत्रकारबाहेक अरु खासै बाहिर निस्कदैनथे । जति रिपोर्टिङ हुन्थ्यो, फोनबाट गर्थे अनि समाचार तयार पार्थे ।

अझै पनि नागढुङगाको भीडभाडमा रिपोर्टिङ गरेको १४ दिन कहिले पुग्ला भनेर कुरिराछु । उनीहरु चढेको बसभित्रै छिरेर फोटो र भिडियो खिचेको छु । उनीहरुलाई नाकामा रोकेपछि भित्तामा अडेस लागेर बसे । कोही भूईमै बसे । म पनि उभिएर थाकेपछि अडेस लाग्न उनीहरु उभिएकैतिर गएको छु । नागढुङगाको भीडभाडको रिपोर्टिङ गरेको १४ दिन बैशाख २९ मा पुग्छ । यो दिन कुरिराछु ।

एउटा रिपोर्टिङ गरेको १४ दिन जहिले पुग्छ, धन्न केही भएन भनेर खुशी हुन्छु । फेरि अर्को रिपोर्टिङको १४ दिनको चिन्ता हुन्छ । परिवार र आफूलाई हाच्छियू आउँदा होस् वा खोकी लाग्दा पनि डर लाग्छ ।

रिपोर्टिङबाट फर्केर आएपछि ताराले सोध्छिन्, ‘आज कहाँ केको रिपोर्टिङमा जानु भयो ?’कहिले जहाँ गएको त्यही भन्थें । अलि अप्ठ्यारो र असहज, भीडभाडको रिपोर्टिङ गएको दिन चाहिँ ढाट्थें । उनको आशय रिपोर्टिङ नै नजाओस् भन्ने त होइन । तर, बाहिर असुरक्षित छ घरबाटै काम गरिदेओस् भन्ने उनलाई छ ।

यति मात्रै कहाँ हो र ? पशुपतिको भीडभाड र नागढुङगाको रिपोर्टिङको समाचार छापिएपछि साथी जनकराज सापकोटाको प्रश्न थियो, ‘तपाई र त्यो सानो बाबु बिरामी भयो भने कसले हेर्छ ?’ भनेको कुरा झलभली सम्झिराछु । उनको आशय फिल्डमा नजाओस् भन्नेचाहिँ होइन । मप्रति सदासयता राखेर साथीहरुले प्रेमपूर्वक दिने सुझाव, श्रीमतीजीमा हुने डर र छिमेकीले हेर्ने दृष्टिकोणको कुरा त छँदैछ । छोराले घरीघरी ‘ज्वरो आयो’ भन्दै तर्साउँदा मेरो मन कस्तो हुन्छ ? त्यसको वर्णन गर्ने शब्द मसँग छैन । प्रकाशित : वैशाख २५, २०७७ १४:३८

महामारीमा मिडिया : नेपालका ५० प्रतिशत पत्रकारको रोजगारी संकटमा

काठमाडौं, वैशाख २४ : कोरोनाभाइरस महामारीविरुद्ध लडाइँको फ्रन्टलाइनमा स्वास्थ्यकर्मीजस्तै सञ्चारकर्मीहरू पनि जोखिम मोलेर खटिएका छन् । तर, महामारीको बेला खटिने डाक्टर र नर्सले प्रोत्साहन भत्ता पाइरहँदा पत्रकारले भने रोजीरोटी गुमाउनु पर्ने अवस्था आएको छ।

कतिपय पत्रकारले तलब नै पाएका छैनन् । कतिपयले जागिर नै गुमाइसकेका छन् । महामारी नियन्त्रण गर्ने नाउँमा लगाइएको लकडाउन लम्बिँदै जाँदा ठूला मिडिया हाउसहरू समेत धराशायी हुन थालेका छन्।

मिडिया हाउस सञ्चालकहरू अहिले नेपाली पत्रकारिता क्षेत्रले इतिहासकै सबैभन्दा कठिन आर्थिक सङ्कट झेलिरहेको र चैत ११ गतेदेखि जारी लकडाउनको असर दीर्घकालसम्म कायमै रहने बताउँछन्।

सरकारले बुधबार छैटौंपटक लकडाउन लम्याउँदै जेठ ५ गतेसम्म देश ठप्प राख्ने निर्णय गरेको छ । यति लामो समयसम्म उद्योग, कलकारखाना, पर्यटन, उड्डयन र व्यापारलगायत अर्थतन्त्रका सबै धमनीहरू बन्द हुँदा त्यसको प्रत्यक्ष मार सञ्चार क्षेत्रमा परेको छ।

अहिले पत्रपत्रिकाहरू करीब–करीब विज्ञापनरहित भएका छन् । टीभी, अनलाइन र रेडियोमा पनि विज्ञापन मात्रा प्रत्येक दिन घट्दो छ । विज्ञापन बजारमा मन्दी देखिँदा पत्रकारितामा नयाँ रोजगारी सिर्जना नहुने मात्र होइन, भइरहेको रोजगारी पनि गुम्ने देखिन्छ।

दैनिक पत्रिका र टेलिभिजन सञ्चालकहरूको संस्था मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल नेपाली मिडिया अहिले ‘जीवन र मरणको दोसाँध’मा रहेको बताउँछन्।

‘मिडिया उद्योगमा क्यास लकडाउन सुरु भइसकेको छ। छापिएका, बजेका विज्ञापनको पैसा उठेको छैन। तलब खुवाउन र अप्रेसन कस्ट (मसी, कागज, इन्धन) धान्न धौं धौं पर्न थालेको छ,’ कँडेलले काठमाडौं प्रेससँग भने, ‘एजेन्सीले पैसा उठाउन सकेको छैन, विज्ञापन दाताले आफ्नो प्रडक्ट बेच्न नपाउँदा भुक्तानी दिने अवस्था छैन ।’

कँडेल थप्छन्, ‘यो लकडाउनेको असर कम्तीमा मंसिरसम्म रहने देखिन्छ । किनकि, लकडाउन खुलेपछि पनि तत्कालै विज्ञापन आउँन थाल्दैन। बजारमा पैसा उठ्ने सम्भावना न्यून हुन्छ।’

विज्ञापन मन्दीका कारण मिडिया उद्योगले ५० प्रतिशतसम्म रोजगारी कटौती गर्न सक्ने र यो स्थिति केही महिना लम्बिए ५० प्रतिशत मिडिया हाउसहरू बन्द हुने कँडेलको प्रक्षेपण छ।

नेपाल रिपब्लिक मिडिया प्रालिका अध्यक्ष विनोदराज ज्ञवाली कोरोनाको सबैभन्दा ठूलो आर्थिक मार मिडिया उद्योगमा परेको बताउँछन् । उनी प्रष्ट्याउँछन्, ‘अरू उद्योगहरू अहिले बन्द छन् । कमाउन नसके पनि उनीहरूको खर्च कम भएको छ । तर, मिडिया उद्योग बन्द गर्न मिल्दैन । यसैले, लकडाउनको सबैभन्दा ठूलो आर्थिक असर मिडियालाई परेको छ ।’

उनी थप्छन्, ‘विज्ञापन छँदै छैन भन्दा पनि हुन्छ । लगानी भने थप्नु पर्ने अवस्था छ। तलब, कागज, मसी र अप्रेसन खर्च निरन्तर भइरहन्छ। यसैले, मिडिया उद्योग धरासायी बन्ने अवस्थामा पुगेको छ।’

नेपालको सबैभन्दा ठूलो सञ्चार घराना कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अहिले आफूले कोरोनाले मिडियामा कस्तो असर पार्छ भन्ने बुझ्न तथ्याङ्क विश्लेषण गरिरहेको बताउँछन्। ‘तथ्यांक विश्लेषण सकिएपछि मात्रै हामी कोरोनाले कति असर पारेको छ भन्न सक्छौँ,’ सिरोहियाले भने।

कोरोनाले सञ्चार क्षेत्रमा पारेको असरलाई सरकारले आगामी बजेटमार्फत् सम्बोधन गर्नुपर्ने भनाइ मिडिया सोसाइटीको छ । अध्यक्ष कँडेल भन्छन्, ‘मिडिया उद्योगलाई सरकारले सफ्ट लोनको व्यवस्था गरिदिए तत्कालको समस्या केही हदसम्म समाधान हुन सक्छ ।’

मिडिया सोसाइटीले मिडिया क्षेत्रमा परेको आर्थिक असरबारे अर्थमन्त्री,  सञ्चार मन्त्री, सञ्चार सचिव र राष्ट्र बैंकका गर्भनरलाई भेटेरै जानकारी गराएको छ।

रिपब्लिक मिडियाका अध्यक्ष ज्ञवाली पनि सञ्चार उद्योगलाई जोगाउन सरकारले उचित नीति लिनुपर्ने बताउँछन् । ‘यो कल्पनाभन्दा बाहिरको परिस्थिति हो। यससँग जुध्ने, कमभन्दा कम खर्चमा संस्था चलाउने, टिकाउने र फ्रन्टलाइनमा काम गर्ने पत्रकारदेखि कर्मचारीसम्मलाई सुरक्षित राख्नुको विकल्प छैन,’ उनले भने, ‘रोजगारी गुम्ने मात्रै होइन, जति पैसा छ त्यसलाई शेयर गरेर लिनुपर्ने अवस्था समेत आइपुगेको छ।’

कोरोना संकट टरेपछि पनि मिडिया उद्योगको संटक तत्काल नटर्ने ज्ञवालीको विश्लेषण छ। ‘लकडाउन खुलेपछि पनि मिडियालाई सहज हुने छैन। विज्ञापन दाताले उत्पादन गर्ने, मार्केट पठाउने, विक्री गर्ने र त्यसपछि मात्रै विज्ञापन दिने हो,’ ज्ञवाली भन्छन्, ‘अटोमोवाइल लगायतका सेक्टर लकडाउन अघि नै स्लो भइसकेका थिए। त्यसैले विज्ञापनदाता पनि तत्कालै विज्ञापन गर्ने अवस्था नआउन सक्छ। मेरो विचारमा मिडिया उद्योगलाई पुरानो अवस्थामा फर्कन कोरोना संकट टरेको २ वर्ष लाग्न सक्छ।’

१२ अर्बको विज्ञापन बजारमा डेढ महिनामै ३० प्रतिशत गिरावट

एडभरटाइजिङ एसोसिएसन अफ नेपाल (एएएन) को तथ्यांक अनुसार नेपालको विज्ञापन बजार वार्षिक १२ अर्ब बराबरको हो। तर, डेढ महिना यता गरिएको लकडाउनका कारण विज्ञापन बजारमा २५ देखि ३० प्रतिशत गिरावट आइसकेको छ।

एसोसिएसनका अध्यक्ष रविन्द्रकुमार रिजालका अनुसार गत वर्ष विज्ञापन बजारमा १२ अर्बको कारोबार भएको थियो। तर, यो वर्ष विज्ञापन बजार कम्तीमा २ अर्ब घट्नेछ। ‘लकडाउन भए यता आजको मितिसम्म करिब ३० प्रतिशतले बजार घटेको हाम्रो अनुमान छ,’ उनले भने, ‘जेठ ५ गतेसम्म मात्रै लकडाउन रहँदा विज्ञापन बजारले कम्तीमा २ अर्ब रुपैयाँ गुमाउने देखिन्छ।’

उनका अनुसार विज्ञापनका हिसाबले हेर्ने हो भने लकडाउनको सबैभन्दा बढी मार प्रिन्ट मिडियाले खेपेका छन्। ‘कोरोनाको सुरुवातसँगै पेपरबाट कोरोना सर्छ भनियो। त्यसैले सर्कुलेसन, विज्ञापनका हिसाबले सबैभन्दा बढी समस्या प्रिन्ट मिडियाले भोगेका छन्,’ उनी भन्छन्।

उनका अनुसार प्रिन्ट मिडियाको विज्ञापन कारोबार वार्षिक २ अर्ब बराबरको हो। यस्तै टेलिभिजनको ३ अर्ब र अनलाइन, रेडियोको विज्ञापन बजार वार्षिक करिब १ अर्ब बराबरको हो। त्यसबाहेक ठूलो हिस्सा होर्डिङ बोर्ड, डिजिटल बोर्ड, क्यालेन्डर लगायतले लिने गरेको छ।

नेपालको विज्ञापन बजारको सबैभन्दा बढी हिस्सा भने बैंकिङ क्षेत्रको हो। त्यसपछि मात्रै उत्पादनमूलक उद्योगहरु आउँछन्। ‘गर्नुपर्ने उत्पादन (सिमेन्ट, छड) हरुले नै हो। तर, नेपालको हकमा बैंकिङ क्षेत्रकै हिस्सा विज्ञापनमा ठूलो छ,’ उनले भने, ‘किनकि बैंकका हरेक रिपोर्ट र योजना विज्ञापनमार्फत् सार्वजनिक गराउनु पर्ने नियम छ ।’

उनले देशभरनै लकडाउन गरिरहने र लम्बाइरहने हो भने विज्ञापन बजारको अवस्था भयावह हुन सक्ने बताउँछन्। ‘जोखिम मूल्यांकन गर्ने र फरक ठाउँमा फरक नियम लागु गरेर अर्थतन्त्र चलायमान बनाउन सके मात्रै विज्ञापन बजारमा पर्ने भयावह संकट केही हदसम्म टार्न सकिन्छ’ रिजाल भन्छन्, ‘विज्ञापन बजारमा परेका असरबारे सरकारसँग छलफल गर्नुअघि हाम्रो बैठक बोलाएका छौं। त्यसपछि मात्रै सरकारसँग हाम्रा समस्या राख्छौं ।’

विज्ञापन बजारबाट एजेन्सीले १५ प्रतिशत र मिडियाले ८५ प्रतिशत पाउने भएकाले सबैभन्दा बढी असर मिडियाले नै खेप्नु पर्ने उनले भनाइ छ । ‘हामीले अब कसरी अघि बढ्ने, के गर्ने भनेर विज्ञापन दाताहरुसँग छलफल गरिरहेका छौं,’ संघका अध्यक्ष रिजालले भने।

