प्रेस स्वतन्त्रता हरणको त्रास

मुलुकी अपराध संहिता (२०७४) को कार्यान्वयनसँगै मुलुकका नागरिक एकपटक तरंगित भएका छन् । विभिन्न पेसा र व्यवसायका नागरिकलाई यसले आतंकित गरेको छ। यसको प्रतिकारमा एक नागरिक लगभग नाङ्गै सिंहदरबार अगाडि प्रकट भए। चिकित्साकर्मीहरू पेसा छाड्ने र लाइसेन्स सरकारलाई फिर्ता गर्ने चुनौती दिइरहेका छन् । पत्रकारहरूलाई यसले प्रेस स्वतन्त्रता समाप्त पारेको आभास भएको छ । तर प्रधानमन्त्रीलाई यसले कसैको स्वतन्त्रतालाई समाप्त नपार्ने लागिरहेको छ । अझ प्रेस स्वतन्त्रता त कुनै हालतमा प्रभावित नहुने प्रधानमन्त्रीको ठहर छ। सञ्चार मन्त्रीले पछिल्लो समय प्रेस स्वतन्त्रतामा काँडाले पनि नघोच्ने बताएका छन्।

संविधानका विषयमा संविधानसभामा दफावार (धारावार) छलफल हुँदै थियो । नेपाल पत्रकार महासंघले संविधानको धारा १९ को सूचनाको हकमा प्रस्तावित प्रतिबन्धात्मक वाक्यांश संशोधन गर्न सांसदहरूको ध्यानाकर्षण गराएको थियो । त्यो धाराका विषयमा छलफल हुने दिन पारेर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग यस विषयमा ध्यानाकर्षण गराउन २ बजेको समय लिएको रहेछ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको आमन्त्रणमा म पनि टोलीमा सम्मिलित भएँ । तोकिएको समयभन्दा केही मिनेट अघि नै संविधानसभा परिसरमा पुग्दा अधिकांश सांसदहरू बाहिर रुमल्लिइरहेका थिए । कुरा बुझ्दा धारा २५ का विषयमा सभासद्बीच सहमति हुन सकेनछ र केही समयका लागि बैठक स्थगित गरिएको रहेछ । अर्थात्, जुन विषयमा महासंघ पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन पुग्दै थियो, त्यो विषय संविधानसभाबाट सर्वसम्मत पारित भइसकेको थियो।

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखेर कतै हामी संविधानको खिल्ली उडाइरहेका छैनौँ?

धारा १९ पारित भएको औपचारिक जानकारी नपाएको महासंघ टोलीले पार्टी नेतृत्वलाई भेटेर मात्र फर्कने निष्कर्ष निकाल्यो । केहीबेर कुरेपछि संविधानसभाकै एउटा सानो कोठामा भेट हुने भयो । कांग्रेस र माओवादीका अध्यक्ष आफैँ आउनुभयो । एमालेका अध्यक्ष ओलीको निर्देशनमा उपाध्यक्ष विद्या भण्डारी नेतृत्व टोलीमा सहभागी हुनुभयो । महासंघका अध्यक्ष डा. विष्टले भेटघाटको उद्देश्यसहित धारा १९ पारित भइसकेको सुन्दा दुःख लागेको बताउनुभयो । कुनै बहस नै नगरी प्रधानमन्त्री सुशील कोइरालाले प्रेस स्वतन्त्रता कुण्ठित हुन सक्ने व्यवस्था संविधानमा परेको छ र ? भन्दै आफैँ आश्चर्य व्यक्त गर्नुभयो । एमाले नेत्री भण्डारीले आफ्नो पार्टी प्रेस स्वतन्त्रताको हिमायती रहेको बताउन बिर्सनु भएन । दुई कदम अघि बढेर प्रचण्डले भन्नुभयो, ‘जे भयो, त्यसमा तपाईंहरू चिन्ता नलिनुहोस् । आखिर मुलुक चलाउने भनेका यिनै तीन पार्टीले हुन् । हामी कसैको प्रेस स्वतन्त्रताप्रति कुनै दुराभाव छैन, फरक दृष्टिकोण पनि छैन । हामी कुनै त्यस्तो कानुन बन्न दिदैनौँ । तपार्इंहरू ढुक्क हुनुहोस् ।’ महासंघको टोलीसँग आश्वासनप्रति ढुक्क हुने बाहेकको अर्को विकल्प थिएन।

जतिबेला मुलुकी ऐनलाई नयाँ स्वरुप दिइँदै थियो, नेपालका पत्रकारहरू महासंघको नेतृत्वको होडबाजीमा व्यस्त थिए । मुलुकी ऐन प्रेस स्वतन्त्रतासँग जोडिन्छ भन्ने उनीहरूको विश्वास पनि थिएन । त्यसबेला संसद्को रिपोर्टिङ पनि सायद प्रेसका अधिकारसँग जोडेर भएनन् । सुरुमा यो ऐन प्रमाणीकरण भएर पनि सार्वजनिक पहुँचमा राखिएन । तर पछि कानुन तथा न्याय मन्त्रालयले राजधानीभन्दा बाहिर मिडियाकर्मीसँग पनि ऐन कार्यान्वयनको सन्देशसहित कानुनमा भएका व्यवस्थाका बारेमा जानकारी गराउने गरेको रहेछ । गएको जेठ महिनामा पत्रकारहरूको तालिमका सन्दर्भमा म्याग्दी सदरमुकाम बेनी पुग्दा त्यहाँका पत्रकारहरू दुई ठेली किताब बोकेर फर्केका भेटिए । प्रेस स्वतन्त्रता कुण्ठित गर्न सक्ने विषयबारे राजधानीमा गाइँगुइँ चर्चा भए पनि मन्त्रालयको कार्यक्रमबाट फर्केका पत्रकारले आफ्नो अधिकार हनन हुँदै छ भन्ने कुनै भेउ पाएजस्तो लाग्दैनथ्यो । साउन लाग्दै गर्दा अरु पेसा र व्यवसायका नागरिकको चासो पनि यसमा जोडिन थाल्यो।

तत्कालीन मुलुकी ऐनसँग जोडेर अहिले चारवटा कानुन बनेका छन् । जतिबेला जंगबहादुर आफ्नो शासनलाई व्यवस्थित गर्दै थिए, उनमा मुलुकमा अमनचैनको सोच आएर नै यो कानुन बनेको हुँदो हो । मुलुकमा यस्तो शान्ति सुव्यवस्था कायम होस्, जसमा नागरिकले अन्याय भोग्नु त नपरोस् नै, मेरो राज्य सञ्चालनमा कोही कसैले बाधा विरोध पनि नगरोस् भन्ने उनले ठानेका हुँदा हुन् । ठीक त्यही सोचमा महाराज महेन्द्रले विक्रम संवत् २०२० मा मुलुकी ऐनलाई संशोधन गराए, जतिबेला महाराज महेन्द्रको हावापानी सुहाउँदो पञ्चायती व्यवस्थालाई मलजल गर्नु आवश्यक थियो । आज गणतन्त्रलाई संस्थागत गर्ने समय आएको छ र कार्यान्वयनको यस घडीमा संयोगले दुई तिहाइ हुने गरी नागरिकले मत दिएको नेपाल कम्युनिस्ट पार्टीको सरकार बनेको छ । अझ यो कानुन बनाउँदै गर्दा अहिलेको प्रतिपक्ष कांग्रेस सत्तामा थियो र अहिलेको सत्तासीन बनेको तत्कालीन प्रतिपक्ष एमाले समेतको सहमतिमा यो कानुन बनेको थियो । मानौँ, सबै राजनीतिक दल यो कानुनका आधारमा मुलुकमा रामराज्य खडा गर्न तयार थिए।

मिडियाले खोतल्ने भनेकै गोप्य कुरा हुन्। राज्यले दिएका मात्र सूचना प्रवाह गर्ने हो भने निजी क्षेत्रका मिडियाको औचित्य रहँदैन। त्यो काम वर्षौंदेखि राज्य सञ्चालित मिडियाले गर्दै आएका छन्। कसैले दिन चाहेको सूचना प्रचार सामग्री हो र लुकाउन खोजेको सूचना मात्र समाचार हो।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार, चारवटा कानुनका झन्डै २०० वटा दफा र उपदफा मिडिया सामग्रीप्रति आकर्षित हुनेछन् । जसले जुनसुकै बेला मिडियामाथि धावा बोल्ने खतरा रहन्छ । कानुनले जहिले पनि नियन्त्रणको उद्देश्य राखेको हुन्छ । यसको गलत प्रयोग नै खतराको घण्टी हो । वित्तीय विषयको विद्युतीय कारोबार व्यवस्थित (नियन्त्रण ?) गर्न बनेको ऐनको एउटा दफाले पत्रकारलाई पटक पटक प्रहरी नियन्त्रणमा पु¥याएको छ । यदि राज्य सञ्चालकको गलत मनसाय देखियो भने हरेक क्षण पत्रकारको घाँटीमा खतराको घण्टी झुण्डिइरहने अवस्था भदौ १ देखि कार्यान्वयनमा आएको ऐनले गर्न खोजेको छ । यसले खोजी पत्रकारिताको कुनै गुञ्जायस नै राख्दैन । किनकि ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न वा ध्वनि अंकण गर्न रोक लगाएको छ । व्यक्तिको गोपनीयतासँग मात्र सम्बन्धित रहने हो भने यो आपत्तिजनक मान्नुपर्ने विषय होइन, तर पत्रकारहरू अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सेको अवस्थामा पुगेका छन्।

मिडियाले खोतल्ने भनेकै गोप्य कुरा हुन् । राज्यले दिएका मात्र सूचना प्रवाह गर्ने हो भने निजी क्षेत्रका मिडियाको औचित्य रहँदैन । त्यो काम वर्षौंदेखि राज्य सञ्चालित मिडियाले गर्दै आएका छन् । विश्वका कतिपय तानाशाही सत्ताले सरकारी मिडिया मात्रै चलाएका छन् । समाचारको परिभाषाले नै कसैले दिन चाहेको सूचना प्रचार सामग्री हो र लुकाउन खोजेको सूचना मात्र समाचार हो भन्छ । सार्वजनिक कार्यक्रममा बोलेका विषय मात्र प्रकाशन र प्रसारण गर्ने हो भने ‘बताउनुभयो’ र ‘प्रकाश पार्नुभयो’ पत्रकारिताको मात्र गुन्जायस रहन्छ । महाराज ज्ञानेन्द्रले आधिकारिक सूचना मात्र प्रवाह गर्न निर्देशन जारी गरेको डेढ दशक पनि भएको छैन।

कसैको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नपाइने भन्ने दफा २९५ को व्यवस्था सामान्य नागरिकका हकमा नाजायज छैन । तर सार्वजनिक पद धारण गरेको व्यक्तिका हकमा भने यो मान्य हुने कुरा होइन । अहिले संसद्मा प्रवेश गरेको गोपनीयतासम्बन्धी विधेयकअनुसार सार्वजनिक व्यक्तिका कुरा सबै गोप्य रहने हुन् भने सूचनाको हकसम्बन्धी ऐन खारेज गरिदिए हुन्छ । कुनै पदधारी व्यक्ति स्वेच्छाचारी भयो भने उसको सामान्य तस्बिर मात्रले अर्थ दिँदैन । त्यसमा उसको तस्बिरलाई महाराजको श्रीपेच लगाउनुपर्ने हो वा तानाशाहको आकृतिमा उभ्याउनुपर्ने हो, त्यो नगरी सामान्य तस्बिरले समाचारमा अर्थ राख्दैन । तर ऐनको यो व्यवस्थाले आफ्नो थोरै पनि आलोचना सुन्न र हेर्न नचाहने शासक, प्रशासक वा पदाधिकारीले मिडियामाथि प्रतिशोध साँध्ने ठाउँ प्रशस्त गरिदिएको छ । तसर्थ, सार्वजनिक पद धारण गरेको व्यक्ति र सामान्य नागरिकका हकमा कानुनको व्यवस्थालाई प्रस्ट गर्न आवश्यक छ।

मिडियाले अनाहक कसैलाई बदनाम गर्न पाउँदैन । तर कतिसम्म भने दफा ३०६ को बेइज्जत गर्न नहुने सम्बन्धी व्यवस्थामा व्यंग्य गर्न वा कुनै घुमाउरो तवरमा समेत कसैका बारेमा लेख्न बोल्न रोक लगाइएको छ । व्यंग्य आफैँमा पत्रकारिताको एउटा विधा नै हो । तर व्यंग्य गर्न अब राणकालमा जस्तो आजकै दिन अर्थात् गाईजात्रा पर्खनुपर्ने हो ? कार्टून प्रकाशन गर्न नपाइने हो ? यो त विधा नै व्यंग्य हो । पत्रकार महासंघले गरेको एक कार्यक्रममा चर्चित कार्टुनिस्ट अबिनले साउन ३१ गतेको घटना सुनाए– मैले सम्पादकलाई कार्टुन बुझाएँ र अर्को दिन सँगै हिरासतमा भेटौँला भनेर बिदा भएँ । पत्रकारितामा स्वतन्त्रता विरुद्धको यो भन्दा ठूलो मानसिक दबाब अरू के हुन सक्छ ? अबिनको भाषा शैलीमै नभए पनि लोकतन्त्रमा स्वतन्त्र पत्रकारिताका विषयमा बहस र छलफल गर्नुपर्ने अवस्था आफैँमा दुर्भाग्यपूर्ण होइन र ? यहाँ उल्लिखित विचार गोरखापत्रका लागि प्रकाशन निषेध हुने अवस्था काँडाले घोचे सरह मात्र होइन, हतियारले गरेको आक्रमण नै होइन र?

प्रचण्डले महासंघको टोलीलाई आश्वस्त गर्नु भए जस्तै सत्तामा आज उहाँकै पार्टी छ र प्रेस स्वतन्त्रता हरणको चर्चामा महासंघको नेतृत्वले समय व्यतीत गर्नुपर्ने भएको छ । महासंघले उहाँबाट पाएको आश्वासनको यसबेला कुन अर्थ रह्यो ? संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखेर कतै हामी संविधानको खिल्ली उडाइरहेका छैनौँ ? यो संविधान निर्माता सभासद् र त्यस लगत्तै यो कानुन बनाउने सांसदहरूले पनि यसको जवाफ दिनुपर्ने होइन र?

Muzzling the media: Threat to democracy

When this new government was formed in February, there were high hopes that the country would now embark on the journey of peace and stability. Meanwhile, there were also scepticisms that democratic space could shrink under the new step-up — a strong government with a nearly two-thirds majority and a weak opposition.

A series of decisions taken by the government, some on already promulgated legislations and provisions of the draft bill, clearly indicate that the media and freedom of expression are in peril. Time has come to exert pressure on the government to roll back such decisions which seriously hinder freedom of speech and free media. Many provisions of these legislations also directly contradict the rights enshrined in international treaties and provisions, which Nepal is a state party to.

The Criminal Code that came into effect on August 17 has clauses that undermine freedom of speech and free media. The law prohibits release of private information without prior consent or parodying and disrespecting an individual. Depending on the infraction, journalists could face a fine up to Rs 30,000 or imprisonment of three years or both.

Section 293 criminalises recording and listening to conversations between two or more people without the consent of the persons involved, and Section 294 prohibits disclosing private information without permission, including private information on public figures. Section 295 prohibits photographing a person outside of a public space without consent.

