शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्कीको आँखामा गम्भीर चोट, प्रहरीले बोकेरै पुर्‍यायो अस्पताल

अनलाइनखबर अनलाइनखबर
 २०८२ वैशाख १४ गते १४:४९

‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ । आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

१४ वैशाख, काठमाडौं । आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।

रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।

लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए । प्रदर्शनस्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैं बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् ।

प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका प्रशारण निर्देशक राजु भण्डारीले जानकारी दिए ।‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ । आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ,’ उनले भने ।शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुको २६ औं दिनको प्रदर्शनमा आज प्रहरीसँग झडप भएको थियो ।प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ ।तर शिक्षक महासंघका नेताहरुले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेको तर सरकारले घुसपैठ गराएर झडपको स्थिति सिर्जना भएको आरोप लगाएको छ ।

महिला कलाकारमाथि डिजिटल हिंसा : किन चुपचाप छन् फिल्मकर्मीका संस्था ?

Digital violence against women artists: Why are the filmmakers' organizations silent?

वैशाख १४, २०८२

Highlights

  • एउटा फिल्मकर्मीमाथि नियोजित र व्यक्तिगत आक्रमण भइरहँदा पनि अधिकांश फिल्मकर्मीले भने यसलाई नजरअन्दाज गरिरहेका छन् ।

काठमाडौँ — केही दिनयता अभिनेत्री सुरक्षा पन्तबारे सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी भइरहेका छन् । यस्तो टिप्पणीमा फरक मतभन्दा पनि घृणा, आवेग र उत्तेजनात्मक अभिव्यक्ति देखिन्छ । आफूमाथि भइरहेको यस्तो टिप्पणीबारे जानकार भएरै सुरक्षाले फेसबुकमा प्रतीकात्मक कविता लेखेर विरोध जनाइन् । कुरा यतिमै रोकिएन, सुरक्षामाथि भइरहेको आक्रमणबारे टिप्पणी गरेकै आधारमा अभिनेत्री ऋचा शर्मामाथि पनि आक्रमण र घृणा बर्साउन सुरु भएको छ ।

सुरक्षा अभिनित फिल्म ‘खेल’ अहिले प्रदर्शनमा छ । कतिपयले उनको अभिव्यक्तिलाई लिएर फिल्म बहिष्कारको अभियानसमेत चलाइरहेका छन् । ६ दिनअघि कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा अन्तर्वार्ताकारले जोडेको प्रसंगमा पूर्वयुवराज पारस शाह र उनका छोरा हृदयेन्द्रबारे केही बताएकै आधारमा उनीमाथि घृणा बर्साउन सुरु भएको थियो । जुन निरन्तर छ ।

एउटा फिल्मकर्मीमाथि नियोजित र व्यक्तिगत आक्रमण भइरहँदा पनि अधिकांश फिल्मकर्मीले भने यसलाई नजरअन्दाज गरिरहेका छन् । आफ्नो फिल्म करिअर र फिल्म व्यवसायमा जोखिम हुन्छ भन्दै उनीहरूले यस्तो व्यक्तिगत आक्रमणविरुद्ध ऐक्यबद्धता जनाएका छैनन् । फिल्मकर्मीहरूको हकहितका लागि खोलिएका सम्बन्धित संस्थाहरूले भने मौनता साँधिरहेका छन् । कतिसम्म भने कलाकारकै हकहितका निम्ति भन्दै खुलेका चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ र चलचित्र निर्देशक संघहरू यो सारा परिदृश्यमाथि बेखबरझैं देखिन्छन् ।

केही अभिनेत्रीले भने सुरक्षामाथि साइबर संसारमा भइरहेको आक्रमणबारे प्रस्ट शब्दमा बोल्ने हिम्मत गरेका छन् । अभिनेत्री ऋचाले यसबारे खुलेरै आवाज उठाइन् । उनले सामाजिक सञ्जालमा सुरक्षालाई ढाडस दिँदै लेखिन्, ‘आजभोलि केही मानिसलाई लागिरहेको छ कि तिमीले जे भन्यौ, त्यो सधैं उनीहरूको पक्षमा हुनुपर्छ । तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठिक कुरा हो । तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ…।’ उनले सुरक्षालाई सम्बोधन गर्दै साँचो बोल्दा कतिलाई रिस उठ्नु र अप्ठयारो लागे पनि त्यो कमजोरी उनीहरूकै भएको उल्लेख गरिन् ।

Digital violence against women artists: Why are the filmmakers' organizations silent?

ऋचाले यति बोलेपछि आक्रमण उनीमाथि पनि सुरु भयो । उनको भनाइमा असहमति राख्ने त सामान्य कुरा भयो, तर घृणाजन्य अभिव्यक्ति दिने काम सुरु भयो । उनलाई केहीले त च्याटमार्फत अश्लील गाली दिँदै घृणाजन्य धम्की दिएका छन् । च्याटमामार्फत अश्लील गाली गर्नेको एकजनाको त ऋचाले च्याटको स्क्रिनसट नै सार्वजनिक गरिदिइन् । जहाँ सार्वजनिक रुपमा पढ्नसमेत नसिकने शब्दहरु लेखिएका छन् ।

ऋचा यतिबेला आक्रमण गर्ने प्रत्येक व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्ने तयारीमा छिन् । ‘म अहिले थ्रेट दिनेहरूको विवरण खोजिरहेको छु । त्यसमध्ये बाबुराम धिताल र सम्राट ठकुरीका विवरण आइसकेका छन् । अब एउटा उदाहरण सेट गर्न एकदमै जरुरी भइसक्यो । सामाजिक सञ्जालमा तथानाम गाली सुन्न हामीलाई जरुरी छैन,’ उनले कान्तिपुरसँग भनिन् । उनले आफ्नो स्थान बनाइसकेको फिल्म इन्डस्ट्रीका मान्छेलाई त यस्तो गर्छन् भने तिनीहरुले सामान्य केटीहरुलाई कस्तो व्यवहार गर्लान् भनेर प्रश्न गरिन् ।

पटकथाकार सम्पदा मल्लले पनि सुरक्षाको अभिव्यक्तिमाथि समर्थन जनाउँदै उनीप्रति सम्मान बढेको उल्लेख गरिन् । सामाजिक सञ्जालमा लेख्दै भनिन्, ‘म तपाईंमाथि गर्व गर्छु । किनभने तपाईं आफ्नो विचार व्यक्त गर्न डराउनुभएन । तपाईंले प्रमाणित गर्नुभयो कि एक अभिनेत्री केवल मनोरन्जनको साधन होइन । उनको समाजमा महत्त्वपूर्ण भूमिका छ र त्यही कारण गर्दा समाजले उनीहरूलाई आफ्नो समाजका लागि उभिन सेलिब्रिटीको दर्जा दिएको छ ।’

रंगकर्मी आकांक्षा कार्कीले पनि सुरक्षामाथि व्यक्तिगत रुपमा भइरहेको घृणाविरुद्ध आवाज उठाइरहेकी छन् । उनले लेखेकी छन्, ‘हामी सोच्छौं कि हामी समाजको रूपमा प्रगति गरिरहेका छौं तर हरेक दिन हामी पछाडि सरिरहेका छौं । हामीलाई विचार भएकी महिला अझै पनि खतरा हुन्, र यसले मानिसहरूलाई असहज बनाउँदा लाग्छ ।’

‘यदि मानिसहरूले हरेकपटक आफूलाई सेन्सर गर्नुपर्ने, के भन्छन् भनेर गणना गर्नुपर्ने, कूटनीतिक बन्नुपर्ने र जनताको मासमा बढी मनपर्ने हुन सिधा झुट बोल्नुपर्छ भने यो भन्दा दयनीय र निराशाजनक अरू केही हुँदैन,’ उनले भनिन् । उनले ऋचालाई आएको धम्कीको पोस्ट सेयर गर्दै साइबर ब्युरोलाई एक्सन लिन आग्रह पनि गरिन् ।

पन्छिन्छन् फिल्मकर्मीका संघ
फिल्मकर्मीहरूको हकअधिकारका लागि भनेर खोलिएका संघसंस्था भने यतिबेला मौन देखिन्छन् । उनीहरूले यस विषयमा आधिकारिक रुपमा विज्ञप्ति निकाल्नु त परै जाओस्, व्यक्तिगत रुपमा पनि विकास भइरहेका घटनाबारे अनदेखा गरिरहेझैं देखिन्छ ।

चलचित्र निर्माता संघका महासचिव सुनिलकुमार थापाले कान्तिपुरसँगको कुराकानीमा भने, ‘संघसंस्थाबाट यसबारे लेख्न सकिन्न । संघसंस्थामा गणतन्त्रवादी र राजावादी पनि आबद्ध छन् । प्रधानमन्त्री जस्तोले यो कुरा रोक्न सकेनन् भने कलाकारका संघसंस्थाले कहाँ सक्छन् ?’ यो घटनामा निर्माता संघले केही गर्न जरुरी नभएको तर्क गर्दै उनले बरु कलाकार संघले यसबारे हेर्नुपर्ने बताए ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सुरक्षाले कुनै गलत कुरा नबोलेको बताए । व्यक्तिगत रुपमा सुरक्षामाथि भइरहेको आक्रमण निन्दनीय भएको बताए पनि उनकै संस्थाबाट आधिकारिक रुपमा कुनै आवाज उठेको छैन । उनले यसबारे संस्थामा छलफल चलिरहेको बताए । ‘हामीबीच यस विषयमा छलफल चलिरहेको छ । यस विषयमा हामी पहिले पनि बोल्दै आइरहेका छौं । तर हामी जसको विषयमा बोल्यौं, ती विषय हामीसँग सम्पर्कमै आउँदैनन् । संस्था एकजनाको मात्र होइन, नेपालभरिका कलाकारको हो । उहाँहरू पनि समन्वय सम्पर्कमा आइदिनुभयो भने हामीलाई सजिलो हुन्छ,’ उनले भने । कलाकारले पनि आफ्नोभन्दा फरक विषयमा बोल्दा विचार गर्नुपर्नेमा भने उनले जोड दिए ।

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीपक पराजुली भने कलाकार संघको प्रतिक्रिया पर्खिरहेका छन् । ‘हामीले बोल्नुपर्ने त हो । तर उहाँ कलाकार संघको सदस्य पनि हुनुहुन्छ होला । हामी कलाकार संघको प्रतिक्रिया पर्खिरहेका छौँ,’ उनले कान्तिपुरसँग भने । उनले लोकतन्त्रमा जो कोहीलाई आफ्नो विचार राख्ने अधिकार भएको बताउँदै भने, ‘उहाँको विचारप्रति आपत्ति जनाउनुर्ने केही छैन । अरु संस्थाले चलचित्रकर्मीको हितमा बोलेको कुरालाई ऐक्यबद्धता जनाउँछन् । व्यक्तिगत तर्फबाट सुरक्षाको पक्षमा छु,’ उनले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बोर्डले यसबारे केही बोल्न नमिल्ने सुनाए । उनले यतिमात्रै भने, ‘बोर्ड एनजीओ होइन । सरकारी संस्था हो । हामीले बोल्नै मिल्दैन ।’

पटक-पटक सिकार
सुरक्षा मात्र होइन, यसरी अभिव्यक्ति र ट्रोलको सिकार बन्ने कलाकार थुप्रै छन् । प्रस्तोता प्रकाश सुवेदीकै कार्यक्रममा अभिनेत्री पूजा शर्माले नेताहरू नचिन्दा र सामान्य ज्ञानको जवाफ दिन नसक्दा उनी पनि ट्रोलको सिकार भएकी थिइन् । लामो समयसम्म उनीमाथि मानसिक हिंसा नै भएको थियो ।

सोही कार्यक्रमको एक एपिसोडमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेश हमाल ‘महानायक’ होइन भनेर आफ्नो आलोचकीय दृष्टिकोण राख्दा उनीमाथि पनि उस्तै गरी सामाजिक सञ्जालमार्फत गाली बर्साइएको थियो । कतिसम्म भने उनी आबद्ध नियमित टेलिभिजन कार्यक्रमबाट समेत बाहिरिनुपर्‍यो । उनका फिल्म बहिष्कार गर्ने धम्की दिइयो । मानसिक रुपमा दीपाश्रीलाई ठूलै आघात पर्‍यो । उनले रुँदै सामाजिक सञ्जालमा माफी माग्दा पनि घृणा फैलाउने क्रम बन्द भएन । यही घटनापछि दीपाश्री कतै भिडियो अन्तर्वार्ता दिने र बोल्ने कुरामा निकै हच्किन्छिन् ।

सोही कार्यक्रममा गएर ट्रोल हुनेमध्येमा अभिनेता सौगात मल्ल पनि पर्छन् । नेताहरूको नाम थाहा नहुँदा उनी पनि सामाजिक सञ्जालमा ट्रोलको सिकार बने ।

गत फागुनमा गायक तथा अभिनेता प्रकाश सपुतले ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकर्पणमा प्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी भएको भन्दै प्रशंसा गरेका थिए । ओलीमाथि प्रशंसा गरेकै कारण उनले सामाजिक सञ्जालमा गालीगलौजको सामना गर्नुपर्‍यो । तुच्छ शब्दमार्फत उनलाई जातीय विभेद पनि गरियो । रिलिज नजिकै रहेको उनको फिल्म ‘वसन्त’ बहिष्कारको अभियानसमेत चल्यो ।

यही घटनाका कारण अहिले त उनी आफ्नो अभिव्यक्ति राख्न पनि हच्किरहेका छन् । केही समयअघि पोखरामा भएको एक सांगीतिक कार्यक्रममा उनले आफू केही नबोल्ने बरु गीत मात्रै गाउने बताएका थिए । चैत पहिलो साता पूर्वमा तय भएको एक साहित्यिक महोत्सवमा उनी अतिथि थिए तर अन्तिम समय यही घटनाका कारण उनले कार्यक्रम नै ‘क्यान्सिल’ गरे । यसरी सामाजिक सञ्जालमा अभिव्यक्तिकै कारण मानसिक हिंसाको सिकार हुने कलाकारको लामो सूची छ ।

ऋचाले यस्तो बेला सम्बन्धित संघसंस्थाले आवाज नउठाउँदा कलाकार एक्लो हुने गरेको गरेको बताइन् । उनले ट्रोल र मानसिक हिंसाको सिकार हुनेमा अभिनेत्री नै ज्यादा भएको सुनाइन् । भनिन्, ‘हिरोइनले केही भन्नेबित्तिकै एकदम पर्सनल्ली लिने प्रचलन धेरै छ । अत्याचार र अराजकता देखाएपछि सहेर बस्न सकिन्न । आफ्नै इन्डिस्ट्रीको चेली-बहिनीहरूलाई यस्तो भइरहेको छ भने म बोल्छु । यदि चुप लागेर डिप्लोम्याटिक हुने हिरोइन भएको भए मैले केही पनि भोग्नुपर्दैन थियो होला ।’

एकलाई पर्दा अर्को चुपचाप बस्ने वा कसैले केही भन्छ कि भनेर डराउने प्रवृत्ति रहेको बताउँदै भनिन्, ‘हिरोहरू त झन् बोल्नै सक्नुहुन्न । मेरो अपेक्षा हिरोहरूले नभने पनि हिरोइनहरू एकजुट हुनुपर्ने हो । तर कसैको पनि सपोर्ट छैन ।’

साइबर कानुनका जानकार बाबुराम अर्यालका अनुसार कानुनमा सुरक्षा पन्तमाथि भइरहेको आक्रमणलाई दुर्व्यवहारका हिसाबले हेर्न सकिन्छ । ‘यो विषय विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार महिलामाथिको दुर्व्यवहार कानुनअन्तर्गत जान सक्छ । यसमा पाँच वर्षसम्मको जेल सजाय, एक लाखसम्मको जरिवाना र क्षतिपूर्ति हुन सक्छ,’ उनी भन्छन् । अहिले समाजको स्वभाव रुढ हुँदै गएको र त्यसको रिफ्लेक्सन भर्चुअलमा भएको पनि उनी बताउँछन् । भन्छन्, ‘यस्तो हुनुमा प्रयोगकर्ताको डिजिटल लिट्रेसी नभएकाले उनीहरूको परिणाम अनुमान पनि गर्न नसक्ने र परिणामलाई वास्ता पनि नगरेको कारण यो किसिमका घटना भइरहेका छन् । हामी क्राइम र नन क्राइमका कुरामा प्रस्ट छैनौं । कानुनको विद्यमानताका बारेमा पनि धेरै मान्छेलाई थाहा छैन ।’

०००

अत्याचार र अराजकता देखाएपछि सहेर बस्न सकिन्न : ऋचा शर्मा
जहिल्यै यस्तो घटनाको सामना गर्ने त हिरोइनहरूले हो । आजसम्मको इतिहासमा हिरोहरूले खासै गर्नुपरेको छैन । उनीहरूले जे भन्दा पनि त्यसलाई यादै गरिन्न जस्तो लाग्छ । हिरोइनले केही भन्नेबित्तिकै एकदम पर्सनल्ली लिने प्रचलन नै हो । तपाईंले इतिहास हेर्नुभयो भने पूजा शर्मा, दीपाश्री निरौला, वर्षा राउत र मेरै केसमा पनि । र, अहिले सुरक्षा !Digital violence against women artists: Why are the filmmakers' organizations silent?

