दृष्टिका प्रधानसम्पादक श्रेष्ठसँग पनि बयान

काठमाडौं – समाचार छापेकै कारण महानगरीय प्रहरी परिसर, ललितपुरले दृष्टि साप्ताहिकका प्रधानसम्पादक शम्भु श्रेष्ठसँग बुधबार बयान लिएको छ। साइवर अपराध गरेको आरोपमा प्रहरीले हिरासतमा राखेका ‘खोजतलास साप्ताहिक’ तथा खोजतलास न्युज डटकम अनलाइनका प्रधानसम्पादक राजु बस्नेतको बयानपछि बुधबारै श्रेष्ठका नाममा पक्राउ आदेश जारी भएको थियो। प्रहरीको पत्र पाएपछि परिसर पुगेका श्रेष्ठलाई बयान लिएर छाडिएको छ। प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत बस्नेतलाई पक्राउ गरेको हो।

खोजतलास न्युज डटकम अनलाइनमा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ शीर्षकमा समाचार छापिएको थियो । सोही समाचार छापिएपछि बस्नेतलाई महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार पक्राउ गरी हिरासतमा राखेको हो।

बस्नेतले उक्त शीर्षकको समाचार दृष्टि न्युज डटकम अनलाइनबाट साभार गरी आफूले प्रकाशित गरेको बताएपछि प्रहरीले श्रेष्ठलाई केही बुझ्नु छ भन्दै पत्र काटेको थियो। श्रेष्ठले दृष्टि अनलाइनमा प्रकाशित भएजस्तै हुबहु समाचार खोजतलास अनलाइनमा नभएकाले आफूलाई त्यसबारे जानकारी नभएको बयान दिएका छन् । ‘समाचार साभार गर्दा मलाई सोधिएको पनि छैन, दृष्टि अनलाइनमा छापिएजस्तो हुबहु समाचार खोजतलासमा छैन, स्रोत प्रयोग गरिएको हुनसक्छ’, उनको बयान छ, ‘कस–कसले समाचार साभार गरेर छाप्छन् त्यसका जबाफ दिने काम मेरो होइन।’

उनले बयानपछि प्रहरीले कसैको दबाबमा पत्रकारको स्वतन्त्र अभिव्यक्ति रोक्न खोजेको आभास आफूलाई भएको नागरिकसँग बताए। उनले खोजतलास अनलाइनलाई देखाएर सबै पत्रकार र पत्रपत्रिकामाथि सरकारले घोषित–अघोषित दबाब दिन खोजेको र प्रहरीको यसप्रकारको गतिविधि सामान्य मात्र नभएको बताए।

बस्नेतले ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकमा दृष्टि अनलाइनमा प्रकाशित समाचार साभार गरी यही भदौ २१ खोजतलास साप्ताहिक पत्रिका र अनलाइनमा प्रकाशन गरेका थिए। बस्नेतलाई पक्राउ आदेश जारी गर्न सांसद पम्फा भुसाल (प्रतिनिधिसभा) र राजकाजी महर्जन (प्रदेशसभा) पक्षबाट ललितपुर जिल्ला अदालतमा निवेदन परेपछि प्रहरीले बस्नेतलाई गोदावरी नगरपालिका–१२, ठेचोबाट पक्राउ गरेको थियो। ललितपुर महानगरपालिका–२७ स्थित हरिसिद्धि इँटा टायल कारखानाको जग्गा भूमाफिया र जनप्रतिनिधि मिलेर बिक्री गर्न लागेको विषयमा दृष्टि र खोजतलासमा समाचार प्रकाशित भएको थियो। सो समाचारले आफ्नो बदनाम भएको भन्दै बस्नेतलाई पक्राउ आदेश जारी गर्न सांसद भुसालका प्रेस सल्लाहकार शुशील खनालले ललितपुर जिल्ला अदालतमा जाहेरी दिएका थिए। अदालतले पक्राउ पूर्जी जारी गरेलगत्तै उनलाई पक्राउ गरी बयानका लागि सरकारी वकिलको कार्यालयमा पु-याइएको थियो। उनलाई अहिले महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा राखिएको छ। बस्नेतमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘खोजतलास साप्ताहीक’ को कार्यालयमा रहेका सामग्री सांसद भुसालका समर्थकले जफत गर्न खोजेको बस्नेतकी पत्नी रमिलाले बताइन्।

दृष्टि साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पनि पक्राउ आदेश जारी गर्न सांसद भुसालका प्रेस सल्लाहकार खनालले जिल्ला अदालत काठमाडौंमा जाहेरी दिएका थिए। प्रतिनिधिसभा सदस्य भुसाल सत्तासीन नेकपाकी केन्द्रीय सदस्य हुन्। खनालले दृष्टि साप्ताहिकले गलत र भ्रामक समाचार प्रकाशन गरेकोले त्यसका सम्पादकलाई पक्राउ आदेश जारी गर्न जाहेरी दिएको बताए। नेकपा निकट दृष्टि साप्ताहिकले केही समययता सरकारका गतिविधिलाई लिएर आलोचनात्मक समाचार छाप्दै आएको छ। खनालले सांंसद भुसालविरुद्ध समाचार लेख्ने जोकोहीलाई पनि कारबाही गरिने बताए।

केही सांसद र नेपाल पत्रकार महासंघले पत्रकार पक्राउको विरोध गर्दै तुरुन्त रिहा गर्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार प्रेस विज्ञप्ति जारी गरी लेखेकै भरमा पत्रकारलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाको निन्दा गरेको छ। पत्रकार पक्राउको विरोध गर्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पनि बुधबार महानगरीय प्रहरी परिसर ललितपुर पुगेका थिए। उनले पत्रकारलाई कारबाही गर्ने निकाय हुँदाहुँदै पनि शक्तिको आडमा ‘अन्तै’ बाट कारबाही सिफारिस गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताए।

Democracy dies when press is not free

The world, it seems, is becoming hostile toward journalists and the free press. In the United States, President Donald Trump persecutes media by dismissing them as “fake news” outlets. In Bangladesh, journalists are often attacked and even murdered by extremist groups for reporting the truth, while the government has failed to provide them security. They are beaten and attacked even for covering local elections. Journalists are often targeted in Pakistan as well. In neighboring India, world’s largest democracy, journalism has become a risky job in recent times. Since 2015, according to various reports, as many as 142 attacks against journalists have been registered, and as many as 70 journalists—many of them independent scribes—have been killed between 1992 and 2016. Compared to other South Asian countries, Nepal fares much better in terms of journalist safety and press freedom. According to the World Press Freedom Index of 2018, Nepal ranks second in South Asia—much better than India, Afghanistan, Pakistan, Sri Lanka, the Maldives and Bangladesh. Nepal is still an exception to South Asian countries in terms of press freedom but it increasingly seems we will have bad days ahead. Recent developments indicate more possible troubles for the press.

On Monday morning, police arrested editor of Khojtalas weekly and Khojtalasa.com Raju Basnet from his residence in Lalitpur on charge of publishing a news report on Khojtalas.com. His report exposed an attempt to transfer the ownership of land owned by Harisiddhi Brick Industries in Lalitpur to some private individuals, allegedly with the involvement of Nepal Communist Party lawmaker Pampha Bhusal and some other leaders of the party. Now Basnet is in judicial custody. Basnet’s arrest is wrong for many reasons. First, the arrest undermines constitutionally guaranteed press freedom and right to publication. Second, Basnet had done what every journalist is duty-bound to do: Expose collusion in selling of public land to private owners. Basnet’s arrest could discourage the journalists to raise question over questionable decisions of the government and the ruling party leaders. Only way to correct this mistake is his immediate unconditional release. The state has no right to persecute journalists simply for writing reports or exposing the government wrongdoings.

It is troubling that the government of K P Oli is slowly becoming intolerant to criticism and seeking to discourage journalists to question its policies to make it accountable. It should not be forgotten that Nepali media, despite weaknesses, have contributed to sustaining democracy and freedom. The support of media fraternity to the political parties in their struggle against direct rule by King Gyanendra in 2006 was exemplary. In the last two years, Nepali media has advocated for the cause of political stability. We in this space supported the unity cause of communist parties for stability and good governance. Thus it does not suit the governing party that has enjoyed media support in its every good policy to try to stifle the press. If the ruling party thinks press freedom is being curtailed elsewhere and therefore some restrictions can be imposed in Nepal as well, it is making a big mistake. Nepali media has already remained free—except during the Panchayat rule and direct rule of the king in 2006—and it should always be allowed to remain free. Curtailing press freedom, let us not forget, amounts to curtailing democracy.

कलमविरुद्ध हत्कडी

मुलुकमा सबैभन्दा ठूलो अपराध के हो ? यसको जबाफ सहजै आउनेछ– लेख्नु । मुलुकमा दण्डहीनता आमसंस्कृति बन्दै गएको छ । कुनै ठाउँमा अनियमितता छन् भनेर देखाउने काम प्रेसको हो । जब प्रेसले देखाउँछ, तब आक्रमण प्रेसमाथि नै हुन्छ।

अनियमितताको आशंका गरिएको छ भने त्यहाँ छानबिन गर्नुपर्छ । छानबिनबाट केही नदेखिएको खण्डमा गलत लेख्नेविरुद्ध पनि उपचारको व्यवस्था छ । त्यस्तो गलत समाचारको खण्डन वा सत्यतथ्य प्रकाशन निम्ति प्रेरित गर्ने काम राज्यका निकायको हो । तर, लेख्ने हातमा हत्कडी लगाउन अहिले प्रहरी निकै सक्रिय हुन थालेको छ । किनभने मुलुकले अंगीकार गरेको कानुनमा लेख्नु फौजदारी अभियोग भइसकेको छ।

विद्युतीय कारोबारसम्बन्धी ऐनको व्यवस्था इन्टरनेटका माध्यमबाट हुनसक्ने अपराधको अनुसन्धान तथा अभियोजनका निम्ति भएको हो । तर, त्यसलाई अहिले पत्रकार ‘ठिक पार्ने’ हतियारका रूपमा प्रयोग हुन थालेको छ । यो कानुन लागू हुनासाथ सबैभन्दा पहिलो लक्ष्य पत्रकारिता जगत् रहेको हो । पछि नेपाल प्रेस काउन्सिल, पत्रकार महासंघसमेतको अगुवाइमा यस्तो विषयमा अनुसन्धान र कारबाही प्रशासनको हातबाट काउन्सिलमा पुगेको हो । लेखेबापत विद्युतीय कारबार ऐन दुरुपयोग गर्दै पत्रकारमाथि कारबाही अघि बढाउनु आफैंमा दुर्भाग्यपूर्ण कदम हो । लेखनलाई आपराधिक कर्मका रूपमा चित्रण गर्दै त्यसकै नियन्त्रणमा राज्य संयन्त्र सक्रिय हुने हो भने वास्तविक अपराध कर्म छोपिने अवस्था आउँछ।