There are both domestic and international pressures to amend such provisions, but the government does not appear to be serious on the demands. The Committee to Protect Journalists (CPJ) has rightly urged Nepal government to repeal or amend the new Criminal Code to remove provisions that severely threaten press freedom. “Nepal’s new criminal code marks a giant step backward for press freedom,” said Steven Butler, CPJ’s Asia Program Coordinator. “Legislators need to go back and scrub the laws of these overly broad provisions that effectively criminalize the normal newsgathering activities of journalists.”

Similarly, International Federation of Journalists (IFJ) has also expressed serious objections to the new provisions.

Responding to the “proposed privacy bill”, Bharat Dutta Koirala, senior journalist and the winner of the 2002 Ramon Magsaysay Award in Journalism, has said that the right to criticise people in public offices is an essential element of freedom of speech guaranteed in the constitution of a democratic country.

The Privacy Bill, tabled by the government, also has some objectionable provisions that limit the press freedom. Some of the provisions of the draft bill go against the concept of open data and open government.

The Privacy Bill states that documents of government officials including educational certificates should remain secret. This clearly restricts media to write about the certificates of people holding government offices. This year, Gopal Prasad Parajuli was removed from the post of chief justice after media detected discrepancies in his educational certificates.

And again, the Parliamentary Hearing Committee recently rejected Acting Chief Justice Deep Raj Joshee’s nomination for the post of chief justice after his educational certificates “were found to be suspicious”. As the government is taking a series of steps to curtail civil and political rights, freedom of speech and media freedoms, state mechanisms such as National Human Rights Commission (NHRC), National Information Commission (NIC) and judiciary have remained silent.

The Criminal Code and Privacy Bill contradict the provisions of the new constitution promulgated in 2015. Article 17 of the constitution guarantees freedom of opinion and expression, whereas Article 19 ensures right to communication. Similarly, the constitution has guaranteed the right to freedom of information. Article 27 says, “Every citizen shall have the right to demand and receive information on any matter of his or her interest or of public interest.”

If Criminal Code and Privacy Acts are endorsed in the current form, they will seriously hamper the media’s right to criticise the functioning of the government. It would be tough for journalists to practise investigative journalism.

Article 19 of Universal Declaration of Human Rights (UDHR) has ensured the right to freedom of speech and opinion, which has also been replicated in the national charter. The provisions on these acts are inconsistent with the UN’s International Covenant on Civil and Political Rights which Nepal ratified in 1991. But both the Criminal Code and Privacy Bill fall short of meeting such standards.

The Privacy Bill goes against the principles of transparency and accountability. The current situation indicates that authorities could make efforts to incorporate the provisions that curtail press freedom.

If media’s freedom is compromised, it will shrink democratic space, and government agencies will be less accountable and transparent.

To avert such crisis, political parties and civil society must play a vital role. Curtailing media rights will mean curtailing individual rights and freedom of expression.

FNJ issues declaration over amendment of new Act

The Federation of Nepali journalist (FNJ) on Saturday issued a declaration seeking amendments to provisions of recently enforced Civil Code and Criminal Code Act.

In a four-point-declaration the umbrella institution of Nepali journalists has called for amendment and revisions of provisions of the law pertaining to freedom of speech and expression.

According to FNJ, provisions and clauses related to crime against the state, public peace, defaming and privacy must be amended and revised immediately as they adversely impact freedom of expression and press freedom .

The institution has strongly condemned the provisions that have criminalised offensive statements carried out through publishing and broadcasting channels while criminalising clause (15) of Press and Publication Act, the declaration statement read.

The declaration was issued in presence of editors, former officials of FNJ in Godavari, Lalitpur.

‘प्रेसमा अंकुश’

छापा र अनलाइनका सम्पादकहरूले भदौ १ देखि लागू भएको अपराध संहितामा राखिएका केही प्रावधान प्रेस स्वतन्त्रताविरुद्ध भएको निष्कर्ष निकालेका छन्। नेपाल पत्रकार महासंघद्वारा आयोजित सम्पादक एवं महासंघका पूर्वअध्यक्षहरूसहितको छलफलमा अपराध संहिताका केही दफाले प्रेस स्वतन्त्रतामा अंकुश लगाएको निष्कर्ष निकालिएको हो।

महासंघका पूर्वअध्यक्ष एवं सम्पादकहरूले अपराध संहिताको अनुसूची १ मा छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८ समेत राखिएकोमा आपत्ति जनाएका छन्। अपराध संहिताका दफामध्ये राजद्रोह, सामाजिक र राष्ट्रिय सुरक्षासम्बन्धी विषय, धार्मिक दुष्प्रचारसँग सम्बन्धित विषय, घृणा गर्ने अभिव्यक्ति, गाली बेइज्जती, गोपनीयताका विषयले अभिव्यक्ति स्वतन्त्रतालाई असर गर्ने सम्पादकहरूको निष्कर्ष छ। पत्रकारितालगायत प्रकाशन र प्रसारणमा हुने कसुरमा फौजदारी कानुन लाग्न नहुने जिकिर उनीहरूले गरेका छन् । अन्य देशमा पनि फौजदारी कानुन निरुत्साहित हुँदै गइरहेका बेला नेपालमा प्रेस स्वतन्त्रतामा असर पर्ने कानुन बनाउन नहुने भनाइ सम्पादकहरूको छ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले अपराधसंहितामा भएका केही प्रावधान संविधानको धारा १७ (२) मा रहेको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको बताए। ‘संविधानको सीमाबाहिर गएर गरिएको कानुनी व्यवस्था आपत्तिजनक छ,’ उनले भने, ‘देवानी संहितामा कसुर राखियो भने पक्ष अदालत जान्छ, विपक्षले आफ्नो कुरा राख्न, भन्न पाइन्छ । तर, फौजदारीमा अपराध संहितामा राख्नासाथ सीधै जेल जानुपर्ने भएकाले आपत्तिजनक छ।’

प्रेस स्वतन्त्रतामा असर पार्ने दफा

अपराध संहिताको दफा ५०, ५८, ६५, ७०, ११९, १२१, २९३, २९४ र २९५ मा राखिएका प्रावधानले प्रेस स्वतन्त्रतामा अंकुश लगाउन सम्पादकहरूको ठहर छ । दफा ५० मा लेखिएको छ, ‘नेपाल सरकार वा नेपाल सरकारको काम कारबाहीका सम्बन्धमा कसैले लेखेर, वचनले, आकार वा चिह्नद्वारा वा अरू कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाई नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्न वा गराउन वा त्यस्तो उद्योग गर्न गराउन हुँदैन।’

त्यस्तै दफा ५८ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने व्यवस्था छ । यस दफामा लेखिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

अपराध संहिताको दफा ६५ मा सार्वजनिक शान्ति खलल पार्न नहुने शीर्षकमा लेखिएको छ, ‘कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरू कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन ।’ त्यस्तै दफा ७० मा झुटो अफबाह फैलाउन नहुने शीर्षकअन्तर्गत लेखिएको छ, ‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह पैmलाउन, प्रचारप्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन।’

यसैगरी दफा ११९ मा वेश्यागमनको प्रचार गर्न नहुने शीर्षक राखिएको छ । यो दफामा लेखिएको छ, ‘कसैले वेश्यागमनका लागि प्रचारप्रसार गर्न हुँदैन।’

त्यस्तै दफा १२१ मा अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने शीर्षकमा कसैले सार्वजनिक रूपमा अश्लील किताब, पर्चा बनाउनेलगायत काम गर्न नहुने उल्लेख छ । दफा १२१ को (क) मा शारीरिक कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न नपाइने उल्लेख छ।

गोपनीयताविरुद्धका कसुर

यसैगरी अपराध संहिताको दफा २९३ मा अर्काको कुरा सुन्न वा ध्वनि अंकन गर्न नहुने उल्लेख छ । कसैले दुई वा दुईभन्दा बढी व्यक्तिबीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिको मञ्जुरीबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन गर्न नहुने व्यवस्था यस दफामा गरिएको छ।

दफा २९४ मा गोप्य कुरा प्रकट गर्न नहुने विषयमा यस्तो लेखिएको छ– कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानुनले बाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि प्रकट गर्न हुँदैन।

दफा २९५ मा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने लेखिएको छ । यस दफामा लेखिएको छ– कसैले कुनै व्यक्तिको अनुमतिबिना निजको तस्बिर खिच्न वा निजको तस्बिरसँग अरु कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन हुँदैन । तर कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्बिर खिचिन गएको रहेछ भने यस दफाबमोजिम कसुर गरेको मानिने छैन।

अपराध संहिताका यिनै दफामा टेकेर पत्रपत्रिका, अनलाइन, रेडियोमा प्रकाशित/प्रसारित विषयवस्तुलाई लिएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न सक्ने भन्दै पत्रकार महासंघले संशोधनको माग गरेको छ।

प्रेस स्वतन्त्रताका लागि ‘गोदावरी घोषणापत्र’

विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादक, नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पदाधिकारीको भेलाले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक र नागरिक अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि गोदावरी घोषणापत्र जारी गरेको छ।

नेपाल पत्रकार महासंघको आयोजनामा भएको भेलाले मुलुकी अपराध ऐन २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि ऐनमा भएका केही प्रावधानले अभिव्यक्ति एवं प्रेस स्वतन्त्रतामा गम्भीर असर पर्ने भन्दै त्यसमा तत्काल संशोधन माग गरेको छ।

नयाँ कानुनले प्रकाशन÷प्रसारणलगायत अभिव्यक्तिका माध्यमबाट हुन सक्ने कसुरलाई समेत फौजदारी मानेकाले यस्ता विषय आपत्तिजनक रहेको भेलाको ठहर छ।

संसद्मा दर्ता भएको वैयक्तिक गोपनीयताको हकसम्बन्धी विधेयकले व्यक्तिगत गोपनीयताभन्दा पनि सार्वजनिक व्यक्ति र निकायको सूचना गोप्य राख्ने बदनियत राखेको भेलाको निष्कर्ष छ । सो विधेयकले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध एवं आघात पु-याएको, सूचनाको हकलाई निस्तेज पार्ने भन्दै भेलाले गम्भीर आपत्ति जनाएको छ । भेलाले विधेयक संशोधनमा पहल गर्न सांसद तथा राजनीतिक दलहरुलाई आग्रह गरेको छ । महासंघले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई नियमन गर्न बनेका र बन्ने ऐनका विषयमा छलफल गर्न सरोकारवालाको प्रबुद्ध समूह गठन गर्ने निर्णयसमेत गरेको छ।

Suppressed

As Nepal’s Parliament passes a slew of bills to activate the new Constitution, hardwon principles like the freedom of press, civil liberties and democracy, appear to be in danger of being suppressed.

When the Criminal Code Act came into effect on 17 August, journalists were alarmed because its provisions could be abused to arbitrarily imprison editors, reporters, photojournalists, and even cartoonists, for defamation.

This week, a new bill on personal privacy has been registered in Parliament that is even more sinister. Critics say it will severely curtail press freedom, allowing the government to jail journalists exposing corruption and holding power to account.

Shiva Gaunle of the Centre for Investigative Journalism (CIJ) says: “The Criminal Code Act was just a hint of the danger ahead, this bill blatantly aims to muzzle the media.”

Put together, the Criminal Code and the new bill will prevent anyone from taking or selling picture of a person without his/her consent. This clause does not exempt journalists who take pictures of public figures.

Masquerading as a law to protect personal privacy, the new bill goes against constitutionally guaranteed principles and shields public officials from scrutiny.

For example, Article 24 of the bill actually requires government agencies to hide personal information in their possession. An individual’s political affiliation has also been defined as personal information. So, if a Supreme Court justice is a member of a political party, in violation of the principle of separation of powers, that will be considered his private information and out of bounds for journalists, who can be jailed for exposing it.

This provision may have been acceptable if other clauses allowed journalists to investigate the authorities.

And Article 23 does consider some personal information of officials to be in the public domain, but it includes only those details that are easily found in their curriculum vitae. Apart from a public authority’s office name, designation, official email, phone number, nature of work and terms of references, everything else is now defined as personal and inviolable.

Gaunle says: “This bill tries to reverse everything that we have fought for: democracy, press freedom, open data and Right to Information.”

The Constitution protects personal privacy of an individual, enabling citizens to live a dignified life away from the constant glare of a watchful State. But Article 30 of the bill would make it easier for police surveillance of individuals.

If passed, the privacy bill will give authorities more power to hide what should be publicly available. Press freedom activist Tara Nath Dahal says: “It will turn Nepal into a police state, allowing authorities to spy on individuals but preventing journalists from investigating public authorities.”

Value differing opinions

Aug 23, 2018-Is August 2018 the beginning of the end of free expression and, by extension, democracy, in Nepal? Let’s hope that’s not the case. Imagine a situation where the media could only report what it was told and photographers could take pictures only with permission. Then we would have not heard about the excesses and lapses of the former chiefs of constitutional bodies or seen ministers disregarding traffic barriers on the main roads. Therein lies the role of the media: To take risks, remain alert, report what it comes across, make mistakes and tell people what is going on.

This risk that journalists take could be a thing of the past with the new legislation. The new criminal code that replaces the Muluki Ain introduced 165 years ago marks the end of a period in history. It seeks to modernise the criminal justice system. However, the code also has provisions that limit free expression and criminalise media lapses instead of regulating it through civil sanctions. The law went into effect in mid-August, and in the absence of a separate law relating to the media, it will prompt journalists to take fewer risks, under-report, self-censor or just broadcast approved propaganda.

Media organisations have rightfully demanded changes in the law, but that may not be enough unless they also seek changes in the related provisions in the constitution. The restrictions allowed by the constitution on expression (and media rights) include “any act which may undermine the sovereignty, territorial integrity, nationality and independence of Nepal or the harmonious relations between the Federal Units or the people of various castes, tribes, religions or communities or incite caste-based discrimination or untouchability or on any act of disrespect of labour, defamation, contempt of court, incitement to an offence or on any act which may be contrary to public decency or morality.”

While some may argue that these limitations are required to protect the ‘sovereignty, territorial integrity, nationality and independence’ because they concern national security, it is impossible to understand how speech could threaten the ‘harmonious relations’ between the federal units. Not long ago, there were media reports about how the provinces were unhappy at the federal government’s bossiness. Does the harmony clause come into play here? Why? And, why not? Tomorrow, the provinces may compete for control over natural resources, and the competition may be anything but harmonious.

Further, where does the discourse we have had among various castes, tribes and religions and communities for equal rights come under the harmony clause? Or is the constitution trying to prevent such discussions from taking place because social relations are now perfect? My point here is that the change has to begin with the constitution itself. Given that the restrictions on expression also contravene the International Covenant on Civil and Political Rights (ICCPR), the government can settle this debate once and for all. Its options are to amend the provisions to make them compatible with international norms or pull out from the UN treaty.

I fully agree that the media must not be given free rein because they also need to function under the laws of the land. It needs to be regulated through civil sanctions because expression is a building block for contestations that are intrinsic to democracy. Decriminalisation of violations by the media has become standard practice in the established democracies because the leaders there understand that even though journalism can be a nuisance to the rulers, it is essential for democracy to flourish.

This is one reason why the government needs to consider removing the controls in the criminal code and prepare a separate law for regulating media operations. Another reason is that democracy allows people to change their rulers, and after this set of rulers are out of power, the same laws could be used against them to stifle dissent. The value of differing opinions is too dear to forego. Therefore, the government should take to heart two messages from the constitutional conference and do what is right: Fix the constitution and the criminal code to create space for expression that suits a democracy.