 Published Date: Wednesday, 6th May 19:00:57 PM

राज्यका मिडिया राज्यको भाष्य

कोरोना विरुद्धको वैश्विक युद्धमा कोही प्रतिपक्षी छैन । किनकि यो महामारी मानव सभ्यता माथिको आक्रमण हो । मानवतामाथि महामारीका हमला नयाँ होइनन् । सायद निश्चित समयको अन्तरालमा यस्ता महामारी आउँछन् । मानव क्षति दुःखद हो तर तिनले मानवता स्मरण गराउँछन् । आणविक प्रतिस्पर्धादेखि हतियारको व्यापार गर्ने राष्ट्रसमेत कोेरोनासँग लड्न सकिरहेका छैनन् । नेपाल भने कोरोना विरुद्धको लडाइँमा सफल देखिएको छ । नेपाल सरकार र नेपाली जनताको एकीकृत पहलले यो परिणाम दियो । तर्सनुपर्ने छैन तर सचेत चाहिँ रहनुपर्छ । सङ्कटका बेला नेतृत्वको परीक्षण हुन्छ भने जस्तै सङ्कटका बेला सञ्चार माध्यमको पनि परीक्षण हुन्छ । नेपालको सबैभन्दा पुरानो अखवार गोरखापत्रको १२० वर्ष प्रवेशका अवसरमा सञ्चार माध्यमको भूमिकामाथि बहस सान्दर्भिक हुन्छ । त्यसमा पनि राजनीतिक स्थिरतापछि विकास र समृद्धिको यात्रामा अघि बढ्दा झन् सञ्चार माध्यमको बदलिएको भूमिका अपेक्षित हुन्छ ।
सरकार जनमतद्वारा निर्माण हुन्छ । राष्ट्रपति, प्रधानमन्त्रीले त्यही जनमतको नेतृत्व गर्नुहुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकापछि मिडियालाई चौथो अङ्ग मानिएको महìवपूर्ण भूमिका भएर नै हो । मिडियालाई आवाजविहीनको आवाज, वाचडग, एड्भोकेट ठानिएको पनि भूमिकाकै कारण हो । त्यसको अर्थ राज्यका निकाय समक्ष आवाज पु¥याउने माध्यम सञ्चार माध्यम हुन् भने राज्यका सूचना नागरिक समक्ष पु¥याउने माध्यम पनि सञ्चार माध्यम नै हुन् । राज्य र नागरिकबीच पुलको भूमिकामा सञ्चार माध्यम रहन्छन् ।
राज्यको स्वामित्वमा रहेका सञ्चार माध्यम र निजी क्षेत्रका सञ्चार माध्यम व्यवस्थापकीय ढाँचामा फरक छन् तर तिनले निर्वाह गर्नुपर्ने दायित्व सिद्धान्ततः फरक हुँदैन । निजी क्षेत्रका सञ्चार माध्यमले जसरी समाचारको स्वतन्त्र प्रवाह गर्छन् भन्ने ठानिन्छ, त्यसरी नै राज्यको स्वामित्वमा रहेका सञ्चार माध्यमले पनि स्वतन्त्र प्रवाह गर्छन् । गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति राज्यको स्वामित्वमा रहेका सञ्चार माध्यम हुन्, जसको स्वाभाविक झुकाव राज्यप्रति छ । के राज्यप्रति झुकाव हुनु नराम्रो हो र ? राज्यभित्र सत्ता मात्र हुँदैन, प्रतिपक्ष पनि हुन्छ । पहिलो, आजसम्म यी सञ्चार माध्यमलाई सरकारी सञ्चार माध्यम भनियो । नामले मात्र फरक पर्दैन । यी सञ्चार माध्यमको काम सरकारी मात्र होइन । त्यसैले सरकारी सञ्चार माध्यम भन्नुभन्दा राज्यका सञ्चार माध्यम भन्नु उपयुक्त हुन्छ । सरकारका सञ्चार माध्यम भन्दा यिनको दायरा सीमित हुन्छ, राज्यका भन्दा फराकिलो । फेरि सेवा सरकारको मात्र होइन, राष्ट्रको गर्ने हो । राष्ट्र भित्रको विविध पक्षलाई यी सञ्चार माध्यमले समेट्छन् । राज्यका सञ्चार माध्यमले राज्यका भाष्यलाई बोक्छन् । आज नेपालको ‘न्यारेटिभ्स’ के हो, त्यसको प्रवाहको नेतृत्व राज्यका सञ्चार माध्यमको हुन्छ । निजी क्षेत्र र सरकारी स्वामित्वको एउटा आधारभूत फरक चरित्र के हो भने निजी क्षेत्रका सञ्चार माध्यमले व्यापारलाई केन्द्रमा राख्छन् । त्यसोगर्दा सूचना प्रवाह प्रभावित हुनसक्छ । कर्पोरेटको स्वार्थबाहिर जान तिनले हिम्मत गर्दैनन् किनकि विज्ञापन बजार तिनको कब्जामा छ । ती सञ्चार माध्यम सरकारको जति कडा आलोचक हुन्छन् त्यति व्यापारिक र कर्पोरेट हाउसको हुन सक्दैनन् ।
राज्यका सञ्चार माध्यम यो मामिलामा फरक छन् । विज्ञापन र बजारबिना तिनलाई पनि चल्न समस्या छ तर तिनले कसैको स्वार्थ र चाहनाको भारी बोक्दैनन् । कर्पोरेटबाट ती प्रभावित हुँदैनन् । निजीले सूचना पनि दिन्छन्, त्यो भन्दा बढी तिनको आफू अनुकूलको व्याख्या गर्छन् । अर्थात् कहिलेकाहीँ सूचना तोडमोड गर्छन्, त्यही मोडिएको सूचनालाई आधार बनाएर विचार निर्माण गर्छन् । जुन आग्रहपूर्ण हुन्छ । यो सबैको हकमा भने लागू हुँदैन । राज्यको स्वामित्वमा रहेका सञ्चार माध्यमले सूचना तोडमोड गर्दैनन् । तिनको अतिरञ्जित व्याख्या पनि गर्दैनन् । तथ्य कुरा जनता समक्ष पु¥याउने काम गर्छन् र निष्कर्ष पाठकलाई छाड्छन् । वास्तवमा सञ्चार माध्यमले तथ्य नै पाठक समक्ष राख्ने हो तर त्यो सही रूपमा भएको छैन । सञ्चार माध्यममा आउने समाचार बाहेक विचार भने फरक हुनसक्छ । आफ्ना विचार राख्न सबै स्वतन्त्र छन् तर ती पनि सीमाबाहिर छैनन् ।
सामान्यतः सञ्चार माध्यमलाई प्रतिपक्षीका रूपमा पनि चित्रित गरिन्छ । सरकारका सकारात्मक कामको प्रशंसा र नकारात्मक कामको आलोचना मिडियाले गर्ने हो । ठीकै छ राम्रा काम त सरकारको दायित्वभित्रै पर्छ, गलतको विरोध गर्ने हो भन्ने ठान्दा पनि त्यो विषयगत नभएर वस्तुगत हुनुपर्छ । कुनै विचारधारा स्वीकार्न नसकेका कारण वा कोही व्यक्ति मन नपरेका कारण संस्था र तिनको मर्यादामाथि बारम्बारको आक्रमण व्यावसायिक पत्रकारिताभित्र पर्दैन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जति समाचार र विचार आएका छन्, तिनमा अतिरञ्जना बढी र सत्य कम छ । उदाहरणका लागि राष्ट्रपति बढी सुविधाभोगी हुनुभयो, उहाँमा राजा महाराजाको झल्को आयो भन्ने बारम्बारको कथन गलत थियो र छ । १८ करोडको गाडीदेखि हेलिप्याड सम्मका समाचारमा आएका तथ्य गलत थिए । राष्ट्रपतिले अभिभावकका रूपमा प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेतालाई बोलाएर भेटवार्ता गर्नु स्वाभाविक थियो, मिडियाले तिनलाई विवादित बनाए । राष्ट्रपतिले सङ्कटको बेलामा राष्ट्राध्यक्षका रूपमा विभिन्न देशमा रहेका राजदूतसँग ब्रिफिङ लिनु पनि स्वाभाविक थियो, त्यसलाई पनि विवादमा तानियो । ती सबै अति व्याख्या र एकाङ्की विश्लेषण सञ्चार माध्यममा छाइरहेका छन् ।
प्रधानमन्त्री ओली जति लोकतन्त्रका लागि लडेको सम्भवतः समकालीन सक्रिय अर्को नेता हुनुहुन्न । गणतन्त्र संस्थागत गर्न संविधान जारी गर्ने मिसनको नेतृत्व लिएको उहाँले हो, अरू नेता पनि मोर्चामा हुनुहुन्थ्यो नै । कमजोर राष्ट्रिय मनोविज्ञानकै बीचमा नाकाबन्दीविरुद्ध लड्नुभएका उहाँलाई जति स्वतन्त्रता र स्वाभिमानको महìव सायद अरूलाई छ । विकास र समृद्धिको सोचमा उहाँ जति प्रस्ट देखिनुहुन्छ, अर्को समकालीन नेतामा त्यति प्रस्ट देखिँदैन । प्रधानमन्त्री ओलीलाई अधिनायकवादी प्रमाणित गर्नु एकखाले मिडियाको मिसन नै देखिन्छ । सरकार सञ्चालनका क्रममा देखिने सामान्य त्रुटि र कार्यशैलीगत समस्यालाई सिद्धान्तसँग जोडेर अपव्याख्या र अतिव्याख्या गर्नुले शक्ति प्राप्त गर्दैनथ्यो र गरेन पनि । फेरि विकास र समृद्धिको यात्रामा तिनै विषयवस्तुले प्राथमिकता पाउनुपर्ने हो, त्यहाँ पनि समस्या देखिन्छ । सामाजिक सञ्जालको चर्चा नगरौँ, तर काठमाडौँ प्रमुख स्टेसन भएका ठूला दैनिक, अनलाइन, रेडियो र टेलिभिजनलाई मात्र हेर्दा पनि एउटै विषयको समाचारमा फरक फरक विवरण आएको देखिन्छ । अखवारमा आएका समाचारलाई हेरेर सत्य यही हो भन्न निकै गाह्रो छ । सञ्चार माध्यमबाट पाठक प्रस्ट हुनुपर्ने तर झन् अलमल भएको अवस्था देखिँदैछ ।
गोरखापत्रमा सल्लाहकार सम्पादकका रूपमा प्रवेश गरेको एक वर्ष पुग्दाको सबैभन्दा ठूलो सन्तुष्टि भनेको ‘स्टेट न्यारेटिभ्स’ जनताका बीचमा पु¥याउन अलिकति योगदान गरियो भन्ने लाग्छ । राज्य भित्रको सांस्कृतिक, धार्मिक, भाषिक, अल्पसङ्ख्यक अर्थात् राज्यको विविधताको गोरखापत्रले सही प्रतिनिधित्व गर्न सकेको छ । पत्रिका भनेकै गोरखापत्र भन्ने बुझाइ पुनस्र्थापित गर्न त्यस तर्फको यात्राको आरम्भ भएको छ । सही सूचना पाउनबाट अलमलिएका पाठक र नागरिकलाई गोरखापत्र पढ्नुपर्छ भन्ने सन्देश पु¥याउन सकिएको छ । सरकारी सञ्चार माध्यम (अहिले राज्यका सञ्चार माध्यम) भन्ने बित्तिकै सरकारको गुणगान मात्र गाउनुपर्छ भन्ने परम्परवादी बुझाइ गलत हो । सरकारका कमी कमजोरी वस्तुगत रूपमा औँल्याउन सकिन्छ । नी(ितगतदेखि कार्यान्वयन सम्ममा आएका कमजोरी सार्वजनिक गरेर सुधारका लागि बाटो देखाउन सकिन्छ । विभिन्न बहस मार्फत पक्ष–विपक्षका धारणा प्रस्तुत गर्न सकिन्छ, जसको केन्द्रमा समाधान छ, समस्या होइन ।