ललितपुर प्रहरीले ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई समाचार छापेकै आधारमा पक्राउ गरी हत्कडी लगाएको घटनाको जति भत्र्सना गरे पनि कम हुन्छ । ‘दृष्टि’ साप्ताहिकले छापेको ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ भन्ने समाचारलाई उनले शीर्षक परिवर्तन गरी प्रकाशित गरेका थिए । र, उक्त समाचार आफूले ‘दृष्टि’ बाट साभार गरेको समेत उल्लेख गरेका थिए । समाचारको सत्यता मापन आफ्नो ठाउँमा छ । त्यसले सांसदहरूको मानमर्दन गरेको पनि हुन सक्छ । तैपनि यसका निम्ति पक्राउ गरी हत्कडीसहित मुद्दा अगाडि बढाउनुपर्छ÷पर्दैन ? यो मुलुकमा तानाशाही सत्ता चलेको छैन।

हाम्रो शासन व्यवस्थामा भएका व्यक्तिहरूको आलोचना गर्न र कुनै समाचार वा टिप्पणी प्रकाशन गर्न संविधानले रोकेको पनि छैन । अभिव्यक्ति, छापाखाना तथा प्रकाशन स्वतन्त्रता संविधानले सुनिश्चित गरेको प्रावधान हो । संविधान प्रदत्त यो अधिकार प्रयोगका क्रममा कुनै पत्रकारका हातमा हत्कडी लाग्छ भने अभिव्यक्ति स्वतन्त्रता उपभोग गरेबापत कुनै राजनीतिक व्यक्तिका हातमा हत्कडी नलाग्ला भन्ने के निश्चित छ । पत्रकार बस्नेतमाथि अहिले गरिएको यो कारबाही ‘छोरी कुटेर बुहारी तह लाउने’ भित्री अभीष्टकै एउटा पाटो हो । जुन स्रोतबाट त्यो समाचार छापियो र जसरी साभार गर्नेलाई कारबाही गरियो, त्यसभित्रको उद्देश्य जटिल देखिन्छ । यसको मतलब अब कसैले पनि कतै अनियमितता आशंकामा कुनै समाचार वा लेख लेख्न सक्ने भएन।

बिस्तारै सामाजिक सञ्जाललाई पनि बोल्न नसक्ने बनाइँदैछ । सबैको मुख थुन्दै गएपछि शासन सत्तामा रहने व्यक्तिहरूले आफ्नो काम सहज हुने ठानेको हुनुपर्छ । एकातिर, सरकारले राम्ररी काम गर्न नसकेको गुनासो आइरहेको छ । अर्कोतिर, सरकारको ध्यान भने कसले आफ्नो आलोचना गरे भन्नेमा गइरहेको देखिन्छ । कसैले गरेको आलोचनालाई सरकारले आफूलाई सही कामका निम्ति गरिएको सहयोग हो भन्ने नबुझ्ने हो भने हामी लोकतन्त्र चलाउने ल्याकतमा छैनौं भन्ने प्रस्ट हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको आलोचनालाई सकारात्मक रूपमा लिनु हो । कुनै सांसदको जग्गा मिच्ने क्रममा संलग्नता रहेको समाचार आउनुको अर्थ सरकारको ध्यानाकर्षण हो।

सम्बन्धित सांसदले पनि आफ्नो प्रभाव प्रयोग गर्दै स्थितिलाई दुरुपयोग गरिरहेको तथ्य बुझ्नपट्टि लाग्ने हो । यसरी समाचार दिने व्यक्तिहरूलाई कारबाही गरेरै समस्याको समाधान हुन्छ भन्ने लागेको हो भने यसको थप ओखती छैन । प्रेस र सत्तापक्षीय व्यक्तिहरूबीचको भिन्नता नै के हो भने प्रेसले लुकाउन खोजेका कुरा उजागर गर्छ, सत्ता पक्षका व्यक्ति त्यसलाई लुकाउन खोज्छन् । समाचारमा उल्लिखित जग्गाको वास्तविकता के हो ? त्यो जग्गा सम्बन्धित सांसदहरूको प्रभाव प्रयोग गरी हडप्न खोजिएको होइन भने यथार्थ सम्बन्धित व्यक्तिहरूबाट सार्वजनिक हुनुपर्छ।

एकातिर, सरकारमा रहेका व्यक्तिहरूले पत्रकारका सन्दर्भमा छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, प्रेस काउन्सिल ऐन र प्रसारणसम्बन्धी ऐनमात्र आकर्षित हुन्छन् भनिरहेका छन् । अहिले आएको फौजदारी संहिता र विद्युतीय कारोबार ऐन पत्रकारका सन्दर्भमा लागू नहुने भन्दाभन्दै किन प्रयोग गरिँदैछ ? पत्रकारलाई लेखेकै कारण हत्कडी लगाएर थुन्ने पद्धतिले कुनै अर्थमा पनि हाम्रो व्यवस्थालाई सहयोग पुर्याउँदैन । पत्रकार बस्नेतलाई तत्काल रिहा गरी प्रेसमाथि हुन थालेको सुनियोजित आक्रमणको शृंखलामा रोक लगाइयोस्।

पत्रकार बस्नेतमाथि साइबर अपराधमा अनुसन्धान

काठमाडौं – महानगरीय प्रहरी परिसर जाउलाखेलले खोजतलास साप्ताहिक तथा खोजतलास न्युज डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरी साइबर अपराध ऐनअन्तर्गत अनुसन्धान सुरु गरेको छ।

उनले दृष्टिन्युज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा प्रकाशित गरेका थिए । उनले समाचारमा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने हेडलाइन राखेका थिए।

सुशील खनालले जाहेरी दिएको आधारमा उनी पक्राउ परेका हुन् । उनलाई पक्राउ गरी हाल सरकारी वकिलको कार्यालय ललितपुरमा बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा अनुसन्धानका लागि बस्नेत पक्राउ परेका हुन्।

नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले समाचार प्रकाशनमा चित्त नबुझे उजुरी गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै प्रहरीले साइबर क्राइम मुद्दा लगाएर समग्र पत्रकारलाई तर्साउन खोजेको आरोप लगाए । ‘बस्नेतले प्रकाशन गरेको समाचारमा चित्त नबुझे उजुरी गर्ने निकाय प्रेस काउन्सिल हो।

सो समाचारबारे प्रेस काउन्सिलमा उजुरी गरेको पाइँदैन’, सचिव दाहालले भने । उनका अनुसार सााभार गरेको समाचारमा उनको गल्ती देखिँदैन, पहिला कसले प्रकाशन गरेको थियो भन्नेतिर प्रहरीको ध्यान गएको छैन । नयाँ कानुन लागू भएपछि नै ८० भन्दा बढी पत्रकारले दुःख पाइसकेको दाहालले बताए।

अपराध संहिताले प्रेस संकुचन गरेकाबारे अध्ययन गर्न कार्यदल गठन

सरकारले मुलुकी अपराध संहिता ऐनले प्रेसलाई संकुचन बनाएको विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा सुझाव दिन १५ सदस्यीय कार्यदल गठन गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रिस्तरीय निर्णयबाट संहिताका कारण अभिव्यक्ति स्वतन्त्रतामा असर परेको भए तिनको विकल्पबारे सुझाव दिन वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए।

कार्यदलमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष तीर्थ कोइराला, मिडिया सोसाइटी नेपालका अध्यक्ष शुभशङ्कर कँडेल, ब्रोडकास्टिङ एशोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालका अध्यक्ष सुवास खतिवडा, अनलाइन सञ्चार माध्यमका तर्फबाट पूर्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ पत्रकार टीकाराम राई र पत्रकार डा राजेश अहिराज सदस्य छन्।

नेपाल पत्रकार महासंघले मुलुकी अपराध संहिताले प्रेसको अधिकार संकुचन गर्ने भन्दै आन्दोलन गर्दै आएको छ। सरकारले प्रेसको सम्बन्धमा सञ्चार क्षेत्रबाट आएका प्रतिक्रियालाई गम्भीर रूपमा लिएको जनाएको छ।

कार्यदललाई मुलुकी अपराध संहिता ऐनमा रहेका प्रेस संकुचन हुने प्रावधानको विकल्पमा राख्ने प्रावधान सुझाउने जिम्मा पाएको छ। कार्यदललाई राष्ट्रिय अन्तराष्ट्रिय प्रचलनको अध्ययन गर्ने जिम्मा समेत दिइएको छ।

कार्यदलको समयावधि कार्य सुरू भएको मितिले ४५ दिन रहेको छ।

संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानूनद्वारा व्यवस्थित गर्ने सन्दर्भमा कुनै अन्यौल उत्पन्न भएमा सञ्चार क्षेत्रबाट आउने सुझाव र प्रतिक्रियालाई ग्रहण गर्न सरकार सधैं खुला रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ

काठमाडौँ — फेसबुकमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ ।

सार्वजनिक पदाधिकारीका विवरण गोप्य नरहने

काठमाडौँ — सार्वजनिक पद धारण गरेका व्यक्तिको वैयक्तिक विवरण गोप्य नहुने भएको छ । संसदको राज्य व्यवस्था समितिले सार्वजनिक पदमा आसीन व्यक्तिको परिभाषासमेत खुलाएर ती व्यक्तिको व्यक्तिगत विवरण खुला हुने सहमति गरेको हो ।

सरकारले संसद्मा ल्याएको वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्नुपर्ने प्रस्ताव थियो । विधेयकमाथि परेको संशोधनको छलफलमा समितिले सार्वजनिक पदधारी व्यक्तिले बुझाएको सम्पत्ति विवरण, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रलगायतको विवरण तत्सम्बन्धी सूचनाको समाचार प्रकाशन तथा आलोचना गर्न असर नपर्ने प्रावधान राख्ने टुंगो लगाएको हो । त्यस्तै सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले व्यक्त गरेको मन्तव्य, विचार प्रकाशन वा प्रसारण गर्न सकिने प्रावधान विधेयकमा थप गरेको छ ।

‘सार्वजनिक हकहित वा नागरिक सचेतनाका लागि सरकार वा संवैधानिक निकाय, संघसंस्थामा रहने व्यक्तिले गरेको कार्यको स्वस्थ आलोचना, लेख रचना, समाचार लेख्न, टिप्पणी, व्यंग्यात्मक तस्बिरको संकलन, प्रकाशन गर्न’ छुट दिने व्यवस्था राख्न समितिमा सहमति जुटेको हो । विधेयकमा कानुनबमोजिम कुनै कसुरको अनुसन्धान वा अभियोजन गर्ने अधिकारी वा अदालतले प्रयोग गर्ने अधिकार तथा अदालतको कारबाहीको सम्बन्धमा मात्रै ऐनमा लेखिएको कुनै कुराले प्रतिकूल असर नपर्ने भनिएको थियो ।

परिमार्जित विधेयकमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पदाधिकारी तथा कर्मचारीलाई समेत समेट्ने सहमति भएको छ । सत्ता पक्षका सांसद कृष्णभक्त पोखरेल, पवित्रा निरौला, नारायणप्रसाद खतिवडा, घनश्याम खतिवडा, शशी श्रेष्ठ र नवीना लामाले विधेयकमा संशोधन राखेका थिए । ‘संविधानले पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरेको छ । नयाँ कानुनमा प्रेसलाई संकुचन हुने गरी कुनै पनि प्रावधान राखिनु हँुदैन,’ पोखरेलले भने, ‘सार्वजनिक जीवनका व्यक्तिका विषयमा खोजमूलक लेख रचना स्वस्थ आलोचना, सार्वजनिक ठाउँमा लिएका फोटा, कार्टुन प्रकाशन र प्रसारण गर्न यो कानुनले निषेध गर्न खोजेको होइन है भन्ने सन्देश आजको सहमतिले दिएका छौं ।’