सूचनामा अंकुश लगाउँदै सरकार

काठमाडौं – सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभामा दर्ता ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सातवटा पूर्वसर्त पूरा नगरीकन कसैले पनि सरकारी निकायबाट सूचना प्राप्त गर्न नसक्ने व्यवस्था छ।

विधेयकमा सूचना संकलन गर्ने समय, सूचनाको विषयवस्तु, प्रकृति, सूचना माग्नुको उद्देश्य, सूचना परीक्षण विधि र प्रक्रिया, संकलित सूचना गोप्य राख्ने सुनिश्चितता र सुरक्षाका विषयमा सूचना माग गर्नेले पहिले नै खुलाउनुपर्ने पूर्वसर्त राखिएको छ।

कानुन व्यवसायीले यो विधेयकलाई संविधानको प्रतिकूल भएको बताएका छन्। वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रस्तावित विधेयक संविधानप्रतिकूल भएको बताए। ‘यो विधेयकले संविधानका मौलिक हक कुल्चिएको छ। सार्वजनिक जवाफदेहिता, पत्रकारिताको स्वतन्त्रतासँग असंगत देखिएको छ। विधिशास्त्रीय मान्यताबमोजिम एकले अर्कोलाई निषेध गरेर कानुन ल्याउन मिल्दैन, यसलाई पूरै संशोधन गर्नुपर्छ।’

विधेयकले सार्वजनिक पदमा बहाल रहेका र सामान्य व्यक्तिलाई एउटै प्रकारको गोपनीयताको हकको अधिकार प्रदान गरेको छ। विधेयकको दफा ११ मा सार्वजनिक निकायमा रहेका व्यक्ति र निजी जीवन बिताएका व्यक्तिको गोपनीयताको अधिकार एउटै प्रस्ताव छ। दफा ११ (२) मा सार्वजनिक पद धारण गरेका र सामान्य व्यक्तिको शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र, नागरिकता, राहदानी, मतदाता परिचयपत्र, सवारीचालक अनुमतिपत्र, बैंकका कागजात, जग्गाधनी पुर्जालगायत विवरण गोप्य रहने उल्लेख छ। सम्बन्धित व्यक्तिको मन्जुरी भएमा, कुनै मुद्दाको सिलसिलामा अदालतबाट आदेश भएमा, फौजदारी कसुरको अनुसन्धानमा सम्बन्धित अधिकारीबाट आदेश भएमा मात्र व्यक्तिको वैयक्तिक लिखत सार्वजनिक गर्न सकिने व्यवस्था छ। प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले गोपनीयतालाई गम्भीर रुपमा लिनुपर्ने बताए । उनले भने, ‘गोपनीयताको हक भएन भने मानवअधिकार हुँदैन तर यसले सूचनाको हकलाई वञ्चित गर्नुहुँदैन, यसलाई रोक्न खोज्छ भने यसमा हामी गम्भीर छलफल गरेर जानेछौं।

यसैगरी कुनै व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुनेगरी कुनै पनि लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर सर्वाजनिक गर्न नहुने व्यवस्था गरिएको छ। व्यक्तिको मन्जुरी भएको विषय, आफूखुसी सार्वजनिक गरिसकेको विषय, कुनै कसुरको सिलसिलामा अनुसन्धान गरेको विषयमात्र प्रकाशन गर्न पाउने व्यवस्था राखिएको छ।

कुनै पनि व्यक्तिको मन्जुरी नलिई कसैले पनि ऊसँग सम्बन्धित सूचना सार्वजनिक गर्न नपाइने व्यवस्था विधेयकमा उल्लेख छ । राजनीतिक सम्बद्धता, व्यवसाय वा कारोबार, पारिवारिक, रोजगारी र स्वास्थ्य परीक्षणसम्बन्धी विवरण सम्बन्धित पक्षको हस्ताक्षर मन्जुरी नभई सार्वजनिक गर्न नपाइने पनि विधेयकमा उल्लेख छ।

कसैको चरित्र विषयमा पनि टिप्पणी गर्न नपाइने व्यवस्था गरिएको छ । मन्जुरीबिना तस्बिर खिच्न र बिक्री गर्न नहुने व्यवस्था पनि विधेयकमा छ । कसैले व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट कसैको आचरणसम्बन्धी कुनै कुरा जानकारी पाएको भए उसको मन्जुरीबिना त्यस्तो कुरा कसैलाई प्रकट गर्न नहुने, दुई व्यक्तिबीच विद्युतीय माध्यमबाट भएका संवादलाई मन्जुरीबिना वा अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक रेकर्ड गर्न नपाइने, सिसिटिभी क्यामेरा जडान गर्दा सबैले देख्ने र जानकारी पाउने गरी राख्नुपर्ने, प्रजनन स्वास्थ्य र गर्भावस्थासम्बन्धी विषय सम्बन्धित महिलाको मन्जुरीबिना अरु कसैलाई दिन वा सार्वजनिक गर्न नहुने व्यवस्था पनि विधेयकमा गरिएको छ।

उता फौजदारी संहिताको दफा २९१ देखि ३०२ मा गोपनीयताविरुद्धको कसुर व्यवस्था छ। मन्जुरीबिना घरमा खानतलासी गर्न, अर्काको कुरा सुन्न र रेकर्ड गर्न नहुने, कुनै व्यक्तिको तस्बिर खिच्न नहुने, चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुने, अरूको नाम, आकृति, तस्बिर वा आवाजको नक्कल गरी सार्वजनिक गर्न नपाइने व्यवस्था संहितामा छ। सार्वजनिक लिखतको गोपनीयतासम्बन्धी ऐन २०३९ पनि निकै कडा खालको थियो तर लागू नभई त्यक्तिकै थन्किएको थियो।

रोजगार सेवा केन्द्र स्थापना हुने
बेराजगारलाई रोजगारी दिने उद्देश्यले सरकारले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने भएको छ। सरकारले प्रतिनिधिसभामा दर्ता गराएको रोजगारीको हकसम्बन्धी विधेयकमा यस किसिमको व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

रोजगार सेवा केन्द्रले वास्तविक जाँचबुझ गरी अभिलेख राख्नुपर्नेछ। कसैले रोजगारीबाट हटाएमा रोजगार सेवा केन्द्रमा उजुरी दिन सकिनेछ । बेरोजगारलाई रोजगार दिन नसके न्यूनतम पारिश्रमिकको एक सय दिनबराबर हुने रकमको ५० प्रतिशत निर्वाह भत्ता सरकारले उपलब्ध गराउने व्यवस्था गरिएको छ। रोजगारीको हक कार्यान्वयनका लागि श्रममन्त्रीको अध्यक्षतामा सात सदस्यीय निर्देशन समिति गठन हुनेछ।

भूमिहीन दलितलाई जमिन
भूमिहीन दलितलाई एकपटकका लागि जमिन उपलब्ध गराउने उद्देश्यले भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक दर्ता भएको छ। प्रतिनिधिसभामा दर्ता यस विधेयकले भूमिहीन दलितलाई उपलब्ध गराएको जमिनमा नामसारी र अंशवण्डाबाहेक अन्य प्रक्रियाबाट कसैलाई पनि हक हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको छ। भूमिहीन दलितलाई एक पटकका लागि जमिन उपलब्ध गराउने संविधानको मौलिक हकको व्यवस्था कार्यान्वयन गर्न यो विधेयक ल्याइएको हो।

गोपनीयतासम्बन्धी विधेयकमा प्रेसमाथि झनै अंकुश

सरकारले संसद्‌मा पेस गरेको गोपनीयतासम्बन्धी विधेयकको प्रावधानले पत्रकारलाई सूचना संकलन गर्न असहज हुने भएको छ । संविधानले आमसञ्चार माध्यमलाई दिएको पूर्ण प्रेस स्वतन्त्रता नै हनन हुने गरी सरकारले गोपनीयतासम्बन्धी विधेयक अघि बढाएको हो ।

संविधानको धारा १९ मा उल्लिखित सञ्चारको हकमा समाचार, सम्पादकीय, लेख रचना वा अन्य सामग्री प्रवाह गर्न र छाप्नुपूर्व प्रतिबन्ध लगाउन नपाइने, प्रकाशन वा प्रसारण गरेपछि सञ्चार संस्था बन्द, दर्ता खारेज, उपकरण जफत र अवरोध गर्न नहुने व्यवस्था छ ।

तर, सरकारले गोपनीयताको हक कार्यान्वयन गर्न बनाएको विधेयकमा वैयक्तिक सूचना भन्दै राज्यको ढुकुटीबाट तलबसुविधा पाउने सार्वजनिक पद धारण गरेका व्यक्तिको शैक्षिक प्रमाणपत्र, आपराधिक पृष्ठभूमि र फौजदारी कसुरमा पाएको सजाय, कसुर भुक्तान गरेको विवरण, विवादित व्यक्तिको चरित्र, राजनीतिक आबद्धतामा समेत टिप्पणी गर्न नपाइने प्रावधान राखेको छ ।

यो व्यवस्थाका कारण सञ्चार माध्यममार्फत सर्वसाधारण सार्वजनिक चासोको विषय थाहा पाउनसमेत वञ्चित हुने भएका छन् । विधेयकले सरकारी निर्णय प्रक्रियामा पेसागत वा विशेषज्ञ राय दिने व्यक्तिले त्यस्तो प्रक्रियामा व्यक्त गरेको राय वा धारणालाई समेत वैयक्तिक विवरणमा वर्गीकरण गरेर सूचनामा रोक लगाउन खोजेको छ ।

सरकारी कार्यालयमा कुनै निर्णय गर्दा सहसचिव वा सचिवले दिएको राय पनि व्यक्तिगत सूचना हुने भन्दै सार्वजनिक गर्न नहुने प्रावधान विधेयकमा छ । यो व्यवस्थाले मन्त्रीस्तरीय निर्णय गर्दा होस् वा अन्य कुनै निकायले गर्ने जुनसुकै निर्णयमा कसले के राय दियो ? विशेषज्ञले दिएको सुझाव के छ ? भनेर सर्वसाधारणले जानकारी पाउने अधिकार विधेयकले कुण्ठित गरेको छ ।

संविधानको धारा २८ मा उल्लिखित गोपनीयताको हकमा व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिमबाहेक सार्वजनिक गर्न नहुने व्यवस्था कार्यान्वयन गर्न सरकारले यो विधेयक ल्याएको हो ।

यो विधेयक सूचनाको हकसम्बन्धी ऐनसँग पनि बाझिएको छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ मा ५ प्रकारका सूचना मात्रै सार्वजनिक गर्न नहुने व्यवस्था छ ।

ऐनको दफा ३ मा सार्वजनिक निकायले सार्वजनिक गर्न नहुने पहिलो सूचनामा नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने, दोस्रोमा अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने, तेस्रोमा आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने, चौथो सूचनामा विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष रूपमा खलल पार्ने र पाँचौंमा व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्‍याउने सूचना प्रवाह गर्न नहुने व्यवस्था छ ।

गोपनीयतासम्बन्धी विधेयकमा भने सार्वजनिक पद धारण गरेका व्यक्तिले समेत आफ्नो पद, ठेगाना, इमेल, हस्ताक्षर गर्ने व्यक्तिको नाम, कामको विवरण, सेवासर्तसम्बन्धी विषय मात्रै सार्वजनिक गर्न मिल्ने र बाँकी सबै कुरा गोप्य रहने व्यवस्था गरिएको छ ।

राज्यका कामकारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही बनाउन, सार्वजनिक निकायको सार्वजनिक महत्त्वको सूचनामा आमनागरिकको पहुँच पुर्‍याउन सूचनाको हकको प्रावधान ल्याइएको हो । तर, गोपनीयतासम्बन्धी हक कार्यान्वयन गर्न ल्याइएको विधेयकमा हरेक सूचनालाई वैयक्तिक सूचनाका रूपमा परिभाषित गरेर सार्वजनिक पदधारण गरेका व्यक्तिको हरेक जानकारी गोप्य रोख्न खोजिएको छ । विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिको शैक्षिक प्रमाणपत्रको विषयमा समेत टिप्पणी गर्न नपाइने व्यवस्था छ । विधेयक यथावत् रूपमै पारित भए कूटनीतिक र विशेष राहदानी दुरुपयोग गर्ने व्यक्तिका बारेमा समेत समाचार सम्प्रेषण गर्न रोक लाग्नेछ ।

संहितासँग बाझियो
शुक्रबारदेखि कार्यान्वयन भएको मुलुकी फौजदारी संहितामा भएको व्यवस्थासँग पनि गोपनीयतासम्बन्धी विधेयकको प्रावधान बाझिएको छ । संहिताको दफा २९५ मा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा स्वरूप बिगार्न नहुने व्यवस्था छ । संहितामा भनिएको छ, ‘कसैले कुनै व्यक्तिको अनुमतिबिना निजको तस्बिर खिच्न वा निजको तस्बिरसँग अरू कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन हुँदैन ।

तर कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्बिर खिचिन गएको रहेछ भने यस दफाबमोजिम कसुर गरेको मानिने छैन ।’ अनुमतिबिना तस्बिर खिचे एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

गोपनीयतासम्बन्धी विधेयकको दफा १६ मा कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी मन्जुरी (अनुमति) बिना तस्बिर खिच्न वा बदनाम गर्ने नियतले अरू कसैको तस्बिर राखेर जुनसुकै तरिकाले अर्को तस्बिर बनाउन, एक व्यक्तिको तस्बिरको अंश अर्को अंशसँग मिलाई अर्कै बनाउन, प्रकाशन वा सार्वजनिक गर्न नहुने व्यवस्था गरिएको छ । यसविपरीत कार्य गरेमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने वा दुवै सजाय हुने व्यवस्था गरेको छ । संहितामा अनुमतिबिना तस्बिर खिचेमा १ वर्ष कैद वा १० हजार जरिवाना मात्रै राखेको छ ।

संहितामा कसैले कुनै व्यक्तिको तस्बिर निजको अनुमतिबिना अरूलाई दिन वा बिक्री गर्ने, सताउने, हैरान पार्ने, अनुचित फाइदा लिने वा तस्बिरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन, प्रचार वा खरिदबिक्री गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

‘पाँचवटा विषय मात्रै बन्देज हुन्’
मिडिया कानुनका विज्ञ काशीराज दाहालले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकमा राखेकाले यसलाई बढी नियन्त्रणमुखी गर्ने कुनै कानुन ल्याउन खोजिए न्यायिक पुनरावलोकनको विषय हुन सक्ने बताए । सार्वजनिक सरोकारका विषय सार्वजनिक हितका निम्ति असल नियतले सार्वजनिक गर्न कानुन बनाएर रोक लगाउन नपाइने उनले बताए ।

‘संविधानले व्यक्तिलाई गोपनीयताको अधिकार पनि दिएको छ तर सार्वजनिक हित र भलाइका निम्ति कुनै पनि कुरा गोप्य रहन सक्दैन, त्यस्ता सूचनाको सम्प्रेषण कसुरजन्य हुन सक्दैन,’ उनले भने, ‘सूचनाको हकमा पाँचवटा विषय मात्रै बन्देज भनिएको छ । संसद्ले बनाएको कानुन मनासिव हुन्छ । सार्वजनिक हित र सार्वजनिक भलाइका निम्ति गरिएका काम कसुरजन्य हुँदैनन् ।’

प्रकाशित : भाद्र ७, २०७५ ०९:१०

Truth to power

Aug 23, 2018-A free, independent press and freedom of expression are two of the mainstays of a democratic society. They contribute to the responsiveness and accountability of the government to all citizens—ie, a free press facilitates good governance and transparency.