अत्याचार र अराजकता देखाएपछि सहेर बस्न सकिन्न । आफ्नै इन्डस्ट्रीको चेली बहिनीहरूलाई यस्तो भइरहेको छ भने म बोल्छु । म चुप लागेर डिप्लोम्याटिक हुने हिरोइन भएको भए केही पनि भोग्नुपर्दैन थियो होला । भोलिका दिनमा मलाई कसैले साथ नदिए पनि म बोल्छु । किनकि सही हो भने सही र गलत हो भने गलत भन्ने हिम्मतचाहिँ राख्नुपर्छ । यो बेलामा तपाईंले आफ्नो आवाज राख्न पाउनुपर्छ ।

मैले आवाज उठाएँ । आवाज उठाएको यहाँ मन पर्दैन । महिलाले आवाज उठाएको त झनै मन पर्दैन । यही कुरा हिरोले गरेको भए फरक हुन्थ्यो होला । हिरोहरू त झन् बोल्नै सक्नुहुन्न । सिनियरदेखि जुनियरले पनि बोल्न सक्दैनन् । मेरो अपेक्षा हिरोहरूले नभने पनि हिरोइनहरू एकजुट हुनुपर्ने हो । तर कसैको पनि सपोर्ट छैन ।

बोल्दा डर होला । भोलि मैले काम पाउँदिनँ कि, इमेज पो खत्तम हुने हो कि भन्ने डर होला । अहिले जुन प्रकारको आक्रमण आइरहेको छ, एकएक जनालाई एक्स्पोज गर्दै छु म । यतिसम्म कि मान्छेहरू को हुन्, कुन पेसामा लागिरहेका छन्, त्योसहित जानकारी लिइसकेको छु । म अब मुद्दा दर्ता गर्दै छु, म बाबुराम धिताल र सम्राट ठकुरी (अमरबहादुर सिंह) विरुद्ध । यी सबैको विरण आइसक्यो । हामीलाई सपोर्ट नगर्ने छन् भने गर्ने पनि त्यतिकै छन् । एउटा उदाहरण सेट गर्न एकदमै जरुरी भइसक्यो । सामाजिक सञ्जालमा तथानाम गाली दिने क्रम बढिरहेका छन् । यस्ता कुरा हामीले सुन्न जरुरी छैन । चित्त बुझेन भने आफ्नो कुरा राख्न पाउनुपर्छ । तर आमाचकारी गाली दिने कुरा हामीले सुन्न जरुरी छैन ।

कल्पना गर्नुस्, म एउटा स्थान बनाइसकेको फिल्म इन्डस्ट्रीको मान्छेलाई त यस्तो गर्छन् । एउटा सामान्य केटीलाई कस्तो गर्छन् होला ? कसरी डिल गर्ने उनीहरूले ? अनि किन यो देशमा बलात्कार र आत्महत्या जस्तो घटना हुन्नन् त ?

प्रकाशित : वैशाख १४, २०८२ २१:०३

सूचीकृत नहुने सामाजिक सञ्जाल बन्द गरिदिने सरकारको चेतावनीप्रति सरोकारवालाको चासो

Stakeholders' interest in the government's warning to close unlisted social networks

वैशाख १५, २०८२ 

काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्महरू सरकारले जारी गरेको निर्देशिकाबमोजिम सूचीकृत नभए बन्द गरिदिने सरकारको चेतावनीप्रति सांसद् र सञ्चार क्षेत्रका सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लगातार रूपमा आफूहरूले दिएको अन्तिम समयसीमाभित्र सूचीकृत हुन आनाकानी गरेका मेटा लगायत कम्पनीलाई नेपालमा चल्न नदिने दोहोर्‍याउँदै आएका छन् ।आइतबार संसद्मा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्ले यस विषयमा सरकारी शैलीको आलोचना गरेका थिए भने डिजिटल फ्रिडम कोलिसनले सामाजिक सञ्जाल प्लाटर्फम बन्द गराइदिने सरकारका प्रवक्ताको अभिव्यक्त्तीप्रति गम्भीर चिन्ता व्यक्त्त गरेको छ।

रास्वपा सांसद असिम शाहले संसद्को शून्य समयमा बोल्दै मेटासँगको वार्ता केबल यस कम्पनीसँगको वार्ता मात्र नभएर नेपालको डिजिटल भविष्यसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताएका थिए । उनले यस मामिलामा सरकारलाई संयमता, गम्भीरता र कुटनीतिक कौशल प्रदर्शन गर्न सुझाव दिए ।‘एक दिन, सात दिनको धम्की शैली छाडेर दीर्घकालीन सोच र व्यवहारिक उपाय अगाडि सार्नुपर्छ,’ शाहले भने, ‘डिजिटल युगलाई अपनाउने हो भने यो युगसँग सिक्नुपर्छ, युगलाई तर्साएर होइन ।’

हाल नेपालमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरजस्ता सामाजिक सञ्जाल बन्द हुने कि नहुने भन्ने बहस चुलिएको उल्लेख गर्दे उनले मेटा नेपालमा अनिवार्य ‘दर्ता’ हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरे । तर, अन्य देशमा दर्ता भइरहँदा नेपालमा किन तर्किरहेको छ भन्नेबारे मनन गरिनुपर्ने बताए ।

‘आज फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, म्यासेन्जर नेपाल जनताको सञ्चार र साना उद्यम र अभिव्यक्तीको आधार बनेको छ, त्यसैले मेटालाई नेपालमा दर्ता गराउनुपर्छ र विदेशी कम्पनीहरूले नेपालको कानुन र नीतिलाई सम्मान गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन,’ उनले भने, ‘तर हाम्रा कानुन र नीतिमा केही उल्झन छन् भने सोको समाधान नगरी चेतावनी मात्रै दिने हो भने त्यो लाजमर्दो हुन्छ ।’

फ्रिडम फोरम नेपाल, मिडिया एक्सन नेपाल, इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट, डिजिटल मिडिया फाउन्डेसन, एन्टेना फाउन्डेसन, फोरम फर डिजिटल इक्वालिटी लगायत ११ वटा संस्थाको प्रतिनिधि डिजिटल फ्रिडम कोलिसनले पनि सामाजिक सञ्जाललाई सात दिने अल्टिमेटम दिई प्रतिबन्ध लगाउने सञ्चार मन्त्री गुरुङको चेतावनीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

नेपालको संवैधानिक र अन्तर्राष्ट्रिय दायित्वहरूको पालना नगरी सरकारले सामाजिक सञ्जाल सेवा प्रदायकहरूलाई प्रतिबन्ध लगाउने तयारी थालेको भन्दै कोलिसनले आपत्ति जनाएको हो । कोलिसनका अनुसार सरकारले यस्ता कदम उठाउँदा पारदर्शिता र सार्वजनिक परामर्शको पूर्ण अभाव देखिएको छ । यसले स्वेच्छाचारी निर्णय प्रक्रियाको खतरालाई उजागर गरेको विज्ञप्तिमा उल्लेख छ । यस्ता कदमले डिजिटल स्वतन्त्रता र नागरिक अधिकारहरूमा गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

‘सामाजिक सञ्जाल प्लाटफर्महरू अभिव्यक्ति स्वतन्त्रतालाई बढावा दिन, भेला हुने अधिकारलाई सक्षम पार्न र लोकतान्त्रिक अधिकारहरूको प्रयोग गर्न अपरिहार्य माध्यम बनेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपालको डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउन, व्यक्तिहरूलाई सक्षम बनाउन र सीमान्तकृत समुदायहरूको आवाजलाई बुलन्द गर्न पनि तिनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। यी प्लाटफर्महरूलाई प्रतिबन्ध लगाउने प्रयासले यी महत्त्वपूर्ण उपलब्धिहरूलाई जोखिममा पार्नेछ ।’

सामाजिक सञ्जाल प्रतिबन्धले सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र सञ्चार माध्यमहरूको दिगोपनमा दीर्घकालीन नकारात्मक असर पार्ने कोलिसनले चेतावनी दिएको छ । साथै, यस्तो कदमले पत्रकारहरूलाई स्वतन्त्र रूपमा रिपोर्ट गर्न गाह्रो बनाउने, सेन्सरशिपको जोखिम बढाउने र डिजिटल अर्थतन्त्र तथा रोजगारीमा गम्भीर असर पार्ने उल्लेख गरिएको छ ।

‘साना, मझौला वा ठूला उद्यमहरू लगायत लगभग सबै व्यवसायहरू मार्केटिङ, ग्राहक संलग्नता, बिक्री, अनलाइन समर्थन र अन्य धेरैका लागि सामाजिक सञ्जालमा निर्भर छन्, यी व्यवसायहरूले ठूलो परिचालन अवरोधहरू भोग्नेछन्, फलस्वरूप डिजिटल मार्केटिङ, सामग्री निर्माण, अनलाइन व्यापार र ग्राहक सेवा जस्ता क्षेत्रहरूमा व्यापक रोजगारी गुम्नेछ,’ विज्ञप्तीमा भनिएको छ ।

कोलिसनले संसदीय कानुन नबन्दै सरकारले लागू गरेको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थापन गर्ने निर्देशिका, २०८०’ ले शुरुदेखि नै चिन्ता बढाएको टिप्पणी गरेको छ । सरोकारवालासँगको पर्याप्त परामर्शबिना यस्ता निर्देशिकाको कार्वान्यवनले पारदर्शिता र जवाफदेहिताको सिद्धान्तको उल्लंघन गर्ने कोलिसनको दाबी छ । नागरिक अधिकारहरूलाई असर पार्ने कुनै पनि उपाय संवैधानिक र लोकतान्त्रिक प्रक्रियासँग मेल खाने गरी मात्र अगाडि बढाउन कोलिसनले सरकारलाई आग्रह गरेको छ ।

सञ्चारमन्त्री गुरुङले भने केही दिनयता हरेक सार्वजनिक कार्यक्रममा विशेषगरी मेटा र अन्य प्लाटफर्महरू नेपालमा सूचीकृत हुनैपर्ने र नभएर बन्द गरिदिने चेतावनी दिँदै आएका छन् । शनिबार ललितपुरमा आयोजित नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको ५० औँ वार्षिक साधारणसभामा पनि उनले अबको एक साताभित्र फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्टाग्राम लगायत मेटाका प्लाटफर्महरू सूचीकृत नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका थिए ।

मेटाको आम्दानी नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)भन्दा धेरै भए पनि नेपालको स्वाधीनता आर्थिक मूल्यमा जोख्न नमिल्ने मन्त्री गुरुङको भनाइ थियो । ‍उनले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाल सेवा प्रदायकहरूले अनिवार्य रूपमा देशको कानुन पालना गर्दै दर्ता हुनुपर्ने र कर तिर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

निर्देशिकाअनुसार सूचीकृत नभए पनि माइक्रोसफ्ट, गुगल, मेटा, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता विश्वका ठूला सामाजिक सञ्जाल एवं सूचना प्रविधि कम्पनीहरू नेपालमा दर्ता छन् । यी कम्पनीले विगत तीन वर्षदेखि नियमित विद्युतीय सेवा कर (डीएसटी) र मूल्य अभिवृद्धि कर तिर्दै आएका छन् ।

ठूला करदाता कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ती कम्पनीले सरकारलाई साढे ४१ करोड कर तिरेका थिए । गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागमा दर्ता भई प्यान नम्बर लिएका १८ कम्पनीले २ अर्ब ७५ करोड ८० लाख ३२ हजार रुपैयाँको कारोबार गरेका थिए ।

यसबापत ती कम्पनीले सरकारलाई ३५ करोड ८५ लाख ४४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र ५ करोड ८१ लाख ७५ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेका हुन् । भ्याट र विद्युतीय सेवा कर गरी ग्लोबल टेक कम्पनीबाट सरकारले कुल ४१ करोड ६७ लाख १९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

प्रकाशित : वैशाख १५, २०८२ ०९:३७

अभिव्यक्तिकै कारण घृणाकाे सिकार बन्दै सुरक्षा पन्त तर याे पहिलाे घटना हाेइन

This is not the first incident of the security guard becoming a victim of hatred due to his expression

Highlights

  • यसअघि राजनीतिक विचार राखेकै कारण प्रकाश सपुतदेखि मह जोडी पनि यस्तै आलोचना र घृणाको सिकार भएका थिए
  • पछिल्ला दिन स्वतन्त्र रूपमा आफ्नो विचार राख्दा सर्जक तथा फिल्मकर्मीमाथि तारन्तार सामाजिक सञ्जालमा आक्रमण भइरहेका छन्, त्यसैको पछिल्लो कडी मात्रै हो, सुरक्षा पन्तको घटना

काठमाडौँ — केही दिनयता एक टेलिभिजन कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि सामाजिक सञ्जालमा व्यक्तिगत आक्रमण भइरहेको छ । फरक मत राख्नेभन्दा पनि गालीगलौज गर्ने र विचारलाई नै निषेध गर्ने काम जारी छ ।उनलाई व्यक्तिगत रुपमा गालीगलौज गर्नेमा राजावादीहरूको समूह सक्रिय रहेको सजिलै बुझ्न सकिन्छ । कतिसम्म भने शुक्रबारबाट प्रदर्शनमा आउन लागेको उनी अभिनित फिल्म ‘खेल’लाई बहिष्कार गर्नुपर्छ भन्ने अराजक अभियान सामाजिक सञ्जालमा केही समूहले चलाइरहेका छन् । अभिव्यक्तिकै कारण फरक मत राख्ने वा फरक विचार निषेध गर्ने समूहबाट आलोचना र घृणाको सिकार भएको यो पहिलो घटना भने होइन ।

यसअघि राजनीतिक विचार राखेकै कारण प्रकाश सपुतदेखि मह जोडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ) पनि यस्तै आलोचना र घृणाको सिकार भएका थिए ।

के थियो घटना ?
रजतपट अनलाइट टीभी नामक युट्युब च्यानलमा तीन दिनअघि सार्वजनिक कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले सुरक्षालाई पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रको तस्बिर देखाउँदै उनीकेन्द्रित प्रश्न सोधेका थिए, ‘भविष्यमा उहाँलाई कुन रुपमा हेर्न चाहनुहुन्छ ?’

सुरक्षाले हृदयेन्द्रको लुक्स राम्रो भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाएकी थिइन् । थपेकी थिइन्, ‘लुक्स राम्रो छ । अभिनय पनि सक्नुहुन्छ होला । कुनै आर्टतिर लाग्नुभयो भने दामी हुन्छ । सिनेमा क्षेत्रमा स्वागत छ उहाँलाई ।’ प्रश्नकर्ता सुवेदीले थप्दै भने, ‘कहीँ कतै उहाँलाई राजा बनाए हुन्छ भन्नेसम्मको अभिव्यक्ति मैले कतै पढेको छु ।’

जवाफमा सुरक्षाले भनिन्, ‘राजा बनाउने भन्ने कुरा कहाँ, हामीले स्वीकारेकै छैनौं । त्यो त भन्न सकिन्नँ ।’ प्रश्नकर्ताले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो देखाउँदा सुरक्षाले सौहार्दपूर्ण तरिकाले आफ्नो विचार राखेकी थिइन् । उनले पूर्वराजा शाह देशको सामान्य नागरिक, सचेत जनता भनेकी थिइन् ।

प्रश्नकर्ताले सन्दर्भलाई ‘राजा कि गणतन्त्र’ भन्नेतर्फ लगिरहँदा सुरक्षाले गणतन्त्रमा भइरहेको प्रणालीलाई नै अझ राम्रो बनाउनुपर्ने मत राखेकी थिइन् । त्यही अभिव्यक्तिलाई लिएर अहिले सुरक्षामाथि सामाजिक सञ्जालमा राजावादीहरूले आक्रोश पोखिरहेका हुन् । त्यो पनि असभ्य र निकृष्ट शब्द प्रयोग गरेर ।

फिल्मकर्मीलाई बोल्नै डर
पछिल्ला दिन स्वतन्त्र रुपमा आफ्नो विचार राख्दा सर्जक तथा फिल्मकर्मीमाथि तारन्तार सामाजिक सञ्जालमा आक्रमण भइरहेका छन् । त्यसैको पछिल्लो कडी मात्रै हो, सुरक्षा पन्तको घटना ।

गत फागुनमा गायक तथा अभिनेता प्रकाश सपुतले ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकर्पणमा प्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी भएको भन्दै प्रशंसा गरेका थिए । ओलीमाथि प्रशंसा गरेकै कारण उनले सामाजिक सञ्जालमा गालीगलौजको सामना गर्नुपर्‍यो । तुच्छ शब्दमार्फत उनलाई जातीय विभेद पनि गरियो । रिलिज नजिकै रहेको उनको फिल्म ‘वसन्त’ बहिष्कारको अभियानसमेत चल्यो ।

यही घटनाका कारण अहिले त उनी आफ्नो अभिव्यक्ति राख्न पनि हच्किरहेका छन् । केही समयअघि पोखरामा भएको एक सांगीतिक कार्यक्रममा उनले आफू केही नबोल्ने बरु गीत मात्रै गाउने बताएका थिए । चैत पहिलो साता पूर्वमा तय भएको एक साहित्यिक महोत्सवमा उनी अतिथि थिए तर अन्तिम समय यही कारण ‘क्यान्सिल’ गरे ।

लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता वा अन्य राजनीतिक विषयमा आफ्नो विचार राख्नेबित्तिकै कलाकारहरु आक्रमणको सिकार हुन थालेपछि अरु कलाकारसमेत बोल्न हच्किने वा अनौपचारिक कुराकानीमा खुलेर बोले पनि सार्वजनिक अभिव्यक्ति दिनै डराउने अवस्थामा पुगेका छन् ।

सुरक्षामाथि जे भइरहेको छ त्यस विषयमा हामीले केही कलाकारसँग उनीहरुको मत बुझ्न खोजेका थियौं । तर धेरैजसोले जे भइरहेको छ, त्यसमा असहमति राखे तर खुलेर बोल्दा आफू पनि विवादमा तानिने भएकाले नाम सार्वजनिक नगर्न अनुरोध गरे ।

‘यो गम्भीर कुरा हो । बोल्नुपर्ने विषय पनि हो । तर अहिले बोल्ने माहोल छैन । अहिले बोलेका कुरा कतिबेला बाहिर ल्याइन्छ पत्तो हुन्न । निसाना साँधेर बसेका हुन्छन्,’ नाम नखुलाउने सर्तमा एक फिल्मकर्मीले भने । उनले थपे, ‘स्वच्छ रुपमा मनमा लागेको कुरा बोल्न पाउनुपर्छ । त्यो अधिकार नै हो । यसरी बोल्दा अपाच्य शब्दमार्फत गालीगलौज आउँछन् भने कानुनको ढोका ढकढक्याउनुपर्छ ।’

कतिपय अभिनेताहरूको धारणा पनि यही छ । मनमा लागेका कुरा स्वतन्त्रतापूर्वक भन्न सकिने अवस्था नरहेको बताउँदै उनीहरू यस्तो प्रवृत्तिबारे कुरा गर्न अनकनाए ।

नाम नखुलाउने सर्तमा एक फिल्मकर्मीले पनि चिन्ता व्यक्त गरिन् । ‘अहिले बोल्न नै डराउनुपर्ने अवस्था छ । राम्रो कुरा बोल्दा पनि बढी जान्ने भयो भनेर खेद्ने डर छ । समय सान्दर्भिक तटस्थ हुनुपर्ने त होला,’ उनले भनिन्, ‘बोल्न पाउनु मानिसको चाहनाको कुरा हो । के मन पर्छ, के मन पर्दैन भनेर उसले कुनै पक्ष लिन पाउँछ । तर अहिले त केही बोल्यो कि तनाव हुन्छ ।’

सुरक्षाले भने आफूमाथि भइरहेको साइबर आक्रमणबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । बुधबार साँझ फिल्म ‘खेल’को प्रिमियरमा युट्युबरहरूले ‘राजावादी तपाईंमाथि भड्किरहेका छन् नि’ भन्दै प्रश्न तेर्स्याए । तर उनले कुनै प्रतिक्रिया दिइनन् । पटकपटक प्रश्न आइरहँदा उनले भनिन्, ‘नो कमेन्ट, नो पोलिटिकल क्वेस्चन ।’

मानवअधिकारकर्मी मोहना अन्सारी सुरक्षाले आफ्नो अभिव्यक्ति सभ्य तरिकाले प्रस्तुत गरेको बताउँछिन् । ‘हुन त त्यो इन्टरभ्यु नै कन्ट्रोभर्सी निम्त्याउने खालको हो । उहाँको शोमा जहिल्यै यस्तै कुरा आउँछ,’ अन्सारीले भनिन्, ‘सुरक्षा आफैंमा अध्ययनशील र बौद्धिक हुनुहुन्छ । उहाँ होच्याउने, गालीगलौज गर्नेजस्ता काम कहिल्यै गर्नुहुन्न । अहिले सभ्य भाषामा केही कुरा भन्दा पनि गालीगलौज आइरहेका छन् । गालीगलौज र कसैलाई अपाच्य शब्द बोल्नु हाम्रो परम्परा होइन ।’

यसो हुनुको कारण युवापुस्तामा भएको निराशा ठान्छिन् मोहना । तर यसले सौहार्दपूर्ण वातावरण निर्माण नगर्ने उनी बताउँछिन् । ‘यसरी अपाच्य शब्द र गाली गलौजविरुद्ध सुरक्षाले कानुनी उपचार खोज्नुपर्छ । यसलाई निरुत्साहित गर्नुपर्छ । विचार राख्न मान्छेहरू स्वतन्त्र छन्,’ उनी भन्छिन् ।

This is not the first incident of the security guard becoming a victim of hatred due to his expression

हास्य कलाकार मनोज गजुरेल पछिल्लो समय राजनीतिक अस्थिरता, सामाजिक सञ्जालको सर्वपहुँच र त्यसलाई नियमन नगर्दा यस्ता समस्या आइरहेको बताउँछन् । ‘आफ्नो विचार राख्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । सभ्य ढंगमा राखिएका विचारमा पनि सामाजिक सञ्जनालमा आउने नेगेटिभ गालीले हाम्रो समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उठ्छ,’ उनी भन्छन् ।

समाजलाई पुरानै लयमा फर्काउन, विचारको स्वतन्त्रलाई सम्मान गर्न सबै पक्षले पहल गर्नुपर्ने उनी बताउँछन् । ‘अहिले सत्य बोल्ने मान्छे पनि बोल्न डराइरहेका छन् । अब हामीले सभ्य भाषामा आफ्नो विचार राख्ने अभियान नै चलाउनुपर्ने देखिन्छ,’ मनोज भन्छन् ।

फिल्म निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ सही कुरा भन्नका लागि पनि अहिले सही माहोल नभएको बताउँछन् । ‘अहिले देशको माहोलका कारण मानिसहरू आँखामा आगो बोकेर हिँडिरहेका छन् । धमिलो बाढीमा मुढा बगाउनेहरू छन् । त्यही मौकामा केही आफ्नो एजेन्डा लादिरहेछन्,’ उनी भन्छन्, ‘कतिपय कुरा कहाँ कुन परिस्थितिमा भन्ने कि नभन्ने भनेर सोच्नुपर्छ । सही कुरा पनि सबै ठाउँमा बोल्दा ठिक हुन्छ भन्ने हुन्न । परिस्थिति बुझेर बोल्नुपर्ने अवस्था छ ।’

प्रकाशित : वैशाख ११, २०८२ २०:०५

सामाजिक सञ्जाल न दर्ता हुन्छन्, न त राजस्व तिर्छन्

सामाजिक सञ्जाल न दर्ता हुन्छन्, न त राजस्व तिर्छन्

काठमाडौं : सामाजिक सञ्जालको प्रयोग नगर्ने को होला ?   तर, सूचना, मनोरञ्जन र शिक्षासँगै यसबाट प्रताडित हुनेको संख्या बढ्दो छ। त्यसैकारण सरकारले सामाजिक सञ्जालको नियमनका लागि नेपालमै दर्ता हुन आह्वान गरेको छ। तर, अधिकांश सामाजिक सञ्जाल/प्लेटफर्मले सरकारी आह्वानको बेवास्ता गरेका छन। अर्थात्, दर्ता हुन आनाकानी गरेका छन्। सूचना तथा प्रविधि मन्त्रालयले ०८१ चैत १२ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न भन्दै नेपालभित्र सञ्चालनमा  रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई ३० दिनभित्र सूचीकरण हुन सार्वजनिक सूचना जारी गर्‍यो। सरकारले  दिएको अबधि सकिन लागेको छ। तर, हालसम्म एउटा पनि सामाजिक सञ्जाल  सूचीकरणका लागि तयार भएका छैनन्।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैं वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची– १ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ। व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा छ।  सूचनामा भनिएको छ, ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न मन्त्रालयमा सूचीकरण गर्न तथा नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न सूचनामार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले देशभित्र सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी पनि  दिएको छ। यस्ता सामाजिक सञ्जालको नियमनको लागि सार्वभौम कानुन बाध्यकारी  नै हुन्छ। सरकारले सूचना जारी गरेको भन्दा पहिले नै तीनवटा सामाजिक सञ्जाल दर्ता भएर सञ्चालनमा छन्।  कानुनी  व्यवस्थाअनुसार भाइवर मिडिया, टिकटक र सारांश मिडिया ल्याब प्रालि(विटक) मन्त्रालयमा सूचीकरण भएर सञ्चालनमा रहेको  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिए। फेसबुक, ह्वाट्सएप, वीच्याट, स्नापच्याट, टेलिग्राम, इन्स्ट्राग्राम, युट्युब,एक्स जस्ता सामाजिक  सञ्जाल प्लेटफर्म दर्ता हुन आएका छैनन्। नेटफ्लिक्स, लिंकेडिङ, थ्रेड्स, डिसकोर्ड, रेडडिट जस्ता प्लेटफर्म पनि दर्ता भएका छैनन्। सरकारले पटक–पटक दर्ताका लागि उनीहरूलाई आह्वान गर्दै आएको छ। सहसचिव ठाकुर अझै केही दिन समय रहेकाले दर्ताका लागि आउने आशा व्यक्त गर्छन्। ‘हेरौं, अझै एक साता छ, अन्तिममा आउँछन कि ?’  उनले भने।

दर्ता किन ?    

सामाजिक सञ्जालमा बढदो विकृति, ठगी, अपराधलाई नियन्त्रण गर्न सरकारले सामाजिक सञ्जाल दर्ताको आवश्यकता महसुस गरेको हो। पछिल्लो समय सामाजिक सञ्जालबाट नकारात्मक र सकारात्मक धेरै कन्टेन्ट आइरहेका छन्।  अझ सकारात्मकभन्दा नकारात्मक धेरै छन्। सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव ठाकुर सामाजिक सञ्जालमा आएका नकारात्मक कन्टेन्टको व्यवस्थापन आवश्यक भएकोले दर्ताको लागि आह्वान गरिएको बताउँछन्।

कानुनी दायरामा ल्याउन

सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई मुलुकको कानुनी दायरामा ल्याउनका लागि दर्ता गर्न खोजेको हो। प्रवक्ता ठाकुर भन्छन्, ‘उनीहरू नेपालमा दर्ता भएनन् भने नेपालको कानुन मान्नुपर्दैन, सामाजिक सञ्जालमा आउने कन्टेन्ट हाम्रो नियम कानुनअनुसार होस् भनेर दर्ताका लागि भनिएको हो।’ दर्ता भएमा नियमन गर्न सजिलो हुन्छ।

अपराध पहिचान गर्न 

सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराधिक गतिविधि बढेका छन्। पछिल्लो समयमा फेक सूचना, साइबर क्राइमका घटना अत्याधिक बढिरहेका छन्। यस्ता घटनाको अनुसन्धानका गर्नका लागि पनि सामाजिक सञ्जाल प्लेटफर्कको दर्ता आवश्यक रहेको ठाकुर बताउँछन्। सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नभएका कारण कुनै पनि अपराधिक गतिविधिको अनुसन्धानका लागि धेरै समय खर्च हुँदै आएको छ। ‘फेक सूचना,  साइबर क्राइमलगायतका गलत कामको अध्ययन अनुसन्धान गर्न पनि उनीहरूले सहयोग गर्नुपर्छ, त्यसका लागि दर्ता आवश्यक छ,’ उनले भने। सामाजिक सञ्जाल र सरकारबीच समन्वयत्मक वातावरण बनाउनका लागि पनि दर्ता आवश्यक छ।

उनीहरूले नेपालमा नै प्रतिनिधि तोक्नुपर्ने कानुनी प्रावधान पनि छ। ‘प्रतिनिधि तोक्दा उनीहरूसँग कुनै ‘कन्टेन्ट फिल्टरिङ’ मा छलफल गर्न सकिन्छ,जसले समन्वयको वातावरणको सिर्जना हुन्छ,’ ठाकुरले भने। राजस्व संकलन : सामाजिक सञ्जालमार्फत ठूलो मात्रमा राजस्व संकलन हुने सम्भावना छ। मुलुकमा  विद्युतीय सेवा करको सम्भावना उच्च छ। फेसबुक,  गुगल, युट्युब, नेटफ्लिक्स,  अमेजन, एप्पल सेवा, क्लाउड कम्प्युटिङ,  मोबाइल एप्सजस्ता सामाजिक सञ्जालको प्रयोगबाट हाल ३४-३५ करोड राजस्व संकलन भइरहेको छ। नीतिगत सुधार, प्रविधिको सुदृढीकरण, अन्तर्राष्ट्रिय सहकार्य र कानुनी स्पष्टता भएमा १ अर्बभन्दा बढी  राजस्व उठ्ने सम्भावना छ। करमा हाल १९ वटा अन्तर्राष्ट्रिय डिजिटल सेवा प्रदायकहरू दर्ता छन्। सरकारले यिनीहरूलाई करको दायरामा ल्याएर २ प्रतिशत सेवा कर संकलन गर्ने प्रक्रिया अघि बढाएको छ। सामाजिक सञ्जालमार्फत डिजास्टर म्यानेजमेन्ट, शिक्षा, पर्यटनलगायतमा कमाइरहेका छन्। यसको लागि पनि दर्ता आवश्यक रहेको छ।

ऐनको पर्खाइ 

सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रियसभामा विचाराधीन छ। माघ १८ गते दर्ता भएको विधेयक २७ गते राष्ट्रियसभामा प्रस्तुत भएको थियो। सामाजिक सञ्जालको सञ्चालन,  प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेर ल्याउन लागिएको हो। त्यस्तै सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाइ सामाजिक सञ्जालको सञ्चालन  र प्रयोगलाई मर्यादित, सूरक्षित र व्यवस्थि तगर्ने तथा नियमन गर्ने सम्बन्धमा कानुन निर्माण गर्न आवश्यक भएको हो।

विधेयकमा के छ ?    

संसद्मा रहेको विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य दर्ताको व्यवस्थाको प्रस्ताव गरिएको छ। फेसबुक, ह्वाट्सएप, युट्युब, टिकटक, एक्स, वीच्याट, इस्ट्राग्राम लगायतका प्लेटफर्मले अब अनिवार्य रूपमा दर्ता हुनुपर्ने भएको छ। सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गरी सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई नियमन गर्न यो ऐन ल्याउन लागिएको हो।

त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नु पर्ने सर्त, द्रुत प्रतिकार्य समूह गठन र सचेतना  कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी व्यवस्था पनि विधेयकमा छ। सामाजिक सञ्जाल व्यवस्थापनका लागि संस्थागत व्यवस्था, सामाजिक सञ्जाल प्रयोगमार्फत हुने कसुर तथा सजाय, अनुसन्धान, अभियोजन, मुद्दा हेर्ने र पुनरावेदन सुन्नेसम्बन्धी प्रावधान पनि छ। दर्ता नगरी सञ्चालन गर्न नपाइनेदेखि राष्ट्र हित प्रतिकूल हुने कार्य गर्न नहुने, साइबर बुलिङ गर्न नहुने, साइबर स्टकिङ गर्न नहुने, कसैको आईडी तथा सूचना ह्याक गर्न नहुने, फिसिङ वा इम्पोस्टर स्क्याम गर्न नहुने व्यवस्था गरिएको छ।

सेक्सटोर्सन वा एक्सटोर्सन गर्न नहुने, बीभत्स तस्बिर वा अडियो वा भिडियो पोस्ट वा सेयर गर्न नहुने, अश्लील मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न नहुने, डिपफेक भिडियो अपलोड वा प्रसार गर्न नहुने, बेनामी वा छद्मभेषी पहिचान बनाउन वा प्रयोग गर्न नहुने, दुरुत्साहन, उद्योग वा षड्यन्त्र गर्न नहुने व्यवस्था गरिएको छ।

त्यस्तै नेपाल बाहिरबाट सञ्चालित अनुमतिपत्र प्राप्त व्यक्तिले सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा आएका गुनासो सम्बोधन तथा सम्पर्क गर्ने प्रयोजनका लागि नेपालभित्र सम्पर्क बिन्दुको स्थापना गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ। विधेयकमा अनुमतिपत्र प्राप्त व्यक्तिले कुनै संस्था वा निकायलाई सम्पर्क बिन्दु तोक्न सक्ने व्यवस्थाको प्रस्ताव गरिएको छ।

कसरी नियमन गर्छ ? 

विधेयकमा कडा कानुनी व्यवस्थाका प्रावधान छन्। सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई ५ वर्ष कैददेखि १ करोडसम्मको जरिवानाको प्रस्ताव गरिएको छ। विधेयकमा अनुमतिपत्र नलिई सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नपाइने व्यवस्था छ। बिना अनुमतिपत्र चलाएमा सरकारले प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

विकृति कस्ता कस्ता ?   