नेपालको जेठो जीवित पत्रिका गोरखापत्र

ग्रीष्मबहादुर देवकोटाले लेख्नुभएको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ (२०२४) पुस्तकमा १० पृष्ठको एक अध्याय नै गोरखापत्रका लागि छुट्याइएको छ । यसमा वि.सं. १९५८ मा तत्कालीन शासक देवशम्शेर जबराले के कस्तो उद्देश्य राखेर क—कसको सेवाका लागि साप्ताहिक ‘गोर्खापत्र’ प्रकाशन गराए त्यसको वृत्तान्त समावेश गरिएको छ । ‘उर्दि सवाल’ मा परेको तपसीलका बेहोरा पढ्दै जाँदा भेटिने तलको वाक्यले पत्रिका सर्वसाधारणमाझ पु¥याउने ध्येयले नै छपाएको निचोड निस्किन्छ ः
यो अखवार हप्ता हप्तामा १००० थानका हिसाबले छापी सो अखवार जस्जस्ले लिनामा दर्कार गर्छन वर्ष १ को अखवार थान १ को मोहरू ३ का दर्ले लिने गरी दिनु ।
गोरखापत्रको प्रकाशनको ऐतिहासिक दिनलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’ तोकेर तदनुसार कार्यक्रम सञ्चालन गर्ने अभ्यास २०७३ साल वैशाखमा थालिएको हो । ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ (३ मे) कै हाराहारीमा नेपालको प्रेस दिवस पर्न‘लाई सुखद संयोग मान्न सकिन्छ ।
गोरखापत्रको प्रकाशनपछिको झण्डै आधा शताब्दी नेपालमा कुनै नयाँ छापा निस्केन । २००७ सालको राजनीतिक परिवर्तनपछि मात्र पत्रपत्रिका प्रकाशन नयाँ चरणमा प्रवेश गरेको देखिन्छ र यसको थालनी २००७ साल फागुन ८ गते सिद्धिचरण श्रेष्ठको सम्पादनमा निस्केको ‘आवाज’ ले गरेको मानिन्छ । यस हिसाबले हेर्दा नेपाली प्रेसको इतिहास छोटो देखिन्छ । यस पक्षको समयोचित समीक्षा हुँदै जाला ।
‘शुद्ध समाचार तथा स्वस्थ मतको प्रचार नै हाम्रा पत्रपत्रिकाको मूल उद्देश्य हुनुपर्छ’ भनी मार्गदर्शन दिने सम्पादक तथा इतिहासकार सूर्यविक्रम ज्ञवालीले समाचारको काम हतार—हतारको हो भन्ने यथार्थ स्वीकार गरेको पाइन्छ । तथापि देवकोटाको पुस्तकको भूमिकामा पाठकहरूको अपेक्षालाई यसरी प्रतिध्वनित गर्न‘भएको छ ः ‘पत्रकारिताको काम हतारको भए तापनि पत्रकारको साधिएको कलमबाट विशुद्ध साहित्य नै निस्कनुपर्छ भन्ने मेरो अभिप्राय हो ।’ पत्रकारिता हतारिएको साहित्य हो भन्ने प्रचलन र मान्यताबारे आजभोलिका समाचार माध्यम (छापा, रेडियो, टेलिभिजन, अनलाइन) मा कार्यरत सबैजसो परिचित छन् ।
छोटो समयमा छिटो गरेर सूचना र जानकारीलाई समाचारको रूप दिएर जनसमक्ष पु¥याउनु चुनौतीको काम भएकोमा सन्देह छैन तर समयको कमी देखाएर गलत सूचना अशुद्ध भाषामा प्रवाहित गर्न मिल्दैन । सञ्चारकर्मीको भूमिकामा रहनेले त्यसो गर्न पाउँदैन । समाचारमा ताजापन कायम राख्नु छ भनेर रुजु वा पुष्टि नभएका विवरण र बेहोरा खाँदेर प्रस्तुत गरिँदैन । मनगढन्ते कथा, अड्कलबाजीका कुरा त समाचारको कोटिमा पर्ने प्रश्नै आएन । मिथ्या खबर (फेक न्युज) ले समाजलाई भ्रमित तुल्याउँदा नानाप्रकारका दुर्घटनाको जोखिम बढेको यथार्थबारे हामी सबै जानकार छौँ । पत्रकारको सानो असावधानीले ठू्ल्ठूला कलह र हिंसा निम्तिन सक्ने वास्तविकता पनि जगजाहेर छ ।
विश्वका अन्य भागमा जस्तै विगत तीन दशकमा नेपालमा पनि सञ्चारको फाँट फराकिलो भई विविधता र बहुलता उल्लेख्य स्तरमा बढेको छ । सूचना प्रविधिमा भैरहेको तीव्र विकासले समाचारको प्रवाहलाई झन् छिटोछरितो पार्ने दबाब तीव्र भएको छ । यस्तोमा समाचारमा परेका सूचना तथ्य हुन् वा होइनन् केलाउने काम राम्ररी हुनसक्दैन । व्यापार व्यवसायमा लागेकामध्ये कसैकसैले उपभोक्तालाई ठग्ने, झुक्याउने नियतले पनि गलत सूचना फैलाउँछन्, समाचार माध्यमलाई दुष्प्रभावमा पारेर विज्ञापन हुनुपर्ने सामग्रीलाई समाचारको रूपमा जनसमक्ष पु¥याउन सफल भएका हुन्छन् । राजनीतिक दल र सङ्गठन सक्रिय रहेका बखत तिनका कार्यकर्ताले प्रत्यक्ष र परोक्ष ढङ्गले समाचारका माध्यमलाई निष्पक्ष रहन नदिने (हतोत्साही गराउने) प्रवृत्ति पनि देखिएको छ । त्यस्तै संविधानको प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रता’ को प्रत्याभूति गरिएको छ तापनि सञ्चारमाध्यमको क्रियाकलापलाई नियन्त्रणमुखी कानुनले अवरुद्ध गराउन खोजेको भन्ने शिकायत सतहमा आएका छन् । यस्तो अवस्थामा ‘भयविहीन र पक्षधरताविहीन पत्रकारिता’ को अन्तर्राष्ट्रिय नारालाई प्रभावकारी गराउन सहज छैन । यो निकै विचारणीय बुँदा भएको छ ।
माथि नै भनियो, गोरखापत्र मुलुकको जेठो अखवार हो । हाम्रो सामाजिक प्रचलन हो, परिवारको जेठोले अरूबाट मान, सम्मान पाउँछ र त्यसबापत जेठाले केही विशिष्ट दायित्वको निर्वाह पनि गर्न‘पर्छ ।
गोरखापत्रले पनि सही समाचार शुद्ध भाषामा प्रस्तुत गरेर अरूलाई मार्गदर्शन गर्न‘ आवश्यक छ । पत्रकारिताका पेशागत धर्म, मान्यता र प्रचलनलाई उदाहरणीय रूपले पालना गर्न‘पर्दछ । सबै सञ्चारकर्मीका लागि तय गरिएको आचारसंहिताको पालना गर्न‘का साथै गोरखापत्रका पत्रकारले आफ्नो संस्थाले तय गरेका थप मान्यताको निरन्तर हेक्का गरेमा नै संस्थानका प्रकाशनहरूको आधिकारिकता स्थापित हुन पाउँछ । विश्वसनीयताबारे जनसाधारण ढुक्क हुन पाउँछन् । यस क्रममा उदाहरण हुनसक्छ २०१५ सालको प्रेस कमिशन जुन त्यस बखतका क्रियाशील पत्रकारसमेतलाई समावेश गरेर गठन गरिएको थियो ।
कमिशनका १८ सूत्रीय सिफारिसमा परेका मान्यता आजभोलिको आचारसंहिताभन्दा कुनै हालतमा कमजोर छैनन् । रिपोर्टको बुँदा नम्बर १० मा भनिएको छ ः ‘आफूले प्रकाशित गरेको समाचार पछि गएर असत्य वा झूटो ठहरियो भने थाहा हुनासाथ भूलसुधार गरिहाल्नुपर्दछ । …..खण्डनलाई उत्तिकै महत्वका साथ प्रचार गरिदिनुपर्छ…।’
गोरखापत्र संस्थानमात्र होइन राष्ट्रिय गौरव झल्काउने संस्था पनि हो । त्यसो हुनाले यसले अगुवा हुनुपर्छ । आफ्ना प्रकाशनहरूमा उच्च पेशागत मर्यादाको निर्वाह गरेर । सूचना प्रविधिले उपलब्ध गराएमुताविक कार्यक्षेत्र विस्तार गरेर । नयाँ पुस्ता र निजीक्षेत्रका लागि मार्गदर्शक बनेर ।
यसै सन्दर्भमा के पनि सुझाउ दिन सकिन्छ भने गोरखापत्र संस्थानले पत्रकारिताको ज्ञान एवं सीपलाई अद्यावधिक राख्न आफ्ना सञ्चारकर्मीका लागि त्यस्तो प्रशिक्षण निकाय सञ्चालन गरोस् जसलाई आवश्यकता अनुसार सञ्चारका अन्य माध्यमका लागि पनि उपलब्ध गराउन सकियोस् । खुला हृदयले त पारदर्शी ढङ्गले पेशागत पक्षलाई बढावा दिएर जान सकेमा गोरखापत्रलाई ‘सरकारी’ भनिने दायरामा खुम्च्याएर हेर्ने प्रचलन स्वतः हराएर जानेछ ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।) 

पत्रकारिताको दियो

आज वैशाख २४ गते गोरखापत्र १२० वर्ष प्रवेशको शुभदिन तथा राष्ट्रिय पत्रकारिता दिवस । कोराना (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमणको छायाँमा गोरखापत्रले पनि आमनेपालीसरह बन्दाबन्दीमा रहेर सधैँभन्दा भिन्न परिवेशमा आज यो खुसियाली मनाउन बाध्य छ ।
बेलायतमा पत्रकारिता सुरु भएको झण्डै अढाई सय वर्षपछि नेपालमा पत्रकारिताको जन्म भयो । चौतर्फी अन्धकारबीच सुरु भएको नेपाली पत्रकारिताको एउटा दियो आज सहस्र दीपमा परिणत भएको छ । नेपाली समाजले पत्रकारिताभन्दा धेरै पहिला गोरखापत्र चिनेकाले गोरखापत्रले पत्रकारिताको प्रतिनिधित्व मात्रै गरेन, समानार्थ व्यक्त गर्दै आयो । शताब्दी यात्रामा गोरखापत्रले समाचार मात्र बाँडेन, सद्भाव पनि फैलाउँदै आयो । भाषामात्र होइन, नेपाली भाव पनि विस्तार ग¥यो । साहित्यमात्र पस्केन, सहिताय अर्थात् समग्रको हितमा आफूलाई उभ्यायो, उभ्याउनेछ । यात्राको गन्तव्य स्पष्ट र परिभाषित छ । विशाल नद तथा नदी हो गोरखापत्र, जसले जुन कुनामा यसलाई भेटे उस्तै आकारमा बुझे, उसरी नै ग्रहण गरे । निरन्तर प्रवाहित गोरखापत्र उही भाव उही स्वभावमा आज पनि निरन्तर छ, नद र नदीजस्तै ।
पानी कति निराकार हुन्छ, धेरै व्याख्या आवश्यक छैन । नद गोरखापत्रलाई जो जसले आफ्ना औकात अनुसारका भाँडामा राखे, उस्तै देखे । उसरी नै उपयोग गरे । गोरखापत्रले निर्वाह गरेको ऐतिहासिक दायित्वको विवेचना गर्दा ती भाँडालाई सापेक्ष गर्नुपर्छ । राणाकालको खरीको रुखमुनि उभिएर तत्कालीन गोरखापत्रको समीक्षा गर्नुपर्छ । यस्तै गोरखापत्रले निर्वाह गरेको स्वधर्मको पञ्चायती निर्विकल्प मनोविज्ञानका आँखाबाट विश्लेषण गर्नुपर्छ । आजको खुला समाजमा उभिएर गोरखापत्रको विगत र वर्तमान बुझियो भने नदको एक छेउलाई समग्र नद ठानिएसरह हुनेछ । न विगत न विस्तार निरुपण हुनेछ । पत्रकारिताले समाजलाई प्रभावित गरेजस्तै समाजको रङ पत्रकारितामा पनि झल्कने भएकाले नेपालले जेजस्ता समाज र संस्कृतिको अनुभव ग¥यो त्यसको रङ गोरखापत्रमा पर्नु स्वाभाविक थियो । समाजनिरपेक्ष पत्रकारिताको कल्पना कहीँ गरिएको छैन । गोरखापत्र स्वयंले पत्रकारिताका धर्मलाई जस्तै कष्टकर दिनमा पनि कमजोर हुन दिएन, दिनेछैन । हो, गोरखापत्र अर्थात् विशाल नदको पानीलाई तत्कालीन समाजका प्रतिनिधिले कस्तो भाँडामा राखे, कसरी उपयोग गरे भन्ने विषयको ऐतिहासिक विवेचना हुनसक्छ ।
आधुनिक नेपाली पत्रकारिताको पाठशाला मात्र नभएर प्रयोगशाला पनि हो गोरखापत्र, जसले स्वयंमा पनि विभिन्न अनुभव र प्रयोग गर्दै आएकाले जनताबीच विश्वसनीयताको पर्याय बन्नसक्नु यसको सफलता हो । सरकारी स्वामित्व र पेशागत दायित्वलाई सन्तुलित गर्दै स्वच्छ पत्रकारिताको विकासमा गोरखापत्रले पु¥याएको योगदानको दुई कोणबाट मूल्याङ्कन गर्नु आवश्यक छ । एक यसको आगामी संस्थागत विकास र अर्को यसले निर्वाह गर्नुपर्ने भूमिकासम्बन्धी बहस । प्रजातन्त्रमा सरकारले पत्रकारिता चलाउँदैन भन्ने मान्यतामा गोरखापत्र सहमत छ र स्पष्ट गर्न चाहन्छ गोरखापत्र सरकार होइन राज्यसंयन्त्र हो । तसर्थ यसले सरकारभन्दा राज्यलाई सर्वोपरि गर्दै आएको सत्य उजागर छ ।
मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा अभियानमा सहयात्री बन्ने कामनाका साथ गोरखापत्र नागरिक र राज्यबीच पुल बनिरहनेछ । संविधानतः सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले अङ्गीकार गरेका मूल्य मान्यतालाई जनताको जीवनशैलीमा परिणत गरी समुन्नत नेपाल निर्माणको राष्ट्रिय महायात्रामा सहभागी गोरखापत्रले आफ्नो वर्तमान दायित्व अझ बढी चुलिएको बोध गरेको छ । राज्यप्रदत्त यस्ता भूमिकाप्रति निरन्तर सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दछ ।
प्रकाशनका प्रातःस्मरणीय पात्र तथा पुर्खाप्रति सुसंस्मरण गर्दै गोरखापत्रको क्षमता अभिवृद्धि, मानव संसाधन विकास तथा संस्थानको भौतिक विकासमा सहयोग गर्ने नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सबैप्रति आभार व्यक्त गर्दछौँ । यसै वर्षबाट विराटनगर र कोहलपुरबाट प्रादेशिक प्रकाशन सुरु गरेको गोरखापत्र आगामी दिनमा जनताको अझ नजिक हुनेछ । हाल ३८ भाषामा प्रकाशित गोरखापत्र देश तथा जनताले सुम्पेका दायित्व निर्वाहमा सतत प्रयासरत रहने प्रतिबद्धता दोहो¥याउँछ । पत्रकारिता जगतको विशाल क्षितिजमा गोरखापत्रलाई उज्ज्वल बनाउन प्रयासरत पत्रकार, गोरखापत्रकर्मी, पाठक, विज्ञापनदाता, वितरक, लेखक, शुभचिन्तक सबैप्रति आभार व्यक्त गर्दछ । सर्वे भवन्तु सुखिनः….।