News media still remain the central outlets for public assessments of the activities of the government and other institutions, with journalism helping to bring information and opinion to the public sphere.

But a newly registered draft bill, on Protection of Individual’s Right to Privacy, under the garb of protecting an individual’s privacy, puts restrictions on the collection and publication of information on individuals, including public office bearers. The move comes against the backdrop of national and international concerns that privacy provisions in the criminal code, which came into effect last week, would hamper the work of journalists.

Clause 12 of the proposed bill prohibits the collection of any information about the income, business, or other private affairs of any individual, including those who hold government office.

 

No doubt, respecting an individual’s privacy is of the utmost importance, but the same rules cannot be applied to those who hold official positions and are accountable to the public. If this bill is implemented, searchlights on issues of corruption and inequitable practices might be severely limited. Such proposals could erode democracy, weakening the capacity of news media to defend and uphold the people’s right to know, exchange ideas and engage in public debates.

The role of a journalist is to “comfort the afflicted and afflict the comfortable”, the fictional bartender Mr Dooley, created by Irish humorist Finley Peter Dunne, once said. Critical media thrives on the pursuit of truths that those with economic and political power do not want told. These truths, once brought to light, become the starting point for public debates.

Investigative journalism can open the government and its office bearers’ records to external scrutiny and hold authorities accountable for their actions. Journalists act as a check on the predilections of the powerful. Should the new bill be implemented, it will make journalists less essential and more vulnerable, as anyone found guilty of flouting the proposed provisions could face up to three years in prison or a Rs30,000 fine, or both.

Speaking truth to power means to stand by whatever one believes in, even if it means defying the status quo. The truth will not always be popular, but it will be necessary. It is right and important to call out journalism that fails democracy, but a blanket ban on gathering information, concerning even those who hold government positions, is not the way to go about it.

This is only a draft bill. The government has ample room for improvement and it must do away with vague provisions that are open to interpretation. The long-term effects of such legislation could be irresponsible leaders and an ignorant public. Limiting press freedom will cast doubts on our democratic credentials. Those who believe in freedom of expression and democracy must resist.

 

Let the press be free

Prime Minister K P Sharma Oli and his cabinet colleagues never fail to speak in favor of free press. One of the refrains in their public speeches has been commitment to human rights and press freedom. But a latest bill on personal privacy registered in the parliament has raised serious questions on the commitment of the government on these fundamental values. The government has registered such a bill days after the Muluki Codes came into effect last week raising some concerns about press freedom exercised by Nepali media for decades. Everyone at the moment is wondering if the government is looking to silence dissenting voice in the name of enforcing laws.

Contents of the bill on personal privacy registered at the parliament secretariat on Tuesday are troubling. It contains strict provisions on collection and publication of information on individuals, including public office bearers. According to this bill, individuals and journalists cannot seek personal information of public office bearers and comment on their background or character. One cannot comment or speak about the educational background of the person without his/her consent, cannot state the details regarding criminal background and history of conviction of the person. The bill has defined one’s physical body, family, residence, property, documents and records, data, letters, email, character and other matters related to a person as “private.” One cannot take picture of an individual if that harms “the character and social prestige of the individual,” even if the individual is a public office bearer or a convict. One cannot collect, store and analyze the personal information of any individual without prior consent from his/her. One is only entitled to collect personal information of public office bearers such as name, position, office address, contracts and responsibilities. Collection and publication of information about affiliation to a political party, religious faith or property status about any individual including public office bearers and politicians has been restricted.

Thus if this bill is to be passed in current format, it makes it effectively impossible for the journalists to report and disseminate information. Press cannot comment on the character of the office bearer even if he was once convicted of crime and corruption by the court, which means public office bearers—from bureaucrats to government ministers to lawmakers—will be above public reproach and media scrutiny. This goes against the principle of free press guaranteed by the constitution and upheld by the Right to Information Act. If this bill comes into effect without necessary amendment, it will literally mark death of free press in Nepal. All efforts of holding the corrupt officials and politicians accountable will go in vain. Only in repressive and authoritarian regimes do they frame laws that make it difficult for journalists to report and publish news and information. The framers of this bill have made egregious mistakes in a number of clauses. They need to be amended. The bill is in the parliament. We still have time to correct it.

फेसबुकमा प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परे वडा सचिव

काठमाडौँ: सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर प्रधानमन्त्रीबारे अफबाह फैल्याएको अभियोगमा एकजना सरकारी कर्मचारी नै प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले भक्तपुरको सूर्यविनायक नगरपालिका-३ घर भइ हाल काभ्रेको रोशी गाउँपालिका-५ का सचिव तथा नायव सुब्बा होमनाथ सिग्देललाई बबरमहलबाट पक्राउ गरी हिरासतमा लिएको हो ।

फेसबुकमा नक्कली आइडी बनाई लक्ष्मण पराजुलीले बनाएको कार्टुन सेयर गरेर प्रधानमन्त्रीबारे अफबाह फैल्याएको अभियोग उनीमागथि लागेको छ ।

त्यसैगरी प्रमबारे भ्रम पर्ने खालका कार्टुन र अन्य तस्बिरहरु सेयर गरेको तथा गालीगलौज गरेको अभियोगमा पक्राउ परेका उनलाई प्रहरीले विद्युतीय कारोवार ऐन (साइबर क्राइम) अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्रीलाई लक्षित गरी नकारात्मक सामाग्री पोस्ट गरेर फेसबुकमार्फत भ्रम फैलाएको पाइयो’, महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले भने, ‘उनलाई साइबर क्राइम अन्तर्गत हिरासतमा राखेर अनुसन्धान थाल्दैछौँ ।’

विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ बमोजिम विद्युतीयस्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको अभियोगमा पक्राउ परेकाले उनीमाथि एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुन सक्नेछ ।

Press Freedom Under Attack?

The Nepali press and many journalists are now an agitated lot. The reason behind their agitation is: the inclusion of provisions in the recently launched Criminal Codes that are regarded controversial and that have raised trepidation among media persons that they can well be victimised by the authority using the ‘anti-press provisions.’ The journalists working in the various media houses and those representing the journalists umbrella organisation, Federation of Nepalese Journalists (FNJ), have contended many provisions of the Criminal Codes that have criminalised the defamation and privacy violation issues which can well affect adversely the existing freedom of press and expression.

Defamation

At the centre of the raging controversy is the Clause 307 of the newly implemented Criminal Codes that makes the defamation a crime for which the perpetrator can face three years in jail and a fine of Rs. 30,000. Another clause that has sent chill down journalists spine is Clause 294 that aims at curtailing the freedom of the press one or other way. This clause stipulates that a person cannot reveal any information about other person(s) without his/her consent. If he makes the information public without seeking consent of the person concerned then he/she is liable to jail term or fines.

It has been said that the new penal code which replaced the old Muluki Ain have included provisions from 219 to 306 that distinctly deals with defamation and privacy issues. It also deals with the provisions that prohibit sketching cartoons of any person and disfiguring photographs and publishing them in any form in media or social networks. These “offences” can be termed as criminal acts and the maker of cartoons and publishers of the disfigured photographs can be jailed term and fined.

The Nepalese press sector has smelt a rat in these provisions. Many senior media persons have feared that these provisions can be used by the state authority, important persons of the society such as bureaucrats, businessmen, police and army personnel or any other persons to intimidate the press and journalists. The inclusion of these provisions under the Criminal Codes means that the journalists who write news, reports, views or articles against any of these persons can be arrested if and when the persons concerned register a first incident report (FIR) against the journalists. Action can also be taken against media outlets by utilising the same provisions.

Owing to the inclusion of these provisions as criminal offences, the journalist working in their beats would find it very difficult to discharge fearlessly his/her duty- to inform the people and the nation about the state of affairs or the about the persons who belong to the higher echelons of the society. The fear that the journalists and media house would opt for self-censorship is rife now. For a free-wheeling journalist, it is not viable or practicable to produce his stuff every time by seeking permission from the institution or the concerned individuals. One the other hand, the privacy clause can also be utilised to intimidate a journalist.

These provisions have indeed raised the fear among journalists. This may be the main reason that has sent the journalists umbrella organisation, the FNJ, to announce its protests to exert pressure on the government to address the issues.

The journalists said that they would be happy if these issues are included in the Civil Codes which was launched simultaneously with the Criminal Codes, because, they contended any offences committed by a journalist or media while discharging their duty should be termed as civil offences. The journalists are the ones who work to inform and entertain the people and for the betterment of the society while media also acts as voice of the voiceless. Hence, any offence committed by them while discharging their duty should be termed as civil offences, not criminal offences.

Despite the deepening fear among the journalists and media houses, many believe that these provisions in the criminal codes have been included to ensure the prestige of the citizens and to protect the privacy of every citizen. A citizen can be victim of defamation and slander by another person or institution in the society or his or her privacy can be compromised by another citizen of the society. The inclusion of the laws and provisions take care of these anomalies prevalent in the Nepali society. The inclusion has turned the Nepali Criminal Codes at par with the criminal laws of other democratic countries of the world.

Several cool headed people think these clauses won’t be targeted against those who perform as genuine media persons. But one is not sure whether or not these laws would not be used against those involved in yellow journalism or purely involved in tarnishing other’s image and prestige or character assassination.
With the implementation of the codes, journalists in the country fear that these clauses can work against them even when they are involved in doing their duty honestly by adhering to the principles of journalism. For example, the clause that prohibits sketching of cartoons of other persons contradicts with the right of a cartoonist of whose job is to make cartoons and make fun of, or satire on those who are in news.

It would be fair for the present government that never tires of counting its democratic credentials that it must pay attention to protect journalists who are indispensable part of the Fourth Estate. Removal of the Criminal Code provisions that have come as great annoyance to the Nepali press or inclusion clauses in the Civil Codes which would take up separately the issues of journalism or journalists would be some of the ways the authority can resolve the present controversy. Or, it may allow Nepal Press Council to probe into any issue pertaining to journalism or journalists, so that the journalists can feel safe from being branded as criminals.

Counterproductive

Journalism in Nepal has come a long way. It is very vibrant now, thanks to the arrival of internet and new media. Trying to criminalise journalists using the Criminal Code provisions would without doubt be a counterproductive act. Because, the freedom of press and expression have been termed as basic rights by the country’s constitution. The vibrant media of the country cannot digest the act of curtailing the constitution-guaranteed press freedom and rights of expression in the name of using controversial defamation and privacy provisions.

नयाँ कानुनप्रति आइएफजे र सिपिजेको ध्यानाकर्षण

काठमाडौ – नेपालमा हालै लागू भएको नयाँ अपराध संहिताले स्वतन्त्र प्रेसलाई संकुचन गर्न खोजेको भन्दै प्रत्रकारिताका क्षेत्रमा क्रियाशिल दुई अन्तर्राष्ट्रिय संस्थाले ध्यानाकर्षण भएको बताएका छन् । इन्टरनेसनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे) र कमिटेड टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे)ले कानुन संशोधन गरेर प्रेस स्वतन्त्रतामाथिको अंकुश अन्त्य गर्न आग्रह गरेका छन्।

अपराध संहिता २०७४ ले प्रेस स्वतन्त्रतालाई सिमित गर्न खोजेको भन्दै आइएफजे तथा मातहतका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले तत्काल संहिता संशोधनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । संहिताको धारा २९३ र ३०८ ले गोपनियताको हकसम्बन्धी कानुनले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजेको भन्दै तीन संस्थाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य भन्छन्, ‘८० भन्दा बढी पत्रकारमाथि समाचार लेखेकै कारण अपराधिक मुद्दा चलाउने तथा यातना दिने काम भएको छ, नयाँ कानुनमा भएका दर्जनौं यस्ता व्यवस्थाले लेखन र अभिव्यक्तिलाई अपराधीकरण निश्चित छ, यसले गर्दा पत्रकारले समाचार लेखेकै भरमा तीन वर्षसम्म जेल बस्नुपर्ने अवस्था आउने अवस्था छ । यो पत्रकारितको अभ्यास र नेपालको संविधानको विरुद्ध छ।’

आइएफजेले पनि नयाँ संहितामा उल्लिखित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई सुनिश्चित गर्न तत्काल कानुन संशोधनको माग गरिन्छ,’ आइएफजेले भनेको छ।

त्यस्तै अर्काे अन्तराष्ट्रिय संस्था सिपिजेले नेपालको नयाँ कानुनमा प्रेस स्वतत्रतालाई चुनौती हुने व्यवस्था हटाउन माग गरेको छ । नयाँ कानुनले पत्रकारितासम्बन्धी गतिविधिलाई अपराधीकरण करेको भन्दै कानुन संशोधनका लागि आग्रह गरेको हो । ‘नेपालको नयाँ अपराध संहिताले प्रेस स्वतन्त्रता पछि धकेलेको संकेत गरको छ,’ सिपिजेका एसिया कार्यक्रम संयोजक स्टेभन ब्लटरले भने । सिपिजेले धारा २९३, २९४, २९५ र ३०६ ले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको जनाएको छ।

महासंघको दबाबमुलक कार्यक्रम
यसैबीच नेपाल पत्रकार महासंघले भदौ १ गतेबाट लागू भएको नयाँ संहितालाई संशोधन गरी प्रेसमैत्री बनाउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । महासंघको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहिता तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्दै अंकुश लगाउने देखिएको भन्दै यस्तो निर्णय गरेको हो।

नयाँ संहितामा उल्लेख भएका बुँदा संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउने माग राख्दै देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासंघले जनाएको छ । महासंघले भदौ १२ गतेसम्म संहिताका बुँदाहरु संशोधनका लागि महासंघका पूर्वसभापति÷पूर्वअध्यक्ष, सम्पादक, मिडिया सञ्चालक, पत्रकारिता पेशासँग सम्बन्धित विभिन्न संघसंगठन, बार एसोसिएसनसँग सम्बन्धित कानुन व्यवसायीलगायत सरोकारवालासँग वृहत छलफल गर्ने र विभिन्न सञ्चारमाध्यमबाट संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध सञ्चार अभियान चलाउने जनाएको छ।

भदौ १२ गतेसम्म छलफलबाट प्राप्त सुझावका आधारमा मुलुकी संहितामा देखिएका असहमतिका बुँदा तयार पार्ने, भदौ १६ गते सबै प्रदेशमा मुलुकी संहिताका असहमतिका बुँदाहरुमाथि प्रदेशस्तरीय वृहत अन्तरक्रिया गर्ने र भदौ २० गते केन्द्र, प्रदेश र जिल्लामा ज्ञापनपत्र बुझाउने महासंघले जनाएको छ।

महासंघले केन्द्रमा सञ्चार र कानुन मन्त्रालय, प्रदेशमा प्रदेश सरकार र जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २१ गते संघीय संसद्मा रहेका सबै राजनीतिक दल र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाउने र भदौ २२ गते नयाँबानेश्वरस्थित संघीय संसद् भवन बाहिर सञ्चार साधनहरुसहित सांकेतिक विरोध प्रदर्शन गर्ने जनाएको छ।

महासंघको बैठकले न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि र सरकारी र निजी सञ्चारमाध्यमबाट बिनाकारण निष्कासित पत्रकारको पुनर्वहालीलगायतका मुद्दामा श्रमजीवी हित प्रवद्र्धन समितिमार्फत् सम्बन्धित निकायलाई दबाब दिनेलगायत निर्णयसमेत गरको छ।

सार्वजनिक पदमा रहेकाको शैक्षिकदेखि आपराधीक विवरण लगायत सबै गोप्य !