‘केही दिनयता मेरो फोटो र नाम प्रयोग गरी ९८०७५४३२६२ नम्बरको नक्कली ह्वाट्सएप च्याटबाट विभिन्न कर्मचारीहरूलाई झुटा म्यासेज पठाइ ठगी गर्ने दुस्प्रयास गरेको देखिएकाले सचेत रहन अनुरोध गर्दछु,’ सरकारका सचिव रविराज पन्तले सामाजिक सञ्जालमा लेखेका छन, ‘म विगत एक साता अगाडिदेखि आजसम्म सामाजिक सञ्जालको सम्पर्क नहुने स्थानमा रहेकाले यस वालमार्फत आवश्यक सतर्कता अपनाउन अनुरोध गर्न ढिला भएको जानकारी गराउँछु। सामाजिक सञ्जालको दुरुपयोग गरी ब्यक्तिलाई बदनाम गराउन दुस्प्रयत्न गर्ने र ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिलाई आबश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाएको ब्यहोरासमेत अवगतार्थ अनुरोध गरेको छु।’

यो एउटा उदाहरण मात्रै हो। सामाजिक सञ्जालबाट यस्ता घटना दिनहुँ कुनै न कुनै नेपालीले भोगिरहेका छन्।  अनुसन्धानका अनुसार, औसतमा एक दिनमा  मानिसले लगभग २६०० पटक मोबाइल फोन छुन्छन् र हरेक दिन लगभग ७ घण्टा मोबाइलमा रहन्छन्।  कहिले सामाजिक सञ्जाल स्क्रोलमा, कहिले युट्युबमा, कहिले नेटफ्लिक्समा चलचित्र हेरेर, जसले जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्छ। यसले पढाइ, जागिर, व्यवसायका साथै मानसिक स्वास्थ्यमा पनि असर गर्छ र कतिपय मानिसहरू लतको समस्याबाट ग्रस्त हुन्छन्।

  • गोपनीयता  भंग: सामाजिक सञ्जालमार्फत धेरै गोपनीयता भंगन हुने र सुरक्षा चिन्ताहरू ल्याउने गरेको छ।
  • गलत सूचना  प्रवाह : सामाजिक सञ्जालमा सूचनाको द्रुत प्रसारको कारणले गर्दा गलत वा भ्रामक सूचनाको प्रवाह हुन्छ। यसले भ्रम, अफवाह र जनमत र आचरणमा प्रतिकूल प्रभाव पार्न सक्छ।
  • साइबरबुलिङ र उत्पीडन 
  • समयको दुरुपयोग र लत   : अत्यधिक प्रयोगले समयको दुरुपयोग हुन्छ।  साथै सम्बन्ध, उत्पादकता र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
  • युवामा गहिरो सामाजिक सम्बन्धको अभाव, एक्लोपन  : यसले पारिवारिक, सामाजिक सम्बन्धहरू प्राय: कमजोर र सतही बनाउने काम गर्छ।  अर्कोतर्फ, अलर्ट र अपडेटहरूको कहिल्यै अन्त्य नहुने अत्यधिक ध्यान भंग गर्ने, एकाग्रता र उत्पादकत्वलाई कमजोर पार्ने हुन सक्छ। यो विशेष गरी आफ्नो काममा ध्यान केन्द्रित गर्नै पर्ने पेसेवरहरू र विद्यार्थीहरूको लागि समस्याजनक छ।
  • ठगी ,शोषण र घोटाला : फिसिङ घोटालादेखि नक्कली विज्ञापनसम्मका फैलाउने काम गर्छ।   जसबाट बच्न प्रयोगकर्ताहरू सतर्क हुनुपर्छ ।
  • समयको अत्यधिक दुरुपयोग  : मानिसहरूले दैनिक घण्टौँ सामाजिक सञ्जालमा बिताउँछन्, जसले पढाइ, जागिर, वा व्यक्तिगत जीवनमा असर पुर्‍याउँछ।
  • निन्द्रा समस्या  : राति अबेरसम्म फोन चलाउने बानीले निद्रामा गडबडी ल्याउँछ, जुन स्वास्थ्यका लागि हानिकारक छ।
  • एक्लोपन र मानसिक स्वास्थ्य समस्या : निरन्तर सामाजिक सञ्जालमा देखिने ‘सजिएको जीवन’ हेर्दा मानिसहरूमा आत्मग्लानि, डिप्रेसन, वा न्यून आत्मविश्वासको भावना आउन सक्छ।
  • ध्यान केन्द्रित गर्न नसक्ने समस्या : विशेष गरेर किशोर–किशोरीहरूमा पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुने र छिटोछिटो उत्तेजित हुने प्रवृत्ति बढेको देखिन्छ।
  • रियल लाइफ सम्बन्धमा असर : अनलाइन कुराकानीमा झुमिएर पारिवारिक वा सामाजिक सम्बन्धमा दूरी बढ्ने समस्या देखिन्छ।

अर्थसामाजिक विज्ञ डा. देवेन्द्र गौचन सामाजिक सञ्जाल सूचना प्रवाहको गतिलो माध्यम भएकोले यसबाट गलत सूचना प्रवाह नहोस् भनेर नियमन आवश्यक रहेको बताउँछन्। उनले नियमन नहुँदा दुस्प्रचार हुने, विकृति फैलाउने भएकाले सही सूचना  प्रवाहका लागि नियमन हुनुपर्ने बताए।  ‘नेपालसहित विश्वभर नै सामाजिक सञ्जाल सूचना प्रवाह गर्ने, जनमानसमा जानकारी दिने, कुनै पनि सामाजिक संरचना विकासको सञ्चारको महत्वपूर्ण माध्यम भएको छ,’ उनले भने, तर सामाजिक सञ्जाल व्यवस्थित हुनुपर्छ, नियमन नभएको हुनाले  भ्रमपूर्ण सूचाना प्रवाह गर्ने, समाजलाई वेफाइदा हुने,  दुस्प्रचार गर्ने, विकृति फैलाउने काम पनि भइरहेको छ।’

यसकारण विद्युतीय सेवा कर

बलराम यादव

विद्युतीय सेवा कर के हो ? 

विद्युतीय सेवा कर डिजिटल प्लेटफर्म वा अनलाइन सेवाहरूमार्फत प्रदान गरिने सेवाहरूमा लागू गरिन्छ। यो कर सामान्यतया इन्टरनेट–आधारित कम्पनीहरू जस्तै सामाजिक सञ्जाल, अनलाइन बजार, स्ट्रिमिङ सेवाहरू र अन्य डिजिटल सेवा प्रदायकहरूले उत्पन्न गर्ने आम्दानीमा लगाइन्छ। यसको मुख्य उद्देश्य डिजिटल अर्थतन्त्रबाट राजस्व संकलन गर्नु र परम्परागत कर प्रणालीमा डिजिटल व्यवसायहरूको उचित प्रतिनिधित्व सुनिश्चित गर्नु हो। विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०८१ अनुसार सूचना प्रविधिको माध्यमबाट न्यूनतम मानवीय हस्तक्षेपमा सञ्चालन हुने सेवा, जस्तै विज्ञापन सेवा, चलचित्र, टेलिभिजन, संगीत, क्लाउड सेवा, गेमिङ सेवा, मोबाइल एप्लिकेसन, सफ्टवेयर आपूर्ति र अद्यावधिकलगायतका सेवामा लाग्ने कर विद्युतीय सेवा कर हो।

विश्वमा विद्युतीय सेवा करको अवधारणा

विश्वमा विद्युतीय सेवा करको अवधारणा डिजिटल अर्थतन्त्रको विस्तारसँगै विकसित भएको हो, जब इन्टरनेट प्रविधिको विकासले परम्परागत कर प्रणालीलाई चुनौती दिन थाल्यो। १९९० दशकदेखि नै भौतिक उपस्थिति बिना सेवा दिने कम्पनीहरू (जस्तै गुगल, अमेजन, फेसबुक) ले कर आधार क्षयीकरण र मुनाफा स्थानान्तरण (बीईपीएस) को समस्या बढाए। यस समस्यालाई समाधान गर्न ओईसीडी र जी२० ले सन् २०१३ मा (बीईपीएस) परियोजना सुरु गरे पनि एकरूपतामा समाधान नआएपछि फ्रान्स (३ प्रतिशत गाफा ट्याक्स), इटाली, स्पेन, बेलायत र भारतले आफ्ना डीएसटी (डिजिटल ट्याक्स) नीति लागू गरे।

ओईसीडीले सन् २०१९ मा ‘पिलर वन’ (मुनाफा पुनर्वितरण) र ‘पिलर टु’ (१५ प्रतिशत न्यूनतम कर दर) प्रस्ताव गरेको थियो जसलाई सन् २०२१ मा १ सय ३७ देशहरूले समर्थन गरे। तर कार्यान्वयनमा ढिलाइ हुँदा क्यानडालगायतका देशहरूले आफ्नै डीएसटी लागू गरे र बहुपक्षीय सन्धि सन् २०२५ मा कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ। विद्युतीय सेवा करको दायरा एआई, क्लाउड, स्ट्रिमिङलगायत आधुनिक डिजिटल सेवाहरूमा विस्तार हुँदैछ, तर यसको एकरूपता र पूर्ण कार्यान्वयन अझै अनिश्चित छ।

नेपालमा विद्युतीय सेवा कर

आर्थिक ऐन ,२०७५ ले डिजिटल सेवामा कर लगाउने व्यवस्था गरेपछि फेसबुक, गुगल, नेटफ्लिक्सजस्ता विदेशी सेवा प्रदायकहरूबाट कर संकलनको प्रस्ताव अघि आयो। आर्थिक वर्ष २०७६/७७ को बजेटले गैर–बासिन्दा कम्पनीलाई कर दायरामा ल्याउने नीति ल्यायो भने आर्थिक ऐन २०७७ ले डिजिटल विज्ञापनमा करको कानुनी आधार तयार गर्‍यो। २०७८ मा २ प्रतिशत दरको विद्युतीय सेवा कर घोषणा भयो जसअनुसार नेपालमा भौतिक उपस्थिति नभएका कम्पनीले प्यानमा दर्ता गर्नुपर्ने व्यवस्था गरियो। आर्थिक ऐन २०७९ ले १३ प्रतिशत भ्याट र २ प्रतिशत विद्युतीय सेवा कर लागू गर्दै डिजिटल सेवा (जस्तै सामाजिक सञ्जाल विज्ञापन, ई–कमर्स, सब्सक्रिप्सन) करयोग्य बनायो।  ‘विद्युतीय सेवा कर सम्बन्धी कार्यविधि, २०७९’ जारी भएपछि यसको कार्यान्वयन सुरु भयो र पछिल्लो ‘कार्यविधि, २०८१’ ले कर प्रक्रिया अझ स्पष्ट पार्‍यो। वार्षिक ३० लाखसम्मको कारोबारमा कर छुट छ, सोभन्दा बढीमा सम्पूर्ण रकममा कर लाग्छ। ३० दिनभित्र पान दर्ता र ३ महिनाभित्र भुक्तानी अनिवार्य छ, अन्यथा १५ प्रतिशत वार्षिक ब्याज लाग्छ। मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गरी गैर–बासिन्दा सेवा प्रदायकलाई भ्याटमा दर्ता गराउने व्यवस्था गरिएको छ। कार्यविधिहरूले कर प्रशासन, सेवा वर्गीकरण र जरिबाना प्रक्रिया स्पष्ट पारेका छन्। यसको कार्यान्वयन आन्तरिक राजस्व विभागले गर्छ र ठूला करदाता कार्यालयले अनलाइन पोर्टलमार्फत दर्ता र कर दाखिलाको सुविधा प्रदान गरिरहेको छ।

विद्युतीय सेवा करमा दर्ता भएका करदाताहरू

मुलुकमा विद्युतीय सेवा करमा हालसम्म १९ वटा अन्तर्राष्ट्रिय डिजिटल सेवा प्रदायकहरू दर्ता भएका छन् जसमा गुगल एसिया पसिफिक प्रालि, मेटा प्लेटफम्र्स आयरल्यान्ड लिमिटेड, गुगल आयरल्याण्ड लिमिटेड, टिकटोक प्रालि, नेटफ्लिक्स प्रालि, माइक्रोसफ्ट क्षेत्रीय बिक्री प्रालि, अमेजन वेब सेवा इन्क., अमेजन डट कम सेवा एलएलसी, एडोबी सिस्टम्स सफ्टवेयर आयरल्यान्ड लिमिटेड र जोहो कर्पोरेसन प्रालिलगायतका ठूला टेक कम्पनीहरू समावेश छन्। साथै, प्रोमेट्रिक जापान कम्पनी लिमिटेड, ईबीएससीओ इन्टरनेसनल इन्क, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स, पीअरसन एजुकेसन लिमिटेड, एप्पल डिस्ट्रीब्युसन इन्टरनेसनल लिमिटेड र एप्पल सर्भिसेस प्रालि जस्ता शैक्षिक तथा व्यावसायिक सेवाहरू प्रदान गर्ने कम्पनीहरू पनि दर्ता भएका छन्। यी कम्पनीहरूले नेपालमा डिजिटल सेवा प्रदान गर्ने भएकाले नेपाल सरकारले तिनीहरूलाई करको दायरामा ल्याई २ प्रतिशत विद्युतीय सेवा कर संकलन गर्ने प्रक्रिया अघि बढाएको छ।

विद्युतीय सेवा करको संकलनको अवस्था

आर्थिक वर्ष विद्युतीय सेवा करको कार्यान्वयन अवस्था (रु.)
२०७९/८० पहिलो वर्षको कार्यान्वयन ९१७०८५१४.८०
२०८०/८१ दोस्रो वर्ष, प्रक्रिया सुधार ३७,०४,६२,०७०.००
२०८१/८२ को फागुन मसान्तसम्म तेस्रो वर्ष, प्रक्रियागत र कानुनी सुधार ३४,११,७३,२४२.००
स्रोत: आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौं
नेपालमा विद्युतीय सेवा करको संकलनको अवस्था प्रस्तुत गरिएको डाटाको आधारमा विश्लेषण गर्दा केही महŒवपूर्ण पक्षहरू देखा पर्छ।

सुरुवात र सुधारको प्रक्रिया:

  • २०७९/८० को आर्थिक वर्षमा विद्युतीय सेवा करको संकलन ९१७०८५१४.८० रुपैयाँ भएको छ। यो पहिलो वर्षको कार्यान्वयनको परिणाम हो र यसमा कम संकलन देखिन्छ जसले पहिलो वर्षमा प्रणालीको सुरुवातका समस्याहरू र प्रशासनिक चुनौतीहरूको संकेत गर्दछ।
  • २०८०/८१ मा दोस्रो वर्षको क्रममा प्रक्रिया सुधारको साथ विद्युतीय सेवा कर संकलन ३७०४६२०७०.०० रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा धेरै ठूलो वृद्धि हो जसले प्रक्रियागत सुधार र कर संकलन प्रणालीको सुदृढीकरणको परिणामको रूपमा राम्रो प्रगति देखाउँछ।

तेस्रो वर्षको सुधार र संकलन:

  • २०८१/८२ को फाल्गुण मसान्तसम्म विद्युतीय सेवा कर संकलन ३४,११,७३,२४२.०० रुपैयाँ भएको छ। यो पनि उल्लेखनीय संकलन हो र प्रक्रियागत र कानुनी सुधारहरूको प्रभाव देखाउँछ। तेस्रो वर्षमा यो संकलन भने दोस्रो वर्षको तुलनामा बढ्ने निश्चित छ। चालु आ.व. २०८१/०८२ को बाँकीको चार महिनामा यो संकलन बढ्नेछ।

नेपालमा विद्युतीय सेवा करको सम्भावना

नेपालमा विद्युतीय सेवा करको सम्भावना उच्च छ किनभने फेसबुक, गुगल, युट्युब, नेटफ्लिक्स, अमेजन, एप्पल सेवा, क्लाउड कम्प्युटिङ, मोबाइल एप्सजस्ता डिजिटल सेवाहरूको प्रयोग तीव्र रूपमा बढिरहेको छ। हालको कर संकलन ३४–३५ करोड भए पनि नीति सुधार, प्रविधिको सुदृढीकरण, अन्तर्राष्ट्रिय सहकार्य र कानुनी स्पष्टतामार्फत यो १ अर्ब वा सोभन्दा माथि पुर्‍याउन सकिने सम्भावना छ। भारत, फ्रान्स, बेलायत, स्पेनजस्ता देशहरूले २–६ प्रतिशत डिजिटल सेवा कर लागू गरिसकेको सन्दर्भमा नेपालले पनि कर दर परिमार्जन, अन्तर्राष्ट्रिय कर प्रणालीसँग समन्वय र प्रविधिमा सुधारमार्फत कर संकलन प्रभावकारी बनाउन सक्नेछ।

विद्युतीय सेवा करका प्रभाव

नेपालमा विद्युतीय सेवा कर लागू भएसँगै राजस्व संकलनमा वृद्धि, डिजिटल व्यवसाय प्रवद्र्धन र कर प्रणाली सुधारजस्ता सकारात्मक प्रभावहरू देखिएका छन्। यसले विदेशी डिजिटल सेवा प्रदायकलाई कर दायरामा ल्याई प्रतिस्पर्धात्मक समानता कायम गरेको छ जसले नेपाली कम्पनीहरूलाई लाभ पुग्नेछ। संकलित राजस्व डिजिटल पूर्वाधार र सार्वजनिक सेवामा लगानी गर्न प्रयोग हुन सक्ने हुँदा डिजिटल पहुँच विस्तार र प्रविधि हस्तान्तरणमा टेवा पुग्नेछ। तर, यसले सेवाको लागत बढाउन सक्ने, साना व्यवसायलाई असर गर्न सक्ने र विदेशी कम्पनीहरूको आकर्षण घटाउने सम्भावना पनि छ। कमजोर अनुगमन संयन्त्र, झन्झटिलो प्रणाली र दर्ता प्रक्रियाको जटिलता लगायतका चुनौतीहरूलाई सम्बोधन नगरेमा यसको प्रभावकारिता सीमित रहन सक्छ। तसर्थ, नीतिगत स्पष्टता, प्रविधिगत सुधार र अन्तर्राष्ट्रिय सहकार्यमार्फत यस कर प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक छ।