विधेयकमा सर्वसाधारण र सार्वजनिक पदमा रहेका व्यक्तिको परिभाषा नै फरक बनाएर अन्य कानुनसँग नबाझिने तथा प्रेसमैत्री बनाएको सांसदहरूले बताए। सम्पत्तिसम्बन्धी गोपनीयताको व्यवस्थामा सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न बाधा नपर्ने छलफलका क्रममा थप गरिएको छ ।

तथ्यांकसम्बन्धी गोपनीयतामा रोजगारीसम्बन्धी विवरण गोप्यभित्र नपर्ने भएको छ । विधेयकमा सम्बन्धित व्यक्तिको सहमतिबिना स्वास्थ्य परीक्षण, सम्पत्ति, आयआर्जन, रोजगारी, पारिवारिक, जैविक विवरण, हस्ताक्षर, राजनीतिक आबद्धता, व्यवसाय कारोबार सार्वजनिक गर्न नहुने उल्लेख थियो । तस्बिर खिच्न वा बिक्री गर्न नहुने दफालाई पनि मुलुकी फौजदारी संहितासँग मिलाइने भएको छ । संहितामा भएको व्यवस्थासँग गोपनीयतासम्बन्धी विधेयकमा राखिएको प्रावधान बाझिएको थियो ।

संहिताको दफा २९५ मा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने व्यवस्था छ । कुनै व्यक्तिको अनुमतिबिना निजको तस्बिर खिच्न वा निजको तस्बिरसँग अरू कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन नहुने संहितामा भनिएको छ । कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्बिर खिचिन गएको रहेछ भने कसुर गरेको नमानिने व्यवस्था छ । अनुमतिबिना तस्बिर खिचेमा एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान राखिएको छ । तर, गोपनीयतासम्बन्धी विधेयकमा सजाय ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने वा दुवै सजाय हुने व्यवस्था थियो ।

सोचविचार गर्नुस् : गृह सचिव राई
वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३५ र ३६ मा मात्रै राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा छलफल हुन बाँकी थियो । विधेयकको दफा ३४ मा गृह मन्त्रालयले यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कानुनबमोजिम कुनै कसुरको अनुसन्धान वा अभियोजन गर्ने अधिकारी वा अदालतले प्रयोग गर्ने अधिकार तथा अदालतको कारबाहीको सम्बन्धमा ऐनमा लेखिएको कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन भनिएको थियो । यही दफामा तीनवटा संशोधन परेका थिए ।

सांसद दिव्यमणि राजभण्डारीले यो दफा नै हटाउनुपर्ने संशोधन हालेका थिए । सांसद कृष्णभक्त पोखरेलसहित ६ जनाले गृहले ल्याएको दफा ३४ लाई उपदफा १ कायम गरे उपदफा २ मा यस ऐनमा अन्यत्र जेसुकै लेखिए पनि सार्वजनिक पदमा बहाल रहेका कुनै पनि व्यक्तिले निर्वाह गरेको भूमिका, व्यक्त गरेको विचार, कामको आलोचना, लेख रचना समाचार संकलन गरी प्रकाशन प्रसारण गर्न सकिने संशोधन हालेका थिए । त्यस्तै शैक्षिक प्रमाणपत्र, नागरिकता, सम्पत्ति विवरणको सूचना, विवरण तथ्यांकको समाचार प्रकाशन, प्रसारण गर्न, टिप्पणी गर्न, लेख लेख्न र स्वस्थ आलोचना गर्न प्रतिकूल असर पारेको मानिने छैन भन्ने थप गरेका थिए । शेरबहादुर तामाङले सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्ति विवरणलगायत अन्य विवरण सार्वजनिक गर्नुपर्ने संशोधन हालेका थिए ।

दफावार छलफलमा पोखरेलसहित ६ जनाले हालेको संशोधन भाषा मिलाएर समावेश गर्ने राज्य व्यवस्था समितिका सदस्यबीच सहमति भएपछि गृह मन्त्रालयका सचिव प्रेमकुमार राई आक्रोशित भए । सांसदसमेत सार्वजनिक पद धारण गरेको व्यक्तिभित्र पर्ने भन्दै कानुन बनाउँदा विचार पुर्‍याउनुपर्ने उनले बताए । ‘तपाईं हामी सबै सार्वजनिक पद धारण गर्ने व्यक्तिभित्र पर्छौं,’ उनले भने, ‘यसमा अलि सोचविचार गर्नुपर्छ ।’ सार्वजनिक पदमा नभएका व्यक्तिले जे गरे पनि छुट दिने अनि सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण सबै सार्वजनिक गर्नु गलत भएको उनले बताए । ‘विधेयकमा राख्न लागेको व्यवस्थाले भविष्यमा के असर पार्छ विचार गर्नुपर्छ,’ उनले समितिको बैठकमा भने, ‘चिकित्सकले अपरेसन गर्न नमानेजस्तै सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि त्यस्तै गरे के हुन्छ ?’

प्रकाशित : भाद्र २७, २०७५ ०७:१५

समाचार लेख्नेलाई ‘छुट’, साभार गर्ने प्रहरी हिरासतमा

समाचारले चरित्र हत्या गरेको भन्दै परेको मुद्दामा प्रहरीले एकजना पत्रकारलाई पक्राउ गरेको छ।

खोजतलास साप्ताहिक र खोजतलासडटकमका प्रकाशक तथा प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले सोमबार बिहान उनको घर ललितपुर ठेंचोबाट पक्राउ गरेको हो।

‘बिहान ८ बजे प्रहरी घरमा आएर उहाँलाई हत्कडी लगाएर लिएर गए। बिरामी हुनुहुन्छ। मेघा अस्पतालमा देखाउँथ्यौं। देखाइरहेको डाक्टरलाई देखाउन लैजान दिनुस् भन्यौं तर प्रहरीले पाटन अस्पतालमा मात्र जान पाइन्छ भन्यो,’ बस्नेतकी श्रीमती रमिताले सेतोपाटीसँग भनिन्।

खोजतलास  साप्ताहिक र खोजतलासडटकमले दृष्टि साप्ताहिकमा प्रकाशित ‘हरिसिद्दि को जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकको समाचार साभार गरेको थियो। दृष्टिमा उक्त समाचार ‘जनप्रतिनिधि कि जग्गा दलाल’  शीर्षक छापिएको थियो। समाचार नेकपाकी सांसद पम्फा भुषाललगायत हरिसिद्दि इँटा उद्योगको जग्गा व्यक्तिको नाममा नामसारी गर्न दबाब दिएको उल्लेख छ। सो समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै सुशील खनालले बस्नेतविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका थिए।

‘जिल्ला अदालतले पक्रनु भनेकाले समातेका हौं अहिले उहाँ हिरासतमा हुनुहुन्छ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले सेतोपाटीसँग भने, ‘अदालतले दिएको म्यादसम्म उहाँ हिरासतमै रहनुहुन्छ।’

अदालतले बस्नेतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सांसद भुषालले आफू बस्नेतविरूद्ध मानहानीको मुद्दा लिएर अदालत जाने बताइन्।

उनले दृष्टिमा समाचार छापिए पनि यसका सुरूआतकर्ता बस्नेत नै भएको जिकिर गरिन्।

समाचार प्रकाशन गर्ने दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले समाचारको विषयमा उजुरीकर्ताले आफूहरूसँग कुनै छलफल नगरेको बताए।

‘खोजतलासले दृष्टिको समाचार साभार गरेको हो। उजुरीकर्ताको यसमा आपत्ति हो भने दृष्टिविरूद्ध उजुरी हाल्नुपर्थ्यो, प्रेस काउन्सिल जानुपर्थ्यो,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘यस्ता विषयमा पत्रकार समातेर हिरासतमा लिनु साइबर क्राइम कानुनको दुरूपयोग हो। राज्यआतंक हो।’

उनले समाचार साभार गर्नुपूर्व बस्नेतले आफूसँग अनुमति नलिएर गल्ती गरेको बताए।

पत्रकार  र समाचारका विषयमा परेका उजुरीको छानबिन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल नेपालले भने बस्नेत पक्राउ परेको औपचारिक जानकारी नआएको बताएको छ।

‘पहिला यस्तो कुरा आउँदा प्रहरीले हामीलाई जानकारी गराउँथ्यो तर यसपालि केही सूचना दिएन,’ काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भने,‘अदालतले पक्राउ पुर्जी दिएको भन्छ। नयाँ कानुन आएपछि प्रहरीले क्षेत्राधिकार मिचेको हो कि? हामी बुझ्दैछौं।’

श्रेष्ठले बस्नेतविरूद्धको अर्को मुद्दा काउन्सिलमा विचाराधीन रहेको जानकारी दिए।

‘समाचार लेखेकै भरमा पत्रकारलाई प्रहरीले हिरासतमा लिन पाइँदैन। जे भयो गलत भयो। यस घटनामा थप क्षति हुन नदिने पहल गर्छौं,’ श्रेष्ठले भने।

पत्रकारलाई हत्कडी

ललितपुर — प्रहरीले ललितपुरबाट प्रकाशित हुने ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा हत्कडी लगाएर पक्राउ गरेको छ ।

प्रहरीले बस्नेतलाई सोमबार गोदावरी नगरपालिका–१२, ठेचोबाट पक्राउ गरी बयानका लागि सरकारी वकिलको कार्यालयमा लगेको हो ।

बस्नेतले दृष्टि साप्ताहिकमा भदौ १९ मा ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सासदहरूकै दबाब’ शीर्षकमा प्रकाशित समाचार शीर्षक परिवर्तन गरेर आफ्नो पत्रिकामा भदौ २१ मा छाप्नुका साथै अनलाइनमा समेत प्रकाशित गरेका थिए ।

बस्नेतले ‘जनप्रतिनिधि कि जग्गा दलाल ?’ शीर्षक र ‘जनताको समस्या छोडेर ध्यानजति पैसातर्फ मात्रै’ उपशीर्षक राखेका थिए । बस्नेतले समाचारको अन्तिममा दृष्टि अनलाइनबाट साभार गरिएको उल्लेख गरेका छन् ।

समाचार ललितपुर महानगर–२७ स्थित हरिसिद्धि इँटा टायल कारखानाको जग्गा भूमाफिया र जनप्रतिनिधि मिलेर बिक्री गर्न लागेको बारेमा छ । दुवै पत्रिकामा सांसद पम्फा भुसाल र राजकाजी महर्जनको फोटो राखिएको थियो ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर नेकपानिकट सुशील खनालले सांसद भुसाललगायतलाई बदनाम गरेकाले कारबाही माग गर्दै जिल्ला अदालतमा जाहेरी दिएका थिए । अदालतको आदेशमा प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा अनुसन्धान सिलसिलामा बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।