काठमाडौँ — सरकारले राज्यको ढुकुटीबाट तलब–सुविधा पाउने सार्वजनिक पदमा रहेका व्यक्तिको शैक्षिक प्रमाणपत्र र अन्य व्यक्तिगत विवरणसमेत गोप्य राख्ने कानुनी व्यवस्था गर्न लागेको छ ।

लाभका पदमा रहेका राजनीतिक नेता, उच्च पदस्थ र सरकारी कर्मचारीले आफ्नो कमजोरी सार्वजनिक नहोस् भन्ने निहित उद्देश्यले विधेयकमा यस्ता विवरणलाई गोप्य रहने सूचीमा राख्ने व्यवस्था प्रस्ताव गरेका हुन्।
सरकारले संसद्‌मा दर्ता गरेको ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सार्वजनिक पद धारण गरेका व्यक्तिको शैक्षिक प्रमाणपत्र खोज्न र सार्वजनिक गर्न नपाइने प्रावधान छ। यो विधेयक सोमबार प्रतिनिधिसभामा दर्ता भएको छ। सार्वजनिक पदमा कार्यरत रहेको जानकारी, पद, कार्यालयको फोन, इमेल, हस्ताक्षर गर्ने व्यक्तिको नाम, कामको विवरण, सेवासर्त मात्रै व्यक्तिगत सूचना नहुने विधेयकमा उल्लेख छ।
विधेयकमा जात, जाति, नागरिकता, जन्म, उत्पत्ति, धर्म, वर्ण, वैवाहिक स्थिति, शैक्षिक उपाधि, ठेगाना, फोन, इमेल, राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्रलाई गोप्य रहने ‘वैयक्तिक सूचना’ का रूपमा राखिएको छ। यसबाहेक वैयक्तिक सूचना उल्लेख गरी कसैलाई पठाएको र प्राप्त गरेको पत्र, औंठा छाप, हस्तरेखा, आँखाको रेटिना, रगत समूह, बायोमेट्रिक सूचना, आपराधिक पृष्ठभूमि, फौजदारी कसुरमा सजाय पाएको वा कसुर भुक्तान गरेको विवरणसमेत गोप्य व्यक्तिगत सूचनामा राखिएको छ। यो कानुन लागू भएपछि जेल सजाय भुक्तान गरिसकेका व्यक्तिको आपराधिक पृष्ठभूमिसमेत सञ्चारमाध्यममा प्रकाशन/प्रसारण गर्न पाइने छैन। त्यस्तै बैंक खाताको विवरण र कारोबार, चल–अचल सम्पत्तिको स्वामित्व र कागजातलाई पनि विधेयकले व्यक्तिगत गोपनीयताभित्र राखेको छ।
‘सार्वजनिक निकायमा रहेको कुनै पनि व्यक्तिको विवरण सार्वजनिक गर्न वा गराउन हुँदैन’ विधेयकमा छ। विधेयकमा जातजाति, राजनीतिक आबद्धता, धार्मिक आस्था वा विश्वास, शारीरिक वा मानसिक अस्वस्थताको अवस्था, यौनिक अभिमुखीकरण वा यौनिक जीवनसम्बन्धी घटना, सम्पत्तिसम्बन्धी विवरण गोप्य र संवेदनशील सूचनाका रूपमा राख्ने व्यवस्था गरिएको छ। यी सूचनालाई सार्वजनिक निकायले प्रशोधन गराउन नपाउने व्यवस्था राखिएको छ।
सम्बन्धित व्यक्तिको मन्जुरी, मुद्दाको सिलसिलामा अदालत र अधिकारप्राप्त अधिकारीको आदेश, फौजदारी कसुरको अनुसन्धान र अभियोजनमा सम्बन्धित अधिकारीले आदेश दिएमा मात्रै वैयक्तिक विवरण र लिखत अनुसन्धान वा परीक्षण गर्न सकिने प्रावधान राखिएको छ। मञ्जुरी लिएर सूचना प्रयोग गर्दा पनि जुन प्रयोजनका लागि सूचना संकलन वा प्राप्त गरेको हो, त्यही प्रयोजनमा प्रयोग गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ।
पारिवारिक तथ्यांक संकलन लिन पनि सम्बन्धित व्यक्तिबाट अनुमति लिनुपर्ने प्रावधान राखिएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिको उमेर, योग्यता, चरित्र, यौनिकता, अपांगताको विषयमा प्रश्न उठेमा अधिकारप्राप्त अधिकारीले मात्रै माग गरेमा उपलब्ध गराउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ। त्यस्तै व्यक्तिगत इमेल, चिट्ठी कसैले पढ्न, हेर्न र उपलब्ध गराउन, प्रकाशन, प्रसारण गर्न पनि रोक लगाइएको छ।
विधेयकमा चरित्रसम्बन्धी गोपनीयता पनि सुरक्षित गरिएको छ। कुनै व्यक्तिको चरित्र, आचरणमा प्रश्न उठाउन नपाउने प्रावधान विधेयकमा गरिएको छ। ‘चरित्रको सम्बन्धमा कसैले कुनै टिप्पणी गर्न हुँदैन’ विधेयकमा छ। रात बिताउने गरी बसेको घर, अपार्टमेन्ट होटल, रिसोर्ट, लज, पाहुना घर, शिविरको कोठामा प्रहरीले बिनाप्रयोजन र लिखित सूचनाबिना खानतलासी गर्न नपाउने प्रावधान राखिएको छ।
सरकारले वैयक्तिक गोपनीयता सुरक्षित गर्न ल्याएको विधेयकले आवासका रूपमा घर, डेरासहित होटलका कोठा तथा रात बिताउने गरी बसेको स्थानलाई समेत व्याख्या गरेको छ। प्रहरी र अधिकारप्राप्त व्यक्तिको आवासमा प्रवेश गर्दा परिवारका सदस्यको गोपनीयता भंग हुने गरी प्रवेश र खानतलासी गर्न नपाउने प्रावधान विधेयकमा राखिएको छ। त्यस्तै कुनै व्यक्ति उसको घरबाहिर पक्राउ परेमा घरमा खानतलासी गर्न नपाइने व्यवस्था विधेयकले गरेको छ। ‘कुनै व्यक्ति निजको आवासबाहिर पक्राउ परेमा त्यही कारणले आवासमा खानतलासी गर्न वा गराउनु हुँदैन,’ विधेयकमा छ, ‘खानतलासी लिनुपर्ने मनासिव कारण भएमा त्यस प्रयोजनका लागि अधिकारप्राप्त अधिकारीको छुट्टै आदेश लिएर खानतलासी लिनुपर्ने हुन्छ।’
सरकारले व्यक्तिगत आवासमा सीसीटीभी क्यामेरा जडान गर्नसमेत नपाइने व्यवस्था विधेयकमा गरिएको छ। यसअघि घरको सुरक्षाका कारण देखाएर सीसीटीभी राख्ने गरेका थिए। विधेयकमा भनिएको छ, ‘कसैले कुनै पनि व्यक्तिको मञ्जुरीबिना आवासमा वा त्यस्तो आवास प्रयोगकतासँगको सम्बन्धित व्यक्तिगत सूचना संकलन हुने गरी सीसीटीभी क्यामेरा जडान गर्न वा गराउनु हुँदैन।’ सार्वजनिक स्थलमा सीसीटीभी जडान गर्दा पनि सूचना दिनुपर्ने हुन्छ।
सार्वजनिक स्थानबाहेक कुनै पनि निकाय, सार्वजनिक पुरातात्त्विक महत्त्वको क्षेत्र, सुरक्षा निकायको भवन, संरक्षित क्षेत्र वा खानी रहेको, व्यक्तिको घरमा अनुमतिबिना ड्रोन उडान गर्न नपाउने प्रावधान राखेको छ। फौजदारी संहितामा व्यवस्था गरिएको व्यवस्था यो विधेयकमा पनि राखिएको छ। कसैको व्यक्तिगत चरित्र वा सामाजिक प्रतिष्ठानमा क्षति पुग्ने गरी मञ्जुरीबिना तस्बिर खिच्न नपाउने प्रावधान यो विधेयकमा पनि राखिएको छ। ‘मञ्जुरीबिना तस्बिर खिच्न, बदनाम गर्ने नियतले निजको तस्बिरसँग अरू कसैको तस्बिर राखी जुनसुकै तरिकाले अर्को तस्बिर बनाउन, अर्को व्यक्तिको तस्बिरको अंशसँग मिलाएर प्रकाशन वा सार्वजनिक गराउनु हुँदैन।’
विधेयकमा अनुसन्धानक्रममा अभियोगपत्र दायर नभएसम्म सार्वजनिक गर्न पनि रोक लगाउने प्रस्ताव गरिएको छ। यो व्यवस्था फौजदारी संहितामा पनि छ।

वैयक्तिक गोपनीयताको दायरा बढ्यो

सरकारले वैयक्तिक गोपनीयताका हक संरक्षणसम्बन्धी संवैधानिक व्यवस्थालाई विस्तार गर्दै नयाँ विधेयक संसदमा दर्ता गरेको छ । मौजुदा कानुनी व्यवस्थामा विस्तृत परिमार्जनसहित जीउ, आवास, सम्पत्ति, लिखत, पत्राचार तथा चरित्र अनितिक्रम्य अधिकार रहनेगरि नयाँ विधेयक ल्याइएको हो ।

विधेयकका कतिपय प्रावधान भने सार्वजनिक हितका लागि गरिने सूचना संकलनका लागि परस्परविरोधी देखिएका छन् । ती प्रावधान निजी गोपनीयता र सार्वजनिक अधिकारबीच परस्परविरोधी समेत छन् ।

वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार दर्ता भएको हो । गृहमन्त्री रामबहादुर थापाले विधेयक दर्ता गर्नुभएको हो । विधेयकले व्यक्तिको जीउको गोपनीयता अन्तर्गत शारीरिक तथा निजी जीवनको गोपनीयता, पारिवारिक गोपनीयता तथा प्रजनन स्वास्थ्य लगायतका गोपनीयताका विषय समेटेको छ ।

विधेयकले अनुमति बिना व्यक्तिको निजी जीवनमा असर पुग्ने तथा बेइज्जत हुने कुनै पनि सूचना सार्वजनिक गर्न नमिल्ने उल्लेख गरेको छ । तर, व्यक्ति स्वयंमको सहमतिमा भने यस्ता सूचना सार्वजनिक हुन सक्नेछन् ।

यस्तै, विधेयकले कुनै पनि नागरिकको निजी आवास, डेरा अपार्टमेन्ट, रात बिताउने गरी बसेको होटल, लज लगायतमा अनुमति बिना प्रवेश र खानतलासीको अधिकार नहुने व्यवस्था गरेको छ । सार्वजनिक सुरक्षाका दृष्टिकोणले खानतलासी लिन परेमा अधिकारप्राप्त अधिकारीको आदेशबाट मात्र ती स्थानमा प्रवेश गर्न मिल्नेछ ।

विपद व्यवस्थापन र उद्दारको हकमा भने यो व्यवस्था लागू हुने छैन । सम्बन्धित व्यक्तिको मञ्जुरी बिना निजी आवासमा सिसिटिभी क्यामेरा समेत जडान गर्न नहुने विधेयकमा छ ।

यस्तै विधेयकले सम्पत्तिको गोपनीयताको अधिकार पनि प्रस्ताव गरेको छ । जसमा निजी सम्पत्ति, घर जग्गा, सवारी साधन लगायतका विषय समेटिएका छन् । कुनै पनि कसुरको अनुसन्धानको अवस्थामा बाहेक अनुमति बिना त्यस्तो सम्पत्तिमा कसैलाई पनि प्रवेश निषेध गरिएको छ ।

प्रस्तावित विधेयक अनुसार व्यक्तिको लिखत तथा पत्राचार गोप्य रहनेछन् । शैक्षिक योग्यताका प्रमाणपत्रका विषय, चिकित्सकीय इतिहास, बैंक खाता, डेविट तथा क्रेडिट कार्डको विवरण पनि गोप्य रहनेछन् । यस्तै, जैविक तथा आनुवंशिक विवरण, ल्याप्चे, सहीछाप पनि गोप्य अधिकारमा पर्नेछन् । कुनै सार्वजनिक निकायले संलकन गरेको व्यक्तिको वैयक्तिक सूचना अनुमति बिना सार्वजनिक गर्न नमिल्ने व्यवस्था विधेयकमा छ ।

‘राजनीतिक आवद्धता पनि गोप्य’

यसैगरी सरकारले दर्ता गरेको विधेयक अनुसार नागरिकको रोजगारी सम्बन्धी विषय गोप्य रहनेछ । यस्तै, व्यवसाय तथा कारोबार सम्बन्धी विवरण, पारिवारिक विषयसँग सम्बन्धित विवरण पनि गोप्य रहनेछन् । यस्तै, व्यक्तिको राजनीतिक आवद्धता, निर्वाचन सम्बन्धी विवरण पनि गोप्य रहनेछ ।

विद्युतीय रुपमा भएको पत्राचार, लिखतको पनि गोपनीयता रहने विधेयकमा उल्लेख छ । विधेयकले कसैको चिट्ठीपत्र खोलेमा पनि कसुर लाग्ने उल्लेख गरेको छ । कुनै पनि व्यक्तिको चरित्रको विषय र आचरण सम्बन्धमा छानबिन गरी कारबाही हुने अवस्थामा बाहेक अन्य अवस्थामा ती विषय गोप्य मानिएको छ ।

विवादस्पद विषयलाई सार्वजनिक रुपमा सूचना संललनका दृष्टिले समेत यो विषय सामेल हुने हुँदा सूचनाको हकसँग प्रस्तावित व्यवस्थासँग यो व्यवस्था परस्परविरोधी देखिएको छ ।

विधेयकको प्रस्तावअनुसार अब अनुसन्धानको सिलसिलामा रहेको अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्न पाउने छैन । कसुरबारे अभियोगपत्र दायर नभएसम्म आरोपितलाई सार्वजनिक गर्न नमिल्ने व्यवस्था विधेयकमा छ ।

अभियुक्तको नाम, र अभियोगको जानकारी सार्वजनिक गर्न भने प्रस्तावित व्यवस्थाले बाधा गरेको छैन । कानुन बमोजिम बाहेक सार्वजनिक निकायले व्यक्तिका वैयक्तिक सूचना संकलन गर्न नमिल्ने व्यवस्था प्रस्ताव गरिएको छ । तर, सञ्चारमाध्यममा सार्वजनिक हितको प्रयोजनका लागि भने यो व्यवस्था लागू नहुने विधेयकमा उल्लेख छ । सार्वजनिक निकाय, पुरातात्विक महत्वको क्षेत्र लगायतमा ड्रोनको प्रयोग निषेध गरिएको छ ।

सार्वजनिक निकायमा पदधारण गरेको व्यक्तिको पद, पदीय हैसियतले गरेका कामहरू भने व्यक्तिगत गोपनीयतामा नपर्ने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पादन गरेका काम पनि वैयक्तिक गोपनीयतामा पर्ने छैनन् ।

तीन वर्षसम्म कैद

प्रस्तावित विधेयकले वैयक्तिक गोपनीयताको कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ । कसुर हेरी दुबै सजाय पनि हुने व्यवस्था विधेयकले गरेको छ ।