विद्युतीय सेवा कर सम्बद्ध समस्या

नेपालमा विद्युतीय सेवा कर लागू गर्दा कानुनी अस्पष्टता, प्रविधिको अभाव, आर्थिक बोझ र प्रशासनिक कमजोरीजस्ता समस्या देखिएका छन्। गैर–बासिन्दा कम्पनीहरूको दर्ता र अनुपालन सुनिश्चित गर्ने स्पष्ट कानुनी प्रावधान नभएकाले गुगल, फेसबुक, नेटफ्लिक्सजस्ता सेवाबाट कर असुली चुनौतीपूर्ण बनेको छ। डिजिटल कारोबार ट्र्याक गर्ने प्रविधि, स्वचालित भुक्तानी प्रणाली र अन्तर्राष्ट्रिय कर सम्झौता नहुँदा कर संकलन जटिल बनेको छ। यसले सेवाहरू महँगो बनाउँदै उपभोक्तामाथि आर्थिक भार थोपर्ने, साना व्यवसायहरूलाई असर गर्ने र केही विदेशी कम्पनीहरूलाई नेपालमा सेवा सीमित गर्न प्रेरित गर्न सक्ने सम्भावना छ। समस्याको समाधानका लागि स्पष्ट कानुनी परिभाषा, कर प्रणालीको स्वचालन, अन्तर्राष्ट्रिय समन्वय, र साना व्यवसायलाई कर सहुलियत आवश्यक छ, अन्यथा विद्युतीय सेवा करको गलत कार्यान्वयनले नवप्रवर्तन र राजस्वमा नकारात्मक असर पार्न सक्छ।
यादव आन्तरिक राजस्व विभाग लाजिम्पाटका शाखा अधिकृत हुन्।

सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भएका सामाजिक सञ्जाल–प्लेटफर्म

–     भाइवर मिडिया
–     टिकटक
–     सारांश मिडिया ल्याब प्रालि(वीटक)

दर्ता नभएका सामाजिक सञ्जाल–प्लेटफर्म

–     फेसबुक
–     ह्वाट्सएप
–     वीच्याट
–     स्नापच्याट
–     टेलिग्राम
–     इन्स्ट्राग्राम
–     युट्ययुब
–     एक्स
–     नेटफ्लिक्स
–     लिंकेडिङ
–     थ्रेड्स
–     डिसकोर्ड
–     रेडडिट

जब्बर सामाजिक सञ्जाल

जब्बर सामाजिक सञ्जाल
वैशाख ४, २०८२ बिहीबार ६:२२:१०

जोसुकै पनि नेपालका नियम पालना गरेरमात्रै यहाँ सञ्चालन हुनुपर्छ । तसर्थ सामाजिक सञ्जाल दर्ताको प्रक्रियालाई सरकारले सफल बनाउन सक्नुपर्छ ।फेसबुक, एक्स, इस्टाग्राम, ह्वाट्सअपजस्ता सामाजिक सञ्जालहरू विश्वमा मात्रै होइन, नेपालमा पनि प्रचलित छन् । तर, तिनको नियमन छैन । नियमनका लागि सरकारले ती प्लेटफर्महरूलाई दर्ताको आह्वान गरेको छ । तर, ३० दिनको म्याद घर्किंदा पनि टेरेको देखिन्न । केही समयअघि नेपालको कानुन पालना गर्ने प्रतिबद्धता गरेयता टिकटकचाहिँ पुनः सञ्चालनमा छ ।

फेसबुक वा युट्युबलगायत सञ्जाल नेपालीले चलाउनेमात्रै होइन, त्यसमार्फत व्यापार व्यवसाय पनि गरिरहेका छन् । अनि ती प्लेटफर्मले पनि नेपालबाट मनग्गे विज्ञापन आम्दानी गरिरहेका छन् । तर, सरकारले कर संकलन गर्न पाएको छैन । अर्काे कुरा सामाजिक सञ्जालमार्फत थुप्रै आपराधिक गतिविधि पनि भइरहेका छन्, जसलाई नियन्त्रण गर्न कानुन अभाव पनि छ । तसर्थ तिनलाई नेपालमा दर्ता गर्न र सम्पर्क अधिकारी राख्न सरकारले गरेको पहलकदमी आवश्यक र औचित्यपूर्ण छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका नेपालमा छ । त्यसअनुसार ती प्लेटफर्मले नेपालमा सम्पर्क अधिकारी तोक्ने र दर्ता हुने प्रक्रिया पूरा गर्नु अनिवार्य छ । तर, सानो मुलुक भनेर हेपेर हो या के हो फेसबुक र ह्वाट्सअपको माउ संस्था मेटाले वास्तापास्ता गरेको छैन । ऊ अधम बन्छ भने सरकारले बन्दै गराउने पनि भनेको छ, त्यसको सम्भवतः विरोध हाम्रै देशभित्रबाट पनि हुने होला तर सरकारको मनसाय नियमन गर्ने हो देखिँदा त्यसलाई अन्यथा मान्नु हुँदैन । युरोपेली संघमा सामाजिक सञ्जालको नियमन छ । नियम उल्लंघन गरे करोडौं युरो जरिवानाको व्यवस्था छ । भारतमा पनि सामाजिक सञ्जाल नियमन गरिएकै छ । अमेरिका वा बेलायतले पनि छाडा छोडेका छैनन् ।

हो, अचेल अभिव्यक्ति स्वतन्त्रताको भरपुर उपयोग सामाजिक सञ्जालबाट भइरहेको छ, तर उपयोगसँगै दुरुपयोग पनि छ, जसलाई सरकारले नियमन गर्न खोज्नु विधिकै शासनका लागि हो । हालै नेपालमा उपद्रव मच्चाएर भारतमा लुकेका दुर्गा प्रसाईंलाई त्यहाँको प्रहरीले उनको फेसबुकको लाइभ लोकेट गरेर पत्ता लगाउन सकेको कुरा यहाँ मननीय छ ।

फेसबुकले त्यस्ता आपराधिक गतिविधि रोक्न त्यहाँको सरकारी नियमको पालना गरेको छ, तर हामीकहाँ ऊ सूचना दिइरहेको छैन र समाजमा अराजकता मच्चाउन सहयोगी बन्छ भने नियमनका लागि सरकारले प्रयास गर्नु राष्ट्र हित अनुकूल नै मान्नुपर्छ । स्वतन्त्रता निरपेक्ष हुँदैन । विचारको अभिव्यक्तिको सशक्त माध्यम सामाजिक सञ्जाल हो तर, त्यो निरपेक्ष र नियमनबाहिर हुन सक्दैन । राज्यभित्रै रहेर ससाना पेसा, व्यापार व्यवसाय गर्नेहरूलाई नियम लाग्ने र अन्तर्राष्ट्रिय ज्वाइन्ट कम्पनी हो भन्दैमा उनीहरूलाई नलाग्ने भन्ने हुँदैन ।

जोसुकै पनि नेपालका नियम पालना गरेरमात्रै यहाँ सञ्चालन हुनुपर्छ । तसर्थ सामाजिक सञ्जाल दर्ताको प्रक्रियालाई सरकारले सफल बनाउन सक्नुपर्छ ।

सामाजिक सञ्जाल दर्ता

blog

लोकतान्त्रिक पद्धतिले व्यक्तिको स्वतन्त्रतालाई उच्च महत्व दिन्छ । व्यक्तिमा रहेको अन्तर्निहित शक्तिलाई बाहिर ल्याउन तथा सिर्जनशीलता विकास गर्न स्वतन्त्रता अपरिहार्य सर्त हो । व्यक्तिको स्वतन्त्रता नियन्त्रणको लामो कालखण्डमा विश्व मानव समाजले वाञ्छित उपलब्धि हासिल गर्न सकेन । व्यक्तिको स्वतन्त्रता प्रवर्धन गर्ने शासनव्यवस्थाको प्रादुर्भाव र विकाससँगै मानव सभ्यताले उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ । स्वतन्त्रता पनि सीमाविहीन हुँदैन । कसैले स्वतन्त्रताको उपयोग गर्दा अरूको अधिकारमाथि हस्तक्षेप गर्नु हुँदैन । आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरूको स्वतन्त्रता हनन गर्नु हुँदैन । स्वतन्त्रता स्वच्छन्दता होइन । स्वच्छन्दताले मनपरी कार्यलाई मलजल गर्छ । स्वतन्त्रता र स्वच्छन्दतामा सामान्य दृष्टिमा कसैलाई उस्तै लागे पनि व्यापक फरक छ । लोकतान्त्रिक शासनपद्धतिले स्वतन्त्रताको प्रवर्धन गर्छ तर स्वच्छन्दता मान्न सक्दैन । स्वच्छन्दताले स्वतन्त्रताका सीमा, मूल्यमान्यताको अतिक्रमण गरिरहेको हुन्छ । पछिल्ला दशकमा सामाजिक सञ्जालको अन्वेषण र प्रयोगले संसारलाई नयाँ युगमा प्रवेश गराएको छ । सूचना, मनोरञ्जन, सिर्जनशीलतालगायतका अनेक क्षेत्रमा सामाजिक सञ्जालले सकारात्मक भूमिका निर्वाह गरेको छ । सँगसँगै सामाजिक सञ्जालले अनेक समस्या पनि ल्याएको छ । स्वतन्त्रताका कतिपय सीमा, मूल्यमान्यतालाई स्वच्छन्दतामा परिणत गरिदिएको छ । गोपनीयतामाथि अतिक्रमण गरिरहेको छ । कतिपय सन्दर्भमा सामाजिक सञ्जालले असामाजिक कार्यलाई प्रोत्साहन गरेको छ । त्यसैले पनि सामाजिक सञ्जाललाई अनुगमनको सीमाभित्र ल्याउनु वाञ्छनीय भएरै अनेक देशीय प्रयास अगाडि बढेका छन् ।

नेपालमा पनि धेरै थरी सामाजिक सञ्जाल प्रयोगमा छन् । विश्वव्यापी सूचना सञ्जालसँगै भित्रिएका सामाजिक सञ्जाललाई समयक्रममा देशीय कानुनभित्र ल्याउने आवाज उठ्दै आएको हो । स्वतन्त्रताको मूल्य र सीमा अतिक्रमण नहुने गरी तिनको अनुगमन गरिनुपर्ने आवाज सही देखिन्छ । त्यसका निम्ति सामाजिक सञ्जाललाई दर्ताका निम्ति सरकारले आह्वान गर्नु स्वाभाविक हो । नेपालको संविधान र कानुन अनुसार विश्वव्यापी सामाजिक सञ्जाल नेपालमा दर्ता गर्दा उनीहरूलाई पनि काममा सजिलो हुने छ । दर्ता नभएका कारण अनेक समस्या आइरहेका छन् । कतिपय क्षेत्रमा राजस्वसमेत गुमेको छ । पछाडिको ढोकाबाट काम गर्दा अनेक धोका भएका छन् । सामाजिक सञ्जालका कतिपय कम्पनीले नेपालमा दर्ता गर्न सक्रियता देखाएका छैनन् । बेवास्ता गरेका छन् । यो सामान्य विषय होइन । यो विषयमा अब भने सरकार गम्भीर देखिएको छ । दर्ता नगरी नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालले नेपालमा बेलैमा दर्ता गरिदिएको भए यस्तो समस्या आउने थिएन । यसै सिलसिलामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्न सक्ने सङ्केत गर्नुभएको छ । शुक्रबार काठमाडौँमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकले दर्ता गर्ने समयसीमा सकिन लाग्दासमेत दर्ता नगरेकाले अवस्था जटिल हुन सक्ने स्पष्ट गर्नुभयो ।

नेपालको संविधान, ऐन तथा कानुन अनुसार तोकिएको समयमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सकिने प्रावधान स्वाभाविक हो । कतिपय सामाजिक सञ्जालले प्रयोगकर्तालाई बढी नै स्वच्छन्दता दिँदा गलत कार्य मौलाएका छन् । सामाजिक सञ्जालको नक्कली सदस्य बनेर अनेक विकृति ल्याउने कुकार्य रोक्ने जिम्मेवारी सम्बद्ध सामाजिक सञ्जाल सञ्चालककै हो । देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसारसमेत हुने गरेका छन् । कतिपय सामाजिक सञ्जालमा हिंसाको प्रवर्धन हुने गरी सामग्री देखिन्छ । अश्लीलतालाई समेत प्रोत्साहन गरेका छन् । सामाजिक सञ्जाल नेपालमा दर्ता नभएकै कारण यस्ता अनेक समस्या आएका हुन् । सामाजिक सञ्जाल दर्ता नभएका कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विधायिकामा विचाराधीन अवस्थामा बसेको छ । सामाजिक सञ्जालको प्रयोग र सञ्चालनको नियमन गर्ने गरी कानुनी तर्जुमा सरकारको दायित्वभित्रकै विषय हो । मेटा, गुगल आदिले नेपालमा काम गर्ने भएपछि यहाँ दर्ता हुन किन अलमल गर्दै छन् ? नेपालमा टिकटक दर्ता भइसकेको छ । नेपाल सरहदभित्र कारोबार हुने कुनै पनि कम्पनीले नेपालको विद्यमान कानुनी प्रक्रियामा जानु उचित मार्ग हो । देशको स्वाधीनता, भौगोलिक अखण्डता र एकता कायम गर्ने कार्यमा सहयोग गर्न पनि सामाजिक सञ्जालले नेपालको कानुन अनुसार दर्ता प्रक्रियामा आउनै पर्छ । दर्ता नहुँदा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई झनै प्रोत्साहन हुने छ । प्रतिबन्धलगायतको अप्रिय अवस्था आउन नदिन सामाजिक सञ्जाल दर्ता वाञ्छनीय छ ।

सामाजिक सञ्जालको नियमन

blog

लोकतान्त्रिक पद्धति विधिमा आधारित हुन्छ । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको हक खोस्ने कार्य लोकतान्त्रिक हुन सक्दैन । स्वतन्त्रता स्वशासन पनि हो । स्वशासनलाई अलि व्यवस्थित तबरले बुझ्दा अनुशासन भन्न सकिन्छ । कुनै पनि व्यक्ति वा संस्थाले सम्पादन गर्ने कार्य स्वअनुशासनमा आधारित हुन सक्यो भने त्यसले पहिलो लाभ सोही संस्थालाई हुन्छ । दोस्रो सो संस्थाप्रति आममानिसको आकर्षण बढ्छ तर अहिले आफू स्वअनुशासनमा बसेरभन्दा अरूलाई औँला देखाएर अगाडि बढ्ने प्रवृत्ति पनि  छ । कतिपय संस्था आफ्नै कामकारबाहीप्रति बेखबर हुन्छन् । जानेर वा नजानेर त्यसो गरिएको हुन्छ । धेरै संस्थामा यस्ता दुष्प्रवृत्ति देखिएका छन् । सामाजिक सञ्जाल यसमा अपवाद छैन बरु अलि बढी नै छ । सूचना प्रविधिको विकासको फराकिलो आयामले सामाजिक सञ्जाललाई मानिसको सञ्चार तथा मनोरञ्जनमा नजिकको साथी बनाएको छ । सञ्चार, सूचना र मनोरञ्जनको संसारमा प्रत्येक मानिसलाई जोड्ने कतिपय सामाजिक सञ्जालभित्रका कतिपय विषयवस्तु असामाजिक देख्न सकिन्छ । बिनाआधार आपेक्ष, चरित्रहत्या, गोपनीयतामा अतिक्रमण, अश्लीलता आदिको बबन्डर छ । स्वतन्त्रताका नाममा अमर्यादित सामग्रीले विकृति र विसङ्गति फैलाएको छ । अपराधका घटनामा बढोत्तरी छ । त्यसैले लोकतन्त्र र स्वतन्त्रताका मूल्य र मर्मलाई प्रवर्धन गर्नुपर्ने सामाजिक सञ्जालको भूमिकामा अनेक प्रश्न उठ्दा नियमनको आवाज बलियो हुँदै छ ।