बस्नेतको पक्राउप्रति पत्रकार महासंघले भत्र्सना गरेको छ । ‘बस्नेतलाई समाचारको विषयलाई लिएर विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान गर्न भनी प्रहरीले पक्राउ गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, בसमाचारका विषयमा उठेका वा परेका उजुरी हेर्ने अधिकार प्रेस काउन्सिलको हो । यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’

महासंघले पक्राउ परेका पत्रकार बस्नेतलाई ससम्मान रिहा गरी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०७:२४

स्थानीय सरकारका आफ्नै पत्रकार

झापाको मेचीनगर नगरकार्यपालिका बैठकले स्थानीय एक पत्रकारलाई मासिक आठ हजार रुपैयाँ तलब दिने निर्णयसहित नगरपालिकाको प्रेस संयोजक नियुक्त गरेको छ। नगरपालिकाको बजेटबाटै मासिक तलब दिने गरी ती पत्रकारलाई संयोजक नियुक्ति गरिएको हो।

ती पत्रकार नगरपालिका कार्यालयमा पुगेर हाजिर गर्नुपछ। उनको मुख्य जिम्मेवारी नागरिकको विचारलाई जनप्रतिनिधि र कर्मर्चारीसँग पुर्‍याउनु रहेको नगर प्रमुख विमल आचार्यले जानकारी दिए। ‘पत्रकारलाई स्थानीयस्तरका विषयमा धेरै जानकारी हुने हुँदा काममा सहयोग पुगोस् भन्ने उद्देश्यले जिम्मेवारी दिएका हौं’, उनले भने।

नगरपालिकामा सूचना अधिकारी हुँदाहुँदै प्रेस संयोजक आवश्यकता थियो र भन्ने प्रश्नमा आचार्यले करारमा कर्मचारी तोक्न पाउने प्रावधानलाई टेकेर आवश्यक जिम्मेवारी दिइएको उनको दाबी छ। भद्रपुर नगरपालिकाले पनि मासिक १२ हजार रुपैयाँ तलब दिने गरी प्रेस संयोजक तोकेको छ। नियमित कार्यालय आएर नगरका गतिविधि तथा निर्णयको समाचार स्थानीय सञ्चारमाध्यमा पठाउनु उनको जिम्मेवारी तोकिएको छ।

नगर प्रमुख सहभागी कार्यक्रमका विषयमा संयोजकले सञ्चारमाध्यम ‘रेडिमेड’ समाचार पठाइदिन्छन्। ‘कर्मचारीकै रूपमा प्रेस संयोजक तोकेका हांै’, नगर प्रमुख जीवनकुमार        श्रेष्ठले भने, ‘नगरको गतिविधि सञ्चारमाध्यममा ल्याउनु नै उद्देश्य हो।’ झापाका १५ मध्ये ६ स्थानीय तहले तबल दिएर ‘आफ्नै पत्रकार’ नियुक्त गरेका छन्। मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र गौरादह नगरपालिकाले तलब दिएर त्यस्ता पत्रकार नियुक्त गरेका हुन्।

कन्काई र दमक नगरपालिकाले भने पत्रकार राखेका छैनन्। प्रेस संयाजक तोकेका तहले उनीहरूलाई १० देखि बढीमा १५ हजारसम्म तलब दिएका छन्। कन्काई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले स्थानीय सञ्चारमाध्यम र सञ्चारकर्मीसँग सहकार्य गरेर नगरले काम गरिरहेकाले प्रेस संयोजक नतोकिएको बताए।

प्रवक्ताबाटै काम चलाइन्छ

देशका कतिपय स्थानीय तहले प्रेस संयोजक राखेर व्ययभार बढाइरहेका बेला इलामका केही स्थानीय तहले भने प्रवक्तामार्फतै प्रेस संयोजकको काम गराइरहेका छन्। देउमाई नगरपालिका प्रमुख सूर्य पोखरेलले प्रेस संयोजक राख्ने कतै व्यवस्था नरहेकाले नगरपालिकाका जनप्रतिनिधिलाई प्रवक्ता तोकेर काम गरिरहेको बताए। ‘कार्यालयका आन्तरिक सूचनाहरू सूचना अधिकारीमार्फत उपलब्ध गराउने व्यवस्था मिलाएका छौं’, उनले भने।

जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकाले जनप्रतिनिधिलाई नै प्रवक्ता तोकेका छन् भने ऐनअनुसारै कर्मचारीलाई सूचना अधिकारी तोकेर गतिविधि र तथ्यांकहरू उपलब्ध गराएका छन्। इलाम नगरपालिकाका सूचना अधिकारी रामकुमार साहका अनुसार नगरपालिकाले पनि कार्यपालिका सदस्यलाई प्रवक्ता तोकेको छ। उनै प्रवक्ताले नगरका सूचना इमेलमार्फत सञ्चारकर्मीलाई उपलब्ध गराउने गर्छन्।

रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले पनि प्रेस संयोजक नराखेको बताउँदै भने, ‘सञ्चारकर्मीको पहँुच सीधै स्थानीय तहका प्रमुखसँग सहजै पुग्ने भएकाले पनि आवश्यक नपरेको हो।’ माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए। फाककोक थुम गाउँपालिकाका अध्यक्ष राम        श्रेष्ठले पनि प्रेस संयोजकको आवश्यकता अहिलेसम्म महसुस नगरेको बताए। माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले पनि प्रेस संयोजक बनाउने सोच नभएको बताए। सूर्योदय नगरपालिकाले प्रेस हेर्न पत्रकारको संयोजकत्वमा समिति बनाए पनि तलब दिएको छैन।

ताप्लेजुङका कुनै पनि स्थानीय तहले सञ्चार सल्लाहकार नियुक्त गरेका छैनन्। फुङलिङ नगरपालिकाले पत्रकार महासंघसँग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्न बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षभित्र खर्च गर्ने गरी पत्रकारिता विकास कार्यक्रमका लागि दुई लाख ५० हजार र सूचना प्रविधि तालिम तथा सचेतनाका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ। ‘हामीले प्रेस सल्लाहकार वा विज्ञ भनेर राखेका छैनौं’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत        श्रवणकुमार पोखरेलले भने, ‘पत्रकार महासंघसँग सहकार्य गरेरै कार्यक्रम, विज्ञापन तथा सूचनाका लागि भने छुट्याइएको छ।’

नगरपालिकाले चालू आवदेखि एकजना पत्रकारलाई पुरस्कृत गर्ने गरी नगर पुरस्कारको व्यवस्था गरेको छ। आवश्यक नै नपरेकाले नराखेको फक्ताङलुङ गाउँपालिका प्रमुख सरोज एभेङले बताए। ‘एक वर्षको अवधिमा सञ्चारविज्ञ आवश्यक परेन, हेर्दै जाऊँ, आवश्यक परे राखिएला’, उनले भने। आठराई त्रिवेणी गाउँपालिका प्रमुख विश्व सिटौलाले पत्रकारिताको विकासका लागि कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए।

गाउँपालिकामा इन्टरनेट जडानका लागि सिरिजंगा गाउँपालिकाले १६ लाख विनियोजन गरेको छ। ‘इन्टरनेट नहुँदा कार्यसञ्चालनमै समस्या भइरहेको छ’, गाउँपालिका प्रमुख टीका गुरुङले भने, ‘इन्टरनेटलाई प्राथमिकता दिएका हौं।’ एक नगर र आठ गाउँपालिका ताप्लेजुङका सबैले प्रवक्ता र सूचना अधिकारी भने तोकेका छन्। केही तहका प्रमुख तथा उपप्रमुखले गाउँपालिकाबाटै पारि श्रमिक दिने गरी व्यक्तिगत सल्लाहकार पनि राखेका छन्।

भोजपुरका अधिकांश स्थानीय तहले प्रवक्ता नियुक्त गरी कार्यपालिकाको सूचना प्रवाह गरिरहेका छन्। नौवटा स्थानीय तहमध्ये ७ तहमा प्रवक्ता र २ तहमा सूचना अधिकारी राखिएको छ। दुई नगर र पाँच गाउँपालिकाले प्रवक्ता नियुक्त गर्दा दुर्गम साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकाले भने सूचना अधिकारी प्रयोग गरी सूचना प्रवाह गर्दै आएको छ। अधिकांश तहका प्रवक्ताको जिम्मेवारी तहका वडाध्यक्षलाई तोकिएको छ।

कर्मचारी अभाव झेले पनि साल्पासिलिछोले गाउँपालिकामा आईटी अफिसरलाई सूचना अधिकारी तोकेको छ। यसअघि तोकिएको सूचना अधिकारीको डेढ महिनामै सरुवा भएपछि गाउँपालिका करिब नौ महिना सूचना अधिकारीविहीन बनेको थियो। सदरमुकामको भोजपुर नगरपालिकाले कार्यपालिकाको सूचना सम्प्रेषणका लागि प्रवक्ता नियुक्त गरेको छ।

सुनसरी–मोरङमा कतै छन्, कतै छैनन्

सुनसरीको वराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिकाले प्रेस संयोजक राखेका छन्। धरान उपमहानगरपालिकाले योगेशबाबु काफ्लेलाई प्रेस संयोजक नियुक्त गरेको छ। मासिक २५ हजार रुपैयाँ पाउने गरी नियुक्ति दिइएको काफ्लेले जानकारी दिए।

उनलाई कार्यपालिका बैठकले निर्णय गरेर उक्त जिम्मेवारी दिएको हो। यस्तै वराहक्षेत्र नगरपालिकाले पनि कार्यपालिका बैठकमार्फत निर्णय गराई प्रेस संयोजक राखेको छ। संयोजकमा नवराज विष्टलाई राखिएको छ। उनलाई मासिक १० हजार रुपैयाँ दिइएको नगरप्रमुख नीलम खनालले जानकारी दिए। विराटनगर महानगरपालिका, लेटाङ र पथरीशनिश्चरे नगरपालिकाले प्रेस संयोजक नियुक्त गरेका छन् भने बाँकी स्थानीय तहले राखेका छैनन्।

(साथमा कुमार लुइँटेल, हिमाल दाहाल, तोयानाथ भट्टराई, रविन भट्टराई, सीतारम गुरागाईं र प्रदीपचन्द्र राई)