वैयक्तिक गोपनीयता हननका मुद्दा सरकारवादी हुनेछन् । कसुरका कारणबाट कुनै पनि व्यक्तिलाई क्षति भएमा कसुरदारबाट पीडितलाई क्षतिपूर्ति भराउन सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । सार्वजनिक पदधारण गरेका व्यक्तिले गोपनीयता भङ्ग गर्ने कसुर गरेमा विभागीय सजाय र कसुर हेरी अन्य सजाय पनि हुनेछ ।

नयाँ ऐनको बहस : मिडिया अधिकार पनि फौजदारी ऐनभित्र

मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि सयभन्दा धेरै प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको सरोकारवालाको टिप्पणी छ । ऐनमा राखिएका प्रावधानप्रति महिला, स्वास्थ्यकर्मी, जनजातिलगायतले पनि आपत्ति जनाएका छन् ।

मुलुकी अपराध संहिता, २०७४ का प्रावधानले प्रेसमाथि अंकुश लगाएको भन्दै पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । प्रेससँग सम्बन्धित प्रावधान यसअघि देवानी कानुनमा मात्रै हुने गरेकोमा यसपटक फौजदारी कानुनमा समेटेर प्रेसमाथिको नियन्त्रण कडा बनाउने प्रावधान राखिएको महासंघका अध्यक्ष गोविन्द आचार्यको तर्क छ । व्यक्तिको गोपनीयता संरक्षण गरिए पनि सार्वजनिक पदमा रहेका व्यक्तिका हकमा सञ्चारमाध्यमले खोजी गर्न पाउने छुट यो ऐनमा दिइएको छैन ।

आमनागरिकका लागि ऐन निर्माण भए पनि कतिपय प्रावधानमा रहेका अमूर्त शब्द र वाक्यांशका कारण सरकारको आलोचना गर्ने लेखक, पत्रकार, कलाकार, कार्टुनिस्टलगायतलाई कानुनको दायरामा ल्याई कारबाही गर्न सक्ने व्यवस्था छ ।

प्रश्न उठाउनुअघि अनुमति लिनुपर्ने

ऐनमा व्यक्तिको गोपनीयता संरक्षण गर्ने व्यवस्थाका नाममा सार्वजनिक पदमा बसेका अधिकारी वा सार्वजनिक रूपमा जवाफदेही हुनुपर्ने व्यक्तिबारे प्रेसको भूमिका सर्वसाधारणलाई झैँ व्यवस्था गरिएको छ । तिनै अधिकारीसँग अनुमति लिनुपर्ने व्यवस्था गरिएको, सञ्चारमाध्यमलाई दिनुपर्ने छुट नदिइएको र केही अमूर्त शब्द राखी सरकारले आफ्ना आलोचकलाई दुःख दिन सक्ने व्यवस्था गरिएकोमा सञ्चारसम्बद्ध सरोकारवालाले आपत्ति जनाएका छन् । यस्ता प्रावधानले सार्वजनिक पदमा बसेको व्यक्ति जवाफदेही नहुने र आफ्ना आलोचकलाई यही कानुनलाई माध्यम बनाई फसाउन सक्ने ठाउँ राखेको उनीहरूको भनाइ छ ।

मुलुकी अपराध (संहिता) ऐनको दफा २९३ मा कसैको कुरा सुन्ने वा रेकर्ड गरे गोपनीयताविरुद्धको अपराध हुने भनी परिभाषित छ । जसमा दोषी ठहर भए दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसमा अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिकै अनुमति लिनुपर्ने भनिएको छ ।

तर, यस्तो अधिकार प्राप्त अधिकारी को हो र कस्तो अवस्थामा उसले अनुमति दिने र कस्तो अवस्थामा अनुमति नदिने भन्ने प्रस्ट छैन । यो प्रावधानले कुनै सार्वजनिक पदमा बसेको अधिकारीमाथि प्रश्न गर्नुपर्ने अवस्थामा उसकै अनुमति लिनुपर्ने बाध्यता सिर्जना गर्ने महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल बताउँछन् ।

पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्य सार्वजनिक सरोकारका गुप्त सूचनाको उत्खनन गर्ने अनुसन्धानमूलक प्रकृतिको खोजी पत्रकारितालाई यो प्रावधानले निस्तेज पार्ने बताउँछन् । उनले यी प्रावधान तत्काल संशोधन गर्नुपर्ने अन्यथा महासंघले आन्दोलन गर्ने बताए ।

‘सरकारको आलोचनामा बन्देज’

आमसञ्चारको कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भंग गरेमा वा त्यसबाट कसैको गाली–बेइजती भएको ठहर भएमा पत्रकार, सम्पादक र प्रकाशकलाई तीन वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । यसले सार्वजनिक पदमा बसेको र सार्वजनिक रूपमा जवाफदेही हुनुपर्ने व्यक्तिले पनि गोपनीयताका नाममा सूचना लुकाउने वा त्यस्तो सामग्री प्रकाशित गर्ने सञ्चारमाध्यम वा सञ्चारकर्मीलाई फौजदारी अभियोग लगाउने बाटो खुला राखेको दाहाल बताउँछन् ।

संहिताको दफा ४८ मा राज्यद्रोहसम्बन्धी व्यवस्था छ । त्यसमा जसरी पनि अर्थ लगाउन मिल्ने अमूर्त शब्दहरू राखी संविधानको व्याख्यालाई संकुचन गरी अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने प्रावधान राखिएको दाहालको टिप्पणी छ । यसको उपदफा (२)मा भनिएको छ, ‘कसैले नेपालको सार्वभौमसत्ता, प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पर्न सक्ने गरी कुनै विदेशी राज्य, सरकार वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गर्न वा गराउनु हुँदैन ।’

यस्तै, उपदफा (३) मा लेखिएको छ, ‘कसैले नेपालको सार्वभौमसत्ता वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक वा यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न गराउन वा सो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यसको षड्यन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलल गर्न वा गराउनु हुँदैन ।’

उपदफा २ को ‘संगठित शक्तिसँग मिली’ भन्ने शब्दावलीले विभिन्न संस्थाको सहयोगमा हुने अनुसन्धानलाई संकुचित गर्न सक्ने दाहालको तर्क छ । यस्तै, उपदफा ३ मा संविधानमा भएको प्रावधानभन्दा बाहिर गई ‘राष्ट्रिय एकता’ भन्ने शब्द थप गरिएको छ । यसले सत्ताबारे आलोचनात्मक वा फरक विचार राख्नेलाई जुनसुकै वेला यो अपराधमा मुछ्ने बाटो खोलेको छ ।

दफा ४८ को उपदफा ३ मा सरकार वा सरकारको कामकारबाहीबारे ‘लेखेर, वचनले, आकार वा चिह्नद्वारा वा अरू कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाई नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्न वा गराउन वा सो गर्ने उद्योग गर्न गराउन हुँदैन,’ भनिएको छ । यसमै ‘तर, यस उपदफामा लेखिएको कुनै कुराले नेपाल सरकारको स्वस्थ र मर्यादित आलोचना गरेकोलाई कसुर गरेको मानिने छैन’ भन्ने वाक्य थपिएको छ ।

स्वस्थ र मर्यादित आलोचना भनेको के हो भन्ने प्रस्ट छैन । कानुनको व्याख्या गर्नेले जुनसुकै आलोचनालाई पनि ‘अस्वस्थ र अमर्यादित’ करार गर्न सक्छ । यसले साहित्यकार, स्तम्भकार, टेलिभिजन रेडियो तथा अनलाइनमा व्यंग्य कार्यक्रम चलाउने, कार्टुनिस्टलाई जुनसुकै वेला सरकारको आलोचना गरेको भनी फसाउन सक्ने बाटो खुला राखेको छ ।

गोपनीयता भर्सेस जवाफदेहिता
गोपनीयताको हकसम्बन्धी दफा २९१ मा ‘अर्काको कुरा सुन्न वा ध्वनि अंकन गर्न नहुने’, २९३ मा ‘अनुमतिविना कुनै व्यक्तिको तस्बिर खिच्न नहुने’ र २९५ मा ‘चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुने’ व्यवस्था गरेको छ । सर्वसाधारण नागरिकको गोपनीयताको रक्षा गर्न यी प्रावधान आवश्यक भए पनि सार्वजनिक संस्था वा सार्वजनिक पदमा रहेको व्यक्तिबारे समाचार लेख्ने सञ्चारमाध्यमलाई यसमा बन्देज गर्न नहुने दाहाल बताउँछन् । यसले सार्वजनिक पदमा बसेको अधिकारीविरुद्ध खोजी समाचार गर्ने पत्रकार वा सञ्चारमाध्यमलाई फौजदारी अपराध लगाउन सकिने बाटो खोलेको छ ।

दफा ३०५ मा कसैले कसैको बेइज्जती गरेमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । तर, विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे सो सजायमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । अर्थात्, पत्रकारलाई थप सजायको व्यवस्था गरेको छ । र, यही दफाको उपदफा २ मा पत्रकार तथा आमसञ्चारमाध्यमलाई कठिन बन्देज लगाउने प्रावधान राखिएको छ ।

यो उपदफामा लेखिएको छ, ‘कसैले कसैलाई बेइज्जती गरेको ठहरिए बेइज्जती गरिएको व्यक्तिलाई कसुरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरेको भए सो कुरासमेतलाई विचार गरी कसुरदारबाट मनासिव क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसुरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनु पर्नेछ ।’

कस्तो सामग्री प्रकाशित गरे वा प्रसारण गरे बेइज्जती हुने भन्ने ऐनमा स्पष्ट छैन । त्यसैले यो कानुनको व्याख्यामा भर पर्छ । सञ्चारमाध्यममा सार्वजनिक पदमा बसेका व्यक्तिबारे सामग्री आउने हुँदा आफ्नोबारे आलोचनात्मक सामग्री आएकै भरमा यो दफाका आधारमा सञ्चारकर्मी, कलाकार, कार्टुनिस्टविरुद्ध उजुरी गर्न सक्ने र सजाय दिलाउन सक्ने बाटो खुला गरेको छ ।

ऐनमा भएका यस्ता प्रावधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न खोजेको, आमजनताप्रति सार्वजनिक पदमा बसेका अधिकारीलाई जवाफदेही बन्न दबाब दिने बाटो बन्द गरेको दाहाल बताउँछन् । सबैभन्दा मुख्य कुरा मानिसको अभिव्यक्ति स्वतन्त्रता र प्रेससँग सम्बन्धित विषयमा फौजदारी कानुन बनाउन नहुने उनी बताउँछन् ।

‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतासँग सम्बन्ध राख्ने विषय फौजदारी कानुनमा राख्नै हुँदैन, यो देवानी कानुनको विषय हुन्छ,’ उनी भन्छन्, ‘यहाँ सार्वजनिक संस्था वा सार्वजनिक पदमा बसेका व्यक्तिको कामकारबाहीको निगरानी गर्ने सर्वसाधारण, सञ्चारकर्मी वा सञ्चारमाध्यमलाई फौजदारी अभियोग लगाउन सक्ने अनेकौँ प्रावधान राखिएको छ ।’ यसले सञ्चारकर्मी र सञ्चारमाध्यम राज्यसँग डराउनुपर्ने अवस्था सिर्जना गरी ‘सेल्फ सेन्सरसिप’को खतरा बढ्ने उनी बताउँछन् ।

पत्रकार महासंघका अर्का पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले यो ऐन बन्नु र आउनु आवश्यक भए पनि केही प्रावधानमा सुधार गर्नुपर्ने बताउँछन् । ‘व्यक्तिको मर्यादा संरक्षण गर्नु आवश्यक र महत्वपूर्ण छ, यो सकारात्मक कुरा हो,’ गाउँले भन्छन्, ‘तर, सार्वजनिक महत्वको विषय, सार्वजनिक पदाधिकारी सम्बद्ध र प्रकाशन, प्रसारण गर्ने उद्देश्यले संकलन गरिने सामग्रीमा नियन्त्रण गर्नु हुँदैन । त्यो संविधानविरुद्ध हुन जान्छ ।’

त्यसैले ऐनमा सार्वजनिक सरोकारको विषयलाई लिएर सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिबारे चासो राख्ने, तस्बिर खिच्ने, रेकर्ड गर्ने वा यसबारे व्यंग्य गर्ने कुरालार्ई छुट दिइएको कुरा उल्लेख गर्नुपर्ने उनको भनाइ छ ।

कार्टुन बनाउन कठिनाइ

अनलाइन पत्रिका बाह्रखरीका कार्यकारी सम्पादक तथा कार्टुनिस्ट राजेश केसी यो ऐनमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने धेरै प्रावधान राखिएको बताउँछन् । त्यसमा पनि व्यंग्य गर्नेहरूलाई सबैभन्दा अप्ठ्यारो पारिएको उनले बताए ।

‘यसले कार्टुनलाई त झनै असर गर्छ,’ केसी भन्छन्, ‘कार्टुनिस्टले सार्वजनिक पदमा बसेका व्यक्ति वा सरकारमाथि नै व्यंग्य गर्ने हो । यही ऐनलाई आधार बनाएर कार्टुन बनाएकै आधारमा कार्टुनिस्टमाथि फौजदारी अभियोग लगाउन सक्ने ठाउँ छ ।’ आलोचना सुन्न नचाहने, आलोचनालाई नियन्त्रण गर्ने नियतबाट यो ऐन आएको उनको टिप्पणी छ ।

‘कानुनमा घुमाएर व्यंग्य नै गर्न नपाउने भन्ने व्यवस्था गरिएको छ,’ केसी भन्छन्, ‘जस्तै कार्टुन बनाउँदा प्रधानमन्त्रीको तस्बिर दुरुस्त हुँदैन । यस्तोमा प्रधानमन्त्रीको चित्र त्यस्तो बनाउन पाउने कि नपाउने भन्ने कुरा उठ्छ र सरकारले समात्न चाह्यो भने त्यसकै आधारमा समात्न सक्छ ।’

संहिता मस्यौदा लेखनमा पूर्वप्रधानन्यायाधीशद्वय, जाइका र युएनडिपीको सहयोग

अहिले विवादित भइरहेको ऐनको मस्यौदा पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र खिलराज रेग्मीको नेतृत्वमा तयार भएको हो । तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ संयोजकत्वको कार्यदलले फौजदारीसम्बन्धी र तत्कालीन न्यायाधीश खिलराज रेग्मी संयोजकत्वको कार्यदलले देवानीसम्बन्धी विधेयकको मस्यौदा तयार गरेको थियो । ऐन निर्माणका क्रममा पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, राजनीतिक दल र कानुनका विज्ञको सहभागिता थियो । गत वर्ष साउनमा दोस्रो संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका–संसद्ले मुलुकी देवानी र फौजदारी संहिता पारित गरेको थियो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन बनिसकेकाले मान्दिनँ भन्ने छुट कसैलाई नभएको बताए । ‘ऐन बनेर लागू भइसक्यो, मान्दिनँ भन्न कसैले पाउँदैन, रचनात्मक सुधारको बाटो जहिल्यै खुला रहन्छ,’ उनले भने, ‘अहिले एक–एक थोक बहाना बनाउनु भनेको परीक्षणमा पनि लैजान नदिनु हो । कानुन निर्माणको वेलामा चाहिँ चुप लागेर बस्ने अनि कार्यान्वयनको चरणमा आएर यो पनि भएन, त्यो पनि भएन भन्न मिल्दैन ।’ संसद्मा विधेयक ०६८ सालमै गएको र ऐन पारित भएको पनि एक वर्ष भइसकेकाले अहिले यसलाई परीक्षण गर्न दिनुपर्ने उनले बताए ।