सामाजिक सञ्जालभित्रका असङ्गतिले साइबर सुरक्षामा प्रश्न उठ्दो छ । व्यक्तिको गोपनीयतादेखि डिजिटल वित्तीय कारोबारमा समेत समस्या थपिँदा छन् । त्यसैले पनि सामाजिक सञ्जालको नियमन आवश्यक देखिन थालेको हो । असङ्गति न्यूनीकरण गर्न स्वनियमन सबैभन्दा उत्तम बाटो हो तर त्यसो हुन नसकेपछि संस्थागत नियमनको संरचना आवश्यक हुने नै भयो । नियमनले व्यक्तिको स्वतन्त्रता अतिक्रमण गर्ने भयसमेत विमर्शमा छ तर साइबर सुरक्षा, सामग्री छनोटलगायतका कार्यसहितका विषयलाई दृष्टिगत गरेर सामाजिक सञ्जालको सूचीकरण, नियमन र सम्पर्कको माध्यम तोक्न आवश्यक देखिन थालेको महसुस भएको हो । यसका निम्ति सरकारले सामाजिक सञ्जाललाई दर्ताका निम्ति आह्वान गर्नु स्वाभाविक छ । दर्ता हुनुलाई नराम्रो गरी बुझ्नु हुँदैन । कुनै पनि देशले गोपनीयताका सन्दर्भमा सामाजिक सञ्जालका सञ्चालकको सहयोग लिन सक्छ । अपराध अनुसन्धानमा पनि सहयोग माग्न सक्छ । साइबर सुरक्षादेखि डाटा सुरक्षासम्मलाई सामाजिक सञ्जाल दर्ताले सहयोग पुग्न सक्छ । एक महिनाअघि सूचना नै प्रकाशित गरेर सरकारले सामाजिक सञ्जालको दर्ता प्रक्रिया अगाडि बढाएको हो । सामाजिक सञ्जालका सञ्चालकसँग सरकारले गर्न चाहेको औपचारिक संवाद पनि हो यो । यसलाई अन्यथा बुझ्नु गलत हुन सक्छ । सामाजिक सञ्जालभित्रको अराजक पाटोलाई नियन्त्रण गर्न सकिएन भने आगामी दिनमा अझ धेरै समस्या पर्न पनि सक्ने छ ।

सरकारले २०८१ चैत ७ गते सूचना प्रकाशित गरी सामाजिक सञ्जाललाई सूचीकरणका लागि सम्पर्कमा आउन आह्वान गरेको थियो । वैशाख ७ गतेसम्ममा फेसबुकसहितका सामाजिक सञ्जाल सञ्चालन गर्ने मेटा कम्पनीका प्रतिनिधि सरकारको सम्पर्कमा आएको पाइयो । टिकटक, भाइबरलगायत दर्ता भए तर चाहे जस्तो उत्साहजनक सहभागिता भने देख्न सकिएन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन प्रतिबद्ध देखिनुभएको छ । त्यस क्रममा समाजप्रति उत्तरदायी बनाउने र सामाजिक सञ्जाल सञ्चालकको सम्पर्कविन्दु तोक्ने कार्यमा सूचीकरण आवश्यक पर्नु स्वाभाविक हो । राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र समाजको समग्र हितलाई दृष्टिगत गरेर नै यो कदम अगाडि बढाइएको हो । सामाजिक सञ्जाल सूचीकरण र नियमन सामाजिक सञ्जालको मर्यादामा अझ बढोत्तरी हुन सक्ने छ । सामाजिक सञ्जाल पछिल्ला दशकका उपलब्धि हुन् । यससम्बन्धी कानुनी संरचना विश्वभर बन्ने क्रममा छन् । कतिपय देशमा बनेका छन् र कतिपय देशमा अब बन्ने छन् । स्वाभाविक छ, नेपालभित्र व्यवसाय गर्ने कुनै पनि कम्पनी नेपालमा पनि दर्ता हुनु नराम्रो होइन । यसमा ठुलो कानुनी आधार खोजिरहनु जरुरी होइन । कतिपय सामाजिक सञ्जलाका प्रतिनिधिले कानुनी प्रश्न उठाए भनिन्छ । कानुनी संरचना आवश्यकता अनुसार बन्ने र बनाउने हो । त्यसका निम्ति समय लाग्न सक्छ तर नेपालभित्र उपस्थित जनाइसकेका सामाजिक सञ्जाल दर्ता वा सूचीकरण गरिनु आवश्यक नै कदम हो । यसले सामाजिक सञ्जालका कारण कुनै पनि व्यक्ति वा संस्था पीडित हुने बाटो बदलिन सक्ने देखिन्छ ।

सुरक्षासहित समाचार संकलन

वैशाख १०, २०८२
News gathering with security
काठमाडौंको तीनकुनेमा शुक्रबार आगलागीमा पर्नुअघि राजावादी र प्रहरीबीच भएको झडपको भिडियो खिचिरहेका सुरेश रजक । तस्बिर : उमेश कार्की/नेपाल प्रेस

Highlights

  • अब मिडिया हाउसले द्वन्द्वग्रस्त ठाउँमा पठाउँदा पत्रकारलाई सुरक्षाका उपकरणसहित पठाउने र स्थिति खतरनाक भएको संकेत पाएमा फिर्ता हुन निर्देशन पनि दिनुपर्छ ।

सञ्चारमाध्यममा ‘स्कुप’ मार्ने वा ‘एक्सक्लुसिभ’ गर्ने नाममा हामी सुरक्षाका उपकरणबिनै दौडिरहेका छौं । आन्दोलन र झडप हुँदा फिल्डमै खटिएर जनतालाई ताजा समाचार देखाउने, लाइभ रिपोर्टिङ गर्ने साथीहरू अझ धेरै जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका छन् । किनभने, सबै सञ्चारमाध्यमलाई अहिले पहिला समाचार चाहिएको छ ।

समाचारभन्दा पहिला सुरक्षा भन्ने विषय प्राथमिकतामा पर्नै छाडेको छ । पत्रकारको सुरक्षाको जिम्मा न राज्यले लिन्छ, न त सम्बद्ध संघसंस्थाले नै ।

केही समय अगाडिसम्म प्रेस लेखिएको ज्याकेट लगाएपछि ‘पत्रकार’ भनेर आन्दोलनरत पक्ष वा राज्य पक्षले केही गर्दैनथे तर अब समय फेरिएको छ । अहिले आफ्नो पक्षमा समाचार नलेखेको भन्दै आक्रोशपूर्ण तरिकाले पत्रकार तथा मिडिया हाउसमाथि जाइलाग्ने र आक्रमण गर्ने काम सुरु गरिएको छ । जसको पछिल्लो उदाहरण राजावादी आन्दोलनका क्रममा चैत १५ मा विभिन्न सञ्चारमाध्यममा भएको तोडफोड र आगजनीलाई लिन सकिन्छ ।

अब बदलिँदो परिस्थितिअनुसार हामी कसरी अगाडि बढ्ने त ? के पहेँलो ज्याकेटमा ‘प्रेस’ लेखेर मात्रै हाम्रो सुरक्षा हुन्छ त ? चैत १५ कै घटनामा धेरै पत्रकार नै पीडित बन्नुपर्‍यो । समाचार संकलन गर्न गएको पत्रकार स्वयं समाचार बन्नुपर्‍यो । ज्यान गुमाउनुपर्‍यो । कतिपय पत्रकार घाइते भए ।

त्यसो त पत्रकारका हकहितका लागि भनेर खोलिएका संघ–संगठनले भाषणमा जति नै पेसागत सुरक्षाको कुरा गरे पनि यथार्थमा पत्रकार सुरक्षाको अवस्था दयनीय छ । भाषण गर्नु र कार्यान्वयन गर्नु–गराउनु फरक कुरा हुन् । पेसागत सुरक्षा भन्नाले पत्रकारले काम गर्दा उसको स्वतन्त्रता, सुरक्षा र अधिकारको संरक्षण भन्ने बुझिन्छ । यसले पत्रकारलाई कुनै दबाब, धम्की र हिंसाबाट बचाउने प्रयास गर्छ । तर के यथार्थमा हामीले त्यही पाएका छौं त ?

अब मिडिया हाउसले द्वन्द्वग्रस्त ठाउँमा पठाउँदा पत्रकारलाई सुरक्षाका उपकरणसहित पठाउने र स्थिति खतरनाक भएको संकेत पाएमा फिर्ता हुन निर्देशन पनि दिनुपर्छ ।

द्वन्द्वग्रस्त ठाउँमा पत्रकारको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अभ्यास र उपाय अपनाइन्छ । त्यस्ता ठाउँमा रिपोर्टिङमा खटिने पत्रकारका लागि सुरक्षा तालिम र उपकरण दिइन्छ । त्यस्ता ठाउँमा जान बुलेटप्रुफ ज्याकेट, हेल्मेट आदि प्रयोग गरिन्छ । त्यस्तै द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने पत्रकारको बिमा र आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराइन्छ, यसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यको संरक्षणमा मद्दत पुर्‍याएको हुन्छ । यसका अतिरिक्त, अनलाइन सुरक्षा र डिजिटल उपकरणको सुरक्षित प्रयोग सुनिश्चित गर्नुपर्छ । तर हामी बिनातयारी, बिनासुरक्षा द्वन्द्वग्रस्त ठाउँको रिपोर्टिङमा होमिरहेका छौं ।

मिडिया हाउसले पत्रकारलाई लगातार सम्पर्कमा राख्नका लागि सशक्त सञ्चार प्रणाली सुनिश्चित गर्नुपर्छ । यसमा आपत्कालीन सम्पर्क नम्बर, सुरक्षित सञ्चार मार्ग र परिस्थितिमा पत्रकारको अवस्थाबारे जानकारी राख्ने योजना समावेश रहनुपर्छ ।

पत्रकारलाई कानुनी सुरक्षा र आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्नु जरुरी छ । यसका लागि मिडिया हाउसले स्वास्थ्य बिमा, कानुनी समर्थन र आवश्यक परेमा निकासी योजनाको व्यवस्था पनि गर्नुपर्छ । द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्दा पत्रकारको मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्न सक्छ । मिडिया हाउसले मानसिक स्वास्थ्य समर्थन, परामर्श सेवा र लचिलो कार्य समय सुनिश्चित गर्नुपर्छ ।

यसरी मिडिया हाउसले द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारलाई खटाउँदा सुरक्षा, स्वास्थ्य, कानुनी र मानसिक तयारी सुनिश्चित गर्दै उनीहरूको कामको प्रभावकारिता र सुरक्षा सुनिश्चित गर्नु जरुरी छ ।

प्रकाशित : वैशाख १०, २०८२ ०८:३२

‘सिभिल जर्नालिज्म’ को प्लेटफर्ममाथि राजनीतिक कार्यकर्ताबाट खतरा

भिक्टर पौडेल

‘सिभिल जर्नालिज्म’ को प्लेटफर्ममाथि राजनीतिक कार्यकर्ताबाट खतरा

म २०६८ सालतिर एसएलसी दिएर ब्रिज कोर्स पढिरहेको थिएँ । त्यतिबेला राजनीतिक दलहरूले बन्द गरिरहन्थे । लोडसेडिङ भइरहन्थ्यो । बन्द र लोडसेडिङको सूचना मूलधारका सञ्चारमाध्यममा आउँदैन थियो । तर, यो सूचनाको अभावका कारण सर्वसाधारणलाई कति बेला बत्ती जान्छ र कति बेला कसले, कहाँ बन्द गरिदिने हो भन्ने जानकारी हुँदैन थियो ।

वनस्थलीबाट बागबजार ब्रिज कोर्स पढ्न आउँदा आधा बाटो पुगेपछि बन्द छ भन्ने थाहा हुन्थ्यो । सधैं यस्तो हुन थालेपछि नेपाल बन्द, लोडसेडिङजस्ता विषयमा आममान्छेलाई जानकारी दिनुपर्छ भन्ने लाग्यो । त्यसपछि ‘रुटिन अफ नेपाल बन्द’ को सुरुवात गरियो । रुटिन अफ नेपाल बन्दले आम जनताले जे चाहेका छन्, त्यही दिन्छ । एल्गोरिदमले जे विषय धेरै खोजिरहेको छ, त्यही रुटिन अफ नेपाल बन्दले प्रकाशित गर्छ । समाज विभाजित गर्ने वा भड्काउने कुराहरू हामी रुटिन अफ नेपाल बन्दबाट प्रकाशित हुन रोक्छौँ ।

आममान्छे जे चाहन्छन्, हामी त्यही कुरालाई आममान्छेकै दृष्टिकोणबाट सार्वजनिक गर्छौँ । हाम्रो अधिकांश सूचना सचेतना र जानकारीमा केन्द्रित हुन्छ । राजनीतिक वा अन्य कुराहरू निकै कम हुन्छन् । जनताको चासोको विषय जे हो हामी त्यही सार्वजनिक गर्छौँ ।

रुटिन अफ नेपाल बन्द विज्ञापन नभए पनि चलिराख्ने प्लेटफर्म हो । पहिले विज्ञापनका रूपमा हामी फिल्म वा अरू विषयको प्रमोसन गर्थ्यौँ । आजभोलि गर्दैनौँ । हामी सिभिल जर्नालिज्ममा विश्वास गर्छौँ । रुटिन अफ नेपाल बन्दले आमजनताले बुझ्ने सजिलो, छोटो शैलीमा सूचना जानकारी पोस्ट गर्छ । आज मूलधारका मिडियाले पनि यस्तै अभ्यास गरिरहेका छन् ।

रुटिन अफ नेपाल बन्द विज्ञापन नभए पनि चलिराख्ने प्लेटफर्म हो । पहिले विज्ञापनका रूपमा हामी फिल्म वा अरू विषयको प्रमोसन गर्थ्यौँ । आजभोलि गर्दैनौँ । हामी सिभिल जर्नालिज्ममा विश्वास गर्छौँ । रुटिन अफ नेपाल बन्दले आमजनताले बुझ्ने सजिलो, छोटो शैलीमा सूचना जानकारी पोस्ट गर्छ । आज मूलधारका मिडियाले पनि यस्तै अभ्यास गरिरहेका छन् ।

आम मान्छेलाई आवश्यक हुने, तर मूलधारका मिडियाले नदिने सूचना दिनु हाम्रो उद्देश्य थियो । र, यो उद्देश्य अहिलेसम्म कायम छ । अहिले पनि हामी आम मान्छेलाई अत्यावश्यक हुने, तर मूलधारका सञ्चार माध्यमले बेवास्ता गर्ने सूचना दिनमा केन्द्रित छौँ ।

सामाजिक सञ्जाल एक अवसर

सामाजिक सञ्जालबाट म आज यहाँसम्म पुगेँ । कक्षा ९/१० मा पढ्दादेखि म सामाजिक सञ्जालमा जोडिइसकेको थिएँ । यदि म सामाजिक सञ्जालसँग नजोडिएको आज यहाँ हुने थिइनँ । यसैले अहिले मलाई यहाँ ल्याइपुर्‍याएको छ ।

सामाजिक सञ्जालले संसारभर मानिसहरूबीच सहज पहुँच बनाएको छ । उदाहरणका लागि हामीले बानेश्वरमा चियादानी नामको चिया पसल खोलेको छौँ । हामी जति जनाले त्यहाँ लगानी गरेका छौँ, हाम्रो चिनजान सामाजिक सञ्जालबाटै भएको हो । त्यहाँ आउने चिया पारखी पनि सामाजिक सञ्जालबाटै आइपुग्छन् । सामाजिक सञ्जाल हुन्थेन भने त्यो चियादानी जन्मिने थिएन । आज धेरै व्यापार, उद्यमलाई सामाजिक सञ्जालले बढवा दिएको छ ।

सामाजिक सञ्जालकै कारण आज सूचनाका लागि लामो समय पर्खिनु पर्दैन । केही हदसम्म सामाजिक सञ्जालमा आउने सूचना गलत, भ्रामक पनि हुन्छन् । तर, आखिर सत्य त सत्य नै हुन्छ । ढिलो चाँडो सत्य कुरा त मान्छेले थाहा पाउँछन् । सामाजिक सञ्जालमा यदि कसैले गलत कुरा फैलाएको छ भने, तथ्य जाँच प्रणाली पनि आएको छ । एक्समा कम्युनिटी नोट्स छ । फेसबुकमा पनि यो सुरु हुँदैछ र तथ्य जाँच गर्ने विभिन्न प्लेटफर्महरू पनि छन् ।

केही समय अगाडि काठमाडौं महानगरका मेयर बालेनले मलाई पब्जी गेमका लागि भनेर एक करोड रुपैयाँ दिएको कुरा आयो । तर, त्यो खबर झुटा थियो । यस्ता सूचनाको तथ्य जाँच हुँदासम्म यसले सम्बन्धित व्यक्तिलाई हानी गरिसक्छ । यस्ता कुरा कसरी रोक्ने भनेर सरकारले सोच्न सक्छ । हामीकहाँ साइबर अपराध हेर्ने एउटा निकाय छ, त्यसलाई बलियो बनाउनुपर्‍यो ।

सामाजिक सञ्जालकै कारण मान्छेहरूले संसारमा कहाँ के भइरहेको छ भन्ने सहजै र छिटो थाहा पाएका छन् । गाजामा हमला भइरहेको कुरा होस् कि सिरियामा भएको नरसंहारको कुरा आज मान्छेले एक क्लिकमा थाहा पाउँछन् । र, सामाजिक सञ्जालकै कारण मान्छेहरूले यस्ता अमानवीय घटनाको विरोध पनि गरेका छन् । सामाजिक सञ्जाल नहुँदा ठूला मिडियाले जस्तो धारणा बनाउँथे वा बनाउन खोज्थे, त्यही नै सत्य हुन्थ्यो । तर, आज त्यस्तो छैन । सामाजिक सञ्जालले सूचना, समाचार र स्रोतको दायरा बढाएको छ । पहिले केही निश्चित मिडिया वा व्यक्तिले जे बोले, लेखे त्यही मात्र सर्कुलेट हुन्थ्यो । तर, आज यस्तो छैन ।