सरकार र प्रेसका अपेक्षा

विश्व प्रेस स्वतन्त्रता दिवस पनि यो वर्ष कोरोना भाइरसको मारमा प¥यो । त्यसो त चैतयता परेका कुनै पनि पर्व, दिवस मनाउने अवसर कसैले पाएको छैन । विश्व प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा ‘भयमुक्त र पक्षधरतारहित पत्रकारिता’ रहेको छ । यसको आशय तथ्यको परख गर्न सक्ने स्वतन्त्र प्रेस र सूचनाको अधिकारको रक्षा हो । यस उपलक्ष्यमा युनेस्कोका महानिर्देशक आउड्रे अजौलेले कोभिड–१९ को यो संकटलाई सामना गर्न, बुझ्न र यसबाट बच्ने उपायका लागि स्वतन्त्र सूचना आवश्यक भएको बताएकी छन् । उनले विश्व महामारीबारे आउन सक्ने अफवाह र गलत सूचना चिर्नका लागि मिडियाले यो ‘पान्डेमिक’ विरुद्ध लड्न ‘इन्फोडेमिक’ हुनपर्ने उल्लेख गरेकी छिन् । युनेस्कोले सामाजिक सञ्जाललाई पनि प्रभावकारी माध्यमका रूपमा स्वीकार गर्दै कोभिड–१९ विरुद्धको अभियानमा संयुक्तरूपमा अघि बढ्न आग्रह गरेको छ । प्रकोप बढ्न नदिन ऐक्यद्धता, विज्ञान र तथ्यलाई समाहित गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने युनेस्कोको नीति नै रहेको प्रस्ट पारिएको छ ।

कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नै डावाँडोल भएको छ । खासगरी गरिखाने श्रमजीवी पत्रकार आर्थिक संकटमा परेका छन् । उनीहरूको पेशागत सुरक्षा खतरामा परेका कारण आर्थिक असुरक्षा बढेको छ । उनीहरूलाई स्वेच्छिक बिदामा बस्न बाध्य पारिएको छ । भोलि फेरि उनीहरू काममा फर्कने कुरा अनिश्चित छ । प्रविधिको विकाससँगै जनशक्ति कटौतीको यो अवसर जस्तो बनेको छ । मिडियामा विज्ञापन घटेका छन् । छापा माध्यमका प्रति घट्दो क्रममा छन् । यो कारण बिस्तारै मिडिया बन्द हुने खतरा उत्पन्न हुँदैछ । मिडिया बन्द हुने अवस्था भनेको मिडिया एकाधिकार बढ्ने खतरा पनि हो । पछाडि परेका समुदायका आवाज कमजोर हुँदै जाने खतरा पनि यसले बढाउनेछ र राज्य संयन्त्रले मिडिया सञ्चालनको औचित्य पुष्टि गर्ने अवसरसमेत पाउनेछ । हाम्रो जस्तो पिछडिएको मुलुकमा राज्य सञ्चालित मिडियाका स्वतन्त्रता खुम्चँदै जाने खतरा झन बढी हुन्छ ।

मिडिया र सरकार आफ्ना भूमिकामा प्रस्ट भइदिने हो भने प्रेस स्वतन्त्रताका विषयमा हरेक क्षण बहस गरिराख्नु जरुरी हुँदैन ।

कोभिड–१९ को विश्व महामारी चलिरहँदा मिडियाको भूमिका अझ बढेको छ । सुरुमा जनचेतना फैलाउने दायित्वमा रहेका मिडियाले लगातार दुनियाँमा भएका कोभिड–१९ का समाचार अपडेट गरिरहेका छन् । जीवन जोखिममा राखेर सूचना प्रवाह गरिरहेका पत्रकारको सबैले सराहना नै गरेका छन् । उनीहरूप्रति सम्मानभाव नै व्यक्त हुँदै आएको छ । तर हामी यो विश्व प्रवृत्तिबाट उत्साहित हुने अवस्था छैन । दुई दिनअघि परेको मे दिवसका सन्दर्भमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सन्देशमा मिडियाप्रति सद्भाव व्यक्त भएन । उल्टो कटाक्ष गरियो । मिडिया सामग्रीहरू दुष्प्रचारमा केन्द्रित भएका आक्षेप लगाइयो र सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई सह्य नहुने चेतावनी दिइयो । यद्यपि, त्यो वक्तव्यमा ‘केही’ भनेर मिडियाको वर्गीकरण गर्न खोजिएको छ । वक्तव्यमा एक लाइन पनि कोरोना संक्रमणमा मिडियाले निर्वाह गरेको भूमिका उल्लेख भएन । मजदूर दिवसका दिन मिडियालाई जोडेर प्रधानमन्त्री उत्तेजित हुनुपर्ने कारण नेपाली राजनीति बुझेका सबैले थाहा पाएको छ । कोभिड–१९ को महामारीबीच प्रधानमन्त्रीलाई हात लागेको राजनीतिक खेलको असफलतामा मिडियालाई कारक ठान्नु नै मिडियाप्रतिको आक्रोश भएको बुझ्न कठिन छैन । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश र त्यससँग जोडिएको सांसद ‘अपहरण’ को प्रसंगमा प्रधानमन्त्री मिडिया र सामाजिक सञ्जालसँग सन्तुष्ट हुने ठाउँ पक्कै छैन । यद्यपि ती विषयवस्तुको प्रारम्भ मिडियाले गरेका होइनन्, यसको कारक र कर्ता प्रधानमन्त्री आफैँ हो । प्रधानमन्त्री आफ्ना कदमबाट पछाडि फर्किनुपर्ने अवस्थामा मिडिया मात्र कारक छैन, सत्तारुढ दलभित्रको सत्तास्वार्थ पनि त्यसमा जोडिएको छ । यस प्रसंगमा प्रधानमन्त्रीले कमाएको बदनामीको हकदार मिडिया होइनन् । किनभने मिडियाले परिवेश र परिस्थितिको आकलन गरिदिएका मात्र हुन् ।

युनेस्कोका महानिर्देशकको वक्तव्यमा भनिएझैँ संकटको यो घडीमा पनि पत्रकारले राजनीतिक, वैचारिक र आर्थिक नियन्त्रणका कारण बदनाम गर्ने प्रयत्न भइरहेकै छन् । आफ्ना कमजोरी ढाकछोप गर्न मिडियालाई दोषी करार गर्ने प्रवृत्ति नयाँ होइन । मिडियाले यो समय कुनै राजनीतिक क्रियाकलापका लागि होइन भनेको मात्र हो । राजनीतिक स्थिरता संविधानको भावना मात्र होइन सरकारको मूलमन्त्र पनि हो । स्थिरताका पक्षमा मिडिया उभिँदा यसले सरकारलाई नै सहयोग गरेको छ । मिडियामा आउने समाचारजन्य विषयको उत्पादन मिडिया आफैँले गर्ने होइन । त्यो त परिस्थितिजन्य कुरा हो । केवल मिडियाले बनाउने भनेको विचार हो । विचारको विविधता नै लोकतन्त्रको सुन्दर पक्ष हो । कसैले बोल्दैमा वा लेख्दैमा सरकारले आफू कमजोर भएको ठान्छ भने त्यो सरकार आफैँमा कमजोर भएका कारणले हो । बलियो सरकारले विरोधीका भावनाको सम्मान गर्छ र दुष्प्रचार रहेछ भने नागरिकले सरकारको संरक्षण गर्छ । मिडिया आफैँ बदनाम हुन्छ । तर हामीले यो राजनीतिक संस्कार विकास गर्न सकेका छैनौँ र सरकार मिडियाप्रति प्रतिक्रियात्मक बन्ने गरेका छन् । अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गरेर सरकार बलिया हुन्थे भने निरंकुश सरकारहरू कहिल्यै फालिने थिएनन् । शासनशैलीमा उनीहरू नै बलिया प्रतीत हुन्थे ।

नेपाली प्रेसको कुरा गर्दा गएको वर्ष मिडियामैत्री राज्य रहेन । सरकारले ल्याएका मिडिया विधेयकहरू सबैभन्दा बढी आलोचित बने । एउटा मिडियाकर्मीलाई सरकारले मन्त्री बनाउँदासमेत मिडिया प्रतिकूल अवस्था सिर्जना गराउन खोज्नु  विडम्बना रह्यो । उनै मन्त्री मिडिया सामग्रीकै कारण पदमुक्त हुने अवस्था अर्को विडम्बना बन्यो । मिडियाकर्मीका आवाज सरकारले नसुन्ने र सडकमा पुगेर प्रतिरोध गर्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण थियो । प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा कमी आउन सकेन । बरु गम्भीर प्रकृतिका उल्लंघनहरूको सामना मिडियाले गर्नुप-यो । कोरोनाले सरकार र मिडियाबीचको तिक्ततालाई कम गर्दै जाने वातावरण तयार गर्दै थियो । मिडियाका भूमिकाप्रति राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा प्रशंसा भइरहँदा सरकार मात्र अनुदार देखिनुपर्ने कारण थिएन । तर राज्यका तर्फबाट मिडियाका तत्कालीन समस्या सम्बोधन गर्ने र भविष्य सुरक्षित गर्ने कुनै विषयमा सरकारले बोल्न आवश्यक ठानेको देखिएन । उल्टो धम्कीका भाषामा मिडियालाई तह लगाउन सकिन्छ भन्ने मनोविज्ञान हावी भएको देखियो ।

सरकारबारे लेख्न मिडियाले मौका कुर्ने होइन, सधैँ लेखिरहन्छ र नै मिडियालाई चौथो अंगको मान्यता दिइएको हो । बरु त्यस्तो अवसर दिने कि नदिने भनेर सरकार आफैँले सोच्ने हो । कुनै पनि निर्णय लिँदा आमरूपमा हितकारी छ÷छैन भनेर विचार पु¥याउने हो । मिडिया न सरकारको निर्देशक हो न त आज्ञापालक नै । निश्चय नै मिडियाका आफ्ना दायित्व र जिम्मेवारी हुन्छन् । आज राज्यले स्वनियमनका आधारमा चल्ने मिडियाको कल्पना गरेको छ । सरकारको आमसञ्चार नीतिको उद्देश्यमा नै यो कुरा प्रस्ट उल्लेख छ । स्वनियमनको आधार नेपाल पत्रकार महासंघले गरिसकेको पनि छ र पछिल्लो समय यसमा परिमार्जन गरेर कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ । यो अवस्थामा राज्यको भूमिका मिडियालाई जिम्मेवार हुन उत्प्रेरित गर्ने हो । सरकारले मिडिया सामग्रीलाई स्वीकार्ने वा नस्वीकार्ने हुन सक्दैन । मिडियालाई उत्तेजित बनाएर वा मिडियाप्रति आक्रोश व्यक्त गरेर सरकारले लाभ लिन सक्दैन । मिडियाले सरकार कसको बनाउने वा नबनाउने भूमिका निर्वाह गर्ने होइन तर कस्तो सरकार चल्दैछ भनेर देखाउनेचाहिँ पक्कै हो । यसको अर्थ मिडिया सरकार वा राज्यको प्रतिस्पर्धी होइन न त उसको काम सरकारसँग द्वन्द्व खडा गर्ने नै हो ।

मिडिया र सरकार आफ्ना भूमिकामा प्रस्ट भइदिने हो भने प्रेस स्वतन्त्रताका विषयमा हरेक क्षण बहस गरिराख्नु जरुरी हुँदैन । न त कठोर कानुन ल्याएर सरकारले आफू सुरक्षित रहेको भ्रममा बाँच्नु नै पर्छ । प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा यो अवस्थाको परिकल्पना अत्युक्ति हुने छैन ।

प्रेस स्वतन्त्रताप्रति वक्रोक्ति

नेपाल लोकतान्त्रिक मुलुक हो भन्ने तथ्य हाम्रो देशको संविधान, कानुन र यसका अन्तर्राष्ट्रिय प्रतिबद्धताले पुष्टि गर्छन् । अनुमोदन गरिएका विभिन्न अन्तर्राष्ट्रिय कानुन र प्रतिबद्धताबाट पनि नेपाल एउटा प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने मुलुक हो । पद्धति लोकतान्त्रिक छ कि छैन भन्ने कुरा धेरैपटक उठिसकेका छन् । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकाले अन्तर्राष्ट्रिय प्रतिबद्धता पालना गरे÷नगरेको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जवाफ दिनुपर्छ । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएका कारण हाम्रो देशले गरेका हरेक गतिविधिको अन्तर्राष्ट्रिय अनुगमन हुन्छ । र, त्यसको पालना गर्नुपर्ने दायित्व सरकारको हो । मानव अधिकार, प्रेस स्वतन्त्रता, कानुनी राज र भ्रष्टाचार तथा सार्वजनिक सुशासनका क्षेत्रमा हरेक वर्ष सम्बद्ध निकायहरूले हाम्रो अगुमन र निरीक्षण गरिआएका छन् । यस्ता कार्यलाई अन्तर्राष्ट्रिय अडिट भन्ने गरिएको छ ।

संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताका आधारमा प्रेस स्वतन्त्रतालाई लोकतान्त्रिक अभ्यासको एउटा महत्वपूर्ण पाटोका रूपमा स्वीकार गरे तापनि विभिन्न कालखण्डमा नेपालको प्रेसले प्रताडना बेहोर्नुपरेको छ । २०४७ सालयता प्रेस स्वतन्त्रताले उपल्लो स्तरको स्वतन्त्रता संविधान र कानुनमा सुनिश्चित छ । संविधानमा भएको व्यवस्थालाई कार्यान्वन गर्न कानुन र नियम पनि बनेका छन् । कतिपय अन्तर्राष्ट्रिय कानुन परिपालनाका लागि समेत सरकारको प्रतिबद्धताका रूपमा सन्धि ऐन २०४७ को दफा ९ ले सरकारलाई बाध्य बनाएको छ । सो ऐनका आधारमा सरकारले कुनै पनि अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई स्वेदशी कानुनभन्दा तल्लो दर्जाको महत्व दिन पाउँदैन ।