नेपाल कानुन समाजले मुलुकी ऐनको कार्यान्वयन र चुनौतीबारे साउन ३१ गते काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले ऐन तयार गर्ने क्रममा जाइका र युएनडिपीले सहयोग गरेको बताएका थिए ।

ऐनबारे फरक–फरक प्रतिक्रिया

नेपाल बार एसोसिएसनले मुलुकी ऐनको देवानी र फौजदारी संहितालाई स्वागत गरेको छ । एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले शुक्रबार रिपोर्टस् क्लबमा बोल्दै ऐनलाई बारले स्वागत गरेको बताए ।

यस्तै, ऐनलाई लिएर राष्ट्रिय मानवअधिकार आयोग नै विभाजित भएको छ । आयोगका सदस्य गोविन्द शर्मा पौडेलले १ भदौदेखि लागू भएको मुलुकी ऐनका देवानी र फौजदारी संहिता अहिलेसम्मकै उत्कृष्ट रहेको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले कानुनका अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार ऐन आएको र सार्वभौमसत्ता सम्पन्न संसद्ले पारित गरेकाले स्वागतयोग्य रहेको बताए ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले भने आयोगले ऐन ‘रिभ्यु’ गरिरहेको र अहिले नै पक्ष वा विपक्षमा बोल्ने वेला नभइसकेकोे प्रतिक्रिया दिएकी छन् । ‘हामी अहिले ऐनको रिभ्युमै छौँ, केही दिनमा धारणा सार्वजनिक गर्छौं,’ उनले भनिन् ।

अन्सारीले सामाजिक सञ्जाल ट्विटरमार्फत भने ऐनको विरोध गरिरहेकी छन् । आइतबार अन्सारीले ट्विट गर्दै भनेकी छन्, ‘गोपनीयता भनेर सार्वजनिक जवाफदेहितालाई कमजोर बनाउन खोजेको देखिन्छ । त्यसकारण देवानी–अपराध आचारसंहिताले छुट्याउन नसकेको निजी एवं सार्वजनिक भन्ने कुराले जटिलतातर्फ मोडेको देखिन्छ । नियन्त्रित प्रेसले लोकतान्त्रिक सञ्चारलाई कमजोर बनाउँछ ।’

अर्को ट्विटमा अन्सारीले कसैको अनुमतिविना तस्बिर खिच्न नपाउने व्यवस्था राम्रो भएको, तर सार्वजनिक र निजी मामला फरक भएको बताएकी छन् । ‘कसैको निजी कुरा सार्वजनिक गर्दा अनुमति लिनु अनिवार्य हुन्छ, तर सार्वजनिक पद अँगालेका व्यक्ति एवं त्यसले गर्ने कार्यका विषय–प्रगतिबारे निरन्तर जनताले जान्न पाउनुपर्छ ।’

फेसबुकको विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन

४ भदौ, काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई भनेको छ ।

समितिले टेलिभिजनमा क्लिन फिड नीति अख्तियार गर्ने सरकारको कार्यक्रम भए पनि कार्यान्वयन निकै सुस्त देखिएको भन्दै त्यसलाई प्राथमिकता दिई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै काभ्रेमा रहेको आईटी पार्कलाई उद्देश्य बमोजिम प्रयोग गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमा सकेसम्म न्युन रुपमा तार प्रयोग गर्ने वातावरण बनाउन र पोल, तार र बीटीएस टावरको सहप्रयोगको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

कस्तो हुनुपर्छ विज्ञापन बजार ?

नेपालको अर्थतन्त्रमा विज्ञापन बजारको हिस्सा सानो छ । नेपाली बजारमा यो विस्तारै बामे सर्दै गरेको क्षेत्र हो । कुनै पनि वस्तु तथा उत्पादनको प्रवर्द्धनका लागि विज्ञापन अनिवार्य हुन्छ । सञ्चार माध्यम र विज्ञापन व्यवसाय एक–अर्काका परिपूरक हुन् । मुलुक औद्योगीकरणमा गएसँगै विज्ञापन व्यवसायले अर्थतन्त्रमा थप योगदान पुर्याउने निश्चित छ ।

उद्योगका रूपमा हुर्कंदै गरेको विज्ञापन व्यवसायमा चुनौती र अवसर दुवै छन् । सही ढंगले व्यवस्थापन गर्न सकेमा विज्ञापन व्यवसायले बेरोजगारी अन्त्य, उत्पादन खपत र अर्थतन्त्र विकासमा महत्वपूर्ण योगदान पु-याउन सक्छ । यसरी हेर्दा विज्ञापन व्यवसायलाई व्यवस्थित रूपमा अगाडि बढाउन थप योजनासहित अघि बढ्नु आवश्यक देखिन्छ ।

त्यसका लागि सञ्चारमाध्यमले नेपाली विज्ञापन बजारलाई स्थायित्व र गुणस्तरीय सेवा प्रदान गर्न विज्ञापन आचारसंहिता बनाई आफैँमा लागू गर्नु आवश्यक छ । हाल विज्ञापन एजेन्सीबीच रहेको आन्तरिक र अस्वस्थ प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र पारदर्शी बनाउन पनि उत्तिकै आवश्यक छ । सञ्चार माध्यम र विज्ञापन व्यवसाय एकअर्काका परिपूरक भए पनि यी संस्थालाई नियमन गर्ने निकाय नहुँदा अस्वस्थ प्रतिस्पर्धा दिनहुँ बढ्दै गइरहेको छ । अनावश्यक र अस्वस्थ प्रतिस्पर्धालाई नियमन नगर्ने हो भने यो व्यवसायबाट धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।

नेपालमा विज्ञापनको सुरुवात गोरखापत्रको प्रकाशनसँगै भएको हो । गोरखापत्रका पहिलो विज्ञापनदाता कृष्णप्रसाद आचार्य हुनुहुन्थ्यो । पञ्चायत कालमा सुस्त रहेको विज्ञापन बजार ०४६ सालको जनआन्दोलनपश्चात् गतिपूर्वक अघि बढेको देखिन्छ । जनआन्दोलनको सफलतासँगै प्रकाशन स्वतन्त्रता पनि प्राप्त भयो । दैनिक, साप्ताहिक पत्रिकाको प्रकाशन दिनहुँ बढ्दै गयो ।

पत्रिका प्रकाशनसँगै एफएम रेडियो र केही टेलिभिजन पनि स्थापना भए । मिडिया विस्तारसँगै विज्ञापन बजारको पनि विस्तार भयो । वार्षिक करिब नौ अर्बको विज्ञापन व्यवसाय छ भनिए पनि यसबारे हालसम्म गहिरिएर अध्ययन, अनुसन्धान भएको पाइँदैन । तर, वार्षिक न्यूनतम ८ देखि १५ प्रतिशतका दरले वृद्धि हुँदै आएको पाइन्छ ।

नेपालमा करिब ४९ प्रतिशत विज्ञापन छापा माध्यमले ओगटेको छ । २० देखि २२ प्रतिशत टेलिभिजन र २० प्रतिशतजति रेडियोमा जान्छ । त्यसपछि झन्डै तीन प्रतिशतजति डिजिटल सञ्चार माध्यममा र १० प्रतिशत अन्य प्रकारका विज्ञापनले ओगटेको छ ।

विज्ञापनको बजार जति विस्तार हुँदै छ, त्यति व्यवसायी पीडित हुनुपर्ने अवस्था विद्यमान छ । ‘क्लिनफिड’को माग धेरै अघिदेखि भए पनि हालसम्म लागू हुन सकेको छैन । ०५९ सालमा विज्ञापन नीति आएको भए पनि त्यससम्बन्धी ऐन, कानुन अहिलेसम्म नबन्दा समस्या अझै बढिरहेको छ । ‘क्लिनफिड’ लागू भएमा टेलिभिजनमा विदेशी च्यानल आउँदा विज्ञापनरहित ‘सिग्नल’ आउँछ र त्यसमा स्वदेशी विज्ञापनले ठाउँ पाउनेछ । विस्तार भइरहेको विज्ञापन बजारलाई अघि बढाउन र दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न ‘क्लिनफिड’ तुरुन्त लागू हुनुपर्छ । क्लिनफिड लागू नहुँदा राजस्वमा समेत प्रभाव परिरहेको छ ।

अहिले विदेशी च्यानलबाट सित्तैँमा विदेशी वस्तुको विज्ञापन भइरहेको छ । त्यसले एकातिर विदेशी सामान उपभोगमा मानिसलाई आकर्षित गरेको छ भने नेपालको विज्ञापन क्षेत्रका अवसर र प्रतिभालाई अगाडि ल्याउन सकेको छैन । स्वदेशी बजारलाई प्रश्रय दिन र राजस्व बढाउन पनि क्लिनफिड नीति चाँडै कार्यान्वयनमा ल्याउनु आवश्यक छ । तर, ‘क्लिनफिड’ नीति लागू गर्ने निर्णयबाट सरकार पछि हट्नु दुःखद हो । स्वदेशी तथा विदेशी स्वार्थ समूहको दबाबमा परेर सरकार त्यसबाट पछि हट्दा नेपालको ठूलो अर्थतन्त्र बिदेसिई व्यापार घाटा बढ्न जान्छ । विदेशी च्यानल र केही च्यानल वितरकको स्वार्थमा सरकार पछि हट्दा नेपालको विज्ञापन बजार प्रभावित भएको छ ।

विज्ञापन बजारमा सरकारी विज्ञापनको वर्चस्व बढी देखिन्छ । तर, सरकारी विज्ञापनमा केही सञ्चार माध्यमको मात्र एकाधिकार देखिन्छ । यसलाई नतोडी विज्ञापन बजार फैलने देखिन्न । कुनै एक वा दुई पत्रिका, टेलिभिजन वा रेडियोलाई उपलब्ध गराइने सरकारी विज्ञापन सरकारी क्षेत्रबाट प्रतिस्पर्धात्मक ढंगबाट विज्ञापन एजेन्सीमार्फत नै वितरण गर्नुपर्छ । समानुपातिक वितरण प्रणाली लागू गर्नुपर्छ । यसो भयो भने विज्ञापन बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा केही कम हुन सक्छ । विज्ञापन बजारमा अस्वस्थ खालको छुट दिने र लिने प्रतिस्पर्धा देखिन्छ । त्यसले गर्दा देखाउने दर एउटा र कार्यान्वयन हुने दरबीच ठूलो खाडल देखिन्छ ।

नेपालमा ६ सयभन्दा बढी विज्ञापन एजेन्सी क्रियाशील छन् र तीमध्ये एक सय २१ कम्पनी नेपाल विज्ञापन संघमा दर्ता भएको देखिन्छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा एटिएल र बिटिएल गरी वार्षिक ६ अर्ब रुपैयाँको विज्ञापन बजार छ । पछिल्लो अवधिमा विज्ञापन कारोबारको २० प्रतिशत हाराहारी अनलाइनलगायत डिजिटल माध्यमले प्रवाह गर्न थालेको अनुमान गरिएको छ । उच्च गतिको इन्टरनेट र विभिन्न एप्लिकेसन्ससहितका मोबाइल सेटका कारण अहिले आएर विज्ञापन बजार पूर्ण डिजिटलाइज्ड भइसकेको छ । पत्रपत्रिकामा विज्ञापन छाप्नु, टेलिभिजनमा देखाउनु, रेडियोमा प्रसारण गर्नु पुरानो शैली बन्दै छ । अनलाइन र सामाजिक सञ्जालमा विज्ञापन झन् प्रभावकारी भएर गएको छ । छापा, टेलिभिजन र एफएमले नयाँ युगमा अभ्यस्त हुन आफ्नै अनलाइन पोर्टल सञ्चालन सुरु गरेका छन् । विभिन्न एप्लिकेसन्स बनाएका छन्, सामाजिक सञ्जालका पेज बनाएर समाचार प्रवाहको नयाँ शैली अपनाएका छन् ।

देश संघीय प्रणालीमा गइसकेको अवस्थामा अब मिडिया र विज्ञापन बजारको पुनर्संरचना पनि सोहीअनुसार हुनुपर्ने आवश्यकता देखिएकोे छ । यसले राजधानी केन्द्रित ठूला सञ्चार माध्यम खासगरी टेलिभिजन र ठूला छापालाई चुनौती थपिएको छ । सर्वोच्च अदालतले हालै गरेको समानुपातिक विज्ञापन प्रणालीसम्बन्धी आदेशलाई समेत मध्यनजर गर्दा विज्ञापन बजारको अबको अवस्था कस्तो हुन्छ भन्न गाह्रो छ ।

(घिमिरे एडभरटाइजिङ एसोसिएन अफ नेपालका सचिव हुन्)

प्रेस स्वतन्त्रता कि स्वच्छन्दता

लोकतन्त्रमा प्रेसलाई राज्यको चौथो अङ्गको मान्यता प्राप्त छ । तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सन्तुलित सम्बन्ध हुने गर्छ । एकले अर्काको अधिकार क्षेत्रमा हस्तक्षेप नगरी समन्वयात्मक ढङ्गले काम गर्ने भएकाले नै राज्यका तीनवटै अङ्गको भूमिका र कार्यक्षेत्र स्वतन्त्र हुने गर्छ । त्यसै परिप्रेक्ष्यमा मन्टेस्क्यूको शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त अपनाइएको हुन्छ । यी तीनवटै अङ्गले आफ्नो कार्य क्षेत्रभित्र बसेर राज्य सञ्चालन गर्छन् । लोकतन्त्रको सौन्दर्य भनेकै त्यही हो ।

कदाचित एउटा अङ्गले आफ्नो अधिकार क्षेत्र उल्लङ्घन ग¥यो भने भताभुङ्ग हुन्छ । तीनवटै अङ्गले आफूखुसी काम गर्ने अवस्थामा मुलुकमा अराजकता र अस्तव्यस्तता बढ्ने हुन्छ । यस्तो अवस्था नआओस् भनेर मिडिया (सञ्चार माध्यम) ले निगरानी गर्ने काम गरिरहेको हुन्छ । राज्यका तीन अङ्गले अधिकार क्षेत्रको सीमा उल्लङ्घन गरे भने खबरदारी गर्ने भएकाले नै प्रेस जगत्लाई चौथो अङ्ग मानिएको हो । यस्तो खबरदारी गर्ने क्षेत्र आफैँ अराजक भइदियो भने कसले लगाम लगाउने ? यही प्रश्नको उत्तर दिनका लागि राज्यले विभिन्न ऐन कानुन निर्माण गरेर नियन्त्रणको प्रयास गर्छ । अहिले यस्तै प्रयास नेपालमा पनि शुरु भएको छ ।

आज भदौ १ बाट मुलुकी ऐन, १९१० लाई प्रतिस्थापन गर्न आएको देवानी तथा फौजदारी (संहिता) २०७४ ले व्यवस्था गरेका कतिपय बुँदा अहिले चर्चाको शिखरमा छन् । पत्रकारिता पेसा आफैँमा जोखिमपूर्ण हो । प्रहरी र पत्रकारको ड्युटी आवर (कार्य समय) निश्चित हुँदैन । घटना कुनै पनि बेला हुन सक्छ । अपराध असामान्य अवस्था र बेलामा हुने गर्छ । यस्तो अवस्थामा पत्रकार र प्रहरी भोलि काम गर्छु भनेर छुट पाउने कुरा भएन । यसैगरी लुकाउन खोजेका कुरा बाहिर ल्याउने भएकाले पत्रकार अपराधीको सधैँ आँखी हुनुपर्छ । हाम्रो जस्तो मुलुकमा त यस्तो खतरा अझै बढी हुने गर्छ । राज्यका तर्फबाट सुरक्षाको प्रत्याभूति नहुँदा पत्रकार आफैँ सेल्फ सेन्सर्ड