भारतको केआईआईटीको घटनामा सामाजिक सञ्जाल नभएको भए नेपाली विद्यार्थीको कुरा नै बाहिर आउँदैन थियो । नेपाली विद्यार्थीको पक्षमा भारतीय सोसल मिडिया इन्फ्ल्युएन्सरले बोले, उनीहरूले भारतीय सञ्चारमाध्यमलाई नै यस विषयमा समाचार तयार पार्न बाध्य बनाए ।

गाजामा आक्रमण हुँदा संसारभरबाट विरोध हुन्छ । यो विरोधलाई संसारभर पुर्‍याउने काम सामाजिक सञ्जालले नै गरेको हुन्छ ।

सामाजिक सञ्जाल ‘ट्र्याक’ गर्ने प्रविधि संसारका धेरै देशले प्रयोग गरिरहेका छन् । कतिपय देशमा बालबालिकाहरू कानुनले निषेध गरेका चिज इन्टरनेटमा खोजे वा हेरे भने प्रहरीसम्म सूचना पुग्ने प्रविधि प्रयोग गरिएको छ । इन्टरनेटमा बालबालिका जोडिएका ‘पोर्नोग्राफी’ वा आपराधिक गतिविधिका बारेमा जानकारी लिन खोजेमा प्रहरीले त्यो सूचना स्वतः थाहा पाउने प्रविधि विकास भइसकेको छ । सरकारले सामाजिक सञ्जालबाट हुने अपराध, गैर कानुनी गतिविधि रोक्न यस्ता प्रविधि प्रयोग गर्न सक्छ ।

सामाजिक सञ्जालमार्फत अनलाइन ठगी र स्क्यामका घटना भइरहेका हुन्छन् । यो समस्या विश्वव्यापी छ । यस्ता घटना वास्तविक जीवनमा पनि हुन्थे । र, आज डिजिटल दुनियाँमा पनि भइरहेका छन् । सामाजिक सञ्जालमा हुने घटना वास्तविक जीवनमा घट्ने घटनाभन्दा फरक हुँदैनन् । पहिला घरमा चोरी हुन्थ्यो, आज सामाजिक सञ्जालबाट हुन्छ । पहिले टोल टोलमा ग्याङ फाइट हुन्थ्यो, आज सोसल मिडियामा हुन्छ । यस्ता कुरा रोक्ने विषयमा सरकारले ध्यान दिने हो ।

सामाजिक सञ्जालमार्फत हुने अपराध नियन्त्रण गर्न कानुन चाहिन्छ । तर, सामाजिक सञ्जालमा बोल्ने, अभिव्यक्ति स्वतन्त्रता रोक्ने विषयमा होइन ।

सामाजिक सञ्जाल ‘ट्र्याक’ गर्ने प्रविधि संसारका धेरै देशले प्रयोग गरिरहेका छन् । कतिपय देशमा बालबालिकाहरू कानुनले निषेध गरेका चिज इन्टरनेटमा खोजे वा हेरे भने प्रहरीसम्म सूचना पुग्ने प्रविधि प्रयोग गरिएको छ । इन्टरनेटमा बालबालिका जोडिएका ‘पोर्नोग्राफी’ वा आपराधिक गतिविधिका बारेमा जानकारी लिन खोजेमा प्रहरीले त्यो सूचना स्वतः थाहा पाउने प्रविधि विकास भइसकेको छ । सरकारले सामाजिक सञ्जालबाट हुने अपराध, गैर कानुनी गतिविधि रोक्न यस्ता प्रविधि प्रयोग गर्न सक्छ ।

राजनीतिक चेतना विस्तारको माध्यम

सामाजिक सञ्जाल राजनीतिक रूपमा पनि शक्तिशाली छ । हामीले प्राप्त गर्ने जानकारीबाट हाम्रा विचार निर्माण हुन्छन् । र, राजनीतिज्ञले सामाजिक सञ्जालमार्फत आफ्ना विचार राखिरहेका छन् । र, अझै बलियो तरिकाले राख्न सक्छन् । पहिले कुनै नेताले आफ्ना कुरा भन्न कि त मान्छेको बिचमा पुग्नुपर्थ्यो कि सञ्चार माध्यमको सहयोग लिनुपर्थ्यो । तर, आज उनीहरूले आफ्ना कुरा सामाजिक सञ्जालमार्फत सजिलै राख्न सक्छन् ।

सामाजिक सञ्जाल राजनीतिक रूपमा कति शक्तिशाली छ भने अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जित्नुमा टिकटकको ठूलो योगदान छ भनिन्छ । रोमानियामा टिकटककै कारण राष्ट्रपति चुनाव जितेको भन्दै त्यहाँ लफडा भइरहेको छ ।

कुनै समय राजनीतिक विचार व्यक्त गर्न राजनीतिक दलमा जोडिएको हुनुपर्थ्यो वा चिया पसलमा गएर मात्र राजनीतिक विचार व्यक्त गर्ने अवस्था थियो । तर, आज सबैले आ–आफ्ना राजनीतिक धारणा सामाजिक सञ्जालमा सहजै राख्न पाएका छन् ।

सामाजिक सञ्जालले गर्दा राजनीतिज्ञहरूका लागि राम्रो र नराम्रो दुवै प्रकारका विचार फैलाउन र मानिसहरूलाई म्यानुपुलेट गर्न सजिलो भएको छ ।

बालेन र रविलाई सबैले अस्वीकार गरेकै हुन् । तर, सोसल मिडियामा उनीहरूको सबैभन्दा धेरै फ्यान-फलोइङ छन् । मेन स्ट्रिम मिडियाले वास्ता नगरेको हो, रवि र बालेनहरूलाई । तर, आज सामाजिक सञ्जालभरि यिनकै कुरा छ ।

जनताले आफ्ना कुरा आफैँ भन्छन् । पहिला जस्तो कुन सम्पादक, कुन बौद्धिकले के भन्यो भन्ने कुराले अर्थ राख्दैन । आज जनताले के भनिरहेका छन् भन्ने कुराले अर्थ राख्छ । र, जनताले के भनिरहेका छन्, के खोजिरहेका छन् भन्ने कुरा थाहा हुने माध्यम हो सामाजिक सञ्जाल ।

सामाजिक सञ्जाल दुरुपयोगमा राजनीतिक दल

सामाजिक सञ्जाल फोहोर बनाउन राजनीतिक दलको ठूलो भूमिका छ । उनीहरूले नै हो अरूको बारेमा ‘फेक’ कुरा फैलाउने । आम मान्छेलाई कसैका बारेमा ‘फेक’ कुरा फैलाउनुपर्ने आवश्यकता नै छैन । राजनीतिक दलहरू विशेष गरी चुनावको बेलामा यस्ता गतिविधि गर्छन् ।

यो रोग अहिले फिल्म उद्योगमा पनि सरेको छ । अर्थात् जहाँ–जहाँ प्रतिस्पर्धा छ, त्यहाँ एक अर्कालाई बदनाम गराउने अभ्यास हुन्छ । यसका लागी सामाजिक सञ्जाल सबैभन्दा सजिलो माध्यम मानेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो शक्ति बढाउन राजनीतिक दलले ठूलो लगानी पनि गरिरहेका छन् । कसरी ‘मिस इन्फरमेसन’, ‘फेक’ कुरा फैलाउने भनेर राजनीतिक दलका मान्छेहरू लागिरहेका छन् । केही समय अगाडि परराष्ट्रमन्त्री आरजु देउवा राणाले ‘रुटिन अफ नेपाल बन्द’ले बालेनलाई सहयोग गरेको छ’ भन्नुभयो । तर, धेरै मिडियाले भने बालेनले रुटिन अफ नेपाल बन्दलाई पैसा दिएको र चुनावी प्रचार गरेको भनेर लेखे । हामीले चुनावमा कसैबाट पनि पैसा लिएर प्रचार गरेका थिएनौँ ।

नियमन चाहिन्छ, नियन्त्रण होइन

अहिले सरकारले सामाजिक सञ्जाल विधेयक संसद्‌मा दर्ता गरेको छ । सामाजिक सञ्जालको नियमनका लागि कानुन चाहिन्छ । कानुन नै चाहिँदैन भन्नु भनेको छाडातन्त्रलाई प्रमोट गरेजस्तो हुन्छ । तर, अहिले सरकारकाले संसद्‌मा दर्ता गरेको विधेयक भने ठीक छैन ।

यो विधेयकमा सरकारले लाइक, सेयर गर्नेलाई पनि कारबाही गर्ने, जेल हाल्ने, जरिवाना तिराउने भनेको छ । यस्तो गर्नु ठीक होइन । यतिसम्म बोल्न पाउने, यतिसम्म बोल्न नपाउने भनेर सरकारले प्रष्टसँग भन्नुपर्‍यो । तर, कति बोल्ने र कति नबोल्ने भन्ने कुरा छुटाउन पनि सजिलो छैन । तसर्थ, सामाजिक सञ्जालमा मुख छाडेर गाली गलौच गर्ने, परिवारका सदस्यको नाम/फोटो सार्वजनिक गरेर गाली गर्ने, चरित्र हत्या गर्नेजस्ता काममाथि भने नियन्त्रण गर्नुपर्छ ।

तर, सामाजिक सञ्जालमा व्यक्त हुने कुनै पनि प्रकारका विचारलाई निषेध गर्नुहुन्न । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्नुहुन्न । आम मान्छेले सार्वजनिक पदमा बसेका मान्छेमाथि भने प्रश्न उठाउन पाउनुपर्छ । सार्वजनिक पदमा बसेको व्यक्तिको काम र उसको पदीय जिम्मेवारीमाथि प्रश्न उठाउन पाउनै पर्छ । अहिले आउन लागेको सामाजिक सञ्जालसम्बन्धी कानुनले त यसरी प्रश्न उठाउने विषयलाई रोक्न खोजेको छ ।

सामाजिक सञ्जाल आजको समयमा अधिकांश मान्छेको जीवनको अभिन्न हिस्सा हो । हाम्रो भौतिक जीवनमा जस्तो समाज छ त्यसैको डिजिटल वा भर्चुअल रूप हो, सामाजिक सञ्जाल । त्यसैले यो भौतिक समाजलाई बाँध्न जे जस्ता कानुन छन्, तिनै र त्यस्तै कानुन सामाजिक सञ्जालका लागि पनि चाहिन्छन् ।

सामाजिक सञ्जाल आजको समयमा अधिकांश मान्छेको जीवनको अभिन्न हिस्सा हो । हाम्रो भौतिक जीवनमा जस्तो समाज छ त्यसैको डिजिटल वा भर्चुअल रूप हो, सामाजिक सञ्जाल । त्यसैले यो भौतिक समाजलाई बाँध्न जे जस्ता कानुन छन्, तिनै र त्यस्तै कानुन सामाजिक सञ्जालका लागि पनि चाहिन्छन् ।

त्यसकारण पनि डिजिटल संसारलाई नियमन गर्ने कानुन चाहिन्छ । तर, त्यो कानुन एकैचोटी कडा खालको हुनुहुँदैन । प्रविधि निकै छिटोछिटो फेरिरहेको छ । तसर्थ, कानुन पनि समयानुकूल बनाउनुपर्छ ।

अहिले त हामीले सामाजिक सञ्जाल, डिजिटल संसारको आधार वा जग राख्ने गरी कानुन बनाउनुपर्छ । समय, परिस्थिति र प्रविधि हेरेर विस्तारै कानुन परिमार्जन गर्दै जानुपर्छ ।

अहिले सरकारले यो कानुन ल्याउनु अगाडि सामाजिक सञ्जाल, प्रविधिका बारेमा जानकारहरूसँग छलफल गर्नुपर्थ्यो । ज–जसले अहिले सामाजिक सञ्जालमार्फत सिर्जनात्मक काम गरिरहेका छन्, जसको आयस्रोत सामाजिक सञ्जाल हो, उहाँहरूसँग सरकारले छलफल गर्ने र उहाँहरूबाट ‘इनपुट’ लिनुपर्ने थियो ।

सरकारलाई मन नपरेको कुरा सेयर गर्ने मान्छेलाई पनि समात्ने, कमेन्ट गर्नेलाई पनि समात्ने, लाइक गर्नेलाई पनि समात्ने भन्ने कुरा मिल्दैन ।

सामाजिक सञ्जाल कम्पनी दर्ता

सरकारले सामाजिक सञ्जाल दर्ता गर्नुपर्छ भनिरहेको छ । दर्ता हुनु राम्रो हो । टिकटक र भाइवर दर्ता हुँदा सरकारलाई मात्र होइन, हामीलाई पनि सजिलो भएको छ । धेरैले आज टिकटक, भाइबरसँग टाइअप गरेर काम गरिरहेका छन् ।

तर, एउटा प्रश्न उठ्छ – सामाजिक सञ्जाल यहाँ दर्ता हुन किन आउने ? दर्ता भएपछि उनीहरूले नाफा कमाउने ग्यारेन्टी खोज्छन् । कमाएको नाफा आफ्नो देशमा लैजान खोज्छन् । यहाँ त कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था छ ।

त्यसैले सबभन्दा पहिले सरकारले सामाजिक सञ्जालहरू यहाँ आएर दर्ता हुने वातावरण बनाउनुपर्छ । कानुनी प्रक्रिया सहज बनाउनुपर्छ । वातावरण नबनाई दर्ता भएन भने बन्द गर्दिन्छौँ भनेर धम्क्याएर मात्र हुँदैन । यहाँ सामाजिक सञ्जाल बन्द हुँदैमा सामाजिक सञ्जाल कम्पनीलाई केही फरक पर्दैन । त्यसको असर हामीलाई नै पर्छ ।

Nepal pushes Meta to register amid tougher social media rules

Facebook’s parent company sends officials to Kathmandu as deadline looms.Nepal pushes Meta to register amid tougher social media rules

Reuters

Published at : April 17, 2025
Updated at : April 17, 2025 11:13
Kathmandu

Meta Platforms, the parent company of Facebook, Instagram, and WhatsApp, has sent representatives to Nepal after the government intensified pressure on social media companies to formally register under a new regulation.

The Ministry of Communication and Information Technology had given the social media platform until April 20 to register in Nepal or face potential restrictions. In response, ministry officials said Meta has dispatched its representative in Kathmandu and senior officials from its Singapore office to hold discussions.

Ruzan Sarwar, Meta’s public policy manager for the Asia-Pacific region and a liaison officer, are scheduled to meet Communications Minister Prithvi Subba Gurung on Thursday, according to the minister’s aide, Bikram Neupane.

“Following repeated efforts from the ministry, Meta has finally agreed to come to the table. Other companies are also in contact with us,” said Neupane.

Only three platforms—TikTok, Viber and WeChat—have so far registered with Nepal’s government. The country’s most-used platforms, including Facebook and Messenger, have received repeated official requests over the past year but have not complied.

Minister Gurung has publicly warned that companies unwilling to register will be barred from operating in Nepal.

Nepal introduced its “Directives Relating to the Regulation for the Usage of Social Media, 2023” in November 2023, requiring companies to register with the ministry, establish a contact point within Nepal, appoint a grievance officer, and designate an oversight official for self-regulation. The directive also outlines obligations to assist in criminal investigations, remove illegal content, and ensure compliance with Nepali law.

“Meta’s registration will set a precedent. We expect other platforms to follow,” said Gajendra Kumar Thakur, the ministry’s spokesperson.

The lack of registration has hindered the government’s ability to act on user complaints related to Facebook, Messenger, Instagram, WhatsApp and Threads, Thakur added.

Shaligram Parajuli, IT policy advisor to the ministry, said Meta sought clarification on the directive and wished to meet the minister directly.

Major platforms such as X (formerly Twitter), YouTube, Google, and LinkedIn are also expected to register. However, Meta, Elon Musk’s X, Snapchat and others have not responded to repeated notices.

The Asia Internet Coalition (AIC), an industry group representing Meta, Google, Apple, Amazon, Yahoo, Rakuten, Spotify and others, criticised the directive as impractical and inconsistent with international norms. In letters sent in 2023 and 2024, AIC argued that requiring companies to delete content within 24 hours was excessive and could undermine freedom of expression.

The group requested detailed dialogue with the Nepali government, including virtual or in-person consultations, but no such meetings have been held.

Instead, the government has continued issuing notices, warning companies to register within specific deadlines, ranging from one to three months, or face possible bans.

Nepal’s parliament is currently reviewing a draft bill that would legally enforce the directive, proposing penalties including platform bans for non-compliance. The bill, registered in the National Assembly, states that only approved platforms may operate in the country.

The government also imposes a 2 percent Digital Services Tax (DST) on the annual revenue of non-resident tech companies conducting business in Nepal. According to government data, companies including Microsoft, Google, Meta, Adobe, Netflix, Amazon, and Apple paid Rs410 million (approximately US$3.1 million) in DST in fiscal year 2023-24.