अर्थात् राष्ट्रिय कानुन र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय कानुनको व्यवस्था बाझिएमा अन्तर्राष्ट्रिय कानुनको व्यवस्थाबमोजिम हुनुपर्ने हाम्रो प्रतिबद्धता हो । तर भ्रष्टाचार वा सुशासनको सन्दर्भमा होस् वा मानव अधिकारको विषयमा होस् वा प्रेस स्वतन्ताको विषयमा, नेपाली प्रेसले लामो समयदेखि प्रताडना खेपिरहेको छ । मुलुकमा माओवादी द्वन्द्वका बेलामा होस् वा राजाको प्रत्यक्ष शासनका बेला, प्रेस नै पहिले प्रताडित हुन्छ । अहिले मुलुकमा बहुमतको सरकार छ तर प्रेसले आफूलाई लखेटिरहेको बताइरहेको छ र प्रेसविरुद्ध संगठित अभियान चलाइरहेको छ । बेलाबेलाका प्रधानमन्त्रीका अभिव्यक्तिमा प्रेसप्रतिको उनको दृष्टिकोण सार्वजनिक भइसकेको छ ।

विश्व प्रेस स्वतन्त्रता अडिटमा समेत नेपालको तह घटेबाट नेपाली प्रेसले कम स्वतन्त्र अवस्थामा काम गरिरहेको प्रमाणित भएको छ । रिपोर्टर विदआउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रमध्ये ११२ औँ स्थानमा पुगेको छ । आरएसएफले सञ्चारसम्बन्धी प्रस्तावित कानुन र सरकारका प्रतिनिधिले प्रेसका बारेमा गर्ने टिप्पणीलाई आधार मानेर प्रेस स्वतन्त्रताको स्थिति मूल्यांकन गर्ने गर्छ । स्वतन्त्रता इन्डेक्सका आधारमा मुलुकको प्रेस स्वतन्त्रता कस्तो हो भनेर अन्तर्राष्ट्रिय मञ्चहरूमा मूल्यांकन गरिन्छ । नेपालको लोकतन्त्र कुन स्तरको हो भन्ने कुरा यस्तै स्वतन्त्रताहरूको अवस्थाका आधारमा मूल्यांकन हुनु स्वाभाविक हो ।

नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाएका छन् । विश्वव्यापीरूपमा त्रासमा पारेको कोरोना भाइरसका कारण मिडियाले खुलेर काम गर्न सकिरहेको छैन । सबै घटनास्थलमा पुगेर रिपोर्टिङ गर्नुपर्ने संवाददाता तथा प्रतिनिधिहरू समेत खुलेर आफ्नो कार्यक्षेत्रमा पुग्न नसकेको अवस्थामा मनाइएको यो स्वतन्त्रता दिवसले समेत प्रेस स्वतन्त्रताको असर प्रस्ट पारेको छ । यो अवस्थामा सद्भावका दुई शब्दसमेत राज्यका तर्फबाट प्राप्त भएका छैनन् । बरु अन्तर्राष्ट्रिय श्रम दिवसका दिनमा पनि प्रेस प्रधानमन्त्री केपी शर्मा ओलीको वक्रोक्तिको सिकार बन्यो ।

विश्वका लोकतान्त्रिक मुलुकहरूमा प्रेस स्वतन्त्रतालाई विशेष महत्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरूले प्रेस स्वतन्त्रतालाई विशेष महत्व दिएका हुन्छन् । नेपालमा भने लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि प्रेस जगतमाथि निरन्तर हमला भइरहनु अति दुःखदायी पक्ष हो । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि ओली नेतृत्वको सरकारले प्रेसविरुद्ध जिहाद नै छेडेको छ । उनी मात्र होइन, यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले अनियमितताको आरोपमा बाहिरिनुअघिसम्म प्रेसविरुद्ध आक्रोश ओकल्ने ठेक्कै पाएका थिए ।
सरकारले प्रेसमाथि कसरी निरन्तर प्रतिशोध साँध्दै आएको छ भन्ने कुरा प्रधानमन्त्री ओलीका बेलाबेलाका अभिव्यक्ति पर्याप्त छन् । गत पुस अन्तिम साता व्यापारीहरूसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सरकारको प्रशंसा गर्ने मुटु भएका सम्पादक छैनन् भन्दै व्यंग्य गरेका थिए । कोरोनाको महामारीबीच सरकारले बन्दाबन्दी गरिरहेका बेला मजदूरहरू हिँडेर गन्तव्यमा पुगेका समाचार तथा तस्बिर छापिएको सन्दर्भमा सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा पनि उनले सिडियो र प्रहरीले थाहा नपाएका कुरा पत्रकारले कसरी देख्छ भनेर आक्रोश पोखेका थिए । शुक्रबार विश्व मजदूर दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रधानमन्त्री ओली प्रेस जगतप्रति आक्रामक देखिनुले पनि प्रेसप्रतिको सरकारी दृष्टिकोण स्पष्ट भएको छ । सरकारको दृष्टि नपुगेको काममा समेत प्रेसले कर्तव्य निर्वाह गरी सरकारी संयन्त्रलाई सजिलो पारिदिएकामा धन्यवाद पाउनुपर्नेमा सञ्चारमाध्यममाथि नै खनिने प्रधानमन्त्रीको कार्यले सरकारी मानसिकता कति परिपक्व छ भन्ने पुष्टि गर्छ । संसारभरिका राजनेताहरूले यस्तो कठिनाइमा पनि प्रेसकर्मीले गरेका कामका निम्ति धन्यवाद दिएका छन् । त्यो पंक्तिमा भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालदेखि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसम्म पर्छन् ।

नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन एकाइमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका छन् । ती घटनामा ९४ पत्रकार तथा तीन सञ्चार संस्था गरी ९७ पीडित भएको महासंघको रेकर्डमा छ । विभिन्न बहानामा पत्रकार गिरफ्तारीका आठवटा घटना भएका छन् । पत्रकारितामा अवरोध तथा कब्जाका तीनवटा घटना भएका र पत्रकारमाथि आक्रमणका १३ वटा घटना भएको पनि महासंघको अभिलेखले देखाएको छ । पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका ३२ वटा घटना र पत्रकार पेसाबाट बिस्थापनका एक र पेसागत असुरक्षाका तीनवटा घटनाले प्रेस स्वतन्त्रतामाथिको चुनौती पुष्टि हुन्छ ।

२०७६ वैशाख २६ गते संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक र त्यसअघि नै दर्ता भएको सूचना–प्रविधि विधेयकका केही दफाले प्रेस स्वतन्त्रतालाई संकुचन पार्ने प्रयास भएका छन् । यस्ता सरकारी दृष्टिकोणको सबैतिरबाट भत्र्सना र विरोध भएको छ । लोकतान्त्रिक व्यवस्थाका आधारभूत अधिकारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई लिने गरिन्छ । यी स्वतन्त्रता सुनिश्चित भएमा मात्रै बाँच्न पाउने अधिकार, मानव अधिकार, हिँडडुलको अधिकार र सुशासनलगायतका अन्य अधिकार रक्षा हुन सक्दोरहेछ भन्ने कुरा कोराना भाइरसले निम्त्याएको संकटमा समेत अनुभूत भइसकेको छ । प्रेस स्वतन्त्रता रक्षाका लागि अझै धेरै ठूलो खबरदारी आवश्यक छ । त्यसका निम्ति पाठक पंक्तिको जागरुकता आवश्यक हुन्छ ।

नेपालमा प्रेस स्वतन्त्रता कमजोर हुँदै

नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन्। हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण भौतिक रूपमा उपस्थिति भएर भन्दा पनि भर्चुअल माध्यमबाट यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिंदैछ। नेपालमा पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले कोरोनाको महामारीलाई ध्यानमा राख्दै डिजिटल संवादको आयोजना गरेर यो दिवस मनाउँदै छ।

विश्वका लोकतान्त्रिक मुलुकहरूमा प्रेस स्वतन्त्रतालाई विशेष महŒव दिइन्छ। प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरूले प्रेस स्वतन्त्रतालाई विशेष महत्व दिएका हुन्छन्। नेपालमा भने लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि प्रेस जगतमाथि निरन्तर हमला भइरहेका छन्। लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले प्रेसलाई निरन्तर निशाना (तारो) बनाउँदै आएका छन्।

रिपोर्टर विदआउट बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरूमध्ये ११२ औं स्थानमा पुगेको छ। आरएसएफले सञ्चारसम्बन्धी प्रस्तावित कानुनहरू र सरकारका प्रतिनिधिहरूले प्रेसका बारेमा गर्ने टिप्पणीहरूलाई आधार मानेर प्रेस स्वतन्त्रताको स्थिति मूल्यांकन गर्ने गर्छ।

सरकारले प्रेसमाथि कसरी निरन्तर प्रतिशोध साध्दै आएको छ भन्ने कुरा प्रधानमन्त्री ओलीका केही अभिव्यक्ति पर्याप्त छन्। गत पुस अन्तिम साता व्यापारीहरूसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सरकारको प्रशंसा गर्ने मुटु भएका सम्पादक छैनन् भन्दै व्यंग्य गर्ने काम गरे। कोरोनाको महामारीका बीच सरकारले बन्दाबन्दी गरिरहेका बेला मजदुरहरू हिँडेर गन्तव्यमा पुगेका समाचार तथा तस्बिर छापिएका विषयमा सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा पनि उनले सरकारी निकायले नदेखेको कुरा काठमाडौंको पत्रकारले कसरी देख्छ भनेर व्यंग्य गरे। शुक्रबार विश्व मजदुर दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रधानमन्त्री ओली प्रेस जगतप्रति आक्रमक देखिएका थिए।

नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाइमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका छन्। यी घटनामा ९४ पत्रकार तथा तीन सञ्चारसंस्था गरी ९७ जना पीडित बनेको महासंघले जनाएको छ। पत्रकार गिरफ्तारका आठवटा घटना भएका छन्।

त्यस्तै, स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका तीनटा घटना भएका छन्। पत्रकारमाथि आक्रमणका १३ वटा घटना भएका छन भने दुव्र्यवहार तथा धम्कीका ३२ वटा घटना भएका छन्। पत्रकार पेसाबाट विस्थापनको एक र पेसागत असुरक्षाका तीनवटा घटना भएका छन्।

महासंघले यस वर्ष पनि प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण बनेको जनाएको छ। विभिन्न तहहरूमा कानुन निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरूमा प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्ने संविधानका धाराविपरीत हुने खालका प्रावधान रहेको महासंघले जनाएको छ।

२०७६ वैशाख २६ गते संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक र त्यसअघि नै दर्ता भएको सूचना–प्रविधि विधेयकका केही दफाले प्रेस स्वतन्त्रतालाई संकुचन पार्ने काम गरेको छ। महासंघले नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भए पनि विभिन्न ऐन तथा कानुनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै गम्भीर चुनौती भएको जनाएको छ।

साँच्चै छ भय र पक्षपातरहित पत्रकारिता?

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा हो-‘भय र पक्षपातरहित पत्रकारिता’1 । यसअन्तर्गत तीन उपनारा पनि छन् : महिला र पुरुष पत्रकार एवं मिडियाकर्मीहरुको सुरक्षा। राजनीतिक र व्यापारिक प्रभावबाट मुक्त स्वतन्त्र र व्यावसायिक पत्रकारिता। मिडियाको सबै पक्षमा लैङ्गिक समानता।

हुन त यी भावहरु कुनै अमुक संस्थाले नारा बनाइरहनु पर्ने विषय होइनन्। पत्रकारिता पेसाको आधारभूत धरातल नै भय र पक्षपातरहित पत्रकारिता हो। यी मूल्यमान्यताका लागि जोन मिल्टनलगायत बेलायती कवि एवं लेखकहरुले पत्रपत्रिकामा लगाइने कर र प्रेस सञ्चालनका लागि लाइसेन्स लिनु पर्ने प्रावधान खारेज गर्न आन्दोलन गरेका थिए।2

सरकार र संसदका गतिविधिहरुलाई पत्रपत्रिकाले छाप्न र स्वतन्त्र समीक्षा गर्न पाउनु पर्छ भनेर बेलायतका पत्रकारहरुले सन् १७३१ देखि १७९१ सम्म अभियान चलाए।3 भयरहित पत्रकारिताकै लागि अमेरिकी संविधानको पहिलो संशोधनमा प्रेसलाई नियन्त्रण गर्ने कुनै कानुन बनाइने छैन भनी सन् १७९१ मा उल्लेख गरियो।4 यी सबै प्रयासहरु भयरहित र पक्षपातरहित पत्रकारिताकै कडि थिए।

सन् १७८७ मै तत्कालीन अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले भनेका थिए-यदि मलाई अखबारहरु बिनाको सरकार वा सरकार बिनाको अखबारमध्ये कुनै एउटा रोज्न दिइयो भने बिना कुनै हिच्किचाहट म दोस्रो रोज्नेछु।5 सन् १७८७ मा बेलायती राजनेता एडमण्ड बर्कले ‘संसदमा तीन राज्यहरु छन्–कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका–तर रिपोर्टरको ग्यालरीमा हेर्नुहोस्, त्यहाँ चौथो अंग पनि बसेको छ, जुन अघिल्ला तीनै अंगभन्दा महत्वपूर्ण छ’ भनेका थिए भनी थोमस कार्लाइलले आफ्नो पुस्तक ‘अन हिरोज् एन्ड हिरो वर्सिप’ भनी उल्लेख गरेका छन्।