(स्वनियन्त्रित) हुनुपर्ने अवस्था छ । द्वन्द्वग्रस्त समाजमा पत्रकारिता सधैँ तरबारको धारमा हुन्छ । विगतको माओवादी सशस्त्र द्वन्द्व होस् वा मधेश आन्दोलनका बेला किन नहोस्, नेपाली पत्रकारिता नराम्ररी प्रभावित भयो । यस्तै राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा पनि पत्रकारका कलम र आवाज दबाइएका थिए । आज हामी लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गर्दैछौँ तर स्वतन्त्र पत्रकारिता गर्ने हैसियतमा भने अझै पुग्न सकेका छैनौँ ।

यति हुँदाहँुदै हाम्रो पत्रकारिता आफैँमा पनि स्वच्छ हुन सकेको छैन । ‘सेल्फ सेन्सर्ड’ मात्र समस्या होइन, स्वतन्त्र पत्रकारिताका नाममा स्वच्छन्दता अर्काे डरलाग्दो समस्या बनेको छ । अरूको खबरदारी गर्ने राज्यको चौथो अङ्ग आफैँ स्वच्छन्द भइदिने गरेको छ । हातमा बन्दुक भएका सुरक्षाकर्मीलाई रिस उठ्नेबित्तिकै गोली ठोक्ने अधिकार हुन्छ ? यस्तै हातमा कलम रहेका पत्रकारलाई कसैप्रति इवी साँधेर जथाभावी लेख्ने छुट दिने कि नदिने ? समस्या यहाँ छ । जिम्मेवार पत्रकारिता भएन भने समाजलाई बल होइन, नोक्सानी मात्र हुनेछ । त्यसैले भन्ने गरिन्छ– यदि डाक्टरले गलत औषधि लेख्यो भने एउटा बिरामीको ज्यान जान्छ तर पत्रकारले गलत लेख्यो भने सयौँ मानिसको ज्यान जान सक्छ । पत्रकारले कुनै कुरा लेख्नुअघि दशौँपटक सोच्नुपर्छ । यसका लागि पत्रकार आफैँ नियन्त्रित हुने हो । समाचार तयार गर्नुअघि त्यसलाई राम्ररी परीक्षण गरेपछि मात्र लेख्नुपर्छ तर नेपालमा यस्तो अभ्यास कमै मात्र हुन्छ । ब्रेकिङ न्यूजको नाममा हतार गरेर सम्प्रेषण भएका कतिपय समाचार एकैछिनमा गलत साबित भएका घटना हामीकहाँ बग्रेल्ती छन् । यस्तै अनलाइन पोर्टालका रूपमा सञ्चालनमा रहेका कतिपयले मनगढन्ते सूचना सम्प्रेषण गर्दा निर्दोषको जीउ ज्यान र प्रतिष्ठा ध्वस्त भएका उदाहरण गनिसाध्य छैन । यस्तो अवस्थामा प्रेसलाई जिम्मेवार बनाउने कसले ?

कुनै बेला अमेरिकी समाजमा प्रेसप्रतिको लगाव र विश्वास ईश्वरभन्दा बढी थियो । बाइबलमा छापिएका कुरा नपत्याउने तर अखबारमा छापिएको चाहिँ अकाट्य मान्ने समाज थियो । समयक्रममा अमेरिकामा यसको व्यापक दुरुपयोग भयो । पत्रकारले आफ्नो स्वार्थसिद्ध गर्ने भाँडोका रूपमा प्रयोग गर्न थाले । फलतः सन् १९०० सम्म आइपुग्दा पीत पत्रकारिताको अभ्यास व्यापक हुन थाल्यो । जोसेफ पुलित्जरले शुरु गरेको ‘एल्लो किड’ कालान्तरमा पीत पत्रकारिताको प्रतीक बन्न पुग्यो । परिणामतः अमेरिकी समाजमा पत्रकारिताप्रतिको विश्वास धुलीसात भयो । यसले अमेरिकी पत्रकारिताको परिभाषा नै बदलिदियो र लामो समय प्रताडित भयो । समाज र पाठकको गुमेको विश्वास र शाख पुनः आर्जन गर्न अमेरिकी पत्रकार आफैँ अग्रसर हुनुप¥यो ।

यसैक्रममा सन् १९२२ मा न्यूयोर्कबाट प्रकाशित हुने छ वटा अखबारका सम्पादक भेला भई महŒवपूर्ण निर्णय लिए । यो समूहलाई अमेरिकन सोसाइटी अफ न्यूजपेपर एडिटर्स (आस्ने) भनियो । यही समूहले सन् १९२३ मा ६ बुँदे आचारसंहिता जारी ग¥यो । पत्रकार आफैँ नसच्चिएसम्म पाठकको विश्वास आर्जन गर्न नसक्ने उनीहरूको ठहर थियो । यसका लागि गलत समाचार नछाप्ने सहमति कायम भयो । यो नै विश्वको पहिलो पत्रकार आचारसंहिता बन्न पुग्यो । समयक्रममा यसमा सुधार र परिमार्जन गरिएको छ । अहिले फेरि अमेरिकी समाजमा प्रेसप्रतिको आकर्षण र विश्वास चुलिएको छ ।

पत्रकारिता पेसालाई मर्यादित र विश्वसनीय बनाउन पत्रकार नै जिम्मेवार हुनुपर्छ भन्ने मान्यता आज विश्वव्यापी छ । नेपालमा पनि त्यो विश्वास अँगालिएको छ । हामीकहाँ प्रेसलाई मर्यादित बनाउने आचारसंहिता धेरैपछि मात्र आएको हो । यद्यपि, यसको जग भने नेपालमा पनि अखबार प्रकाशनअघि नै शुरु भएको पाइन्छ । वि.सं. १९५८ वैशाख २४ गते गोर्खापत्र प्रकाशन पूर्व नै श्री ३ देव शमशेरले वैशाख ११ गते सनद जारी गरी गार्खापत्रमा के–के छाप्ने र के के नछाप्ने भनेर उल्लेख गरेको पाइन्छ । नेपालको हकमा यसैलाई पहिलो प्रेससम्बन्धी आचारसंहिता मान्न सकिन्छ । राणा शासनपछिको प्रजातान्त्रिक प्रणालीको एक दशक राजनीतिक खिचातानीमै बित्यो । यस अवधिमा प्रेस र पत्रकारितासम्बन्धी कानुन न त बन्नै पाए, न त कुनै अभ्यास नै भयो । २०१७ सालमा राजा महेन्द्रले एकदलीय पञ्चायती व्यवस्था लागू गरेपछिको प्रेस नियन्त्रित थियो । २०४६ को जनआन्दोलनपछि स्थापित प्रजातान्त्रिक प्रणालीमा भने नेपाली प्रेस उन्नत अवस्थामा पुग्यो । निजी क्षेत्रलाई समेत सहभागी गराई तर्जुमा गरिएको प्रेस नीतिले पत्रकारिता क्षेत्रलाई सम्मानित पेसाका रूपमा स्थापित गराइदिएको छ । त्यसयता नेपालमा प्रेसको व्यापक विकास भएको छ । विद्युतीय माध्यममा आएको तरङ्ग र ‘न्यू मिडिया’ को आकर्षणले नेपाली पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिदिएको छ । २०५५ मा नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालको संयुक्त पहलमा पत्रकार आचारसंहिता जारी भयो । ०६० मा परिमार्जन गरियो । यहाँ समेटिएका बुँदा अपर्याप्त भएको भन्दै ०७२ मा नयाँ आचारसंहिता जारी भएको छ ।

सँगसँगै यसै अवधिमा नेपाली मिडियालाई विकृत बनाउने काम पनि भएका छन् । पत्रकारिताको सैद्धान्तिक ज्ञानै नभएकाको बोलवाला मिडिया क्षेत्रमा बढेको छ । अझ अनलाइन पत्रिकाले त पत्रकारिता जगत्कै दोहोलो काढ्ने काम गरेको छ । यस्तो परिवेशमा प्रेसलाई सही दिशामा हिँडाउने दायित्व समाजकै हो । समाजलाई मार्गनिर्देश गर्ने पत्रकारिता नै विकृत र मनमौजी भएको अवस्थामा राज्यले पनि केही सोच्नुपर्छ ।

यसै पृष्ठभूमिमा नयाँ कानुनको तर्जुमा भएको सङ्केत राज्य पक्षबाट आएको छ । आज भदौ १ बाट मुलुकी ऐन, १९१० प्रतिस्थापन गर्न आएको मुलुकी देवानी (संहिता), २०७४ ले प्रेस कानुनमा केही नयाँ व्यवस्था गरेको देखिन्छ । यो विषयमा प्रेस सम्बद्ध सङ्घ–सङ्गठनले नकारात्मक टिप्पणी गरेका छन् । खासगरी संहिताको दफा २०३ देखि ३०८ सम्म गरिएका व्यवस्थाले प्रेसलाई सङ्कुचित गर्ने प्रयास भएको बुझाई उनीहरूको छ ।

व्यक्तिगत गोपनीयता र गाली बेइज्जती जस्ता विषयमा गरिएका नयाँ व्यवस्थाले स्वतन्त्र प्रेसको अस्तित्व खतरामा पर्ने बुझाई छ । पक्कै पनि यसले सही पत्रकारिता गर्ने र पत्रकारिताको धर्म अवलम्बन गर्नेलाई प्रभावित पार्छ नै तर प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्दतामा रमाउन खोज्नेलाई भने यसले औषधिको काम गर्न सक्छ । स्वतन्त्र र मर्यादित प्रेस स्थापना गर्ने दिशामा समाजका हरेक पक्ष र वर्ग सकारात्मक र सहयोगी बन्नुपर्छ ।

सेन्सरसिपको संहिता

पत्रकारिता स्वनियमनकारी पेसा हो । यो सार्वजनिक जवाफदेहितामा बाँच्छ । पत्रकारिता र पाठकबीच वा सेवा र सेवाग्राहीबीच अरूको उपस्थितिको गुञ्जायस हुँदैन । अरूको मध्यस्थ भूमिकाले प्रेसलाई स्वतन्त्र राख्दैन । लोकप्रिय उक्ति नै छ, प्रेस स्वतन्त्र नरहे स्वतन्त्रताको पनि सुरक्षा हुँदैन ।

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न आजदेखि लागू भएको संहिताले भने पत्रकारितालाई अपराधका आँखाले हेर्न उक्साएको छ । प्रेसले गल्ती गर्छ, गाली बेइज्जती पनि गर्छ, त्यसका लागि नियमन साधारण पद्धतिबाट गरिने हो तर जे गर्न लागिएको छ, त्यो सरासर प्रेस स्वतन्त्रताका दृष्टिले मौलिक विचलन छ । प्रेसलाई फौजदारी तथा अपराध संहिताबाट नियमन गर्न खोजिएको छ ।

फौजदारी कसुर मानेपछि त त्यसको वादी राज्य हुन्छ । प्रहरी, सरकारी वकिलहरूले प्रेसविरुद्ध मुद्दा लड्नुपर्ने हुन्छ । गाली बेइज्जती र गोपनीयता फौजदारी अपराध होइनन् । यसबाट पीडित व्यक्तिले साधारण अदालतमा मुद्दा दर्ता गर्ने हो । र, आफूविरुद्ध परेको मुद्दामा प्रेसले आफ्नो रक्षा गर्ने हो । यसमा वादी सरकार हुन मिल्दैन ।

हो, व्यक्तिका वैयक्तिक अधिकारहरू कानुनद्वारा संरक्षित हुनुपर्छ । व्यक्तिको प्रतिष्ठा र सम्मान बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ । व्यक्तिको निजी मामिला संरक्षण हुने गरी ल्याइएको संहिताको भावना बेठीक छैन तर सञ्चार माध्यमका हकमा त्यही मुख्य अवरोधक हुनेछ ।

सार्वजनिक जीवनका व्यक्ति तथा त्यस्ता व्यक्तिहरू जो सार्वजनिक महत्त्वका काममा संलग्न छन् भने सार्वजनिक सरोकारसँग जोडिएका हुन्छन् । उनीहरूका क्रियाकलाप प्रेसबाट ओझेलमा राख्न मिल्दैन । उनीहरूका तस्बिर, कुराकानी, टेलिफोन, चिठी प्रेसको पहुँचबाहिर हुन सक्दैनन् । अधिकारप्राप्त अधिकारीको अनुमतिले अर्काको कुरा सुन्न, ध्वनि अंकन गर्न, चिठी खोल्न वा टेलिफोन संवाद सुन्न हुने व्यवस्था गरिएको छ । त्यस्ता अधिकारी को हुन् ? अधिकारीले कुन प्रक्रियाअन्तर्गत अनुमति दिने हुन् ? अनुमति दिने आधार के के हुन सक्छन् ? त्यसैगरी अनुमतिबिना तस्बिर खिच्न मनाही गरिएको छ । अरूको अनुमति लिने र अधिकारीको आज्ञा पर्खिने कानुनले खोजी पत्रकारिता खत्तम पार्नेछ ।

गोपनीयतालाई सम्मान गर्ने नाममा विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्नु संविधानको मूल भावनासँग मेल खाँदैन । संविधानले प्रेस स्वतन्त्रता अंगीकार गरेको छ, जसलाई कानुनमार्फत सर्त र सीमा सिर्जना गर्नु संविधानप्रतिकै असम्मान र असहिष्णुता हुनेछ । संविधानले नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताका सीमा तोकेको छ । ती सीमा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्डमा व्यवस्था गरिएका आधारभन्दा पहिल्यै व्यापक र अस्पष्ट छन् ।

सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धलाई खलल पार्ने, राज्यद्रोहजस्ता विषयमा फौजदारी अपराध आकर्षित हुन्छन् । यिनमा पनि प्रेसका लागि संरक्षणको व्यवस्था जरुरी हुन्छ । नत्र प्रेस आलोचनात्मक हुन सक्दैन, तथ्यपरक र विश्वासिलो । भुत्ते हुनेछ । जनताको होइन, सत्ताको सेवकमा सीमित हुन पुग्नेछ ।

प्रेसका अधिकारमा अंकुश नलागोस् भनेर उपर्युक्त कार्यविधि निर्माण गर्न जरुरी छ । गाली बेइज्जतीलाई देवानी तथा फौजदारी दुवै कसुरका रूपमा परिभाषित गरिएकाले प्रेसलाई त्यसबाट अलग गर्नुपर्छ । पत्रकार आफ्नो पेसागत दायित्व निर्वाह गर्दा सजिलै जेल सजायको भागीदार बन्ने अवस्थाले सत्ताको स्वस्थ आलोचना कुण्ठित हुन पुग्नेछ । प्रेसबाट हुने गाली बेइज्जतीलाई फौजदारी मान्ने दिनसम्म प्रेस आफूलाई सेल्फ सेल्सरसिप लगाउन बाध्य हुनेछ ।

सेन्सरसिप प्रेस स्वतन्त्रताको शत्रु हो । सेन्सरसिपमध्ये पनि सेल्फ सेन्सरसिप सबभन्दा खराब मानिन्छ । पत्रकार मानसिक रूपमै सम्झौता गर्न बाध्य हुन्छ ।