नेपालमा सामाजिक प्लाटफर्मलाई दर्ता हुन ३ दिन मात्र बाँकी

Only 3 days left for social platform registration in Nepal

वैशाख ४, २०८२

काठमाडौँ — सरकारले सामाजिक सञ्जाल प्लाटफर्मलाई अनिवार्य रूपमा नेपालमा सूचीकृत हुन दबाब बढाएपछि मेटाका प्रतिनिधि *सम्पर्कमा आएका छन्  । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ७ भित्र अनिवार्य रूपमा सूचीकृत हुन पत्राचार गरेपछि मेटाले काठमाडौँस्थित आफ्ना प्रतिनिधि र सिंगापुर कार्यालयका उच्च अधिकारीलाई यस विषयमा छलफल गर्न पठाएको छ । हालसम्म नेपालमा टिकटक, भाइबर र विटकसहित तीन वटा सामाजिक सञ्जाल मात्र सूचीकृत छन् । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक र म्यासेन्जरको ‘प्यारेन्ट’ कम्पनी मेटालाई सरकारले सूचीकृत हुन आग्रह गर्दै एक वर्षयता पटक–पटक पत्र पठाउँदै आएको थियो । सूचीकृत हुन नआउने कम्पनीलाई नेपालमा चल्न नदिने भन्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक रूपमै चेतावनीसमेत दिएका थिए ।

*मेटाका लागि एसिया प्रशान्त क्षेत्रका पब्लिक पोलिसी म्यानेजर रुजन सरवर खान र कम्पनीका लिएजन अधिकारीसहितको प्रतिनिधिले बिहीबार सञ्चारमन्त्री गुरुङसँग मेटाको दर्तालगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको गुरुङका स्वकीय सचिव विक्रम न्यौपानेले जानकारी दिए । ‘मन्त्रालयको निरन्तर प्रयासपछि मेटाका प्रतिनिधि सम्पर्कमा आउन तयार भएका हुन्, अन्य कम्पनीका प्रतिनिधि पनि हाम्रो सम्पर्कमै छन्,’ न्यौपानेले भने ।

फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेडजस्ता प्लाटफर्मबारे सञ्चार मन्त्रालयको सामाजिक सञ्जाल व्यवस्थापन इकाइमा प्रयोगकर्ताले गुनासो टिपाउने गरे पनि कम्पनी सूचीकृत नभएकाले ती गुनासा के गर्ने भन्नेमा मन्त्रालय अलमलमा थियो । ‘मेटा सूचीकृत भएपछि अन्य कम्पनी पनि अवश्य सूचीकृत हुनेछन्,’ सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर भन्छन् ।

मन्त्रालयका सूचना प्रविधि विज्ञ सल्लाहकार डा. शालिग्राम पराजुलीले पनि मेटाले सूचीकरणबारे स्पष्ट हुन भन्दै मन्त्रीसँगै छलफल गर्न चाहेको बताए । फेसबुक, इन्स्टाग्राम, थ्रेड्ससँगै एक्स (ट्विटर), युट्युब, गुगल, लिंक्डइनजस्ता सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा सूचीकृत गर्नुपर्ने व्यवस्थासहित सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ लागू गरेको छ ।

निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार मन्त्रालयमा सूचीकरण गर्नॅपर्ने व्यवस्था छ । सोही निर्देशिकाको दफा ६ ले सामाजिक सञ्जाल कम्पनीको नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नॅपर्ने उल्लेख छ ।

‘हाम्रा ऐन/कानुनसँग असंगत हुने विषयमा अनुसन्धान गर्न, करको दायरामा आउन र कानुनविपरीतका सामग्री हटाउन सघाउनेछन् भन्ने हाम्रो अपेक्षा हो,’ प्रवक्ता ठाकुर भन्छन्, ‘टिकटक, भाइबर सूचीकृत भएको उदाहरण हामीसँग छ । यी कम्पनीका प्रतिनिधि हामीसँग छन् । कम्पनीहरूले अपराध अनुसन्धान, कन्टेन्ट मनिटरिङमा सरकारलाई सघाएका छन् । यस्तै सहयोग मेटाजस्ता मुख्य प्लाटफर्मबाट पनि अपेक्षा गरिएको हो ।’

सरकारले २०८० कात्तिक २३ मा सामाजिक सञ्जालसम्बन्धी निर्देशिका पारित गरेपश्चात् सामाजिक सञ्जाल प्लाटफर्महरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले त्यसप्रति गम्भीर चासो व्यक्त गर्दै निर्देशिका अव्यावहारिक र अन्तर्राष्ट्रिय मान्यताविरुद्ध भएको प्रतिक्रिया दिएको थियो । गुगल, एप्पल, मेटा, अमेजन, याहु, लिंक्डइन, राकुटेन, स्पटिफाईजस्ता सूचना प्रविधि कम्पनी सदस्य रहेको एआईसीले सन् २०२३ र २०२४ मा नेपाल सरकारलाई लगातार तीन वटा पत्र पठाउँदै कतिपय प्रावधान अव्यावहारिक र कठोर भएको गुनासो गरेको थियो ।

‘सामाजिक सञ्जाल प्लाटफर्म अनिवार्य रूपमा मन्त्रालयमा सूचीकृत हुनुपर्ने व्यवस्थाले नेपालमा प्रत्यक्ष विदेशी लगानीलाई निरुत्साहित गर्न सक्छ,’ पत्रमा भनिएको थियो, ‘२४ घण्टाभित्र सामग्री हटाइसक्नुपर्ने अव्यावहारिक एवं कठोर प्रावधानले सामाजिक सञ्जाल प्लाटफर्मलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडिने विषयमा उचित अध्ययन गर्न बाधा पुर्‍याउनेछ ।’ एआईसीले यी विषयमा गहन छलफलका लागि अनुरोध गर्दै सकेसम्म भौतिक नभए भर्चॅअल संवादका लागि यथाशीघ्र तयारी थाल्न नेपाल सरकारलाई आग्रह गरे पनि कुनै छलफल भएन ।

बरु, त्यसयता सरकारले विभिन्न मितिमा सूचना निकाल्दै नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लाटफर्मलाई कहिले तीन महिना त कहिले एक महिनाभित्र सूचीकृत हुन आग्रह गर्दै आएको छ । पटक–पटक अनुरोध गर्दासमेत नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेका फेसबुक र म्यासेन्जरको ‘प्यारेन्ट’ कम्पनी मेटा, इलन मस्कको एक्ससँगै अन्य चर्चित प्लाटफर्महरू लिंक्डइन, स्न्यापच्याटलगायतले अटेर गर्दै आएका छन् ।

नेपालमा सूचीकृत नभई र अनुमति पत्र नलिई सामाजिक सञ्जाल एप सञ्चालन गरेमा सरकारले प्लाटफर्म नै बन्द गरिदिने प्रावधान प्रस्ताव गर्दै सामाजिक सञ्जालसम्बन्धी विधेयकसमेत संसद्मा दर्ता गरेको छ । राष्ट्रिय सभामा दर्ता भएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा अनुमति लिएर मात्रै प्लाटफर्म चलाउन पाउने सर्त प्रस्ताव गरिएको छ ।

नेपालले विदेशी प्रविधि कम्पनीलाई वार्षिक कारोबारको २ प्रतिशत डीएसटी शुल्क लगाउँदै आएको छ । नेपालमा माइक्रोसफ्ट, गुगल, मेटा, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता अमेरिकी प्रविधि कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा साढे ४१ करोड रुपैयाँ डीएसटी तिरेका थिए ।

आर्थिक ऐन २०८० बमोजिम वार्षिक २० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने गैरबासिन्दा व्यक्ति वा कम्पनीले नेपालमा भएको वार्षिक कारोबार मूल्यको २ प्रतिशत विद्युतीय सेवा कर र १३ प्रतिशत भ्याट तिर्दै आएका छन् । सरकारको निर्देशिकाअनुसार उनीहरूले नेपालमा व्यवसाय दर्ता गरेमा १३ प्रतिशत भ्याट मात्र तिरे पुग्ने र त्यसबाट नेपालले पाउँदै आएको राजस्व गुम्न सक्ने राजस्वसम्बन्धी अधिकारीको भनाइ छ ।

*सच्याइएको

प्रकाशित : वैशाख ४, २०८२ ०६:१७

‘सामाजिक सञ्जाल समाज विघटनको हतियार नबनोस्’

नागरिक,  काठमाडौं

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा दुर्व्यवस्था फैलाउने खतरा बढेकाले यसलाई समाज भाँड्ने हतियार नबनाउन आग्रह गरेका छन्।बिहीबार काउन्सिलमा आयोजित अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमार्फत गलत र भ्रमपूर्ण सूचना प्रवाह भइरहेको उल्लेख गर्दै त्यसले देशको विकास र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पारिरहेको बताएका हुन्।

‘‘समाधानमुखी रचनात्मक पत्रकारिता हुन सके मात्र अहिलेको पत्रकारिता सुधारतर्फ उन्मुख हुन्छ,’’ अध्यक्ष बस्नेतले भने, ‘‘गलत उद्देश्यले सामाजिक सञ्जालको प्रयोग गरिँदा मिडियामाथि नै हिलो छ्याप्ने काम भएको छ।’’ उनका अनुसार सामाजिक सञ्जालमा सक्रिय कतिपय प्रयोगकर्ता पत्रकारिता व्यवसायका मापदण्डमा पुग्दैनन्। नयाँ खुलेका अनलाइन तथा युट्युब सञ्चारमाध्यमका सम्पादक र सञ्चालकलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उनले मिडिया क्षेत्रको विश्वसनीयता कायम राख्न सम्पूर्ण सञ्चारकर्मी सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए। कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुँइटेल र गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक केपी गौतमले पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाबारे सहजीकरण गरेका थिए।

प्रधान सम्पादक लुँइटेलले डिजिटल सञ्चार माध्यम संयमित र विश्वसनीय हुन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि सञ्चारकर्मी स्वयं सचेत बन्नुपर्ने बताए। उनले भने, ‘‘विश्वसनीय मिडिया बनाउने जिम्मेवारी हामी सञ्चारकर्मीकै हो।’’

त्यस्तै, गौतमले आचारसंहिता उल्लंघनका कारण मिडियाप्रतिको जनविश्वास कमजोर हुँदै गएको भन्दै सम्पूर्ण सञ्चारकर्मीले अध्ययन, अनुसन्धान र मेहनतमा जोड दिनुपर्ने धारणा राखे।

‘‘पत्रकार आचारसंहिता पालना भइरहेको छ कि छैन भन्ने कुरामा प्रत्येक सञ्चारकर्मी सजग हुन जरुरी छ,’’ उनले भने। डिजिटल सञ्चारमाध्यममा संलग्न पत्रकार तथा सञ्चालकलाई आचारसंहिता र पत्रकारिताको आधारभूत जानकारी दिने उद्देश्यले प्रेस काउन्सिलले यस्ता अभिमुखिकरण कार्यक्रम श्रृंखलागत रूपमा सञ्चालन गरिरहेको जनाएको छ। सञ्चार क्षेत्रको शुद्धता र उत्तरदायित्व कायम गर्न काउन्सिलले सम्पादक संवाद र ‘सञ्चारमाध्यमसँग काउन्सिल’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको पनि कार्यक्रममा जानकारी दिइयो।

प्रकाशित: २८ चैत्र २०८१ २२:५०

पत्रकारितासँगै कोरिएको राजनीतिक धर्सो

नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवस

रजक मृत्यु प्रकरण : वैशाख ६ सम्म माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने महासङ्घको घोषणा

सूचनाको हकसम्बन्धी निर्देशिका र कार्यविधिहरूमा संशोधनको तयारी

चैत्र २५, २०८१

Preparation of amendments to guidelines and procedures on Right to Information
काठमाडौँ — राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले सूचनाको हकसम्बन्धी निर्देशिका र कार्यविधिहरूमा संशोधन आवश्यक रहेको बताएका छन्। उनले त्यसकालागि आयोगले समिति गठन गर्ने र संशोधनको गृहकार्य गर्ने बताए। ‘सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार आवश्यक देखिएको छ। त्यसकालागि सुझाव तय गर्न समिति गठन गर्ने तयारी गरेका छौँ,’ उनले भने।सोमबार आयोजित पत्रकार सम्मलेनमा प्रमुख आयुक्त आचार्यले आयोगले निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए।आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले आयोगले आवश्यकताअनुसार कार्यालय खोल्नसक्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा संगठन तथा व्यवस्थापन सर्वेक्षणको लगि सैद्धान्तिक सहमतिसहित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।आयोगका नियमित कामहरु अन्तर्गत सूचना अभियन्ताहरुको पुनरावेदन लिने र तदनुसार आदेश गर्ने काम गर्दै आएको छ। जसमा पछिल्लो एक महिनाको अवधिमा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन प्राप्त भएको प्रमुख आयुक्त आचार्यले बताए।

उनका अनुसार प्रक्रियामा रहेका ५६ वटा पुनरावेदनमा आदेश भएको छ। उनकाअनुसार आयोगले १७ औँ स्थापना दिवस २०८२ वैशाख २२ गते भव्यताका साथ मनाउने निर्णय गरेको छ।

प्रकाशित : चैत्र २५, २०८१ १५:०९

Current government is fully committed to press freedom: PM Oli

Current government is fully committed to press freedom: PM Oli

blog

Radio Nepal should be ‘voice of voiceless’: President Paudel

blog

Kathmandu, April 2: President Ramchandra Paudel has called on Radio Nepal, transformed into Public Service Broadcasting this year, to become ‘voice of voiceless’ and active in the path of institutionalizing federal democratic republic system adopted by the country. In a message of best wishes today on the 75th anniversary of the Radio Nepal, President Paudel asked the Radio Nepal to ensure people’s right to information as well as to work effectively as per the sentiments and objectives of public service broadcasting. Requesting to carryout activities to strengthen democracy based on pluralism, he said the development of internet and information technology has brought significant change in content of news and dissemination of factual information. “Radio Nepal has made a significant contribution to the preservation and promotion of the inclusive character of Nepali society by broadcasting news in 25 languages and programmes in 24 languages’, reads the message.”I believe that media including Radio Nepal will work in a more responsible, accountable and trustworthy manner in their services, quality and news presentation using capable human resources and modern technology at maximum”, shared President Paudel. (RSS)  

Elements attacking media houses will face action, says Home Minister

blog

By A Staff Reporter, Kathmandu, Apr. 1: A delegation of the Federation of Nepali Journalists (FNJ) has submitted a letter of attention to Minister for Home Affairs Ramesh Lekhak.

A team led by FNJ General Secretary Ram Prasad Dahal handed over the letter on concerns regarding the violent protests that took place in Tinkune, Kathmandu,  on March 28.

The delegation urged the government to investigate the incident thoroughly and take necessary action against those who targeted media outlets and journalists.

Accepting the letter, Home Minister Lekhak said that the incident was carried out by an anarchic and violent mob with no ideological basis. He assured that the government is taking the matter seriously.

“The mob in Tinkune had no specific ideology or principle; it only had a definite criminal intention and goal,” said Minister Lekhak. “The destructive group showed aggression, and journalists became victims of their actions. The Government of Nepal is serious about this issue.” He assured that the government would conduct a thorough investigation into incidents where media houses and journalists were targeted, including the arson attack on a journalist’s residence, and that those responsible would face legal action.

FNJ issues 7-day ultimatum to government over Tinkune incident and journalist safety

FNJ issues 7-day ultimatum to government over Tinkune incident and journalist safety

Prime Minister Oli assures Suresh Rajak’s wife of employment and other support.FNJ issues 7-day ultimatum to government over Tinkune incident and journalist safety

Prime Minister KP Sharma Oli with bereaved family of Suresh Rajak at the prime minister’s official residence in Baluwatar, Kathmandu on Monday. Photo: Courtesy of Prime Minister’s Secretariat

Published at : March 31, 2025
Updated at : March 31, 2025 20:46
Kathmandu
The Federation of Nepali Journalists (FNJ) has given the government a seven-day ultimatum to address the demands related to attacks on journalists and media houses during Friday’s pro-monarchy protests in Tinkune, Kathmandu.A team of the FNJ’s central committee submitted a memorandum to Home Minister Ramesh Lekhak on Saturday, calling government for immediate action to provide justice and compensation for the victims.

FNJ demanded compensation for the family of Suresh Rajak, a journalist who tragically lost his life in the violence, as well as for the media houses attacked by the protesters, including Kantipur Television and Annapurna Post.Rajak died after being trapped in a building that was set on fire during the protests. He was working as a video journalist for Avenues Television.In addition to compensation, FNJ called for the government to ensure free medical treatment for injured journalists, as well as the reimbursement of damaged or lost media equipment.A delegation led by FNJ’s acting president Deepak Acharya handed the memorandum to Minister Lekhak.

 
Photo: RSS
During the meeting, Minister Lekhak assured the delegation that the government is serious about investigating the issue and will take necessary steps after consultations. In the wake of the protests, FNJ chapters across the country held demonstrations on Saturday, with journalists wearing black armbands as a mark of protest on Sunday.Meanwhile, Prime Minister KP Sharma Oli, met family members of Rajak at the prime minister’s official residence at Baluwatar and pledged the government support to the family. He requested Suresh’s wife Sujan Rajak to conduct the funeral rituals.“The prime minister has assured Sujan of employment and other necessary support,” the prime minister’s secretariat said in a press note issued after the meeting.