त्यस्तै फ्रान्सका तत्कालीन सम्राट नेपोलियन बोनापार्टले ‘चार विरोधी अखबार एक हजार सैनिक फौजभन्दा डरलाग्दा हुन्छन्’  भनेका थिए। यी समकालीन राजनेताहरुको भनाइले के देखाउँछ भने अखबारले डराउनु पर्ने होइन कि अखबारका कारणले सरकार डराउनु पर्ने र जनअपेक्षा अनुरुप काम गर्नुपर्ने हो।

झन्डै अढाइ सय वर्षअघि अर्थात् नेपाल एकीकरण अभियानकै समयमा प्रेस भनेको सरकारलाई जनताप्रति उत्तरदायी बनाउने औजारका रुपमा त्यसबेलाको पश्चिमी समाजले बुझेको रहेछ। अर्थात् त्यसबेलाको लोकतान्त्रिक सरकार भन्नुको अर्थ स्वतन्त्र प्रेसको भयसहितको जनउत्तरदायी सरकार हुनु हो।

तर एक्काइसौ शताब्दीको दोस्रो दशक पूरा हुँदै गर्दा पूर्वी र पश्चिमी गोलाद्र्धका कतिपय देशहरुमा प्रेसको अवस्था र नेताहरुको बुझाइ लगभग उल्टो देखिन्छ। पहिलो र दोस्रो विश्वयुद्धताका अमेरिका, बेलायत, जर्मनी, इटाली, रुस, जापान लगायतका शक्ति राष्ट्रहरुले युद्ध नै समाचार हो जस्तो गरेर सञ्चारमाध्यमको दुरुपयोग गरे। सन् १९४२ मा स्थापित अमेरिकी रेडियो ‘भ्वाइस अफ अमेरिका’को उद्देश्य त युद्धका समाचार अमेरिकी सैनिकका परिवारसम्म पुर्‍याउनु थियो। हिटलरका प्रोपगन्डा मन्त्री गोयबल्सले भनेका थिए–‘थिंक अफ द प्रेस एज अ ग्रेट किबोर्ड अन ह्विच द गभमेन्ट क्यान प्ले’।6 ’अर्थात् प्रेसलाई यस्तो सुन्दर किबोर्डको रुपमा सोच्नुपर्छ, जसमा सरकारले मजासँग आफू अनुकूलका धुन बनाउन सकोस्।

विश्वयुद्धको समाप्तीसँगै गोयबल्स त गए तर उनको यो प्रवृत्ति लोकतान्त्रिक भनिएका सरकारहरुको मुटुसम्मै जरा गाडेर बसेको छ। दोस्रो विश्वयुद्धपछि लगत्तै विश्वभरिका मिडिया पूँजीवाद वा साम्यवादका पक्षमा खुलेरै लागे। त्यो अवस्थालाई शीतयुद्ध भनिन्थ्यो, जसको रणनीति भन्नु नै मिडिया प्रोपगन्डा थियो।

तत्कालीन बिबिसी, रेडियो मस्को, भ्वाइस अफ अमेरिका, चाइना रेडियो इन्टरनेसनल लगायतले समाचारसँग राजनीतिक दर्शन मिसाएर आफ्नो पुँजीवादी वा साम्यवादी सत्ताको तारिफ र अरुको आलोचना गरे।7

सोभियत संघको विघटनसँगै शीतयुद्धको समाप्ती त भयो तर मिडियामा कर्पाेरेट हाउसहरुको दबदबा सुरु भयो। जसले गतिलो विज्ञापन दियो, उसका गजब समाचार आउन थाले। पत्रकारितालाई सूचना र समाचारको माध्यमभन्दा पनि जनसम्पर्क व्यवस्थापन, छवि निर्माण र विज्ञापनको साधनका रुपमा व्यवहार गरियो। अर्थात् स्वतन्त्र भनिएको मिडिया व्यापारीकरणको चंगुलमा फँस्यो। पैसा तिरेर समाचार छपाउने भारतको टाइम्स अफ इन्डियाको शैलीलाई विश्वका धेरै अखबारहरु घोषित वा अघोषित रुपमा अनुसरण गरेकै छन्।

एक्काइसौं शताब्दीमा समाचारै चिन्न नसक्ने गरी फर्जी समाचारको बिगबिगी चल्यो। अरु त अरु अमेरिका, भारत, ब्राजिल, रुस लगायतका देशमा आमनिर्वाचनका बेला सक्कली समाचारभन्दा फर्जी समाचारको बोलाबाला देखियो। सन् २०१६ भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको जीतलाई फर्जी समाचारको प्रभावको एउटा उदाहरण मान्न सकिन्छ।8

हुन त प्रेसले पनि बेला–बेला आफ्नो मर्यादाका सीमाहरुको बर्खिलाप गरेको छ र इतिहासबाट ठूलै पाठ सिकेको पनि छ। दलीय, पक्षपातपूर्ण र सनसनीपूर्ण पत्रकारिताले सन् १८९० को दशकमा अमेरिकामा भय र पक्षधरतालाई फस्टाउने मौका दियो, जसलाई हामी पीत पत्रकारिता भनेर बुझ्छौं।9

तथ्यभन्दा बढी बढाइचढाइ गर्ने, सनसनीपूर्ण शीर्षकहरु राख्ने, अनावश्यक दाबी गर्ने, नक्कलीस्रोत खडा गर्ने, आधारहीन आलोचना गर्नेजस्ता गलत अभ्यासहरु १३० वर्षअघिको अमेरिकी पत्रकारितामा यत्रतत्र थिए। अखबारमा मौलाएको पीत पत्रकारिता प्रवृत्तिलाई रोक्न सन् १९११ मा ‘ओरेगन कोड अफ इथिक्स फर जर्नलिस्ट’, सन् १९२२ मा अमेरिकन सोसाइटी अफ न्युजपेपर एडिटर्सले ‘क्यानन्स अफ जर्नलिजम्’ र सन् १९४७ मा हचिन्स कमिसनले सत्यतथ्य, स्वतन्त्र, तटस्थ, पूर्वाग्रहरहित, जवाफदेही लगायत पत्रकारिताका आधारभूत मूल्यमान्यताको विकास गरे,10 जसले पत्रकारितालाई स्व–नियम गरी सच्चिदै अघि बढ्ने पेसाको रुपमा चिनायो।

पत्रकारहरुले सत्य लेख्छन्, गल्ती गरे तुरुन्तै सच्याउँछन् भन्ने मान्यताको विकास भयो। अखबारकालीन तिनै मूल्यमान्यताहरुका जगमा आजको पत्रकारिता पेसा उभिन खोजेको छ। रेडियो, टेलिभिजन, अनलाइन वा अन्य जुनसुकै माध्यमबाट पत्रकारिता गरे पनि पत्रकारिताका शास्वत सिद्धान्तहरु तिनै हुन्।

अहिले अन्तर्राष्ट्रिय पत्रकार महासंघ, सोसाइटी अफ प्रोफेसनल जर्नलिस्ट लगायत संसारभरि एकहजारभन्दा बढी संस्थाहरुले पत्रकार आचारसंहिता बनाई आफू मातहतका संस्था तथा सदस्यहरुलाई परिपालन गर्न भनेका छन्। प्राज्ञिक क्षेत्रमा पनि पत्रकार आचारसंहिताका बारेमा व्यापक बहस र छलफल भइरहेको छ। यिनै मान्यताहरुले गर्दा पत्रकारिता एउटा अलग्गै पहिचान बोकेको लोकतन्त्रको आधारशीला हो।

तर, हिजोआज नेपाललगायत विश्वभरिकै देशहरुमा पत्रकारिताबाट सरकार डराउने होइन कि सरकार र उनीहरुका आसेपासेहरुबाट पत्रकार डराउनुपर्ने डरलाग्दो अवस्थाको भुमरी बढ्दो छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री केपी ओली सबै पत्रकारलाई गाली गर्न र सञ्चारमाध्यमलाई बाइपास गर्न खप्पिस छन्। ट्रम्पले ट्विटरमार्फत् मूलधारका सञ्चारमाध्यमलाई बाइपास गरेका छन्।11 आफूलाई मन नपरेका मिडियालाई ‘फेकन्युज’ भनिदिएका छन्। आफूलाई मन नपरेको पत्रकारलाई उनको पत्रकार सम्मेलनमा आउनै रोकेका छन्। पत्रकारहरुको खिल्ली उडाएका छन्।

भारतमा राष्ट्रवादको जलप लगाएर नरेन्द्र मोदीले ठूला मिडियामाथि दबाब र प्रभाव बढाएका छन्12  भने आलोचक मिडिया वा पत्रकारलाई ‘गौरी लंकेश’को हालत बनाइ दिएका छन्।13 भारत र अमेरिकाकै जस्तो ‘मिडिया’मारा प्रवृत्ति नेपालमा पनि छ। नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीले सत्तारोहण गरेपछि पत्रकारलाई गाली नगरेको सायदै कुनै सार्वजनिक भाषण होला।14

यसअघि उनको यो विरासत भ्रष्टाचारको आरोपमा राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गर्थे।15 आफूले खोजेजस्तो, आफूले भनेजस्तो, आफ्ना गलत कदमप्रति पूरै आँखा चिम्लिने पत्रकारिता चाहेको छ सरकारले।16 कोरोना भाइरसको महामारीमा सरकारको लापरबाही र संकटकै मौकामा व्यापारीसँग मिलेर भ्रष्टाचार गरिहालौं भन्ने अति दरिद्र प्रवृत्तिको भण्डाफोर गर्ने मिडिया अहिलेको सरकारलाई विपक्षी दल नेपाली कांग्रेसभन्दा कैयौं गुणा बढी बिझाउँछन्। प्रधानमन्त्री र मन्त्रीहरु बाहेक सत्तारुढ दलका कतिपय नेता एवम् कार्यकर्ताहरुलाई पनि पत्रकारहरु शत्रु जस्तो लाग्छन्। यस्तो बेला पत्रकारले सरकारको आलोचना गर्नु निश्चय नै भयरहित कुरा होइन।

साम्यवादी मुलुकहरुमा मिडिया राज्यको चौथो अंग होइन। यो सरकारकै अभिन्न अंग हो र सरकारकै निर्देशन अनुसार चल्छ। आज पनि चीन, रुस, क्युवा, भेनेजुएला र अन्य साम्यवादी मुलुकहरु हेरे पुग्छ। हिजो साम्यवादी शासनशैली अपनाएका तर अहिले संसदीय अभ्यासमा गएका मुलुकहरुमा राज्यको नियन्त्रणमा मिडियाको ठूलो हिस्सा छ। नेपालमा पनि पञ्चायतकालीन वा राणाकालीन मिडियाहरु अहिले पनि सरकारकै अंगका रुपमा छन्। तिनले सरकारले सार्वजनिक गर्न चाहेको सूचना त जनतासम्म पुर्‍याउँछन् तर सरकारका कमीकमजोरीबारे कुनै टिप्पणी गर्न सक्दैनन्।

अघिल्लो हप्ता रेडियो नेपालको एउटा कार्यक्रममा पूर्वप्रधानमन्त्रीले वर्तमान प्रधानमन्त्रीलाई ‘भष्मासुर’ लगायतका केही कटुशब्द बोलेकाले रेडियो नेपालका निर्देशकले प्रेस विज्ञप्तिमार्फत् क्षमायाचना मात्रै गरेनन्, आइन्दा अन्तर्वार्ताका लानि निम्त्याइने पाहुनालाई पनि विचार गरेरै छनोट गरिने कसम खाए।17 गालीगलौज गरी प्रधानमन्त्रीमो मानहानी गरेको भए सिंहदरबारले अन्तर्वार्ताका वक्तालाई नै दोषी करार गर्दै कारबाही अघि बढाउँथ्यो तर उनीहरुलाई पनि रेडियोका कर्मचारीलाई नै गाली गर्न सजिलो भयो।

वि.सं. २०७६ वैसाख २८ गते डोटीका प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र दिपायलमा जागिर लगाइदिनु भनेर नवराज जोशी, लोकेन्द्र अधिकारी र दीर्घबहादुर खत्रीको नाम सिफारिस मात्रै गरेनन्, त्यहाँ कार्यरत प्रकाश बम, चक्र कुँवर र सुनिता रावललाई हटाउन पनि सिफारिस गरे।18 त्यसैअनुसार तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले काम गरिरहेकाहरुको जागिर खोसुवा र नयाँलाई सिफारिसबमोजिम प्रतिस्थापन गरिदिए। यसले सरकारले सरकारी मिडियामा सबैभन्दा बढी भय र पक्षपातपूर्ण पत्रकारिता हुन्छ भन्ने पुष्टि गर्छ। सरकार सबैको हुनु पर्नेमा सत्तारुढ दलका नेता–कार्यकर्ताको मात्रै हो जस्तो लाग्छ।

नेपालका सरकारी सञ्चारमाध्यम (रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति) मा मुख्य पदहरुमा सरकार परिवर्तन हुनेबित्तिकै उच्च पदस्थ कर्मचारीहरु फेरिने त्यहाँ कार्यरत पत्रकारहरुको जिम्मेवारी फेरिने जस्ता गतिविधि हुने गर्दछन्। तसर्थ, भय र पक्षपातरहित पत्रकारिताको टड्कारो आवश्यकता सरकारी मिडियामा देखिन्छ किनभने ती कुनै दलका कार्यकर्ता मात्रैको करबाट चलेका होइनन्।

इतिहासको पल्लो छेउदेखि आजसम्म आक्कलझुक्कलबाहेक नेपाली पत्रकारिता भयरहित र पूर्वाग्रहरहित हुनसकेको छैन। राणा शासनकालमा राणाहरुको प्रशस्तिमा गोरखापत्र र तत्कालीन पत्रपत्रिकाको समय बित्यो। सात सालपछि पञ्चायती व्यवस्था सुरु नहुन्जेलसम्म दलीय मुखपत्रहरुको बोलबाला रह्यो। पञ्चायतकालमा पञ्चायतको पक्षमा नलाग्ने पत्रपत्रिकाहरुलाई टिक्नै मुस्किल थियो। जनमतसंग्रहपछि बहुदलीय व्यवस्थाको वकालत गर्ने पत्रपत्रिकाहरु पनि अलि सशक्त र सक्रिय देखिए पनि तत्कालीन पत्रकारिता पञ्चायतको पक्ष र विपक्षको खिचातानीले भयरहित र पक्षपातरहित हुनसकेन।

बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि स्वतन्त्र पत्रकारिताको अपेक्षा गरिएको थियो। ठूला लगानीका अखबार, निजी वा सामुदायिक रेडियो र टेलिभिजन स्टेसनहरु पनि स्थापना भए। व्यावसायिक पत्रकारिताका छलफल, गोष्ठी आदि पनि पर्याप्त भए। तर राजनीतिक दलहरुले आ-आफ्ना पार्टीको प्रभाव वा मातहतमा रहने गरी पत्रकारहरुका दलगत संगठनहरु खोले। यी यति प्रभावशाली बने कि यिनको इच्छाअनुसार प्रेस काउन्सिल, सूचना विभाग एवम् सरकारी सञ्चारमाध्यमहरु समेत चल्नु पर्ने भयो।

पछिल्लो समयमा ठूला सञ्चारगृहमा एकातिर व्यापारिक प्रतिष्ठानका विज्ञापनको प्रभाव, देशी–विदेशी संस्थाहरुका आर्थिक र अन्य प्रलोभन र अर्कातिर दलीय पत्रकारहरुको सिन्डिकेटले स्वतन्त्र पत्रकारितालाई शीर ठाडो पार्नै नसक्ने गरी चुनौती दिएका छन्। नेपालको संविधान २०७२ को प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख गरेको भए अहिले सरकारकै प्रेसप्रतिको वक्रदृष्टि, सत्तारुढ दलका नेता–कार्यकर्ताको भय, ठूला घरानाका विज्ञापन आदिको प्रलोभनले नेपाली पत्रकारिता भयरहित वा पक्षधरतारहित हुन सक्ने अवस्था छैन।

नेपालजस्तो ‘लोकतान्त्रिक’ भनिएका तर ‘लोकतान्त्रिक परिपाटी’ नभएका देशमा प्रमुख प्रतिपक्षी दलसमेत सरकारसँग राजदूत र मुख्य–मुख्य नियुक्तिमा भागबन्डा खोज्छन्। बदलामा उनी सरकारका कुकर्महरुमा बोल्दैनन्, चुपचाप बसिदिन्छन्। त्यस्तो बेला पत्रकारिताले प्रतिपक्षको भूमिकामा सत्तारुढ शक्तिसँग पौठेजोरी खेल्दै सरकारलाई जनताप्रति जवाफदेही बनाउन प्रयत्न गर्नु परिरहेको छ। नेपालजस्ता भ्रष्टाचार संस्थागत भएमा मुलुकमा पत्रकारिता अझै बढी भयरहित र पक्षपातरहित हुनुपर्छ।

प्रेस आफू भयरहित हुनेमात्रै होइन, प्रेस छ भनेर सरकार भ्रष्टाचार गर्न डराउने, कोरोना भाइरसजस्ता महामारीमा लाचार नबस्ने, हिजो निर्वाचनका बेला जनतालाई बाँडेका आश्वासन अनुसार काम गर्न बाध्य हुने अवस्था सिर्जना गर्नु पर्ने हो। तर प्रेस पनि छ, सरकार पनि छ, संसदीय लोकतान्त्रिक व्यवस्था पनि छ तर पनि देश जहाँको त्यही वा अझै पश्चगमनतर्फ गइरहेको अनुभूति भइरहको छ। प्रेसदेखि सरकार डराउनु पर्ने, सरकारदेखि प्रेस डराउनु पर्ने अवस्था छ। कुनै पनि लोकतान्त्रिक समाजका लागि यो दुर्भाग्य हो।

यी यावत कटु समीक्षाका बाबजुद एउटा कुरा प्रष्ट छ–यत्रा धेरै पत्रकार र सञ्चारमाध्यमले विभिन्न कोणबाट खबरदारी गर्दा त भ्रष्टाचार र कमिसनको मिसनमा सरकार निर्लिप्त छ भने यदि पत्रकारिता क्षेत्र नभएको भए देशको स्थिति कस्तो हुन्थ्यो होला? व्यक्तिगत रुपमा उल्लेख्य काम गर्न नसके पनि देशलाई बिग्रन नदिन तपाइँ हाम्रो आँट र निरपेक्ष कलमले पक्कै पनि सघाएको छ।

तसर्थ, भय र पक्षपातरहित पत्रकारिताका लागि हाम्रा व्यक्तिगत एवं सामूहिक प्रयासहरु जारी रहनुपर्छ।

सन्दर्भ सामग्री

1. United Nations (2020 May 3). Retrieved from,https://www.un.org/en/observances/press-freedom-day
2. Areopagitica by John Milton. (1918). Cambridge University Press.Retrieved from, http://oll-resources.s3.amazonaws.com/titles/103/1224_Bk.pdf
3. Andrews, A. (1859). The History of British Journalism, from the Foundation of the Newspaper Press in England, to the Repeal of the Stamp Act in 1855, with Sketches of Press Celebrities: With an Index (Vol. 2). Bentley.
4. First Amendment of the US Constitution. Retrieved from, https://www.law.cornell.edu/constitution/first_amendment
5. Online Library of Liberty. Retried from, https://oll.libertyfund.org/quotes/302
6. Principles of propaganda. Retrieved from, https://propagandaprinciples.wordpress.com/joseph-goebbels/
7. The Role of the Media During the Cold War (OCT 26 2013). Retrieved from,https://www.e-ir.info/2013/10/26/the-role-of-the-media-during-the-cold-war/
8.  A new study suggests fake news might have won Donald Trump the 2016 election (April 3, 2018). Retrieved from,https://www.washingtonpost.com/news/the-fix/wp/2018/04/03/a-new-study-suggests-fake-news-might-have-won-donald-trump-the-2016-election/
9. Campbell, W. J. (2019). Yellow journalism. The International Encyclopedia of Journalism Studies, 1-5.https://onlinelibrary.wiley.com/doi/abs/10.1002/9781118841570.iejs0159
10. Ward, S. (2004). Invention of Journalism Ethics: The Path to Objectivity and Beyond. McGill-Queen’s University Press. Retrieved May 3, 2020, from www.jstor.org/stable/j.ctt81578
11. The Media Versus Trump (2020 April 28). Retrieved fromhttps://www.nationalreview.com/2020/04/donald-trump-media-journalists-dont-bother-to-hide-partisanship/
12. Under Modi, India’s press is not so free anymore. (2020 April 2) https://www.nytimes.com/2020/04/02/world/asia/modi-india-press-media.html
13. Gauri Lankesh: Indian journalist shot dead in Bangalore (2017 September 06). Retrieved from https://www.bbc.com/news/world-asia-india-41169817
14. सरकारका राम्रा कामको प्रशंसा गर्ने मनमुटु भएका सम्पादक छैनन् :प्रधानमन्त्री (2076 Push 29). Retrieved from, https://ekantipur.com/news/2020/01/14/157901486441565599.html
15. गोकुल भर्सेस गोयबल्स (2076 Jesth 6). Retrieved from https://giddhepress.wordpress.com/2020/02/01//गोकुलभर्सेसगोयबल्स/
16. आलोचनाप्रति असहिष्णु बन्दै सरकार (2077 Baisakh 16) Retrieved from, https://ekantipur.com/news/2020/04/28/158808770170399640.html
17. रेडियो नेपालबाट हटाइयो बाबुरामको अन्तर्वार्ता (2077 Baisakh 15) Retrieved from, https://thahakhabar.com/news/96738
18. सांसद आलेको सिफारिसमा तोकेरै पत्रकार हटाई यसरी गरेका थिए बाँस्कोटाले कार्यकर्ताको नियुक्ती (2077 Baisakh 17). Retrieved from, https://hamrakura.com/news-details/77868/2020-04-29

Condition Of Media Workers In COVID-19 Crisis

THE context of this article is my another article published on 11 April 2020 in Nepali daily, Annapurna Post on the implication of Covid-19 crisis in Nepali media industry. I ended the piece with a note that this implication will depend on the decisions taken by owners of news media and the government, and the victory of humankind over the virus. This week Khulanepal, an online media published six news items from 20 to 24 April 2020 highlighting that Kantipur Publications pressured its staff members to take unpaid leave. However, this case is only the tip of the iceberg, which shows that the pandemic is having a big toll on the media industry.
In early three days, this online published a news story every day. The first news, attributing an anonymous source from the publication, emphasised that the newspaper house had taken a strategy to stop permanent journalists and workers from working. It informed that the publication pressured more than 40 staff members the day before to do so. The second news underscored that the publication continued to force journalists working outside Kathmandu to take such option. The third news stressed the press release issued by Minimum Wage Fixation Committee urging big media houses to revoke the decisions to remove journalists from jobs. Interestingly, the release had not named any organisations, but the news headline shows as if it was directed to Kantipur Publications and Nepal Republic Media. The headline also notified that journalists and unions from Kantipur Publications were planning to start a movement against these decisions.
The online published two news reports on 23 April and one on 24 April. The first news highlighted that journalists in Kantipur Publications feared the virus and losing jobs, and they had shared their views to the management. It also informed that all unions inside the organisation had organised a joint meeting and had decided to start the movement if the management did not revoke their decisions to remove the journalists and pressurise them. Another news emphasised the press release issued by the Federation of Nepali Journalists (FNJ) on the ‘forced leave’ in Kantipur Publications and on wage problems in other media companies. According to the news, when news about Kantipur Publications became viral and journalists lodged complaints in FNJ, the federation organised a meeting to discuss the issue. The last news highlighted that Kantipur Publications backtracked from the decisions by sending a clarification to FNJ that the publication had denied that it forced journalists to take such leave and stressed that it would keep on providing wages on time.
Though the above discussion might sound as if there is wage problem in one or two media houses, the press release from FNJ clearly shows it is not limited to them. In fact, the release mentioned that Annapurna Media Group, Rajdhani daily and Avenues Television also had similar problems. Therefore, the wage problem prioritised by the online is just the tip of the iceberg.
Readers only see the tip and the huge part remains hidden as Nepali media often discuss everything except their own issues. Many news media might have ignored Kantipur Publications’ case due to two reasons. First, the management passed decisions orally and journalists gave the information to online seeking anonymity. In such situation, only those media that really care about journalists or that have own interests to serve carry news. Many readers might have thought that Khulanepal had its own axe to grind due to the past relationship of some journalists from this online with the publication. Two, media might have shied away from reporting it as they feared that if they did, Kantipur Publications and others might report such injustice, when the former had similar problems inside their own companies. Nevertheless, whatever be the reasons, it is interesting that those who write about every problem, cannot write about their own.
However, the wage-related problem is endemic in Nepali media industry as shown by the reports published by Minimum Wage Fixation Committee in June 2018. The report on broadsheet dailies mentions that the pay scale of some journalists working in these newspapers except in government-owned ones received wages below the pay scale determined by Minimum Wage Fixation Committee. The report did maintain that even in government-owned broadsheets stringers and journalists working in contract did not get the minimum wage as fixed by the committee and the facilities as discussed by Working Journalist Act. Likewise, the report on such condition in television stations mentioned that many journalists working there did not get the minimum wage, and the leave and others facilities according to Working Journalists Act. As this data is old, we might guess this situation might have improved in some media houses. Yet, these two reports show that wage issue is not a new problem that has evolved during Covid crisis, but the crisis has aggravated it.
Managers/owners of news media should not forget that the decision inside media industry also falls under public interest and audiences are interested to know what is going inside this industry. When there are plural means of media, one or another media can carry news related to media industry because when journalists cannot write news themselves about their own problems they can pass information to their colleagues in other media.
No doubt, media industry too will suffer during the pandemic but the media managers/owners must take decisions taking media workers into confidence. There is mistrust between journalists and media owners/managers also because journalists don’t know clearly about the economic health of media companies as these companies except government-owned ones don’t make public their income and expense. During crisis media houses have to give priority to the welfare of media workers. Only when both media owners/managers and media workers unite the industry can overcome this hard time.

(Maharjan is a senior researcher at academic NGO Martin Chautari and writes on issues related to media and technology.) 

Nepal: Coronavirus and the media

Nepali media back calls for vigilance

The Nepali media have been following the progress of the coronavirus closely and issuing warnings over the implications of its spread to Nepal ever since the virus first emerged in the Chinese city of Wuhan. Long before coronavirus developed into a global pandemic, there were three very good reasons to worry about the possibility that the new disease could reach Nepal. Firstly, the government had already launched its “Visit Nepal 2020” campaign with the aim of attracting two million tourists to the country. For some years now, the majority of tourists arriving in Nepal by plane have come from China. Secondly, more than seven million Nepalis – almost a quarter of the country’s population – live and work abroad, most of them in countries such as India, Malaysia, South Korea and Japan. There is hardly a single Nepali family that does not have a member who is a migrant labourer. And finally, the fact that Nepal ranks 147 out of 189 countries in the UN’s Human Development Index for 2019 shows that the healthcare system does not have the resources to cope with a major health emergency. There is a shortage of doctors, hospital beds, ventilators, ICUs and PPE even at the best of times.

The media began to cover the Wuhan outbreak and to urge the authorities to take steps to ensure that Nepal was prepared for its arrival in the country early on. For example, on 9 January The Himalayan Times carried a Reuters report about the deadly “new type of virus”. Only two weeks later, the first case of coronavirus in Nepal was registered when the Epidemiology and Disease Control Division confirmed that a Nepali student who had returned from Wuhan earlier in the month had tested positive for the virus. This was reported by The Kathmandu Post on 24 January, a day after Wuhan had been put into lockdown by the Chinese authorities in an effort to contain the spread of Covid-19.