डराउनु पर्दैन व्यावसायिक पत्रकार

यही भदौ १ गतेदेखि मुलुकी संहिता जारी भएपछि यसका पक्ष विपक्षमा तर्क–वितर्कहरू आइरहेका छन् । उक्त संहितामा उल्लिखित चिकित्सासम्बन्धी विषयलाई लिएर चिकित्सकहरूले त बिरामी नै नजाँच्ने धम्की दिएर आन्दोलन घोषणा गरे । उपचार गर्ने शपथ खाएर चिकित्सा पेशामा लागेका उनीहरू बिरामीलाई अलपत्र पारेर सडकमा गए । उक्त ऐन लागू भएपछि झल्याँस्स भएर नेपाल पत्रकार महासङ्घले पनि केही दफा संशोधनका लागि आन्दोलन घोषणा ग¥यो । भदौ ३ गते बसेको महासङ्घको केन्द्रीय समिति बैठकले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसूरसम्बन्धी व्यवस्थाका केही प्रावधानहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने अनुमान लगाउँदै ती बुँदाहरू संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन सरकारसँग माग गरेको छ तर बैठकले विद्यमान बुँदाहरू संशोधन गरेर के के राख्नुपर्ने हो भन्ने सुझाव दिन सकेको छैन ।
प्रेससँग सम्बन्धित पक्षले उक्त संहिताको भाग–३ वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्वको कसूरअन्तर्गतको परिच्छेद–१ मा उल्लिखित गोपनीयताविरुद्धको कसूरलाई बहसको विषय बनाएको देखिन्छ । दफा २९३ देखि ३०० सम्मका प्रावधानबाट प्रेस स्वतन्त्रता कुण्ठित हुनसक्ने उनीहरूको अनुमान छ । यस अनुमानलाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले समेत साथ दिएको छ ।
दफा २९३ मा कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरूको मञ्जुरीविना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन गर्न नहुने बताइएको छ । तर सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यको हकमा यो दफा लागू नहुने पनि त्यहीँ खुलाइएको छ । गोप्य स्रोतबाट प्राप्त भएका कतिपय समाचार वा गोप्य रूपमा समाचार सङ्कलन गर्दा त्यसको आधार–प्रमाण जुटाउन सकिँदैन कि भन्ने चिन्ता हुनु स्वाभाविक हो तापनि सार्वजनिक हितका गोप्य रूपमा ध्वनि अङ्कन गरी समाचार सम्प्रेषण गरिएको वास्तविकता सप्रमाण अडियन्स (स्रोता) समक्ष बताउन सकिएमा कुनै अप्ठ्यारो हुँदैन । तर यस्तो कार्य निजी स्वार्थका लागि गरिएको हुनु हुँदैन ।
दफा २९४ मा गोप्य कुरा प्रकट गर्न नहुने विषयमा कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानुनले बाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई प्रकट गर्न हुँदैन भनिएको छ । यदि सार्वजनिक घात हुने गरी कसैले गलत कार्य गरेको सूचना वा जानकारी सप्रमाण पाइएमा पत्रकारले निर्धक्क भएर सार्वजनिक गर्न सक्छ । उसले डराएर समाचार ‘किल’ गर्नुपर्दैन । किनकि समाचार स्रोतको संरक्षण गर्नु पत्रकारिताको विश्वव्यापी मान्यता नै हो ।
दफा २९५ अनुसार कसैले कुनै व्यक्तिको अनुमतिबिना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन पाइने छैन । यद्यपि सार्वजनिक स्थानको तस्वीर खिच्दा उक्त स्थानमा रहेको कुनै व्यक्तिको तस्वीर खिचिएमा त्यसलाई कसूर नमानिने कुरा प्रस्ट पारिएको छ । खासगरी सामाजिक सञ्जालमा एक व्यक्तिको तस्वीर अर्काे व्यक्तिसँग जोडेर अनर्गल, अश्लील प्रचार गरिँदै आएको छ । त्यसलाई यही दफाको (३) ले बर्जित गरेको देखिन्छ । यसअनुसार अब कसैको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रूपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन । अहिले पत्रकार मात्र हैन, सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ता समेत यस्तो कार्य गर्नमा माहिर भइसकेका छन् । यो प्रावधान त्यहाँसम्मलाई हेरेर ल्याइएको हुनसक्छ । त्यसैले आफ्नो लागि मात्रै केन्द्रित गरी ल्याइएको भनेर मिडियाजगत् तर्सनुपर्ने देखिँदैन । के यो दफामा उल्लिखित कार्य गर्न पाउनु चाहिँ अभिव्यक्ति स्वतन्त्रता हो त ? पत्रकारको सन्दर्भमा माथि भनिएकै प्रसङ्ग दोहो¥याउनु उपर्युक्त हुन्छ । सार्वजनिक हित, जनकल्याण र राष्ट्रविरुद्ध घात गर्नेलाई मिडियाले सार्वजनिक गरेर ‘अडियन्स’ समक्ष जे हो त्यही वास्तविकता खुलाइदिएपछि अप्ठ्यारो होला जस्तो लाग्दैन ।
पत्रकारिता कला भएकाले त्यसमा कला पनि प्रयोग गर्न जान्नुपर्दछ । यस्ता समाचारमा यही ऐनका दफा उल्लेख गरेर कानुनमा यस्तो भनिएकाले थप तथ्य खोज्न सकेनौँ भनेर अडियन्सको विश्वसनीयता कायम राखिराख्न सकिन्छ । समाचार वा समाचार–सामग्री प्रस्तुत भएपछि अन्त्यमा ऐनमा यस्तो व्यवस्था भए पनि सार्वजनिक हितका लागि यसो गरिएको हो भन्न सकिन्छ । यदि सार्वजनिक हितका उद्देश्यले गोप्य रूपमा ध्वनि रेकर्ड गरिएको वा तस्वीर खिचिएको भए आधार र प्रमाण खुलाउनुपर्ने अवस्थामा स्रोतको संरक्षण गरी त्यसलाई सार्वजनिक गर्न सकिन्छ ।
दफा २९६ अनुसार कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमतिबिना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउन वा सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन । यो दफा पनि सार्वजनिक हितका लागि पत्रकारिता गर्नेका हकमा लागू हुन्छ जस्तो लाग्दैन । कसैले निजी स्वार्थका लागि व्यक्तिको तस्वीर दुरुपयोग गरेमा ऊ मात्र सजायको भागीदार हुन सक्दछ । सही उद्देश्यका लागि सार्वजनिक मानिस वा समाचारमा आउन सक्ने नयाँ पात्रको तस्वीर अनुमति लिएरै सम्प्रेषण गर्न सकिन्छ ।
दफा २९७ अनुसार अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिको अनुमतिबिना कसैको चिठ्ठी खोल्न वा अरुले टेलिफोनमा गरेको कुरा कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर बीचमा सुन्न वा ध्वनि अङ्कन गर्न हुँदैन । अहिले नेपालका केही पत्रकार (अन्य मानिसबाट पनि) गोपनीयताको हक विपरीत यस्ता गैरकानुनी कार्य गर्दै आएको पाइन्छ । पत्रकारिताको शक्ति देखाएर मानिसलाई तर्साउने गरेको देखिन्छ । पहुँचवाला हुँदैमा वा हातमा कलम, क्यामेरा र कापी छ भन्दैमा नागरिकलाई दुःख र तनाव दिन पाइन्छ त ? कि खुलेरै पाइन्छ भनौं, पाइँदैन भने यसको विरोध किन ?
दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने प्रावधान राखिएको छ । कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रूपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन । यसो गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । यसमा ‘अनधिकृत’ रूपमा मात्र पाइँदैन भनिएको छ । यसको अर्थ राम्रो कार्य वा सार्वजनिक हितका लागि त पाइन्छ भनेको हो नि ?
दफा २९९ अनुसार छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न हँुदैन । यस्तो कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । यो दफाबाट पनि अभिव्यक्ति र प्रेस स्वतन्त्रतामाथि बाधा पुग्ने देखिँदैन । यो पत्रकारप्रति लक्षित छँदैछैन । गलत कार्य गर्ने आम व्यक्तिप्रति लक्षित छ । यसको एकोहोरो विरोध गर्नुको अर्थ छल्ने, धोका दिने, हैरानी पार्ने, सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न पाइन्छ भनिएको
हो त ?
दफा ३०० अनुसार कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान वा बेइज्जत गर्ने बदनियतले कुनै चिठ्ठी पत्र, पर्चा वा अन्य कुनै किसिमको लिखत लेखी, लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिने, सताउने, जिस्क्याउने वा अन्य कुनै किसिमले अनुचित व्यवहार गर्न वा गराउन हुँदैन । यो दफाको पनि कुन शब्दले हनन हुन्छ प्रेस स्वतन्त्रता ? कुन आशयले रोक्छ पत्रकारको कलम ? नागरिक वा पत्रकार हुनुको अर्थ कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान वा बेइज्जत गर्ने बदनियतले चिठ्ठी पत्र, पर्चा वा अन्य लिखत लेखी, लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिन, सताउन, जिस्क्याउन पाउनुपर्छ भन्ने हो र ? के यो प्रावधान पत्रकारकै गोपनीयताको सुरक्षाकवच होइन र ? माथि उल्लिखित सबै दफाहरू वैयक्तिक गोपनीयतासँग मात्रै सम्बन्धित छन् । यी दफाहरूले नेपालको संविधान (२०७२) को धारा २८ मा रहेको गोपनीयतासम्बन्धी मौलिक वैयक्तिक अधिकार (कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुनेछ) लाई अझै संरक्षण गर्न खोजेको देखिन्छ । आम नागरिकको कुरा गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्न यस्तो व्यवस्था ल्याइएको होइन जस्तो देखिन्छ भने यी प्रावधानहरू प्रेसलाई अंकुश लगाउने मनसायले राखिएको जस्तो लाग्दैन ।
व्यवहारिक पाटो हेर्दा नेपाली पत्रकारिताको सारपूर्ण स्कूलिङ र अभ्यास नकारात्मक कोणबाट अगाडि बढेको देखिन्छ । नन–न्युजलाई न्युज बनाएर सम्प्रेषण गरेको पाइन्छ । त्यति मात्र हैन पत्रकारिताको आवरणमा विकृति बढ्न थालेको छ । इमान्दार पत्रकार पलायन हुने क्रम बढेको छ । कतिपय पत्रकारलाई दैनिक हातमुख जोर्न गाह्रो छ भने कतिपयको काम नै नदेखिए पनि हाइफाइको जिन्दगी चलिरहेको देखिन्छ । पत्रकारिताको आवरणमा कतिपयबाट गोरखधन्दा भएको बताइन्छ तर तिनीहरूमाथि कारबाही भएको देखिँदैन । अतः आचारसंहिताको अक्षरशः पालना गरी व्यावसायिक धर्म निभाएर नैतिक पत्रकारिता गर्नेका लागि यी दफाहरूले केही फरक पार्ने देखिंदैन । गलत र अनैतिक पत्रकारिता गर्नेहरू मात्र हो तर्सनुपर्ने । सार्वजनिक स्थलमा हुने गलत कार्य वैयक्तिक गोपनीयता नहुने भएकाले यसबाट प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि भनेर चिन्तित हुनै पर्दैन । हाउगुजी र आतंक त्यसका लागि हो जसले व्यक्तिको निजी जीवनको सम्मान गर्दैन, गोपनीयतासम्बन्धी मौलिक अधिकारको विरुद्धमा समाचार सम्प्रेषण गर्दछ, जसले सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको दुरुपयोग गरेर पत्रकारिताको आवरणमा गलत धन्दा गर्छ ।
बरु यो संहिता महिलाको गोपनीयताका पक्षमा स्पष्ट खुल्न सकेको छैन । समाजवाद–उन्मुख भनिएको अहिलेको राज्यव्यवस्थामा पनि महिलालाई हेर्ने दृष्टिकोण चरम सामन्तवादी नै छ । महिलाको गोपनीयताको विषयलाई शंकाको भरमा समाचार बनाएर जथाभावी सम्प्रेषण गर्ने गरेको पाइन्छ । कतिपय मिडियाले नारीको चरित्रहत्या गरेर उनीलाई समाजमै पुनस्र्थापित हुन नसक्ने गरी निकै खेद्ने गरेको देखिन्छ । महिला गोपनीयताका विषयमा अझ स्पष्ट व्यवस्था गरिएको भए सुनमा सुगन्ध हुने थियो ।