Over the next few days, many Nepali news outlets including Republica carried a story about how the World Health Organization (WHO) was urging Nepal to remain vigilant and ensure that it was in a position  to detect any new cases of coronavirus and take any necessary action promptly. Meanwhile, The Kathmandu Post , which had earlier accused the Nepali government of being slow to react, now complained that the authorities’ response was “lackadaisical” given the seriousness of the threat.

Government bows to pressure

At first, the government paid little attention to the warnings of the experts who were regularly quoted by the media. On the contrary: the “Visit Nepal 2020” campaign was kept up. Some ministers even claimed that Nepal was a “Covid-19-free country”, pointing out that the man who had tested positive for the disease in January had recovered and that no other cases had come to light. The Ministry for Tourism and Civil Aviation instructed all Nepali diplomatic staff to spread the word that Nepal was open for business.

It was not until early March that the government bowed to the relentlessly mounting pressure and began to introduce stricter measures designed to limit the spread of the disease. The visa-on-arrival service was suspended for nationals of countries particularly badly affected by Covid-19 and foreigners were barred from climbing Mount Everest. From mid-March onwards, even more severe restrictions were introduced. On 20 March the government banned all passengers, including Nepalis, from entering the country from most of the rest of the world.  On 24 March, a country-wide lockdown came into effect. By 1 May, 59 cases of Covid-19 had been confirmed in Nepal, with no deaths directly attributable to the disease.

Pressure on media

The Nepali media have throughout kept a watchful eye on how the unfolding coronavirus story was being covered elsewhere. On 18 February, The Kathmandu Post ‘s reprint of an article by a former US ambassador to NATO originally published by The Korea Herald incurred the wrath of the Chinese embassy in Kathmandu. The article was headlined “China’s secrecy has made coronavirus crisis much worse” and was accompanied by an illustration showing Mao Zedong wearing a face-mask.

The embassy responded with a strongly worded statement condemning The Kathmandu Post and its outgoing editor-in-chief Anup Kaphle, labelling him “a parrot of some anti-China forces”. The statement added: “The Chinese embassy in Nepal has made solemn representations to the newspaper… and reserves the right of further action.”

A group of 17 editors of Nepali dailies and news websites objected to the threat contained in the embassy’s statement, and issued their own statement condemning its attempt to intimidate a Nepali media outlet. “We respect the right of an individual or organisation to express their disagreement over materials published in the media,” the editors said in their statement. “But we disagree with the disparagement and threats issued by naming any particular editor. We condemn such an act.” The editors declared that “Nepal’s constitution has guaranteed full press freedom, and we are committed to exercising and protecting it.” The Federation of Nepalese Journalist (FNJ) also condemned the Chinese embassy’s statement.

Veteran Nepali journalist Yubaraj Ghimire – the editor of the online outlet Deshsanchar – subsequently noted that China was not alone in resorting to such tactics. He revealed that representatives of the US and Indian embassies had in the past also issued veiled threats to the Nepali media. The media community hoped that the Nepali government might gently remind the Chinese embassy that Nepal enjoys press freedom and that the latter would issue an apology. However, no such gesture has yet been forthcoming.

Before long, another Nepali media outlet was subjected to a different kind of political pressure. On 1 April, a news website, The Kathmandu Press, published a report about a controversial PPE procurement deal with China, in which it alleged that the relatives of several senior government officials had been involved. The following day, The Kathmandu Press issued a statement alleging that the report had been removed by the website’s developer, Shiran Technologies, a company co-owned by Prime Minister KP Sharma Oli’s IT advisor. The statement said that the website’s editor had come under political pressure to withdraw the report, and when he refused, it was taken down by the developer. The journalistic staff of The Kathmandu Press, the FNJ and the International Federation of Journalists (IFJ) all condemned this action. The FNJ issued a statement describing it as “an unconstitutional step” and “direct interference on freedom of expression.”

Mounting tensions

Despite these obstacles, the Nepali media have persisted in exposing dubious practices and holding the government to account over its handling of the pandemic. This has not gone down well with the country’s leadership. On 7 April, the prime minister gave an address to the nation in which he urged Nepalis “to support and show solidarity with the government’s efforts” by continuing to comply with the lockdown. In a veiled allusion to critics of government policy, he called on people to choose life over personal freedom. Some observers took exception to this statement, saying that people should not be expected to give up freedom in exchange for security.

The prime minister has also expressed his irritation at the media’s highlighting of the plight of the most disadvantaged sectors of society, who have struggled the most to survive the weeks of lockdown. One of the hardest-hit groups are the daily labourers who had come to Kathmandu and other cities to find work and were left without any way of feeding their families once the lockdown was imposed. A mass exodus from the cities ensued, with thousands of daily wage workers attempting to return home, often walking hundreds of miles with their children, in contravention of the lockdown restrictions on movement. Some of them came into confrontation with law enforcement agents, and by mid-April cases such as these were dominating the headlines. Sharma Oli voiced his exasperation with these reports, demanding to know how the media knew more about the situation than the authorities did.

And on 1 May, Oli used a video message marking International Labour Day to accuse the Nepali media of creating instability in the country. “Today, some media of Nepal and social media are engaged in disseminating news and other discussions that push the country towards instability,” Oli said. “On the one hand, the entire citizenry, along with the world, is fighting against the coronavirus pandemic; but on the other, there are efforts of instability taking advantage of this situation,” he added, noting that the government would do its utmost to foil such efforts.

Print editions suspended

Some leading news titles, including Kantipur, The Kathmandu Post, Nepali Times, Himal Magazineand The Himalayan Times suspended their print editions when the lockdown was imposed. However, Kantipur and The Kathmandu Post resumed their print editions at the beginning of April. Other news dailies, including Nayapatrika, Annapurna Post and Nagarik, never stopped their print editions. Nagarik even announced that it would distribute copies free of charge for the duration of the lockdown.

Most journalists now work from home as much as possible. However, some media workers such as news presenters, photographers or film crews have continued to work from the office or to do field reporting. The government has provided them with special permits to enable them to carry out their duties during the lockdown.

Meanwhile, both the media and the public have expressed concern over the spread of misinformation, disinformation and fake news relating to the coronavirus. The country’s press regulator, the Press Council Nepal, has shut down 25 unregistered websites which were found to have infringed the Council’s code of conduct and to have been active in disseminating fake news.

This is an updated version of an article that originally appeared on EJO’s German-language site with the headline “Nepal: Die Corona-Krise und die Medien“.

Opinions expressed on this website are those of the authors alone and do not necessarily reflect or represent the views, policies or positions of the EJO.

See “How media worldwide are covering the coronavirus crisis” for a complete list of EJO articles in English devoted to this topic.

विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

सार्वजनिक पद धारण गरेको व्यक्तिले पदीय दुरुपयोग तथा आलोचनाको समाचार पचाउन नसक्दा पत्रकारमाथि धेरै घटना हुने गरेका छन् 

३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आइएको छ । युनेस्कोले सन् १९९३ देखि हरेक वर्ष पत्रकार, नागरिक समाज, पत्रकारितासम्बन्धी शैक्षिक संस्थालगायत सरोकारवालाको सहभागितामा प्रेस स्वतन्त्रताका क्षेत्रमा रहेका समस्या र चुनौतीका सवालमा विभिन्न राष्ट्रमा रहेका आफ्ना शाखामार्फत कार्यक्रम गर्छ । यस वर्षका लागि ‘भय र पक्षधरता मुक्त पत्रकारिता’ भन्ने नारा तय गरिएको छ । नेपालमा नेपाल पत्रकार महासंघलगायत संघसंस्थाले छुट्टाछुटै तथा सामूहिक रूपमा कार्यक्रम गर्दै आएका छन् । यस अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षको प्रमुख आतिथ्यमा ‘प्रेस स्वतन्त्रता र भय तथा पक्षधरतामुक्त पत्रकारिता’ शीर्षकमा ३ मेमा डिजिटल संवाद कार्यक्रमको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार ४ मे २०१९ देखि १ मे २०२० सम्म प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन् । यसबाट ९४ पत्रकार तथा तीन सञ्चार संस्था गरी ९७ पीडित बनेका छन् । नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन एकाइमा अभिलेख भएका यी घटनामा यो एक वर्षको अवधिमा पत्रकार हत्या तथा बेपत्ताका घटना भएका छैनन् भने पत्रकार गिरफ्तारका आठवटा घटना भएका छन् । त्यस्तै स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका तीनवटा घटना भएका छन् । पत्रकारमाथि आक्रमणका १३ वटा घटना भएका छन् र दुव्र्यवहार तथा धम्कीका ३२ वटा घटना भएका छन् । पत्रकार पेसाबाट विस्थापनको एक र पेसागत असुरक्षाका तीनवटा घटना भएका छन् । गत वर्ष पनि प्रेस स्वतन्तत्रा हननका ६० वटा घटना भएका थिए ।

रिपोर्टर विदाउट बोडर्सका अनुुसार एक सय ८० राष्ट्रमध्ये यस वर्ष नेपाल विश्व प्रेस स्वतन्त्रता अनुक्रमणिकामा ११२औँ स्थानमा छ । सन् २०१७ मा नेपाल एक १००औँ स्थानमा थियो भने स्न २०१८ र १९ मा १०६औँ स्थानमा थियो । प्रेस स्वतन्त्रताका लागि भएका संघर्षका आन्दोलन तथा यो अनुक्रमणिकालाई हेर्दा पनि नेपालको प्रेस स्वतन्त्रताको अवस्था खस्कँदै गएको संकेत मिल्छ । रिपोर्टर विदाउट बोडर्सको अनुक्रमणिकामा नर्वे, फिनल्यान्ड, डेनमार्क क्रमशः एक–दुई र तीन स्थानमा रहेका छन् भने छिमेकी राष्ट्र भारत १४२औँ स्थानमा छ ।

विगतको तुलनामा पत्रकार तथा सञ्चारगृहमाथि हुने हिंसाका घटना बराबरी भए पनि कानुनी रूपमा प्रेसमाथि नियन्त्रण गर्ने सरकारको आकांक्षा बढ्दो छ

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था एक अर्थमा चुनौतीपूर्ण बन्दै गएको छ । विगतको तुलनामा पत्रकार तथा सञ्चार–गृहमाथि हुने हिंसाका घटना बराबरी भए पनि कानुनी रूपमा प्रेसमाथि नियन्त्रण गर्ने सरकारको आकांक्षा बढ्दो छ । सरकारले ल्याएको सूचना प्रविधि विधेयक, नेपाल मिडिया काउन्सिल विधेयक तथा अन्य प्रेससम्बन्धी कानुनमा विश्वव्यापी लोकतन्त्रका मूल्य–मान्यता तथा जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने दफा रहेका छन् । नेपाल पत्रकार महासंघलगायत सरोकारवाला संघसंस्थाले पटक–पटक त्यस्ता विधेयक सच्याउन सरकारको ध्यानाकर्षण गराउँदै पनि आएका छन् । सार्वजनिक सरोकारका विषयमा प्रश्न उठ्दा सञ्चार–माध्यमप्रति सरकारको सहनशीलता घट्दै गएको छ । त्यसैको पछिल्लो उदाहरण हो, काठमाडौं प्रेस अनलाइनमा गरिएको हस्तक्षेप । अनियमिततासम्बन्धी समाचार लेखेकै भरमा काठमाडौं प्रेस अनलाइनबाट समाचार हटाउन दबाब दिइएको र हटाउन नमानेपछि अनलाइनको सेवा–प्रदायक कम्पनीले नै अनधिकृत रूपमा समाचार हटाइएको थियो । अनलाइन निर्माण गर्ने कम्पनी सिरान टेक्नोलोजीले विज्ञप्तिमार्फत गल्ती स्विकारे पनि यो कम्पनीको बालुवाटारसँग राम्रो सम्पर्क भएकै कारणले त्यस मामिलामा कुनै कारबाहीको पहल लिइएन ।

त्यस्तै रेडियो नेपालको अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीले वर्तमान प्रधानमन्त्रीको आलोचना गरेकै आधारमा कार्यक्रम सञ्चालकसँग स्पष्टीकरण सोधिएको छ । यसले सरकारी सञ्चार–माध्यममा सरकारको आलोचना निषेध गर्न खोजिएको देखिन्छ । पत्रकार जितेन्द्र महर्जन, ओम हमाल, खेम थपलियालगायत पत्रकारलाई अदालतले रिहा गर्न आदेश दिएपछि पनि प्रहरीले बारम्बार उनीहरूलाई पक्राउ गरेको घटना सबैका सामु छ । एउटै पत्रकार विनाकसुर बारम्बार पक्राउ हुने क्रम बढ्दो छ । नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार यस वर्ष धेरै घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन् । यस्ता धेरै घटना जिम्मेवार निकायका सम्बन्धित व्यक्तिबाट भएका छन् । पदको दम्भ, सार्वजनिक उत्तरदायित्वको कमी हुँदा पत्रकार तथा सञ्चारकर्मी हिंसामा पर्ने गरेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको पदीय दुरुपयोग तथा आलोचनाको समाचार पचाउन नसक्दा पत्रकारमाथि धेरै घटना हुने गरेका छन् ।

लोकतन्त्रतको आधारभूत तत्व प्रेस स्वतन्त्रता जनताको सुसूचित हुने अधिकारसँग जोडिएको मौलिक हक हो । प्रेस सरकारका खराब प्रवृत्तिलाई सच्याउने तथा समाजका सकारात्मक–नकारात्मक गतिविधिलाई उजागर गर्ने सशक्त माध्यम हो । यही आलोचनाबाट जवाफदेहिताको त्यो ढोका खोलिन्छ, जुन समतामूलक समाजका लागि अपरिहार्य हुन्छ । त्यसैले प्रेस तथा सञ्चारकर्मीको सुरक्षामा सरकारसमेत चनाखो हुनुपर्नेछ ।