स्वतन्त्र प्रेसमाथि कसैले हस्तक्षेप गर्नु हुँदैन : देउवा

बुटवल — कांग्रेस सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारिता र प्रेसमाथि कसैले हस्तक्षेप गर्न नहुने बताएका छन् । बुटवलमा आयोजित बुद्ध सामुदायिक टेलिभिजनको ११ औ साधारणसभामा बोल्दै उनले पार्टी विशेषको दबावमा कुनैपनि सञ्चार माध्ययममाथि हस्तक्षेप भए कांग्रेस त्यसको विपक्षमा उठ्ने बताए ।बुद्ध सामुदायिक टेलिभिजनको अधिवेसन रोक्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले दिएको निर्देशनको बिरोध गर्दै पूर्व प्रधानमन्त्री देउवाले जनताको सिडीओलाई कुनै पार्टीको पक्षधर बन्न र स्वतन्त्र प्रेसको हस्तक्षेपकारी नबन्न आग्रह गरे । साथै काठमाडौंमा गएर समेत यसबारे आवाज उठाउने उनले बताए । 

कांग्रेसका सचेतक बालकृष्ण खाँडले ओली सरकार स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपमा उत्रेर प्रजातन्त्रको मेरुदण्डमाथि प्रहार गरेको टिप्पणी गरे । कसैले लेख्दैमा वा मन नपर्ने अन्तरवार्ता लिँदैमा पत्रकारको जागिर खोसेको भन्दै उनले कांग्रेसले यसको निन्दा गर्ने बताए ।

प्रजातन्त्रको सवलीकरणका लागि कांग्रेस सधै स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्दै उनले वर्तमान सरकारलाई प्रेसमाथि निरंकुश बन्ने गल्ती सच्चाउन आग्रह गरे ।

कांग्रेस नेता चन्द्र भण्डारीले विश्वमा सबैभन्दा शक्तिशाली बनेको साधन मिडियामाथि अंकुश लगाउन नहुने बताए । नेतृत्व पावर, पैसा र सम्पत्तिका वरिपरी लाग्दा सर्वसाधरणका समस्या ओझेलमा परेको बताउँदै उनले यस्तो प्रवृत्ति रोक्न आग्रह समेत गरे । अर्का केन्द्रिय सदस्य भरतकुमार शाहले करको भार थोपरेर सर्वसाधरणलाई भयभीत नबनाउन आग्रह गरे ।

Nagarik publisher, journos file libel suit against Sajha GM

Sept 8: The managing director and journalists of Nepal Republic Media (NRM) have filed a libel case against the general manager (GM) of the government-owned Sajha Prakashan, Dolindra Prasad Sharma, on the charge of defaming them in his new book.

Managing Director of NRM Binod Raj Gyawali, Editor-in-Chief of Nagarik, Guna Raj Luitel, Republica reporter Bishnu Prasad Aryal and Nagarik reporter Basanta Khadka jointly filed the libel case against Sharma at Kathmandu District Court on Friday.

The libel suit states that, Sharma, in his book, has accused the publisher and journalists of blackmailing him over corruption at Sajha Prakashan. Sharma also used insulting languages in the book titled Badal Bhitrako Gham authored by Sharma and recently distributed in the market.

Author Sharma and Shami Sahitya Academy, the publisher of the book, have been named defendants in the lawsuit. Stating that the book written by Sharma was published and distributed with an ill-intention to defame the NRM publisher and journalists, the latter have sought damages of Rs 20 million for each and full cost of the litigation.

In the lawsuit, the publisher and journalists claimed that Sharma has written eleven pages (page 181 to 191) of defamatory languages against them under the topic of media miracle. “The defendant accused us of engaging in ‘yellow journalism’; accused us of ‘licentious misuse of journalism’ therefore we need to move the court for appropriate remedy,” the libel suit states.

In the lawsuit it has been claimed that the defendant wrote the book when Nagarik and Republica dailies exposed corruption cases in the publications funded through state coffers.

The plaintiffs, in the lawsuit, have sought optimum punishment for the defendants as per Section 5 of the erstwhile Defamation Act, 1959 and Section 307 of the existing Muluki Criminal Code, 2017 under which a convict may face up to two years jail, and compensation as demanded in the lawsuit.

Stating that the defendants have distributed 11,500 books in Nepal and abroad and this is sufficient to defame the plaintiffs around the world, the claimants have sought the damages.

Regulate social media advertising to boost revenue, government told

Aug 21: The parliamentary Development and Technology Committee has instructed the government to bring advertising in various social networking sites like Facebook into tax net.

The meeting of the parliamentary panel held on Monday directed the Ministry of Information, Communication and Technology, and Ministry of Finance to tax such transactions.

The instruction comes in the wake of the growing use of social networking sites like Facebook and Twitter by Nepali businesses and companies for publicity and advertisement. While the government has been taxing domestic transactions of advertisements, it has not been able to track advertisements by Nepali businesses or nationals placed on social networking sites which are mostly carried out informally.

Since payments in foreign currencies are restricted by the Nepal Rastra Bank (NRB), advertisers have been circumventing the regulatory body and the government to make payment and place their advertisements on social networking sites.  Many advertisements of Nepali products and services can be seen on social networking sites. Payments for such services are done illegally, draining a huge amount of foreign currency out of the country. Even politicians are found to be boosting their social media pages or posts by making payments to such sites through informal channel.

Most of the payments are made through Hundi, according to knowledgeable sources in Nepali advertising business. However, there is no credible estimate or data on the volume of advertisements made by Nepali businesses or advertisers in such global social networking sites.

“As a huge amount of money has been flowing out of the country for advertisements on Facebook and Twitter, among other social networking sites, the committee instructs the government to regulate such advertising and bring it under the tax net,” reads the decision taken by the committee.

So far, the government has been levying 13 percent value added tax on advertising transactions within the country. The government is losing millions of rupees due to its failure to bring advertising on global social media sites under the taxation system.

Advertising Association of Nepal (AAN), the umbrella body of Nepali advertising industry, estimates the annual turnover of Nepali advertising industry to be worth around Rs 6 billion, said Santosh Shrestha, the immediate past president of the association. He said that if advertisements on international social networking sites are brought under the regulatory ambit, it would make the payment of advertisements and related transactions transparent as well as convenient.

“In the lack of legal payment option, businesses and individuals, who seek to advertise on social networking sites run by foreign companies, are using informal channels to foot their advertising bills,” added Shrestha. He admitted that advertisers generally request people holding international payment cards to pay for such services and repay them back in Nepal in some ways.

“The trend of advertising on social networking sites is growing rapidly. Tracking, regulating and bringing them under the tax net would not only help boost the government revenue, but also make it easier for those who wants promotion and publicity on those sites,” he added.

Rise of digital dystopia

A government official returns home and starts browsing Facebook with the objective of making full use of the internet connection he acquired to stay in touch with his family abroad and make cheaper calls. He has switched completely from TV to Facebook for news and entertainment. He scrolls his wall flooded with chaotic contents—memes, trolls, crazy baby pictures, health tips, manipulated photos of idols and all kinds of visual contents manufactured every minute and personalised according to his taste by flexible algorithms. Without hesitation, he ‘likes’ a few random posts and ‘shares’ a few pictures which he thinks are humorous without thinking about the possible consequences of his actions. One of the airbrushed pictures he has shared attracts the attention of the police who charge him with a crime he has never heard of.

On August 21, the police arrested Homnath Sigdel for sharing a doctored image of Prime Minister KP Oli claiming that it was against the government. While every imaginable manipulated picture of every other world leader appears on Facebook with thousands of shares and likes, only the digitally immature KP Oli’s picture got a digital citizen arrested in Kathmandu. Just a couple of weeks ago, the prime minister had made a symbolic move to switch from paper to digital Cabinet meetings, and photos of the ministers sitting in front of fancy MacBooks filled the media. But the government hasn’t realised that moving to digital is not just possessing a swanky device but also digesting the democratic debates it brings.

The government has arrested several citizens for expressing themselves on social media. Most of these cases were dealt with under the irrational Electronic Transaction Act (ETA) 2006. The purpose of the ETA is to regulate financial transactions and payments, and specifically ATM fraud, which was rampant at the time the law was drafted. The police have found the ETA a convenient excuse to arrest anyone for any case involving the internet.

According to the Nepal Police, 1,200 cases of cyber crime, most of them concerning social media, are currently under investigation. It is likely that all of them will be prosecuted under Section 47 of the ETA which doesn’t say anything about social media. This largely undermines freedom of speech online. The ETA cannot decide everything related to digital devices and environment, and it needs to be revised.

The controversial Section 47 of the ETA states, “If any person publishes or displays any material in the electronic media including computer, internet which are prohibited to publish or display by the prevailing law or which may be contrary to the public morality or decent behaviour or any types of materials which may spread hate or jealousy against anyone or which may jeopardise the harmonious relations subsisting among the peoples of various castes, tribes and communities shall be liable to the punishment with the fine not exceeding One Hundred Thousand Rupees or with the imprisonment not exceeding five years or with both.”

Aided by these vague words, the police can arrest any citizen who is expressing an opinion via any digital medium. The government has taken pains to show itself as being pro-digital with stunts like e-Cabinet, providing wi-fi access in public places or making the ministries digital-friendly. But merely equipping these places with devices is not going to solve the digital debate, rather it will boost the digital divide between lawmakers and citizens.

One has to consider that such facilities will encourage citizens to participate in more democratic discussions for which social media seems to be a widely accepted and accessible tool. Instead of only being concerned with what and what not to post online, the government and the police have to become ‘digital literate’ in order to participate and act in these digital endeavours. Now they are knowingly or unknowingly leaning towards ‘digital dictatorship’.

At the same time, the traditional media and social media cannot and should not be treated as the same. Hence, there has to be a revised or an independent policy for social media, as it is a platform known for more relaxed casual content and cosmopolitan language, which might not be liked by pre-digital lawmakers and police. Social media contents evolve regularly, and they cannot be confined with a closed policy. There should be an open policy which can be adjusted as required. For a country like Nepal, where Facebook is synonymous with the internet and many people use the internet just for Facebook, a social media policy is urgently needed.

The police should conduct a pre-investigation before arresting citizens and charging them with a criminal offence. The pre-investigation should look at the content and motive together, instead of just judging each issue independently and making assumptions about what the intent could be. This is very important because someone might not have shared a funny photoshopped image of a politician with vile intentions; they may have done so just for amusement and to get a few likes. The concept of freedom also increases with social media as people gradually digest the critics and pave the way for freedom of speech.

Discursive ecosystem

Social media is a discursive ecosystem and is conducive to hate speech, character assassination and smear campaigns. On the positive side, it also facilitates freedom of speech, activism and awareness. Because of its peculiarities and its affordances, social media is an influential tool which cannot be controlled even by its developers due to information dispersion. The other fact is the anonymity one can maintain to disseminate rumours and the vulnerability of fake information. However, Sigdel didn’t hide behind the curtain and use anonymity to utilise his freedom of expression. Hence, it is pointless to control it. Promoting digital literacy to create conscious digital citizens is the only way out for the government and lawmakers.

Kharel is a researcher in new media and internet culture.

Published: 02-09-2018 07:34

संहिता, सञ्चार र सरकार

हालैको एक संसद् बैठकमा सभामुख सांसदलाई भन्दै थिए, यो मुलुकी अपराध संहिता त एक वर्षअघि नै तयार भएको थियो । अहिले त पूर्वनिर्णयअनुसार यो संहिता लागू हुन मात्रै लागेको हो । अहिले सबैको चासो यसमा बढेको छ ।

एक वर्षसम्म तपाईंहरूले किन यसको अध्ययन–मनन गर्नुभएन ? सभामुखको कुरामा दम थियो । संहिता गएको वर्ष नै ‘आगामी वर्षदेखि लागू हुने गरी’ पारित भएको थियो । संहिताका प्रतिहरू सबै सांसदको हातहातमा पुगेको पनि थियो ।

तर, त्यतिवेला कसैले पनि यसको महत्वमा ध्यान दिएन । अहिले यो संहिता लागू भएको छ र सबैको ध्यान यसैले तानेको छ । संहिताबारे सांसदहरू जनताभन्दा पनि भ्रमित देखिएका छन् । सांसद र जनताभन्दा सरकार झन् बढी भ्रमित देखिएको छ ।

पहिलो त नाम नै हेरौँ । मुलुकी ऐनका रूपमा सजिलोसँग चिनिएको यो दस्ताबेजलाई नयाँ र आकर्षक बनाउने धुनमा यसको नामै फेरिएको छ । ‘मुलुकी अपराध संहिता’ गणतान्त्रिक शब्दावली होइन । यसको साटो ‘मुलुकी ऐन’ जन–जीवन र जनजिब्रो दुवैमा चढिसकेको थियो ।

नयाँ अपराध संहितामा सांसद र राजनीतिकर्मीको मात्रै होइन, कानुन व्यवसायी, सञ्चारकर्मी, अन्य पेसाकर्मी, ठेकेदारदेखि जमिनदारसम्मका कुलघरान र जातजाति, सबैको उत्तिकै चासो देखिएको छ । संहितामा लागू हुने भन्दा संशोधन गरिनुपर्ने बुँदाको संख्या धेरै देखिएको छ । यो विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारी अनभिज्ञ देखिन्छन् ।

यो एक वर्षको अवधिमा नेपाली भाषामा कुनै संशोधन गरिएको छैन । तर, यस्तो लाग्छ, पोहोर साल संहिताको मस्यौदा र साफी तयार गर्ने दुवैथरी अहिले यसको अर्थ लगाउन अक्षम छन् । नेपालको न्यायलगायत सबै प्रशासनिक अंगमा भाषाको सही अर्थ र आशय नबुझ्नेहरूको कडा पकड छ ।

कारिन्दा तहका सामान्य कर्मचारीको कुरा छाडिदिऊँ, दिनहुँ सरकारले उपलब्ध गराएको बिलासपूर्ण सवारीसाधनलगायत सुविधा भोग गर्दै जागिर खाने उच्च तहका कर्मचारीले पनि शिष्ट भाषाको ओज र महत्व बुझेको देखिँदैन । बेलायतमा सरकारका वक्तव्यको गम्भीरतालाई कायम राख्न शब्दको खेलमा विशेष ध्यान दिइएको हुन्छ । अरू देशमा पनि भाषाको गरिमालाई कायम राख्न विशेष ध्यान दिइन्छ । तर, हामीकहाँ निकट अतीतदेखि भाषाको चीरहरण हुन थालेको छ ।

राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशको वक्तव्यमा यति धेरै गल्ती देखिन्छन् कि तिनलाई औँल्याएर साध्यै लाग्दैन । यसमा कुनै शंका छैन, हाम्रा नेतामध्ये कसैको पनि सचिवालय व्यवस्थापन राम्रो छैन । आफ्नो सचिवालयमा पढ्न–लेख्न जान्ने क्षमतासम्पन्न मानिसको आवश्यकता महसुस नै गर्दैनन् नेताहरू । सचिवालयको सञ्चालन आफ्नै परिवारका केटाकेटी र गोठालाले गर्ने हुँदा त्यसबाट उत्कृष्ट परिणाम आउन सक्दैन ।

 

अहिले प्रत्येक दिन समाचारपत्रहरूले संहितासम्बन्धी समाचारलाई प्राथमिकता दिएका छन् । यो पक्कै पनि राम्रो हो । राष्ट्रपतिलाई दबाब दिएमा सात वर्ष कैदको व्यवस्था गरिएको रहेछ संहितामा । अहिले प्रश्न उठेको छ– देशको सर्वाधिक शक्तिशाली प्रथम पुरुषलाई दबाब दिन सक्ने हैसियतवाला मानिस को रहेछ त ? यो सामान्य प्रश्न होइन ।

हो, संहिताका निर्माताले सुरक्षा अधिकारीतिर औँलो देखाउन सक्छन् । तर, राष्ट्रपतिलाई दबाब दिने हैसियत राख्ने सुरक्षा अधिकारीलाई सात वर्ष कैद हाल्ने क्षमता कुनै सरकारमा पनि हुँदैन । देश गृहयुद्धको छेउमा पुगेका वेलामा मात्रै त्यस्तो कल्पना गर्न सकिन्छ ।

सहज कल्पनामा आउनै नहुने र बोल्नै नमिल्ने यस्ता दफा संहितामा कसले, किन र कुन आशयले राख्यो ? त्यसको जानकारी सरकारले जनतालाई दिनैपर्छ । कसैले पनि दबाब दिन सक्ने कस्तो राष्ट्रपतिबाट हामी शासित हुँदै छौँ ?

संहिता जारी गर्दा र लागू गर्दाको समयका सरकारले यसतर्फ किन ध्यान दिएनन् ? यो डरलाग्दो प्रश्न उत्पन्न हुने दफा किन राखियो संहितामा ? यता, सञ्चारकर्मी साथीहरू संहिताको विसद अध्ययनपछि अभिव्यक्ति स्वतन्त्रतामा संहिताले ल्याउने बाधा र व्यवधानका सम्बन्धमा सरकार र संसद्को ध्यानाकर्षित गर्न लागेका छन् ।

पत्रकार महासंघदेखि राजनीतिक दलहरूको भृत्यतन्त्रका रूपमा कार्यरत संगठन, अनलाइनलगायत वाइफाई पत्रकारिताको सञ्जाल सबै एकसाथ अधिकार रक्षामा लागेका छन् । सरकारले राज्यको चौथो अंगका रूपमा रहेको सञ्चारलाई अधिकारविहीन बनाउन पाउँदैन भन्ने उनीहरूको भनाइ छ ।

पत्रकारहरू राज्यको काम सूचना लुकाउने हो र पत्रकारको काम ती लुकाएका सूचना उदांगो पारेर समाजको अगाडि राख्ने हो भन्नेमा कमै विश्वास गर्छन् । पत्रकारितालाई राज्यले संरक्षण दिनुपर्छ भन्ने मान्यता पञ्चायत कालदेखि सुरु भएको हो ।

त्यतिवेला व्यवस्था, राज्य र सरकार समर्थक पत्रकारिता सरकारबाट पालित–पोषित हुने गर्थे । बहुदलीय व्यवस्था सुरु भएपछि त्यही विकारको ‘लोकतान्त्रीकरण’ भयो । अहिले नेपाली प्रेस जसप्रकारको अव्यवस्थाको सिकार भएको छ, त्यसको मूल कारण यही हो ।

बिमस्टेक सम्मेलनलगत्तै संघीय राजधानी सहरको अवस्था निकै सन्तोषजनक देखिएको थियो । तर, हेर्दाहेर्दै टालेका सडक चुहिन थाले । बारेका सजावट उप्किन थाले । पोतेका रंगहरू उड्न थाले । यस्ता धेरै नबुझिने घटना भएका छन् देशमा ।

३३ किलो सुनको कथा यथावत् छ । कञ्चनपुरकी निर्मला बलात्कार–हत्याकाण्ड सुल्झिन सकेको छैन । बिमस्टेक सकिनासाथ तेलको भाउ बढेको छ । देशमा शान्ति खलबलिएको छ भने संघीय राजधानी अशान्त छ ।

आशा लाग्ने कुरा यति छ कि चीनले नेपाललाई सबै समुद्री नाका उपयोग गर्न दिने भएको छ । भोलि नेपालमाथि कतैबाट नाकाबन्दी भयो भने नेपालीहरू सोझै चीनियाँ समुद्र तटसम्म जान पाउनेछन् । अरू त्यस्ता कुरा केही देखिएका छैनन् ।

अहिले अत्याधुनिक श्रव्य–दृश्य माध्यममा प्रत्येक दिन सर्वाधिक बढी समय देखिने नेता प्रधानमन्त्री केपी ओली नै हुन् । उनी जनतासँग सर्वाधिक खुला देखिएका छन् । सरकारी टेलिभिजनले ‘प्रधानमन्त्री’ नामको एक घन्टाको कार्यक्रम दिनको तीनपटकसम्म बजाउने गरेको छ ।

अर्कातिर धमलालगायत सक्रिय पत्रकार प्रम ओलीको वचन र कर्मको संकलनका लागि अहोरात्र जुटेका छन् । सुनेको कुरा, प्रम ओलीका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा स्वयं पनि पत्रकारिता विषयका विज्ञ हुन् । सरकार यति सहज अवस्थामा रहेको समयमा समेत यो संहिताले जुन गोलमाल ल्याउन खोजेको छ, त्यसलाई प्रधानमन्त्रीबाहेक अरू कसैले पार लगाउन सक्ने देखिँदैन ।

अहिले जनतालाई सञ्चार माध्यममार्फत प्रधानमन्त्रीसँग प्रत्यक्ष वार्ता गर्ने अवसर छ । यो समयको सदुपयोग गरेर प्रम ओलीले जनतासामु देशमा भए–गरेका घटनाको विवेचना गरिदिएमा राम्रो हुने थियो ।
जहाँसम्म संहिता वा मुलुकी ऐनको विषय छ, सरकारले त्यसलाई एक वर्षअघि जारी गरेपछि त्यसबारे वर्षभरि नै जनतालाई जानकारी दिने कार्यक्रम राख्नुपथ्र्यो । राजनीतिक कार्यकर्ता र अन्य राजनीतिक, सामाजिक संगठनले जनतालाई यो संहिताबारे सुुसूचित गराउन नसक्ने थिएनन् ।

तर, सरकार जनताबीच गएर आफूलाई ‘साबित’ गर्न चाहँदैन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पनि संविधानसभाबाट पारित गर्नुपहिले जनताबीच बहस, छलफल र प्रतिक्रियाका लागि लानुपर्ने कुरा अन्तरिम संविधानमा किटानसाथ लेखिएको थियो ।

तर, नेताहरूले जनताको सर्वेसर्वा आफैँ भएको ठाने । अहिले देशमा जे–जति पनि विद्रूप अवस्था देखिएको छ, त्यसको कारण दलका नेताको अपारदर्शी व्यवहार हो भन्न हिचकिचाउनुपर्दैन । यो अपारदर्शी व्यवहार अन्त्य नभएसम्म नेपालमा नयाँ राजनीतिक संस्कार प्रारम्भ हुने सम्भावना छैन ।

‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि तीन महले टिप्पणी तथा सुझाव

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको  ‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही विवादास्पद प्रावधानको विश्लेषण गरि फ्रिडम फोरमले तयार पारेको तीन महले टिप्पणी तथा सुझाव पत्र । Continue reading “‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि तीन महले टिप्पणी तथा सुझाव”

संहिता : पत्रकारलाई प्रतिकूल कसरी ?

काठमाडौँ — भदौ १ बाट लागू मुलुकी अपराध (देवानी र फौजदारी) संहिता, २०७४ ले चिकित्सक र पत्रकार त्रसित एवं विचलित छन् । संहितामा पेसागत स्वतन्त्रता नियन्त्रण गर्ने र पेसाकर्मीको घाँटीमाथि तरवार झुन्ड्याउने प्रावधान देखेर पेसाकर्मीको सातो उडेको छ ।

सडकमा उत्रेपछि सेतो कोटधारीको सुनुवाइ हुने भएको छ । नसुनिएका कलमजीवीहरू सांकेतिक रूपमा सडकमा आउनैपर्ने बाध्यतामा छन् । पत्रकारलाई कुनै दलसँग जोडिँदैछ, हरियो डलरसँग जोडिँदैछ । काल्पनिक रचना गरिएका लाञ्छनाबाट पत्रकारितालाई मूल पेसा बनाउनेहरू विचलित या विभाजित हुनै सक्तैनन् । पञ्चायत र शाहीकालमा यस्तै आरोप पचाएर आएका कलमजीवीहरू माग सम्बोधन नभएसम्म आन्दोलित रहिरहनेछन् ।

समाजमा देखिएका नयाँ समस्या सम्बोधन गर्न सार्वजनिक नीति ल्याउनु राज्यको दायित्व हो । सरोकारवालासँग बारम्बार छलफल र लेनदेन गरी सहमतिसाथ कानुन ल्याइएको भए अहिलेको परिस्थिति आउने थिएन । सरोकारवालासँगको छलफलमा द्वन्द्व देखिन्छ । द्वन्द्व बीचबाटै मिलनबिन्दु भेटिन्छ ।

यसले कानुन कार्यान्वयनमा सहजता थप्छ, राज्यको टाउको हल्का हुन्छ । संहिताको मस्यौदा गर्दाताकादेखि कार्यान्वयनमा ल्याउँंदासम्मका सरकार र संसदले सरोकारवालासँग परामर्श नगर्नु न बहुलवाद सुहाउँंदो कार्य हो, न मुलुकमा प्रजातान्त्रिक राज्य छ भन्ने सन्देश हो ।

सन् १९४६ मा सम्पन्न राष्ट्र संघको पहिलो सत्रको साधारणसभाबाट पारित प्रस्तावमा ‘सूचनाको स्वतन्त्रता मानव अधिकार तथा अन्य सबै स्वतन्त्रताको आधार हो, जुन कार्यमा संयुक्त राष्ट्र संघ समर्पित छ’ र ‘सूचना स्वतन्त्रताभित्र अवरोधबिना कुनै स्थान र व्यक्तिमा समाचार संकलन, प्रसारण र प्रकाशनको अधिकार हुनेछ’ भनिएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १९ ले अभिव्यक्ति स्वतन्त्रतालाई ‘सूचनाको खोजी, प्राप्ति र प्रवाहको अधिकार’का रूपमा परिभाषित गरेको छ । नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १९ ले त्यही आशयलाई स्वीकार गरेको छ । मानव अधिकार सम्बन्धी अमेरिकी, युरोपेली र अफ्रिकी महासन्धिमा पनि अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरिएको छ ।

यस्तै संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मौलिक हक पनि हो । संहितामा उल्लेखित अन्तर्राष्ट्रिय दस्तावेजमात्र होइन, संविधानको भावनासमेत लत्याइएको छ । संहिताले पत्रकारितामा प्रतिगमन गराउन खोजेको छ, द्वन्द्व यहींनेर हो ।

मुलुकी अपराध (संहिता) ऐनको दफा ४९ (४) मा ‘वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वैष वा अवहलेना उत्पन्न हुने कुनै कामकारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षडयन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्पद्राय बीचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन’ भनिएको छ ।

यसो गरे ५ वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । दफा ५० (३) मा भनिएको छ– सरकारको कामकारबाहीका सम्बन्धमा कसैले लेखेर, वचनले, आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाई सरकारप्रति घृणा, द्वैष वा अवहेलना गर्न वा गराउन वा त्यस्तो उद्योग गर्न–गराउन हँुदैन । तर यस उपदफामा लेखिएको कुनै कुराले सरकारको स्वस्थ र मर्यादित आलोचना गरेकोलाई कसुर गरेको मानिने छैन ।

दफा ५० (३) बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । दफा ६५ (१) मा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट धर्म, वणर्, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरू बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हँुदैन भनिएको छ । यसो गरे एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

दफा ७० (१) मा कसैले सार्वजनिक शान्ति भंग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्पद्राय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउनेगरी नभए–नगरेको अफवाह फैलाउन, प्रचार–प्रसार गर्न वा नाराजुलुस गर्न हुँदैन भनिएको छ ।

यसो गरे एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । दफा ११९ मा वेश्यागमनको प्रचार–प्रसार गरे ३ वर्ष कैद र तीस हजार जरिवानाको व्यवस्था छ । दफा १२१ मा शारीरिक कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्बीर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्न, कुनै व्यक्तिबाट त्यस्तो अश्लील वस्तु यस प्रकार प्राप्त हुनसक्छ भनी विज्ञापन दिन नपाउने व्यवस्था गरिएको छ ।

दफा १५१ मा राष्ट्रिय गान, झण्डा वा निसान छापको अपमान वा क्षति गर्न नहुने र १५२ मा राष्ट्रिय विभूतिको अपमान गर्न नहुने प्रावधान छ । दफा १५६ (१) मा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति, सम्पद्राय वा वर्गको धार्मिक भावनामा आघात पुर्‍याउन हुँदैन भनिएको छ ।

संहिताको भाग ३ अन्तर्गत वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुर सम्बन्धी व्यवस्था पनि प्रेस विरोधी प्रावधान छन् । संहिताको दफा ३०५ मा कसैलाई गाली गर्न नहुने र दफा ३०६ मा बेइज्जती गर्न नहुने व्यवस्था छ । छापाखाना तथा प्रकाशन ऐनको दफा १५ लाई फौजदारीकरण गरिनु खतराको सूचक हो ।

उल्लेखित दफामा संशोधन, पुनर्लेखन, स्पष्टता वा खारेजी प्रेसको सरोकारको विषय हो । नत्र यी दफाको सोझो या घुमाउरो व्याख्या गरेर प्रेसका सञ्चालक या सम्पादकदेखि समाचारदातासम्मलाई जथाभावी लागू गरिन सक्छ, प्रकाशित या प्रसारित सामग्रीकै आधारमा जेल सजायसम्म हुनसक्छ ।

यस्ता घातक प्रावधान सच्याएर खोजी पत्रकारिता एवं प्रेसको आलोचनात्मक भूमिका जोगाउनुपर्छ । प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मूल्य–मान्यता, अभ्यास र सिद्धान्तका साथै नेपालको संविधान र प्रचलित अभ्यासभित्र बसेर पेसागत स्वतन्त्रता कायम राख्नुपर्छ । यसो भयो भनेमात्र मिडियामा भएका लगानी, यसले सिर्जना गरेका रोजगारी अनि सञ्चारकर्मीले उपभोग गरिरहेका अधिकार जोगाउँदै कर्तव्य पूरा गर्न सकिन्छ ।

[email protected]
लेखक नेपाल पत्रकार महासंघका सचिव हुन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:५०

प्रहरीले समातेको पत्रकार उजुरी दिनेकै ‘सहमति’मा छुट्दै

‘न्युजकारोबारडटकम’का समाचार सम्पादकलाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सम्पादक नवराज कुँवरलाई कार्यकक्षबाटै मंगलवार नियन्त्रणमा लिएको हो।

सम्पाद कुँवरले चरित्र हत्या गर्ने किसिमको फोटो सहितको समाचार छापेपछि नियन्त्रणमा लिएको महाशाखाका एक प्रहरी अधिकृतले जानकारी दिए। उदयपुरस्थित बेलका नगरपालिकाका उपमेयर रामकुमरी चौधरीले महाशाखामा उनीविरुद्ध उजुरी दिएकी थिइन्।

दुईपक्षबीच सहमति भएकाले कुँवरलाई छोड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Uphold press freedom

Some lawmakers from the ruling and opposition benches have registered amendments on a number of clauses of the Right to Privacy Bill tabled in Parliament. The Bill has drawn flaks from various walks of life, including the Federation of Nepali Journalists, the main opposition Nepali Congress and the intelligentsia. The Bill has inserted restrictive measures against mediapersons and the media outlets from making public information detrimental to public post holders. The Nepal Law Commission proposed the draft of the Bill to protect individuals’ privacy, proposing a jail sentence up to three years or a fine up to Rs 30,000 or both for violating individual’s right to privacy. Under the right to privacy, an individual’s citizenship certificate, passport, academic qualification, voter identity card, driving licence, bank accounts, debit and credit card, cheques and drafts, details about immovable property and securities cannot be made public unless required by law. The mediapersons cannot make public of such details of any serving or retired public officers even if there is a reasonable doubt that public office holders or government officials committed unlawful acts or are trying to commit unlawful acts.

The lawmakers seeking amendments to the Bill have also sought immunity for the mediapersons and photographers while reporting or commenting on issues of public importance and inappropriate conduct of serving and retired public post holders. The lawmakers have also sought amendment to a clause that restricts journalists from taking record of communications or conversations of public importance. An amendment proposal has also been registered seeking definition of public post holders as those “who are supposed to exercise public authority or discharge any responsibility or duty”. The Bill has to be enacted by Parliament by September 19, the deadline set by the constitution.

The Bill has some draconian provisions with harsh punishments. If the Bill is passed as proposed by the Nepal Law Commission, Nepal’s press freedom could go back to the dark ages and, it also will not be in conformity with the new constitution that has guaranteed full press freedom. We cannot imagine a democratic society without freedom of speech and free flow of information. If someone is holding the public position, s/he should not get immunity from public scrutiny though his/ her right to privacy should be fully respected as long as they do nothing wrong. It should also be noted that right to press freedom is not for the mediapersons. Press freedom is exercised by the mediapersons—who are the only medium of communication with the people—to make the general public well-informed about the functioning of the state and its machinery and other myriad issues related to larger public interests. If press freedom is curtailed in the name of right to privacy, the state machinery will become more and more autocratic and people will be deprived of right to information on right time. Thomas Jefferson, a principal author of the Declaration of Independence, once famously wrote he would prefer “newspapers without government” over “government without newspapers”. His statement sums up the importance of media freedom in a democratic society. Let’s hope our lawmakers will not curtail the press freedom while enacting the privacy bill.